Monday, July 4, 2016

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा थुनामा रहेका मोहन ठाकुर रिहा भएपछि भन्छन, पार्टीले मेरो कामको मुल्याङ्कन गरोस्

मोहन कुमार ठाकुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनको बेला महोत्तरीमा एक जना सशस्त्र प्रहरीका असई थमन विकलाई हत्या गरेको आरोपमा कारागार थुनिएका ३ जना अभियूक्तहरु मध्ये मोहन ठाकुर पुनरावेदन अदालतको आदेशबाट रिहा भएका छन् । २९ माघ २०७२ मा पक्राउ परेका ठाकुर सहित अन्य २ जनालाई महोत्तरी जिल्ला अदालतले  पुर्पक्षका लागि जेल चलान गरेको थियो  । जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ बस्ने २५ वर्षीय सञ्जयकुमार साह, वडा नम्बर २ बस्ने ३० वर्षीय प्रदीप साह माझी र परिकौली फुल्हट्टा गाविस–३ हाल जलेश्वर नपा–१७ बस्ने ५५ वर्षीय मोहन ठाकुर थिए । जसमध्ये २७ जेष्ठ २०७३ मा ठाकुर रिहा भएका छन् भने अन्य २ जना कारागारमै थुनामा छन् । जेल जानेहरुले मधेस आन्दोलनका बेला गत भदौ २५ गतेका दिन महोत्तरीमा अवस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जससागरमा कार्यरत असई थमन बिकलाई कुटपीट गरी हत्या गरेको आरोप लगाइएको छ  । रिहा भएपछि मोहन कुमार ठाकुरसँग द एक्सक्लुसिभले गरेको कुराकानी ः

 म मोहन कुमार ठाकुर अनपढ, गँवार भएपनि पार्टीको रणनीति अनुसार मधेसवादीको पक्षमा अत्यन्तै लगनशिलताको साथ मधेस आन्दोलनमा लागेको थिएँ । म मधेस आन्दोलनको एउटा सक्रिय कार्यकर्ता हो । दोस्रो पटक सदभावना महोत्तरीको कार्यसमिति सदस्य भएको व्यक्ति हो ।

पक्राउ परेका बेला बायाँबाट क्रमशः प्रदिप माझी,
 संजय साह र मोहन ठाकुर ।
मधेस आन्दोलन उत्साह जनक ढंगले अगाडी वढ्दै थियो । जलेश्वरमा आन्दोलनको संयोजकत्वको जिम्मा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक तराई मधेस लोकतान्त्रिक पार्टीको फाँटमा परेको थियो । जलेश्वरमा वृहत जनशक्ति प्रदर्शनको तयारी गरिएको थियो । जलेश्वर नगरपालिका घुमेर महादेव स्थान, साहुजीपट्टी हुँदै दुर्गा चौकमा आएर जुलुस जम्मा भई मञ्चिय कार्यक्रम गरि विरोधसभामा सम्बोधन गर्ने तयारी थियो । मञ्चमा नेताहरु बस्ने क्रम चलेको थियो भने आन्दोलनकारीहरुको मास पनि हजारौंको संख्यामा जम्मा भएको थियो । त्यतिकैमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको छतबाट भिडलाई तितरवितर गर्नका लागि अश्रु ग्यास फायर गर्न थालियो । दर्जनौं राउण्ड अश्रू ग्यास प्रहरीले फायर गरेको थियो । भिड तितरवितर भईरहेको थियो । तर,  अचानक गोली फायर गरियो । ४ जना प्रदर्शनकारीहरुको स्पोटमै मृत्यू भयो । जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा रातिमा कफ्र्यू लगाइयो । रात भरी जलेश्वरका सडक सुनसान थिए । तर, ४ जना मान्छे मारिएको आक्रोश थियो, प्रदर्शनकारीहरुमा । विहान पल्ट सशस्त्र प्रहरीका असई थमन विक यूवाहरु भएको ठाउँमा पुगे । यूवाहरुले ती व्यक्तिलाई यहि मान्छे हो प्रदर्शनकारीहरुलाई गोली हान्ने भनेर चिने । पछाडीबाट एक जना सिभिल डूेसमा बनौटाका प्रहरी मोटरसाइकलमा आईरहेका थिए । त्यसपछि पुलिस भाग्न थाल्यो । ४÷५ हजार जति प्रदर्शनकारीहरु थिए । प्रदर्शनकारीहरुले तिनीहरुलाई लखेट्न थाले । थमन विकलाई कुटपिट गरी घाइते बनाए ।
त्यहाँ उनको मृत्यू भएको थिएन । तर, स्थानीय प्रशासनको चरम लापरवाही देखियो । घाइते विकलाई उपचार गराउनका लागि हेलिकप्टर मगाउन सकिन्थ्यो । तर, मगाइएन । साढे ११ बजेसम्म जलेश्वर अस्पतालमा राखियो । तर, थप उपचारका लागि जनकपुर पठाउँदा रुट गलत अपनाइयो । जुन गाउँका मानिसहरुलाई प्रहरीले हत्या गरेको थियो सोही बाटोबाट एम्बुलेन्सलाई पठाइयो । प्रहरी प्रशासनको के योजना र षड्यन्त्र अनुसार नै त्यो बाटोबाट पठाइयो । भिडलाई थप आक्रोषित गर्न पठाइएको थियो । असईको मृत्यु भएपछि त्यही नाउँमा आफुहरुले गरेको दमनलाई सेलाउन सकिन्छ र मधेस आन्दोलनलाई मथ्थर पार्न सकिन्छ भन्ने उद्देश्यले प्रहरीले सोचेर नै त्यो बाटोमा पठाएको थियो ।
पुष २९ गते मसाल जुलुस प्रदर्शन गर्ने तयारी थियो । सरस्वती पुजा भन्दा एक दिन पहिलेका कुरा हो । आन्दोलन सकिसकेपछि म आउँदै थिएँ । जिरोमाइलमा मलाई गिरफ्तार गरियो । विनोदजी तपाई नै होइन भनेर सोधिरहेको थियो । त्यतिबेला ३ जना पुलिस थिए । र, एउटा भ्यान पछाडी थियो । महुवा कपिलेश्वरका एक जना घुमुवा संजय पासवानले आफ्नो मुख छोपेको थियो । र, उनले इशारा गर्यो कि यहि मान्छे हो समातिहाल्नुपर्छ । अनि एक जना प्रहरीले मलाई भन्यो, तपाईलाई एसपी ओफिस जानुपर्छ । मैले भने, भोली विहान भेटे हुँदैन । बल गर्ने कुरै भएन । मलाई गाडीमा चढाइयो र मेरो मोवाइल प्रहरीले नियन्त्रणमा लियो । मलाई सम्पर्क विहिन बनाइयो । विचमा मलाई राखेर दुवै तर्फ राईफलधारी पुलिस गाडीमा बस्यो । मलाई एउटा अपराधि सरह व्यवहार गरिदैथियो । २ मिनेट जति भ्यान चलेको होला । तराई मधेस लोकतान्त्रिक पार्टी ओफिस निर आउँदा साथीहरु शंकर साही समेत थिए । मैले शंकरजीलाई भनें, म भित्र जाँदैछु । त्यसपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा मलाई बसाइयो । आधा घण्टा पछि एसपी साहेव आउनु भयो । विनोदजी के छ भनेर एसपी साहेवले मलाई सोध्नुभयो । मैले म विनोद होइन मोहन ठाकुर हो भनेर भनें । कुराकानी भईरहेको बेला भिडियो क्याम्रामा रेकर्डिङ्ग समेत गरिँदै थियो । किनभने मेरो कुरा र पुलिसले उपलब्ध गराएको भिडियोमा साउण्ड म्याच गर्नु थियो र अदालतमा प्रस्तुत गर्ने उद्देश्यले भिडियो क्याम्रामा रेकर्डिङ्ग गरेको कुरा जब अदालतमा मलाई उपस्थित गराइयो तब मात्र मैले बुझ्न सकें ।
