Tuesday, May 5, 2015
अजब–गजब छ बा ! - सुदर्शन सिंह
नझुकिनुस् हजुर । बर्षौं देखि विभिन्न बजेट खाएर राहत पाएका हामीनै हौं । यस्तो संकटको बेलामा हामी भन्दा विश्वाशिलो कोही हुँदैन ।
२०७२ बैशाख २० गते आईतबार
मृत्युलाई परास्त गर्ने योद्धाहरुको कथा
![]() |
महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट
खसेर जीवित विराटनगरमा उपचार गराइरहेका
सिरहा गोलबजारका मनिष कुमार साह
र साथमा उनको आमा ।
|
जनकपुरधाम............
१२ बैशाख २०७२ शनिबारका दिन नेपालमा आएको महाभुकम्पका कारण हजारौं मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते भई जीवन रक्षाका लागि अस्पतालहरुमा संघर्ष गर्दै छन् । हजारौं घरहरु ध्वस्त भएका छन् । तर, उक्त भुकम्पमा परेर आफ्नो ज्यान जोगाउने केही साहसी यूवा यूवतीहरुको संघर्षलाई सलाम गर्नै पर्छ । मृत्यु र जीवन बीचको संघर्षमा मृत्युलाई परास्त गरी बाँच्ने केही व्यक्तिहरुको कथा प्रस्तुत छ ः
विश्वमा विरलै हुने चमत्कार भयो । नुवाकोटका १५ वर्षीय पेम्बा लामा १२० घन्टासम्म भुकम्पको भग्नावशेषमा पुरिएपनि जिवितै निकालिए । १२० घन्टासम्म पानी र उज्यालोसम्म नदेखेका लामा जिवित मात्र होइन बोल्न सक्ने अवस्थामै भेटिए । उद्वारमा गएको सशस्त्र प्रहरी बलले आज बिहान माथिबाट सवा सात बजे भग्नावशेष पल्टाउँदै गर्दा लामाले तलबाट भने( मलाई बचाउँनुहोस् ।
१२० घन्टा सम्म पनि भग्नावशेषमा थिचिएर मान्छे विरलै बाच्छन् । यति लामो समयसम्म थिचिएर पनि उद्वार टोलीलाई आफू जीवित रहेको जनाउ दिने घटना सायद कमै भएका होलान् । उनलाई जिवितै उद्वार गर्याे निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गएको सशस्त्र प्रहरी बलको टोलीले । यो चामत्कारिक उद्वार गर्ने पाँच जनाको टोलीका अन्य हिरोहरू हुन( निरीक्षकहरू ध्वजविक्रम शाही र सुवास पुलामी , सई शशी थापा र प्रहरी जवान प्रेम शाही । बिहिबार बिहान गोंगबु नयाँ बसपार्क अगाडि रहेको हिल्टन गेष्ट हाउस र वरीपरीका झन्डै एक दर्जन घरहरूको भग्नावशेष हटाउन पुगेको सशस्त्रको टोलीले भग्नावशेष भित्रबाट मानिस कराएको आवाज सुन्यो । प्रहरीले कोही जिवित हुनुहुन्छ भनेर बाहिरबाट करायो । भित्रबाट ‘याँऽऽऽऽ गरेको आवाज आयो ।
प्रहरीले बोल्नुस, बोल्नुस् भनेपछि भित्रबाट पेम्बाले भने, ‘म जिवित छु, मलाई बचाउनुस् ।’पेम्बाले भित्रबाट प्रहरीलाई धेरै धेरै जानकारी दिए( मलाई केही भएको छैन् । म बसेको ठाउँको अगाडि मोटरसाइकल छ । पछाडि र यताउता फलामको बार छ । प्रहरीले उनलाई नआत्ति बस्नुहोस् हामी आउँदैछौ भने । उनीहरूले टर्च लाईटको प्रयोग गरेर इँटा भत्काउदैँ फलाम काट्न थाले । मान्छे छिर्ने प्वाल बनाएपछि उद्वार टोलीका पाँचै जना त्यही प्वालबाट भग्नावशेष भित्र छिरे । ७(८ फिट भित्र गएपछि जीवित लामासँग निरन्तर सम्पर्क हुन थाल्यो । उनीहरू फर्केर आउने ठाउँ बनाउँदै अगाडि बढे । त्यतीबेलै लामाले आफू वरिपरी भित्रपनि हलचल गर्न मिल्ने ठाउँ भएको बताए ।
त्यसपछि प्रहरीले पाइपमार्फत माथिबाट पेम्बा भएको ठाउँसम्म पानी पठाए । त्यसपछि अर्को पाइपबाट उनलाई अक्सिजन दिए । अनि खानको लागि स्लाइन् पानी पठाए । प्रहरीले पेम्बालाई नबोल्न आग्रह गरे । ‘डाक्टरले उनलाई धेरै बोल्न नदिनु भनेका थिए,’ निरीक्षक ध्वजविक्रम शाहीले भने ।
फलाम काट्दै, बाटो बनाउँदै उनीहरू ६ घण्टापछि पेम्बा भएको ठाउँमा पुगे । टोली प्रमुख लक्ष्मण बस्नेतले पेम्बालाई बोकेर उचाले । बस्नेतलाई टोलीका अन्य साथीले पेम्बालाई माथिसम्म ल्याउन भरथेग गरे । उद्धारमा खटिएका ध्वजविक्रम शाहीका अनुसार लामा १ सय २० घण्टासम्म पानी सम्म नखाइ र उज्यालो पनि नदेखि बसेका थिए । टोलीको नेतृत्व गरिरहेका बस्नेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट शनिबारको भूकम्पपपछि उद्धारका लागि काठमाडौं आएका हुन् । टोलीका अन्य सदस्य कंलकी स्यूचाटारको विपद् व्यवस्थापन बेसमा काम गर्छन् ।
यो उद्धारको सम्पूर्ण काम सशस्त्र प्रहरीको टोलीले आफ्नै स्रोत साधनमा एक्लै गरेको हो । बाहिर निकालिसकेपछि लामालाई एम्बुलेन्ससम्म स्टेचरमा राखेर ल्याइएको थियो । त्यसपछि एम्बुलेन्सबाट नेपाली सेना र इजरायली सेनाले सञ्चालन गरेको संयुक्त अस्पताल लगियो । लामालाई सशस्त्र प्रहरीको टोलीले निकालेर एम्बुलेन्समा ल्याउँदा बाहिर बसेका सयौं सर्वसाधारणले एपीएफ जिन्दावाद को नारा लगाएका थिए ।
हिल्टन गेष्ट हाउस लगायत वरिपरिका करिब दर्जन घरहरु पूर्णरुपले क्षतिग्रस्त भएका छन् । सो गेष्ट हाउमा मात्र झण्डै १०० जना मानिस बसेका थिए । अहिलेपनि भत्किएको सो गेष्टहाउस वरपर कैंयौं शव पुरिएको हुनसक्ने उद्धारमा संलग्न सशस्ञ प्रहरी बलको उपत्यकाको कमाण्ड सम्हालिरहेका डिआइजी दुर्गा कुँवरले बताए । सोही ठाउँबाट सशस्त्र प्रहरी लगायतको उद्धार टोलीले बुधबार १ जना महिलासहित ३ जनाको जीवितै उद्धार गरिएको थियो ।
म पनि धरहरासँगै झरेर बाँचे
सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं. २ का १६ वर्षीय मनिषकुमार साह उच्च शिक्षाका लागि भनेर राजधानी हिँडेको आठौं दिन थियो । मिर्चैया ह्वाइट हाउस अंग्रेजी बोर्डिङ स्कुलबाट एसएलसी दिएका मनिष भविष्य खोज्न राजधानी पुगेका थिए । पेन्टागन कलेजमा प्लस टु पढ्ने लगभग निधो भइसकेको थियो । उनका ठूलाबुबाका छोरा विकेक साह त्यहीँ पढ्दै थिए । उनी गैरीगाउँस्थित दाइ विकेकको डेरामा बस्ने भए । राजधानी गएको दुई दिनमै (६ गते) तीनकुनेस्थित एबिसी इन्स्टिच्युटमा ब्रिजकोर्स (तयारी कक्षा) लिन थाले । ब्रिजकोर्सको कक्षा चलिरहेको थियो । दाइसँगै पेन्टागन पढ्ने सपना प्रचुर बन्दै थियो ।
१२ बैशाख २०७२, शनिबार बिदाको दिन भएकाले घुम्न जाने निधो गरे। घुम्न जाने टोली तयार भयो। उनीसँग घुम्न जाने साथी अरू कोही नभएर आफ्नै जिल्लाका सहकर्मी थिए । उनीसँगै एसएलसी दिएका साथीहरू(दीपक साह, सन्तोष शर्मा, र निरज यादव चार जना भएर घुम्न जाने योजना बनाए । साथीहरू गैरीगाउँ डेरामा आए । डेराबाट मनिष र उनीहरू आठ बजे निस्किए । गाडी चढ्न शान्तिनगर पुगे । त्यहाँबाट फनपार्क पुगे, केहीसमय घुमे । अनि रत्नपार्क हुँदै भृकुटीमण्डप पुगे । भृकुटीमण्डप पुग्दा साढे ११ बजिसकेको थियो । ‘साथीहरूले लुगा किनौं भने,’ मनिष भन्छन, ‘मैले चाहिँ केही किनिनँ ।’ तीनैजनाले लुगा र जुत्ता किने । त्यसपछि धरहरा चढ्ने निधो भयो । धरहरा पुग्दा पौने १२ बजेको थियो । धरहरा गुल्जार देखिन्थ्यो । वरिपरि मान्छेहरूको भीड बढ्दै गइरहेको थियो । कोही चढ्दै ओर्लिंदै गरेका दृश्य मनिषले मोबाइलमा कैद गरिरहेकै थिए । चारै जना टिकट काउन्टर पुगे । उनीहरूअघि १ सय ६५ जनाले टिकट काटिसकेका रहेछन् । हातमा टिकट लिएर धरहराको सिँढी उक्लिन थाले । धरहराको टुप्पोबाट राजधानी नियाल्ने रहर थियो । उसै पनि मनिष काठमाडौंका लागि नौला थिए । सानोमा एकपटक उपचारका निम्ति राजधानी गएका उनले ऐतिहासिक स्थलबाट राजधानी नियाल्न पाएका थिएनन् । बेर नलाइकन चारै जना टुप्पामा पुगे । सहर नियाले । १२ बज्न केही समय बाँकि थियो, उनीहरू तल ओर्लिन शुरु गरे । उनीहरू ८ र ९ तलामा आइपुगेका थिए । एक्कासी धरहरा थर्रर काँप्न थाल्यो । चारै जना आत्तिए । सिँढी चढ्ने र उत्रिनेको कोलाहल मच्चिन थाल्यो । कोही कता भागे, कोही कता । मनिषको मुटुले ठाउँ छोडिसकेको थियो । साथीभाई कता पुगे सोच्न भ्याएनन् । एउटा सिँढी तल झरेर धरहरामै अढेस लागे । धरहरा यता ढलुँ कि उता ढलुँ गर्दै लच्किन थाल्यो । अन्ततः धरहार गर्ल्याम्म ढल्यो ।
