Tuesday, October 22, 2013

अ स्टोरी अफ मधेश - धर्मेन्द्र कुमार झा



 धर्मेन्द्र कुमार झा

कथा,
एकटा गाउँमा एउटी बुढी आमा थिईन । उनका चारजना छोरा थिए । उनीसँग केही जग्गा र एउटा आँपको फुलबारी थियो । चारै दाजु(भाईको इच्छा त्यो जमिन र फुलबारीको बराबर हुने गरी बाँड(फाँड गर्नु थियो । किनभने चारै जना सँगै भएर आवश्यकता अनुसार हेरचाह गर्न सकिरहेको थिएन । एक अर्का बीच मनमुटाव बढ्दै गयो । एक पल्ट आँप फलेको घटना हो । सबै दाजु भाई बाँड्न चाहेको थियो । किनभने कसैले कसैलाई टिप्न दिरहेको थिएन । अनि सबै छोरा आमालाई त्यो फुलबारी बाँडिदिन आग्रह ग¥यो । त्यसै बखत आमाले छोराहरुलाई एउटा प्रस्ताव सुनायो कि ‘म केही दिनको लागि तिर्थ यात्रामा जाँदै छु । तिमीहरु म नआउन्जेल सम्म फुलबारीको रेखदेख गर्नु कोही कसैसँग बेइमानी नगर्नु । म आएपछि तिमीहरुलाई बाँड दिन्छु ।“ सबै छोराहरु मन्जुर भए र आमाले भने अनुरुप फुलवारीको चारै तर्फबाट चारै छोराहरु पहरा दिन थाले । एक साता भयो दुई साता भयो चार साता सम्म बुढी आमा आईन । आँप पाक्न थालेको थियो तर कसैले फुलवारी भित्र छिर्न सम्म दिइरहेको थिएन । एक दिन फुलवारीको छेउभएर एउटा बैलगाडी गइरहेको थियो । उक्त बैलगाडीबाट एउटा(दुईटा आँप खसिरहेको थियो । एउटा भाईले हेरेछ । ऊ बैलगाडीको पछाडी(पछाडी आँप टिप्दै फुलबारी भन्दा धेरै परसम्म पुगेछ । त्यसैगरी अन्य तीन भाई पनि अर्को(अर्को बैलगाडीबाट आँप टिप्दा फुलवारीको आँप टिपेर टूकमा राखी भागेछ । चारै भाई एक दुई बोरा आँप बाटोबाट टिपेर ल्याएकोमा मख्ख थिए । तर भोली विहान फुलबारीमा जाँदा फुलबारीको बोटमा पात बाहेक एउटा पनि आँप नरहेको अवस्था थियो । चारै भाई त्यही मुर्छित भए । त्यो बाहेक वास्तवमा कुनै अर्को बाटो पनि थिएन । विगत यो कथाले विगतको संविधानसभामा मधेशवादी दलहरुको चरित्रलाई चित्रण गरेको छ । फुलवारी रुपी संविधानलाई मधेशवादी दल लगायत अन्य संधियताको पक्षधर पार्टीहरु ती चार दाजु भाई जस्तो साना तिना लोभमा फसेर पुरै बगैचा गुमाए झै नयाँ संविधान गुमाए । धैर्यता साहस र बृद्वि विवेक तथा इमान्दारीता भएको भए ती चार दाजु भाई चोरहरुको जालमा फँस्ने थिएन होला । ती दाजु भाईहरुको आपसी मनमुटाव र लोभीपनाको भरमुग्घ फाइदा ती चोरहरु बैलगाडीबाट एउटा दुइटा आँप खसाउँदै ठगे । त्यसैगरी विगतका नेपाली राजनीतिक इतिहास हेर्ने हो भने जति मधेशका साथै पछाडी पारिएका समुदायका प्रतिनिधिहरु सरकारमा गए सबै आ(आफ्नै तुना सुल्झाउनमा लागे र मधेश जहिको त्यही रहीरह्यो । कहिले दल फुटाउनु त कहिले पासपोर्ट बेच्नु त कहिले सशस्त्र पार्टीको आडमा हिंसा गराउनु त कहिले टेन्डरको बाहानामा विकासको काममा बाधा पुरयाउनु यस्ता अदुरगामी सोचले गर्दा जनताबाट पाउनु पर्ने आदरसत्कार र विकास सबै गुमाएका छन नेताजीहरु ।
बास्तवमा जसरी कुकुरहरुलाई सिनो दिदा आफुमै लडेर बस्छ । त्यसैगरी हाम्रा नेताजीहरुलाई भनाउँदा ठुला दल र सहयोगी राष्टूहरु साना तीना लोभमा  फसाएर ठुला मिशनलाई ओझेलमा पारिदिएका छन । यस्ता भुमरीबाट बाहिर निस्कन अति आवश्यक छ नत्र भने भावी पुस्ताले धिकार्ने छ । सिद्धान्त नमिलेर पार्टी फुट्नु लाजमर्दो कुरा हो । सिद्धान्तवस पार्टी फुटे मिशन कमजोर हुँदैन तर स्वार्थवश पार्टी फुटे मिशननै लथालिंग हुन्छ । देशमा जति पार्टी भए पनि देशलाई कुनै घाटा छैन तर जनचाहना अनुरुपको मिशनमा कार्यगत एकता हुनु जरुरी छ ।
बर्तमान
दोस्रो आसन्न संविधानसभा २०७० को चुनावी परिवेश हेर्दा अनौठो लाग्छ । मेरो चार(पाँच जिल्लाको गहनतम भ्रमणले नौलो राजनीतिक अनुभव दिएको छ । प्रायः क्षेत्रहरुमा पुराना नेताजीहरुलाई गाह्रो पर्ने सम्भावना देखिएको छ । नव प्रवेशी अर्थात चुनावी होडको नयाँ अनुहारहरुको बोलबाला देखिएको छ । नयाँ अनुहारहरु धेरै राम्राभएर चर्चामा रहेको छैनन पुराना नेताहरु कर्महिन भएर भएका हुन । पुराना अनुहारहरु जनताका फ्रस्टूेशनका सिकार हुने सम्भावना वढेको छ । हुन त जनताहरु संविधानसभाको चुनावका लागि भित्रबाट धेरै उत्साहित छैनन । तर पनि उनीहरु यो आशामा छन की जसरी भए पनि चुनाव भइहाल्यो भने नयाँ संविधान बन्छ र देशले वैकासिक गति लिन्छ । आशा सँगै निराशा पनि उत्तिकै छ, किनभने चुनाव भएपनि नभए पनि बोलवाला त्यही पुराना अनुहारकै हुन्छ र फेरी त्यही खिचलो शुरु हुन्छ ।
जनताले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनन । जुन कुरा राजनीतिक दलका नोमिनेशन दिनमा देखियो । प्रायः जिल्लाको सदरमुकामहरुमा नोमिनेशनका दिन ऐतिहासिक जनभेला ‘कुम्भ मेला’ जस्तै भएको थियो । कतिपय जिल्लाका मान्छेहरु त भनेका थिए “यस्तो मान्छेको भिड यस सदरमुकाममा पहिलोपल्ट हो” तथापि ती भिडहरुको अनुहारमा आशा र निराशा दुवै घाम(छाया झै झल्किरहेको थियो । त्यही दिन देखि राजनैतिक तामझाम शुभभइसकेको छ । कोही कार्यकर्ता भित्रयाउनमा व्यस्त छन् त कोही पैसा बाँडन त कोही देखावटी विकासमा त कोही प्रचारप्रसारमा त कोही चाणक्य रणनीतिमा । चुनावको मुखमा आएर गरिने सबै गविविधि मगरमछको आँसु जस्तो हो । यसबाट आमजनतालाई सावधान हुनु जरुरी छ । जसरी हामी माछा मार्नलाई हुकमा पिठो हाल्छौ चुनावको समयमा  पिठो हाल्न आउँछन ।
निश्कर्ष
विगत र वर्तमान दुवैलाई हेर्दा नेता भन्दा अझ जिम्मेवार हामी जनतालाई हुनु आवश्यक छ । किनभने तिनीहरु कर्महिन भइसकेका छन । र हामी पनि गैर जिम्मेवार हुँदै गइरहेका छौं । हामीले आफ्नो जिम्मेवारी बोघ गर्ने बेला आइसकेको छ । नत्र भने यस्ता समय बार(बार आउँदैन ।
जुनीमा एक पल्ट आउने हो । पछाडी पारिएका सम्पुर्ण वर्ग समुदाय एक मात्र कुरामा के अठोट गर्नू पर्छ भने “यस पल्टको संविधानसभाको चुनावमा संघियता तथा मातृभाषा पक्षधर दलहरुलाई जिताउनु पर्छ ।” आत्मनिर्णय र मातृभाषा सहितको संघियता विना कुनै परिवर्तन हुनेबाला छैन । त्यसैले हामी आफ्ना भावी जेनेरेशनको भविष्य सुनिश्चितताका लागि नयाँ संविधान ल्याउनु पर्छ । साथै चुनावको समयमा जाति(पाति, वर्ग, क्षेत्र, लिंग जस्ता अन्य ‘वाद’ तथा आर्थिक प्रलोभनबाट टाढा रहनु त्यत्तिकै आवश्यक देखिन्छ । सकभर वढी खर्च गर्ने नेताहरुलाई बहिष्कार गर्नु पर्छ । किनभने जसले जति खर्च गर्छ त्यसले त्यति बेइमानी गर्छ । जति पुँजी लगायो त्यति असुली गर्नु स्वभाविकै हो । “मधेशी, पहाडी, महिला, पुरुष, दलित, जनजाति वा कोही होस जसले हाम्रो नारा बोक्छ त्यसलाई हामी बोक्छौं” यही प्रण गरौं ।



