Wednesday, August 13, 2014

नावालिकलाई बलात्कार गर्ने पक्राउ

नाबालिकलाई बलात्कार गरेको 
अभियोगमा अशोक कुमार महत्तो  
 प्रहरी हिरासतमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रहरीले जबरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्तलाई पक्राउ  गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा पुष्वलपुर( २ बस्ने ३० वर्षीय अशोक कुमार महतो र धनुषा सिनुरजोडा (२ का २५ वर्षिय बिजय कुमार खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेलाई एक ९ वर्षीया बालिकाको वलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार खत्वेले विगत तीनदिन अगाडी सिनुरजोडा(३ मा ९ वर्षीया एक बालिकाको जबरजस्ती करणी गरी फरार भएका थिए ।
नाबालिकलाई बलात्कार गरेको अभियोगमा 
विजय कुमार खत्वे प्रहरी हिरासतमा ।
यसैगरी दुईवर्ष अगाडी एक बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६९ असोस ८ गते महतो लगायत पाँचजनाले पुष्वलपुर २ मा एकबालिकाको सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा महतोसँगै संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलाश जारी रहेको पुरीले जनाए । आर्थिक वर्ष २०७०÷०७१ मा धनुषा जिल्ला अदालतमा कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । साउनमा ४, भदौंमा ५, कार्तिकमा २, मंसिरमा १, पुषमा १, चैत्रमा १, बैशाखमा ५, जेष्ठमा ३, र अषाढमा २ गरी कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसैगरी दुई थान मुद्दा हाडनाता करणी अन्तरगत दर्ता भएका छन् । जलेश्वर कारागारमा जवरजस्ती करणी मुद्दामा ३३ जना थुनुवा बन्दी र दुई जना कैदी बन्दी रहेका छन् ।


२०७१ साउन २५ गते आईतबार

असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमण वढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालले आर्थिक वर्ष २०७०÷०७१ मा रक्त परिक्षण गर्दा कुल ५ सय ८३ जनामा एचआइभी संक्रमण रहेको पाइएको छ । जसमध्ये ३ सय २३ पुरुष र २ सय १९ महिला रहेका छन् । संक्रमित हुनेहरुमा बालबालिकाहरु पनि रहेको पाइएको छ । एक वर्ष देखि चार वर्षसम्मका बालक १४ जना र ३ जना बालिका, ५ वर्ष देखि १४ वर्षसम्मका १३ जना बालक र ११ जना बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पताल स्थित स्वछिक परामर्श तथा सुचना केन्द्रले दिएको जानकारी अनुसार उक्त केन्द्रमा आर्थिक वर्ष २०७०÷०७१ मा ४ सय ४८ जना एचआइभी संक्रमितहरुले औषधि सेवन गरेका छन् । औषधि सेवन गर्नेहरु मध्ये २ सय ७९ पुरुष, १ सय ५१ महिला, १ देखि ४ वर्षसम्मका ६ जना बालक, ५ देखि १४ वर्षसम्मका ९ जना बालक र १ वर्ष मुनिका १ जना बालक तथा १ देखि ४ वर्षसम्मका २ जना बालिका रहेका छन् । उक्त सूचना केन्द्रबाट औषधि सेवन गर्नेहरुमध्ये १ वर्षमा कुल ४२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३४ जना पुरुष, ६ जना महिला र १ देखि ४ वर्षसम्मका २ जना बालबालिका रहेका छन् । यसरी ४ सय ४८ जना संक्रमितहरुमध्ये ४२ जनाको उपचार गर्दा गर्दैको अवस्थामा मृत्यु भएको छ भने ४ सय ६ जना जिवित संक्रमितहरुले उपचारका लागि औषधि सेवन गरिरहेको स्वच्छित परामर्श तथा सूचना केन्द्रका एआरटी काउन्सलर प्रदिप साहले द एक्सक्लुसिभलाई बताएका छन् । काउन्सलर साहका अनुसार अञ्चल अस्पतालमा पत्ता लागेका ५ सय ८३ जना संक्रमितहरुमध्ये करिब ९५ प्रतिशत व्यक्तिहरु असुरक्षित यौन सम्पर्ककै कारण एचआइभीबाट संक्रमित भएका छन् । एक जना भाईलाई एचआइभी संक्रमण भएको जानकारी नहुँदा आफ्नो बहिनीलाई रक्तदान गर्दा बहिनीलाई समेत एचआइभी संक्रमण भएको उनले बताए । उनका अनुसार पुरुष पुरुष बीच यौन सम्पर्क राख्ने ५ जना पुरुष संमलिङ्गीहरु पनि संक्रमित भएका छन् । यसका साथै यौन व्यवसाय गर्ने १० देखि १५ जना महिला यौन व्यवसायीहरु समेत एचआइभी संक्रमणका शिकार भएका छन् ।
समलिङ्गी तथा तेस्रो लिङ्गीको हक अधिकारको लागि कार्यरत संस्था निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष ठाकुर पनि समलिङ्गीहरु बढी एचआईभी संक्रमित रहेको बताएका छन् । उनका अनुसार पुरुषले पुरुषलाई यौन सम्पर्क स्थापना गर्दा गुद्वद्वार च्यातिने र रगतको सम्पर्क भएपछि एचआईभीबाट संक्रमित हुने गरेको संख्या धेरै छन् । तर, उनीहरुले परीक्षण गराउँदा आफ्नो पहिचान तेस्रोलिङ्गी नबताएर पुरुष नै बताउने गरेका छन् ।