‘इटाका टुक्राले मेरो टाउको र माटोले शरीर ढाकेको थियो,’ शनिबारको महाभूकम्पमा धरहरासँगै ढलेर जीवितै उद्धार भएका मनिषले रोकिँदै रोकिँदै सुनाए, ‘बाँचुलाजस्तो लागेकै थिएन ।’ वरिपरि कसलाई के भयो थाहा पाएनन् । साथीहरू कता पुगे पत्तै भएन । समय त्यतिधेरै बित्न नपाउँदै प्रहरी र नेपाली सेनाको टोलीले उनलाई उद्धार गरेर वीर हस्पिटल र्पुयाए । ‘टाउको, हात र शरीर थंथिलो थियो । म ऐया .. ऐया भन्दै कराइरहेको थिएँ,’ उनले भने । उनले दाइ विवेकलाई सम्झिए । शान्तिनगर बस्ने मामा ताराकान्त साह सम्झे । गोजी छाम्दा मोबाइल भेटियो । मोबाइल पनि सकुशल रहेछ । ‘दाइको नम्बरमा डायल गरेँ,’ मनिष भन्छन, ‘मामालाई पनि गरेँ ।’ ‘म वीर हस्पिटलमा छु, यहाँ आउनू ।’ विवेक र ताराकान्त शान्तिनगरबाट वीरतिर हान्निए । सहरमा गाडी रोकिएको जाम थियो । गाडी चल्न थालेका थिएनन् । माइतीघरको बाटो हुँदै दुबैजना दौडिए । आधा घन्टाभन्दा केही बेरमा वीर हस्पिटल पुगे । वीरको आकस्मिक कक्ष कोलाहलमय थियो । दुबैजना मनिषलाई खोज्दै भित्र पसे । आकस्मिक कक्षमा मनिष छट्पटाइरहेका थिए । वीरको टूमा सेन्टर खुलिसकेको थिएन । मनिष सानो छँदै उनका बाबु जुगेश्वर बितेका थिए । आमा रेखादेवी छिन् । उपचार नपाएर धेरै छट्पटाइरहेको देखिरहेका विवेकले घरमा ठूलीआमा रेखादेवी र आफ्ना बाबु कामेश्वर सम्झिए । तुरून्तै फोन गरे । कामेश्वरले सिरहाबाट एम्बुलेन्स लिएर आउने बताए । काका कामेश्वर र आमा रेखादेवी मनिषलाई लिन एम्बुलेन्स लिएर राजधानी गए । राति साढे ८ बजे सिरहाबाट हिँडेको एम्बुलेन्स भोलिपल्ट आठ बजेमात्र आइपुग्यो । बाटोमा केही ठाउँ सडक अबरुद्ध पनि भएको रहेछ । ‘हामी मामा, बुबा सबै जना भएर मनिषलाई लिएर आयौं,’ विराटनगरस्थित न्यूरो अस्पतालमा भाइको उपचारमा सक्रिय विवेकले भने, ‘भाइसँग धरहरा चढेका सबै साथी त्यही बिते ।’
यत्रो ठूलो महाभूकम्पमा धरहराको टुप्पोबाट झरेको जीवित व्यक्ति भन्नेवित्तिकै न्युरोसर्जन डा. यमबहादुर रोका मनिषको उपचारमा जुटे । रोकालेनै बुधबार बिहान धरहराबाट खसेको व्यक्तिको उपचार भइरहेको छ भनी जानकारी दिएका थिए । ‘टाउकोभित्र रगत जमेको छ,’ मनिषको उपचारमा क्रियाशिल रोकाले भने, ‘दाहिने हातको पाखुरा भाँचिएको छ, दाहिने भागको करङ पनि भाँचिएका छन् ।’ रोकाका अनुसार मनिषको स्वास्थ्य अवस्था अहिले निकै सुधार भएको छ । बोल्न, खान सक्छन् । सहारा दिएर उठाउने, बसाउने गर्नुपर्छ । तर टाउकोको रगत निकाल्न शल्यक्रिया गर्नुपर्छ । किसान परिवारमा जन्मेका मनिषका बाबु जुगेश्वर १३ वर्षअघि ब्लड क्यान्सरका कारण बितेका थिए । बाबुको मृत्यु भएपछि रेखादेवी र मनिष काका कामेश्वरकहाँ बस्न थालेका हुन् । धरहराको टुप्पोबाट खसेको सुन्नेवित्तिकै रेखादेवीले लगभग माया मारिसकेकी थिइन् ।‘भविष्य बनोस् भनेर एक्लो छोरालाई काठमाडौं पढ्न पठाएकी थिएँ,’ आमा रेखादेवी भन्छिन, ‘धरहराको टुप्पोबाट खसेको भनेपछि एक्लो छोरो गुमाएँछुजस्तो लागिसकेको थियो । तर भगवानले मेरो सहारालाई गुम्न दिएन ।’ महाभूकम्पमा परेर बाँचेका मनिष अब राजधानी फर्किन चाहँदैनन् । सिरहामै बसेर आफ्नो भविष्य कोर्ने संकल्प गरेका छन् । साथीभाइ सबै गुमेको दुःख छँदैछ, तर यत्रो विपत्तिमा परेर बाँचेकोमा मनिष आफूलाई भाग्यमानी ठान्छन् । ‘भगवानले मलाई बचाए,’ उनी भन्छन् ।
धरहरासँगै खसेर बाँचेका एक जोडी साथी

| महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट खसेर जीवित काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गराइरहेका संजिव श्रेष्ठ र रमिला श्रेष्ठ । |
रमिला श्रेष्ठ अहिले वीर अस्पातल टूमा सेन्टरको पाचौँ तलामा छिन् । उनको टाउकोमा पट्टी बाँधिएको छ । कालो कम्बलभित्र लुटपुटिएकी रामेछापकी यी १७ वर्षीयाको आँखा, नाक र दरफरिएको गाला मात्रै देखिन्छ । दाहिने आँखा बढी सुनिएको छ । ‘धरहराबाट खसेर पनि ऊ बाँची,’ आडैमा बसेकी उनकी सानिमाले भनिन, ‘भाग्यमानी रै’छ ।’ रमिला मुख छोपेको सुन्तला रंङको रूमाल खोलेर थोरै मुस्कुराइन् । रामेछापको सालु पोखरी घर भएकी उनी गाउँबाट घुम्न भनेर दुईमहिना अघि काठमाडौँ आएकी हुन्। किर्तिपुरमा काम गर्ने आफ्ना बाबुसँगै बस्छिन् । शनिबार भने उनी साथिसँग घुम्न निस्किएकी थिइन् ।
उनी र उनका साथी संजिव श्रेष्ठ धरहरा चढ्न गए । ‘धरहरामाथि संगै गएका साथी कँहा हुनुहुन्छ, थाहा छ ?’ उनले हातको इसाराले वार्डको अर्कोपट्टी देखाइन् । संजिव त्यहीँ थिए । रमिलाको दाँया खुट्टा भाँचिएको छ, संजिवको दायाँ हात ! त्यहीबेला, उनका ’ड्याडी’सँगै उनको शरीरको जाँच गर्न अस्पतालका कर्मचारीहरू आए ।

| भग्वनाशेषमा पुरिएको १२० घण्टा पछि नुवाकोटका १५ वर्षीय पेम्बा लामालाई प्रहरीको टोलीले जिवितै उद्दार गरेका छन् । |
स्कुल पढ्दा रमिलाले धरहराबाट पूरै काठमाडौँ देखिन्छ भन्ने सुनेकि थिइन् । नौ कक्षा पछि उनी पढ्न छोडिन् । तर धरहरा चढ्ने धोको भने छुटेन । धरहरा देख्न रामेछापको सालुपोखरेबाट काठमाडौँमै आउनुपर्ने ! उनका बाबु दीपक श्रेष्ठ किर्तिपूरको एउटा भाँडा पसलमा काम गर्छन्। बाबुको साथी पनि हुने, आफ्नो धरहरा चढ्ने र काठमान्डौं घुम्ने धोको पनि पूरा हुने। दुई महिनाअघि रमिला काठमाडौँ आइन् । उनी यो बीचमा स्वयम्भू, चिडियाखाना, भृकुटीमण्डप जस्ता अनेक ठाँउ घुम्न गइन् । तर, पुरै काठमाडौँ एकैपटक हेर्न त धरहरा नै चढ्नुपर्थ्यो । शनिबार बिहान खाना पकाएर छिटोछिटो ’ड्याडी’ लाई खुवाइन् । खाना खादै गर्दा आफू साथीसँग घुम्न जाने जनाऊ दिइन् । १० बजे ड्याडी निस्के। उनी पनि किर्तिपुरबाट बसन्तपुर हानिइन् । संजिव वसन्तपुरतिरै बस्थे । उनीहरूको शनिबार फिल्म हेर्न जाने ’प्लान’ थियो, ग्वार्कोको गुण सिनेमा हलमा । ‘कुन फिल्म हेर्न जाने भनेका थियौँ विर्सेँ, तर पहिले धरहरा जाने जाने कुरा भयो,’ रमिलाले भनिन् । सुन्धारा पुगेर संजिव र रमिलाले धरहरा चढ्ने टिकेट किने । धरहरा चढ्दाको अनुभव उनले सुनाइन,’टुप्पोमा पुग्दासम्म मैले दुवै टिकेट हातमै समातेकी थिएँ । मोबाइल पनि हातमै थियो ।’ निकै माथि पुगेपछि गोलो झ्यालबाट उनले बाहिर हेरेकी थिइन् । त्यो बेला उनलाई डर लागेको थियो । संजिव भन्दा अघिअघि हिँडिरहेकी थिइन् । धरहराको बरण्डाबाट काठमाडौँ हेर्ने हुट्हुटी पनि उनैलाईनै ज्यादा थियो । ढोकाबाट निस्केर रेलिङ निर पुगिन् । मधुरो घाम लागेको थियो । संजिव श्रेष्ठ यसअघि पनि धरहरा चढेका थिए । धरहराको बरण्डाबाट घुमिघुमि काठमाडौँको चारैतिर देख्न पाउँदा खुब रमाइलो लागेको थियो । रामेछाप भीरपोखरीका संजिव आफ्नी भाउजुसँग बसन्तपुरमा बस्छन् । कृष्ण गल्लीको न्यु तन्दुरी फाष्टफूडमा काम गर्छन् ।
उनी शनिबार बिहान दिदीको घरमा गए । दिदिले पकाएको खाना पनि नखाइ १० बजेतिर हतार गर्दै निस्कीए । दिउँसो आफ्नी साथी रमिलासँग फिल्म हेर्न जाने ‘प्लान’ थियो । उनले रमिलालाई बसन्तपुरमा भेटे । त्यसपछि उनीहरु धरहरा गए । काउन्टरमै झोला राख्नुपर्ने रहेछ । झोला छोडेर धरहरा उक्लिए । ति झोला अझै कतै धरहराकै भग्नावशेसमा पुरिएका छन् । संजिवले भने,‘धरहराको ढोकाबाट बरण्डा झर्ने खुट्कीलोमा झर्दै गर्दा सर्रर हावा चले जस्तो भयो ।’ पहिलो पटक यहाँ आउँदा पनि उनलाई यस्तै लागेको थियो, हावा चलेजस्तो । घाम लागेको बेला सर्रर हावा आउँदा मन शितल भयो । रमाइलो लाग्यो । ‘धरहरा त हल्लेको पो रैछ !’ अहिले संजिवले सम्झिए । रमिलाले बारमा च्याप्प समातिन् । उनको हातमा अझै पनि टिकेट र मोबाइल थियो । धरहराबाट देखिने काठमाडौँ एक झल्को मात्रै हेर्न पाएकी थिइन् । उनको यति लामो धोको एक झल्को मात्र पूरा भएको थियो । मान्छेहरु चिच्याउन थाले (भूइँचालो गयो । कोही भित्र जाउँ भन्दै थिए । संजिव थुचुक्क बसेको रमिला सम्झिन्छिन् । ‘के भैरहेको थियो मलाई थाहै थिएन,’ संजिवले भने । संजिवलाई लाग्छ धरहरा ढल्क्यो र खस्यो ! रमिलालाई भने धरहरा सिधा खस्यो, रोकियो र फेरि बेपत्ता खस्यो जस्तो लाग्छ रे । उनी त्यो बेला न चिच्याउन सकिन, न रुन नै! मुटु ढक्क फुल्यो, बस ! धरहरा भुइँमा ड्याम्म बजारियो ।
