Sunday, May 29, 2016

कृषि उत्पादकत्व घट्दै, परनिर्भरता बढ्दै

धनुषाको महुलियाका किसान खेत जोत्न जाँदै ।
अजय अनुरागी
जनकपुरधाम............
विक्रम सम्बत १९९१ साल तिर नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाका बुवा कृष्ण प्रसाद कोइराला राणा शासन कालमा खरिदार थिए । कृष्ण प्रसादले राणा शासकहरुको हुकुम प्रमाङ्गीबाट जनकपुरका राम स्वरुप साहलाई राइस एण्ड आयल मिल संचालन गर्न अनुमति दिलाएका थिए । नेपाली कांग्रेसका नेता सरोज प्रसाद कोइरालाका भाई कामाख्या प्रसाद कोइराला र भारत विहारको जयनगरका एक जना गरी तीन जना संचालक रही किशोरी राईस एण्ड आयल मिल्स संचालन गर्न अनुमति दिइयो । राणा शासन कालमा कुनै पनि उद्योग धन्दा चलाउन सहज अनुमति प्राप्त हुँदैनथ्यो । तर, विपीका बुवा जनकपुरका राम स्वरुपका घरमा बास बसी राजनीति समेत गर्ने गरेपछि राम स्वरुपकै अनुरोधमा राणाहरुसँग मिल संचालन गर्न इजाजत दिलाएको राम स्वरुप साहको छोरा राम चन्द्र साह बताउँछन् । उनका अनुसार भारतको कलकताबाट मिल संचालन गर्नका लागि उपकरणहरु ल्याइयो । ३ जना साझेदार रहेको उक्त मिल साझेदारीमा राम्ररी संचालन हुन नसकेपछि १० बर्ष पछि ती साझेदारहरुले आफ्नो स्वामित्व पनि राम स्वरुप साहलाई नै हस्तान्तरण गरेपछि उनको  नाउँमै एकल स्वामित्वमा मिल संचालन हुन थालेको थियो ।
उता त्यस क्षेत्रमै अरु व्यक्तिहरुले गिरिजा राईस मिल्स र जानकी राईस मिल्स संचालन गरेका थिए । डिठ्ठा गौरी नारायण गिरीका भाई जगत लाल गिरीले जानकी राईस र तेजे लाल साहु र दुखरण साहुले गिरिजा राईस मिल संचालनमा ल्याएका थिए । यसरी एकै क्षेत्रमा राईस मिलहरुका साथै आयल मिलहरु संचालन हुन थालेपछि जनकपुरको त्यस क्षेत्रलाई ‘मिल्स एरिया’ भनेर नामाकरण नै गरिएको थियो । जनकपुर क्षेत्रमा आर्थिक र औद्योगिक क्रान्तिको श्रीगणेश त्यहीबाट भएको थियो । पछि आएर मात्र जनकपुर चुरोट कारखानाको त्यस क्षेत्रमै स्थापना भएको थियो ।
धनुषाको एकराही–ठाढी बाटोमा अवस्थित सुख्खा र जीर्ण नहर ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुबाट उत्पादित धानहरु संकलन गरी उसिनेको चामलमा रुपान्तरण गरिन्थ्यो । राम चन्द्र साहका अनुसार किशोरी राईस मिल्सबाट प्रत्येक दिन ३ सय बोरा, जानकी राईस मिल्सबाट २ सय बोरा र गिरिजा राईस मिल्सबाट १ सय बोरा गरी प्रति दिन ६ सय बोरा चामल भारतको उत्तर प्रदेश र विहार लगायत विभिन्न प्रान्तहरुमा निर्यात गरिन्थ्यो । टायर, बैलगाडा, टूक र रेल मार्फत ती चामल निर्यात गरिन्थ्यो । सुरुमा ती मिलका संचालकहरुले आफै चामल विक्री गर्ने गर्थे । तर, पछि सरकारले धान चामल निर्यात कम्पनीको स्थापना गरी उक्त कम्पनीले आफै चामलको खरिद दर तय गरी चामल किन्ने र भारतमा बेच्ने कानुन बनाएपछि मिलका संचालकहरु घाटामा पर्न थाले । किशोरी मिल्समा म्यानेजरको काम गरेका राम किशुन साहका अनुसार सरकारले मिलमा काम गर्ने मजदुरहरुलाई समेत अनावश्यक रुपमा थुनेर दुख दिने, जथाभावी कर निर्धारण गर्ने लगायतको काम भएपछि मिल घाटामा जान थाल्यो । र, २०४४ साल तिर ती मिलहरु सदाका लागि बन्द भयो ।
यसरी हेर्ने हो भने कुनै बेला धनुषा धानको उत्पादनमा आत्म निर्भर मात्र नभई भारतमा निर्यात गर्ने ठाउँको रुपमा प्रख्यात थियो । तर, आज त्यही धनुषामा आप्mनो लागी पनि धान अपुग भएपछि भारतबाटै धान र चामल आयात गर्नुपर्ने अवस्थामा आई पुग्दा आत्म निर्भर रहेको धनुषा महोत्तरी अहिले भारतमा निर्भर हुनु परेको छ । प्लान्ट क्वारेन्टाइन चेक पोस्ट जलेश्वर कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०७२÷०७३ को माघ देखि बैशाख महिना गरी कुल ४ महिनामा मात्र जलेश्वर नाकाबाट २२ करोड १३ लाख ६१  हजार रुपैयाँ बराबरको  ९ हजार २ सय २२ मेटिूक टन धान, ८ करोड ५६ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ६१ मेटिूक टन चामल र  २ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको २ सय ६३ मेटिूक टन गहुँको आयात भारतबाट गरिएको छ । ठिक त्यसैगरी विगत ४ महिनामा ५ करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको ३ हजार ४ सय ५४ मेटिूक टन आलु र ५ करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको १ हजार ७ सय ६१ मेटिूक टन प्याज भारतबाट जलेश्वर नाकाबाट आयात गरिएको छ ।
त्यसैगरी ६ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार २ सय ९१ मेटिूक टन अंगुर, २ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको २ सय ९९ मेटिूक टन अनार र ६ लाख ३८ हजार रुपैयाँ बराबरको १ हजार ८ सय ३६ मेटिूक टन कच्चा केला आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय जलेश्वरका अधिकृत बुदुर झाका अनुसार १ बर्षमा करिब १ अर्ब ३५ करोड ६ लाख १३ हजार रुपैयाँ बराबरको २५ देखि ३० वटा खाद्यान्न, फलफुल, तरकारी लगायतका सामग्रीहरु भारतबाट त्यस नाका भएर आयात हुने गरेको छ ।
पशु क्वारेन्टाइन कार्यालय जनकपुरका अनुसार विगत ४ बर्षमा गाई गोरु, बाछा बाछी ८५ थान, भैसी रांगा, पाडा पाडी ८० हजार ९ सय ६४ थान, बाख्रा, बोका, खसी ४ हजार ४ सय १५ थान, खाने माछाको भुरा १० हजार थान र घोडा १ थान भारतबाट आयात गरिएको छ । त्यसैगरी १५.३ मेटिूक टन दुध, ७ मेटिूक टन खाने माछा, १ सय ९७ मेटिूक टन माछाको दाना र १ हजार १ सय ७० मेटिूक टन फ्रोजन बफ मासु धनुषा, महोत्तरी र सर्लाहीका नाकाहरु मार्फत भारतबाट आयात गरिएको छ ।
नेपाल राष्टू बैंकले चालु आर्थिक बर्ष २०७२÷०७३ को पछिल्लो ९ महिनाको जारी गरेको मुलुकको आर्थिक विवरण अनुसार यस अवधिमा ४ खर्ब ८१ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ भने बस्तु व्यापार घाटा ४ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । बस्तु आयातमा १ अर्ब ७४ करोड घाटा भईरहेको छ । गत चैत्रसम्ममा ५ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत कम हो । किनभने पछिल्लो समयमा भारतसँग जोडिएको सिमामा नाकाबन्दी भएको थियो । उक्त अवधिमा ४९ अर्ब २४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत बर्षभन्दा निर्यात २३ प्रतिशतले कम भएको छ । भारत तर्फको निर्यात ३३.४ प्रतिशत, चीन तर्फ ४१.३ प्रतिशत र अन्य मुलुक तर्फ १.५ प्रतिशतले घटेको हो ।
