Wednesday, April 13, 2016
सिंघानिया हत्याको प्रमुख योजनाकार निलम्बित सांसद संजय ः धनुषा प्रहरी
अजय अनुरागी
जनकपुरधाम............
संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानिया हत्याको मुख्य योजनाकार कारागारमा थुनामा रहेका निलम्बित सांसद संजय कुमार साह नै रहेको धनुषा प्रहरीले गरेको अनुसन्धानबाट तथ्य खुलेको छ । ५ जनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चौकमा गराइएको बम विस्फोटनका समेत मुख्य योजनाकारको रुपमा मुद्दाको अनुसन्धानको क्रममा धनुषा जिल्ला अदालतको आदेशबाट हाल नख्खु कारागारमा थुनामा रहेका साह फेरी सिंघानिया हत्यामा तानिएका छन् । १७ फागुन २०६६ मा जनकपुरको शिव चौक स्थित अन्दाजी बेलुकी साढे ६ बजे समयमा सिंघानियालाई मोटरसाइकलमा आएका हतियारधारी समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।
हत्याको कारण
२०६५ साल भदौ १४ गते रामानन्द यूवा क्लब जनकपुरका अध्यक्ष जिवनाथ चौधरीको घरमा डकैती भएको अभियोगमा पक्राउ परेका आरोपी भरत झाले पत्रकार सम्मेलनमा तत्कालिन सभाषद संजय साह र तत्कालिन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे डकैतीमा संलग्न रहेको भनि दिइएको बयान रेडियो टुडेले प्रत्यक्ष प्रशारण गर्नुका साथै स्थानीय जनकपुर टुडेमा समेत समाचार प्रकाशित भएको थियो । उक्त घटनामा संजय कुमार साहको नाम पटक पटक आएपछि आफ्नो बदनामी हुने कारणले आफ्नो नाम घटनासँग नजोडिदिन तथा पत्रिकामा नछाप्न प्रकाशक अरुण सिंघानियालाई पटक पटक आग्रह गर्दा पनि समाचार नरोकिएपछि साहका समर्थकहरु सहितको समुहले जनकपुर टुडेको कार्यालयमा गई तोडफोड गर्दै ज्यान मार्ने धम्की समेत दिएपछि सिंघानिया र साह बीच विवाद देखिएको प्रहरीले कारणको रुपमा देखाएको छ ।
अरुण सिंघानियालाई जति सुकै सम्झाउँदा पनि मान्न तयार नभएपछि साहले आफ्नो निकट सहयोगी राम विनोद यादव र चनरदिप यादवलाई आफ्नो घरमा बोलाई अरुण सिंघानियाले पार्टीको नाम खराव गरेको छ, यसलाई मार्नु पर्छ, यसका लागि मानिसहरु खोज १० लाख रुपैयाँ दिन्छु भनेर संजय साहले भनेको प्रहरीले बताएको छ । सिंघानियालाई मार्ने योजनाबारे संजय साहको कदम चौक स्थित उनको नीजि घरको छतमा चनरदिप र रामविनोद यादवसँग तीन पटक सम्म छलफल गरेको चनरदिप यादवले प्रहरी समक्ष बयान गरेको छ । चनरदिपले एकलाल सहनी मार्फत पवन लामा र मनक लामा, विजय भनिने दिपेन्द्र कुशियैत गरी ४ जनालाई सिंघानियाको हत्या गर्नका लागि ५ लाख रुपैयाँमा तय गरेको बताइन्छ । योजना अनुसार सिंघानियालाई हत्या गर्नका लागि होली पर्वका दिन २०६६ साल फागुन १७ गते सुटरहरु जनकपुरमा आईसकेपछि कहाँ बस्ने भनेर चनरदिपले संजय साहलाई फोन गरि सोध्दा रामा होटेलमा बस्ने व्यवस्था मिलाइएको छ, कोठा नम्बर १०३ मा बसाउ भनेर संजयले जवाफ दिएपछि योजना अनुसार जनकपुरको रामा होटेलको रुम नम्बर १०३ मा चनरदिप यादव, एकलाल सहनी, पवन लामा, मनक लामा र दिपेन्द्र कुशियैत गरी ५ जना जम्मा हुन्छन् । त्यहाँ जम्मा भईसकेपछि तत्काल केही रकम चाहियो भनेर माग्दा संजय साह र राम विनोद यादव रामा होटेल अगाडी गएर चनरदिप यादवलाई होटेलको तल बोलाएर खाजा खर्च, होलीका लागि लत्ताकपडा किन्न तथा रंगरोगन किन्नका लागि ३० हजार रुपैयाँ दिनुका साथै राम विनोद यादवले नाइन एमएम पिस्टलको दुईवटा कट्टा र गोली सहितको सानो झोला दिन्छन् ।

![]() |
| चनरदिप यादव र संजय साह बायाँ देखि क्रमशः एउटा कार्यक्रममा एकै साथ । |
उक्त दिन सिंघानिया कहाँ कहाँ के के गरिरहेका छन् भन्ने कुराको चनरदिप, राम विनोद लगायतले निगरानी गर्ने काम गर्दछ । चनरदिप यादव र सुटरहरु समेतलाई भानु चौकमा बोलाई राम विनोद यादवले सिंघानियालाई चिनाई दिने काम गर्दछ । हत्या गर्नु भन्दा अगाडी होटेलको कोठामा नै एकलाल, मनक, पवन, दिपेन्द्र र चनरदिप होली खेली अविर रंग लगाई दिपेन्द्र कुशियैतको बाइकमा चनरदिप यादव बसि गएको र भानु चौकमा पुगेर राम विनोदले सिंघानियालाई चिनाई दिएको चनरदिपले बयान गरेको छन् । घटना गर्ने बेलामा संजय साह कदम चौक स्थित आफ्नै घरमा बसेको तर घटना स्थलमा नगए पनि फोन मार्फत कुराकानी भईरहेको बताएका छन् ।
चनरदिपका अनुसार घटना हुने बेलामा चनरदिप आफै शिव मन्दिरको पछाडी बसेका थिए भने राम विनोद भने शिव चौक भन्दा अलि तल कदम चौक जाने बाटोमा थिए । सुटरहरु शिव चौक स्थित एउटा पान पसल नजिक मोटर साइकलमा आई बसेका हुन्छन् । होली खेलेर सिंघानिया शिव चौकमा आउने वित्तिकै मनक लामाले सिंघानियालाई होली खेलिरहेको अवस्थामा भिडमा छिरी नजिकैबाट गोली प्रहार गरेर हत्या गरेको थियो । चनरदिपकै बयानका अनुसार गोली प्रहार गरि मनक लामा पवन लामाको बाइकमा चढी गंगा सागरको बाटो हुँदै गंगा सागरको छेउमा पुगि गोली प्रहार गरेपछि संजय साहले भनेको योजना बमोजिम कदम चौकमा संजय साहले संचालन गरेको सारस काउन्टरमा पुगि बास बसेको थियो ।
राति सारस काउन्टरमा बास बसिसकेपछि मिथिला मनिचेन्जरमा संजय साहले दिनु भनेको पाँच लाख रुपैयाँ ओम प्रकाश यादव मार्फत लिई राम विनोद यादवले चनरदिप यादवलाई दिएको थियो । त्यसपछि संजय साहले सुटरहरुलाई भगाउनका लागि डिभिजन सडक कार्यालयको सरकारी गाडी बोलाई सोही गाडीमा एकलाल सहनी, पवन लामा, विजय कुशियैत र मनक लामालाई राखि धनुषाधाम स्थित किशान नगरसम्म पुर्याएर छाडेको चनरदिपले बयान दिएका छन् । घटनाको केही दिन वितिसकेपछि मनक लामाले हत्याको पैसाका सन्दर्भमा किचकिच गरेपछि चनरदिपले राम विनोदको सहयोग लिई म्यान पावर कम्पनी मार्फत वैदेशिक रोजगारीका लागि मलेशिया पठाई दिएको चनरदिपले बताएका छन् ।

घटना भएको लगत्तै करिब १०÷१५ मिनेट पछि सशस्त्र भुमिगत समुह संचालन गरेर भारतको विहारमा लुकिछिपी बसिरहेका तराई जनतान्त्रिक पार्टी मधेसका अध्यक्ष अर्जुन सिंह भनिने मुकेश चौधरीलाई राम विनोद यादवले टेलिफोन गरी आफुहरुले सिंघानियाको हत्या गराएको र त्यसको जिम्मेवारी लिन भनेका थिए । मुकेश चौधरीले पनि प्रहरीलाई दिएको बयान कागज अनुसार सुरुमा राम विनोदले फोन गरेर घटनाको जिम्मा लिन भनेको र सोही फोनमा संजय साहले पनि घटनाको जिम्मा मिडियामा लिन भनेपछि आफुले उक्त घटनाको जिम्मेवारी लिएको मुकेश चौधरीले बताएका छन् । मुकेश चौधरीले गरेको बयान अनुसार उक्त घटनाको जिम्मेवारी लिनका लागि जनकपुरका पत्रकार अजय अनुरागीलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएको र पत्रकार वृज कुमार यादव र रामानन्द यूवा क्लबका अध्यक्ष जिवनाथ चौधरीलाई समेत ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
