Tuesday, September 16, 2014

जनकपुरधामको गिर्दो छविको जिम्मेवार को ?-शैलेश दास


शैलेश दास

पुर रम्यता राम जव देखी हरषे अनुज समेत विसेषी ।
बनह न बरनत नगर निकाई जहाँ जाई मन तहँइँ लोभाई ।।
((तुलसी रामायण बालकाण्ड)
रामायणलाई मान्ने हो भन्ने आजभन्दा अन्दाजी पाँच हजार वर्ष पुर्व ने जनकपुरको लोभलाग्दो अनुपम सुन्दरता देखि मर्यादा पुरुषोत्तम राम स्वयं नै हर्ष विभोर भई मोहित हुन पुगेका थिए । कालान्तरमा निश्चय पनि जनकको यो पवित्र तपोभुमिमा अनेकन उतार चढाव आएको होलान जुनकि अन्वेषकहरुले इतिहासको गर्भमा खोज्नुपर्ने विषयवस्तु हुन् ।
वर्तमान सन्दर्भमा जनकपुरको विकास गर्ने कुरा उठ्दा प्रायः यहाँ यसको धार्मिक संरक्षणको कुरा पनि सँगै उठ्न गरेको सुनिन्छ । हो, यस कुरालाई नकार्न सकिन्न कि जनकपुरको दिगो विकासका लागि यसको पौराणिकता र धार्मिक संरक्षणमाथि जोड दिइनु पर्दछ । तर के यहाँको नागरिक समाज, वौद्धिक वर्ग, प्रशासन, एनजिओ÷आइएनजीओ तथा नगरपालिका र जिल्ला विकास समिति जस्ता विकास ऐजेन्सीहरु वास्तवमा यस तर्फ इमान्दारीपुर्वक सचेष्ट छन् त ? यो खुशीको कुरा छ कि २०४६ सालको परिवर्तनपछि यहाँका धेरैजसो यूवाहरुमा पनि एक किसिमको राजनीतिक  र सामाजिक जागृति आएको देखियो । फलस्वरुप यहाँ जनकपुरमा पनि ठुलो आशा र उत्साहसाथ सामाजिक क्षेत्रमा अनेक यूवा समितिहरु स्थापित गरिए । हो, यो अर्के कुरा छ कि ती मध्ये अधिकांश यूवा समिति वा क्लब आफ्ना सामाजिक उद्देश्यप्रति त्यतिको गम्भीर भएको देखिएन वा कोही कोही केही अवस्थामा क्लबलाई नै आ(आफ्नो स्वार्थ साध्ने औजारसमेत बनाएको पाइयो । अर्कोतर्फ अन्य सरकारी एजेन्सी वा निकायहरु जनकपुरको विकास प्रति साँचो अर्थमा सम्बेदनशील र सचेष्ट भई दिएको भए जनकपुरको सामाजिक र धार्मिक अवस्था कसरी दिन प्रति दिन यस किसिमबाट दयनीय हुँदै जाने थियो त ? जनकपुरको धार्मिक संरक्षणको सवालमा बृहत्तर जनकपुरको पनि त्यत्तिकै जिम्मेवारी छ । त्यस्तै यस कुरा तर्फ यहाँका वैष्णव समुदाय र महाधीशहरुसमेतले पहल गर्नुपर्ने थियो । पगलाबाबाको जागरुकता हेरेर उनी यस तर्फ पनि लाग्ला भने धेरैको अनुमान थियो । तर उनी धर्मशाला बनाएर केहीको पेट पालन गर्ने भाँडो बनाई त्यसै चुप लागेर बसे ।
जनकपुरको लाजमर्दो दलनिकास, सडक र त्यसमाथि जथाभावी थुप्रिएका फोहोरमैलाको कुरै नगरौं । यो त जगजाहेर भईसकेको छ । जनकपुरको नाम जति पवित्र छ यो नगर उतिकै अव्यवस्थित र फोहर छ । यहाँको विकासको कुरा गर्दा एउटा के कुरा पनि विचारणीय छ भने जनकपुरको विकास कलकारखाना, उद्योग, तारे होटल र ठुल्ठुला भवन आदि ठडाउनाले मात्र पनि हुँदैन । यसको दिगो र प्रभावकारी विकासका लागि यस तीर्थस्थलको पौराणिकता उजागर हुने गरी यहाँ धार्मिक संरचना खडा गरिनुपर्छ र विष्णुपुराण तथा मिथिला महात्मामा वर्णित पवित्र सरोवर तथा यहाँका कुप, कुण्ड, कुटी, मठमन्दिर र आश्रमहरुको बचाव र वृद्धि गर्नुपर्ने हो । किनभने आममानिस र श्रद्धालु तीर्थयात्रुहरुमा यो धार्मिक स्थलहरुप्रति परम्परादेखि अगाध आस्था र विश्वासउ रहि आएको छ । मानिसहरुको मनमा रहेको यस किसिमको श्रद्धा र विश्वास नै जनकपुरको स्थायी विकासका लागि भरपर्दो पूँजी हुन् । लौ भन्नुहोस त जनकपुरमा जानकी मन्दिर( नौलखा) कसरी अस्तित्वमा आयो ? रानीको मनमा माता जानकीप्रति भएको प्रगाढ. श्रद्धा र अटल विश्वासको प्रतिफल यो नौलखा होइन र ?
तर दुःखको कुरा के छ भने आज जनकपुरका ती परम्परागत धार्मिक छवि बोकेका विन्दुहरुलाई नै विगार्ने खेल यहाँहरुमा अनायास जुन किसिमको पवित्र र धार्मिक भावना मनमा स्वतः उब्जन गरेको थियो त्यसमाथि अब आघात पुग्न थालेको छ । ती आस्थाका विन्दुहरु अर्थात पवित्र पोखरी र मठमन्दिरहरु उजाड हुन पुगेका छन् । या धेरैजसो लोप नै गरी सकिएका छन् । जनकपुरमा पस्नासाथ चौक, चौबाटो र नाकाहरुमा मद्य, मांस र माछाको खुलेआम पसलहरु त्यस्तै छ र प्रष्टै देखा पर्दछन् । जसलाई हेरेर आगन्तुक तीर्थयात्रुहरु नाक भौं मात्र खुम्चयाउदैनन् बल्कि चकित पनि हुँदा रहेछन् । मीट हाउस, माछा फ्राई र सेकुवा पसलको दृष्य देखेर तिनीहरुमा जनकपुरप्रति वितृष्णाको भाव पैदा हुँदो रहेछ । हुँदाहुँदै अब त यस्ता मस्ती पसलहरु राम र जानकी मन्दिरकै छेउ छाउमा पनि चलिरहेको देखिन्छ । जसले गर्दा तिनीहरु सोच्न बाध्य हुन्छन् कि के माता जानकीको जन्मस्थान र मर्यादा पुरुषोत्तम श्रीरामको ससुराली यै जनकपुर हो त ? र, सकेसम्म अब जनकपुरमा आउन नपरोस भन्ने नकारात्मक भावना लिई ती विचरा तीर्थलुहरु यहाँबाट फर्कने गरेका छन् ।
सयकडौं वर्ष पहिले देखि नै जनकपुरमा माछा मासु मार्नु, काटनु वर्जित थियो । तर अब त परिक्रमाभित्रै पनि केही टोलमा खसी बाख्रा काटेर मासु विक्री गर्ने गरिन्छ । जुनकि यहाँको धार्मिक परम्परा विपरितका कुरा हुन । स्मरण रहोस कि वैष्णव धर्म आचरण विपरित यस्ता काम धंदा यहाँ जनकपुर क्षेत्रमा १९३३ साल देखि नै प्रतिवन्धित थियो । जुन परम्परालाई आदर गर्दै नेपालको सर्वोच्च अदालत समेतले जनकपुरको सो धार्मिक अक्षुणतालाई कायम राख्न निर्णय गरेको देखिन्छ । तर त्यसको पालन खोई ? यस्तो अवस्थामा जनकपुरको धार्मिक छवि लोप हुँदै गयो भने यसको अस्मिता र अस्तित्वकै के ठेकान रहला र ? 

२०७१ भदौ २९ गते आईतबार

अजब–गजब छ बा ! - सुदर्शन सिंह


ये होस् पु¥याएर विस्तारै विस्तारै तान्न भन्याँ गुणस्तरहीन कालोपत्रे भाँ पनि दुई वर्षको लागि चाह्या हो के , यो त अहिले नै उकिन्न थाल्याँ !

 
२०७१  भदौ २९ गते  आईतवार

नयाँ नेतृत्वको लागि उद्योग बाणिज्य संघमा चुनाव विभिन्न पदको लागि ४० जना उम्मेदवारहरु प्रतिस्पर्धामा

जनकपुर उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवारहरु
 शिवशंकर साह (हिरा)
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
उद्योगी ब्यवसायीहरुको छाता संगठन जनकपुर उद्योग बाणिज्य संघको असोज ४ गते हुने निर्वाचनका लागि चुनावी अभियान तिब्र भएको छ ।  २३ सदस्यीय कार्यसमितिका लागि १६ पदमा निर्वाचन हुने र ७ पद पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष निर्मल कुमार चौधरीले जनाएका छन् । चौधरीले जनाए अनुसार अध्यक्ष पदमा चार जना, २ उपाध्यक्षका लागि ५ जना, महासचिवका लागि ३ जना, सचिवका लागि ६ जना र कोषाध्यक्षका लागि ६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । त्यसैगरि ८ जना सदस्य पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । १ जना एशोसिएट सदस्यका लागि दुई जनाबीच प्रतिष्पर्धा हुनेछ । 
अध्यक्ष पदका लागि शिवशंकर साह (हिरा), ललित कुमार साह, अनिरुद्ध साह र विजय कुमार साह (होण्डा)ले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि २ उपाध्यक्ष पदका लागि विजय कुमार साह, निलम देवी कर्ण, विकास कुमार चौधरी, बिनोद कुमार साह र नन्दलाल साह सुडीले मनोनयन पत्र दर्ता गराएका छन् । महासचिव पदमा जितेन्द्र प्रसाद साह, अरुण कुमार साह र कृष्ण देव साह सुडीले मनोनयन पत्र दर्ता गराएका  छन् । सचिवमा राज कुमार साह तेली, सञ्जय प्रसाद साह, सुरेन्द्र कुमार भण्डारी, सन्तोष कुमार गुप्ता, शंकर प्रसाद साह र सन्तोषकुमार साहले मनोनयन पत्र दर्ता गराएका छन् । तर, ती उम्मेदवारहरु मध्ये सन्तोष कुमार साहको सदस्यता लिएको एक वर्ष पुरा नभएको कारण उनको उम्मेदवारी मनोनयन रद्द गरिएको र शंकर प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएकोछ । कोषाध्यक्ष पदमा श्रवणकुमार महतो, अशोक कुमार चौधरी, जितेन्द्र कुमार महासेठ, श्यामप्रसाद साह, मो.आलम राइन र पंकज कुमार महतोले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार उक्त उम्मेदवारहरु मध्ये श्याम प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । समितिका अनुसार एसोसिएट सदस्य पदमा दीपेन्द्र कुमार यादव र बलराम साहले मनोनयन पत्र दर्ता गराएका छन् । त्यसैगरि ८ सदस्य पदका लागि १८ जनाले मनोनय पत्र दर्ता गराएका छन् । सदस्य पदहरुमा सलामत राईन, कैलाश महासेठ, राम सुरत प्रसाद साह,विजय चौधरी (बद्री), पंकज कुमार खन्डेवाल, नितेश कुमार साह, धर्मेन्द्र कुमार साह, वैद्यनाथ प्रसाद, फुलदेव पंडित, सरुज देव साह (राजु), सन्तोष कुमार साह, रामकुमार पजियार, परमेश्वर साह (आशा), जितेन्द्र कुमार साह हलुवाई,  राकेश विक्रम साह, श्रवण कुमार साह, फुलगेन साह र दिलिप साह रहेका छन् ।
 