मिति ः २०७०÷७÷३

हाम्रो क्षेत्रका युवा म संगै छ ः राजु चौधरी,उम्मेदवार धनुषा क्षेत्र नम्बर ३



राजु चौधरीलाई नै मत किन दिनु पर्यो ?
राजु चौधरी एउटा सोचका साथ परिवर्तनकालागि र सवैको सामूहिक उम्मेदवारको रुपमा रहेका कारणले मलाई मत आम जनताले दिनेमा म विश्वस्त छु । म एउटा जिम्मेवार युवा को हौसियले राम्रो सोचका साथ चुनावी मैदानमा आउदैछु र संविधानसभाको चुनाव हो त्यसकालागि यो अधिकार स्थापित गर्न, म आफ्नो स्तरवाट मधेशी जनता र युवाकोको अधिकारकालागि हर सम्भव लडाई लडि रहनेछु । युवा परिवर्तनको सम्वाहक भएकाले हाम्रो क्षेत्रका युवाहरु त्यहा रह्न्छ जहा परिवर्तनको अभास हुन्छ र हाम्रो क्षेत्रका युवा म संगै छ ।
धेरै ठूल ठूला उम्मेदवारहरु छन् क्षेत्र नम्वर तीनमा तपाई कस्तो महसुस गर्नु भएकोे छ ?
प्रतिस्पर्धा जति ठूलो हुन्छ नतिजा त्यतिकै मजेदार हुन्छ । ठुलो सानो भन्दा उहा विगतका राजनीतिक विरासतवाट चुनाव जित्दै आएका छन् । यस क्षेत्रमा २४ बर्ष देखि बुवा जिते छोरा जित्दै आएका छन् तर विकास निर्माण भने शुन्य देखिएको छ । र एक सामन्तवाद परिवारवाट हुर्केकाहरु अर्का सामन्तवादका विकल्प हुन्नै सक्दैन् । त्यसर्थ यो संविधानसभामा हक अधिकार सुनिश्चत गर्न क्षेत्र नम्वर ३ का सर्वसाधारण जनतालाई मेरो विकल्पनै छैन् । यसमा पनि कारण दिन चाहन्छु कि विगतमा यहाका जनताले जसलाई जिताएर पठाए उनले तीनीहरुकोलागि के गर्यो ? उनले ती जनता जसलाई खान र लाउन सिवाय अरु केहि मतलवनै हुदैन त्यसलाई उनीहरु चुनावी हतकन्डाको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । ती जनताले उनीहरुलाई रुचाउने कुरै आएन् र म आफुलाई उनीहरुको प्रतिस्पर्धामा आउँदा धेरै राम्रो महसुस गर्दै छु ।
जनता तपाईलाई बुझ्ला ?
पक्कै बुझ्ला दलिय दलालहरु बाहेक । कि भने उहाहरुको साझा उम्मेदवारको रुपमा क्षेत्र नम्वर ३ मा मेरो उम्मेदवारी छ । किन भने उम्मेदवार बन्नु भन्दा पहिला म प्रत्येक गाविस घुम्दा उहा हरुको भावना बुझि र क्षेत्रको विकास र त्यहा बसोबास गर्ने युवाहरु तथा बृद्धवृद्धाहरुको अवस्था र समस्या हेर्दा केहि कुराहरुलाई गहरा रुपमा म लिएको छु र म हार जित भन्दा पनि म हर सम्भव प्रयास गर्नेछु कि ती समस्या समाधान होस ।
राजनीतिको बच्चा बुझ्छ त विपक्षीहरुले तपाईलाई ?
हो, उहाहरुको हैसियतमा तुलना गर्दा म बच्चानै हो । तर, मैले राजनीति विरासतमा पाएको होइन् । त्यो भएर पनि उहाहरुको नजरमा म बच्चानै होला । तर, म प्रश्न गर्न चाहन्छु उहाहरु संग, तपाईहरु क्षेत्र र त्यहाका जनताकोलागि के गर्नु भयो ? सधै ठूला पदमा बस्ने । पार्टीमा पनि । सरकारमा पटक पटक मन्त्री बन्ने तर गाउँमा एउटा राम्रो अस्पताल छैन् घर सम्म जाने बाटो छैन् अनि आफुलार्ई राष्टूको नै ठुला बडा नेता भनाउन लाज लाग्नु पर्ने हो । उहाहरुलाई बुझनुपर्नेहो कि मुलुकको आधा भन्दा बढी जनसंख्या म जस्तै बच्चाको नै हो र आजको बच्चा भोलीको कर्णाधार हो भनेर उहाहरुलाई नविर्सन आग्रह गर्दछु । र त्यस्ता हृणाकस्यपी प्रवृति भएका नेताहरुकोलागि म बालक प्रह्लाद हुँ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा तपाई कति नम्वरमा हुनुहुन्छ ?
कति नम्वरमा छु ठयाक्कै भन्ने अवस्था अरु जस्तो छैन् । तर, राजनीतिय गणितमा अरु भन्दा मजवुत अवस्थामा रहेको जानकारहरुको विश्लेषण छ । त्यसको उदाहरण स्वरुप मेरो जटही गाउँमा पार्टी प्रवेशको दिनवाट पनि लिन सकिन्छ । र म एउटा विचारको र युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास र परिवर्तनकालागि आज त्यस क्षेत्रमा मजवुत अवस्थामा आफुलाई पाएको छु ।
० विमलेन्द्र निधि, हरिदेव मण्डल, जुली महासेठ जस्ता मजवुत नेताहरुको विचमा आफुलाई मजवुत स्थितिमा रहेको दावी गर्नु कतिको उचित हुन्छ ।