मुकेश चौधरीका अनुसार घटना भएर आफुले जिम्मा लिईसकेको एक घण्टा पछि संजय साहले आफुलाई फोन गरी जिम्मेवारी फिर्ता लिन दवाव दिए पनि आफुले जिम्मेवारी फिर्ता नलिएको बताएका छन् । प्रहरीका अनुसार घटना डाईभर्ट गराउन मुकेश चौधरी मार्फत जिम्मा लगाउन लगाए पनि पछि मुकेश सँगको सम्बन्धका आधारमा आफु फस्ने वा तिनीहरुको बीचमा पछि सम्बन्ध विग्रदा मुकेश चौधरीले संजयको नाउँ पछि खुलासा समेत गर्न सक्ने संजयलाई अनुभुति भएको हुन सक्ने र त्यसैले जिम्मेवारी फिर्ता लिन संजयले मुकेशलाई दवाव दिएको हुन सक्ने बताएका छन् ।
१० लाखको सुपारी
सिंघानियालाई हत्या गर्नका लागि संजय साहसँग १० लाख रुपैयाँमा डिल भएको चनरदिपले प्रहरीलाई बयानमा बताएका छन् । जसमध्ये ३० हजार रुपैयाँ सुरुमा हत्या भएको दिन हत्या हुनु भन्दा अगाडी पेश्की लिई रामा होटेलमा सुटरहरुलाई दिएको थियो । त्यसपछि ५ लाख रुपैयाँ घटना भएको भोली पल्ट ओम प्रकाश हुँदै राम विनोदले चनरदिपलाई दिएको थियो । र, चनरदिपको भाई रविन यादवको मोटर साइकल दुर्घटना हुँदा करिब साढे २ देखि ३ लाख रुपैयाँ सम्म उपचारमा खर्च भएको रकम मिनहा गराएको र ३ लाख रुपैयाँ चनरदिपले आयोजना गरेको फुटबल प्रतियोगितामा नै मिनहा भएको भनेर संजयले भनेपनि त्यो रकम खेलकुदको लागि खर्च गरिएको हो आफुले पाउनै पर्छ भनेर चनरदिपले संजय सँग माग गर्दै गरेको र अर्को तर्फ संजयले नदिएको चनरदिपले बताएका छन् ।

प्रमाण मेटाउन षड्यन्त्र
सिंघानियाको हत्या भईसकेकै दिन देखि प्रमाणहरु नष्ट गर्नका लागि संजय साहले विभिन्न हतकण्डाहरु अपनाउँदै आएको धनुषा प्रहरीले बताएको छ । धनुषा प्रहरीलाई चनरदिपले दिएको बयान अनुसार घटनामा प्रयोग गरिएका हतियारहरु घटना भईसकेपछि कदम चौक स्थित मनि चेन्जरको काउन्टरमा बास बस्न गईरहेको बेलामा गोली पड्किएको आवाज निस्किएपछि चनरदिप डराएका थिए । डराएपछि चनरदिपले संजयलाई फोन गर्दै हतियार के गर्ने भनेपछि संजय साहले ती हतियारहरु गंगा सागरको पोखरीमा फाल्न आदेश दिएको थियो । सोही आदेशानुसार चनरदिपले ती हतियारहरु गंगासागर पोखरीमा फाल्न लगाएको प्रहरीलाई बयान दिएका छन् । हुन त प्रहरीले गंगा सागरबाट ती हतियार खोज्न कोशिश गरेपनि फेला परेन ।
त्यसैगरी हत्यामा प्रयोग गरिएका मोटरसाइकल जलाउनका लागि समेत संजय साहले रेल्बे प्रहरी चौकीका सई बाबुराम झालाई बलात्कारको मुद्दामा फसाउन ठुलो षड्यन्त्र रच्न र त्यो षड्यन्त्र अनुसार सफल पनि भएको चनरदिपले बयान दिएका छन् । सिंघानिया हत्याको घटना भएको २० दिन पछि सिंघानिया घटनाको अनुसन्धानको लागि तत्कालिन प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको नेतृत्वको अनुसन्धान टोलीले चैत्र ७ गतेमा प्रतिवेदन सार्वजनिक गर्ने बताईरहेको कारण पनि घटनालाई डाईभर्ट गराई अनुसन्धान प्रतिवेदन अल्झाउन र तत्कालिन सुरक्षा प्रमुखहरुलाई सरुवा गराउन संजय साहले रचेको षड्यन्त्र अनुसार ती घटनाहरु योजनाबद्ध ढंगले गराइएको चनरदिपले प्रहरीलाई बयान दिएका छन् । उक्त आन्दोलनकै मौका छोपी सिंघानिया हत्यामा प्रयोग गरिएको एउटा मोटरसाइकल जलाउन उनीहरु सफल भएको चनरदिपले बताएका छन् । र, घटनामा प्रयोग गरिएको अर्को मोटरसाइकल नम्बर प्लेट नखुलेको तथा कवाडको अवस्थामा रहेको मोटरसाइकल कदम चौक स्थित एक ग्यारेजमा मर्मत सम्हारका लागि राम विनोद यादवले दिएको अवस्थामा धनुषा प्रहरीले बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । २०७१ सालको बैशाख महिना तिर प्रहरीले उक्त मोटरसाइकल बरामद गर्दा ग्यारेज मालिकले उक्त मोटरसाइकल राम विनोद यादवले दिएको बताएका थिए ।

| जनकपुरको बार एशोसिएशनको सभाकक्षमा २० माघ २०६९ मा बायाँबाट क्रमशः एक कार्यक्रममा राम विनोद यादव र संजय साह । |
संजय साहको इन्कारी बयान
चनरदिप यादव पक्राउ परेपछि मुकेश चौधरी, एकलाल सहनी, ओम प्रकाश यादव र रामकरण यादवलाई विभिन्न कारागारबाट झिकाई धनुषा प्रहरीले गरेको अनुसन्धान र बयानका आधारमा संजय साह नै सिंघानिया हत्याको मुख्य योजनाकारको रुपमा देखिएपछि काठमाण्डौ नख्खु कारागारबाट झिकाई धनुषा प्रहरीले साह सँग बयान लिएको छ । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्की समक्ष संजय साहले नीजि कानुन व्यवसायीको रोहवरमा गरेको बयान कागजमा इन्कारी बयान गरेका छन् । आफैले बयान कागज लेखेको साहले अर्का अभियूक्तहरु चनरदिप यादव, राम विनोद यादव, मुकेश चौधरी लगायतलाई नचिनेको बयान दिएका छन् । घटना भएका बेला आफु जनकपुरमा नभई काठमाण्डौमा रहेको र घटना भएको भोली पल्ट प्लेनबाट जनकपुर आएको तथा सिंघानियाको श्रद्धाञ्जली सभामा सहभागी भई हत्यारालाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने समेत भाषण गरेको साहले बयान कागजमा लेखेका छन् ।
हिरासतमा संजय साहको अनसन
प्रहरी हिरासतमा अहिले झिकाईका संजय साहले न्यायिक छानविन हुनुपर्ने, मिडियाको सामुनेमा पोलिग्राफ टेस्ट गरिनुपर्ने तथा आफु निर्दोष रहेको भन्दै साहले खाना त्यागेर अनसनमा बसेको साहकी पत्नी रंगिला देवी साहले द एक्सक्लुसिभलाई बताएका छन् । उक्त कुरालाई धनुषाका एक जना प्रहरी अधिकृतले समेत पुष्टि गर्दै साहले थुनामा खाना नखाईराखेको तथा पानी भने पिई रहेको बताएका छन् । उक्त संजय साहका श्रीमतिले पत्रकार सम्मेलन मार्फत पनि घटनाको सत्य तथ्य पत्ता लगाउन तथा पोलिग्राफ जाँच गराउन माग गरेपछि धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालयबाट प्राविधिक टोली झिकाई जिल्ला प्रहरी कार्यालय धनुषामै पोलिग्राफ जाँच गरेको छ । पोलिग्राफ टेस्टमा विशेषज्ञ सहितको टोलीले घटनाको अध्ययन गरी आफ्नो हिसावले प्रश्नहरु तयार गरेका हुन्छन् जसको सिधा जवाफ दिनुपर्ने हुन्छ तर संजय साहले पोलिग्राफ टेस्टमा सोधिएका हरेक सवालहरुमा आफुले उक्त सवालको जवाफ बयान कागजमा लेखिदिएको भनेर मात्र जवाफ दिएको प्रहरी स्रोतले बताए । संजय साहले जति सुकै इन्कारी गरेर अभियूक्तहरुलाई चिन्न अस्विकार गरेपनि प्रहरीले ती अभियूक्तहरुसँगको सम्बन्ध र चिनजानबारे आवश्यक प्रमाणहरु संकलन गरिसकेको प्रहरी अधिकृतको दावी छ ।