०७१ साउन २५ गते आईतबार

केटा केटी भाग्ने प्रवृति बढ्दो

केटासँग भागेपछि बहिनीलाई जिपमा
 लिएर घर जाँदै उसका भाई । 
२१ साउनमा प्रहरीले ती यूवतीलाई 
आफन्तको जिम्मा लगाएको थियो ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२१ साउनमा साँझ ५ बजे तिर जिल्ला प्रहरी कार्यालय धनुषाको परिषर बाहिर थुप्रै मानिसहरुको भिड लागेको थियो । परिसर भित्र एउटा जिपमा एक जना महिलालाई राखिएको थियो । किन भिड लागेको हो भन्ने जान्न खोज्दा प्रहरी निरीक्षक हरिनन्दन चौधरीले केटा केटी भागेको विषयमा उजुरी परेपछि भागेका केटा केटीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जानकारी गराईयो । उक्त घटना बुझ्दा महोत्तरी अगिलेश्वाका पनवरिया जातिका एक जना १७ वर्षिय केटीलाई धनुषाको कचुरीका यादव समुदायका २० वर्षिय केटाले ७ महिना अघि भगाई लगेको थियो । केटालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो भने केटीलाई केटीको आमा,बुवा तथा भाईले जिपमा घेराबन्दी गरी राखेका थिए । केटी गर्भवती रहेको र ५ महिनाको बच्चा समेत गर्भमा रहेको केटीले दावी गरिरहेको थियो । केटी आफुले उसँग प्रेम विवाह गरेको कारण उसैसँग बस्ने अडान लिईरहेको कारण केटीका बुवा तथा भाईले जिल्ला प्रहरी परिसरमै झापड हानेका थिए । कुटाईका कारण केटीको ओठ सुन्निएको थियो । जिपमा एक तर्फबाट आमा र अर्को तर्फबाट भाईको बीचमा रोइरहेकी उक्त केटीलाई प्रहरीले अन्ततः उनको परिवारको जिम्मा लगाए । परिसर बाहिर केटाको गाउँका मानिसहरु जसरी पनि केटा र केटी दुवैलाई लिएर भाग्न चाहन्थे । तर, प्रहरीले उनीहरुलाई धपाएका थिए । केटाको दिदीको विहे केटीको गाउँमा भएको थियो र दिदीसँग भेट गर्न जाँदा उक्त केटीसँग उनीहरुको प्रेम परेको थियो । यसअघि पनि ती दुवै केटा केटी एक पटक भागिसकेको थियो र प्रहरीले केटीलाई परिवारको जिम्मा लगाएको थियो । तर, केटीलाई लिएर काठमाण्डौ बसेका तिनका आमा बुवालाई छलेर फेरी भाग्न सफल भएका थिए, उक्त केटी ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने जयप्रकाश साह र मनोरमा गुप्ता ।
यसरी यस्ता घटना र दृष्यहरु जिल्ला प्रहरी कार्यालयको परिसरमा दिनहुँ जसो देखिन्छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु भागी विवाह गर्ने प्रवृति वढेको छ । विद्यालयमा जाँदा प्रेममा पर्ने र आमा बुबाको इच्छा विपरित भागी हिड्ने प्रवृति दिनानुदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को अषाढ देखि साउन सम्म जिल्ला प्रहरी कार्यालय धनुषामा केटा केटी भागेको ९३ वटा घटनाहरुको उजुरी परेको छ । मेरो छोरीलाई ललाई फकाई भगाएको भन्दै केटी पक्षका अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका छन् । कतिपय अवस्थामा घरबाट भाग्दा केटीले घरमा रहेको पैसा तथा गरगहना समेत लगेर भागेको भन्ने उजुरी पर्ने गरेका छन् । केटी पक्षले आफ्नो छोरीलाई गुमराह गरी भगाएको भन्दै छोरीलाई खोजी गरिदिन अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका हुन्छन भने केटा पक्षका अभिभावकले छोराले बुहारी ल्याईहाल्यो राखौं भन्ने सोंचका साथ केटाका अभिभावकहरुले सहयोग गर्ने गरेको प्रवृति बढेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा कार्यरत प्रहरी हवलदार सुजित पासवानको भनाई छ । एकै स्कुलमा पढ्थ्यौं, चिनजान भयो र प्रेम प¥यो भन्दै केटा केटीहरु भाग्ने गरेका हुन्छन् । उजुरी परेपछि प्रहरीले खोजतलास गरेर केटा केटी दुवैलाई झिकाई तिनीहरुको अभिभावकलाई जिम्मा लगाएपनि फेरी फेरी पनि भाग्ने गरेको घटनाहरु पनि व्याप्त रहेको हबलदार पासवानको भनाई छ । यसरी भाग्नेहरुमा केटा पक्ष दलित, मुसलमान समुदायको र केटी पक्ष बाहुन, कायस्थ र राजपुत समुदायको अधिकांश रहने गरेको उनको भनाई छ । यसरी भाग्दा अन्तरजातिय विवाह गरेको कारण समाजमा मान मर्यादा, सम्मान गुमेको अह्मका कारण केटी पक्ष जसरी पनि केटीलाई फिर्ता ल्याउने प्रयत्नमा रहन्छन भने केटा पक्षका सिंगो गाउँ नै गाउँको प्रतिष्ठाको सबाल बनाई साथ दिईरहेका हुन्छन् । यसरी भाग्दा केटा केटीहरु बीच शारीरिक सम्बन्ध स्थापित हुने र कतिपय अवस्थामा गर्भवति समेत भएको अवस्था पाइन्छ । गर्भवती भएपनि गर्भपतन गराएर आफ्नो घर लग्ने केटी पक्षको प्रयास रहन्छ । भागेर नेपालमै रहेको अवस्थामा खोजी गर्न प्रहरीले सफलता पाउने गरेको भएपनि भारतमा गईसकेपछि फिर्ता ल्याउन अत्यन्तै कठिन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका प्रहरी निरीक्षक हरिनन्दन चौधरी बताउँछन् । उनका अनुसार मोवाइल, इन्टरनेट जस्ता प्रविधिहरुको दुरुपयोगका कारण केटा केटीहरु उमेर भन्दा अघि नै यौन चाहना पुरा गर्न चाहन्छन् । र, त्यसका लागि प्रेममा परी भाग्ने गरेको प्रवृति वढेको छ । प्रहरी निरीक्षक चौधरी भन्छन,“ केटीलाई गर्भवती बनाउन सक्यो भने केटीका आमा बुवाले बाध्य भई स्वीकार गर्न सक्छन भन्ने केटाहरुको सोंच हुन्छ भने केटीका अभिभावकहरु गर्भपतन गराएर भएपनि फिर्ता लग्ने प्रयासमा हुन्छन् ।” 
कोर्ट म्यारेज
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज 
गर्ने नारायण प्याकुरेल र ज्योतिमान दाहाल ।

