Saturday, May 21, 2016

ठगी गर्ने जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको पीडित विद्यार्थीहरुको आरोप

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
ठगीको आरोपमा मुद्दा खेपिहरेका जानकी मेडिकल कलेज रमदैया भवाडीका तीन जना शेयरधनीहरु जिल्ला प्रहरी कार्यालय धनुषामा सरेन्डर गरेका छन् । विद्यार्थीहरुबाट रकम उठाई पठनपाठन ठप्प पारेको भन्दै विद्यार्थीहरुले गत बर्षको साउन मसान्तमा कलेजका शेयरधनीहरु उपर ठगी मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार, कलेजका ७ जनामाथि मुद्दा दायर भएपनि विहिबार तीन जना शेयरधनीले जिप्रका धनुषामा हाजिर भएका छन् । हाजिर हुनेमा ओपी पाण्डे, समिर ढुङगेल र कामेश्वर साह रहेका छन् । कलेजका पुराना सञ्चालकहरु ओपी पाण्डे, समीर ढुंगेल, कामेश्वर साह, बलराम गुप्ता, अशोक सिन्हा, कृष्णदेव यादवसहित सात जनालाई प्रहरी कार्यालयले मस्ट वान्टेडको सूचीमा राखेको थियो । गुप्ता, सिन्हा र यादव भने अझै फरार छन् ।
चिकित्साशास्त्रमा अध्ययनरत कलेजका ३ सय ७४ विद्यार्थीसँग २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम लिएपछि कलेज बिक्री गरेर फरार भएको सञ्चालकहरूमाथि आरोप लागेको छ । पुरानो सञ्चालक समितिले गत असार २७ गते कलेजको ८७ प्रतिशत सेयर धनबहादुर शेरचन, हरिमान लामा र हरिकृष्ण भट्टचनलाई बिक्री गरेको थियो ।
जाहेरी दिएको एक बर्ष वित्न लागेपछि मात्र धनुषा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी वढाएकोले प्रहरीको काम कर्तव्य माथि शंका उत्पन्न हुन थालेको बताउँदै उक्त कलेजका पीडित विद्यार्थीहरुले प्रहरीले ती संचालकहरुसँग मोटो रकमको प्रलोभनमा परी ती संचालकहरुकै पक्षमा अनुसन्धान अगाडी वढाएको बताएका छन् ।  ७ र ८ जेष्ठ २०७२ मा मेडिकल कलेजमा पुगेका प्रहरीहरुले कलेज संचालक ओपी पाण्डेको पक्षमा हस्ताक्षर गर्न दवाव दिएको, हस्ताक्षर गर्न नमान्दा परीक्षामा फेल हुने जस्ता प्रहरीले विद्यार्थीहरुलाई धम्की दिएपछि कतिपय विद्यार्थीहरुले उनको पक्षमा हस्ताक्षर समेत गरिसकेको पीडित विद्यार्थीहरुले बताएका छन् ।
२०७२ साउनमा  उक्त कलेजका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी जयप्रकाश महत्तो, चौथो बर्षमा अध्ययनरत विद्यार्थी प्रविण कुमार मिश्र, दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी जितेन्द्र यादव, रुपेश कुमार साह, रुपेश गोइत, तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी संतोष अधिकारी र अरविन्द अधिकारी लगायतका निवेदकहरुले कलेजका तत्कालिन संचालकहरु काठमाण्डौ निवासी ओम प्रसाद पाण्डे, पाण्डेकी श्रीमति अर्चना पाण्डे, झापा चन्द्रगढीका हेमता सुवेदी, जनकपुरका बलराम गुप्ता, धनुषा भरतपुरका समिर ढुङगेल, महोत्तरी गोनपुरा तथा हाल जनकपुरका कामेश्वर साह र कामेश्वर साहकी श्रीमति सुरिता साह सुडि विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गरिएको थियो ।
जाहेरबाला विद्यार्थीहरु लगायत सैकडौ विद्यार्थीहरुलाई कलेजका संचालकहरुले राम्रो पढाउँछौं, हस्पिटल राम्रो संचालन गछौं, कुनै प्रकारका व्यवधान हाम्रो कलेजमा हुँदैन भनि आश्वासन दिएको उक्त जाहेरीमा उल्लेख छ । सोही आश्वासन अनुसार विद्यार्थीहरु जयप्रकाश महत्तोबाट रु. २७ लाख, प्रविण कुमार मिश्रबाट रु. २८ लाख, जितेन्द्र यादवसँग रु. १५ लाख ५० हजार, रुपेश कुमार साहसँग रु. ८ लाख, रुपेश गोइतसँग रु. २५ लाख, संतोष अधिकारीसँग रु. ३१ लाख, अरविन्द अधिकारीसँग रु. ३१ लाख, रंजन यादवसँग रु. १२ लाख, निरज यादवसँग रु. ३२ लाख, गौतम झासँग रु. २२ लाख, सरोज कुमार साहसँग रु.३१ लाख, अमरिन्द्र यादवसँग रु. २१ लाख ८० हजार, मनिका सेनीसँग रु. ३२ लाख, विनय विक्रान्तसँग रु. ३१ लाख, शुभम विश्वाससँग रु. ३० लाख ४० हजार, राहुल कुमार झासँग रु. ३० लाख ४० हजार, अर्सदिप कौरसँग रु. ३२ लाख, संजिव कुमार चौधरीसँग रु. २७ लाख, राजु कुमार मण्डलसँग रु. १० लाख, अधिराज ओलासँग रु. २६ लाख ५० हजार रकम असुली कहिल्यै कलेज संचालन गर्न तथा कहिल्यै महिनौंसम्म बन्द गरी संचालकहरु फरार रह्ने गरेका छन् ।
 विद्यार्थीहरुले कलेज तथा हस्पिटल संचालन गर्नका लागि आग्रह गर्दा पनि संचालकहरुले कुनै वास्ता नगर्दा शिक्षा मन्त्रालय, शिक्षण अस्पताल महराजगञ्ज, नेपाल मेडिकल काउन्सिल समेतमा पटक पटक भविष्य रक्षाको लागि आवेदन गर्दा समेत ती कलेज संचालकहरुले कलेज सुचारु गर्ने प्रतिवद्धता गरेपनि पठन पाठन नगराई तथा हस्पिटल संचालन नगरी आफुहरुको रकम पच गरी ती संचालकहरु फरार भएपछि आफुहरु ठगिएको उक्त जाहेरीमा उल्लेख छ । २७ जेष्ठ २०७२ मा जाहेरवाला लगायत विद्यार्थीहरुले शिक्षण अस्पताल महराजगञ्ज तथा नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय समेतमा २८ जेष्ठ २०७२ मा अध्यापन कार्यको समायोजनका निम्ति जानकारी पत्र प्रस्तुत गर्दा पनि तिनीहरुले आफुहरुको भविष्य विगार्ने कार्य गरी ठगी गरेको हुँदा अन्यायमा परी भविष्य रक्षार्थ तथा जघन्य अन्यायीहरुलाई हदैसम्म सजाय गरी पाउन तथा ठगेको ४ करोड ७७ लाख ७० हजार रकम समेत तथा अन्य विद्यार्थीहरुको गरी दशौं करोड रकम फिर्ता तथा क्षतिपुर्ती समेत दिलाई पाउन भन्दै जाहेरी दिइएको हो । जाहेरवाला विद्यार्थीहरुले प्रमाणको रुपमा रकम बुझाएको नगदी रसिदको प्रतिलिपी समेत उपलब्ध गराईदिएको छ ।
राम जानकी हेल्थ फाउन्डेशन प्रा.लि. अन्तरगत संचालित उक्त जानकी मेडिकल कलेजका संचालकहरु परिवर्तन भईसकेको छ । १ साउन २०७२ मा रामजानकी हेल्थ फाउन्डेशन प्रा.लि.को संचालक समितिको बैठक उक्त कम्पनीका संचालक समितिका अध्यक्ष धनबहादुर शेरचनको अध्यक्षतामा  बसेको बैठकबाट उपाध्यक्ष हरिमान लामा र संचालक हरिकृष्ण भट्टचन उपस्थित रहेकोमा कम्पनीको सम्पुर्ण चुक्ता सेयर संख्याको ८७ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयर धनीहरुको उपस्थिति रहेको हुँदा बैठकले पुर्ण कानुनी वैधता प्राप्त गरेको उल्लेख छ । नयाँ संचालक समितिमा कामेश्वर साह, साहकी श्रीमति सुरिता कुमारी साह र ललन कुमार सिन्हा समेत रहेको छ ।
ठगी मुद्दा लागेका तीनै जनाको सम्पति समेत रोका भएपछि उनीहरु जिप्रका धनुषामा हाजिर भएको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पाण्डेसहित कलेजका सेयरहोल्डर समिर ढंगेल र कामेश्वर साहसमेत रहेका छन । कलेजमा अध्ययनरत विद्यार्थीहरुले ठगी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्द जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ सालमा उजुरी दर्ता गराएका थिए । लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरुले भर्ना शुल्क फिर्ता माग्दै ठगी आरोपमा उजुरी दिएका थिए । विद्यार्थीहरुले कलेज  संचालकविरुद्ध भर्नाका रसिदसहित प्रहरीमा उजुरी दिएका थिए ।  जानकी मेडिकल कलेजका सञ्चालक विरुद्ध ठगी मुद्दा चलाउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कलेज सञ्चालकहरुको लापरवाहीका कारण एक वर्षदेखि पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु कारवाहीको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । पीडित विद्यार्थीहरुले सिंहदरबार घेराउ लगायतका काठमाडौं केन्द्रित आन्दोलनसमेत गरेका थिए ।

२०७३ जेष्ठ ०९ गते आईतबार

Monday, May 16, 2016

जनकपुरमा बढ्दो सवारी चाप र सवारी दुर्घटना

जनकपुरको जानकी मन्दिर अगाडी सडक 
फराकिलो नहुँदा ट्राफिक जामको एक दृष्य ।
अजय अनुरागी
जनकपुरधाम............
४ अषाढ २०२२ मा सबै भन्दा पहिले धनुषा विसरभोराका जमुना प्रसाद सिंहका छोरा राजेश्वर प्रसाद सिंहले सबैभन्दा पहिले मोटरसाइकल ज १ प १६ नम्बरको रुपमा जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गराएको पाइन्छ । १९६५ सालमा बनेको एक सिलिण्डरको १ सय ७५ सिसी हर्ष पावर रहेको तथा ०४५१५ चेसिस नम्बर तथा इएस ०३९१५ इन्जन नम्बर रहेको दुई सिट क्षमता भएको हरियो रंगको एसकर्ट राजदुत मोटरसाइकल पहिलो मोटरसाइकल दर्ता हो । भारत विहारको जयनगरका रामचन्द्र सिंहको एसकर्ट लिमिटेड कम्पनीबाट उनले खरिद गरेको दर्ता कितावमा उल्लेख छ । आफु अनुकुलको नम्बर छनौट गर्न पाउने अवसर प्राप्त गर्दै उनले १ नम्बर नरोजेर १६ नम्बर रोजेका थिए ।

त्यसैगरी महोत्तरी खुट्टापिपराढी ४ का खोभारी साहुका छोरा महेन्द्र साहु सुडीले ज अ प ४५ नम्बरको रुपमा दोस्रो मोटरसाइकल १० अषाढ २०२८ मा दर्ता गराएका छन् । ६ बर्ष पछि मात्र दोस्रो मोटरसाइकल दर्ता भएको थियो । होण्डा कम्पनीका ९० सिसी हर्ष पावरको एक सिलिण्डरको सि २०१ वाई १४८७७३ चेसिस नम्बर तथा सि २०१ ई १२७१५४ इन्जन नम्बर रहेको पेटूोलले चल्ने कालो रंगको मोटरसाइकल दोस्रो मोटरसाइकलको रुपमा दर्ता भएको पाइन्छ । निजी प्रयोजनको लागि भन्दै महेन्द्र साहले धनुषा ठिल्ला ९ बस्ने राजनारायण साह सुडीबाट मोटरसाइकल खरिद गरेको उल्लेख छ ।
जनकपुर सहरको कुरा गर्ने हो भने सबै भन्दा पहिले उद्योगपति दिनानाथ सर्राफले तेस्रो नम्बरमा मोटरसाइकल दर्ता गराएको पाइन्छ । ३० अषाढ २०२९ मा जनकपुर ५ का वृजमोहन सर्राफका छोरा दिनानाथ सर्राफले ज अ प ५६ नम्बरको रुपमा जनकपुरको पहिलो तथा अञ्चलको तेस्रो मोटरसाइकलको रुपमा दर्ता गराएको पाइन्छ । १९६९ सालमा बनेको होण्डा कम्पनीको दुई सिलिण्डरको उक्त मोटरसाइकल १ सय २५ सिसी, सिडी १२५ ई २०१८४४३ चेसिस नम्बर, सिडी १२५ ई २०१८४४३ इन्जन नम्बर निलो रंगको दुई सिट क्षमता भएको उक्त मोटरसाइकल दिनानाथ सर्राफले श्यामलाल श्रेष्ठबाट खरिद गरेको उल्लेख छ । 