अतिनै राम्रो प्रश्न गर्नु भयो । सर्वप्रथम म हरिदेव मास्टरसाहेवलाई सम्मान नै गर्दै आएको छु । साथै निधि जी र जुली जी संग म स्वच्छ प्रतिस्पर्धामै बस्न चाहन्छु । स्वभाविक रुपमा उहाँहरु मेरो अग्रज नै हुनुहुन्छ । त्यो नाताले पनि म उहाहरुलाई पनि सम्मान नै गर्न चाहन्छु । तर, सवाल परिवर्तन र मुक्तिको हो । त्यस माइनेमा निधि जी र जुली जी दुवै सामन्तवादनै हुन । र मेरो त्यो सामन्तवादहरु संगको लडाई हो । एउटा विरासतमा पाएको राजनीतिलाई भजाउदै आएका छन् भने अर्का पैसाको बलमा राजनीति गर्न चाहन्छ यस्तो अवस्थामा मुक्तिकामी जनता कसरी न्याय पाउन सक्छ । म क्षेत्रका प’रै गाविस घुम्दा निधिजी प्रतिको आक्रोस व्यापकै रहेको महसुस गरेको छ’ । त्यसर्थ निधिजी हरिदेव मास्टरसाहेव भन्दा पनि तल्लो स्थानमा चित बुझाउनु पर्ने अवस्था यस पालि छ । र जुली जीको उम्म्ेदवारी आफैमा एउटा हास्यास्पद पनि हो । हुन त प्रजानतन्त्रमा सवैको मौलिक अधिकार हो नेपालको कुनै क्षेत्रवाट चुनाव लड्ने । तर, लड्नु भन्दा पहिला सोच्नु चाहि पर्छ आफुले लड्ने क्षेत्रको माइण्डेड के हो ? आफु त्यो क्षेत्रमा कतिको सटिक हुन्छ । र त्यो क्षेत्रमा घरवारनै नभएको महासेठलाई कसरी जनताले विश्वास गर्ला त ? ती सवलाई बुद्धिविवेक पुर्याएर लड्दा राम्रो हुनेथियो । तर, एउटै जिल्लावाट पति क्षेत्र नम्वर ५ र श्रीमति क्षेत्र नम्वर ३ वाट उम्मेदवारी दिदा हेमबहादुर मल्ल र सारदा मल्लको स्मरण गराउछ ।
तपाईको पार्टी पनि नयां तपाई पनि नया यो नाया नयाललाई जनताले मत दिने हो कि जसलाई चिन्हे जानेका छन् त्यसलाई मत दिन्छ ? यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ?
नया पुरानो भन्दा पनि विचार र सिद्धान्तको कुरो आउँछ पहिला । र हाम्रा पार्टी र म पनि नया नै हो । तर, हाम्रो विचार र सिद्धान्त स्पष्ट छ । यो संविधानसभाको चुनाव हो र यहा हक अधिकारलाई सुनिश्चित गर्नलाई यो एउटा पार्टी मात्रै नभई मोर्चा पनि हो । र पुरानै नेता र पार्टीहरु केनै गरिदिया छ र ? एउटा कुरा तपाई पष्ट बुझ्नुस जहा विभेद हुन्छ त्यहा विद्रोह हुन्छ । र जहा विद्रोह हुन्छ त्यहा राष्टिूय मधेश समाजवादी पर्टीको जन्म हुन्छ । र म एउटा सिपाहीको रुपमा र मधेश र युवाको हक अधिकार सुनिश्चित गर्नकालागि म यो अभियानमा जुटदा अतिनै खुशी महसुस गर्दछु । राम्रै प्रश्न गर्नु भो यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ? पक्कै पनि कुनै मधेशवादी दललाई । यो संसदीय चुनाव नभई संविधान निर्माणकालागि यो चुनाव हुदैछ् । हामी संग प्रसस्त मधेशी दलहरु भएकाले अपसन रोज्न पनि सजिलै हुन्छ ।
राजु चौधरीलाई मत दिनुपर्ने ५ वटा कारण ?
राजु चौधरीलाई मत दिनु पर्ने ५ वटा कारण हैन धेरै छन् । तर तपाईले ५ वटा कारण मात्रै सोध्नु भएछ भने म सानले भन्छु कि म राष्टूवादी मधेशी हो । मधेशकोलागि काम गर्न चाहन्छु । अर्का, ती क्षेत्रमा स्थानीय स्वरोजगारकोलागि विभिन्न प्रकारको योजनाहरु साथ आएकाले । तेस्रो विकास जस्तै १७ औं गाविसको आ आफ्ना विकासक एजेण्डाहरु छन् र तीनलाई कार्यान्वयन गराउनकालागि । चौथो जटहीमा दुर्गानन्द झाजीको नाममा प्रसुतिगृह सञ्चालनकालागि । पाचौ ती क्षेत्रमा नीधिको शासन नभई विधिको शासन लागु गर्नकोलागि ।
तपाईको क्षेत्रमा निर्वाचन आचार संहिता कतिको पालना हुदैछ ?
म वाट निर्वाचन आचार संहिता पालना हुन्छ किन भने म कानुनी राज्यलाई मान्ने एक अनुसाशित नागरिक हुँ । र अहिलेनै व्यपाक उल्लंघन भई रहेछ त्यसलाई हेर्ने निकायनै कमजोर रहेको महसुस गर्दै छु । खास गरी दुई सामन्तवादवाट बढी नै मात्रामा आचारसंहिता उल्लंघन भई रहेको छ र त्यसको जानकारी तपाईकै पत्रिका मार्फत पनि सम्वन्धित निकायलाई जानकारी गराउन चाहन्छौं । (सौजन्य ः तहलका खबर डट कम)