१९७० सम्म नेपाल अन्न निर्यात गर्ने देश थियो, तर दस वर्षपछि नै आयात गर्नु्े पर्ने अवस्था आयो । बढ्दै गएको जनसंख्यालाई आवश्यक पर्ने अन्न र आन्तरिक उत्पादन क्षमताबीच अन्तर बढ्दै गएको छ । कृषि क्षेत्रमा ठूलो लगानी त भएको छ, तर खाद्य सञ्चितिमा खासै सुधार हुनसकेको छैन । कृषि उत्पादकत्व बढाउन रासायनिक मल, वीउ, कीटनाशक औषधीका अतिरिक्त ंसिंचाइ संरचनाको प्रमुख भूमिका रहन्छ, तर भएका संरचनाले पनि वर्षभरि पानी उपलब्ध गराउनसकेका छैनन् । कृषियोग्य भूमि बढाउन सकिन्न । त्यसैले उत्पादन बढाउन बाली सघनता र उत्पादकत्वमा व्यापक सुधार अपरिहार्य छ ।
धनुषामा उत्पादकत्व घटनुका कारणहरु
धनुषा, महोत्तरी र तराईका जिल्लाहरुमा बालीले ढाकेको क्षेत्रफल, उत्पादन र उत्पादकत्व क्रमशः घटदै जादाँ यी जिल्लाहरु खाद्यका लागि अन्य मुलुक खास गरी छिमेकी मुलुक भारतमाथिको परनिर्भरता बढदै गएको देखिन्छ । धान, गहुँ, मकै देखि तरकारी, फलफुल र नगदे बालीमा समेत क्रमशः उत्पादकत्व घटदै गएको छ ।
सिंचाईको अभाव
जनकपुरको मिल्स एरिया स्थित बन्द भईसकेको
किशोरी राईस एण्ड आयल मिल्स ।
खास गरेर सिंचाईको पर्याप्त व्यवस्था नभएका कारण आकाशे खेतीको भरमा किसानहरु परेपछि उत्पादकत्व घट्दै गएको हो । धनुषाको भु क्षेत्रफल १ लाख १९ हजार हेक्टर रहेकोमा ७६ हजार ५ सय ३१ हेक्टर जग्गा जमिन खेती योग्य रहेपनि ३४ हजार ४ सय ४५ हेक्टर जमिन मात्र सिंचित जमिन रहेको छ । कमला सिंचाई सेक्टर आयोजनाबाट १२ हजार हेक्टर, प्रथम सिंचाई सेक्टर सिंचाई योजना अन्तरगत चारनाथ सिंचाई योजना भरतपुरमा ३ सय ३० हेक्टर, बालगंगा सर्बि सिंचाई आयोजना कजरा रमौल अन्तरगत १ सय ५० हेक्टर र डुमरिया सिंचाई योजना गिद्धा बफई अन्तरगत १ हजार गरी कुल १ हजार ४ सय ८० हेक्टर क्षेत्रफल सिंचाईको व्यवस्था गरिएको छ । त्यसैगरी दोस्रो सिंचाई सेक्टर योजना अन्तरगत १ हजार ३ सय ४२ हेक्टर, सिंचाई व्यवस्थापन तथा हस्तान्तरण आयोजना अन्तरगत २ हजार हेक्टर, कृषि विकास योजना नक्टाझिज अन्तरगत ८६ वटा डिप ट्यूवबेलबाट ३ हजार २सय ९० हेक्टर, १६ सय ७२ स्यालो ट्यूवबेल अन्तरगत ४ हजार ४ सय ५८ हेक्टर र अन्य सिंचाई स्रोत अन्तरगत ९ हजार ८ सय ६६ हेक्टर जग्गा गरी कुल ३४ हजार ४ सय ४५ हेक्टर जग्गामा सिंचाईको व्यवस्था गरिएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषाका योजना अधिकृत सुरेन्द्र गोइतका अनुसार सिंचित जमिन त्यति देखाइएपनि बर्षा भएपछि मात्र ती आयोजनाहरु मार्फत सिंचाईको व्यवस्था हुन्छ नत्र भने ती जग्गाहरु सुख्खा नै रहने गरेका छन् ।
मुलुकमा पचास वर्षअघि नै आधुनिक सिंचाइ विकास प्रयास सुरु भएको हो । तर प्रशस्त अनुभवी विज्ञ हुादाहुादै पनि यस क्षेत्रमा जनआकांक्षाअनुुुुरूप सफलता हासिल भएको छैन । करिब दुुई तिहाइ जमिनमा किसानका परम्परागत प्रणालीबाट सिंचाइ भएको छ । मुुुुलुुुुकमा आयोजनाहरूको दक्षता लगभग ३० प्रतिशतमात्र छ । यो तथ्यांकले बाली बिरुवालाई उपलब्ध पानी र नदीबाट मूलनहरमा प्रवेश गरेको पानीको परिमाण अनुुुुपात प्रस्ट हुुुुन्छ । दुईपक्षीय सहयोगका आयोजनाहरूमा सम्झौता अनुुुुसारको पानीको परिमाण उपलब्ध नहुुुुने गरेकोले केहीमा कमाण्ड क्षेत्र नै कम गर्नु् परेको छ भने केहीमा समयमा पानी प्राप्त हुुुुनसकेको छैन । पानी पुुुुर्याउन नसकेपछि संरचनाहरूको पनि औचित्य रहादैन । एकातिर देश अझै सिंचाइ क्षेत्रमा विद्युुुुतीय र यान्त्रिक उपकरणको युुुुगमा प्रवेश गर्न योग्य नभएको हो कि भन्ने प्रश्न जन्माउाछ भने अर्का्तिर र्सार्वजनिक क्षेत्रको अनुुुुत्पादक र प्रभावहीन व्यवस्थापकीय वातावरणमा यस्ता उपकरणको सञ्चालन सम्भार हुुुुन सक्दैन भन्ने पाठ पनि पढाएको छ ।
पर्याप्त रसायनिक मलको अभाव
धनुषा र महोत्तरीमा आवश्यक माग अनुसार नेपाल सरकारले रसायनिक मल आपुर्ति गराउन नसक्दा खेतीको उत्पादकत्वमा समेत प्रतिकुल असर परेको देखिन्छ । धनुषा र महोत्तरीमा करिब करिब २० देखि २२ हजार मेटिूक टन रसायनिक मल आवश्यक पर्दछ । तर, त्यसको अनुपातमा मल आपुर्ति हुन सकेको छैन । धनुषा र महोत्तरीका लागि रसायनिक मल विक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७०÷०७१ मा ५ हजार ७ सय ३९ मेटिूक टन डिएपी, ५ हजार ७ सय ९३ मेटिूक टन यूरिया, १ सय ५२ मेटिूक टन पोटास, ७२ मेटिूक टन भरमिङ्ग कम्पोस्ट र २ सय ३८ लिटर झोलमेल गरी कुल ११ हजार ९ सय ९४मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ३ हजार ९ सय ३१ मेटिूक टन डिएपी, ६ हजार ५ सय ९९ मेटिूक टन यूरिया, १ सय ३९ मेटिूक टन पोटास, गरी कुल १० हजार ६ सय ६९ मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको थियो । त्यसैगरी चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा १ हजार १७ मेटिूक टन डिएपी, ७ सय ३३ मेटिूक टन यूरिया, १ सय ६२ मेटिूक टन पोटास, गरी कुल १ हजार ९ सय १२ मेटिूक टन रसायनिक मल विक्री वितरण गरिएको छ । यसरी हेर्ने हो भने माग अनुसार मलको आपुर्ति हुन सकेको छैन ।
नेपाल सरकारले महँगो मुल्यमा रसायनिक मल किनेर अनुदान मार्फत किसानलाई कम मुल्यमा विक्री गरेपनि डिभिजन सहकारी संस्थाहरु मार्फत ती मलको विक्री गरिने हुँदा ती सहकारी संस्थाहरुले रसायनिक मलको काला बजारी गर्दा किसानहरुले महँगो मुल्यमा रसायनिक मल किन्नु परेको बाध्यता छ ।
बढ्दो बैदेशिक रोजगारी
विगतका समयमा कृषि पेशालाई उत्तम पेशाको रुपमा लिइन्थ्यो । तर, अहिले आएर खेती गर्नु अर्थात किसान बन्नु भनेको गौरवान्वित पेशा होइन, सम्मान र प्रतिष्ठा पनि पाइँदैन, राम्रो पैसा पनि आम्दानी गर्न सकिँदैन भन्ने हिनता बोधका कारण मानिसहरु खेती पाती छोडेर वि देशमा रोजगारीका लागि जाने क्रम बढेको पाइन्छ । खेती गर्दा पुर्णतः रोजगारी नपाइने र अर्ध बेरोजगारी हुनुपर्ने कारण मानिसहरु कम समयमै बढी भन्दा वढी रकम कमाउने सपनाका साथ विदेशिने क्रम बढेको छ । नेपालमा चालु आर्थिक बर्ष २०७२÷०७३ को पाँच महिनामा १ लाख ७४ हजार ९ सय २६ जना विदेशिएका छन् । दैनिक सरदर १ हजार १ सय ५० जना नेपालबाट विदेशिएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा दैनिक १ हजार ४ सय ५ जना गरी कुल ५ लाख १२ हजार ८ सय ८७ जना र आर्थिक बर्ष २०७०÷०७१ मा दैनिक १ हजार ४ सय ४७ जनाको दरले कुल ५ लाख २८ हजार २ सय ३२ जना विदेशिएका छन् ।
विदेशिनेमा धनुषा पहिलो स्थानमा
