Monday, December 26, 2016

जटहीमा सहिद दुर्गानन्द झा प्रसुति गृह आफ्नै कार्यकालमा निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । नेपालको गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण गरिने घोषणा गरिएको थियो । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री थापाले सहिद दुर्गानन्द झाकी अर्धाङ्गनी काशी देवी झालाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने मन्त्री थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक तथा जिउँदो सहिद ललन चौधरीले सम्मान गरेका थिए । उक्त अवसरमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले केही दिन भित्रै सहिद दुर्गानन्द झाको तस्वीर सहितको हुलाक टिकट नेपाल सरकारले जारी गर्ने बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेताहरु ललन चौधरी, प्रवेश चौधरी, रामपल्टन साह, स्थानीय रोहित चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।
मन्त्री गगन थापाको मन्तव्यको पुर्णपाठ
आज यस पवित्र भुमिमा मलाई टेक्ने अवसर प्रदान गरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा पहिले म सहिद दुर्गा नन्द झालाई यहाँ पावन भुमिमा उभिएर उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवार प्रति सम्मान  प्रकट गर्न चाहन्छु ।
 म नेपाली कांग्रेसको सदस्य हुँ । जतिखेर हामीहरु १४÷१५ बर्षको उमेरमा नेपाली कांग्रेसको सदस्यता लिँदै थियौं, त्यो बेला थाहा पाएको थोरै नामहरु मध्ये दुर्गा नन्द झा पनि हो । हामीलाई सानै देखि २०४६ सालको आन्दोलन भन्दा अगाडी १३÷१४ बर्षको उमेरमा पञ्चायतका विरुद्ध लड्नका निम्ति जति खेर हाम्रो पार्टीका अग्रजहरु हाम्रो विद्यालयहरुमा आउनु हुन्थ्यो, हामीलाई कामेश्वर कुशेश्वर, दुर्गानन्द झा, रामलक्ष्मण आदिको नाम बताउनु हुन्थ्यो, हामीलाई उत्साहित गर्नु हुन्थ्यो । हाम्रो रगत उमाल्नु हुन्थ्यो त्यसपछि दुर्गानन्द झाले जुन बाटो हिड्नु भयो त्यो बाटो हामी पनि हिड्न सक्छौ भन्ने उद्देश् यबोकेर सडकमा आउँथ्यौं । त्यही पार्टीमा काम गर्ने शिलशिलामा धेरै पछाडी जतिखेर नेपालको राजशाही विरुद्धको आन्दोलनलाई हामीले उठाउने चरणमा पुगेका थियौं, त्यो बेलामा हाम्रो पुस्ताले एउटा सपना देख्यो । नेपालमा कति पुस्ताले राजाका विरुद्धमा आन्दोलन गर्ने । अब यो  लडाईलाई हामीले अन्तिम लडाई बनाउनु पर्छ । नेपालमा गणतन्त्र सम्भव छ, अबको आन्दोलन प्रजातन्त्रको लागि होइन गणतन्त्रको लागि गर्नुपर्छ भनेर पछिल्लो पटक सम्भवतः जनआन्दोलन र शान्तिपुर्ण आन्दोलनमा लागेको मानिसहरु मध्ये त्यही गणतन्त्रको विषय उठाउँदै गर्दा दुई पटक राजद्रोहको मुद्दा खेपेको मान्छे हुँ म । तर, मैले त त्यो मुद्दा खेपेर त्यसबाट बाहिर निस्किएर तपाईहरुको बीचमा उभिने मौका पाएको छु । म जस्तो राजद्रोहीहरुका निम्ति त्यो प्रेरणापुन्ज भनेको सहिद दुर्गानन्द झा जस्तो व्यक्तिहरुले देखाउनु भएको बाटो, जसले त्यतीखेर साहास गर्नुभयो कि नेपालमा राजशाहीको अन्त सम्भव छ, भन्ने सपना धेरै बर्ष पहिला तन्नेरी भएको अवस्थामा उहाँहरुले देख्नुभएको पदचापलाई हामीले पन्छयाउने प्रयास गरेको मात्रै हो । त्यो आँट, त्यो हिम्मत, त्यो साहस त्यही बाट हामीले प्राप्त गरेको हो ।
यही पृष्ठभुमिमा अहिले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालिरहँदा स्वास्थ्य मन्त्रालयकै केही कार्यक्रममा आईरहेको बेलामा मलाई जनकपुर विमान स्थलमा मेरो केही साथीहरुले यो अस्पतालको बारेमा बताउनु भयो । त्यहाँ यसरी अस्पतालको घोषणा गरिएको थियो । तर, घोषणा गरेको बर्षौं वितेपनि अलपत्र ्परेर बसेको छ । त्यति भनेपछि मैले नै मेरो साथीहरुलाई अनुरोध गरेर भनेको हुँ कि म त्यो ठाउँमा एक पटक जान चाहन्छु, त्यो माटोमा एक पटक उभिन चाहन्छु, गएर आफै हेर्न चाहन्छु । किनकी नेपालको गणतान्त्रिक आन्दोलनको पहिलो सहिद दुर्गानन्द झा प्रति मेरो आफ्नो पनि कर्तव्य हो कि जसको बाटो मैले पछ्याएँ, आज मैले जिम्मेवारी पाएको बेलामा यो कुनै बेला डा. बाबुराम भट्टराई अर्थ मन्त्री हुनु भएको बेलामा घोषणा गरिएको छ । त्यस पछाडी यतिकै अलपत्र परेर बसेको अवस्था जुन रह्यो, अब यसलाई टुङ्गयाउने जिम्मेवारी मेरो हो । त्यो जिम्मेवारी बोधका साथ म तपाईहरुको बीचमा आएको छु ।
यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यहाँहरु सबैको परिवारको सदस्यहरुले कागजात वा विवरणहरु दिनुस । किनभने स्वास्थ्य मन्त्रालयले काम सुरु गर्नका लागि औपचारिक रुपमा यसको जग्गा हाम्रो नाउँमा आएको हुनुपर्दछ । नभए हामीले चाहेर पनि बजेट प्रयोग गर्न सक्दैनौं । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।

२०७३ पौष १० गते आईतबार

Wednesday, December 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

कस्तो मुर्ख अस्पताल बनाईदिन जग्गा दान गरेको हामीलाई दिए हुन्थ्यो नि ! बालुवा, गिट्टीको सट्टा जग्गै बेचेर खान्थे बा !

२०७३ पौष ०३ गते आईतबार

एकिकृत सहरी विकास परियोजनाको ढल निर्माण कार्यमा व्यापक अनियमितता, ठेक्केदार प्रतिनिधिको पक्षमा धनुषाको सिडिओ

