Wednesday, April 13, 2016

यसकारण त भएन सिंघानियाको हत्या ?

जनकपुर टुडेका प्रकाशक समेत रहेका संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्या किन भयो भन्ने सवालमा जनकपुर टुडेमै प्रकाशित भएको समाचारले संकेत गर्न खोजेको देखिन्छ । जनकपुर टुडेमा लगानी गर्ने अर्को एक जना लगानीकर्ता समेत भनिएका तत्कालिन रामानन्द यूवा क्लवका अध्यक्ष जिवनाथ चौधरीको घरमा भएको डाका र डाकाको आरोपमा पक्राउ परेका तत्कालिन अभियूक्त भरत झाले डाकामा तत्कालिन सभाषद संजय साह र तत्कालिन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे संलग्न रहेको भनी बयान दिएको समाचार जनकपुर टुडेले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि संजय कुमार साह समर्थित केही यूवाहरुले रेडियो टुडेको कार्यालयमा प्रवेश गरी दुवर््यवहार गर्नुका साथै अपशव्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएको थियो ।
१९ भदौ २०६५ बिहिबारका दिन बर्ष ८ अंक १०८ को जनकपुर टुडे पत्रिकामा ‘डाकाको बयानले बवाल, दुई समुह बीच तनाव’ शिर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचारको अंश जस्ताको तस्तै ः
रामानन्द यूवा क्लबका अध्यक्ष जिवनाथ चौधरीको घरमा डकैती गर्ने मध्येका एक जना पक्राउ परेको दावी सँगै दुई समुह बीच तनाव उत्पन्न भएको छ । डाकाको आरोपी भरत झाले बुधबार विहान सार्वजनिक रुपमा दिएको बयानले सभाषद एवम मधेसी जनअधिकार फोरम धनुषाका अध्यक्ष संजय कुमार साह र रामानन्द यूवा क्लवका अध्यक्ष जिवनाथ चौधरी समुह बीच तनाव वढे्को छ । झाको बयानले धनुषा जिल्लाको प्रमुख प्रमुख छविलाल जोशी बन्जारे समेत विवादमा तानिएका छन् । अभियूक्त झाले विभिन्न व्यक्तिहरुको नाम मुछिन्ने क्रममा प्रउ बन्जारेको नाम समेत उल्लेख गरेको छन् । गत शुक्रबार राति चौधरीको घरमा डकैती भएको थियो । डकैतीमा लाखौंको नगद तथा जिन्सीहरु लुटिएको थियो । समयमै प्रहरीलाई खबर  गर्दा पनि घटना स्थलमा प्रहरी निकै ढिलो पुग्यो र डाकाहरु आराम साथ भाग्न सफल भए । प्रहरी सक्रिय भएको भए त्यसैबेला पनि डाकाहरु पक्राउ पर्न सकिन्थ्यो । डकैतीमा संलग्न अपराधिहरुलाई पक्राउ गर्न विभिन्न पेशागत संघ संगठन तथा राजनीतिक दलका नेताहरुले माग गरे । तर कोही डाका पक्राउ परेन । पीडित पक्षले पक्राउ गरेको दावी गरेको डाकाको बयान र डकैतीको घटना नाटकिय भएको आरोप फोरमको छ । फोरमका सह सचिव शेषनारायण यादवले नियोजित रुपमा डाकाको नाटक रचेर जिल्ला अध्यक्ष एवम सभाषद साहलाई बदनाम गराउने प्रयत्न गरेको आरोप लगाएको छ । तर, आरोपित झाले सार्वजनिक रुपमा साह, प्रउ बन्जाडे लगायतका केही व्यक्तिहरुको नाम मुछेका थिए ।
यूवा क्लवका अध्यक्ष चौधरी पक्षले डाकाको बयान यथार्थ रहेकोले बयानको अधारमा कारवाही चलाउन माग गरेका छन् । आरोपित झाको बयान सार्वजनिक हुने वितिकै दुवै पक्ष बीच तनाव उत्पन्न भयो । दुवै पक्ष प्रहरी गुहारेका छन् । तर, प्रहरी प्रमुख नै आरोपी भएकाले उनी आफ्नै बचाउलाई प्राथमिकता दिनु अस्वाभाविक होइन । चोरी डकैती लगायतका अपराधिक घटनाहरु नियन्त्रण गर्ने निकाय यस प्रकारको विवादमा मुच्छीएको यो पहिलो घटना भने होइन । यस अघि रौतहट जिल्लामा पनि यस्तो घटना भईसकेको छ । डकैतीको विषयबाट दुई पक्ष बीच बढेको तनाव तत्कालै सामान्य हुने छाँट देखिँदैन । प्रहरीमा पनि प्रभाव पर्नेछ । प्रहरीले दुवै पक्षलाई कसरी विश्वासमा लिन सक्छ ? त्यो हेर्नै पर्ने बताउँदै नागरिक समाजका अगुवाहरुले तटस्थ भएर कारवाही बढाउनुका साथै शान्ति सुरक्षा दिनु पर्ने माग गरेका छन् ।
डकैती र विवाद सम्बन्धि विवाद सार्वजनिक भएपछि सभाषद संजय कुमार साह समर्थित केही यूवाहरु रेडियो टुडेको कार्यालयमा प्रवेश गरी संचारकर्मी र कर्मचारीहरु माथि दुवर््वहार गरेका छन् । उनीहरुले अपशव्द प्रयोग गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको पीडितहरुले जनाएका छन्  । संचारगृहमा प्रवेश गरी उच्छश्रृङ्खलता गर्नेहरु उपर कारवाहीको माग गर्दै जनकपुर टुडे संचार समुहले संचारगृहहरुलाई सुरक्षाको प्रत्याभुति दिन माग गरेको छ ।
यसरी उक्त समाचारलाई विश्लेषण गर्दा सिंघानियाको हत्या हुनु पछाडी जिवनाथ चौधरीको घरमा डाका हुनु र टुडेमा समाचार प्रकाशित हुनु के संयोग मात्र हो ? यद्यपि अहिले पक्राउ परेका चनरदिप यादवले प्रहरी समक्ष गरेको बयान अनुसार पनि सिंघानिया हत्यामा तत्कालिन सभाषद संजय साह र रामविनोद यादवको संलग्नता रहेको भनेर बताइएको प्रहरी स्रोतको दावी छ ।



२०७२ चैत्र २१ गते आईतबार

चनरदिप पक्राउ गर्न धनुषा प्रहरी सफल सिंघानिया हत्याको रहस्य पर्दाफास हुने

पक्राउ परेका धर्ती सिंह भनिने चनरदिप यादव ।
अजय अनुरागी
जनकपुरधाम............
