Thursday, August 6, 2015

मधेसीलाई ‘अनागरिक’ बनाउने षड्यन्त्र : दिपेन्द्र झा

दिपेन्द्र झा

त्यो मुद्दा तत्कालीन प्रधान न्यायाधीश दामोदर शर्मा र माननीय न्यायाधीश गिरीशचन्द्र लालको बेञ्चमा परेको थियो पेसीमा ।
त्यसमा अधिवक्ता बालकृष्ण नेउपानेले तराईका धेरै मानिसहरू पारिबाट आएको भन्दै बहस शुरु गर्नुभयो । यसमा न्यायाधीश लालले भन्नु भयो– तपाईंंहरूले खोई त कालापानी बचाउन सक्नु भएको ? तर तराईका सम्पूर्ण मधेशीहरूले सीमा सुरक्षा गरेका छन्् । अब तपाईंं राष्टूवादी कि मधेशीहरू राष्टिूवादी ? सबै मधेशीहरू पारिबाट आएका छन्् भने तपाईंंको बाजे बराजु कहाँबाट आएका थिए ? त्यो दिनको बहसमा न्यायाधीश लालले प्रतिवाद गरेका थिए । अन्ततः बिनानागरिकता अरु कुनै प्रमाण भए पनि मतदाता नामावलीमा नाम लेखाउन पाउने सर्वोच्चबाट अन्तरिम आदेश खारेज भयो । तर, यो फैसला व्यवहारमा लागु भएन । 

नेपालमा तीन किसिमको नागरिकताको प्रावधान छ । एउटा वंशज, अर्को अङ्गीकृत र तेस्रो जन्मसिद्ध । रगत तथा वंशको आधारमा वंशज नागरिकता दिइन्छ । जोसँग वंशजको नागरिकता छ उसको सन्तानले वंशजको नागरिकता पाउँछ । केही दशकअघिसम्म तराई÷मधेशको जङ्गल वरिपरि औलोको प्रकोप थियो । जसको कारण त्यहाँ कोही पनि बस्न चाहँदैनथे । जङ्गल फडानी गर्न सीमापारि भारतबाट धेरै मानिसहरूलाई आकर्षणका विभिन्न उपायहरू अपनाई नेपालमा ल्याइयो । उनीहरू धेरै वर्षसम्म नेपालमा बसिसकेपछि उनीहरूलाई नागरिकता दिन अङ्गीकृत नागरिकताको प्रावधान ल्याइयो । अङ्गीकृत नागरिकता लिनको लागि नेपाली भाषा बोल्न र लेख्न जान्नुपर्ने व्यवस्था गरिएको थियो । तर व्यवहारमा नेपाली भाषा लेख्न होइन कि बोल्न जान्नेलाई नागरिकता वितरण गरियो । 

नगरिकता वितरण गर्दा मधेशी मूलका मानिसहरूलाई धेरै प्रश्न सोधेर नेपाली भएको यकिन भएमात्र नागरिकता दिइयो र पहाडीको सन्दर्भमा त्यस्तो जाँच गर्ने कुनै आवश्यकता ठानिएन जसको कारण दार्जिलिङ्ग र सिक्किमका धेरै भारतीय नागरिकहरूले सजिलै नेपाली नागरिकता लिन सफल भए । यसरी मधेशीहरूलाई छालाको रङ्गको आधारमा शङ्का गरी विभिन्न किसिमको प्रश्न गरी नेपाली भएको यकिन भए मात्र नागरिकता दिने अङ्गीकृत नागरिकताको हकमा मात्रै होइन बरु वंशजको आधारमा दिइने नागरिकताको लागि पनि लागु ग¥यो । नेपालमा राजतन्त्रपछि लोकतन्त्र र गणतन्त्र आएपनि नागरिकताको सवालमा अहिलेसम्म कुनै लोकतन्त्र आएको छैन । किनभने मधेशी मूलका मानिस जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन जाँदा विभिन्न प्रश्नहरूको सामना गर्नुको साथै प्रमाणहरू जुटाउनुपर्ने बाध्यता व्यवहारमा अझै पनि विद्यमान छ ।

अङ्गीकृत नागरिकता पाएका मानिसहरू नेपालमै बस्ने भएपछि उनीहरूको छोराछोरीहरू पनि नेपालमै जन्मिनु हुर्किनु स्वभाविक हो । नेपालमा जन्मेका मानिसलाई अङ्गीकृत नागरिकता दिन मिल्ने कुरा होइन । त्यसकारण पछि जन्मसिद्ध नागरिकताको प्रावधान ल्याइयो । अङ्गीकृत नागरिकता पाएका व्यक्तिहरूका छोराछोरी १८÷२० वर्ष पुगिसके पनि नागरिकताविहीन थिए र नागरिकताविहीनताको समस्या खासगरी मधेशमा अझै व्याप्त छ । नेपालको अन्तरिम संविधान, २०६३ बनिरहँदा नागरिकताको विषयमा निकै चर्चा चल्यो । २०४६ साल चैत मसान्तसम्म नेपालको सरहदभित्र जन्मेका व्यक्तिहरू (जसमा अङ्गीकृत नागरिकता भएका मानिसका सन्तानहरू समेत पर्दथे) लाई एकपटकको लागि जन्मको आधारमा नागरिकता दिने नेपालको अन्तरिम संविधान, २०६३ मा व्यवस्था गरियो ।

यसअनुसार नागरिकता टोलीमाफर्त १ लाख ७० हजार ४२ जनालाई जन्मसिद्ध नागरिकता वितरण गरियो । कतिलाई जानकारी नै भएन भने कतिजना मानिस भारतका विभिन्न शहरमा रोजगारका लागि गएको हुनाले उनीहरू नागरिकता लिनबाट बञ्चित रहे । तराईका मध्य भागमा धेरै जनाले नागरिकता पाएपनि पश्चिमी भागका धेरै मानिसहरूले नागरिकता लिन पाएनन् । बाँके जिल्ला प्रशासन कार्यालयमा दशौँ हजार निवेदनका फाइलहरू अझै पनि त्यतिकै फालिएका छन््् । उनीहरूलाई निवेदन दिन लगा

यसरी लिन सक्नेले नागरिकता लिए बाँकीले लिन पाएनन् । एक पटकको लागि मात्र नागरिकता वितरण गर्ने कुरा औचित्यमा आधारित छैन । जन्मसिद्धको प्रक्रिया पुरा गर्नेले नागरिकता पाउनुपर्ने प्रावधान सधैको लागि हुनुपर्ने हो । आप्mनै देशको नागरिकलाई संवैधानिक रूपमा अनागरिक बनाउनु भनेको राज्यले नागरिकसँग अन्याय गर्नु हो । जानकारीको अभाव, प्रशासनिक कठिनाइ र रोजगारीको लागि भारत जानु जस्ता कारणले धेरै मानिसहरू नागरिकता लिनबाट बञ्चित भए । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानहरूले कुन नागरिकता र कसरी पाउने कुरा कतै केही उल्लेख नहुँदा झण्डै पाँच(छ वर्षसम्म अन्यौल कायम रह्यो । खिलराज रेग्मीको अध्यक्षतामा निर्वाचन सरकारको गठन भएपछि भएको संविधान संशोधनमा जन्मसिद्ध नागरिकका सन्तानहरूलाई वंशजको नाताले नागरिकता दिने प्रावधान कायम गरियो । 

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार गृहमन्त्री भएको बेलामा जन्मसिद्ध नागरिकता पाएका मानिसका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन नेपालको सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरियो । तर नेपालको हकमा पहिलोपल्ट गृहमन्त्रीको परिपत्रलाई प्रमुख जिल्ला अधिकारीहरूले अटेर गरे । अझै झापाका तत्कालीन सीडीओ गेहनाथ भण्डारीले यसलाई मान्दिन बरु राजिनामा नै दिन्छु भन्दै जहाज चढी काठमाडौँ फर्केका थिए ।
नेपाली सञ्चार माध्यमहरू पनि यो मानसिकताबाट टाढा छैनन् र सीडीओलाई सच्चा राष्टूवादी भन्दै हिरो बनाएर ठूल्ठूला समाचार पस्के । कान्तिपुरमा छापिएकै आधारमा आपूmलाई राष्टूवादी ठान्ने मधेश विरोधी वकिलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । उनीहरूको तर्कमा सहमत हुँदै सर्वोच्च अदालतले पनि अन्तरिम आदेश ग¥यो । मधेशमा बसोबास गर्ने नेपाली जनताले नागरिकता पाउनको लागि गृहमन्त्रालयले गरेको परिपत्रलाई नमान्ने कर्मचारीतन्त्रलाई नेपाली सञ्चार माध्यमहरूले पनि नागरिकताको संवेदनशीलतालाई बुभ्mने प्रयास नगरी मधेशीले नागरिकता पाउनु हुँदैन जस्तो विचार राखी समाचार पस्कने काम गरेको देखिन्छ भने सर्वोच्च अदालतले झन त्यसैको आधारमा अन्तरिम आदेश दिएको जस्तो पनि देखिन्छ । यसरी लामो भूमरीमा नागरिकताको विषय पिल्सिएको छ । यो एउटा केश स्टडी मात्र हो । यसले नेपालको स्थायी राज्य सत्ताको चरित्रलाई देखाउँछ । 

नागरिकताविहीन नेपाली जनताको बारेमा लेख्ने र बोल्ने कोही पनि भएन । यसलाई सम्बोधन गर्न ११ बुँदे सम्झौता हुँदा जन्मसिद्धको आधारमा नागरिकता पाएका मानिसको छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने अध्यादेश राष्टूपतिबाट आयो । परिणामस्वरूप तिनका छोराछोरीमध्ये ६० देखि ७० प्रतिशतले वंशजको आधारमा नागरिकता पाए । राजा महेन्द्रको पालादेखि र पहिलाको जंगबहादुर शाहको पालादेखि नेपालमा रहेको नागरिकताको समस्याले केही हदसम्मको समाधान मधेश आन्दोलनपछि पाएको छ । तर अहिले फेरि पनि उनीहरूले नागरिकता पाइरहेका छैनन् । सम्झौता भएपनि कार्यान्वयन नहुने भएको हुनाले समस्या आएको हो ।

संविधान र कानुनभन्दा फरक कुरा नागरिकता वितरण निर्देशिका, २०७१ सालमा ल्याइयो । नागरिकता वितरणको सन्दर्भमा स्थायी राज्य सत्ताले जहिले पनि प्रशासनिक बाधा अड्चन खडा गर्न चाहन्छ । गृहमन्त्रीको आदेशमा मन्त्रालयले परिपत्र गरेपनि त्यहाँका सचिव, सहसचिवले कुनै पनि हालतमा नागरिकता दिनु हुँदैन भन्दै सीडीओलाई फोन गर्छन् । त्यस्तै नागरिकता वितरणको लागि टोली खटाउनुपर्ने तर समयमा त्यस्तो नगरिदिने प्रवृति पनि रहेको देखिन्छ । जहाँ जानुपर्ने हुन्छ, त्यहाँ नजाने प्रवृति छ । राज्य सत्ताले नचाहेसम्म जति सुकै कुरा संविधानमा उल्लेख भएपनि, जस्तोसुकै कानुन र ऐन बनाए पनि नेपालमा मधेशी जनताले राजनीतिक उपलब्धि प्राप्त गर्न सक्दैन भन्ने कुरा नागरिकताको यो बहसले प्रष्ट पारेको छ । 

सैद्धान्तिक रूपमा बुबा वा आमामध्ये कोही एकजना वंशज नागरिक छ भने उसको छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने विश्वको एक सय पच्चीस(छब्बीस देशको कानुनमा छ । यो कुरा नेपालको अन्तरिम संविधानमा पनि छ । तर व्यवहारमा त्यस्तो छैन, खासगरी मधेशमा सीडीओहरूले आमा र बुबा दुवैजना वंशजको नाताले नागरिक भए मात्र उनीहरूको छोराछोरीलाई वंशजको नाताले नागरिकता दिँदा रहेछन्् । आमा र बाबुको नागरिकतामा पनि बाबुको नागरिकतालाई अनिवार्य नै गरेको छ । 

हाम्रो वर्तमान कानुनले अर्को एउटा परिस्थितिको या त परिकल्पना गरेको छैन या त त्यस्तो परिस्थितिलाई वेवास्ता गरेको छ । आज विश्वमा स्पर्म (शुक्रकीट) बैङ्कबाट शुक्रकीट लिएर आमाहरूले बच्चा जन्माउने चलन पनि बढिरहेको छ । यस्तोमा बाबुको ठेगान हुँदैन अनि के यस्तो तरिका प्रयोग गरी बच्चा जन्माउने नेपाली आमाहरूले आप्mनो नागरिकताको आधारमा सन्तानहरूलाई नागरिकता दिलाउन नसक्ने ? 