एकिकृत सहरी विकास परियोजना अन्तरगत निर्माण भईरहेको ढलमा अनियमितता पाइएको छ ।
ढलको तल बालुवा राख्नुपर्नेमा राखिएको छैन,
 ढलको जोड्नीमा राख्नुपर्ने मापदण्ड अनुसारको
स्लेव राखिएको छैन, खाल्डोमा रहेको पानीको
 डिवाटरिङ गरिएको छैन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालकै प्राचिन सहरहरु मध्ये एक हो, जनकपुरधाम । प्राचिन मिथिलाका राजधानीका रुपमा स्थापित रहेको यो सहर पौराणिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकिय रुपले विश्वमै प्रख्यात रहेको छ । तर, आधुनिक जनकपुरधामको अवस्था कुरुप सहरको रुपमा विख्यात हुन गईरहेको छ । फोहोरमैला, ढल व्यवस्थापन नभई पानीको निकास नहुनु, सडक कतै देखा नपर्नु, लामखुट्टेको राजधानीको रुपमा जनकपुरको पहिचान बन्न थालेको पाइन्छ । छाडा चौपाया, गाईबस्तु, सुँगुर, अव्यवस्थित सहर, साँगुरो बाटो आदि यस सहरको प्रमुख समस्याको रुपमा रहेको छ । ती सबै समस्याहरुलाई समाधान गर्न एसियाली विकास बैंकको सहयोग तथा लगानीमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा एकिकृत सहरी विकास परियोजनालाई हेरिएको छ । करोड रुपैयाँको बजेट मात्र देखिरहेको जनकपुर नगरपालिका अब उपमहानगरपालिका भएपनि उसको आफ्नो आर्थिक क्षमता, सामर्थय र बजेट विनियोजन अत्यन्तै कम रहेको छ । यस्तो अवस्थामा करिब १ अर्ब रुपैयाँको लगानीमा जनकपुरमा ढल निर्माण, सडक निर्माण, फोहोर मैला व्यवस्थापन तथा जनचेतना मुलक कार्यक्रम सहित परियोजना लागु भएको छ । उक्त परियोजना अन्तरगत अहिले जनकपुरमा ढल निर्माणको कार्यहरु प्रारम्भ भएपनि थुप्रै अनियमितता पाइएको छ । गुणस्तरहिन कार्य भईरहेको भन्दै जनकपुरका यूवा विद्यार्थीहरु नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, कृष्णा सिंह, भवेश मिश्र, सुदर्शन सिंह, सुशिल कर्ण, जानी खान, लव कुमार झा आदिले असंतुष्टि जनाएको छ । यता जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले एक सप्ताहमा गुणस्तरहिन कार्य नरोकिए जस्तो सुकै आन्दोलन पनि गर्न पछि नहटने चेतावनी समेत दिएका छन् ।
२३ डिसेम्बर २०१५ मा सडक र ढल निर्माण गर्नका लागि जेडआईइसि÷शर्मा जेभीका आधिकारिक प्रतिनिधि रमेश शर्मा र उक्त परियोजना बीच ९८ करोड रुपैयाँको लागतमा ३०.३८ किलोमिटर ढल निर्माण र ९.२७ किलोमिटर पक्की सडक निर्माण गर्ने सम्झौता भएको थियो । २२ फेब्रुवरी २०१६ देखि उक्त निर्माण कम्पनीले कार्य सुरु गरेको ७ सय ३० दिन भित्रमा अर्थात २१ फेब्रुवरी २०१८ मा कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त निर्माण कम्पनीको तर्फबाट प्रतिनिधिका रुपमा आफुलाई समाजसेवी भन्ने निर्माण व्यवसायी बलराम महतो खटिएका छन् ।
निर्माण व्यवसायीको तर्पmबाट बलराम महतोले प्रस्तुत गरेको कार्ययोजनाको सूचिमा ५ सय २० दिनमा एनपी २ र एनपी ३ सहितको ह्यूम पाइप विछाईसक्ने बताएको छ । पछिल्लो समयमा भएको आन्दोलन तथा सार्वजनिक विदाहरुका कारण ५० दिन काम गर्न नसकिने र २ सय ४३ दिन भित्रमा ह्यूम पाइप विछाउने कार्य सम्पन्न गरिसक्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको पाइन्छ । यसरी हेर्ने हो भने ५ सय २० दिनमा करिब ३१ किलोमिटर पाईप विछाइनुपर्ने हो । अहिले सम्मको अवस्थामा अर्थात २ सय ४३ दिन भित्रमा करिब १४ किलोमिटर पाईप विछयाइनुपर्ने हो । तर, बास्तवमा अहिलेको प्रगति हेर्ने हो भने आजको दिनसम्ममा करिब ५ किलोमिटर मात्र ह्यूम पाईप विछयाइएको छ । प्रतिशतको आधारमा हेर्ने हो भने सय प्रतिशत काम हुनु पर्नेमा करिब ३३ प्रतिशत कार्य मात्र गरिएको छ । आजको दिनसम्ममा करिब ११ किलोमिटर जतिको लागि ह्यूम पाईप मौज्दातमा रहि  ३ किलोमिटर मौज्दात घटी रहेको बुझिएको छ । व्यावसायीक उत्पादनको काम अक्टुवर महिनामा प्रारम्भ भएतापनि भार संतुलन परिक्षणको अभावमा जडान गर्ने काम हुन सकेको छैन ।
उक्त निर्माण व्यवसायीले हालसम्ममा कुल ३ सय ५५ वटा मेन होल निर्माण गरिसक्नुपर्नेमा कुल ३४ वटा मात्र मेन होलको काम आंशिंक रुपमा मात्र गरिएको छ । किनभने निर्माण गरिएका मेन होलको अन्य कामहरु प्लास्टर, पनिङ, भर्याङ, कभर राख्ने कामहरु बाँकी नै रहेको छ ।
परियोजनाको निर्माण कार्यमा अनियमितता
अनुगमनका क्रममा पाईपको जोड्नी मुनि
राखिएको स्लेव भत्किएको पाइएको थियो ।
एक त कछुवाको गतिमा निर्माण कार्य भईरहेको छ त्यसमा पनि गुणस्तरहिन कार्य गरिनुका साथै व्यापक अनियमितता भएको भन्दै जनकपुरका स्थानीय यूवाहरुको समुहले २३ मंसिर २०७३ मा जनकपुरको मुरली चौक देखि विश्वकर्मा चौकसम्म भईरहेको निर्माण कार्य रोकेको थियो । पछि एकिकृत सहरी विकास परियोजनाका म्यानेजर गंगाप्रसाद यादव र कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झा लगायतको टोलीले स्थलगत निरीक्षण गर्दा पनि अनियमितता पाइएको थियो । सम्झौता अनुसार ह्यूम पाईप विछ्याउने क्रममा १२ सय, १ हजार तथा ९ सय सेन्टिमिटर डायामिटरको पाईप जोडनीको मुनितिर (१००ह५० ह १०) सेन्टीमिटर साइजको एम २० गे्रडको प्रिकास्ट स्लायव डाया मिटर ७ सय ५० तथा डाया मिटर ६ सय से.मि.को पाईप जोडनीको मुनि तिर (५० ह ४०ह१०) से.मि. साइजको एम २० ग्रेडको प्रिकास्ट स्लायव राख्नुपर्ने हो । त्यसैगरी ज्वाइन्टमा रबर गैसकेट राख्नुपर्ने, एलाेंग द पाइप मुनितिर २० सेन्टीमिटर मोटाईमा स्यान्डबेडिङ अर्थात ह्यूम पाईप को तल बालुवा विछ्याउनुपर्ने हो । यति मात्र होइन ह्यूम पाईप विछ्याउने क्रममा करिब ३ मिटर गहिराईको खाल्डो खन्दा ठाउँ ठाउँमा छेउ तिरको ढलको पानी कतिपय ठाउँमा खानेपानीको पाईप फुटी पानी लिकेज हुने गरेको छ । कहिँ कहिँ बेडबाटै पानी रसाउने देखिएकोले त्यस्ता ठाउँमा डिवाटरिङ अर्थात पम्प सेट राखेर पानी निकालेर त्यसको समुचित व्यवस्था मिलाई ह्यूम पाईप विछ्याउनुपर्ने कुरा सहितको प्रावधान सम्झौतामा उल्लेख रहेको छ । तर, उक्त दिन गंगा प्रसाद यादव र बद्रीनाथ झा सहितको संयूक्त टोलीले जनकपुरको मुरली चौक स्थित पुर्वतर्फ र पश्चिम तर्फ गरिएको कामको अवलोकन गर्दा सम्झौता अनुसार रितपुर्वक काम नभएको पाइयो । त्यसको स्थलगत मुचुलका पनि उठाइएको थियो जसमा स्थानीयवासीहरुका साथ साथै परियोजना प्रमुख गंगा प्रसाद यादव र कन्सलटेन्ट बद्रीनाथ झाको समेत हस्ताक्षर गरिएको छ ।
शिलान्यास भएको ठाउँ राराब क्याम्पसको पुस्तकालय भवनको अगाडी, बसहिया रोडको वरिपरी, बुधवारे हटिया नजिक होटेल नमस्तेको बरिपरी पिडारी चौक देखि भानु चौकका बीच, जनकपुर चुरोट कारखाना, रामा होटेल भानु चौक, रहमान पथ, एस ३ आउट फलको पश्चिम भाग, मालपोत कार्यालय देखि भमरपुरा चौक बीचको ठाउँ  २ मा यस्तै पानीले प्रभाव पारेको खाल्डोहरु पाइन्छ । अर्थात ती खाल्डोहरुमा डिवाटरिङ नगरि पाईप विछ्याइएको छ ।
अनुगमनका क्रममा खाल्डोमा रहेको पानीलाई डिवाटरिङ
नगरी पानीको दलदलमै पाईप विछाएको पाइएको थियो ।
निर्माण कम्पनीले उक्त ठाउँहरुमा काम व्यवस्थापनको लागि सोरिङ प्लेट, स्लज पम्प, रोड बेज, फुट बेज, फेन्सेज तथा सेफ्टी आदिको व्यवस्था मिलाउन महिनौ व्यतित गर्नु परेको भएपनि हालसम्म सोरिङ प्लेट  तथा पम्प काम गर्ने अवस्थामा नरहेकोले एक्सभेटरको बकेटबाट डिवाटरिङ तथा एक्सटूा अर्थ वर्क अर्थात अतिरिक्त माटो सडकमा राख्नुपर्ने बाध्यता छ । तर, कार्यको प्रगति विवरण भने न्यून देखिएको छ ।
यसका अतिरिक्त ह्यूम पाईपको आफ्नो प्रोडक्सन प्लान्ट नभएको, सप्लायरबाट आवश्यकता अनुसारको पाईप अथा समयमा आपुर्ति हुन नसकेको, आफ्नो प्रोडक्सन प्लान्टको कमर्शियल प्रोडक्सन १५ जुन २०१६ देखि हुनुपर्नेमा अक्टुवर २०१६ देखि मात्र भएको र उत्पादन भएको पाईपको लोड वियरिङ टेस्ट हालसम्म पनि नगरिएको हुनाले ह्यूम पाईप विछ्याउने कार्य प्रभावित हुन पुगेको अवस्था रहेको सुपरिवेक्षण कार्यका लागि खटिएका कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झाको भनाई छ । बेला बेलामा रबर गेसकेटको अभावले पनि काम प्रभावित हुन पुगेको देखिन्छ । निर्माण व्यवसायी तर्फ हुनुपर्ने प्राविधिक जनशक्तिको अभाव, दक्ष कामदार खास गरी डकर्मीको अभावमा मेन होलको काम प्रभावित भएको हो । ह्यूम पाईप विछ्याउने कार्य भईरहेको भएपनि व्याक फिलिङको काम, लेयर वाईज अर्थात तहगत कम्प्याक्सनको काम सम्झौता अनुसार नगरि अधुरो र अपुरो रहेको छ । यसका अतिरिक्त पाईप विछ्याउने क्रममा पुनरस्थापनको कार्य पनि गरिएको छैन ।
यस अघि पनि परियोजना प्रमुख र कन्सलटेन्टको संयूक्त अनुगमनका बेला बसहिया रोड, पिडारी भानु चौक क्षेत्र लगायत अन्य विभिन्न सडक खण्डहरुमा मापदण्ड विपरित डिफेक्टेड हयूम पाईप र स्लेवहरु पाइएको थियो । जसलाई रिजेक्ट गरिसकिए पनि तिनीहरुको प्रयोग गरिएको र काम नलाग्ने सामानहरु कार्य स्थलबाट हटाउनका लागि निर्माण व्यवसायीलाई मौखिक र लिखित निर्देशन दिँदादिदै पनि निर्माण व्यवसायीले अवज्ञा गरेको पाइयो । २३ मंसिर २०७३ मा मुरली चौक पश्चिमको साइटमा पनि त्यस्तै भत्किएको ह्यूम पार्ईप, स्लेव आदिहरु पाइएको थियो । त्यस्ता रिजेक्टेड सामग्रीहरुको निर्माण कार्यमा प्रयोग गरिरहेको स्थानीय यूवाहरुले आशंका व्यक्त गरेका थिए । यति मात्र होइन निर्माण गर्दा ह्यूम पाईपको तल २० सेन्टीमिटर मोटाईमा बालुवा राखेर पाईप विछ्याउनुपर्नेमा बालुवा नराखेको पाइयो । ह्यूम पाईपको भालेपोथि ज्वाइन्ट गर्ने ठाउँमा राख्नुपर्ने स्लेव मापदण्डको अनुसार नभएर भत्केको कमजोर स्लेव प्रयोग गरेको पाइएको थियो । त्यहाँ रहेका पानीलाई डिवाटरिङ गरिएको थिएन । बालुवा सडकमा कहिँ कतै मौज्दातको रुपमा रहेको पाइएन । ग्राभल समेत पाइएन । यसरी हेर्ने हो भने उक्त परियोजनाको कार्य अवधि अब करिब १५ महिना मात्र बाँकी रहेको अवस्थामा र कार्य बोझको परिणाम बढी नै बाँकी रहेको अवस्थामा कार्य थप प्रभावित हुने प्रसस्त आधारहरु देखिन्छ ।
३ मंसिर २०७३ मा जनकपुरका यूवाहरु तथा परियोजनाका म्यानेजर, कन्सलटेन्ट टिम लिडर र ठेक्केदार प्रतिनिधि सहितको संयूक्त अनुगमन
पछि देखिएको त्रुटि विषयमा उठाइएको मुचुल्का ।
२८ सेप्टेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले १२ सय मिलिमिटर व्यास बाहेक अन्य व्यासको हयूम पाईपहरु नदेखिएको, रब्बर ग्यासकेटको पर्याप्त मौज्दात नदेखिएको, ह्यूम पाईपहरुको आपुर्ति नगरिएको, आपुर्ति गरिएकाहरु मध्ये केही त्रुटिपुर्ण भई प्रयोगका लागि अयोग्य देखि रिजेक्ट गरिएको हुनाले ती सबै रिजेक्ट सामग्रीहरुलाई कार्यस्थलबाट हटाउन, त्यस्ता सामग्रीहरुका कारण स्थानीयवासीहरुको आवतजावतमा समेत समस्या भईरहेको, २२ अगस्त २०१६ मा पाईप विछ्याउँदा व्याक फिलिङको काम अर्थात माटोलाई पुनः रोलर चलाई पुर्ववत्त अवस्थामा नल्याएको, सवारी आवागमनमा कठिनाई भएको भन्दै जेडआईइसि÷शर्मा जेभीका ठेकेदार प्रतिनिधि बलराम महतोलाई प्रष्ट रुपमा पत्र मार्फत लिखित रुपमै निर्देशन दिइएको टिम लिडर झाले बताउने गरेका छन् । तर पनि निर्देशन अनुसार काम गरिएको पाइन्न ।
१४ डिसेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले जेडआईइसि÷ शर्मा जेभीका प्रोजेक्ट म्यानेजरलाई नै पत्र लेखेर प्रष्ट रुपमा ताकेता गरेको पाइन्छ । रिजेक्ट गरिएका भत्किएका ह्यूम पाईप तथा स्लेवहरुलाई कार्यस्थलबाट जतिसक्दो चाँडो हटाउन, खाल्डोमा पानीहरु रहेकाले त्यसलाई हटाउनका लागि उपयूक्त व्यवस्थापन गर्न तथा २० से.मि.को मोटाईको सेन्ड ग्राभल राख्न, कम्पेक्सन गर्न,  विभिन्न ठाउँमा खाल्डो खन्ने क्रममा खानेपानीको पाईप फुटेर अवरुद्ध भएको खानेपानीको वितरण सुचारु गराउन जतिसक्दो चाँडो व्यवस्था मिलाउन भनिएको छ । यति मात्र होइन विभिन्न डायमिटरका स्पाईगट टाईपको ह्यूम पाईपको उत्पादन तथा आपुर्ति गर्न पहिले भनिएपनि हालसम्म नभएको भन्दै ताकेता गरिएको छ ।
खानेपानीको पाईप ब्लक गरेपछि उपभोक्तालाई समस्या
ढल निर्माणका क्रममा उक्त निर्माण कम्पनीले खाल्डो खन्ने तथा हयूम पाईप विछाउने क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय जनकपुरद्वारा जडान गरिएको पाईप ठाउँ ठाउँमा भत्काईएको छ । ढल निर्माणको काम अगाडी वढाएपछि खानेपानीको पाईपलाई काटी काठको प्लग ठोकी खानेपानीको आपुर्तिलाई अवरुद्ध पारिएको छ ।
 यसरी ती पाईपहरु भत्काएर अवरुद्ध गरिएपछि सहरका सयौं नागरिकहरु खानेपानीको सुविधा प्राप्तिबाट बञ्चित हुन पुगेको छ । नमस्कार होटेल, मालपोत कार्यालय देखि मुरली चौक हुँदै विश्वकर्मा चौक सम्म, परिक्रमा सडक, थापा चौक देखि भानु चौक, पेठिया बजार स्थित रहिम पथ, कन्या पाठशाला लगायतका ठाउँहरुमा जडान गरिएको खानेपानीको पाईप भत्काइएको हो ।
नेपाल खानेपानी संस्थान कार्यालय धनुषाका कार्यालय प्रमुख सुरेश कुमार महतोका अनुसार ती निर्माण कम्पनीका प्रतिनिधि बलराम महतोलाई भत्काएर अवरुद्ध गरेको खानेपानीको पाईप जडान गर्न पटक पटक ताकेता गरेपनि कुनै सुनुवाई नै नगरेको हो । करिब ४ सय देखि ५ सय उपभोक्ताहरु त्यसकारण खानेपानी सेवन गर्नबाट बञ्चित हुन पुगेको छ, खानेपानी सुचारु नै नभएपछि उपभोक्ताहरु अब खानेपानीको जडान गरिएको लाईन समेत काटिदिनका लागि आवेदन दिन थालेका छन् । खानेपानी पनि नपाउने र न्यूनतम महसुल बुझाउनु नै पर्ने हुनाले ती उपभोक्ताहरु लाईन काटिदिन भन्दै आवेदन दिन थालेको हो । यसरी खानेपानी अवरुद्ध भएपछि मासिक ३ लाख जतिको महसुल सहितको रकम खानेपानी संस्थानलाई घाटा भईरहेको तथा १० लाख रुपैयाँ भन्दा वढीको पाईप भत्काईएको कार्यालय प्रमुख महतो बताउँछन् । करिब ३ महिना देखि ती ठाउँहरुमा खानेपानीको वितरण हुन सकिरहेको छैन ।
खानेपानी संस्थानले गाल्भोनाइज्ड आयरण र डक्टाईल आईरन सहितको पाईप जडान गरेको थियो । तर, एकिकृत सहरी विकास परियोजनाका डेपुटी म्यानेजर विरेन्द्र यादवले पोलिथिन पाईप जडान गर्न दिनुस भनेर दवाव दिएको सुनाउँदै खानेपानीका कार्यालय प्रमुख महतो भन्छन,“ जे पाईप हामीले जडान गरेका हौं त्यही पाईप लगाउनु पर्ने हुन्छ । विरगञ्जमा पनि त्यसै गरिएको हो । हामीले आफ्नो खानेपानी संस्थानका महाप्रवन्धक डा.अर्जुनबाबु ढकाललाई समेत जानकारी गराउँदा त्यो निर्माण कम्पनीले जुन अवस्थामा पाईप थियो सोही अवस्थामा ल्याउनु पर्ने बताएका छन् ।”
काम भन्दा वढीको भुक्तानी
निर्माण प्रतिनिधि बलराम महतोले अहिलेसम्ममा पहिलो पटक मोविलाईजेसनको पेश्की बापत पहिलो पटक १० प्रतिशत बापत ८ करोड ५४ लाख ६२ हजार तथा ५ प्रतिशत बापत ४ करोड २७ लाख ३१ हजार ३ सय ९० गरी जम्मा १२ करोड ८१ लाख ९३ हजार ३  सय ९० रुपैयाँ पहिलो किस्ता बापत भुक्तानी पाईसकेको छ । हालसम्म पाईप लेईङ र अन्य  कामहरु बापत विभिन्न तीन चरणमा तीन वटा रनिङ बिलबाट करिब १० करोड ७५ लाख १० हजार ३ सय २७ गरी कुल २३ करोड ५७ लाख ३ हजार ७ सय १७ रुपैयाँको भुक्तानी प्राप्त गरिसकेको छ । यसरी हेर्ने हो भने काम उनले एक चौथाई गरेका छैनन् तर भुक्तानी भने करिब एक चौथाईको पाईसकेका छन् ।
टिम लिडर र ठेक्केदार प्रतिनिधि हटाउने खेल
परियोजनाका ठेक्केदार प्रतिनिधि बलराम महतोको प्रशंसा तथा बचाऊ गर्दै र कन्सलटेन्टका टिम लिडर
बद्रीनाथ झालाई हटाउन धनुषाका सिडिओ दिलिप चापागाईले
कन्सलटेन्टलाई लेखेको पत्र ।
बलराम महतो बास्तवमा अहिले तराई मधेसमा निर्माण व्यवसायीमा बादसाह बनेका छन् । धेरै परियोजनाहरु उनकै मातहतमा रहेको रमन कन्स्टूक्शन कम्पनीले पाएका छन् । जस्तै हुलाकी सडक अन्तरगत जनकपुर(जलेश्वर भिठ्ठामोड सडक, जनकपुर देखि कदम चौक हुँदै बल्हा सघारासम्मको सडक, रेल्वेमा पेटी कन्टूेक्ट, विभिन्न ठाउँमा पुल निर्माण आदि परियोजनाहरु उनको मातहतको कम्पनीले ठेक्का प्राप्त गरेको छ । तर, अन्तराष्टिूय स्तरको ठेक्काका लागि आह्वान गरिएको एकिकृत सहरी विकास परियोजना अन्तरगतको जनकपुरको सडक तथा ढल निर्माणका लागि उनको कम्पनीको योग्यता नपुगेपछि जेडआईइसि÷ शर्मा जेभीले पाएको हो । त्यसपछि उक्त कम्पनीले बलराम महतोलाई आफ्नो कम्पनीको प्रतिनिधिको रुपमा पठाएको छ । जसमा उनको कम्पनी रमण कन्स्टूक्शनको नाम निसान पनि छैन । त्यसपछि उनले सोही परियोजनामा सव कन्टूेक्टरको रुपमा आफु र आफ्नो कम्पनीलाई मनोनयन गरि पाउ भनेर आवेदन दिएपछि उनलाई कन्सलटेन्ट टिम लिडर बद्रीनाथ झाले अस्वीकार गरेका थिए ।
४ अक्टुवर २०१६ मा टिम लिडर झाले एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादवलाई लेखेको पत्रमा के भनिएको छ भने ३ अक्टुवर २०१६ मा ठेक्केदार प्रतिनिधि बलराम महतोले टिम लिडर झालाई दुव्र्यवहार गर्नुका साथै परियोजनाका कामलाई समेत प्रतिकुल असर पारिरहेकोले त्यसतर्फ गम्भीरताका साथ ध्यान दिन अनुरोध गरिन्छ । त्यसपछि ५ अक्टुवर २०१६ मा परियोजना अधिकृत गंगा प्रसाद यादवले टिम लिडर झालाई दिएको जवाफ सहितको पत्रमा के भनिएको छ भने परियोजनाको निर्माण कार्यका लागि निर्माण कम्पनीका प्रतिनिधि बलराम महतो विरुद्ध कारवाही चाँडै अगाडी वढाईने छ ।

