हत्तेरिका ! नक्सामा त पुल पनि छ तर बज्या ठेकेदारले गिट्टी मात्र हाल्यो । अब कसरी मिलाउने हो....!
२०७३ आषाढ २६ गते आईतबार
Tuesday, July 12, 2016
सहिद परिवारहरुलाई समाजमा उपेक्षा
![]() |
| सहिद दिलिप साहकी पत्नी पुनम र आमा । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरधाम............
‘तपाईंहरुलाई के कुराको कमी छ र ?’ एउटा निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पुगेकी पुनम साहलाई कर्मचारीले यस्तो घोचपेच गरे ।
मधेस आन्दोलनमा श्रीमान गुमाएकी उनी केही छुट पाइन्छ कि भनेर आग्रह गर्दै थिइन् । तर, छुटको साटो तिखो जवाफ पाइन् । कर्मचारीले थपे, ‘सरकारले क्षतिपूर्ति दिएको छ । अरु पनि थुप्रैले सहयोग गरेका छन् । तपाईंहरु त धनी भइसक्नुभयो होला ।’
पुनमले यस्तो शब्द पहिलोचोटि सुनेकी भने होइनन् । जहाँ जाँदा पनि यस्तै घोचपेच झेल्नुपर्छ अचेल उनले । उनका श्रीमान् दिलिप साहको गत ७ मंसिरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । पुनम भन्छिन, ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेकी छैन । छोराछोरीलाई पढाउन र घर खर्च चलाउन धौधौ छ । दुनियाका कुरा सुन्दा त श्रीमानले दिएको बलिदानी बेकार रहेछ जस्तो लाग्छ ।’ उनले आफ्नो श्रीमानलाई अहिलेसम्म शहीद घोषणासमेत नगरेको भन्दै दुःख व्यक्त गरिन् ।
प्रहरीको गोली लागेर ज्यान गुमाउने डाढा गाविसका बिरेन्द्र रामका पिता सकलदेव पनि गाउँ(समाजका कुरा सुनेर दिक्दार छन् । ‘ल अब त लाखौं पाउने भयौं, मालामाल हुने भयौ भनेर कुरा गर्छन्’ उनले भने, ‘तर, हामीलाई गुजारा चलाउनै धौधौ छ ।’
मारिने सबै ‘निर्दोष’
आन्दोलनका क्रममा मारिएका सप्तरीका सबै जना ‘निर्दाेष’ थिए । आन्दोलनमा पहिलोपटक ज्यान गुमाउने राजीव राउत आफ्नो घरबाट बजारतर्फ गइरहेका थिए ।
उनी निस्किनुभन्दा केहि बेरअगाडि प्रहरी(प्रदर्शनकारीबीचको झडप साम्य भएको थियो । उनी सडकमा आएलगत्तै प्रहरीले चलाएको गोली उनको छातीमा लाग्यो र तत्कालै ज्यान गयो ।
७ मंसिरमा मारिएका राजविराज १ का दिलिप साह आफ्नो घरको छतमा छोरीसँग खेलेर बसिरहेका थिए । प्रहरीको गोली छतमै पुगेर उनलाई छेड्यो । उनी तत्कालै ढले भने छोरी घाइते भइन् । भारदहमा मारिने पोर्ताहा १ का रामकृष्ण राउत घरायसी कामकै लागि बजार निस्केका थिए । प्रहरी(प्रदर्शनकारीबीच झडप भइरहेको देखेर उनी नजिकैको किनारा पसलमा बसे । तर, प्रहरीको गोलीबाट जोगिन सकेनन् ।
५ मंसिरमा रुपनीमा मारिने जमुनी मधेपुरा ९ का नागेश्वर यादव जुलुस छेउमा बसिरहेका थिए । प्रहरीले चलाएको गोली उनको कम्मरमा लाग्यो । प्रहरीले घिसारेर लैजाने क्रममा अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गयो ।
५ मंसिरमै भारदहमा मारिने वीरेन्द्र राम दुबै पक्षको रमिता हेर्न त्यहाँ पुगेका थिए । तर, उनी पनि प्रहरीको गोलीको शिकार बने । जमुनी मधेपुराकै शिबशंकर दास पनि कुनै आन्दोलनकारी थिएनन् ।
आन्दोलनप्रति विश्वास छैन
नयाँ संविधानका विभिन्न विषयवस्तुमाथि असहमति जनाउँदै तराईरमधेसमा थालिएको आन्दोलन झण्डै एक बर्ष पूरा भएको छ । गत बर्ष ३२ असारबाट शुरु भएको आन्दोलन अहिले पनि अनसनको रुपमा जारी नै छ ।
काठमाडौंमा शुरु गरिएको अनसन पछिल्लो सातादेखि सप्तरी सदरमुकाम राजविराजमा पनि थालिएको छ । तर, सप्तरीका ‘शहिद परिवार’मा भने आन्दोलनप्रति खासै उत्साह छैन । उनीहरु एक स्वरमा भन्छन, ‘कुनै स्पष्ट योजना विनाको आन्दोलनले क्षतिबाहेक केहि पनि निम्त्याउन सक्दैन ।’ ‘विगतमा पनि आन्दोलन गर्दा केहि योजना थिएन भने अहिले पनि कुनै योजना छ जस्तो लाग्दैन,’ दिलिपकी पत्नी पूनम भन्छिन, ‘अहिलेकै अवस्थामा नेताहरुले आन्दोलनको एजेन्डा पूरा गराउने विश्वास हामीलाई छैन ।’ केहि दिन अगाडि जिल्ला विकास समितिमा आएकी राजीवकी पत्नी निलमले पनि यस्तै धारणा राखेकी थिइन् । उनले भनेकी थिइन, ‘एक बर्ष भइसक्यो अहिलेसम्म कुनै माग पूरा हुन सकेको छैन । के मेरो श्रीमान्को ज्यानको कुनै मूल्य थिएन ?’
प्रहरीको गोली लागेर ज्यान गुमाउने वीरेन्द्र रामका पिता सकलदेवलाई पनि मधेसका माग पुरा नहुने चिन्ता छ । तराई मधेश लोकतान्त्रिक पार्टीले राजविराजमा केहि दिन अगाडि आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्न आएका उनले डाँको छोडेर रोएका थिए ।
उनले नेताहरुलाई प्रश्न गरेका थिए, ‘मेरो छोरो त रहेन । तर के मधेशको माग अब पूरा हुन्छ ?’ जवाफमा तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादवले भनेका थिए, ‘धैर्य गर्नुस् तपाईंको छोराको बलिदानी खेर जाँदैन् । र मधेशले अधिकार पाउँछ ।’ सकलदेव अहिले पनि भन्छन, ‘मेरो छोराको बलिदानी खेर जानुहुँदैन र नेताहरुले बोलेको कुरा पूरा हुनुपर्छ ।’
रामकृष्णका परिवार पनि यही अवस्थामा माग पूरा हुने छाँटकाँट देख्दैनन् । राउतका भाइ धर्मपाल भन्छन, ‘यो तालले माग पूरा हुने कुनै आधार देख्दिनँ । कुनै ठोस योजना बनाएर संघर्ष नगरेसम्म आन्दोलन निष्कर्षमा पुग्दैन ।’
राजविराजमा रिले अनसन शुरु गर्ने मधेशी मोर्चाका नेताहरुले ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, राज्य पक्षबाट क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको उपचार खर्चको व्यवस्था गर्नुपर्नेसहितका माग पनि राखेका छन् । तर। ज्यान गुमाउनेहरुका परिवार माग पूरा हुनेमा आश्वस्त छैनन् ।
नेताहरु भन्छन ः माग पूरा गराएर छाड्छौं
आन्दोलनकारी मधेसी दलका नेताहरु भने आफूहरुले उठाएका माग जसरी पनि पुरा गराएर छाड्ने दाबी गर्छन् । आन्दोलनका क्रममा भएको बलिदानी गर्नेहरुका परिवारको आक्रोश भने स्वभाविक रहेको उनीहरुको भनाइ छ । ‘शहीद परिवार मात्रै होइन् सर्वसाधारण जनता पनि निराश भएका छन्’ संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र सिंह भन्छन्, ‘निराशासँगै जनता आक्रोशित समेत भएका छन् । यो स्वभाविक नै हो ।’ सरकारले शान्तिपूर्ण आन्दोलनलाई पनि वेवास्ता गरिरहेको बताउँदै उनले एक न एक दिन सरकारलाई घुँडा टेकाएर छाड्ने उद्घोष गरे । ‘अहिले जसरी सरकारले वेवास्ता गरिरहेको छ त्यो देशकै लागि दुर्भाग्य हो,’ साह भन्छन, ‘राज्यले समयमै बिचार र्पुयाउनुपर्छ ।’
लगातार आन्दोलन गर्दा पनि अहिले मुख्य दलका नेताहरु पुनः सरकार फेर्ने खेलमा लागे आन्दोलनलाई वेवास्ता गरेको उनको भनाइ छ । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय नेता जयप्रकाश ठाकुर पनि निराशालाई स्वभाविक बताउँछन् । ‘कुरा सही हो, माग पूरा हुन सकेको छैन,’ उनी भन्छन, ‘तर हामीले आन्दोलन जारी राखेकै छौं र माग पूरा नभएसम्म जारी राख्छौ ।’ ठाकुरका अनुसार आगामी साउन १ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बिषयमा छलफल चलिरहेको छ । सद्भावनाका युवा नेता तथा विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव पनि माग पूरा गराएरै छाड्ने बताउँछन् ।

Tuesday, July 5, 2016
अजब–गजब छ बा ! सुदर्शन सिंह
यो नयाँ सोंचले हावादारी प्रधानमन्त्रीबाट अविष्कारी प्र.म. बन्नबाट कसले रोक्ला या हु !
