Wednesday, August 13, 2014

नैतिक–सामाजिक बन्धन तोड्दै यौन सम्बन्ध जन्मदिनेलाई पनि बलात्कार

ज्वाइँ राजकुमार महत्तो र सासु रेखा देवी महत्तो बीच
 शारीरिक सम्बध स्थापित भएपछि बैवाहिक बन्धनमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको भरतपुर ५ का रामकृष्ण भन्ने रुद्रबहादुर दाहालले जन्म दिने आफ्नै आमालाई बलत्कार गरेका छन् । १८ अषाढ २०७१ मा आमा विरामी भई सुतिरहेको अवस्थामा छोराले आफ्नै आमालाई ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेका हुन् । बुबा सिरहाको बन्दीपुरमा काम गर्न गएको बेला बुवाको लागि रुद्रले खाना लिई खेतमा पु¥याई त्यहाँ आफैपनि लेबरको काम गरि रक्सी खाई साँझ साढे ७ बजे तिर घर फर्केका थिए ।  उनको आमा र सुस्त मनस्थितिका दिदी मात्र घरमा बसेका थिए । आमा घरमा सुतेको बेला उत्तेजित भई एक्कासी उसले आमाको सम्बेदनशिल अंग (स्तन) समाति आमाले हो(हल्ला गरेपछि आमाले लगाएको साडी जवरजस्ती फुकाली आमाको मुख छोपी कराईस भने ज्यान नै मारिदिन्छु भनेर धम्की दिँदै उसले आफैले लगाएको पैन्ट खोलेर र आमाको पेन्टी कपडा समेत खोली जवरजस्ती करनी गरेको उसले अदालत समक्ष समेत बयानको क्रममा स्वीकार गरेका छन् । उसले यस अघि पनि ९ अषाढ २०७१ मा आमाले लगाएको साडी फरियाले मुख छोपी, आमाको कपडा खोली बलात्कार गरेका थिए । पहिलो पटक आमालाई बलात्कार गर्दा आमाले प्रहरीमा उजुरी नगरेपनि दोस्रो पटक प्रहरीको ढोका खटखटाएका थिए । १२ साउन २०७१ मा ४५ वर्षिय पीडित आमाले आफैले जन्म दिएको छोराले आफुलाई जवरजस्ती करनी गरेको भन्दै छोरा रामकृष्ण भन्ने रुद्र बहादुर दहाल विरुद्ध धनुषा जिल्ला अदालतमा जवरजस्ती करनी र हाडनाता करनीको मुद्दा दायर गरेका थिए । १५ साउन २०७१ मा न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले पक्राउ परेका रुद्रलाई मुद्दा पुर्पक्षको लागि सिन्धुली कारागार स्थित थुनामा राख्न आदेश समेत दिई सकेको छ । अहिले उनी सिन्धुली कारागारमा थुनामा छन् ।
आफ्नै भतिजीलाई जवरजस्ती करनी
धनुषाको दिगम्बरपुरमा नातामा ठुलो बुवा पर्नेले आफ्नै भतीजीलाई जवरजस्ती करनी गरेको अभियोगमा अहिले थुनामा छन् । दिगम्बरपुर वडा नं. ३ का ५० वर्षिय हरिशचन्द्र ठाकुरले १७ बैशाख २०७० मा आफ्नो भतिजीलाई बल जवरजस्ती भुइँमा लडाई निजले लगाएको समिज र सुरुवाल खोली जवरजस्ती करनी गरेको अभियोगमा उनी २७ बैशाख २०७० मा पक्राउ परेका छन् । प्रतिवादी हरिशचन्द्रले आफुले लगाएको पेन्ट खोली पीडितको कपडा खोली योनीमा लिङ्ग पटक पटक पसालेर करनी गरेको हुँदा विपक्षीलाई यथाशिघ्र पक्राउ गरी मुलुकी ऐन जवरजस्ती करनीको महल र हाडनाता करनीको महल बमोजिम कारवाही गर्न १६ जेष्ठ २०७० मा धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । १७ बैशाख २०७० का दिन साँझ ५ बजेका दिनमा घर सफा गरिरहेकी आफ्नै नाता पर्ने भतिजीलाई आफ्नो गम्छाले मुख बाँधि भुईमा लडाई निजको कपडा खोली योनीमा लिङ्ग छिराउन खोज्दा केही मात्र लिङ्ग प्रवेश गरेको, पुर्ण रुपमा लिङ्ग प्रवेश नगरेको हरिशचन्द्रले प्रहरी समक्ष गरेको बयान कागजमा उल्लेख छ । केही बेर योनीको बाहिर बाहिर लिङ्ग दलि सो ठाउँबाट आफ्नो कपडा लगाई घर तर्फ जान लाग्दा पीडितले हल्ला गर्दा आफु भागेको प्रहरी समक्ष उनले बयान गरेका छन् । आफु यौन उत्तेजनामा आएर त्यस्तो कार्य गरेको उनले स्वीकार गरेका छन् ।