यसरी हेर्ने हो भने त्यसताका जो कोहीले पनि मोटरसाइकल किन्न सक्ने क्षमता राख्दैनथे । कुनै गाउँमा एउटा व्यक्तिले मोटरसाइकल किन्यो भने सिंगो गाउँ तथा आसपासका गाउँका मानिसहरु मोटरसाइकल कस्तो हुन्छ भन्ने हेर्नका लागि दिनहुँ घुइँचो लाग्ने गथर््यो । यो कुरा यसबाट पनि पुष्टि हुन्छ कि मोटरसाइकल दर्ता हुन पाँच पाँच बर्ष समेत लाग्ने गरेको यातायात कार्यालयको अभिलेख छ । गाउँ घरका जमिन्दार तथा धनी मनि व्यक्तिले आफ्नो सौख तथा आवश्यकताका साथै आफ्नो रवाफ र धाक कायम राखि राख्न मोटरसाइकल किन्ने गर्थे । करिब २०५० सालसम्म जनकपुर अञ्चलमा मोटरसाइकलका प्रयोगकर्ताहरुको संख्या धेरै थिएन । तर, अहिलेको अवस्था हेर्ने हो भने त्यो प्रवृति फेरिएको छ ।
अहिले जसरी हरेक मानिसको हातमा मोवाइल अनिवार्य बनेको छ ठीक त्यसैगरी प्रत्येक व्यक्तिले आफ्नो निजी सवारी साधनका लागि मोटरसाइकल प्रयोग गर्न थालेको देखिन्छ । खास गरेर तराई मधेसमा पुरुषहरुले विवाह गर्दा दाइजोमा अनिवार्य शर्तका रुपमा नगद बाहेक मोटरसाइकल माग्न थालेपछि पनि त्यसको संख्या बढेको यातायात कार्यालयका कर्मचारीहरु बताउँछन् । जनकपुर अञ्चल यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार  यस कार्यालयमा  सबैभन्दा वढी दर्ता हुने सवारी साधन भनेको मोटरसाइकल नै हो । खास गरी दशैंका बेला र बैशाख देखि अषाढसम्म सबैभन्दा वढी मोटरसाइकल दर्ता हुने गरेका छन् । दशैमा कर्मचारीहरुले पनि तलब पेश्की पाएका हुनाले तिनीहरुले पनि मोटरसाइकल किन्ने गरेका छन् भने बैशाख देखि अषाढसम्म लगनका बेला बेहुलाहरुले दाईजोमा पाएका मोटरसाइकल किनेर दर्ता गर्ने प्रवृति अत्यन्तै व्यापक पाइएको छ ।
यूवाहरुमा मोटरसाइकल प्रतिको मोह बढेपछि मोटरसाइकलको संख्या यस क्षेत्रमा बढ्दै गएको छ । खास गरेर पछिल्लो ५ बर्षको तथ्याङकलाई मात्र केलाउने हो भने मोटरसाइकलको संख्यामा भएको वृद्धिदरले मोटरसाइकल हिजोका दिनमा विलाशिताका वस्तुको रुपमा चिनिए पनि अब त्यो न्युन्तम आवश्यक बस्तुको रुपमा प्रयोग हुन थालेको पुष्टि हुन्छ । जसरी बैदेशिक रोजगारीमा जानेहरुको संख्या नेपालमै सबैभन्दा वढी धनुषा जिल्लामा छ र तिनीहरु फर्केपछि महँगो मोवाइल, टेलिभिजन, घडी र व्लयाङकेट अनिवार्य रुपमा किन्ने गर्छन् ठीक त्यसैगरी तिनीहरु मोटरसाइकल पनि अनिवार्य रुपमै किन्न थालेका छन् । फ्याक्ट्स नेपालले गरेको एउटा अनुसन्धानबाट के देखिएको छ भने नेपालमा सबैभन्दा वढी रेमिटयान्स भित्रिने जिल्लाको रुपमा धनुषा रहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा धनुषामा मात्रै सबै भन्दा वढी १४ अर्ब रुपैयाँ बैदेशिक रोजगारीमा गएकाहरुले रेमिट्यान्स मार्फत भित्रियाएका छन् । अर्थात मानिसहरुको क्रय क्षमतामा पनि वृद्धि भएका कारण यस क्षेत्रमा मोटरसाइकल किन्नेहरुको संख्यामा अप्रत्याशित रुपले बढेको पाइन्छ ।
जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरमा आर्थिक बर्ष २०६७÷०६८ मा ज ३ प ६७१३ नम्बर देखि ज ४ प १९८१ नम्बरसम्म कुल ५ हजार २ सय ६८ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०६८÷०६९ मा ज ४ प १९८२ देखि ज ४ प ९१४० सम्म कुल ७ हजार १ सय ५८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा १ हजार २ सय ९० थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ज ४ प ९१४१ नम्बर देखि ज ५ प ७१६५ नम्बरसम्म कुल ८ हजार २४ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०७०÷०७१ मा ज ५ प ७१६६ देखि ज ६ प ७२६४ सम्म कुल १० हजार ९८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा २ हजार ७४ थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ज ६ प ७२६५ नम्बर देखि ज ७ प ८१०६ सम्म गरी कुल १० हजार ८ सय ४१ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात ७ सय ४३ थान मोटरसाइकल पछिल्लो बर्ष भन्दा वढेको पाइयो । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्म ज ७ प ८१०७ देखि ज ८ प ७२१७ गरी कुल ९ हजार १ सय १० थान मोटरसाइकल दर्ता भएको पाइयो । अचम्म त के छ भने यस बर्षमा गत भदौ देखि पुष मसान्तसम्म ५ महिना मधेस आन्दोलनका कारण कार्यालय बन्द थियो र पनि यतिको संख्यामा मोटरसाइकल दर्ता भएका छन् । अझैं बाँकी दुई महिनामा झन् दर्ताको संख्या उल्लेख्य रुपमा बढ्ने निश्चित छ ।
बढ्दो सवारी चाप
फ्याक्टस नेपालले गरेको एक अध्ययन अनुसार नेपालमा आर्थिक बर्ष २०७२÷०७३ को पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १२.८७ प्रतिशतले कम हो । यस आर्थिक बर्ष चैत्र मसान्त सम्ममा नेपालमा २ हजार १ सय २५ बस, १ हजार ६९ मिनिबस÷टूक, १ हजार ७ सय ५४ क्रेन÷डोजर, १० हजार ८ सय ६७ कार÷भ्यान, ३ हजार ७ सय ३४ पिकअप, १ सय ३४ माइक्रो, १३ टेम्पो, १ लाख २३ हजार ३ सय ७३ मोटरसाइकल, ४ हजार ६ सय ७५ टेूक्टर र ४७ अन्य गरी पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा २०७३ बैशाख ३० सम्ममा कुल ८९ हजार ६ सय ५८ थान सवारी साधनहरु दर्ता भएका छन् । जसमध्ये सबै भन्दा वढी मोटरसाइकल दर्ता भएको पाइन्छ भने सबै भन्दा कम बस टूक दर्ता भएको पाइन्छ । 

हालसम्म निजी जिप कार, पिकअप भ्यान कुल १ हजार ३ सय ४४, भाडाका जिपकार पिकअप भ्यान ३ सय ८८, टेम्पो तथा इरिक्सा ८ सय २३, भाडाका बस टूक ८ सय ५६, निजी बस टूक ३ सय १८ र सरकारी बस टूक ३ सय ९ थान दर्ता भएका छन् । मोटरसाइकल ७७ हजार २ सय १० र टेूक्टर ८ हजार ४ सय १० थान दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७१÷०७२ मा १२ हजार ३ सय ६४ थान र आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्तसम्ममा १० हजार ३ सय ३४ थान कुल सवारी साधनहरु दर्ता भएको पाइन्छ । आर्थिक बर्ष २०७१÷०७२ मा १ सय ८४ थान निजी र ५३ थान भाडाका जिपकार तथा पिकअप भ्यान, २ सय ५५ थान इरिक्सा, २५ थान निजी र २ सय १ थान भाडाका बस टूक, १० हजार ८ सय ४१ मोटरसाइकल र १ हजार ३१ गरी कुल १२ हजार ३ सय ६४ थान सवारी साधनहरु जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको पाइन्छ । त्यसैगरी आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्ममा  ६४ थान निजी र ६ थान भाडाका जिपकार तथा पिकअप भ्यान, ५ सय १ थान इरिक्सा, ९ थान निजी र ६ सय २२ थान भाडाका बस टूक, ८ हजार ७ सय ६४ मोटरसाइकल र ४ सय ५८ गरी कुल १० हजार ३ सय ३४ थान सवारी साधनहरु दर्ता भएका छन् ।
सवारी चालक अनुमति पत्रको अवस्था
सार्वजनिक सवारी साधन बसमा महिला आरक्षणको स्टिकर टाँस्दै धनुषाका ट्राफिक प्रहरी ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट हालसम्म विभिन्न सवारी साधनका सवारी चालक अनुमति पत्र लिनेहरुको संख्या पनि बढ्दो छ । तथ्याङ्क अनुसार हालसम्म विभिन्न सवारी साधनका लागि ९३ हजार २ सय ६४ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । यातायात कार्यालयका अनुसार २०६० साल देखि सवारी चालक अनमति पत्र वितरण गरिएको हो । 

२०६० साल देखि ३० भदौ २०६८ सम्ममा कुल ६२ हजार ८ सय ३२ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्म २६ हजार ३ सय ६२ पुरुष, ६ सय ३५ महिला र १८ अन्य गरी कुल २७ हजार १५ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । १ असोज २०६८ देखि ३० बैशाख २०७३सम्म मोटरसाइकलका लागि १९ हजार ९ सय २२, कारजिप र भ्यानका लागि ६ हजार १ सय ७४, टेम्पो इरिक्साका लागि १ सय ५, पावर टिलरका लागि ८, टूेक्टरका लागि ३ हजार १ सय ७, मिनिबस मिनिटूकका लागि १ सय ४७, टूक बस लहरीका लागि ६ सय ५, रोड रोलर तथा डोजरका लागि ५, क्रेन, दमकल लोडरका लागि २९, स्काइभेटरका लागि २९ र स्कुटरका लागि ३ सय २ जनाले सवारी चालक अनुमति पत्र लिएका छन् । सवारी चालक अनुमति पत्र वितरण कार्य टूायल सेन्टरको अभावमा बन्द रहँदै आएको थियो ।
बढ्दो सवारी दुर्घटना
सवारी साधनहरुको चाप र संख्या दैनन्दिन बढ्दै जाँदा सवारी दुर्घटना हुने क्रम पनि बढ्दो छ । सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गएपनि सोही अनुसार सडकहरु फराकिलो नहुँदा दुर्घटनाका क्रमहरु पनि वढेका छन् । पछिल्लो ४ बर्षमा मात्रै धनुषामा ३ सय ८७ वटा सवारी दुर्घटनामा परेर कुल १ सय ६९ जनाले ज्यान गुमाउनु परेको छ भने ६ सय ३५ जना घाइते भएका छन् । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९÷०७० मा  १ सय १९ वटा सवारी दुर्घटनामा परि ५४ जनाको मृत्यु भएको थियो भने ३ सय १९ जना घाइते भएका थिए । ठिक त्यसैगरी आर्थिक बर्ष २०७०÷०७१ मा  १ सय २२ वटा सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको थियो भने १ सय ७८ जना घाइते भएका थिए । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा  ९० वटा सवारी दुर्घटनामा परि ५२ जनाको मृत्यु भएको थियो भने  ५८ जना घाइते भएका थिए । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख २५ सम्ममा  ५६ वटा सवारी दुर्घटनामा परि ३१ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।

यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार जनकपुर अञ्चलमै दर्ता भएका सवारी साधनहरुको संख्या वढ्दै गएको छ भने जनकपुर अञ्चल बाहेक बाहिरी अञ्चलमा दर्ता भएका सवारी साधनहरुका साथ साथै जनकपुर एउटा धार्मिक पर्यटकिय स्थल भएकाले पनि विदेशी सवारी साधनहरुको आवागमन वढेका कारण सडकमा सवारी साधनको चाप धान्न नसकिने अवस्थामा पुगिसकेको देखिन्छ । चालक अनुमति पत्र वितरण कार्य नियमित नहुनु, डूाइभिङ स्कुलको प्रभावकारीतामा समेत कमि आएका कारण चालकको लापरवाहीले पनि दुर्घटनाहरु वढीरहेको गुप्ताको तर्क छ ।

प्रायः सवारी दुर्घटनाहरु चालकको लापरवाही, ओभरटेक, तिब्रगति, मादक पदार्थ सेवन आदिका कारणले हुने गरेको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोका अनुसार सडकको चौडाई कम हुनु, सडकमा जथाभावी निर्माण सामग्रीहरु राखिनु, जिर्ण सडक हुनु आदि कारणहरुले गर्दा  पनि सवारी दुर्घटना वढेको छ ।