२०७३ आषाढ १९ गते आईतबार
जघन्य अपराधको मामिलामा नेपालकै सबैभन्दा क्रुर अपराधि बुढाथोकीको अपराध कथा
![]() |
| प्रेम भन्ने मानबहादुर बुढाथोकी । |
अजय अनुरागी
जनकपुरधाम............
जनकपुरधाम............
प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालकै सबैभन्दा कु्रर अपराधी रहेको सिआईबि प्रमुख नवराज सिलवालले दावी गरेका छन् । महिलाहरुलाई बलात्कार गर्ने, बलात्कार गरिसकेपछि घाँटी थिची हत्या गर्ने र हत्या गरिसकेपछि लाशलाई पनि बलात्कार गर्ने बुढाथोकी नेपालको जघन्य अपराधमा सबैभन्दा कु्रर अपराधी रहेको दावी गरेका छन् । २० बर्ष देखि फरार रहेको बुढाथोकीलाई भारतबाट पक्राउ गरेर ल्याएको दावी गर्ने सिआईबिको दावीलाई द एक्सक्लुसिभले च्यालेन्ज गरेको छ । किनभने अदालतबाट भएका फैसलाहरु र फैसलामा उल्लेख भएका तथ्य अनुसार बुढाथोकी सर्वस्व सहित जन्मकैद सजाय भुक्तानका लागि उनी अझै पनि कारागारमै किन पनि हुनुपर्छ भने जन्मकैद सजाय भएका बेला उनी पहिले देखि नै जलेश्वर कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।
प्रेम भन्ने मानवहादुर बुढाथोकी अदालतबाट सर्वस्व सहित जन्मकैद चलान गरिएका छन् । तर, उनी कारागारमा छन् वा छैनन भन्ने विषयमा धनुषा जिल्लाअदालतको लगत फाँटमा पनि अभिलेख भेटाउन सकिएन । |
के हो सत्य तथ्य ?
बारा जिल्लाको डुमरवाना ६ स्थाई घर भई धनुषाको ढल्केबजारमा एक होटेलमा काम गरि बस्दै आएका प्रेम भन्ने मानबहादुर बुढाथोकी अहिले जवरजस्ती करनी तथा कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा पुर्पक्षमा थुनिएका छन् । ११ अषाढ २०५३ मा दिनको अन्दाजी १२ः३० बजेको समयमा महोत्तरी जिल्लाको बर्दिवास भन्दा पश्चिम तर्फ माईस्थान गाविस वडा नम्बर ३ अवस्थित जंगलमा एक जना अन्दाजी १७÷१८ बर्षकी लाटी केटीलाई घाँटी थिचि करनी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घाँटी थिचि मारि छाडेको अभियोगमा महोत्तरी जिल्ला अदालत जलेश्वरले ८ अषाढ २०७३ मा मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाइएको छ । करिब २० बर्ष देखि फरार रहेको प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबि)को पहलमा पक्राउ गरी ७ अषाढ २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको थियो ।
सिआईबीले जारी गरेको प्रेस विज्ञप्तीमा तथा नेपाल प्रहरीको आधिकारिक फेसबुक वालमा समेत नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले २० बर्ष देखि फरार रहेको बलात्कार गरि हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरेको उल्लेख छ । पक्राउ पर्नेमा जिल्ला बारा डुमरवाना गाविस (६, खोरगाँउ घर भई भारत स्थित नयाँ दिल्लीको नोयडामा लुकीछिपी बस्दै आएका, भिम बहादुर बुढाथोकीको छोरा बर्ष ५० को प्रेम भन्ने मान बहादुर बुढाथोकी रहेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
महोत्तरी बर्दीबास गा.बि.स.१ बस्ने बर्ष २० की शारीरिक रुपमा असक्त महिला गाईबस्तु चराउन भनी घरदेखी नजिकैको जंगलमा गएकोमा साँझ सम्म पनि घर नफर्केकोले खोजतलाश गर्दा भोलीपल्ट जि. महोत्तरी, माईस्थान गा.बि.स.(३ स्थित महेन्द्र राजमार्ग देखि दक्षिण सागरनाथ वन बिकास परीयोजनाको जंगलमा जबरजस्ती करणी गरी उनिको धागोले बुनेको पछ्यौराले घाँटी बाँधी मारेको अबस्थामा फेला परेको र उक्त घटना अनुसन्धानको क्रममा प्रेम भन्ने मान बहादुर बुढाथोकी संलग्न रहेको भन्ने खुल्न आएको सिआईबिले जनाएको छ । साथै बुढाथोकीले २०५२ र २०५३ सालको बिभिन्न मिति र समयमा धनुषा र महोत्तरी जिल्लाका बिभिन्न स्थानहरुमा ६ जना महिलाहरुलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको समेत अनुसन्धानबाट खुल्न आएको सिआईबिले जनाएको छ ।
२०५२साल फागुन २४ गते धनुषाको बेगाडाबर गा.बि.स. बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा सांझ ७ बजे तिर, माईति घर बाट आउदै गरेकी स्थानिय एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको ।
एक्सक्लुसिभ खोज

| सिआईबिले पक्राउ गरेर महोत्तरी प्रहरीलाई बुझाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा रहेका बेला हथकडीमा मानवहादुर बुढाथोकी । |
२०५२ साल चैत्र २३ गते अन्दाजी ३ र ४ बजे तिर धनुषा जिल्लाको ढल्केवर देखि उत्तर तर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकै निलो चोली, बुट्टा भएको कुर्था र कलेजी रङको सल लगाएको बाख्रा लिएर आएकी १७ बर्षीया स्थानिय एक किशोरिलाई करणी गर्ने मनसायले समातेर जंगल तर्फ लैजादै गर्दा मानिस बोलेको जस्तो लागी करणी गर्न नसकी घांटी थिची हत्या गरेकोमा चैत्र २६ गते मात्र शव फेला पारी आवश्यक कानूनी प्रक्रिया पुरा गरिएको ।
२०५३ साल जेष्ठ ६ गते दिउसो अन्दाजी ३ र ४ बजेको समयमा धनुषा जिल्लाको ढल्केवर देखि पूर्व तर्फ रहेको जंगलमा बाख्रा चराएर आउदै गरेको, कालो रङको हाफ ब्लाउज, गुलावी पहेलो रङको साडी र दुवै हातमा चांदीको बाला, नाकमा फुली लगाएकी, बर्ष ६१ की स्थानिय महिलालाई गोरेटो देखि पश्चिम तर्फ घिसार्दै लगि घांटी थिची मारे पछि सेतो रङको गम्छाले घांटी बांधी छाडी दिएको ।
२०५३ साल असार महिनाको अन्ततिर शनिबारको दिन महोत्तरी जिल्लाको बर्दिबासबाट पश्चिम तर्फ बनपाले अफिस निर जंगलमा पात टिप्न लागेकी २५ र २६ बर्षकी महिलालाई जबरजस्ती समातेर लगी जंगलमा भएको ढुगांमा टाउको ठोक्काउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि त्यही ठाउमा छाडी भागेको ।
२०५३ साल श्रावण महिना अन्दाजी २० र २१ गते विहान ११ बजे धनुषा जिल्लाको लालगढ बजार तर्फ रहेको जंगल हँुदै च्यान डांडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराईरहेकी हातमा हसिया, छेउमा चप्पल र सालको पात समेत राखेर बसेकी साडी र चोलो लगाएकी महिलालाई घास काट्न भनी हसिया मागी लिई खोला किनार तिर फालिदिई निज महिलालाई घांटी थिची खोलाको बीचमा भएको ढिस्कोको दक्षिण तर्फ लगि जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरी निजको साथमा रहेको हरियो रङको गम्छाले घांटीमा २ फन्को बेरेर छाडी दिएको ।
२०५३ साल असार ९गते महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम तर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, निलो ब्लाउज लगाएकी, बर्ष २० की शारीरिक रुपमा असक्त महिलालाई घाटी थिची करणी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घांटी थिची मारी छाडेको। शव अषाढ १० गते फेला पारिएको ।
यी लगायत अन्य ३२ बटा सोहि प्रकृतीबाट जबर्जस्ती करणीका घटनाहरु घटाई फरार रहेको भनी निजले स्वीकार गरेकोले सो सम्बन्धमा यस केन्द्रीय अनुसन्धान व्यूरोले थप अनुसन्धान गर्दै रहेको सिआईबिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
के हो बास्तविक्ता ?