![]() |
| भग्नावशेषमा ८४ घण्टासम्म पुरिएपछि आफ्नै पिसाव खाएर बाँचेका ऋषि खनाल । उनलाई प्रहरीले जिवित्तै उद्दार गर्न सफल भएको छ । |
रेलिङमा च्याप्प समातेकी रमिला उछिट्टीइन् । ’बिउझिँदा म इँटामाथि थिएँ, त्यसपछिको एकछिन फेरि मलाई थाहा छैन,’ उनले भनिन, ’एकछिन पछि होस आउँदा साथि संजिवलाई अलिपर इटामाथि नै देखेँ, तर बोलाउन सकिन ।’ उनले केही बेर अघिसम्म समातेको रेलिङले एक आमा(छोरीलाई थिचेको थियो । ‘नउछिट्टएको भए त म पनि त्यँही पर्नेरैछु जस्तो लाग्यो,’ उनले भनिन, ‘उठ्न खोज्दा खुट्टा दुख्यो । मामु र ड्याडीको याद आयो अनि रोएँ ।’ केहीबेरमै गाढा निलो रंङको लुगा लगाउने प्रहरीले आएर रमिलालाई उठाए । संजिव त्यहीँ थिए । संजिवले भने धरहरासँगै भुइँमा खसेपछि त्यहीँ उभिएको एकजना मान्छेलाई सोधे रे ‘यो के भएको ?’ ‘भुइँचालो गएको ।’ त्यसपछिको उनलाई केही थाहा छैन । होस आउँदा रगतले आँखा ढाकेको थियो । उनले नजिकैको मानिससँग पानी मागे र आफ्नो आँखा पुछेपछि थाहा पाए(उनी वीरअस्पताल अगाडिको बिच बाटामा थिए । धेरै पछि मात्रै उनलाई स्टूेचरमा राखेर टूमा सेन्टर लगियो । बुधबार टूमासेन्टरको पाँचौँ तलाको वार्डमा सारिएका छन् संजिव ।
‘हामीसँगै धरहरा चढेका कति मान्छे त्यही पुरिए वा कहाँ पुगे हामीलाई थाहा छैन, तर हामी त टूमा सेन्टरको पाँच तल्लामा दुवै आइपुगेका छौ, भाग्यले भन्नुर्पयो,’ उनी मुस्कुराए ।
देहरादुनबाट हामफालेका बाले सीमामा आएपछि थाहा पाए(छोरो जिवित रहेछ
उनी १५ दिन अघिमात्रै भारतको देहरादुन गएका थिए । देहरादुनको भारतीय सैनिक क्याम्पको मजदुरी नै ढाकावाङ( ६ अर्घाखाँचीका ५७ वर्षे थानेश्वर खनालको रोजीरोटीको माध्यम थियो । २७ वर्षदेखि मजदुरी गरेर उनले ४ भाइ छोराहरू हुर्काए । २ छोराको विहे गरे, २ जनाको बाँकि छ । हातगोडा चलेसम्म गर्दै आएको मजदुरी किन छोड्नु भनेर उनी १५ दिनअघि देहरादुन हिँडेका थिए । उनले नेपालमा भुकम्प गएको शनिबार दिउँसो टिभी हेरेर थाहा पाए । भूकम्पले भारतभन्दा नेपालमा बढी क्षति गरेको थाहा पाएपछि नेपालका परिवारलाई फोन डायल गरे । घरमा फोन लाग्यो । खासै क्षति भएको रहेनछ । तर, दुबई जान भनेर काठमाडौं आएको माइला छोरा ऋषि खनालसँग सम्पर्क हुन सकेन । निरन्तर प्रयास गर्दा आइतबार बिहान फोनको घण्टी त गयो तर उठेन् । उनको मनमा चिसो पस्यो । काठमाडौंमा भएका आफन्तले पनि ऋषिको पत्तो नलागेको बताएपछि उनी नेपाल आउन बस चढे । ‘लास भेटियो भने काजकिरिया गर्नुपर्ला भन्ने सोचेर हिँडेको थिएँ’ शिक्षण अस्पताल महाराजगञ्जको शैयामा छोराको कुरूवा बसेको खनालले भने, ‘बाटोभरी केही सोच्नै सकिनँ । न आँखामा निद थियो, न पेटमा भोक ।’
यता सयपत्री गेष्ट हाउस भत्किएर पुरिएका ऋषिलाई मंगलबार राति ११ बजे उद्धारकर्ताले जीवितै उद्धार गर्न सफल भए । खुट्टा च्यापिएर भत्किएको घरभित्र अड्किएका ऋषि ८४ घण्टासम्म पुरिएका थिए । उनको उद्धार गरिएको खबर मिडियामा छायो । थानेश्वरले बुधबार बिहान महेन्द्रनगर पुगेपछि थाहा पाए, उनको माइलो छोरा बाँचेकै रहेछ । छोराको लास खोज्न हिँडेका उनीसँग त्यो खबरले दिएको खुसी वर्णन गर्ने उपयुक्त शब्द छैनन् । मुस्कुराउँदै हिन्दी लवजमा भने, ‘धरती र आशमान् उडेजस्तो लाग्यो ।’
त्यसपछि घरबाट उनले कान्छा छोरालाई बोलाए । गोरूसिँगेमा बाबु छोराको भेट भयो । त्यहीँबाट काठमाडौं आए । बिहिबार बिहान शिक्षण अस्पतालको बेड नं ७०८ मा पल्टिएको छोरो देख्दा उनले आँसु थाम्न सकेनन् । बाबु देख्दा घाइते छोराको अनुहार उज्यालो भयो । छोराको उज्यालो अनुहार देखेपछि थानेश्वर आँखा छोपेर रून थाले । वरिपरि भएकाले सोधे( के भयो, किन रोएको ? ‘छोरालाई देखेर मेरा आँखाबाट नदी बग्न थाल्यो’, उनले भने । माइला छोरालाई उनी अरू छोराभन्दा बढी नै माया गर्छन् । सानैदेखि ऋषीलाई रगत जम्ने समस्या थियो । बुवाले उनलाई देहरादुनमा आफैंसँग राखेर उपचार गराए । ‘बिरामी भएकाले उसको अलि बढी नै माया लाग्थ्यो’, थानेश्वरले भने ।
बिहेपछि पनि आमाबुवासँगै बसेका ऋषिको अस्ति सोमबार दुबईको फ्लाइट थियो । भर्खर ६ महिना पुगेको आफ्नो छोरोको भबिष्य बनाउन र आफूलाई धेरै माया गर्ने बुवाको सपना पूरा गर्न ऋषि केएफसी कम्पनीमा काम गर्न दुवई जान लागेका थिए । ‘मलाई केही नगरेपनि कमाएर छोराले आफ्नो भविष्य त बनाउला भन्ने लागेको थियो’, थानेश्वरले भने ‘ब्रतबन्ध, विहेबारी गरिदिएँ । यत्ति भएपछि बाबुको कर्तव्य लगभग सकियो भन्ने लागेको थियो ।’ ऋषि ८४ घण्टासम्म घरमुनि बस्दा बेहोस भएनन् । उनको बायाँ खुट्टा थिचिएको थियो । वरिपरि अँध्यारो थियो । उनी घरिघरि हात यताउती चलाउँथे । त्यतिबेला उनको हातसँग अर्को मान्छेको हात ठोकिन्थ्यो । चिसो त्यो हात लासकै हो भन्ने उनलाई थाहा थियो । लाससँगै पुरिदाँ उनलाई डर लागेन । बाँच्छु र फेरि संसार देख्छु भन्ने पनि लागेकै थिएन । तर श्वास रहून्झेल बाँच्न प्रयास सबैले गर्छन । उनले पनि गरे । रूमालमा पिसाब फेरे अनि त्यही रुमाल निचोरेर खाए । पिसाबको साहारामा पनि उनको मुटु धड्किरह्यो । ८४ घण्टापछि बाहिरी संसार देख्दा उनलाई लाग्यो(आखिर पानी नखाएर पनि ८४ घण्टासम्म पनि बाँचिदो रै’छ !
आफ्नै पिसाब खाएर पनि उनी बाँचे । तर थिचिएको बाँया खुट्टा बचाउन सकेनन् । डाक्टरले घुँडाभन्दा तल काटिदिएका छन् । उनलाई बाँच्न संघर्ष गरेको त्यो ८४ घण्टाभन्दा एक खुट्टाको भरमा बाच्नु पर्ने अबका दिन कस्ता होलान् भन्ने पीरले सताइरहेको छ । ‘२७ वर्षकै उमेरमा एक खुट्टा छैन, पढे लेखेको छैन, काम गरेर कसरी परिवार चलाउने होला भन्ने पीर लाग्छ’, उनले भने । सामान्य हुँदा दुबई गएर पैसा कमाई घर व्यवहार चलाउने उनले बुनेको सपना शनिबारको भूकम्पसँगै भत्किएपछि उनले नयाँ जिन्दगीको नयाँ सपना पहिल्याउन सकेका छैनन् ।
उता छोरो विदेश गएर जीवन धान्ने भयो भन्ने सोचेका थानेश्वरलाई छोराको बाँया खुट्टा देखेपछि लागेको छ( छोराप्रतिको मेरो कर्तव्य अझ थपिएर पो आयो ! विपद्ले थपेको बाबुको कर्तव्य कसरी पूरा गर्ने ? उनले सोचिसकेका छैनन् । हामीतिर पुलुक्क हेरेर उनले सोधे( कसैले हामीलाई सहयोग गर्छ र ? ३ दिनपछि जिवितै उद्धार भएका खनालले भने ’बाँच्नका लागि आफ्नै पिशाव पिएँ’ नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो । उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन् । उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ ।’ उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए ।
भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको हो । अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको राति ११ बजे उद्दार भएका थिए । अन्य दुई जना साथीसँग काठमाडौं आएका उनी गोंगाबु बसपार्क्स्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ ।
(सौजन्य ः सेतोपाटी डट कम )

Tuesday, April 28, 2015
अजब–गजब छ बा ! सुदर्शन सिंह
ऊँ जय जगदीश हरे, प्रभु धन, रोजगार, संविधान, शान्ति, नदे पनि लोडसेडिङ नभएको बेलामा कृपा गरेर प्रभु बत्ती दे !
२०७२ बैशाख १३ गते आईतबार
महाभुकम्पले ल्याएको महाविनाश
भुकम्पका कारण जानकी मन्दिरको दक्षिणतर्फको बाँया पट्टीको गजुर भाँचिएको छ । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरधाम............