आर्थिक बर्ष २०६९÷०७० मा १ सय १९ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर १३, बस १५, कारजिप भ्यान २४, टूयाक्टर १८, मोटरसाइकल ५४ र टेम्पो ४ वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १८ वटा, १२ बजे देखि १८ बजेसम्म ४३ वटा, १८ बजे देखि २४ बजेसम्म ३६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७०÷०७१ मा १ सय २२ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर ६, बस ८, कारजिप भ्यान ५, टूयाक्टर ६, मोटरसाइकल ५० वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म २९ वटा, १८ बजे देखि २४ बजेसम्म ३५ वटा र २४ बजे देखि ६ बजेसम्म ४० वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७१÷०७२ मा ९० वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर २०, बस १७, कारजिप भ्यान १३, टूयाक्टर २०, मोटरसाइकल ५४ थान दुर्घटना परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म ४४ वटा, १८ बजे देखि २४ बजेसम्म २६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

फ्याक्टस नेपालले गरेको अध्ययन अनुसार नेपालमा सन् २००७ देखि २०१७ सम्ममा प्रत्येक बर्ष मात्रै २ हजार भन्दा वढी मानिसको मृत्यु हुने गरेको छ । अध्ययनको उक्त तथ्याङ्क अनुसार सवारी दुर्घटनाका कारण प्रतिदिन नेपालमा औषतमा ५ जनाको मृत्यु र ३३ जना घाइते भईरहेका छन् ।

जनकपुरमा टूाफिक सप्ताह
पछिल्लो मधेस आन्दोलनका क्रममा टूाफिक नियमको पुरापुरी उल्लंघन भएको थियो । जनकपुरको सडकमा आन्दोलन अवधिभर टूाफिक प्रहरीको उपस्थिति थिएन । यहाँ सम्म की आन्दोलनका क्रममा टूाफिक चेकपोष्टहरु पनि जलाइए । जनक चौक स्थित दुईवटा, पिडारी चौक स्थित दुईवटा, शिव चौक र जानकी चौक स्थित क्रमशः एक एक वटा टूाफिक प्रहरीको विट समेत आन्दोलनकारीहरुले जलाए । भानु चौक देखि शिव चौकसम्मका नोपार्किङ र पार्किङका संकेत बोर्डहरुका साथै मुजेलियाको बाबा पेटूोल पम्प निर सडक दुर्घटना घटाउने उद्देश्यले राखिएका सेतो प्लास्टिकका डूमहरु पनि जलाइयो । जनकपुरका नागरिकहरुले आफै सौजन्य प्रदान गरी बनाइएका ती टूाफिक संकेतहरु पनि नष्ट गरियो । अर्थात जनकपुरमा टूाफिक सम्बन्धी अनुशासनमा व्यापक कमि देखिएपछि विस्तारै टूाफिक व्यवस्था पुनः पुरानो टूयाकमा हिँड्न थालेको छ ।

भद्रगोल भएको टूाफिक व्यवस्थालाई अझ प्रभावकारी रुपमा टूयाकमा ल्याउने उद्देश्यले जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल रेडक्रसले संयूक्त रुपमा २६ बैशाख २०७२ देखि १ जेष्ठ २०७३ सम्म दुर्घटना रहित समाजको सुनिश्चितता, आजको अपरिहार्यता नाराका साथ राष्टिूय टूाफिक सप्ताह सडक सुरक्षा सचेतना कार्यक्रमहरु आयोजन गरिएको छ । टूाफिक नियमको चर्चा घर घरमा गौरव गरौं, दुर्घटनाबाट बचौं र बचाऔं नाराका साथ जनकपुरका ३ हजार विद्यार्थीहरु बीच सडक सुरक्षा सम्बन्धि जनचेतना मुलक ¥याली, दुर्घटना स्थलमा घाइतेलाई सिधा अस्पताल पुर्याउने वा प्राथमिक उपचार गरी पठाउने विषयमा प्रशिक्षण, सडक सुरक्षामा नागरिक समाजको भुमिका विषयमा विद्यार्थीहरु बीच निवन्ध प्रतियोगिता गरिनुका साथ साथै सार्वजनिक सवारी साधनहरुमा करिब ३ सयवटा बसहरुमा महिला आरक्षणको स्टिकर टाँस्ने लगायतका विविध कार्यक्रमहरु गरिएको टूाफिक प्रहरी प्रमुख महत्तोले बताएका छन् ।

सवारी कारवाही र राजश्व
नेपालमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्न थालिएको ४ बर्षको अवधिमा मापसे गरी दुर्घटना गर्ने र दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या क्रमशः घटदै गएको एउटा अध्ययनले देखाएको छ । अनुसन्धान गर्ने एउटा संस्था फ्याक्टस नेपालका अनुसार २०६८ मंसिर १७ देखि २०७२ फागुन २५ सम्म अध्ययन गरिएको तथ्याङ्क अनुसार ६ सय ६१ वटा मापसेका कारण भएको सवारी दुर्घटनामा ६ सय ७ जना घाइते भएका छन् भने १७ जनाको मात्र मृत्यु भएको छ । त्यसैगरी उक्त अवधिमा नेपाल भरी कुल १ लाख ६३ हजार ५ सय ५४ मापसेको कारवाही गरिएमोमा १ लाख ६२ हजार ४ सय ७ जना पुरुष र १ हजार १ सय ४७ जना महिला परेका छन् । काठमाण्डौ उपत्यकाको दैनिक औषत टूाफिक कारवाही २ हजार २ सय ४ रहेकोमा औषतमा रु. ५ लाख २ हजार ५ राजश्व संकलन हुने गरेको छ । दैनिक औषत ७८ मापसे कारवाहीबाट दैनिक औषत ८१ हजार राजश्व असुल हुने गरेको छ ।

धनुषामा सवारी कारवाही र राजश्व
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले टूाफिक नियम उल्लंघन गरी चलाउने सवारी साधनहरुलाई कारवाही गर्ने गरेपनि टूाफिक नियम उल्लंघन हुने क्रममा सुधार देखिएको छैन । पछिल्लो ४ आर्थिक बर्षमा धनुषा टूाफिकले कुल ८७ हजार १ सय ६ थान नियम उल्लंघन गरी सवारी साधन चलाएको लाई कारवाही गरी कुल ३ करोड १४ लाख ९७ हजार ८ सय ५० रुपैयाँ राजश्व असुल गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्ममा १ सय १८ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कसुरमा १ लाख १८ हजार रुपैयाँ राजश्व असुल गरेको छ । त्यसैगरी सवारी नियम उल्लंघन गरेको भन्दै १० हजार ८ सय ३५ सवारी साधन चालकलाई कारवाही गरी ४७ लाख ९४ हजार रुपैयाँ राजश्व असुल उपर गरेको छ ।

धनुषामा ट्राफिक जनशक्तिको अभाव
सवारी साधनहरुको चाप प्रत्येक बर्ष बढे पनि ट्राफिक जनशक्ति सोही अनुपातमा धनुषामा परिचालन नहुँदा धनुषामा ट्राफिक व्यवस्थापन भद्रगोल देखिन्छ । प्रहरी निरीक्षकको अगुवाईमा यस जिल्लामा ३६ जना ट्राफिक प्रहरीहरु परिचालित छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा एक प्रहरी निरीक्षक, एक प्रहरी नायव निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, ४ प्रहरी हवलदार, ९ प्रहरी जवान र १ प्रहरी परिचर गरी १६ जना परिचालित छन् । त्यसैगरी ढल्केवरमा ४, पोरताहामा १, मुलेलियामा १, महेन्द्रनगरमा २, जनकपुरको जानकी चौकमा ३, लालगढमा ३, रेल्वे पोष्टमा २, धनुषाधाममा १ जना ट्राफिक प्रहरी कर्मचारी मात्र परिचालित छन् । जनशक्ति अभावका कारण एउटा ट्राफिक प्रहरीले विहान ७ बजे देखि बेलुकी ९ बजेसम्म १४÷१४ घण्टा खटिनुपरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

२०७३ जेष्ठ ०२ गते आईतबार

लागु भयो ट्राफिकको नयाँ जरिवाना

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि यातायात
 कार्यालय जनकपुरमा दिनहुँ घुँइचो लाग्ने गरेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यदि तपाई टूाफिक नियमलाई बेवास्ता गर्दै जथाभावी उल्लंघन गर्नुहुन्छ भने अबदेखि सचेत हुनुहोला । सानो लापरवाही गर्दा दुर्घटनाको जोखिममा त पर्नु हुन्छ नै, टूाफिक प्रहरीको फन्दामा पर्नुभयो भने ठूलो जरिवाना रकम पनि तिर्नुपर्ने हुन्छ । १ जेष्ठ २०७३ देखि टूाफिक प्रहरीले लिने जरिवानामा भारी  वृद्धि भएको छ । शनिबारदेखि लागू भएको नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट फाल हान्दै ५ सय पुगेको छ । सरकारले अब टूाफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन  कार्यान्वयन भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो । नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जनाएका छन् ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोर्होयाए क्रमशः १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ । यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो । तर अब बढेर ५०० रुपैयाँ पुगेको छ ।
पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको छ । १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरु अत्यधिक छन् । टूाफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फीबाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न मानेन् वा तोकिएको भन्दा बढी भाडामा लिए पनि १५ सय जरिवाना तिर्नु पर्ने हुन्छ ।
५ सय रूपैयाँका जरिवाना हुने कसुरहरु
तोकिएको भन्दा बढी मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको, प्रयोजन बिपरीत सवारी चलाएको, हेल्मेट नलगाएको, सवारी आवागमनमा बाधा पुर्याएको, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको र  छतमा यात्रु बोकेको वा राखेको पाइएमा टूाफिक प्रहरीले अब ५ सय रुपैयाँ जरिवाना काट्ने छन् ।
१ हजार रूपैयाँका जरिवाना हुने कसुरहरु
सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको,  सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा,  दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा टूाफिक प्रहरीले अब १ हजार रुपैयाँ जरिवाना काट्ने छन् ।
१५ सय रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
टूाफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको,  सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको,  एकतर्फि सडकमा सो विपरित सवारी चलाएको, अवस्था ठीक नभएको सवारी चलाएको, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको, राती बत्ती नबाली सवारी चलाएको,  सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको,  सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको, सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको,  निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको,  लापरवाहीका साथ सवारी चलाएको र  बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको कसुरमा टूाफिक प्रहरीले अब रु. १५ सय जरिवाना काट्ने छन् ।


२०७३ जेष्ठ ०२ गते आईतबार

अतिक्रमित जग्गामा बनाईएका घर टहरामाथि गुठीले फेरी डोजर चलाउने

गत बर्ष सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएका घरहरुलाई गुठी संस्थानले डोजर चलाई थालेको अतिक्रमण मुक्त
अभियानलाई फेरी निरन्तरता दिने भएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गुठी संस्थानको स्वामित्वमा रहेको जग्गाहरु अनधिकृत रुपले अतिक्रमण गर्ने क्रम बढेपछि ति अतिक्रमित जग्गाहरुलाई अतिक्रमण मुक्त गर्ने गुठी संस्थान शाखा कार्यालय जनकपुरले निर्णय गरेको छ । २८ बैशाख २०७३ मा गुठीका अध्यक्ष लक्ष्मण राज ज्ञवाली, प्रशासक नारायण चौधरी, सह प्रशासक हेमराज सुवेदी, उपप्रशासक सरोज थपलिया, गुठी शाखा कार्यालय जनकपुरका प्रमुख नवराज पौडेल, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई, प्रहरी उपरीक्षक रामदत्त जोशी, सर्वपक्षिय राजनीतिक दल सम्मिलित सर्बपक्षिय वैठकबाट जनकपुरमा अतिक्रमण गरिएका स्थलहरुलाई अतिक्रमण मुक्त गराउने निर्णय गरिएको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख नवराज पौडेलका अनुसार प्रथम चरणमा पोखरी र पोखरीको डिल तथा मठ मन्दिरको परिसरलाई अतिक्रमण मुक्त गराउन राजनीतिक दल लगायतको सहभागितामा अनुगमन तथा सहयोग समिति र गुठी जग्गा अतिक्रमण तथा व्यवस्थापन सम्बन्धमा स्थानीय प्रशासन समेत सहभागी हुने गरी सरकारी कार्यालयहरु खास गरी प्रहरी, नापी, गुठी संस्थान, मालपोत, उपमहानगरपालिका कार्यालयहरुको संयूक्त संरक्षण तथा अतिक्रमण व्यवस्थापन समिति गठन गरिनेछ । उक्त समितिले २०७३ सालको जेष्ठ महिनाको दोस्रो साता देखि अतिक्रमण गरिएका स्थलहरुमा सिमाङ्कन गर्नुका साथै अतिक्रमण मुक्त अभियान चलाइनेछ ।