विगतका अपराधहरुबाट जोगिनका लागि गठन गरेका कथित जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष कथित धर्ती सिंह भनिने चनरदिप यादवलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आफुलाई वा आफ्नो टाइगर सेनालाई पक्राउ गरेर देखाउ अनि आफ्नो ताकत र क्षमता कति छ भनेर अनि मात्र थाहा पाउने भनेर धनुषा प्रहरीलाई प्रेस विज्ञप्ती मार्फत चुनौति दिएका कथित धर्ती सिंह भनिने चनरदिपलाई मात्र धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छैन, उनको समुहमा संलग्न हुने मोटामोटी सबै सैन्य कमाण्डर देखि अन्य सहयोगी र सुराकी गर्ने सामान्य कार्यकर्ताहरुलाई समेत एक पछि अर्को गरी धनुषा प्रहरीद्वारा चलाइएको श्रृङखलाबद्ध अप्रेशनमा पक्राउ परेका छन् ।
उक्त पार्टीका अध्यक्ष चनरदिप यादव सँगै सैन्य कमाण्डरहरु रामरिझन यादव, कैलाश ठाकुर, सहयोगीहरु कारी गोहिवार, मंगला भन्ने विश्वनाथ यादव, सुराकी गर्ने तथा सुराकी लगाउने अनिल डाक्टर भन्ने जोगिन्दर महत्तो, प्रमोद पुर्वे, दिलिप भन्ने शुभनारायण यादव, नागे साह, चन्दा असुली गर्ने तथा असुल गर्न लगाउने बेचन पासवान, जसलाल यादव, मुख्य सहयोगी तथा सल्लाह दिने चनरदिपका प्रेमिका कल्याणी देवी यादव र उसका भाई रविन यादव, पार्टीको प्रचारप्रसार गर्ने तथा प्रेस विज्ञप्ती जारी गर्ने विजय भनिने सुन्देश्वर ठाकुर र पार्टीमा दोस्रो स्थानको भुमिका निर्वाह गर्ने बरिष्ठ नेता गोर्का भन्ने रामसुन्दर यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
कल्याणी देवी यादव । प्रहरीका अनुसार कल्याणी
विवाहित महिला भएपनि चनरदिपको
प्रेमिका भई उनीसँगै बस्दै आएका छन् ।
धनुषा प्रहरीका डिएसपी नकुल पोखरेलका अनुसार कथित उक्त भुमिगत सशस्त्र समुहको संजाललाई धनुषा प्रहरीले ध्वस्त मात्र बनाएको छैन, लगभग सबै कार्यकर्ताहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याइएको छ । अब सिरहा र धनुषाको गरी विभिन्न घटनाहरुमा सहयोगीको भुमिका निर्वाह गर्ने, नेपाल आएको बेला बास बस्न दिने, यताको सामान उत्ता पुर्याउने, सवारी यातायात उपलब्ध गराउने लगायतका कार्यहरुमा सहयोग गर्ने ३ देखि ५ जना मात्र पक्राउ गर्न बाँकी छन् । २०६६ साल फागुन १७ गते होली पर्वका दिन संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्याको योजनाकार, २०६७ साल असोज २४ गते भरतपुर गाविसका विनोद गोइतमानको हत्या घटनामा मुख्य योजनाकारको रुपमा धनुषा प्रहरीले चनरदिपलाई अभियूक्त बनाएको छ । ती दुई घटना पछि फरार रहेर भारतको विहारका विभिन्न स्थानहरुमा लुकिछिपी बस्दै आएका चनरदिपलाई पक्राउ गर्न धनुषा प्रहरीले लामो समय देखि खोजी गरिरहेको थियो । तर, उनी प्रहरीको फन्दामा पर्न सकिरहेका थिएनन् ।
ती दुईवटा हत्याको मुख्य योजनाकारका रुपमा चनरदिप यादव छन् भन्ने कुराको पहिचान गर्न धनुषा प्रहरीलाई निकै समय लाग्यो । परिणाम स्वरुप फरार अभियूक्त चनरदिपले विभिन्न अपराधहरु गर्न थाले । हुन त उनीसँगै तत्कालिन अवस्थामा काम गर्ने केही यूवाहरु पछि आएर धनुषा प्रहरीको गिरफ्तमा परे भने कतिपय बैदेशिक रोजगारी तर्फ गए ।
फरार अभियूक्त भई लुकिछिपी अन्य मुलुकमा कुनै काम नगरी बाँच्नुपर्ने उसको बाध्यता थियो । आफुसँग घरमा रहेको गरगहना समेत बेचेर आएको पैसाले धान्न गाह्रो भईरहेको अवस्थामा चनरदिपले पछिल्लो मधेस आन्दोलनका दौरान पैसा पनि कमाउन सकिने र विगतका अपराधहरुबाट पनि जोगिन सक्ने उपाय स्वरुप भुमिगत सशस्त्र समुह गठन गरे । हुन त करिब ६ महिना अघि नै गठन गरेको कथित भुमिगत समुह जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले एक्सपोजर पाउनका लागि केही ठुलै घटनाहरु घटाउनुपर्छ भन्दै पछिल्लो ३ महिना देखि धनुषा र सिरहामा सक्रिय भएको पाइन्छ । २० कार्तिक २०७२ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ विरेन्द्र बजार स्थित बुद्ध सिद्धार्थ बोडिङ्ग स्कुलको बसमा आगजनी गरी चनरदिप यादवले उक्त समुहको नाउँमा घटनाको जिम्मा लिएका थिए । त्यसैगरी २८ पुष २०७२ मा सिरहा स्थित गोपाल पेटूोल पम्पमा बम विस्फोट गराएका थिए । २२ माघ २०७२ मा बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको भोली पल्टै २३ माघमा विरेन्द्र बजारमा नसिम राइन र पोर्ताहामा रामसागर महत्तोलाई गोली हानी घाइते बनाएका थिए ।
रुपैयाँ विना समुह संचालन गर्न सकिँदैन र कुनै पनि ठुलै आपराधिक घटना विना एक्सपोज हुँदैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै चनरदिपले पछिल्लो समयमा खास गरेर बालाबाखर घटनाबाट उ बढि नै सक्रिय भएको देखिन्छ । त्यसैले उक्त घटना पछि धनुषा प्रहरी उसको पछि निरन्तर लागि रह्यो । खास गरेर आर्थिक समस्यामा परेका, कसैसँग रिसिबी साध्नु छ भने वा अरुबाट पीडित भई बदला लिने मनसाय बनाएका तथा लागु औषधको कुलतमा फसेका यूवाहरुलाई विभिन्न प्रलोभन दिई समुहमा आकर्षित गरेको पाइन्छ । राजिखुशीले, राजनीतिक उद्देश्य बोकेर समुह गठन भएको र त्यसमा लाग्नुपर्छ भन्ने मनस्थिति बोकेर यूवाहरु उक्त समुहमा आवद्ध भएको देखिँदैन । यूवाहरुलाई समुहमा आवद्ध गराउन चनरदिपले आफ्नो १९ बर्षिय भाई रबिन यादवलाई समेत प्रयोग गरेको पाइन्छ । रविनले यूवाहरुका बीचमा गएर भुमिगत समुहमा लाग्नका लागि अभिप्रेरित गरेको पाइन्छ । आफ्नो दाई फोरम लोकतान्त्रिकको नेता समेत रहेको हुनाले बार्ता मार्फत सबै समस्या समाधान हुने र लाग्ने मुद्दाहरु पनि फिर्ता हुने भनि केही यूवाहरुलाई समुह तर्फ आकर्षित गरेको पाइन्छ ।