गुणस्तरहीन कामको विरोध गर्दै जनकपुरका यूवाहरु
मुरली चौकमा परियोजनाको काममा रोक लगाउँदै ।
१६ अक्टुवर २०१६ मा टिम लिडर झाले जेडआईइसि÷ शर्मा जेभीका आधिकारीक प्रतिनिधि सव कन्टेूक्टरको रुपमा रमन कन्स्टूक्शन कम्पनीलाई मनोनित गरी नियूक्त गर्न जेडआईइसि÷शर्मा जेभीले भनेको थियो । परियोजनाको कुल कामको ९५ प्रतिशत जिम्मेवारी रमन कन्स्टूक्सनलाई दिन भनिएको छ, अन्तर्राष्टिूय स्तरको ठेक्का भएका कारण उनलाई दिन सकिँदैन भनिएको छ । त्यसको कारणमा रमन कन्स्टूक्शनलाई आवश्यक पर्ने उपकरणहरु, जनशक्तिहरु, सामग्रीहरु ठेक्का स्वीकार गर्दा योग्यता तथा ती मापदण्डहरु हुनुपर्ने भन्ने शर्तमै ठेक्का जेडआईइसि÷ शर्मा जेभीलाई दिएको हो । तर, रमन कम्पनीसँग ती सबै कुराहरुको अभाव देखिन्छ । चालु कार्यको प्रगति पनि अत्यन्तै न्यून छ । ह्यूम पाईप उत्पादनका लागि आफ्नै कारखाना हुनुपर्ने, क्याम्पको स्थापना हुनुपर्ने आदि कुराहरु पनि नरहेकाले रमन कन्स्टूक्शनलाई उक्त परियोजनाको ९५ प्रतिशतको साझेदार बनाउन नसकिने झाद्वारा जेडआईइसि÷ शर्मा जेभीलाई लेखिएको पत्रमा उल्लेख छ ।
त्यसैगरी १६ अक्टुवरमै ठेक्केदार प्रतिनिधिको रुपमा रहेको बलराम महतोलाई कारवाही गरी उनलाई हटाएर उनको ठाउँमा अर्को उपयूक्त प्रतिनिधि पठाउनका लागि टिम लिडर झाले शर्मा जेभीलाई पत्राचार गरेको पाइन्छ । १७ अक्टुवर २०१६ मा परियोजनाका प्राजेक्ट म्यानेजर गंगा प्रसाद यादवले जेडआईइसि÷ शर्मा जेभीलाई पत्र लेखेर ठेक्केदार प्रतिनिधि बलराम महतोका कारण परियोजनाको कार्यमा प्रतिकुल असर परिरहेकोले प्रतिनिधिलाई हटाई अर्को प्रतिनिधि चयन गरी पठाउन भनिएको छ । तर, त्यसको ३ दिन पछि केही ठुलै चलखेल हुन्छ र २० अक्टुवर २०१६ मा परियोजनाका प्रोजेक्ट म्यानेजर जो ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउने कुरा गरिरहेका हुन्छन्, अचानक टिम लिडर झालाई नै हटाई अर्को टिम लिडर पठाउनु पर्छ भन्दै कन्सलटेन्ट कम्पनीलाई पत्राचार गर्छन् । यो कुरा किन पनि रहस्यपुर्ण छ भने अब गंगा प्रसाद यादवको के तर्क छ भने टिम लिडर बद्रीनाथ झाको काम गराईलाई लिएर स्थानीय माहौल नरहेको, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय जनता समेत उनको विपक्षमा रहेकोले टिम लिडर बद्रीनाथ झालाई हटाउनु पर्छ ।
बलराम महतोको बचाऊ गर्दै टिम लिडर झा हटाउन सिडिओको रहस्यमय चासो
२० अक्टुवर २०१६ अर्थात सोही दिन ४ कार्तिक २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले पनि स्वावजेभी डिएससी कन्सलटेन्टलाई पत्राचार गरी टिम लिडर बद्रीनाथ झालाई हटाउन भन्दै पत्राचार गरेको पाइयो । आयोजना संचालनको सम्बन्धमा केही महिना अगाडी देखि निर्माण व्यवसायी प्रतिनिधि र टिम लिडर बीचमा केही द्विविधाहरु देखिएको भन्दै दुई पक्ष बीच उत्पन्न मनोमालियले परियोजना निर्माणको कार्य सम्पन्न हुनमा ढिलाई हुने तर्क गरिएको छ । प्रजिअ चापागाईले लेखेको उक्त पत्रमा ठेक्केदार प्रतिनिधिको प्रशंसा गरिएको छ । हालसम्मको आयोजना निर्माणको अवस्था र विभिन्न समयमा भएका छलफल समिक्षाबाट समेत निर्माण व्यवसायी प्रतिनिधिको उपस्थिति र आयोजना समयमा नै सम्पन्न गर्न देखाएको तदारुक्ताको उच्च मुल्याङ्कन र प्रशंसा गर्नुपर्छ, प्रजिअ चापागाईद्वारा जारी पत्रमा लेखिएको छ । छलफलमा टिम लिडर झाले पेश गरेका बिचारधारणा र आयोजनालाई समयमा सम्पन्न गर्ने सम्बन्धमा देखाएको उदासिनतालाई यहाँको नागरिक समाज, राजनीतिक पार्टी, सरोकारबाला तथा प्रशासनले समेत अपेक्षित ठान्ने अवस्था देखिएन भन्दै  प्रजिअ चापागाईद्वारा लेखिएको पत्रमा के पनि भनिएको  छ भने यस नगरका नागरिकमा आयोजना छिटो सम्पन्न गरी चाँडो भन्दा चाँडो लाभ लिने तिब्र चाहना बढीरहेको सन्दर्भमा स्थानीय मुल्य मान्यता र एक अर्को प्रति हेर्ने दृष्टिकोण तथा व्यवहार समग्र अवस्थालाई विश्लेषण गर्दा हालको टिम लिडर राखिराख्न उपयूक्त हुने नदेखिएकोले हालका टिम लिडरलाई तत्काल अन्यत्रको जिम्मेवारी दिई अर्को टिम लिडरको व्यवस्था गरी आयोजनाको शिघ्र सम्पन्न गर्ने कार्यमा सहयोगका लागि अनुरोध गर्दछु ।
रोचक कुरा के छ भने यस अघिसम्म ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउनु पर्ने विषय कारवाहीको प्रक्रियामा अघि वढीरहेको बेला कन्सलटेन्टका प्रतिनिधि झालाई नै हटाउन जिल्लाको सिडिओले किन चासो लियो त ? गुणस्तरहीन काम गरि अनियमितता गरिरहेका ठेक्केदार प्रतिनिधि बलराम महतोको पक्षमा एउटा सिडिओले किन वकालत गर्यो ? स्थानीय वासीहरुका अनुसार ठेक्केदार प्रतिनिधि बलराम महतोले आर्थिक चलखेल गरी परियोजना म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई आफ्नो पक्षमा पार्न सफल भएको घटना क्रमहरुले पनि पुष्टि गर्छ ।
कन्सलटेन्टको जवाफ
कन्सलटेन्टका आधिकारिक प्रतिनिधि डा.श्याम कुमार मानन्धरले २० अक्टुवर २०१६ मै परियोजनाका म्यानेजर गंगा प्रसाद यादवलाई दिएको जवाफमा आफुहरुको टिम लिडर झाको कार्यबाट आफुहरु पुर्णतः संतुष्ट रहेको, झालाई हटाउन आवश्यक तथ्य र प्रमाणहरु नदिएको भन्दै बरु झालाई हटाउनुपर्ने कुनै ठोस आधार वा कारण रहेको छैन ।
उनलाई हटाउन यसरी दवाव दिए सम्झौता नै भंग गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चेतावनी पत्र मार्फत दिइएको छ ।
यसरी हेर्ने हो भने उक्त परियोजनाका सम्बन्धित पक्षहरु एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, निर्माण कम्पनीका ठेक्केदार प्रतिनिधि बलराम महतो र डिजाइन कन्सलटेन्ट तथा सुपरिवेक्षण कार्यका टिम लिडर बद्रीनाथ झा रहेका छन् । यसरी हेर्ने हो भने टिम लिडर झाले परियोजनाको कार्यमा अनियमितता हुन नदिनका लागि बेला मौकामा सदैव सचेष्ट गराउँदा गराउँदै पनि ठेक्केदार प्रतिनिधिले टेरपुच्छर नलगाएको पाइन्छ । त्यसैले उनलाई हटाउन सबै एकमत भएको पाइन्छ ।
माथि उल्लेख गरिएका कारणहरुले परियोजना प्रभावित भईरहेको अवस्थामा परियोजनाको कार्य समयमै र गुणस्तरयूक्त ढंगले सम्पन्न हुने कुरामा आशंका बढ्दै गएको पाइन्छ । अनियमितता भएको प्रष्ट प्रमाणहरु देखिए पनि दोषीलाई कारवाही नगर्ने हो भने भ्रष्टाचार र अनियमितता बढ्नुका साथै दण्डहिनता पनि बढ्दै जाने हुनाले स्थानीय राजनीतिक दल, नागरिक समाज,यूवा, विद्यार्थी तथा स्थानीय वासीले दवाव सिर्जना गर्नु आवश्यक छ ।


२०७३ पौष ०३ गते आईतबार

Tuesday, December 20, 2016

क्षमता १० हजार, तर कैदीबन्दी १८ हजार

१२ मंसिरमा जलेश्वर कारागारमा कैदीबन्दीहरु बीच झड्प भएपछि तैनाथ सुरक्षाकर्मीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पछिल्ला वर्षमा देशभर अपराधका घटनाको संख्या बढेपनि कारागार व्यवस्थापन र कारागारको क्षमता वृद्धिमा ध्यान नदिइँदा देशभरका कारागारको अवस्था विजोग भएको छ  । अपराधका घटना र प्रवृत्ति बढेसँगै कैदी बन्दीको संख्या दोब्बर पुग्दा समेत दशकौं पुराना कारागारमा कैदीलाई कोचेर राख्ने गरिएको छ  ।
त्यसैमाथि मुलुकका विभिन्न कारागारमा भएका श्रृङ्खलाबद्ध घटनाले कारागार सुरक्षामा प्रश्नचिह्न खडा गरेको छ  । यसको पछिल्लो उदाहारण हो ( महोत्तरीस्थित जलेश्वर कारागार  । गएको मंसिर १२ गते जलेश्वर कारागारभित्र कैदीहरूबीच झडप हुँदा २२ जना कैदी घाइते भए  ।
उक्त घटना भएको दिन आईतबार विहान ११ बजे तिर भाई नाईके कारी साह र ३ महिना पहिले मात्र काठमाण्डौबाट जलेश्वर कारागार स्थानान्तरण गरिएका कैदीबन्दी संतोष पंडित बिच कुटाकुट भएपछि दुई पक्ष बीच झडप भएको थियो । झडपमा परेर भाई नाईके साह र कैदीबन्दी पंडित सहित मोहम्मद अलि इलकियात, संजय बमजन, दिनेश भुजेल, रमेश कुमार दास, श्याम देव पासमान, सुरेन्द्र प्रसाद सिंह गम्भीर घाईते भएका थिए । कारागार भित्रै करिब १ घण्टा जति कैदीबन्दीहरु बीच झडप भएको थियो । झड्प भए लगत्तै नेपाली सेना र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी इन्सपेक्टर रविन्द्र खनालको नेतृत्वमा पुगेको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो ।
३ महिना पहिले बालक हत्याको आरोपमा पक्राउ परेका पंडित जलेश्वर कारागारमा आए लगत्तै मुल नाईके श्रीनारायण महतो निकट भाई नाईके र पंडित पक्षका कैदीबन्दी बीच विवाद हुँदै आएको थियो । पंडितले ३ महिना पहिले आफ्नो लागि टेलिभिजन मगाएका थिए । तर, मुलनाईके श्रीनारायण महतो पक्षका भाई नाईके नसिव अन्सारीले टिभी खोसेर मुलनाईकेले मात्र हेर्न पाउने भनेपछि दुवै पक्ष बीच विवाद सुरु भएको थियो । पंडितले पटक पटक टिभी फिर्ता माग्दै आएका थिए । टिभी फिर्ता गर्न आग्रह गरेपनि नमानेपछि झड्प भएको थियो । मुल नाईके महतो र उनी निकट भाई नाईकेहरुले आफ्नो निर्देशन नमान्ने कैदीबन्दीहरुलाई पहिला पनि कोठा भित्र थुनेर कुटपिट गर्ने गरेको पंडितको आरोप छ । यसका अतिरिक्त मुल नाईके महतोले कैदी बन्दीलाई खानलाउन समेत समस्या उत्पन्न गर्ने गरेको पंडितको आरोप छ ।
कारागारभित्र भएका पछिल्लो सात वर्षका सात घटना
२०७३ मंसिर १२ गते, महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच झडप हुँदा २२ जना घाइते  । २०६९ पुस २५ गते बुधवार, मध्यराति सिन्धुली कारागारभित्रै कैदीबन्दीहरूबीच कुटाकुट भयो  । कुटपिटबाट कैदी नीरज देवकोटाको मृत्यु भयो  । घटनामा परी अन्य सातजना कैदी घाइते भए  । २०६९ कार्तिक, प्रहरीको आँखैअगाडि करीब ८० फीट लामो सुरुङ खनेर कुख्यात अपराधीको जत्था पूर्वाञ्चल क्षेत्रीय कारागारबाट फरार  । २०६८ साल मंसिर २० गते, चितवन कारागारभित्र झडप भयो, झडपमा परी घाइते भएका चारमध्ये एकजनाको मृत्यु भयो  । २०६८ साल मंसिर १४ गते, मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा झडप हुँदा १२ जना घाइते भए  । २०६७ साल फागुन २६ गते देशकै सर्वा्धिक सुरक्षित मानिने केन्द्रीय कारागारमै गोली चल्यो, गोली लागि सञ्चार उद्यमी युनुस अन्सारी घाइते भए  ।  २०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागारभित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भयो  । (स्रोत ( प्रहरी प्रधान कार्यालय)
यसबाहेक पनि कैदीहरूबीचको झगडा, सुरक्षाकर्मीको आँखा छलेर भाग्ने लगायतका थुप्रै घटना भएका छन्  । साथसाथै कर्मचारी र सुरक्षाकर्मीसँगको मिलेमतोमा कैदी फरार हुने जस्ता समाचार त सामान्य नै बनेका छन्  । कतिपय जेलमा थुनिएका कुख्यात अपराधीले जेलभित्रैबाट आफ्नो अपराधको दुनियाँ चलाइरहेको समेत खुल्ने गरेको छ  । यो कुरा प्रहरी प्रवक्ता हेमन्त मल्ल पनि स्वीकार्छन्  । कारागारको क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता लगाएका कारण यस्ता घटना दोहोरिएको प्रहरी प्रवक्ता मल्ल बताउँछन्  ।
कारागार क्षमता १० हजार, तर कैदी १८ हजार
कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका ७२ जिल्लामा ७४ वटा कारागार छन्  । धनुषा, भक्तपुर र बारा जिल्लामा त अहिलेसम्म कारागार नै छैनन्  । काठमाडौं र दाङमा दुई दुईवटा कारागार छन्  । देशभरका सबै कारागारमा कैदी क्षमता जम्मा १० हजार छ  । तर अहिले झण्डै १८ हजारको संख्यामा कैदीबन्दी छन्  ।
अहिले सबैभन्दा बढी कैदीबन्दीको चाप काठमाडौंस्थित केन्द्रीय कारगारमा छ  । १५ सय क्षमताको भौतिक पूर्वाधार रहेको कारागारमा २ हजार ५ सय ८० जना कैदीबन्दी छन्  । त्यस्तै सुनसरीस्थित झुम्का कारागारमा केही पूर्वाधार विकास भएपनि कैदीबन्दीको चाप उस्तै छ  । दुई सय २५ को भौतिक क्षमता रहेको झापा कारागारमा दुई गुणा बढी कैदीबन्दी छन्  । १३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा ३७४ कैदीबन्दी छन्  । विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार अहिले कैदीबन्दीको चाप देशभरका ७४ ओटै कारागारमा छ  । विभागको तथ्याङ्क अनुसार ६ वर्षयता प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी थपिइरहेका छन्  ।
कुन आर्थिक वर्षमा कति कैदीबन्दी ?
आर्थिक वर्ष २०६९ र २०७० – ११ हजार , आर्थिक वर्ष २०७० र ०७१ – १३ हजार र चालु आर्थिक वर्ष – १७ हजार ९ सय ६६ जना । (स्रोत ः कारागार व्यवस्थापन विभाग)
भूकम्पका कारण अहिले नुवाकोट, महोत्तरी, खोटाङका कारागार त्रिपालमुनि छन्  । बर्खाको समयमा धनकुटा, ताप्लेजुङ र खोटाङ कारागारमा कैदीबन्दी छाता ओडेर सुत्न बाध्य छन्  ।
कारागार क्षमता बढाउने योजना कछुवाको गतिमा
अहिले कारागार व्यवस्थापन विभाग, शहरी विकास मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नयाू कारागार निर्माणको काम थालेका छन्  । अपराधको प्रकृति हेरर छुट्टा(छुट्टै राख्ने व्यवस्थासहित २६ जिल्लामा कारागार बनाउने प्रक्रिया थालिएको छ  । नयाू कारागार बनेपछि समस्या समाधान हुने दाबी गर्छ कारागार व्यवस्थापन विभाग  । तर क्षमता विस्तारको कामले भने गति लिन सकेको छैन  ।
समस्याको निकास के त ?
अहिले देशभरका कारागारालाई क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ  । प्रहरी प्रवक्ता मल्ल भन्छन् ( ‘कारागारको दुरवस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो  ।’ तर यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापरवाही भएको छैन चाहिँ भन्न मिल्दैन  । हुनपनि घटना श्रृङ्खलाबद्ध रूपमा भएको छ, सुरक्षामा कमजोरी भएको पनि सबैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अब सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तैपनि समस्या भने बढिरहेको छ  । यस विषयमा अनुसन्धान गरी चाूडोभन्दा चाूडो समस्याको निकास खोज्नुपर्छ  ।
कैदीबन्दीको वार्षिक खर्च मात्रै ६० करोड बढी
कैदीबन्दीको संख्या बढेसँगै उनीहरूको खानपान, लुगाफाटो औषधि उपचार लगायतमा राज्यको खर्च समेत बढेको छ  । सरकारले कैदीबन्दीलाई दैनिक ४५ रुपैयाू र ७ सय ग्राम चामल उपलब्ध गराउूदै आएको छ  । यसमा मात्र राज्यको वार्षिक ६० करोड हाराहारी खर्च हुँदै आएको छ  । आर्थिक वर्ष २०७२र७३ सरकारको ५९ करोड १९ लाख ९१ हजार खर्च भएको थियो  । चालू आर्थिक वर्षको ४ महिनाभित्रमा ५९ करोड ६३ लाख २८ हजार खर्च भइसकेको कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्की बताउँछन्  ।