एसपी साहेवलाई मैले भनें मलाई घर जान दिनुस् । अनि एसपी साहेवले भोली पठाउछु भनेर जवाफ दिनु भयो । मैले भनें मलाई मेरो मोवाइल दिनुस घरमा जानकारी दिनुपर्यो । मोवाइल दिइयो । र, मैले आफ्नो छोरा अशोक ठाकुरलाई फोन गरेर सबै कुराको जानकारी गराएँ । १० मिनेट पछि आन्दोलनकारी संजय साह र प्रदिप माझीलाई समेत प्रहरीले म भएको ठाउँमा समातेर ल्यायो । संजय साहलाई अलि अलि पहिले देखि पनि चिनिरहेको थिएँ । तर, माझीलाई यस अघिसम्म चिनेको थिइन । ती दुवै जनालाई कहिले माथि लगिन्थ्यो त कहिले तल ल्याइन्थ्यो । करिब ४÷५ पटक सम्म आउने जाने क्रम चल्यो । हामी तिनै जनालाई आँखा बाँधेर तल माथि लगिन्थ्यो । तर, कुनै यातना भने दिइएन । हामीलाई गिरफ्तार के का आधारमा गरिएको थियो, हामीले बुझ्न सकिरहेका थिएनौं ।
म आन्दोलनमा सुरु देखि नै सक्रिय थिएँ । कहिल्यै हिंसा गरेको छैन । जिल्ला प्रशासन घेराउ गर्ने दिन मात्र मेरो हातमा एउटा लाठी थियो । हामीले जिल्ला प्रशासन घेराउ गरिरहँदा प्रमुख जिल्ला अधिकारी विनोद यादव आफ्नो निवासबाट सशस्त्र प्रहरीको क्याम्प हुँदै जिविसको गेट भएर जिल्ला प्रशासन पुग्नुभएको थियो । मुल गेटबाट पस्नसक्नु भएको थिएन । त्यस यता मैले कहिल्यै लाठी पनि बोकिन् । तर, मलाई सशस्त्र प्रहरी असई थमन विकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो । अदालतमा आदेश हुने दिन त्यो दुई जना यूवाहरु धेरै डराईरहेका थिए । म अलि उमेरमा पाको भएको हुनाले पनि मलाई डर भईरहेको थिएन तर ती दुई जना यूवाहरुलाई हर्ट अटेक नै होला जस्तो अनुभुति भईरहेको थियो । जितेन्द्र नामका एक जना असई हाम्रो सुरक्षाका लागि अदालतमा खटाइएको थियो । एसपी साहेव पनि त्यहाँ आउनु भयो । मैले एसपी साहेवलाई भनें तपाईकै कमि कमजोरीका कारण हामी निर्दोषहरु जेल पर्ने अवस्था आएको छ । किनभने एक जना घनश्यामजी र उद्धव क्षेत्री वकिल साहेवले मेरो नजिक आएर के भन्नु भएको थियो भने मोहनजी २÷३ दिनको लागि जेल जानुस्, हामी चाँडै छोडाईहाल्छौं । मैले बुझें पुर्पक्षमा जाँदा २÷३ दिन होइन, महिनौं लाग्न सक्छ । मलाई मेरो चिन्ता थिएन । चिन्ता थियो त मात्र ती दुई जना यूवाहरुको ।
हामीलाई अदालतबाट तल ल्याइयो । दृष्य कस्तो थियो भने १ हजार देखि १५ सय जतिको बीचमा मानिसहरु नाराबाजी गरिरहेका थिए । मैले प्रदिपलाई भने कि प्रदिप अब हामीले मान्छेहरुलाई रोक्नुपर्छ । नत्र पुलिसले गोली चलायो भने हाम्रै कारण फेरी निर्दोष मानिसहरु मारिन सक्छन् । मानविय क्षति हुन सक्छ । त्यसकारण हामीले नाराबाजी गरिरहेका मानिसहरुलाई के भन्यौं भने हामीहरु मधेसको मुक्तिका लागि नै जेलमा गईरहेका छौं । अनि भिडको नाराबाजी शान्त त भयो तर हाम्रा आफ्न्त र परिवारजनहरु धुरुधुरु रोइरहेका थिए । हामीले आफुलाई सम्हाल्यौं । हामीलाई जलेश्वर कारागार लगियो ।
जलेश्वर जेलभित्र जाने वितिकै हामी तिनै जनालाई देखेर कारागार भित्र रहेका सम्पुर्ण कैदी बन्दीहरुले जय मधेसको नारा लगाउन थाल्यो । करिब १५÷२० बर्ष यता जेल भित्र कुनै कैदी जाँदा कैदीबन्दीहरुले एक साथ यसरी नाराबाजी गर्दै कसैलाई पनि स्वागत गरिएको थिएन । हामीलाई सबै कैदी साथीहरुले भव्य स्वागत गरे । सबैले भने कुनै चिन्ता लिनु पर्दैन । तर, जेलभित्र धेरै समस्याहरु छन् । सुत्ने ठाउँको अभाव, शौचालयको अभाव लगायत थुप्रै कमि कमजोरीहरु छन् । जेलका समस्याहरु कुनै अर्को दिन विस्तारमा बताउँला ।
पुनरावेदन अदालतबाट आदेश आईसकेको थियो । जेलका चौकिदार श्रीनारायण भित्र आएर भने कि अदालतले राम्रो आदेश गरेको छ । मैले उनलाई सोधे के भयो, हामी तिनै जना रिहा भयौं कि भएनौं । अनि श्रीनारायणले तपाई मात्र रिहा हुनु भएको छ भनेर जवाफ फर्काउँदा मलाई धेरै पीडा भयो । किनभने म त बुढो भईसकेको मान्छे, मेरो परिवारमा पनि छोरा छोरीहरु छन् तर ती दुई जना यूवाहरुको भविष्यलाई लिएर धेरै चिन्ता भइरहेको थियो । तर, के गर्ने । मलाई बाहिर आउनु पर्यो । अदालतबाट साधारण तारेखमा र एम्बुलेन्सको आगजनीको आरोपमा ४÷४ हजार रुपैयाँ विगो राखेर म छुटेको थिएँ । सदभावनाको पार्टी ओफिसमा सबैभन्दा पहिले आएँ । साथीहरु फुलमाला लगाउन थाल्नु भयो । मैले इन्कार गरें । ५ बजे घर आएँ । शुक्रबार घर फर्केको थिएँ । आईतबारसम्म कहिँ कतै गइन । त्यसपछि सँधै पार्टी ओफिस जाने गरेको छु ।
जेलमा हुँदा पार्टी अध्यक्ष राजेन्द्र महतो, सह अध्यक्ष लक्ष्मण लाल कर्ण, महासचिव मनिष सुमन, सह महासचिवहरु देवेन्द्र यादव, सुरिता साह लगायतले फोन गर्नुहुन्थ्यो । सबैले चिन्ता लिनु पर्दैन । जे भए पनि अब मेरो पनि घर परिवार छ । छोरा छोरीहरु छन् पार्टीले मेरो पनि भविष्यको बारेमा सोचिदिनुपर्दछ भन्ने मेरो इच्छा र पार्टीसँग आग्रह पनि छ । मधेस आन्दोलनका दौरान र त्यस अघि पनि मैले पार्टीले दिएको निर्देशन अनुसार पनि मेरो मुल्याङ्कन होस् भन्ने मात्र चाहना रहेको छ ।
पार्टीले मेरो प्रोमोशन नै गर्नुपर्छ वा आगामी चुनावमा टिकट नै दिनुपर्छ भन्ने कुरा मैले भनिरहेको छैन तर आगामी दिनमा पनि पार्टीको निर्देशनमा कुनै पनि कार्यकर्ता अगाडी वढ्नका लागि उत्प्रेरित गर्नका लागि पनि मलाई के लाग्छ भने मलाई पार्टीले मेरो भविष्यबारेमा सोच्नुपर्दछ । जे भएपनि मधेसले आफ्नो मुक्ति पाउनै पर्ने हुन्छ ।