१ साउन २०७० देखि ७ अषाढ २०७१ सम्म जिल्ला प्रशासन धनुषामा ४ जना जोडीले मात्र विवाह दर्ता गराएका छन् । ११ साउन २०७० मा महोत्तरी भंगहा घर भई हाल धनुषा हरिहरपुर २ का २८ वर्षिय विनोद कुमार मण्डल र धनुषाधामका २१ वर्षिया सम्झना कुमारी गोस्वामी बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी ११ मंसिर २०७० मा धनुषा रघुनाथपुर ७ का २८ वर्षिय जिवन कुमार कालीकोटे र सिरहा अयोध्यानगर २ की २३ वर्षिया बविता कुमारी लामाको जिल्ला प्रशासन कार्यालयमा विवाह गरिएको छ । त्यसैगरी १९ पुष २०७० मा धनुषा यज्ञभुमि ९ घरभई हाल अमेरिकाका २५ वर्षिय नारायण प्याकुरेल र धनुषा यज्ञभुमि ७ कि २३ वर्षिया ज्योतिमान दाहाल बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी २६ फागुन २०७० मा जनकपुर १० का २३ वर्षिय मोहम्मद मजहर र फिलिपिन्स की २५ वर्षिया रोजान जोय मिबुल्स बीच कोर्ट म्यारेज गरिएको छ । यस आर्थिक वर्ष २०७१÷०७२ मा हालसम्म एक जना जोडीको मात्र कोर्ट म्यारेज भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको जानकारी अनुसार १८ साउन २०७१ मा महोत्तरी मटिहानी ९ र हाल अमेरिकाका ३३ वर्षिय जयप्रकाश साह र धनुषाको दिगम्बरपुर ३ का २० वर्षिया मनोरमा गुप्ता बीच कोर्ट म्यारेज गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने मो.मजहर र  रोजान जोय मिबुल्स ।
उक्त तथ्याङ्कले के पनि देखाउँदछ भने धनुषामा गत वर्ष ९३ जोडी भागि प्रेम विवाह गरेपनि उमेर अपुगको कारण तिनीहरुले बैधानिक कोर्ट म्यारेज गर्ने गरेको छैन । अर्थात कानुनले तोकेको उमेर नपुगी बाल विवाह हुने हुनाले कानुनको सजायबाट बच्न र उमेर पुगेपछि मात्र विवाह गर्ने पर्खाइमा ती भागेका जोडीहरु रहने गरेको हुन्छन् ।