जनकपुर उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवारहरु 
ललित कुमार साह  ।
अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा
अध्यक्ष पदका लागि शिवशंकर साह (हिरा), ललित कुमार साह, अनिरुद्ध साह र विजय कुमार साह (होण्डा) गरी ४ जना उम्मेदवारहरु प्रतिस्पर्धाका लागि चुनावी मैदानमा प्रचार प्रसारमा जुटेका छन् । ३७ वर्षिय शिवशंकर साह (हिरा) अन्जु ट्रेडर्स र अजय इम्पोरियम फर्मका संचालक हुन । सन् १९९८ मा उद्योग बाणिज्य संघको सदस्यता लिएका हिरा २०६५ देखि २०६८ सालसम्मको कार्य समितिमा कार्यसमिति सदस्य मनोनित भएका थिए । त्यसैगरी २०६८ सालमा भएको पछिल्लो चुनावमा उनी अध्यक्ष पदका उम्मेदवार थिए । उक्त चुनावमा निर्वाचित भएका श्याम साहलाई कडा चुनौति दिँदै निकटत्तम प्रतिद्वन्दी रहेका थिए । झिनो मत अन्तरले उनी पराजित भएका थिए । प्रविणता पत्र तह उत्तिर्ण साह विगतका समयमा विभिन्न आन्दोलनहरुमा सक्रिय सहभागी भई अग्र पंक्तिमा देखिएका कारण यूवा उमेरमै उनी जनकपुरमा धेरै लोकप्रिय छन् । खासगरी औद्योगिक आन्दोलनहरुको लागि उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको देखिन्छ । आन्तरिक राजश्व कार्यालय जनकपुरबाट वर्दीवास स्थानान्तरण गर्न लाग्दा उनले आन्दोलनको नेतृत्व गरेका थिए । लोडसेडिङका विरुद्ध उनले आफ्नै नेतृत्वमा जनकपुरमा आन्दोलन गरेका थिए । त्यसैगरी मधेसी दलहरुले आम हडतालको आह्वान गर्दा प्रदर्शनकारीहरुद्वारा व्यापारीहरुमाथि गरिएको आक्रमणलाई उनले आफै प्रत्यक्षरुपमा सहभागी भई काउन्टर दिएका थिए । सोही आन्दोलनका क्रममा उनका विरुद्ध मोटरसाईकल जलाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा समेत दर्ता गरिएको थियो । प्रखर वक्ताको रुपमा रहेका पहिचान बनाएका उनले विभिन्न समयमा व्यापारीहरु माथि भएको अन्यायका विरुद्ध उद्योग बाणिज्य संघमा नरहेपनि आवाज बुलन्द गर्दै आएका छन् । जनकपुर सहरलाई औद्योगिक तथा पर्यटकीय नगरीको रुपमा विकसित गर्ने तथा व्यापार व्यवसायका साथ साथै औद्योगिक विकासका लागि र व्यापारीहरुको सुख दुखमा आफु सधै साथ रहेको कारण आफु चुनाव जित्नेमा ढुक्क रहेको हिराले द एक्सक्लुसिभसँगको कुराकानीमा बताए ।
 
जनकपुर उद्योग बाणिज्य संघको
 अध्यक्षका उम्मेदवारहरु
विजय कुमार साह (होण्डा)  ।
त्यसैगरी अध्यक्ष पदका अर्को उम्मेदवार ललित साह वर्तमान कार्यसमितिको महासचिव हुन । ३८ वर्षिय साह साह टे«डर्सका संचालक हुन । एसएलसी उत्तिर्ण साह १६ वर्ष अघि सदस्यता प्राप्त गरेका थिए । २०६५सालमा उनी सचिव र २०६८ सालमा महासचिव पदमा निर्वाचित भएका थिए । ढल्केवर देखि जनकपुरलाई औद्योगिक करिडोरको रुपमा स्थापना गर्न, व्यापारीहरुको हक हितका लागि, पर्यटकीय नगरीहरु पोखरा, लुम्विनी र काठमाण्डौबाट जनकपुरसम्मको लागि पर्यटकीय माइक्रोवस संचालन गर्न, जनकपुरमा पर्याप्त विजुलीको सुविधा उपलब्ध गराउन र जनकपुरको विकासको लागि आफुले उम्मेदवारी दिएको साहले बताए । विगत ६ वर्ष देखि जनकपुरका व्यापारीहरुको हरेक सुख दुख तथा समस्यामा आफु १२ बजे राति पनि साथ भएका कारण आफ्नो जित सुनिश्चित रहेको उनले दावी गरे । यता केही व्यापारीहरु भने आफुहरुमाथि भएको अन्यायका विरुद्ध महासचिव जस्तो गरिमामय पदमा रहेर पनि प्रहरी प्रशासनको नजिक हुनका लागि तथा अवैध कमाईका लागि व्यापारीहरुलाई ध्यान नदिएको बेला बखतमा आरोप लगाउँदै आएका छन् । व्यापारीहरुलाई समस्या पर्दा एक पटक पनि संस्थाको तर्पmबाट विज्ञप्ति जारी नगर्ने उनको प्रवृति नै रहेको केही व्यापारीहरु नाम नलेखाउने सर्तमा दावी गर्दै आएका छन् ।
जनकपुर उद्योग बाणिज्य संघको
अध्यक्षका उम्मेदवारहरु अनिरुद्ध साह ।
त्यसैगरी अध्यक्ष पदका अर्को उम्मेदवार ४२ वर्षिय अनिरुद्ध साह अमित टेन्ट हाउसका संचालक हुन । २०५१ सालमा सदस्यता लिएका उनी २०५३ देखि २०५९सालसम्म दुईपटक कार्यकारी सदस्य भएका थिए । एसएलसी उत्तिर्ण उनी सचिव, महासचिव हुँदै उपाध्यक्ष समेत भइसकेका छन् । हालको कार्यसमितिमा उनी द्धितिय उपाध्यक्ष हुन । विगत १८ वर्ष देखि जनकपुरका व्यापारीहरुलाई आफुले हर हमेशा साथ दिएकोले व्यापारीहरुले आफुलाई जिताउँदै आएको र यसपटक अध्यक्ष पदमा समेत जिताउनेमा आफु ढुक्क रहेको उनले बताएका छन् । त्यसैगरी अध्यक्षका अर्को उम्मेदवार ३९ वर्षिय विजय कुमार साह होण्डा विके इन्टरप्राइजेज प्रा.लि.का संचालक हुन । आइएसी उत्तिर्ण उनी २०६५ सालमा उपाध्यक्षमा पराजित भएपनि २०६८ सालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन । व्यवसायीहरुलाई जनधनको सुरक्षा प्रदान गर्न र जनकपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको र आफ्नो जित सुनिश्चित रहेको उनले बताए ।
सचिवमा भण्डारीको चर्चा
सचिव पदका प्रत्यासी सुरेन्द्र कुमार भण्डारी मतदाताहरुका बीचमा चर्चाका पात्र बनेका छन् । ३२ वर्षिय भण्डारी गणेश स्टोर्सका संचालक हुन । जनकपुर उद्योग बाणिज्य संघको २०६५ सालमा सदस्यता लिएका उनी वर्तमान कार्यसमितिमा सदस्य पदमा निर्वाचित भएका व्यक्ति हुन । सदस्य भएर भ्याटको आन्दोलनमा विभिन्न व्यापारीहरुलाई अवैधानिक ढंगले प्रहरी प्रशासनले पक्राउ गर्दा छोडाउन तथा विभिन्न समस्या समाधान गर्न आफु हर हमेशा तत्पर रहेका कारण आफुलाई व्यापारीहरुले मत दिने उनले बताए । गणेश यूवा कमिटिका पुर्व अध्यक्ष, जनकपुर जेसिसका पुर्व उपाध्यक्ष, मिथिला यूवा समाज नेपालका अध्यक्ष, महाविर यूवा कमिटिका भुतपुर्व निर्देशक समेत रहेका कारण उनी जनकपुरमा लोकप्रिय व्यक्ति हुन । विभिन्न संघ संस्थाहरुका मार्फत आफुले समाज सेवा गर्दै आएको र अगामी दिनमा पनि व्यापारीहरुको  हुनाले आफुलार्ई े मौका दिनेमा ढुक्क रहेको उनी बताउँछन् ।
कोषाध्यक्षका उम्मेदवार महतोको प्रचार प्रसार तिब्र
कोषाध्यक्ष पदका उम्मेदवार पंकज कुमार महतोले  प्रचार प्रसारलाई तिब्रता दिंदै विभिन्न ठाउँका व्यापारी , व्यवसायी , उद्योगीहरुसँग भेटघाँट तथा छलफल जारी राखेका छन् ।
हार्डवेयर व्यवसायी संघ जनकपुरका महासचिव समेत रहेका  उम्मेदवार महतोले जनकपुर उधोग बाणिज्य संघको सदस्यहरु रहेका र नरहेका व्यपारीहरुको साझा सवालहरु पहिचान गरि अर्जुन दृष्टि बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको उनले बताएका छन् । हकहितका लागि कामगर्न सक्ने सबल र सक्षम उम्मेदवारलाई उनीहरुले नेतृत्वमा पु¥याउने आफूले विश्वास लिएको महतोले जनाए । कोषाध्यक्ष पदकालागि अशोककुमार चौधरी, श्यामप्रसाद साह, मोहम्मद आलम राइन र जितेन्द्र महासेठले उम्मेदवारी दिएका छन् ।
चर्चामा उम्मेदवार सलामत
असोज ४ गते हुने जनकपुर उधोग वाणिज्यसंघको निर्वाचनमा कार्यसमिति सदस्य पदका उम्मेदवार सलामत राइन चर्चामा देखिएका छन् । युवा व्यक्तित्व रहेका सलामतले समाजिक कार्यदेखि व्यापारीक क्षेत्रमा विगतदेखि नै पु¥याएको योगदानका कारण निर्वाचनको क्रममा चर्चामा देखिएका छन् । २६ वर्षिय राईन राइन सपलायर्सका संचालक हुन । आइकम उत्तिर्ण उनी ३ वर्ष अघि मात्र सदस्यता लिएका छन् । व्यवसायीक प्रतिष्ठा निजी क्षेत्रको स्वाभिमान, व्यापार प्रवद्र्धन उद्योगी व्यवसायी वर्गको उत्थान नारा साथ उनी चुनावी प्रचार प्रसारमा होमिएका छन् । आफु कुनै पनि पद र संस्थामा नपुगेपनि व्यापारीहरुको हक हितका लागि लोडसेडिङको आन्दोलनमा सहभागी रहेको बताउने राइनले गाउँ गाउँमा वाइमेक्स इन्टरनेट सेवा र मनिटूान्सफर्मर सेवा पु¥याएको र अल्पसंख्यक समुदाय मुस्लिम भएको कारण समावेशी नेतृत्वका लागि पनि आफ्नो जित सुनिश्चित रहेको राईनले दावी गरेका छन् ।
 त्यसैगरी सदस्यका उम्मेदवार संतोष साह पनि चर्चामा छन् । ३२ वर्षिय साह एसके हार्डवेयर र उषा स्टील फर्निचर उद्योगका संचालक हुन । गणेश यूवा कमिटिका निवर्तमान अध्यक्ष, जनकपुर जेसिसका जनकसम्पर्क अधिकृत, मिथिला यूवा समाज नेपालका महासचिव, जनकपुर हार्डवेयर व्यवसायी संघका कार्यसमिति सदस्य समेत रहेका कारण उनी जनकपुरमा लोकप्रिय व्यक्ति हुन । विभिन्न संघ संस्थाहरुका मार्फत आफुले समाज सेवा गर्दै आएको र अगामी दिनमा पनि व्यापारीहरुको  हक हितमा समर्पित रहने हुनाले आफुलाई मतदाताहरुले सेवा गर्ने मौका दिनेमा ढुक्क रहेको उनी बताउँछन् ।
एक मात्र महिला उम्मेदवार
उपाध्यक्ष पदका उम्मेदवार निलम देवी कर्ण ।
 ४० जना उम्मेदवारहरु मध्ये उनी 
एक मात्र महिला उम्मेदवार हुन ।
पुरुष सरह महिलाको पनि बराबरी सहभागिता हुनुपर्ने चौतर्फी आवाज उठी रहेपनि १४ सदस्यीय कार्यसमितिको लागि असोज ४ गते हुन गइरहेको जनकपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा मात्र एक महिलाले उम्मेदवारी दिएका छन् ।
कार्यसमितिको १४ पदको लागि हुने निर्वाचनमा ४० जना भन्दा धेरैले उम्मेदवारी दिएका छन् । तर, अधिकांश पुरुष सदस्यरुको वाहुल्य रहेको जनकपुर उधोग वाणिज्यसंघको आगामी निर्वाचनमा निलमदेवी कर्ण एक्ली महिलाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकि छिन् ।
उपाध्यक्षमा कर्ण विजयकुमार साह, विकासकुमार चौधरी, विनोदकुमार साह र नन्दलाल सुडीसँग प्रतिष्पर्धा गर्दैछिन् । वाणिज्यसंघको कार्यसमिति सदस्य भएर तीन कार्यकाल बिताई सकेका उनले व्यापारी वर्गको हकहितका लागि सँधै आवाज उठाई रहेकोले मतदाताहरुले आफूलाई मत दिने विश्वास व्यक्त गरे । मैथली महिला कलाकेन्द्रका संचालक कर्ण वाणिज्यसंघ तथा विभिन्न समाजिक संस्था मार्फत व्यापार तथा व्यापारीको हकहितमा कामगर्दै आएको भन्दै यसपटकको निर्वाचनमा सबै मतदाताले आफूलाई साथदिने उनको विश्वास छ ।
२५५२ मतदाता
यस पटकको निर्वाचनमा २ हजार ५ सय ५२ जना मतदाताहरु रहेका छन् । यसपटक प्यान नं. भएका व्यक्तिहरु मात्र सदस्य बन्न पाएका छन् । यसका अतिरिक्त मतदाताहरुको फोटो समेत रहेको मतदाता परिचय पत्र वितरण गरिने योजना सफल हुन नसकेपनि मतदानका दिन फोटो सहितको भोटर लिस्ट जारी गरिने तयारी रहेको निर्वाचन समितिका अध्यक्ष निर्मल कुमार चौधरीले जनाएका छन् ।  मतदाता बन्नका लागि व्यवसायीहरुको २५ वर्ष उमेर पुगेको हुनुपर्ने, फर्मको भ्याट तथा प्यान नं. हुनुपर्ने र उम्मेदवार हुनको लागि कम्तिमा पनि १२ महिनाको सदस्यता प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको चौधरीले बताएका छन् । त्यसैगरी चुनावलाई भडकिलो नहुन दिनका लागि चुनाव आचार संहिता समेत बनाइएको चौधरीले बताएका छन् । गत वर्ष ३ हजार ४ सय ५९ जना मतदाताहरु रहेको थियो । यस वर्ष प्यान नं.का कारण नक्कली मतदाताहरुको शुद्धिकरण भएको उनले बताए । मतदाताहरुमध्ये ७० प्रतिशत साह, १० प्रतिशत मारवाडी, ३ प्रतिशत पहाडी, २ प्रतिशत मुस्लिम र बाँकी अन्य समुदायहरु १५ प्रतिशत रहेको छ ।
 