शनिबार आएको पटक पटकको भुकम्पको झट्काले देशैभरी ठुलो धनजनको क्षति भएको छ । गोरखाको पारपाक र लम्जुङलाई केन्द्र बिन्दु बनाएर आएको पटक पटकको झटका मध्ये दिनको ११ बजेर ५६ मिनेटमा सबैभन्दा ठुलो भुकम्पको झट्का ७.६ रेक्टर स्केल र १२ बजेर ३० मिनेटमा ६.६ रेक्टर स्केल मापन गरिएको छ भने ५रेक्टर स्केल भन्दा माथिको करिब १४÷१५ पटक भुकम्पको झटका महसुस गरिएको छ ।
भुकम्पका कारण काठमाण्डौमा ७१ जना, भक्तपुरमा ४३ जना, सिन्धुलीमा २ जना, दोलखामा २ जना, रामेछापमा २ जना धादिङमा ११ जना, धनुषामा १ जनाको मृत्यु भएको गृहप्रशासनले ३ बजेसम्म जानकारी प्रदान गरेको छ । भुकम्पका कारण काठमाण्डौको धरहरा खसेको र उक्त धरहरामा पुरिएर थुप्रै मानिसहरुको मृत्यु हुनसक्ने अनुमान लगाइएको छ ।
जिल्ला प्रहरी धनुषाले दिएको जानकारी अनुसार धनुषाको देवडिहा २ बस्ने रामचन्द्र राउतको छोरा बर्ष २२ को इनरजित राउतको मृत्यु भएको छ । ट्वाइलेट गरी सौच गर्न पोखरीमा जाँदा भुईचालो आएपछि पोखरीमा डुबेर राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी धनुषामा थुप्रै मानिसहरु घाईते भएको प्रहरीले जनाएको छ । भुकम्पका कारण लक्ष्मीपुर बगेवाका राम सोगारथ यादवकी छोरी वर्ष १६ कि इन्दु कुमारी यादवको दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन् । रोडबाट भाग्ने क्रममा घरको पर्खाल भत्केर उनी घाइते भएकी हुन ।
त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं.१ बस्ने उपेन्द्र साहकी पत्नी बर्ष १६ कि सविता साह आफै अल्झिएर बेहोस भईन । महेन्द्रनगर ६ बस्ने संजय साहको श्रीमति बर्ष १९ कि पुनम कुमारी देवी घरको वाल भत्किएर दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रंजित साहकी श्रीमति २२ बर्षिय कल्पना देवी घरको झ्यालबाट हाम फाल्दा दुईवटै खुट्टा फ्याक्चर भई घाइते भएकी छिन ।
प्रहरी चौकी इनर्वा, यदुकुहा र चिसापानीको प्रहरी चौकीमा ठाउँ ठाउँमा चर्किएको बताइएको छ । जनकपुरको प्रसिद्ध मन्दिर जानकी मन्दिरको भवनमा ६ ठाउँमा चर्किएको छ भने एउटा ठुलो गजुर र तिनवटा सानो गजुर खसेको छ ।
भुकम्पका कारण विजुलीको सप्लाई काटिएको छ भने संचारका साधनहरु व्यस्त देखिएका छन् । जनकपुरमा इन्टरनेटको लाइन काटिएको छ भने मानिसहरु भुकम्पका कारण त्रसित भएका छन् । त्यसैगरी
महेन्द्रनगरकी पुनम कुमारी साह, लक्ष्मीपुर बगेवाकी इन्दु कुमारी यादव, लखौरीकी सरस्वती महासेठ, झोझी कटैयाका जिवछ मुखिया, जनकपुर ७ जिरोमाइलकी कल्पना साह, जनकपुर ८ कि रंजिता यादव, अलिपट्टीकी रोशनी खातुन, बटेश्वरका मिलन कुमारी, जनकपुर ४ की राजकी झा, जनकपुर ६ कि रितिका राज घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराईरहेका छन् । घाईतेहरु मध्ये कसैको हात भाचिएको छ भने कतिपयको खुट्टा भाचिएको छ । भुकम्पका कारण जनकपुरका पत्रकार घनश्याम मिश्रको खुट्टाको औला भाचिएको छ भने धेरै मानिसहरु भुकम्पका कारण भयभित मनोविज्ञानले बाचिरहेका छन् । धनुषामा उद्धारका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले बताएका छन् ।
जनकपुरको गंगासागर पोखरीको डिलमा रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु भएको छ । विगत ३ महिना देखि बन्द रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु भएको छ भने उक्त बोडिङबाट दुषित पानी निस्किरहेको छ ।
२०७२ बैशाख १३ गते आईतबार
| भुकम्पका कारण घाइते भई जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका व्यक्तिहरुको तस्विर । |
त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं.१ बस्ने उपेन्द्र साहकी पत्नी बर्ष १६ कि सविता साह आफै अल्झिएर बेहोस भईन । महेन्द्रनगर ६ बस्ने संजय साहको श्रीमति बर्ष १९ कि पुनम कुमारी देवी घरको वाल भत्किएर दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रंजित साहकी श्रीमति २२ बर्षिय कल्पना देवी घरको झ्यालबाट हाम फाल्दा दुईवटै खुट्टा फ्याक्चर भई घाइते भएकी छिन ।
भुकम्पका कारण विजुलीको सप्लाई काटिएको छ भने संचारका साधनहरु व्यस्त देखिएका छन् । जनकपुरमा इन्टरनेटको लाइन काटिएको छ भने मानिसहरु भुकम्पका कारण त्रसित भएका छन् । त्यसैगरी
![]() |
| जनकपुरको
गंगासागर पोखरीको डिलमा रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु भएको छ । विगत ३ महिना देखि बन्द रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु भएको छ भने उक्त बोडिङबाट दुषित पानी निस्किरहेको छ । |
जनकपुरको गंगासागर पोखरीको डिलमा रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु भएको छ । विगत ३ महिना देखि बन्द रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु भएको छ भने उक्त बोडिङबाट दुषित पानी निस्किरहेको छ ।
२०७२ बैशाख १३ गते आईतबार
धनुषामा बढ्दो बलात्कार
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मंगलबार हुन त सबैको लागि मंगलमय हुन्छ । तर, ८ बैशाख २०७२ को मंगलबार मेरो जिन्दगीमा ठुलो अमंगल बनेर आयो । मेरो छोरीको अस्मिता नै लुटियो । अब के गर्ने ? ए हजुर मेरो ८ बर्षिया छोरीले उसको के विगार गरेको थियो । उसलाई त दाई भन्थिन । उससँग त होमवर्क गराउन गएकी थिईन । तर, होमवर्क गराएर फर्किनुको सट्टा जिन्दगी नै लुटाएर आइन । अब मेरो छोरीको भविष्य के हुने हो ? मेरो छोरीसँग विहे कसले गर्ला ? उसको मानसिक अवस्था अब कस्तो रहला ? यी सबै प्रश्नहरु एक पिताको हो ।
११ बैशाख २०७२ का दिन जनकपुर अञ्चल अस्पतालबाट आफ्नो छोरीलाई डिस्चार्ज गर्ने तरखरमा अस्पतालको सैयामा रुँदै(कराउँदै एक पिता द एक्सक्लुसिभ सम्वाददाता सामु आफ्नो छोरीको इन्साफ र भविष्यका लागि गुहार लगाउँदै थिए । किन लगाए त उनले गुहार ?
जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासंग भाडामा बस्दै आएकी ८ वर्षिय एक बालिका पुजा (परिवर्तित नाम)लाई लक्ष्मेश्वरकै छोरा २० वर्षिय दिपेन्द्र तिवारीले बलात्कार गरेको थियो ।

| बलात्कृत भएकी ८ वर्षिय बालिका जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै । |
कक्षा ३ मा पढ्दै गरेकी पुजा मंगलबार सांझ विद्यालयबाट घर फर्किइन । करिब ५ बजे तिर खाजा खाईसकेपछि पुजाकी बुवाले पुजालाई होमवर्क बनाउन भने । अनि पुजाले पापा दिपेन्द्र दाई माथि हुनुहुन्छ, उहाँसँगै होमवर्क बनाएर आउछु भनेर भनिन । अनि उनको बुबाले पनि ल जाउ, छिट्टै होमवर्क बनाएर फर्किनु भनेर उनले अनुमति दिए । संजोग कस्तो रहेछ भने त्यो बेला दिपेन्द्रको दाई, आमा, बुवा सबै घरबाट बाहिर कुनै कामले गएका थिए ।
सोही मौका छोपी करिब साबा ५ बजेतिर दिपेन्द्रले पुजालाई कोठा भित्र थुनेर जवरजस्ती बलात्कार गरेका थिए । दिपेन्द्रका बुवा आमा घरमा नरहेको बेला उनले धेरैबेर पुजालाई आफ्नो कोठामै थुनेर पटक पटक बलात्कार गरेका थिए । १ घण्टा पछि आमा नास्ता गरिरहेको र बुवा काम गरिरहेको अवस्थामा माथिबाट पुजा तल ओर्लिदा उनको सम्बेदनशिल अंगबाट रगत बगिरहेको थियो । मम्मि मम्मि मेरो जिउबाट रगत बगिरहेको छ डराउँदै पुजाले भनेपछि आमा बुवा दौडिदै पुजातर्फ भागे । अवस्था देखेपछि पुजाकी आमाले घरको छिमेकमै बसोवास गर्ने एकजना नर्सलाई बोलाएर पुजालाई हेर्न लगाए । जब ती नर्सले पुजासँग बलात्कार भएको बताएपछि पुजाका आमा बुवाको होस नै उड्यो । ती नर्सले छिट्टै अञ्चल अस्पताल लग्नुस बताएपछि पुजालाई अञ्चल अस्पताल पु¥याइयो । त्यतिबेला अञ्चल अस्पतालमा कार्यरत प्रहरीले बस्तुस्थिति अवलोकन गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेपछि प्रहरी उपरीक्षक गणेश बहादुर थापा आफै आएर मेडिकल जाँच गर्न लगाए । घटना लगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढायो । सुरुमा दिपेन्द्रले इन्कार गरेपनि जब दिपेन्द्रको बुवाले दिपेन्द्रलाई कुटपिट गरे अनि दिपेन्द्रले घटना गरेको स्वीकार गरेको पीडितका बुवाले बताएका छन् । सोही दिन प्रहरीले दिपेन्द्रलाई गिरफ्तार गरे भने पीडित पक्षबाट पुजाका बुवाले किटानी जाहेरी समेत दर्ता गरे । पुजाको उपचारमा संलग्न चिकित्सक डा.विजय कुमार सिंहका अनुसार पुजालाई जुनदिन अस्पताल ल्याइयो इमर्जेन्सी कक्षमा भर्ना गरियो त्यो दिन पुजाको थुप्रै ब्लिडिङ भईरहेको थियो । प्रिनियल टियर भएको थियो । एनसको तल देखि पाठेघरको मुख सर्भिक्ससम्म करिब ४ इन्चसम्म टियर थियो । धेरै रगत बगेको अवस्थामा ल्याइएको थियो । हामीले त्यो घाउलाई रिपेयर गरेर १२ गते औषधिहरु लेखेर डिस्चार्ज गरिसकेका छौं । करिब १ सप्ताहसम्म औषधि खायो भने उनी निको हुनेछिन् ।
![]() |
| बलात्कारका अभियुक्त दिपेन्द्र तिवारी प्रहरी हिरासतमा । |
पीडितका बुवाका अनुसार दिपेन्द्रले पुजालाई बलात्कार गरेपछि कसैलाई भन्यो भने ज्यानले मारिदिन्छु भनेर थर्काएका समेत थिए । घरमै रहेको पाइप देखाउँदै पुजालाई डराएर दिपेन्द्रले बलात्कार गरेको भन्दै पीडित पुजाका बुवा भन्छन,“मेरो छोरीले इन्साफ पाउनु पर्छ । पीडक दिपेन्द्रलाई हदैसम्मको कारवाही हुनुपर्छ । इन्साफको लागि जस्तो सुकै संघर्ष गर्नुपरे पनि आफु पछाडी हटदिन ।” शारिरीक रुपले पोलियोको शिकार भएर विगत ८ बर्ष देखि अपाङ्गताको शिकार भएपछि व्हील चेयर चढ्ने पीडित पुजाका बुवा आफ्नो जीवन यापनका लागि सोही ठाउँमा विगत १७ वर्ष देखि तिवारीको घर भाडा लिएर बसोबास गर्दै आएका थिए । जिविको पार्जनका लागि उक्त घरको तल एउटा सटरमा सिलाई बुनाईको काम गर्दै आएका पुजाका बुवा भन्छन,“ विगत १७÷१८ वर्ष देखि म त्यो कोठामा भाडा लिएर बस्दै आएको छु ।
घर बेटी तिवारीसँग पारिवारिक सम्बन्ध बनिसकेको थियो । मेरै अगाडी जन्मिएको दिपेन्द्रले मेरो छोरीको जिन्दगी यसरी समाप्त पार्ने छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । अब मेरो छोरीको जिवन कसरी अगाडी वढ्ने हो ? मेरो छोरीले इन्साफ पाउनै पर्छ ।” २५÷२६ बर्ष देखि रामानन्द चौकको त्यही मोहल्लामा बसेका कारण भिडका भिड मानिसहरु अस्पतालमा पुगेर सोधी खोजी गर्न थालेपछि अब आफुलाई अझै यातना भईरहेको पीडित पुजाका बुबाले बताए । ११ बैशाखमा डिस्चार्ज गराई उनले पुजालाई आफन्तको घरमा लगेका छन् ।

| पीडित बालिकाका बुवा शारिरीक रुपले अपाङ्ग छन् ।
उनी व्हील चेयर प्रयोगकर्ता हुन । जनकपुर अञ्चल
अस्पतालमा राखिएको उनको व्हील चेयर । |
यता, बुधबार विहानै देखि युवा तथा नागरिक समाजका अगुवाहरुले बलात्कारीलाई कडा कार्वाहीको मांग गर्दै प्रर्दशन गरिरहेका छन् । बालिका बलात्कार गर्नेलाई सार्वजनिक रुपमा सजाय दिनुपर्ने र उनको सम्पत्तिबाट आधि सम्पत्ति पिडित बालिकालाई दिलाउनुपर्ने मांग गर्दै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन समेत बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डेलिगेशन लिएर पुगेका युवाहरुलाई धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले बलात्कारीलाई हदैसम्म कार्वाहीका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको डेलिगेसनमा सहभागि सरोज कुमार मिश्रले बताएका छन् ।
धनुषामा बलात्कारका घटनाहरु दिन प्रति दिन वढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७१÷०७२ को चैत्र महिनासम्मको तथ्याङक हेर्ने हो भने विगत १० महिनामा धनुषामा जम्मा १४ वटा बलात्कारका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमध्ये १३ वटा घटनाको फर्छौट भईसकेको छ भने १४ जना प्रतिवादीहरु पक्राउ परेका छन् । र, ६ जना प्रतिवादीहरु फरार रहेका छन् । त्यसैगरी विगत १० महिनामा बलात्कारको प्रयास अर्थात जवर्जस्ती करणी उद्योग अन्तरगत कुल ७ वटा मुद्दा दर्ता भएकोमा ७ प्रतिवादीहरुमध्ये ६ जना पक्राउ परिसकेका छन् भने १ जना फरार रहेका छन् ।

Tuesday, April 21, 2015
अजब–गजब छ बा ! सुदर्शन सिंह
म आफै विरामी पर्या बेलामा देशै विरामी भो भनेर के कराई बस्याँ ! म यूवा नेता पो हुँ त । यति चाँडै कहाँ छोड्छु त । माया पो लाग्छ स्ट्रेचरको !