यस अघि गत २० चैत्र २०७० मा गुठी संस्थानले गोरखा पत्रमा सार्वजनिक सूचना प्रकाशन गरी घर टहरा हटाउन ३५ दिनको म्याद समाप्त भएपछि स्थानीय पत्र पत्रिकामा समेत सूचना गर्नुका साथै अतिक्रमण मुक्त गर्ने क्षेत्रमा माइकिंग गरी घर टहरा हटाउन जानकारी गराएपनि घर टहरा खाली नभएपछि अतिक्रमण हटाउने अभियान नै ३० चैत्र २०७१ बाट गुठी संस्थान, जनकपुर नगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद र नापी कार्यालय धनुषाका अमिनद्वारा संयूक्त रुपमा सिमाङ्कन गरी पोखरीहरुलाई अतिक्रमण मुक्त गर्ने अभियान थालिएको थियो । उक्त अभियान अन्तरगत महराज सागरमा १५, तैलघृतसरमा ३८, मण्डन सरमा २८, दीर्घिकासरमा ४१, देवान पोखरीमा २६, कपाल मोचनीसरमा १४, पादप्रक्षालनसर (गोडधोइ) मा ४१, लक्ष्मणसरमा १४, रामसागरमा २७ र अंगराजसर (अरगज्जा पोखरी) मा २७ गरी कुल १० वटा पोखरीबाट २ सय ७१ थान अतिक्रमित घर टहरा हटाइएको थियो । विगतको उक्त अभियान रोकिएको भएपनि अब निरन्तरता दिइने गुठीले जनाएको छ ।
अतिक्रमणको अवस्था
गुठी संस्थान शाखा कार्यालय जनकपुरको सम्पति दिनन्दिन अतिक्रमणको चपेटामा पर्दै गएको छ । गुठी सम्पति माथि सचेत भनिएका नागरिक, सामाजिक, राजनीतिक कार्यकर्ता, समाजका ठालुहरु र उनीहरुको उक्साहटमा लागेका सर्वसाधारणबाट सघन रुपमा अतिक्रमण भएको छ । गुठी संस्थान, जनकपुर नगरपालिका, मठमन्दिरका महन्थहरु, मालपोत कार्यालय, प्रशासनिक निकाय र केही भु माफियाहरुको मिलेमतोमा गुठीको अरबौंको बहुमुल्य सम्पत्ति अतिक्रमण भएको पाइन्छ ।

२०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले जनकपुर नगरपालिका क्षेत्र भित्र रहेका १४ वटा राजगुठीको जग्गाको स्थलगत अध्ययन गरी लगत खोज्ने प्रयास गरेका थिए । त्यसबेला राजगुठीका जग्गाको साविक लगत अनुसार ४ हजार ६ सय १० विघा १६ का २ धुर लगतमा देखिएको थियो । त्यसमध्ये २ हजार ९ सय ७२ विघा ८ का ३ धुर २०६०÷०६१सम्म रैतान भैसकेको, बाँकी जिरायत जग्गा १ हजार ६ सय ३७ विघा १२ का १३ धुर मध्ये १ सय ७७ विघा १३ का १९ धुर (मोही कायम) गुठी अधिनस्थ कटाई बाँकी कायम हुनुपर्ने १ हजार ४ सय ५९ विघा १७ का १४ धुर जग्गा मध्ये दर्ता भएको ५ सय ४७ विघा ७ का ४ धुर र दर्ताको कारवाही वढाएको समेत गरी ७७ विघा ८ का २ धुर गरी जम्मा ६ सय २४ विघा १५ का ६ धुर जग्गा मात्र यकिन भएको थियो । ८ सय ३५ विघा जग्गा यकिन हुन बाँकी रहेको थियो । यकिन भएको जग्गा ६ सय २४ विघा १५ का ६ धुर मध्ये ४३ विघा ११ का ८ धुर जग्गा अतिक्रमण भएको,६३ विघा ९ का ९ धुर जग्गा सरकारी तथा अन्य संस्थाले उपयोग गरेकोले सो कटाई ५ सय १७ विघा १४ का ९ धुर जग्गा सुरक्षित देखिएकोमा जनकपुर नगरपालिका भित्र २ सय ५ विघा १८ का ७ धुर जग्गा मात्र परेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार १२ वटा गुठीका ४० विघा जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइयो । जानकी मन्दिर, राम मन्दिर, रत्नसागर, दुल्हा दुल्ही (बेलाकुट्टी) भगवान मन्दिरको २३ विघा १ धुर गुठी तैनाथी जग्गा विभिन्न ९ सय ९६ व्यक्तिले अतिक्रमण गरेको विवरण पेश गरिएको थियो ।

दुलहा दुलही बेलाकुट्टी भगवान मन्दिरको 
जग्गा अतिक्रमण गरी बनाइएको अवैध बस्ती ।
गुठीको जग्गामा अतिक्रमण गरी घर बनाएको, अतिक्रमण गरी खेती गरेको, अतिक्रमण गरी जग्गा आफ्नो जग्गामा घुसाई नाप नक्सा गराएको र गुठी अधिनस्थ एैलानी जग्गा पनि व्यक्तिको नाउँमा दर्ता गराई चार किसिमको अतिक्रमण पाइएको छ । सबैभन्दा वढी करिब ३० विघा राजगुठीका जग्गामा विभिन्न व्यक्तिहरुले गैरकानुनी तवरबाट २०६० सालसम्म घर बनाई बसोबास गरेको पाइएको थियो । २०४६ साल देखि २०६० साल सम्ममा ९० प्रतिशत भन्दा वढी नै अतिक्रमण देखिएको थियो ।
अतिक्रमण भई घर बनेका जग्गाको पनि दुई किसिमको प्रकृति देखियो । एउटा व्यक्ति विषेशले आफ्नो बाहुबल प्रयोग गरी अतिक्रमण गरेका छन् भने अर्को सम्बन्धित मन्दिरका महन्थले रुपैयाँ बुझि मन्दिरको गुठी तैनाथी जग्गामा कबुलियतको कागज लेखि घर बनाउन लगाएको देखिन्छ । उक्त प्रतिवेदन अनुसार पहिलो नम्बरमा राममन्दिर, लक्ष्मण मन्दिर, कुवा स्थान, कुवा मठ जस्ता मन्दिर आउँछन् भने दोस्रो नम्बरमा जानकी मन्दिर, रत्नसागर स्थान तथा दशरथ मन्दिर रहेको छ । 

राम मन्दिर, लक्ष्मण मन्दिरको करिब १० विघा जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरी खेती गरी बाली लगाई एकलौटी खाएको छ भने आजसम्म गुठीले निजहरुबाट एक पैसा असुल गर्न सकेको छैन । राम मन्दिर, लक्ष्मण मन्दिर र कुवा मन्दिरको करिब ७ विघा जग्गा व्यक्ति विशेषले २०४२ साल देखि २०५१ सालसम्म भएको सहरी जग्गामा घुसाई नापी गराई जग्गा धनी प्रमाण पत्र पुर्जा लिएको पाइएको छ । त्यसैगरी २०४४ साल पौष मसान्त भन्दा पहिलेको मितिको मनखपको कागज तैयार गरी सम्बन्धित व्यक्तिलाई दिई सोही कागजको आधारमा जग्गा विक्री गरी अनाधिकृत तवरबाट महन्थहरुद्वारा गुठी तैनाथी जग्गामा घर बनाउन लगाइएको देखिन्छ । यो प्रक्रियाद्वारा जानकी मन्दिर, रत्नसागर तथा दशरथ मन्दिरका महन्थहरुले करिब १४ विघा जग्गामा घर बनाउन लगाएको घिमिरे कार्यदलको प्रतिवेदनमा उल्लेख छ । जसको मुल्य त्यसबेला प्रतिका ५ लाख देखि १५ लाखसम्म रहेकोबाट हाराहारी मुल्य ७ लाख मात्र पनि कायम गर्दा गुठीको २० करोड भन्दा वढीको सम्पति हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । गुठी तैनाथी जग्गा जानकी मन्दिरको नाममा दर्ता रहेको बेंगाशिवपुरमा करिब ३२ विघा दश वर्ष देखि बाँझो पर्ति रहन गएको कारण अति उब्जा हुने उक्त जग्गा आवाद नहुँदा जानकी मन्दिरले प्रतिवर्ष कम्तिमा पनि १ हजार मन धान प्राप्त गर्न सकेको छैन । त्यसैगरी गुठी तैनाथी १५ सय विघा भित्र परेका जग्गामा पनि २०२६ सालको सर्वेनापीमा फिल्ड बुकमा  सोही महलमा नाम उल्लेख भएको र सोही आधारमा सहरी नापी हुँदा पनि मोही लेखिएकोमा मोही लाग्न नसक्ने जग्गामा पनि मोही लागेको, मोही लगाएको र मोही लगत कट्टा गराउने तर्फ आवश्यक कारवाही गरिएको छैन ।
दुलहा दुलही बेलाकुट्टी भगवान मन्दिरको जग्गा अतिक्रमण
गरी एमाओवादीका सांसद प्रतिक्षा तिवारीले बनाएको घर ।
दाताका कृतिको रुपमा रहेका मठ घर, सत्तल, प्राङगण जस्ता ठाउँमा विद्यालय, स्थास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी, क्लबहरु, एनजिओहरु, खानेपानीको टयाङकी, विद्युतको स्टेशनहरु, हाटबजार, कृषिउपज, विक्री केन्द्रहरुले आफु खुशी प्रयोग गर्ने प्रवृति रहेको छ । स्थानीय समाजको आवश्यकता स्वास्थ्य, शिक्षा र सुरक्षा निकायहरुलाई सोही समाजको अगुवाईमा गुठी तैनाथी जग्गामा स्थापित गराउने प्रचलन व्यापक रुपमा रहेको छ । भाडामा लगाउने प्रयोजनमा बनेका÷रहेका घरहरुमा न्युनत्तम सुविधा नरहेको र घरहरु जिर्ण अवस्थाका र समयमा मर्मत गर्न नसकिएबाट असुरक्षित बनेका छन् भने तिनै विषयलाई निहु बनाएर अत्यन्त न्युन भाडाग दर कायम गराउने र सो भाडा पनि सकेसम्म नतिर्ने र सितैमा उपभोग गर्ने प्रवृति देखिन्छ ।
 गुठी तैनाथी मौजाका जग्गा स्थानीयले टुक्रा टुक्रामा बाँडेर भोग गर्ने गरेकाले ठेक्का पनि नलाग्ने र स्वयं कमाउनेले नतिरी सित्तैमा खाने प्रवृति लिएका र असुल गर्ने औपचारिक आधार नभएकाले गुठीको प्रयासमा १६ आना मध्ये चार आना पनि असुल हुन सकेको छैन । सहरी क्षेत्रमा रहेका गुठी तैनाथी जग्गामा गैरकानुनी ढंगले मठाधिशहरुको सहयोग र संलग्नतामा व्यापक रुपमा घर निर्माण गरी अतिक्रमण भएको छ । जनकपुरमा मात्र करिब एक हजार भन्दा वढी घर त्यसरी बनेको अनुमान छ र यो क्रम अझै रोकिएको छैन । गुठी तैनाथी जग्गा अतिक्रमण गराउने मठाधिशहरुलाई कारवाही गर्ने गरिएको छैन र गर्न पनि सकिएको छैन । जसकारण उनीहरुको मनोबल बढेको बढ्यै छ ।

स्थानीय विद्यालयको स्वीकृति, अपग्रेटिङको इजाजत जस्ता कार्यमा विद्यालयको नामको अचल सम्पति आवश्यक पर्ने र त्यस प्रयोजनका लागि स्थानीय गुठी तैनाथी जग्गा, पोखरी, बगैचा कब्जा गरी आयस्थालीले, त्यस्ता सम्पत्ति विद्यालयका नाममा दर्ता गर्ने, दर्ता गर्न प्रयास गर्ने, हक भोगको बनावटी दिवार खडा गरी अदालतमा मुद्दा गर्ने र धेरै जसो अवस्थामा अदालतबाट गुठी संस्थानका विपक्षमा निर्णय भएका कारण अचल गुठी सम्पति दिनानुदिन ह्रास भइरहेको छ । यदाकदा ठेक्का लागेका जग्गाका ठेकेदारहरुबाट समेत सकार ठेक नबुझाउने, गुठीको कार्यालयले समेत ताकेता नगर्ने, नबुझाउने व्यक्ति वा ठेकेदारलाई राजनीतिक संरक्षण हुने मात्र होइन बल्की परोक्क्ष रुपमा त्यस्ता ठेक प्रकृयामा उनीहरुनै संलग्न हुने हुँदा स्थानीय प्रशासन पनि प्रभावित हुने गरेको छ । स्थानीय प्रशासन प्रभावित हुने हुँदा रकम असुल गर्न नसकिने अवस्था विद्यमान छ भने विगत २०३५ साल देखिका ठेकहरु नबुझाउनेहरुलाई जेथा निलाम पनि गर्न सकिएको छैन । मठमा काम गर्ने मठाधिश र अन्य कामदारको औचित्यको आधारमा दरबन्दी बनेको छैन र कानुनी व्यवस्था अनुसार आवधिक न्युक्ति पनि लिने दिने प्रचलन देखिएको छैन । अमानति गुठीका कामदारहरुको तलब एक दम न्युन छ तर तिनै कामदारको पहुँच मन्दिरको भेटिघाटीसम्म पुगेको छ । मन्दिरको भोगबाट आफु र आफ्ना केही सम्पतिसमेतलाई खाने र मन्दिरमा बस्ने व्यवस्था समेतका फाइदा पुगेको छ । केही मठहरुलाई भोग राजका लागि भनि जग्गा प्रचलन गर्न दिने साविकको प्रचलनले एक तर्फ अप्रत्यक्ष जग्गा बेचि घर बनाउन लगाई अतिक्रमण गराएका छन भने अर्को तर्फ सोको अवस्थाको हिसाव किताव गुठी संस्थासँग पनि पाइन्न । भेटीघाटी संकलनको कुनै मापदण्ड पनि बनाउन सकिएको छैन ।