२०७१ भदौ २९ गते आईतबार

Monday, September 15, 2014

सामाजिक कार्यमा राम यूवा कमिटीको योगदान

प्रमोद चौधरी
२०४६ सालको जनआन्दोलन पश्चात नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएर प्रजातन्त्रको वहाली भयो । प्रजातन्त्र प्रति आस्था राख्ने यूवाहरु संगठित हुन नपाइरहेको, पञ्चायतकालमा कुनै पनि संघ संस्था दर्ता गर्नु परे त्यो संस्था राजावादी हुनु पथर््यो । राजाको जन्म दिन मनाउनु पर्ने, मरन दिन मनाउनु पर्ने, तत्कालिन व्यवस्था विरुद्ध जान नसक्ने स्थितिका कारण प्रजातन्त्र माथि विश्वास गर्ने संगठन तथा संस्थाहरु प्रतिवन्धित थिए । प्रजातन्त्रको पुनर्वहाली भए पश्चात कानुन विधि व्यवस्था तथा प्रहरी प्रशासनको शुन्यता स्थिति भयो । पनि कसैले नमान्ने, भए त्रासको निर्माण भयो । प्रहरी प्रशासन मौन बसेपछि कहिं आतङ्क त सिर्जना हुँदैन । र हरेक समयमा के देखिन्छ भने पराजित भएका शक्ति विभिन्न उपद्रवहरु गर्ने गर्थे । दरवार पक्षले नै प्रेरी खुकुरी दल वा कुनै दल गठन गर्ने हो कि, जनधन को रक्षा हुुन पाउँछ की पाउँदैन, त्यो परिस्थितिबाट समाजलाई कसरी जोगाउने भनेर यूवाहरुको चिन्ताले जनकपुरका केही यूवाहरु संगठित भए । त्यो बेला धेरै यूवाहरु संगठित भई राति राति पहरेदारी दिने काम सुरु भयो । पहरेदारीको क्रम सुरु भए सँगै रामचौकका यूवाहरुले चिन्तन मन्न गरेर श्री राम यूवा कमिटिको नाउँमा यूवाहरुलाई संगठित गर्ने काम सुरु भयो । रामबाबु साहको अध्यक्षतामा २०४७ साल भाद्र १८ गते श्री राम यूवा कमिटिको स्थापना भयो । कमिटिको स्थापना भए लगत्तै असोज कार्तिकमा विजयादशमीको बन्दोवस्ती कसरी गर्ने भन्ने प्रथम प्राथमिक विषय बन्यो । महापर्वको रुपमा मनाइने गरेको पर्व विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजा आजा तथा बोकाको बली कार्यलाई कसरी सरह तथा सरल ठेगले व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा उक्त कमिटिले प्रस्ताव अगाडी ल्यायो । हजारौं भक्तजन आउँदा भीड अनियमितता हुन गए प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसके एउटा ठुलो दुर्घटना पनि हुन सक्ने सम्भावना थियो । दशमीको कार्यक्रम संचालन गर्नु भन्दा पहिले प्रशासनिक निकाय र राजनीतिक दलका मान्छहरुलाई बोलाई गुठी संस्थानले वैठक डाक्ने परम्परा भयो । चिन्तन मनन गरी विजयादशमी मनाउने कार्ययोजना बनाउने गुठी संस्थानको परम्परा रहि आएको छ । सोही बेला राम यूवा कमिटिका पदाधिकारीले गुठी संस्थानमा गएर दुई दिन पछि डाकिने उक्त वैठकमा आफुहरुलाई पनि सहभागी गराउनु पर्छ । भनेर भन्दा गुठी संस्थानमा कार्यरत पञ्चायतकालिन मानसिकता बोकेका कर्मचारीहरुले मानेनन । यूवाहरुलाई किन सोहनु पर्छ । यो त प्रशासनिक निकाय र गुठी संस्थानका कर्मचारीहरुले गर्ने काम हो भनेर रामयूवा कमिटिको प्रस्तावलाई अस्वीकार गर्यौ । त्यसपछि यूवाहरुले बल प्रयोग गरी हामीलाई चिठी काट्नै पर्छ भनेर धम्की दिदा बीच वचाव गर्न गुठीका सहायक कर्मचारी नारायण प्रसाद भट्टराईले रामयूवा कमिटि र महावीर यूवा कमिटीलाईू आउन एउटा औपचारिक पत्र लेखे । त्यसपछि गुठीका प्रमुखले यूवाहरुले हामीलाई धम्काउन आयो, धम्काएर जवरजस्ती चिठी लिएर यो वैठकमा आयो भनेर उजुरी नै दाले । संयोगवश डिएसपी कार्यालयका प्रमुख तत्कालिन डिएसपी रोहित बहादुर थापाले सकारात्मक रुपमा लिई युवा क्लबका साथीहरु दशैंको कार्यमा योगदान गर्न चाहन्छन भने तिमीहरुलाई पनि मौका प्रदान गरिनु पर्छ भनेर समर्थन गरेपछि यूवाहरु झन हौसिए । त्यसपछि कसरी काम गर्ने, व्यवस्थापन गर्ने योजना ल्याउन भनियो ।
रामचौकमा राम यूवा कमिटीद्वारा निर्माणाधिन श्रीराम टावर ।
पञ्चायतकालमा ५ सय, ६ सय बोका काटन साँझ ५ बजे देखि विहान २÷३ बजे सम्म काटिने गरिन्थ्यो । त्यो अनियन्यित र अव्यवस्थित देखिए पछि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने यूवाहरुले विचार गरे, तर्कहरु राखे । प्रशासनिक निकास र गुठी संस्थानका कर्मचारीहरुले बोकाको कानमा स्टीच लगाईदिनुपर्छ त कसैले खुट्टामा चिनो लगाउनु पर्छ भनै आफै तर्क राख्ने र आफैले राखेको तर्कलाई राख्न पनि गरिरहेका थिए । तर, यूवाले १ देखि १ सय सम्मको रसिद वालालाई गेटसम्म आउन दिने प्रस्ताव राख्दा यदि ९ सय रसिद संख्या भएको पहिलो आइदिने र १ सय नम्बर भित्रको बोका गंगासागरको डिलमा राखेको अवस्थामा त्यसलाई कसरी ल्याउने भनेपछि त्यो कुरा पनि असफल भयो । अन्तिममा यूवाहरुले पहिले देखि नै गृहकार्य गरी ल्याएको योजना प्रस्तुत गर्दा तत्कालिन डिएसपी थापा दङ्ग परी अब हाम्रो कामै छैन, हामीले यूवाहरुको योजना अनुसार प्रहरीले व्याक सपोर्ट मात्र गरे पुग्छ भनी समर्थन गरे । पुलिसले दिमाग लगाउनै पर्दैन, यूवाक्लबहरुको नक्सा एक दम सराहनिय छ, हामीले सहयोग गरे व्यवस्थित हुन्छ भन्दै डिएसपीले थपे । अनि तत्कालिन इन्सपेक्टर मुरली मनोहर पाण्डेको कमाण्डमा यूवा क्लबका योजना अनुसार व्याक सपोर्ट गर्न भन्यो । त्यो बेला खाका अहिले सम्म चलिरहेकोछ । २५ वर्ष अघिको प्लान, कहाँबाट बोकाको लाइन लगाउने, कति बोका कसरी कहाँ छोड्ने भनी २५जना यो चौरमा, २५ जना अर्को चौरमा राख्ने, प्राङ्गणमा २५ जना जान दिने परम्परा त्यतिबेला जसरी ती दुवै यूवा क्लबले बसाले, त्यसबाट एक इन्च पनि हालसम्म परिवर्तन भएको छैन । त्यो बेला ती दुवै क्लबले के विवेक पु¥याएको थियो भने, जनकपुरमा जति पनि व्यानरका यूवा क्लबहरु छन् ती सबैको सम्मान हुनु पर्छ, एकै दुई जना भएपनि सांकेतिक रुपमा भए पनि सहभागी गराउनु पर्छ भनेर निर्णय गरियो । राजदेवी मन्दिरको कार्यक्रममा हाम्रो पनि स्वामित्व र सहभागी छ भनेर सबे क्लबहरुको आत्म सम्मान हुने फाइदा थियो भने अर्को तर्फ कुनै पनि एरियाबाट यदि त्यसबेला प्रहार गरियो वा बलि प्रथालाई विथोल्ने काम भयो भने ती एरियाका मान्छेलाई विश्वासमा लिएर समाधान गर्न सकिने दुईवटा उद्देश्य थियो । त्यही परम्परा अहिले पनि कायमै छ । अष्टमीको दिन एउटा संयूक्त यूवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा राम र महावीर यूवा कमिटी हुन्छ । नवमीका दिन महावीर यूवा कमिटीको व्यानर राखिन्छ । त्यो कसरी भयो भने पहिला राम यूवा कमिटीले हेथर््यो तर राजदेवी अमरखाना वौधी मन्दिर गरी ३ वटा मन्दिरको व्यवस्थापन राम यूवा कमिटीले नै गथर््यो । मान्छेको चाप वढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी वाँडफाँड गरियो । वाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजा पाठ देखि सबै कार्यक्रम हेर्ने, अनि रामयूवाले अमरखाना अन्नपुर्णाको सबै काम हेर्ने तर अष्टमीको चाँही सम्पुर्ण जिम्मेवारी रामयूवा कमिटीको काँधमा हुने पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा यूवाहरुको कुनै पनि योगदान रहँदैन्थ्यो । वरु हामीले के सुनेका थियौं भने ग्रामिण क्षेत्रका मानिसहरुले परिक्रमा यात्रुहरुको बस्ने ठाउँमा ओछयान  विछयाई सुत्ने र महिलाहरुसँग अभद्र व्यवहार गर्ने गथर््यो भनेर हामीले सुनेका थियौं । हामीले जनकपुरमा यूवाहरुले व्याच लगाएर जुन दशैमा सेवा प्रदान गरिरहेका थियौं  र त्यसको प्रचार प्रसार र गाउँ गाउँबाट आउने यूवाहरु समेत प्रभावित र उत्प्रेरित भई उनीहरुलाई पनि हामीले केही गर्नुपर्छ भन्ने अवस्था जाग्यो । अनि अहिले १५ दिने परिक्रमामा गाउँ गाउँमा यूवाहरु परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरुलाई विजुली बत्तीको प्रवन्ध मिलाईदिने, निर्वाह गरिदिने व्यवस्था देख्यौं । पटना पछि जनकपुरकै छठ राम्रो र मनोरम मानिन्छ । त्यसमा पनि हाम्रो नै भुमिका महत्वपुर्ण छ । लाखौं रुपैयाँ हामी खर्च गछौं । छठको बेलामा जसरी पोखरी र घाटको सौन्दर्यीकरण गर्न थाल्यौं, त्यसको देखासिकी गरेर प्रत्येक गाउँमा टेन्ट लगाउने राति पोखरीको घाटमै वस्ने कार्य सुरु भएको छ । यूवाहरुकै डिएटूक्टिभ माइन्डलाई कन्भर्ट गरी कन्स्टूक्टीभ वनाउन यसले ठुलो सन्देश दियो । यूवाहरु धार्मिक आस्था प्रति ओत प्रोत भए । सामाजिक क्षेत्रमा सघाए ।