मिति ः २०७०÷७÷३

स्वार्थपूर्ण सम्झौता र अनिश्चित गन्तव्य –उमेशलाल कर्ण



उमेशलाल कर्ण
बिश्वको भूगोलमा नेपालको अवस्थिति प्रष्ट रुपले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बिबिधतै बिबिधताले सजिएका प्राकृतिक सौन्दर्यताको उत्तम उदाहरण बन्न सफल भएका साना राष्टूको श्रेणीमा रहेको छ । राष्टू एउटा बृहत्त अवधारणा हो, जसमा यसको भौगोलिक सीमाङ्कन भित्र रहेका सबै सरोकारपक्षहरुलाई समेटिएको छ । राष्टूको अस्तित्व रक्षाका लागि बृहत्त मापदण्डलाई आधार बनाएर गर्नु पर्ने निर्णय हुुनु पर्नेमा एउटा सीमित सरकारले मात्र निर्णय गर्ने अधिकार राख्ने अभ्यास भयो भने यसले ठूलो दुर्भाग्य नै निम्तयाउने अवस्थाको सिर्जना हुन लागेको अनुमान सहजै किशिमले गर्न सकिन्छ । अहिलेको राजनीतिक परिदृश्यले यस्ता केही नकारात्मक अभ्यासहरु हुँदै गरेको संकेत भएको जस्तो छ ।
सर्वसाधारण जनताका अभिमत मात्र के रहेको छ भने सामान्य रुपले जीबनयापन गरी बाँच्न पाउँ र यसका लागि राष्टू जिम्मेबार रुपले अगाडी सर्नु पर्दछ, राज्यको धर्म जनताले राष्टूलाई तिरेका कर राजश्व लगात अन्य शुल्कहरुको आधारमा एउटा शान्तिपूर्ण सुरक्षित वातावरण कायम गर्न सक्नु पर्यो । राष्टूको भूमिकालाई जनताप्रति उत्तरदायी बनाई राख्नु पर्ने मूल आधार भनेको दिगो संविधान हो । दिगो संविधानको व्याख्या गर्दा यसमा भएका मूल प्राबधान भनेको सबैलाई दीर्घकालीन रुपले अनुकुल भई सर्बसाधारण जनताको अनुहारमा खुशीका रेखाहरु देख्न सक्ने खालका कार्यक्रमहरु सञ्चालन र त्यसमा सबैको सहज पहुँच पनि सुश्चित हुने अवस्थाको निर्माण हुनु आवश्यक भएको छ । एउटा सम्वृद्ध राष्टूको नामले विश्वको धरातलमा नेपाल आफुलाई उभ्याउन सफल हुुन अभ्यासहरु गर्नै बाँकि छ । वर्तमान अवस्थामा राष्टूलाई सबै क्षेत्रहरु ( आन्तरिक उत्पादन, बैदेशिक व्यापार, पर्यटन, कुटनीतिक सम्बन्ध, आन्तरिक सुसम्बन्ध ) मा क्षतीहरु भएका प्रशस्त उदाहरणहरु छन् । अनावश्यक आर्थिक भारका कारण उत्पादनका क्षेत्र पूर्णतः संकुचित भएका सूचकहरु सार्बजनिक भई रहेको छ । वर्तमान परिवेशमा बिद्वतवर्गहरुबीच छलफल भएर विभिन्न नतिजाहरुको अनुमान पनि गर्न थालिएको छ । यस्ता विश्लेषणहरुसँग सर्बसाधारणहरुलाई कुनै चासो रहदैन उनीहरु आप्mना व्यवहारमा आई परेका समस्याहरु प्रति मात्र चिन्तित भई रहेको अवस्था मात्र रहेको हुन्छ । विगत एक दशकको सम्झौता सहकार्य गर्दा कतिपय अवस्थामा अनुपम उदाहरणहरु प्रस्तुत भएका छन् ।
सम्झौतामूलक कार्यहरु सम्पन्न गर्नमा श्रेय जाने राजनीतिक संगठनहरुको योगदानलाई बिर्सन सकिदैन । राष्टू पुनर्निर्माण एवम् शान्ति निर्माण कार्यसँग सामानन्तर रुपमा संविधान लेख्ने कार्य पनि गर्दै जाने कार्यलाई सुनिश्चित गर्न धेरै सम्झौताहरु भएका छन् । राजनीतिक सम्झौतामा भएका मूल बिषयवस्तु जे भए पनि त्यसका बुँदाहरुको संख्या मात्र बाहिर आउने सँस्कृतिको विकास भएको छ । अहिलेको अभ्यासमा १२ बुँदेको कुराको चर्चा परिचर्चा भई रहेको छ ।
विगतका एक दशकलाई हेर्दा कार्यहरु धेरै सम्पन्न भयो तर त्यसमा उपलब्धि हुँदै नभएको भन्न सकिन्न तर यसमा सकारात्मकता कम र नकारात्मकता बढी भए जस्तो छ । राजनीतिक संगठनहरु कुनै न कुनै दर्शनलाई आधार मानेर सर्वसाधारण जनताका सर्मथन जुटाएर शासन शैलीको प्रयोग गर्न बहुमत जुटाउन विभिन्न अभ्यासहरु गर्न विभिन्न संगठनहरु अगाडी सरेका छन् । सांगठनिक कार्यहरुको अवस्थाले आ आप्mना संगठन निर्माण र त्यसको परिचालन कार्यमा व्यस्त रहेका देखिन्छन् । यस्ता अभ्यासले नेपालमा दीर्घकालीन संविधान बन्ने सम्भावना अmन् ओझेलमा पर्न सक्ने अवस्थाको निर्माण हुने सम्भावना प्रबल छ । संविधान कुनै खास राजनैतिक संगठनका मूल्य मान्यता बोकेर आएको हुँदैन, आउनु पनि हुँदैन संविधान त राष्टूका सर्वव्यापक विविध मूल्य मान्यताहरु बोकेका साझा मूल्यहरु बोकेको हुनु पर्दछ । यदि एकल मूल्यले प्रभावित भएका अवधारणमा केन्द्रित भएर हाम्रो भविष्यमा गर्नु पर्ने कार्य सफल गर्न अभ्यास भई रहेको छ भने दीगो संविधान बन्ने सुनिश्चितता अन्योलमा पर्ने पुनः निश्चित छ ।
अहिलेको निकाश भनेको बृहत्तर सम्झौताहरु गर्नमा हाम्रा राजनीतिक संगठनहरु सफल भएका देखिन्छन् । अधिकांश सम्झौताहरु गर्दा राष्टूस्वार्थमा केन्द्रित रहेर गर्नु पर्नेमा त्यो नभएर सांगठनिक स्वार्थमा केन्द्रित रहेर भएको छ, यसले कुनै अवस्थामा राष्टूका सबै क्षेत्र भागलाई समानुपातिक रुपले सबैलाई सम्बोधन गर्ने खालको संविधान दिन सक्ने अवस्था छैन । यस अवस्थामा सबै पक्षहरुको ध्यान आकर्षण हुनु पर्ने आवश्यक छ । बृहत्त अवधारणा, मूल्य, सँस्कृतिहरुलाई बिर्सेर कार्य गर्दा प्रभावकारी नहुने अवस्था प्रष्ट छ ।
अब पछिका दिनमा विभिन्न संगठनहरुमा अस्वस्थ भागबण्डा हुने कार्यले अधिकांश सम्बन्धित पक्षहरु बञ्चित हुने अवस्था प्रष्ट छ, जसलाई कुनै हालतमा सकारात्मक प्रयासको रुपमा बुभ्mन सकिन्न । अस्तित्वमा रहेका राजनीतिक संगठनहरु छुटृाछुटृै रुपमा राज्य सञ्चालन प्रक्रियाको बारेमा निर्देशिका तयार गरी कुनै निश्चित समयका लागि सम्झौता गरेर शासन व्यवस्थामा स्वार्थपूर्ण किशिमले संलग्न हुने परिपाटीको विकास हुँदा त्यसले असल प्रभाव दिन असफल हुने निश्चित छ ।  सर्बसाधारणका अधिकारहरु विधि शुन्यताले गर्दा प्रत्याभूति हुनु सक्दैन ।
नेपालमा शासन सत्ताको बाँडफाड भएको सन्दर्भमा रहेर पालै पालो लाभको उपभोग गर्न अवसर तालिका निर्माण गर्ने कार्यले राष्टूलाई सही मार्गदर्शन दिन सक्ने अवस्था आउनै कठिन छ । राष्टूका समग्र क्षेत्र, भाग, लिङ्ग, भाषाभाषीहरुको संयुक्त संयोजन गरेर कुशल नेतृत्व गर्ने प्रतिनिधि पात्रको आवश्यकता छ । राष्टूलाई एउटै प्रबाहमा ल्याई सबैको सरोकारलाई सम्बोधन गर्न विभिन्न तयारीका साथ व्यवहारिक किशिमले देश विकासको खाका प्रस्तुत गरी सर्बसाधारणका अपेक्षा बुझी सञ्चालन रणनीतिहरु पारदर्शी किशिमले सार्वजनिक गर्ने बेला भएको छ । प्रतिक्रिया सुझाबका लागि ः इमेल ठेगाना :etcumesh@yahoo.com