२०५४ साल अषाढ १० गते धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक कुमार कार्कीको इजलासले जवरजस्ती करनी पछि हत्या गरेको अलग अलग ४ वटा मुद्दाहरुमा अभियूक्त बनाई प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई धनुषा प्रहरीले उपस्थित गराएको थियो । दुईवटा मुद्दाहरुमा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानको आधारमा मात्र कसुरदार ठहरयाउन नमिल्ने हुँदा अभियोग दावी बमोजिक प्रतिवादी प्रेम भन्ने मानबहादुर बुढाथोकीले जवरजस्ती करणी गरी मृतक दुई महिलाको ज्यान मारेको हुने तथ्य यूक्त सबुद प्रमाण नदेखिँदा अभियोग दावी बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्दैन, सफाई पाउने ठहर्छ भन्दै न्यायाधीश कार्कीको इजलासले १० अषाढ २०५४ मा बुढाथोकीलाई सफाई दिएका थिए ।
न्यायाधीश कार्कीकै इजलासमा प्रस्तुत गरिएको अन्य दुईवटा मुद्दाहरुमा सोही दिन सोही इजलासबाट अभियूक्त बुढाथोकीलाई कसुरवार ठहर गर्दै सर्बस्व सहित जन्मकैदको फैसला गरिएको थियो । अधिकार प्राप्त अधिकारी र धनुषा जिल्ला अदालतमा समेत दुई जना महिलालाई मारेको हुँ भनि कसुर गरेमा सावित भई बयान गरेको, पोष्टमार्टम तथा लाश जाँच प्रवृति मुचुल्का समेतबाट ती महिलाहरुको हत्या गरेको, साक्षी समेत अदालतमा उपस्थित भई बक पत्र गरेको हुनाले बुढाथोकीले यी दुई महिलाको कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्दै बुढाथोकीलाई सर्बस्व सहित जन्मकैदको सजाय फैसला गरिएको थियो । फैसला हुनुभन्दा अघि प्रहरीले बुढाथोकीलाई पक्राउ गरि अदालतमा उपस्थित गराउँदा अदालतले थुनछेक मुद्दामा जलेश्वर कारागारमा पठाएको पाइन्छ । फैसला हुँदा समेत २ असोज २०५३ देखि प्रतिवादी प्रहरी हिरासतमा रहि मुद्दा पुर्पक्षको लागि कारागार शाखा जलेश्वरमा थुनामा रहेको फैसलामा उल्लेख छ ।
थुनामा रहेका बुढाथोकी कसरी भए फरार ?
पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतले पनि धनुषा जिल्ला अदालतबाट गरिएको सर्वस्व सहित जन्मकैदको फैसलालाई नै सदर गरेको पाइन्छ । यसरी हेर्ने हो भने ती प्रेम भन्ने मानबहादुर बुढाथोकी एकातर्फ मुद्दा पुर्पक्षका क्रममा जलेश्वर कारागारमा थुनामै हुँदा सर्बस्व सहित जन्मकैदको फैसला भएपछि उनी जेलमै रहनु पर्ने हो । अब प्रश्न के उठ्छ भने उनी फरार कहिले र कसरी भए ? सिआईबिले २० बर्ष देखि फरार रहेको अभियूक्तलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुझाइएको भन्नुले धेरै प्रश्नहरु उठनु स्वाभाविक हो । के उनी जेल गएकै थिएनन् ?, जेल जाँदा अदालतले दुईवटा अलग मुद्दामा सफाई पाईसकेपछि सर्वस्व सहित जन्मकैदको अर्को फैसलाको पत्र ढिलो पठाई उनलाई रिहा गर्न मद्दत गरेको हो ?, जेल तोडेर फरार भएको हो ?, अस्पतालमा उपचारका क्रममा लगिएको बेला फरार भएको हो ?, एउटा जेलबाट अर्को जेल सिफ्ट गर्दा फरार भएको हो ?, जलेश्वर जेलबाट वा काठमाण्डौको कारागारबाट फरार भएको हो ? यी सबै प्रश्नहरुको जगमा नेपाल प्रहरीले अनुसन्धान किन पनि गर्नु जरुरी छ भने जेलमा पहिले देखि नै थुनमा रहेका व्यक्ति फरार कसरी हुन सक्छ ? फरार यदि भएकै हो भने कहिले र कहाँबाट फरार भएको हो ?, फरार हुँदा कसको गल्ती र जिम्मेवारी देखिन्छ, त्यस अनुरुप ती व्यक्तिलाई पनि कारवाही हुनुपर्ने हो वा होइन भन्ने कुरामा नेपाल प्रहरीले अनुसन्धान गर्नु आवश्यक देखिन्छ । यस सवालमा सिआईबिका प्रमुख समेत रहेका डिआईजी नवराज सिलवाल देखि धनुषा प्रहरी प्रमुख रामदत्त जोशी, महोत्तरी प्रमुख जनक भट्टराई समेत अनुत्तरीत छन् ।
के उनले आफ्नो सजाय माफी मिनहा पाएका हुन ? यदि पाएकै हुन भने कम्तिमा पनि ५० प्रतिशत भन्दा वढी सजाय भुक्तान गरिसकेको हुनुपर्दछ र त्यसपछि जेल भित्र राम्रो आचरण भएमा मात्र कारागार व्यवस्थापन विभागले गरेको सिफारिस अनुसार राष्टू प्रमुखले माफी मिनहा गर्ने परम्परा छ । तर, उनले आधा भन्दा वढी सजाय प्राप्त गर्न पनि २०६४ साल गुजारिसकेको हुनुपर्दछ । त्यस्तो अवस्थामा उनलाई सिआईबिले २० बर्षदेखि फरार रहेको अभियूक्त भारतबाट पक्राउ परेको एका तर्फ दावी गरिएको हुनाले ती कुरा हुन नसक्ने आधार देखिन्छ । त्यसैगरी अर्को कुरा के हुन सक्छ भने सिआईबिको दावी नै साँचो हो अर्थात उनी फरार नै रहेको अवस्था हो भने उनको ठाउँमा अर्कै निर्दोष मान्छे त पक्राउ परेर जेल सजाय भुक्तान गरिरहेका छैनन् । यी सबै कुराहरुको गम्भीर र गहन ढंगले अनुसन्धान गरि सत्य तथ्य नेपाल प्रहरीले बाहिर ल्याउन जरुरी छ ।
महोत्तरीका एसपी जनक भट्टराईका अनुसार त्यो मान्छेसँग सोध्दा आफुले कुनै अपराध नै नगरेको र जवरजस्ती कागजमा प्रहरीले छाप गराएको बताउने गरेको भएपनि २०५८ सालसम्म मात्र उनी जलेश्वर कारागारमा रहेको र पछि काठमाण्डौ कारागारमा सिफ्ट गरिएको बुझिनमा आए पनि त्यसबारे थप अनुसन्धान आवश्यक रहेको छ । धनुषा जिल्ला अदालतको लगत फाँटमा उनको कहिले कहाँ काराबासमा सिफ्ट भएको भन्ने तथ्य खोज्न जाँदा त्यहाँ पनि लगत फाँटमा उनको लगत भेटाउन सकिएन ।
सुरुमा कसरी पक्राउ परेका थिए ?
२०५३ साल तिर धनुषाको ढल्केवर र महोत्तरीको बर्दिवास वरपर रहेका गाउँका महिलाहरुको लाश एक एक महिनामा जंगलमा फेला पर्न थालेका थिए । केही समय देखि जंगलमा गएका गोठाला महिलाहरुको बलात्कार गरी हत्या गर्ने गरेको घटनाको सम्बन्धमा अपराधि पत्ता लगाउँदै जाने क्रममा धनुषा प्रहरीले १ असोज २०५३ मा ढल्केवर बजारमा फेकु श्रेष्ठको संगम होटेलमा काम गर्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई होटेल देखि ४ किलोमिटर उत्तर एकलेवर जंगलको छेउमा संदिग्ध अवस्थामा फेला पारी स्थानीय गाउँलेहरुको मद्दत लिई घेरी सोध्दा एक जना महिलालाई जवरजस्ती करणी गरी ज्यान मारेको कुरा तत्काल खुल्न आएको तत्कालिन प्रहरी नायव निरीक्षक इन्द्रबहादुर गुरुङ्गको प्रतिवेदनमा उल्लेख छ । जंगलमा प्रहरीले संदिग्ध अवस्थामा बुढाथोकीलाई देखेपछि उनी भाग्न लागेकोले प्रहरीले पख पख भनेपछि सो व्यक्तिको हिडाई अरु बढी हुन थालेपछि त्यहाँ रहेका स्थानीयवासीहरु समेत भई घेरी प्रहरीले कता जान लागेको भनि सोधेपछि छिनछिनमा कुरा बदली के के भन्न थाले, सोध्नै लाग्दा ६ जना आईमाईलाई करणी गरी मारेको बताएका थिए ।
१० अषाढ २०५४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक कुमार कार्कीको इजलासले दुई जना महिलाको जवरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो । २ भदौ २०५६ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय कृष्ण प्रसाद श्रेष्ठ र गोविन्द प्रसाद पराजुलीको संयुक्त इजलासले पनि धनुषा जिल्ला अदालतको फैसलालाई नै ठहर गरेको थियो । त्यसैगरी २९ साउन २०६० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय गोपाल प्रसाद खत्री र बलिराम कुमारको संयूक्त इजलासले पनि जिल्ला अदालत र पुनरावेदन अदालतकै फैसलालाई ठहर गरेको थियो । २०६० साउनमा सर्बोच्चमा फैसला भईरहेको अवस्थामा प्रेम भन्ने मानबहादुर बुढाथोकी जेलमा थिए वा फरार, अनुसन्धानको विषय बनेको छ । किनभने सिआईबिले २० बर्षदेखि फरार अभियूक्तलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको दावी गरेको छ ।
के उनी मानसिक रोगी हुन त ?