उक्त कार्यमा चनरदिपले आफ्नो प्रेमिका कल्याणी देवी यादवलाई समेत प्रयोग गरेको पाइन्छ । आपराधिक घटना घटाउँदा सुटरका रुपमा रहेका पृथ्वी सिंह भनिने कैलाश ठाकुरलाई बढी प्रयोग गर्नुका साथै रामरिझन यादवलाई समेत उसले प्रयोग गरेको पाइन्छ । जति पनि उसले घटना घटाए ती सबैको उद्देश्य अवैध चन्दा असुली गर्नु नै रहेको देखिन्छ । किनभने अवैध चन्दा असुली गरी फर्किरहेको अवस्थामा नै सैन्य कमाण्डर भनिने रामरिझन यादव सहित ३ जना पक्राउ परेको थियो । चनरदिप यादव पक्राउ परेपछि कोरेक्स १ सय एमएलको शिशी ७३ बोतल धनुषा प्रहरीले बरामद गरेको थियो । यसको अर्थ के हो भने चनरदिप आफै पनि लागु औषधका दुवर््यशनी थिए भने यूवाहरुलाई पनि कुलतमा फसाई आपराधिक घटना गराउँथे ।
जनतान्त्रिक टाइगर जनशक्ति नामको भुमिगत संगठनसँग सम्बन्धित पर्चा, पम्पलेट, चन्दा रसिद, डायरीहरु, पार्टीको विधान, पार्टीको लेटरप्याड र स्टाम्प प्याड सहित अन्य कागजातहरु पनि धनुषा प्रहरीले बरामद गरेको छ । कतिपय चन्दाका ठेलीहरु विभिन्न व्यक्तिहरुलाई समय किटान गरी रुपैयाँ दिन भनी ठेलीहरु काटि खाम बन्दी गरेको पाइन्छ । जस्तै सिरहाको विसनपुरा स्थित इट्टा उद्योगका संचालक प्रमोद झालाई दुई दिन भित्र, सिरहा कै नरहा स्थित अमर इट्टा उद्योगलाई, सिरहा विसनपुराकै डा.रामानन्द चौधरीलाई ३ दिनको समय दिई चन्दा माग गरेको रसिद प्रहरीले फेला पारेको हो । त्यसैगरी धनुषाको चारनाथ नगरपालिका भरतपुर नगरपालिकाको कार्यालय प्रमुख लक्ष्मेश्वर यादवलाई रु. १० लाख रुपैयाँ सहितको चन्दा रकम माग गरेको पाइन्छ । आर्थिक सहयोग नगरिए भौतिक कारवाही गरिने भनेर चन्दा रसिदमा चेतावनी समेत दिई फोन नम्बर समेत दिइएको पाइन्छ । यसरी हेर्ने हो भने उनले लाखौं करोडौं रुपैयाँ विभिन्न व्यक्ति, उद्योगी, कर्मचारी, व्यापारीहरुबाट असुली गर्न चन्दाका रसिदहरु काटिएको अवस्थामा प्रहरीले फेला पार्नुको अर्थ के हो भने कम समयमै आफ्नो नाउँ र पार्टीको नाउँबाट आतंक सिर्जना गरी अधिक भन्दा अधिक पैसा कमाउनु नै प्रमुख उद्देश्य रहेको देखिन्छ ।
कसरी पक्राउ परे चनरदिप ?
विगत २ बर्ष देखि धनुषा प्रहरीले अरुण कुमार सिंघानिया हत्याको प्रमुख अभियूक्तका रुपमा रहेका चनरदिप यादव र रामविनोद यादवलाई निरन्तर खोजी गरिरहेको थियो । उनीहरुको पछि लागेका धनुषा प्रहरीले उनीहरुलाई टेूसिङ्ग गर्दै आएको भए पनि पछिल्लो समयमा धनुषाको बालाबाखरमा राजेन्द्र यादवलाई गोली हानी हत्या गरेपछि र विरेन्द्र बजारमा दुई जनालाई गोली हानी घाइते बनाएपछि धनुषा प्रहरी तिब्र रुपमा उनीहरुलाई पक्राउ गर्न लागि परेको थियो । तिनीहरु प्रायः भारत विहारको सहरहरु तर्फ रह्ने तथा कहिले काँही धनुषा र सिरहाको गाउँ क्षेत्र तिर बस्ने गरेको हुनाले प्रहरीले ति सबै ठाउँहरुमा उनीहरुको खोजी गरिरहेको थियो । धनुषा प्रहरी कहिल्यै भारतको जयनगरको अम्बे होटेल र त्यसको वरिपरी खोजी गर्थे भने चनरदिप डेरा लिएर बस्ने गरेको जयनगर स्थित राजपुताना मोहल्लामा समेत खोजी गर्ने गथर््यो । तर, धनुषा प्रहरी रितै हात फर्किनु पथर््यो । कहिले सिरहा त कहिले धनुषाको गाउँहरुमा त कहिले विहारको सहरहरुमा खोजिरहेको धनुषा प्रहरी कन्फ्यूज हुन्थ्यो । तर, धनुषा प्रहरीले परिचालन गरेका सुराकीहरुले दिएको खबरबाट चनरदिप जनकपुरमै रहेको यकिन भयो ।
हुन त कैलाश ठाकुर जो उनको प्रमुख सुटर थिए उनलाई पनि उनी जनकपुरमा कुन ठाउँमा छन् भन्ने कुरा खबर गरेको थिएनन् । जनकपुरमा आउने र एक दुई दिन बसेर फुत्त भागि हाल्ने उनको प्रवृतिका कारण धनुषा प्रहरीले उसको सहि लोकेशन पत्ता लगाउन सकिरहेको थिएन । तर, धनुषा प्रहरीका सुराकीहरुले चनरदिप जनकपुरकै वकिल मोहल्लामा बसिरहेको भन्ने कुरा यकिन गरेपछि धनुषा प्रहरी दिनरात वकिल मोहल्लामा आफ्नो निगरानी बढाउन थाल्यो । तर पनि चनरदिप बसेको स्थानको इक्ज्याक्ट पिन प्वाइन्ट भने पत्ता लगाउन असफल भईरहेको थियो । फेरी सुराकी र प्राविधिक मद्दतले धनुषा प्रहरीले एउटा घर पत्ता लगायो र करिब ५÷६ दिनसम्म उक्त घरको चौविसै घण्टा रेक्की गर्यो । त्यसपछि केही शंकास्पद हरकतहरु प्रहरीले अनुभुति गर्यो । एकातर्फ जनकपुरमा पनि रेक्की भईरहेको थियो भने अर्को तर्फ भारत विहारको बेनिपट्टी र जयनगरमा पनि निरन्तर सर्च जारी राखेको थियो, धनुषा प्रहरीले ।