नेपालका ७५ वटै जिल्लाहरुबाट रोजगारीका लागि खाडी मुलुक जाने गरेको भएपनि धनुषा त्यस्तो जिल्ला हो जो कि सबैभन्दा वढी मानिस जाने जिल्लाको रुपमा परिचित भएको छ । आर्थिक बर्ष २०६७÷०६८ मा रोजगारीका लागि नेपालबाट कुल १ लाख ९६ हजार ८ सय २६ जना विदेशिएकोमा धनुषाबाट ९ हजार ९ सय २१ गरी कुल मध्ये ५ प्रतिशत विदेशिएको थियो । देशैभरी दोस्रो सबैभन्दा वढी मानिसहरु जाने जिल्लाको रुपमा रहेको थियो । त्यसैगरी आर्थिक बर्ष २०६८÷०६९ मा नेपालबाट रोजगारीका लागि कुल २ लाख ६० हजार २७ जना गएकोमा  ४.५ प्रतिशत अर्थात ११ हजार ६ सय ४३ जना धनुषाबाट विदेशिएको थियो । त्यस बर्ष पनि दोस्रो स्थान रहेको थियो । आर्थिक बर्ष २०६९÷०७० मा धनुषा सबैभन्दा शिर्ष स्थानमा उक्लिएको थियो । उक्त बर्ष नेपालबाट कुल ३ लाख ९५ हजार ७ सय ७२ जना विदेशिएकोमा धनुषाबाट मात्रै १८ हजार ८ सय ९६ जना विदेशिएको थियो । जुन कि कुल मध्ये ४.८ प्रतिशत रहेको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा नेपालबाट कुल ४ लाख ९९ हजार १ सय ३७ जना मध्ये ४.७ प्रतिशत अर्थात २३ हजार ४ सय ७० जना मानिसहरु धनुषाबाट रोजगारीका लागि विदेशिएका थिए । उक्त बर्ष पनि धनुषा शिर्ष स्थानमै रहेको थियो ।
यसरी हेर्ने हो भने धनुषामा कृषकहरुको संख्या अत्यन्तै घटेपछि त्यसको प्रतिकुल असर खेतीमा किन पनि परेको हो भने अब धनुषामा खेती गर्नका लागि आवश्यक पर्ने मजदुरहरु पाउन छोडिएको छ । आर्थिक बर्ष २०७१÷०७२ मा जिल्ला प्रशासन कार्यालय धनुषाले ३९ हजार ५३ वटा राहदानी प्रमाण पत्र जारी गरेको थियो  । जसमध्ये ७ सय ८१ जना महिला र बाँकी पुरुषहरु थिए । जिल्ला प्रशासन कार्यालय धनुषाले उक्त बर्ष मात्र ३४ करोड ७७ लाख ६० हजार राजश्व राहदानीबाट मात्र असुल गरेको थियो । यसरी हेर्ने हो भने धनुषामा अब मानिस खेतीलाई भन्दा पनि बैदेशिक रोजगारीलाई चुनेपछि खेती संकटमा परेको हो । गत बर्ष १४ अर्ब रुपैयाँ धनुषाले रेमिटेन्स मार्फत भित्रियाएको थियो ।
कृषिमा कर्जा लगानीको अभाव
कृषि क्षेत्रलाई विकास गर्नका निम्ति देशमा कृषि विकास बैंकको स्थापना भएको थियो । तर, किसानलाई कर्जामा लगानी गर्नुको सट्टा कृषि विकास बैंक पनि अब अन्य कमर्सियल बैंक जस्तै अन्य क्षेत्रमा लगानी गर्न बढी प्राथमिकता दिन थालेपछि कृषि क्षेत्र अप्ठ्यारोमा पर्दै गएको छ ।
कृषि विकास बैंक शाखा कार्यालय जनकपुरले जनकपुर उपमहानगरपालिका सहित विन्धी, बसविट्टी, बसहिया, कुर्था, सोहनी सिनुरजोडा, बेंगाशिवपुर, ठेरा कचुरी, तारापट्टी सिरसिया, गोपालपुर, बनिनिया, सपही, रमदैया भवाडी, अन्दुपट्टी कट्रैत, बघचौडा, प्रको महुवा, देउरी परवाहा, पौडेश्वर, कनकपट्टी, सोनीगामा, औरही, लखौरी, इटहर्वा सहित ३२ वटा गाविसहरुमा लगानी गर्ने गरेको छ । उक्त बैंकले कृषि, व्यापार, जग्गा व्यवसाय, शिक्षा, बैदेशिक रोजगारी, उद्योग धन्दा आदिमा कर्जा लगानी गर्ने गरेको छ । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा उक्त बैंकले कुल १ हजार ५ सय ५८ जना ग्राहकलाई कुल ५० करोड ३ लाख २५ हजार ३ सय ९९ रुपैयाँ ऋण लगानी गरेको छ । तर, कृषिमा ११ करोड ८ लाख १४ हजार रुपैयाँ र कृषि उपकरणमा ५९ लाख ५७ हजार रुपैयाँ मात्र लगानी गरेको छ । भैसी, गाई, बंगुर पालन, धान खेती, गहुँ खेती, तरकारी खेती, आलु खेती, उखु खेती, माछा पालन, कुखुरा पालन आदिमा उक्त बैंकले १०.५ प्रतिशत व्याज दरले ऋण लगानी गरेको छ । त्यसैगरी कृषि उपकरण अन्तरगत १५ प्रतिशत व्याज दरले ट्याक्टर खरिद गर्नमा उक्त बैंकले लगानी गर्ने गरेको भएपनि विगत २ बर्ष देखि उक्त लगानी पनि बन्द भएको उक्त बैंकका कार्यालय सहायक फुलगेन साहले बताएका छन् । उनका अनुसार उक्त बैंकले यस बर्ष व्यापारमा ७ करोड १५ लाख २४ हजार, शिक्षामा १ लाख ७४ हजार, बैदेशिक रोजगारीमा ४ लाख ९६ हजार, उद्योगमा ४ करोड ५८ लाख रुपैयाँ लगानी गरेको हो । यसरी हेर्ने हो भने कृषि विकास बैंकले अब कृषिलाई भन्दा अन्य क्षेत्रलाई त्यो पनि महँगो व्याज दरमा लगानी गर्न थालेपछि कृषकहरु कृषिमा लगानी गर्न निरुत्साहित भएपछि पनि यस क्षेत्रको खेतीमा प्रतिकुल असर परेको हो ।
कृषिमा दिइने अनुदान पनि अपर्याप्त
जिल्ला कृषि विकास कार्यालय धनुषाले चालु आर्थिक बर्षमा खेतीका लागि १ करोड ५ लाख ७० हजार रुपैयाँ बराबरको अनुदान दिइएको छ । विशेष कृषि उत्पादनका लागि २८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । विशेष कृषि उत्पादन कार्यक्रम अन्तरगत भरमिङ् कम्पोस्ट मल तयार गर्नका लागि साढे १० रुपैयाँ किसानले र साढे १० रुपैयाँ सरकारले प्रति किलो अनुदान दिएको छ । उर्बरा शक्ति  बढाउनका लागि उक्त अनुदान रकम दिइएको छ । त्यसैगरी बाली विकास कार्यक्रम अन्तरगत २२ लाख ५३ हजार रुपैयाँ अनुदान दिइएको छ । आलु तरकारी तथा मशाला कार्यक्रमका लागि ४० लाख ५६ हजार रुपैयाँ र सरकारी खेती तथा साना सिंचाईका लागि ३६ लाख रुपैयाँ अनुदान स्वरुप नेपाल सरकारले बजेट विनियोजना गरेको छ ।
माछा पोखरीका लागि अनुदान
जनकपुरमा माछा खेतीको प्रवद्र्धनका लागि पनि नेपाल सरकारले अनुदान दिने गरेको छ । धनुषामा ८ सय ५३ हेक्टर क्षेत्रफलमा २ हजार ९ सय ९५ वटा पोखरीहरु छन् । सरदर ३.५ मेटिूक टन प्रति हेक्टर माछा उत्पादन हुने गरेको छ । १ हजार ९ सय २६ जना माछा कृषक छन् । माछा अभियान मुखि मत्स्य कार्यक्रम अन्तरगत पोखरी खन्नका लागि प्रति हेक्टर ३ लाख रुपैयाँ नेपाल सरकारले यस बर्ष प्रदान गरेको छ । १८ जना किसानले पोखरी खन्नका लागि २०.४४ हेक्टर जग्गाका लागि जम्मा ६१ लाख ३२ हजार रुपैयाँ नेपाल सरकारबाट यस बर्ष अनुदान पाउने भएका छन् । ननुपट्टी ५ का कन्हैया मुखिया, धबौली ८ का राम कुमार मण्डल, ननुपट्टी ५ का रमेश मुखिया, धनुषाधाम ४ का कृष्ण प्रताप मल्ल, बटेश्वर ८ का दिपनारायण साह, लगमा गाडागुठी २ का गुलाब देवी मण्डल, सखुवा महेन्द्रनगर ८ का मिरा यादव, धनुषाधाम ४ का पे्रक्षा मल्ल, जनकपुर १५ का प्रमोद कुमार साह, छिरेश्वर ५ का धनेश्वर साह, ननुपट्टी ५ का बौवेलाल मुखिया, हरिहरपुर ८ का दिनेश साह, जनकपुर १३ का विना ठाकुर, सिंगरजोडा २ का शिवशंकर यादव, विन्धी १ का इन्दिरा देवी, हठिपुर हरवारा ९ का विजय कुमार मण्डल, शिवनारायण मण्डल, लोहनाका संतोष कुमार ठाकुर लगायत १८ जनाले पोखरी खनाउनका लागि नेपाल सरकारबाट प्रति हेक्टर ३ लाख रुपैयाँका दरले यस बर्ष अनुदान पाउने भएका छन् ।