नेपालमा विद्यमान नागरिकताको प्रावधान संसारकै कठोर प्रावधान हो । निरङ्कुश राजतन्त्रलाई बलियो बनाउन राजा महेन्द्रले ल्याएको प्रावधान अहिलेसम्म बदलिएको छैन । नागरिकताको सवालमा नेपालको मूलधारे दल नेपाली काँग्रेस र एमालेले नयाँ(नयाँ शव्दावलीहरू ल्याएर राजा महेन्द्रको विचारलाई पालन गरिरहेका छन्् भन्दा अत्युक्ति नहोला । तुलनात्मक रूपमा एमाले सबैभन्दा बढी कठोर र राष्टिूयताको नाममा महेन्द्रवादको वंश थामेको देखिन्छ । 

नेपालमा नागरिकताको समस्या बल्झिनु र समाधान नहुनुको अर्को कारण ६० देखि ७० प्रतिशत जनमत कम्युनिष्टको हुनु हो । नागरिकतालाई कम्युनिष्टहरूले राष्टिूयतासँग जोड्दछ र नेपाली राष्टिूयता भारतको विरोधसँग जोडिएको छ । नेपालमा जसले भारतीयलाई गाली गर्छ ऊ सच्चा राष्टिूवादी ठहरिन्छ, किनभने भारतीयलाई गाली गर्नुलाई मधेशीलाई गाली गरेकोसँग जोडेर हेरिन्छ । ऋतिक रोशन काण्डलाई उदाहरणको रूपमा हेर्न सकिन्छ । सिने स्टार रोशनले के बोल्यो वा बोलेन त्यसबारेमा यथार्थ कुरा पत्ता नै नलगाई रोशनले नेपालविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्ने आरोप लगाई काठमाडौँमा मधेशीहरूलाई पिट्यिो । भारत विरोधी हुनलाई कतिलाई मधेश विरोधी हुन परेको छ यहाँ । अनि मधेश विरोधी हुन नागरिकता विरोधी पनि हुनु परेको छ कतिलाई । अर्थात मधेशीलाई दबाउन नागरिकतालाई हतियार बनाएर अगाडि बढ्ने काम यहाँ जहिले पनि भइरहेको छ । महिला कानुन तथा विकास मञ्चको एउटा प्रतिवेदन अनुसार नेपालमा २० प्रतिशत मधेशीहरू नागरिकताविहीन छन्् ।

सिरहा जिल्लाको जमदह गाविसमा रहेको मुसहरबस्तीका लगभग ९० प्रतिशत मानिससँग नागरिकता छैन । त्यसका धेरै कारणहरू छन्् । एक, नागरिकताप्रति उनीहरूको कुनै चासो नै छैन किनभने नागरिकताले केही पनि दिदैन भन्ने बुझाई उनीहरूमा छ । अर्को, नागरिकता बनाउन धेरै प्रक्रिया पुरा गर्नुपर्छ जुनकि उनीहरूलाई धेरै गा¥हो हुन्छ । जस्तै, नागरिकता लिनको लागि गाविसको सिफारिस चाहिन्छ, गाविसको सिफारिस लिन गयो भने गाविस सचिवले जन्मदर्ता प्रमाणपत्र माग्छ । जबकि उनीहरूसँग जन्मदर्ता प्रमाणपत्र नै हुँदैन । कोही कुन गाउँमा जन्मेको हुन्छ भने कोही कुन गाउँमा । अरुको खेतमा काम गरेर गुजारा गर्ने मानिसको आप्mनो स्थायी घर छैन, न त उनीहरूसँग जमिनको लालपूर्जा नै छ । पाँच गाउँ पर जन्मेको मानिस अर्के गाउँमा गएर बसिरहेका हुन्छन्् । 

अनि गाविस सचिवले बसाइँ सराईको प्रमाणपत्र माग्छ र सो प्रमाणपत्र लिन जाँदा त्यहाँको सचिवले तिमी यहाँ बसेको मलाई थाहा नै छैन भन्छ । यस्ता वर्ग समुदायका व्यक्तिहरूले कसैगरी यी सबै कागजात जम्मा गरे पनि यिनीहरूसँग फोटो खिचाउन पैसा हुँदैन । जेनतेन फोटोको लागि पैसाको जोहो गरे पनि नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालय धेरै पटक धाउनुपर्ने बाध्यताका कारण यिनीहरू नागिरकता प्राप्त गर्नका लागि प्रयास गर्न चाहदैनन् । किनभने नागरिकता लिनलाई सदरमुकामसँग पुग्नका लागि गरीब दलितहरूलाई समस्या पर्दछ । दिनहुँ ज्याला गरेर खाने यस्ता वर्गका लागि गाडी भाडा खर्च जुटाउन पनि समस्या नै हुन्छ । यसरी नागरिकताको सन्दर्भमा राजनीतिक, प्रशासनिक र संवैधानिक तथा कानुनी गरी तीन किसिमको जटिलता नेपालमा छ । 

नेपालमा नागरिकताको समस्या रहिरहनुमा नेपालको संवैधानिक तथा कानुनी जटिलता, प्रशासनिक कठिनाइ, राजनीतिक शोषण र सञ्चार क्षेत्रमा देखिएको भेदभावपूर्ण मनस्थिति जिम्मेबार रहेको छ । नेपालको नागरिकता मुद्दा किन जटिल भयो त ? यसलाई सञ्चार जगत र नेपालका कतिपय वकिलहरूले किन सधैँ नकारात्मक रूपमा प्रस्तुत गर्ने र बल्झाई राख्ने गरिरहेका छन्् ? अरुलाई अधिकारवादी ठान्ने संस्थाहरू राज्यविहीनताको विषयमा देखाएको मौनताको रहस्योद्घाटन पनि यस पुस्तकले गर्नेछ । अर्जुनकुमार साहजस्ता व्यक्तिले आमाको नामबाट नागरिकता नपाउँदा महिलाअधिकारको ठूला(ठूला भाषण गर्नेहरूले एक शब्द पनि बोल्दैनन्् । कलेजको शैक्षिक प्रमाणपत्र हुँदा पनि अर्जुन साहजस्ता व्यक्ति अन्धकारमय जीवन बाँच्न बाध्य छन्् अर्थात उनले चाहेजस्तो काम गर्न सकेका छैनन् । 

पुरुषले जुन देशको महिलासँग बिहे गरेपनि छोराछोरीले नागरिकता पाउने तर नेपाली महिलाले अन्य देशको पुरुषसँग बिहे गरेको खण्डमा उनका छोराछोरी नेपालमा बस्नै नसक्ने, र उनीहरूले नागरिकता पाउन नसक्ने अबस्था रहेको छ । यो कस्तो समानताको कुरा हामीले गरिरहेका छांै ? आजको २१ औं शताब्दीमा महिला र पुरुषबीच नागरिकता सम्बन्धमा यस्तो ठूलो भिन्नता किन ? आमाको नामबाट वंशजको नागरिकता दिनु भन्ने अदालतको आदेश रहेको देखिन्छ । कोही(कोहीले आमाको नामबाट नागरिकता पाएका पनि छन्् । तर अर्जुन साहले किन नागरिकता पाइरहेको छैन त ? आमाको नामबाट नागरिकता दिनको लागि सर्वोच्च अदालतले दिएको आदेश सविना दमाईको हकमा सीमित नभएर आमाको नामबाट नागरिकता लिने थुप्रै राज्यविहीन युवाहरूको हकमा समेत लागु गर्नुपर्ने देखिन्छ । तर सो अदालतको आदेशपश्चात् पनि ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आमाको नामबाट नागरिकता दिन अस्वीकार गरिरहेका छन्् । अदालतको आदेश समेत यहाँका स्थायी सत्ताले मानिरहेका छैनन् । अर्जुनजस्ता धेरै युवाहरू प्रत्येकचोटि नागरिकता लिन अदालतको ढोका ढक्ढकाउन बाध्य भएका छन्् । 

हामी महिला र पुरुषबारे समानताको ढोल पिट्छौं । तर विदेशी नागरिकले बिहे गर्दैमा नेपाली छोरी, दिदीबहिनीको सन्तानलाई राज्यविहीन बनाउने यो कस्तो कानुन हो ! नागरिकताको कुरा गर्नेबित्तिकै मधेशी वा भारतीय भएर यस्तो कुरा गरेको होला भनी आफूलाई राष्टूवादी बनाउनेहरूले आरोप लगाउँछन्् । देश फिजीकरण र सिक्किमीकरण हुन्छ भन्ने हौवा फैलाइन्छ । वकिलहरू नागरिकतासम्बन्धी मुद्दा लिएर सर्वोच्च अदालत जान्छन्् । त्यस मुद्दालाई यहाँका सञ्चार माध्यमले मुख्य समाचार बनाउँछन्् र त्यही समाचारको आधारमा दृष्टिकोण बनाइन्छ । त्यही दृष्टिकोण र निर्माण गरिएको सत्यताको आधारमा यहाँका कर्मचारीतन्त्र र न्यायालयले नागरिकता वितरणको कुरामा अंकुश लगाइदिन्छ । यही भूमरीमा नागरिकता मुद्दा २००७ सालदेखि बल्झिरहेको छ । जसबाट पीडित भएका छन्् अर्जुन साह र पार्वती तिवारीजस्ता देशका होनहार युवाहरू । 

नयाँ संविधानका लागि प्रस्तावित नागरिकतासम्बन्धी प्रावधानहरू समेत विभेदकारी र पञ्चायती शैलीका छन्् । आमा र बुबा दुवैजना नेपाली नागरिक नभएको अबस्थामा छोराछोरीले वंशजको नागरिकता नपाउने प्रस्ताव गरेको छ । संयुक्त राष्टू सङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर) ले एक सय बाइसवटा मूलुकमा गरेको सर्वेक्षणमा बुबा र आमा दुवै नेपाली नागरिक नभएमा वंशजको आधारमा नागरिकता प्राप्त गर्न नसक्ने एकमात्र मूलुकको रूपमा नेपालको पहिचान गरेको छ । 

यो प्रावधानले बुबा र आमा दुवै नेपाली नागरिक नभएको, बुबा र आमा पहिचान नभएको वा बुबा वा आमामध्ये एउटा विदेशी भएको अबस्थामा तिनका सन्तानले नागरिकता नपाउने अबस्था सिर्जना हुन्छ । यो प्रावधानले १० औं लाख योग्य युवाहरू नेपाली नागरिकताबाट बञ्चित हुन्छन्् र राज्यविहीन बन्ने खतरा छ । नागरिकतासम्बन्धी यो कानुन विश्वव्यापी मानवअधिकारको घोषणा विपरीत हुन्छ ।

नागरिकतासम्बन्धी विषय संविधानसभामा पुनः छलफल र पुनर्लेखनको लागि खुल्ला गरिनु अत्यन्त आवश्यक छ । उच्चस्तरीय राजनैतिक कार्यदलले २०६७ साल कात्तिक १८ गते नागरिकतासम्बन्धी विवादित विषयमा ११ वटा बुँदामा सहमति गरेका थिए ।

 उक्त सहमतिलाई तत्कालीन संविधानसभाको बैठकले अनुमोदन गरी संवैधानिक समितिमा पठाएको थियो । नागरिकतासम्बन्धी प्रस्तावित प्रावधानबमोजिम नागरिकता पाउनको लागि आमा र बुबा दुवै नेपाली नागरिक हुनुपर्ने बाध्यात्मक अबस्था सिर्जना गरेको छ । यो प्रावधान लागु हुने हो भने बुबा र आमामध्ये कुनै एकजनाको मात्रै नेपाली नागरिकता नभएको खण्डमा तिनका सन्तानले नागरिकता पाउन सक्दैनन् र ठूलो सङ्ख्यामा रहेका वास्तविक नेपाली नागरिकहरू राज्यविहीन हुनेछन्् । संवैधानिक कानुन व्यवसायी मञ्चका अनुसार विश्वका एक सय बाइसवटा मूलुकहरूको नागरिकतासम्बन्धी कानुनहरूको सर्वेक्षणमा बुबा र आमा दुवै आप्mनो देशको नागरिक नभएमा वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिन इन्कार गर्ने एक मात्र मूलुक भुटानको दर्जामा नेपालको पहिचान हुनेछ । यदि प्रस्तावित नागरिकतासम्बन्धी प्रावधानहरूलाई निरन्तरता दिने हो भने नेपाल पुरुष जो भारतीयलगायत अन्य विदेशी महिलासँग विवाह गर्छन् र विवाहित महिलाले नेपाली नागरिकता बनाउन नसकेमा वा बनाउन अनिच्छा देखाएमा तिनका सन्तानसमेत राज्यविहीन हुनेछन्् । 

प्रस्तावित नागरिकतासम्बन्धी व्यवस्थाअनुसार नेपाली पुरुषले विदेशी महिलासँग बिहे गरेमा बिहेपश्चात् ती महिलाले तुरुन्त नेपाली नागरिकता पाउन सक्छिन्् । तर नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरी सो विदेशी पुरुष नेपालमा कानुनी रूपमा निरन्तर १५ वर्षसम्म बसोबास गरेमा वैवाहिक अङ्गीकृत नागरिकताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको छ । अङ्गीकृत नागरिकता राज्यको स्वविवेकमा मात्र दिइन्छ । माथि प्रस्तावित यस्ता नागरिकतासम्बन्धी संवैधानिक प्रावधानले मधेशीलगायत सम्पूर्ण नेपाली नागरिकलाई नै भविष्यमा ठूलो असर पार्ने निश्चित छ । अतः माथिका प्रस्तावित नागरिकतासम्बन्धी व्यवस्थामा सहमति भइसकेको भनिए तापनि प्रस्तावित संवैधानिक प्रावधान पुनर्लेखनका लागि संविधानसभामा पुनः बहस र छलफल हुनुपर्दछ । यसका लागि मधेशी दलहरूले अन्य दलहरूमाथि राजनीतिक दबाव सिर्जना गर्न आवश्यक छ ।