२०७३ पौष ०३ गते आईतबार

सिके राउतका समर्थकहरु उच्च अदालतको आदेशबाट रिहा

रिहा भएपछि डा.सिके राउतले जुस खुवाएर
 आफ्नो समर्थकको अनशन तोडाउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गत मंसीर २१मा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना बंदीहरुलाई जनकपुर उच्च अदालतको आदेशमा धनुषा प्रहरीले  बुधबार रिहा गरेको छ । मंसीर २३ गते बिहीबार बंदीहरुको तर्फबाट जनकपुर उच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा  बुधबार अदालतले कैदीहरुलाई छोडने फैसला सुनाएको थियो ।
जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुलाई विनाकारण पक्राऊ गरी हिरासतमा राखेकोमा धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यको चौतर्फी निन्दा भएको थियो । हङकङ स्थित एशियन ह्युमन राइट्स कमिशनले समेत सो विषयमा आफ्नो रिपोर्ट जारी गरी विरोध गरेको थियो । सामाजिक कार्य गर्दा समेत पक्राऊ गरेको विरोधमा गत बिहीवारदेखि नै संजय कुमार यादव र उपेन्द्र रोहिता अनशनमा बसेका थिए, भने मंसीर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका थिए । प्रहरी हिरासतबाट मुक्त भए पछि डा. सी. के. राउतको हातबाट उनीहरुले अनशन स्थगित गरेका छन् ।
गत मंसीर २१ का दिन विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा  रामशंकर महासेठ, संजय स्वराजी, रामप्रताप मण्डल, अभिमन्यु कुमार महतो, मोबारक हुसेन, विश्वनाथ चौधरी,  विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव, धिरज कुमार यादव,  विष्णु स्वराजी,  फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव, मनोज स्वराजी र  विवेक कर्णलाई धनुषा प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरीलाई अपशव्द प्रयोग गरेको कारण पक्राउ ः धनुषा एसपी
 २१ गतेका दिन जानकी मन्दिरको परिसर भित्र रामशंकर महासेठ समेत १७ जनाको समुहमा भई हो हल्ला गरिरहेको अवस्थामा प्रहरी टोली गई निजहरुलाई सम्झाई बुझार्य गदै त्यस्ता उत्श्रृङखल कार्य नगर्न भनेकोमा उल्टै प्रहरी टोलीलाई अपशव्द प्रयोग गरी गालीगलौच तथा अभद्र व्यवहार गरेको हुँदा निजहरु १७ जनालाई पक्राउ गरी प्रतिवेदन साथ केही सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरी पहिलो पटक ६ दिनको लागि म्याद अनुमति लिई उक्त म्याद भित्र बयान लिने कार्य समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले उच्च अदालतमा बुझाएको लिखित जवाफमा उल्लेख छ ।
जानकी मन्दिर जस्तो देशको मुख्य तिर्थ स्थलको महिमा बोकेको स्थान, प्राचिन स्मारकहरु भएको ठाउँ, पुरातत्व सम्बन्धि ऐतिहासिक वा कलात्मक बस्तुहरुले सज्जित स्थलमा विभिन्न ठाउँहरुबाट दर्शनको लागि आउने दर्शनालुहरुलाई मन्दिर दर्शन गर्न जाने पुर्व मुल गेटमा यी पक्राउ प्रतिवादीहरु हो हल्ला गरी अनावश्यक हर्कत देखाई बाधा अडचन खडा गर्दै शान्ति अवस्थालाई खलल पुर्याउने काम गरेको, डर त्रासको बातावरण सिर्जना गरेको हुँदा प्रहरी टोली सो स्थानमा पुगी निज प्रतिवादीहरुलाई सो कार्य नगर्न आग्रह गर्दा समेत उल्टै अपशव्द प्रयोग गरी गालीगलौच गर्दै दुव्र्यवहार गर्दै राष्टू सेवकलाई आफ्नो कर्तव्य पालन गर्नमा बाधा पुर्याएको, सरसफाई गर्न सो स्थानमा गएको भन्ने भनाई बनावटी र कपोलकल्पित रहेको धनुषाका प्रहरी उपरीक्षक आचार्यद्वारा उच्च अदालत जनकपुरमा प्रस्तुत गरिएको लिखित जवाफमा उल्लेख छ ।


२०७३ पौष ०३ गते आईतबार

Tuesday, December 13, 2016

सिके राउतको बढ्दो सक्रियता

जनकपुरमा पछिल्लो समयमा विभिन्न
समयमा सिके राउतका समर्थकहरु 
विरोध प्रदर्शन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालको भुगोल भित्र अधिकार, पहिचान, स्वायत्तता सहितको समग्र मधेसमा दुई प्रदेशको माग राखि संसदमा रहेका मधेस केन्द्रित राजनीतिक दलहरुको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधानमा संशोधन हुनुपर्ने अडानमा रहेका छन् । तर, सरकारले दर्ता गरेको संशोधन विधेयकमा त्यसो नभएपछि मधेसी मोर्चाहरुले विधेयकलाई यथास्थितिमा स्वीकार नगर्ने बताईरहेका छन् । आफुहरु अहिले पनि शान्तिपुर्ण आन्दोलनमै रहेको र आफ्नो माग पुरा नभए सशक्त आन्दोलन गर्ने बताईरहेका छन् ।तर, सिके राउत भने यही बेला विभिन्न अवसरहरु पारेर तराई मधेसमा सक्रियता हवातै  बढाएको पाइन्छ । खास गरेर मधेसका यूवाहरुको आकर्षण पनि राउत र राउतको  मुद्दा प्रति  वढ्दै  गएको छ ।
नेपालको भुगोलबाट तराई मधेसका भुभागलाई अलग गरी छुट्टै देश बनाउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनको सक्रियता पनि मधेसमा बढेको पाइन्छ । सिके राउतको  अगुवाईमा गठबन्धनले मधेसमा पछिल्लो समयमा आफ्नो अभियानलाई झन् तिब्रता दिन थालेको छ ।
१० मंसिर २०७३ मा गठबन्धनका कार्यकर्ताहरुले मधेसभरी प्रदर्शन गरे । रंगभेद विरोध दिवस भन्दै जनकपुरमा गठबन्धनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले तिनीहरुलाई नियन्त्रणमा लिएका थिए । जनकपुरको बारह विघा मैदानबाट सिके राउतका कार्यकर्ताहरुलाई र शिव चौकबाट गठबन्धनका संयोजक राउतलाई पनि धनुषा प्रहरीले गिरफ्तार गरेको थियो । ३२ जनालाई पक्राउ गरेका धनुषा प्रहरीले सोही दिन साँझ रिहा गरेको थियो । सिके राउत भन्छन,“ आफुमाथि राज्यद्वारा लगाइएको राज्य विप्लवको मुद्दामा देशको सबैभन्दा उच्च निकायको रुपमा रहेको सम्मानित सर्बोच्च अदालतले सफाई दिईसकेको छ । अभिव्यक्ति स्वतन्त्रतता हुँदा हुँदै पनि त्यो दिन जनकपुरको शिव चौकमा आफुलाई बोल्न दिइएन । रंगभेद विरोध दिवसको रुपमा कालो दिवस समेत मनाउने छुट छैन, यो देशमा । जब अदालतले प्रतिबन्ध गरेको छैन भने धनुषा प्रहरीले आफुहरुमाथि प्रतिबन्ध लगाएर कानुनको खिल्ली उडाएको छ ।”
१९ मंसिर २०७३ मा जनकपुरको ऐतिहासिक पहिचान बोकेको रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा आएका तिर्थालु भक्तजनहरुलाई गठबन्धनका कार्यकर्ताहरुले पानी खुवाउन लागेको बेला पनि प्रहरीले तिनीहरुलाई रोकेको थियो । अतिथीलाई पानी खुवाईरहेका गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले पक्राउ गरेर लगेको थियो । फेरी सोही दिन साँझ उनीहरुलाई रिहा पनि गरिएको थियो । सिके राउत भन्छन,“ यो देशमा नागरिकले आफ्नो अतिथिहरुलाई सत्कार गर्न पनि प्रतिबन्ध लगाइएको छ । यो मधेसी नागरिक माथिको ठुलो दमन हो ।”

सामाजिक कार्यहरुमा सक्रिय भईरहेका छन् ।
२१ मंसिरमा जनकपुरको जानकी मन्दिरको फोहरमैला सफ ागर्न लागेका गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले रोकेको थियो । मन्दिरमा सरसफाई गर्न पाइन्न, बाहिर गएर सरसफाई गर भनेर प्रहरीले भनेपछि गठबन्धनका समर्थकहरु सडकमा आएर सरसफाई गर्न थाल्दा करिब २ दर्जन जति समर्थकहरुलाई धनुषा प्रहरीले पक्राउ गरि लगेको थियो । पक्राऊ पर्नेहरुमा स्वतन्त्र मधेश गठबन्धनका रामशंकर महासेठ,संजय स्वराजी,रामप्रताप मण्डल,अभिमन्यु कुमार महतो,मोबारक हुसेन,विश्वनाथ चौधरी, विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव,धिरज कुमार यादव, विष्णु स्वराज, फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव,मनोज स्वराज र विवेक कर्ण रहेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोद्वारा जारी गरिएको विज्ञप्तीमा “जनकपुरमा समपन्न भएको भव्य विवाहपञ्चमी मेला पश्चात् भएको फोहोरमैलालाई सर(सफाई गर्ने कार्यक्रम गरिरहेका अवस्थामा जानकी मन्दिर गेट नजीकैबाट गिरफ्तार गरिएका स्वतन्त्र मधेश गठबन्धनका १७ कार्यकर्ताहरु अझै पनि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै यातनापूर्ण अवस्थामा राखिएको छ  । मीडियामा प्रहरी प्रवक्ता मनोज कुमार यादवद्वारा प्राप्त जानकारी अनुसार उनीहरुमाथि स्थानीय प्रशासनले सार्वजनिक मुद्दाको कार्वाही अगाडी बढाइएको छ, तर खुलेर भेटघाट गर्न नदिएको कारणले विस्तृत जानकारी उपलब्ध हुन सकेको छैन । मधेशमा चलिरहेको शीतलहरका कारणले अत्यन्त जाडोको अवस्थामा पनि उनीहरुलाई पर्याप्त कपडा विना नै राखिएको छ ।”, उल्लेख छ ।
ती ३ दिनको घटनामा साझा कुरा के थियो भने गठबन्धनका समर्थकहरुले ‘मै मधेसी हुँ’, ‘मै स्वराजी हुँ’, मुझे चाहिए स्वराज, मै हुँ सिके राउत लगायतका शव्दहरु लेखिएको टोपी लगाएका थिए । सिके राउत भन्छन,“ मधेसी हुँ भन्नु वा स्वराजी हुँ भन्नु वा सिके राउत हुँ भन्ने शव्द लेखिएको टोपी लगाउन मिल्दैन भनेर यो देशको संविधानले त प्रतिबन्ध लगाएको छैन भने, सर्बोच्च अदालतले त प्रतिबन्ध लगाएको छैन भने यो देशको प्रहरीलाई प्रतिबन्ध लगाउन अधिकार कसलाई दिएको छ ? सर्बोच्च अदालतमा मधेस स्वराज, झण्डा, नक्सा आदि विषयमा समेत बहस भईसकेर त्यो गैरकानुनी वा गैरसंवैधानिक काम नभएको ठहर भईसकेको अवस्थामा प्रहरीले प्रतिबन्ध लगाउनु भनेको प्रहरीहरुद्वारा मधेसी नागरिक माथि दमन गर्नु हो । यस्तो दमनको हामी शान्तिपुर्वक विरोध गरिरहन्छौं ।”
व्रिटिश दुतावास अगाडी प्रदर्शन

२३ मंसिरमा काठमाण्डौ स्थित व्रिटिश दुतावास 
अगाडी सिके राउत समर्थकहरुको प्रदर्शन।
यता अंग्रेजहरुद्वारा २ लाख रुपैयाँको सट्टामा मधेशलाई नेपालमा गाभेको ठीक २०० वर्ष पुगेको अवसरमा डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले काठमाडौंस्थित ब्रिटिस दुतावास अगाडि प्रदर्शन गरेका छन् । ‘१८१६ दिसम्बर ८ तारीखको बेलायत(नेपाल सन्धी खारेज गर’, ‘मधेशको भूभाग फिर्ता गर’ जस्ता नारासहित गठबन्धनका कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।
गठबन्धनका कार्यकर्ताहरुले २३ मंसिरका दिन दूताबास अगाडि प्रदर्शन गर्नुका साथै बेलायती प्रधानमन्त्री र कमनवेल्थ मिनिस्टर सहित राजदूतलाई ज्ञापन पत्र पनि बुझाएका छन् । सो ज्ञापनपत्रमा १८१६ दिसम्बर ८ तारीखमा २ लाख रुपयाको सट्टामा मधेशलाई नेपालको राजालाई हस्तान्तण गर्दा मधेशीको सहमति न लिएको तथा सो संधी अनुसार “मधेश नेपालमा गाभिए पछि नेपालको तर्फबाट मधेशीहरुमाथि कुनै विभेद वा दमन नहुनु पर्ने” शर्ततः पालन नभएको हुँदा सो संधी स्वतस् खारेज हुने र मधेश स्वतन्त्र हुने कुराको दाबी गरिएको छ। मधेशमा अंग्रेजको शासन कुनै समयमा रहेको हुँदा तथा मधेशबाट कर र राजस्व अंग्रेजले सीधै उठाएको हुँदा ’कमनवेल्थ नेशन्स’ भित्र मधेशलाई पनि स्थान दिनु पर्ने र त्यसवापत पाइने अनुदान, सहयोग र छात्रवृत्तिलगायतका सुविधाहरु मधेशीलाई पनि उपलब्ध हुनुपर्ने कुराको माग समेत गरिएको छ । स्वतन्त्र मधेशका लागि जनमत संग्रहका लागि पहल गरिदिनु हुनका लागि समेत वेलायती प्रधानमन्त्री समक्ष सो ज्ञापन(पत्र मार्फत् आग्रह गरिएको छ ।
सन् १८१६ डिसेम्बर ८ तारिखमा भएको बेलायत(नेपाल संधीका आधारमा अंग्रेजले कोसीदेखि पश्चिम र राप्तीभन्दा पूर्वको भागलाई दुई लाख रुपैयाँको बदलामा नेपालको राजालाई दिएको थियो । त्यसरी मधेशलाई भोगचलन गर्नका लागि नेपाललाई दिँदा कुनै निश्चित् समय अवधीका लागि मात्रै दिएको हुन सक्ने आँकलन रहेको छ, र सो समयावधी सम्बन्धि दस्तावेज मधेशको भूभाग गुमाउनु पर्ने डरले नेपाल सरकारले गायब गरेको हुनसक्ने अनुमान गरिन्छ ।
रंगभेद विरोध दिवस’ भएको दमन बारेमा गठबन्धनले बुझायो ज्ञापनपत्र