 भारत विहारमा धनुषाका एसपी रामदत्त जोशी आफै पनि ३ पटक र डिएसपी नकुल पोखरेल एक पटक उनको खोजीमा खटिएका थिए । अन्ततः जनकपुरको वकिल मोहल्लामा टेूस गरिएको घरमा बढी मुभमेन्ट हुने, त्यो घरमा गाउँका मानिसहरु चनरदिपलाई भेटन जाँदा चियाएर हेर्ने जस्ता शंकास्पद गतिविधिहरु वढ्न थालेपछि १७ चैत्र २०७२ मा राति करिब १ बजे देखि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले विहान ६ बजेको समयमा चनरदिप यादवलाई पक्राउ गर्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रामदत्त जोशी र डिएसपी नकुल पोखरेलको कमाण्डमा फिल्डमा खटिएका प्रहरी नायव निरीक्षकद्वय गगन शाही, संतोष झा, प्रहरी सहायक निरीक्षकद्वय जयलाल यादव, किस्मत भण्डारी, प्रहरी हवलदारहरु प्रेम शंकर ठाकुर, संजय पासवान, चन्देश्वर यादव, मोतीलाल महत्तो, शेरबहादुर बराकोटी र प्रहरी जवानहरु छविलाल साह, लक्ष्मण यादव र मुकेश पंजियार सहितको क्राइम ब्रान्चको टोलीले अन्ततः चनरदिपलाई पक्राउ गर्न सफल भएको थियो ।
उक्त अप्रेशनमा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाको साथै प्रहरी अनुसन्धान व्यूरो सिआईबीको प्राविधिक सहयोग जस्तै सिडिआर, कल डिटेल्स, कल टेूकिङ्ग र कल टेूसिङ्ग जस्ता प्राविधिक सहयोग मार्फत चनरदिप पक्राउ पर्न सफल भएको हो । अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहको पनि योगदान रहेको कारण चनरदिप पक्राउ परेका बेला सार्वजनिक गर्ने बेलामा हेटौडाका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्याय र एसएसपी शाह उपस्थित भएका थिए ।
यसरी भयो चनरदिपको पहिचान
धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान गरेपछि सञ्चार उद्यमी अरुण सिँघानियाको हत्यामा  चनरदिप यादवकोे नाउँ खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान भईसकेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा नै कार्यरत रहेको बताइन्छ । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चनरदिप यादव रहेको भनि पहिचान गरेको हो । त्यसैगरी प्रहरीले भरतपुर(१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका पवन लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् । 
घटना सम्बन्धि खुलेका तथ्यहरु
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गरायो । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईएन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँगै पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने भनि मनकलाई सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई रामविनोदले तिनवटा मोटरसाईकलको व्यवस्था गरे । होलीका दिन घटना स्थलमा एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल संजय साहले नेतृत्व गरेको पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ । अर्थात ऊ पेशेवर सुटर हो । एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । एकातर्फ एकलाल जनतान्त्रिकमा थिए भने अर्को तर्फ उनी प्रहरीको लागि सुराकीको काम समेत गरि दोहोरो भुमिका निर्वाह गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।   
सिंघानियाको हत्या पश्चात तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले जिम्मेवारी लिएका थिए । ति दुवै जना अहिले पक्राउ परी विभिन्न कारागारमा छन् । प्रहरीका अनुसार ती दुवै जनाले हत्या गरेको थिएन तर पैसाका लागि हत्याको जिम्मेवारी लिएका थिए ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो ।
चनरदिप पक्राउ परेपछि अब खुल्ला त रहस्य ?
सिंघानिया हत्याका विभिन्न अभियूक्तहरु मध्येको प्रमुख कडीको रुपमा रहेको चनरदिप नै पक्राउ परिसकेपछि हत्याका विभिन्न रहस्यहरुको विस्तारै पर्दाफास हुने भन्दै पत्रकार सम्मेलनमा उपस्थित भएका डिआईजी पशुपति उपाध्याय भन्छन,“ अहिले हामीले सिंघानिया हत्याको विषयमा पुर्णतः अनुसन्धान गरिसकेका छैनौं । हाम्रो प्राथमिकता भनेको सशस्त्र समुहका अध्यक्ष पक्राउ परिसकेपछि समुहमा बाँकी रहेका अन्य कोही फेरी पनि अध्यक्ष भई समुहलाई जिवन्तता दिनसक्ने हुनाले त्यस तर्फ अनुसन्धान बढाएको भएपनि सिंघानिया हत्यामा स्थानीय व्यवस्थापन देखि अन्य भुमिकामा कुन कुन व्यक्तिहरु थिए भन्ने कुराको पनि चाँडै पर्दाफास गरिनेछ ।”


२०७२ चैत्र २१ गते आईतबार

तत्कालिन गृहमन्त्री बामदेव गौतम, गृह सचिव सिलवाल र महोत्तरीका सुरक्षा प्रमुख विरुद्ध मुद्दा दर्ता किन नगरेको सवालमा लिखित जवाफ पेश गर्न पुनरावेदन अदालतको आदेश

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