सरकारले २०४७ सालमा नागरिकता अनुगमन तथा कार्य मूल्याङ्कन समिति गठन गरेको थियो । सो समितिले ३४,०९० नागरिकता वितरण ग¥यो । त्यसपछि नागरिकता वितरणमाथि रिट प¥यो र सर्वोच्च अदालतले उक्त नागरिकता वितरणलाई गैरसंवैधानिक घोषणा ग¥यो । तर नागरिकता पाएका मानिसलाई गैरनागरिक ठह¥याइएन । नागरिकताको सवालमा नेपाली मूलको हुनुपर्ने संविधानमा लेखिएको थियो । यसलाई परिभाषित गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको प्रमुखलाई दिइएको थियो । नेपाली मूल भनेको अन्ततः पहाडी मूल भनेर बुझिन्छ । महेन्द्रवादको राष्टिूयतालाई संविधानले व्याख्या नगरी सो व्याख्या गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइयो । प्रस्तावित संविधानको पहिलो मस्यौदाले पुन नेपाली मूल भनी धारा १९ मा छिराउनु भनेको एउटा समुदायलाई संवैधानिक रूपमै नागरिकताबाट बञ्चित गर्नु हो । नागरिकतासम्बन्धी रहेको महेन्द्रवादको राष्टिूयतालाई नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको अन्तरिम संविधान, २०६३ ले निरन्तरता नै दियो ।

 नेपालको अन्तरिम संविधान, २०६३ बाहेक पाँचवटै संविधानहरू (२००४ सालको नेपाल सरकारको वैधानिक कानुन, २००७ सालको नेपालको अन्तरिम शासन विधान, २०१५ सालको नेपाल अधिराज्यको संविधान, २०१९ सालको नेपालको संविधान, २०४७ सालको नेपाल अधिराज्यको संविधान) ले हिन्दुत्व, नेपाली भाषा, राजतन्त्र तथा एकात्मक शासन व्यवस्था र राज्यद्वारा घोषित एकल पहिचानलाई संवैधानिक रूपमा प्राथमिकता दिँदै आए । संवैधानिक इतिहासलाई केलाउँदा हिन्दुत्व, नेपाली भाषा, राजतन्त्र तथा एकात्मक शासन व्यवस्था र राज्यद्वारा घोषित एकल पहिचान सबै संविधानको साझा चरित्रजस्तो देखिन्छ । यो व्यवस्था पर्वते, हिन्दु, पुरुष र बाहुन÷क्षेत्री मैत्री रह्यो । संविधानमा उल्लेखित “नेपाली मूलको” चरित्रले माथि उल्लेखित प्रारूपभन्दा बाहिरको मानिसलाई समेट्न सकेको छैन । 

नागरिकताकै सन्दर्भमा २०७१ साल भदौ पहिलो साता कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र सापकोटाले दिनमा ५० देखि ६० वटासम्म नागरिकता बाँडेको बताए । नागरिकता लिन आउने मानिसहरूमा जिल्लाको उत्तरीभेगबाट आउनेभन्दा दक्षिणीभेगका मानिसलाई शङ्कापूर्ण तरिकाले विभिन्न प्रश्न गरी सही नागरिक ठहरिएमात्र नागरिकता दिने गरिएको कुरा अधिकारी सापकोटाले खुलस्त बताए । उत्तरतिरबाट आउने मानिस अनुहारले नै नेपाली भएको बुझिन्छ तर दक्षिणतिरबाट आउने मानिसको अनुहार, भेषभूषा, रहनसहन, भाषा र सीमापारिका मानिसको अनुहार, भेषभूषा, रहनसहन, भाषा आदिसँग मिल्दो(जुल्दो हुन्छ । त्यसैले नागरिकता लिन चाहने व्यक्ति सीमापारिका मानिस हुनसक्ने आशङ्काले गर्दा पनि मधेशी मूलका मानिसविरुद्ध नागरिकतामा विभेद भइरहेको बुभ्mन सकिन्छ । 

नेपाल अधिराज्यको संविधान, २०४७ को १० सदस्यीय मस्यौदा समितिको अध्यक्ष विश्वनाथ उपाध्याय र सचिव सूर्यनाथ उपाध्याय थिए भने माधवकुमार नेपाल, भरतमोहन अधिकारी, दमननाथ ढुङ्गाना, रामानन्दप्रसाद सिंह, निर्मल लामा, प्रधुम्नलाल राजभण्डारी, लक्ष्मणप्रसाद अर्याल र मुकुन्द रेग्मी सदस्यहरू थिए । सो समितिमा एक÷दुई जना जनजातिबाहेक सबै बाहुनरुक्षेत्री नै रहेको कारण संविधान बाहुन÷क्षेत्री मैत्री भयो । नागरिकताको प्रावधानलाई पनि बाहुन÷क्षेत्रीकै आँखाले हेरियो र पहिलादेखि रहेको नागरिकताको प्रावधानहरूले २०४७ सालको संविधानमा पनि निरन्तरता पायो । 

नेपालमा ३४ लाख मानिस नागरिकताविहीन रहेको सरकारद्वारा गठित धनपति उपाध्यायको प्रतिवेदनले सावित ग¥यो । जितेन्द्रनारायण देवको संयोजकत्वमा गठित नागरिकता अनुगमन समितिले नेपालमा धेरै मानिस नागरिकताविहीन रहेको पुष्टि ग¥यो । नेपाल अधिराज्यको संविधान, २०४७ घोषणा लगत्तै र आम निर्वाचनअघि नागरिकता वितरण गर्न थालियो । ३४ हजार ९० जनालाई नागरिकता वितरण गरिसकेपछि वकिल बालकृष्ण नेउपानेले नागरिकता वितरण विरुद्ध सर्वोच्चमा रिट (नं. २९८०÷५४०) दायर गरे । सरकारले वितरण गरेको नागरिकतालाई नेउपानेले दिएको रिटको आधारमा सर्वोच्च अदालतले गैरसंवैधानिक भन्दै खारेज ग¥यो । २०४७ सालदेखि अहिलेसम्म नागरिकतासम्बन्धी कुनै पनि साकारात्मक तथा प्रगतिशील निर्णय हुँदा वा विधेयक पास हुँदा त्यसविरुद्ध रिट हालेर बल्झाउने काम उनीहरूले गर्दैआएका छन्् ।
राजनीतिक रूपमा सहमति हुन्छ तर त्यसलाई प्राविधिक अडचन खडा गर्ने काम नागरिकता विरोधी वकिलहरूले गर्नेगर्छन् । २०४७ सालको नागरिकतासम्बन्धी निर्णय धेरै पुरानो भयो यसलाई किन कोट्याइरहने जस्तो कुरा आउँछ ।

 तर यो अभ्यासले निरन्तरता पाइराखेकै छ । २०४७ सालमा भएको नागरिकतासम्बन्धी निर्णयलाई सर्वोच्च अदालतले गैरसंवैधानिक भन्दै खारेज गरेजस्तै गृहमन्त्री विजयकुमार गच्छेदारले जन्मसिद्ध नागरिकको सन्तानको हकमा वंशजको नागरिकता दिने परिपत्र गर्दा पनि सर्वोच्चले त्यसमाथि अन्तरिम आदेश ग¥यो । त्यति मात्रै होइन, दोस्रो संविधानसभाअगाडि भएको ११ बुँदे सम्झौताअनुसार जन्मसिद्ध नागरिकता लिएका व्यक्तिहरूलाई वंशजको नागरिकता दिने राजनीतिक सहमति भएर बाधा अड्काउ फुकाउमार्फत संविधान संशोधन पनि गरियो । यसको आधारमा नागरिकता वितरण गर्दा फेरि वकिलहरूले सर्वोच्चमा मुद्दा दायर गरे । र, यसमाथि सर्वोच्चको अन्तरिम आदेश भयो । कतिपय पहाडी विद्वानहरूले नागरिकताको सवालमा मधेशीहरूले ज्वाईँ र भाञ्जालाई नागरिकता दिलाउन खोजेको भन्ने गर्दछन््् । 

११ बुँदे सम्झौता हुँदाखेरि मधेशवादी दलका नेताहरूले दुई जना वकिलहरूलाई मस्यौदाको भाषा हेर्न बोलाएका थिए । त्यसमा अधिवक्ता सुरेन्द्रकुमार महतो र म थियौँ । मतदाता नामावली र नागरिकताको सवालमा मधेशवादी दलका नेताहरूले अडान लिएका थिए । खासमा मधेशवादी दलका नेताहरूले हामी दुवै जना वकिललाई बोलाउनुको कारण के थियो भने यी सवालहरूलाई सर्वोच्च अदालतले रोकेको छ, यसमा सम्झौता हुन सक्दैन भनेर काँग्रेस र एमालेका नेताहरूले मधेशवादी दलका नेताहरूलाई अल्झाउने गरिरहेका थिए । त्यसैले सर्वोच्चले गरेको निर्णयसँग सम्बन्धित सबै कागजात लिएर आउन जितेन्द्रनारायण देवले मलाई लगाएका थिए ।

मधेशको लगभग सबै गाउँको अबस्था हेर्ने हो भने हरेक सयजनामध्ये बीस जनासँग नागरिकता छैन । यसको लागि धेरै ठूलो सर्वेक्षण गर्नैपर्दैन । मतदाता नामावलीमा नाम लेखाउन नागरिकतालाई अनिवार्य गर्दा मधेशका लगभग २० प्रतिशत जनताको नाम मतदाता नामावलीमा छुट्यो । यसको प्रत्यक्ष सम्बन्ध निर्वाचनको परिणामसँग जोडिन्छ । त्यसैले मधेशवादी दलहरूले बिनानागरिकता पनि मतदाता नामावलीमा नाम लेखाउन पाउनुपर्ने अडानमा थिए । तर काँग्रेसका डा. मिनेन्द्र रिजाल तथा एमालेका भीम रावललगायतका धेरै नेताहरूले यसमा सर्वोच्चले रोकेको बहानाबाजी गर्दै मधेशवादी नेताहरूलाई अल्झाउने गरिरहेका थिए, संविधानसभा भवनमा । मतदाता नामावली ऐन २०६३ को दफा ११ मा प्रष्ट उल्लेख गरिएको छ ( नागरिकता नभएको अबस्थामा पहिचान र उमेर खुल्ने शैक्षिक प्रमाणपत्रलगायत अन्य कुनै प्रमाणपत्रको आधारमा मतदाता नामावलीमा नाम लेखाउन सकिने वा अरु केही नभएको अबस्थामा गाविसको सचिवले गरेको सिफारिसको आधारमा पनि मतदाता नामावलीमा नाम लेखाउन सकिने व्यवस्था गरिएको छ । तर सर्वोच्चले यो दफालाई मारेको थियो । 

त्यसैले त्यो दफा ११ लाई संविधानकै पाटो बनाउन र संविधानभन्दा माथि सर्वोच्च अदालत नरहेको सन्दर्भ जोड्दै अन्तरिम संविधान संशोधन गर्न मैले उहाँहरूलाई सुझाएको थिएँ । संविधानसभा भवनमा मतदाता नामावलीमा नाम लेखाउनको लागि नागरिकता अनिवार्य नहुने सहमतिमा काँग्रेस र माओवादी पुगेपनि एमालेले अन्तसम्म पनि मानेको थिएन । एमालेका केपी शर्मा ओलीले मलाई भने( के हो वकिल साहेब, ऐनको दफा पनि संविधानको पाटो हुन्छ त ? तपाईंंले के कानुन पढ्नु भएको छ ? जवाफमा मैले भने( २०४७ सालको संविधानमा नागरिकता ऐनको दफालाई तपाईंंहरूले उद्धृत (कोट) गर्नुभएको छ । अर्थात् नागरिकताबाट बञ्चित गराउन नागरिकता ऐनको दफालाई संविधानमा कोट गर्नु हुन्छ तर मतदाता नामावलीमा नाम लेखाउन त्यो दफालाई नमान्ने ? नागरिकताको सवालमा तपाईंहरू दोहोरो मापदण्ड बनाउनु हुन्छ भनेपछि उहाँ चुप लाग्नुभयो । र, उहाँले राजेन्द्र महतो र महेन्द्र राय यादवलाई भन्नु भयो( म सहमत भएँ, तपाईंंहरूले भीम रावललाई सम्झाउनुस् । यो कुरा भीम रावललाई भन्न जाँदा भीम रावलले भन्नु भयो( हुँदै हुँदैन, म मान्दै मान्दिन । अनि मधेशवादी दलका नेताहरूले भने ( ठीक छ, त्यसो भए तपाईंंहरू चुनाव गराउनुस् हामी हिड्यौँ । यतिकैमा प्रचण्ड र झलनाथजीले हैन, के भयो ? बस्नुस् न कुरा मिलाउनु प¥यो नि भन्दै उनीहरूलाई फर्काएका थिए । यसरी ११ बुँदे सम्झौता भएको थियो । यसको प्रत्यक्ष साक्षी म पनि हुँ ।