विवाहपञ्चमीको अवसरमा जनकपुर आएका 
तिर्थालुहरुलाई पानी खुवाउँदै सिकेराउतका समर्थकहरु ।
डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले गत मंसिर १० गते ‘रंगभेद विरोध दिवस’ मनाउने क्रममा भएको प्रहरी दमनबारे राष्टिूय मानव अधिकार आयोगमा १४ मंसिरमा ज्ञापनपत्र बुझाएको छ  ।
गठबन्धनले गरेको शान्तिपूर्ण जुलुसमा भएको प्रहरी दमनमा मानव अधिकारवादी संस्था आयोगले बेवास्ता गरेको भन्दै आक्रोश पोख्दै ज्ञापनमा ‘ मानवअधिकारको रक्षाको लागि कुनै ठोस पहलकदमी न गर्नु आफैंमा खेदजनक रहेको छ । सो वेवास्ता गर्ने क्रम आयोगले जारी राखेमा आयोगका कार्यालयहरु अगाडि पहिलो चरणको कार्यक्रम स्वरुप हामी शांतिपूर्ण धर्ना दिन बाध्य हुनेछौं, भन्ने कुरा दुस्खका साथ हामी जानकारी गराउन चाहन्छौं  ।’ चेतावनीसमेत दिएको छ  । आयोगका अध्यक्ष अनुपराज शर्मालाई गठबन्धनका कार्यकर्ताहरुले ज्ञापन बुझाएको थियो ।
ज्ञापन पत्रको विवरण जस्ताको तस्तै ः
नेपाल सरकारद्वारा हाम्रो संगठनको शांतिपूर्ण गतिविधिहरुमाथि भइराखेको दमन तथा मानव अधिकार उल्लंघनका विषयमा यहाँको ध्यानाकर्षण गराउन चाहन्छु  ।
गत शुक्रवार मधेशका विभिन्न जिल्लामा डा. सी. के. राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुले शान्तिपूर्ण रुपमा मनाउन लागेको रंगभेद विरोध दिवसको क्रममा नेपाल प्रहरीले २०० भन्दा बढी समर्थकहरुलाई अत्यधिक बल प्रयोग गरी लाठी चार्ज गर्दै गिरफ्तार गरेका थिए । सो क्रममा जनकपुरबाट डा. सि.के.राउत सहित ३२ जना, नेपालगंजबाट ५५ जना, नवलपरासीबाट १९ जना, रुपन्देहीबाट ७०जना, कपिलवस्तुबाट ७ जना, रौतहटबाट करीब ५० जना, मोरङ्गबाट ११ जना, झापाबाट ७ जना र पर्साबाट १३ जनालाई गिरफ्तार गरिएको थियो । धनुषा, रुपन्देही र बाँकेमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करीब पाँच दर्जन कार्यकर्ताहरू घाइते भएका थिए भने प्रहरीले झण्डा, ब्यानर सहितका प्रदर्शन सामग्रीहरु समेत खोसेर लगेका थिए  ।
प्रदर्शनकारीहरुले ‘रंगभेदको अंत गर’, ‘जनमतसंग्रह घोषणा होस् ( मधेश देश स्वतंत्र होस’, ‘औपनिवेशिक शासन अंत गर’, ‘मधेश देश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए ।
रुपन्देही र बाँके जिल्ला बाहेकमा गिरफ्तार गरिएकाहरुलाई सोही दिन सांझ १० बजे सम्ममा छाडिएको थियो ।
रुपन्देहीमा हिरासतमा लिइएकालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुना कक्षमा राखिएको थियो  । त्यहाँ गैर(मधेशी थुनुवाहरुलाई प्रयोग गरी प्रहरीले उनीहरुलाई थप कुटपीट गर्न लगाएको थियो । प्रहरी नायव उपरीक्षक बेल वहादुर पाण्डेले कैदीहरुलाई कुटपीट गर्न आदेश दिनुका साथै ूयदि तिमीहरु स्वतन्त्र मधेशको माग गर्छौ भने गोली हानी ज्यान मार्नेू धम्की समेत दिएका थिए । त्यहाँ अन्य मुद्दामा (लागु औषध) मुद्दामा पक्राउ परेका कैदीहरुलाई प्रयोग गरी कुटपिट गरिएको थियो । प्रहरी नायव उपरिक्षकको कुटाईवाट वर्ष ३० को धर्मेन्द्र गुप्ताको अनुहारमा घाऊ भएको छ  । प्रहरीले दिएको यातनाको कारणले २८ जना घाइते भएका छन् । तिनीहरुलाई २४ घंटा भन्दा बढी समय हिरासतमा राखेर शनिवार बेलुका मात्रै रिहा गरिएको थियो ।
बाँके जिल्लामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १६ जना कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी ूइन्डीयन देशी, नेपाललाई विभाजन गर्ने कुरा गर्छस्, सबैको नागरिकता खारिज गरी दिनेू भन्दै नाम थाहा नभएको प्रहरी हवल्दारले बाँसको र प्लास्टीकको पाईपले पीटेर यातना दिएका थिए । पक्राउ परेकाहरु मध्ये अब्दुल खान (प्रवक्ता), इरफान शेख, राजेन्द्र पासवान, हरपाल सिहं, राममनोहर यादव लगायतलाई बढी यातना दिएको कारणले हिँडडुल गर्न समेत कठिनाई रहेको छ । बाँके जिल्लाका एसपी टेक बहादुर राईले त्यहाँ थुनामा रहेका अन्य बन्दीहरुलाई समेतलाई लगाएर कुटपीट गर्न र यातना दिन लगाइएको थियो । त्यहाँ पक्राउ गरिएका सबै जनालाई ४८ घंटा भन्दा बढी समयसम्म हिरासतमा राखी मंसीर १२ गते आइतबार बेलुकाको ५ वजे रिहा मात्रै रिहा गरिएको थियो । रिहा पश्चात् चरम यातना भोगेकाहरु स्थानीय भेरी अस्पतालमा उपचार्थ भर्ती थिए र आज मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै ’रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने निर्णय गरेको थियो  । यस भन्दा अघिल्लो वर्ष पनि सो दिवस मनाइएको थियो, जसमा लगभग १५० जनाले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए ।
शांतिपूर्ण रुपले ‘रंगभेद विरोध दिवस’ मनाउँदा समेत नेपाल सरकार र प्रहरीद्वारा गरिएको यस दमनको गठबन्धन घोर(भर्त्सना गर्दछ र नेपाल मानवअधिकार आयोगलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गर्दछ । हामी माथि नेपाल सरकारद्वारा भइराखेका यस किसिमका गैरकानूनी तथा गैरसंवैधानिक दमनका बारेमा सम्मानीय नेपाल मानवअधिकार आयोगलाई बारम्बार ध्यानाकर्षण गराउँदा र ज्ञापन(पत्र (जस्तै यस भन्दा अगाडि २०७२ साल चैत्र १८ मा विस्तृत ज्ञापन(पत्र) दिँदा समेत आयोगले बारम्बार वेवास्ता गर्नु, एउटा वक्तव्य समेत जारी नगर्नु र संविधान प्रदत्त हाम्रो मानवअधिकारको रक्षाको लागि कुनै ठोस पहलकदमी न गर्नु आफैंमा खेदजनक रहेको छ । सो वेवास्ता गर्ने क्रम आयोगले जारी राखेमा आयोगका कार्यालयहरु अगाडि पहिलो चरणको कार्यक्रम स्वरुप हामी शांतिपूर्ण धर्ना दिन बाध्य हुनेछौं, भन्ने कुरा दुःखका साथ हामी जानकारी गराउन चाहन्छौं ।
संविधान संशोधन प्रति मोर्चाको असंतुष्टि
नेपालमा जारी गरिएको संविधान प्रति असंतुष्ट हुँदै संविधान संशोधनको माग राखि आन्दोलनमा ओर्लिएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा संघीय गठबन्धनमा समाहित भई अहिले एक किसिमले सत्ता पक्ष बनेको छ । कांग्रेस र माओवादीसँग तीन बुँदे सम्झौता गरेको गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निर्वाचित गरेसँगै संविधान जारी भएको बेला देखि प्रतिपक्षमा रहेको मधेसी मोर्चा विना कुनै उपलब्धी सत्ता पक्ष बन्न पुगेको हो । मधेसी मोर्चा तथा संघीय गठबन्धनसँग औपचारिक÷अनौपचारिक संवादमा रहेको सरकार पक्षले १४ मंसिरमा मन्त्री परिषदको बैठकबाट संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्ने प्रस्ताव पारित गरी संसदको सचिवालयमा दर्ता गराएपछि उत्पन्न भएको राजनीतिक गतिरोध झन झन पेचिलो हुँदै गएको छ । सरकारले दर्ता गरेको संशोधन विधेयकलाई लिएर मधेसी मोर्चा÷संघीय गठबन्धनका नेताहरुले प्रष्ट रुपमा जनाउ दिइसकेको छ कि यथास्थितिमा संशोधन विधेयक स्वीकार गरिन्न । विधेयकमा परिमार्जन गरी मोर्चा तथा गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको माग सहितको प्रस्ताव ल्याए मात्र स्वीकार गर्न सकिने मधेसी मोर्चाका नेताहरुले बताईरहेका छन् । तर, कतिपय राजनीति बुझ्नेहरुको बुझाईमा मोर्चाको यो विरोध भनेको सांकेतिक विरोध मात्र हो । संशोधन विधेयक दर्ता गराउने प्रक्रियामा इगेज्ड रहेका मानव अधिकारकर्मी तथा कानुन व्यवसायी दिपेन्द्र झाका अनुसार सरकारले दर्ता गरेको संशोधन विधेयक मोर्चाको सहमति मै ल्याएको हो । तत्काल मोर्चाका सबै मागहरु पुरा नहुने भएपनि आंशिक रुपमा उपलब्धीलाई संस्थागत गर्दै एजेण्डालाई जिवित राख्नका लागि आलोचनात्मक समर्थन गर्ने दाउ मोर्चाको रहेको छ ।
मोर्चा एक्सपायर्ड मेडिसिन ः सिके राउत
 सिके राउतका अनुसार संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको मधेस आन्दोलनमा ठुलो मानविय क्षति भएपनि उपलब्धी संस्थागत गराउन नसक्नुमा मोर्चाको टारगेट नै गलत भएको टिप्पणी गरेका छन् । आन्दोलन सुरु गर्नुभन्दा अगाडी मोर्चाका नेताहरुले मधेस प्रदेश नभए मधेस देशनै बनाउने, आफ्नो संविधान आफै बनाउने जस्ता नाराहरु घनकाएपनि अन्ततः मोर्चाले सत्ता सामु घुँडा टेकिदिएको उनको विश्लेषण छ । महन्थ ठाकुरले अब नभए मधेस नै अलग हुन सक्छ भन्ने कुरा राष्टूपति निवासमा राजनीतिक दलहरु सामु दिएको अभिव्यक्ति प्रति राउत भन्छन,“ यो कुरा सकारात्मक रहेपनि हामीहरु सचेत छौं । किनभने मोर्चाका नेताहरु आफैले निर्णय नगरेर अरुबाट परिचालित छन् । आन्दोलनताका व्यवस्थापिका संसदबाट राजीनामा गरिसकेका सदभावनाका सांसदहरु प्रधानमन्त्रीको निर्वाचनमा प्रत्यासी सुशिल कोइरालालाई भोट हाल्न गएको कुराबाट पनि के पुष्टि हुन्छ भने उनीहरु आफ्नो निर्णयमा अडिग रहन सक्दैनन् ।
सैद्धान्तिक रुपमा नै मोर्चा र आफुहरुको बाटो र लक्ष्य अलग रहेको बताउँदै सिके राउतले द एक्सक्लुसिभसँगको कुराकानीमा के बताएका छन् भने मोर्चाको मान्यता के रहेको छ भने औपनिवेशिक समस्याको समाधान संघीयताद्वारा हुनेछ भने आफुहरु स्वतन्त्र देश नै समस्याको समाधान रहेको पक्षमा छौं । उदाहरणको लागि अन्तरिम संविधानमा दिइएको अधिकार जसरी अहिले जारी गरिएको संविधानमा खोसियो ठिक त्यसैगरी एक मधेस प्रदेशबाट दुई प्रदेशसम्म पुगिसकेको मोर्चाको माग भएपनि मधेसलाई ६ टुक्रामा विभाजन गरिएको छ । र, पछि त्यो प्रदेश पनि जुन सुकै बेला शासक बर्गले खोस्न सक्ने राउतको टिप्पणी छ । मोर्चा अब मधेसको समस्याका लागि एक्सपायर्ड मेडिसिन भईसकेको छ । मोर्चाले मधेसको समस्या समाधान गर्नै नसक्ने राउतको ठहर छ । अहिले भएको आन्दोलनमा ६० जना जतिको सहादत भएको छ, हजारौं मानिसहरु माथि मुद्दा लगाइएको छ, कैयौं जेलमा बन्द भएका छन्, हजारौं घाइते भएका छन्, कैयौं विस्थापित हुन पुगेको छ तर त्यसको उपलब्धी के, राउत मोर्चासँग प्रश्न गर्छन् । बरु आफुहरुको शान्तिपुर्ण आन्दोलनमा कुनै मानविय क्षति नभएको, कार्यकर्ताहरुमाथि राज्यले मुद्दा लगाएपनि टिक्न नसकेको, आफुहरुले गर्ने आन्दोलनमा जनताले साथ दिए ६ महिनामा नै समाधान निस्कने उनको ठहर छ ।