आफ्नो छोरा रामविवेक यादवको राज्यले गरेको हत्या विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी दर्ता नगरिदिएको भन्दै इन्दु यादवले परमादेश आदेश जारी गरि पाऊँ भनि पुनरावेदन अदालत जनकपुरमा रिट दर्ता गरेको छ । १४ चैत्र २०७२ मा दर्ता गरिएको उक्त रिटमा १६ चैत्रमा पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो, आदेश जारी हुन नपर्ने कुनै मनासिव आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्र पुनरावेदन सरकारी वकिल कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीको नाउँमा कारण देखाउ आदेश जारी भएको छ । उक्त आदेश जारी भएसँगै करिब १ महिना सम्ममा लिखित जवाफ आई बहस भई ३ महिनासम्ममा कि त अदालतले जाहेरी दर्ता गर्न परमादेश गर्न सक्छन् वा रिट खारेजी हुन सक्ने पुनरावेदन अदालत जनकपुरका रजिष्टूार नेत्र प्रकाश आचार्यले बताएका छन् । महोत्तरीको महोत्तरी गाविस ५ का इन्दु यादवले तत्कालिन गृहमन्त्री बामदेव गौतम, तत्कालिन गृह सचिव सुर्य प्रसाद सिलवाल, महोत्तरीका तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, तत्कालिन प्रहरी उपरीक्षक शौरभ शम्शेर राणा र महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराउन जाँदा दर्ता नगरेपछि पुनरावेदन अदालतमा रिट दिइएको हो ।
निवेदकको माग दावी
म रिट निवेदकको घर जिल्ला महोत्तरी जलेश्वर महोत्तरी गाविस वार्ड नं. ५ मा पर्दछ । मिति २०७२ भाद्र २३ गतेका दिन मेरो २२ बर्षीय छोरा राम विवेक यादव महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको महेन्द्र चोकमा मधेसी मोर्चाको आन्दोलन हेर्न भनि गएको थियो । उक्त अवस्थामा जिल्ला प्रहरी कार्यालय, जलेश्वर स्थित श्रेष्ठ साइकल स्टोरको नजिकै प्रदर्शन हेरेर उभेको थियो । सो दिन करिब ३ः३० बजेको समयमा प्रर्दशनकारीलाई तितिर बितिर पार्नको लागि प्रहरीले अश्रु ग्यास प्रहार गर्न थाल्यो र सबै प्रर्दशनकारीहरु भाग्न थालेका थिए । सबै भागेको देखेर मेरो छोरा राम विवेक यादव पनि भाग्न खोजेको थियो तर ढुङ्गामा ठोक्किएर लडेर चोट लाग्यो । लडेर खुट्टाको औलामा चोट लागेको घाउ हेर्दै गरेको अवस्थामा प्रहरीले मान्छे ताकेर गोली चलाउन थाल्यो । स्थानीय प्रशासन ऐनले दिएको बल प्रयोग अधिकार भन्दा पनि मानिस मार्ने मनसायले प्रहरीले गोली चल्यायो र सो  मध्य दुई गोली मेरो छोरा राम विवेकको काँखी मुनि लागेर घाइते भयो । त्यसपछि अपरिचित व्यक्तिले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा उपचारको लागि लगेका थिए । तर अस्पतालमा पुग्ने वित्तिकै डाक्टरले मृत भनेर घोषित गरेका थिए । मृत्यु भए पछि लाश अस्पतालमै थियो । पोष्टमार्टम लगायत सबै पक्रिया पुरा भए भएपछि मैले लास बुझेर आफ्नो धार्मिक प्ररम्परा अनुसार लास सद्गत गरेको छु । प्रहरी गोली चलाउनु नै परेमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमाजिम स्पष्टसँग भीडले बुझ्ने गरी चेतावनी दिई घुँडा मूनि मात्रै हान्नु पर्छ, तर प्रहरीले सिधै छात्तीमा हानेको देखिन्छ । जुन गैरकानुनी हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले निर्देश गरे बमोजिम विपक्षीहरुले कार्य नगर्दा मानिसको सम्मान पुर्वक बाँच्न पाउने अधिकार माथि आघात परेकोले त्यस्तो कार्य तत्काल रोक्न परमोदशको आदेश जारी गरी पाउँ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न हिंसात्मक कार्य कारबाई हुने वा हुलदंगा हुने आंशका भएको कार्यलाई रोक्न प्रमुख जिल्ला अधिकारीले निम्न कार्य गर्न सक्नेछन् ।
कुनै सभा जुलुस वा भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई त्यसको कुनै काम कारवाईबाट शान्ति भंग हुने संंभावना देखिएमा प्रहरीद्धारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँमा तुरुन्तै आफैं गई वा आफू मातहतका अधिकृतलाई पठाई सकेसम्म सम्झाइ शान्ति कायम गराउने र नसकेमा प्रहरीको मद्दतले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थिति अनुसार जो गर्नु पर्ने बल प्र योग गरी शान्ति कायम गर्ने गराउने ।
शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनु पर्ने आवश्यकता परेमा सो गर्नु भन्दा अगाडि भीडलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग सो भीडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भीड हटेन र गोली चलाउनु पर्ने नै भयो भने घुँडा मुनि पारी गोली चलाउनको निमित्त आदेश लेखी सही गरी दिने । जिल्लामा शान्ति सुरक्षा कायम गर्न समयले भ्याएसम्म लिखित र नभ्याएमा मात्र मौखिक आदेश आवश्यकता अनुसार प्रहरी अधिकृतलाई दिने र मौखिक आदेश दिएकोमा समय पाउनासाथ बढीमा चौबीस घण्टाभित्र सो आदेशलाई लिखित रुपमा समर्थ नगर्ने ।
माथि उल्लेखित कानुन बमोजिम बल प्रयोगको कुनै पनि प्रकृया पुरा नागरी गोली चलाउनु भनेको सिधै मान्छेको हत्या गर्नु हो र यस्तो अधराधिक कार्य गर्ने जो सुकै होस उन्मुत्ति पाउनु कानुनी शासनको बिपरित छ । यस बिषयमा मिति २०७२ भाद्र २९ गते विस्मिल्लाह खातून वि. गृह मन्त्रालय समेतको रिट (०७२(ध्इ(०१६१) निवेदनमा सम्मानित सर्वोच्च अदालतको माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय तथा माननीय न्यायाधीश श्री दीपकराज जोशीको संयुक्त इजलासबाट तराई मधेश लगायत देशका विभिन्न भागमा भइरहेको आन्दोलनमा घातक बलको प्रयोग गरी ज्यानै जाने गरी गोली नचलाउन तथा स्थानीय प्रशासन ऐनले तोकेको मापदण्ड बमोजिम नै बल प्रयोग गर्न गराउन अन्तरीम आदेश गरिएको जारी गरेका थियोे । सम्मानित सर्वेच्च अदालतको आदेशको बिपरित चलाइएको घातक गोलीले राम विवेकको ज्यान जानु भनेको अदालतको मानहानी समेत रहेकोले फौजादरी कानुन बमोजिम हत्यामा संलग्नले सजाय पाउनु पर्दछ ।