मिति ः २०७०÷७÷३

Monday, October 21, 2013

धनुषामा ‘नोट फोर भोट’को राजनीति



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सिद्धान्त, मुल्य, मान्यता, मुद्दा, नारालाई प्राथमिकतामा नराखि धनुषाका कतिपय उम्मेदवारहरु आसन्न संविधानसभाको निर्वाचनमा ‘नोट फोर भोट’ को राजनीतिलाई प्राथमिकतामा राखि प्रचार प्रसार गर्न गाउँ गाउँमा पसेका छन । उम्मेदवारहरु खुल्ला रुपले मत किन्न प्रस्ताव राख्ने गरेपछि मतदाताहरु पनि संविधानसभाको चुनावलाई आय(आर्जनको ठुलो अवसरको रुपमा लिएका देखिन्छन ।चुनावको सरगर्मी वढे पछि गाउँ देखि सहरसम्म आय आर्जन गर्ने अवसर आएकोमा धेरै पक्ष खुशी भएका छन भने कतिपय पक्षलाई व्यय गर्नुपर्ने भन्दै चिन्ताले सताएको छ । गाउँमा पकड बनाएका युवा क्लवहरु, स्थानिय नेताहरु र गाउँका मुखिया तथा अगुवालाई चुनाव कमाई खाने भाँडोको रुपमा ठुलो अवसर प्राप्त भएको छ । राजनीतिक दल रहेपनि गाउँमा संगठन नै नभएको कतिपय मधेस केन्द्रित राजनीतिक दलहरुबाट ठुलो रकम चुनावकै लागि असुल गर्न सकिने दाउमा स्थानिय गुण्डा, ठेकेदार तथा तटस्थ देखिने स्थानिय नेताहरुमा उत्साहको संचार भएको छ । जाति, समुदाय तथा विभिन्न वर्गको नेतृत्व गर्ने तिनका अगुवाहरुलाई मतदान नहुँदा सम्म अर्थात मंसिर ४ सम्म वार्गेनिङ गर्ने अवसर मिलेको छ । यसका अतिरिक्त सहरमा त झन केही बुद्धिजिवि, नागरिक समाज, पत्रकार, शिक्षक,युवा क्लवलाई तुलनात्मक रुपमा गाउँका भन्दा वढी दाम दिएर मतको सौदेवाजी गर्ने क्रम वढेको छ ।  यति मात्र होइन चुनावमा धाँधली गर्न तथा गराउन सिमावत्र्ती भारतमा रहेका पेसेवर अपराधी तथा गुण्डाले समेत राम्र्रै कमाई गर्ने अवसर आएको हुनुपर्दछ । यी सम्पुर्ण आयको जोहो गर्नका निम्ति चन्दा दिने चन्दा दाताको लागि भने टाउको दुखाईको विषय बनेको छ चुनाव । निजी विद्यालय, क्याम्पस, उद्योगपति, व्यापारी, चिकित्सक, निर्माण व्यवसायी लगायतका फाइनेन्सरहरुको लागि बाध्यात्मक अवस्था भएपनि चुनाव खर्चका लागि चन्दा दिनै पर्ने हुँदा तिनीहरु त्यसका लागि चिन्तित देखिएका छन । 
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि धनुषाका सात निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ ।उम्मेदवारहरू अहिले आ(आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरूले पनि चियापसल, भेटघाट एवम् चौतारोमा कुराकानी गर्दा निर्वाचनका बारेमै टीकाटिप्पणी गर्न थालेका छन् । मंसिर ४ गते हुने सविधानसभाको निर्वाचनका लागि धनुषा चुनावी माहौलले तातेको छ । मनोनयनपत्र दर्तासंगै राजनीतिक दलका नेता(कार्यकर्ताहरु मतदाता रिझाउन गाउँ(गाउँमा जानथाले पछि धनुषामा चुनावी सरगर्मी बढेको हो । संविधानसभा निर्वाचनको मिति नजिकिदै गएपछि धनुषाका मतदाता रिझाउन उम्मेदवारहरु गाँउ पस्न थालेका छन । राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले गाँउ घरको समस्या, बिकास निर्माणको अबस्थाका बारेमा रायसुझाब संकलन, छलफल,  सभा सम्मेलन र मतदातासंगको भेटघाटलाई  प्राथमिकता दिएका छन । दोस्रो सबिधानसभा निर्बाचनका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा  तीन सय ६५ जनाले उम्मेदबारी दिएका छन् । ती उम्मेदवार मध्ये  युवाको सख्ंया यसपटक बढेको छ ।   उम्मेदवारहरु ग्रामिण क्षेत्रका मतदातालाई रिझाउन सांस्कृतिक लगायतका मनोरञ्जनात्मक कार्यक्रम लिएर गाँउ घर पुगेका छन् । टिकट वितरणका बेला सानाठुला सबै राजनीतिक दलमा देखिएको कमीकमजोरीका कारण अधिकांश दलमा आन्तरिक कलह समेत बढेको छ ।  एक राजनीतिक दलको आन्तरिक कलहलाई अर्को दलले राजनीतिक मसला बनाउने गरेको छ । 
संविधानसभा निर्वाचन एउटा ऐतिहासिक राष्टिूय पर्व हो । यसलाई सार्थक र मर्यादित बनाउन  पार्टी र व्यक्ति भन्दा एजेण्डा वा मुद्दामा जोड दिऊँ , व्यक्ति भन्दा पार्टीलाई जोड दिऊँ, व्यक्तिहरुमध्ये सबैभन्दा सक्षम र इमान्दार व्यक्ति रोजौं, चुनाव प्रचार गर्दा अरुका नराम्रा कुरा भन्दा आफ्ना राम्रा कुरामा जोड दिऊँ, एउटा औंला अरुतिर तेसर््याउँदा चारवटा औंला आफैतिर फर्कन्छ भन्ने नबिर्सौं, भ्रष्टाचार गर्ने र गराउने दुवै अपराधी हुन् भन्ने नबिर्सौं, कम खर्चालु चुनावी शैली अपनाऊँ, संविधान विना देश चल्दैन र संविधानसभाबाट संविधान बनाउने भन्दा राम्रो विकल्प अर्को हुन सक्दैन भन्ने बुझेर आसन्न संविधानसभा निर्वाचनमा सबैै सक्रिय सहभागी बनौं । आगामी निर्वाचन खचिर्लो हुने संकेत देखिदैछ । खचिर्लो चुनावले भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारले राजनीति धमिल्याउँछ । राजनीति धमिलिए सबै धमिलिन्छ ।त्यसैले सच्चा लोकतन्त्र संस्थागत गर्न चुनावी प्रक्रिया सुधार्नै पर्छ । निश्चित मापदण्डका आधारमा चुनावी खर्च राज्यले बेहोर्नु पर्छ । भ्रष्टाचारमा दण्डितलाई सधैका लागि चुनावबाट वंचित गर्नुपर्छ । भ्रष्टाचारीलाई कुनै दलले उम्मेदवार बनाउनुहुन्न र जनताले पनि त्यस्तालाई भोट हाल्नु हुन्न । समग्रमा, राजनीति व्यवसाय होइन स्वेच्छिक सेवा हो भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर बिरालोको घाँटीमा पहिले घण्टी कस्ले झुण्ड्याउने ? यी अभिव्यक्तिहरु एकिकृत नेकपा माओवादीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो फेसबुक स्टेट्सबाट सार्वजनिक गरेका हुन । 
धनुषामा पछिल्लो चुनावको फ्ल्यासब्याक