बचाउमा सदभावना पार्टी

पत्रकार सम्मेलनमा संजय साहका पारिवारिक सदस्यहरु । उनीहरुले संजय साह निर्दोष रहेको भन्दै न्यायिक छानविनको माग गरेका छन् । |
संजय साह सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष भई सदभावना पार्टीकै तर्फबाट दोस्रो संविधान सभामा निर्वाचित भएका व्यक्ति हुन । त्यसैले सदभावना पार्टी धनुषाले स्थानीय गोपाल धर्मशालाबाट जुलुस तथा ¥याली निकाली नगर परिक्रमा गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईलाई घटनाको न्यायिक छानविन गर्न माग गरेको छ । जनकपुर बम काण्ड देखि लिएर सिंघानियाको हत्या सम्म कुनै पनि घटनामा साहको संलग्नता नरहेको तथा राजनीतिक, सामाजिक तथा पारिवारिक चरित्र हत्या गर्ने उद्देश्यले षड्यन्त्र तहत साह माथि षड्यन्त्र गरी झुठा मुद्दामा फसाईएको सदभावना धनुषा अध्यक्ष संजय कुमार सिंहद्वारा हस्ताक्षर गरिएको ज्ञापनमा उल्लेख छ ।
खुल्न नसकेको पाटोहरु
धनुषा प्रहरीले गरेको अनुसन्धानबाट अहिले सिंघानियाको हत्या समाचार सम्प्रेशन भएर आफु बदनाम हुने र आफ्नो राजनीतिक प्रतिष्ठा समेतमा आँच आउने मात्र नभई राजनीतिक करियर नै समाप्त हुने हुनाले समाचारलाई प्रकाशन नगर्न सिंघानियालाई दवाव दिँदा पनि नमानेपछि सिंघानियालाई ठिक पार्नु पर्छ भन्दै संजय साहले ईगोमा आएर हत्या गराएको भनेर धनुषा प्रहरीले दावी गरेको छ । तर, बास्तवमा उनको हत्या समाचार लेखेकै कारण मात्र भएको हो भन्ने सवालमा धनुषाका प्रहरी उपरीक्षक राम दत्त जोशी भन्छन्,“ पक्राउ परेका अभियूक्तहरुसँग लिइएको बयानका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानबाट त्यही कुरा खुलेको भएपनि फरार रहेका अर्का अभियूक्त राम विनोद यादव पक्राउ परेपछि अन्य रहस्यहरु पनि पर्दाफास हुने छन् ।” उक्त घटनामा राम विनोदसँगै सुटरहरु मनक लामा, पवन लामा लगायतका व्यक्तिहरु फरार छन् ।
यसरी जोडियो चनरदिपको कडि
धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान गरेपछि सञ्चार उद्यमी अरुण सिँघानियाको हत्यामा चनरदिप यादवकोे नाउँ खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान भईसकेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा नै कार्यरत रहेको बताइन्छ । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चनरदिप यादव रहेको भनि पहिचान गरेको हो । त्यसैगरी प्रहरीले भरतपुर(१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका पवन लामा र उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ । पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् ।
घटना सम्बन्धि खुलेका तथ्यहरु
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गरायो । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईएन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँगै पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने भनि मनकलाई सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई रामविनोदले तिनवटा मोटरसाईकलको व्यवस्था गरे । होलीका दिन घटना स्थलमा एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल संजय साहले नेतृत्व गरेको पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ । अर्थात ऊ पेशेवर सुटर हो । एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । एकातर्फ एकलाल जनतान्त्रिकमा थिए भने अर्को तर्फ उनी प्रहरीको लागि सुराकीको काम समेत गरि दोहोरो भुमिका निर्वाह गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।
सिंघानियाको हत्या पश्चात तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले जिम्मेवारी लिएका थिए । ति दुवै जना अहिले पक्राउ परी विभिन्न कारागारमा छन् । प्रहरीका अनुसार ती दुवै जनाले हत्या गरेको थिएन तर पैसाका लागि हत्याको जिम्मेवारी लिएका थिए ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो ।
२०७२ चैत्र २८ गते आईतबार

सिंघानिया हत्या प्रकरणमा जिवनाथ चौधरीसँग पनि प्रहरीद्वारा अनुसन्धान
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानियाको हत्या भएको घटनामा रामानन्द यूवा क्लवका पुर्व अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक एवम जिल्ला विकास समिति धनुषाका निलम्बित कर्मचारी जिवनाथ चौधरीसँग पनि धनुषा प्रहरीले अनुसन्धान गर्दै बयान कागज गरेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार संजय साहसँग कसरी चिनजान भयो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी जवाफ दिएका छन् । २०५५ सालमा म जिविस धनुषामा सह लेखापालको रुपमा कार्यरत थिएँ । त्यतिबेला रामचरित्र साह जिविसको सभापति थिए । एक दिन सभापति साहले संजय साहलाई म निर ल्याएर चिनजान गराउँदै संजय मेरो आफ्न्त रहेको र ठेक्का पट्टा हुँदा नियमानुसार ठेक्का दिलाई सहयोग गरिदिनु भनेर मलाई भन्यो । त्यसपछि प्रत्येक बर्ष जिविसबाट निस्किने ठेक्कामा नियमानुसार संजय साहलाई ठेक्का दिलाई सहयोग गथर््यौं । २०६२÷०६३ सालमा १० लाख रुपैयाँमा लिनु पर्ने ठेक्का प्रतिस्पर्धाका कारण एक करोड बारह लाख रुपैयाँमा संजयले लिनु पर्यो । त्यसका लागि उनले २५ प्रतिशत रकम नगद किस्ता बुझायो भने बाँकी रहेको ७५ प्रतिशतको रकम बैंक ग्यारेन्टी मार्फत धरौटी राख्यो । पछि उनलाई ठेक्कामा घाटा भयो ।उनले ठेक्का सम्झौता रकममा मिनहा गराई दिन भनी जिविसमा निवेदन समेत दियो । तर, जिविस धनुषाको बोर्डले बाँकी रहेको रकम बैंक ग्यारेन्टी मार्फत जफ्त गरी असुल गर्ने निर्णय गर्यो । त्यस पश्चात जिविसले बैंकमा पत्र लेखेर बैंक सँग बाँकी रहेको ७५ प्रतिशत रकम जम्मा गरायो । उक्त घटना पश्चात संजयलाई के लाग्यो भने मैले नै उसको रकम मिनहा गराउन दिईन र मैले नै बैंकबाट उसको रकम जफ्त गर्न लगाएँ । अनि त्यस पछि उसले म सँग दुश्मनी गर्यो ।