२०५४ सालमा गुठी कार्यालय अन्तरगतका २९ जना मोही निस्काशन कार्य भएकोमा ती जग्गाहरु निस्काशित मोही बाटै हालसम्म भोगचलन गरी आज परयन्त सोरै जना खाइरहेका छन् । यतिका वर्ष वितिसक्दा पनि ती जग्गाबाट ती व्यक्तिहरुलाई बेदखल गराउने र जग्गाको अन्य व्यवस्थ ागर्ने कार्य कसैले गरेको देखिँदैन । गुठी सम्पत्ति माथि अतिक्रमणको मात्रा दिन प्रति दिन सघन रुपमा बढ्दै गएको छ । यसको कारक तत्व राजनैतिक दलका केही कार्यकर्ताहरुको साहस मानिसहरुको मनोवृति र स्थानीय प्रहरी प्रशासनको निष्कृयता एवम स्वयं गुठी संस्थानको अकर्मनेता नै मुख्य कारण रहेको छन् । विशेष गरी २०४६ साल पछाडी यस प्रकारको अतिक्रमण भएको र करिब २५ वर्षसम्म अतिक्रमण कारीका विरुद्धमा कुनै प्रकारको शक्ति अपनाउन नसकिएकाले उनीहरुले आफुलाई स्थापित भइसकेको मान्यता समेत राखेको पाइन्छ ।

ती निर्मित संरचना भत्काउन गुठी संस्थान सकारात्मक देखिएको छैन । गाउँ देहात क्षेत्रका गुठी तैनाथी जग्गा र पोखरीमा विशेष गरी सरकारी स्कुल, प्रहरी चौकी, स्थास्थ्य चौकी, गाविस र क्लबहरुले कब्जा गर्ने, भवन बनाउने, बगैंचा , हाटबजार र पोखरी ठेक्का लगाई सो को आयस्था लिने प्रकारका अतिक्रमण देखिएका छन् । केही ठाउँमा स्थानीय गाउँलेहरुले घरद्वार बनाई बसेका छन् । ती घरहरु हटाउने वा नियन्त्रण गर्ने वा अन्य तरिकाले व्यवस्थित गर्ने कार्य गुठी संस्थानले गरेको पाइन्न । गुठी संस्थान शाखा कार्यालय जनकपुरमा साविकमा महत्वपुर्ण लगत श्रेस्ता र मिसिल कागजहरु समेत जथाभावी फालिएको तथा अस्तव्यस्थ रहेको पाइन्छ । कुनै पनि कागज खोज्न जाँदा तत्काल केही फेला नपर्ने र कर्मचारीहरु अदल बदल हुँदा बरबुझारत गर्ने परम्परा पनि पाइन्न । गुठी संस्थानसँग विगतका वर्षहरुमा सम्झौताका माध्यमबाट जग्गा प्राप्त गरेका संघसंस्थाहरुले सम्झौता विपरित अन्य कार्य गरेको पाइन्छ । ती जग्गाबाट व्यापारिक, भाडा भरौत आदिमा लगाई आम्दानी प्राप्त गर्ने गरेको पाइन्छ । केही संस्थाले जुन प्रयोजनका लागि जग्गा लिएको हो सो काम २० वर्ष वितिसक्दा पनि प्रयोग नगरिएको जस्ता विसंगतिहरु पनि देखिएका छन् ।

गुठी संस्थान कार्यालय अन्तरगत छुट र अमानत गरी २३ वटा गुठी मठहरु संचालित छन् । गुठीमा हालको कानुनी वर्गिकरण अनुसार गुठी अधिनस्थ (मोही लाग्ने प्रकृति) गुठी तैनाथी (मोही नलाग्ने प्रकृतिको) गुठी रैतान नम्बरी (रैकर जग्गा सरहको कानुनी हैसियत राख्ने र गुठी नम्बरी गरी चार प्रकृतिका जग्गा जमिनहरु पाइन्छन् । यस कार्यालय अन्तरगत अमानतमा जनकपुरको राम मन्दिर, लक्ष्मण मन्दिर गुठी, बराही कुटी, कपिलेश्वर स्थान, कुपेश्वरनाथ मठ (कुवा), हनुमाननगर स्थान गुठी, रानीपाटी तोत्रादि मठ, रत्नसागर मठ, विरही कुटी, गिरनारी कुटी, विरख कुटी र राधाकृष्ण भगवान विरपुर कुटी पर्दछन । त्यसैगरी अमानतमा सुगा मधुकरही स्थान, तरही स्थान मठ, झोझीकटैया स्थान, कुमरौरा भगवती र बेलाकुटी पर्दछन् । छुट गुठी अन्तरगत जानकी मन्दिर, इटहर्वा स्थान मठ, सिताकुण्ड, धनौजी मठ, सुब्बा कुटी धनुषाधाम र भोयल मठ पर्दछन् । यस कार्यालय अन्तरगत ४९ वटा सार्वजनिक पोखरीहरु, २१ वटा नीजि पोखरीहरु पर्दछन् । 

सार्वजनिक पोखरीहरु दिर्धिकाअसर (दधिसागर वा दिधियासर) , चन्द्रकुप देवान पोखरी , मुरलीसर, गंगासागर, धनुषसागर, रामसागर, विषहरासर, पुरन्दरसर, पातपक्षालनसर (गोरधोई पोखरी), लब्की पोखरी, दशरथ तलाउ (महराज सागर) कपाल मोचनी सर, मध्यमासर, अग्नीकुण्ड, प्रेम सरोबर (अनुराग), सिताकुण्ड, विहारकुण्ड, अंगराजसर (अरगज्जा), लक्ष्मणसर (बलरामसर), विघनहारिनी सर (विष्हरा), धुतपापसर, जोगी झा पोखरी, लब्की पोखरी, गामक पोखरी, छत्रधारिनीसर, गोपालसर(गोपालजी पोखरी) गुणमतिसर(गेनाही पोखरी), लब्की पोखरी, मणिमण्डप पोखरी, परिक्षणकुण्ड, सेवामन्तक कुण्ड, ठाढी पोेखरी, गेन्ही पोखरी, नथुसागर, लब्की पोखरी, रत्नसागर, विडालसर, रुकिमनीसर, पाकवत्तिसर, भृगुसर, तैलधृतिकासर( तेल्हा) पापमोचिनीसर, गुलधै पोखरी, मण्डनसर(मरहा), पुर्णसागर (पुरनीपोखरी) , सुब्बा पोखरी, सिंगरहिया पोखरी, चिताही पोखरी, महन्थ पोखरी, कमलाकुण्ड र बालमिकीसर (चौधरी पोखरी) छन् । जनक सरोबर, अमृत कुण्ड, गोपालसर, पयसिवनिसर, र बलदेव सर गरी पाँच वटा सार्वजनिक पोखरी विलुप्त भइसकेका छन् ।

२०७१ साल बैशाख १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयूक्त केशव प्रसाद बगलको उपस्थितिमा बसेको बैठकबाट जनकपुर क्षेत्रमा रहेका रत्न सागर एवम जानकी मन्दिर र अन्य गुठी जग्गा तथा मठ मन्दिरको अतिक्रमण तथा हानी नोक्सानी रोक्ने, अब आइन्दा त्यसरी अतिक्रमण हुन नदिने व्यवस्था मिलाउन ५ जेष्ठ २०७१ भित्र गुठी संस्थानले कार्य योजना बनाई भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा पेश गरी कार्यान्वयनमा जाने, यसमा भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवले समन्वयकारी तथा नेतृत्वदायी भुमिका निर्वाह गर्ने भन्ने निर्णय गरिएको थियो ।

गुठीको प्रतिवेदन
जगत जननी जानकीको जन्म भुमि पावन क्षेत्र जनकपुर पुर्णतया गुठी जग्गा भएको नगरपालिका हो । यसको वडा नम्बर १५ बाहेक सबै वडामा गुठी जग्गा मात्र रहेको छ । विगतमा भएको सशस्त्र द्वन्द्व (जनयूद्ध) र मधेस आन्दोलन समेतले ग्रामिण क्षेत्रबाट सहरी क्षेत्र तर्फ बसाई सर्ने क्रम तिब्र रुपमा बढ्यो । यसरी गाउँबाट सहरमा आउँदा केही टाठाबाठा भु माफियाले संयुक्त रुपमा गुठी जग्गामा बसोवास गर्ने, गराउने कार्य गरी यसलाई रोक्ने तर्फ मठका महन्थ, पुजारी जस्ता कामदारबाट कुनै खासै पहल भएन । गुठी कार्यालयले अतिक्रमण रोकिदिन स्थानीय प्रशासन, प्रहरीबाट नियमित शान्ति र सुरक्षामा ठुलो जनशक्ति खर्चनु परेको हुँदा यस कार्यमा सहयोग गर्न कठिनाई भएकोले सशक्त रुपमा कारवाही गर्न कठिन भएको छ । यी कार्यमा सहयोगको लागि गुठी संस्थानले भुमिसुधार तथा व्यवस्था मन्त्रालय, गृह मन्त्रालय समेतमा पटक पटक अनुरोध गर्दै आएको छ । 

यसै क्रममा १४ पुष २०६७ मा प्रधानमन्त्रीको उपस्थितिमा भुमिसुधार तथा व्यवस्था मन्त्री, मुख्य सचिव, भुमिसुधार तथा व्यवस्था कार्यालय, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक समेतको बैठक बसी निम्न बमोजिम निर्णय भएको छ । काठमाण्डौ र जनकपुरमा गुठी जग्गाको अतिक्रमण हटाउने र राज गुठी छुट गुठीको स्थानीय स्तरको समस्या समाधानको लागि काठमाण्डौ र जनकपुरमा भुमिसुधार तथा व्यवस्था मन्त्रीले राजनीतिक दलहरुसँग छलफल अगाडी वढाउने ।

गुठी सम्पति अतिक्रमण रोक्ने र आर्थिक बर्ष २०६२÷०६३ मा भोजराज घिमिरेको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जनकपुर गुठी सम्बन्धमा दिएको निर्देशन कार्यान्वयन गर्ने । कानुनी प्रक्रिया विपरित गुठीका जग्गा, मठ मन्दिर, पोखरीका डिल, पोखरी भित्र अतिक्रमण गरी बनाएका घर टहरा हटाउने कार्यलाई दु्रतगतिले अगाडी बढाउने र यस कार्यका लागि सुरक्षा संयन्त्र समन्वयात्मक ढंगले परिचालन गर्ने ।

१९ माघ २०६७ मा प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीपरिषदको कार्यालयमा बैठक बसी अतिक्रमण सम्बन्धमा निम्नानुसारको निर्णयहरु भयो ।

जानकी मन्दिर, मटिहानी मठ, विरख कुट्टी, रत्नसागर वरिपरीको जग्गा पहिलो प्राथमिकतामा राखि अतिक्रमण हटाउने । उपर्यूक्त कार्य सम्पन्न भए लगत्तै मठ मन्दिर, पोखरी, पोखरीको डिल, बगैचा, आदि गुठी तैनाथी जग्गामा अनाधिकृत रुपमा बनाएका घर टहरा तथा संरचना भत्काउने । उपर्यक्त कार्यका लागि सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउने । गुठीका सबै सम्पति तथा जग्गाको रेखाङ्कन नाप नक्सा गरी लगत अध्यावधिक गर्ने र अतिक्रमण रोकि सम्पति संरक्षण गर्ने । उक्त निर्णयहरु कार्यान्वयन गर्ने शिलशिलामा भुमिसुधार व्यवस्था मन्त्रालयको उपसचिव हरिबखतिको संयोजकत्वमा गुठी संस्थानका उपप्रशासक र प्रमुख मालपोत अधिकृत कार्यालय धनुषा समेत सदस्य रहेको २१ पुष २०६७ मा टोली गठन गरेको थियो । उक्त टोलीले भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा प्रतिवेदन समेत बुझाईसकेको छ ।

गुठी संस्थान शाखा कार्यालय धनुषाले हालै अध्ययन गरेको प्रतिवेदन अनुसार छिमेकीले मिचेको, च्यापेको २३ थान, घर बनाएको ७ सय ४१ थान, घेरवेर गरेको ६५ थान, शौचालय बनाएको ६ थान, नर्सरी संचालन गरेको २ थान, मन्दिर मुर्ती समेत बनाएको १२ थान, धर्मशाला निर्माण गरेको ३ थान, चौतारा निर्माण गरेको १ थान, विद्यालयले अतिक्रमण गरेको १ थान र अन्य ४२ गरी ८ सय ९९ प्रकृतिका अतिक्रमणको स्वरुप पाएको छ । जनकपुर नगरपालिका क्षेत्र भित्र विभिन्न गुठीका ३ सय ४६ विघा ९ कठ्ठा तथा ३२७३०.१३ बर्ग मिटर गुठी तैनाथी जग्गा रहेका मध्ये १ सय ५१ विघा १७ कठ्ठा ९ धुर ३ कनमा जग्गा सरकारी कार्यालयले प्रयोग गरेका छन् । गुठी तैनाथी जग्गा मध्ये ४० विघा जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ ।


२०७३ जेष्ठ ०२ गते आईतबार

Wednesday, May 11, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


नयाँ नेपाल निर्माणमा हामी अडिग छौं । यो त समय रथले यताउता हल्लाएर सन्तुलन विग्रेको मात्र हो !