धनुषा जिल्ला अदालतमै सुरुकै अवस्थामा प्रेम भन्ने मानवहादुर बुढाथोकीलाई अदालतमा उपस्थित गराउँदा प्रतिवादी बुढाथोकीका तर्फबाट बहस गरिरहेका बैतनिक वकिल मुकेश कुमार कार्कीले प्रतिवादी मानसिक रोगी रहेको तर्क प्रस्तुत गरेका थिए । त्यसमा अदालतका न्यायाधीश दिपक कुमार कार्कीले के ठहर गरे भने निज प्रतिवादीको मानसिक संतुलन ठिक नरहेको भन्ने कतै पनि उल्लेख भएको नदेखिँदा उक्त कुरासँग सहमत हुन सकिएन । हुन त जिल्ला अदालतले पनि मानसिक संतुलनको जाँच गराउने आदेश दिन सक्दथ्यो । तर, त्यो नगरिकन फैसला गरिएपनि पुनरावेदन अदालत जनकपुरले उनको मानसिक संतुलनका विषयमा जाँच गराएको पाइन्छ । प्रतिवादीका पक्षबाट बैतनिक वकिल मुकेश कुमार कार्कीले मेरो पक्षको मानसिक संतुलन ठिक नरहेको भनि जिकिर लिए पश्चात पुनरावेदन अदालत जनकपुरले प्रतिवादीको मानसिक रोग विशेषज्ञद्वारा जाँच गराई प्रतिवेदन आएपछि पेश गर्नुभन्ने आदेश भएपश्चात २४ अषाढ २०५६ मा मानसिक अस्पतालले कारागार शाखा काठमाण्डौलाई लेखेको पत्रमा निजको मानसिक स्थिति सामान्य देखिएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । लामो समयसम्म कारागारमा थुनामा रहेका निज प्रतिवादीको एवनोर्मालिटी अथवा मानसिक असंतुलनका सम्बन्धमा सम्बन्धित कारागारबाट कुनै किसिमको सिकायत वा कैफियत नआउनु, घर परिवार भएका श्रीमति समेत साथ लिई बसेका र होटेलमा नोकरी गरिरहेको अवस्थामा यी प्रतिवादीको मानसिक असंतुलन रहे भएको भन्ने अन्य कुनै व्यवहार प्रमाणबाट नदेखिएको, मानसिक अस्पतालबाट समेत मानसिक स्थिति सामान्य देखिएको भनि लेखि आएको देखिएबाट समेत निज स्वस्थ्य र तन्दरुस्त अवस्थाकै देखिनाले त्यस्तो स्वस्थ मनस्थितिको प्रतिवादीले हाल परीक्षण गर्न पठाएको अवसरमा सिकायत गरेकै र उक्त अस्पतालको पत्रमा उल्लेख भएको भरमा अस्पतालमा भर्ना गरी थप परीक्षण गराई रहनुपर्ने समेत देखिएन भन्दै पुनरावेदन अदालत जनकपुरले उनलाई सर्बस्व सहित जन्मकैद ठहर गरेको थियो ।
माथिको कुराहरुले पनि के देखाउँदछ भने २०५६ सालसम्म उनी थुनामै रहेको र त्यसबेला उनी जलेश्वरबाट काठमाण्डौ कारागारमा सिफ्ट भईसकेको अवस्था छ । बास्तविक कुरा के हो भनेर पत्ता लगाउनका लागि जलेश्वर कारागार शाखाका प्रमुख तथा जेलर सोभेन्द्र ठाकुरलाई द एक्सक्लुसिभले कारागारको लगत हेर्न भन्दा कारागारमा त्यसबेलाको लगत नै रहेको बताएका छन् । जेलर ठाकुरका अनुसार त्यतिबेलाका लगतहरु विगतमा बाढी आएपछि सबै नष्ट भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले घटनाको २० वर्ष पुग्न चार दिन बाँकी रहँदा पक्राउ गरेका मानबहादुरको ’जंगल घुम्ने’ राजको खुलासा भएको बताउँदै सिआइबीले भारतीय प्रहरीको सहयोगमा दिल्लीसँग जोडिएको नोयडा क्षेत्रबाट नियन्त्रणमा लिएका प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालमा ३२ हत्या र बलात्कार घटनाका आरोपी र विभिन्न समयमा भएका ६ घटनाका दोषी रहेको पत्ता लागेको हो ।
सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले एकान्तमा अशक्त, अपांग र एक्लो महिला देख्नासाथ बलात्कार गर्ने र पहिचान हुने सम्भावना भए हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरिएको बताए । उनका अनुसार हाल खुलेका ६ घटनाबाहेक स्वयं मानबहादुरले अन्य ३२ घटनामा आफ्नो संलग्नता रहेको प्रारम्भिक बयान दिएका छन् । ‘हामीले देशभरका पुराना घटनाका दोषी खोज्ने क्रममा बुढाथोकी पक्राउ परेका हुन, केही घटना खुलेका छन्, थप अनुसन्धानका लागि महोत्तरी प्रहरीमा बुझाएका छांै,’ डिआइजी सिलवालले भने । पूर्वी तराईका जिल्लामा २०५२ र २०५३ मा विभिन्न मितिमा भएका एकै प्रकृति र अपराध गर्ने शैलीका आधारमा अनुसन्धान गर्दा मानबहादुरको नाम आएको थियो ।
प्रेम बहादुरले स्वीकार गरेको अपराध
म र मेरो श्रीमति ढल्केवर स्थित संगम होटेलमा नोकरी गरी सोही होटेल पछाडी डेरा गरी बसिरहेको अवस्थामा २०५२ साल तिर चैत्र महिनाको अन्तिम साता तिर विहान १० बजे खाना खाई ढल्केवर चौक उत्तर पानी टंकी भन्ने जंगल तर्फ घुम्दै डेरा तर्फ फर्कन लाग्दा जंगल भित्र बाटो छेउमा बाख्रा हेर्न गएकी एउटी केटीलाई फेला पारी निजलाई करणी गर्ने मनसायले समाती छारी तर्फ लगी लडाई जवरजस्ती करणी गर्न लाग्दा नजिकै अन्य मानिस बोलेको आवाज आएकाले केटीको घाँटी थिची मारि भागेको हुँ भन्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीले बयान कागज गरेको देखिन्छ ।
हत्यापछि सलको दोहोरो फन्को
प्रहरी रेकर्डमा रहेका दर्जन हत्या र बलात्कार घटनाका शवको मुचुल्कामा एउटा समान चिह्न थियो । त्यो हो, हत्यापछि अधिकांशको घाँटीमा दुई पटक सल बेरिएको थियो ।प्रहरी मुचुल्कामा हत्याको कारण घाँटी थिचेर भन्ने छ । पूर्वी तराईका धनुषा र महोत्तरीमा २०५२ र २०५३ मा महिनैपिच्छे भएका यस्ता घटनाका दोषीलाई पक्रन प्रहरीले हरसम्भव प्रयास र्गयो । तर सफलता हात लागेन । प्रहरीका अनुसार यसरी हत्या गरिएका महिला विभिन्न उमेर समूहका थिए भने केही अशक्त । सबैको निर्ममतापूर्वक हत्या गरिएको थियो । केही महिलालाई घिसार्दै लगेर हत्या गरिएको संकेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो ।
निसाना १७ देखि ६१ सम्मका महिला
ब्युरोको प्रारम्भिक अनुसन्धानमा मानबहादुरले १७ वर्षकी बालिकादेखि ६१ वर्षकी महिलासम्मलाई आफ्नो बासनाको सिकार बनाएको खुलेको छ । ब्युरोका अनुसार मानबहादुरले २०५२ चैत २३ मा धनुषाको ढल्केवरको दमार जंगलमा १७ वर्षीय एक किशोरीलाई जबर्जस्तीको प्रयास असफल भएपछि घाँटी थिचेर हत्या गरेका थिए । ती युवतीको शव प्रहरीले सोही वर्ष चैत २६ गतेमात्र फेला पारेको थियो । यस्तै, ढल्केबरकै जंगलमा उनले गाईबस्तु चराएर फर्कंदै गरेकी ६१ वर्षकी महिलाको हत्या गरेका थिए । प्रहरीले २०५३ जेठको यस घटनामा मानबहादुरले ती महिलालाई घिसार्दै जंगलको भित्र लगेर हत्या गरेको मुचुल्का बनाएको थियो ।
ब्युरोका अनुसार २०५२ फागुन २४ गते धनुषा बेगाडाबर गाविस बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा महिलाको बलात्कारपछि हत्या गरेका थिए । ब्युरोमा मानबहादुरले दिएको बयानमा साँझ ७ बजे एउटा हातमा झोला र एउटा हातमा ग्यालेन बोकेकी, सारी र ब्लाउज लगाएकी स्थानीय एक महिलालाई जबर्जस्ती करणीपश्चात घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन् । २०५३ असारको अन्तमा महोत्तरी जिल्लाको बर्दिबास नजिक रहेको जंगलमा पात टिप्न गएकी महिलालाई जबर्जस्ती गर्दा टाउको ठोकिएर रगत बग्न थालेपछि छाडेर भागेका थिए । धनुषाको लालगढ बजार नजिक २०५३ साउनमा भएको अर्को घटनामा सयपत्री खोलानजिक बसेकी महिलासँग हसिया माग्ने बहानामा नजिक भएर मानबहादुरले बलात्कारपछि हत्या गरेका थिए । महिलाको हत्यापछि उनले अन्य घटनामा जस्तै ती महिलाको हरियो गम्छाले घाँटीमा दुई फन्को बाँधेर छाडेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
को हुन बुढाथोकी ?