दुश्मनी साध्नका लागि तपाई माथि उनले के के आक्रमणहरु गराएका छन् भन्ने प्रहरीले गरेको सवालमा जिवनाथ चौधरीले दिएको बयान यस्तो छ । सबै भन्दा पहिले २०६५ साल भदौ १३ गते उसले मेरो घरमा डाका हाल्न लगायो । प्रहरीले भरत झा नामको डाकालाई समात्दा पत्रकारहरुको अगाडीमा उसले संजय साह र ओम यादवले मलाई पैसा दिएर डाका गर्न लगाएको भनेर दिएको बयान रेडियो टुडे एफएमले प्रत्यक्ष प्रशारण गर्यो । र, बाँकी मिडियाहरुले पनि उक्त बयान प्रकाशन गरेको थियो । टुडेमा गएर संजयका समुहहरुले तोडफोड गरेको र ज्यान मार्ने धम्की समेत दिएको भन्ने समाचार मार्फत मैले बुझें । त्यसैगरी २०६६ बैशाखमा मलाई गोली प्रहार गरियो । त्यसको जाहेरी त मैले दिएको छैन तर उक्त घटना पनि संजय साहले नै गराएको हो भन्ने मलाई विश्वास हुनुको मुख्य कारण के हो भने उक्त घटनाको जिम्मेवारी पनि अर्जुन सिंह भनिने मुकेश चौधरीले लिएको थियो । त्यसपछि जनकपुर बम घटनामा पनि मुकेश चौधरीले पैसा लिएर जिम्मेवारी लिएको थियो । त्यो बम घटना पनि मलाई नै ज्यान मार्ने उद्देश्यले संजय साहले गराएको थियो ।
अर्जुन सिंह भनिने मुकेश चौधरी र संजय साह बीचको सम्बन्ध कस्तो थियो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी बयान दिएका छन् । प्रथम संविधान सभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट उनी सांसद पदमा निर्वाचित हुँदा उनी पार्टीको जिल्ला अध्यक्ष समेत थिए । उक्त पार्टीको भातृसंगठन नेपाल मधेस विद्यार्थी फ्रन्टका धनुषा जिल्ला अध्यक्षको रुपमा मुकेश चौधरी थिए । र पछि गएर संजयले नै मुकेश चौधरीलाई भुमिगत समुहमा जानका लागि उक्साएका थिए ।
जनकपुर टुडे एफएममा तपाईको पनि लगानी छ भन्ने सवालमा जिवनाथ चौधरीले २० प्रतिशत लगानी रहेको बयान दिएका छन् । तपाई र अरुण सिंघानिया बीच कस्तो सम्बन्ध थियो भन्ने सवालमा जिवनाथ चौधरीले यसरी बयान दिएका छन् । अरुण सिंघानिया र मेरो बीच सम्बन्ध रामै्र थियो । सिंघानियाले श्याम संकिर्तन मण्डल भनेर भजन कार्यक्रम गर्ने एउटा संस्था खोल्नु भएको थियो । म त्यतिबेला रामानन्द यूवा क्लबको अध्यक्ष थिएँ । र, प्रत्येक बर्ष दुर्गा पुजाको अवसरमा उहाँको संस्थाका कलाकारहरु र उहाँ समेत आएर भजन गर्नु हुन्थ्यो । सोही दौरान उनीसँग राम्रो चिनजान भएपछि सिंघानियाले नै भनेर मैले पनि रेडियोमा साझेदारी गरेको थिएँ ।

बाइबि निर्माण सेवाको गोरख धन्दाको खुलासा सम्बन्धित निकायको मौनताले रहस्य जन्माउँदै
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
धनुषा जिल्लामा नदीको गिट्टी बालुवाको कर असुलीमा वाईबी निर्माण सेवाले अझै गैरकानुनी धन्दा जारी राखेका छन् । जिल्ला भरीको खोला तथा नदीबाट गिट्टी बालुवा निकासीमा तोकिएको भन्दा दोब्बरभन्दा बढी कर ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले महिनौदेखि अशुली जारी राखे सम्बन्धीत निकाय मुकदर्शक बनेका छन् । खुलेआम ढुवानी गर्ने ट्याक्टरबालासंग अवैध तरिकाले कर असुल्ने गरेको गुनासो गर्दा र सो समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएपनि वाईबी निर्माण सेवाले आफ्नो गोरख धन्दा जारी नै राखेका छन् भने प्रहरी प्रशासन कमिसनमा मस्त छन् ।
नदीनालाबाट गिट्टी,बालुवा एवं ढुंगा निकासीमा २ रुपिया प्रति क्यु फिटको हिँसाबले एक ट्याक्टरको १ सय ६० देखि १ सय ८० रुपैयासम्प पर्छ । तर वाईबी निर्माण सेवाले प्रत्येक ढुवानी गर्ने ट्याक्टरबालासंग ३ सय ५० देखि ४ सय ५० रुपैयासम्म मनोमानी गैरकानुनी तवरले कर असुल्दै आएका छन् ।
जिल्ला विकास समिति धनुषाले जिल्ला भित्रका खोला तथा नदीहरुको ढुंगा ,बालुवा ,गिट्टी निकासीको लागि वाईबी निर्माण सेवालाई ठेक्का दिएको हो । ट्याक्टरमा ओभरलोड नहुँदा पनि जिल्ला भरि कर अशुल्ने ढाठ राखेको ठाउँहरुमा ठेकेदारका बाउण्सरहरुले ओभरलोड नहुँदा पनि धाकधम्की देखाउँदै प्रत्येक ट्याक्टरबलासंग जवरजस्ती १ सय ५० रुपैँयाँको बिल काट्ने गरेको ढुवानीकर्ताहरुको दुखेसो छ । बिहीबार ट्याक्टरमा वालुवा ल्याउँदै गरेका जनकपुर मुजेलियाका एक ढुवानीकर्ता सीता ठाकुरले किन नियम विपरीत बढी कर लिनु हुन्छ भनेर प्रश्न गर्दा ढाटमा बसेका एक युवकले ‘जहाँ जानु छ जा तर साढे तीन सय रुपैया तिर्नै पर्छ ’ भन्दै धम्काउँदै जवरजस्ती विल काटेको गुनासो गर्नु भयो ।

| बाईबि निर्माण सेवाले अनधिकृत रुपमा कर बढी असुल गरेको एक उदाहरण । |
दिनहँु धनुषा जिल्ला भित्रका खोला तथा नदीबाट निकासी हुने स्थानहरुमा वाईबी निर्माण सेवाले कर असुल्न आफ्ना ढाठ राखेका छन् । जिल्ला भरिमा दैनिक करि १५ सयदेखि २ हजार ट्याक्टरसम्म गिट्टीबालुवा निकासी हुने गरेको छ । जसमा दैनिक वाईबी निर्माण सेवाले तीनलाख भन्दा बढी अवैद्य कर अशुल्ने गरेका छन् । ठेकेदारले दैनिक तीन लाखभन्दा बढी ढुवानी कर्ताबाट अशुली गरेको अवैध कर महिनामा एक करोडभन्दा बढी हुन्छ । जसको प्रत्यक्षमार जनतामाथि पर्ने गरेको छ । ढुवानीकर्ता ट्याक्टरबालाहरुमाथि थपेको दुई सयभन्दा बढी कर उनीहरुले उपभोक्ता अर्थात जनताबाट लिने गर्छन् । ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले गैर कानुनी रुपमा ढुवानीकर्ताबाट खुलेआमा दोब्बर भन्द बढी कर असुल्ने गरेको कुरा सञ्चार माध्यमा पटक पटक सार्वजनिक भएपनि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कुमार चापागाई र स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेती भने मौन छन् । प्रमुख जिल्ला अधिकारी चापागाईलाई यस विषयमा राम्ररी थाहा भएपनि आफुलाई यस विषयमा त्यति जानकारी नरहेको र भोली पर्सी यस सन्दर्भमा बुझ्ने भनेर पन्छिदै वाईबी निर्माण सेवालाई गैरकानुनी कार्यको लागि प्रोत्साहन दिँदै आउनु भएको छ । यस्तै स्थानीय विकास अधिकारी उप्रेतीले जवसम्म आफुकहाँ ढुवानी कर्ताहरुले गुनासो एवं उजुरी गर्दैन तवसम्म सञ्चार माध्यममै आएको समाचारको भरमा ठेकेदारमाथि कारबाही गर्न नसकिने भन्दै प्रोत्साहन गरि राख्नु भएको छ । नत त्यस कार्यप्रति खाँसै चाँसोसमेत लिनुभएको छ । उहाँलेसमेत ठेकेदारले अनाधिकृत कर नलिएको दावी गर्नु हुन्छ । जवकी ढुवानीकर्ताहरुले वाईबी निर्माण सेवाले बढी कर अशुल्ने गरेको गुनासो गरेपछि फागुन ११ गते जिल्ला विकास समितिले नै आफ्नै लेटरप्याडमा नियमविपरीत बढी कर लिएको भन्दै वाईबी निर्माण सेवाका ठेकेदार महेश्वरसाहलाई आवश्यक कारबाही गर्न ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषालाई पत्र पठाएको थियो । सो पत्र सं.