बालविवाह सम्बन्धि दण्ड र सजाय
नेपालको कानुन अनुसार विहाबारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मंजुरी भए १८ वर्ष संरक्षकको मंजुरी नभए २० वर्ष नपुगी विहावारी गर्न गराउन हुँदैन । त्यस्तो विवाह गरे गराएमा, १० वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ६ महिना देखि ३ वर्षसम्म कैद र १ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । १० वर्ष देखि माथि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ३ महिना देखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । १४ वर्ष देखि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरे गराएको छ भने ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ । बीस वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।


२०७१ साउन २५ गते आईतबार

श्रीमतिद्वारा पुरुष हिंसा पनि वढ्दोा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुरुषहरुले महिलामाथि घरेलु हिंसा गरेको घटनाहरु भईरहेपनि अब श्रीमतिद्वारा श्रीमान माथि पनि घरेलु हिंसा हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमतिबाट आफु पीडित भएको भन्दै थुप्र्रै उजुरीहरु दर्ता हुने गरेका छन् । आफु विदेशमा हुँदा आफुले पठाएको पैसा समेत लिएर परपुरुषसँग विवाह गरी भागी गएको, श्रीमतिले आफुलाई खान लाउन नदिएको भन्दै पुरुषहरु प्रहरीमा उजुरी गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा आर्थिक वर्ष २०७०÷०७१ मा पुरुष पीडितको २५ वटा उजुरी परेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा १६ वटा र २०६८÷०६९ मा ३२ वटा मुद्दा परेको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷०७१ मा ५ वटा जारी मुद्दा परेको छ ।
सभाषदद्वारा पीडित लोग्ने 
सभाषद उर्मिला देवी साह

धनुषा रमदैया भवाडी ९ का ५० वर्षिय खेहरु साहले आफु आफ्नी श्रीमति उर्मिला देवी साह र रमदैया भवाडी २ का राम रतन यादवबाट पीडित भएको भन्दै इन्साफका लागि अदालतको ढोका खटखटाएका छन् । खेहरुले दिएको जाहेरी अनुसार ४५ वर्षिय उर्मिला देवी साह उनकी पत्नी हुन । उर्मिला अहिले संघीय समाजवादीका तर्फबाट समानुपातिक कोटामा सभाषद छिन् । उनी र उनको पत्नीको बीचमा विवाहित दामपत्य जिवनबाट ४ सन्तानको जन्म भएका छन् । दुई छोरीको विवाह भईसकेको र दुई छोरा नावालकै रहेको छ । तत्कालिन अवस्थामा घरमा प्रसस्त सम्पति नभएको र बेरोजगार भएको कारण नेपालमा बसी रोजिरोटी चल्ने नहुँदा २०६२ पुष १ गते गोपालपुर २ बस्ने रामबाबु यादवसँग रु. ३ लाख ऋण लिई २०६३ अषाढ २० गते बैदेशिक रोजगारीका लागि उनी इराक गएका थिए । इराकमा मासिक रुपमा रु. ४० हजार तलब र खाना लाउन बस्ने सुविधा कम्पनीको तर्फबाट पाउने गरेको कारण उनले मासिक रु. ४० हजार श्रीमतिलाई पठाउने गर्थे । उर्मिलाले रुपैयाँ जम्मा गरी ५ साउन २०६६ मा जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ३१९ को ९ धुर जग्गा खरिद गरी पत्नीको नाउँमा जग्गा दर्ता गराएका थिए । पत्नीको विश्वासमा परी सम्पति र अन्य ठाउँको चल अचल सम्पति समेत उनले आफ्नै पत्नीको नाउँमा गर्नुका साथै इराकबाट रु. ३० लाख पठाएका थिए । १२ मंसिर २०६८ मा उनी इराकबाट नेपाल फर्के । हालमा उर्मिला राम रतन यादवसँग अनैतिक सम्बन्ध राखि आफुलाई घरमा बस्न दिएको छैन, कमाएको चल अचल सम्पति फिर्ता गर्न भन्दा तिम्रो सम्पति म जान्दैन, जति पनि सम्पति मेरो नाउँमा दर्ता छ सो निजी सम्पति मेरो हो भन्दै जवाफ फर्काइरहेकी उनको आरोप छ । उर्मिला नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा सभाषद भएपछि उसको इच्छा आकांक्षा वढ्दै गयो, निजको अहमताको कारण पतिलाई पति भन्न पनि लाज मान्ने, अर्कालाई चिनापर्ची गराउँदा समेत अप्ठयारो मान्ने र छोराहरुलाई पनि आफु प्रति नकारात्मक सोचाई बनाउन सफल भई आफु विरुद्ध उक्साउन लगाएको जाहेरीमा उल्लेख छ । राम रतन यादवसँग अनैतिक सम्बन्ध कायम गरी ज्यान मार्ने धम्की दिई खान लाउन बस्न समेत नदिई कुटपिट गरी घरबाट निकाला गरिदिएको उनले बताएका छन् । २०६९ साल चैत्र २५ गते लुकिछिपी गाउँकै राजदेवी मन्दिरमा राम रतन यादवसँग विवाह गरी एकै ठाउँमा बसी आइरहेको भन्दै उनले आफ्नो सम्पति फिर्ता, शान्ति सुरक्षा र न्यायका लागि धनुषा जिल्ला अदालतमा २६ अषाढ २०७० मा मुद्दा दर्ता गरेका छन् ।
राम रतन यादवले ७ असोज २०७० मा प्रतिउत्तरमा खेहरुको दावी पुर्ण रुपमा झुठा र बनावटी रहेको बताएका छन् । आफु एक विवाहित पुरुष रहेको आफ्नो पत्नी हिरा देवी यादव रहेको उनले बताएका छन् । छोरा, छोरी, नाति, नातानी समते रहेको उनले बताएका छन् । उर्मिलासँग आफुले विवाह पनि नगरेको र अनैतिक सम्बन्ध पनि नराखेको उनले बताएका छन् । उर्मिला र आफु एमालेमा आवद्ध भएर राजनीति गर्दै आएको र अहिले उनीसँगै आफुपनि संघीय समाजवादी पार्टीमा रहेको कारण राजनीतिक रुपमा चिनजान भएपनि कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएका छन् ।