बस कन्डक्टरद्वारा १० वर्षिय बालिकालाई बलात्कारको प्रयास
भोजपुर देउराली ७ का भोले भन्ने दुर्गा बहादुर दाहालले १० वर्ष भन्दा मुनिका एक बालिकालाई बसमै बलात्कार प्रयास गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । ३१ अषाढ २०७१ मा ५ बजेको समयमा उक्त बालिका आफ्नो आमा, आमाको साथी अप्सरा घिमिरे सँगै पोखराबाट इटहरी सम्म आउनको लागि ना.४ख. ८९५६ नम्बरको जगदम्बा बसमा टिकट काटि डूाईभर साइडको ७ र ८ नम्बर सिटमा बसेकी थिइन् । आमा र आमाको साथीको बीचमा बसी आईरहेको अवस्थामा सो सिटमा बस्न असजिलो भएपछि बसको पछाडीको सिट खाली देखेपछि उक्त बालिका पछाडीपट्टीको सिटमा गएर बसिन् । उनी कुन बेला भुसुक्क निदाएछन् उनले थाहा पाइनन् । के कुन स्थान देखि सोही बसमा काम गर्ने कन्डक्टर दुर्गा बहादुर दाहाल कतिखेर उनको छेउमा आई उनको जिऊमाथि चढी उनले लगाएको एउटा भेष्टमा हात छिराई स्तन मडारी रहेको र एउटा हातले पेन्टी खोली ओठ जुधाई चुसीरहेको र जवरजस्ती करनी गर्न खोज्दा उनी रोई कराएकोे अदालतमा दिएको जाहेरीमा उल्लेख छ । उनी रोईकराई आमा बसेको ठाउँमा जान खोज्दा कन्डक्टरले हात धकेली अगाडी पट्टीको सिटमा भागेको बताइएको छ । त्यसपछि उनका आमाले उक्त कन्डक्टरलाई झापड हानेको र कन्डक्टरले पनि झापड हानेपछि ३२ गते विहान ३ बजे तिर धनुषाको हरिहरपुरमा गाडी रोक्न लगाई प्रहरीको सहयोग लिइएको उक्त जाहेरीमा उल्लेख छ । उक्त बसका कन्डक्टर अहिले धनुषा प्रहरीको हिरासतमा छ । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।
सासुसँग ज्वाइँको शारीरिक सम्बन्ध
९ माघ २०७० मा भ्रमरपुरा गाविस वडा नं. २ बस्ने देवेन्द्र महत्तो नुनियाको छोरी हिरा कुमारी महत्तोको सुगा भवानीपट्टी ६ बस्ने बेचन महत्तो नुनियाको छोरा राजकिशोर महत्तोसँग विवाह भएको थियो । २०७१ साल बैशाखमा राजकिशोर महत्तो हरनियाको अपरेशन गराउन सासु रेखा देवी महत्तोलाई लिएर भारत विहारको मधुवनी जिल्ला स्थित मटिहानीमा उपचार गराउन गएका थिए । उपचार गराउने क्रममा सासु रेखा देवी ज्वाई राजकिशोर महत्तोको बीचमा माया प्रेम परेपछि दुवैजना बीच शारीरिक सम्बन्ध समेत स्थापित भयो । २०७१ साल जेष्ठमा भ्रमरपुराबाट दुवै जना भारतको आगरामा भागी करिब २ सप्ताह होटेल र लजमा बसे । २०७१ साल अषाढ महिनामा तिनीहरु नेपाल आई विवाह गरेका थिए । सासुसँग विवाह गरि राजकुमारले आफ्नो घर सुगा भवानीपट्टीमा राख्न थालेपछि स्थानीयवासीहरुले समेत विरोध गरेका थिए । त्यसपछि राजकुमारको पहिलो पत्नी हिराकुमारी महत्तोले आफ्नै आमा र श्रीमान राजकुमार महत्तोलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएका थिए । प्रहरीले ती दुवै जना सासु र ज्वाइँलाई पक्राउ गरी हाडनाता करणी र बहुविवाहको मुद्दा अदालतमा दर्ता गरेका छन् । 