नागरिक अधिकार ऐन, २०१२ को दफा १२ ले वैयक्तिक स्वतन्त्रताको अधिकारको सुनिश्चित गरेको छ भने नेपालको संविधानको धारा १६ ले नागरिकको बाच्न पाउने मौलिक हकको सुनिश्चित गरेको छ । त्यस्तै नेपाल पक्ष राष्टू रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि अन्तराष्टिूय अनुवन्ध १९६६ को ऐच्छिक प्रलेख २ अनुसार नेपालमा ज्यान मार्ने गरि कुनै कानुन बनाईने छैन र कसैलाई कानुनबमोजिम बाहेक मृत्यु दण्डको सजाय दिईने छैन भनि उल्लेख गरिएको छ । पक्ष राष्टूको हैसियतले हस्ताक्षर र अनुमोदन गरेका विभिन्न सन्धी सम्झौता तथा अन्तर्राष्टिूय कानून अनुसार मानिसलाई बाूच्न पाउने हकबाट बंचित गरिने छैन भनि नेपालले सुनिश्चित गरेको छ । यदि आरोपित व्यक्ति अपराधमा संलग्न छ भने फौजदारी न्याय प्रणाली बमोजिम कार्यवाही हुनु पर्दछ भन्ने कानूनी मान्यता र व्यवस्था विद्यमान रहेको छ ।
माथि उल्लेखित कानुनलाई मिचेर प्रहरीले मानवीय संवेदना समेत ख्याल नगरी खुट्टामा चोट लागेर घाउ हेर्ने बेलामा म निवेदकको छोरा राम विवेक यादव उपर नेपाल सरकार, गृह मन्त्रलायका गृह मन्त्री बामदेव गौतम र गृह सचिव सुर्य प्रसाद सिलवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक शौरभ शम्शेर रानाले गोली चलाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेसँग अनुमति लिई सिमा सुरक्षा सशस्त्र प्रहरी बल महोत्तरीका सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेल नाम, थर, दर्जा थाहा नभएको प्रहरी अधिकारीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक शौरभ शम्शेर रानाले जिल्ला प्रहरी कार्यालयका नाम, थर, दर्जा थाहा नभएको प्रहरी अधिकारीको कमाण्डमा प्रहरी खटाई गोली प्रहार गर्न आदेश दिई नाम, थर, दर्जा थाहा नभएको अन्य प्रहरी कर्मचारीले म निवेदकको छोरा राम विवेक यादवलाई ताकेर गोली प्रहार गरी गैरकानुनी तरिकाले हत्या गरिएको छ ।
यसरी मेरो छोराको मृत्यु सम्बन्धमा विभिन्न व्यक्तिहरुबाट पता लगाउदै जाूदा मेरो छोरालाई प्रदर्शनकारीको आरोपमा मनसायपूर्वक हत्या गरेको कुरा थाहा हुन आएकोले तत्काल शोक विव्हल भै क्रमशः केही समय बिते पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नेपालको प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ र १३(१) नंं. बमोजिम सजाय गरी पाउन भनि जाहेरी दिन गएको थिए । तर प्रहरीले मेरो जाहेरी लिन अस्वीकार गर्यो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी बुझ्न अस्वीकार गरेपछि मिति २०७२÷९÷२८ गतेका दिन जिल्ला हुलाक कार्यालय धनुषाबाट सोही जाहेरी र  बोधार्थ प्रतिलीपि रजिष्टूेशन नं. २०७६१६५ बाट अंचल प्रहरी कार्यालय जनकपुर, रजिष्टूेशन नं. २०७६१६६ बाट प्रहरी प्रधान कार्यालय काठमाण्डौ र रजिष्टूेशन नं. २०७६१६४ बाट राष्टिूय मानवअधिकार आयोग, मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुर लगायतका कार्यालयहरुमा दर्ता गराएको छु ।
ने.का.प. २०६९, अङक १२, निर्णय नं. ८९३३, सुनिल रञ्जन सिंह समेत वि. कुवेर सिंह रानाको मुद्दामा सम्मानित सर्वोच्च अदालतले यो अदालत मानव अधिकारको संरक्षणप्रति गम्भीर र संवेदनशील भइआएको र सो अनुसारको संवैधानिक दायित्वको निर्वाह सधैं गरी नै रहने तथ्यको सन्दर्भमा हेर्दा विपक्षी कुवेरसिंह रानाउपर परेको जाहेरी दरखास्त र निजसमेत उपर अनुसन्धान गरी कानूनबमोजिम कारवाही गर्नु भनी राष्टूिय मानव अधिकार आयोगले प्रधानमन्त्रीलाई २०६४।१०।१५ मा लेखी पठाइसकेकोले त्यस अनुसन्धानको प्रगतिको विवरण यस अदालतलाई जानकारी गराउनका साथै अहिलेसम्म उक्त मुद्दाको अनुसन्धानको लागि कारवाही अगाडि नबढाएको भए सरकारी मुद्दासम्बन्धी नियमावली, २०५५ को नियम ४(१) अनुसार अपराधको तहकीकात गर्ने प्रयोजनका लागि अधिकार प्राप्त प्रहरी नायव उपरीक्षक दर्जाको अधिकृत तोकी निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढंगले अनुसन्धान गर्न गराउन र विपक्षी बनाइएका र २०६८।३।८ को नेपाल सरकारको निर्णयबाट एआइजीमा बढुवा भएका कुवेरसिंह रानाले सो अनुसन्धान कार्यमा कुनै हस्तक्षेप गर्न वा प्रभाव पार्न नसक्ने कुराको समुचित व्यवस्था गरी सो मुद्दाको अनुसन्धान भएको प्रगतिको जानकारी प्रत्येक महिनामा यस अदालतलाई र राष्टिूय मानव अधिकार आयोगलाई पनि गराउँदै जानु भनी विपक्षी प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री र प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउनु भन्ने समेतको आदेश भएको अवस्था छ ।