२०७३ जेष्ठ १६ गते आईतबार

Saturday, May 28, 2016

अनाथ बाल आश्रममा पुन ः थपिए एक शिशु बालबालिको संख्या १० पुग्यो

थपिएको शिशु धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई,
 नागरिक समाजका अमर चन्द्र अनिल समक्ष सार्वजनिक गर्दै
 आश्रमका संचालक आलोक र मिरा ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
जनकपुर स्थिति कविर अनाथ बाल आश्रममा पुनः छोरा जातको एक शिशु थपिएको छ । आश्रमका सञ्चालक सत्यनारायण आलोकका अनुसार गएको बैशाख २७ गते एक अपरिचित व्यक्तिले साँझको समयमा नवजात शिशु ल्याएर जिम्मा लगाएका थिए । 
मंगलबार सार्वजनिक गर्दै उनले भने, ‘ करिब १ किलो ५ सय ग्राम मात्र तौल भएको शिशुको स्वास्थ्य अवस्था ज्यादै नै विग्रेको कारण तत्काल सार्वजनिक नगरी जनकपुरको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको लागि भर्ना गराएको थिएँ ।’ स्वास्थ्य अवस्थामा सुधार भएपछि सार्वजनिक गरेको आलोकको भनाई छ ।
धनुषाका टूाफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले पुत्री लाभ भएको अवसरमा मंगलबार आश्रममा गरेको आफ्नो एक महिनाको तलबभत्ता बराबरको खाद्यान्न एवं लत्ताकपडा आश्रमलाई प्रदान गर्न आयोजित एक कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीपकुमार चापागाई , धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरले लगायत बुद्धजिवी नागरिक समाज, पत्रकारको उपस्थितिमा शिशु सार्वजनिक गरिएको हो ।
आश्रममा थपिएको उक्त शिशु छोरा जातका छन् । शिशु जन्मिने वितिकै आमाको मृत्यु भएको बताउँदै सो अपरिचित व्यक्तिले आफुलाई शिशु जिम्मा लगाएर गएको आलोकले बताए । यदि आफुले ती शिशुलाई जिम्मा नलिए कतै फालिदेलाकी भन्ने शंका लागेर आपुले शिशु जिम्मा लिएको उनको भनाई छ । 
यस अघि झण्डै एक वर्ष अघि महोत्तरीको लठियानी गाउँ नजिकैको खोलामा जन्मिेने वितिकै कार्टुनमा राखेर फालिएको अवस्थामा छोरी जातकी नवजात शिशु फेला परेपछि स्थानीयले आश्रमलाई बुझाएका थिए । 
आश्रममा बालबालिको संख्या १० पुग्यो
अनाथ बाल आश्रमका बालबालिकाहरु ।
छोरा जातको नवजात शिशु थपिएसंगै हालसम्म आश्रममा सात छोरी र तीन छोरा गरी बालबालिकाको संख्या १० पुगेको छ । बालिकाहरुको नाम क्रमसः देशना , साधना ,आराधना ,बन्दना , प्र्रविना र निवना छन् भने बालकहरुको नाम कृष्णा र चिराग छन् । पछिल्लो पटक कार्टुनमा फेला परेकी एक छोरी जातकी शिशु र छोरा जातको शिशुको अव एक कार्यक्रम गरी नामांकन गर्ने आश्रमका संचालक आलोकले जानकारी दिए । अहिले आश्रमका चारजनाबालबालिका विद्यालयसमेत जानथालेका छन् । बालबालिकाको पालनपोसन आश्रमका सञ्चालक आलोक र आमा मिराले गर्दै आएकी छन् । आश्रममा रहेका सबै बालबालिकाहरुले आलोकलाई बुवा भनेर बोलाउने गरेका छन् भने आलोककी दिदी मिरालाई आमा भन्ने गर्छन् । सबै बच्चाहरु निकै चञ्चल र हँसिला स्वभावका छन् ।
सामाजिक संघसंस्थाको सहयोगकै भरमा चल्छ आश्रम
अनाथ आश्रममा बालबालिकाको संख्या बढ्दै गएपछि आश्रम सञ्चालनमा समस्या उत्पन्न हुँदै  गएको छ । सरकारी सेवासुविधा वेगर अहिले सम्म आश्रम संचालन भएपनि यसलाई  व्यवस्थित गर्न सम्बन्धीत निकायले खासै चाँसो देखाएको छैन । सरकारले ध्यान नदिदाँ जसोतासो समस्या झेल्दै समाजको सहयोगमा आश्रम चलाउँदै आएको आलोकको गुनासो छ । विभिन्न समाजिक संघसंस्थाले विभिन्न अवसरमा गर्ने खाद्यान्न तथा लताकपडा वितरणको  भरमा आश्रम चल्ने गरको आलोकले बताए ।
वैदेशिक रोजगारीले निम्त्याएको समस्या
वैदेशिक रोजगारीले यस्तो भयानक समस्या सृजना भएको आश्रमका सञ्चालक आलोकको कथन छ । वैदेशिक रोजगारको शीलशीलामा विभिन्न देश गएका केहि पुरुषका केहि महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध गाँस्ने गरेकोले त्यस्तै सम्बन्धबाट जन्मेका शिशु फाल्ने वा भ्रुण हत्या गर्ने गरेको आलोकले बताए । पछिल्लो समय अवैध सम्बन्धबाट बच्चा जन्माएर फाल्ने प्रवृति बढेकोले त्यस्ता अपराधीहरुलाई समाज वा प्रहरी प्रशासनले पत्ता लगाएर दण्डित एवं समाजिक बहिस्कार नगरेसम्म यस्तो प्रवृति कम नहुने आलोकको भनाई छ ।


२०७३ जेष्ठ १६ गते आईतबार

गरगहना र रुपैयाँ पैसा लिएर श्रीमती फरार भएपछि विदेशबाट फर्केका सुरेश तनावमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रायः कुनै पनि व्यक्ति आफ्ना घरपरिवारको खुसीको लागि स्वदेशमा रोजगार नपाएर रुपैंयापैसा कमाउन अर्काको देशमा गएर कुनै पनि दुःख कष्ट झेल्न पछि पर्दैनन् । तर घरपरिवारले विदेशमा रहेका आफन्तको पीडा नबुझिदिदा केहि व्यक्तिहरुको जीवन ज्यादैँ नै तनावमय हुन्छ ।  
महोत्तरीको डाम्हीमडै ९ बस्ने सुरेश मुखिया अचेल यस्तै तनावमा छन् । चार वर्ष अघि वि.स. २०६९ बैशाखमा सिरहाको मिर्चैया नगरपालिका १२ की १७ वर्षकी तेतरी मुखियासंग सामाजिक परम्परा अनुसार सुरेशको विवाह सम्पन्न भएको थियो । विवाह पश्चात १ वर्षपछि श्रीमती लागयत घरपरिवारलाई खुसी राख्न र एक मात्र बहिनीलाई विहेवारी गर्न सुरेशलाई रुपैंया पैसा कमाउन विदेशिनु पर्याे । विवाह भएको एक वर्ष पश्चात वैदेशिक रोजगारीको शिलशिलामा सुरेश मलेसिया पुगे । विदेशमा धेरै कमाई त भएन तर थोरै कमाई भएपनि बेलाबखत घरमा पैसा पठाएर घरपरिवारका जाहो गर्नु पर्याे । 
घर जाँदा श्रीमती र घरपरिवारले झनै माया गर्लान सपना बुनेको सुरेशको घरफर्किदा त सारा सपना चक्नाचुर नै भयो । जव सुरेश तीन वर्षको वैदेशिक रोजगारीबाट घर फर्किए, उनको श्रीमतिको व्यवहार उनले बेग्लै पाए । श्रीमती तेतरी मुखभरी पनि बोल्न छाडिन् । लामो विदेश बसाईपछि घर जान्छु र श्रीमतीले धेरै माया गर्छन् भन्ने धोको राखेका सुरेशलाई जव श्रीमतीले मुखभरी पनि बोलाउन छाडिन तव कस्तो पिडा भो त्यो अफुलाई थाहा भएको सुरेशको भनाई छ ।  यति मात्र कहाँ भयो र ? एक महिना पश्चात श्रीमती परपरुषसंग घरमा  भएभरको गरगहना र एक लाख रुपैँयासमेत लिएर कुलेलाम ठोके पछि अहिले सुरेशको दिनचर्या झनै तवामय भएको छ । गएको बैशाख १३ गते घरमा कोहि नभएको मौका छोपी आफ्नी श्रीमती तेतरी फरार भएको सुरेशको गुनासो छ । आफु विदेशमा छँदा पनि श्रीमतीलाई फोन गर्दा राम्रोसंग नबोल्ने गरेको र कुनै अपरिचित पुरुषसंग पहिलादेखि नै  उसको अनैतिक सम्बन्ध भएको हुन सक्ने उनको कथन छ ।   
अहिले श्रीमती भागेको तनाव त छँदै छ ससुराले विभिन्न आरोप लगाएर झनै तनाव दिने गरेको  सुरेशको दुःखेसो छ । आफ्नी छोरीलाई वेपत्ता बनाएको भन्दै ससुरा पक्षले प्रहरी प्रशासनमार्फत दवाव र तनाव दिलाउने गरेका उनको आरोप छ । 
सुरेशले भन्छन, ‘नत मैले तीन वर्ष विदेशको भूमिमा बगाएको रगत पसिनाले अहिले सुख पाएँ, नत घरमा आएर श्रीमतीबाट पाएँ ।’ गएको बैशाख १३ गते घरबाट श्रीमती भागेपछि उनलाई आफन्त नातागोता सबै ठाउँमा खोजे तर कतै फेला नपरेपछि गएको बैशाख १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएको सुरेशले बताएका छन् । खोजतलासको लागि विभिन्न पत्रपत्रिकामासमेत सूचना दिएको उनको भनाई छ ।
यस्तै ससुराली पक्षबाट पाएको मानसिक यातना विरुद्ध राष्टिूय मानवअधिकार आयोगको क्षेत्रिय कार्यालय जनकपुरमा उजुरीसमेत दिएको सुरेशले बताएका छन् । सुरेशले आफु माथि अन्याय भएको बताउँदै भागेकी श्रीमतीलाई खोजविन गरदिन र, ससुरा पक्षले दिएको मानसिक तनाव विरुद्ध न्याय दिलाई दिन सबैसंग आग्रह  गरेका छन् । 
विगतमा पुरुषहरुले घरेलु महिला हिंसा गर्ने गरेको घटनाहरु सार्वजनिक हुने गरेको बेलामा आजकल बैदेशिक रोजगारीमा गएका पुरुषहरु आफ्ना श्रीमतिबाट पीडित हुने गरेको घटनामा वृद्धि भएको पाइन्छ ।