२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा धनुषा यस कारण पनि चर्चामा रहयो कि क्षेत्र नं. ५ वाट निर्वाचित डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति चुनिनु भयो । नेपाली कांग्रेसका तत्कालिन महामन्त्र यादवले १० हजार ३ सय ९२ मत ल्याई आफ्ना निकटतम प्रतिद्धन्दी तमलोपाका प्रत्यासी श्रीकृष्ण यादवलाई ४ सय ८८ मतको अन्तरले पराजित गर्नु भएको थियो । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी माओवादीका प्रत्यासी जोगकुमार बरबरिया यादवले ९ हजार ६ सय ८ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रत्यासी रामकृष्ण यादवले ९ हजार ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने माओवादीका प्रत्यासी रामचन्द्र मण्डलले ८ हजार २ सय १९ मत ल्याएर पराजय हुनु परेको थियो । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अर्को दिग्गज नेता विमलेन्द्र निधिले जिल्लामै सबै भन्दा वढी मत १५ हजार ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा(एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत मात्र हासिल गर्न सकेका थिए । क्षेत्र नं. ४ मा मधेसी जनअधिकार फोरम नेपालका प्रत्यासी संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रत्यासी रघुविर महासेठ ९ हजार २ सय ८२ मत ल्याएर हारको मुख हेर्नु परेको थियो । क्षेत्र नं. ६ मा माओवादी की प्रत्यासी रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याएर विजयी भएकी थिईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रत्यासी प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । क्षेत्र नं. ७ मा  एमालेका शत्रुघन महत्तोले ११ हजार ६ सय २० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रत्यासी आनन्द प्रसाद ढुङगाना ७ हजार ४ सय ६९ मत ल्याएका थिए । क्षेत्र नं. ५ भएको संविधानसभाको उपचुनावमा नेकपा एमालेका रघुविर महासेठले १३ हजार २ सय २२ मत ल्याएर विजय भएका थिए भने तमलोपाका श्रीकृष्ण यादवले ११ हजार ९ सय ८१ मत ल्याएका थिए ।
समानुपातिक मतको अवस्था
पछिल्लो चुनावमा धनुषा जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ भएको मतदानको मतगणना अनुसार नेपाली कांग्रेसले ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान हासिल गरेको थियो भने नेकपा एमाले ले ५७ हजार ८ सय ४१ मत हासिल गरि दोस्रो भएको थियो । ३८ हजार ५ सय ३६ मत ल्याई फोरम तेस्रो, ३७ हजार ८ सय १ मत ल्याएर माओवादी चौथो, २९ हजार ८ सय ६१ मत ल्याई तमलोपा पाँचौ र ७ हजार ७ सय २ मत ल्याई सद्भावना छैठौ स्थान हासिल गरेको थियो ।
अवको चुनावमा के हुने ?
विभिन्न नेताहरुले विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण  यस पटक चुनावी नतिजाको अंक गणितमा हेरफेर हुने निश्चित देखिन्छ । क्षेत्र नं. १ बाट विगतको चुनावमा निर्वाचित रामचन्द्र झा एमाले परित्याग गरी एमाओवादीबाट टिकट पाएका छन । एमाओवादीकै विद्रोही उम्मेदवार श्रवण वरबरिया, नेपाली कांग्रेसबाट दिनेश प्रशैला, एमालेबाट रत्नेश्वरलाल गोइत र फोरम लोकतान्त्रिकबाट उमाशंकर अरगरिया बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं.२ मा  एमाओवादीका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामकृष्ण यादव, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावनाका राजीव झा बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बिमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो, एमाओवादीका हरिदेव मण्डल बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नं. ४ मा सदभावना पार्टीका संजय साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमाओवादीका अरबिन्द साह,एमालेका श्रीप्रसाद साह र राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं.५ मा एमालेका रघुबिर महासेठ, तमलोपाका अनिता यादव,नेपाली कांग्रेसका चन्द्रमोहन यादव, एमाओवादीका बिजय यादव,फोरमका ज्ञानेन्द्र यादव बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ६ मा एमाओवादीका बोधमाया यादव, नेपाली कांग्रेसका प्रेमकिशोर प्रसाद साह, एमालेका योगनारायण यादव बीच प्रतिस्पर्धा देखिएको छ । 
नमुना मतदान
धनुषा प्रहरीले आशन्न संबिधानसभाको तिथी नजिकिदै गएपछि भयरहित बाताबरणमा मतदान सम्मपन  गराउनको लागि  सुरक्षाकर्मीलाई बिशेष प्रशिक्षण दिने कार्य सुरु गरेको छ ।प्रहरीले  जनकपुरको तिरुहुतिया गाछिमा नमुना मतदान केन्द्र बनाएर सुरक्षाकर्मीहरुलाई चरणबद्धरुपमा बिशेष प्रशिक्षण दिने कार्य सुरुगरेको हो ।   मतदान केन्द्रको सुरक्षा र व्यबस्थापन, मतपेटिका र कर्मचारीहरुको सुरक्षा, असहायहरुलाई सहजरुपमा मत खसाल्न पाउने बिशेष व्यबस्था, निर्बाचन बिथोलिने तत्वहरुको नियन्त्रण लगायतका बिषय बस्तुमा प्रशिक्षण केन्द्रित रहेको बताईएको छ । मतदानको क्रममा उत्पन्न हुन सक्ने सम्भाबित खतराहरुको सामना गर्नको लागि यो बिशेष अभियान थालिएको प्रहरी निरिक्षक गोबिन्द पुरीले जानकारी दिनु भयो । प्रशिक्षणको  पहिलो दिन १ सय २० जना प्रहरीको सहभागिता रहेको थियो । सर्बसाधारण्लाई शान्तिपुर्ण बाताबरण्मा सहज रुपमा मत खसाल्न पाउने अधिकारको सुनिश्चीतताका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा यस पटक ५ सय ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । 