२०७३ आषाढ १९ गते आईतबार

Monday, June 27, 2016

महोत्तरीमा खुल्ला घरेलु मदिरा सेवन गरी एकै परिवारका पाँच जनाको मृत्यू अवैध मदिरा उत्पादन, विक्री वितरण र सेवनमा प्रहरीद्वारा प्रतिबन्ध

अजय अनुरागी
जनकपुरधाम............
घरेलु खुल्ला मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा अबैध खुल्ला मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादक जिल्लाको हात्तीलेट गाविस(४ बस्ने जगतबहादुर बुलन र बिक्री वितरण गर्ने सहसौला गाविस(६ बस्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् ।
गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला(६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लि, उनका छोरा ३५ वर्षीय रामप्रगास मल्लि, ज्वाइँ गौशाला नगरपालिका(७ बस्ने ४५ वर्षीय पञ्चा मल्लि, छोरी (पञ्चाकी श्रीमती) ४० वर्षीया कलावती देवी र सम्धी औरही गाविस( ३ बस्ने ६० वर्षीय बद्री मल्लिको मृत्यु भएको थियो ।
पाँच जनाको एकै साथ मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा विनोद महराले बेचेको मदिरा विषाक्त रहेको आशंका गर्दै र उनले सो मदिरा जगतबहादुर बुलनले उत्पादन गरेको खुलेकोमा उनी दुवै जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताएका छन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पाँच जना मरेको घटना भएको दिन घटना स्थलमा पुगेका प्रहरीले विनोद महराको पसलबाट विक्री गरिएको मदिराहरु र मृतकका भिसेरालाई थप जाँच तथा परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । महोत्तरी प्रहरी उपरीक्षक भट्टराई भन्छन,“ ती पाँच जना व्यक्तिको मृत्यु खुल्ला मदिरा सेवनबाट वा फुड प्वाइजनिङबाट भएको हो भन्ने कुरा यकिन नभएपनि अबैध घरेलु मदिरा विषाक्त भई ती विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने हाम्रो आशंका छ । यकिन काठमाण्डौबाट मदिरा र भिसेराको परीक्षण प्रतिवेदन आएपछि मात्र खुल्ने छ ।”
पीडा र शोकमा परिवार
एकै परिवारका पाँच जनाको मदिरा सेवनका कारण मृत्यु भएपछि उक्त डोम समुदायको सिंगो परिवार नै विचल्लीमा परेको छ । सुकुम्बासी समेत रहेका उक्त परिवार सडकको जमिनमा नै फुसको टहरा बनाई बास बस्दै आएका थिए । गाउँमा मागेर तथा बाँसका बस्तुहरु निर्माण गरी बेचेर गुजारा गर्दै आएका उक्त परिवार पहिले नै दिन खाँदा रातको लागि समस्या पर्ने र रात खाँदा दिनको लागि समस्या पर्ने गरेको अवस्थामा अब उक्त परिवारका अगुवा पुरुषहरुको नै मृत्यू भएपछि उक्त परिवार विजोगमा परेका छन् । रक्सी उत्पादन भएपछि सेवन गरिन्छ तर उत्पादन नै नभएपछि सेवन नै नगर्ने भएकाले पनि प्रहरी प्रशासनले त्यस्तो रक्सी उत्पादन तथा विक्री वितरणमा रोक लगाइदिएको भए आफ्ना परिवारले रक्सी खाएर यसरी मर्नुपर्ने थिएन भन्दै आफ्न्तहरुले गुनासो गरेका छन् । अत्यन्तै गरिब तथा अशिक्षामा बाँचिरहेका उक्त परिवारलाई अहिले तत्काल क्रियाकरम गर्न पनि धौ धौ परेको छ । मृतक प्रकाश मल्लिकी श्रीमति इन्दुदेवी भक्कानिँदै भन्छिन,“त्यो रक्सीमा विष छ भन्ने कुरा थाहा भएको भए कसैले पनि रक्सी सेवन गर्ने थिएनन् । त्यो विष मिलाएर रक्सी बेच्नेलाई कारवाही हुनुपर्दछ । अब आफ्नो परिवारको गुजारा गर्ने मानिसहरु नै वितेपछि परिवारलाई कसरी लालनपालन गर्ने भन्ने चिन्ता थपिएको छ ।” दलितको नाउँमा सबै नेताहरु राजनीति गर्छन तर अहिले परेको बेला कुनै पनि नेता होस वा गाउँले नै होस कसैले पनि कुनै किसिमको मद्दत गरेको छैन । कफन समेत ऋण काढेर किनेको इन्दु देवीले गुनासो गरिन । कमसेकम जातिय परम्परा अनुसार किरिया करम र भोज भतेर गर्नुपर्ने बाध्यता छ । तर, पैसा नभएपछि कुनै पनि मालिकले ऋण कर्जा समेत नदिईरहेको अवस्थामा भोलीको भन्दा पनि अहिले किरिया गर्न नै अप्ठ्यारो परेको हुनाले नेपाल सरकारले त्यो व्यवस्था मिलाई दिए राम्रो हुने थियो, इन्दु देवी सरकारसँग गुहार लगाएकी छिन् । अब पुरुषहरुले रक्सी नखाने बताईरहेका छन् ।
मदिरा भट्टीहरुबाट उत्पादित विषाक्त मदिराबाट २०६५ यता महोत्तरीमा दुई दर्जन भन्दा बढीको ज्यान गएको तथ्यांक छ । अहिले पनि सो भट्टिहरुबाट उत्पादित मदिरा सेवन गरेको कारण महिनामा सरदर १५÷२० जना विरामी  भएर जिल्ला अस्पताल जलेश्वरमा आउने गरेका छन् । जिल्ला अस्पताल जलेश्वरका  डा. सतिस कुमार साह  अखाद्य तथा अनियन्त्रित केमिकल प्रयोगका कारण रक्सी विषाक्त हुने गरेको बताए । रक्सी तयार भएपछि यसको वैज्ञानिक परीक्षण हुनुपर्ने हो यो स्थानीयस्तरमा सम्भव हँदैन । डा. साहका अनुसार गुणस्तरहीन रक्सीको सेवनबाट लिभरमा प्रत्यक्ष असर गर्छ । रगत र मस्तिष्कमा क्लुकोज आभाव हुन्छ अनि सेवनकर्ताको तत्काल मृत्यु पनि हुन सक्छ । रक्सी सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, त्यसपछि दृष्टि गुम्ने अनि अचेत भएको ज्यान जाने लक्ष्यण देखिएको स्वास्थ्यका उनले बताए । त्यस्ता बिरामीमा उच्च रक्तचापसमेत देखिएको थियो ।  घरेलु मदिरा सेवनबाट बर्सेनी धेरैको ज्यान जाने गरेका कारण देखाउदै महोतरी प्रहरीले अवैध रुपमा संचालनमा रहेका अवैध घरेलु मदिरा भट्टीहरु नष्ट गर्ने कार्यलाई तीव्र बनाएको छ।जिल्लाको विभिन्न स्थानमा छापामारी मदिरा उत्पादन गर्ने लाखौंको सामानसमेत प्रहरीले जफत गरेको छ ।
     हुन त महोत्तरी प्रहरीले गत चैत्र महिना देखि नै अबैध तरिकाले घरेलु खुल्ला मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउन अभियान नै चलाएको थियो । प्रत्येक महिना जिल्लाका विभिन्न गाउँहरुमा गएर अवैध मदिरा भठ्ठी भत्काउने तथा तयारी रक्सी र कच्चा पदार्थ समेत बरामद गरी नष्ट गर्ने गरेका थिए । तै पनि उक्त कार्य पुर्ण रुपमा रोक्न सकिएको थिएन । प्रहरीको उक्त प्रयास जारी रहँदा पनि पाँच जनाको मृत्यु भएपछि अब महोत्तरी प्रहरीले जिल्ला भरीमा अवैध घरेलु खुल्ला मदिरा उत्पादन, विक्री, वितरणमा मात्र रोक लगाएको छैन, ती अवैध खुल्ला मदिरा सेवनमा पनि रोक लगाइएको महोत्तरीका एसपी भट्टराईले द एक्सक्लुसिभलाई बताएका छन् । एसपी भट्टराईका अनुसार महोत्तरीमा आफुहरुले उक्त अभियानलाई अगाडी बढाएको भएपनि पुर्णरुपले सेवन प्रतिवन्धित गर्न स्थानीय नागरिक समाज, मिडिया र राजनीतिक दलको समेत सहयोगको आवश्यकता छ ।
मान्छे पक्राउ पर्दैनन्
अबैध खुल्ला मदिरा विक्री वितरण कहाँ भईरहेको छ भन्ने कुरा महोत्तरी प्रहरीलाई थाहा नभएको होइन । भठ्ठी संचालन हुने स्थान र संचालक समेतको पहिचान महोत्तरी प्रहरीले गरिसक्दा पनि ती मदिरा उत्पादन गर्ने संचालकहरुलाई प्रहरीले पक्राउ गरी कानुनको दायरा भित्र ल्याउन सकिरहेको छैन । गत ६ चैत्र २०७२ देखि ८ आषाढ २०७३ सम्ममा महोत्तरी प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा संचालित अवैध ४१ वटा भठ्ठी नष्ट गर्नाका साथै ४ हजार ७ सय ६५ लिटर तयारी मदिरा र २१ हजार ५ सय ३५ लिटर कच्चा पदार्थ नष्ट गरेको छ । महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका वडा नम्बर ४ मा बैद्यनाथ चौधरी र लालु महत्तो, जलेश्वर वडा नम्बर १७ परकौलीमा तिलबहादुर दराई, परौल २ मा जामुन चौधरी, ३ मा विनोद साह, भ्रमरपुरा ५ मा रामचन्द्र चौधरी, जलेश्वर वडा नम्बर १२ मा फुलगेन चौधरी र लक्ष्मी चौधरी, सितापुर भंगहा २ मा जितेन्द्र यादव र जगत मण्डल, लोहारपट्टी महदैया तपनपुर ३ मा किशुन यादव, मटिहानीमा उपेन्द्र चौधरी, अशोक साह, संतोष साह, बफैली यादव, रामगोपालपुरमा शत्रुधन चौधरी र सत्ते यादव, शिसवा कटैया ४ मा राजकिशोर कायश्थ, धिरापुर मझौडा विशनपुर ९ मा लालविहारी साह, बगरा ५ लोहरपट्टीमा नबल यादव, धर्मपुर ४ मा प्रदिप राउत र गणेश गुप्ता, सुन्दरपुर ३ मा नाम नखुलेको, सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव, जगत मण्डल, गोनरपुरा ७ मा दिपलाल साह आदि संचालक रहेको भठ्ठीहरुमा महोत्तरी प्रहरीले विगत ४ महिनामा छापा मारी मदिरा बरामद गर्दै भठ्ठी समेत नष्ट गरेको छ । तर, ती संचालकहरुलाई पक्राउ गरी कानुनी दायरा भित्र ल्याउन सकिएको छैन ।
कतिपय अवस्थामा त के देखिएको छ भने एक पटक एउटा व्यक्तिद्वारा संचालित भठ्ठीमा प्रहरीले छापा मारी भठ्ठी नष्ट गरेपनि केही दिन नवित्दै त्यहाँ फेरी मदिरा भठ्ठी संचालन भएको र फेरीपनि प्रहरीले छापा मारी नष्ट गरेको देखिन्छ । जस्तै १० चैत्र २०७२ मा महोत्तरीको सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव र जगत मण्डलले संचालन गरेको दुईवटा भठ्ठीमा प्रहरी नायव निरीक्षक मो.नुरुलको कमाण्डमा गएको प्रहरी टोलीले १ सय लिटर तयारी मदिरा, २ सय लिटर कच्चा मदिरा नष्ट गर्नुका साथै ठुलो डूम ८ थान र १६ वटा गैलन बरामद गर्नुका साथै भठ्ठी नष्ट गरेको थियो । तर, फेरी ३० जेष्ठ २०७३ मा सितापुर भंगहा मै प्रहरी नायव निरीक्षक मेघराज चौरसियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही भठ्ठीबाट ४ सय ९० लिटर तयारी मदिरा र ६सय लिटर कच्चा मदिरा, ३२ जेष्ठ २०७३ मा सोही टोलीले जगत मण्डलको अवैध भठ्ठीबाट १ हजार ६० लिटर अवैध तयारी मदिरा र ८ सय लिटर कच्चा मदिरा नष्ट गरेको थियो । यसले के देखाउँछ भने प्रहरीले एक पटक भठ्ठी नष्ट गर्दा पनि ती भठ्ठी संचालकले फेरी उत्पादन गर्ने काम थालिहाल्दछन् । महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार प्रहरीले भठ्ठीमा छापा मार्न गएको बेला भठ्ठी संचालकहरु फेला नपर्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न सकिएको छैन ।
नियमन गर्ने निकाय बेखबर
अबैध मदिरा भठ्ठी उत्पादन तथा विक्री वितरण भईरहेको अवस्थामा कारवाही गर्ने निकाय भनेको आन्तरिक  राजश्व कार्यालय जनकपुर हो । तर, उक्त कार्यालयले त्यस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न विगतका बर्षहरुमा कुनै चासो नै नलिएपछि अवैध रक्सी उत्पादनको कार्य दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । खास गरेर धनुषा, महोत्तरी र सर्लाहीमा प्रत्येक गाउँ, टोल टोलमा अवैध मदिरा उत्पादन गर्ने गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ अनुसार धनुषामा छिरेश्वर डिस्टिलरी प्रा.लि., सांग्रिला डिस्टिलरी प्रा.लि., छिन्नमस्ता डिस्टिलरी प्रा.लि. र धनुषा डिस्टिलरी प्रा.लि. ले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रा.लि.ले हरिवनमा रक्सीको कच्चा पदार्थ स्प्रिीट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसका बाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन ।

महोत्तरीको सहसौला गाउँमा अवैध घरेलु मदिरा सेवनका कारण दलित डोम समुदायका एकै परिवारका पाँच जनाको मृत्यु भएपछि शोक सन्तप्त परिवार (बायाँ) र सडकमै घर टहरा बनाएका ती पीडित डोम समुदायको घर (दायाँ) ।
किरियामा बसेका विनोद मल्लि र उदय मल्लि ।
महोत्तरी प्रहरीले अवैध मदिरा भठ्ठी र अवैध मदिरा नष्ट गर्दै ।
२०७३ आषाढ १२ गते आईतबार

Tuesday, June 21, 2016

अजब–गजब छ बा ! : सुदर्शन सिंह


आँतिनु पर्दैन् अनियमित लोडसेडिङ बढेपनि २४ घण्टा भन्दा माथि जाँदैन, ढुक्क हुनुस् !