२०७१ साउन २५ गते आईतबार

नेपालको कानुनमा हाडनातामा करणी गर्नेको दण्ड सजाय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आफुलाई जन्माउने आमाको करणी गर्नेलाई जन्म कैद हुन्छ । आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफुले जन्माएका छोरीको करणी गर्नेलाई दस वर्ष कैद हुन्छ । आफ्ना हाडको नातामा आफ्नी सौतेनी आमा, हाँगा नफाटेकोमा जतिसुकै माथिको पुस्ता भएपनि र हाँगा फाटेकोमा तीन पुस्तासम्मका बज्यू, आफ्ना छोराकी स्वास्नी छोरा बुहारी, आफ्ना हाँगामा जतिसुकै पुस्ताको छोरा सन्तान भएपनि त्यस्ता छोरा सन्तानकी स्वास्नी वा छोरी, आफ्ना एकै बाबुबाट जन्मेका भाइकी स्वास्नी भाई बुहारी, आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाइकी छोरी वा छोरा बुहारी, आफ्नो एकै बाबुबाट जन्मेका दाजु वा भाईका छोराकी छोरी वा छोरा बुहारी, आफ्ना एकै बाजेबाट जन्मेकी दिदी वा बहिनी वा आफ्ना एकै बाजेबाट जन्मेका दाजु वा भाईकी छोरा वा त्यस्तो भाईकी स्वास्नीमानिसको करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफुले जन्माएकी छोरीको छोरा वा छोरा बुहारी, आफुलाई जन्माउने आमालाई जन्माउने बज्यु, आफुलाई जन्माउने आमाका बाबु वा आमालाई जन्माउने बज्यु, बाबुका आमालाई जन्माउने बज्यु, आफ्नी स्वास्नीलाई जन्माउने सासु, त्यस्ती सासु वा आफ्ना ससुरालाई जन्माउने बुढी सासु, आफ्नी आमाका एक आँतका दिदी वा बहिनी, आफ्ना एकै बाबुबाट जन्मेका दिदी वा बहिनीकी छोरी वा त्यस्ती दिदी वा बहिनीकी छोरा बुहारी, आफुलाई जन्माउने आमाका एकै आँतका दाजु वा भाईकी स्वास्नी आफ्नी माईज्युको  करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफ्ना हाडमा सात पुस्तासम्मका बज्यु, भाई बुहारी, छोरा बुहारी, नातिनी बुहारी, दिदी, बहिनी, छोरी नातिनी, फुपु,  जेठा वा कान्छा बाबुकी स्वास्नीलाई करनी जानी जानी करणी गर्नेलाई नाता र पुस्ताको विचार गरी वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
आफ्ना एक बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरी वा आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाईकी छोरीकी छोरी, आफ्ना एक बाबुबाट जन्मेका दिदी वा बहिनीका छोराकी छोरी वा छोरा बुहारी वा त्यस्ता दिदी वा बहिनीकी छोरीकी छोरी वा छोरा बुहारी, आफ्नी सौतेनी सासु वा सौतेनी बुढी सासुलाई करणी गरेमा वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
अरु कसैले भाउज्युले करणी गरेमा आफ्ना एकै बाबुबाट जन्मेका दाजुकी स्वास्नी भए तीन वर्षदेखि ६ वर्षसम्म र अरुमा आफ्ना हाडमा सात पुस्तासम्मका दाजुकी स्वास्नीको जानी करणी गरेको भए नाता  र पुस्ताको विचार गरी वढीमा एक वर्षसम्म कैद हुन्छ । एक लोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानी जानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई वढीमा एक वर्षसम्म कैद हुन्छ । कसैले आफ्ना धर्मपुत्र छोराका स्वास्नी वा सन्तानमा वा धर्मपुत्र  राख्ने बाबुका नातामा करणी गरेमा यस महल बमोजिम सजाय हुने हाडनाताको रहेछ भने सोही बमोजिम र अरुमा धर्मपुत्रले धर्मपुत्र राख्ने बाबुकी स्वास्नीको वा त्यसै बाबुबाट जन्मेकी छोरीको वा धर्मपुत्र राख्नेले धर्मपुत्रकी स्वास्नीको वा धर्मपुत्रकी छोरीको करणी गरेमा बढीमा एक वर्षसम्म कैद हुनेछ ।
पशु करणीको हकमा दण्ड सजाय
कसैले स्त्रीजाति चौपायाको करणी गर्न वा कुनै चौपायासित करणी गराउन वा अरु कुनै अप्राकृतिक मैथुन गर्न गराउन हुँदैन । कसैले स्त्री जाति चौपाया मध्ये गाईको करणी गरेमा निजलाई दुईवर्षसम्म कैद र गाई बाहेक अरु चौपायाको करणी गरेमा एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । कुनै स्वास्नीमानिसले चौपायाबाट करणी गराएमा निजलाई एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । यस बाहेक अरु कुनै किसिमको अप्राकृतिक मैथुन गर्ने गराउनेलाई एक वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

२०७१ साउन २५ गते आईतबार

नावालिकलाई बलात्कार गर्ने पक्राउ

नाबालिकलाई बलात्कार गरेको 
अभियोगमा अशोक कुमार महत्तो  
 प्रहरी हिरासतमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रहरीले जबरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्तलाई पक्राउ  गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा पुष्वलपुर( २ बस्ने ३० वर्षीय अशोक कुमार महतो र धनुषा सिनुरजोडा (२ का २५ वर्षिय बिजय कुमार खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेलाई एक ९ वर्षीया बालिकाको वलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार खत्वेले विगत तीनदिन अगाडी सिनुरजोडा(३ मा ९ वर्षीया एक बालिकाको जबरजस्ती करणी गरी फरार भएका थिए ।
नाबालिकलाई बलात्कार गरेको अभियोगमा 
विजय कुमार खत्वे प्रहरी हिरासतमा ।
यसैगरी दुईवर्ष अगाडी एक बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६९ असोस ८ गते महतो लगायत पाँचजनाले पुष्वलपुर २ मा एकबालिकाको सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा महतोसँगै संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलाश जारी रहेको पुरीले जनाए । आर्थिक वर्ष २०७०÷०७१ मा धनुषा जिल्ला अदालतमा कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । साउनमा ४, भदौंमा ५, कार्तिकमा २, मंसिरमा १, पुषमा १, चैत्रमा १, बैशाखमा ५, जेष्ठमा ३, र अषाढमा २ गरी कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसैगरी दुई थान मुद्दा हाडनाता करणी अन्तरगत दर्ता भएका छन् । जलेश्वर कारागारमा जवरजस्ती करणी मुद्दामा ३३ जना थुनुवा बन्दी र दुई जना कैदी बन्दी रहेका छन् ।