२०७३ बैशाख २६ गते आईतबार

सिंघानिया हत्या देखि अदालतको आदेश सम्म धनुषा प्रहरीको अनुसन्धानको श्रृङ्खलाबद्ध चरण

मृतक अरुण कुमार सिंघानिया ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुरको सबैभन्दा हाइप्रोफाइल मर्डर भनिएको अरुण कुमार सिंघानियाको हत्याको अनुसन्धान गरी धनुषा जिल्ला अदालतमा मुद्दा पुग्न ६ बर्ष भन्दा वढी समय लागेको छ । धनुषामा जुनसुकै प्रहरी उपरीक्षक आउँदा सिंघानिया हत्या काण्ड आफ्नो प्रमुख प्राथमिकतामा रहेको तथा सत्य तथ्य अगाडी ल्याउने प्रतिवद्धता गर्ने गरेपनि उक्त मुद्दाको सत्य तथ्य कसैले पनि बाहिर ल्याउन सकिरहेका थिएनन् । श्याम खड्का प्रहरी उपरीक्षक रहेको बेला सिंघानियाको हत्या भएको थियो । र, उनी पछि दशौं प्रहरी उपरीक्षकको रुपमा रामदत्त जोशी आएपछि मात्र मुद्दा अदालतसम्म पुगेको हो । यद्यपि उक्त मुद्दा अदालतमा पुगेपनि प्रहरीले गरेको अनुसन्धानबाट स्थानीय योजनाकारको रुपमा अन्य ठुलो चर्चित व्यक्तिहरु पनि हुन सक्ने कुरालाई प्रहरीले अनुसन्धानमा ल्याउन सकेको पाइँदैन । अनुसन्धानको प्रारम्भिक रुपरेखामा अर्जुन सिंह भन्ने मुकेश कुमार चौधरीले आफ्नै नेतृत्वमा आएको टोलीले हत्या गराएको भन्ने निष्कर्षमा पुगेको प्रहरी उत्तम राज सुवेदी एसपी भएको बेला मात्र उक्त निष्कर्षलाई अर्को दिशातर्फ लगेको पाइन्छ ।
प्रतिवादीहरु चनरदिप यादव र मुकेश चौधरी ।
मुकेश चौधरी पक्राउ परेपछि अनुसन्धान अधिकृतले अनुसन्धानको रुपरेखा नै परिवर्तन गर्नुपर्ने स्थितिमा पुगेको देखिन्छ । सिंघानियालाई गोली हानी हत्या गरेको भन्दै जिम्मा लिएका मुकेश चौधरीको तथ्यलाई अदालतले समेत स्वीकार गर्नुपर्ने अवस्था देखिएको भन्दै मुकेशले सो घटनाको जिम्मेवारी लिएको भनि निजले अनुसन्धानको क्रममा लेखाएको पाइएका हुनाले प्रस्तुत तथ्य अन्यथा नभएसम्म प्रस्तुत आदेश गर्दाको समयमा साँचो मान्नुपर्ने हुन आयो, यसबाट घटनाको अनुसन्धानलाई दिसान्तर गर्न खोजिएको भन्ने देखा परेको छ र सुरु सुरुको अवस्थामा अनुसन्धान गर्ने निकाय निज मुकेश चौधरीकै वरिपरी घुमि राखेको अदालतले समेत आफ्नो आदेशमा उल्लेख गरेको छ ।
सुरुमा मुकेश चौधरीको वरपर अनुसन्धान केन्द्रित रहेपनि मृतकको मुत्युको कारणमा जिवनाथ चौधरीको घरमा भएको डाकाको समाचार जनकपुर टुडेले प्रकाशन गरेको र संजय साहको नाउँ उक्त डाका मुद्दासँग जोडिएर मुछिएपछि संजय साहले अरुण सिंघानियालाई विभिन्न तहको व्यवस्थापन गर्दै हत्या गराएको प्रहरीको अनुसन्धानको अन्तिम निष्कर्ष रहेको देखिन्छ ।
सिंघानिया हत्या देखि अदालतको आदेशसम्म प्रहरीले गरेका अनुसन्धानको श्रृङ्खलाबद्ध विवरण ः
१७ फागुन २०६६ मा जनकपुरका व्यवसायी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरिएको थियो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सोम बहादुर थापा, प्रहरी हवलदार श्रीराम यादव, प्रहरी जवान महेश कुमार यादव र निरज साह सहितको टोली पुगेर घटना स्थिति मुचुल्का र साक्षीहरुको सहि छाप गराएका थिए ।
प्रतिवादीहरु एकलाल सहनी र ओम प्रकाश यादव ।
 १८ फागुन २०६६ मा अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक ढक बहादुर कार्कीद्वारा सिंघानियालाई गोली हानी हत्या गरेको घटना सम्बन्धमा प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेको अध्यक्षतामा अनुसन्धान टोली गठन गरी दैनिक रुपमा भय गरेको अनुसन्धान प्रगति विवरण यस कार्यालयमा अनिवार्य रुपमा पठाउन भन्दै नतिजा जाहेरी गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन । सोही दिन प्रहरी उपरीक्षक श्याम खड्काद्वारा डिएसपी रुपकुमार न्यौपानेको अध्यक्षतामा प्रहरी निरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक विनय सिंह, प्रहरी सहायक निरीक्षक रामबाबु सिंह, प्रहरी हवलदार लिला राज ढकाल, प्रहरी जवान राधवेन्द्र उपाध्याय सहितको ६ सदस्यीय अनुसन्धान टोली गठन सिंघानियाको हत्या सम्बन्धमा गहिरिएर अनुसन्धान गरी उक्त घटना कहाँ बस्ने कसले के कसरी गरे गराएको हो, घटनामा संलग्न रहेको अभियूक्तहरुको एकिन पहिचान गरी खोज तलास गरी घटनाको सम्पुर्ण विवरण खोलाई प्रतिवेदन साथ पेश गर्न प्रहरी उपरीक्षक खड्काद्वारा अनुसन्धान टोलीलाई निर्देशन ।
    १९ फागुन २०६६ मा अनुसन्धान अधिकृत डिएसपी न्यौपानेद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रारम्भिक प्रतिवेदन पेश । प्रहरी प्रतिवेदनको जाहेरीले बादी नेपाल सरकार, प्रतिवादी नखुलेको कर्तव्य ज्यान मुद्दाको जाहेरी दरखास्त पर्न आएको हुँदा उक्त मुद्दा १० नम्बर डायरीमा १९ फागुनमा २०६६ मा दर्ता भई मुद्दा नम्बर २६९ मा दर्ता गरिएको व्यहोरा सहितको प्रारम्भिक प्रतिवेदन पेश ।
२० फागुन २०६६ मा जनकपुर अञ्चल अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा.गोराङ्क मिश्राद्वारा मृतक अरुण सिंघानियाको लाश जाँच परीक्षण प्रतिवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा पेश । उक्त प्रतिवेदनमा मेडिकल अधिकृत डा.नागेन्द्र प्रसाद यादवको राय अनुसार मृत्युको कारण मस्तिक्समा गोली लागि घाइते भई रक्तश्राव रहेको भन्दै १८ फागुनमा अञ्चल अस्पतालद्वारा शव परीक्षण प्रतिवेदन तयार ।
६ चैत्र २०६६ मा मृतक सिंघानियाका छोरा राहुल सिंघानियाद्वारा पोष्टमार्टम र मुचुल्काको नक्कल माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता ।
१२ चैत्र २०६६ मा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागलाई पत्राचार । सिंघानिया घटनाको अनुसन्धान गर्नका लागि डिएसपी न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय अनुसन्धान टोली गठन गरिएको, अरुण सिंघानियालाई तराई जनतान्त्रिक पार्टी मधेस (अर्जुन सिंह समुहले) हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको, निज अर्जुन सिंह समेत घटनामा संलग्न रहेको अभियूक्तहरु भारतमा लुकिछिपी बस्ने गरेको, निजहरु बस्ने गरेको स्थानको पहिचान भईसकेको, निजहरुलाई पक्राउ गरी ल्याउन भारतीय प्रहरीसँग समन्वय गरी पहल भईरहेको कुरा पत्र मार्फत प्रहरी प्रधान कार्यालयलाई जानकारी ।
१२ चैत्र २०६६ मा प्रहरी नायव निरीक्षक बाबु राम झालाई निलम्बन गरी हिरासतमा लिई अनुसन्धान अगाडी वढाएको भन्ने जिल्ला प्रहरीद्वारा प्रहरी प्रधान कार्यालयलाई जानकारी । ६ चैत्र २०६६ राति ११ बजेको समयमा भारत विहारको मधुवनी लहरियागञ्ज टोल बस्ने सन्तोष कुमार साह र निजको श्रीमति बर्ष १८ कि सफिना खातुन भन्ने सफिना देवी साह जनकपुर ११ स्थित मनकामना लजमा सुतिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट रेल्वेका प्रहरी कर्मचारीहरु मिली निजहरुलाई पक्राउ गरी अस्थायी प्रहरी पोस्ट रेल्वेमा लगेकोमा सन्तोष कुमार साहलाई छुट्टै कोठामा थुनी निजको श्रीमति सफिना खातुन भन्ने सफिना देवी साहलाई प्रहरी नायव निरीक्षक बाबुराम झाले करनी गरेको घटना सम्बन्धमा निज प्रनानी बाबुराम झाको निलम्बन भएको, पीडित पक्षबाट निज प्रनानीको विरुद्धमा जवरजस्ती करनीको मुद्दा यस कार्यालयमा पेश हुन आएकोले सो मुद्दा यस कार्यालयको अपराध दर्ता कितावमा दर्ता गरी प्रनानी बाबुराम झालाई अदालतबाट हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा प्रहरी प्रधान कार्यालयलाई लिखित जवाफ पेश ।
१७ चैत्र २०६६ मा अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक रुप कुमार न्यौपानेद्वारा सिंघानियालाई अपरिचित व्यक्तिहरु मिलि गोली प्रहार गर्दा घाइते भई उपचारको लागि केयर मेडिलक सेन्टर जनकपुरमा उपचार गराउँदा केही समय पश्चात मृत्यु भएको प्रमाणित गरिएको पत्र ।
न्यायिक छानविन आयोगको गठन, सहिदको घोषणा तथा क्षतिपुर्ती, धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको निलम्बन, सुरक्षा व्यवस्थाको पुर्णरुपेण ग्यारेन्टी, उक्त मागहरु २७ फागुन २०६६ भित्र पुरा नभएमा संघर्षका थप कार्यक्रमहरु संचालन गरिने चेतावनी सहित २० फागुन २०६६ मा जनकपुर उद्योग बाणिज्य संघद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन प्रस्तुत । बाणिज्य संघका अध्यक्ष श्याम प्रसाद साह र महासचिव अनिरुद्ध साह लगायत बाणिज्य संघ परिवारद्वारा जारी ज्ञापन पत्र गृहमन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघलाई समेत बोदार्थ जानकारी ।
जनकपुर शिव चौक ११ बस्ने चन्दन प्रताप महत्तोले १८ चैत्र २०६६ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको गुनासो सुनुवाईको टोल फ्रि लाईन मार्फत पत्रकार अरुण सिंघानियाको घटनाको सम्बन्धमा चाँडो भन्दा चाँडो अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेपछि २२ चैत्र २०६६ मा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले २२ चैत्र २०६६ मा गरेको आदेश अनुसार २४ चैत्र २०६६ मा गुनासो कार्यान्वयनका लागि प्रहरी नायव उपरीक्षक राजेश नाथ वास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन ।
१८ चैत्र २०६६ मा अञ्चल प्रहरी कार्यालय जनकपुरबाट सिंघानिया हत्यालाई दृष्टिगत गर्दै अब उपरान्त यस्ता प्रकारका घटनाहरु हुन गर्न नपाउने गरी विशेष किसिमबाट सुरक्षाको व्यवस्था मिलाउन र सवल सुरक्षा सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा धनुषालाई निर्देशन ।
४ बैशाख २०६७ मा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट जिल्ला प्रहरी कार्यालय धनुषालाई सिंघानिया हत्याको घटनाको सम्बन्धमा वारदात भएको लामो समय वितिसक्दा समेत अपराधी पक्राउ गरेको नपाइएकोले प्रहरीको अनुसन्धान पद्धतिमा नै प्रश्न चिन्ह खडा हुन गई प्रहरी संगठन प्रति जनताको विश्वास समेतमा आँच आउन देखिने हुनाले उक्त घटनाको सम्बन्धमा अपराधि पक्राउ गर्ने तर्फ कार्यालय प्रमुख स्वयम खटिई विशेष कदम चाली अबिलम्ब पक्राउ गरी कानुन बमोजिम गरी नतिजा जाहेर गर्ने डिआईजीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन । साथै उक्त मुद्दाको अनुसन्धानलाई विशेष चासो दिई अपराधि पक्राउ गर्ने तर्फ जिल्ला प्रहरी कार्यालय धनुषालाई विशेष सपोर्ट गरी तदारुकताका साथ अपराधिको खोज तलास कार्यमा लाग्न अञ्चल प्रहरी कार्यालय जनकपुरलाई समेत प्रहरी नायव महानिरीक्षकद्वारा निर्देशन ।
१४ बैशाख २०६७ मा जिल्ला प्रहरी धनुषाद्वारा सिंघानिया हत्याको मुद्दा दर्ता भई डिएसपी रुपकुमार न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय अनुसन्धान टोली गठन गरिएको, उक्त घटनाको तराई जनतान्त्रिक पार्टी मधेसका अर्जुन सिंह समुहले हत्या गरेको तथा अर्जुन सिंह लगायतका अभियूक्तहरु भारतमा लुकिछिपी बस्ने गरेको, निजहरु बस्ने गरेको स्थानको पहिचान भईसकेको तथा निजहरुलाई पक्राउ गरि ल्याउन भारतीय प्रहरीसँग समन्वयन गरी पहल भईरहेको भन्ने व्यहोरा सहित प्रहरी प्रधान कार्यालयलाई जवाफ ।
१ असोज २०६९ मा नेपाल राष्टिूय मारवाडी परिषदका केन्द्रिय अध्यक्ष पवन मित्तलद्वारा उपप्रधान तथा गृह मन्त्री विजय कुमार गच्छदारलाई मारवाडी सेवा समिति धनुषाका तत्कालिन अध्यक्ष अरुण कुमार सिंघानियालाई गोली हानी हत्या गरेको कारण निज सिंघानियालाई सहिद घोषणा गर्न ज्ञापन पत्र प्रस्तुत ।
२३ असोज २०६९ मा गृह मन्त्रालयका शाखा अधिकृत धु्रव बहादुर साहद्वारा सिंघानिया हत्यालाई सिंघानिया हत्याको घटनाको सन्दर्भलाई सिंघानियालाई सहिद घोषणा गर्न माग भएको हुँदा उक्त घटनाबारे सत्य तथ्य विवरण र तहाको राय सहित विवरण र आवश्यक कागजात उपलब्ध गराई दिन जिल्ला प्रशासन कार्यालय धनुषालाई निर्देशन ।
१६ कार्तिक २०६९ मा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा सिंघानिया हत्याको सन्दर्भमा सत्य विवरण तथा आवश्यक कागजात जिल्ला प्रशासन कार्यालय धनुषामा उपलब्ध गराई दिन जिल्ला प्रहरी कार्यालय धनुषामा निर्देशन ।
२२ कार्तिक २०६९ मा अरुण कुमार सिंघानियालाई महोत्तरी जलेश्वर ११ बस्ने अर्जुन सिंह भन्ने मुकेश चौधरीको नेतृत्वमा आएको समुहले सिंघानियालाई गोली हानी मारेको खुल्न आएको भन्दै प्रहरी निरीक्षक अभय जोशीद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा लाई जानकारी ।
१७ कार्तिक २०७० मा जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा अर्को अनुसन्धान टोली गठन । सिंघानिया हत्याको घटनालाई अनुसन्धान गर्नका लागि प्रहरी निरीक्षक गोविन्द पुरीको अध्यक्षतामा प्रहरी नायव निरीक्षक रवि घिमिरे, प्रहरी सहायक निरीक्षकद्वय जयलाल यादव र किस्मत भण्डारी, प्रहरी हवलदार संजय पासवान सहित ५ सदस्यीय अनुसन्धान टोली प्रहरी उपरीक्षक उत्तम राज सुवेदीद्वारा गठन ।
२१ चैत्र २०७० मा जनकपुर बम काण्डका अभियूक्तहरु संजय टक्ला भन्ने संजय साह समेत भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा २७ चैत्र २०७० को आदेश अनुसार प्रतिवादीहरु मुकेश कुमार चौधरी र ओम प्रकाश यादवलाई थुनामा राखि मुद्दाको अनुसन्धान गर्न धनुषा जिल्ला अदालतको आदेश ।
३० चैत्र २०७० मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिनन्दन चौधरीद्वारा बैंक स्टेटमेन्ट उपलब्ध गराईदिन भन्दै नेपाल बंगलादेश बैंक जनकपुरलाई पत्राचार । अनुसन्धानको क्रममा खुलाउनुपर्ने भएकोले अरुण सिंघानियाको तहाँ संस्थामा के कति खाताहरु रहेका थिए, सो खातामा के कति रकम रहेको छ, उक्त खाता संचालन भएबाट हालसम्मको बैंक स्टेटमेन्ट र उक्त रकम को कसले निकाले  अभिलेखबाट देखिन्छ सो समेतको विवरण यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक रवि घिमिरेको जिम्मा लगाई पठाई दिन जिल्ला प्रहरी कार्यालयद्वारा नेपाल बंगलादेश बैंकलाई अनुरोध ।
नेपाल बंगलादेश बैंकद्वारा सन् १ मार्च २०१० देखि संचालित सिंघानियाको खाताको २४ पृष्ठको बैंक स्टेटमेन्ट जिल्ला प्रहरी कार्यालय धनुषालाई वितरण ।