२०७३ आषाढ ०५ गते आईतबार

ऐतिहासिक लक्ष्मण सागरको सरसफाई तथा घाट निर्माण कार्यमा ठेकेदार र इन्जिनियरको मिलेमतोमा व्यापक अनियमितता

१०० बर्ष भन्दा वढी आयू हुने भनिएको लक्ष्मण सागरको पोखरी सरसफाई तथा घाट निर्माण कार्यको कार्य सम्पन्न नहुँदै निर्माणाधिन
अवस्थामै नालाको पर्खालहरु भत्किएको छ ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुरको ऐतिहासिक, धार्मिक, पौराणिक तथा पर्यटकिय महत्व बोकेको लक्ष्मण सागर पोखरी सरसफाई तथा घाट निर्माण कार्यमा निर्माण व्यवसायीले व्यापक अनियमितता गरेको पाइएको छ । कमल निर्माण सेवा प्रा.लि. जनकपुरले १ करोड २६ लाख ३८ हजार ६ सय ७४ रुपैयाँको सरकारी अनुमानित रकममा ३५.०४ प्रतिशत मुनि गएर ८२ लाख ९ हजार ७ सय ९७ रुपैयामा सम्झौता गरेको उक्त पोखरी निर्माणको कार्यका लागि १ अषाढ २०७२ मा कार्यादेश पाएर २६ जेष्ठ २०७३ सम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा म्याद वितिसक्दा समेत काम हुन सकेको छैन ।
मुख्य कुरा के हो भने उक्त निर्माण कार्यको आयु भनेको १ सय बर्षभन्दा बढी अनुमान गरिएको हो । तर, निर्माण कार्य भईरहँदा नै पोखरीको पेटीमा निर्माण गरिरहेको नाला निर्माणका लागि बनाइएका पर्खालहरु निर्माण कार्य सम्पन्न नहुँदै भत्किएको छ । यसले पनि उक्त कार्य कति गुणस्तरयूक्त वा गुणस्तरहीन भईरहेको छ भन्ने कुरा सहजै पुष्टि हुन्छ । निर्माण गरिएका नालाका पर्खालहरु बाँगो भएका छन्, पोखरीको साइडबाट ती पर्खालहरुमा माटोले थिचिएका छन्, त्यो माटो हट्ने वितिकै पर्खालहरु भत्किएका छन्, भत्किने क्रममा छन् । निर्माण कार्य सुरु गर्नु अघि पोखरी भित्रको ४ फिटको माटो काटेर हटाई पोखरी भित्र रहेका फोहरहरु सफा गरेर हटाउनुपर्नेमा त्यसो नगरिकन त्यहाँ पहिले देखि नै थुपारिएका प्लास्टिक जन्य फोहरमाथि पोखरीकै साइडबाट माटोहरु काटेर थुपारिएका छन् । यति मात्र होइन, ति प्लास्टिकमाथि माटो लेवलिङ्ग समेत नगरिँदा दलदल यथावत रहने र निर्माण गरिने घाटहरु  आगामी एक बर्ष पनि टिक्न नसक्ने स्थानीयबासीहरु बताउँछन् ।
लक्ष्मण सागरको पुर्व र दक्षिण तर्फको नालाहरुको पर्खाल भत्किएको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय
 धनुषाले तयार पारेको लक्ष्मण सागरको नक्सा ।
निर्माण गर्दा कतिसम्म अनियमितता गरिएको छ भने ट्याक्टरबाट बालुवा झारेर बालुवालाई नचालिकनै बालुवाको थुप्रोमा केही सिमेन्ट मात्र हालेर घाट निर्माण तथा नाला निर्माण गरिने गरिएको प्रमाणहरु तस्वीरका रुपमा द एक्सक्लुसिभ समक्ष सुरक्षित राखिएका छन् । फेरी पानीमा निर्माण गर्नका लागि आवश्यक पर्ने सिमेन्टको प्रयोग नगरि कमसल खालको सिमेन्टको प्रयोग गरिएको छ । यति मात्र होइन, गिट्टीका दानाहरु समेत उपयूक्त साइज अनुसार प्रयोग गरिएको छैन । निर्माण कार्य गरिँदा ल्याव परीक्षण समेत गरिएको छैन । केही मानिसहरुले त्यसको विरोध गर्दा निर्माण व्यवसायीका गुण्डाहरुले हातपात गर्न खोज्दछन्, धम्की दिन्छन्, यो पोखरीसँग तँलाई के मतलब भन्दै ठिक नहुने धम्की दिने गरेको स्थानीयबासी समेत रहेका नेपाली कांग्रेस धनुषाका महाधिवेशन प्रतिनिधि प्रफुल्ल राज घिमिरे बताउँछन् ।
पछिल्लो बर्षमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर उपमहानगरपालिका र गुठी संस्थानको कार्यालयले लक्ष्मण सागर पोखरीको डिल अतिक्रमण गरेर घर टहराहरु बनाएको अवस्थामा डोजर चलाई अतिक्रमित जग्गामा बनाइएका घर टहराहरु भत्काई पोखरीको साविक क्षेत्रफल अनुसार जग्गा खाली गराइएको थियो । तर, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले निर्माण गराईरहेको उक्त परियोजनाका साइट इन्जिनियर महेश साहको नातागोता पर्ने पोखरीको पुर्व तथा दक्षिणपट्टी घर भएका व्यक्तिहरुको गतबर्ष खाली गराइएका ठाउँ भन्दा पनि पोखरी भित्रबाटै ५÷७ फिट चयाप्न लगाई नाला निर्माण गरिएको बताइएको छ । त्यसैगरी घाट निर्माणका ठेकेदारले पनि पोखरीको साविक सिमाना अनुसार भएको नाप नक्साको आधारमा सोझो नपारेर लेनदेनको आधारमा केही व्यक्तिहरुका घरका अगाडी जग्गा खाली छोडेर पोखरी तर्फबाटै नाला निर्माण गरिएको स्थानीय वासीहरुको आरोप छ ।
८२ लाख रुपैयाँ सम्झौता गरिएको उक्त ठेक्कामा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले उक्त निर्माण व्यवसायीलाई हालसम्ममा दुई चरणमा  गरि कुल ४६ लाख ९५ हजार ७ सय ६० रुपैयाँ निकासा समेत गरिसकेको छ । प्रथम रनिङ्ग विल अन्तरगत पेश्की रकमबाट ४लाख ५५ हजार ५ सय, धरौटी वापत १ लाख १३ हजार ८ सय २३, अग्रिम आयकर बापत ३४ हजार १ सय ४७, निर्माण व्यवसायी कोष बापत २ हजार २ सय ७६ गरी कुल २५ लाख ७२ हजार ४ सय १० रुपैयाँ निकासा गरिएको छ । त्यसैगरी दोस्रो रनिङ्ग विल अन्तरगत धरौटी बापत ९३ हजार ९ सय ५४, अग्रिम आयकर बापत २८ हजार १ सय ८६, निर्माण व्यवसायी कोष अन्तरगत १ हजार ८ सय ७९, पेश्की वापत ३ लाख ७६ हजार र चेक बापत १६ लाख २३ हजार ३ सय ५० रुपैयाँ निकासा गरिसकिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले जनाएको छ ।
अनियमितताको कारण
उक्त पोखरी परियोजना अन्तरगत नेपाल सरकारले घाट निर्माणका लागि १ करोड २३ लाख ५९ हजार, ल्याब टेस्ट बापत १७ हजार ६ सय ७७, डूविङ बापत १५ हजार २ सय ६०, मोटरसाइकल बापत १ लाख ५६ हजार ५ सय, विमा बापत ७९ हजार २ सय ५२ रुपैयाँ गरी कुल १ करोड २६ लाख ३८ हजार ६ सय ७४ रुपैयाँ लाग्ने लगत अनुमान गरेको थियो । ५ प्रतिशत कन्टिजेन्सी रकम बापत ६ लाख ३१ हजार ९ सय ३३ रुपैयाँ थपेर कुल १ करोड ३२ लाख ७० हजार ६ सय ८ रुपैयाँ अनुमान गरिएको थियो । कुल रकममा १३ प्रतिशत मुल्य अभिवृद्धि कर बापत १७ लाख २५ हजार १ सय ७९ रुपैयाँ थपेर कुल १ करोड ४९ लाख ९५ हजार ७ सय ८७ रुपैयाँ उक्त लक्ष्मण सागर पोखरी सरसफाई तथा घाट निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले लगत अनुमान गरेको थियो ।
जनकपुर उपमहानगरपालिका ११ स्थित लक्ष्मण अखाडानिर १३२.६ मिटर लम्बाई, १००.५ मिटर चौडाई, ६ फिट गहराई गरी १३३२६.३ बर्ग मिटर (हालको क्षेत्रफल) रहेको लक्ष्मण सागर पोखरीको सरसफाई तथा घाट निर्माण कार्यको लागि भ्याट बाहेक १ करोड २६ लाख ३८ हजार १ सय ७४ रुपैयाँको अनुमानित रकम सहित डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको थियो । ८ वटा निर्माण व्यवसायीहरुले ठेक्काका लागि फारम भरेको भएपनि ३ वटा कम्पनीको पुर्णतामा असफल र रोशन कन्सटूक्सन जनकपुरले ५.६ प्रतिशत कम रकम, राम जानकी निर्माण सेवा जनकपुरले ७.५४ प्रतिशत कम रकम, सुगम निर्माण सेवा महेन्द्रनगर धनुषाले २४.९० प्रतिशत कम रकम र अमर कन्सटूक्सन काठमाण्डौले २२.४ प्रतिशत कम रकममा आवेदन फारम भरेका थिए । तर, कमल कन्स्टूक्सन जनकपुर उपमहानगरपालिका ९ ले ठेक्का रकमको ३५.०४ प्रतिशत घटीमा आवेदन फारम भरेको अवस्थामा सडक डिभिजन विभागका डिभिजन प्रमुख गंगा प्रसाद यादव, लेखा अधिकृत नारायण प्रसाद खनाल, इन्जिनियरहरु श्याम कृष्ण झा, चन्द्रशेखर महतो, कृष्ण देव झा सहितको बैठकले उनलाई नै ठेक्का दिने निर्णय गर्यो ।
सबैलाई थाहा भएको कुरा के हो भने १० प्रतिशत पिसी बापत सरकारी कार्यालयले कमिशन खाने गर्छ, १० प्रतिशत निर्माण व्यवसायीले कम्तीमा पनि काम गरेबापत मुनाफा खोज्छ, ५ प्रतिशत रकम स्थानीय गुण्डा देखि विभिन्न पक्षहरुलाई म्यानेज गर्न खर्च गर्ने गरिन्छ र, ३५ प्रतिशत विलोमा गएर ठेक्का लिनु भनेको सम्झौताको १०० प्रतिशतमा ६० प्रतिशत रकम कामै नगरी खर्च हुने प्रष्ट देखिन्छ । यस्तो अवस्थामा बाँकी रहेको ४० प्रतिशत रकमले गुणस्तरयूक्त र सम्झौता अनुसार हरेक शिर्षक अन्तरगत काम नहुनु स्वाभाविक हो । साइट इन्जिनियरको रुपमा रहेका महेश साह र डिभिजन प्रमुख गंगा प्रसाद यादव त्यसरी गुणस्तरहिन काम हुँदा पनि अनुगमन नगर्नु वा अनुगमन गरेर पनि बिल पेमेन्ट गर्नुले पनि के पुष्टि हुन्छ भने घुस र कमिशन लिएर उनीहरुले निर्माण व्यवसायीलाई सम्झौताको करिब ५० प्रतिशत भन्दा वढी रकम निकासा गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायहरुको ध्यान नगएकै कारण जनकपुरमा यसरी विकास निर्माणको कार्यहरुमा अनियमितता बढ्दै गएको जनगुनासो पाइन्छ ।