२०७२ बैशाख ०६ गते आईतबार
धनुषा कांग्रेसमा विमलेन्द्र निधिको दबदबा
अजय अनुरागी
जनकपुरधाम............
चुनावमा उम्मेदवार खडा गर्नमा हाम्रो एउटा संसदीय समिति बनेको थियो, तर मुख्यतः म नै थिएँ त्यसमा । अरु मान्छेहरुलाई थाहा पनि थिएन, सुवर्णजीलाई सम्म थाहा थिएन को मान्छे के हुने हो भनेर । त्यसभन्दा पनि जिताउने प्रचारक त म नै थिएँ ।
त्यसबेला दुई तीनवटा निर्वाचन क्षेत्रहरुका घतलाग्दा कुराहरु छन् । राष्टिूयताको भावनाको मलाई बडो घत लागेको छ । एउटा अनुभव सरोज कोइरालाको निर्वाचन क्षेत्रको थियो । चुनावको टिकट कसलाई दिने भन्ने कुरा थियो । सरोजकै घरमा पार्टीका कार्यकर्ताहरुको मिटिंग मैले बोलाएँ । म सोच्दछु, पहिलेका पार्टीका कार्यकर्ताहरुसँग अहिलेकाहरुको धेरै फरक छ जस्तो लाग्छ । अहिले त सबैको धोको आफै हुँ भन्ने जस्तो लाग्छ । त्यस मिटिंगमा करिब ५०÷६० जना मानिसहरु थिए त्यस निर्वाचन क्षेत्र भरिका । अनि मैले भने,“ कसलाई टिकट दिने ?”
त्यसमा रामनारायण मिश्र पनि छन् । सामन्तहरुले एउटा बडो प्रभावशाली राजपुतलाई उठाएका छन् । त्यसलाई गिरीका परिवारहरु तुलसी गिरी होइन, र रामनारायणका परिवारहरु रामनारायण होइन, त्यसलाई समर्थन गर्दै थिए । सबै सामन्तहरुको उसलाई समर्थन छ र ऊ बडो शक्तिशाली छ । निर्वाचन क्षेत्रमा जनसंख्याको दृष्टिबाट यादवहरुको संख्या बेसी छ । त्यो मलाई लाग्थ्यो र त्यसबेला त्यो मलाई थाहा पनि भयो । रामनारायण मिश्रले के भन्यो भने,“धेरै बलियो विरोधीसँग मुकाबिला गर्नुपरेकोले हामीले यहाँ तराईका मान्छेलाई उठाउनुपर्छ ।”

| भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधि । |
त्यो भन्ने वित्तिकै ग्वालाको प्रश्न उठ्यो । यही सब चलिरहेको थियो । एक जना निर्गुण यादव थियो, हाम्रो बडो सक्रिय साथी । उसले भन्यो,“सरोज बाबुको टिकट मिलना चाहिए ।” सरोजले टिकट नपाएको भए निर्गुणले नै पाउने थियो । उसले भन्यो,“सरोज बाबुको टिकट मिल्ना चाहिए, क्यो कि हमलोग जितने कार्यकर्ता है, उन्ही के बनाए है हमलोग । अगर जाति के आधार मे टिकट मिलना है तो नेपाली कांग्रेस क्यों बनाया आपने ?”
त्यस्तो तर्क दियो त्यसले ! अहिले त्यो ३८ समुहमा गएको छ । अर्को एउटा झाले उठेर भन्यो, जो मलाई लाग्दथ्यो गरिब झा हो । मैले सोधे त्यसको बारेमा, त्यो अहिले पनि छ तर दुःख पाएको छ । त्यसले पनि भन्यो,“सरोज बाबुले पाउनुपर्छ ।”
रामनारायणले विरोध गरिरहेको थियो । “हार्छाैं हामीहरु” भनिरहेको छ । अनि त्यसपछि अर्को एउटा यादव भकभकाएर बोल्ने हाम्रै साथ लागेको, तर उस्तो सक्रिय थिएन, उसले भन्यो,“हम खडे होंगे ।” तर मलाई लाग्यो, यो विचार गर्दा सरोजले नै पाउनुपर्छ । यो एउटा न्यायको कुरा पनि हुन्छ र मलाई लाग्छ, सरोजले जित्छ । र, हाम्रो एउटा राष्टिूय स्वरुप पनि प्रकट हुन्छ ।”
रामनारायण मलाई पछिसम्म भन्थ्यो, त्यो एउटा ठुलो गल्ती भयो । हामी हार्छौं त्यस निर्वाचन क्षेत्रमा, जित्ने क्षेत्रमा हामी हार्ने भयौं । तर हामीले जित्यौं ।
माथिका यी सबै भनाईहरु नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’ नामक पुस्तकमा तत्कालिन धनुषा महोत्तरीका विषयमा उल्लेख गरिएका शव्दहरु पृष्ठ संख्या १९९ मा अहिले पनि हेर्न सकिन्छ । निरगुन यादव ती व्यक्ति हुन जसले नेपालमा १०४ वर्षसम्म शासन गरेको जहानियाँ राणा शासन विरुद्धको २००७ सालको आन्दोलन, तत्कालिन राजा महेन्द्रको निरंकुश कदमका विरुद्ध चालिएको आन्दोलन र २०४६ सालमा गरिएको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा आफ्नो ज्यानको बाजी लगाएर सक्रिय सहभागिता जनाउनुका साथै जेलनेल समेत भोगेका व्यक्ति हुन । उनको २ वर्ष अघि मात्र निधन भएको छ । विपीले निरगुनलाई चुनावमा उठाउन लगाउँदा निरगुनले सरोज कोइरालालाई नै टिकट दिनु पर्छ, जातपातको लागि कांग्रेस बनाएको होइन भनेर भन्नुको आसयले पनि तत्कालिन कांग्रेस र अहिलेको कांग्रेस आकाश र पातालको फरक आईसकेको प्रतित हुन्छ । त्यतिबेला देशमा प्रजातन्त्र र लोकतन्त्रका लागि कांग्रेसले लडाई लडेका थिए । त्यतिबेला जातपात ठुलो कुरा थिएन । तर, अहिले कांग्रेस भित्र जातीको राजनीति, आफन्त नातागोता सम्मको राजनीति यतिसम्म हावी भईसकेको छ कि नेताको इर्दगिर्द, चाकरी, चाप्लुसी गर्ने येसम्यानहरु पावरमा पुगेर अवसर लिईरहेका छन् भने त्याग बलिदान गरेका तर चाकरी चाप्लुसीमा विश्वास नगर्नेहरु, आफ्नो स्वाभिमान जोगाएर राख्नेहरु पार्टी भित्र अटाउन समेत सकिरहेका छैनन् । त्यसको ज्वलन्त उदाहरण के हो भने तिनै निरगुन यादवका छोराहरु अहिले कांग्रेसमा नभएर अन्य पार्टीमा लागेका छन् । कांग्रेसका लागि ज्यानको आहुती दिएका सहिद दुर्गानन्द झाकी श्रीमति काशी देवी झालाई कांग्रेसले सम्मान गर्न नसकेपछि उनी तमलोपामा छिन् । तमलोपाले उनलाई पछिल्लो संविधानसभामा सभाषद बनाउनुका साथै राज्य मन्त्रिसम्म बनाए । २०४६ सालको आन्दोलनका नायक ललन चौधरी अहिले कांग्रेस भित्र रहिरहेपनि भुमिका र जिम्मेवारी विहिन बनाइएका छन् । २०३६ सालका नायक यूवराज खाँती ओझेलमा परेका छन् भने थुप्रै सहिदहरुका परिवारहरु प्रति कांग्रेसले उदासिन चरित्र देखाएको पाइन्छ ।
क्रियाशिल सदस्यता नविकरण र विवाद

| नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय । |
२४ देखि २८ भाद्र २०७२ मा नेपाली कांग्रेसको १३ औं महाधिवेशनको सरगर्मी चलिरहेकै बेला कांग्रेस अहिले देशैभरी अधिवेशनमा जुटेको छ । कांग्रेसले गरेको निर्णय अनुसार १४ साउन २०७२ मा नगर वडा, गाउँ र नगर अधिवेशन, २२ साउन २०७२ मा क्षेत्रिय अधिवेशन र २६ साउन २०७२ मा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ । उक्त अधिवेशन हुनु भन्दा अगाडी २०७१ फागुन मसान्त भित्र शुल्क सहित क्रियाशिल सदस्यता नविकरण र थप नयाँ नविकरण आवेदन फारम केन्द्रमा बुझाईसक्नु पर्ने छ । यदि उक्त सदस्यता नविकरणमा कहिँ विवाद देखा प¥यो भने २०७२ बैशाख मसान्त भित्र सम्पुर्ण विवाद टुङ्गयाई क्रियाशिल सदस्यता छानविन समितिले केन्द्रिय कार्य समितिमा पेश गरिसक्नुपर्ने कांग्रेसले परिपत्र जारी गरेको छ । ६ फागुन २०६१ मा बसेको कांग्रेसको केन्द्रिय कार्य समितिको बैठकले नरहरी आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव तीन सदस्यीय क्रियाशिल सदस्यता छानविन समिति गठन गरेको छ ।
कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको व्यक्तिले निरन्तर रुपले २ घण्टा अनिवार्य रुपले पार्टीको क्रियाकलापमा सहभागि भएको व्यक्तिलाई तल्लो निकायका कार्य समितिले उसको क्रियाकलाप हेरी क्रियाशिल सदस्यता प्रदान गर्ने प्रावधान छ । तर, अहिले भएको के हो भने साधारण सदस्यता समेत प्राप्त नगरेका, विगतमा पार्टीका गतिविधि, पार्टीको हित विपरित क्रियाकलापमा लागेका व्यक्तिहरु, अन्य पार्टीमा समेत आवद्ध भएका व्यक्तिहरुलाई आ(आफ्नो वर्चश्व कायम राख्नका लागि अगुवा नेताहरुले एकातर्फ क्रियाशिल सदस्यता वितरण गरेका छन् भने अर्को तर्फ आफ्ना पक्षमा नभएका जेन्यून कार्यकर्ताहरुलाई समेत सदस्यता दिलाउनबाट बञ्चित गरिएका छन् ।
एउटै परिवारबाट आमा, बुवा, दाजु, भाई, भाउजु, बुहारी, काका, काकी, भतिजा, भतिजी, नाता, गोता, त्यसपछि आफ्नो जाति, नजिकका जातिलाई क्रियाशिल सदस्यता प्रदान गर्ने कतिसम्मको होडवाजी चलेको छ भने धनुषामा भरिएका क्रियाशिल सदस्यता फारमको सुचि हेरेमा नै पुष्टि हुन्छ ।
