Tuesday, May 31, 2016
अजब–गजब छ बा ! सुदर्शन सिंह
भगवानको दर्शन गरेर बजेट भाषण गर्न जाऊँ भनेको भिखारी जनताको पो मुख हेर्न पुगें बा ! मुख र भुडी छोपेर जाऊँ अगाडी हैन त फेरी विरोध गर्ला !
२०७३ जेष्ठ १६ गते आईतवार
Sunday, May 29, 2016
कृषि उत्पादकत्व घट्दै, परनिर्भरता बढ्दै
| धनुषाको महुलियाका किसान खेत जोत्न जाँदै । |
जनकपुरधाम............
विक्रम सम्बत १९९१ साल तिर नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाका बुवा कृष्ण प्रसाद कोइराला राणा शासन कालमा खरिदार थिए । कृष्ण प्रसादले राणा शासकहरुको हुकुम प्रमाङ्गीबाट जनकपुरका राम स्वरुप साहलाई राइस एण्ड आयल मिल संचालन गर्न अनुमति दिलाएका थिए । नेपाली कांग्रेसका नेता सरोज प्रसाद कोइरालाका भाई कामाख्या प्रसाद कोइराला र भारत विहारको जयनगरका एक जना गरी तीन जना संचालक रही किशोरी राईस एण्ड आयल मिल्स संचालन गर्न अनुमति दिइयो । राणा शासन कालमा कुनै पनि उद्योग धन्दा चलाउन सहज अनुमति प्राप्त हुँदैनथ्यो । तर, विपीका बुवा जनकपुरका राम स्वरुपका घरमा बास बसी राजनीति समेत गर्ने गरेपछि राम स्वरुपकै अनुरोधमा राणाहरुसँग मिल संचालन गर्न इजाजत दिलाएको राम स्वरुप साहको छोरा राम चन्द्र साह बताउँछन् । उनका अनुसार भारतको कलकताबाट मिल संचालन गर्नका लागि उपकरणहरु ल्याइयो । ३ जना साझेदार रहेको उक्त मिल साझेदारीमा राम्ररी संचालन हुन नसकेपछि १० बर्ष पछि ती साझेदारहरुले आफ्नो स्वामित्व पनि राम स्वरुप साहलाई नै हस्तान्तरण गरेपछि उनको नाउँमै एकल स्वामित्वमा मिल संचालन हुन थालेको थियो ।
उता त्यस क्षेत्रमै अरु व्यक्तिहरुले गिरिजा राईस मिल्स र जानकी राईस मिल्स संचालन गरेका थिए । डिठ्ठा गौरी नारायण गिरीका भाई जगत लाल गिरीले जानकी राईस र तेजे लाल साहु र दुखरण साहुले गिरिजा राईस मिल संचालनमा ल्याएका थिए । यसरी एकै क्षेत्रमा राईस मिलहरुका साथै आयल मिलहरु संचालन हुन थालेपछि जनकपुरको त्यस क्षेत्रलाई ‘मिल्स एरिया’ भनेर नामाकरण नै गरिएको थियो । जनकपुर क्षेत्रमा आर्थिक र औद्योगिक क्रान्तिको श्रीगणेश त्यहीबाट भएको थियो । पछि आएर मात्र जनकपुर चुरोट कारखानाको त्यस क्षेत्रमै स्थापना भएको थियो ।
| धनुषाको एकराही–ठाढी बाटोमा अवस्थित सुख्खा र जीर्ण नहर । |
यसरी हेर्ने हो भने कुनै बेला धनुषा धानको उत्पादनमा आत्म निर्भर मात्र नभई भारतमा निर्यात गर्ने ठाउँको रुपमा प्रख्यात थियो । तर, आज त्यही धनुषामा आप्mनो लागी पनि धान अपुग भएपछि भारतबाटै धान र चामल आयात गर्नुपर्ने अवस्थामा आई पुग्दा आत्म निर्भर रहेको धनुषा महोत्तरी अहिले भारतमा निर्भर हुनु परेको छ । प्लान्ट क्वारेन्टाइन चेक पोस्ट जलेश्वर कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०७२÷०७३ को माघ देखि बैशाख महिना गरी कुल ४ महिनामा मात्र जलेश्वर नाकाबाट २२ करोड १३ लाख ६१ हजार रुपैयाँ बराबरको ९ हजार २ सय २२ मेटिूक टन धान, ८ करोड ५६ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ६१ मेटिूक टन चामल र २ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको २ सय ६३ मेटिूक टन गहुँको आयात भारतबाट गरिएको छ । ठिक त्यसैगरी विगत ४ महिनामा ५ करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको ३ हजार ४ सय ५४ मेटिूक टन आलु र ५ करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको १ हजार ७ सय ६१ मेटिूक टन प्याज भारतबाट जलेश्वर नाकाबाट आयात गरिएको छ ।
त्यसैगरी ६ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार २ सय ९१ मेटिूक टन अंगुर, २ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको २ सय ९९ मेटिूक टन अनार र ६ लाख ३८ हजार रुपैयाँ बराबरको १ हजार ८ सय ३६ मेटिूक टन कच्चा केला आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय जलेश्वरका अधिकृत बुदुर झाका अनुसार १ बर्षमा करिब १ अर्ब ३५ करोड ६ लाख १३ हजार रुपैयाँ बराबरको २५ देखि ३० वटा खाद्यान्न, फलफुल, तरकारी लगायतका सामग्रीहरु भारतबाट त्यस नाका भएर आयात हुने गरेको छ ।