लक्ष्मण सागर पोखरीको उपभोग गर्ने व्यक्तिहरु जनकपुरका चर्चित व्यक्तिहरु हुन । जस्तै पोखरीको पश्चिम डिल तर्फ जनकपुरका नाम चलेका चिकित्सक डा.राघवेन्द्र झा, नेपाल बार एशोशिएशन जनकपुरका सचिव तथा अधिबक्ता सुदिप कोइराला, नेपाली कांग्रेसका क्षेत्रिय सभापति भईसकेका भोला पञ्जियार, श्याम साह, राम विलास खत्वे, उत्तर पट्टीको डिल तर्फ रामनारायण साह, लक्ष्मी साह, कलिसिया देवी, पुर्व पट्टीको डिल तर्फ काठमाण्डौका ठुला माछा व्यापारी सुरेश यादव, नेपाली कांग्रेस धनुषाका पुर्व सचिव भईसकेका राज किशोर सिंह, अधिवक्ता हरिषचन्द्र महतो, जनकपुर उपमहानगरपालिका कार्यालयका कर अधिकृत परमेश्वर झा, हिमाली बोडिङ्ग स्कुल लगायतका व्यक्तिहरु ती पोखरीका उपभोक्ता हुन । तर, घाट निर्माणमा यत्रो अनियमितता हुँदा पनि चुइँक्क नबोल्ने ती चर्चित स्थानीयबासीहरुको कारण नै भ्रष्टाचार र अनियमितता बढेको हो ।
पोखरीको जग्गा नम्बरी गराउने दाउ
लक्ष्मण सागर पोखरीकै क्षेत्रफल भित्र बाहिरबाट देखिने गरिनै त्यहाँका एक जना स्थानीयबासी रामजी उपाध्यायले पोखरीको २ कठ्ठा १६ धुर जग्गा २०२६ सालमा फिल्डबुकमा चढाउन सफल भए । २०४३ सालको सर्बे नापीमा पनि १ कठ्ठा केही धुर जग्गा चढाएको पाइन्छ । अच्चम त के छ भने गुठी संस्थान शाखा कार्यालय जनकपुरले उक्त जग्गाको फाइल ती व्यक्तिको नाउँमा रैतान नम्बरी गर्नको लागि काठमाण्डौ पठाएको स्रोतको दावी छ ।
त्यसैगरी साविक देखि नै पोखरीको निकासको लागि पुर्व र पश्चिमबाट निस्कने कुलो ७ धुर १ कन्मा रहेको छ । सिट नम्बर १३५६(१६ को कित्ता नम्बर ११, दक्षिण पट्टी १०० फिट लम्बाई, उत्तरी पट्टी १२१ फिट ४ इन्ची, पश्चिम पट्टी चौडाई १५ फिट ९ इन्ची क्षेत्रफल रहेको उक्त कुलोलाई स्थानीयबासी गोविन्द शर्मा भन्ने व्यक्तिले जनकपुर उपमहानगरपालिकाका वडा सचिव र उक्त वडाका केही व्यक्तिहरु समेतलाई मिलाई सहरजमिन गर्न लगाई उक्त जमिन मेरो हकको हो भन्दै सार्वजनिक जग्गालाई आफ्नो भोग चलनको भन्दै रैतान नम्बरी गराउनका निम्ति जनकपुर उपमहानगरपालिकाको कार्यालयबाट सिफारिस गर्न लगाई मालपोत कार्यालय धनुषामा निर्णयार्थ पेश गरेको भनि बुझ्नमा आएको केही स्थानीयबासीहरु नाम नभन्ने सर्तमा बताउँछन् ।
संरक्षण तथा सम्बद्र्धनको आवाज
नेपाल तरुण दल धनुषाको तत्कालिन अध्यक्ष प्रफुल्ल राज घिमिरे, जनता प्राथमिक विद्यालय, लक्ष्मण अखाडाको अध्यक्ष विनोद कुमार मण्डल को अगुवाईमा स्थानीय यूवाहरुले ४ मंसिर २०६८ मा लक्ष्मणसागरको अतिक्रमण, प्रदुषण रोक्नका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए । गुठी संस्थान कार्यालय जनकपुरका मार्फत जानकी मन्दिर, जनकपुर नगरपालिका, जनकपुर नगरपालिका सर्वदलिय संयन्त्र, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, विदेह मिथिला पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, धनुषा जिल्ला अदालत, पुनरावेदन अदालत जनकपुरमा निवेदन दर्ता गराएका थिए । १९८३ सालको श्रेष्ता अनुसार एंव २०४३(४४ सालको सर्वे नापीको नक्सा अनुसार सागरको चारैतिरको डील कायम गर्र्दै घाट निर्माण गरी चारैतिरको मुहान बनाएर डीलको किनारामा बाग(बगैंचाको स्वरुप दिएर संरक्षण गरियोस, निवेदनमा उल्लेख थियो । नगरपालिकाको फोहर सागरमा गएको ढललाई प्राविधिकद्वारा अध्ययन गराई अर्को तिर निकास दिने व्यवस्था मिलाउन समेत निवेदनमा माग गरिएको थियो ।
५ बैशाख २०६९ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय तेज बहादुर केसी र रमेश खरेलको संयूक्त इजलासबाट लक्ष्मण सागर सम्बन्धि गुठी संस्थान र जनकपुर उपमहानगरपालिकाको कार्यालयको नाउँमा परमादेश जारी गरिएको थियो ।
लक्ष्मण सागरको हक भोगको सर्बे नाप नक्सा अनुसारको जग्गा १ विघा १८ कठ्ठा १४ धुर १ कन्मा जग्गाको चारै तिर सिमाङ्कन कायम गरी सो को यकिन क्षेत्रफल र डिल कायम गर्नु, सो जग्गा र सोको डिल अतिक्रमण हुन नदिनु, अतिक्रमण हटाउनु, लक्ष्मण सागर पोखरी र ढलको उचित संरक्षण र व्यवस्थापन गर्नु र पोखरीको डिलमा फोहोरहरु जम्मा हुन नदिई लक्ष्मण सागरको निर्माण विकासको उचित व्यवस्था मिलाउनु भनि उक्त परमादेशमा उल्लेख छ । पुनरावेदन अदालत बाट परमादेश भएता पनि गुठी संस्थान र नगरपालिकाले संरक्षण तथा व्यवस्थापन गर्न ध्यान नदिएपछि सहरी भवनबाट उक्त पोखरीको सौन्दर्यिकरणका लागि अहिले काम भईरहेको हो ।
लक्ष्मणसागरको ऐतिहासिक तथा धार्मिक महत्व
हिन्दु धर्माम्वलम्बीहरुको जनकपुरको आठ वटा जागृत पिठ मध्ये एउटा सिद्धी प्रदायक स्थल श्री लक्ष्मण अखाडा र सो पुर्व अवस्थित श्री लक्ष्मण सागर पनि एक हो । भगवान रामचन्द्रजी लक्ष्मणजीका साथ मिथिलामा सीता स्वयम्बरका क्रममा आगमन भई यहाँ बसेका बेला लक्ष्मण अखाडामा लक्ष्मणजी प्रतिदिन कुस्ती खेल्दथे र मुगदर भाँज्दथे । त्यसको प्रतिक मँुगदर (पत्थर खण्ड) अहिले पनि छ । भनिन्छ, लक्ष्मण अखाडामा रहेको मुँगदर घमण्ड गर्ने कुनै पनि ठूलो पहलवानलाई असम्भव थियो र छ । तर लक्ष्मणजी प्रति श्रद्धा राख्ने बच्चाले पनि मँुगदर उठाएर भाँज्न सक्थे र सक्छन् । लक्ष्मण अखाडाको पूर्व पट्टि रहेको लक्ष्मण सागरमा ६ महिना प्रतिदिन स्नान गर्नेलाई राम,लक्ष्मण तथा सीताजीको दर्शन अवश्य नै भेटिन्छ भन्ने हिन्दु धर्माम्बलम्बीहरुमा जनआस्था रहेको यस्तो अर्को कुनै सागरलाई प्राप्त रहेको छैन् ।
 मिथिला महात्मयको निर्देशन मान्ने हो भने अन्तरगृह परिक्रमा गंगा सागरबाट प्रारम्भ भई मुरलीसर, पाद प्रासलन सर, दुधमती, अग्नी कुण्ड, यावत स्थल, सागर, कुण्ड हुँदै अन्तमा लक्ष्मण सागरमा स्नान वा प्राक्षाचन गरी लक्ष्मण अखाडामा धुलो उडाएर समापन गर्ने विधान छ । हाल सम्म पनि ५ दिनको मध्यमाा परिक्रमा गर्नेहरु हजारौं(हजारको संख्यामा यो विधि अपनाएर परिक्रमा समापन गर्दै आएका छन् । तर धार्मिक आस्थाका पर्यटकीय सागर हाल फोहोरको भण्डार हँुदै प्रदुषित भएर अतिक्रमणको शिकार भई लक्ष्मण सागर मृततुल्य अवस्थामा पुगेको छ । वि.स. २०५७ मा स्थानीयवासीहरुले लक्ष्मण अखाडाको जग्गा अतिक्रमण गरी आफ्नो घरको झ्याल(ढोका समेत बनाएका थिए । लक्ष्मण समाज कल्याण संघका अध्यक्ष प्रफुल्ल राज घिमिरेले त्यस बेला बृहत्तर जनकपुर विकास क्षेत्र परिषदका अध्यक्ष नरेन्द्र मिश्रका पालामा १ लाख रुपैंया नगद सहयोग लिई अखाडाको कम्पाउण्ड वाल निर्माण गरेका थिए । सो क्रममा विभिन्न व्यक्तिहरुका घरको १० वटा झ्याल र ५ वटा ढोकाको निकास बन्द गराएका थिए । प्रहरी प्रशासनको सहयोगमा घिमिरेले उक्त कार्य त्यति बेला नगरेको भए सायद आज देवस्थलको जग्गा पनि अतिक्रमित भएर विलुप्त भइसकेको हुने थियो होला ।
लक्ष्मण सागरमा राजगुठीको राममन्दिर स्वामित्वमा रहेको धरोहर हो । पोखरीको शहर भनेर चिनिने जनकपुर नगरका पोखरीहरु अतिक्रमित हुनुको सँग(सँगै समुचित संरक्षणात्मक प्रयासको अभावले गर्दा बाटोको रुपमा उपयोग हुने पोखरीहरु भु(क्षयको समस्याबाट पनि ग्रसित छ । अव्यवस्थित एंव अनियन्त्रित बसोवास प्रकियाले सर्वाधिक रुपमा पोखरीहरुको अतिक्रमणको गतिलाई बढाएको छ । पोखरी क्षेत्रको सीमांकन र तदनुसार व्यवस्थापन नभएकै कारणले गर्दा २०४३(४४ को शहरी क्षेत्र नापीसम्ममा अधिकांश पोखरीका डिलहरु र कतिपयको जलक्षेत्र समेत सार्वजनिक स्वामित्वबाट निजी स्वामित्वमा रुपान्तरित भइ सकेका छन् , जसमा तत्कालिन शहरी नापीमा सम्बद्ध कर्मचारीहरु बढी जिम्मेवार देखिन्छन् । पोखरीहरुको दुरावस्थाले गर्दा जैविक विविधतामा समेत प्रतिकुल असर परिरहेको छ । तसर्थ गुठी संस्थान, जनकपुर नगरपालिका आदि सम्बद्ध निकायहरु, स्थानीय प्रशासन, राजनीतिकर्मीहरु एवं नागरिक समाजको सँग(सँगै मठ(मन्दिरका व्यवस्थापकहरु जिम्मेवार भई जनकपुरका समग्र पोखरी एंव पोखरीको डिलहरुको संरक्षण एंव दिगो विकास तथा सौन्दर्यकरणका लागि प्रभावकारी प्रयास तत्कालै थाल्नु पर्दछ ।

सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, वातावरणीय एंव आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण रहेका जनकपुरका पोखरीहरु सरोकारवाला निकायहरुको संरक्षण तथा सम्बद्र्धन प्रतिको उपेक्षा र उदासीनता तथा प्रभावकारी निकास एंव व्यवस्थापन सम्बन्धी योजनाको अभावमा ¥हासोन्मुख स्थितीमा छ । शहरी भौतिक पुर्वाधारको अभावले गर्दा पोखरीहरु डम्पिङ साइटको रुपमा क्रमशः परिणत हँदै गइरहेका छन् । 

पोखरीहरु, पोखरीका डिलहरु लोप हँुदै जाने, प्रदुषित एंव अतिक्रमित हँदै जाने क्रम पनि तीव्र हँुदै गएको छ । बढदो जनचापको कारणले गर्दा बसोबासको लागि भूमिको मागमा बृद्धि हुनाले पोखरीका डिलहरु व्यक्तिगत उपयोग एंव स्वामित्वम रुपान्तरित भई जलक्षेत्र समेत अव्यवस्थित र अतिक्रमित हुँदै गइरहेका छन् । डम्पिङ साइटको प्रभावकारी संस्थागत व्यवस्था नगरिएको कारणले गर्दा पोखरी र पोखरीको वरिपरी नै फोहर फाल्ने क्रियाकलापको विद्यमानताले गर्दा पोखरीहरु पुरिदैँ र प्रदुषित हुँदै गइरहेका छन् । 

२०७३ आषाढ ०५ गते आईतबार

उपेक्षाको शिकार जनकपुर विमान स्थल क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थल बनाउने कार्यले गति लिन सकेन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा नै जनकपुर विमान स्थलको क्षमता विस्तार गरी क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गरिने भनेर उल्लेख गरिएपनि नेपाल सरकारले हालसम्म त्यस योजनालाई साकार पार्न कुनै पहल गरेको देखिँदैन । यस बर्षको बजेट भाषणमा पनि अर्थ मन्त्री पौडेलले जनकपुर विमान स्थल विषयमा बजेट छुट्याएनन् ।
आर्थिक बर्ष २०७३÷०७४ को बजेट बक्तब्यमा नेपाल सरकारका अर्थ मन्त्री विष्णु पौडेलले जनकपुर विमान स्थललाई क्षेत्रिय अन्तर्राष्टिूय विमानस्थल बनाउनुपर्ने कुरामा केही पनि बोलेनन् । जनकपुर विमान स्थलका विषयमा यस बजेटमा केही न केही कुराहरु समेटिनेमा जनकपुरबासी आशाबादी थिए । तर, बजेटमा जनकपुर विमानस्थलको बिषयले प्रवेश नै गर्न सकेको छैन ।

गौतम बुद्ध अन्तर्राष्टिूय विमान स्थललाई २०७४ माघ देखि संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तिब्रता दिइने तथा त्यसका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन सरकारले गरेको छ । पोखरी क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थल निर्माण कार्य आगामी  ४ बर्ष भित्रमा सम्पन्न गरिने भन्दै त्यसका लागि रु.५ अर्ब नेपाल सरकारले बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षमा निजगढमा अन्तर्राष्टिूय विमान स्थल निर्माणका लागि जग्गा प्राप्ति र सिमाङ्कनको कार्य सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन र कार्यान्वयनको ढाँचा तयार गरी स्रोत व्यवस्थापनको लागि पहल गरिने सरकारले बजेट बक्तव्यमा भनेको छ । 

त्यसैगरि विगतमा संचालन भई बन्द रहेका दोलखाको जिरी, बैतडीको पाटन, अछामको साँफेबगर, दार्चुलाको गोकुलेश्वर, सप्तरीको राजविराज र कंचनपुरको कंचनपुर विमानस्थलको मर्मत गरी संचालनमा ल्याईने तथा धनगढी, दाङ्ग, विराटनगर विमानस्थलको क्षमता विस्तार गरिने अर्थ मन्त्री पौडेलले आफ्नो बजेट बक्तव्यमा उल्लेख गरेका छन् । तर, आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा नै जनकपुर विमान स्थलको क्षमता विस्तार गरी क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गरिने भनेर उल्लेख गरिएपनि नेपाल सरकारले हालसम्म त्यस योजनालाई साकार पार्न कुनै पहल गरेको देखिँदैन । यस बर्षको बजेट भाषणमा पनि अर्थ मन्त्री पौडेलले जनकपुर विमान स्थल विषयमा बजेट छुट्याएनन् ।