२०७२ ÷०७३ र चलानी नं. ६३८ रहेको छ । तर यता सो पत्र ईलाकामा नआएको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीको भनाई छ । ठकुरीले जिविसबाट पत्र आएको छैन बताउँदै यदि जिविसबाट पत्र आए पनि आफुले कुनै पहलकदमी नलिने प्रतिक्रिया दिनुभयो । आफ्नो मातहतका कार्यालयबाट कुनै निर्देशन आए मात्र त्यसप्रति चाँसो लिने ठकुरीको भनाई छ । श्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ठेकेदार कम्पनी वाईबी निर्माण सेवाले आफ्नो गैर कानुनी धन्दा जारी राख्न मोटो रकम कमिसन दिने गरेका छन् । त्यसै कारण वाईबी निर्माण सेवाको गलत कार्यप्रति खासै चाँसो लिएका छैनन् र बचाउ गरि रहेका छन् । यता वाईबी निर्माण सेवाका ठेक्केदार महेश्वर साह र सोहि कार्यमा सहयोगि बनेका रामकेवल साहसंग यस विषमा कुरा गर्न खोज्दा पत्रकारहरुलाई प्रलोभन दिने गरेका छन् । यस संवाददाताले तपाईहरुले किन नियमविपरीत बढी कर असुल्नु हुन्छ भनेर प्रश्न गर्दा आउनुस् बसेर कुरा गरौं , पत्रकारको दुःख हामीलाई थाहा छ , हामीबाट के सहयोग चाहिन्छ भन्दै प्रालोभन दिएका छन् । यस कार्यको जहाँबाट विरोध हुन्छ ठेकेदारहरु त्यहाँ प्रलोभन दिएर मिलेमतो गर्दै आफ्नो गलत धन्दालाई हालसम्म पनि बरकरार राखेका छन् । उनीहरुले अहिले बढी कर असुलीमा नियन्त्रण गरेको दावी गरेपनि गोरख धन्दा अझै जारी रहेको छ ।
२०७२ चैत्र २८ गते आईतबार
एमाले नेता योगनारायण यादव हत्या मुद्दामा सिरहा जेल चलान
| दुर्गा प्रसाद साह र योगनारायण यादव अदालतको आदेशले सिरहा कारागार थुनामा चलान हुँदा । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादवलाई जेल चलान गरिएको छ । सबैलाका राम सेवक राउतको हत्या र राम सागर साह सहित अन्य व्यक्तिहरुलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ परेका सबैला १ बस्ने योगनारायण यादव र धनुषाको झटियाही ४ बस्ने दुर्गा प्रसाद साहलाई मुद्दाको पुर्पक्ष गर्नको लागि सिरहा कारागारमा थुनामा पठाई अनुसन्धान गर्नु भनि आदेश गरिएको छ । न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलाशबाट गरिएको आदेशानुसार अन्य बाँकी फरार प्रतिवादीको हकमा समेत तुरुन्तै वारेन्ट सहितको म्याद पुर्जी जारी गरी प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन समेत आदेश गरिएको छ । मृतक राम सेवक राउतकी श्रीमति सिकिल देवी गडेरी र सोही गाउँका श्याम किशोर साह समेतको जाहेरीले नेपाल सरकारवादी रहेको उक्त मुद्दामा योगनारायण जेल चलान भएका हुन ।
चैत्र ८ गते मोर्चा पक्षका मानिसहरु भेला भई छलफल गरिरहेको बेलामा योगनारायण यादव आफैले बचन दिई आफु समेत सरिक भई विभिन्न व्यक्तिहरु किटान गरिएकाहरुले लाठी, चिरपट, रड, ढुङ्गा समेत लिई अन्धाधुन्ध प्रहार गर्न लाग्दा म लगायत छलफलमा बसेका जाहेरी प्रमाण खण्डका साक्षीहरु मृतक राम सेवक राउत तथा राम सागर साह समेत घाइते भएकोमा राम सेवक राउत र राम सेवक राउतको अवस्था गम्भीर रहेकोले प्रहरी समेतको सहयोगमा उपचारको लागि जनकपुर लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौ लाने क्रममा राम सेवक राउतको मृत्यु भएको तथा राम सेवक राउतको आइसियूमा काठमाण्डौमा उपचार भएको थियो भने अन्य घाइतेहरु उपचार पछि घर फर्किएका थिए भन्ने व्यहोरा जाहेरीमा उल्लेख छ ।

घटनाका कारक तत्वहरु
उक्त घटना हुनु पछाडीको कारक तत्वहरु मध्ये मुख्यतः दुईवटा कारक तत्व रहेको अदालतले ठहर गरेको देखिन्छ । पहिलो कारक तत्वमा धनुषाको सबैला ९ तथा हाल सबैला ३ मा रहेको रुद्रेश्वरानन्द प्रधानाङ्गको करिब २ विघा १० कठ्ठा जग्गा रहेको देखिन्छ । २०४६ साल तिर प्रधानाङ गाउँ छाडी काठमाण्डौ गई त्यही बस्न लागेकोमा प्रतिवादी योगनारायण यादवले सो जग्गा लिएको भन्ने देखाइएको छ । भने अर्को तर्फ सो जग्गा सार्वजनिक हो भन्ने स्थानीयहरुको भनाई रहेको देखिन्छ । यसै बीच २०७० साल चैत्र महिनामा सो जग्गा प्लटिङ गरि एक सय जति पिलर जाडिएपछि गाउँका मानिसहरुले प्रतिकारको लागि स्थानीय मानिसहरुले मोर्चा बनाएको भने देखिन्छ । योगनारायण यादव लगायतका मानिसहरुले अर्को गुट बनाई बसेको देखिन्छ । मोर्चामा बसेको व्यक्तिहरुले प्लटिङ गरिरहेको स्थानमा गई पिलरहरु उखेरी फालिदिएको कारण योगनारायण यादवको पक्ष एक तर्फ र स्थानीय नागरिकहरुको मोर्चा अर्को पक्षमा रही दुई धारबाट प्रतिस्पर्धा रहेको भन्ने देखिन्छ । यसै क्रममा मिति २०७१ साल कार्तिक महिनामा सो जग्गाको अधिकृत वारेसनामा बनाई विक्री गर्न खोज्दा स्थानीय मानिसहरुले थाहा पाई मोर्चाको तर्फबाट राम बली साह, तेजनारायण यादव, कारी राम यादव, प्रदिप यादव, हरिनारायण यादव, राम सेवक गडेरी समेतले अदालतमा मुद्दा गरेको देखिन्छ । त्यसैगरी अर्को दोस्रो कारक तत्वमा सबैला नगरपालिका वडा नम्बर १ स्थितमा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालय सबैलामा पुर्व विद्यालय व्यवस्थापन समितिको चुनाव गर्ने भन्ने विषयमा हुन गएको मतभेद रहेको भन्ने निष्कर्ष अदालतको हो ।
त्यसैगरी मौकामा पक्राउ परेका प्रतिवादीहरु महेन्द्र यादव, महेश यादव, राम विहारी यादव भन्ने लाल विहारी यादवले अनुसन्धानको क्रममा गरेको बयान हेर्दा २०७१ साल चैत्र ८ गतेको दिन विद्यालयको प्रअ राम पुकार गामीले अभिभावक भेलाको आयोजना गरेको थियो । सो भेलामा पक्ष विपक्षबाट अर्थात योगनारायणको पक्षबाट फिरण साह, ज्ञानी साह समेतका ६÷७ जना र मोर्चा पक्षका राम सागर साह, उमेश साह, शैलेन्द्र साह, रामदेव ठाकुर समेतका ५÷६ जना गरी १२÷१३ जना उम्मेदवार भएकाले बढी उम्मेदवार भएका कारण कुरा नमिलेकोले अध्यक्ष पदको उम्मेदवारले रु. २५ हजार र सदस्य पक्षको उम्मेदवारले रु.१५ हजार विद्यालय खातामा जम्मा गरेको भौचर समेत चैत्र ९ गते पेश गरेकोमा मात्र उम्मेदवारी दर्ता हुने र चैत्र २५ गते चुनाव हुने निर्णय भएर छलफल समाप्त भयो । त्यस पश्चात आफ्नो तर्फबाट १÷१ उम्मेदवार राख्नको लागि योगनारायणको तर्फबाट निजकै घरमा र मोर्चाको तर्फबाट रामदेव ठाकुरको घरमा बैठक बस्ने कुरा भएकोमा योगनारायण यादव, महेन्द्र यादव, महेश यादव, राम विहारी यादव, जगदीश यादव, बुद्धेश्वर यादव, रामबाबु यादव, लक्ष्मण यादव, राजदेव यादव, प्रदिप यादव, सिताशरण यादव, लक्ष्मीनारायण यादव, लालविहारी यादव, झोपे यादव, राम विलाश यादव, जगदीश राउत,महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, देवशरण यादव, अक्षयलाल महत्तो, पुष्प नारायण यादव र देवन यादव समेतका व्यक्तिहरुलाई योगनारायणले बोलाई छलफल राख्दा मोर्चा पक्षका मानिसले हाम्रो विभिन्न कामहरुमा बाधा अवरोध गरेका हुँदा ठिक गर्नु पर्छ भन्ने कुरा हुँदा सबै जना योगनारायणको नेतृत्वमा गरी वारदात घटाएको भन्ने देखिनुका साथै सह प्रतिवादी महेन्द्र यादव र योगनारायण यादव दाजु भाई समेत रहेको अदालतले पाएको छ ।