धनुषामा कांग्रेसका कार्यालय सचिव मिथिला प्रसाद ठाकुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनुषाको क्षेत्र नं.२मा १ हजार ६ सय ६९ नविकरण र ७ सय ६६ थप सदस्यता, क्षेत्र नं.३ मा १ हजार २ सय ३४ नविकरण र ८ सय १३ थप नयाँ सदस्यता, क्षेत्र नं. ४ मा १ हजार २ सय ५४ नविकरण, क्षेत्र नं.५ मा १ हजार २ सय ६४ नबिकरण र ७ सय ८० नयाँ सदस्यता, क्षेत्र नं.६ मा ९ सय ४१ नविकरण र ७ सय ४१ थप सदस्यता र क्षेत्र नं. ७ मा १ हजार १ सय ९ नबिकरण र ७ सय ३३ थप नयाँ क्रियाशिल सदस्यता प्रदान गरिएको फारम प्राप्त भईसकेको छ । क्षेत्र नं.१ बाट फारम अहिलेसम्म बुझाइएको छैन । यसरी हेर्ने हो भने ७ वटै निर्वाचन क्षेत्रलाई जोड्ने हो भने ९ हजार नविकरण र ६ हजार थप नयाँ सदस्यता गरि कुल १५ हजार क्रियाशिल सदस्यता यसपटक वितरण गरिएको छ । यसअघिसम्म धनुषामा करिब १० हजार जति क्रियाशिल सदस्य रहेका थिए । जसमध्ये केही मानिसहरुको मृत्यु भएको छ ।
सदस्यता वितरणमा विवाद देखिएको छ । सचिव सन्तोष यादवका अनुसार सभापति रामसरोज यादवले आफ्नो मत सुरक्षित पार्न आफु खुशी सदस्यता वितरण गरेका छन् । क्षेत्र र गाउँ इकाई कमिटिलाई बाईपास गरी सदस्यता वितरण गरेको उनको आरोप छ । तर, सभापति यादव त्यसलाई अस्वीकार गर्दै भन्छन,“आनन्द ढुङ्गानाले केन्द्रबाटै ७ नम्बर क्षेत्रमा ४ वटा गाविसमा, ५ नम्बर क्षेत्रमा चन्द्रमोहन यादवले ३ वटा गाविसमा प्रक्रिया मिचेर जिल्ला कार्य समितिलाई बाईपास गरेर सदस्यता फारम वितरण गरेका छन् ।”
सदस्यता वितरणमा यसकारण हानाथाप

क्रियाशिल सदस्यता नविकरण फारमको
अभिलेख राख्दै कांग्रेसको कार्यालय
सचिव मिथिला प्रसाद ठाकुर । |
नेपाली कांग्रेसका विधान अनुसार गाउँमा ११ जना डेलिगेटमा एक जना सभापति, एक÷एक जना अल्पसंख्यक, दलित, जनजाति र महिला रहन्छन् भने नगरको वडाहरुबाट एकजना सभापति, महिला लगायत ३ जना प्रतिनिधिहरु छनौट हुने प्रावधान छ । यदि १ सय जना वढी क्रियाशिल सदस्य भएमा १ जना थप प्रतिनिधि, २५ जना महिलामा १ जना थप प्रतिनिधि हुने प्रावधान छ । त्यसैगरी उपमहानगरपालिकामा १ जना सभापति, १ महिला गरी ४ जना प्रतिनिधि छनौट हुने प्रावधान छ । तर, १ सय भन्दा क्रियाशिल सदस्य भएमा १ जना थप र २५ महिला भन्दा वढी भएमा १ जना थप महिला प्रतिनिधि छनौट हुने व्यवस्था छ । यिनै प्रतिनिधिहरु छनौट भईसकेपछि क्षेत्रिय अधिवेशनमा र जिल्ला अधिवेशनमा समेत भाग लिन्छन् । तर, जिल्ला सभापतिको उम्मेदवार हुनका लागि महाधिवेशन प्रतिनिधिले मात्र उम्मेदवारी दिने प्रावधान छ भने बाँकी पदहरुका लागि क्षेत्रिय प्रतिनिधि हुनु पर्दछ । त्यसैगरी पार्टीका केन्द्रिय सदस्यहरु, जितेका सभाषदहरु, समानुपातिक सभाषदहरु, सभाषदमा हारेका उम्मेदारहरु स्वतः क्षेत्रिय प्रतिनिधि बन्न पाउने प्रावधान छ ।
क्षेत्रिय सभापति बन्नका लागि अहिले ठुलै चलखेल भएको छ । क्षेत्रिय सभापति भएपछि क्षेत्र क्याप्चर हुने, स्थानीय निकाय देखि प्रतिनिधि सभासम्मको चुनावमा उम्मेदवारको उम्मेदवारीका लागि सिफारिस गर्ने अधिकार, क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि जो केन्द्रिय महाधिवेशनका लागि भोटर समेत हुन्छन्, ती सबैका लागि सदस्यता महत्वपुर्ण भएकाले हानाथाप भएको हो ।
विधान अनुसार सदस्यता नविकरण गर्दा तहगत समितिको वैठक वसेर कसको नविकरण गर्ने नगर्ने अधिकार भएपनि विरोधीको प्रस्तावक र समर्थक बाहेक सबै जनालाई क्रियाशिल सदस्यता नविकरण गर्ने केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका कारण पछिल्लो चुनावमा कांग्रेसका बागी उम्मेदवारी दिएका प्रस्तावक समर्थक बसेका बाहेक गाउँ सहरका कुनै पनि तप्काले नविकरण गर्नुपर्ने हुन्छ । तर, त्यसो नगरी आ(आफ्ना मान्छेलाइ क्षेत्रिय अधिवेशन आफ्नो पक्षमा पार्न सदस्यता नविकरण गरिएको पाइएको छ । त्यसैगरी नयाँ क्रियाशिल सदस्यता वितरणका लागि तल्लो इकाईका कमिटिले कार्यसमितिको वैठक बुलाई छलफल गरी संगठनको लागि कसलाई दिँदा संगठन बलियो हुन्छ भन्ने छलफल गरी माइनुट गराई पास गराई मात्र दिनुपर्ने प्रावधान रहेपनि एकले अर्कोलाई बहुमतको आधारमा पेलेर आ(आफ्ना पोकेटको मान्छेलाई सदस्यता वितरण गरिएको पाइन्छ ।
कांग्रेस धनुषामा पनि अहिले सदस्यता नविकरण प्रक्रिया जारी रहँदा विवाद देखिएको छ । कांग्रेस धनुषाका सभापति रामसरोज यादवका अनुसार अहिलेसम्ममा १० हजार जति पुरानो सदस्यता र साढे ६ देखि ७ हजारसम्म नयाँ सदस्यता गरी कुल १६ देखि १७ हजारसम्मको हाराहारीमा सदस्यता नविकरण गरिएको छ ।
विमलेन्द्र निधि र रामसरोज यादवको धनुषामा एकछत्र राज

कांग्रेस धनुषाका सभापति रामसरोज यादव । |
४ भदौ २०६७ मा कांग्रेस धनुषाको बागडोर सम्हालेका रामसरोज यादवको कार्यकाल आउँदो २६ साउन २०७२ मा सकिँदैछ । २६ साउनमा हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि अहिले देखि नै कांग्रेस भित्र दौडधुप तथा कोठे वैठकहरु संचालन हुन लागेको छ । अहिलेसम्म संस्थापन पक्षबाट वर्तमान सचिव सन्तोष यादव, राष्टूपति डा.रामबरण यादवका पुत्र तथा सभाषद प्राध्यापक डा.चन्द्रमोहन यादव र क्षेत्र नं. १ का क्षेत्रिय सभापति तथा सभासद दिनेश परसैला यादवको नाउँ चर्चामा छ भने अर्को खेमाबाट पुर्व सचिव राजकिशोर सिंह, महेश शंकर गिरी, प्रफुल्ल घिमिरे, रामपल्टन साह, कोमलकान्त झा र कुमरकान्त झाको नाउँ चर्चामा छ । सभापति यादवले फेरी निरन्तरता दिने हो कि भन्ने सवालमा यादवले आफु अब जिल्ला सभापतिमा नलड्ने द एक्सक्लुसिभसँगको कुराकानीमा प्रष्ट रुपले जनाउ दिईसकेका छन् । तर, बिमलेन्द्र निधिको विश्वासपात्रका रुपमा चिनिएका यादवको विकल्पमा अन्य व्यक्ति नदेखिएकाले पनि अन्तिम अवस्थामा उनलाई नै फेरी चुनाव लडाउने निधि खेमाको तयारी रहेको बताइन्छ ।
हुन त करिब ३ कार्यकाल देखि सभापति बनेका रामसरोज यादवको कार्यकालको उपलब्धी के हो भनेर यादवसँगै प्रश्न गर्दा उनी भन्छन,“ सभापतिको मुख्य काम भनेको संगठन निर्माण हो । पहिलो संविधानसभाको चुनावमा मेरो नेतृत्वमा ३ वटा सिट र दोस्रो संविधानसभाको चुनावमा मेरो नेतृत्वमा ७ मध्ये ६ वटा सिट जित्नु नै सबैभन्दा ठुलो उपलब्धी हो । यति मात्र होइन सिंगो तराईमै सबैभन्दा राम्रो र बलियो संगठन धनुषामा नै रहनु पनि मुख्य उपलब्धी हो जस्तो लाग्छ ।” हुन त अहिले पार्टी कार्यालयको भवन निर्माण गर्नु पनि अर्को उपलब्धीको रुपमा लिँदै यादव भन्छन,“ १८ वर्ष अघि स्मृतिनारायण चौधरी सभापति भएको बेलामा पार्टीका तत्कालिन केन्द्रिय सभापति गिरिजा प्रसाद कोइरालाले सिलान्यास गरेको जग्गामा भवन निर्माण संगै कम्पाउन्ड वाल बनाउनका लागि आफुले ठुलै मिहिनेत गरेको छु ।” सोही जग्गामा करिब ७÷८ करोडको लागतमा चार तल्ले भवन निर्माणका लागि नक्सा बनिसकेको र बैशाखसम्ममा सुरुवात गरी एक तल्ले घर आफ्नै कार्यकालमा बनाईसक्ने छु भन्दै यादव भन्छन,“ उक्त भवन आधुनिक किसिमको हुनेछन् र सुविधा सम्पन्न पनि हुनेछन् । तराईमै नरहेको भवन नमुना भवन बन्ने छ ।”
पार्टीको विधानमा उल्लेख भए अनुसार जिल्ला सभापतिले महिनामा कम्तिमा पनि एक पटक अनिवार्य रुपले बैठक डाक्नुपर्ने हुन्छ तर सभापति यादवले कार्यसमितिको बैठक डाकेको भएपनि कर्मकाण्डी रुपले मात्र बैठक डाकेको आरोप लगाउँदै संस्थापन खेमाबाट सचिवमा निर्वाचित भएका सन्तोष यादव भन्छन,“ पार्टीको विधान अनुसार प्रत्येक वर्ष अनिवार्य रुपले एक पटक जिल्ला सम्मेलन गर्नुपर्छ । तर, सभापति यादवले पाँचौं वर्षमा पुगिसक्दा पनि एउटा पनि जिल्ला सम्मेलन गराउन नसक्नुले उनको विफलता प्रष्ट हुन्छ ।” यसको जवाफमा सभापति यादव भन्छन,“ सबै क्षेत्रको क्षेत्रिय सम्मेलन सकेपछि मात्र जिल्लाले जिल्ला सम्मेलन गर्ने प्रावधान रहेको छ । तर, क्षेत्र नं. १ मा र क्षेत्र नं. ६ मा क्षेत्रिय सम्मेलन नै नभएका कारण प्राविधिक कारणले जिल्ला सम्मेलन गराउन सकिएन । हुन त केन्द्रले पनि पाँच वर्षमा पाँच वटा महासमितिको वैठक गर्नुपर्ने हो तर केन्द्रले पनि एउटा मात्र महासमितिको बैठक गर्नुले पनि कांग्रेस भित्र यो रोग तल देखि माथिसम्म रहेको छ ।”