तसर्थ सो जाहेरी दर्ता गरेको वा दरपीट गरेको बिषयमा म निवेदकलाई कुनै किसिमको जानकारी छैन । अनुसंधान गर्नको लागि बिपक्षी नं. १ लाई निवेदन दर्ता नगरेको तथा दर्ता नगर्ने कारण समेत नदिएकोले नेपालको संबिधानको धारा १६, धारा ४६ को बिपरित कार्य गरेको भएको प्रष्ट छ । अतः मिति २०७२÷६÷२९ गतेमा जिल्ला हुलाक कार्यालय महोत्तरी मार्फत प्रेषित जाहेरी दरखास्त दर्ता गर्न र मृत्यु सम्बन्धमा समय सिमा तोकेर निष्पक्ष तथा विश्वसनीय अनुसंधान गर्नु कुनै हेल चक्र्याइ नगर्नु, तथा अनुसन्धानको आवधिक प्रतिवेदन प्रत्येक महिना सम्मानित अदालतलाई समेत बुझाउनु भनी बिपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गरी पुर्ण न्याय पाँऊ ।

२०७२ चैत्र २१ गते आईतबार

राज्य र दातृ निकायद्वारा सधैं उपेक्षित ‘हुलाकी राजमार्ग’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारत सरकारको अनुदान सहयोगमा तराई क्षेत्रमा आधारभूत सडक सुविधाको विकास गर्न थालिएको हुलाकी लोकमार्गले अझै गति लिन सकेको छैन । भारतसँग सहयोग सम्झौता भएको १२ वर्ष पुगिसकेको छ । तर पनि उक्त राजमार्ग नबन्दा धनुषा, महोत्तरी र सर्लाही सहित तराई मधेसका करिब २० देखि २२ जिल्ला सम्म यातायात आवागमनमा समस्या भोग्न मधेसी जनता बाध्य छन् । सन् २०१० जनवरी १५ मा पहिलो चरणमा २ वटा हुलाकी र १७ वटा सहायक गरी १९ वटा सडकको ६ सय ७ किलोमिटर निर्माण गर्न नेपाल र भारतबीच विस्तृत सम्झौता भएको थियो । त्यसमा सम्पूर्ण खर्च भारतले बेहोर्ने भनिएको थियो । यस्तै, यस आयोजना अन्तर्गतका भारतीय सीमा जोड्ने सहायक सडक र केही अन्य सडक गरी करिब ३० वटा सहायक सडकको कुल लम्बाइ ८ सय १७.४२ किलो मिटर रहेको छ । २०१६ फेबु्रअरी २० मा पहिलो चरणमा बाँकी रहेका १७ वटा (५१८.०५ किलोमिटर) सडक निर्माण गर्न नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस सम्झौतामा भारतबाट ८ अर्ब नेपाली रुपैयाँको अनुदान सहयोग प्रदान गर्ने उल्लेख छ । निर्माण व्यवसायी छनोट गर्नुपूर्व भारत सरकारको सहमति लिनुपर्ने प्रावधान रहेको छ ।
नेपाल सरकारको मन्त्रीस्तरको २०६९ साल जेठ २४ को निर्णयअनुसार तोकिएको हुलाकी राजमार्गको रेखांकनअनुसार लम्बाइ १ हजार ७ सय ९२ दशमलब ४२ किलो मिटर रहेको छ । हालसम्म ६७ दशमलब ८४ किलोमिटर कालोपत्रे भएको र बाँकी निर्माणधीन अवस्थामा रहेको छ । हाल २ वटा सडकमा स्तरोन्नति चालु रहेकोमा (लम्की टीकापुर र धनगढी सती सडक (६७ दशमलब ८४ किमि) कालोपत्रेमा स्तरोन्नति भइसकेको, पहिलो चरणका बाँकी अन्य सडकको ठेक्का टर्मिनल भइसकेकाले पुनस् टेन्डर प्रक्रिया रहेको साथै युटिलिटी रिलोकेसन र जग्गा अधिग्रहण कार्य गरी रहेको आयोजनाले जनाएको छ ।
२०७२ असार १ मा विभिन्न १२ वटा सडक भारतीय अनुदान सहयोगबाट सोधभर्ना माग्ने गरि निर्माणरस्तरोन्नति गर्न टेन्डर आहवान गर्न सहमति प्रदान गरिएको थियो । सन् २०१६ को सम्झौतामा उल्लेख भएअनुसार निर्माण व्यवसायी छनोट गर्न इभ्यालुएसन रिपोर्टको एक प्रति परामर्शदाता छनोट गर्नका लागि टूम अफ कन्डिसन (टीओआर) द्विपक्षीय समझदारी हुन भारतीय दूतावासमा पठाइसकेको आयोजना प्रमुख बलराम  मिश्रले जानकारी दिए । उनले भने, ‘दूतावासमा पठाएको करिब १२ दिन भयो । अब उताबाट जवाफ आएपछि काम अघि बढ्छ ।’ दोस्रो चरणअन्तर्गत १ हजार १ सय ५२ दशमलब ५ किलोमिटर सडकको डीपीआर निर्माण जारी रहेको उनले बताए । आयोजना प्रमुख मिश्रले राष्टिूय गौरव आयोजनामा समावेश भएअनुसार बजेटको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै भने, ‘प्रथम चरणका बाँकी सडकहरूको स्तरोन्नतिका लागि करिब १३ अर्ब बजेट आवश्यक पर्नेमा एमओयू २०१६ अनुसार ८ अर्ब मात्र अनुदान सहयोग प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको हुनाले अपुग रकम ५ अर्ब सुनिश्चितता हुनुपर्ने छ ।’
उनले एमओयूमा दोस्रो चरणका सडक १ हजार १ सय ५२ दशमलव ५ किलोमिटर समावेश नभएको हुनाले नेपालको स्रोतबाट नै स्तरोन्नति हुनुपर्ने अथवा बजेट व्यवस्थापन हुनुपर्ने बताए । समयमा योजना सम्पन्न गर्नका लागि अर्थ मन्त्रालय, वन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भूमि सुधार मन्त्रालय, ऊर्जा मन्त्रालय, सञ्चार मन्त्रालय, राष्टिूय योजना आयोग अन्य सम्बन्धित निकाय समेत उच्च स्तरीय समन्वय समिति गठन गर्नुपर्ने पनि उनले बताए ।
सन् २००४ जुन २७ मा नेपाल र भारतबीच तराईका विभिन्न सडक स्तरोन्नि गर्न समझदारी भएको हो । २००६ जुन २७ मा भारत र नेपालबीच तराईमा सडक निर्माण गर्न विस्तृत इन्जिनियरिङ सर्वेक्षण र डिजाइनका लागि समझदारी पत्रमा हस्ताक्षर भयो ।  समझदारीअनुसार भारतले नेपालबाट छनोट भएका १ हजार ४ सय ४० किलोमिटर सडकको डिजाइन, सुपरिवेक्षण र निर्माण गरी तीन चरणमा गर्ने र सोबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रावधान थियो । उक्त सम्झौतामा जग्गा अधिग्रहण, रूखहरू हटाउने, सडकमा आवश्यक सम्पूर्ण पुलहरूको निर्माण सरकारले आफ्नो स्रोतबाट गर्नुपर्ने प्रावधान रहेको थियो । समझदारीअनुसार सरकारले पहिलो चरणका सडकमा आवश्यक साना तथा ठूला पुलको निर्माण थालनी गरिसकेको मिश्रले जानकारी दिए । यस आयोजना अन्तर्गतका सडकमा साना ठूला गरी करिब १ सय ५० भन्दा बढी पुलको आवश्यकता पर्ने देखिएको उनले बताए । आयोजनाका अनुसार कुल १ सय ४९ पुल संख्यामा आर्थिक वर्ष २०७१र७२ सम्म पहिलो चरणमा ३६ र दोस्रो चरणमा ९ गरी ४५ निर्माण सम्पन्न भएका छन् । निर्माणाधीन पुलको संख्यामा पहिलो चरणमा २६ र दोस्रो चरणमा ३२ गरी ५८ छन् । चालु आर्थिक वर्षमा टेन्डर गरिने पुलको सख्यामा पहिलो चरणमा ३ र दोस्रोमा १५ गरी १८ वटा छन् । बाँकी पुलको संख्या दोस्रो चरणमा २८ वटा छन् । काम अघि नबढ्नुको कारण जग्गा अधिकरण समयमा नहुनु र अर्को भारतीय ठेकेदारले कम मूल्यमा टेन्डर हालेको र पछि काम नगरेका हुन् ।