पशु क्वारेन्टाइन कार्यालय जनकपुरका अनुसार विगत ४ बर्षमा गाई गोरु, बाछा बाछी ८५ थान, भैसी रांगा, पाडा पाडी ८० हजार ९ सय ६४ थान, बाख्रा, बोका, खसी ४ हजार ४ सय १५ थान, खाने माछाको भुरा १० हजार थान र घोडा १ थान भारतबाट आयात गरिएको छ । त्यसैगरी १५.३ मेटिूक टन दुध, ७ मेटिूक टन खाने माछा, १ सय ९७ मेटिूक टन माछाको दाना र १ हजार १ सय ७० मेटिूक टन फ्रोजन बफ मासु धनुषा, महोत्तरी र सर्लाहीका नाकाहरु मार्फत भारतबाट आयात गरिएको छ ।
नेपाल राष्टू बैंकले चालु आर्थिक बर्ष २०७२÷०७३ को पछिल्लो ९ महिनाको जारी गरेको मुलुकको आर्थिक विवरण अनुसार यस अवधिमा ४ खर्ब ८१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ भने बस्तु व्यापार घाटा ४ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । बस्तु आयातमा १ अर्ब ७४ करोड घाटा भईरहेको छ । गत चैत्रसम्ममा ५ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत कम हो । किनभने पछिल्लो समयमा भारतसँग जोडिएको सिमामा नाकाबन्दी भएको थियो । उक्त अवधिमा ४९ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत बर्षभन्दा निर्यात २३ प्रतिशतले कम भएको छ । भारत तर्फको निर्यात ३३.४ प्रतिशत, चीन तर्फ ४१.३ प्रतिशत र अन्य मुलुक तर्फ १.५ प्रतिशतले घटेको हो ।
१९७० सम्म नेपाल अन्न निर्यात गर्ने देश थियो, तर दस वर्षपछि नै आयात गर्नु्े पर्ने अवस्था आयो । बढ्दै गएको जनसंख्यालाई आवश्यक पर्ने अन्न र आन्तरिक उत्पादन क्षमताबीच अन्तर बढ्दै गएको छ । कृषि क्षेत्रमा ठूलो लगानी त भएको छ, तर खाद्य सञ्चितिमा खासै सुधार हुनसकेको छैन । कृषि उत्पादकत्व बढाउन रासायनिक मल, वीउ, कीटनाशक औषधीका अतिरिक्त ंसिंचाइ संरचनाको प्रमुख भूमिका रहन्छ, तर भएका संरचनाले पनि वर्षभरि पानी उपलब्ध गराउनसकेका छैनन् । कृषियोग्य भूमि बढाउन सकिन्न । त्यसैले उत्पादन बढाउन बाली सघनता र उत्पादकत्वमा व्यापक सुधार अपरिहार्य छ ।
धनुषामा उत्पादकत्व घटनुका कारणहरु
धनुषा, महोत्तरी र तराईका जिल्लाहरुमा बालीले ढाकेको क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः घटदै जादाँ यी जिल्लाहरु खाद्यका लागि अन्य मुलुक खास गरी छिमेकी मुलुक भारतमाथिको परनिर्भरता बढदै गएको देखिन्छ । धान, गहुँ, मकै देखि तरकारी, फलफुल र नगदे बालीमा समेत क्रमशः उत्पादकत्व घटदै गएको छ ।
सिंचाईको अभाव
| जनकपुरको मिल्स एरिया स्थित बन्द भईसकेको किशोरी राईस एण्ड आयल मिल्स । |
मुलुकमा पचास वर्षअघि नै आधुनिक सिंचाइ विकास प्रयास सुरु भएको हो । तर प्रशस्त अनुभवी विज्ञ हुादाहुादै पनि यस क्षेत्रमा जनआकांक्षाअनुुुुरूप सफलता हासिल भएको छैन । करिब दुुई तिहाइ जमिनमा किसानका परम्परागत प्रणालीबाट सिंचाइ भएको छ । मुुुुलुुुुकमा आयोजनाहरूको दक्षता लगभग ३० प्रतिशतमात्र छ । यो तथ्यांकले बाली बिरुवालाई उपलब्ध पानी र नदीबाट मूलनहरमा प्रवेश गरेको पानीको परिमाण अनुुुुपात प्रस्ट हुुुुन्छ । दुईपक्षीय सहयोगका आयोजनाहरूमा सम्झौता अनुुुुसारको पानीको परिमाण उपलब्ध नहुुुुने गरेकोले केहीमा कमाण्ड क्षेत्र नै कम गर्नु् परेको छ भने केहीमा समयमा पानी प्राप्त हुुुुनसकेको छैन । पानी पुुुुर्याउन नसकेपछि संरचनाहरूको पनि औचित्य रहादैन । एकातिर देश अझै सिंचाइ क्षेत्रमा विद्युुुुतीय र यान्त्रिक उपकरणको युुुुगमा प्रवेश गर्न योग्य नभएको हो कि भन्ने प्रश्न जन्माउाछ भने अर्का्तिर र्सार्वजनिक क्षेत्रको अनुुुुत्पादक र प्रभावहीन व्यवस्थापकीय वातावरणमा यस्ता उपकरणको सञ्चालन सम्भार हुुुुन सक्दैन भन्ने पाठ पनि पढाएको छ ।
पर्याप्त रसायनिक मलको अभाव
धनुषा र महोत्तरीमा आवश्यक माग अनुसार नेपाल सरकारले रसायनिक मल आपुर्ति गराउन नसक्दा खेतीको उत्पादकत्वमा समेत प्रतिकुल असर परेको देखिन्छ । धनुषा र महोत्तरीमा करिब करिब २० देखि २२ हजार मेटिूक टन रसायनिक मल आवश्यक पर्दछ । तर, त्यसको अनुपातमा मल आपुर्ति हुन सकेको छैन । धनुषा र महोत्तरीका लागि रसायनिक मल विक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०÷०७१ मा ५ हजार ७ सय ३९ मेटिूक टन डिएपी, ५ हजार ७ सय ९३ मेटिूक टन यूरिया, १ सय ५२ मेटिूक टन पोटास, ७२ मेटिूक टन भरमिङ्ग कम्पोस्ट र २ सय ३८ लिटर झोलमेल गरी कुल ११ हजार ९ सय ९४मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ३ हजार ९ सय ३१ मेटिूक टन डिएपी, ६ हजार ५ सय ९९ मेटिूक टन यूरिया, १ सय ३९ मेटिूक टन पोटास, गरी कुल १० हजार ६ सय ६९ मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको थियो । त्यसैगरी चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा १ हजार १७ मेटिूक टन डिएपी, ७ सय ३३ मेटिूक टन यूरिया, १ सय ६२ मेटिूक टन पोटास, गरी कुल १ हजार ९ सय १२ मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको छ । यसरी हेर्ने हो भने माग अनुसार मलको आपुर्ति हुन सकेको छैन ।