२०७३ जेष्ठ १६ गते आईतबार

नर्सिङ छात्राहरुसँग ५४ लाख ५९ हजार रुपैयाँको ठगि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.का निर्देशक संजिव कुमार यादवले विभिन्न विद्यार्थीहरुबाट भर्ना शुल्क बापत लिएको ५४ लाख ५९ हजार रकम मध्ये ४७ लाख ५२ हजार ६ सय रुपैयाँ ठगि गरेका छन् । आर्थिक बर्ष २०७०÷०७१ का लागि प्रति विद्यार्थीहरुबाट डेढ लाख देखि साढे ३ लाख रुपैयाँ सम्म भर्ना शुल्क असुल गरेपनि असुल गरिएको रकम कलेजमा नपठाएपछि २६ जना विद्यार्थीहरुको पठन पाठन अवरोध भई भविष्य नै अन्धकारमय भएको थियो । नर्सिङ कलेजका छात्राहरु निता गौतमसँग रु. २ लाख ११ हजार ६ सय, संगिता गहतराम सँग रु. २ लाख ११ हजार ६ सय, इन्दु थापासँग रु. २ लाख ११ हजार ६ सय, पुजा विकसँग रु. १ लाख ५० हजार, मोना थापासँग रु. २ लाख ११ हजार ६ सय, अस्मिता कुनालसँग रु. १ लाख ५० हजार, बन्दना गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, सुपिता बरालसँग रु. १ लाख ५० हजार, गायत्री शर्मासँग रु. २ लाख ११ हजार ६ सय, कल्पणा गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, रंजना राणासँग रु.२ लाख १६ हजार, समसिला सुनारसँग रु. २ लाख ११ हजार ६ सय, पुजा पुलामीसँग रु. २ लाख ११ हजार ६ सय, सुशिला पुजा मगरसँग रु. २ लाख ११ हजार ६ सय, फुलमाया दुरासँग रु. २ लाख १६ हजार, गौतमी थापासँग रु. २ लाख ११ हजार ६ सय, महारानी धामीसँग रु. १ लाख ५० हजार, गोमा आचार्यसँग रु. १ लाख ५ हजार, सुस्मिता खड्का सँग रु. २ लाख २५ हजार, दुर्गा तमाङसँग रु. ४ लाख १९ हजार, रिता कट्वालसँग रु. २ लाख २५ हजार, पपिता ढकालसँग रु. ४ लाख १९ हजार, संगिता गैहेसँग रु. १ लाख ६० हजार, पुनम मण्डलसँग रु. ३ लाख ९७ हजार, सपना महत्तसँग रु. १ लाख र सृजना कुमार गाउलेसँग रु. ५० हजार गरी कुल २६ जना छात्राहरुबाट आर्थिक बर्ष २०६६÷०६७ देखि २०६९÷०७० सम्मको शैक्षिक सत्रमा नर्सिङ पिसिएल कोर्ष अन्तरगत भर्ना गर्नका लागि रु. ५४ लाख ५९ हजार ६ सय रुपैयाँ आफुलाई कार्यकारी निर्देशक बताउने संजिव कुमार यादवले असुल गरेका थिए । असुल गरेको उक्त रकमको नक्कली बिल ती छात्राहरुलाई दिई उक्त रकम कलेजको बैंक खातामा जम्मा नगरी संजिव यादव फरार भएपछि मात्र आफुहरुलाई संजिव यादवले ठगि गरी रकम हिनामिना गर्दै फरार भएको छात्राहरुलाई महसुस भयो । त्यसपछि ती २६ सै जना छात्रा र उक्त कलेजका संचालक अध्यक्ष बारा अमान ३ कि गायत्री देवी थरुनीको जाहेरीले धनुषा बेंगा शिवपुर १ बस्ने साधुलाल यादवका छोरा बर्ष ३७ का डा.संजिव कुमार यादव विरुद्ध रकम ठगि गरेको भन्दै रकम असुल गरी क्षतिपुर्ती दिलाई दिन तथा ठगि गर्ने यादवलाई कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । त्यसपछि धनुषा प्रहरीले संजिव कुमार यादवलाई पक्राउ गरी २५ पुष २०७० मा मुद्दा दर्ता गरेको थियो । धनुषा जिल्ला अदालतका न्यायाधिश ऋषि बहादुर थापाले थुनछेक मुद्दामा ७ लाख रुपैयाँ धरौटीमा रिहा गरेका थिए । धनुषा जिल्ला अदालतको उक्त आदेश विरुद्ध संजिव कुमार यादवले पुनरावेदन अदालत जनकपुरमा मुद्दाको पुनरावलोकन गर्दा १९ अषाढ २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्धय तेज बहादुर केसी र अनिता मानन्धर जोशीको संयूक्त इजलासबाट जिल्ला अदालतबाट गरिएको धरौटीमा थप १० लाख रुपैयाँ धरौटी लिने आदेश जारी गरिएको थियो । त्यसपछि संजिवले थप १० लाख रुपैयाँ धरौटी बुझाई रिहा भएका थिए ।
मुद्दाको क्रममा २६ जना छात्राहरु मध्ये संगिता गैहे, पुनम मण्डल, सपना महत र सृजना कुमारी गाउलेले जाहेरी अनुसार अदालतमा आएर बक पत्र गर्न नसकेका कारण २९ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीको इजलासबाट प्रतिवादी संजिव कुमार यादवले उक्त कलेजका २२ जना छात्राहरुबाट विद्यार्थी भर्ना बापत लिएको कुल ५४ लाख ५९ हजार ६ सय रुपैयाँ असुल गरेपनि कलेजको बैंक खातामा जम्मा नगरी ठगि गरेको ठहर गरेको छ । धनुषा जिल्ला अदालतले ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरकोे रकम विद्यार्थीहरुलाई फिर्ता गर्न तथा त्यति नै रकम बराबरको विगो र २ बर्ष कैद सजाय ठहर गरेको छ । अहिले उनी अर्थात संजिव यादव फरार रहेका छन् ।
 नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि. र धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. बीच २०६४ साल जेष्ठ महिनामा भएको करारनामा अनुसार धनुषा नर्सिङ कलेजको संचालन सुरु देखि नै नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले गरेको थियो । कलेज संचालनका क्रममा विद्यार्थीहरुलाई धनुषा अस्पतालमा क्लिनिकल प्रायक्टिस गराए बापत बार्षिक २ लाख ७५ हजार रुपैयाँ धनुषा अस्पताललाई बुझाउने गरिएको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन शाखाले ३ अषाढ २०७० मा गरेको पत्राचार अनुसार धनुषा अस्पतालको संचालन नविकरण रोक्का हुन गएपछि हेल्थ साइन्स प्रा.लि.ले जनकपुर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग क्लिनिकल प्रायक्टिसका लागि करार गरेको थियो । सो करार अनुसार सोही अस्पताल प्रयोग गर्दै निरन्तर नर्सिङ शैक्षिक कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, स्तर निर्धारण महाशाखा र परीक्षा नियन्त्रण कार्यालयले ३ र ४ पुष २०७० मा लेखेको पत्र अनुसार शैक्षिक सत्र २०७०÷०७१ का लागि नयाँ विद्यार्थी÷परिक्षार्थी भर्ना आह्वान गरिएको थियो ।
धनुषा नर्सिङ कलेजको छुट्टै प्रवन्ध पत्र र नियमावली नभएको र उक्त नर्सिङ कार्यक्रम नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले संचालन गर्दा प्रारम्भिक समय देखि नै धनुषा नर्सिङ कलेजको प्रबन्ध निर्देशक दिपेन्द्र प्रसाद चौधरी, निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट किस्ट बैंक जनकपुरमा संयूक्त खाता खोलिएको थियो । ठिक त्यसैगरी धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. स्टाफ नर्स पिसिएलको बैंक खाता निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट सिद्धार्थ बैंक जनकपुरमा संयुक्त रुपमा खाता खोली संचालन भईरहेको थियो । तर, निर्देशक संजिव कुमार यादवले कसैलाई थाहा नै नदिई गोप्य रुपमा बदनियत पुर्वक विद्यार्थीहरुबाट पैसा असुल गरी कलेजमा नबुझाई विद्यार्थीबाट ठगी रकम हिना मिना गरेपछि बैंक खाता संचालकबाट दिपेन्द्र प्रसाद चौधरी, विद्या प्रसाद चौधरीको नाउँ हटाई डा.रामबाबु रमन जैसवाल र संजिव कुमार यादवको संयुक्त दस्तखतबाट खाता संचालन गर्ने निर्णय गरी मनोमानी ढंग रकम हिनामिना गरी ठगी गरी कलेज संचालनमा बाधा र विद्यार्थीको भविष्यमा खेलवाड गरे पश्चात कलेज संचालन तथा व्यवस्थापन गर्न अध्यक्ष गायत्री देवी थरुणी र प्रवन्ध निर्देशन दिपेन्द्र प्रसाद चौधरीको संयुक्त दस्तखतमा नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.को नाउँमा गलोबल आईएमई बैंक जनकपुरमा खाता खोली आर्थिक कारोवार गर्ने गरिएको छ ।