त्यो ११ बुँदे सम्झौता हुनेबेलामा एमालेका नेताहरू पार्टीप्रति बफादार वकिलहरूको निरन्तर सम्पर्कमा थिए, जसले उनीहरूलाई नागरिकताको प्रावधानमा कडा नीति अबलम्बन गर्ने सुझाव दिइरहेका थिए । यो कुरा एमाले नेताहरूसँगको वार्ताको क्रममा हुने मोबाइल सम्पर्क र त्यसपछि उनीहरूबाट व्यक्त हुने अडानबाट प्रस्ट हुन्थ्यो । त्यही वार्ताको क्रममा म लगायत केही नेताहरूले नीलकण्ठ उप्रेतीलाई निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त नबनाउन सल्लाह दिएका थियौँ । मैले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा गएर यो कुराको अनुरोध गरेको थिएँ । त्यसैगरी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि उप्रेतीको नियुक्तिले ल्याउन सक्ने चुनौतीबारे राम्ररी सम्झाएको थिएँ । तर मधेशवादी दलहरूले उप्रेतीको नियुक्तिका सम्बन्धमा आप्mनो निरिहता प्रदर्शन गरे । उनीहरूले उप्रेतीको नियुक्तिको कुरा आफूहरूको काबुबाहिर गएको र एमालेको नेताहरूले उप्रेतीको हकमा निकै कडा अडान लिएको बताए । र अन्ततः उप्रेती प्रमुख निर्वाचन आयुक्त नियुक्त भए । उप्रेती प्रमुख निर्वाचन आयुक्त नियुक्त भएपछि नागरिकताबिना पनि मतदाता नामावलीमा मतदाताको नाम दर्ता गर्ने जुन राजनीतिक समझदारी र अदालतको आदेश थियो, त्यसलाई चलाखीपूर्ण तरिकाले बेवास्ता गरियो । निर्वाचन आयोगले आन्तरिकरूपमा बिनानागरिकता मतदाता नामावलीमा नाम दर्ता नगर्नका लागि आप्mना कर्मचारीहरूलाई अह्राए, जसले गर्दा मतदाता नामावली तयार पार्ने काममा खटेका सरकारी कर्मचारीहरूले बिनानागरिकता मतदाता नामावलीमा नाम लेखाउन आउने व्यक्तिहरूलाई विभिन्न बहानामा अबरोध सिर्जना गर्ने र हतोत्साहित गर्ने काम गरे । 

निर्वाचन आयोगले बिनानागरिकता मतदाता नामावलीमा नाम दर्ता गर्न पाइन्छ भनेर सूचना नै निकै ढिलो जारी गरे, जसले गर्दा बिनानागरिकता व्यक्तिहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न कठिनाइ भयो । निर्वाचन आयोगले यी सबै कुरा मधेशीहरूको प्रतिनिधित्व घटाउने उद्देश्यले गरेको कुरा त्यसबेला उनले अबलम्बन गरेको नीतिहरूबाट बुभ्mन सकिन्छ । ११ बुँदे सम्झौतापछि अध्यादेशमार्फत आएको मतदाता नामावलीसम्बन्धी नियमावली २०६८ को अनुसूची २ मा बिनानागरिकता मतदाता नामावलीमा नाम दर्ता गर्दा सम्बन्धित सचिवले त्यसको पूर्ण जिम्मेवारी लिनुपर्ने प्रावधान कायम गरियो, जसले गर्दा नागरिकता नभएको व्यक्तिको हकमा गाविस सचिवहरूले जिम्मेवारी लिन चाहेन र थुप्रै सङ्ख्यामा मतदाताहरू मतदाता नामावलीमा आप्mनो नाम लेखाउनबाट बञ्चित भए । यी सम्पूर्ण कारणहरूले गर्दा हरेक गाविसमा २० प्रतिशत मधेशी मतदाताहरू मतदाता नामावलीमा आप्mनो नाम लेखाउनबाट बञ्चित रहे, र यो नै मधेशी दलहरूको हारको एउटा प्रमुख कारण बन्यो भन्दा अत्युक्ति नहोला । 

११ बुँदे सम्झौता भएकै भोलिपल्ट पूर्णचन्द्र पौडेल नामको वकिलले सर्वोच्चमा रिट दायर गरे कि बिनानागरिकता मतदाता नामावलीमा नाम लेखाउन पाउनु हुँदैन भनेर । ११ बुँदे सहमतिअनुसार संविधान संशोधन भइसकेको थियो । यो सबै पत्रिकाको मुख्य समाचारमा पनि छापिएको थियो । संविधानअनुसार नै सर्वोच्चले कानुनको व्याख्या गरी निर्णय दिने हो । तर, सो अदालतले पूर्णचन्द्र पौडेलको रिटमा माग भएबमोजिम अन्तरिम आदेश ग¥यो । त्यसपछि निर्वाचन आयोगले फेरि मौका पायो र बिनानागरिकता मतदाता नामावलीमा नाम दर्ता गरेन । अनि मलगायतका मधेशी वकिलहरूले पूर्णचन्द्र पौडेलको रिटलाई खारेज गर्नुपर्छ भनेर तेस्रो पक्षबाट सर्वोच्चमा निवेदन दियौँ । त्यो मुद्दा तत्कालीन प्रधान न्यायाधीश दामोदर शर्मा र माननीय न्यायाधीश गिरीशचन्द्र लालको बेञ्चमा परेको थियो पेसीमा । 

त्यसमा अधिवक्ता बालकृष्ण नेउपानेले तराईका धेरै मानिसहरू पारिबाट आएको भन्दै बहस शुरु गर्नुभयो । यसमा न्यायाधीश लालले भन्नु भयो( तपाईंंहरूले खोई त कालापानी बचाउन सक्नु भएको ? तर तराईका सम्पूर्ण मधेशीहरूले सीमा सुरक्षा गरेका छन्् । अब तपाईंं राष्टूवादी कि मधेशीहरू राष्टिूवादी ? सबै मधेशीहरू पारिबाट आएका छन्् भने तपाईंंको बाजे बराजु कहाँबाट आएका थिए ? त्यो दिनको बहसमा न्यायाधीश लालले प्रतिवाद गरेका थिए । अन्ततः बिनानागरिकता अरु कुनै प्रमाण भए पनि मतदाता नामावलीमा नाम लेखाउन पाउने सर्वोच्चबाट अन्तरिम आदेश खारेज भयो । तर, यो फैसला व्यवहारमा लागु भएन । यसको कारण के हो भने मतदाता नामावलीमा नाम लेख्ने ठाउँमा तिनकै उपस्थिति छ जो सिक्किमीकरण र फिजिकरणको मन्त्र रटान गरिरहेका हुन्छन्् । निर्वाचन आयोगले बिनानागरिकता पनि मतदाता नामावलीमा नाम लेखाउन पाउँछ भनेर प्रचार प्रसार गरेन । मधेशको धेरै ठाउँमा नागरिकता नभएको व्यक्तिको नाम मतदाता नामावलीमा लेखिएन ।

नागरिकताविहीन अर्जुन साहजस्ता धेरै मानिसलाई मतदाता नामावलीमा नाम लेखाउन पठाइयो । तर उनीहरूको नाम लेखिएन । कारण थियो सम्बन्धित गाविस सचिवले जिम्मेवारी लिनुपर्ने । अहिलेको समयमा कसैको जिम्मेवारी अरु कसैले लिन्छ र ? सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपनि निर्वाचन आयोगले पूरै दादागिरी ग¥यो । यो विषयमा मधेशवादी दलका नेताहरूले पनि बोल्न र प्रतिवाद गर्न सकेनन् । दोस्रो संविधानसभामा मधेशवादीहरू चुनाव हार्नुको एउटा प्रत्यक्ष कारण मतदाता नामावलीमा मधेशीहरूले नाम लेखाउन नपाउनु पनि हो । मधेशका टाठाबाठाहरूले नागरिकता पाएकै छन्् जो प्राय काँग्रेस र एमालेमा छन्् । नागरिकताको समस्या गरीब र सोझा मधेशी जनताको हो । (दिपेन्द्र झाद्वारा लिखित अनागरिक पुस्तकबाट)

२०७२ श्रावण १७ गते आईतबार

Wednesday, August 5, 2015

अजब–गजब छ बा ! : सुदर्शन सिंह


हत्तेरीका बुढा हिन्दु राष्ट्र, नागरिकताको मस्यौदा, मधेसी अधिकार जस्ता अधिकार नपार भनेको बुझ्दैन आँखा न–देख्दैमा कान पनि सुन्दैन, पार्ने छ भने ऋण, भत्ता, राहत जस्ता माछा पो बोल्छीमा पार्ने हो ।

२०७२ श्रावण १७ गते आईतबार

मधेसीको सहादत र भावनासँग खेलवाड

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालको हरेक राजनीतिक आन्दोलनमा मधेसी जनताको महत्वपुर्ण भुमिका मात्र रहेको छैन, सहादत दिने बेलामा समेत मधेसी समुदाय अन्य समुदाय भन्दा एक पाइला अगाडी नै रहेर योगदान पु¥याएको पाइन्छ । निरंकुश राणा शासन विरुद्धको आन्दोलन होस वा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध गरिएको आन्दोलन वा मधेस आन्दोलन, हरेक आन्दोलनमा अग्रणी भुमिका मात्र निर्वाह गरेका छैनन्, आफ्नो प्राणको आहुति दिने सहिदहरुको सूचिमा पनि अग्रपंक्तिमा रहेका छन्, मधेसी समुदाय । जब जब राजनीतिक पार्टीहरुले आन्दोलन थाल्दछन् , मधेसलाई त केन्द्र विन्दु बनाउँछन्, तर, पछि गएर मधेसको मुद्दालाई, मधेसी बीर सपुतले दिएको बलिदानीलाई तिव्र गतिमा विर्सन्छन् । कहिले कांग्रेसको झण्डा बोकेर लोकतन्त्रको आन्दोलनमा, त कहिले बामपन्थीहरुको झण्डा बोकेर साम्यवादको आन्दोलनमा मधेसी ओर्लिए । यहाँ सम्म कि मधेस मुक्तिको लागि मधेस केन्द्रित दलहरुले गरेको आन्दोलनमा समेत मधेसीले सहादत दिए ।

 
देशको लागि सहादत दिने सहिदहरुको मधेस मुक्तिको सपना अझसम्म साकार हुन सकेको छैन । संविधान सभाबाट निर्माण भईरहेको नयाँ संविधानले सहिदहरुको सपना साकार हुने अपेक्षा गरिएको थियो । तर, जारी गरिएको प्रारम्भिक संविधानको मस्यौदामा अन्तरिम संविधानबाट प्राप्त गरिएको अधिकार तथा उपलब्धिहरु समेत गुम्न सक्ने खतरा उत्पन्न भएको छ ।

मधेस आन्दोलनका प्रथम सहिद रमेश महत्तोको 
शालिकमा माल्यार्पण गर्दै उनका 
आमा रानी देवी महत्तो र बुवा रवि महत्तो ।

सहादतको कथा
भारतको वैरगनियामा २००७ साल १० र ११ गते सम्पन्न नेपाली कांग्रेसको अधिवेशनबाट सशस्त्र क्रान्ति गर्ने निर्णय लिएको थियो । मात्रिका प्रसाद कोइरालालाई उक्त क्रान्तिको सर्बोच्च कमाण्डर बनाइयो । विपी कोइरालालाई पुर्वी क्षेत्र, महेन्द्र विक्रम साह र सुवर्ण शम्शेरलाई पश्चिमी क्षेत्रको कोडिनेटर कमाण्डर बनाइयो । नेपाली कांग्रेसको झण्डा बोकी सशस्त्र क्रान्तिमा होमिएका मुक्ति सेनाका प्रेम सिंह र कन्चन मुखिया माघ ४ गते जनकपुर धाममा राणाहरुको सेनासँग लडाई गर्दै सहिद भएका थिए । त्यसैगरी २१ नभेम्बर १९५० इसबीका दिन राणा सेनाहरुले चलाएको गोलीबाट मदन पाण्डेय, रमानुज पाण्डेय, क्रिपा दयाल सिंह र कृष्ण दास भक्त सहिद भएका थिए । सशस्त्र क्रान्ति सम्बन्धि तथ्याङ्क अनुसार राणा शासन विरुद्ध भएको जनक्रान्तिमा नेपालको लगभग ४ सय जना र भारतको लगभग १ सय जना क्रान्तिकारी यौद्धाहरु सहिद भएका थिए । जसमध्ये १ सय भन्दा वढी मधेसी विर सपुतहरुले सहादत दिएको बताइन्छ । २००७ साल फागुन ७ गते १ सय ४ बर्षको एकतन्त्रीय राणा शासनको अन्त भयो । देशमा प्रजातन्त्रको स्थापना भयो । तर, मधेसी जनतालाई कुनै पनि अधिकार दिइएन ।

राजा महेन्द्रले कु गरी अन्तरिम संविधानलाई निलम्बन गरी संविधान सभाको निर्वाचन बेगर राजाको पहलमा शक्तिशाली राजतन्त्र सहित नयाँ संविधानको घोषणा गर्यो । कांग्रेस मन्त्री मण्डलका सदस्यहरु नेपाल कम्यूनिष्ट पार्टीका नेताहरुलाई शाही सेनाले बन्दी बनाएर निर्वाचित संसदलाई भंग गरेका थिए । राजा महेन्द्रले गरेको प्रजातन्त्रको हत्याको विरुद्धमा मधेसको सप्तरी, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुमा आन्दोलन सुरु गर्यो । सुखदेव सिंह, सरोज कोइराला र रामेश्वर प्रसाद सिंहले उक्त आन्दोलनको अगुवाई गरेका थिए । तर, त्यसैकारण २०१९ सालमा सुखदेव सिंहलाई राजविराजको सेना व्यारेकमा गोली प्रहार गरी हत्या गर्यो । मुक्ति सेनालाई सहयोग तथा व्यवस्थापन गरेको भन्दै रक्सौलमा १९ जनवरीका दिन कांग्रेसी नेता विश्वनाथ प्रसाद अग्रवाललाई गोली प्रहार गरी गम्भीर घाइते बनाइयो । जनकपुरमा विद्यार्थी नेता दुर्गानन्द झाले राजा महेन्द्रलाई लक्क्षीत गरी बम प्रहार गरे । बम विस्फोटनबाट राजा महेन्द्र चढेको कार क्षतिग्रस्त भएपनि उनी बाँच्न सफल भए । सोही कारण दुर्गानन्द झालाई २०२०साल माघ १५ गते केन्द्रिय कारागारमा गोली प्रहार गरी हत्या गर्यो । सोही बम काण्डमा गिरफ्तार गरिएका जनकपुरका अर्को यूवा नेता अरबिन्द्र कुमार ठाकुरलाई १६ बर्ष पछि २०३४ सालमा विजया दशमीको अवसरमा रिहा गरिएको थियो । त्यसैगरी योगी साहलाई १० बर्षको कैद सजाय भोग्नु पर्यो । ठिक त्यस्तै दोस्रो बम काण्ड विरगञ्जमा भयो । दुखा सहनी र कपलेश्वर झा तथा दल सिंह थापा मगर र कप्लेश्वर लाललाई जन्म कैदको सजाय दिइयो । पछि उनीहरु २०३७ सालमा रिहा भएका थिए । बम काण्ड पछि तत्कालिन सरकारले डाँकाहरुलाई जेल मुक्त गरी क्रान्तिकारी नेताहरुको हत्या गराउन थालिएको थियो ।