 यूवा क्लबहरु जनकपुरको मामिलामा धेरै सकारात्मक काम गरेको पाइएको छ । मठ मन्दिरका वावाजीहरुले गर्नुपर्ने काम यूवाहरुले नै गर्ने, प्रशासनले, राजनीतिकर्मीले गर्नुपर्ने काम यूवा क्लबहरुले नै गर्ने गरेको छ । अझ  त विकास निर्माणको काम पनि यूवाहरुले आफ्नै सक्रियता र लगानीमा गर्नु परिरहेको अवस्था छ । उदाहरणको लागि जनकपुरको रामचौकमा रामयूवा कमिटीले करिब ३० लाख रुपैयाँको लागतमा श्रीराम टावर बनाइराखेको छ । यो रामयूवा कमिटीको काम होइन । जनकपुर नगरपालिकाको कार्यालय नगर विकास कोष, जिल्ला विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जस्तो सरकारी निकायहरुले गर्नु पर्ने काम हो । तर ती निकायहरु मौन वसेका छन् । यो त धन्यवाद दिनु पर्छ यूवा क्लबहरुलाई कि धार्मिक, सांस्कृतिक पहिचान र धरोहरुलाई विरासतहरुलाई जोगाएर राखेको छ । परिवर्तनशील यूग छ । स्वाभाविक रुपले यूवाहरुको काँधमा जिम्मेवारी पनि थपिदै जाने हो ।
श्रीराम यूवा कमिटीको कार्यालय ।
धेरै ठुलो समस्याको रुपमा देखा परेको छ भने अहिले यत्ताको पनि यूवाहरुमा हतियार बोक्ने कुसंस्कार वढेर गएको छ । यो दुर्भाग्यपुर्ण अवस्था हो । लागु औषधको सेवन गर्ने । एउटाको देखासिकी गरेर अरु यूवाहरु पनि क्रमशः कुलतमा फस्दै जाने । लागुऔषधको र्दुव्यसनी वढ्नुमा पनि स्थानीय प्रशासनको धेरै ठुलो हात छ । मलाई के लागिरहेको छ भने एउटा वर्ग जसरी यो समाजवाट विस्थापन भयो, त्यसको आक्रोश हो । मेरो वर्गलाई तिमीहरुले यहाँबाट भगाईदियौं र हामीले पनि तिम्रो सन्ततिलाई किन हेर्ने, वरवाद भइमाओस, शिक्षामा ध्यान नपुगोस, हतियार बोकोस, अपराधि बनोस, लागु औषध खाउ, त्यो हाम्रो सरोकारको विषय होइन, हामी हेर्दैनौं भनेर प्रशासन पनि जानी जानी त्यसलाई वढावा दिइरहेको अनुभुति हुन्छ । नत्र भने नाकाहरुमा यूवाहरु राती १० बजे ११ बजे सम्म डूग्स बोकेर आउँछन् । प्रशासनले हेर्दैन त्यो कुरा ? चौकीहरु के को लागि ? खाली चिनी, नुन, तेल, चामल लगायतका खाद्य बस्तुहरु कसले लिएर आइरहेको छ, अनि पैसा तान्ने कामका लागि मात्र त बोर्डरमा चौकी निर्माण भएको होइन । क कसले डूग्स खाइरहेको छ, यसलाई कसरी निरुत्साहित गर्ने भन्ने तर्फ पनि प्रहरी प्रशासनको ध्यान जानु पर्छ । हामी यूवा क्लबहरुको पनि त्रुटी छ, यसमा । हामी पनि सचेत भई यसका विरुद्ध लागि परेका छैनौं । हामी पनि नियन्त्रण गर्नु पर्छ । यूवाहरु क्लबहरु आर्थिक क्षमताको अभावले पनि समाजमा गर्न चाहेर पनि गर्न सक्दैन ।
दुर्गापूजामा कुनै पनि सरकारी निकायको सहयोग हुँदैन । यति सम्मकी पूजाभरी बालेको विजुलीवत्तीको विद्युत प्राधिकरणले महसुल लिने गरेको छ । जवकी पहाड तर्फ सबै विकास निर्माण तथा सेवा आपुर्ति गर्ने सरकारी निकायहरु एक ठाउँमा जम्मा भएर मेलामा आउने व्यक्तिहरुका लागि सरकार तर्फबाट लगानी गरिएको हुन्छ । हामीसँग हुने भेदभाव कति पुर्वाग्रही मानसिकता लादिएको छ, त्यसको उदाहरण विद्युत प्राधिकरण हो । राजदेवी मन्दिरमा १० दिन विजुली बाल्दा प्राधिकरणले आएर मिटर लगाईदिन्छ । यही मानसिकता स्पष्ट हुन्छ की कुन मानसिकताले प्रशासन चलिरहेको छ । यो त उसको दायित्व हो । हाम्रो दायित्व हुँदै होइन । हामी त भोलन्टीयर हौं । पैसा कहाँबाट हामीले तिरिदिने ? अनि हामीले चन्दा उठाउनु पर्छ । चन्दाबाट असुलेका पैसाबाट भुक्तानी गर्छौं ।
बोकावली चढाउन मान्छेहरु धेरै गरिव हुन्थे । चुरा, नुन बोकेर आउथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा बस्नु पथर््यो । त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले एकजना दाता विश्वनाथ साहलाई आग्रह गर्यौैं, आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस । अनि वहाँले भन्नु भयो, ठीक छ कति जना मान्छेको लागि खानाको व्यवस्था गर्नुपर्छ ? अनि हामीले भन्यौं कम से कम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस । पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन, अष्टमीको दिन राम यूवा कमिटीको प्राङ्गणमा बोका सँगै आएका सबै मनिसहरुलाई गराउने गर्छाैं । एउटा बोका बरावर एक व्यक्ति नभएर, बोका बोकेर आउने सबै मानिसहरुलाई उक्त दिन निःशुल्क भोजन गराउँछौं । गुठीमा तिनीहरुलाई कुपन दिएका हुन्छौं र उनीहरुले भोजन गर्छन ।
हामीले अर्को महत्वपुर्ण निर्णयहरु पनि गरायौं । बोकाको टाऊको हामीले नराख्ने भन्यौं तर गुठीका कर्मचारीहरुले इन्कार गरिरहेका थिए । त्यतिबेला टाउको प्रशासनिक निकायमा बाँडने गरिन्थ्यो । तर, हाम्रो भनाई के थियो भने कुनै मानिसले ३÷४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जना सम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न उनीहरुलाई गाह्रो भइरहेको हुन्छ । फेरी यहाँ राजदेवी मन्दिरमा बोकाको् मार हान्ने मान्छेले घाँटी समेतलाई मार हानिदिने खुट्टा समेत निकालिदिने गरे पछि बलि चढाउन आउने मान्छेले एक दमै कम मासु लिएर घर फर्किनु पथर््यो । मतलब अवस्था यस्तो थियो कि मासु लुटालुट हुन्थ्यो । अनि हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण ग¥यौं र टाउको पनि फिर्ता गर्ने निर्णय ग¥यौं । त्यही बेला देखि हामीले टाउको फिर्ता गर्न थाल्यौं । सौभाग्यवस ४ जना बालकले पनि बोकाको बलि प्रदान गराउन भ्याए । पहिले बोका भित्र छिराउन पहलवानहरु जाने गथर््यो । तर, उक्त व्यवस्था गरेपछि एक जना ९ वर्षको बालकले पनि बोकाको बली प्रदान गराउन सक्षम भए ।  २०४७ सालमा लगभग १२ सय बोकाको बली चढाइएको थियो । साँझ साढे ५ बजे सुरु गरेर साढे ८ बजेसम्म सकिएको थियो । पञ्चायत कालमा ३ सय ४सय बोका काट्न करिब १२ घण्टासम्म लाग्ने गथर््यो । हुन त त्यति सजिलो पनि थिएन । त्यसपछि बोकाको संख्या वढ्दै जाँदा दुई वटा ठेहाको व्यवस्था गर्नु प¥यो । किनभने बली प्रदान अष्टमी मै सम्पन्न गर्नुपर्ने बाध्यता थियो । हुन त बीचमा ३ वटा ठेहा पनि व्यवस्था गरिएको थियो तर, दुर्भाग्यवस एउटा के दुर्घटना भयो भने एक जना स्वयमसेवकको औंला नै काटियो । त्यसपछि हामीलाई लाग्यो कि हामीबाट केही गल्ती भयो । त्यसपछि फेरी दुई वटा ठेहा हालसम्म पनि रहेको छ । हामीलाई पनि थुप्रै अप्ठयाराहरुको सामना गर्नुपरेको थियो । लाईन लगाउँदा लाईन तोडेर घुसपैठ गर्ने गथर््यो अनि हामीले घुसपैठ गर्नेहरुलाई लाईनबाट हटाएर सबैभन्दा पछाडी लाईन लगाईदिन्थ्यौं । यसरी दुई तीन वर्ष सम्म हामीले रोलेक्सहरु बाँधेर लाईनको व्यवस्थापन ग¥यौं । लक्ष्मी साह अध्यक्ष भएपछि टेन्टहरुको बन्दोवस्ती र सौन्दर्यीकरणको कार्य पनि थालनी भयो । आज आएर यस्तो पहिचान बनिसकेको छ कि नेपालमै विजयादशमी यतिको भव्यताका साथ कहि पनि मनाईदैन । देशका विभिन्न ठाउँहरुबाट दशंै हेर्न जनकपुर पर्यटकहरु आउने गर्छन । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीहरुले समेत जनकपुरको दशैंको प्रचार प्रसार गर्न थालेपछि पर्यटकहरु झन झन आकर्षित हुँदै गएका छन् ।