२०७१ साउन २५ गते आईतबार

यौनजन्य दुव्र्यवहारको शिकार बन्दै महिला


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रहरी कार्यालय धनुषामा आर्थिक वर्ष २०७०÷०७१ मा केही सार्वजनिक अपराधको २ सय २५ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका उक्त मुद्दाहरुमध्ये २ सय २० थान फर्छयौट समेत भइसकेका छन् । उक्त मुद्दाहरुमध्ये करिब १ सय थान मुद्दा केटीलाई जिस्काएको, अस्लिल बोली बोलेको लगायतका यौनजन्य दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका एक जना प्रहरीले बताए । बाटो हिँड्दा केटाले जिस्कायो, कलेज पढ्न जाँदा केटाले जिस्कायो, मोबाइलमा फोन गरेर जिस्कायो, फेसबुकमा अस्लिल म्यासेज पठायो लगायतका विषयमा उजुरी आउने गरेको छ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ टिन ऐजरहरुमा यस्ता किसिमका गतिविधि भइरहेको पाइन्छ तर, उजुरी आउने वित्तिकै हामीले पिडकलाई झिकाएर अनुसन्धान गरी केही सार्वजनिक अपराधको मुद्दा चलाउने गर्छौं । केही घटनाहरु सामाजिक सञ्जाल मार्फत समेत हुने गरेकाले साइबर क्राइममा मुद्दा चलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेका छौं ।” प्रहरी निरीक्षक पुरीका अनुसार यसरी यौन दुव्र्यवहारका शिकार हुनेहरुमा अधिकांश केटीहरु भएपनि कतिपय विवाहित महिलाहरु समेत रहने गरेका छन् । उनका अनुसार कतिपय उजुरीमा घटनालाई बङ्गयाउन अपहरण र लुटपाट समेत गरेको भनेर उजुरी दिने गरेको प्रवृति पनि धनुषामा वढ्दो छ । सामान्य अवस्थाको घटनामा पीडित र पिडक दुवै पक्षलाई झिकाई मेलमिलाप गरी फिर्ता पनि पठाउने गरिएको छ भने कतिपय घटनामा मुद्दा नै चलाइएको हुन्छ । सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने उक्त मुद्दाहरुमा कसुर ठहर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कसूरको मात्रा अनुसार दश हजार रुपैयाँसम्म जरिवाना गर्न र पिडित पक्षलाई कसूरदारबाट बिगो बमोजिम क्षतिपूर्ति भराई दिन सक्नेछ तथा अनुसन्धानको सिलसिलामा मनासिव कारण देखिएमा थुन्नु पर्ने कारण खोली पर्चा खडा गरी बढीमा पैंतीस दिनसम्म थुनामा राख्ने आदेश दिने गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका मुद्दा फाँटका कर्मचारी विदुर भण्डारीको भनाई छ ।
यस्तो मुद्दा तीन महीना भित्र फैसला गरिन्छ तर जरिवानाको सजायले मात्र पर्याप्त नभई कैदको सजाय समेत गर्न पर्ने देखिएमा बढीमा दुई वर्षसम्म कैद गर्नको लागि पुनरावेदन सुन्ने अदालतमा साधक जाहेर गर्नुपर्छ ।
 पहिलो पटकको कसूर भए कसूर हेरी सजाय नगरी कसूरदारलाई अब उप्रान्त यस्तो कसूर गर्ने छैन भन्ने कागज गराई समेत छाड्ने गरिएको भण्डारीले बताए ।