पञ्चायती व्यवस्थामा सन् १९६३ मा भुमि सुधार कार्यक्रम लागु गरिएको थियो । भुमि सुधारको नाउँमा  मधेसीहरुलाई जमिनबाट विस्थापित गराउने कार्यको थालनी भयो । कपिलबस्तु जिल्लाको कुशमाहा गाउँका अनेक किसान थारुहरुलाई उसको जग्गाबाट विस्थापित गरी पहाडी खस ब्राह्मणहरुलाई बसाइयो । थारुहरुको जमिन ती खस ब्राह्मणहरुलाई दिनुका साथै थारुहरुलाई दैनिक मजदुरी अर्थात बन्धुवा मजदुरको रुपमा काम गर्न लगाइयो । जग्गा मालिक थारुहरु ती खस ब्राहम्णहरुका हरवाह चरवाहको रुपमा दास बन्न बाध्य भयो । पञ्चायती सरकारको नीतिका कारण मधेसी समुदायमा आक्रोश वढ्दै गयो । विभिन्न जिल्लाहरुमा विद्रोह सुरु भयो । उक्त विद्रोहका दौरान सरकारी प्रतिवेदन अनुसार पुलिसले चलाएको गोली लागेर करिब ९ जना किसानहरु सहिद भएका थिए । एक दर्जन भन्दा वढी घाइते भएका थिए ।

यति मात्र होइन किसानहरुलाई शोषण गर्नका लागि सन् १९६५मा अनिवार्य बचत यौजना सुरु गर्यो । उक्त योजनाको विरोधमा सन् १९६९ मा मधेसी किसानहरुले प्रदर्शन गरे । कपिल बस्तुको तौलिहावामा जवर्जस्ती अनिवार्य बचत संकलनको विरुद्धमा किसानहरुले प्रशासनिक प्रमुखहरुलाई घेराउ गरे । उक्त संघर्ष चाँडै रुपनदेही सम्म फैलियो । ३० भन्दा वढी गाउँहरु ३ सप्तासम्म फायरिग गर्दै रहयो । जसमा २३ जना किसानहरुको हत्या गरिएको थियो ।कतिपय किसानहरुको घरमा आगो लगाइएको थियो ।  बुद्धको जन्म स्थल लुम्बनीमा बन्दुकले किसानहरु माथि आक्रमण गरिएको थियो ।

नेपाल कम्यूनिष्ट पार्टीले पनि लोकतान्त्रिक अधिकार अपहरित भई सकेपछि राजा स्वेक्षाचारी कार्यको विरोध गर्न थालियो । मनमोहन अधिकारी , मोहन विक्रम सिंह जस्ता सिर्ष नेताहरुलाई बन्दी बनाइयो । कतिपय नेताहरु काठमाण्डौबाट भागेर भारत पुगे र त्यहाँबाट सरकारको विरोध गर्न थाले । उक्त आन्दोलनका दौरान धनुषाका सुर्यनाथ यादवले सहादत दिएका थिए । सरकार विरुद्ध संघर्ष गरेको आरोपमा यादवलाई २०२१ सालमा जेल पठाइयो । जेलबाट मुक्त भएपछि २०३१ सालमा जनकपुरका पञ्च नेता हेम बहादुर मल्ल तत्कालिन अञ्चलाधिस लिला राज विष्टले सुर्यनाथ यादव र उनका सहयोगीहरुलाई हत्या गर्न झिझाको डाँकाहरुलाई पठाइएको बताइन्छ । तर, डाँकाहरुद्वारा हत्या गराउने प्रयास विफल भएपछि २०३२ सालमा उनलाई पुनः गिरफ्तार गर्यो । सुरुमा सिरहा र पछि काठमाण्डौको सेन्टूल जेल नख्खु जेलमा राखियो । जनमत संग्रहको घोषणा पश्चात २०३७ साल बैशाखमा उनलाई रिहा गरियो । पछि फेरी २०४२ साल जेष्ठ १० गते उनलाई गिरफ्तार गरियो । २०४२ साल असोज ४ गते कम्यूनिष्ट नेता सुर्यनाथ यादवलाई सरकारले कायरता पुर्वक हत्या गर्यो । भारतमा जारी नक्सलवादी आन्दोलनको प्रभाव पुर्वी नेपालको झापा, मोरंग जस्ता जिल्लाहरुमा पनि पर्यो । 

र, झापामा आन्दोलन सुरु भयो । झापा संघर्षका दौरान २०२९ सालमा झापाका विरेन्द्र राजबंशी, २०३३ सालमा सिरहाका रामपृत यादव, २०३३ सालमा मोरंगको बलेश्वर राय, २०३६ सालमा धनुषाका झपसी मण्डल र २०४६ सालमा झापाको छविलाल राजबंशी सहिद भए । यसका अतिरिक्त रामाधिनखत महत्तो, मज्जुल अहमद, हरिकृष्ण चौधरी र भेटला राजबंशी २०३२ सालमा मारिए । यसरी हेर्ने हो भने बामपन्थी विचार बोकेका मधेसीहरुले मधेसी मुक्ति मोर्चा स्थापना गरी नक्सलवादी व्यवस्था अपनाई सिमावर्ती सरकारी चौकीहरुमा छापामारी गरी रातो झण्डा लिएर साम्यवादको प्रचार गरेको थिए । सोही अवधिमा मधेस मुक्ति मोर्चाका नेता रघुनाथ रायलाई रुपन्देहीको मर्चवारमा र रामजी मिश्रलाई कपिलबस्तुमा गोली हानी हत्या गरियो । नेपाली कांग्रेसद्वारा प्रजातन्त्रको पुनः स्थापनाका लागि संचालित सशस्त्र संघर्षका क्रममा तत्कालिन सेनासँग यूद्ध गर्दै गर्दा महोत्तरीका यूवा विद्यार्थी शिवचन्द्र मिश्र २०१९ आश्विन २४ गते सम्सीमा सहिद भए । त्यसैगरी रौतहतको बंकुलमा सेनासँग लड्दै २०१८ सालमा रामविलास राय यादव, पर्साको सुलेमान मिया र बाराको भोला साह कानु मारिएका थिए । रौतहतको जलिल मियाँलाई २०१९ सालमा गिरफ्तार गरी २० बर्षको कैद सजाय दिइयो । २० बर्षको सजाय काटेपनि मियाँलाई रिहा गरिएन । विरगञ्ज जेलमा २०४४ सालमा उनको निधन भयो । त्यसैगरी भरतपुरको भारत गोपाल झालाई पनि २०१९ सालमै गिरफ्तार गरिएको थियो । खानामा विष दिएर २०२० साल चैत्र ६ गते झाको हत्या गराईयो ।

यसका अतिरिक्त २०१८ मा कांग्रेसद्वारा चलाइएको सशस्त्र संघर्षका दौरान २०१९ सालमा बाराको हरि सहनी मल्लाह, परिक्षण ठाकुर लोहार, मोहन साह कानु, रामचन्द्र महत्तो कोइरी र रौतहटको सुखारी हजरा सहिद भए । सोही आन्दोलनका दौरान चितवनका बुद्ध सिंह राणा, रौतहटका शेष पांचु र गणेश राउत कुर्मी जस्ता यौद्धाहरुको हत्या गराईयो । तत्कालिन सरकारले जारी गरेको शिक्षा नीति एवम प्रजातन्त्र विरोधी संघर्षको क्रममा २०२९ सालमा धनुषाको यदुकोहामा २ जना विद्यार्थीहरु कामेश्वर र कुशेश्वर सहिद भएका थिए । २०३६ सालमा धनुषाका झपसी मण्डल, मुगालाल महत्तो र मोहन राम महत्तो मारिएका थिए । २०३६ साल जेष्ठ ५ मा महोत्तरी करैयामा मिथिलेश दुवे र जेष्ठ ६ गते सर्लाही हरिपुर्वाका ललन राय, अमृत साह, शेख मियाँ जान, बुधन अन्सारी, सुरत ठाकुर, इसरायल शेख, रामबाबु चौधरी लगायतले सहादत प्राप्त गरेका थिए । 

२०४२ सालको सत्याग्रहको समयमा बम काण्डको अनुसन्धानको नाउँमा गिरफ्तार गरिएका राजबन्दीहरु डा.लक्ष्मीनारायण झा (एलएन झा), सत्यनारायण साह, इश्वर लामा, पदम लामा, साकेत चन्द्र मिश्र र दिलिप चौधरी हालसम्म बेपत्ता छन् । अर्थात उनीहरु राज्यद्वारा मारिएको बताइन्छ । यसका अतिरिक्त महेश्वर चौलागाई, माझी खान ठाकुर, परिक्षण ठाकुर, हरिहर राय यादव, शंकर प्रसाद शर्मा, श्रीहर्ष खनाल, मिश्रलाल शर्मा, बैकुण्ठ अधिकारी, डाँकमान तामाङ सहित थुपै्र व्यक्तिहरु २००८ साल देखि २०४६ साल सम्म राजनीतिक कारणबाट सरकारद्वारा गायव गराइएको छ ।

२०४५ पुष २६ गते जनकपुरधाममा सत्यनारायण पाठकलाई धनुषाका सिडिओले आफ्नो अंगरक्षकको पेस्तोल खोसेर गोली प्रहार गरी हत्या गरेका थिए । त्यसैगरी २०४६ सालको आन्दोलनको प्रारम्भिक दिनमै तत्कालिन पुलिसले आक्रमण गरी गम्भीर घाइते भएका शिक्षक महादेव झाको पछि मृत्यु भएको थियो । २०४६ फागुन ९ गते धनुषाको यदुकोहामा तत्कालिन प्रहरी प्रशासनद्वारा गरिएको गोली प्रहारमा पहिलो पटक महिला पनि सहिद भएका थिए । जानकी देवी यादव, भुवनेश्वरी देवी यादव र सोनावत्ती देवी यादव गरी ३ जना महिलाहरु, उदय शंकर मण्डल र रामनारायण यादव गरी ५ जना एकै पटक एकै ठाउँमा धनुषाको यदुकोहामा सहिद भएका थिए । चैत्र २४ गते रामविलास ठाकुरले सहादत पाए । सहिदहरुको सूचिमा थुप्रै मधेसी बीर सपुतहरु छन् । सप्तरीका विहारी चौधरी, कैलु चौधरी, रौतहटका मुकुट ओझा, शेख पाचु, बाराका बैद्यनाथ गुप्ता र दिपक गुप्ता पनि छन् । उनीहरुलाई रक्सौलमा हत्या गरियो । त्यसैगरी सप्तरीको कन्चनपुरका सुरेश कुमार गुप्ता, चैतु साह, पशुपति यादव, बाराका भोला साह, गेना साह, रौतहटका बलदेव राय यादव, दिपनारायण गिरी, सुखारी हजरा, नरबहादुर कुँवर र रानी मियाँ छन् । त्यसैगरी धनुषाका श्रीधर ठाकुर र शुभनारायण साह पनि सहिदहरुको पंक्तिमा छन्, जसले विद्यार्थी कालमा अनेक कष्ट सहेर पनि संघर्ष गरे र आन्दोलनमा प्रहरीको कुटाईबाट मारिए ।

यसरी हेर्ने हो भने समानता, स्वतन्त्रता र राष्टिूयताका लागि सरकारको गलत नीति तथा कार्यक्रमका विरुद्ध विभिन्न समयमा भएको अनेकौ संघर्षमा बहुदलिय व्यवस्थाको पुनः स्थापना पछि पनि सेकडौं मधेसीहरु सहिद भए । जसमध्ये २०४८ सालमा अर्घाखाँचीमा बसिर मियाँ, बारामा लक्ष्मी चौधरी, २०४९ सालमा सप्तरीका रामप्रसाद सिंह, रुपन्देहीका ओमप्रकाश यादव, २०५० सालमा सर्लाहीका कपिलदेव सिंह, विजय महत्तो, दाङ्गका नारायण चौधरी, कृष्ण चौधरी, कपिलबस्तुका हरिनारायण यादव, धनुषाको क्रान्तिकारी साम्यवादी नेता रामवृक्ष यादव (मास्टर साहेव) र सिरहाको टिराहु चौधरी लगायतले सहादत दिएका थिए । रामवृक्ष यादव २०५१ साल भाद्र २ गते तत्कालिन कांग्रेस सरकारको कार्यकालमा सहादत प्राप्त गरेका थिए । उनी तत्कालिन एकता केन्द्र तथा संयूक्त जनमोर्चाका केन्द्रिय सदस्य थिए । 