नेपाल सरकारले महँगो मुल्यमा रसायनिक मल किनेर अनुदान मार्फत किसानलाई कम मुल्यमा विक्री गरेपनि डिभिजन सहकारी संस्थाहरु मार्फत ती मलको विक्री गरिने हुँदा ती सहकारी संस्थाहरुले रसायनिक मलको काला बजारी गर्दा किसानहरुले महँगो मुल्यमा रसायनिक मल किन्नु परेको बाध्यता छ ।
बढ्दो बैदेशिक रोजगारी
विगतका समयमा कृषि पेशालाई उत्तम पेशाको रुपमा लिइन्थ्यो । तर, अहिले आएर खेती गर्नु अर्थात किसान बन्नु भनेको गौरवान्वित पेशा होइन, सम्मान र प्रतिष्ठा पनि पाइँदैन, राम्रो पैसा पनि आम्दानी गर्न सकिँदैन भन्ने हिनता बोधका कारण मानिसहरु खेती पाती छोडेर वि देशमा रोजगारीका लागि जाने क्रम बढेको पाइन्छ । खेती गर्दा पुर्णतः रोजगारी नपाइने र अर्ध बेरोजगारी हुनुपर्ने कारण मानिसहरु कम समयमै बढी भन्दा वढी रकम कमाउने सपनाका साथ विदेशिने क्रम बढेको छ । नेपालमा चालु आर्थिक बर्ष २०७२÷०७३ को पाँच महिनामा १ लाख ७४ हजार ९ सय २६ जना विदेशिएका छन् । दैनिक सरदर १ हजार १ सय ५० जना नेपालबाट विदेशिएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा दैनिक १ हजार ४ सय ५ जना गरी कुल ५ लाख १२ हजार ८ सय ८७ जना र आर्थिक बर्ष २०७०÷०७१ मा दैनिक १ हजार ४ सय ४७ जनाको दरले कुल ५ लाख २८ हजार २ सय ३२ जना विदेशिएका छन् ।
विदेशिनेमा धनुषा पहिलो स्थानमा
नेपालका ७५ वटै जिल्लाहरुबाट रोजगारीका लागि खाडी मुलुक जाने गरेको भएपनि धनुषा त्यस्तो जिल्ला हो जो कि सबैभन्दा वढी मानिस जाने जिल्लाको रुपमा परिचित भएको छ । आर्थिक बर्ष २०६७÷०६८ मा रोजगारीका लागि नेपालबाट कुल १ लाख ९६ हजार ८ सय २६ जना विदेशिएकोमा धनुषाबाट ९ हजार ९ सय २१ गरी कुल मध्ये ५ प्रतिशत विदेशिएको थियो । देशैभरी दोस्रो सबैभन्दा वढी मानिसहरु जाने जिल्लाको रुपमा रहेको थियो । त्यसैगरी आर्थिक बर्ष २०६८÷०६९ मा नेपालबाट रोजगारीका लागि कुल २ लाख ६० हजार २७ जना गएकोमा ४.५ प्रतिशत अर्थात ११ हजार ६ सय ४३ जना धनुषाबाट विदेशिएको थियो । त्यस बर्ष पनि दोस्रो स्थान रहेको थियो । आर्थिक बर्ष २०६९÷०७० मा धनुषा सबैभन्दा शिर्ष स्थानमा उक्लिएको थियो । उक्त बर्ष नेपालबाट कुल ३ लाख ९५ हजार ७ सय ७२ जना विदेशिएकोमा धनुषाबाट मात्रै १८ हजार ८ सय ९६ जना विदेशिएको थियो । जुन कि कुल मध्ये ४.८ प्रतिशत रहेको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा नेपालबाट कुल ४ लाख ९९ हजार १ सय ३७ जना मध्ये ४.७ प्रतिशत अर्थात २३ हजार ४ सय ७० जना मानिसहरु धनुषाबाट रोजगारीका लागि विदेशिएका थिए । उक्त बर्ष पनि धनुषा शिर्ष स्थानमै रहेको थियो ।
यसरी हेर्ने हो भने धनुषामा कृषकहरुको संख्या अत्यन्तै घटेपछि त्यसको प्रतिकुल असर खेतीमा किन पनि परेको हो भने अब धनुषामा खेती गर्नका लागि आवश्यक पर्ने मजदुरहरु पाउन छोडिएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला प्रशासन कार्यालय धनुषाले ३९ हजार ५३ वटा राहदानी प्रमाण पत्र जारी गरेको थियो । जसमध्ये ७ सय ८१ जना महिला र बाँकी पुरुषहरु थिए । जिल्ला प्रशासन कार्यालय धनुषाले उक्त बर्ष मात्र ३४ करोड ७७ लाख ६० हजार राजश्व राहदानीबाट मात्र असुल गरेको थियो । यसरी हेर्ने हो भने धनुषामा अब मानिस खेतीलाई भन्दा पनि बैदेशिक रोजगारीलाई चुनेपछि खेती संकटमा परेको हो । गत बर्ष १४ अर्ब रुपैयाँ धनुषाले रेमिटेन्स मार्फत भित्रियाएको थियो ।
कृषिमा कर्जा लगानीको अभाव
कृषि क्षेत्रलाई विकास गर्नका निम्ति देशमा कृषि विकास बैंकको स्थापना भएको थियो । तर, किसानलाई कर्जामा लगानी गर्नुको सट्टा कृषि विकास बैंक पनि अब अन्य कमर्सियल बैंक जस्तै अन्य क्षेत्रमा लगानी गर्न बढी प्राथमिकता दिन थालेपछि कृषि क्षेत्र अप्ठ्यारोमा पर्दै गएको छ ।