सिके राउतको विभिन्न समयको गतिविधि
२०७१ भाद्र २८ गते, शनिबार
मोरंगको रंगेली नजिक आमतोलामा आदिवासी संथालहरूको सांस्कृतिक छातामेलालाई प्रमुख अतिथिको रूपमा संबोधन गरेर फर्किने बेलामा राती ७स्३० बजे बाटोबाटै अपहरणकारी शैलीमा डेढ दर्जन प्रहरीद्वारा बिना पक्राऊ पूर्जी गिरफ्तार ।
भाद्र ३१ गते, मंगलबार
जि. प्र. का. मोरंगमा बयान ।
असोज २ गते, बिहीबार
काठमाडौं आगमन, विशेष अदालतमा उपस्थित गराइयो ।
असोज ३ गते, शुक्रबार
सर्वोच्च अदालतमा उपस्थित ।
असोज ५ गते, आइतबार
सर्वोच्च अदालतमा उपस्थित र हिरासतमा शारीरिक र मानसिक यातना दिएको र अभिव्यक्ति स्वतन्त्रता हनन भएको कुरालाई लिएर आमरण अनशन शुरु ।
असोज ८ गते, बुधबार
सर्वोच्चमा बन्दी(प्रत्यक्षिकरण रिट खारेज, डा. राउतद्वारा सर्वोच्चमा मन्तव्यः जनता भनेको सबैभन्दा ठूलो हो, सार्वभौमसत्ता जनतामा निहित रहेको छ, जनताले निर्णय गर्ने अधिकार पाउनु पर्छ, मधेशको मुद्दामा जनमत संग्रह हुनुपर्छ ।
असोज १५ गते, बुधबार
नेपाल सरकारसँग वार्ता, अभिव्यक्ति स्वतन्त्रताको लागि सरकारद्वारा लिखित प्रतिबद्धता जाहेर, ४८ घंटा भित्र हिरासतमुक्त गर्ने आश्वासन, अनशन तोडेको ।
असोज २२ गते, बुधबार
नेपाल सरकारद्वारा विशेष अदालतमा राज्य(विप्लवको मुद्दा दायर, जन्मकैदको माग ।
असोज २८ गते, मंगलबार
विशेष अदालत द्वारा ५०,००० धरौटमा डा. राउतलाई रिहागर्न आदेश, डा. राउतद्वारा धरौटी दिन अस्वीकार,  डिल्लीबजार जेल चलान
मधेश(भरिमा जनधरौटी दिन जनताद्वारा ‘१ रूपैयाँ संकलन अभियान’, १ लाख ७२ हजार रूपैयाँ संकलित हस्ताक्षर अभियान ।
भाईटीकामा ‘एक पान ( डा. सी. के. राउत के नामू अभियान  ।
छठपर्वमा ‘डा. सी. के. राउत के नामपर प्रार्थना’ आयोजना ।
मंसीर ८ गते, सोमबार
जनमतलाई कदर गर्दै जेलबाट जन(धरौटीमा रिहा ।
मंसीर १० गते, बुधबार
काठमाडौंको खुलामंचमा घोषित आमसभा गर्ने क्रममा डा. राउत लगायत ४०० जति मधेशीहरू पक्राऊस धरपकडमा व्यापक रंगभेद देखिएकोस डा. राउत सहित १२ जनालाई महाराजगंज प्रहरी तालिम केन्द्रमा राखियो ।
मंसीर १२ गते, शुक्रबार
हिरासतबाट रिहा ।
मंसीर १६ गते, मंगलबार
जनकपुर आमसभा, प्रहरी हस्तक्षेप, स्टेज बिथोलियो, मंदिर प्रांगनमा कार्यक्रम गर्न दिइएन, सडकमैं शान्तिपूर्ण कार्यक्रम सम्पन्न ।
मंसीर १७ गते, बुधबार
विशेष अदालतमा पेशी, काठमाडौं ।
मंसीर १८ गते, बिहीबार
सप्तरी राजबिराजमा आमसभामा सिके राउतद्वारा संबोधन ।
मंसीर १९ गते, शुक्रबार
बारा सिमरौनगढमा आमसभामा सिके राउतद्वारा सम्बोधन ।
पुस ४ गते, शुक्रबार
नवलपरासीको परासीबजारमा सभालाई सम्बोधन ।
पुस ७ गते, सोमबार
रूपन्देहीको पडरिया बजारमा आमसभालाई सम्बोधन, सभापछि स्थानीय स्कूलमा वृक्षारोपन कार्यक्रम ।
पुस ८ गते, मंगलबार
कपिलवस्तु तौलिहवामा आमसभा, हजारौंलाई सम्बोधन ।
पुस १३ गते, आइतबार
महोत्तरी जलेश्वरको आमसभामा जानलाग्दा पिपराबाटै उठाइयो, झडपमा कैयन घाइते, महिलामाथि दुर्व्यवहार, राती ७ ः०० बजे तिर हिरासतमुक्त, नगर(परिक्रमा तथा शुभचिंतकलाई सम्बोधन ।
पुस १४ गते, सोमबार
जलेश्वरमा पुनः आयोजित सभाको क्रममा विहानै देखि धरपकड़, डा. राउत लगायत १९ जना प्रहरी हिरासतमा, हिरासतमा डा. राउतको कठालो समाती अरूबाट अलग्याई राती ७स्३० बजे तिर अज्ञात स्थल तिर लगियो, पछि राजविराजको घरमा लगेर छोडिएको ।
पुस १६ गते, बुधबार
नेपालगंजमा पुस २१ गते कार्यक्रम आयोजना गर्न तैयारी गर्ने क्रममा अब्दुल खान र इरफान शेख पक्राऊ, उनीहरूमाथि सार्वजनिक मुद्दा दायर, उनीहरुद्वारा भूख हडताल, पछि पुस २२ गते धरौटीमा रिहा ।
पुस १९ गते, शनिबार
विराटनगरको सभाको क्रममा १८ गते नै ४ जना गिरफ्तार, १९ गते डा. राउतलाई सभास्थलबाटै उठाइयो, प्रहरी दमनमा डा. राउतको खुट्टामा चोट, बायाँ हातको औंलाबाट रगत, अतिपीडा हुँदा पनि उहाँलाई मेडिकल चेकअप लैजान अस्वीकार, थप ६ जना गिरफ्तारस राती ९स्३० बजे छोडे पछि उपचारका लागि डा. राउत विराटनगर जान खोज्दा समेत रोक, धरान अस्पतालमा भर्ना, दाहिने खुट्टामा ब्यान्डेज गर्नु परेकोस ३ जना माथि सार्वजनिक मुद्दा दायर, तिनीहरू पौष २७ गते मात्र धरौटीमा रिहा ।
पुस २४ गते, विहीबार
पर्सा वीरगंजको माईस्थानमा गर्न खोजिएको सभामा प्रहरी द्वारा अनेकौं गालीगलौंज, रंगभेदी व्यवहार, स्टेज बिथोलियो, अनेकौं राउन्ड अश्रुग्याँस फायर, खुट्टा ब्यान्डेज रहेको अवस्थामा बैशाखीमै संबोधन गर्न पुगेका डा. राउतलाई बल प्रयोग गरेर गिरफ्तार, बारा पिलुवाको सशस्त्र क्याम्पमा राखियो, राती १२स्०० बजे सप्तरी राजविराजमा लगेर छोडियो, प्रहरी दमनमा कैयन घायल र प्रहरी हिरासतमा, २ जना माथि सार्वजनिक मुद्दा दायर ।
पुस २५ गते, शुक्रबार
नेपाल सरकार र प्रहरीको दमनको प्रत्युत्तरमा डा. राउतद्वारा ’फूल आन्दोलन’ शुरु ।
पुस २७ गते, आइतबार
विशेष अदालतमा पेशी, काठमाडौंस साक्षी बयान पछि पुस २८ गते फाल्गुन १० गतेको लागि अर्को पेशी दिइएको ।
माघ ५ गते,  सोमबार
बलिदानी दिवसको अवसरमा सहिदहरुलाई श्रद्धाञ्जली दिन गएका दर्जनौं कार्यकर्ताहरुलाई पक्राउ गरी मुद्दा दायर ।
फागुन १० गते,  आइतबार
विशेष अदालतमा डा. राउतको पेशी ।
चैत ८ गते, आइतबार
अदालतमा पेशी ।
चैत १९ गते, बिहीबार
सप्तबरी जिल्लाको पडेमारामा भएको आगजनी निरिक्षण, कटैयामा सामाजिक कार्यक्रममा सहभागी, राती ११ः३० बजे कोशीको बैरजबाट विराटनगर जान खोज्दा डा. सी. के. राउत गिरफ्तार ।
चैत २१ गते, शनिबार
झापाको राजगढ़मा आमसभा स्थलबाट गिरफ्तार, डा. राउतमाथि सशस्त्र प्रहरीको आक्रमणले टाउको र पाखुरामा चोट लागेर घाइते, जम्मा ६१ जना गिरफ्तार, १८ जना घाइते ।
चैत २२ गते, आइतबार
मधेशीहरूमाथि दमन भएको विरोधमा विराटनगरमा कालो पट्टी बाँधेर शान्तिपूर्ण रुपमा रैली निकाल्न लागेको बेला मोरंग प्रहरीद्वारा ८ जना गिरफ्तारस डा. संजय साह, डा. परमेश्वर मुर्मु, अन्जय मिश्रा, छोटेलाल सोरेन र सरोज शर्मा माथि सार्वजनिक मुद्दा दायर । हिरासत मैं अनसन । तिनीहरूलाई धरौटीमा बैशाख ४ र ६ गते मात्रै छाडिएको थियो ।
चैत २३ गते, सोमबार
विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम जारी ।
२०७२ बैशाख ८ गते, मंगलबार
विशेष अदालतमा डा. राउतको राज्य(विप्लवको मुद्दामा बहस, बाँकी बहसका लागि बैशाख १० गतेको पेशी ।
बैशाख १० गते, बिहीबार
विशेष अदालतद्वारा डा. राउतको पक्षमा राज्य(विप्लवको मुद्दामा फैसला ।
बैशाख २९, मंगलबार
डा. सी. के. राउतको अपीलमा नेपालको महाभूकम्प पीडितको राहतका लागि १ दिने आमउपवास र अन्नदान कार्यक्रम मधेशका विभिन्न जिल्लामा सम्पन्न ।
जेठ १२ गते, मंगलबार
सुन्सरी इटहरीको एरिना टेलिविजनमा अन्तर्वार्ता दिने क्रममा मंगलबार डा. सी. के. राउतलाई मिडिया हाउसबाटै पक्राऊ,  प्रहरी कार्यालय अगाडी नाराबाजीस डा. राउतको विरोधमा सोही दिन सांझ सप्तारीको भारदह, नवलपरासीको परासी बजार, मोरंगको विराटनगरमा विरोध प्रदर्शन, विरोध प्रदर्शनको क्रम जनकपुर, जलेश्वरमा १४ गते सम्म जारी ।


विवाहपञ्चमीको अवसरमा जनकपुर आएका
तिर्थालुहरुलाई पानी खुवाउँदै सिकेराउतका समर्थकहरु ।र त्यसपछि तिनीहरुलाई गिरफ्तार गरी लग्दै धनुषा प्रहरी ।
विवाहपञ्चमी सम्पन्न भएपछि जानकी मन्दिरको फोहर सफा गर्दै सिके राउतका समर्थकहरु र त्यसपछि प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गर्दै ।

२०७३ मंसिर २६ गते आईतबार

Monday, December 12, 2016

यस कारण सिके राउतले राज्य विप्लव मुद्दामा पाए सफाई

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउत भनिने चन्द्रकान्त राउतलाई सर्बोच्च अदालतले ३ माघ २०७२ मा राज्य विरुद्धको अपराध (राज्य विप्लव) मुद्दामा सफाई दिएको थियो । २८ भदौ २०७१ मा मोरंगको सोराभाग गाविस वडा नं. ३ स्थित कर्सियामा मोरंग प्रहरीले सिके राउतलाई पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाएको थियो । नेपाल राष्टूलाई टुक्रयाएर अलग मधेस राष्टू बनाउन लागेको भन्दै मोरंग प्रहरीले विशेष अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको थियो । १० बैशाख २०७२ मा विशेष अदालतका न्यायाधीशहरु मोहन रमन भट्टराई, पवन कुमार शर्मा र महेश प्रसाद पुडासैनीको इजलासबाट ५० हजार रुपैयाँ धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरिएको थियो । तर, तत्काल राउतले उक्त धरौटी नबुझाएपनि ८ मंसिर २०७१ मा तारेखमा बसेका थिए ।


पछि ३ माघ २०७२ मा सर्बोच्च अदालतका न्यायाधीशद्वय बैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयूक्त इजलासबाट राउतलाई सफाई दिइएको थियो । सर्बोच्च अदालतले राउतलाई सफाई दिँदा गरेको फैसलामा के भनिएको छ भने प्रतिवादीले जवर्जस्ती मानिसहरु भेलाजम्मा गराई डर त्रास देखाई आतंकित बनाएको तथा शान्ति सुरक्षामा खलल पार्न कार्य गरेको भन्ने देखिँैन । प्रतिवादीले यस ठाउँमा यस्तो बल प्रयोग गरी शान्ति अमनचयन भंग गरी अशान्ति मच्चाएको वा हुलदंगा गरी शान्ति र व्यवस्थामा खलल पु¥याई अव्यवथा उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । साथै प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशिल विष्फोटक पदार्थ, प्रज्वलशील तथा मधेसलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै बस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दावी बमोजिम कसुरदार ठहर गर्न मिल्ने देखिएन ।
सर्बोच्च अदालतको फैसलाको पुर्ण पाठ ः
विशेष अदालत ऐन २०५९ को दफा १७ अनुसार यस अदालत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यस प्रकारको छ ः

जिल्ला मोरंग सोराभाग गाविस वडा नं. ३ स्थित पुर्व रंगेली तर्फ जाने सडक, पश्चिम कर्सियातर्फ जाने सडक, उत्तर भलुवा राजाको मन्दिर र दक्षिण शिवगिरीको बाँस झ्याङ्ग यति चारकिला भित्र जिल्ला सप्तरी महादेवा ७ बस्ने चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरुलाईभेला जम्मा गरी गराई डरत्रास फैलाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने, शान्ति सुरक्षामा खलल पुर्याउने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो । निजले साथमा बोकेको टप पावर लेखिएको कालो झण्डा भित्र मधेस स्वराज डा.सिके राउत लेखिएको किताव थान १, स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्र लेखिएको गौतम बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताव थान १, विर मधेसी डा.सिके राउत लेखिएको किताव थान १, अंग्रेजीमा मधेस तराई लेखिएको प्रोफाइल किताव थान १, कालो डायरीमा तन मन धन विद्या बचन समेत लेखिएको डायरी थान १, अंग्रेजीमा सोनी एचडी समेत लेखिएको भिडियो क्यामरा थान १, अंग्रेजीमा पानासोनिक लुमिक्स समेत लेखिएको क्यामरा थान १, कार्डरिडर थान १, ६४ एडी तथा १६ एमबी लेखिएको मेमोरिकार्ड थान २ समेतका सामानहरु फेला परेकोले बरामद भएको भन्ने घटना स्थल तथा खान तलासी बरामदी मुचुल्का ।

२८ भदौ २०७१, दिनको १७ः३० बजेको समयमा जिल्ला सप्तरी महादेवा गाविस वडा नं. ७ बस्ने स्वेताम्बर राउतको छोरा बर्ष ३६ को चन्द्रकान्त राउतले जिल्ला मोरंग सोराभाग गाविस वडा नं. ३ कर्सियामा सर्वसाधारण मानिसहरुलाई जवरजस्ती भेला जम्मा गरी आतंकित बनाई सामाजिक सदभाव भडकाउने कार्य गरिरहेको भन्ने जानकारी प्राप्त भयो । तत्पश्चात मेरो कमाण्डमा उक्त स्थानमा खटिईजाँदा निज चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरुलाई भेला जम्मा गरी डरत्रास देखाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने, शान्ति सुरक्षामा खलल पार्ने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजमा नियन्त्रणमा लिई निजको शरीर खानतलासी गर्दा माथि उल्लेख गरिएका सामग्रीहरु बरामद सहित निज चन्द्रकान्त राउतलाई पक्राउ गरी दाखिला गरेको छु । कानुन बमोजिम कारवाही गरी पाऊ भन्ने समेत बेहोराको प्रहरी नायव निरीक्षक राजेश दत्तको २८ भदौ २०७१ को प्रतिवेदन ।

२८ भदौमा पक्राउ गरी आएका चन्द्रकान्त राउतको साथबाट बरामद भई आएका किताव लगायतका सामग्रीहरु अध्ययन गर्दा निजले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्टिूय एकतामा खलल पारी नेपाल राष्टूलाई छुट्टै मधेस राष्टू बनाउने भनी प्रस्तावित झण्डा र राष्टिूय गान समेत तयार गरी नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्टिूय एकतामा खलल पार्ने नियतले अस्तव्यस्त बनाउने कार्य गरी राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ अन्तरगत कसुर गरेको पाइएकोले निजबाट बरामद भई आएका किताव लगायतका सामग्रीहरुलाई प्रमाणमा लगाई सोही ऐन बमोजिम कारवाही गरी पाउ भन्ने समेत व्यहोराको प्रनानी राजेश दत्तको ३१ भदौ २०७१ को प्रतिवेदन ।