त्यसैगरी २०५६ सालमा सिरहाका विष्णदेव यादव, उत्तम लाल साह, योगेन्द्र प्रसाद सिंह, किशुन देव यादव र सर्लाहीका सन्तविर कुशवाहा पनि पुलिसले चलाएको गोलीबाट मारिएका थिए । यसका अतिरिक्त भुमिगत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)द्वारा २०५२ सालबाट संचालित जनयूद्धका दौरान बर्दियाका रामबहादुर थारु, बासु चौधरी, विजय चौधरी, रत्न कुमार चौधरी, शिव प्रसाद चौधरी, त्रिभुवन चौधरी, राजकुमार चौधरी, भुवनेश्वर पण्डित, आशा चौधरी, रामप्रताप साह लगायत अनेकौं मधेसीहरुले सहादत प्राप्त गरेका थिए । जनताको जनवादी व्यवस्था, समानता, स्वायत्त शासन र आत्म निर्णयको अधिकारको लागि गरिएको उक्त जनयूद्धमा सैकडौं मधेसी विर सपुतहरुले सहादत दिएका छन् । २०६२÷०६३ जनआन्दोलन पश्चात जारी गरिएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि भएको दुई पटकको मधेस विद्रोहमा करिब ५४ जना मधेसी विर सपुतहरुले सहादत दिएका छन् ।

मधेसले खोजेको अधिकार
मधेसले धेरै केही मागेको छैन । पहिचान, स्वाभिमान सहित बराबरीको अधिकार खोजेको छ । आत्म निर्णयको अधिकार सहित संघीय प्रदेश खोजेको छ । जनसंख्याको आधारमा समानुपातिक, समावेशी प्रतिनिधित्व खोजेको छ । मधेस आन्दोलन पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संग तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०६४ साल फागुन १६ गते गरेको ८ बुँदे सम्झौतालाई संविधानमा मधेसी सुनिश्चित चाहन्छ ।

मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेश सहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिनेछ । प्रदेशहरु पुर्ण रुपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरुको संरचना, केन्द्र र प्रदेशका सूचिहरुको पुर्ण विवरण र अधिकारको बाँडफाँड संविधान सभाबाट निर्धारण गरिनेछ ।’ ८ बुँदे सम्झौतामा उल्लेख छ । 

त्यसैगरी ८बुँदे सम्झौताको पाँचौं बुँदामा ‘नेपाली सेनालाई राष्टिूय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समुहगत प्रवेशलाई सुनिश्चित गरिनेछ’ भन्ने उल्लेख छ । 

८बुँदे सम्झौताको चौथो बुँदामा सरकारले सुरक्षा अंग लगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियूक्ती, वढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ भनेर उल्लेख छ ।

आत्मनिर्णयको अधिकार सहित समग्र मधेस एक स्वायत्त प्रदेश मधेस आन्दोलनको प्रमुख नारा थियो । विगतका संविधानसभा विषयगत समितिहरुका अवधारणा पत्रहरुमा पनि विभिन्न सन्दर्भमा आत्म निर्णयको अधिकारको उल्लेख भएको छ । समुदायको आत्म निर्णयको अधिकार, आत्म निर्णयको अधिकार सहितको प्रादेशिक स्वायत्तता, स्थानीय स्वायत्त सरकारहरुले प्राकृतिक स्रोत साधनको परिचालनमा आत्म निर्णयको अधिकार प्रयोग गर्न पाउने जस्ता कुराहरु समेटेको थियो । 

    जस्तै, राष्टिूय हित संरक्षण समितिले नेपालको संघीय शासन प्रणाली स्वायत्त शासन व्यवस्थाको सिद्धान्तमा आधारित भई संचालन हुने र सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकताको प्रतिकुल नहुने गरी प्रत्येक प्रदेश र स्थानीय सरकारलाई यस संविधानमा व्यवस्था भए बमोजिम आफ्नो प्रादेशिक क्षेत्र भित्रका जनताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास तथा प्राकृतिक सम्पदाको सम्वद्र्धन, संरक्षण र उपयोग गर्ने पुर्ण आत्म निर्णयको अधिकार रहनेछ भन्ने व्यवस्था प्रस्तावित गरेको थियो । तसर्थ यी प्रमुख मुद्दाहरुलाई अहिले सम्बोधन गरियो भने मधेसको आक्रोश तत्कालका लागि शान्त हुन्छ ।

२०७२ श्रावण १७ गते आईतबार

भारतलाई मधेस भन्दा काठमाण्डौ प्यारो

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 
बीच शुक्रबार भेटवार्ता गर्दै ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


सन् १९४२ मा ‘भारत छोडो’ आन्दोलन सुरु भएसँगै एक दिन अचानक राति करिब १२ बजे जय प्रकाश नारायण, राम मनोहर लोहिया, अच्युत पटवर्दन, काशि प्रसाद सिंह, सहित करिब ७ जना जति भारतीय नेताहरु नेपालको सप्तरीको कोइरालारी गाउँमा आए । उनीहरु कोइरालारीका जय मंगल प्रसाद सिंह (जंगली बाबु) को घर पुगे । ती नेताहरु जेलबाट भागेर आएका थिए । त्यसैले भारतको पुलिस र सिआइडी दुवै उनीहरुका पछि लागेका थिए । उनीहरु गोप्य रुपमा नेपालमा बस्न चाहन्थे । त्यतिबेला भारतबाट क्रान्तिकारीहरु भागेर नेपालको मधेसको भु भागमा शरण लिने गर्थे । मधेसीले पनि  भारतका क्रान्तिकारीहरुका लागि केही गर्नुपर्छ भनेर एउटा समिति बनाए । जय मंगल प्रसाद सिंह, चतुरानन सिंह, रामेश्वर सिंह, तारिणी प्रसाद सिंह र बीर बहादुर गरी ५ जनाको उक्त समिति बन्यो । भारतबाट भागेर नेपालमा आउने व्यक्तिहरुका लागि उक्त समितिले तिनीहरुलाई लुकाएर राख्ने, खाना तथा आवास सहितको व्यवस्थ ागर्न थाले । पछि गएर उक्त समितिले बखोरटपुमा एउटा क्याम्प नै बनाइदिए ।

सप्तरीको रामेश्वर सिंहले ‘भारत छोडो’ आन्दोलनका समयमा भारतबाट नेपाल आएका आन्दोलनकारीहरुलाई हरसम्भव मद्दत गरे । ‘आजाद दस्ता’ को प्रशिक्षण देखि लिएर जयप्रकाश नारायणको लागि बस्ने सम्मको प्रबन्ध मिलाउन उनको महत्वपुर्ण योगदान थियो । राणा शासन विरुद्ध लडाई लड्नका लागि मधेसीहरु भारतकासुभाष चन्द्र बोस र महात्मा गान्धी जस्ता महान नेताहरुबाट प्रेरित भएका थिए । उनीहरुको सम्बन्ध भारतको समाजवादी नेता राममनोहर लोहिया, जयप्रकाश नारायण, अशोक मेहता, आचार्य नरेन्द्र देव जस्ता नेताहरुसँग थियो । साथै विहार र बंगालका कम्यूनिष्ट र समाजवादी नेताहरुसँग पनि राम्रो सम्बन्ध स्थापित भईसकेको थियो ।

यसै बीच सन् १९४२ मा महात्मा गान्धीले भारतमा ‘करो या मरो’ को नारा दिए । विहारमा ११ अगस्त देखि रेल्बे, सरकारी कार्यालयहरुमा तोडफोडको काम तिब्र गतिमा अगाडी वढ्यो । फलस्वरुप दमन पनि तिब्र भयो । २१ देखि २२ अगस्त सम्म भारतका कांग्रेसीहरुको नेपाल आउने क्रम सुरु भयो । कांग्रेस र समाजवादीहरुको सम्मेलन, बैठक गराई दिने, बस्ने प्रबन्ध सबै सप्तरी जिल्ला बासीले मिलाई दिए । यसका अतिरिक्त हिन्द फौजलाई आफ्नो गतिविधि गर्नका लागि ठाउँ समेत उपलब्ध गराइन्थ्यो । ‘आजाद दस्ता’को आम्र्स टेूनिङ नेपालको जंगलमा हुन्थ्यो, जसको नेतृत्व सरदार नित्यानन्द सिंहलाई सुपिएको थियो । उक्त टेूनिङको व्यवस्था नेपाल सरकारका बागी जमिन्दार श्रीदल बहादुरले गरेका थिए । यसका अतिरिक्त शिब्बनलाल सक्सेना, विश्वनाथ दुवे तथा जमिन अलि जस्ता भारतीय नेताहरुले पश्चिमी नेपाल तराईलाई आफ्नो क्रान्तिकारी अड्डा बनाएर व्रिटिश साम्राज्यबादी शासन व्यवस्थालाई उखेलेर फाल्ने कार्य सम्पन्न गरेका थिए ।

सन् १९४२ को अगस्त क्रान्तिको प्रारम्भिक समयमा नै अंग्रेजहरुको दमनबाट बच्नका लागि थुप्रै भारतीय स्वतन्त्रता सेनानीहरु नेपालको मधेसका विभिन्न भागहरुमा शरण लिनका लागि आईपुगेका थिए । सप्तरीको कोइलारी, बर्साइन, सखड, गोविन्दपुर लगायत थुप्रै गाउँहरुमा भारतीय आन्दोलनकारीहरु शरण लिएका थिए । त्यस्ताका बक्रोटप्पुमा जयप्रकाश नारायण, अच्यूत पटवद्र्धनको बहिनी विजया पटवद्र्धन, डा.राममनोहर लोहिया, डा.बैजनाथ झा, बाबा श्यामनन्द, ब्रजकिशोर शास्त्री, कार्तिक प्रसाद सिंह आदि नेताहरु गुप्तबासका रुपमा शरण लिएका थिए । तर, ब्रिटिश सरकारको पिछलग्गु रहेको नेपालको राणा सरकारले २० मई १९४२ मा अंग्रेजको इसारामा सप्तरीको कुशाहा, लक्ष्मीनिया लगायतका स्थानहरुबाट भारतीय नेताहरुलाई राणाको पुलिसले गिरफ्तार गर्यो । र, नेपाल सरकारले उनीहरुलाई बन्दी बनाएर हनुमान नगर जेलमा राख्यो ।

जब कोइलारी गाउँका स्थानीयवासीहरुलाई गिरफ्तारीको बारेमा सूचना प्राप्त भयो, हरहालमा उनीहरुलाई छोडाउने योजना बनाउन थाल्यो । बडा हाकिमलाई ५० हजार रुपैयाँको प्रलोभन दिएर भारतीय नेताहरुलाई रिहा गराउने उनीहरुले योजना बनाए । त्यतिबेला एक आनामा ५० किलो धान किन्न सकिन्थ्यो । अर्थात ५० हजार रुपैयाँ धेरै ठुलो रकम थियो । तर पनि स्थानीयवासीहरुले आफ्नो घरको छोरी बुहारीको गरगहना समेत बन्धक राखेर ५० हजार रुपैयाँको व्यवस्था मिलाए । जब बडा हाकिम कहाँ उनीहरु पैसा लिएर पुगे, बडा हाकिम रिहा गर्न तयार भएनन् । अनि त्यसपछि जेलमा आक्रमण गरेर रिहा गराउने उनीहरुले योजना बनाए ।

लगत्तै सरदार नित्यानन्द सिंह, सुरज बाबु, गुलाबी सोनारको नेतृत्वमा मधेसका बहादुर यौद्धाहरुले हनुमान नगर जेल तोडेर बन्दी बनाइएका भारतका नेताहरुलाई भगाउन सफल भए । यसरी हनुमान नगर जेलबाट ७ जना बन्दीहरुलाई रिहा गराउन सफल भए । उक्त घटनाबाट चिढिएका नेपाल पुलिसको आक्रोश र आतंक बढ्न थाल्यो । बडा हाकिम तुला विक्रम सोही राति ३ बजे हाति चढेर विदा भए र ५ बज्दा बज्दै कोइलारीलाई घेराउ गरे । त्यसपछि स्थानीय बासीहरु माथि दमन बढ्नुका साथै गिरफ्तारीको क्रम पनि सुरु भयो । पछि कुशहाको पश्चिममा रहेको जंगलको बनरक्षक विष्णु ध्वज श्रेष्ठलाई गिरफ्तार गरियो । तारिणी प्रसाद सिंह, मिन बहादुर सिंह, सखडाको अब्दुल मियाँ, कुशहाको कृष्ण बिर कामी, किशन दुसाद, शम्शेरपुरको सेवक माझीलाई गिरफ्तार गरियो । यसरी उक्त प्रकरणमा करिब २२ जना स्थानीय वासीहरुलाई पक्राउ गरी काठमाण्डौ जेल चलान गरियो भने १ सय २७ जनालाई राजविराज जेलमा राखियो । पक्राउ परेकाहरुलाई नेल र हतकड्डी लगाएर भारतको निरमली, दरभंगा हुँदै टूेन मार्फत अमलेखगञ्ज पुर्याइयो । त्यसपछि पैदल हिडाएर उनीहरुलाई काठमाण्डौ जेल पुर्याइएको थियो । सोही क्रममा जेलमा नै अब्दुल मियाँ र कृष्ण बिर कामी १९४४ इस्वीमा सहिद भए । १९४६ इस्वीमा चतुरा नन्द सिंह, जंगली प्रसाद सिंह समेत अन्य मानिसहरुलाई भारतमा स्वतन्त्रता पछि महात्मा गान्धीको आग्रहमा रिहा गरिएको थियो ।