१६ बैशाख २०७१ मा  प्रहरी निरीक्षक गोविन्द पुरीको अध्यक्षतामा गठित अनुसन्धान टोलीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कानुनी कारवाही गरि पाऊ भन्दै प्रतिवेदन पेश । राम विनोद यादव आदेश कर्ता भई विजय कुसियैत र चन्दरदिप यादव को योजनामा अन्सी राइन, पवन लामा, योगेन्द्र सहनी र मनक लामा समेतको सिंघानिया हत्यामा संलग्नता रहेको र ती व्यक्तिहरुबाट नै सिंघानियाको हत्या गरेको प्रमाणित हुन आएको हुँदा संलग्न रहेका अपराधिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम तहकिकात गरी थप अन्य अपराधिहरु समेत खुलाई कानुन बमोजिम कारवाही गरि पाऊ भन्दै उक्त अनुसन्धान टोलीद्वारा प्रतिवेदन पेश ।
१६ बैशाख २०७१ मा सिंघानियाका छोरा राहुल सिंघानियाद्वारा चनरदिप यादव, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैत यादव, राम विनोद यादव, पवन लामा, मनक लामा, योगेन्द्र सहनी, अन्सी राइन र एकिन नाम नखुलेको ४÷५ जना समेत विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता ।
१६ बैशाख २०७१ मै ती प्रतिवादीहरुलाई खोज तलास गरी फेला परेमा भाग्न उम्कन नपाउने गरी यस कार्यालयमा उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीद्वारा प्रहरी निरीक्षक गोविन्द पुरीलाई निर्देशन ।
१६ बैशाख २०७१ मा सिंघानिया हत्याको सन्दर्भमा साक्षीहरु राजेश अग्रवाल, गौतम अग्रवाल र संदिप अग्रवाललाई उपस्थित गराउन प्रहरी चौकी जनकपुरधामलाई प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा निर्देशन ।
१६ बैशाख २०७१ मा अनुसन्धानका लागि एनटिसीका नम्बरहरु ९८४४०००६५१,९७४४००३४३१, ९८५४०२६०४८, ९८५४०२५०१९, ९८४४११११२५, ९८४४२२१३७२,९८४१७५०३९३, ९८४४१२३१८५, ९८५४०२६८५५ सहित ९ वटा टेलिफोनहरुको एक्टिभेसन डेट खुलाई पठाईदिन भन्दै प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा नेपाल टेलिकम दुरसंचार कार्यालय जनकपुरलाई पत्राचार ।
१९ बैशाख २०७१ मा प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा प्रतिवादी अन्सी राइन समेत भएको कर्तव्य ज्यान मुद्दाको अनुसन्धानकोक्रममा खुलाउनु पर्ने भएकाले कारोवार भएको नम्बर २११५०४५२१०९१ बाट रकम सेन्डर तथा रिसिभरको विवरण सहितका कागजातहरु र रकम पठाएका स्थानका समेतको विवरण पठाईदिन प्रभु विकास बैंक जनकपुरधामलाई पत्राचार ।
२२ बैशाख २०७१ मा प्रभु विकास बैंक जनकपुर शाखाका शाखा प्रवन्धक अशोक प्रताप साहद्वारा कन्टूोल नम्बर २११५०४५२१०९१ बाट रेमिटेन्स भुक्तानीको सेन्डर र रिसिभर सहितको विवरण जिल्ला प्रहरी कार्यालय धनुषालाई प्रदान ।
२८ बैशाख २०७१ मा अनुसन्धानको क्रममा खुलाउनै पर्ने भएकोमा ज १ प लेखिएको यकिन नम्बर नखुलेको इन्जिन नम्बर ०४ एफ १५ ई ०२२०३ र च्यासिस नम्बर ०४ एफ १६ एफ ०३०३३ रहेको हिरोहोण्डा कम्पनीको रातो रंगको मोटरसाइकल को कसको नाउमा दर्ता रहेको छ, सो मोटरसाइकलको सवारी साधन र सवारी धनीको विवरण पत्र साथ खटिएका प्रहरी कर्मचारीको जिम्मा लगाई पठाईदिन भन्ने जनकपुर यातायात व्यवस्था कार्यालय जनकपुरलाई पत्राचार ।
२९ बैशाख २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा केन्द्रिय अनुसन्धान व्युरोलाई ९८०६८१०२३२ नम्बरको कल डिटेल्स र यूजर डिटेल्स तथा हालको लोकेशन समेत पठाईदिन अनुरोध ।
३ जेष्ठ २०७१ मा सिंघानिया हत्याको अनुसन्धानको शिलशिलामा ९८०७२७१३३५, ९८०७८७२७५४, ९८४५३२९०६३, ९८०७१०१२७८, ९८०४२२३४४७, ९८०४२७३६१५, ९८०८४९६०८९, ९८०७१६२७५४ नम्बरहरुको यूजर डिटेल्स र लास्ट लोकेशन समेत पठाईदिन जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीद्वारा केन्द्रिय अनुसन्धान व्यूरो काठमाण्डौलाई पत्राचार ।
२२ जेष्ठ २०७१ मा केन्द्रिय अनुसन्धान व्यूरोले नेपाल टेलिकम केन्द्रिय कार्यालयलाई पत्र लेखेर सिंघानिया हत्याको मुद्दाको अनुसन्धानको शिलशिलामा ९८५४०२०९४७,९८५४०२००२५, ९८५४०२००१७, ९८५४०२५०१९  र ९८४४०९८९९६ नम्बरमा २५ फब्रुवरी २०१० देखि ५ मार्च २०१० सम्मको सिडिआर विवरण उपलब्ध गराईदिन व्यूरोका डिएसपी नरेश बहादुर मल्लद्वारा पत्राचार ।
२२ जेष्ठ २०७१ मै नेपाल टेलिकमका प्रवन्धक विजय कुमार ठाकुरद्वारा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महराजगञ्जलाई जवाफ पेश । तर माग गरिएका सिडिआर नेपाल टेलिकमको सिस्टममा जिएसएम पोस्ट पेडमा ८महिना र प्रिपेडमा ३ महिना मात्र सिस्टममा सिडिआर रह्ने हुँदा पत्रमा उल्लेखित अवधिको सिडिआर विवरण उपलब्ध गराउन नसकिने टेलिकमद्वारा केन्द्रिय अनुसन्धान व्यूरोलाई जानकारी ।
१६ अषाढ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निरंजन थापाद्वारा हिरोहोण्डा कम्पनीको रातो रंगको मोटरसाइकलबारे यस अधि नै विवरण माग गरिएकोमा हालसम्म विवरण प्राप्त नभएकोले अबिलम्ब विवरण पठाउने व्यवस्था जनकपुर यातायात व्यवस्था कार्यालयलाई पुनः पत्राचार ।
२७ अषाढ २०७१ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निरंजन थापाद्वारा केन्द्रिय कारागार सुनधारा काठमाण्डौलाई सिंघानिया हत्याको अनुसन्धानको शिलशिलामा धनुषा जिल्ला अदालतको आदेशले कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहि पुर्पक्षको लागि थुनामा रहेका धनुषा यज्ञभुमि ५ का एकलाल भन्ने योगेन्द्र सहनीले कारागार कार्यालयमा रहेको टेलिफोनबाट को को व्यक्तिहरुलाई के कुन नम्बरमा सम्पर्क गरेको देखिन्छ भन्ने विवरण संकलन गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाईदिन पत्राचार ।
३ पुष २०७२ मा सिंघानिया हत्याको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बृज किशोर चौधरीको अध्यक्षतामा प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुर, प्रहरी सहायक निरीक्षक राम आषिश महत्तो, प्रहरी हवलदार रंजित पाण्डे, प्रहरी जवान सुरेश भण्डारी सहित ५ सदस्यीय अनुसन्धान टोली प्रहरी उपरीक्षक रामदत्त जोशीद्वारा पुनः अनुसन्धान टोली गठन ।
३ पुष २०७२ मा चनरदिप यादव, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैत, पवन लामा, मनक लामा र राम विनोद यादवलाई तदारुकताका साथ खोज तलास एवम पक्राउ गरी दाखिला गर्न जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा सम्बन्धित प्रहरी चौकीहरुलाई पत्राचार ।
१७ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक संतोष कुमार झाद्वारा धर्ती सिंह भनिने चनरदिप यादवलाई पक्राउ पुर्जी दिएको विवरण पेश ।
१७ चैत्र २०७२ मा चनरदिप यादवलाई शारिरीक जाँचका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना । अस्पतालका चिकित्सक डा. के.डि. दासद्वारा कुनै पनि चोट पटक तथा निलडाम नरहेको प्रतिवेदन पेश ।
१८ चैत्र २०७२ मा अनुसन्धानको शिलशिलामा केही सार्वजनिक अपराध कसुरको अनुसन्धानको शिलशिलामा गणेशमान चारनाथ ११ का रामकरण यादवलाई पक्राउ पुर्जी प्रदान ।
१९ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलको अध्यक्षतामा प्रहरी निरीक्षक बृज किशोर चौधरी, प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुर र प्रहरी हवलदार लालकाजी तामाङ सहित ४ सदस्यीय पुनः अनुसन्धान टोली गठन ।
२१ चैत्र २०७२ मा सिंघानिया हत्याको सन्दर्भमा पक्राउ परेका प्रतिवादी चनरदिप यादवले अधिकार प्राप्त अधिकारी समक्ष बयान गराउँदा  उक्त घटनामा संजय टकला भन्ने संजय साह, ओम प्रकाश यादव, एकलाल भन्ने योगेन्द्र सहनी र मुकेश चौधरी समेतको संलग्नता रहेको भनि बयान गरेको तथा निज प्रतिवादीहरु अदालतको आदेश पुर्पक्षको लागि कारागारमा थुनामा रहेको हुँदा निजहरुको बयान तथा ततिम्बा बयान प्रयोजनको लागि उपस्थित गराउन अनुमति प्रदानका लागि प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा धनुषा जिल्ला अदालतलाई पत्राचार ।
२२ चैत्र २०७२ मा संजय टकला भन्ने संजय साहलाई डिल्ली बजार कारागार कार्यालय काठमाण्डौ कारागार कार्यालय महोत्तरी जलेश्वरबाट ओम प्रकाश यादव र केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट मुकेश चौधरी र कारागार कार्यालय काठमाण्डौबाट एकलाल सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थिति गराईदिन कारागारहरुलाई पत्राचार ।
२२ चैत्र २०७२ मा संबन्धित कारागारहरुबाट सुरक्षाकर्मीको जिम्मा लगाई ती प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थिति ।
२३ चैत्र २०७२ मा ती प्रतिवादीसँग अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा धनुषा जिल्ला अदालतसँग अनुमति माग ।
२५ चैत्र २०७२ मा मोवाइल नम्बर ९८५१०९४१८३, ९८५४०२०२०७ र ९८५१०२८२१८ नम्बरको सिडिआर यूजर डिटेल्स र कल डिटेल्स फब्रुअरी २५ मार्च २०१० सम्मको विवरण उपलब्ध गराईदिन भन्दै अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरोलाई पत्राचार ।
२६ चैत्र २०७२ मा अनुसन्धान अधिकृत नकुल पोखरेलद्वारा अनुसन्धानको क्रममा केही कुरा बुझ्नुपर्ने हुनाले जनकपुर उपमहानगरपालिका वडा नम्बर २ मा २०६६ साल फागुन महिनामा संचालनमा रहेको सारस मनि चेन्जर र मिथिला मनि टून्सफर के कसको नाममा दर्ता रहेको, साथै दर्ता प्रक्रियाका लागि त्यहाँ कार्यालयहरुमा के कस्ता प्रक्रियाहरु अपनाईएको छ अबिलम्ब खुलाई पठाईदिन भन्दै आन्तरिक राजश्व कार्यालय जनकपुर, घरेलु तथा साना उद्योग र जनकपुर उद्योग बाणिज्य संघलाई पत्राचार ।
२६ चैत्र २०७२ मा सिंघानिया हत्याको सन्दर्भमा जनकपुर टुडे, सिमाञ्चल दैनिक र मिथिला डट कम पत्रिकाका समाचारहरुको संकलित कटिङ १० थान प्रहरी निरीक्षक बृज किशोर चौधरीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा पेश ।
२६ चैत्र २०७२ मा साक्षीहरु जनकपुर उपमहानगरपालिका १ बस्ने संदिप अग्रवाल र गौतम अग्रवाल काम विशेषले बाहिर गएको र दिपेन्द्र कुसियैत यादव, राम विनोद यादव, मनक लामा र पवन लामा लुकिछिपी बस्न सक्ने संभावित स्थानहरुमा समेतमा गई खोज तलास गर्दा फेला नपरेको भन्दै प्रहरी नायव निरीक्षक संतोष झाद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन पेश ।
२६ चैत्र २०७२ मा प्रतिवादीहरु संजय साह, ओम प्रकाश यादव, एकै गठमेल भएका व्यक्तिहरु रहेको पुष्टि भएको पत्रिका कटिङ रंगिन पोटोहरु र प्रतिवादी संजय साह र चनरदिप यादवको भिडियो रेकर्ड सिडी समेत संकलन गरी प्रहरी निरीक्षक वृज किशोर चौधरीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषामा पेश ।
२४ चैत्र २०७२ मा प्रहरी प्रधान कार्यालयद्वारा सिंघानिया हत्याको घटनामा संलग्न अभियूक्तहरुको पोलिग्राफ परीक्षणको लागि पोलिग्राफ शाखामा कार्यरत प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई खटाई पठाइएको भन्दै प्रहरी नायव उपरीक्षक अंगुर जिसीद्वारा जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार ।
२६ चैत्र २०७२ मा प्रतिवादी संजय कुमार साहको पोलिग्राफ परीक्षण ग री सो को रिपोर्ट समेत उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग गर्न अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक नकुल पोखरेलद्वारा प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई आदेश ।
२७ चैत्र २०७२ मा प्रतिवादी संजय कुमार साहको पोलिग्राफ परीक्षण कार्य सम्पन्न गरिसकेको हुँदा प्रहरी निरीक्षक गणेश बहादुर श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट फिर्ता रवाना गरी पठाइएको अनुसन्धान अधिकृत पोखरेलद्वारा प्रहरी प्रधान कार्यालयलाई पत्राचार ।
२८ चैत्र २०७२ मा संजय कुमार साह, चनरदिप यादव, मुकेश चौधरी, रामकरण यादव, ओम प्रकाश यादव, योगेन्द्र प्रसाद सहनी, अन्सी राइन, दिपेन्द्र कुमार कुसियैत यादव, राम विनोद यादव, पवन लामा र मनक लामा विरुद्ध राहुल सिंघानियाको जाहेरीले नेपाल सरकार बादी भई धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता ।
१४ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतमा प्रस्तुत अभियोग अन्तरगत थुनछेक मुद्दामा नयायाधीश डा. राजेन्द्र कुमार आचार्यद्वारा आदेश । चन्द्रदिप भनिने चनरदिप यादवलाई र एकलाल भन्ने योगेन्द्र सहनीलाई मुद्दा पुर्पक्षको लागि हाल थुनामा राख्ने आदेश । यसैगरी अर्जुन सिंह भनिने मुकेश चौधरीलाई २० रुपैयाँ नगद धरौटी, रामकरण लाई रुं ५० हजार नगद धरौटी, ओम प्रकाश यादवको हकमा रु. २ लाख  धरौटी तारेखमा राख्न आदेश । फरार रहेका अन्य प्रतिवादीहरु राम विनोद यादव, पवन लामा, मनक लामा, विजय कुसियैत भन्ने दिपेन्द्र कुमार कुसियैतको हकमा कानुन बमोजिम वारेन्ट सहितको पुर्जी जारी गर्न आदेश । प्रतिवादी अन्सी राइन हाल कारागार कार्यालय सिन्धुलीमा रहेको भन्ने देखिँदा निजलाई कारागारबाट झिकाई बयान तथा थुनछेकका लागि पेश गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेश । प्रतिवादी योगेन्द्र प्रसाद सहनीले आफुलाई करेन्ट लगाएको प्रतिवादी अर्जुन सिंह भन्ने मुकेश कुमार चौधरीले देब्रे हाथमा आगोले पोलिदिएको भनि भनेकाले निजहरुको घा जाँच केश फारम गराउन आदेश । मृतकको मुत्युको कारण मानिएको संजय साहसँग सम्बन्धित समाचार जनकपुर टुडेले प्रकाशन गरेको भन्ने प्रस्तुत मिसिलमा देखिँदा सो पत्रिकासँग समन्वय गरी तत्काल प्रकाशित समाचारहरुको शिलशिलेबारमा इलेक्टूोनिक प्रति तयार गरी गराई सो को प्रिन्ट प्रति सहितको छुट्टै फाईल तयार गरी पठाउन जिल्ला सरकारी वकिल कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई आदेश ।
प्रतिवादी संजय साहको हकमा ९ बैशाख २०७३ मा भएको आदेश अनुसार उनको स्वास्थ्य स्थिति विग्रदै गएपछि बयान गर्न असमर्थ भएकाले उपचार गर्न जनकपुर अञ्चल अस्पताल हुँदै काठमाण्डौ पठाइएकाले स्वास्थ्य स्थितिको परीक्षण प्रतिवेदन १५÷१५ दिनमा   पेश गर्नु भनि आदेश ।