यसका साथै अनुसन्धानको क्रममा संकलन गरिएका कागजातहरु प्रमाण लाग्ने भनि अदालतले प्रमाणको रुपमा ती कागजातहरुलाई लिएको देखिन्छ । यसका साथै तथ्यगत जानकारीका लागि अदालतले विभिन्न समाचार पत्रहरुलाई समेत अवलोकन गरेको पाइन्छ ।
घटना वारदात भएको दिन योगनारायण यादव घटना स्थलमा नरहि २०७१ साल चैत्र ८ गतेका दिन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ५ अन्तरगत बसविट्टी भन्ने गाउँको टेङगार टोलमा कार्यकर्ता भेलाको कार्यक्रममा जनकपुर अञ्चल इन्चार्जका साथ साथै महोत्तरी जिल्लाको पनि इन्चार्ज रहेका कारण उक्त भेला सम्बोधन गर्नका लागि विहानै जनकपुरको घरबाट त्यस तर्फ लागि करिब विहान ८ बजेको समयमा त्यहाँ पुगेकोमा आफु पहिले देखि नै ब्लड पे्रसर तथा सुगरको प्यासेन्ट भएको र एक बर्ष पहिले किड्नीको पनि अप्रेशन भएकाले विमारीले च्यापी अन्दाजी साढे ८ बजे तिर त्यही फेन्ट भएका कारण त्यहाँ भेला भएका साथीहरुले आफुलाई महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा भर्ना गराएको र उक्त दिन र रात अस्पतालमा बसी भोली पल्ट विहान ९ बजे करिब ११÷१२ बजे तिर डिस्चार्ज भई जनकपुर आएको तर्क राख्दै आफु घटना भएको दिन हुँदै नभएको बेलामा आफुलाई लगाइएको मुद्दा झुठा हो भन्दै उनले प्रस्तुत गरेको इमरजेन्सी काउन्टरको बिल समेत अदालतले अवलोकन गरेको देखिन्छ ।
तर, त्यसैगरी जाहेरवाला तर्फका कानुन व्यवसायीहरुले प्रतिवादी योगनारायण यादवले पेश गरेको जस्तो अस्पतालको कागजात जहाँ पनि जुन सुकै समयमा पनि बनाउन सकिन्छ भनि परिक्षणको रुपमा भन्दै हिरासतको अवधिमा रहेका प्रतिवादी योगनारायण यादवको नाउँको मिति २०७२ चैत्र २३ गतेको सि.नं.१५५३९ जनकपुर अञ्चल अस्पताल जनकपुरको इमरजेन्सी टिकट बहसको क्रममा अन्यथा नहुने गरी भन्दै प्रस्तुत भएको थियो । यसरी दुवै कागजातलाई इजलासले प्रमाणको रुपमा भन्दा पनि नेपालको न्याय प्रणालीको रुपमा देखिएको एक प्रक्रियाको रुपमा असंगत तथ्यको मात्र अवलोकन गरेको आदेश छ । त्यसैगरी चैत्र ८ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारीको विषयमा मोर्चा पक्षको वैठक रामदेव ठाकुरको घरमा भईरहेको अवस्थामा योगनारायण यादवको पक्षबाट हमला हुँदा गम्भीर घाइते भएका मोर्चा पक्षका राम सागर साह र राम सेवक राउत गडेरीको अवस्था चिन्ताजनक छ निज घाइतेहरुको मृत्यु हुने सम्भावना प्रवल छ भन्ने सूचना पाई सोही घटनाको काउन्टर व्यालेन्सका लागि योगनारायण यादव पक्षका मानिसहरुले सोही राति योगनारायण यादवको घरमा निजसमेत बसी योजना बनाई राम प्रगास यादवकै मन मिल्ने भगवान बाबु साह कल्वार र जगदीश यादवले नै छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि राम प्रगास यादवलाई बोलाएर ल्याई चारनाथ खोलाको डिलमा पुर्व योजना बमोजिम सबै जना प्रतिवादीहरु उपस्थित रहि खुनिया भन्ने खुलेका खुनिया भन्ने राम बाबु यादव माथि सजायको माग दावी र राम प्रगास यादवको हत्या गर्न योजना बनाई मृतक लाई प्रतिवादी योगनारायण यादवको बारीसम्म ल्याई लगाउन लगाई बारदात स्थल चारनाथ खोलामा डिलमा पुर्याइ वारदात स्थलमा आफुहरु पनि उपस्थित भई प्रतिवादी खुनिया भन्ने रामबाबु यादवलाई मृतक राम प्रगास यादवलाई मार्न लगाउने चुरीबाला भन्ने रामबाबु कलवार योगनारायण यादव लगायतका व्यक्तिहरु माथि ज्यान सम्बन्धि महलको विभिन्न धाराहरु बमोजिम अभियोग माग दावी लिएको पाइएको छ ।
त्यसैगरी उक्त मुद्दाको अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा विशेष अनुसन्धान बोर्ड गठन भएको देखिन्छ । उक्त बोर्डले अनुसन्धान ग री आफ्नो राय प्रतिवेदन समेत प्रस्तुत गरेको पाइन्छ । उक्त प्रतिवेदन हेर्दा काउन्टर व्यालेन्सका लागि योगनारायण यादव लगायतले आफ्नै घरमा बसी योजना बनाई छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि बोलाएर भनि आफ्नै पक्षको प्यारालाइसिसको विरामी राम प्रगास यादवको करिब १ बजे विहानको समयमा गोली हानी हत्या गरी दोस्रो घटना समेत घटाएको तथ्य स्पष्ट हुन आएको भनि उल्लेख गरिएको छ । यसरी विभिन्न कानुन व्यवसायीहरुद्वारा विश्लेषण गरिएका आधार कारण तथा तत्काल प्राप्त प्रमाणको आधारमा प्रतिवादी योगनारायणको नेतृत्वमा निज समेत सरिक भई बचन दिई सह प्रतिवादी दुर्गा प्रसाद साह समेतको उपस्थितमा विभिन्न निर्वाह गरी प्रस्तुत वारदात गरेको गराएको भनि मान्नु पर्ने अवस्था देखिन आयो । यस अवसथामा प्रतिवादी योगनारायण यादव र दुर्गा प्रसाद साहलाई अदालति बन्दोवस्तको ११८ को देहाय २ बमोजिम प्रस्तुत मुद्दाको पुर्पक्षको लागि थुनामा राख्नुपर्ने अवस्था देखिँदा पछि ठहरे बमोजिम हुने गरी हाल मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु भनि अदालतले आदेश गरेको छ ।

बाल विवाह विरुद्ध रिन्कु ठाकुरको साहाशिक विद्रोह
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
वीरगन्ज छपकैया १ का नागेन्द्र ठाकुरले छोरी रिंकुलाई भारत घोडासनका एक युवकसँग विवाह गरिदिन खोजे । त्यसका लागि मिति पनि तय भयो( बैशाख १३ गतेको लागि । तर, विवाहमा छोरीको स्वीकृति थिएन । आफ्नो सहमति बिनै परिवारले विवाहको मिति तय गरेपछि रिंकु प्रहरीको शरणमै पुगिन् । जबरजस्ती परिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी प्रहरीसम्म पुगेपछि बुधबार रिंकुको उद्दार भएको छ ।