नेपालको कानुनले यौनिक हिंसा (यौन दुव्र्यवहार) लाई कानुनी अपराधको रुपमा स्वीकार गरी यसरी परिभाषित गरेको छ,“कसैले कुनै महिलाको मञ्जुरी विना निजको संवेदनशील अङ्ग छोएमा वा हुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभिाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धि अङ्ग निजलाई छुन । समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शव्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँगै त्यस्तै यौन दुव्र्यवहार गरेको मानिन्छ । र, त्यस्तो कसुर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपुर्ति समेत भराई दिनु पर्नेछ ।” धनुषामा प्रायः जसो साथी मानेका व्यक्तिहरु र प्रेम सम्बन्ध भएका व्यक्तिहरुबाट वढी मात्रामा महिलाहरु यौनिक हिंसामा पर्ने गरेका छन् । अधिकांश महिलाहरु साथी प्रेमी, छिमेकीबाट यौनिक हिंसाका शिकार भएको पाइन्छ भने सम्बन्ध नभएका अन्जान व्यक्तिहरुबाट बाटोमा हिंड्दा तथा केही महिलाहरु घर परिवारका सदस्य र आफन्तहरुबाटै पनि यौनिक हिंसा शिकार भएको पाइन्छ । यौनजन्य दुव्र्यवहार अन्य यौनजन्य अपराधभन्दा फरक प्रकृतिको महिला विरुद्धको हिंसा हो ।
सामान्यतया यौनजन्य दुव्र्यवहार भन्नाले कुनै व्यक्ति विरुद्ध यौनजन्य मनसायले गरिने अनिश्चिछत आचरण व्यवहार हो । यस्तो यौनजन्य दुव्र्यवहार शारीरिक, मौखिक, लिखित वा इशाराले जुनसुकै पनि हुन सक्दछ । शारीरिक यौनजन्य दुव्र्यवहार भित्र कसैले कसैलाई अनावश्यक रुपमा हुनु, थपथपाउनु, हाम्नु, चिमोट्नु, सुम्सुम्याउनु, चुम्बन लिनुजस्ता कार्यहरु पर्दछन भने मौखिक यौनजन्य दुव्र्यवहारभित्र अश्लिल वा अपमानित टिप्पणीहरु, यौनजन्य चुट्किलाहरु अप्रिय कुराकानी वा ठट्टाहरु, लैङ्गिक लक्षित अपमानजनक बचनहरु, अनिच्छित यौनजन्य आमन्त्रण र प्रस्तावहरु वा दवाव पर्दछ ।
यस्तै लिखित यौन जन्य दुव्र्यवहार भित्र यौन सम्बन्धि सामग्री वितरण गर्नु, अश्लिल वा कामुक तस्वीर, बस्तु वा लिखित सामग्री प्रर्दशन गर्नु आदि पर्दछन् भने इशाराले गर्ने यौनजन्य दुव्र्यवहार भित्र घुरेर हेर्ने, सुसेली बजाउने, आँखा जुधाउने, यौन जनित अश्लिल इशाराहरु गर्ने आदि कार्यहरु पर्दछन् । विशेष गरी यस्ता किसिमको सार्वजनिक स्थलमा महिला विरुद्ध गरिने यौनजन्य दुव्र्यवहारलाई प्रायः जसो महिलाले गम्भीरतापुर्वक नलिएपनि तिनीहरुमाथि मानसिक असर परिरहेको हुन्छ । यौनजन्य दुव्र्यवहार नियन्त्रण सम्बन्धि छुट्टै कानुन व्यवस्था नहुनु र त्यस किसिमको खराव आचरणलाई सम्बोधन गर्ने कुनै संयन्त्रको नहुनु यसको प्रमुख कारण रहेको छ ।