२०७३ जेष्ठ १६ गते आईतबार

विरेन्द्र बजारको आन्दोलनमा तत्कालका लागि जनताका सामु झुके सरकार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गणेशमान चारनाथ नगरपालिकाको कार्यालय तत्काल बिरेन्द्रबजारमै यथावत राख्ने संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीबाट निर्णय भएपछि स्थानीयबासीहरुले गरेको आन्दोलन पनि तत्कालका लागि स्थगित गरेको छ । नगरपालिका कार्यालय सार्न लागेको विरोधमा स्थानीयले अवरोध सृजना गरेको कारण तत्काल कार्यालय यथावत राख्न संघीय मामिला ताथ स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको नगरपालिका योजना तथा व्यवस्थापन शाखा कार्यालयले सो निर्णयको पत्र ११ जेष्ठ २०७३ मा मन्त्रालयका शाखा अधिकृत रुद्रलाल भुसालद्वारा हस्ताक्षरित पत्र गणेशमान चारनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृतलाई पठाइएको हो । आवश्यक सहयोग र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला विकास समितिको कार्यालय धनुषालाई समेत उक्त पत्रको बोदार्थ गरिएको छ । उक्त पत्र प्राप्त भएसँगै स्थानीयबासीहरुले नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी समेत खोलेका छन् । अब उक्त नगरपालिकाको कार्यालय सुचारु भएको छ ।
किन भयो आन्दोलन ?
सुशिल कोइराला नेतृत्वको सरकारमा १६ मंसिर २०७१ मा देशमा थप ६१ वटा नयाँ नगरपालिकाहरु घोषणा गरिएको थियो । त्यतिबेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह थिए । प्रकाशमान सिंह नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहका छोरा हुन । धनुषाको गोदारमा प्रकाशमान सिंहको हालसम्म पनि जग्गा जमिन कायम रहेको छ । त्यसैले उक्त घोषणासँगै उनले आफ्नो बुवा गणेशमान सिंहको नाउँमा विरेन्द्र बजारलाई केन्द्र मानि गणेशमान चारनाथ नगरपालिका घोषणा गरेका थिए ।
 तर, २०७२ असोज १ गतेको मन्त्री परिषदको निर्णयले गणेशमान चारनाथ नगरपालिकाको कार्यालयको केन्द्र साविकको विरेन्द्रबजारमा नराखी तीन किलो मिटर पूर्व गोदारमा सार्ने निर्णय गरेको थियो । उक्त  निर्णय कार्यान्वयन त्यसबेला किन हुन सकेन भने मधेस आन्दोलन जारी रहेको थियो । उक्त नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवका अनुसार बन्द फिर्र्ता भईसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सहितको उपस्थितिमा २ पुष २०७२ मा बैठक बसी मन्त्री परिषदको निर्णय सर्बोच्च अदालतबाट बदर गराउनका लागि २६ माघ सम्मको लागि म्याद दिइयो । उक्त बैठकबाट के पनि भनियो भने २६ माघसम्म मन्त्री परिषदको निर्णय बदर गराएन भने २७ माघबाट केन्द्र गोदार सारिने छ ।
    तर, उक्त नगरपालिकाको नगर परिषद माघ महिनामा सम्पन्न नभएकाले चैत्र ७ मा परिषद सम्पन्न भईसकेपछि ३१ बैशाखसम्ममा विकास निर्माणका लागि योजनाहरु सम्झौता भएपछि मन्त्री परिषदको निर्णय लागु गर्दा राम्रो हुने भनेर कार्यकारी अधिकृत यादवले गरेको अनुरोधलाई प्रमुख जिल्ला अधिकारीले मानेका थिए । त्यसपछि ३ जेष्ठ २०७३ मा केन्द्र सारिने भनेर १ जेष्ठ २०७३ मा सुचना टाँस गरेपछि विरेन्द्र बजारका स्थानीयबासीहरु आन्दोलित हुँदै सोही दिन देखि तालाबन्दी गरी मन्त्री परिषद निर्णयको विरोध गर्दै आएका थिए ।
गएको जेठ १ गते नगरपालिका प्रमुख लक्ष्मेश्वर यादवले नगरपालिका कार्यालय सार्ने सूचना टाँस गरेपछि बिरेन्द्रबाजरका स्थानीयबासिन्दाहरु आदोलित भएका थिए । कार्यालय सार्ने विरुद्ध बिरेन्द्रबाजरबासीले जेठ २ गते कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्दै निर्णय फिर्ता लिन निरन्तर रिलेअनशन , राजमार्ग एक घण्टा चक्का जाम , सिटी जुलुस , झारु जुलुस लागयत विभिन्न दवावमुलक आन्दोलनको कार्यक्रम गर्दै आएका थिए ।
कार्यालय तत्काल बिरेन्द्रबाजरमा यथावत रहने पत्र आएपछि स्थानीयहरुले संघर्षको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको नगरपालिका बचाउँ संघर्ष समितिका संयोजक दिपेश यादवले जानकारी दिएका छन् । अहिलेको लागि विवाद अन्त्य भएपनि भावि दिनका लागि पूर्ण विवाद भने अन्त्य भएको छैन । तत्काल यथावत कार्यालय राख्ने निर्णय आएपछि बिरेन्द्रबाजारबासीहरु खुसी भएका छन् ।

२०७३ जेष्ठ १६ गते आईतबार

Saturday, May 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


भ्रष्टाचारी, कालोबजारी गर्ने माथि केही बोल्न नसक्ने, अनि बत्ती नभएको बेलामा दुईवटा रोटी डढदैमा आफ्नो पुरुषार्थ हेराउने, खुरुक्क खाँ होइन त खालास् फेरी  !

२०७३ जेष्ठ ०९ गते आईतबार

लाल किशोर झा हत्या प्रकरण हत्या देखि हालसम्मको सम्पुर्ण विवरण न्यायको पखाईमा पीडित परिवार

लाल किशोर झा हत्याका
प्रमुख योजनाकार भनिएका प्रतिवादी
अजय अनुरागी
जनकपुरधाम............

महोत्तरी गोनरपुरा २ मा घर भई जनकपुर नगरपालिका वडा नं. ८ मा वस्ने लाल झा भनिने लालकिशोर झाको हत्या भएको ६ वर्ष वित्न लाग्दा पनि धनुषा जिल्ला अदालतमा उक्त हत्याकाण्डको विषयमा टुङ्गो लाग्न सकेको छैन । ११ कार्तिक २०६७ मा लाल किशोर झा जनकपुर स्थित आफ्नो घरबाट जिल्ला शिक्षा कार्यालय महोत्तरी जानको लागि हिँडेर बस पार्क तर्फ गईरहेको बेलामा विहान ९ः३० बजेको समयमा अपरिचित व्यक्तिहरुको समुहले गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते अवस्थामा झालाई तत्कालै जनकपुर अञ्चल अस्पताल पु¥याइएपनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना गराउँदा उपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको थियो । 