बारा, डुमरवाना गा. वि. स. ( ६, खोर गाँउ भिम बहादुर बुढाथोकीका छोरा हुन प्रेम भन्ने मानवहादुर बुढाथोकी । प्रेमको घर परिवारमा बुवा, आमा, दिदी, भाई, एक जना सँगै श्रीमति र उनको तर्फबाट एक–एक छोरा छोरीका साथै पहिले श्रीमतिको तर्फबाट समेत एक छोरा रहेका छन् ।
१ असोज २०५३ मा पहिलो पटक धनुषा प्रहरीको गिरफ्तमा पर्नुभन्दा करिब १०÷११ बर्ष पहिले मान बहादुर काठमाण्डौको बालाजु नागार्जुन स्थित नुवाकोट त्रिशुली बस्ने गोविन्द केसीको कटिङ उद्योगमा २ बर्ष काम गरेका थिए । काम गरिरहेकै अवधिमा मान बहादुरले एक जना राई केटीलाई श्रीमति बनाई एक महिना जति सँगै राखेर पछि छाडिदिए । त्यसपछि लाजिम्पाट स्थित लव गारमेन्टमा करिब ७÷८ महिना जति काम गरेर छाडिदिएका थिए । फेरी सितापाइला स्थित एउटा राईस मिल्समा करिब ३÷४ महिना जति काम गरेर आफ्नो घर फर्किएका थिए । गाउँमै खेतीपाती गरिरहेको अवस्थामा सोही गाउँका एक जना बनपाले की श्रीमतिलाई भगाई विवाह गरी श्रीमति बनाई उनी पक्राउ पर्नु अघिसम्म आफ्नै साथमा राखेका थिए । घरमा झगडा भएपछि घरबाट भागेर रौतहटको चन्द्रनिगाहपुरमा आई सिन्दुर होटेलमा भाँडा माँझ्ने काम गरी बसिरहेका थिए । त्यहाँबाट श्रीमति र सासुलाई लिएर धनुषाको ढल्केवर स्थित संगम होटेलमा कामदारका रुपमा काम गरिरहेका बेला धनुषा र महोत्तरीका महिलाहरुलाई बलात्कार गरी हत्या गर्ने गरेका थिए ।

सिके राउतलाई किन भेटिन् कलाकार निशा अधिकारीले ?
![]() |
| १४ अषाढमा कलाकार निशा अधिकारी, अभियन्ता इशान लगायतको टोलीले डा.सिके राउतलाई बुझाएको पत्र । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
कलाकार निशा अधिकारी सहितको टोलीले १४ अषाढ २०७३ मा जनकपुर आएर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ । युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ ।
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए । राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले बताइन् ।
‘जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र ?’ निशाले भनिन, ’राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो । त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं ।’ सद्भाव र एकता संकटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ ? स्वदेश बचाउन हामीले के गर्दैछौं ? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ । स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्टिूय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ । मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन् ।
‘हामी, हाम्रो समाज र सरकारबाट तपाई र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,’ राउतलाई बुझाएको पत्रमा भनिएको छ, ’व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्टिूय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ ।’सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ ।
स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन् । ‘हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,’ राउतलाई बुझाइएको पत्रमा भनिएको छ, ’सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ । हामी छुटेर नभई मिलेर अघि बढौं ।’ तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
ईशानको अभियानमा समर्थन
ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन् । ‘सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,’ उने भनिन, ’कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ ।’ क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ ।

Monday, July 4, 2016
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा थुनामा रहेका मोहन ठाकुर रिहा भएपछि भन्छन, पार्टीले मेरो कामको मुल्याङ्कन गरोस्
![]() |
| मोहन कुमार ठाकुर । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनको बेला महोत्तरीमा एक जना सशस्त्र प्रहरीका असई थमन विकलाई हत्या गरेको आरोपमा कारागार थुनिएका ३ जना अभियूक्तहरु मध्ये मोहन ठाकुर पुनरावेदन अदालतको आदेशबाट रिहा भएका छन् । २९ माघ २०७२ मा पक्राउ परेका ठाकुर सहित अन्य २ जनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ बस्ने २५ वर्षीय सञ्जयकुमार साह, वडा नम्बर २ बस्ने ३० वर्षीय प्रदीप साह माझी र परिकौली फुल्हट्टा गाविस–३ हाल जलेश्वर नपा–१७ बस्ने ५५ वर्षीय मोहन ठाकुर थिए । जसमध्ये २७ जेष्ठ २०७३ मा ठाकुर रिहा भएका छन् भने अन्य २ जना कारागारमै थुनामा छन् । जेल जानेहरुले मधेस आन्दोलनका बेला गत भदौ २५ गतेका दिन महोत्तरीमा अवस्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जससागरमा कार्यरत असई थमन बिकलाई कुटपीट गरी हत्या गरेको आरोप लगाइएको छ । रिहा भएपछि मोहन कुमार ठाकुरसँग द एक्सक्लुसिभले गरेको कुराकानी ः
म मोहन कुमार ठाकुर अनपढ, गँवार भएपनि पार्टीको रणनीति अनुसार मधेसवादीको पक्षमा अत्यन्तै लगनशिलताको साथ मधेस आन्दोलनमा लागेको थिएँ । म मधेस आन्दोलनको एउटा सक्रिय कार्यकर्ता हो । दोस्रो पटक सदभावना महोत्तरीको कार्यसमिति सदस्य भएको व्यक्ति हो ।
![]() |
पक्राउ परेका बेला बायाँबाट क्रमशः प्रदिप माझी, संजय साह र मोहन ठाकुर । |
मधेस आन्दोलन उत्साह जनक ढंगले अगाडी वढ्दै थियो । जलेश्वरमा आन्दोलनको संयोजकत्वको जिम्मा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक तराई मधेस लोकतान्त्रिक पार्टीको फाँटमा परेको थियो । जलेश्वरमा वृहत जनशक्ति प्रदर्शनको तयारी गरिएको थियो । जलेश्वर नगरपालिका घुमेर महादेव स्थान, साहुजीपट्टी हुँदै दुर्गा चौकमा आएर जुलुस जम्मा भई मञ्चिय कार्यक्रम गरि विरोधसभामा सम्बोधन गर्ने तयारी थियो । मञ्चमा नेताहरु बस्ने क्रम चलेको थियो भने आन्दोलनकारीहरुको मास पनि हजारौंको संख्यामा जम्मा भएको थियो । त्यतिकैमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको छतबाट भिडलाई तितरवितर गर्नका लागि अश्रु ग्यास फायर गर्न थालियो । दर्जनौं राउण्ड अश्रू ग्यास प्रहरीले फायर गरेको थियो । भिड तितरवितर भईरहेको थियो । तर, अचानक गोली फायर गरियो । ४ जना प्रदर्शनकारीहरुको स्पोटमै मृत्यू भयो । जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा रातिमा कफ्र्यू लगाइयो । रात भरी जलेश्वरका सडक सुनसान थिए । तर, ४ जना मान्छे मारिएको आक्रोश थियो, प्रदर्शनकारीहरुमा । विहान पल्ट सशस्त्र प्रहरीका असई थमन विक यूवाहरु भएको ठाउँमा पुगे । यूवाहरुले ती व्यक्तिलाई यहि मान्छे हो प्रदर्शनकारीहरुलाई गोली हान्ने भनेर चिने । पछाडीबाट एक जना सिभिल डूेसमा बनौटाका प्रहरी मोटरसाइकलमा आईरहेका थिए । त्यसपछि पुलिस भाग्न थाल्यो । ४÷५ हजार जति प्रदर्शनकारीहरु थिए । प्रदर्शनकारीहरुले तिनीहरुलाई लखेट्न थाले । थमन विकलाई कुटपिट गरी घाइते बनाए ।