स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्रमा लेखिएको गौतमबुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो कितावको पेज नं. २ र ३ मा “स्वतन्त्र मधेस के प्रस्तावित झण्डा और राष्टू गान” शिर्षक दिई मधेस राष्टूको छुट्टै झण्डा तयार गरी नेपाल राष्टू र मधेस राष्टू छुट्टा छुट्टै देखिने् गरी सिमाङ्कन गरिएको र मधेस राष्टूको राष्टिूय गान निम्नानुसार तयार गरिएको पाइएको ।
कोशी, कमला, गण्डक काली, जनक सीता बुद्ध धारी । अनन्त उर्वर मधेस जय । सहस्र तलाव सरस मृणाली सुलभ समृद्ध सतत हरियाली । मनोरम महान मधेस जय । परित्राता परिपालक प्रभावशाली । अजित अधिप आभा भारी । मेधावी महारथी मधेस जय । जय जय जय मधेस जय । जय जय जय मधेस जय ।

सोही घोषणापत्रको अन्तिम पेजमा स्वतन्त्र मधेस गठबन्धन(एआईएम) की माँगे शीर्षकमा निम्नानुसार लेखिएको पाइएको ।
१.मधेसको सार्वभौम सम्पन्न देश घोषणा की जय । नेपाली उपनिवेशको अन्त हो ।
२. मधेसी राजनैतिक पार्टिया और नागरिक समाजको मिलाकर अबिलम्ब अन्तिरिम मधेस  और मधेस सरकारका गठन किया जाए, जो मेधसमे अगामी निर्वाचन कराने और संविधान बनानेका काम करेगी ।
३. मधेससे नेपाली राजके शासन संयन्त्र और प्रशासकको वापस लिया जाए । उसपर मधेस सरकार अपना शासन संयन्त्र और प्रशासक रखेगी ।
४. मधेस से नेपाल सरकार सम्पुर्ण कर और राजश्व वसुली अबिलम्ब बन्द करे । वह काम मधेस सरकार करेगी ।
५. मधेसके साधन, स्रोत, जल, जमिन और जंगल परसे नेपाल सरकारका आधिपत्य हटायाजाय ।
६. मधेस से नेपाल प्रहरी और सशस्त्र प्रहरी हटाकर मधेसीओको चुनकर मधेस प्रहरीका अबिलम्ब गठन किया जाए ।
७. मधेस से सम्पुर्ण नेपाली सेना हटाकर मधेसी सेनाका अबिलम्ब गठन किया जाए ।
८. मधेसीयो से हरण कि गई जमिनको वापस किया जाए और मधेस सरकारके मातहतमे रखा जाए ।
९. मधेस मे संयूक्त राष्टू संघ लगायत विश्वके राष्टूोके प्रतिनिधि रखनेके लिए आवश्यक प्रक्रियाको आगे बढाया जाए ।

प्रतिवादी चन्द्रकान्त राउतले लेखेको बरामद भई आएको मधेस स्वराज नामक कितावको पेज नम्बर ४० मा ‘नेपाल र मधेसलाई छु्ट्याएर अलग राष्टू देखिने गरी सिमाङ्कन गरिएको पाइएको’ । सोही कितावको तत्काल योजना शिर्षकको पेज नं. १८० मा ‘आप याद रखिए हमारे पाँच चरण “पाँच स” १.संजीवन, यानी प्रचार प्रसार करके लोगोमे जागृति पैदा करना, २. संगठन, यानी अपनी जगहोपर संगठन बनाना ।३. सम्बद्र्धन, यानी बिचार प्रचार विस्तार, विकास, विप्लव, तयारी और विशेष सम्बन्ध (५वि) । ४. संघर्ष, यानी महा आन्दोलन । ५. संरक्षण, यानी संयूक्त राष्टू संघमे दर्ता । कुटनैतिक नियोग खोलने÷खोलवाने लगायतके काम’ भनी राष्टू विप्लबको तयारी समेत लेखिएको पाइएको ।

बरामदी मुचुल्कामा उल्लेखित सामान मेरा हुन । बरामदी मुचुल्कामा भएको सहि छाप मेरो हो । मैले नेपालको दशगज्जा देखिा उत्तर, पुर्व मेची देखि पश्चिम महाकाली र उत्तरमा चुरे पर्वत सम्मको भुभागलाई नेपाल राष्टूबाट अलग्याएर छुट्टै मधेस राष्टूको स्थापना गर्न स्वतन्त्र मधेस गठबन्धनको पुस्तक तयार गरेको हुँ । मैले उठाएको स्वराज मधेसको समस्याको समाधानको उपाय भनेको मधेसलाई नेपाल राष्टूबाट नेपालको तराई भुभागलाई टुक्रयाएर छुट्टै मधेस राष्टूको स्थापना गर्नु हो । मधेस राष्टूको लागि माग गरेको भुभाग भारतको दशगज्जा देखि उत्तर चुरे पर्वत सम्मको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको भुभाग हो । त्यसको लागि मैले तराईको विभिन्न १३ वटा जिल्लामा कार्यक्रम गरिसकेको छु । नेपाललाई टुक्रयाएर मधेस राष्टू बनाउने गठबन्धनको नेतृत्व मैले गरेको छु  भन्ने समेत वेहोराको प्रतिवादी डा. चन्द्रकान्त राउतले मौकामा गरेको बयान ।

प्रतिवादी चन्द्रकान्त राउतलाई मैले चिनेको थिएन । करिब डेढ बर्ष पहिला निज चन्द्रकान्त राउत भन्ने मानिस मैले संचालन गरेको विराटनगर १२ स्थित निलकण्ठ प्रिन्टिङ प्रेसमा आई आफुले साथमा ल्याएका ५÷७ वटा कितावहरु देखाई यी कितावहरु धेरै प्रति छपाउनु पर्ने छ । मेरो प्रेसमा मल्टिकलर मेसिन नभएकाले छपाउन सकिँदैन भनेपछि निजले किताव छपाईदिनु भनि कर गर्दा केही बेर डिस्कस पनि भएको थियो । निज त्यहाँबाट गएका हुन । निजले उक्त किताव के कहाँ छपाए मलाई थाहा भएन । निजलाई सोध्दा आफु मधेसवादी राजनीति गर्ने व्यक्ति हुँ भन्थे । पछि आएर डा.सिके राउतले लेखेका कितावहरु हेर्दा निजले नेपाललाई टुक्रयाएर छुट्टै मधेस राष्टू बनाउने, नेपाल राष्टूको सार्वभौमसत्ता र अखण्डतामा खलल पार्ने जस्ता कार्य गरी राज्य विरुद्धको अपराध कसुर गरेको थाहा भएको हुँदा निज उपर कानुन बमोजिम कारवाही होस भन्ने समेत वेहोराको देवेन्द्र बहादुर बस्नेतको कागज ।

प्रतिवादी डा.चन्द्रकान्त राउतको वेवसाइट सिके राउत डटकममा चिन र मधेसको बीचमा नेपाल तथा नेपाल र भारतको बीचमा मधेस राष्टू देखिने गरी सिमाङ्कन गरी मधेसको राष्टिूय झण्डा र राष्टिूय गान तयार गरी राखेको र मधेस राष्टूको भाषा, क्षेत्रफल तथा जनसंख्या समेत उल्लेख गरेको पाइएको ।

२८ भदौ २०७१ मा मोरंग सोराभाग ३ स्थित कर्सियामा चन्द्रकान्त राउत आएर कार्यक्रम गर्ने र निज अमेरिकामा बैज्ञानिकको काम गरेका मानिस हुन भन्ने हल्ला भएपछि हामीहरु उक्त स्थानमा गई कार्यक्रम हेरेर बसेका थियौं । निजले मधेसको बारेमा बोल्दा मधेस अंग्रेजले नेपाललाई उपहार दिएको हो । मधेस नेपालको नभई मधेसीहरुको हो । अब मधेसलाई नेपालबाट छुट्याएर छुट्टै राष्टू बनाउने कार्यमा म लागेको छु । मैले नेपालबाट तराई भागलाई छुट्याएर मधेस राष्टू बनाउनको लागि नेतृत्व गर्दै आएको छु । त्यसको लागि मैले किताव तथा घोषणा पत्र लेखि छपाएको छु । त्यसमा नेपाल र मधेस राष्टू छुट्टा छुट्टै बनाई सिमाङ्कन गरेको छु । मधेस राष्टिूय गान समेत तयार पारेको छु । अब नेपाली सेना, प्रहरी र कर्मचारीहरुलाई मधेसबाट हटाएर मधेसको लागि छुट्टै सेना, प्रहरी तथा प्रशासकिय कर्मचारीहरु नियूक्त हुन्छन् । मधेसका जनताहरुबाट नयाँ सरकार गठन गरी त्यस सरकारले मधेस राष्टूको संविधान बनाउँछ । मधेस राष्टूले संयूक्त राष्टू संघमा आफ्नो अस्तित्व र मधेस राष्टूको पहिचान सहित नेतृत् वगर्ने छ भनी अभिव्यक्ति दिएको थिए । निजका लेख रचना पर्चा र अभिव्यक्ति समेतबाट प्रतिवादी डा.चन्द्रकान्त राउतले नेपालको सार्वभौमसत्ता, राष्टिूय अखण्डतामा खलल पार्ने कार्य गरी राष्टू विप्लबको अपराध कसुर गरेका हुन भन्ने एकै मिलान बेहोराको बुझिएका डिल्लीराम डांगी र नेत्रबहादुर भट्टराईको कागज ।

माथि विवेचित तथ्य र प्रमाणहरुबाट प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतले मधेसलाई नेपाल राष्टूबाट टुक्रयाएर छुट्टै मधेस राष्टू बनाउने उद्देश्य साथ मधेस राष्टूको छुट्टै झण्डा, राष्टिूय गान, नेपाल तथा मधेसलाई छुट्टा छुट्टै देश बनाउने नक्सा समेत तयार गरेको र मधेसलाई नेपालबाट छुट्याउनु पर्छ भन्ने अभिव्यक्ति दिई सो अनुरुप लेख, रचना तथा किताव छपाएका छन् । यसबाट नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पारी अव्यवस्था उत्पन्न गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतको उक्त कार्य राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६को दफा ३ को ३(१) नम्बरको कसुर गरेको हुँदा प्रतिवादी राउतलाई सोही ऐन बमोजिम साजय गरी पाउ भन्ने प्रतिवादी उपरको अभियोग दावी ।

म सन् २००९ देखि २०११ सम्म अमेरिकाको म्याजाचुसेट्स राज्यको क्यामकिज सहर स्थित विविएन टेक्नोलोजीज नामक रिसर्च अर्गेनाईजेशनमा बैज्ञानिकको रुपमा कार्य गरेको थिएँ । त्यसका साथै लगभग २००९ देखि नै ‘इजोत’ अभियान मार्फत नेपालमा सामाजिक कार्य गर्दै आएको छु । इजोत अभियान मुलुक भरमा कम्प्यूटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्य सम्बन्धि चेतना मुलक कार्यहरु नेपालको पिछडिएको भाग तथा तराई क्षेत्रमा संचालन गर्दै आएको छु । मधेसको सिमाङ्कन नेपाल भित्र वा बाहिर भएपनि गर्न सकिन्छ । त्यसैले छुट्टै राष्टूको अर्थ दिनुपर्छ भन्ने छैन । स्वतन्त्र मधेस गठबन्धन एउटा अनौपचारिक समुह हो । जसले मधेसको हक र अधिकारको विषयमा कुरा उठाउने सोच लिएको छ । राष्टिूय गान र झण्डा कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ । सोही अनुसार यो मधेस क्षेत्रको लागि हो, राष्टू टुक्रयाउने कुरा होइन । राष्टिूय एकता र समृद्धिको कुरो हो । म मिति २८ भदौ २०७१ मा मोरंग जिल्लाको सोराभाग भन्ने ठाउँमा संथाल जातीले आयोजना गरेको छाता मेलाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गएको थिएँ । त्यस ठाउँमा मैले आफ्नो बिचार कुनै कसैको सदभाव विथोलिने गरी राखेको होइन भन्ने समेत बेहोराको प्रतिवादी चन्द्रकिशोर राउतले विशेष अदालत काठमाण्डौमा गरेको बयान ।

प्रतिवादीले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेतापनि अदालतमा इन्कारी बयान गरेका छन् । अदालतमा बयान गर्दा मैले दावी अनुरुपका मानिसहरु जम्मा गराएको होइन । संथाल जातीको इतिहास र संस्कृतिको बारेमा मात्र बोलेको हो । कसैलाई डर त्रास देखाउने वा शान्ति भंग गर्ने कार्य गरेको छैन । मिसिल संलग्न कागजातहरुबाट प्रतिवादीले दावी अनुरुपको राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को भावना र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ को उपधारा (३) (क)ले प्रत्याभुत गरेको अभिव्यक्तिको स्वतन्त्रताको महत्वलाई समेत मध्य नजर राखि राष्टू विप्लवको यर्थाथ स्थिति समेतलाई दृष्टिगत गर्दा यी प्रतिवादीलाई आरोपित कसुरमा थुनामा राख्नुपर्ने सम्मको अवस्था विद्यमान नदेखिएको हुँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाल यी प्रतिवादीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम रु. ५० हजार धरौटी माग गरिएको छ । सो बरावरको नगद धरौट वा जेथा जमानत दिए लिई तारेखमा राख्नु र सो दिन नसके अ.बं. १२१ नम्बर बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नुभनी विशेष अदालतबाट २८ असोज २०७१ मा भएको आदेश ।

प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतसँग विशेष अदालतले रु. ५० हजार धरौट माग भएकोमा सो धरौट निजले ८ मंसिर २०७१ मा बुझाई तारेखमा बसेको ।

अनुसन्धानको क्रममा गरिएको कागजको बेहोरा मैले भने बमोजिम लेखिएको ठीक साँचो हो भन्ने समेत बेहोराको वादीका साक्षी एकराज बस्नेत, मोहमद गुडु डिल्लीराम घिमिरे राकेश देव ढुण्डीराज न्यौपाने, शान्ताराम कार्की र प्रतिवेदक राकेश दत्त समेतको वकपत्र मिसिल सामेल रहेको ।

सन्थाल जातीको छाता मेलामा यी प्रतिवादी प्रमुख अतिथिको रुपमा गएको र सन्थाल जातिको बारेमा भाषण गरेका थिए । नेपाल टुक्राउने, भाषण गरेका थिएनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षीहरु देवेन्द्र प्रसाद वैश्य, चन्दनकुमार सिंह, सत्यनारायण खंग डा.परमेश्वर मुरभु समेतको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीबाट बरामद भएको भनिएका सामानहरुमा घोषणा पत्र केही पुस्तक, क्यामेरा, मेमोरी कार्ड र कार्ड रिडर जस्ता विधुतीय सामग्रीहरु रहेको देखिन्छ । उक्त पुस्तक र घोषणा पत्रमा उल्लिखत कुराका सम्बन्धमा प्रतिवादीले अदालतमा बयान गर्दा स्वतन्त्र मधेस गठबन्धन एआईएम एउटा अनौपचारिक समुह हो । जसले मधेसको हक अधिकारको विषयमा कुरा उठाउँछ । राष्टिूय गान र झण्डा कुनै प्रदेश क्षेत्रको पनि हुन सक्छ । राष्टू टुक्राउने कुरा होइन राष्टिूय सम्वृद्धिको कुरा हो । छुट्टै राज्य स्थापनाको कुरा होइन । जनताको शासनको कुरा हो भनी आरोपित कसुरमा इन्कारी बयान गरेको देखिन्छ । प्रतिवादीले यस ठाउँमा यस प्रकारको अशान्त, अव्यवस्था उत्पन्न गराएको तथ्य मिसिल संलग्न रहेको नदेखिँदा सिके राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुर गरेको तथ्य पुष्टि भएको देखिएन । प्रतिवादी सिके राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने विशेष अदालत काठमाण्डौको १० बैशाख २०७२ मा फैसला ।
विशेष अदालत काठमाण्डौको उक्त फैसलामा चित्त बुझेन प्रतिवादीले मोरंको कर्सियामा २८ भादौ २०७१ मा सर्वसाधारण नागरिक भेलाजम्मा गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतामा प्रत्यक्ष प्रभाव पार्ने भाषण गरेको आरोपमा पक्राउ परेका हुन । निजबाट बरामद भएका सामग्रीहरुबाट नेपाल राज्यलाई विखण्डन गरी तराईको भुभागलाई टुक्रयाएर मधेस राष्टू बनाउने उद्देश्यले झण्डा राष्टिूय गान छुट्टै बनाउने उल्लेख गरेका छन् । प्रतिवादीबाट बरामद भएको कितावमा मधेस सार्वभौम सम्पन्न देश घोषणा हो । जाय जस्ता कुराहरु लेखिएका छन् । प्रतिवादीले अदालतमा आरोपित कसुर अपराधमा इन्कारी बयान गरेको आधारमा मात्र प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिन मिल्दैन । प्रतिवादीले राज्य विरुद्धको अपराध गरेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विषेश अदालतको त्रुटिपुर्ण फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको  पुनरावेदनपत्र ।