(रामयूवा कमिटीका संस्थापक महासचिव तथा पुर्व अध्यक्ष प्रमोद चौधरीसँग द एक्सक्लु्सिभले गरेको कुराकानीमा आधारित ।)

२०७१ भदौ २९ गते आईतबार

Tuesday, September 9, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह


हैन, हैन हजुर सडक, जिविस, विद्युत, भवनले PC ले जस्तै हाम्ले पनि सेवा शुल्क मात्र ले को हो । रामो राम घुस लियो भनेर हल्ला मात्र छ !

२०७१ भदौ २२ गते आईतबार

सिंघानिया हत्याको ५ वर्षमा पनि अनुसन्धान पुरा हुन सकेन, रहस्य यथावत

स्वर्गीय अरुण सिंघानिया ।
अजय अनुरागी
जनकपुरधाम............
सञ्चार उद्यमी अरुण सिँघानियाको हत्याको ५ वर्ष वित्न लाग्दा पनि प्रहरीले उक्त घटनाको छानविन समेत पुरा गर्न सकेको छैन । जनकपुर नगरपालिका वडा नं. ४ वस्ने वर्ष ४८ का अरुण सिंघानियालाई १७ फागुन २०६६ मा होलीका दिन रंग दल्ने निहुमा जनकपुरको शिव चौकमा गोली हानी हत्या गरिएको थियो ।
हत्यामा प्रयोग गरिएका सुटरहरु मध्ये एक जना पक्राउ परेपछि उनले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान सुरु गरेको छ ।
सिंघानिया हत्याको प्रमुख सुटरको पहिचान भईसकेपनि अझ सम्म प्रहरीको गिरफ्तमा आउन सकेको छैन । प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान गरेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत छन् । मनकको तस्वीर सहित धनुषा प्रहरीले पक्राउ गर्न उनी कार्यरत रहेको कम्पनीको ठेगाना समेत पत्ता लगाईसकेको छ । तर, अन्य मुलुकबाट पक्राउ गर्न स्थानीय प्रहरीको सक्रियता र पहल मात्र पर्याप्त नहुने कारणले उनी पक्राउ पर्न सकेका छैनन् ।
उनको हत्यामा संलग्न फरार अभियुक्त रामविनोद यादव । यादवको उक्त तस्वीर सहित फरार अभियुक्तको फोटो जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध शाखाको सूचनापाटीमा टाँसिएको छ ।
अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी–१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर–८ का वर्ष ३० को चन्द्रदीप यादव रहेका छन् । त्यसैगरी प्रहरीले भरतपुर–१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका टेकबहादुर लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् । प्रहरीले औपचारिक रुपमा घटनाको अनुसन्धान बारे तथ्यहरु सार्वजनिक नगरेपनि रामविनोद यादवको तस्वीर फरार अभियुक्तको रुपमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखामा झुन्ड्याईराखेको छ ।
घटना सम्बन्धि खुलेका तथ्यहरु