त्यहाँ उनको मृत्यू भएको थिएन । तर, स्थानीय प्रशासनको चरम लापरवाही देखियो । घाइते विकलाई उपचार गराउनका लागि हेलिकप्टर मगाउन सकिन्थ्यो । तर, मगाइएन । साढे ११ बजेसम्म जलेश्वर अस्पतालमा राखियो । तर, थप उपचारका लागि जनकपुर पठाउँदा रुट गलत अपनाइयो । जुन गाउँका मानिसहरुलाई प्रहरीले हत्या गरेको थियो सोही बाटोबाट एम्बुलेन्सलाई पठाइयो । प्रहरी प्रशासनको के योजना र षड्यन्त्र अनुसार नै त्यो बाटोबाट पठाइयो । भिडलाई थप आक्रोषित गर्न पठाइएको थियो । असईको मृत्यु भएपछि त्यही नाउँमा आफुहरुले गरेको दमनलाई सेलाउन सकिन्छ र मधेस आन्दोलनलाई मथ्थर पार्न सकिन्छ भन्ने उद्देश्यले प्रहरीले सोचेर नै त्यो बाटोमा पठाएको थियो ।
पुष २९ गते मसाल जुलुस प्रदर्शन गर्ने तयारी थियो । सरस्वती पुजा भन्दा एक दिन पहिलेका कुरा हो । आन्दोलन सकिसकेपछि म आउँदै थिएँ । जिरोमाइलमा मलाई गिरफ्तार गरियो । विनोदजी तपाई नै होइन भनेर सोधिरहेको थियो । त्यतिबेला ३ जना पुलिस थिए । र, एउटा भ्यान पछाडी थियो । महुवा कपिलेश्वरका एक जना घुमुवा संजय पासवानले आफ्नो मुख छोपेको थियो । र, उनले इशारा गर्यो कि यहि मान्छे हो समातिहाल्नुपर्छ । अनि एक जना प्रहरीले मलाई भन्यो, तपाईलाई एसपी ओफिस जानुपर्छ । मैले भने, भोली विहान भेटे हुँदैन । बल गर्ने कुरै भएन । मलाई गाडीमा चढाइयो र मेरो मोवाइल प्रहरीले नियन्त्रणमा लियो । मलाई सम्पर्क विहिन बनाइयो । विचमा मलाई राखेर दुवै तर्फ राईफलधारी पुलिस गाडीमा बस्यो । मलाई एउटा अपराधि सरह व्यवहार गरिदैथियो । २ मिनेट जति भ्यान चलेको होला । तराई मधेस लोकतान्त्रिक पार्टी ओफिस निर आउँदा साथीहरु शंकर साही समेत थिए । मैले शंकरजीलाई भनें, म भित्र जाँदैछु । त्यसपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा मलाई बसाइयो । आधा घण्टा पछि एसपी साहेव आउनु भयो । विनोदजी के छ भनेर एसपी साहेवले मलाई सोध्नुभयो । मैले म विनोद होइन मोहन ठाकुर हो भनेर भनें । कुराकानी भईरहेको बेला भिडियो क्याम्रामा रेकर्डिङ्ग समेत गरिँदै थियो । किनभने मेरो कुरा र पुलिसले उपलब्ध गराएको भिडियोमा साउण्ड म्याच गर्नु थियो र अदालतमा प्रस्तुत गर्ने उद्देश्यले भिडियो क्याम्रामा रेकर्डिङ्ग गरेको कुरा जब अदालतमा मलाई उपस्थित गराइयो तब मात्र मैले बुझ्न सकें ।
एसपी साहेवलाई मैले भनें मलाई घर जान दिनुस् । अनि एसपी साहेवले भोली पठाउछु भनेर जवाफ दिनु भयो । मैले भनें मलाई मेरो मोवाइल दिनुस घरमा जानकारी दिनुपर्यो । मोवाइल दिइयो । र, मैले आफ्नो छोरा अशोक ठाकुरलाई फोन गरेर सबै कुराको जानकारी गराएँ । १० मिनेट पछि आन्दोलनकारी संजय साह र प्रदिप माझीलाई समेत प्रहरीले म भएको ठाउँमा समातेर ल्यायो । संजय साहलाई अलि अलि पहिले देखि पनि चिनिरहेको थिएँ । तर, माझीलाई यस अघिसम्म चिनेको थिइन । ती दुवै जनालाई कहिले माथि लगिन्थ्यो त कहिले तल ल्याइन्थ्यो । करिब ४÷५ पटक सम्म आउने जाने क्रम चल्यो । हामी तिनै जनालाई आँखा बाँधेर तल माथि लगिन्थ्यो । तर, कुनै यातना भने दिइएन । हामीलाई गिरफ्तार के का आधारमा गरिएको थियो, हामीले बुझ्न सकिरहेका थिएनौं ।
म आन्दोलनमा सुरु देखि नै सक्रिय थिएँ । कहिल्यै हिंसा गरेको छैन । जिल्ला प्रशासन घेराउ गर्ने दिन मात्र मेरो हातमा एउटा लाठी थियो । हामीले जिल्ला प्रशासन घेराउ गरिरहँदा प्रमुख जिल्ला अधिकारी विनोद यादव आफ्नो निवासबाट सशस्त्र प्रहरीको क्याम्प हुँदै जिविसको गेट भएर जिल्ला प्रशासन पुग्नुभएको थियो । मुल गेटबाट पस्नसक्नु भएको थिएन । त्यस यता मैले कहिल्यै लाठी पनि बोकिन् । तर, मलाई सशस्त्र प्रहरी असई थमन विकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो । अदालतमा आदेश हुने दिन त्यो दुई जना यूवाहरु धेरै डराईरहेका थिए । म अलि उमेरमा पाको भएको हुनाले पनि मलाई डर भईरहेको थिएन तर ती दुई जना यूवाहरुलाई हर्ट अटेक नै होला जस्तो अनुभुति भईरहेको थियो । जितेन्द्र नामका एक जना असई हाम्रो सुरक्षाका लागि अदालतमा खटाइएको थियो । एसपी साहेव पनि त्यहाँ आउनु भयो । मैले एसपी साहेवलाई भनें तपाईकै कमि कमजोरीका कारण हामी निर्दोषहरु जेल पर्ने अवस्था आएको छ । किनभने एक जना घनश्यामजी र उद्धव क्षेत्री वकिल साहेवले मेरो नजिक आएर के भन्नु भएको थियो भने मोहनजी २÷३ दिनको लागि जेल जानुस्, हामी चाँडै छोडाईहाल्छौं । मैले बुझें पुर्पक्षमा जाँदा २÷३ दिन होइन, महिनौं लाग्न सक्छ । मलाई मेरो चिन्ता थिएन । चिन्ता थियो त मात्र ती दुई जना यूवाहरुको ।
हामीलाई अदालतबाट तल ल्याइयो । दृष्य कस्तो थियो भने १ हजार देखि १५ सय जतिको बीचमा मानिसहरु नाराबाजी गरिरहेका थिए । मैले प्रदिपलाई भने कि प्रदिप अब हामीले मान्छेहरुलाई रोक्नुपर्छ । नत्र पुलिसले गोली चलायो भने हाम्रै कारण फेरी निर्दोष मानिसहरु मारिन सक्छन् । मानविय क्षति हुन सक्छ । त्यसकारण हामीले नाराबाजी गरिरहेका मानिसहरुलाई के भन्यौं भने हामीहरु मधेसको मुक्तिका लागि नै जेलमा गईरहेका छौं । अनि भिडको नाराबाजी शान्त त भयो तर हाम्रा आफ्न्त र परिवारजनहरु धुरुधुरु रोइरहेका थिए । हामीले आफुलाई सम्हाल्यौं । हामीलाई जलेश्वर कारागार लगियो ।
जलेश्वर जेलभित्र जाने वितिकै हामी तिनै जनालाई देखेर कारागार भित्र रहेका सम्पुर्ण कैदी बन्दीहरुले जय मधेसको नारा लगाउन थाल्यो । करिब १५÷२० बर्ष यता जेल भित्र कुनै कैदी जाँदा कैदीबन्दीहरुले एक साथ यसरी नाराबाजी गर्दै कसैलाई पनि स्वागत गरिएको थिएन । हामीलाई सबै कैदी साथीहरुले भव्य स्वागत गरे । सबैले भने कुनै चिन्ता लिनु पर्दैन । तर, जेलभित्र धेरै समस्याहरु छन् । सुत्ने ठाउँको अभाव, शौचालयको अभाव लगायत थुप्रै कमि कमजोरीहरु छन् । जेलका समस्याहरु कुनै अर्को दिन विस्तारमा बताउँला ।