कृषि विकास बैंक शाखा कार्यालय जनकपुरले जनकपुर उपमहानगरपालिका सहित विन्धी, बसविट्टी, बसहिया, कुर्था, सोहनी सिनुरजोडा, बेंगाशिवपुर, ठेरा कचुरी, तारापट्टी सिरसिया, गोपालपुर, बनिनिया, सपही, रमदैया भवाडी, अन्दुपट्टी कट्रैत, बघचौडा, प्रको महुवा, देउरी परवाहा, पौडेश्वर, कनकपट्टी, सोनीगामा, औरही, लखौरी, इटहर्वा सहित ३२ वटा गाविसहरुमा लगानी गर्ने गरेको छ । उक्त बैंकले कृषि, व्यापार, जग्गा व्यवसाय, शिक्षा, बैदेशिक रोजगारी, उद्योग धन्दा आदिमा कर्जा लगानी गर्ने गरेको छ । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा उक्त बैंकले कुल १ हजार ५ सय ५८ जना ग्राहकलाई कुल ५० करोड ३ लाख २५ हजार ३ सय ९९ रुपैयाँ ऋण लगानी गरेको छ । तर, कृषिमा ११ करोड ८ लाख १४ हजार रुपैयाँ र कृषि उपकरणमा ५९ लाख ५७ हजार रुपैयाँ मात्र लगानी गरेको छ । भैसी, गाई, बंगुर पालन, धान खेती, गहुँ खेती, तरकारी खेती, आलु खेती, उखु खेती, माछा पालन, कुखुरा पालन आदिमा उक्त बैंकले १०.५ प्रतिशत व्याज दरले ऋण लगानी गरेको छ । त्यसैगरी कृषि उपकरण अन्तरगत १५ प्रतिशत व्याज दरले ट्याक्टर खरिद गर्नमा उक्त बैंकले लगानी गर्ने गरेको भएपनि विगत २ बर्ष देखि उक्त लगानी पनि बन्द भएको उक्त बैंकका कार्यालय सहायक फुलगेन साहले बताएका छन् । उनका अनुसार उक्त बैंकले यस बर्ष व्यापारमा ७ करोड १५ लाख २४ हजार, शिक्षामा १ लाख ७४ हजार, बैदेशिक रोजगारीमा ४ लाख ९६ हजार, उद्योगमा ४ करोड ५८ लाख रुपैयाँ लगानी गरेको हो । यसरी हेर्ने हो भने कृषि विकास बैंकले अब कृषिलाई भन्दा अन्य क्षेत्रलाई त्यो पनि महँगो व्याज दरमा लगानी गर्न थालेपछि कृषकहरु कृषिमा लगानी गर्न निरुत्साहित भएपछि पनि यस क्षेत्रको खेतीमा प्रतिकुल असर परेको हो ।
कृषिमा दिइने अनुदान पनि अपर्याप्त
जिल्ला कृषि विकास कार्यालय धनुषाले चालु आर्थिक बर्षमा खेतीका लागि १ करोड ५ लाख ७० हजार रुपैयाँ बराबरको अनुदान दिइएको छ । विशेष कृषि उत्पादनका लागि २८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । विशेष कृषि उत्पादन कार्यक्रम अन्तरगत भरमिङ् कम्पोस्ट मल तयार गर्नका लागि साढे १० रुपैयाँ किसानले र साढे १० रुपैयाँ सरकारले प्रति किलो अनुदान दिएको छ । उर्बरा शक्ति बढाउनका लागि उक्त अनुदान रकम दिइएको छ । त्यसैगरी बाली विकास कार्यक्रम अन्तरगत २२ लाख ५३ हजार रुपैयाँ अनुदान दिइएको छ । आलु तरकारी तथा मशाला कार्यक्रमका लागि ४० लाख ५६ हजार रुपैयाँ र सरकारी खेती तथा साना सिंचाईका लागि ३६ लाख रुपैयाँ अनुदान स्वरुप नेपाल सरकारले बजेट विनियोजना गरेको छ ।
माछा पोखरीका लागि अनुदान
जनकपुरमा माछा खेतीको प्रवद्र्धनका लागि पनि नेपाल सरकारले अनुदान दिने गरेको छ । धनुषामा ८ सय ५३ हेक्टर क्षेत्रफलमा २ हजार ९ सय ९५ वटा पोखरीहरु छन् । सरदर ३.५ मेटिूक टन प्रति हेक्टर माछा उत्पादन हुने गरेको छ । १ हजार ९ सय २६ जना माछा कृषक छन् । माछा अभियान मुखि मत्स्य कार्यक्रम अन्तरगत पोखरी खन्नका लागि प्रति हेक्टर ३ लाख रुपैयाँ नेपाल सरकारले यस बर्ष प्रदान गरेको छ । १८ जना किसानले पोखरी खन्नका लागि २०.४४ हेक्टर जग्गाका लागि जम्मा ६१ लाख ३२ हजार रुपैयाँ नेपाल सरकारबाट यस बर्ष अनुदान पाउने भएका छन् । ननुपट्टी ५ का कन्हैया मुखिया, धबौली ८ का राम कुमार मण्डल, ननुपट्टी ५ का रमेश मुखिया, धनुषाधाम ४ का कृष्ण प्रताप मल्ल, बटेश्वर ८ का दिपनारायण साह, लगमा गाडागुठी २ का गुलाब देवी मण्डल, सखुवा महेन्द्रनगर ८ का मिरा यादव, धनुषाधाम ४ का पे्रक्षा मल्ल, जनकपुर १५ का प्रमोद कुमार साह, छिरेश्वर ५ का धनेश्वर साह, ननुपट्टी ५ का बौवेलाल मुखिया, हरिहरपुर ८ का दिनेश साह, जनकपुर १३ का विना ठाकुर, सिंगरजोडा २ का शिवशंकर यादव, विन्धी १ का इन्दिरा देवी, हठिपुर हरवारा ९ का विजय कुमार मण्डल, शिवनारायण मण्डल, लोहनाका संतोष कुमार ठाकुर लगायत १८ जनाले पोखरी खनाउनका लागि नेपाल सरकारबाट प्रति हेक्टर ३ लाख रुपैयाँका दरले यस बर्ष अनुदान पाउने भएका छन् ।
२०७३ जेष्ठ १६ गते आईतबार
Saturday, May 28, 2016
अनाथ बाल आश्रममा पुन ः थपिए एक शिशु बालबालिको संख्या १० पुग्यो
| थपिएको शिशु धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई, नागरिक समाजका अमर चन्द्र अनिल समक्ष सार्वजनिक गर्दै आश्रमका संचालक आलोक र मिरा । |
जनकपुरधाम............