यसरी हेर्ने हो भने भारतमा ब्रिटिस साम्राज्यबाद शासनबाट स्वतन्त्रता दिलाउन मधेसको भुमि र मधेसी बिर सपुतहरुले महत्वपुर्ण योगदान मात्र दिएका छैनन्, तत्कालिन राणा शासनको चरम यातना खेप्नुका साथै जेलमै प्राणको आहुति पनि दिएका छन् । मधेसले त्यसबेला शरणार्थी भएर आएका भारतीय नेताहरुलाई नजोगाएको भए भारतको आन्दोलन लम्बिन सक्ने थियो । भारतको लागि मधेस जहिले पनि सकारात्मक रहँदै आउनुमा रोटिबेटीको सम्बन्ध महत्वपुर्ण हो । तर, मधेसमा अधिकारबाट विहिन मधेसी नागरिकलाई अधिकार दिलाउन भारतको शासक बर्गको कुनै खास भुमिका देखिँदैन । भारतको शासकले काठमाण्डौको शासक सँगको सम्बन्धलाई नै प्राथमिकतामा राखेका कारण मधेसीहरु अधिकार विहिन भएर बस्नु परेको छ ।

भारतलाई मधेस भन्दा काठमाण्डौ प्यारो
मधेश र भारतबीच बहुपक्षीय सम्बन्ध रहेको छ । यो कुरा काठमाडौँले बुभ्mनै चाहँदैन । खुल्ला सिमाना मधेशको शक्ति हो, कमजोरी होइन । सत्तासँग सम्झौता गर्नलाई मधेशवादी दललाई जहिले पनि लैनचौर दरवारले दबाव दिइरहेको हुन्छ । काठमाडौँले राम्ररी बुझिसकेको छ कि मधेशवादी दलसँग कुनै सम्झौता गर्नु परेमा लैनचौर दरवारले दबाव दिन सक्छ र लैनचौरबाट नै दबाव दिन लगाउँछ । भारत पनि नेपालको सत्तासँग नै राम्रो सम्बन्ध बनाउन चाहेको हुन्छ, खासमा । किनभने दिल्लीले नेपालसँग द्धिपक्षीय महत्वका विषयमा सम्झौता गर्नुपर्दा नेपालको सत्तासँग नै गर्ने हो । यसमा मधेशीको कुनै भूमिका हुँदैन । नेपाली सत्तासँग सम्बन्ध बिगारेर मधेशीसँग नजिक हुनुमा भारतले कुनै फाइदा देख्दैन । 

मानव अधिकारकर्मी तथा अधिबक्ता दिपेन्द्र झा भन्छन,“हुनसक्छ भारतले मधेशीलाई नजिकको मित्र सम्झेर परकोलाई बढी मान गरेको होला । तर पराईलाई धेरै मान गर्ने र ठाउँ दिने बहानामा नजिकको मित्र यति धेरै पछाडि धकेलिन्छ कि नजिकको मित्र पनि मित्र रहँदैन र पराई पनि आप्mनो हुन सक्दैन । यसमा भारत सचेत रहनु जरुरी छ । पहाडमा भारत विरोधी भावना त छँदैछ । तर मधेशका नयाँ पुस्तामा पनि यस्तो भावना नफैलियोस् भन्नेतर्फ भारत सचेत रहन जरुरी छ ।” 

भारत चाहन्छ कि मधेशीहरू आप्mनो लडाई आफैँ लडोस् । मधेशीको लडाई भारतले लड्ने होइन । भारतले आप्mनो राष्टिूय हितको रक्षा गर्नु स्वाभाविक हो । मधेशमा कुनै किसिमको असुरक्षा र अशान्ति बढ्दा त्यसको प्रत्यक्ष असर भारतको युपी, विहार र पश्चिम बंगालमा पर्ला भन्ने बुझाइ भारतका ठूल(ठूला नेता र कर्मचारीतन्त्रमा छ । भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध निर्धारणमा पश्चिम बङ्गाल तथा भारत र श्रीलङ्काबीचको सम्बन्ध निर्धारणमा तामिलनाडुको भूमिका जहिले पनि अपरिहार्य रहेको छ । तर मधेश र भारतको सम्बन्ध निर्धारणमा युपी र विहारको कुनै भूमिका रहन सकेको छैन । किनभने यस कुरामा मधेशले लखनउ र पटनालाई जोड्न सकेको छैन । मधेशले जहिले पनि दिल्लीको भूमिका खोज्यो जसले मधेशको भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा परम्परालाई बुभ्mन सकेन र चाहेन पनि । 

अधिबक्ता झा भन्छन,“नेपालमा नेपाली राष्टिूयता भनेको भारत बिरोधी भावना हो भन्ने धारणा व्यक्तिको मनमा नजानिदो तरिकाले गडेर रहेको देखिन्छ, त्यसैले एकथरि जसले भारतको धुँवाधार विरोध गर्दछ, ऊ नेपालमा लोकप्रिय हुन्छ, र जसले भारतको प्रशंसा गर्छ, ऊ नेपालमा शङ्कास्पद व्यक्तिको रूपमा दरिन पुग्छ र उसको राष्टिूयता शङ्काको घेरामा पर्न थाल्छ ।”

एकाध अपवादबाहेक अधिकाँश पहाडी दाजुभाइ स्वाभावले नै भारत विरोधी राष्टिूयताको मानसिकताबाट हुर्केका हुन्छन्् । तर मधेशीहरू भारतीय भूगोल, संस्कृति, परम्परा तथा रहनसहनसँग नजिक भएको कारण भारतप्रति सकारात्मक विचार राख्ने स्वभावका हुन्छन्् । तर दिल्ली र मधेशबीच कहिलै पनि गहिरो सम्बन्ध रहन सकेन । अधिबक्ता झाका अनुसार मधेशसँग नजिक भयो भने नेपालका सत्ताधारी पहाडी तथा गोरखा रेजिमेण्ट र उनीहरूको सुरक्षा गार्ड तथा गेट पालेहरू भारतसँग बिच्किन्छ भन्ने बुझाई दिल्लीमा छ ।

    मधेशी नेताहरूले भारतीय दुतावाससँग बेलामौकामा सहयोगको याचना गर्ने, छात्रवृति, विकास तथा उपचारको लागि सहयोग माग्नुभन्दा माथिको सम्बन्ध बनाउन सकेका छैनन् । परिणामस्वरूप समकक्षी तथा मित्रभन्दा सूचक र आदेश पालकमा मधेशी नेताहरू सीमित भएका छन्् । लेनदेनको राजनीतिभन्दा माथि उठेर सामाजिक तथा पारिवारिक सम्बन्ध बनाउन सकेको छैन मधेशले भारतसँग । त्यसैले भारत र मधेशबीच रहेको लेनदेनको सम्बन्धलाई समकक्षीमा परिवर्तन गर्नु अतिआवश्यक छ । 

भारतमा भारतीय जनता पार्टीको सरकार आएपछि नेपाल र भारतबीचको सम्बन्धमा थोरै परिवर्तनको सूचकहरू देखा पर्न थालेको छ । नेपालको इतिहासमा पहिलोचोटि भारतीय प्रधानमन्त्री एकै वर्षमा दुईचोटि नेपाल भ्रमण गरेकोलाई एउटा राम्रो सूचक मानिएको छ । पहिले भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले हिमाल, पहाड र तराईलाई मिलेर बस्न भनेकोमा काठमाडौँ धेरै हर्षित भएको थियो ।

     उनको धेरै गुनगान गरिएको थियो तर दोस्रो भ्रमणमा जनकपुर र लुम्बिनी भ्रमणको इच्छा देखाउँदा नेपाली सत्ताले त्यसलाई विभिन्न बहानामा रोक्यो । जनकपुरका गरीब विद्यार्थीलाई साइकल बाँड्ने कुरा गर्दा संसद्मा बहस चल्यो । जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन गरिने कुरालाई मन्त्रिपरिषद्ले मानेन र जानकी मन्दिर परिसरमा अभिनन्दन हुने जस्ता नानाथरिका कुरा गरेर मोदीको मधेश भ्रमण रद्ध गर्नमा भूमिका खेल्योे ।

काठमाडौँको पहाडी शासकलाई मोदीले मधेशीहरूलाई धेरै विकास र सहयोगको आश्वासन पो दिने हो कि भन्ने डर थियो । काठमाडौँको पशुपति नाथमा मोदीले १० क्विन्टल चन्दन चढाउँदा नेपाली सत्तालाई कुनै आपति भएन तर मधेशका गरीब विद्यार्थीलाई साइकल बाँड्न लाग्दा राष्टिूयताको उल्लङ्घन हुने उनीहरूको बुझाई रह्यो । दोस्रो भ्रमणको बेला टूमा सेन्टरको उदघाटन गर्ने सन्दर्भमा मोदीले मधेशी र माओवादीलाई बाइपास गर्न नहुने र सहमतिमा संविधान निर्माण गर्न सल्लाह दिँदा नेपाली सत्तालाई सिस्नुपानी छ्यापेजस्तै भयो । मोदीको पहिलो भ्रमणपछि उनको प्रशंसा गर्नेहरू दोस्रो भ्रमणपश्चात् उनको विरोधी बने, उनकोबारेमा नकारात्मक कुरा काट्ने हरूको सङ्ख्या ह्वात्तै बढ्यो काठमाडौँमा । दोस्रो भ्रमणको बेला मोदीलाई कसैले गलत कुरा सिकाएको हुनाले सहमतीय संविधान बनाउनलाई मोदीले नेपालका शीर्ष नेताहरूलाई सुझाएको आरोप सत्तापक्षीय नेताहरूले लगाउन थाले । 

    भारतले १२ बँुदे सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको थियो भने मधेश आन्दोलनताका पनि २२ बुंँदे र ८ बुँदे सम्झौता गराउन सक्रिय भुमिका खेलेको थियो । भारतले अदृश्य मध्यस्थता गरी सम्पन्न गराएका सम्झौताहरूकोे कार्यान्वयन सहितको संविधान जारी गराउनमा भारतको सक्रिय भूमिका अनिवार्य छ । हुन त नेपालमा भारतले केही गरे पनि विवादित हुने र नगरे पनि विवादित हुने पहिलेदेखि भइरहेको छ । त्यसैले भारतको सक्रिय भूमिकाले नै नेपालमा सङ्घीय लोकतान्त्रिक संविधान अर्थात सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीसहितको प्रगतिशील संविधान निर्माण हुन सक्ने देखिन्छ ।

२०७२ श्रावण १७ गते आईतबार

Tuesday, July 28, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


ठोक ठोक, लेखेर आलो लगाउने र अधिकार माग्ने दुवैलाई ठोक । भाँटा भाँचिने चिन्ता नलिनु मैले टन्न ले र आ को छु । बाउको विहे देख्ने गरी ठोक !


२०७२ श्रावण १० गते आईतबार

जनकपुरमा प्रहरीको बर्बर दमन

प्रहरीको कुटाईबाट घाइते भएका बालक दिनेश साह । 
उनलाई विराटनगर स्थित न्यूरो हस्पिटलमा रेफर गरिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

१४ बर्षिय दिनेश कुमार साह अहिले जीवन र मृत्यु बीच संघर्ष गरिरहेका छन् । विराटनगर स्थित न्यूरो हस्पिटलमा उनको आइसियूमा राखेर उपचार भईरहेको छ । ५ साउनमा भर्ना भएका दिनेशको अवस्थामा केही सुधार देखिएपनि स्थिति पुरा पुरी नियन्त्रणमा भने आईसकेको छैन । दिनेशको दाहिने आँखा बन्द छ । जिउ भरी र मुखमा चोटपटकको निल डाम छ । अगाडीको ३ वटा दाँत भाँचिएको छ । ओठ काटिएको छ । छाती दुख्ने गर्छ । टाउको समेत दुख्ने गर्छ । दिनेशलाई हल्लाएपछि केही क्षणको लागि होसमा आएपनि फेरी बेहोस हुने गरेको उनका बुवा श्रवण साहले ९ साउनमा द एक्सक्लुसिभलाई टेलिफोनमा अपडेट जानकारी गराए । बायाँ आँखा खोलेर मान्छेलाई चिन्ने गरेपनि केही छिनमै बेहोस हुने गरेको उनको भनाई छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ठिक त हुन्छ तर कहिले सम्म यहाँ भर्ना हुनुपर्ने हो वा कहिले डिस्चार्ज हुने भन्ने यकिन गर्न सकिएको छैन ।

प्रहरीको कुटाईबाट घाइते भएका यूवा सुशिल कर्ण । साउन ४ गते उनलाई नायव प्रहरी उपरीक्षक कृष्ण प्रसाईको
 कमाण्डमा रहेको टोलीले अण्डकोषमा प्रहार गरेको थियो । 
उनलाई काठमाण्डौ रेफर गरिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं.५ महाविर चौक स्थित श्रवण कुमार साहका छोरा दिनेशको यस्तो अवस्था होला भन्ने कहिल्यै सोचेका थिएनन् । जानकी चौकमा तरकारी किन्न गएका छोरालाई प्रहरीले मर्नासन्न गरी कुटेकोमा उनलाई प्रहरी प्रतिको विश्वास र आस्था माथि समेत धक्का लागेको छ । जनक सेकेन्डूी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत उनको छोरालाई प्रहरीले कुटेको कुरा फेसबुकबाट थाहा भएछ । घरमै खुर्सानीको व्यापार गर्ने गरेका श्रवणले तरकारी किन्न गएको आफ्नो छोरा कतै खेलिरहेको होला भन्दै आप्mनो काममा व्यस्त थिए । तर, साँझ सम्म पनि नफर्किएपछि श्रवणले आफ्नो कान्छो छोरा नितिशलाई खोज्न बाहिर पठाउँदा मोवाइलमा फेसबुक मार्फत उनको छोरा दिनेशको घाइते अवस्थाको फोटो देख्ने वित्तिकै ठुलो झट्का लाग्यो । हस्याङ फस्याङ गर्दै जनकपुर अञ्चल अस्पतालमा पुग्दा उनको छोरालाई रेफर गरिसकिएको थियो ।