मिति ः २०७०÷७÷३

Monday, October 7, 2013

पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष मिश्र र सह–सचिव साहद्वारा राजीनामा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अनिल कुमार मिश्र र सह(सचिव विकास कुमार साहले संयूक्तरुपमा पदबाट राजिनामा दिएका छन् । नयाँ सदस्यता प्रदान गर्नका लागि गठन गरिएको सदस्यता छानबिन उपसमितिले गरेको निर्णय कार्यान्वयनमा अध्यक्ष रामअशिष यादवले प्रभावकारी एवं सक्रिय भूमिका निर्वाह नगर्दा धनुषाबाट कसैले पनि सदस्यता नपाउने परिस्थितीको निर्माण भएको आरोप लगाउँदै दुवै जनाले शुक्रवार पदबाट राजिनामा दिएका हुन् ।
सदस्यता छानिबिन उपसमितिले आफ्नो कार्यसम्पादन पुरा गरिसकेको अवस्थामा पनि  अध्यक्ष यादवले विभिन्न बहानामा कार्यसमितिको बैठक नबोलाई विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुलाई महासंघको सदस्यताबाट बंचित गराईएको आरोप लगाउँदै उपाध्यक्ष मिश्र र सहसचिव साहले यहाँका पत्रकारहरु यस स्थितीमा अन्यायमा परेको प्रति दुःख व्यक्त गरेका छन् ।  महासंघ केन्द्रीय समितिले नयाँ सदस्यताको  सिफारिस गर्नका लागि समय सीमा तोकेर पत्राचार गरेपनि अध्यक्ष यादवले कार्यसमितिको बैठक नै नबोलाई होनहार, जुझारु र सक्रिय पत्रकारहरुको भावना विपरित कार्य गरिएकोमा अविलम्ब सदस्यताका लागि सम्बन्धीत निकायमा विद्यमान सम्वत तथा नीतिगत ढंगले पहल गर्नको लागि राजिनामा दिएका दुवै पदाधिकारीले आग्रह समेत गरेका छन् । सदस्यता छानबिन उपसमितिले गरेको निर्णय अनुमोदन गर्नका लागि समयमै कार्यसमितिको बैठक नबोलाएको र केन्द्रीय समितिको निर्णय अनुसार कर्तव्य निर्वाह नगरेको हँुदा यस पटक धनुषाबाट नयाँ सदस्यहरु सदस्यता पाउनबाट बंचित हुन गएको दुःखद अवस्था, साधारणसभाले दिएको म्याण्डेट पुरा गर्न अध्यक्ष उत्सुक नदेखिएको, पत्रकारहरुको पेशागत मर्यादा र क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिनुको साटो निहित स्वार्थपूर्तीका लागि विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आसन ग्रहण र भाषण सम्प्रेषणमा मात्र केन्द्रीत भएको, कुनै पनि कार्यक्रममा सहभागितका लागि प्रतिनिधी पठाउँदा कार्यसमितिका पदाधिकारीहरु सँग सल्लाह नगरि कार्य गर्दै आएको, भवन निर्माणका लागि उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी, महासंघका सदस्य र आमसंचारकर्मीले चासो देखाएपनि अध्यक्षको सक्रियता तथा उपस्थिती न्यून रहेको कारण जनाउँदै राजीनामा गरिएको उपाध्यक्ष मिश्र र सह(सचिव साहको संयूक्त हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।




मिति ः २०७०÷०६÷२०

टायर , चुनाव, र पागल –अनुज मिश्र



अनुज मिश्र 

मानिसको एक जमात परिवर्तनको  नारा लगाउदै अगाडी बढ्यो, घरबाट त्यसरी साहस बोकेर हिडने क्रान्तिकारीहरु औंलामा गनेर थिए सुरु (सुरुमा । तिनलाई तत्कालिन समाजले क्रान्तिकारी भनेर संज्ञा दिए, अब पालो अलिक अर्को संघर्षको थियो, संबिधान सभामा आफ्नो हकअधिकार सुनौलो अक्षरमा लेख्नु पर्ने थियो । राज्यको विभेदकारी नीति बिपरित सुरु गरिएको त्यो आन्दोलनको मूलतः दुइ स्वरूप थिए ः सडक र सदन । सडकमा टायर बालेर ओर्लिएका आन्दोलनकारीहरुलाई मधेसी पार्टीहरुका केन्द्रीय नेतृत्व बर्गलेनै मुलधारमा आउनबाट रोकेक्ष् तथाकथित मधेसी मूलका कांग्रेसी, एमाओवादी, एमालेका कार्यकर्ताहरु मधेसीमूल भएका पार्टीहरुमा प्रवेश गर्न थाले र तिनलाई असल आन्दोलनकारीको चादर ओढाईयो, तसर्थ सडकमा  ओर्लेकाहरु सडकमैरहे र सदनमा पुग्नेबेला नकाबपोश मधेसीहरु जो मूलतः शोषक मानसिकताका  थिए तिनैले मधेसीको पैसा,पावर र षड्यन्त्रले भेदिभई प्रतिनिधित्व गरे । असल आन्दोलनकारीहरु २३५ बर्ष पछाडी पाएको मौका पनि गुमाए । तिनै खस मानशिकता बोकेका मधेसी सभाषद, मन्त्री र नेताहरुले मधेसी भावना र मांग बिपरित क्रियाकलाप गर्न थाले र सम्पूर्ण मधेसीलाई फेरिपनि पहिलेकै प्रतिबिम्ब अनुरुप देशभरी उजागर गरे । मधेसीहरु एकचोटी फेरी आफ्नै नेतृत्व पंक्तीबाट ठुलो धोका पाए । असल आन्दोलनकारीहरु अरु शोसित भए, आफ्नो सम्पुर्ण गुमाएका ती  आन्दोलनकारीहरुलाई अब झुट्टा साबित समेत गर्ने प्रयास गरियो , कति मौन भए, कति पृथ्वीबाटै गौण भए । 
यिनै समयलाई ध्यानमा राखेर राज्यले आफ्नो पकड कहलिएका कांग्रेस , एमाले, ए(माओवादी पार्टीहरुलाई मधेसमा मजबूत पार्न नयाँ(नयाँ नीतिहरु अगाडी सर्न थाले । एकातिर थकित मधेसी जनताहरु आफ्नै मधसी नेताहरुको एकैनाशको नीति अगाडी आत्मा समर्पण गर्न थाले, विश्वास रतिभर  रहेन । तराईका  जिल्लाहरु फेरी राज्यकै कब्जामा फर्किन थाले । गोराहरु कालालाई कालाकै नेतृत्वमा काला अर्थात कमजोर साबित गर्न तिर जोड दिए र लगभग सफल पनि भए । मधेसी पार्टीहरु टुक्रा ( टुक्रामा विखण्डित भएर कमजोर भए । गोरा पार्टीहरु फेरी औपनिबेशीकरण गर्न सक्षम हुन थाले । ०६४ को निर्बाचनमा कमजोर देखिएका ती  पार्टीहरु मधेसमा फेरी पूर्वावस्थामा फकिर्न खोज्दैछन । छ साल पश्चात संबिधान सभाको निर्वाचन मिती फेरी तोकिएको छ । पहिलो निर्वाचनमा अहम् भूमिका निर्वाह गरेका आन्दोलनकारीहरु  पहिलेको  अवस्थाभन्दा पनि नराम्रो स्थितिमा छन् । धेरै नयाँ तिनै सामन्तीहरु नयाँ पार्टीहरु खोलेर मधेसी पसल थापेर बसेका छन् ।  ती दोकानमा जाने आउनेहरुको संख्या धेरै बढेको छ  । असल अन्दोलनकारिलाई पहिचान गर्ने भएपनि तीनलाई अगाडी न सारेर आन्दोलन बिरोधीहरुलाई नै अगुवा मान्न थालिएको छ ।केहि जुझारु आन्दोलनकारीहरु बिगतमा प्रतिनिधित्व गरेकाहरुको बिरोध गर्न चाहन्छन तर तिनलाई थिचोमिचो पार्न सकभर हरेकले प्रयत्न गर्दैछ । फेरी टिकट बाड्ने समय आएको बेला पैसादिने र पावर हुनेलाई पार्टीले प्राथमिकता दिएको छ । आन्दोलनकारीका समकालीन साथीहरु समयसंगै बिसिर्ए अब तिनै केन्द्रमा रहेकाहरु आफुलाई आन्दोलनकारी दस्ताका रुपमा परिभाषित गरि राज्य संग फाइदा बटुल्दै छन् ।  पुरानाहरु भिडमा बिलिन भए जस्तै छन्, कतिलाई अगाडी बढ्न बाट नकाबपोशी आन्दोलनकारी हरु रोक्द्छन । कति आन्दोलनकारिहरु त् भद्रगोल स्थिति हेरेर मानसिक तनावले पागल सम्म हुनेभए । उम्मेद्वारी दर्ता गर्ने दिन भिड यसपाली पनि निकै थियो तर निर्वाचन आयोगको एक कुनामा समर्थक ,प्रस्तावक बिना उभिरहेको एक (एक्लो आन्दोलनकारीलाई मा जस्तै चिन्ने थोर(बहुत जरूर होलान ।  एक जना अन्दोलानकारीले त मलाई रातिको २बजे फोन गरेर भने, ?  म् क्षेत्रमा घुमिरहे छु , मलाई जनमानसको व्यापक समर्थन छ ।’’  
०६४मा टायर बालेर पहिलो पटक सडकमा बिरोध गरेका मध्ये  केहि आन्दोलनकारी यसपालिको चुनावी माहौलमा पागल समेत भएका छन् त केहि बैदेशिक रोजगारमा पलायन समेत भए ।  अहिलेको निर्वाचनमा यस्ता कुराहरु मात्र एक व्यंग भएर उभिएका छन् ।