१८ माघ २०६७ मा नेपाल उड्ययन प्राधिकरणले एउटा प्रेस विज्ञप्ती जारी गरी जनकपुर विमान स्थल समेतलाई अन्तर्राष्टिूय स्तरका उडान संचालन हुन सक्ने गरी पुर्वाधार विकास गर्ने आर्थिक बर्ष २०६७÷०६८ को बजेट बक्तव्यमा उल्लेख भए अनुसार विमान स्थलको धावनमार्ग विस्तार गर्नका लागि अधिग्रहण ऐन अनुसार जग्गा अधिग्रहण गर्न प्रारम्भिक अधिकारीको रुपमा प्राधिकरणका एक जना बरिष्ठ उपनिर्देशकको रुपमा मनोनयन गरिएको जानकारी प्रदान गरेको थियो । नेपाल र भारत बीच पुनरावलोकन भएको समझदारीपत्र तथा सहमतिपत्र अनुसार जनकपुरबाट सिमा पार उडान गर्न भारतसँग अन्तिम चरणको छलफल समेत भई भारतसरकारले त्यसका लागि ग्रिन सिग्नल लगभग दिईसकेको जनकपुर विमान स्थलका प्रमुख इन्दुराज अधिकारी बताउँछन् । यति भईसक्दा पनि नेपाल सरकारको प्राथमिकतामा जनकपुर विमान स्थल पर्न नसक्नु अत्यन्त दुखद कुरा रहेको जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा बताउँछन् ।

१७ चैत्र २०६६ मा नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको सचिवालयमा बसेको बैठकबाट जनकपुरमा क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थल निर्माणका लागि सरोकार समिति गठन गर्ने निर्णय भएको थियो । नेपालबाट र मध्य तथा पुर्वी तराई मधेसबाट नागरिकहरु बैदेशिक रोजगारीका लागि खाडी मुलुक अरब, मलेशिया, दुबई, कतार जस्ता मुलुकहरुमा जनकपुरबाट डायरेक्ट उडान गर्न सकिने र भारतको पटना तथा कोलकताबाट जनकपुरको उडान गर्न सकिने उद्देश्यले त्यस्तो निर्णय गरिएको जनकपुर विमान स्थलका प्रमुख अधिकारी बताउँछन् । खास गरेर जनकपुर एउटा धार्मिक पर्यटकिय स्थल रहेको हुनाले हिन्दु धर्माबलम्बीहरुलाई भारतबाट जनकपुर आउँदा प्रत्यक्ष उडान गर्न सकिने उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम सरकारका पर्यटन तथा उड्डयन मन्त्री शरत सिंह भण्डारीले त्यसको पहल कदमी लिएका थिए ।

क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थलका लागि कम्तिमा पनि २ हजार 
मिटर आवश्यक छ । शाहदेवले उदघाटन गरेका थिए ।
जनकपुर विमान स्थलको धावन मार्ग हाल १३ सय मिटर रहेकोमा क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थलको रुपमा विकास गर्नका लागि कम्तीमा पनि २ हजार मिटरको धावन मार्ग आवश्यक पर्ने निर्णय गरिएको थियो । त्यसका लागि जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विमान स्थलको पश्चिम तर्फको जग्गाहरु अधिग्रहण गर्ने निर्णय समेत गरिएको थियो ।
१४ अषाढ २०६९ मा धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतमको अध्यक्षतामा बसेको जग्गा अधिग्रहण सम्बन्धि बैठकबाट जनकपुर विमान स्थलको उत्तर र पुर्व तर्फ गठी संस्थान शाखा कार्यालय जनकपुरको नाममा तैनाथी दर्ता रहेको ५ विघा ७ कठ्ठा ४ धुर जग्गा समेत पर्ने भएकाले उक्त जग्गा रोक्का राख्न गुठी संस्थानलाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।

२८ फागुन २०७१ मा मुआब्जा निर्धारण समितिको बैठकको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर, नागरिक उड्डयन कार्यालय अन्तरगत जनकपुर विमान स्थलको विकास, विस्तार र स्तरोन्नती गर्नका लागि तत्कालिन बसहिया गाविस वडा नं. १ तथा हाल जनकपुर उपमहानगरपालिका २४ स्थित किता नम्बर ८८ को १ विघा ११ कठ्ठा २ धुर जग्गालाई अधिग्रहण गर्नका लागि करिब ९६ लाख ४६ हजार २ सय ५० रुपैयाँ नेपाल सरकारले दिनुपर्ने निर्णय गरिएको थियो ।  अधिग्रहण गरिने जग्गामा उच्च मावि बसहिया मातहतको उक्त जग्गा शिक्षा मन्त्रालयबाट प्राप्ति गर्नका लागि शिक्षा मन्त्रालयले अनुमति दिनुपर्ने तथा सरकारी पर्तीको रुपमा रहेको ४ कठ्ठा १४ धुर जग्गा गृहमन्त्रालयबाट प्राप्ति गर्नुपर्ने निर्णय भएको थियो । त्यसका लागि ५ जेष्ठ २०७२ मा जिल्ला शिक्षा कार्यालय धनुषाले बसहिया विद्यालय मातहतको जग्गा जनकपुर नागरिक उड्डयन कार्यालयको नाउँमा हक हस्तान्तरण गरी लगत कट्टा गरिदिनका लागि पत्रसमेत लेखिसकेको छ । तर, ती सरकारी जग्गाहरु हालसम्म पनि विमान स्थलको नाउँमा हक हस्तान्तरण हुन सकेको छैन ।

२०५७ सालको रेकर्ड अनुसार जनकपुर विमान स्थलको हालको क्षेत्रफल ६५ विघा १९ कठ्ठा ११ धुर १ कनमा रहेको छ । अधिग्रहण हुने सरकारी तवरबाट जनकपुर विमान स्थलको कार्यालयमा प्राप्त हुनुपर्ने ३ विघा १० कठ्ठा १६ धुर ५ कनमा जग्गामा १ विघा १४ कठ्ठा ६ धुर १५ कनमा जग्गा मात्र प्राप्ति हुन सकेको जनकपुर विमान स्थलका प्रमुख इन्दुराज अधिकारी बताउँछन् ।  व्यक्तिहरुको निजी जग्गा अधिग्रहण भईसकेको भएपनि छेदु मण्डलको १३ धुर १० कनमा जग्गा पनि प्राप्ति गर्ने अन्तिम चरणमा रहेको भएपनि सरकारी जग्गा प्राप्ति हुन नसक्दा समस्या भएको अधिकारी बताउँछन् ।

 २९ चैत्र २०६६ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैठकबाट जनकपुर विमान स्थललाई क्षेत्रिय अन्तर्राष्टिूय स्तरको विमान स्थलको रुपमा विकास गर्नका लागि प्राधिकरणका एक जना बरिष्ठ उपनिर्देशकलाई सदस्य तोकिएको थियो । त्यसैगरी तत्कालिन सभाषद संजय कुमार साहको संयोजकत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सांसदहरुको टोली सहित उच्च स्तरीय सरोकार समिति समेत गठन गरिएको थियो । उक्त सरोकार समितिले जनकपुर विमान स्थलमा आएर अध्ययन अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । त्यसैलाई दृष्टिगत गर्दै जनकपुर विमान स्थलको टर्मिनल भवन नयाँ बनाउनुपर्ने भन्दै बजेट विनियोजन गरी ठेक्का लगाई निर्माण कार्य समेत भईरहेको भएपनि म्याद सकिसकेको अवस्थामा उक्त भवन पुर्ण रुपले निर्माण हुन नसक्दा एक बर्ष थप २०७३÷०७४सम्मको लागि म्याद बढाइएको छ ।

२५ जेष्ठ २०७३ मा नागरिक उड्डयन मन्त्रालयका सह सचिव सुरेश आचार्य जनकपुरमा आएर जनकपुर विमान स्थलको बर्तमान अवस्था र भावी कार्यदिशा सम्बन्धमा जनकपुर उद्योग बाणिज्य संघमा सरोकारबालाहरु बीच अन्तरक्रिया गरी यहाँका जनप्रतिनिधिहरुले नेपाल सरकारलाई विमान स्थलको विषयमा घचघच्याउनु पर्ने बताउँदै आफु फर्केर गएपछि क्षेत्रिय अन्तर्राष्टिूय विमान स्थलको विषयलाई उठाउने बताएका थिए ।
जनकपुर विमान स्थलको निर्माणधिन नयाँ टर्मिनल भवन ।
आश्चर्य त के छ भने जनकपुर विमान स्थलभन्दा पछि परेको पोखरा, लुम्बनी, निजगढ विमान स्थललाई अन्तर्राष्टिूय विमान स्थलको रुपमा विकसित गर्न नेपाल सरकारले बजेट लगानी गरी काम पनि सुरु गराईसकेको छ । तर, धेरै पहिले देखि उठदै आएको जनकपुर विमान स्थलका विषयलाई नेपाल सरकारले प्राथमिकतामा नराख्नु दुखद भएको जनकपुरबासीहरु बताउँछन् ।
विक्रम सम्बत २०२२÷०२३ सालमा तत्कालनि श्री ५ को सरकार र भारतीय सहयोग मिशनबाट शिलान्यास गरिएको उक्त जनकपुर विमान स्थलको ८ असोज २०२४ मा तत्कालिन महाराजाधिराज महेन्द्र बीर विक्रमजनकपुर विमान स्थलको धावन मार्ग अहिले १३ सय मिटरको मात्र रहेको छ । 