सिंघानियाको हत्यामा संलग्न 
रहेको अभियोगमा पक्राउ परेका 
एकलाल भनिने योगेन्द्र सहनी ।
 उनी अहिले काठमाण्डौ 
कारागारमा थुनामा छन् । 
उनी विगतमा धनुषा प्रहरीका
 सुराकी पनि थिए ।
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गराउँछ । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईदैन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँग पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने मनकलाई बताइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई तिनवटा मोटरसाईकलको व्यवस्था गरिन्छ । होलीका दिन एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । रामविनोद यादवले सिंघानियालाई शिव चौकसम्म ल्याउन सिंघानियाले चिनिराखेको श्याम दोकानियालाई प्रयोग गरेको प्रहरीको आशंका रहेको छ । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटना पश्चात ती व्यक्तिहरु कदम चौक स्थित पार्टी कार्यालयमा राति बसेर खाना तथा रक्सी खाई मनक लामा १८ गते रामानन्द चौक स्थित चन्द्रदीप यादवको आफन्तको घरमा समेत बसेर १९ गते हाइबे तर्फ भागेको प्रहरीले खुलाएको छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको छ । प्रहरी स्रोतका अनुसार उक्त मोटरसाइकल पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ ।  एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । जनतान्त्रिकमा रहेपनि अर्को तर्फ एकलाल प्रहरीको लागि सुराकीको काम गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्याको लागि रामविनोद यादवले रु. ३० लाखको सुपारी लिएको र रामविनोदले सोही सुपारी रु. १० लाखमा चन्द्रदीपलाई दिएको बताइएको छ । चन्द्रदीप र रामविनोदलाई धनुषा प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न नसकेका कारण घटनाको अनुसन्धान पुरा हुन नसकेको धनुषाबाट सरुवा भईसकेका एसपी उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमै बताएको थियो । आफुले कुनै पनि हालतमा सिंघानिया हत्याको पर्दाफास गर्ने र दोषी व्यक्ति जो कोही भएपनि त्यसलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता गरेका एसपी सुवेदी जिल्ला छाड्नु एक दिन अघि गरिएको पत्रकार सम्मेलनमा आफु असफल भएको बताएका थिए ।
सिंघानिया हत्यामा संलग्न भएको
अभियोगमा पक्राउ परेका अन्सी राइन ।
तर, उक्त घटनाबारे यस अघिसम्म प्रहरीसँग केही पनि प्रमाण नहुनु दुर्भाग्यपुर्ण अवस्थाबाट भने अहिले धेरै उपलब्धी भएको दावी गर्दै सिंघानिया हत्या काण्डको ७ महिना लगाएर आफुले गरेको अनुसन्धानबाट ८० प्रतिशत अनुसन्धानको कार्य पुरा गरिसकेको सुवेदीले दावी गरेका थिए । यस अघि सम्म मिसिलमा समेत केही डकुमेन्ट तथा प्रमाण नहुँदा स्टोरी इस्टाव्लिस नभएको भएपनि अब आउने एसपीले अनुसन्धानलाई अगाडी वढाउन सक्ने उनले बताएका थिए । कम से कम रामविनोद यादवसम्म हामी पुगेर डिएसपी कृष्ण प्रसाईलाई हयान्ड ओभर गरेर जानु पनि ठुलो सफलता रहेको उनले बताएका थिए । सिंघानियालाई हत्या गरेर ककसलाई फाइदा हुन सक्छ भन्ने व्यक्तिको खोजी गर्दै जाँदा समाजका ठुला वडा तथा प्रतिष्ठित व्यक्ति समेत हुन सक्ने उनले आशंका गरेका थिए । सुवेदीका अनुसार कुनै एक व्यक्तिको मात्र स्वार्थ पुरा गर्नका लागि सिंघानियाको हत्या नभएर मल्टिपल इन्टूेष्टका लागि हत्या गरिएको हो ।
    सिंघानियाको हत्या किन गरिएको र उक्त हत्या योजनामा थप अन्य को(को संलग्न रहेको, उक्त हत्याका लागि फाइनेन्स कसले उपलब्ध गराएको लगायतका कुराहरु चन्द्रदीप र रामविनोद पक्राउ नपरुन्जेलसम्म रहस्य नै रहने छ । घटना पश्चात हत्याको जिम्मेवारी लिनेहरुको होडवाजीनै चलेको थियो ।तराईका सशस्त्र क्रियाकलाप जारी राखेका तीन वटा समुहले सिंहानिया हत्याको जिम्मेवारी लिएका थिए । तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति र तराइ आर्मीका मिस्टर किरण गरी तीन वटा समुहले हत्याको जिम्मेवारी लिएका थिए ।
हत्या पश्चात भारतमा अनुसन्धान गर्न गएका
टोलीलाई सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन
कार्यालयबाट लेखिएको पत्र ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो । तर, पछि धनुषाको सम्पुर्ण प्रशासनिक निकायहरुको सरुवा भएपछि अहिलेसम्म पनि उक्त घटनाको रहस्य सार्वजनिक हुन सकेको छैन । धनुषामा जो कोही एसपी आएपनि सिंघानिया हत्याको पर्दाफास गर्ने र दोषी व्यक्तिहरुलाई कानुनको कठघरामा उभियाउने दावी गरेपनि सरुवा भएर जाने बेला आफु असफल भएको भनेर जाने गरेका छन् । धनुषामा अब आउने एसपी गणेश थापाले सिंघानिया हत्याको पर्दाफास गर्लान कि नगर्लान त्यो हेर्न भने बाँकी नै छ ।
सिंघानियाको दागबत्ती दिनेबेलामा
 उनका छोरा राहुल सिंघानिया ।
अदालतद्वारा अविलम्ब घटनाको छानविन गर्न परमादेश
पुनरावेदन अदालत जनकपुरले अरुण कुमार सिंघानिया हत्याको घटनाको अविलम्ब छानविन तथा अनुसन्धान कार्य पुरा गरी कानुन बमोजिम गर्न÷गराउन जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेश दिएको छ ।      ३ भाद्र २०७१ मा पुनरावेदन अदालतका न्यायाधिशद्वय जगन्नाथ महत्तो सिंह र चित्र देव जोशीको संयुक्त इजलासबाट सिंघानिया हत्याको अभियोगमा पक्राउ परेका यज्ञभुमि(५ का एकलाल भनिने योगेन्द्र सहनीले गरेको रिट निवेदन उपर आदेश गरिएको हो । अविलम्ब अनुसन्धान कार्य पुरागरी कानुन बमोजिम गर्न गराउनु भनी विपक्षी जिल्ला प्रहरी कार्यालय धनुषाको नाउँमा परमादेशको आदेश जारी हुने ठहरेकोले आदेशको प्रतिलिपि पुनरावेदन सरकारी वकिल कार्यालय जनकपुर मार्फत जिल्ला प्रहरी कार्यालय धनुषाको नाउँमा पठाउनु भनी आदेश गरिएको हो ।
    राहुल सिंघानियाको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा २० बैशाख २०७१ मा एकलाल सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । श्यामकली देवीको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतको ६ जेष्ठ २०७१ को आदेशले पुर्पक्षको लागि थुनामा रही कारागार कार्यालय काठमाण्डौ पठाइयो । त्यसपछि थुनामा पठाइएका सहनीले कारागारबाटै आफुलाई अनुसन्धानको म्याद १५ दिन भित्र थुनामा राखेको र बाँकी रहेको १० दिन भित्र अनुसन्धान पुरा गरी आफु विरुद्ध लगाइएको अभियोग पत्र अदालतमा जिल्ला प्रहरी कार्यालय धनुषाले दायर गरोस भन्ने विषयमा पुनरावेदन अदालत जनकपुरमा रिट दायर गरेको थियो ।
    सहनी पक्राउ परेको मिति देखि पटक पटक ५ दिन, ७ दिन र १० दिन म्याद थप गरे पनि अभियोग पत्र किन दायर नगरेको भन्ने अदालतले जिल्ला प्रहरी कार्यालय धनुषा र सरकारी वकिल कार्यालयसँग समेत जवाव मात्र गरेको थियो ।
    त्यसपछि २६ अषाढ २०७१ मा धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले लिखित जवाफ पठाएका थिए । होलीको दिन होली खेलीरहेको अवस्थामा संचार उद्यमी अरुण सिंघानियालाई जनकपुरको मध्य बजारमा मुखमा विभिन्न रंग पोति आएका व्यक्तिहरुले होली खेल्ने निहुमा गोली हानी हत्या गरी योजनावद्ध रुपले तयारी अवस्थामा राखेको मोटरसाइकलमा चढी भागेको संगीन प्रकृतिको कर्तव्य ज्यान मुद्दामा पुर्ण रुपमा अनुसन्धान नभएको र यस अपराधमा संलग्न अन्य मानिसहरुलाई अपराधबाट उम्कन सजिलो हुन्छ भन्ने कुल्सित मनसायले रिट दायर गरिएको प्रहरी उपरीक्षक सुवेदीले पठाएको लिखित जवाफमा उल्लेख छ । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले २६ अषाढ २०७१ मा अदालतमा पठाएको लिखित जवाफमा पनि सोही बेहोरा उल्लेख छ । पाठकले पठाएको जवाफमा उक्त मुद्दामा पुर्ण रुपमा अनुसन्धान नभै अभियोग पत्र दायर भएमा मुद्दा कमजोर भै आफु र यस अपराधमा संलग्न अन्य मानिसहरुलाई अपराधबाट उम्कन सजिलो हुने मनसायले रिट दायर गरिएको उल्लेख छ । कानुनमा व्यवस्था भए अनुसार कुनै पनि व्यक्तिलाई थुनामा राखेको २५ दिन भित्र अभियोग पत्र अदालतमा दायर गर्नुपर्ने हुन्छ । तर, धनुषा प्रहरीले आफुलाई १५ दिन सम्म हिरासतमा राखेको भए पनि बाँकी १० दिन भित्र अनुसन्धान कार्य पुरा गरी आफु माथि लगाइएको अभियोग अदालतमा पेश गर्नु पर्ने एकलाल सहनीले गरेका छन् ।
 

२०७१ भदौ २२ गते आईतबार

सिंघानिया हत्याको अहिले पनि छिनोफानो गर्न सक्छु । दुधको दुध र पानीको पानी छुट्याउन सक्छु ः रुपकुमार न्यौपाने

रुपकुमार न्यौपाने

अरुण सिंघानियाको हत्या हुँदा जिल्ला प्रहरी कार्यालय धनुषामा रुपकुमार न्यौपाने सेकेण्ड म्यानको रुपमा डिएसपी पदमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले उनलाई स्थानीय स्तरमा गठन गरिएको अनुसन्धान कमिटीको संयोजक तोकेका थिए । तर अनुसन्धानकै क्रममा रहेको बेला उनलाई विभागले विभिन्न आरोप लगाई विभागिय कारवाही स्वरुप उनलाई निलम्बन गरी एक तह इन्सपेक्टरमा घटुवा गरेको थियो । अहिले उनी जागिर छोडि सर्बोच्च अदालतमा रिट दिएका छन् । उनले द एक्सक्लुसिभलाई सिंघानिया हत्याको अनुसन्धान डाइभर्ट गर्न करोडौं रुपैयाँको चलखेल भएको र नियतबस आफुलाई कारवाही गरेर बलीको बोका बनाएको बताएका छन् । सिंघानिया हत्या सम्बन्धि २० भाद्रमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले टेलिफोन मार्फत गरेको वार्तालापको सम्पादीत अशं प्रस्तुत छ ः