मृतक झाको शवको गराइएको शव परिक्षण प्रतिवेदनमा समेत झाको मृत्यु गन सट इन्जुरीको कारण भएको बताइएको छ । उक्त घटनाको प्रमुख मास्टरमाइन्ड तथा योजनाकारको रुपमा धनुषा प्रहरीले रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवलाई अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतमा प्रस्तुत गरेको छ । तर, अदालतले उनलाई तारेखमा रिहा गरेको अवस्थामा अब अदालतले गर्ने आदेशले वैकुण्ठ दास दोषी ठहर हुने वा नहुने भन्ने टुङ्गो लाग्ने छ । किनभने विगत ५ बर्ष देखि उक्त मुद्दाको पेसी सर्दै आएको भएपनि  धनुषा जिल्ला अदालतका २ नम्बर इजलासका न्यायाधीश ओम कुमार उपाध्यायले ९ जेष्ठ २०७३ मा पेशी तोकेका छन् । थुनछेक मुद्दामा वैकुण्ठले तारेख पाएर राहत पाएको भएपनि त्यसपछि राजन मुक्तिले प्रहरी समक्ष गरेको बयानमा हत्याको प्रमुख योजनाकार वैकुण्ठ दास वैष्णव नै रहेको बताएपछि अदालतले बैकुण्ठलाई दोषी ठहर गर्ने हो वा होइन, त्यसको समेत निष्कर्ष निस्किने छ । घटना भएपछि भुमिगत रहेका सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले स्थानीय संचार माध्यमहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए । राजन मुक्ति समेत पक्राउ परी अहिले कारागारमा थुनामा छन् । उक्त मुद्दामा प्रतिवादीहरु शिव कुमार ठाकुर, भास्कर भन्ने सुनिल कुमार अधिकारी यादव र जैसवाल भन्ने मनिष चौधरीलाई ज्यान सम्बन्धि महलको एक नम्बर विपरित १३४ नम्बर  अनुसार जन्म कैदको माग गरिएको छ भने बैकुण्ठ दास बैष्णवलाई ज्यान सम्बन्धि महलको १ नम्बर विपरित १६ नम्बर अनुसार १० बर्ष देखि १५ बर्षसम्म कैद सजाय माग गरिएको छ ।
लाल किशोर झाको हत्या भएदेखि अहिलेसम्मको सम्पुर्ण विवरण
मृतक लाल किशोर झा । फाइल फोटो
घटना भएको दिन जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव, प्रहरी हवलदार तेजी लाल साह र प्रहरी जवान मनि भुषण प्रसाद यादव सहितको टोली खटेर घटना स्थलको बस्तु स्थिति मुचुल्का सहितको प्रतिवेदन पेश गरेको थियो । सोही दिन अज्ञात व्यक्तिहरुलाई यकिन पहिचान गरी खोजतलास एवम पक्राउ गर्ने तथा नगर यूनिटहरुबाट नाकाबन्दी गरी खोजतलास एवम सर्च गर्ने कार्य जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी प्रधान कार्यालयलाई बोदार्थ गर्दै अञ्चल प्रहरी कार्यालय जनकपुरलाई पत्राचार गरेको थियो । झाको हत्याको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै निजलाई गोली प्रहार गर्नुपर्ने कारणहरु के के हुन सक्छन्, वारदातमा संलग्न अभियूक्तहरुको पहिचान भयो वा भएन, घटना स्थलमा के कस्ता सबुत प्रमाणहरु फेला परेका छन्, वारदातमा संलग्न अभियूक्तहरु लुकिछिपी बस्न सक्ने स्थान एवम छिमेकी जिल्लाहरुमा समेत समन्वय गरी व्यापक रुपमा प्रहरी परिचालन गरी निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी भए गरेको अनुसन्धान प्रगति विवरण जाहेरी गर्ने क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिइएको थियो ।
११ कार्तिक २०६७ मै मृतक लाल किशोर झाका भाई मनोज कुमार झाद्वारा अपरिचित व्यक्तिहरुले मेरो दाजुलाई गोली हानी हत्या गरेको भन्दै आवश्यक कानुनी कारवाहीका लागि महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा जाहेरी दरखास्त दिइएको थियो । ११ कार्तिक मै फरेन्सिक मेडिसिन विभाग काठमाण्डौ अटोप्सी सेन्टरद्वारा गोली प्रहार गरी हत्या गरिएको शव परीक्षण प्रतिवेदन महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौलाई प्रदान गरियो ।
१२ कार्तिक २०६७ मा झाको हत्याको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक जगदीश पोखरेलको अध्यक्षतामा प्रहरी निरीक्षकद्वय प्रकाश मल्ल, हरि खतिवडा , प्रहरी नायव निरीक्षकहरु कृष्णदेव साह, महेन्द्र साह, विश्वनाथ महत्तो र प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव सहित ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको भन्ने प्रहरी उपरीक्षक दिनेश अमात्यको प्रतिवेदन पेश गरियो । १३ कार्तिकमा झालाई गोली प्रहार गर्ने समुह कुनै पार्टीमा आवद्ध छ ÷छैन, सो समुहको तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्नुका साथै कानुनी कारवाही गरी भए गरेको  अनुसन्धान प्रगति विवरण अबिलम्ब खुलाई पठाईदिन प्रहरी प्रधान कार्यालयले क्षेत्रिय प्रहरी कार्यालय हेटौडालाई निर्देशन दिएको थियो ।
१८ कार्तिक २०६७ मा महानगरीय प्रहरी महाराजगञ्जद्वारा अनुसन्धानको क्रममा तयार पारिएका सक्कल मिसिल कागजातहरु जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गर्नुका साथै २३ कार्तिक २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता । २३ कार्तिक २०६७ मै प्रहरी निरीक्षक प्रकाश मल्लको अध्यक्षतामा प्रहरी सहायक निरीक्षकहरु मनोज कुमार यादव, विगन राय यादव र प्रहरी हवलदार तेजी लाल साह सहित ४ सदस्यीय अर्को अनुसन्धान टोली प्रहरी निरीक्षक दिनेश अमात्यद्वारा गठन गरिएको थियो ।
प्रतिवादीहरु राकेश पाण्डे र शिवशंकर ठाकुर । फाइल फोटो ।
झाको हत्याको घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाउँदै जाँदा तराई जनतान्त्रिक भुमिगत समुहमा रहेको ५÷६ जनाको समुहले लाल किशोर झालाई मार्नुको लागि योजना बनाई निजको बारेमा सम्पुर्ण विवरण बुझि निजको निगरानी गर्दै आई मौका छोपी गोली प्रहार गरी हत्या गर्ने व्यक्तिहरु जनकपुर नगरपालिका वडा नम्बर ७ मा बस्ने बर्ष ३० को विजुली सिंह भन्ने राकेश पाण्डे र जनकपुर ६ बस्ने बर्ष २५ को शिव कुमार ठाकुरलाई पक्राउ गरी आवश्यक कानुन बमोजिम कारवाहीका लागि दाखिला गरेको भन्दै १३ मंसिर २०६७ मा प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा पेश गरिएको थियो ।
१४ मंसिर २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई शारिरीक जाँचका लागि अञ्चल अस्पतालमा उपचार गर्न पठाउँदा दुवै जना मानसिक र शारिरीक रुपले फिट रहेको चिकित्सकको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लद्वारा प्रस्तुत गरिनुका साथै सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पत्रकार सम्मेलन गरी पक्राउ गरेका दुवै जनालाई सार्वजनिक गरिएको थियो ।
झालाई मार्नको लागि योजना बनाई झाको बारेमा सम्पुर्ण विवरण बुझी झाको निगरानी गर्दै आई मौका खोजी ३ वटा मोटरसाइकलमा चढी आएका ५(६ जनाको समुहले झा निरपुगी मोटरसाइकलबाट ओर्ली झालाई गोली प्रहार गरी सख्त घाइते पारी मोटरसाइकलमै चढी फरार भएको प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदनमा उल्लेख छ । अभियुक्तहरुको सुराक पत्ता लगाउँदै जाँदा तिनीहरु मध्येको विजुली सिंह भन्ने राकेश पाण्डे, रौकी भनिने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादव रहेको तथा तिनीहरुलाई घटना लगतै केही दिनमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।
१५ मंसिर २०६७ मा प्रतिवादी शिव कुमार ठाकुर र १६ मंसिर मा प्रतिवादी राकेश पाण्डेसँग जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायाधीवक्ता सत्यनारायण यादव समक्ष अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रकाश मल्लले बयान कागज गराएको थियो ।
१६ मंसिर २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका धनुषा जिल्ला इन्चार्ज सुनिल भन्ने भास्कर मुक्तिलाई पक्राउ गरी कारवाहीका लागि प्रस्तुत गरिनुका साथै जसवाल भन्ने व्यक्ति र वैकुण्ठ दास वैष्णव उक्त घटनामा संलग्न रहेको प्रतिवेदन प्रहरीले पेश गरेको थियो । १७ मंसिर २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक प्रकाश मल्लले जनकपुर वडा नम्बर ८ स्थित रत्नसागर मठको महन्थ अन्दाजी बर्ष ३५÷३६ को बैकुण्ठ दासलाई उक्त मुद्दामा पक्राउ गर्नु पर्ने भएकोले निजको खोज तलास एवम पक्राउ गरी दाखिला गर्न प्रहरी चौकी जनकपुरधामलाई निर्देशन दिइएको थियो ।
२२ मंसिर २०६७ मा विप्लव कुमार झाले लाल किशोर झालाई रत्न सागर मठका महन्थ बैकुण्ठ दासले  मार्न लगाएको हुन सक्ने भन्दै बयान कागज गरेको पाइन्छ । लाल किशोर झाले बैकुण्ठ दासको विरोध गर्दै आएका कारण पक्राउ परेका तिनै जना प्रतिवादीलाई लगाएर बैकुण्ठ दासले झालाई हत्या गराएको हुन सक्छ भन्दै कागज गरेका थिए ।
२३ मंसिर २०६७ मा राकेश पाण्डेले आफुलाई प्रहरीले पक्राउ गरी मानसिक एवम शारिरीक यातना दिई क्रुर व्यवहार एवम कुटपिट  गरी आफ्नो स्वेच्छा विपरित जवरजस्ती कागजहरुमा सहि छाप गराई आंगजिऊमा निल घा चोट परेकोले अदालतको रोहवरमा अस्पताल मार्फत शारिरीक जाँच गराई पाऊँ भन्दै धनुषा जिल्ला अदालतमा निवेदन दर्ता गरेको थियो ।