जनकपुर स्थिति कविर अनाथ बाल आश्रममा पुनः छोरा जातको एक शिशु थपिएको छ । आश्रमका सञ्चालक सत्यनारायण आलोकका अनुसार गएको बैशाख २७ गते एक अपरिचित व्यक्तिले साँझको समयमा नवजात शिशु ल्याएर जिम्मा लगाएका थिए ।
मंगलबार सार्वजनिक गर्दै उनले भने, ‘ करिब १ किलो ५ सय ग्राम मात्र तौल भएको शिशुको स्वास्थ्य अवस्था ज्यादै नै विग्रेको कारण तत्काल सार्वजनिक नगरी जनकपुरको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि भर्ना गराएको थिएँ ।’ स्वास्थ्य अवस्थामा सुधार भएपछि सार्वजनिक गरेको आलोकको भनाई छ ।
धनुषाका टूाफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले पुत्री लाभ भएको अवसरमा मंगलबार आश्रममा गरेको आफ्नो एक महिनाको तलबभत्ता बराबरको खाद्यान्न एवं लत्ताकपडा आश्रमलाई प्रदान गर्न आयोजित एक कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीपकुमार चापागाई , धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरले लगायत बुद्धजिवी नागरिक समाज, पत्रकारको उपस्थितिमा शिशु सार्वजनिक गरिएको हो ।
आश्रममा थपिएको उक्त शिशु छोरा जातका छन् । शिशु जन्मिने वितिकै आमाको मृत्यु भएको बताउँदै सो अपरिचित व्यक्तिले आफुलाई शिशु जिम्मा लगाएर गएको आलोकले बताए । यदि आफुले ती शिशुलाई जिम्मा नलिए कतै फालिदेलाकी भन्ने शंका लागेर आपुले शिशु जिम्मा लिएको उनको भनाई छ ।
यस अघि झण्डै एक वर्ष अघि महोत्तरीको लठियानी गाउँ नजिकैको खोलामा जन्मिेने वितिकै कार्टुनमा राखेर फालिएको अवस्थामा छोरी जातकी नवजात शिशु फेला परेपछि स्थानीयले आश्रमलाई बुझाएका थिए ।
आश्रममा बालबालिको संख्या १० पुग्यो
| अनाथ बाल आश्रमका बालबालिकाहरु । |
सामाजिक संघसंस्थाको सहयोगकै भरमा चल्छ आश्रम
अनाथ आश्रममा बालबालिकाको संख्या बढ्दै गएपछि आश्रम सञ्चालनमा समस्या उत्पन्न हुँदै गएको छ । सरकारी सेवासुविधा वेगर अहिले सम्म आश्रम संचालन भएपनि यसलाई व्यवस्थित गर्न सम्बन्धीत निकायले खासै चाँसो देखाएको छैन । सरकारले ध्यान नदिदाँ जसोतासो समस्या झेल्दै समाजको सहयोगमा आश्रम चलाउँदै आएको आलोकको गुनासो छ । विभिन्न समाजिक संघसंस्थाले विभिन्न अवसरमा गर्ने खाद्यान्न तथा लताकपडा वितरणको भरमा आश्रम चल्ने गरको आलोकले बताए ।
वैदेशिक रोजगारीले निम्त्याएको समस्या
वैदेशिक रोजगारीले यस्तो भयानक समस्या सृजना भएको आश्रमका सञ्चालक आलोकको कथन छ । वैदेशिक रोजगारको शीलशीलामा विभिन्न देश गएका केहि पुरुषका केहि महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध गाँस्ने गरेकोले त्यस्तै सम्बन्धबाट जन्मेका शिशु फाल्ने वा भ्रुण हत्या गर्ने गरेको आलोकले बताए । पछिल्लो समय अवैध सम्बन्धबाट बच्चा जन्माएर फाल्ने प्रवृति बढेकोले त्यस्ता अपराधीहरुलाई समाज वा प्रहरी प्रशासनले पत्ता लगाएर दण्डित एवं समाजिक बहिस्कार नगरेसम्म यस्तो प्रवृति कम नहुने आलोकको भनाई छ ।
२०७३ जेष्ठ १६ गते आईतबार
गरगहना र रुपैयाँ पैसा लिएर श्रीमती फरार भएपछि विदेशबाट फर्केका सुरेश तनावमा
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरधाम............