अरुण सिंघानियाको हत्या हुँदा धनुषामा तपाँई डिएसपी हुुनुहुन्थ्यो । स्थानीय स्तरमा तपाँई कै संयोजकत्वमा अनुसन्धान तथा छानविन कमिटि बनाइएको थियो । अहिले धनुषाका एसपी उत्तम राज सुवेदी, जो अहिले सरुवा भईसकेका छन्, रवाना भएर जानेबेलामा उनले विगतमा उक्त हत्या काण्डको कुनै अनुसन्धान नै नभएको र आफुले जिरोबाट अनुसन्धान सुरु गर्नु परेको बताएका छन् । यसको अर्थ तपाँईहरुको छानविन कमिटिले अनुसन्धानमा विफलता त पाएकै हो नि, होइन ?
होइन होइन, अनुसन्धान नै नभएको होइन, गरेकै हो । मलाई हेडक्वार्टरले नै अनुसन्धान अधिकृत तोकेको थियो । मैले आफ्नो प्रतिवेदन बुझाउँदा समेत यस्तो अवस्था छ है भनेर भनेको थिए ।  अर्जुन सिंह भन्ने मान्छेले जिम्मा लिएको छ । त्यो मान्छेलाई समातेर ल्याईसकेपछि सिंघानियालाई सुट गर्ने मान्छे को हो, पर्दा पछाडीको मान्छे को हुन ती सबै कुराहरु मैले खोल्दा खोल्दै पनि तत्कालिन एसपी जो अहिले पर्सामा एसएसपी छन्, सर्वेन्द्र खनालले पुरापुरी इग्नोर गर्नु भयो । वास्तै गर्नुभएन । पत्रकार सम्मेलन नै गर्दा तपाईहरुकै पत्रकार विरेन्द्र रमनलाई तपाई सोध्न सक्नु हुन्छ वहाँले मलाई प्रश्नै गर्नुभयो कि यति हुँदा हुँदै पनि एसपीले किन भनिरहेका छन् कि यो व्यक्ति होइन भनेर ।  अब त्यो एसपी खनालको के इन्टूेष्ट थियो त्यो उहाँले जान्ने कुरा हो । त्यो पर्दा पछाडी अनुसन्धान खुलासा गर्न कसले उहाँलाई रोकिरहेको थियो । अब त्यो कुरा उहाँले नै जान्ने हो । मलाई राम्ररी थाहा छ कि पर्दा पछाडी व्यक्ति को हुन । हामी लगभग अनुसन्धानको अन्तिममा आइसकेका थियौं तर, दुर्भाग्यवस के भईदियो भने सम्पुर्ण टिमलाई नै तितरवितर गरिदियो । मलाई काज सरुवा गरियो । मेरो सहयोगी मान्छेहरुलाई ज्यान मुद्दा, हतियार मुद्दा लगाएर फसाईयो । सशस्त्रको एसपी सरुवा भयो । मसँगै अनुसन्धानमा खटिएका सशस्त्रको इन्सपेक्टर सरुवा गरियो । यो कुरामा ठुलो चलखेल छ । आर्थिकै चलखेल भएको छ । पैसाको चलखेल भएका व्यक्तिहरुसँग पनि कुरा गर्न सकिन्छ । अहिले नै ती कुराहरु फोनमा नखोलौं । म आफै प्रयास गर्छु र भोलीको दिनमा ती सबैकुराहरु खोल्न लगाउँछु ।
तपाईको टोली घटनाको अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न भारत तर्फपनि गएको थियो । तर, तपाईहरु उल्टै भागेर आउनु परेको चर्चा पनि चल्यो । भारत जाँदा के भएको थियो ?
हामी पटना हुँदै मधुवनीसम्म पुगेका थियौं । हामी घटनामा संलग्न भएका मान्छेहरुलाई त्यहाँको स्थानीय पुलिसको सहयोगमा पक्राउ गर्ने क्रममा थियौं । तर, जनकपुरमा तत्कालिन एसपी श्याम खड्काले पत्रकार सम्मेलनमा डिएसपी न्यौपानेको टोली मान्छे पक्राउ गर्न भारतमा गएको छ भनेर भनिदियो । अब त्यसपछि यहाँको एफएमहरुले पनि समाचार बजाए । त्यो समाचार उत्तापट्टी भुमिगत समुहहरुले सुनिरहेका थिए । तिनीहरुबाटै हामी मधुवनीमा असुरक्षित भयौं । हामीले पुलिस सेक्युरिटी लिनु पर्ने अवस्था भयो । त्यसपछि विहानै हामी छोडेर आयौं ।
तत्कालिन एसपी खडकाले नियतवस तपाईहरु भारत जानुभएको कुरा भन्नु भयो वा उहाँले मिडियाको पे्रशर सामु संयमता अपनाउन सक्नु भएन ?
म उहाँलाई आरोपै लगाउन चाहन्न । उहाँको त्यो लापरवाही थियो । विवेक पु¥याउन सक्नु भएन ।
सिंघानिया हत्या हुँदा तपाई डिएसपी हुनुहुन्थ्यो । प्रहरीले घटनाको छानविनको सुरुवात कसरी ग¥यो ?
सिंघानियाको हत्या भएको दिन म यहाँ थिईन । म सिन्धुलीमा थिएँ । विदा बसेको थिएँ । विदा क्यान्सिल गर्न लगाई मलाई बोलाइयो । अनि म आइसकेपछि हेडक्वार्टरले मलाई तोक्यो । तोकिसकेपछि हामीले बुझ्नु पर्ने सम्पुर्ण कुराहरु यहाँ बुझ्यौं । घटनाको जिम्मा लिने मान्छे भारतमा थियो र त्यो मेन मान्छेलाई पक्राउ गर्ने वित्तिकै सबै कुरा खुल्ने थियो । र, अरु यहाँ सुट गर्ने मान्छे त नेपालमै थिए नि । अहिले पनि नेपालमै छन, कोही बैदेशिक रोजगारीमा गएका छन् । जे होस, एसपीले जे गरेता पनि माथिल्लो तह खास गरी क्षेत्रले कमसेकम अनुसन्धान गरिराखेको मान्छे छ, यसलाई राखौं भनेर भन्न सकेन । यदि यसले गल्ती गरेकै होला भने पनि पछि सजाय दिन सकिन्छ त र अहिले अनुसन्धानमा राख्न आवश्यक छ भन्ने पनि हुन्थ्यो । तर, यहाँ अर्कै ठुलै इन्टेरेस्ट थियो, हुने कुरै भएन ।
गृहमन्त्रालयले पनि घटनाको अनुसन्धान गर्न एसएसपी विजय भट्टको संयोजकत्वमा छानविन टोली पठाएको थियो । उहाँहरुले के ठहर गर्नु भयो ?
उहाँहरुले पनि अर्जुन सिंहले घटनाको जिम्मा लिएको हुनाले पहिलो कुरो भनेको त्यो व्यक्ति पक्राउ पर्नुपर्छ । उहाँहरुले अनुसन्धानमा त्यही कुरा होला । यद्यपि मैले उहाँहरुको प्रतिवेदन पढेको छैन तर सुन्दा खेरी त्यही हो ।
अर्जुन सिंह अहिले पक्राउ परिसकेका छन् । उनी अहिले विभिन्न मुद्दाको अनुसन्धानका लागि कारागारमा थुनिएका छन् । जिम्मा लिने व्यक्ति नै पक्राउ परिसकेपनि घटनाको यथार्थ विवरण वाहिर किन आउन नसकेको होला ?
अब अहिले सत्य कुरा बाहिर ल्याउन सुट गर्ने मान्छे मनक लामालाई समातेर ल्याउनु पर्छ । र, अरु मान्छेहरु पनि होलान, त्यसलाई ल्याउन सक्नु पर्यो । हेर्नुस म त अब त्यहाँ छैन । मेरो सहयोग लियो भने म अहिले नै घटनाको सत्य तथ्य बाहिर निकाल्न सक्छु । दुधको दुध र पानीको पानी छुट्याईदिन्छु ।
एकलाल सहनी जो तपाईको सुराकी थियो, उसैले सुटर मनक लामासँग चन्द्रदीप यादवको सम्पर्क गराएको भन्ने कुरा वाहिर आएको छ । तर, त्यसबारे तपाई पनि अनभिज्ञ हुनु हुन्थ्यो उसले त तपाईलाई धोका दियो नि त ?
सुराकीलाई ह्याण्डल गर्नु भनेको धेरै अप्ठयारो कुरो हो । उसको मनस्थिति कति बेला कतातिर जान्छ भन्ने कुरा बुझ्नु पनि धेरै गाह्रो काम हो । सुराकी भन्नाले मेरो व्यक्तिगत सुराकी त थिएन ऊ । जिल्ला प्रहरी कार्यालय धनुषाको सुराकी थियो । जो जानकारी माथि एसपी सम्म थाहा हुन्छ । एसपीले माथि रिपोर्ट गर्छ÷गर्दैन त्यो उहाँहरुको कुरो हो । हो, सुराकीले पनि कहिले काँही गल्ती गर्न सक्छ । उसले पनि गल्ती गरेको होला । यो छुट्टै पाटो हो । अहिले भन्न सकिन्न । खाइर उसले गलत काम गरेपनि मैले प्रयोग गरेको दश जना सुराकीहरु मध्ये अरु सबैलाई प्रयोग गरेर अझै पनि केशलाई सोल्भ गर्न सक्ने अवस्थामा रहेको म दावी साथ भन्न चाहन्छु ।
तपाईलाई विभागिय कारवाही भइसकेपछि तत्कालिन एसपी सर्वेन्द्र खनाल सँग तपाईको सम्पर्क भयो कि भएन, व्यक्तिगत रुपमा ?
एक पटक मैले उहाँलाई सम्पर्क गरी तपाईले के गर्नु भएको हो, किन गर्नु भएको हो भनेर सोध्दा पत्रकारहरुले खाई किन र कसरी लेख्यो भनेर पन्छिन खोज्नु भयो । अनि मैले पनि तपाई यसरी गैरजिम्मेवारी पुर्वक प्रस्तुत नहुनुस, यदि तपाईले गरेको होइन भने खण्डन भने खण्डन गर्न भन्नुस पत्रकारलाई । तपाईले विभागको नै किन वेइज्जती गराउन खोज्नु भएको हो भनेर पनि सोधें । तर, उहाँले जानी जानी यसरी गरिरहनु भएको मान्छे खण्डन गराउने कुरै भएन नि । उहाँको इन्टेन्सन के हो भने नि कसरी हुन्छ पत्र पत्रिकामा आएर हाइलाइट हुनु पर्यो । तत्कालिन समयमा त उहाँले काम कारवाही गरेको पनि देख्यिो नि । तर, वास्तविक कुरो त अर्कै छ । मलाई त खाली बलीको बोका बनाइयो ।
अहिले वर्दी लगाउन नपाउँदा तपाईलाई कस्तो पीडा वोध भइरहेको छ ?
होइन, होइन पीडावोध हुने कुरै भएन । किनभने आज पनि म पुलिस नै हो, हिजो पनि थिएँ र भोली रिटायर्ड भइसके पनि म पुलिस नै हुनेछु । भोलीको दिनमा अदालतबाट सफाई पाइसके पछि फेरी म पुलिस नै रहनेछु । यो अलग कुरा हो पुलिस डिपार्टमेन्ट भित्र मसँग कसैको राम्रो सम्बन्ध नहुन सक्ला वा म कुनै व्यक्तिको विरोधी हुन सकुँला । तर, म पुलिस हुँ, पुलिस संगठन भित्र रहिरहन्छु ।
तपाईले सिंघानिया घटनाको अनुसन्धानमा गैर पुलिस अर्थात आम नागरिक संजिव झा सुरजको किन सहयोग लिएको हो ?
सिंघानिया भनेको संचार क्षेत्रमा पनि काम गर्ने हुनाले चर्चित व्यक्ति थिए । र, मैले संजीव झाको मात्र सहयोग लिएको होइन नि । अन्य व्यक्तिको पनि सहयोग लिएको थिएँ । तिनीहरुको नाम पनि कहाँ आएन त्यो त एसपी खनालले उनलाई हातहतियारको झुठो मुद्दामा फसाएर चर्चित गरिदिएको हो । आखिर संजीव पछि अदालतबाट सफाई पाए नै । फेरी राज्यले अनुसन्धानको क्रममा कुनै व्यक्ति सँग सहयोग माग्दा र सहयोग गर्न तयार भएको खण्डमा सहयोग लिनु के खराव कुरा भयो त ?
तपाईहरुले अनुसन्धान प्रक्रिया सुरु गर्दा को–को सँग सोधपुछ गर्नू भएको थियो ?
हामीले अनुसन्धानको क्रममा घटनास्थलको वरिपरिका व्यापारीहरु, सिंघानियाका घर परिवारका सदस्यहरु, उनका अरु आफन्तहरु, रिक्सा चालकहरु गरी ८÷१० जनासँग सोधपुछ गरेका थियौं । तर, त्यो कुराहरु रेकर्डमा छैन ।
तपाई यति लामो समय सम्म धनुषामा विभिन्न पदमा काम गर्नु भयो । धनुषामा विगतका वर्षहरुमा यतिको अपराध वढ्नुमा पुलिस दोषी छ कि छैन ?
त्यो एउटा सिस्टम पनि वसेको मैले अनुभुति गरें । झिझाको एउटा हजुरबुवा डाँका छ भने त्यसको नाती पनि डाँका छ । हजुरबुवाको पालामा रहेको पुलिस र अहिले नातीको पालाको पुलिससँग एउटा खान्दानी रिलेसनसिप  परम्परागत रुपले चल्दै आएको मैले देखें त्यहाँ । त्यो परम्परा विस्तारै छुट्टै गयो । ठयाक्कै अब पुलिस त्यहाँ दोषी नै छैनन्,पुलिसले राम्रो काम मात्र गरेको छ त्यहाँ भनेर भन्न सकिने अवस्था छैन । देशैभरी कतिपय पुलिस त वदनाम भएकै छन नि । तर, सबै पुलिस त्यस्तै हो पनि भन्न सकिने अवस्था त छैन ।
सिंघानिया हत्यामा मल्टिपल इन्टेरेस्ट रहेको अहिलेका एसपी उत्तम राज सुवेदीले भन्नु भयो हत्यामा समाजका ठुला वडा र प्रतिष्ठित व्यक्तिको पनि हात रहेको हुन सक्ने संकेत दिँदै आउनु भएको छ । तपाईको विचारमा सिंघानिया हत्या किन र को(को संलग्न भएको हुन सक्छ ? व्यापारी, राजनीतिक वा मारवाडी समुदाय कसको संलग्नता हुन सक्छ ?
समाजमा पैसा कमाइसके पछि प्रतिष्ठित भइहाल्दो रहेछ । सिंघानियाको हत्या गैरकानुनी क्रियाकलापका कारण भएको हो । त्यसमा ती २ नम्बरका धन्दा गर्नेहरुको गिरोह नै संलग्न छ । त्यसैले यो घटनामा व्यापारीहरु पनि संलग्न छन् । एक नम्बर धन्दाको कारण त घटना भएकै होइन । गैरकानुनी व्यापार र धन्दाका कारण भएका हुन । ती समुहहरुको इन्टेरेस्टमा फरक भयो र घटना गराइयो ।
तत्कालिन एसपी श्याम खड्काको दोष अथवा लापरवाही सिंघानिया हत्याकाण्डमा थियो वा थिएन ?
वहाँको अकर्मणयता त पक्कै हो ।
तपाईले मौका पाए पनि नपाए पनि, वर्दी फिर्ता भए पनि नभए पनि, सिंघानिया घटनालाई तपाईले अहिले वाहिरबाट कसरी सहयोग गरिराख्नु भएको छ ?
मेरो प्रयास त छँदैछ । मेरो सहयोगको अपेक्षा राख्यो भने म जतिबेला पनि तयार छु । मैले प्रत्यक्ष रुपमा नभए पनि आफ्नो मान्छेहरुबाट अप्रत्यक्ष रुपमा यसो यो छ है भनेर खबर त पु¥याईदिराखेकै छु ।
विभागले अनुसन्धानको लागि तपाईको युज किन गर्न सकेन ?
त्यतातिर को कमेन्ट नगरौं । तर, अहिले पनि अपराधिक घटना भयो भने मैले इन्फोमेशन दिने गरेको छु ।
त्यतिबेला एक जना सई बाबुराम झा जो रेल्वे चौकीका इन्चार्ज थिए । उनी माथि बलात्कारको आरोप लाग्यो र प्रहरी र तत्कालिन राज्य मन्त्रि संजय साह बीच ठुलै घम्सा घम्सी भयो । आन्दोलन नै भयो र पछि सिडिओ, एसपी, एसएसपी र इन्सपेक्टर सहितको टोली नै सरुवा भयो । यो सब हुनुमा सिंघानिया हत्या काण्डसँग पनि के कनेक्सन छ ?