पुनरावेदन अदालतबाट आदेश आईसकेको थियो । जेलका चौकिदार श्रीनारायण भित्र आएर भने कि अदालतले राम्रो आदेश गरेको छ । मैले उनलाई सोधे के भयो, हामी तिनै जना रिहा भयौं कि भएनौं । अनि श्रीनारायणले तपाई मात्र रिहा हुनु भएको छ भनेर जवाफ फर्काउँदा मलाई धेरै पीडा भयो । किनभने म त बुढो भईसकेको मान्छे, मेरो परिवारमा पनि छोरा छोरीहरु छन् तर ती दुई जना यूवाहरुको भविष्यलाई लिएर धेरै चिन्ता भइरहेको थियो । तर, के गर्ने । मलाई बाहिर आउनु पर्यो । अदालतबाट साधारण तारेखमा र एम्बुलेन्सको आगजनीको आरोपमा ४÷४ हजार रुपैयाँ विगो राखेर म छुटेको थिएँ । सदभावनाको पार्टी ओफिसमा सबैभन्दा पहिले आएँ । साथीहरु फुलमाला लगाउन थाल्नु भयो । मैले इन्कार गरें । ५ बजे घर आएँ । शुक्रबार घर फर्केको थिएँ । आईतबारसम्म कहिँ कतै गइन । त्यसपछि सँधै पार्टी ओफिस जाने गरेको छु ।
जेलमा हुँदा पार्टी अध्यक्ष राजेन्द्र महतो, सह अध्यक्ष लक्ष्मण लाल कर्ण, महासचिव मनिष सुमन, सह महासचिवहरु देवेन्द्र यादव, सुरिता साह लगायतले फोन गर्नुहुन्थ्यो । सबैले चिन्ता लिनु पर्दैन । जे भए पनि अब मेरो पनि घर परिवार छ । छोरा छोरीहरु छन् पार्टीले मेरो पनि भविष्यको बारेमा सोचिदिनुपर्दछ भन्ने मेरो इच्छा र पार्टीसँग आग्रह पनि छ । मधेस आन्दोलनका दौरान र त्यस अघि पनि मैले पार्टीले दिएको निर्देशन अनुसार पनि मेरो मुल्याङ्कन होस् भन्ने मात्र चाहना रहेको छ ।
पार्टीले मेरो प्रोमोशन नै गर्नुपर्छ वा आगामी चुनावमा टिकट नै दिनुपर्छ भन्ने कुरा मैले भनिरहेको छैन तर आगामी दिनमा पनि पार्टीको निर्देशनमा कुनै पनि कार्यकर्ता अगाडी वढ्नका लागि उत्प्रेरित गर्नका लागि पनि मलाई के लाग्छ भने मलाई पार्टीले मेरो भविष्यबारेमा सोच्नुपर्दछ । जे भएपनि मधेसले आफ्नो मुक्ति पाउनै पर्ने हुन्छ ।
२०७३ आषाढ १९ गते आईतबार
Monday, June 27, 2016
महोत्तरीमा खुल्ला घरेलु मदिरा सेवन गरी एकै परिवारका पाँच जनाको मृत्यू अवैध मदिरा उत्पादन, विक्री वितरण र सेवनमा प्रहरीद्वारा प्रतिबन्ध
अजय अनुरागी
जनकपुरधाम............
घरेलु खुल्ला मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा अबैध खुल्ला मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादक जिल्लाको हात्तीलेट गाविस(४ बस्ने जगतबहादुर बुलन र बिक्री वितरण गर्ने सहसौला गाविस(६ बस्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् ।
गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला(६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लि, उनका छोरा ३५ वर्षीय रामप्रगास मल्लि, ज्वाइँ गौशाला नगरपालिका(७ बस्ने ४५ वर्षीय पञ्चा मल्लि, छोरी (पञ्चाकी श्रीमती) ४० वर्षीया कलावती देवी र सम्धी औरही गाविस( ३ बस्ने ६० वर्षीय बद्री मल्लिको मृत्यु भएको थियो ।
पाँच जनाको एकै साथ मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा विनोद महराले बेचेको मदिरा विषाक्त रहेको आशंका गर्दै र उनले सो मदिरा जगतबहादुर बुलनले उत्पादन गरेको खुलेकोमा उनी दुवै जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताएका छन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाई सकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पाँच जना मरेको घटना भएको दिन घटना स्थलमा पुगेका प्रहरीले विनोद महराको पसलबाट विक्री गरिएको मदिराहरु र मृतकका भिसेरालाई थप जाँच तथा परीक्षणका लागि काठमाण्डौ पठाइएको छ । महोत्तरी प्रहरी उपरीक्षक भट्टराई भन्छन,“ ती पाँच जना व्यक्तिको मृत्यु खुल्ला मदिरा सेवनबाट वा फुड प्वाइजनिङबाट भएको हो भन्ने कुरा यकिन नभएपनि अबैध घरेलु मदिरा विषाक्त भई ती विषाक्त मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने हाम्रो आशंका छ । यकिन काठमाण्डौबाट मदिरा र भिसेराको परीक्षण प्रतिवेदन आएपछि मात्र खुल्ने छ ।”
पीडा र शोकमा परिवार
एकै परिवारका पाँच जनाको मदिरा सेवनका कारण मृत्यु भएपछि उक्त डोम समुदायको सिंगो परिवार नै विचल्लीमा परेको छ । सुकुम्बासी समेत रहेका उक्त परिवार सडकको जमिनमा नै फुसको टहरा बनाई बास बस्दै आएका थिए । गाउँमा मागेर तथा बाँसका बस्तुहरु निर्माण गरी बेचेर गुजारा गर्दै आएका उक्त परिवार पहिले नै दिन खाँदा रातको लागि समस्या पर्ने र रात खाँदा दिनको लागि समस्या पर्ने गरेको अवस्थामा अब उक्त परिवारका अगुवा पुरुषहरुको नै मृत्यू भएपछि उक्त परिवार विजोगमा परेका छन् । रक्सी उत्पादन भएपछि सेवन गरिन्छ तर उत्पादन नै नभएपछि सेवन नै नगर्ने भएकाले पनि प्रहरी प्रशासनले त्यस्तो रक्सी उत्पादन तथा विक्री वितरणमा रोक लगाइदिएको भए आफ्ना परिवारले रक्सी खाएर यसरी मर्नुपर्ने थिएन भन्दै आफ्न्तहरुले गुनासो गरेका छन् । अत्यन्तै गरिब तथा अशिक्षामा बाँचिरहेका उक्त परिवारलाई अहिले तत्काल क्रियाकरम गर्न पनि धौ धौ परेको छ । मृतक प्रकाश मल्लिकी श्रीमति इन्दुदेवी भक्कानिँदै भन्छिन,“त्यो रक्सीमा विष छ भन्ने कुरा थाहा भएको भए कसैले पनि रक्सी सेवन गर्ने थिएनन् । त्यो विष मिलाएर रक्सी बेच्नेलाई कारवाही हुनुपर्दछ । अब आफ्नो परिवारको गुजारा गर्ने मानिसहरु नै वितेपछि परिवारलाई कसरी लालनपालन गर्ने भन्ने चिन्ता थपिएको छ ।” दलितको नाउँमा सबै नेताहरु राजनीति गर्छन तर अहिले परेको बेला कुनै पनि नेता होस वा गाउँले नै होस कसैले पनि कुनै किसिमको मद्दत गरेको छैन । कफन समेत ऋण काढेर किनेको इन्दु देवीले गुनासो गरिन । कमसेकम जातिय परम्परा अनुसार किरिया करम र भोज भतेर गर्नुपर्ने बाध्यता छ । तर, पैसा नभएपछि कुनै पनि मालिकले ऋण कर्जा समेत नदिईरहेको अवस्थामा भोलीको भन्दा पनि अहिले किरिया गर्न नै अप्ठ्यारो परेको हुनाले नेपाल सरकारले त्यो व्यवस्था मिलाई दिए राम्रो हुने थियो, इन्दु देवी सरकारसँग गुहार लगाएकी छिन् । अब पुरुषहरुले रक्सी नखाने बताईरहेका छन् ।