२०७१ साउन २५ गते आईतबार

असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमण वढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालले आर्थिक वर्ष २०७०÷०७१ मा रक्त परिक्षण गर्दा कुल ५ सय ८३ जनामा एचआइभी संक्रमण रहेको पाइएको छ । जसमध्ये ३ सय २३ पुरुष र २ सय १९ महिला रहेका छन् । संक्रमित हुनेहरुमा बालबालिकाहरु पनि रहेको पाइएको छ । एक वर्ष देखि चार वर्षसम्मका बालक १४ जना र ३ जना बालिका, ५ वर्ष देखि १४ वर्षसम्मका १३ जना बालक र ११ जना बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पताल स्थित स्वछिक परामर्श तथा सुचना केन्द्रले दिएको जानकारी अनुसार उक्त केन्द्रमा आर्थिक वर्ष २०७०÷०७१ मा ४ सय ४८ जना एचआइभी संक्रमितहरुले औषधि सेवन गरेका छन् । औषधि सेवन गर्नेहरु मध्ये २ सय ७९ पुरुष, १ सय ५१ महिला, १ देखि ४ वर्षसम्मका ६ जना बालक, ५ देखि १४ वर्षसम्मका ९ जना बालक र १ वर्ष मुनिका १ जना बालक तथा १ देखि ४ वर्षसम्मका २ जना बालिका रहेका छन् । उक्त सूचना केन्द्रबाट औषधि सेवन गर्नेहरुमध्ये १ वर्षमा कुल ४२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३४ जना पुरुष, ६ जना महिला र १ देखि ४ वर्षसम्मका २ जना बालबालिका रहेका छन् । यसरी ४ सय ४८ जना संक्रमितहरुमध्ये ४२ जनाको उपचार गर्दा गर्दैको अवस्थामा मृत्यु भएको छ भने ४ सय ६ जना जिवित संक्रमितहरुले उपचारका लागि औषधि सेवन गरिरहेको स्वच्छित परामर्श तथा सूचना केन्द्रका एआरटी काउन्सलर प्रदिप साहले द एक्सक्लुसिभलाई बताएका छन् । काउन्सलर साहका अनुसार अञ्चल अस्पतालमा पत्ता लागेका ५ सय ८३ जना संक्रमितहरुमध्ये करिब ९५ प्रतिशत व्यक्तिहरु असुरक्षित यौन सम्पर्ककै कारण एचआइभीबाट संक्रमित भएका छन् । एक जना भाईलाई एचआइभी संक्रमण भएको जानकारी नहुँदा आफ्नो बहिनीलाई रक्तदान गर्दा बहिनीलाई समेत एचआइभी संक्रमण भएको उनले बताए । उनका अनुसार पुरुष पुरुष बीच यौन सम्पर्क राख्ने ५ जना पुरुष संमलिङ्गीहरु पनि संक्रमित भएका छन् । यसका साथै यौन व्यवसाय गर्ने १० देखि १५ जना महिला यौन व्यवसायीहरु समेत एचआइभी संक्रमणका शिकार भएका छन् ।
समलिङ्गी तथा तेस्रो लिङ्गीको हक अधिकारको लागि कार्यरत संस्था निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष ठाकुर पनि समलिङ्गीहरु बढी एचआईभी संक्रमित रहेको बताएका छन् । उनका अनुसार पुरुषले पुरुषलाई यौन सम्पर्क स्थापना गर्दा गुद्वद्वार च्यातिने र रगतको सम्पर्क भएपछि एचआईभीबाट संक्रमित हुने गरेको संख्या धेरै छन् । तर, उनीहरुले परीक्षण गराउँदा आफ्नो पहिचान तेस्रोलिङ्गी नबताएर पुरुष नै बताउने गरेका छन् ।