२०७१ साउन २५ गते आईतबार

बढ्दैछ अप्राकृतिक मैथुन

धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी बसविट्टी ९ घरभई ढल्केवर ९ मा डेरा गरी बस्ने हसिव खानले आफ्नो छोरा विनोद खान (परिवर्तित नाउँ) लाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाउँदै धनुषा जिल्ला अदालतमा महोत्तरी बसविट्टी ९ घर भई ढल्केवर ६ मा डेरा गरी बस्ने जाकिबुल खानले २६ असोज २०६८ मा मुद्दा दर्ता गरेका थिए । एक जना पुरुषले एक जना बालकलाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाइएको थियो । २८ भदौ २०६८ मा राति ९ बजेको समयमा ढल्केबर ६ स्थित आरजु मोटर ग्यारेजमा हसिब खानले विनोदलाई जवरजस्ती दिसा गर्ने गुद्वद्वारमा आफ्नो लिङ्ग पसाई रगताम्य पारिदिएको आरोप लगाइएको थियो । जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.कुलदीप पंडित र डा. राधवेन्द्र झाले १ असोज २०६८ मा निज विनोदलाई चेक जाँच गर्दा शरीरमा चोटपटक, निलडामको दाग नदेखिएको र मलद्वार वरिपरी र मलद्वार भित्र संघर्षका चिन्हहरु नदेखिएको र प्रयोगशालामा एनोरेक्टल स्वावमा पनि सिमेनको रिपोर्ट निगेटिभ पाइएको प्रतिवेदन अदालतमा बुझाइएको थियो । मेडिकल रिपोर्ट अनुसार पीडित भनिएको विनोदको गुद्वद्वारमा घाउ खत नदेखिनु तथा पारिश्रमिकको विषयमा विवाद रहेको हुनाले गलत आरोप लगाइएको हुनाले अभियोग दावी अनुरुप वारदात नै स्थापित हुन नसकेको नपाइएकोले प्रतिवादीलाई कसुरदार ठहर गर्ने आधार प्रमाणको सर्वता अभाव देखिएकोले प्रतिवादी हसिव खानले अभियोगबाट सफाई पाउने ठहर्छ भनी धनुषा जिल्ला अदालतका न्यायाधिश कैलाश केसीको इजलासले ६ माघ २०७० मा आदेश गरेको थियो । यस अघि प्रतिवादी हसिव खान समेत नावालक भएको कारण ११ जेष्ठ २०६९ मा धनुषा जिल्ला अदालतको आदेशले उनलाई मुद्दाको पुर्पक्षको लागि बाल सुधारगृह सानो ठिमी भक्तपुर पठाइएको थियो । उक्त घटनामा अभियोग सावित हुन सकेन र अभियुक्त हसिव खानले सफाई पाए । हाम्रो समाजमा अहिलेपनि पुरुषद्वारा बालकहरु माथि जवरजस्ती अप्राकृतिक मैथुन गर्ने घटनाहरु हुने गरेका छन् । प्रायः जसो यस्ता घटनाहरुमा परिवार निकट वा आफन्तहरुबाटै अप्राकृतिक मैथुन गरिने गरिएको अधिबक्ता बताउँछन् ।
एक कार्यक्रममा धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।
स्वेच्छिक अप्राकृतिक सम्बन्ध
धनुषामा करिब ८ हजार व्यक्तिहरु समलिङ्गी तथा तेस्रो लिङ्गीहरु रहेको निलहिरा समाज धनुषाको दावी छ । उक्त कार्यालयका अनुसार धनुषामा मात्रै पुरुष र पुरुषहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरु करिब ३ हजार र तेस्रो लिङ्गीहरु करिब ५ हजार रहेको छ । त्यसैगरी स्त्री र स्त्रीहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरुको सन्दर्भमा खासै अध्ययन नरहेपनि करिब ८ सय जति समलिङ्गी महिला रहेको हुन सक्ने उक्त कार्यालयको अनुमान छ । धनुषामा रहेका समलिङ्गीहरु मध्ये अधिकांश समलिङ्गी नै रहेपनि केही दुवै प्रकारका यौनाङ्गधारीहरु प्रति आकर्षित हुने गरेको छ । अर्थात केही पुरुषहरु पुरुष र महिला दुवैलाई मनपराउँछन र उनीहरु दुवै सँग सक्रिय रुपमा शारीरिक सम्बन्ध राख्ने गर्छन् । निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष कुमार ठाकुरका अनुसार धनुषामा रहेका समलिङ्गीहरु मध्ये कतिपय पुरुष(पुरुष बीचमा यौन सम्पर्क राख्नेहरुले आफ्नो पार्टनर सिमित राखेका  हुन्छन भने केही पुरुषहरु पुरुष यौन व्यवसायीका रुपमा काम गरी पैसा समेत कमाउने गरेका छन् । उनका अनुसार एक जना पुरुष यौन व्यवसायीले अर्को पुरुषसँग एक पटक शारीरिक सम्बन्ध स्थापनाका लागि कोही रक्सी खान तथा होटेलमा खाना खुवाईदिँदैमा शारीरिक सम्पर्कका लागि तयार भईहाल्छन भने कतिपयले रु. ५ सय देखि रु. २ हजारसम्मको चार्ज लिने गरेका छन् । 
कतिपय पुरुष समलिङ्गीहरुले आफ्नो परिवारको दवावमा आएर वा आफ्नो वंशलाई निरन्तरता दिन स्वेच्छा र बाध्यतावस पनि महिलाहरुसँग विवाह गरेका छन् । एकातर्फ श्रीमतिसँग सम्बन्ध राखि समाजमा समाजिक व्यक्ति बन्ने र अर्को तर्फ सोही व्यक्ति पुरुष प्रतिको यौन सम्पर्कलाई प्राथमिकता दिई गोप्य रुपमा सम्बन्ध कायम नै राख्ने गरेका हुन्छन् ।