मदिरा भट्टीहरुबाट उत्पादित विषाक्त मदिराबाट २०६५ यता महोत्तरीमा दुई दर्जन भन्दा बढीको ज्यान गएको तथ्यांक छ । अहिले पनि सो भट्टिहरुबाट उत्पादित मदिरा सेवन गरेको कारण महिनामा सरदर १५÷२० जना विरामी भएर जिल्ला अस्पताल जलेश्वरमा आउने गरेका छन् । जिल्ला अस्पताल जलेश्वरका डा. सतिस कुमार साह अखाद्य तथा अनियन्त्रित केमिकल प्रयोगका कारण रक्सी विषाक्त हुने गरेको बताए । रक्सी तयार भएपछि यसको वैज्ञानिक परीक्षण हुनुपर्ने हो यो स्थानीयस्तरमा सम्भव हँदैन । डा. साहका अनुसार गुणस्तरहीन रक्सीको सेवनबाट लिभरमा प्रत्यक्ष असर गर्छ । रगत र मस्तिष्कमा क्लुकोज आभाव हुन्छ अनि सेवनकर्ताको तत्काल मृत्यु पनि हुन सक्छ । रक्सी सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, त्यसपछि दृष्टि गुम्ने अनि अचेत भएको ज्यान जाने लक्ष्यण देखिएको स्वास्थ्यका उनले बताए । त्यस्ता बिरामीमा उच्च रक्तचापसमेत देखिएको थियो । घरेलु मदिरा सेवनबाट बर्सेनी धेरैको ज्यान जाने गरेका कारण देखाउदै महोतरी प्रहरीले अवैध रुपमा संचालनमा रहेका अवैध घरेलु मदिरा भट्टीहरु नष्ट गर्ने कार्यलाई तीव्र बनाएको छ।जिल्लाको विभिन्न स्थानमा छापामारी मदिरा उत्पादन गर्ने लाखौंको सामानसमेत प्रहरीले जफत गरेको छ ।
हुन त महोत्तरी प्रहरीले गत चैत्र महिना देखि नै अबैध तरिकाले घरेलु खुल्ला मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउन अभियान नै चलाएको थियो । प्रत्येक महिना जिल्लाका विभिन्न गाउँहरुमा गएर अवैध मदिरा भठ्ठी भत्काउने तथा तयारी रक्सी र कच्चा पदार्थ समेत बरामद गरी नष्ट गर्ने गरेका थिए । तै पनि उक्त कार्य पुर्ण रुपमा रोक्न सकिएको थिएन । प्रहरीको उक्त प्रयास जारी रहँदा पनि पाँच जनाको मृत्यु भएपछि अब महोत्तरी प्रहरीले जिल्ला भरीमा अवैध घरेलु खुल्ला मदिरा उत्पादन, विक्री, वितरणमा मात्र रोक लगाएको छैन, ती अवैध खुल्ला मदिरा सेवनमा पनि रोक लगाइएको महोत्तरीका एसपी भट्टराईले द एक्सक्लुसिभलाई बताएका छन् । एसपी भट्टराईका अनुसार महोत्तरीमा आफुहरुले उक्त अभियानलाई अगाडी बढाएको भएपनि पुर्णरुपले सेवन प्रतिवन्धित गर्न स्थानीय नागरिक समाज, मिडिया र राजनीतिक दलको समेत सहयोगको आवश्यकता छ ।
मान्छे पक्राउ पर्दैनन्
अबैध खुल्ला मदिरा विक्री वितरण कहाँ भईरहेको छ भन्ने कुरा महोत्तरी प्रहरीलाई थाहा नभएको होइन । भठ्ठी संचालन हुने स्थान र संचालक समेतको पहिचान महोत्तरी प्रहरीले गरिसक्दा पनि ती मदिरा उत्पादन गर्ने संचालकहरुलाई प्रहरीले पक्राउ गरी कानुनको दायरा भित्र ल्याउन सकिरहेको छैन । गत ६ चैत्र २०७२ देखि ८ आषाढ २०७३ सम्ममा महोत्तरी प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा संचालित अवैध ४१ वटा भठ्ठी नष्ट गर्नाका साथै ४ हजार ७ सय ६५ लिटर तयारी मदिरा र २१ हजार ५ सय ३५ लिटर कच्चा पदार्थ नष्ट गरेको छ । महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका वडा नम्बर ४ मा बैद्यनाथ चौधरी र लालु महत्तो, जलेश्वर वडा नम्बर १७ परकौलीमा तिलबहादुर दराई, परौल २ मा जामुन चौधरी, ३ मा विनोद साह, भ्रमरपुरा ५ मा रामचन्द्र चौधरी, जलेश्वर वडा नम्बर १२ मा फुलगेन चौधरी र लक्ष्मी चौधरी, सितापुर भंगहा २ मा जितेन्द्र यादव र जगत मण्डल, लोहारपट्टी महदैया तपनपुर ३ मा किशुन यादव, मटिहानीमा उपेन्द्र चौधरी, अशोक साह, संतोष साह, बफैली यादव, रामगोपालपुरमा शत्रुधन चौधरी र सत्ते यादव, शिसवा कटैया ४ मा राजकिशोर कायश्थ, धिरापुर मझौडा विशनपुर ९ मा लालविहारी साह, बगरा ५ लोहरपट्टीमा नबल यादव, धर्मपुर ४ मा प्रदिप राउत र गणेश गुप्ता, सुन्दरपुर ३ मा नाम नखुलेको, सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव, जगत मण्डल, गोनरपुरा ७ मा दिपलाल साह आदि संचालक रहेको भठ्ठीहरुमा महोत्तरी प्रहरीले विगत ४ महिनामा छापा मारी मदिरा बरामद गर्दै भठ्ठी समेत नष्ट गरेको छ । तर, ती संचालकहरुलाई पक्राउ गरी कानुनी दायरा भित्र ल्याउन सकिएको छैन ।
कतिपय अवस्थामा त के देखिएको छ भने एक पटक एउटा व्यक्तिद्वारा संचालित भठ्ठीमा प्रहरीले छापा मारी भठ्ठी नष्ट गरेपनि केही दिन नवित्दै त्यहाँ फेरी मदिरा भठ्ठी संचालन भएको र फेरीपनि प्रहरीले छापा मारी नष्ट गरेको देखिन्छ । जस्तै १० चैत्र २०७२ मा महोत्तरीको सितापुर भंगहा वडा नम्बर २ मा जितेन्द्र यादव र जगत मण्डलले संचालन गरेको दुईवटा भठ्ठीमा प्रहरी नायव निरीक्षक मो.नुरुलको कमाण्डमा गएको प्रहरी टोलीले १ सय लिटर तयारी मदिरा, २ सय लिटर कच्चा मदिरा नष्ट गर्नुका साथै ठुलो डूम ८ थान र १६ वटा गैलन बरामद गर्नुका साथै भठ्ठी नष्ट गरेको थियो । तर, फेरी ३० जेष्ठ २०७३ मा सितापुर भंगहा मै प्रहरी नायव निरीक्षक मेघराज चौरसियाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही भठ्ठीबाट ४ सय ९० लिटर तयारी मदिरा र ६सय लिटर कच्चा मदिरा, ३२ जेष्ठ २०७३ मा सोही टोलीले जगत मण्डलको अवैध भठ्ठीबाट १ हजार ६० लिटर अवैध तयारी मदिरा र ८ सय लिटर कच्चा मदिरा नष्ट गरेको थियो । यसले के देखाउँछ भने प्रहरीले एक पटक भठ्ठी नष्ट गर्दा पनि ती भठ्ठी संचालकले फेरी उत्पादन गर्ने काम थालिहाल्दछन् । महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार प्रहरीले भठ्ठीमा छापा मार्न गएको बेला भठ्ठी संचालकहरु फेला नपर्ने हुनाले तिनीहरुलाई पक्राउ गर्न सकिएको छैन ।
नियमन गर्ने निकाय बेखबर
अबैध मदिरा भठ्ठी उत्पादन तथा विक्री वितरण भईरहेको अवस्थामा कारवाही गर्ने निकाय भनेको आन्तरिक राजश्व कार्यालय जनकपुर हो । तर, उक्त कार्यालयले त्यस्ता अवैध क्रियाकलापलाई नियन्त्रण गर्न विगतका बर्षहरुमा कुनै चासो नै नलिएपछि अवैध रक्सी उत्पादनको कार्य दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । खास गरेर धनुषा, महोत्तरी र सर्लाहीमा प्रत्येक गाउँ, टोल टोलमा अवैध मदिरा उत्पादन गर्ने गरिएको छ ।
आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ अनुसार धनुषामा छिरेश्वर डिस्टिलरी प्रा.लि., सांग्रिला डिस्टिलरी प्रा.लि., छिन्नमस्ता डिस्टिलरी प्रा.लि. र धनुषा डिस्टिलरी प्रा.लि. ले मात्र मदिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रा.लि.ले हरिवनमा रक्सीको कच्चा पदार्थ स्प्रिीट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसका बाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन ।
महोत्तरीको सहसौला गाउँमा अवैध घरेलु मदिरा सेवनका कारण दलित डोम समुदायका एकै परिवारका पाँच जनाको मृत्यु भएपछि शोक सन्तप्त परिवार (बायाँ) र सडकमै घर टहरा बनाएका ती पीडित डोम समुदायको घर (दायाँ) ।
किरियामा बसेका विनोद मल्लि र उदय मल्लि ।
महोत्तरी प्रहरीले अवैध मदिरा भठ्ठी र अवैध मदिरा नष्ट गर्दै ।
२०७३ आषाढ १२ गते आईतबार

Subscribe to:
Posts (Atom)