०७१ साउन २५ गते आईतबार

केटा केटी भाग्ने प्रवृति बढ्दो

केटासँग भागेपछि बहिनीलाई जिपमा
 लिएर घर जाँदै उसका भाई । 
२१ साउनमा प्रहरीले ती यूवतीलाई 
आफन्तको जिम्मा लगाएको थियो ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२१ साउनमा साँझ ५ बजे तिर जिल्ला प्रहरी कार्यालय धनुषाको परिषर बाहिर थुप्रै मानिसहरुको भिड लागेको थियो । परिसर भित्र एउटा जिपमा एक जना महिलालाई राखिएको थियो । किन भिड लागेको हो भन्ने जान्न खोज्दा प्रहरी निरीक्षक हरिनन्दन चौधरीले केटा केटी भागेको विषयमा उजुरी परेपछि भागेका केटा केटीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जानकारी गराईयो । उक्त घटना बुझ्दा महोत्तरी अगिलेश्वाका पनवरिया जातिका एक जना १७ वर्षिय केटीलाई धनुषाको कचुरीका यादव समुदायका २० वर्षिय केटाले ७ महिना अघि भगाई लगेको थियो । केटालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो भने केटीलाई केटीको आमा,बुवा तथा भाईले जिपमा घेराबन्दी गरी राखेका थिए । केटी गर्भवती रहेको र ५ महिनाको बच्चा समेत गर्भमा रहेको केटीले दावी गरिरहेको थियो । केटी आफुले उसँग प्रेम विवाह गरेको कारण उसैसँग बस्ने अडान लिईरहेको कारण केटीका बुवा तथा भाईले जिल्ला प्रहरी परिसरमै झापड हानेका थिए । कुटाईका कारण केटीको ओठ सुन्निएको थियो । जिपमा एक तर्फबाट आमा र अर्को तर्फबाट भाईको बीचमा रोइरहेकी उक्त केटीलाई प्रहरीले अन्ततः उनको परिवारको जिम्मा लगाए । परिसर बाहिर केटाको गाउँका मानिसहरु जसरी पनि केटा र केटी दुवैलाई लिएर भाग्न चाहन्थे । तर, प्रहरीले उनीहरुलाई धपाएका थिए । केटाको दिदीको विहे केटीको गाउँमा भएको थियो र दिदीसँग भेट गर्न जाँदा उक्त केटीसँग उनीहरुको प्रेम परेको थियो । यसअघि पनि ती दुवै केटा केटी एक पटक भागिसकेको थियो र प्रहरीले केटीलाई परिवारको जिम्मा लगाएको थियो । तर, केटीलाई लिएर काठमाण्डौ बसेका तिनका आमा बुवालाई छलेर फेरी भाग्न सफल भएका थिए, उक्त केटी ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने जयप्रकाश साह र मनोरमा गुप्ता ।
यसरी यस्ता घटना र दृष्यहरु जिल्ला प्रहरी कार्यालयको परिसरमा दिनहुँ जसो देखिन्छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु भागी विवाह गर्ने प्रवृति वढेको छ । विद्यालयमा जाँदा प्रेममा पर्ने र आमा बुबाको इच्छा विपरित भागी हिड्ने प्रवृति दिनानुदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को अषाढ देखि साउन सम्म जिल्ला प्रहरी कार्यालय धनुषामा केटा केटी भागेको ९३ वटा घटनाहरुको उजुरी परेको छ । मेरो छोरीलाई ललाई फकाई भगाएको भन्दै केटी पक्षका अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका छन् । कतिपय अवस्थामा घरबाट भाग्दा केटीले घरमा रहेको पैसा तथा गरगहना समेत लगेर भागेको भन्ने उजुरी पर्ने गरेका छन् । केटी पक्षले आफ्नो छोरीलाई गुमराह गरी भगाएको भन्दै छोरीलाई खोजी गरिदिन अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका हुन्छन भने केटा पक्षका अभिभावकले छोराले बुहारी ल्याईहाल्यो राखौं भन्ने सोंचका साथ केटाका अभिभावकहरुले सहयोग गर्ने गरेको प्रवृति बढेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा कार्यरत प्रहरी हवलदार सुजित पासवानको भनाई छ । एकै स्कुलमा पढ्थ्यौं, चिनजान भयो र प्रेम प¥यो भन्दै केटा केटीहरु भाग्ने गरेका हुन्छन् । उजुरी परेपछि प्रहरीले खोजतलास गरेर केटा केटी दुवैलाई झिकाई तिनीहरुको अभिभावकलाई जिम्मा लगाएपनि फेरी फेरी पनि भाग्ने गरेको घटनाहरु पनि व्याप्त रहेको हबलदार पासवानको भनाई छ । यसरी भाग्नेहरुमा केटा पक्ष दलित, मुसलमान समुदायको र केटी पक्ष बाहुन, कायस्थ र राजपुत समुदायको अधिकांश रहने गरेको उनको भनाई छ । यसरी भाग्दा अन्तरजातिय विवाह गरेको कारण समाजमा मान मर्यादा, सम्मान गुमेको अह्मका कारण केटी पक्ष जसरी पनि केटीलाई फिर्ता ल्याउने प्रयत्नमा रहन्छन भने केटा पक्षका सिंगो गाउँ नै गाउँको प्रतिष्ठाको सबाल बनाई साथ दिईरहेका हुन्छन् । यसरी भाग्दा केटा केटीहरु बीच शारीरिक सम्बन्ध स्थापित हुने र कतिपय अवस्थामा गर्भवति समेत भएको अवस्था पाइन्छ । गर्भवती भएपनि गर्भपतन गराएर आफ्नो घर लग्ने केटी पक्षको प्रयास रहन्छ । भागेर नेपालमै रहेको अवस्थामा खोजी गर्न प्रहरीले सफलता पाउने गरेको भएपनि भारतमा गईसकेपछि फिर्ता ल्याउन अत्यन्तै कठिन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका प्रहरी निरीक्षक हरिनन्दन चौधरी बताउँछन् । उनका अनुसार मोवाइल, इन्टरनेट जस्ता प्रविधिहरुको दुरुपयोगका कारण केटा केटीहरु उमेर भन्दा अघि नै यौन चाहना पुरा गर्न चाहन्छन् । र, त्यसका लागि प्रेममा परी भाग्ने गरेको प्रवृति वढेको छ । प्रहरी निरीक्षक चौधरी भन्छन,“ केटीलाई गर्भवती बनाउन सक्यो भने केटीका आमा बुवाले बाध्य भई स्वीकार गर्न सक्छन भन्ने केटाहरुको सोंच हुन्छ भने केटीका अभिभावकहरु गर्भपतन गराएर भएपनि फिर्ता लग्ने प्रयासमा हुन्छन् ।” 
कोर्ट म्यारेज
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज 
गर्ने नारायण प्याकुरेल र ज्योतिमान दाहाल ।