२०७१ साउन २५ गते आईतबार

२३ वर्षीय यूवकले पाँच वर्षमा गरे पाँच विवाह


मनोजका श्रीमतिद्वय पुजा र इन्दु 
जिल्ला प्रहरी कार्यालय धनुषामा 
उजुरी दिन जाँदाको तस्वीर ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
 जनकपुरका एक २३ वर्षीय यूवकले पाँच वर्षको अवधिमा ढांट्दै छल्दै पाँच वटा विहे गरेका छन् । जनकपुर नगरपालिका ७ पुलचौक बस्ने शिवनाथ पूर्वेका २३ वर्षीय एकला छोरा मानोज कुमार पूर्वेले पाँच वर्षमा पाँच वटा विहे गरका हुन् ।
गत माघ महिनामा चौथो विवाह गरेका मनोजले तीन महिना नवित्दै अर्की एक दुई छोरा छोरी भएकी अर्काकी श्रीमतीलाई लिएर हिडे पछि उनका तेश्री र  चौथी श्रीमतीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी छन् ।
तेश्री श्रीमती पुजा साहकी अनुसार पाँच वर्षमा पाँच विहे गरेका मनोजले पाँच वर्ष अघि पहिलो मागि  विवाह जनकपुर मिल्स एरियाकी १८ वर्षीया रिना देवी साहसँग गरेका थिए । एक वर्ष भित्र पुजासँग सम्बन्ध विच्छेद गरि त्यस पश्चात १ वर्षको अन्तरालमा दोश्रो विवाह काठमाण्डौकी एक पहाडी समुदायका केटीसँग प्रेम विवाह गरेका थिए । एक वर्ष राखेर ती श्री मतीलाई पनि २ लाख रुपैया दिएर छुटापत्र गरेका थिए । त्यस पश्चात मनोजले आफु वैदेशिक रोजगारमा पाठाउने एजेन्ट रहेको र पहिलेकी श्रीमती नराम्री व्यवाहराकी रहेकीले सम्बन्ध विच्छेद गराएको भन्दै आफ्नो घरपरिवारको आँखामा छारो हाल्दै ठगेर तीन वर्ष अघि तेश्रो मागि विवाह आफुसँग गरेको पुजाले बताईन् । 
विहे गर्न जाँदा मनोज कुमार पुर्वे । उनले पाँच वर्षमा पाँच वटा विहे गरेका छन् ।
१८ वर्षको उमेरमा तीन वर्ष अघि  धुमधामसँग विवाह गरेकी पुजाले दुखेसो पोख्दै भन्नु भयो । “ विहे गरेको केहि दिन पश्चात घरपरिवारले पहिला विवाह पछि पनि काठमाण्डौको एक केटीसँग दोश्रो विवाह गरेको कुरा बताए पछि आफु झसँग भए ।” तीन वर्षको अन्तरालमा गत माघ महिनामा भारतको दरभंगा जिल्लाको भेरबा भन्ने ठाँउमा मनोजले चौथो विवाह स्थानीय २० वर्षीया ईन्दु कुमारीसँग धुमधामसँग गरे । चौथी श्रीमती ईन्दुले भन्नु भनिन् “ मनोजले आफ्नो घर परिवारलाई  छल्दै यस अघि पहिली विवाह गरेकी श्रीमतीले १० लाख रुपैया लिएर भागेकी प्रस्ताव राख्दै आफुसँग धुमधामसँग जन्ती साजेर विवाह गरेको थियो । पछि ईन्दुले मनोजले आफु भन्दा पहिला पनि चार वटा विवाह गरेको सुन्दा निकै मर्माहत भए । त्यस पछि चार महिना नवित्दै मनोजले गत जेष्ठ महिनामा दुई छोरा छोरी भएकी धनुषाको  बटेश्वरकी राधा साह नाम गरेकी एक विवाहित महिलालाई लिएर भागेको ईन्ुदले बताउनु भयो । मनोजले पहिली र दोश्री श्रीमतीलाई सम्बन्ध विच्छेद गराई सकेका छन् भने तेश्री श्रीमती पुजा र चौथी ईन्दु बिचल्लीमा परेकी छन् ।
पुजा हाल भातरको पटनामा आफ्नो बुबासँगै औषधि पसल गरि जिवन जिवीका चलाई रहेकी छन् भने ईन्दुु आफ्नै घरमा बस्दै आएकी छन् । बिचल्लीमा परेकी पुजा र ईन्दुले श्रीमान र ससुरा दुवै छल्ने, ठग्ने, धोकेबाज मान्छे भएकोले उनीहरु माथि कारबाहीको माग गरेकी छन् । 
यता जिल्ला प्रहरी अन्तर्गत महिला तथा बालबालिका कार्यालयकी प्रमुख सुभद्रा उनकी दुवै श्रीमतीले श्रीमान र ससराको कारबाहीको माग गर्दे उजुरी आले दर्ता गराएकी बताईन् । तर मनोजले पाँच वटा विवाह गरेको वा नगरेको पुष्टि नभएको बताईन् । मनोजको सम्बन्धमा अनुसन्धान भईरहेको आलेको भनाई छ । 
श्रोतका अनुसार मनोजले अर्की पाँचवी महिलासँग भागे पछि स्थानीयहरुले बाउले नै छोरालाई पटक पटक विवाह गर्न सघाएको भन्दै उनका बुबा विश्वनाथ पूर्वेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत बुझाएको थियो । मनोज धनीमनी परिवारका एक्ला छोरा भएकाले धनको आडमा ठग्ने र झुक्याउदै जालमा फसाउँदै वर्षेनि विवाह गर्ने र पछि श्रीमतीलाई यातना दिने र पैसा दिएर सम्बन्ध विच्छेद गराउने तथा अर्की भित्र्याउने गरेको स्थानीयहरुले बताएका छन् । 
स्थानीयका अनुसार केहि वर्ष अघि जनकपुर नगरपालिका १६ कप्लेश्वर घर भएका पुर्वे परिवार हाल जनकपुरको पुल चौकमा किराना पसल गरि बस्दै आएको छ ।   


२०७१ साउन २५ गते आईतबार