नियमबमोजिम पेशी सूचिमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधीवक्ताको कार्यालयका विद्वान सहन्यायाधीवक्ता श्री गीताप्रसाद तिम्सिनाले प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतले मेधसलाई नेपालबाट टुक्रयाउने उद्देश्य लिई मधेसको छुट्टै झण्डा छुट्टै राष्टिूय गान तयार गरी मधेसलाई संयूक्त राष्टूसंघको सदस्य बनाउन लागी परेका छन् । मधेसलाई नेपालबाट टुक्रयाउनु पर्छ भनी अभिव्यक्ति दिई सो अनुरुपको लेख रचना र किताव छपाई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पारी देशमा अव्यवस्था उत्पन्न गरेको मिसिल संलग्न प्रमाणहरुले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विशेष अदालत काठमाण्डौको त्रुटिपुर्ण फैसला उल्टी गर्न प्रत्यर्थी झिकाई पाऊँ भनी बहस गर्नु गयो ।
विद्वान सहन्यायाधीवक्ताको उपर्यूक्त बमोजिमको बहस सुनि विशेष अदालत काठमाण्डौको फैसला मिलेको छ छैन, पुनरावेदन जिकिर पुग्न सकेको हो, होइन सो सम्बन्धमा इन्साफ   गर्नुपर्ने देखियो ।

इन्साफतर्फ विचार गर्दा प्रतिवादीले मोरंगको कर्सियामा मानिस जवर्जस्ती जम्मा भेला गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा प्रत्यक्ष आघात पार्ने गरी भाषण गरेको र मधेसलाई नेपालबाट टुक्राउने लेख, रचना, किताव प्रकाशित गरी मधेसका छुट्टै झण्डा, राष्टिूय गान बनाउने अभिव्यक्ति दिएका छन् । प्रतिवादीबाट बरामद भएका सामग्रीहरुबाट मधेस सार्वभौम देश घोषणा हो जाय भन्ने जस्ता कुराहरु उल्लेख भएको भेटिएबाट प्रतिवादीले देश टुक्राउने कार्य गरी राज्य विरुद्धको अपराध गरेको पुष्टि भएकाले प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखियो ।

प्रतिवादीले नेपाल टुक्रयाई छुट्टै मधेस राज्य बनाउने उद्देश्यले अभिव्यक्ति दिने लेख, रचना र किताव लेखेर छपाई नेपालको नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पु¥याई राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) को कसुर अपराध गरेको हुँदा ऐ. ऐनको दफा ३(१) बमोजिम सजाय गरिपाऊँ भन्ने प्रतिवादी उपरको अभियोग माग दावी रहेको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष नेपाल राष्टूबाट तराई भुभागलाई टुक्रयाएर छुट्टै मधेस राष्टूको स्थापना गर्ने गठबन्धनको नेतृत्व मैले गरेको छु भनी आरोपित कसुरमा सावित रहेतापनि अदालतमा बयान गर्दा “इजोत” नामक अभियानमार्फत कम्प्यूटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्य गर्दछु । एआईएम एउटा अनौपचारिक समुह हो । यसले मधेसको आर्थिक आर्थिक सामाजिक र राजनैतिक अधिकारको विषयमा कुरा उठाउँछ । राष्टिूय गान र झण्डा कुनै पनि प्रदेशको हुन सक्छ । मैले मधेस टुक्रयाउने कुरा गरेको भनी दावी लिइएको ठाउँमा सन्थाल जातिले आयोजना गरेको कार्यक्रममा निजहरुको इतिहास र संस्कृतिमा विषयमा आफ्नो विचार राखेको हुँ । कुनै कसैको सदभाव विथोलिने र सामाजिक सुरक्षामा खलल पु¥याउने कार्य गरेको छैन । अनुसन्धान अधिकारी समक्ष भएको बयानको स.ज.८,९,१३,१८,२९,३१, र ३२ समेतका जवाफहरु मेरो इच्छा विरुद्ध मुद्दा चलाउने उद्देश्यले  आत्मनिष्ठ भई लेखिएको हो भनी आरोपित अभियोग दावीमा इन्कारी बयान गरेको देखिन्छ ।

प्रतिवादीले कसुर गरेको भनी दावी लिइएको राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा राष्टू विप्लव भन्ने उल्लेख भई दफा ३(१) मा “कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद हुनेछ” भन्ने कानुनी प्रावधान रहेको देखिन्छ । यस दफाको अध्ययनबाट कसैले नेपालको नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो  गर्ने उद्योग गरेको प्रमाणित भएमा राष्टू विप्लवको कसुर अपराध गरेको ठहर हुने देखिन्छ ।

नेपाल अल्प संख्यक समुदायको बाहुल्यता भएको देश हो । सबै समुदायको आर्थिक शैक्षिक र सामाजिक लगायतका विविध विकासका कार्यक्रम लागु गरी प्रगति उन्मुख गराउनु राज्यको प्रमुख दायित्व भित्र नै पर्दछ । तथापी यस्ता समुदायका नागरिकमा आआफ्नो भाषा संस्कृतिको ज्ञान, सिप आदिको विकास गर्न सोच राख्न वा त्यस विषयमा वाक वा प्रकाशन गर्न पाउने अधिकार निहित रहन्छ । आफ्नो समुदायको विकास समाजलाई चेतनशिल बनाउन अभिव्यक्ति दिन पाउने हकलाई निसन्देह कसैले पनि इन्कार गर्न सक्दैन । अल्पसंख्यक समुदायले केही हदमा स्वायत्तता एटोनोमी प्राप्त गर्न पनि सक्छन् । तर देशको कुनै एक क्षेत्र वा समुदायले पुर्ण स्वायत्तता एवसोलुट एटोनोमी प्राप्त गर्न भने सक्दैन । यीनै विचारहरुबाट शक्ति पृथकीकरणको सिद्धान्तबाट स्वराजको दर्शन आएको हो । यसको प्रयोग क्षेत्रगत तवरबाट गाविसलाई राज्यको केही शक्ति प्रदान गरिएको पनि छ । भाषा संस्कृति आदिको समुहगत वा प्रादेशिक तवरबाट पनि केही स्वायत्तता प्रदान हुन सक्छ । जे जसरी राज्यशक्तिको विकेन्द्रीकरण गरे पनि सबै समुहगत नागरिकहरु देशको विकासको मुलधारबाट अलग भई देशको नीति र अखण्डतामा प्रहार गर्ने कार्य भने राष्टू विप्लवको अपराध हुन जान्छ । त्यसको कर्य गर्ने देश द्रोही हो देश राष्टू विप्लव जस्तो कर्या क्षम्य हुन सक्दैन । यो दण्डनीय नै हुन्छ ।
अब प्रतिवादी सिके राउतको काम कारवाहीबाट राष्टिूय विप्लवको कसुर हुन गएको छ, छैन भनी बिचार गर्नुपर्ने देखिन आयो । निवेदकको काम कारवाहीमा सशस्त्र सहितको गतिविधि रहेको देखिँदैन । कुनै हतियार तथा विष्फोटक पदार्थहरु बरामद भएको अवस्था पनि देखिँदैन । तसर्थ निवेदकबाट भएको कार्यबाट विद्रोह इन्सोरजेन्सी भएको भन्न मिल्ने अवस्था रहेन । हतियारको प्रयोग नभएपनि कुनै खास समुदायलाई अर्को समुदायप्रति घृणा उत्पन्न गराउनु, लडाई झगडा गर्न उक्साउनु आदि जस्ता कार्यले तत्काल हतियार नदेखाएपनि निकट भविष्यमा हुलदङ्गा गर्ने सम्भाव्यता रहने अवस्था भने हुन्छ । तर प्रतिवादीको काम कारवाहीबाट त्यस्तो कुनै खास गम्भीर तवरको हुलदङ्गाको संभाव्यता रहेको देखिन पनि आएन ।
२८ भदौ २०७१ को खानतलासी÷बरामदी मुचुल्कामा मधेस गठबन्धन एआईएम को घोषणापत्र लेखिएको बुद्ध,महात्मा गान्धी र नेलसन मण्डेला जस्तो तस्विर भएको किताव १ थान, बीर मधेस डा.सिके राउत लेखिएको किताव १ थान मधेसका इतिहास डा.सिके राउत लेखिएको किताव १ थान, अंग्रेजीमा मधेस तराई लेखिएको प्रोफाइल किताव १ थान, क्यामेरा, कार्ड रिडर, ६४ एमबी तथा १६ एकबी लेखिएको मेमोरी कार्ड १ थान, मोरंग जिल्लाको सोराभाग गाविसको कर्सियाबाट बरामद भएको देखिन्छ । उपयूक्त बरामदी सामग्रीहरु हेर्दा घोषणापत्र, किताव, क्यामरा, मेमोरी कार्ड, कार्ड रिडर जस्ता विद्युतिय बस्तुहरु रहेको देखियो । उक्त सामग्रीहरु जनसाधारणले प्रयोग गर्ने सामानहरु रहेको देखिन्छ । ती सामग्रीहरु देशको  सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल प¥याउने तथा विद्रोह गर्न प्रयोग हुने खालको देखिँदैन । प्रतिवादीलाई २८ भदौ २०७१ मा मोरंग जिल्ला सोराभाग गाविस वडा नं. ३ मा जवरजस्ती मानिसहरु भेलाजम्मा गरी जनतामा डर त्रास फैलाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने र शान्ति सुरक्षामा खलल पु¥याउने कार्य गरेको अवस्थामा पक्राउ गरिएको भन्ने प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनाट देखिन्छ । तर मोरंग जिल्ला सोराभाग गाविस वडा नं. ३ कर्सियाका बासिन्दाहरुले प्रतिवादी सिके राउतले जबर्जस्ती मानिस भेलाजममा  गराई डर त्रास देखाएको, आतंकित बनाएको सामाजिक सदभाव भडकाएको र शान्ति सुरक्षामा खलल पार्ने कर्य गरेका भनी कहि उजुर आपत्ती गरेको देखिँदैन । जिल्ला प्रहरी कार्यालय मोरंगमा कार्यरत प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनमा प्रतिवादीले के कस्तो व्यवहार गरेको सर्वसाधारण जनतामा डर त्रास देखाई आतंकित बनाएको हो ? सामाजिक सदभाव के कसरी भड्काएका हुन ? तथा शान्ति सुरक्षामा कसरी खलल पु¥याएका थि भनी उल्लेख गर्न सकेको देखिँदैन । सर्वसाधारण जनतामा डर त्रास देखाई आतंकित बनाउने सामाजिक सदभाव भड्काउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने खालका गोली बन्दुक, बारुद्ध, बम तथा अन्य विष्फोटक पदार्थ प्रतिवादीबाट बरामद भएको देखिँदैन । प्रतिवादीले विशेष अदालतमा बयान गर्दा स.ज.२६ मा मोरंग जिल्लाको रंगेली भन्दा केही पश्चिम आमतोला भन्ने ठाउँमा सन्थाल जातीको बार्षिक कार्यक्रममा सन्थाल जातीको इतिहास र संस्कृतिका बारेमा संक्षिप्त बोलेको आधारमा पक्राउ गरिएको भनी बयान गरेको देखिन्छ ।
स्वतन्त्र मधेस गठबन्धन एआईएम को घोषणा स्वतन्त्र मधेसको छुट्टै राष्टिूय गान र झण्डा हुने गरी मधेसको सिमाङ्कन गरिने कुरा उल्लेख भएको देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशास, विकास र समृद्धिको आकांक्षा पुरा गर्न नेपालको संविधान जारी भएको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ मा स्वतन्त्रताको हकको व्यवस्था गरेको देखिन्छ । धारा १२(१) मा प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाध्न पाउने हक हुने दण्डको सजाय हुने गरी कुनै कानुन बनाइने छैन भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी धारा १२(२) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको बैयक्तिको स्वतन्त्रता अपहरण हुने छैन भन्ने उल्लेख भएको पाइन्छ ।

त्यसैगरी धारा १२(३) मा प्रत्येक नागरिकलाई देहाय बमोजिमको स्वतन्त्रतामा हुनेछ ।
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता
(ख) विना हातहतियार शान्तिपुर्वक भेला हुने स्वतन्त्रता
(ग) राजनैतिक दल खोल्ने स्वतन्त्रता
(घ) संघ र संस्था खोल्ने स्वतन्त्रता
(ङ) नेपालको कुनै पनि भागमा आवत जातव र बसोवास गर्ने स्वतन्त्रता
(च) कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता

उपयूक्त सवैधानिक प्रावधानका आधारमा प्रतिवादीलाई आफ्ना विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोवास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभुत गेको देखिन्छ । उपरोक्त स्वतन्त्रताहरु निरप्रेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन । उक्त स्व्तन्त्रताहरुलाई राज्यले उचित कानुन बनाई संकुचन र नियन्त्रण गर्न सक्दछ ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायूक्त देश हो । यी विविधताहरुका बीचको विभिन्न प्रकारका विभेदहरुको अन्त्य गरी आर्थिक सम्बृद्धि वा समतामुलक समाजको निर्माण गर्न राज्यले संंकल्प लिएको देखिन्छ । यस्तो अवस्थामा प्रस्तुत मुद्दामा प्रतिवादी डा.सिके राउतलाई २८ भदौ २०७१ मा मोरंगको सोराभाग भन्ने ठाउँमा सन्थाल जातीको कार्यक्रममा आफ्ना बिचार राखेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको मिसिलबाट देखियो । यसरी कुनै जाती विशेषको कार्यक्रममा विचार राखेकै आधारमा नेपाल सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा आघात पार्ने कार्य भएको देखिँदैन । यतिकै आधारमा राज्य विरुद्धको अपराधमा अभियोग लगाई प्रतिवादीलाई कसुरदार ठहर गर्दा नागरिकको संविधान प्रदत्त सम्मान पुर्वक बाँच्न पाउने हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रत्यक्ष रुपमा संकुचन र नियन्त्रण गरेको मान्नु पर्दछ ।

प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा बुझिएका राकेश देव, डिल्लीराम घिमिरे, शान्तराम कार्की र ढुण्डीराम न्यौपानेले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जवर्जस्ती मानिसहरु भेलाजम्मा गराई डर त्रास देखाई आतंकित बनाएको तथा शान्ति सुरक्षामा खलल पार्न कार्य गरेको भन्ने देखिँैन । प्रतिवादीले यस ठाउँमा यस्तो बल प्रयोग गरी शान्ति अमनचयन भंग गरी अशान्ति मच्चाएको वा हुलदंगा गरी शान्ति र व्यवस्थामा खलल पु¥याई अव्यवथा उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । साथै प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशिल विष्फोटक पदार्थ, प्रज्वलशील तथा मधेसलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै बस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दावी बमोजिम कसुरदार ठहर गर्न मिल्ने देखिएन ।

अतः माथि उल्लिखत आधार र कारण समेतबाट प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विशेष अदालत काठमाण्डौको १० बैशाख २०७२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

२०७३ मंसिर २६ गते आईतबार