मिति ः २०७०÷०६÷२०

सत्य, धर्म र शक्तिको प्रतीक –दशै




जिवेश झा
नेपाल (लगायत हिन्दु समाज) मा आजभोली दशैको सरगर्मी चढेको छ । रावण(वध र दुर्गा पूजनका साथै विजयादशमीको रौनक हरेक घरमा सजिएको छ । दशै बच्चाहरुका लागि मेला घुम्ने पर्व हो भने रामलीलाको रौनकताले बुजुर्गलाई आकर्षित गर्छ । असत्य र पाप जति बलवान भए पनि अंत्यमा सर्वदा जीत सत्यकै हुन्छ, भन्ने शुक्तिको प्रतिक दशै हो । हिन्दु दर्शनलगायत मनुस्मृतिका अनुसार संसारमा कहि पनि असत्य र पापको साम्राज्य दिर्घायु हुँदैन, र यसको जीवनचक्र अल्पकालिन नै हुन्छ ।
दशांै दिन बिजयादशमी – यसै दिन भगवान रामले रावण बध गरेका थिए । उक्त दिनलाई असत्य माथि सत्यको विजयको रुपमा मनाईन्छ । त्यसैले यस दशमीको दिनलाई विजयादशमीको नामले जानिन्छ । दशहरा वर्षका तीन अत्यन्त शुभ तिथिहरु मध्ये एक हो, अन्य दुई –चैत्र शुक्ल एवं कार्तिक शुक्ल प्रतिपदा हो । बिजया दशमी कै दिन कुनै पनि शुभ कार्य प्रारम्भ गर्नु औचित्यपुर्ण मानिन्छ । प्राचिन कालमा राजा–महाराजाहरुले यहि दिनमा विजयको प्रार्थना गरि रणभुमी – यात्राका लागि प्रस्थान गर्दथे र वर्ष भरि कै लागि बिजयादशमीको पूजन फलदायी हुन्थ्यो । दशहरा पर्वले दश प्रकारका पापहरु –“काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी” लाई परित्याग गर्न सदप्रेरणा प्रदान गर्दछ ।
रामलीलाको आयोजन
दशहरा भन्दा दस दिन पुर्वदेखि नै हिन्दु समाजमा रामलीलाका आयोजन शुरु हुन्छन, जसमा प्रभु रामको जीवन वर्णन गरिन्छ र बिजयादशमीको दिन रावणको संहार (बध) गरी विजयोत्सव मनाईन्छ । यहि दिन विभिन्न ठाउँमा रावण, कुम्भकर्ण तथा मेघनाथका ठुल–ठुला पुतलाहरु उभ्याईन्छन र साँझ श्रीराम आफ्ना युवक सेनालाई साथमा लिएर रावण बध गर्छन । राबण बधको समय तमाम आयु, वर्ग, सम्प्रदायका लागि आकर्षणको केन्द्र हुन्छ । राम–रावण युद्धको प्रमुख कारक तत्व थिए –रावणद्धारा गरिएको सीता अपहरण एवं उनको बढदो अत्याचार । बिजयादशमीले तमाम मानव प्राणीमा एक अदभुत पुरुषोत्तम बन्न शक्ति प्रदान गर्छ र अत्याचार विरुद्ध लडने शक्ति बढाउँछ । दुर्गा पुजा हिजो पनि जनकपुरमा शक्ति पुजाको रुपमा प्रचलित थिए र आज पनि । आफ्नो सांस्कृतिक विरासतका लागि प्रसिद्ध मिथिलाको राजधानी जनकपुरमा दशहराको अर्थ हो दुर्गा पूजा । मिथिलाबासी यस पाली दसैको आठै दिन पुजा–अर्चनामा व्यस्त छन । दशैमा चार दिन क्रमशः सप्तमी, अष्टमी, नवमी र दसमीको खाश महत्व हुन्छ । मिथिलामा झिझियाको पनि खाश महत्व छ दशैमा । झिझियाको प्रकाश झै सत्यको प्रकाश पनि गली–गलीमा फैलियोस भन्ने चाहना हरेक मिथिलानीमा हुन्छ । माता दुर्गाका ठुल(ठुला प्रतिमाहरु बनाईन्छन, र माता दुर्गालाई राक्षस महिषासुर वध गरि रहेको रुपमा देखाईन्छ ।
देशका बाँकी शहरमा पनि दशहराको रमझम हेर्न मिल्छ । सदाझै यस बर्ष पनि दशैले हाम्रा तमाम आशा र उत्साहलाई पुरा गरुन । दशहरा पर्वले तपाईको जीवनमा पापको अंत्य र समाजमा नयाँ उर्जा र उत्साह थपुन भन्ने कामना गर्न चाहन्छु । समग्र हिन्दु समुदायलाई बिजयादशमीको हार्दिक मङगलमय शुभकामना ।

मिति ः २०७०÷०६÷२०