१ साउन २०७० देखि ७ अषाढ २०७१ सम्म जिल्ला प्रशासन धनुषामा ४ जना जोडीले मात्र विवाह दर्ता गराएका छन् । ११ साउन २०७० मा महोत्तरी भंगहा घर भई हाल धनुषा हरिहरपुर २ का २८ वर्षिय विनोद कुमार मण्डल र धनुषाधामका २१ वर्षिया सम्झना कुमारी गोस्वामी बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी ११ मंसिर २०७० मा धनुषा रघुनाथपुर ७ का २८ वर्षिय जिवन कुमार कालीकोटे र सिरहा अयोध्यानगर २ की २३ वर्षिया बविता कुमारी लामाको जिल्ला प्रशासन कार्यालयमा विवाह गरिएको छ । त्यसैगरी १९ पुष २०७० मा धनुषा यज्ञभुमि ९ घरभई हाल अमेरिकाका २५ वर्षिय नारायण प्याकुरेल र धनुषा यज्ञभुमि ७ कि २३ वर्षिया ज्योतिमान दाहाल बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी २६ फागुन २०७० मा जनकपुर १० का २३ वर्षिय मोहम्मद मजहर र फिलिपिन्स की २५ वर्षिया रोजान जोय मिबुल्स बीच कोर्ट म्यारेज गरिएको छ । यस आर्थिक वर्ष २०७१÷०७२ मा हालसम्म एक जना जोडीको मात्र कोर्ट म्यारेज भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको जानकारी अनुसार १८ साउन २०७१ मा महोत्तरी मटिहानी ९ र हाल अमेरिकाका ३३ वर्षिय जयप्रकाश साह र धनुषाको दिगम्बरपुर ३ का २० वर्षिया मनोरमा गुप्ता बीच कोर्ट म्यारेज गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने मो.मजहर र  रोजान जोय मिबुल्स ।
उक्त तथ्याङ्कले के पनि देखाउँदछ भने धनुषामा गत वर्ष ९३ जोडी भागि प्रेम विवाह गरेपनि उमेर अपुगको कारण तिनीहरुले बैधानिक कोर्ट म्यारेज गर्ने गरेको छैन । अर्थात कानुनले तोकेको उमेर नपुगी बाल विवाह हुने हुनाले कानुनको सजायबाट बच्न र उमेर पुगेपछि मात्र विवाह गर्ने पर्खाइमा ती भागेका जोडीहरु रहने गरेको हुन्छन् ।

बालविवाह सम्बन्धि दण्ड र सजाय
नेपालको कानुन अनुसार विहाबारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मंजुरी भए १८ वर्ष संरक्षकको मंजुरी नभए २० वर्ष नपुगी विहावारी गर्न गराउन हुँदैन । त्यस्तो विवाह गरे गराएमा, १० वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ६ महिना देखि ३ वर्षसम्म कैद र १ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । १० वर्ष देखि माथि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ३ महिना देखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । १४ वर्ष देखि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरे गराएको छ भने ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ । बीस वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।


२०७१ साउन २५ गते आईतबार

श्रीमतिद्वारा पुरुष हिंसा पनि वढ्दोा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुरुषहरुले महिलामाथि घरेलु हिंसा गरेको घटनाहरु भईरहेपनि अब श्रीमतिद्वारा श्रीमान माथि पनि घरेलु हिंसा हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमतिबाट आफु पीडित भएको भन्दै थुप्र्रै उजुरीहरु दर्ता हुने गरेका छन् । आफु विदेशमा हुँदा आफुले पठाएको पैसा समेत लिएर परपुरुषसँग विवाह गरी भागी गएको, श्रीमतिले आफुलाई खान लाउन नदिएको भन्दै पुरुषहरु प्रहरीमा उजुरी गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा आर्थिक वर्ष २०७०÷०७१ मा पुरुष पीडितको २५ वटा उजुरी परेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा १६ वटा र २०६८÷०६९ मा ३२ वटा मुद्दा परेको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷०७१ मा ५ वटा जारी मुद्दा परेको छ ।
सभाषदद्वारा पीडित लोग्ने 
सभाषद उर्मिला देवी साह