त्यो बेला संजय साह राज्य मन्त्रि थिए । उनका मान्छेहरुलाई तत्कालिन एसपी श्याम खडका र इन्सपेक्टर आभुसन तिमलसिनाले गएर कुटपिट गरिदिए । त्यो बेला संजय साहले पनि एसपी खडकालाई कुटपिट गरिदिए । संजय साहले पनि त्यसो गर्नु हुन्थिएन । अब हेर्नुस है, मलाई त्यो अप्रेशनमा बोलाइएको थिएन । एसपीले मलाई बोलाएनन् । किन बोलाएनन् त्यो एसपीले जानुन । तर, सेटमा मैले सबै सुनिसकेपछि म त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएँ । अब हेर्नुस विडम्बना के छ भने जिल्लाको एसपीलाई कुटपिट गरिएको छ चाहे त्यो राज्य मन्त्रि नै किन नहोस । एसपीले एक्शन लिनुपथर््यो नि । एसपीले एक्शन लिन सकेनन् । एसपी डराए । राज्य मन्त्रिको कारण । राज्य मन्त्रिले एसपी कुटन पाउँदैन । कुनै कानुनले पनि त्यो छुट दिँदैनन् । एसपीले त्यति बेला बल प्रयोग गर्न सक्नुपथर््यो । तर, गर्न सकेनन् । त्यो त्यतिबेलाको एसपीको ठुलो कमजोरी हो । त्यो बेला मैले राज्य मन्त्रि संजय साहलाई समातेर फालिदिएको हो । मैले भने, तपाई राज्य मन्त्रि हो कलम चलाउनुस । हात चलाउन पाउनु हुन्न । त्यो तपाईको अधिकार छैन र मिल्दैन पनि । तर दुर्भाग्य हाम्रो देशको त्यो बेला गृहमन्त्री विजय गच्छदार, उनकै पार्टीका राज्य मन्त्रि संजय साह भएकै कारण उल्टै एसपी, एसएसपी, सिडिओ र इन्सपेक्टर तिमिल्सिना लगायतको सरुवा गरियो । त्यतिबेला पुलिसलाई गिज्यिाउने काम गरियो । पुलिसको मनोबल गिराईयो । हेर्नुस है हुन त त्यो बेला पनि मलाई आरोप लगाईयो । म संजय साहको मान्छे हुँ भनेर । मैले नै संजय साहलाई भनेर गर्न लगाए रे । तर म संजय साहको मान्छे होइन ।
बाबुराम प्रकरण के नियोजित नै थियोे त ?
त्यो घटना संजय साहबाट नियोजित थियो । सई बाबुराम झाले के गल्ती ग¥यो भने जुन महिलाको बलात्कार गरेको आरोप लगाईयो त्यो महिलालाई चौकीको सामान्य कस्टडीमा नराखी जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने थियो । तर, उनले ती महिलालाई उनी आफ्नो क्वार्टरमै सुताए । त्यसपछि उनको नियत माथि शंका ग¥यो मान्छेले । रेप भएन भन्ने कुरा त मेडिकल रिपोर्टबाटै पुष्टि भईसकेको छ ।
तपाईलाई तत्कालिन एसपी सर्वेन्द्र खनालले विभागमा  रिपोर्ट गरेर जसरी निलम्बन पारियो, पछि तपाईलाई विभागिय कारवाही स्वरुप इन्सपेक्टरमा घटुवा गरियो र अहिले मैले जानकारी पाए अनुसार तपाईले जागिर समेत छोडिसकेको हुुनुहुन्छ । यति हुनुमा सिंघानिया हत्या काण्ड नै प्रमुख कारण रहेको तपाईलाई लाग्छ ?
एकदम÷एकदम । यो सिंघानिया हत्यासँग जोडिएकै कुरा हो । किनभने सिंघानियाको हत्यारालाई मैले अदालतको कानुनी कठघरामा ल्याउने नै थिएँ । मैले ल्याइदिएको भए त्यो आर्थिक चलखेल हुन पाउने थिएन । म ठोकुवाका साथ भन्छु सिंघानिया हत्याको अनुसन्धान पुरा हुन नदिन तत्कालिन एसपी सर्बेन्द्र खनाल आर्थिक प्रलोभनमा परेर म माथि झुठा आरोप लगाएर मलाई साइड गराईयो । त्यो कुराहरु पछि खुल्छ । मैले त्यतिबेला गर्न सकिन तर, अहिले पनि घटनाको अनुसन्धान गरी तथ्य अगाडी ल्याउन मैले पुलिस प्रशासनलाई सहयोग गरेर मैले सहयोग गरिरहेकै छु ।
तपाईलाई जसरी कारवाही गरेर अपमान बोध गराईयो, यो घटनाको खुलासा हुनै पर्छ भन्ने जस्तो तपाईलाई लाग्दैन ?
एकदम लागेको छ । यो खुलासा हुनै पर्छ र त्यतिपनि मैले गर्न नसकेभने मैले बाँच्नुको अर्थ नै रहदैन । मेरो त अहिले अदालतमा विचाराधिन मुद्दा छ  । केही दिनमै पनि म फुर्सत पाउन सक्छु । ममाथि लगाइएको आरोपमा कुनै दमै छैन । कारवाही गर्ने मान्छेहरु पुर्वाग्रही थिए । त्यो बेलाका आइजीपी रमेश चन्द ठकुरी भ्रष्टाचारको मुद्दामा जेल जाने क्रममा छन् । उनलाई विशेष अदालतले जेल सजाय तोकिसकेको छ । उनले प्रशासनिक चलखेल गरेर अलिकति लम्बियाउलान तर उनी जेल जानु नै छ । त्यस्ता भ्रष्ट मान्छेले गरेको कारवाही के नै होला । मिसिलमा पनि केही छैन । विभागिय कारवाही अधिकारको कुरो हो । पुर्वाग्रही ढंगले गरियो । भ्रष्ट आइजीपी ठकुरीले अधिकारको दुरुपयोग गरेको हो ।
तपाईको साँठगाँठ भुमिगत सशस्त्र समुहहरुसँग छ भन्ने आरोप न लगाइएको हो ?
हो(हो लगाए । त्यसको लागि मैले सशस्त्र समुहहरुको सदस्यता लिएको हुनुपर्दछ । उनीहरुसँग मैले भेटघाट गरेको भिडियोग्राफी हुुनुपर्दछ वा उनीहरुसँग मैले फोनमा कुराकानी गरेको रेकर्ड हुुनुपर्छ । केही न केही प्रमाण त हुनुपर्छ । मैले विभिन्न अपराधिहरुलाई समात्न कुनै न कुनै अपराधिको सहयोग लिएको होउला । तर, त्यो पुर्वाग्रही ढंगले मसँग रिसिबी साध्न आरोप लगाइएको मात्र हो ।


२०७१ भदौ २२ गते आईतबार