१८ वर्षीय रिंकु ठाकुरले आफ्नो सहमतिबिनै घरपरिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी दिएपछि उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रिंकुले प्रहरीमा उजुरी दिएपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरिक्षक राजुवाबु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीको सहितको टोली उनको घरमा पुगेको थियो ।
वीरगन्जस्थित रेडियो तराईमा समाचार वाचिका रहेकी रिंकुले घरपरिवारले जरबजस्ती विवाह गरिदिन खोजेकाले आफू प्रहरीसम्म पुगेको बताइन् । वीरगन्जमा परिवारले तय गरेको विवाहलाई सन्तानले यसरी अस्वीकारै गरि प्रहरी सम्म पुगेको पहिलो घटना भएको बताइन्छ । कक्षा १२ मा अध्ययनरत रिंकुका अनुसार केटाले मात्र ७ कक्षा पढेका छन् । आफू कलिलो उमेरमै विहे गर्ने पक्षमा नरहेको र बिहे गरिदिन लागिएको केटा समेत योग्य नभएको भन्दै उनले आफू तराई मधेसमा हुने यस्ता जबरजस्ती विवाह र बाल विवाहको विरुद्धमा रहेको बताइन् । ‘मेरो उमेर पनि भएको छैन , म अझै पढ्न चाहन्छु , अहिले म विहे गर्दिन भनेर धेरै रोइ कराइ गरे’ रिंकुले भनिन्, ‘ तर, मलाइ घरमै बन्धक पनि बनाएर राखियो , शारिरिक र मानसिक यातना पनि दिइयो ।’
यसरी जबरजस्ती विहे गराइदिने निश्चित भएपछि विद्रोह नै गरेर आफूले घर छाडेको भन्दै उनले भनिन् ,‘ मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा विहे गर्ने विकृति धेरै छन् , अब पनि कति सहने भनेर नै मैले आज यो कदम उठाएकी हुँ ।’ उद्दार गरिएकी रिंकुलाई माईती नेपाल वीरगन्जको जिम्मा लगाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनल रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिको रुपमा रहेको बाल विवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता खाले विकृति न्यूनिकरण गर्न सकिने बताए ।
माईती नेपालको संरक्षणमा राखिएकी रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै गर्ने माईत नेपालकी संयोजक संगीता पुरीले बताइन् । मधेस तराईका धेरै किशोरीहरुको अभिभावकको दबावका कारण विवाह हुने गरेको अवस्थामा यस्ता घट्ना बाहिर आएपछि समाजमा विस्तारै सचेतना फैलिने संयोजक पुरीले बताइन् । मधेसमा उमेर नपुग्दै विवाह गरेपछि केटीले भोग्नुपर्ने जटिलता उनले नजिकबाट नियालेकी थिइन् । बेमेल विवाहले समाजमा देखिएका विकृतिबारे बेखबर थिइनन् । वीरगन्ज २ छपकैयाकी १९ वर्षीय रिन्कु ठाकुरका साथीहरू परिवारको करकापमा कलिलैमा वैवाहिक बन्धनमा बाँधिएका थिए र पछुतो व्यक्त गर्थे । उनले आफूले यस्तो नियति भोग्नुपर्ला भनेर कल्पनासमेत गरेकी थिइनन् । अध्ययन सकेर आत्मनिर्भर बनेपछि मात्र विवाह गर्ने उनको चाहनाविपरीत परिवारले विवाह तय गरे । इच्छाविपरीतको निर्णयमा विद्रोह गर्दै ठाकुरले बुधबार बिहान घरै छाड्ने कठोर निर्णय लिएकी छन् । परिवार र छिमेकीले उनलाई रोक्न अनेक प्रयास गरे । तर, उनले आफ्नो भविष्य र समाजमा फैलिएको विकृतिविरुद्ध लड्न बाहिरिने निर्णय लिएको प्रतिक्रिया दिइन् । ‘बुबा नागेन्द्रले विवाह गर्नैपर्ने नत्र घर छाड्नुपर्ने धम्की दिनुभयो,’ उनले कान्तिपुरसित भनिन, ‘मसँग अर्को विकल्प थिएन ।’
१२ कक्षा उत्तीर्ण उनको बिहे अगामी वैशाख १३ मा भारतको सीमावर्ती घोडासहनका सात कक्षा मात्र अध्ययन गरेका युवकसँग तय भएको थियो । दाइजोका लागि तय भएको एक लाख ८० हजारमध्ये उनका बाबुले एक लाख ३० हजार रुपैयाँ केटा पक्षलाई बुझाइसकेका छन् । उनले घर छाड्दा आफनाबारे अनेक नकारात्मक कुरा बाहिर आउन सक्ने बताइन् । ‘कोहीसँग प्रेममा परेर घर छाडेको होइन,’ उनले भनिन, ‘महिलामाथि हुने सामाजिक विकृतिविरुद्ध आवाज उठाउनलाई हो ।’ तराईका समाजमा अझै जबरजस्ती विवाह, दाइजो, लेनदेन र विरोध गर्दा यातना सहनुपर्ने समस्या रहेको उनले बताइन् । ‘घर परिवारको इज्जत जाने डरले समाजमा बोल्न सकेका छैनन,’ उनले भनिन, ‘अरू केटीले रुनु नपरोस् भनेर मैले संघर्ष थालेकी हुँ ।’
उनको बुझाइमा मान्छेले यसलाई अहिले नकारात्मक लिएका छन् । ‘तर, मैले घर छाडेको हुँ, समाज होइन,’ उनले दृढता व्यक्त गरिन, ‘महिला सशक्तीकरणमा सबैको सहयोग आवश्यक छ ।’ अध्ययन र कामलाई जारी राख्ने उनले बताइन् । विवाह रोक्न उनले पटकपटक परिवारमा आवाज नउठाएकी होइनन् तर त्यो सफल भएन । उनी स्थानीय एफएमकी सामाचारवाचिका हुन् । आफ्ना अभिभावकलाई सम्झाइदिन भन्दै माइती नेपालमा निवेदन पनि दिएकी थिइन् । त्यहाँबाट पनि सम्भव नभएपछि उनी वडा प्रहरी बिर्ता हुँदै जिल्ला प्रहरीसम्म पुगिन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले रिन्कुका बुबा र आफन्तलाई गत शुक्रबार कार्यकक्षमा बोलाएर खुला छलफलसमेत गराएका थिए ।
‘छोरीले पढ्न चाहेकी छे, पढ्न दिनुस, अहिले विवाह गर्ने उमेर पनि भएको छैन, छोरीले अहिले विवाह गर्न मानेकी छैनन्’ भनेर सम्झाएको एसपी श्रेष्ठले बताए । तर, ठाकुर मानेनन् । प्रहरी कार्यालयबाट फर्किएका उनले छोरीलाई चार दिनसम्म घरमा थुनेर राखे । एसपी श्रेष्ठका अनुसार अवस्था बुझ्न मंगलबार साँझ घरमा प्रहरी पठाउँदा रिन्कुले ‘मलाई यहाँबाट लिएर जानुस्, म यो घरमा बस्दिनँ’ भनिन् । ‘सञ्चारकर्मी, माइती नेपाल र प्रहरी मिलेर राति नौ बजेसम्म परिवारलाई सम्झाउन खोज्यौं तर सफल भएनौं,’ एसपी श्रेष्ठले भने । रिन्कुको चाहनाबमोजिम बुधबार बिहान घरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको श्रेष्ठले बताए । तराईमा सानैमा छोरीको बिहे गरिदिए धेरै लगानी गर्नु नपर्ने र दाइजो कम दिए पुग्ने भएकाले कम उमेरमा बिहे प्रचलन व्याप्त छ । महिला तथा बालबालिका कार्यालयले अघिल्लो वर्ष गरेको जिल्लाका महिलाको लैंगिक हिंसासम्बन्धी अध्ययनले ७५ प्रतिशत हिंसा बालविवाह, बेमेल विवाह र त्यसको असरका कारण भएको देखाएको छ । चिकित्सकका अनुसार सानै उमेरको विवाहले शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पर्छ । छिट्टै सन्तान जन्माउँदा रोगी तथा शारीरिक र मानसिक रूपमा कमजोर हुने गरेका छन् । पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग र फिस्टुलाको समस्या देखिने गरेको छ ।
२०७२ चैत्र २८ गते आईतबार
जनकपुरधाम............