धनुषा रमदैया भवाडी ९ का ५० वर्षिय खेहरु साहले आफु आफ्नी श्रीमति उर्मिला देवी साह र रमदैया भवाडी २ का राम रतन यादवबाट पीडित भएको भन्दै इन्साफका लागि अदालतको ढोका खटखटाएका छन् । खेहरुले दिएको जाहेरी अनुसार ४५ वर्षिय उर्मिला देवी साह उनकी पत्नी हुन । उर्मिला अहिले संघीय समाजवादीका तर्फबाट समानुपातिक कोटामा सभाषद छिन् । उनी र उनको पत्नीको बीचमा विवाहित दामपत्य जिवनबाट ४ सन्तानको जन्म भएका छन् । दुई छोरीको विवाह भईसकेको र दुई छोरा नावालकै रहेको छ । तत्कालिन अवस्थामा घरमा प्रसस्त सम्पति नभएको र बेरोजगार भएको कारण नेपालमा बसी रोजिरोटी चल्ने नहुँदा २०६२ पुष १ गते गोपालपुर २ बस्ने रामबाबु यादवसँग रु. ३ लाख ऋण लिई २०६३ अषाढ २० गते बैदेशिक रोजगारीका लागि उनी इराक गएका थिए । इराकमा मासिक रुपमा रु. ४० हजार तलब र खाना लाउन बस्ने सुविधा कम्पनीको तर्फबाट पाउने गरेको कारण उनले मासिक रु. ४० हजार श्रीमतिलाई पठाउने गर्थे । उर्मिलाले रुपैयाँ जम्मा गरी ५ साउन २०६६ मा जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ३१९ को ९ धुर जग्गा खरिद गरी पत्नीको नाउँमा जग्गा दर्ता गराएका थिए । पत्नीको विश्वासमा परी सम्पति र अन्य ठाउँको चल अचल सम्पति समेत उनले आफ्नै पत्नीको नाउँमा गर्नुका साथै इराकबाट रु. ३० लाख पठाएका थिए । १२ मंसिर २०६८ मा उनी इराकबाट नेपाल फर्के । हालमा उर्मिला राम रतन यादवसँग अनैतिक सम्बन्ध राखि आफुलाई घरमा बस्न दिएको छैन, कमाएको चल अचल सम्पति फिर्ता गर्न भन्दा तिम्रो सम्पति म जान्दैन, जति पनि सम्पति मेरो नाउँमा दर्ता छ सो निजी सम्पति मेरो हो भन्दै जवाफ फर्काइरहेकी उनको आरोप छ । उर्मिला नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा सभाषद भएपछि उसको इच्छा आकांक्षा वढ्दै गयो, निजको अहमताको कारण पतिलाई पति भन्न पनि लाज मान्ने, अर्कालाई चिनापर्ची गराउँदा समेत अप्ठयारो मान्ने र छोराहरुलाई पनि आफु प्रति नकारात्मक सोचाई बनाउन सफल भई आफु विरुद्ध उक्साउन लगाएको जाहेरीमा उल्लेख छ । राम रतन यादवसँग अनैतिक सम्बन्ध कायम गरी ज्यान मार्ने धम्की दिई खान लाउन बस्न समेत नदिई कुटपिट गरी घरबाट निकाला गरिदिएको उनले बताएका छन् । २०६९ साल चैत्र २५ गते लुकिछिपी गाउँकै राजदेवी मन्दिरमा राम रतन यादवसँग विवाह गरी एकै ठाउँमा बसी आइरहेको भन्दै उनले आफ्नो सम्पति फिर्ता, शान्ति सुरक्षा र न्यायका लागि धनुषा जिल्ला अदालतमा २६ अषाढ २०७० मा मुद्दा दर्ता गरेका छन् ।
राम रतन यादवले ७ असोज २०७० मा प्रतिउत्तरमा खेहरुको दावी पुर्ण रुपमा झुठा र बनावटी रहेको बताएका छन् । आफु एक विवाहित पुरुष रहेको आफ्नो पत्नी हिरा देवी यादव रहेको उनले बताएका छन् । छोरा, छोरी, नाति, नातानी समते रहेको उनले बताएका छन् । उर्मिलासँग आफुले विवाह पनि नगरेको र अनैतिक सम्बन्ध पनि नराखेको उनले बताएका छन् । उर्मिला र आफु एमालेमा आवद्ध भएर राजनीति गर्दै आएको र अहिले उनीसँगै आफुपनि संघीय समाजवादी पार्टीमा रहेको कारण राजनीतिक रुपमा चिनजान भएपनि कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएका छन् ।