१ पुष २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई कुनै पनि चोटपटक नदेखिएको अञ्चल अस्पतालको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय धनुषामा प्रस्तुत गरेको थियो । ४ पुष २०६७ मा महोत्तरीको एकडरा वडा नम्बर ४ घर भई हाल जनकपुर ७ मा बस्ने बर्ष ५८ का बलराम मिश्र, जनकपुर ८ मा बस्ने सुर्यकान्त झाको छोरा बर्ष ४७ को मनोज कुमार झा, जनकपुर वडा नम्बर ८ बस्ने बर्ष ५० का विनोदानन्द झा, जनकपुर ७ बस्ने बर्ष ४९ का भोगेन्द्र झा, जनकपुर ७ बस्ने बर्ष ३० का सुदिष्ट कुमार मिश्र लगायतले जिल्ला प्रहरी कार्यालय धनुषामा बयान कागज गरेको पाइन्छ ।
४ पुष २०६७ मा मृतक झाका बुवा पशुपति झाले विजुली सिंह भनिने राकेश पाण्डे, रक्की भन्ने शिव कुमार ठाकुर, रत्नसागर मठका महन्थ बैकुण्ठ दास, भास्कर मुक्ति भन्ने सुनिल यादव र जैसवाल भन्ने व्यक्ति समेत संलग्न भई आफ्नो छोराको हत्या गराएको भन्दै कानुन बमाजिम कारवाही र सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो । ५ पुष २०६७ मा भास्कर मुक्ति भन्ने सुनिल कुमार अधिकारी फेला परेकोमा निजलाई पक्राउ गर्नुका साथै जैसवाल भन्ने मनिष चौधरीको खोजी तलास गरिरहेको तथा फेला परेमा पक्राउ गरी दाखिला गर्ने भन्दै प्रहरी निरीक्षक हरि खतिवडाले जिल्ला प्रहरी धनुषामा प्रतिवेदन पेश गरेको थियो । ७ पुष २०६७ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधीवक्ता मान बहादुर कार्की समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रकाश मल्लले पक्राउ परेका प्रतिवादी सुनिल कुमार अधिकारीसँग बयान कागज गरेको थियो ।
प्रतिवादी राजन मुक्ति । फाइल फोटो ।
पक्राउ गरिएका तिनै जना प्रतिवादीहरु सुनिल कुमार अधिकारी यादव, राकेश कुमार पाण्डे र शिवकुमार ठाकुरको हकमा घटनामा कसुरदार देखिने मनासिव आधार विद्यमान देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरु तिनै जनालाई धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा थुनुवा पुर्जी दिई थुनामा बस्न कारागार कार्यालय महोत्तरी जलेश्वरमा पठाइदिनु भन्ने व्यहोरा समेतको आदेश गरेको छ । अदालतको उक्त आदेशानुसार प्रतिवादी तिनै जना अहिले जलेश्वर कारागारमा थुनामा छन् । प्रहरी समक्ष पक्राउ परेका प्रतिवादीहरुले गरेको बयान कागज र घटनाका साक्षी बनाइएका विपलव कुमार झा समेतले गरेको विवरण कागजका अनुसार जनकपुरको रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले योजना बनाई सुपारी दिएर लाल किशोर झाको कन्टूेक्टमा हत्या गरिएको उल्लेख छ । लाल झाका बुबा पशुपति झाले जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यानमुद्दाको जाहेरी गरेको थियो । उक्त मिसिलमा साक्षीहरुले गरेको कागज अनुसार रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले मठको सम्पति हिनामिना गरी जग्गा वेच विखन गर्दै आएकोमा लाल किशोर झाले विरोध गर्दै गरेकोमा वैकुण्ठ दासले तिनै जना प्रतिवादीहरुलाई रकम दिई गोली प्रहार गरी मार्न अह्राई खटाई गोली प्रहार गरी मार्न लगाएको हो भनी किटानै गरिएको छ ।
११ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बर राज पौडेलको इज्लासमा प्रतिवादी शिव कुमार ठाकुर, १२ पुष २०६७ मा प्रतिवादी राकेश कुमार पाण्डे र सुनिल कुमार अधिकारी यादवले गरेको बयानमा प्रहरीद्वारा लगाइएको आरोप तथा अनुसन्धान बयान कागजबाट इन्कारी गरेको पाइन्छ । यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए ।
 जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।  यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट पक्राउ परेका तिनै जना प्रतिवादीहरु राकेश, शिव कुमार र सुनिल अधिकारीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा जलेश्वर कारागार पठाईदिन आदेश जारी गरिएको थियो । साथै फरार रहेका बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश समेत धनुषा जिल्ला अदालतबाट जारी गरिएको थियो । घटना भएपछि वैकुण्ठ दास फरार भएका थिए । अचम्मको कुरा के हो भने जति बेला बैकुण्ठ फरार भएका थिए त्यतिबेला उनलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको तत्कालिन जिल्ला सुरक्षा समितिले व्यक्तिगत सुरक्षा गार्ड पिएसओ समेत उपलब्ध गराएको थियो । पिएसओ हुँदा हुँदै वैकुण्ठ जनकपुरबाट कसरी फरार भए, हालसम्म अनुत्तरित छ । करिब १० महिनासम्म फरार रहेका वैकुण्ठ दास वैष्णव अचानक धनुषा जिल्ला अदालतमा हाजिर भएपछि धनुषा जिल्ला अदालतका तत्कालिन न्यायाधीश अम्बरराज पौडेलले २२ अषाढ २०६८ मा बैकुण्ठलाई साधारण तारेखमा रिहा गरेका थिए । अदालतमा हाजिर भएका बैकुण्ठसँग गरिएको विभिन्न सवाल जवाफका क्रममा आफुले लाल किशोर झालाई नचिनेको तथा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अभियोग ल्याइएको बयान दिएका थिए । आफु धार्मिक, सामाजिक, मठ मन्दिरको संरक्षण गर्ने काम गरेकाले चरित्र हत्या गरी आफुलाई फसाउनका लागि झुठा मुद्दा लगाइएको तथा लाल किशोर झालाई आफुले नमारेको भन्दै विभिन्न १७ वटा प्रश्नहरुको जवाफ दिने क्रममा गुठी संस्थान रत्नसागर मठको बर्तमान महन्थ आफै रहेको र त्यहाँको जग्गा जमिन मठको नै रहेकाले आफुले ति जग्गा जमिनहरुको संरक्षण सम्बद्र्धन, पुजा पाठ, जप समेत उक्त स्थानमा हुने गरेको बताएका थिए ।  उक्त घटनाको प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका वैकुण्ठ दासलाई अदालतले मुद्दा थुनछेकको क्रममा साधारण तारेखमा रिहा गरेपछि स्थानीय स्तरमा समेत उक्त आदेशको तिब्र आलोचना गरिएको थियो । त्यसपछि १ साउन २०६८ मा जाहेरवाला पशुपति झाले उक्त न्यायाधीशको विरुद्धमा न्याय परिषदमा उजुरी नै गरेका थिए ।
त्यसपछि २९ असोज २०६८ मा बैकुण्ठ दासको हकमा धनुषा जिल्ला अदालतद्वारा गरिएको आदेश बेरितको आदेश रहेको भन्दै उक्त आदेश बद्दर गरी प्रतिवादीलाई थुनामा राखि पुर्पक्ष गरी पाऊ भन्दै जाहेरवाला पशुपति झाले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । ११ साउन २०६८ मा पुनरावेदन अदालतका न्यायाधीशद्वय तेज बहादुर केसी र द्वारिकामान जोशीको संयूक्त इजलासबाट  धनुषा जिल्ला अदालतको आदेशलाइ नै सदर गरिएको आदेश बेरितको रहेको भन्दै नायव महान्यायाधीवक्ता सुर्य प्रसाद कोइरालाले ३ बैशाख २०६९ मा सर्बोच्च अदालतमा पुनरावेदन गरिएको थियो ।
त्यसैगरी १९ पुष २०६९ मा प्रतिवादीहरु शिवकुमार ठाकुर, सुनिल कुमार अधिकारी यादव र राकेश कुमार पाण्डेले धनुषा जिल्ला अदालतबाट भएको थुनछेक आदेश बदर गर्न पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा पुनरावेदन अदालत जनकपुरले पनि ९ अषाढ २०६८ जिल्ला अदालतकै आदेशलाई ठहर गरेको थियो । त्यसैगरी पुनरावेदनको आदेश बदर गराउन प्रतिवादी सुनिल कुमार अधिकारी यादवले सर्बोच्च अदालतमा गरेको पुनराअवलोकनमा पनि सर्बोच्च अदालतले पुनरावेदन अदालत जनकपुरलाई नै सदर गरेको थियो ।
१७ पुष २०६८ मा बयान कागज गरेका बलिराम मिश्रले जिउ धनको शान्ति सुरक्षा प्रदान गरी पाऊ भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता गराएका थिए । लाल किशोर झाको घटनाको सम्बन्धमा प्रहरीलाई गरेको कागजलाई लिएर तिमीले किन कागज गरिस र अदालतमा बक पत्र गरिस भने ठिक हुँदैन भनि विभिन्न अज्ञात व्यक्तिहरुले भारतीय नम्बरबाट फोन गरी धम्की दिईरहेको कुरा जानकी चौकीका सईलाइ अवगत गराउनुका साथै धनुषा जिल्ला अदालतमा २ असोज २०६८ देखि बक पत्र गर्न उपस्थित हुँदा बक पत्र नगर्न राजनीतिक, सामाजिक साथै पारिवारिक दवाव र अज्ञात नम्बरहरुबाट धाक धम्की समेत आउने गरेकोले आफ्नो दायित्व निर्वाह गर्न असमर्थ रहेको भन्दै २० कार्तिक २०६८ मा अदालतमा बलिराम मिश्रले निवेदन दर्ता गराएका थिए । १६ पुष २०६८ मा किचनको ताल्चा तोडी सिलिण्डर लगिएको अवस्थामा सामान्य कुरा मानि चुप लागेको भए पनि १७ पुष २०६८ मा राति घरको पर्खालमा खतरा अल भनि लेखिएको र तत्पश्चात राति ढुङ्गामुढा गर्ने गरेकोमा जानकी चौकीका सई बेचन यादवलाई टेलिफोनबाट प्रत्यक्ष गई सम्पुर्ण कुराको जानकारी समेत गराएको हुनाले आफु र आफ्ना परिवारका सदस्यहरुलाई त्रास दिईरहेको हुनाले शान्ति सुरक्षाका लागि बलिराम मिश्रले जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएको पाइन्छ ।
घटनामा टर्निङ प्वाइन्ट तव आयो, जब घटनाको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सर्बोच्च व्यक्ति अध्यक्ष राजन मुक्ति भनिने रंजित झाले उक्त घटनामा वैकुण्ठ दास नै प्रमुख योजनाकार रहेको प्रहरी समक्ष बयान ग¥यो । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका हुन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् ।
 राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् ।  उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर(७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् ।
 झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हत्याको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।  यद्यपि राजन मुक्तिले धनुषा जिल्ला अदालतको इजलासमा भने इन्कारी बयान गरेका छन् ।


२०७३ जेष्ठ ०९ गते आईतबार