प्रायः कुनै पनि व्यक्ति आफ्ना घरपरिवारको खुसीको लागि स्वदेशमा रोजगार नपाएर रुपैंयापैसा कमाउन अर्काको देशमा गएर कुनै पनि दुःख कष्ट झेल्न पछि पर्दैनन् । तर घरपरिवारले विदेशमा रहेका आफन्तको पीडा नबुझिदिदा केहि व्यक्तिहरुको जीवन ज्यादैँ नै तनावमय हुन्छ ।
महोत्तरीको डाम्हीमडै ९ बस्ने सुरेश मुखिया अचेल यस्तै तनावमा छन् । चार वर्ष अघि वि.स. २०६९ बैशाखमा सिरहाको मिर्चैया नगरपालिका १२ की १७ वर्षकी तेतरी मुखियासंग सामाजिक परम्परा अनुसार सुरेशको विवाह सम्पन्न भएको थियो । विवाह पश्चात १ वर्षपछि श्रीमती लागयत घरपरिवारलाई खुसी राख्न र एक मात्र बहिनीलाई विहेवारी गर्न सुरेशलाई रुपैंया पैसा कमाउन विदेशिनु पर्याे । विवाह भएको एक वर्ष पश्चात वैदेशिक रोजगारीको शिलशिलामा सुरेश मलेसिया पुगे । विदेशमा धेरै कमाई त भएन तर थोरै कमाई भएपनि बेलाबखत घरमा पैसा पठाएर घरपरिवारका जाहो गर्नु पर्याे ।
घर जाँदा श्रीमती र घरपरिवारले झनै माया गर्लान सपना बुनेको सुरेशको घरफर्किदा त सारा सपना चक्नाचुर नै भयो । जव सुरेश तीन वर्षको वैदेशिक रोजगारीबाट घर फर्किए, उनको श्रीमतिको व्यवहार उनले बेग्लै पाए । श्रीमती तेतरी मुखभरी पनि बोल्न छाडिन् । लामो विदेश बसाईपछि घर जान्छु र श्रीमतीले धेरै माया गर्छन् भन्ने धोको राखेका सुरेशलाई जव श्रीमतीले मुखभरी पनि बोलाउन छाडिन तव कस्तो पिडा भो त्यो अफुलाई थाहा भएको सुरेशको भनाई छ । यति मात्र कहाँ भयो र ? एक महिना पश्चात श्रीमती परपरुषसंग घरमा भएभरको गरगहना र एक लाख रुपैँयासमेत लिएर कुलेलाम ठोके पछि अहिले सुरेशको दिनचर्या झनै तवामय भएको छ । गएको बैशाख १३ गते घरमा कोहि नभएको मौका छोपी आफ्नी श्रीमती तेतरी फरार भएको सुरेशको गुनासो छ । आफु विदेशमा छँदा पनि श्रीमतीलाई फोन गर्दा राम्रोसंग नबोल्ने गरेको र कुनै अपरिचित पुरुषसंग पहिलादेखि नै उसको अनैतिक सम्बन्ध भएको हुन सक्ने उनको कथन छ ।
अहिले श्रीमती भागेको तनाव त छँदै छ ससुराले विभिन्न आरोप लगाएर झनै तनाव दिने गरेको सुरेशको दुःखेसो छ । आफ्नी छोरीलाई वेपत्ता बनाएको भन्दै ससुरा पक्षले प्रहरी प्रशासनमार्फत दवाव र तनाव दिलाउने गरेका उनको आरोप छ ।
सुरेशले भन्छन, ‘नत मैले तीन वर्ष विदेशको भूमिमा बगाएको रगत पसिनाले अहिले सुख पाएँ, नत घरमा आएर श्रीमतीबाट पाएँ ।’ गएको बैशाख १३ गते घरबाट श्रीमती भागेपछि उनलाई आफन्त नातागोता सबै ठाउँमा खोजे तर कतै फेला नपरेपछि गएको बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएको सुरेशले बताएका छन् । खोजतलासको लागि विभिन्न पत्रपत्रिकामासमेत सूचना दिएको उनको भनाई छ ।
यस्तै ससुराली पक्षबाट पाएको मानसिक यातना विरुद्ध राष्टिूय मानवअधिकार आयोगको क्षेत्रिय कार्यालय जनकपुरमा उजुरीसमेत दिएको सुरेशले बताएका छन् । सुरेशले आफु माथि अन्याय भएको बताउँदै भागेकी श्रीमतीलाई खोजविन गरदिन र, ससुरा पक्षले दिएको मानसिक तनाव विरुद्ध न्याय दिलाई दिन सबैसंग आग्रह गरेका छन् ।
विगतमा पुरुषहरुले घरेलु महिला हिंसा गर्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेको बेलामा आजकल बैदेशिक रोजगारीमा गएका पुरुषहरु आफ्ना श्रीमतिबाट पीडित हुने गरेको घटनामा वृद्धि भएको पाइन्छ ।

नर्सिङ छात्राहरुसँग ५४ लाख ५९ हजार रुपैयाँको ठगि
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.का निर्देशक संजिव कुमार यादवले विभिन्न विद्यार्थीहरुबाट भर्ना शुल्क बापत लिएको ५४ लाख ५९ हजार रकम मध्ये ४७ लाख ५२ हजार ६ सय रुपैयाँ ठगि गरेका छन् । आर्थिक बर्ष २०७०÷०७१ का लागि प्रति विद्यार्थीहरुबाट डेढ लाख देखि साढे ३ लाख रुपैयाँ सम्म भर्ना शुल्क असुल गरेपनि असुल गरिएको रकम कलेजमा नपठाएपछि २६ जना विद्यार्थीहरुको पठन पाठन अवरोध भई भविष्य नै अन्धकारमय भएको थियो । नर्सिङ कलेजका छात्राहरु निता गौतमसँग रु. २ लाख ११ हजार ६ सय, संगिता गहतराम सँग रु. २ लाख ११ हजार ६ सय, इन्दु थापासँग रु. २ लाख ११ हजार ६ सय, पुजा विकसँग रु. १ लाख ५० हजार, मोना थापासँग रु. २ लाख ११ हजार ६ सय, अस्मिता कुनालसँग रु. १ लाख ५० हजार, बन्दना गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, सुपिता बरालसँग रु. १ लाख ५० हजार, गायत्री शर्मासँग रु. २ लाख ११ हजार ६ सय, कल्पणा गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, रंजना राणासँग रु.२ लाख १६ हजार, समसिला सुनारसँग रु. २ लाख ११ हजार ६ सय, पुजा पुलामीसँग रु. २ लाख ११ हजार ६ सय, सुशिला पुजा मगरसँग रु. २ लाख ११ हजार ६ सय, फुलमाया दुरासँग रु. २ लाख १६ हजार, गौतमी थापासँग रु. २ लाख ११ हजार ६ सय, महारानी धामीसँग रु. १ लाख ५० हजार, गोमा आचार्यसँग रु. १ लाख ५ हजार, सुस्मिता खड्का सँग रु. २ लाख २५ हजार, दुर्गा तमाङसँग रु. ४ लाख १९ हजार, रिता कट्वालसँग रु. २ लाख २५ हजार, पपिता ढकालसँग रु. ४ लाख १९ हजार, संगिता गैहेसँग रु. १ लाख ६० हजार, पुनम मण्डलसँग रु. ३ लाख ९७ हजार, सपना महत्तसँग रु. १ लाख र सृजना कुमार गाउलेसँग रु. ५० हजार गरी कुल २६ जना छात्राहरुबाट आर्थिक बर्ष २०६६÷०६७ देखि २०६९÷०७० सम्मको शैक्षिक सत्रमा नर्सिङ पिसिएल कोर्ष अन्तरगत भर्ना गर्नका लागि रु. ५४ लाख ५९ हजार ६ सय रुपैयाँ आफुलाई कार्यकारी निर्देशक बताउने संजिव कुमार यादवले असुल गरेका थिए । असुल गरेको उक्त रकमको नक्कली बिल ती छात्राहरुलाई दिई उक्त रकम कलेजको बैंक खातामा जम्मा नगरी संजिव यादव फरार भएपछि मात्र आफुहरुलाई संजिव यादवले ठगि गरी रकम हिनामिना गर्दै फरार भएको छात्राहरुलाई महसुस भयो । त्यसपछि ती २६ सै जना छात्रा र उक्त कलेजका संचालक अध्यक्ष बारा अमान ३ कि गायत्री देवी थरुनीको जाहेरीले धनुषा बेंगा शिवपुर १ बस्ने साधुलाल यादवका छोरा बर्ष ३७ का डा.