वीरगन्ज छपकैया १ का नागेन्द्र ठाकुरले छोरी रिंकुलाई भारत घोडासनका एक युवकसँग विवाह गरिदिन खोजे । त्यसका लागि मिति पनि तय भयो( बैशाख १३ गतेको लागि । तर, विवाहमा छोरीको स्वीकृति थिएन । आफ्नो सहमति बिनै परिवारले विवाहको मिति तय गरेपछि रिंकु प्रहरीको शरणमै पुगिन् । जबरजस्ती परिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी प्रहरीसम्म पुगेपछि बुधबार रिंकुको उद्दार भएको छ ।
१८ वर्षीय रिंकु ठाकुरले आफ्नो सहमतिबिनै घरपरिवारले विवाह गरिदिन खोजेको भन्दै उजुरी दिएपछि उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रिंकुले प्रहरीमा उजुरी दिएपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरिक्षक राजुवाबु श्रेष्ठ , प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटी , माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीको सहितको टोली उनको घरमा पुगेको थियो ।
वीरगन्जस्थित रेडियो तराईमा समाचार वाचिका रहेकी रिंकुले घरपरिवारले जरबजस्ती विवाह गरिदिन खोजेकाले आफू प्रहरीसम्म पुगेको बताइन् । वीरगन्जमा परिवारले तय गरेको विवाहलाई सन्तानले यसरी अस्वीकारै गरि प्रहरी सम्म पुगेको पहिलो घटना भएको बताइन्छ । कक्षा १२ मा अध्ययनरत रिंकुका अनुसार केटाले मात्र ७ कक्षा पढेका छन् । आफू कलिलो उमेरमै विहे गर्ने पक्षमा नरहेको र बिहे गरिदिन लागिएको केटा समेत योग्य नभएको भन्दै उनले आफू तराई मधेसमा हुने यस्ता जबरजस्ती विवाह र बाल विवाहको विरुद्धमा रहेको बताइन् । ‘मेरो उमेर पनि भएको छैन , म अझै पढ्न चाहन्छु , अहिले म विहे गर्दिन भनेर धेरै रोइ कराइ गरे’ रिंकुले भनिन्, ‘ तर, मलाइ घरमै बन्धक पनि बनाएर राखियो , शारिरिक र मानसिक यातना पनि दिइयो ।’
यसरी जबरजस्ती विहे गराइदिने निश्चित भएपछि विद्रोह नै गरेर आफूले घर छाडेको भन्दै उनले भनिन् ,‘ मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा विहे गर्ने विकृति धेरै छन् , अब पनि कति सहने भनेर नै मैले आज यो कदम उठाएकी हुँ ।’ उद्दार गरिएकी रिंकुलाई माईती नेपाल वीरगन्जको जिम्मा लगाईएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उनल रिंकु जस्तै अन्य युवतीहरुले पनि समाजमा विकृतिको रुपमा रहेको बाल विवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ता खाले विकृति न्यूनिकरण गर्न सकिने बताए । माईती नेपालको संरक्षणमा राखिएकी रिंकुको हेरचाह र सम्पूर्ण खर्च माईती नेपालले नै गर्ने माईत नेपालकी संयोजक संगीता पुरीले बताइन् । मधेस तराईका धेरै किशोरीहरुको अभिभावकको दबावका कारण विवाह हुने गरेको अवस्थामा यस्ता घट्ना बाहिर आएपछि समाजमा विस्तारै सचेतना फैलिने संयोजक पुरीले बताइन् । मधेसमा उमेर नपुग्दै विवाह गरेपछि केटीले भोग्नुपर्ने जटिलता उनले नजिकबाट नियालेकी थिइन् । बेमेल विवाहले समाजमा देखिएका विकृतिबारे बेखबर थिइनन् । वीरगन्ज २ छपकैयाकी १९ वर्षीय रिन्कु ठाकुरका साथीहरू परिवारको करकापमा कलिलैमा वैवाहिक बन्धनमा बाँधिएका थिए र पछुतो व्यक्त गर्थे । उनले आफूले यस्तो नियति भोग्नुपर्ला भनेर कल्पनासमेत गरेकी थिइनन् । अध्ययन सकेर आत्मनिर्भर बनेपछि मात्र विवाह गर्ने उनको चाहनाविपरीत परिवारले विवाह तय गरे । इच्छाविपरीतको निर्णयमा विद्रोह गर्दै ठाकुरले बुधबार बिहान घरै छाड्ने कठोर निर्णय लिएकी छन् । परिवार र छिमेकीले उनलाई रोक्न अनेक प्रयास गरे । तर, उनले आफ्नो भविष्य र समाजमा फैलिएको विकृतिविरुद्ध लड्न बाहिरिने निर्णय लिएको प्रतिक्रिया दिइन् । ‘बुबा नागेन्द्रले विवाह गर्नैपर्ने नत्र घर छाड्नुपर्ने धम्की दिनुभयो,’ उनले कान्तिपुरसित भनिन, ‘मसँग अर्को विकल्प थिएन ।’
१२ कक्षा उत्तीर्ण उनको बिहे अगामी वैशाख १३ मा भारतको सीमावर्ती घोडासहनका सात कक्षा मात्र अध्ययन गरेका युवकसँग तय भएको थियो । दाइजोका लागि तय भएको एक लाख ८० हजारमध्ये उनका बाबुले एक लाख ३० हजार रुपैयाँ केटा पक्षलाई बुझाइसकेका छन् । उनले घर छाड्दा आफनाबारे अनेक नकारात्मक कुरा बाहिर आउन सक्ने बताइन् । ‘कोहीसँग प्रेममा परेर घर छाडेको होइन,’ उनले भनिन, ‘महिलामाथि हुने सामाजिक विकृतिविरुद्ध आवाज उठाउनलाई हो ।’ तराईका समाजमा अझै जबरजस्ती विवाह, दाइजो, लेनदेन र विरोध गर्दा यातना सहनुपर्ने समस्या रहेको उनले बताइन् । ‘घर परिवारको इज्जत जाने डरले समाजमा बोल्न सकेका छैनन,’ उनले भनिन, ‘अरू केटीले रुनु नपरोस् भनेर मैले संघर्ष थालेकी हुँ ।’
उनको बुझाइमा मान्छेले यसलाई अहिले नकारात्मक लिएका छन् । ‘तर, मैले घर छाडेको हुँ, समाज होइन,’ उनले दृढता व्यक्त गरिन, ‘महिला सशक्तीकरणमा सबैको सहयोग आवश्यक छ ।’ अध्ययन र कामलाई जारी राख्ने उनले बताइन् । विवाह रोक्न उनले पटकपटक परिवारमा आवाज नउठाएकी होइनन् तर त्यो सफल भएन । उनी स्थानीय एफएमकी सामाचारवाचिका हुन् । आफ्ना अभिभावकलाई सम्झाइदिन भन्दै माइती नेपालमा निवेदन पनि दिएकी थिइन् । त्यहाँबाट पनि सम्भव नभएपछि उनी वडा प्रहरी बिर्ता हुँदै जिल्ला प्रहरीसम्म पुगिन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले रिन्कुका बुबा र आफन्तलाई गत शुक्रबार कार्यकक्षमा बोलाएर खुला छलफलसमेत गराएका थिए ।
‘छोरीले पढ्न चाहेकी छे, पढ्न दिनुस, अहिले विवाह गर्ने उमेर पनि भएको छैन, छोरीले अहिले विवाह गर्न मानेकी छैनन्’ भनेर सम्झाएको एसपी श्रेष्ठले बताए । तर, ठाकुर मानेनन् । प्रहरी कार्यालयबाट फर्किएका उनले छोरीलाई चार दिनसम्म घरमा थुनेर राखे । एसपी श्रेष्ठका अनुसार अवस्था बुझ्न मंगलबार साँझ घरमा प्रहरी पठाउँदा रिन्कुले ‘मलाई यहाँबाट लिएर जानुस्, म यो घरमा बस्दिनँ’ भनिन् । ‘सञ्चारकर्मी, माइती नेपाल र प्रहरी मिलेर राति नौ बजेसम्म परिवारलाई सम्झाउन खोज्यौं तर सफल भएनौं,’ एसपी श्रेष्ठले भने । रिन्कुको चाहनाबमोजिम बुधबार बिहान घरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको श्रेष्ठले बताए । तराईमा सानैमा छोरीको बिहे गरिदिए धेरै लगानी गर्नु नपर्ने र दाइजो कम दिए पुग्ने भएकाले कम उमेरमा बिहे प्रचलन व्याप्त छ । महिला तथा बालबालिका कार्यालयले अघिल्लो वर्ष गरेको जिल्लाका महिलाको लैंगिक हिंसासम्बन्धी अध्ययनले ७५ प्रतिशत हिंसा बालविवाह, बेमेल विवाह र त्यसको असरका कारण भएको देखाएको छ । चिकित्सकका अनुसार सानै उमेरको विवाहले शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पर्छ । छिट्टै सन्तान जन्माउँदा रोगी तथा शारीरिक र मानसिक रूपमा कमजोर हुने गरेका छन् । पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग र फिस्टुलाको समस्या देखिने गरेको छ ।
२०७२ चैत्र २८ गते आईतबार
अजब–गजब छ बा ! सुदर्शन सिंह
राजनीतिक दलसँगै मिलेर हामीले पनि आफ्नो हक अधिकारको लागि सँगसँगै लड्नुपर्छ । आफ्नो माग समयमै सुनिश्चित गर्नुपर्छ, साथीहरु हो !
२०७२ चैत्र २१ गते आईतबार
Subscribe to:
Posts (Atom)