२०७१ साउन २५ गते आईतबार

यौनजन्य दुव्र्यवहारको शिकार बन्दै महिला


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रहरी कार्यालय धनुषामा आर्थिक वर्ष २०७०÷०७१ मा केही सार्वजनिक अपराधको २ सय २५ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका उक्त मुद्दाहरुमध्ये २ सय २० थान फर्छयौट समेत भइसकेका छन् । उक्त मुद्दाहरुमध्ये करिब १ सय थान मुद्दा केटीलाई जिस्काएको, अस्लिल बोली बोलेको लगायतका यौनजन्य दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका एक जना प्रहरीले बताए । बाटो हिँड्दा केटाले जिस्कायो, कलेज पढ्न जाँदा केटाले जिस्कायो, मोबाइलमा फोन गरेर जिस्कायो, फेसबुकमा अस्लिल म्यासेज पठायो लगायतका विषयमा उजुरी आउने गरेको छ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ टिन ऐजरहरुमा यस्ता किसिमका गतिविधि भइरहेको पाइन्छ तर, उजुरी आउने वित्तिकै हामीले पिडकलाई झिकाएर अनुसन्धान गरी केही सार्वजनिक अपराधको मुद्दा चलाउने गर्छौं । केही घटनाहरु सामाजिक सञ्जाल मार्फत समेत हुने गरेकाले साइबर क्राइममा मुद्दा चलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेका छौं ।” प्रहरी निरीक्षक पुरीका अनुसार यसरी यौन दुव्र्यवहारका शिकार हुनेहरुमा अधिकांश केटीहरु भएपनि कतिपय विवाहित महिलाहरु समेत रहने गरेका छन् । उनका अनुसार कतिपय उजुरीमा घटनालाई बङ्गयाउन अपहरण र लुटपाट समेत गरेको भनेर उजुरी दिने गरेको प्रवृति पनि धनुषामा वढ्दो छ । सामान्य अवस्थाको घटनामा पीडित र पिडक दुवै पक्षलाई झिकाई मेलमिलाप गरी फिर्ता पनि पठाउने गरिएको छ भने कतिपय घटनामा मुद्दा नै चलाइएको हुन्छ । सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने उक्त मुद्दाहरुमा कसुर ठहर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कसूरको मात्रा अनुसार दश हजार रुपैयाँसम्म जरिवाना गर्न र पिडित पक्षलाई कसूरदारबाट बिगो बमोजिम क्षतिपूर्ति भराई दिन सक्नेछ तथा अनुसन्धानको सिलसिलामा मनासिव कारण देखिएमा थुन्नु पर्ने कारण खोली पर्चा खडा गरी बढीमा पैंतीस दिनसम्म थुनामा राख्ने आदेश दिने गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका मुद्दा फाँटका कर्मचारी विदुर भण्डारीको भनाई छ ।
यस्तो मुद्दा तीन महीना भित्र फैसला गरिन्छ तर जरिवानाको सजायले मात्र पर्याप्त नभई कैदको सजाय समेत गर्न पर्ने देखिएमा बढीमा दुई वर्षसम्म कैद गर्नको लागि पुनरावेदन सुन्ने अदालतमा साधक जाहेर गर्नुपर्छ ।
 पहिलो पटकको कसूर भए कसूर हेरी सजाय नगरी कसूरदारलाई अब उप्रान्त यस्तो कसूर गर्ने छैन भन्ने कागज गराई समेत छाड्ने गरिएको भण्डारीले बताए ।
नेपालको कानुनले यौनिक हिंसा (यौन दुव्र्यवहार) लाई कानुनी अपराधको रुपमा स्वीकार गरी यसरी परिभाषित गरेको छ,“कसैले कुनै महिलाको मञ्जुरी विना निजको संवेदनशील अङ्ग छोएमा वा हुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभिाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धि अङ्ग निजलाई छुन । समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शव्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँगै त्यस्तै यौन दुव्र्यवहार गरेको मानिन्छ । र, त्यस्तो कसुर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपुर्ति समेत भराई दिनु पर्नेछ ।” धनुषामा प्रायः जसो साथी मानेका व्यक्तिहरु र प्रेम सम्बन्ध भएका व्यक्तिहरुबाट वढी मात्रामा महिलाहरु यौनिक हिंसामा पर्ने गरेका छन् । अधिकांश महिलाहरु साथी प्रेमी, छिमेकीबाट यौनिक हिंसाका शिकार भएको पाइन्छ भने सम्बन्ध नभएका अन्जान व्यक्तिहरुबाट बाटोमा हिंड्दा तथा केही महिलाहरु घर परिवारका सदस्य र आफन्तहरुबाटै पनि यौनिक हिंसा शिकार भएको पाइन्छ । यौनजन्य दुव्र्यवहार अन्य यौनजन्य अपराधभन्दा फरक प्रकृतिको महिला विरुद्धको हिंसा हो ।
सामान्यतया यौनजन्य दुव्र्यवहार भन्नाले कुनै व्यक्ति विरुद्ध यौनजन्य मनसायले गरिने अनिश्चिछत आचरण व्यवहार हो । यस्तो यौनजन्य दुव्र्यवहार शारीरिक, मौखिक, लिखित वा इशाराले जुनसुकै पनि हुन सक्दछ । शारीरिक यौनजन्य दुव्र्यवहार भित्र कसैले कसैलाई अनावश्यक रुपमा हुनु, थपथपाउनु, हाम्नु, चिमोट्नु, सुम्सुम्याउनु, चुम्बन लिनुजस्ता कार्यहरु पर्दछन भने मौखिक यौनजन्य दुव्र्यवहारभित्र अश्लिल वा अपमानित टिप्पणीहरु, यौनजन्य चुट्किलाहरु अप्रिय कुराकानी वा ठट्टाहरु, लैङ्गिक लक्षित अपमानजनक बचनहरु, अनिच्छित यौनजन्य आमन्त्रण र प्रस्तावहरु वा दवाव पर्दछ ।
यस्तै लिखित यौन जन्य दुव्र्यवहार भित्र यौन सम्बन्धि सामग्री वितरण गर्नु, अश्लिल वा कामुक तस्वीर, बस्तु वा लिखित सामग्री प्रर्दशन गर्नु आदि पर्दछन् भने इशाराले गर्ने यौनजन्य दुव्र्यवहार भित्र घुरेर हेर्ने, सुसेली बजाउने, आँखा जुधाउने, यौन जनित अश्लिल इशाराहरु गर्ने आदि कार्यहरु पर्दछन् । विशेष गरी यस्ता किसिमको सार्वजनिक स्थलमा महिला विरुद्ध गरिने यौनजन्य दुव्र्यवहारलाई प्रायः जसो महिलाले गम्भीरतापुर्वक नलिएपनि तिनीहरुमाथि मानसिक असर परिरहेको हुन्छ । यौनजन्य दुव्र्यवहार नियन्त्रण सम्बन्धि छुट्टै कानुन व्यवस्था नहुनु र त्यस किसिमको खराव आचरणलाई सम्बोधन गर्ने कुनै संयन्त्रको नहुनु यसको प्रमुख कारण रहेको छ ।


२०७१ साउन २५ गते आईतबार