संजिव कुमार यादव विरुद्ध रकम ठगि गरेको भन्दै रकम असुल गरी क्षतिपुर्ती दिलाई दिन तथा ठगि गर्ने यादवलाई कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । त्यसपछि धनुषा प्रहरीले संजिव कुमार यादवलाई पक्राउ गरी २५ पुष २०७० मा मुद्दा दर्ता गरेको थियो । धनुषा जिल्ला अदालतका न्यायाधिश ऋषि बहादुर थापाले थुनछेक मुद्दामा ७ लाख रुपैयाँ धरौटीमा रिहा गरेका थिए । धनुषा जिल्ला अदालतको उक्त आदेश विरुद्ध संजिव कुमार यादवले पुनरावेदन अदालत जनकपुरमा मुद्दाको पुनरावलोकन गर्दा १९ अषाढ २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्धय तेज बहादुर केसी र अनिता मानन्धर जोशीको संयूक्त इजलासबाट जिल्ला अदालतबाट गरिएको धरौटीमा थप १० लाख रुपैयाँ धरौटी लिने आदेश जारी गरिएको थियो । त्यसपछि संजिवले थप १० लाख रुपैयाँ धरौटी बुझाई रिहा भएका थिए ।
मुद्दाको क्रममा २६ जना छात्राहरु मध्ये संगिता गैहे, पुनम मण्डल, सपना महत र सृजना कुमारी गाउलेले जाहेरी अनुसार अदालतमा आएर बक पत्र गर्न नसकेका कारण २९ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीको इजलासबाट प्रतिवादी संजिव कुमार यादवले उक्त कलेजका २२ जना छात्राहरुबाट विद्यार्थी भर्ना बापत लिएको कुल ५४ लाख ५९ हजार ६ सय रुपैयाँ असुल गरेपनि कलेजको बैंक खातामा जम्मा नगरी ठगि गरेको ठहर गरेको छ । धनुषा जिल्ला अदालतले ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरकोे रकम विद्यार्थीहरुलाई फिर्ता गर्न तथा त्यति नै रकम बराबरको विगो र २ बर्ष कैद सजाय ठहर गरेको छ । अहिले उनी अर्थात संजिव यादव फरार रहेका छन् ।
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि. र धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. बीच २०६४ साल जेष्ठ महिनामा भएको करारनामा अनुसार धनुषा नर्सिङ कलेजको संचालन सुरु देखि नै नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले गरेको थियो । कलेज संचालनका क्रममा विद्यार्थीहरुलाई धनुषा अस्पतालमा क्लिनिकल प्रायक्टिस गराए बापत बार्षिक २ लाख ७५ हजार रुपैयाँ धनुषा अस्पताललाई बुझाउने गरिएको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन शाखाले ३ अषाढ २०७० मा गरेको पत्राचार अनुसार धनुषा अस्पतालको संचालन नविकरण रोक्का हुन गएपछि हेल्थ साइन्स प्रा.लि.ले जनकपुर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग क्लिनिकल प्रायक्टिसका लागि करार गरेको थियो । सो करार अनुसार सोही अस्पताल प्रयोग गर्दै निरन्तर नर्सिङ शैक्षिक कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, स्तर निर्धारण महाशाखा र परीक्षा नियन्त्रण कार्यालयले ३ र ४ पुष २०७० मा लेखेको पत्र अनुसार शैक्षिक सत्र २०७०÷०७१ का लागि नयाँ विद्यार्थी÷परिक्षार्थी भर्ना आह्वान गरिएको थियो ।
धनुषा नर्सिङ कलेजको छुट्टै प्रवन्ध पत्र र नियमावली नभएको र उक्त नर्सिङ कार्यक्रम नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले संचालन गर्दा प्रारम्भिक समय देखि नै धनुषा नर्सिङ कलेजको प्रबन्ध निर्देशक दिपेन्द्र प्रसाद चौधरी, निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट किस्ट बैंक जनकपुरमा संयूक्त खाता खोलिएको थियो । ठिक त्यसैगरी धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. स्टाफ नर्स पिसिएलको बैंक खाता निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट सिद्धार्थ बैंक जनकपुरमा संयुक्त रुपमा खाता खोली संचालन भईरहेको थियो । तर, निर्देशक संजिव कुमार यादवले कसैलाई थाहा नै नदिई गोप्य रुपमा बदनियत पुर्वक विद्यार्थीहरुबाट पैसा असुल गरी कलेजमा नबुझाई विद्यार्थीबाट ठगी रकम हिना मिना गरेपछि बैंक खाता संचालकबाट दिपेन्द्र प्रसाद चौधरी, विद्या प्रसाद चौधरीको नाउँ हटाई डा.रामबाबु रमन जैसवाल र संजिव कुमार यादवको संयुक्त दस्तखतबाट खाता संचालन गर्ने निर्णय गरी मनोमानी ढंग रकम हिनामिना गरी ठगी गरी कलेज संचालनमा बाधा र विद्यार्थीको भविष्यमा खेलवाड गरे पश्चात कलेज संचालन तथा व्यवस्थापन गर्न अध्यक्ष गायत्री देवी थरुणी र प्रवन्ध निर्देशन दिपेन्द्र प्रसाद चौधरीको संयुक्त दस्तखतमा नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.को नाउँमा गलोबल आईएमई बैंक जनकपुरमा खाता खोली आर्थिक कारोवार गर्ने गरिएको छ ।

विरेन्द्र बजारको आन्दोलनमा तत्कालका लागि जनताका सामु झुके सरकार
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गणेशमान चारनाथ नगरपालिकाको कार्यालय तत्काल बिरेन्द्रबजारमै यथावत राख्ने संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीबाट निर्णय भएपछि स्थानीयबासीहरुले गरेको आन्दोलन पनि तत्कालका लागि स्थगित गरेको छ । नगरपालिका कार्यालय सार्न लागेको विरोधमा स्थानीयले अवरोध सृजना गरेको कारण तत्काल कार्यालय यथावत राख्न संघीय मामिला ताथ स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको नगरपालिका योजना तथा व्यवस्थापन शाखा कार्यालयले सो निर्णयको पत्र ११ जेष्ठ २०७३ मा मन्त्रालयका शाखा अधिकृत रुद्रलाल भुसालद्वारा हस्ताक्षरित पत्र गणेशमान चारनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृतलाई पठाइएको हो । आवश्यक सहयोग र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला विकास समितिको कार्यालय धनुषालाई समेत उक्त पत्रको बोदार्थ गरिएको छ । उक्त पत्र प्राप्त भएसँगै स्थानीयबासीहरुले नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी समेत खोलेका छन् । अब उक्त नगरपालिकाको कार्यालय सुचारु भएको छ ।
किन भयो आन्दोलन ?