उनको कार्यकालमा जिल्ला कार्य समितिको बैठकमा दुई पटक नोट अफ डिसेन्ट लेखिएको छ । २१ अषाढ २०७० मा पदाधिकारी चयन गर्ने सन्दर्भमा सभापति यादवले सह सचिवमा राजकुमार मण्डललाई प्रस्ताव गर्दा कोषाध्यक्ष हरिनारायण साहले सहमति र समावेशीका अनुसार नभई एक पक्षिय प्रस्ताव भएकोले उक्त प्रस्ताव र निर्णय प्रति असहमति रहेको भन्दै विरोध गरेको पाइन्छ । त्यसैगरी १२ फागुन २०६७ मा पदाधिकारी चयन गर्ने सन्दर्भमा उपसभापतिमा विजय कुमार साह र सचिवमा कोमलकान्त झालाई चयन गर्न बहुमतद्वारा पारित भएपछि सचिव सन्तोष कुमार यादव र सदस्य अर्जुन यादवले उपसभापति, सचिव, सहसचिव र विभागहरु गठन नभएको कारणले उक्त निर्णय प्रति आफुहरुको असहमति रहेको भन्दै नोट अफ डिसेन्ट लेखेका छन् । हो पनि २०६७ मा निर्वाचित सभापति यादवले १० जेष्ठ २०७१ मा आएर लेखा समिति संयोजकमा प्रेमचन्द्र झा र अनुशासन समितिको संयोजकमा चयन गर्नुले पनि विभाग गठन गर्नमा लागेको ढिलाईले उनको विफलतालाई झल्काउँछ । यति मात्र होइन नेपाली कांग्रेसको केन्द्रिय समितिको वैठकले महासमितिको बैठक जनकपुरमा गर्ने निर्णय गरेपनि यादवले विभिन्न प्राविधिक कारणहरु देखाई महासमितिको बैठक जनकपुरमा गर्न नसकिने बताएपछि उक्त बैठक नबलपरासीको त्रिबेणीमा सर्नुले पनि उनको कार्यकालको अर्को विफलता झल्किन्छ ।
सभापति यादवले एक पक्षिय ढंगले तानाशाही प्रवृतिबाट पार्टी संचालन गरेको भन्दै सचिव यादव भन्छन,“ म निर्वाचित सचिव हुँ । तर, कोमलकान्त झा सचिवमा मनोनित नहँुदासम्म पुर्व सचिव राजकिशोर सिंहलाई १० महिनासम्म उनले जिम्मेवारी दिए । पछि मनोनित सचिव झालाई जिम्मेवारी दिए । त्यसैगरी निर्वाचित कोषाध्यक्ष हरिनारायण साहलाई कुनै किसिमको आर्थिक कारोबार गर्ने अधिकार नदिएर अहिलेसम्म पनि पुर्व कोषाध्यक्ष राजकिशोर साहलाई नै सभापतिले जिम्मेवारी दिएका छन् । यो सबै पार्टीको विधान विपरित हो ।”
उक्त आरोपका सन्दर्भमा सभापति यादव भन्छन,“सचिवको जिम्मेवारी दिँदा सन्तोष यादवले मेरो निर्देशन विपरितको काम गर्ने, उदघोषणको जिम्मेवारी दिँदा प्रोटोकललाई मिचेर लविगत राजनीति गर्ने, कार्यालयमा समय नदिने जस्ता कारणहरुले उनलाई अधिकार नदिएको हो । अर्को तर्फ कोमलकान्त झा दिनरात पार्टीको काममा सक्रिय हुने र सभापतिको निर्देशन अनुसार चल्ने भएपछि उनलाई अधिकार दिइएको हो ।”
यति मात्र होइन उनले जिल्ला सदस्यहरुमा एकलौटी ढंगले १४ जनालाई मनोनित गर्नु, एकलौटी ढंगले कार्यसम्पादन समिति गठन गर्नु र विभागहरुको संयोजक पनि एकलौटी ढंगले चयन गरेर पार्टी भित्र तानाशाही लादेको सचिव यादवको आरोप छ । पछिल्लो संविधानसभाको निर्वाचनमा पार्टीको हित विपरित काम गर्नेहरुलाई केन्द्रिय अनुशासन समितिले धनुषामा ४३ जनालाई कारवाही गरेको थियो । जसमध्ये जिल्ला समिति सदस्यहरु उमेश साह, लक्ष्मीनारायण मण्डल लगायत पनि परेका थिए । तर, सभापति यादवले एकातर्फ कारवाहीमा परेका ती व्यक्तिहरुलाई कारवाही विपरित जिल्ला कमिटिको वैठकमा उपस्थित गराए भने अर्को तर्फ ४ नम्बर क्षेत्रबाट कारवाहीका लागि सिफारिस गरिएको उजुरी नै केन्द्रले खारेजी गरेपनि सभापति यादवले त्यस्ता व्यक्तिहरुलाई सदस्यता नविकरण गर्नबाट बञ्चित गराएको सचिव यादवको आरोप छ ।
गुटबन्दी हावी
एकता र ऐतिहासिक महाधिवेशन कांग्रेसको १२ औं महाधिवेशनको नारा रहेपनि केन्द्र देखि जिल्ला सम्म पार्टी भित्र एकता हुन सकेको छैन । केन्द्रिय महाधिवेशनमा संस्थापन पक्षबाट सुशिल कोइराला विजयी भएका थिए भने प्रजातान्त्रिक पक्षबाट शेरबहादुर देउवा पराजित भएका थिए । अहिलेसम्म पनि पार्टी भित्र उक्त दुई गुट विद्यमान छन् जसको असर धनुषामा पनि पर्नु अस्वाभाविक होइन । धनुषाको अधिवेशनमा संस्थापन पक्षबाट स्मृतिनारायण चौधरी सभापतिमा पराजित भए भने प्रजातान्त्रिक पक्षबाट रामसरोज यादव निर्वाचित भए । चौधरी पछिल्लो संविधानसभाको चुनावमा संस्थापन खेमा छोडेर निधिसँग नजिकिएका छन् ।
धनुषामा संस्थापन पक्ष तर्फ अहिले लिला कोइराला, आनन्द ढुङ्गाना शिर्षस्त नेताका रुपमा रहेका छन् भने ती दुई नेताका इर्दगिर्द सभाषदहरु रामकृष्ण यादव, डा.चन्द्रमोहन यादव, दिनेश प्रसाद परसैला, पुष्पलता लामा, मुक्ता कुमारी यादव र रश्मी ठाकुर रहेका छन् । कोइराला र ढुङ्गाना संस्थापन पक्षमै रहेपनि ती दुवै बीचको सम्बन्ध धेरै चिसिएको तथा बोलचाल समेत नरहेको बताइन्छ । अर्को तर्फ प्रजातान्त्रिक पक्षको धनुषामा विमलेन्द्र निधिले कमाण्ड सम्हालेका छन् । उक्त खेमामा सभाषदहरु महेन्द्र यादव, मिनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास, प्रेम किशोर साह रहेका छन् । त्यसैगरी जिल्ला कार्य समितिमा प्रजातान्त्रिक पक्षका सभापति रामसरोज यादव, उपसभापति विजय साह र सचिव कोमलकान्त झा छन् भने संस्थापन पक्षबाट सचिव सन्तोष यादव र कोषाध्यक्ष हरिनारायण साह छन् ।
प्रत्येक निर्वाचन क्षेत्रबाट ५÷५ जना र ३ जना मनोनित गरी कुल ३८ सदस्य सुरुमा गठन हुँदा १७ जनाका साथ संस्थापन पक्ष बहुमतमा थिए भने १६ जनाका साथ प्रजातान्त्रिक पक्ष अल्पमतमा थिए किनभने ५ जना सदस्यहरु तटस्थ थिए । तर, सभापतिले १४ जना सदस्यहरु मनोनित गर्ने विधानबाट प्राप्त अधिकारलाई सभापति यादवले दुरुपयोग गर्दै एक पक्षिय ढंगले आफ्नै खेमाका व्यक्तिहरुलाई मनोनित गरेर प्रजातान्त्रिक खेमा बहुमतमा पुगेपछि जुन सुकै निर्णय पनि पास गराउने गरेको सचिव यादवको आरोप छ ।
७ जना क्षेत्रिय सभापतिहरु मध्ये १ नम्बरका दिनेश परसैला यादव, २ नम्बरका राजकिशोर सिंह र ७ नम्बरका रामनरेश महत्तो संस्थापन पक्षका क्षेत्रिय सभापति हुन भने ३ नम्बरका परमेश्वर यादव, ४ नम्बरका हरिशंकर साह, ५ नम्बरका योगेन्द्र पञ्जियार, ६ नम्बरका रामकृष्ण मण्डल प्रजातान्त्रिक पक्षका क्षेत्रिय सभापति हुन । जसमध्ये ७ नम्बरका क्षेत्रिय सभापति रामनरेश महत्तो र नेता आनन्द ढुङ्गाना बीच विवाद भएपछि अहिले महत्तो प्रजातान्त्रिक पक्ष तिर लहसिएको बताइन्छ ।
गुट परिवर्तनको इतिहास
२०४६ साल भन्दा अघि प्रजातान्त्रिक पक्ष अर्थात विमलेन्द्र निधिको खेमामा आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, रामसरोज यादव, महेश शंकर गिरी, दिगम्बर राय, रामकृष्ण यादव, समिर घिमिरे, दिलिप सहगल, बैद्यनाथ साह, किशोरी साह, प्रफुल्ल घिमिरे, राजकिशोर सिंह, कुमर कान्त झा, महेन्द्र लेलिन यादव, राजकुमार भारती लगायतका नेताहरु थिए । अर्को तर्फ संस्थापन पक्षमा लिला कोइराला, भिष्मजंग काजी, वृषेशचन्द्र लाल, रामबरण यादव, शिवधारी यादव, महेन्द्र यादव लगायतका नेताहरु थिए । संस्थापन पक्षमा योजनाकार तथा डिजाइनरको रुपमा बृषेशचन्द्र लाल थिए भने अर्को खेमामा विमलेन्द्र निधि सोही भुमिकामा थिए ।