दिनेशका बुवा श्रवणले रुँदै द एक्सक्लुसिभलाई भने,“मेरो छोरालाई प्रहरीले लखेट्दा हंसराज होटल अगाडी नालामा लडे । त्यसपछि प्रहरीले टाउको देखि खुट्टासम्म लाठी र बन्दुकका कुनाले हिर्काएका थिए । होटलमा काम गर्ने महिलाले त्यसो नगर्न भन्दा उनीहरुलाई पनि कुट्न थालेका थिए । जब मेरो छोरा पुरा पुरी बेहोस भए तब मात्र प्रहरीको कलेजामा ठन्डक पसेको थियो । मेरो छोरालाई पुलिसले अस्पतालमा पुर्याएन । होटलका महिलाले पुर्याए ।” हुन त अहिले उपचारको सम्पुर्ण खर्च प्रहरीले बेहोरिरहेको भन्दै श्रवण भन्छन्,“अस्पतालमा धनुषाको एक जना प्रहरी छन् । सुरुमा दुई जना थिए । एक जना फर्केर जनकपुर गईसकेका छन् । उपचार खर्चले मेरो छोरालाई न्याय हुँदैन । मेरो छोरालाई कुट्ने सम्पुर्ण पुलिसको समुहलाई कानुनी कठघरामा उभ्याएर कारवाही नगरिन्जेलसम्म मेरो छोरालाई न्याय मिल्ने छैन ।” आफ्नो छोरा आन्दोलनमा पनि नगएको, तरकारी किनेर आईरहेको निर्दोष, निहत्था बालकले पुलिसको के विगार गरेको थियो र यो अवस्थामा ल्याई दियो भन्दै उनी इन्साफको लागि सम्बन्धित निकायसँग गुहार गरिरहेका छन् ।


प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
यो त एक जना बालक माथि धनुषा प्रहरीले गरेको ज्यादतीको एउटा उदाहरण मात्र हो । साउन ४ र ५ गते गरी दुई दिन धनुषा प्रहरीले जनकपुरको सडकमा मच्चाएको आतंक र बर्बरताको उदाहरण थुपै्र छन् । प्रहरीले के महिला, के बालक, के बृद्ध, के पत्रकार कसैलाई पनि छोडेन । जसलाई पायो पशु सम्झेर हान्दै गयो । जनकपुर अञ्चल अस्पतालको तथ्याङ्क अनुसार त्यो दुई दिनमा करिब ८८ जना मानिसहरु प्रहरीको कुटाईबाट घाइते भई उपचार गराएका छन् । जसमध्ये महिलाहरु रेणु झा, माधवी रानी साह, पुष्पा मिश्र, विभा ठाकुर, अम्बिका मण्डल, प्रभावति देवी, विन्दु ठाकुर, उषा साह, कौशिला देवी, चमेली देवी दास, जानकी कुमारी आदि परेका छन् । पत्रकार, नेता, कार्यकर्ताहरु, सभाषदहरु समेत प्रहरीको कुटाईबाट घाइते हुनु पर्यो ।

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।

४ गते उद्योग बाणिज्य संघको अगाडी प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको कमाण्डमा रहेको सुरक्षाकर्मीहरुको टोलीले प्रदर्शनकारीहरु माथि अचानक सिटी बजाएर लाठी प्रहार गर्न थालेपछि तीन दर्जन भन्दा वढी प्रदर्शनकारीहरुको टाउको फुटेको थियो । जसमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुका साथ साथै मधेस अधिकार संघर्ष समितिका कार्यकर्ताहरु थिए ।

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।

४ गते प्रहरीले प्रदर्शन गरिरहेको श्रवण यादव, श्याम सुन्दर कर्ण, सुरेश यादव,सुरेन्द्र कुमार यादव, सुनिल मण्डल, अनिरुद्र कुमार मण्डल, राज कुमार यादव, मल्लिकान्त दास र सचिन झालाई पक्राउ गरेको थियो । पक्राउ गरेको केही घण्टा पछि जिल्ला प्रशासन कार्यालय धनुषामा राजनीतिक दलका नेताहरुको जिम्मा लगाई रिहा गरिएको थियो । त्यसैगरी ५ गते सुल्तान अन्सारी, मो.रहमत अलि, श्रीराम यादव, राकेश मुखिया, अम्जत खान, विशाल कुमार ठाकुर, सत्यनारायण साह, किशन कुमार झा र अंकित कुमार साहलाई हिरासतमा लिएको थियो । ६ गते सबै जनालाई प्रहरीले रिहा  गरेको थियो ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
४ गतेको प्रदर्शनमा सबैभन्दा पहिले सुशिल कर्णको अण्डकोषमा प्रहरीले बुट लिएर हिर्काएका थिए । लगत्तै उनी बेहोस भएर ढलेपछि उनलाई नेकपा–माओवादीका धनुषा इन्चार्ज श्याम यादवले जनकपुर अञ्चल अस्पताल पुर्याएका थिए । त्यहाँ पनि उनको होस नआएपछि काठमाण्डौ स्थित सिभिल हस्पिटलमा रेफर गरिएको थियो । अहिले उनी होसमा आएपनि उपचार जारी छ । अण्डकोषको नशा सुनिएकोले अहिले औषधि दिएर डिस्चार्ज गरिएका सुशिलको आइतवार जाँच पश्चात पुनः भर्ना गर्न सकिने छ । अहिले आफु एउटा साथीको कोठामा रहेको सुशिलले द एक्सक्लुसिभलाई बताएका छन् ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
४ र ५ गते जनकपुर बन्द आह्वान गरी प्रदर्शन गरिरहेको अवस्थामा राय सुझाव संकलन स्थलमा प्रवेश गर्न नदिएपछि हामीले प्रदर्शन गरेको हो भन्दै मासका संयोजक सरोज मिश्र भन्छन,“ प्रहरीले शान्तिपुर्ण प्रदर्शनमा लाठी प्रहार गरी आक्रमण गर्नु मानव अधिकारको घोर उल्लंघन हो । ती सबै उल्लंघन कर्तालाई कानुनी कारवाही हुनुपर्दछ ।”

    धनुषाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद रिजाल भन्छन,“ प्रहरीले दमन नै गरेको त होइन । प्रदर्शनकारीहरुले प्रहरी माथि आक्रमण गर्नु, उद्योग बाणिज्य संघका पर्खाल भत्काउन थालेपछि न्यूनतम बल प्रयोग गरेको हो । उच्श्रृङ्खल गतिविधि वढ्न थालेपछि शान्ति सुरक्षा व्यवस्था कायम गर्न सामान्य बल प्रयोग गरिएको हो ।”

    धनुषाका नायव प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन,“ शान्ति व्यवस्था कायम गर्न लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरिएको हो । प्रहरी माथि ढुङ्गा प्रदर्शनकारीले बर्षाउन थालेपछि अश्रु ग्यास प्रहार गरिएको हो ।” डिएसपी प्रसाईका अनुसार नेपाल प्रहरी तर्फ प्रदर्शनकारीहरुको आक्रमणले ३६ जना नेपाल प्रहरी र ३० जना जति सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् ।

   

प्रहरीको कुटाईबाट घाइते भएका प्रदर्शनकारी ।
प्रहरीको कुटाईबाट घाइते भएका नेकपा(माओवादीका केन्द्रीय सदस्य तथा मधेस राष्टिूय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष रोशन जनकपुरी भन्छन,“ प्रहरीले गरेको यो दमन राज्य सत्ता चलाउने अहिलेका ४ दलका नेताहरुको र खास गरी गृहमन्त्री बामदेव गौतम र एमाले अध्यक्ष केपी ओलीको इसारामा भएको हो । जनकपुरमा मात्र होइन सिंगो मधेसमै मधेसी जनताहरु माथि प्रहरीले दमन गरेको छ । अधिकार प्राप्तिका लागि गरेको शान्तिपुर्ण आन्दोलनमा यसरी प्रहार गर्नुले राज्य सत्ताको फासिस्ट शैलीको उजागर भएको छ ।”

    राजनीति विश्लेषक तथा अधिकारकर्मी तुलानारायण साह भन्छन,“जनकपुरमा यूवाहरुको नेतृत्वमा गरिएको शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले स्कुल जाने बाल बालिका देखि महिला सम्मलाई निर्ममता पुर्वक पिटेको छ । घटनाको न्यायिक छानविन हुनुपर्दछ ।”

    डिएसपी कृष्ण प्रसाई भन्छन,“मेरो कमाण्डमा रहेको टोलीले अश्रु ग्यास हान्नै परेन । शिव चौक र भानु चौकको बीचमा रहेको टोलीले दुई दर्जन जति अश्रु ग्यास ४ गते प्रहार गरेका थिए ।
त्यसैगरी ५ गते करिब ३ राउण्ड अश्रु ग्यास प्रहार गरिएको थियो ।”

२०७२ श्रावण १० गते आईतबार

दमन होइन, सामान्य बल प्रयोग गरेको हो ः प्रजिअ पराजुली

काली प्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी, धनुषा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

साउन ४ र ५ गते प्रारम्भिक संविधानको मस्यौदामा राय सुझाव संकलन गर्ने कार्यका लागि संविधानसभाबाट सचिवालयका कर्मचारीहरु र माथिबाटै खटाइएका सभाषदहरुको टोलीका लागि समन्वय र सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको थियो । जनताको सुझाव लिने उक्त कार्यका लागि विभिन्न चरणमा पत्रकार, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल लगायतहरु सँग पहिले नै एक राउण्ड छलफल जिविसमा भईसकेको थियो । सर्वपक्षिय वैठक गरेर शान्तिपुर्ण रुपमा धनुषाको ७ वटै निर्वाचन क्षेत्रमा गर्ने भन्ने कार्यक्रम तय भएको थियो । 

    त्यसपछि विभिन्न सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भनेर हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धानका कर्मचारी सहितको टोली परिचालन गरेका थियौं । मस्यौदाका विरोध गर्ने राजनीतिक दलहरुलाई पनि शान्तिपुर्ण तरिकाले आफ्नो विचार राख्न पाउने हक छ । संविधानका विवादित विषयहरुमा, चित्त नबुझेका कुराहरु राख्न पाउने हिसावले उहाँहरुलाई पनि अधिकार दिइएको थियो । 

    यहि शिलशिलामा ४ गते ७ वटै निर्वाचन क्षेत्रमा कार्यक्रमहरु सुरु भयो । खास गरी धनुषाको २ नम्बर र ४ नम्बर क्षेत्रमा कार्यक्रम स्थल बाहिर विरोधमा रहेका राजनीतिक दलहरुले प्रदर्शन गर्न थाले । जनकपुरमा उद्योग बाणिज्य संघको हल बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गर्नुका साथै बाणिज्य संघको पर्खाल भत्काउने, रेलिङ भत्काउने, ढोकाको ताल्चा फुटाउने जस्ता कार्यक्रमहरु गर्न थाले । सुरक्षामा खटिएका प्रहरीहरुलाई धक्का मुक्की गर्ने जस्ता कार्यहरु हुन थाल्यो । त्यसपछि प्रहरीले ती प्रदर्शनकारीहरुलाई त्यस्ता कार्य गर्नबाट रोक्नका लागि सामान्य बल प्रयोग गरेर त्यहाँबाट उहाँहरुलाई पन्छाउने काम गरेको हो । सुरक्षाको एउटा प्रिन्सिपल नै के हुन्छ भने न्यूनत्तम बल प्रयोग गरेर भिडलाई तितर वितर गरेर पन्छाउने हो । अत्यधिक बल प्रयोग भएको छैन । गोली चल्ने अवस्था आएन । प्रहरीले संयमतापुर्वक आफ्नो काम गरेको छ । मिनिमम बल प्रयोग गरेर शान्ति सुरक्षा कायम गरिएको छ ।

यस्तो उग्र रुपमा जनकपुरमा प्रदर्शन होला भन्ने मलाई पहिले देखि लागेको थिएन । सामान्य रुपमा अवरोध गरेर विथोल्छौं भनेर मधेस केन्द्रित दलका नेताहरुले हामीलाई भन्नु भएको थियो । त्यस्तो उग्र हुन्छ भनेर भन्नु भएको थिएन । उग्र भईसकेपछि मैले उहाँहरुलाई कुरा गरेर कन्भिन्स गरेर स्थितिलाई साम्य बनाउन लगाएको थिएँ । ४ गतेको कार्यक्रम जनकपुर बाहेक सबै ठाउँमा सम्पन्न भयो । 

    तर, ५ गतेको कार्यक्रमका लागि सभाषदहरुले नै सुरक्षा पर्याप्त भएन भनेपछि उहाँहरुले नै इलेक्टूोनिक माध्यम मार्फत सुझाव दिनु हुनेछ भनेर ५ गतेको कार्यक्रम स्थगित गर्नु भएको हो । ४ गतेमा कार्यक्रम भएकै हुनाले अब हामी आफ्नै ढंगले सुझाव लिने छौं भनेर उहाँहरुले कार्यक्रम स्थगित गर्नुभयो । प्रदर्शनकारीहरुलाई हटाउन, तोडफोड हुन नदिन प्रहरीले सामान्य लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो । स्थिति अब सामान्य भईसकेको छ ।
 (द एक्सक्लुसिभ सँग गरिएको कुराकानीमा आधारित)


२०७२ श्रावण १० गते आईतबार