सुशिल कोइराला नेतृत्वको सरकारमा १६ मंसिर २०७१ मा देशमा थप ६१ वटा नयाँ नगरपालिकाहरु घोषणा गरिएको थियो । त्यतिबेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह थिए । प्रकाशमान सिंह नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहका छोरा हुन । धनुषाको गोदारमा प्रकाशमान सिंहको हालसम्म पनि जग्गा जमिन कायम रहेको छ । त्यसैले उक्त घोषणासँगै उनले आफ्नो बुवा गणेशमान सिंहको नाउँमा विरेन्द्र बजारलाई केन्द्र मानि गणेशमान चारनाथ नगरपालिका घोषणा गरेका थिए ।
तर, २०७२ असोज १ गतेको मन्त्री परिषदको निर्णयले गणेशमान चारनाथ नगरपालिकाको कार्यालयको केन्द्र साविकको विरेन्द्रबजारमा नराखी तीन किलो मिटर पूर्व गोदारमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन त्यसबेला किन हुन सकेन भने मधेस आन्दोलन जारी रहेको थियो । उक्त नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवका अनुसार बन्द फिर्र्ता भईसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सहितको उपस्थितिमा २ पुष २०७२ मा बैठक बसी मन्त्री परिषदको निर्णय सर्बोच्च अदालतबाट बदर गराउनका लागि २६ माघ सम्मको लागि म्याद दिइयो । उक्त बैठकबाट के पनि भनियो भने २६ माघसम्म मन्त्री परिषदको निर्णय बदर गराएन भने २७ माघबाट केन्द्र गोदार सारिने छ ।
तर, उक्त नगरपालिकाको नगर परिषद माघ महिनामा सम्पन्न नभएकाले चैत्र ७ मा परिषद सम्पन्न भईसकेपछि ३१ बैशाखसम्ममा विकास निर्माणका लागि योजनाहरु सम्झौता भएपछि मन्त्री परिषदको निर्णय लागु गर्दा राम्रो हुने भनेर कार्यकारी अधिकृत यादवले गरेको अनुरोधलाई प्रमुख जिल्ला अधिकारीले मानेका थिए । त्यसपछि ३ जेष्ठ २०७३ मा केन्द्र सारिने भनेर १ जेष्ठ २०७३ मा सुचना टाँस गरेपछि विरेन्द्र बजारका स्थानीयबासीहरु आन्दोलित हुँदै सोही दिन देखि तालाबन्दी गरी मन्त्री परिषद निर्णयको विरोध गर्दै आएका थिए ।
गएको जेठ १ गते नगरपालिका प्रमुख लक्ष्मेश्वर यादवले नगरपालिका कार्यालय सार्ने सूचना टाँस गरेपछि बिरेन्द्रबाजरका स्थानीयबासिन्दाहरु आदोलित भएका थिए । कार्यालय सार्ने विरुद्ध बिरेन्द्रबाजरबासीले जेठ २ गते कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्दै निर्णय फिर्ता लिन निरन्तर रिलेअनशन , राजमार्ग एक घण्टा चक्का जाम , सिटी जुलुस , झारु जुलुस लागयत विभिन्न दवावमुलक आन्दोलनको कार्यक्रम गर्दै आएका थिए ।
कार्यालय तत्काल बिरेन्द्रबाजरमा यथावत रहने पत्र आएपछि स्थानीयहरुले संघर्षको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको नगरपालिका बचाउँ संघर्ष समितिका संयोजक दिपेश यादवले जानकारी दिएका छन् । अहिलेको लागि विवाद अन्त्य भएपनि भावि दिनका लागि पूर्ण विवाद भने अन्त्य भएको छैन । तत्काल यथावत कार्यालय राख्ने निर्णय आएपछि बिरेन्द्रबाजारबासीहरु खुसी भएका छन् ।

Saturday, May 21, 2016
अजब–गजब छ बा ! सुदर्शन सिंह
भ्रष्टाचारी, कालोबजारी गर्ने माथि केही बोल्न नसक्ने, अनि बत्ती नभएको बेलामा दुईवटा रोटी डढदैमा आफ्नो पुरुषार्थ हेराउने, खुरुक्क खाँ होइन त खालास् फेरी !
२०७३ जेष्ठ ०९ गते आईतबार
Subscribe to:
Posts (Atom)