२०७३ आषाढ ०५ गते आईतबार

Monday, June 20, 2016

ढल्केवर कृषि बजारको विवाद उत्कर्षमा विवादमा विद्यालयद्धारा बालबालिकाको प्रयोग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
बजारको ठेक्का पट्टा विवादलाई लिएर एक विद्यालयले बालबालिकालाई  प्रयोग गरी प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने धनुषाको ढल्केवर कृषि बजारको ठेक्का पट्टा विवादलाई लिएर स्थानीय महेन्द्र उच्चमाविले शिक्षक र विद्यार्थीलाई सडकमा उतारेर प्रदर्शन गरेको हो ।  उत्तरी भेगको ठुलै कृषि बजारको रुमा रहेको ढल्केवर बजारको आम्दानीमा आ आफ्नो हक दावी गर्दै बजार समिति र विद्यालयबीच गएको चार महिनादेखि बिबाद चल्दै आएको छ । सोहि विवादलाई लिएर महेन्द्र उच्चमाविका विद्यालय प्रशासन र व्यवस्थापन समितिले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई प्रयोग गर्दै प्रदर्शन गरेका हुन् । आज बुधबार विहान बजार लागेको समयमा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरु बाजर समिति विरुद्ध नाराबाजी गर्दै कृषि बजारसहित नगरभित्र प्रदर्शन गरेका छन् । विद्यार्थी प्रदर्शन गर्दै बजार हाताभित्र प्रवेश गरेपछि केहि बेर अवस्था तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले बजार समितिको भवनमासमेत तोडफोड गर्न खोजेपछि प्रहरी बोलाएपछि अवस्था समान्य भएको बाजर समितिका अध्यक्ष रामकिशुन ठाकुले जानकारी दिनुभयो । उहाँले बजारको दिन विद्यालयले शिक्षक र विद्यार्थीहरुलाई प्रयोग गर्दै बट्टी अशुल्ने गरेको आरोप लागउँनु भयो ।  
विद्यालय र विद्यार्थीको हकहितको लागि विद्यार्थीलाई बजारसमिति विरुद्ध सडकमा उतारेको प्रधानाध्यापक रामदयाल महतोले बताउनुभयो । उहाँले विद्यार्थी सडकमा उत्तार्नु गलत  भएपनि उनीहरुकै भविष्यको लागि प्रयोग गरेको स्वीकार गर्नुभयो ।
वि.स.२०५६ सालमा कृषि बजारको आम्दानी विषयमा ढल्केवर गाविस , विद्यालय ,बजार समिति र स्थानीय राजनितीक सर्वपक्षीय बैठक बसी पाँच वर्षको लागि ६० प्रतिशत आम्दानी विद्यालयलाई दिने , ४० प्रतिशत गाविसलाई र गाविसलाई दिएको ४० प्रतिशतबाट २० प्रतिशत बजार समितिलाई फिर्ता गर्ने निर्णय गरेको थियो । अहिले केहि वर्ष यता बजार आफ्नै जग्गामा लाग्न थालेपछि बजारसमितिले आफुहरुले बढी आम्दानी रकम दावी गर्दै आएका छन् । भने विद्यालय पक्षले बजार विद्यालयको स्वामित्वमा रहेकाले ६० प्रतिशत आम्दानी पाउँनै पर्ने दावी गर्दै आएको छ । विगत वर्षको ठेक्काको म्याद चैत महिनामा समाप्त भएपछि विद्यालय र बजार समितिको विवादले बजारको दिन आ आफ्नै तरिकाले दुवैले बट्टी अशुल्दै आएका छन् । यता गएको जेठ ३१ गते बजार समितिले ५ लाख ५३ हजार रुपैँयामा स्थानीय जगजीवन ठाकुरलाई ठेक्का दिएको छ । अघिल्लो वर्ष विद्यालयले १७ लाख १ हजारमा बजार ठेक्का लगाएको थियो ।  एक ठाउँमा बसेर छलफल गर्न नसक्दा बजार समिति र विद्यालयबीचको विवाद दिनप्रति दिन चुलिँदै गएको छ । विद्यालमा बोलाउँदा बजार समिति पक्ष उपस्थित नहुँने र बजारमा बोलाउँदा विद्यालय पक्ष उपस्थित नहँदा  विवाद नसुल्झिएको मिथिला नगरपालिका प्रमुख उदय प्रसाद देवकोटाले बताउँनुभयो । अव चँडैँ एक ठाउँमा बसेर विवाद समाधान गर्ने उहाँले बताउँनुभयो । 


२०७३ आषाढ ०५ गते आईतबार

Sunday, June 19, 2016

मानवअधिकार संरक्षण तथा संबद्र्धनमा अदालतको महत्वपूर्ण भूमिका ः वक्ताहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मानवअधिकारको रक्षा, संरक्षण र संबद्र्धन प्रति राज्य गम्भिर नभएकोले दण्डहीनता संगसंगै अराजकता मौलाएकोले न्यायलय गम्भिर हुनु पर्ने सरोकारवालाहरुको भनाई छ ।  शुक्रबार जलेश्वरमा तराई मानवअधिकार रक्षक सञ्जाल(थर्ड एलायन्स)को आयोजनामा जिल्ला न्यायिक क्षेत्र समन्वय समिति महोत्तरीसंग भएको न्यायिक संवाद कार्यक्रममा वक्ताहरुले यस्तो कुरा बताएका हुन् । वक्ताहरुले मानवअधिकार संरक्षण तथा संबद्र्धनमा अदालतको महत्वपूर्ण भूमिका रहेकोले यस प्रति गम्भिर हुनु पर्ने बताए ।
मानवअधिकारको संरक्षण र संबद्र्धनमा न्यायलयको विशेष भुमिका भएकोले न्यायमा सर्वसाधारणको पहुचका लागि सेवाग्राहीलाई छिटो छरितो सेवा तथा फैसला कार्यान्वयनमा सुरक्षानिकायलाई गम्भिर बनाएमा मात्रै न्यायलयप्रतिको जनविश्वास बढ्ने वक्ताहरुले बताएका छन् ।
स्थानीय स्तरमा मानवअधिकारको आधारभुत सिद्धान्तको ख्याल नै नगरी मनोमानी ढंगले प्रहरी प्रशासनले जथाभावी दुव्र्यवहार, कुटपिट र हत्या हिंसा लगायतका घटनामा अग्रसर भएकोले हुनाले पिडितलाई न्यायमा पहुचको निकै समस्या भएको ठहर समेत वक्ताहरुले गरेको छ । भने  प्रहरी प्रशासनको रवैयालाई लिएर वक्ताहरुले कडारुपमा आलोचना गरेका छन् । वक्ताहरुले मानवअधिकार जस्तो गम्भिर विषयलाई प्रहरी प्रशासनले यस्ता कार्यक्रमहरुमा नआएर मानवअधिकारको हनन गरेको आरोप लगाएका छन् । वक्ताहरुले मानवअधिकारको कुरा गरिरहदाँ सुरक्षानिकाय मानवअधिकारको रक्षा गर्नुको साटो भक्षक भएको संज्ञा दिए ।
जिल्ला न्यायधिश दीपक राज पन्तले न्यायिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुद्दाको प्राथमिकता निर्धारणको सवालमा अदालत तेश्रो रणनीतिक योजना अनुसार १८ महिनामा सबै मुद्दाहरुको फर्छयौट गर्ने गरी काम कार्यवाही अघि बढाईएको बताए । उनले अहिले अदालत सर्वसाधारणको न्यायमा पहुचका लागि समुदायसंग भेटघाट गर्ने र गुनासोहरु सुन्ने लगायतका कार्यक्रमहरु जिल्लामा चलिरहेको बताए ।
जिल्ला न्यायधिश अनिलकुमार शर्माले पक्राउ पुर्जी, थुनुवा, हिरासतमा राख्नु भन्दा पहिला मेडिकल चेकजाँच, अदालतमा साक्षीलाई पेसी गर्नु पुर्व सूचना लगायतका सवालमा अदालत अति नै गम्भिर छ र अभियुक्तलाई पेस गरे लगत्तै सर्वप्रथम यि कुराहरु नै सोध्ने गरेको बताए । उनले अधिकांश अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको केहि दिनपछि मात्रै पक्राउ पुर्जी दिएको भन्ने कुरा पिडित परिवार वा निजबाटै थाहा हुने गरेको बताए । यस तर्फ प्रहरी सजग र ईमान्दारीता देखाउनु जरुरी रहेको बताए । त्यस्तै जिल्ला न्यायधिश केशव प्रसाद घिमिरेले अदालतले फैसला गरेको मुद्दाहरु कार्यान्वयन नहुनु सशक्त जनशक्तिको अभाव रहेको बताए । उनले जाहेरीवालले बडो आशका साथ फैसलाको मुद्दाको कार्यान्वयनका लागि खुसी हुनुपर्ने अवस्थामा कार्यपालिका अर्थात प्रहरी प्रशासनको लापरवाहीले यस्तो भईरहेको बताए । उनले अदालतको काम निष्पक्ष तथा स्वतन्त्रपूर्वक न्याय दिने काम भएको र कार्यान्वयनको कार्य प्रहरी प्रशासन अर्थात कार्यपालिकाको भएकोले अदालतप्रति गुनासो बढेको उनको भनाई थियो ।
त्यस्तै जिल्ला न्यायधिश माधवप्रसाद मैनालीले अदालतको नयाँ भवन बन्दै छ, सो अदालत निर्माणमा समेत ठेकेदारको लापरवाहीले भवन निर्माणमा अनेकन समस्या र चलखेल भईरहेतापनि हामी भने चुप लागरे बस्नु पर्ने अवस्था भएको समयमा न्यायको पहुच सर्वसाधारणसम्म कसरी हुने हो अति नै जटिल विषय बन्दै गएको दुखेसो पाखे । उनले अदालत अहिलेसम्म सांघुरो रहेकोले अदालतले चाहेको काम सेवाग्राहीले गर्न सकि रहेको छैन बताए । यस कार्यक्रममा थर्ड एलायन्सका मानवअधिकार अधिकृत किरण कुमार कर्णले स्वागत मन्तव्य सहित कार्यपत्र प्रस्तुत गरेका थिए भने कारागार कार्यालय प्रमुख शोभेन्द्र ठाकुर, वरिष्ठ अधिवक्ता महेन्द्र प्रसाद सिंह, अधिवक्ता उद्धवबहादुर क्षेत्री, मालपोत कार्यालयका अधिकृत अमरेन्द्र कुसियैत, पत्रकार नागेन्द्र कर्ण, राकेश चौधरी र रंजन भण्डारी लगायतकाले आ( आफ्ना मन्तव्य राखेका थिए भने अधिवक्ता विकरु यादवले कार्यक्रम संचालन गरेका थिए ।

२०७३ आषाढ ०५ गते आईतबार