२०४७ साल पछि सत्तामा र पार्टीमा समेत संस्थापन पक्षकै जोडबल चल्ने गथर््यो । त्याग गरेका नेताहरुलाई विमलेन्द्रको गु्रपले अवसर दिन नसक्ने र दिने अवसर आउँदा पनि नदिने कारणले विमलेन्द्रका खेमाबाट आनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, रामकृष्ण यादव, राजकुमार भारती लगायतका नेताहरु संस्थापन पक्ष तर्फ गए । संस्थापन पक्षमा गएकै कारण आनन्द ढुङ्गाना धनुषाको सभापति, तीन पटक सांसद, पटक पटक मन्त्रि, पार्टीको प्रमुख सचेतक र संगठन विभाग प्रमुख समेत बन्न पाएका छन् । त्यसैगरी स्मृतिनारायण चौधरी करिब १४ वर्षसम्म पार्टीको धनुषा सभापति, एक पटक सांसद, सांसद बनेपछि लेखा समितिको अध्यक्ष जस्ता अवसर पाए । रामकृष्ण यादव पार्टीको सभापति, दुई पटक सांसद, सांसद बनेर सार्वजनिक लेखा समितिको सभापति र अहिले पार्टीको क्रियाशिल सदस्यताका लागि केन्द्रमा बनेको छानविन समितिमा सदस्य पनि बन्न पाएका छन् । जब रामकृष्ण यादव संस्थापन पक्षमा गए तब महेन्द्र यादव संस्थापन पक्षबाट प्रजातान्त्रिक खेमामा आए । प्रजातान्त्रिक पक्षमा आएपछि महेन्द्र यादव तरुण दलको केन्द्रिय अध्यक्ष, दुई पटक सभाषद बने भने केन्द्रिय सदस्य पनि बन्न पाएका छन् । त्यसैगरी २०४६ सालका आन्दोलनका नाइके ललन चौधरी संस्थापन संस्थापन खेमामा भएपनि उनले कुनै अवसर प्राप्त गर्न सकेका छैनन् । यतिसम्म भयो कि पछिल्लो अधिवेशनमा उनलाई क्षेत्र नं. ४बाट महाधिवेशन प्रतिनिधि समेत बन्न दिइएन ।
अर्को तर्फ प्रजातान्त्रिक पक्षबाट धनुषामा नेतृत्व गरेका विमलेन्द्र निधिले सबै भन्दा वढी लाभ र अवसर लिएको पाइन्छ । उनी नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति, पटक पटक केन्द्रिय सदस्य, सांसद, मन्त्रि र पार्टीमा महामन्त्रि समेत भईसकेका छन् । अबको उनको दाउ देउवालाई सभापतिमा जिताएर आफै कार्यबाहक सभापति बन्ने वा बरिष्ठ उपाध्यक्षमा मनोनित हुने बताइन्छ ।
हुन त विमलेन्द्र निधिको खेमामा रहेका केही नेताहरुले अवसरै नपाएको पनि होइन । दिगम्बर राय कृष्ण प्रसाद भट्टराईको अन्तरिम सरकारमा मेयर जस्तै जनकपुर नगरपालिकाको संयोजक, जानकी मन्दिर जिर्णोधार समिति, जनकपुर अञ्चल अस्पतालमा प्रसुति निर्माण समितिमा, कृषि सम्बन्धी नार्कका संयोजक, सुकुमवासी आयोगका अध्यक्ष, जनकपुर नगरपालिकामा मेयर पदका लागि दुई पटक टिकट पाउनु र बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अध्यक्ष समेत बन्न पाएका छन् ।
त्यसैगरी रामसरोज यादव तीन पटक पार्टी सभापति, जिल्ला विकास समितिको सभापति, एक पटक सभाषद र क्षेत्र नं.४ बाट सभाषदको टिकट प्राप्त गरी पराजित भएका छन् । त्यसैगरी जुगेश्वर कापडीले नेपाल रेल्वेको महाप्रवन्धक, कुमरकान्त झाले जनकपुर अञ्चल अस्पताल विकास समितिको अध्यक्ष, किशोरी साह जनकपुर नगरपालिकामा एक पटक उपमेयरमा पराजित भएपछि अर्को पटक टिकट पाउँदा निर्वाचित भएका थिए । अर्को तर्फ हेर्ने हो भने २०४६ साल अघि, जेलनेल भोगेका अधिकांश नेताहरुले कुनै अवसर पाउन सकेका छैनन् । २०४६ साल पछिका नेताहरु सरस्वती चौधरी, मिनाक्षी झा, लक्ष्मी भण्डारी, प्रमिला दास लगायतका नेतृहरु सभाषद भईसकेका छन् । अर्को तर्फ रोचक प्रसंग के छ भने लक्ष्मी भण्डारी ती व्यक्ति हुन जो कांग्रेसका नेताहरु पक्राउ परेपछि तत्कालिन डिएसपी अफिसमा उनी फोटो खिच्न जान्थे । जानकी चौकमा उनको स्टुडियो थियो र पक्राउ परेका व्यक्तिहरुको फोटो खिच्न उनलाई प्रहरीले बोलाउँथे । ती नै लक्ष्मी भण्डारीलाई विमलेन्द्र निधिले सभाषद बनाएपछि कांग्रेस भित्र ठुलो चर्चाको विषय बनेको थियो ।
त्यसैगरी विमलेन्द्र निधिका दाजु नबेन्द्र निधिलाई नगराईन स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदमा पराजित गर्नका लागि अहम भुमिका खेलेका विद्यालयका तत्कालिन प्रधानाध्यापक महाविर दासको सपोर्टमा लाग्ने रघुनाथ दासकी श्रीमति प्रमिला दासलाई निधिले अहिले सभाषद बनाएर पुरस्कृत गरेका छन् । रघुनाथ दास त्यतिबेला नेपाली कांग्रेस परित्याग गरी दलित जनजाति पार्टीमा लागेका थिए । प्रमिला दासले क्षेत्र नं.३ मा विमलेन्द्र निधिलाई दलितको मत तान्न भुमिका निर्वाह गरेको बताइएपछि निधिले रामसरोज यादवको सिफारिसमा दलित कोटामा उनलाई पुरस्कार स्वरुप सभाषद बनाएको भन्ने चर्चा छ ।
तर, विमल खेमामा रहेकाहरु मध्ये महेश शंकर गिरी, दिलिप सहगल, प्रफुल्ल घिमिरे लगायतले अवसर पाउन सकेनन् । समिर घिमिरेले टिकट नपाउँदा विद्रोही बनेर स्वतन्त्रबाट दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए ।
अर्को तर्फ संस्थापन पक्षबाट रामबरण यादवले पटक पटक सांसद, मन्त्रि, केन्द्रिय सदस्य, सहायक महामन्त्रि, महामन्त्री हुँदै राष्टूपति समेत बन्न सफल भएका छन् भने उनका छोरा चन्द्र मोहन यादव अहिले सभाषद बनेका छन् । त्यसैगरी शिक्षण पेशामा रहेका मुक्ता यादव र पुष्पलता लामा सभाषद बन्न सफल भएकी छिन् भने जेलनेल भोगेका तुलसा आचार्य, मोहन माथेमा लगायत पार्टी भित्र झख मारिरहेका छन् ।
अबको समिकरण
धनुषामा संस्थापन पक्ष नाम मात्रको देखिन्छ । नेताहरु लिला कोइराला र आनन्द ढुङ्गाना जिल्ला भन्दा पनि केन्द्रमै व्यस्त भएपछि संस्थापन पक्षका नेताहरु कमजोर बनेको कारण अहिले पनि संस्थापन पक्षमा अनौपचारिक रुपले राष्टूपति रामबरण यादव नै नेता रहेको बताइन्छ । यादव आफ्नो उत्तराधिकारीको रुपमा छोरा चन्द्रमोहनलाई स्थापित गर्न हरेक कसरत गरिरहेको बताइन्छ । राष्टूपतिको कतिसम्म प्रभाव धनुषाको राजनीतिमा छ भन्ने कुरा छोरा चन्द्रमोहन कांग्रेसको क्रियाशिल सदस्य नभएता पनि पहिलो संविधानसभाको उपचुनावमा उनले टिकट दिलाउन सफल हुनुले पनि पुष्टि गर्दछ । उपचुनावमा पराजित भएपछि दोस्रो चुनावमा क्षेत्रले उनको छोरालाई सिफारिस नगरेपनि राष्टूपतिले आफ्नो दबाबमा टिकट दिलाउन मात्र सफल भएनन् विजयी गराएरै छाडे ।
यता आनन्द ढुङ्गाना आफु समानुपातिकमा पर्ने ढुक्क भएपछि आफ्ना विश्वासपात्र बासलाल महत्तोलाई टिकट दिलाए भने अर्को तर्फ उनी बासलाललाई चुनावमा प्रचार गरी उनलाई सहयोग गर्नुको सट्टा बाँकेमा सुशिल कोइरालाको प्रचारमा सक्रिय भएर उनको निकट बने । अर्को तर्फ लिला कोइराला अस्वस्थ रह्ने, केही सिमित व्यक्तिहरुको घेराबन्दीमा मात्र रहने, जनकपुरका साहु जातिका केही नेताहरुलाई च्याप्ने कारण उनको पुरानो समर्थकहरु विस्तारै टाढिदै गएका छन् । यो प्रशंग किन उल्लेख गरिएको हो भने संस्थापन पक्षका कतिपय नेताहरुलाई भित्र भित्रै निधि खेमाले आफु तर्फ तानिसकेका छन् ।
बाहिरबाट हेर्दा धनुषामा विमल खेमा अति नै शक्तिशाली देखिन्छ । जिल्ला अधिवेशनमा उनको खेमा बहुमतले जित्ने प्रायः निश्चित छ । तर, विमल खेमा भित्र पनि धेरै गुट उपगुट हुनु, अवसर प्रलोभन जस्ता विमलको कार्डबाट धेरै कार्यकर्ताहरु यसअघि नै ठगिनु जस्ता प्रमुख कारणहरुले निधि खेमाबाट आउने उम्मेदवारलाई फ्रस्टेूशनका कारण निगेटिभ मत जाने सम्भावनालाई पनि कम आँकन सकिन्न । किनभने संविधानसभाको चुनावमा स्मृतिनारायण चौधरीलाई प्रचार प्रसारको क्रममा क्षेत्रका सबै गाउँहरुमा लगेर चौधरीलाई समानुपातिक सभाषद पक्का बनाउने भनेर मञ्चमै भाषण गर्ने निधिले चौधरीलाई प्रयोग गरी चौधरीको प्रभावका मत ल्याएर चुनावमा जितेर मन्त्रि समेत बनिसक्दा उनलाई सभाषद नबनाउनुले पनि निधिले झुठो आश्वासन मात्र दिने गरेको निधि खेमाका कतिपय कार्यकर्ताहरुको बुझाई रहेको छ । यति मात्र होइन उनको खेमामा धेरै जना आकांक्षीहरु भएकाले टिकट नपाउने व्यक्तिले विद्रोह गरेर उम्मेदवारी दिनसक्ने सम्भावना पनि देखा परेको छ । किनभने पछिल्लो चुनावमा निधि खेमाकै महेश शंकर गिरीले जिल्ला सभापति पदमा विद्रोह गरिसकेका छन् ।

Subscribe to:
Posts (Atom)