२०७३ बैशाख २६ गते आईतबार

प्रधानमन्त्रीको प्रतिवद्धता पछि संजय साहले तोडे अनसन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रधानमन्त्री केपी शर्मा ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर चारका निलम्बित सांसद संजय साहले २१ बैशाखमा आमरण अनसन तोडेका छन् । गत मंगलबार प्रधानमन्त्री ओली र नेता साहबीच भएको टेलिफोन संवादमा प्रधामन्त्रीले साहमाथि लगाइएका मुद्दाहरुमा निश्पक्ष छानविन गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रधामन्त्री ओलीले टेलिफोन संवादमा भने ‘हामीले पछिल्लो समय तपाईका बारे धेरै कुराको जानकारी लिएका छौं । तपाईमाथि अन्याय भएको हाम्रो निश्कर्ष छ । निश्पक्ष छानविनबाट तपाईले न्याय पाउनु हुनेछ भन्ने मेरो प्रतिवद्धता छ ।’(प्रधामन्त्रीको भनाईलाई उदृत गर्दै कारागारमा रहेका निलम्बित सांसद साहका भाई राम कुमार साहले द एक्सक्लुसिभलाई बताएका छन् । नेता साहले सम्पूर्ण समर्थकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।
विगत एक महिनादेखि आमरण अनसनमा बसेका नेता साहलाई डिल्लीबजार कारागार मै पुगेर सरकारका तर्फबाट विज्ञान मन्त्री विश्वेन्द्र पासवान, प्रधामन्त्रीको प्रतिनिधिका रुपमा स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका नेता राप्रताप साहले अनसन तोडाएका थिए । मन्त्री पासवानले जुस खुवाएर अनसन तोडाएका थिए । नेता साहमाथि जनकपुर बंम काण्ड तथा व्यापारी अरुण सिंघानिया हत्याको आरोप रहेको छ । उक्त आरोपहरुमा आफुमाथि न्यायिक छानविन हुनु पर्ने माग राख्दै उनी विगत एक महिनादेखि आमरण अनसनमा बसेका थिए । संजय साहका भाई राम कुमार साहका अनुसार मुद्दा अदालतमा पुगिसकेका हुनाले अर्को न्यायिक छानविन समिति गठन गर्न नमिल्ने हुनाले संजय माथि लगाइएका अन्य मुद्दाहरु समेतको बारेमा एउटा बार्ता समिति बनाउन सकिने भनेर प्रधानमन्त्री ओलीले टेलिफोन संवादमा प्रतिवद्धता जनाउनुका साथै अनुसन्धानको मिसिलमा पोलिग्राफ परीक्षणको प्रतिवेदन राख्न लगाउनुका साथै संजयले माग गरेका अन्य टेस्टहरु पनि गराई उनी माथि कुनै पनि किसिमको अन्याय हुन नदिने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
संजयले २१ बैशाखमा दिनको ११ बजे अनशन तोडेपछि सोही दिन बेलुका ५ बजे तिर अनशनमा बसेकी संजयकी श्रीमति रंगिला देवी साहलाई धनुषाका सिडिओ दिलिप कुमार चापागाई र एसपी राम दत्त जोशीले अस्पतालबाट अनशन स्थल जनक चौकमा पुर्याएपछि अनशनरत जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले समेत आमरण अनशन तोडेका थिए । रंगिला देवी साहलाई प्रहरीले अपहरणको शैलीमा रंगिलाको इच्छा विपरीत अस्पतालमा लगेको विरोधमा हिराले रंगिला देवीलाई सम्मान पुर्वक अनशन स्थल जनक चौकमा फर्काउनुपर्ने भन्दै आमरण अनशनमा बसेका थिए । अर्को तर्फ आफ्नो श्रीमानको माग पुरा हुनुपर्ने भन्दै आमरण अनशनमा बसेकी रंगिला देवीले पनि अनशन तोडेकी थिइन ।



२०७३ बैशाख २६ गते आईतबार