राणाकालीन समयमा चिट्ठीपत्र पुर्याउने ’हुलाकी’ कुदने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ’हुलाकी सडक’ रहन गएको हो । तत्कालीन राजा महेन्द्रले २० को दशकमा हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेसको बस्तीभन्दा २० देखि ३० किलोमिटर उत्तर चुरे छेउमा जंगल फँडानी गरेर पूर्व(पश्चिम लोकमार्गको निर्माणकार्य बढाएपछि हुलाकी सडक ओझेलमा परेको हो । त्यसयता पनि मधेसको जीवनस्तर बदलिन महत्त्वपूर्ण हुने मानिएको उक्त सडक सरकारी प्राथमिकतामा पर्नसकेको छैन ।
तराई जिल्लाका हरेक सदरमुकाम जोडेर ग्रामीण भेग हुँदै गुज्रिने हुलाकी सडकको स्तरोन्नति गरी फराकिलो पक्की बनाउने हो भने पछाडि परेको मधेसको जीवनस्तर, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था धेरै माथि उठ्ने निश्चित छ । तर निर्माण गर्ने चर्चा भएको दसकौं भइसक्दा पनि सडकको स्तर उस्तै रहँदा मधेसमा असन्तोष बढ्नुको एउटा कारण बन्न पुगेको छ, हुलाकी सडक ।
५० को दशकमा नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष गजेन्द्रनारायण सिंहले आफ्नो राजनीतिक मुद्दाका रूपमा चर्काएको विषय अहिले मधेसमा मत खोज्ने र मधेसका लागि राजनीति गर्ने मुद्दा बनेको छ । दलहरूले चुनावी घोषणापत्रमा हुलाकी राजमार्ग निर्माणलाई छुटाउँदैनन् । मधेसलाई केन्द्र बनाएर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिंगो मधेसको समर्थन जुटाउन आन्दोलनका क्रममा मानव साङलो बनाउन हुलाकी सडकलाई नै रोजेको थियो । प्राध्यापक झाको बुझाइमा आन्दोलनको सूत्राधार राजनीति भए पनि पृष्ठभूमिमा ती मुद्दाले काम गरेका हुन्छन् ।
जानकारहरु भन्छन,( सन् ९० को दसकमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको नेपाल भ्रमणकै क्रममा हुलाकी सडक निर्माणमा भारतले सहयोगको प्रतिबद्धता व्यक्त गरेको थियो । २०४७ फागुन १ देखि ३ सम्म चन्द्रशेखर नेपाल भ्रमणमा आएका थिए । त्यसयता प्रायः सबै सरकार प्रमुख स्तरको भ्रमणमा त्यसको चर्चा छुटेको छैन । भारतले सडक बनाउने प्रतिबद्धता जनाएको २५ वर्ष बितिसक्दा पनि निर्माणको काम द्विदेशीय सम्झौताको जालोमा घेरिएर अगाडि बढ्नसकेको छैन । जबकि भारतको महत्त्वपूर्ण सहयोगमा महेन्द्र राजमार्गको निर्माण सम्पन्न भएको थियो ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग आयोजनाका प्रमुख बलराम मिश्र पुराना प्रतिबद्धताहरूको कुनै कागजी डकुमेन्ट नरहेको भन्दै १२ वर्ष अगाडि २०६१ (सन् २००४) मा भारतले तराईका सडक बनाउने सैद्धान्तिक सहमति जनाएको बताउँछन् । उनका अनुसार त्यही पहिलो लिखित डुकुमेन्ट हो । त्यतिखेर २१ असारमा नेपाल सरकारका तत्कालीन सहसचिव केशव पोखरेल र भारतका सडक मन्त्रालयका अधिकारी एसबी बडुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।  त्यसबेला शेरबहादुर देउवा राजाबाट मनोनीत प्रधानमन्त्री थिए । उनको भारत भ्रमणका बेला भएको उच्चस्तरीय सम्झौता र संयुक्त वक्तव्यमा पनि हुलाकी सडक निर्माणको चर्चा प्राथमिकताका साथ गरिएको छ । ०६३ मा लोकतन्त्रको स्थापनापछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बखत पनि महत्त्वपूर्ण चर्चाको विषय हुलाकी सडक थियो ।
१३ असार २०६३ (सन् २००६) मा तराईका सडकको विस्तृत अध्ययन, डिजाइन र अनुमानित खर्चका लागि सर्वे गर्ने सम्झौता तत्कालीन अर्थ सचिव भोजराज घिमिरे र भारतीय राजदूत शिवशंकर मुखर्जीबीच भएको देखिन्छ । त्यतिखेर नेपालले छनोट गरेको हुलाकीसहित तराईका १ हजार ४ सय ४० किमि सडकहरुको डिजाइन, सुपरीवेक्षण र निर्माण चरणबद्ध रूपमा गर्ने र त्यसको सम्पूर्ण खर्च भारतले व्यहोर्ने साथै  जग्गा अधिग्रहण, रुखहरु हटाउने र पुलहरुको निर्माण नेपाल पक्षले गर्ने सहमति भएको हो ।
त्यसको झन्डै ४ वर्षपछि १ माघ २०६६ (सन् २०१०) मा सर्वे गरिएकामध्ये पहिलो चरणमा ६ सय ५० किलोमिटर लम्बाइका २० वटा सडक भारतले आफ्नो लागत, सुपरीवेक्षण र ठेक्कामा बनाउनेगरी सहमति भयो । दुवै चरणका सम्पूर्ण सडकमा पर्ने १ सय ५० वटा पुल नेपालले बनाउने तत्कालीन परराष्टूमन्त्री सुजाता कोइराला र समकक्षी एसएम कृष्णाबीच काठमाडौंमा सम्झौतामा हस्ताक्षर भएको हो । नेपालपक्षले हुलाकी सडक नाम दिए पनि पहिलो चरणमा बनाउने भनिएको सडकहरुमा अधिकांश राजमार्गबाट दक्षिण जोड्ने सडकहरुलाई प्राथमिकतामा राख्यो । भारत सरकारले भने उक्त परियोजनालाई हुलाकी सडक नभनी ’नेपालको तराई क्षेत्रमा सडक निर्माण’ भन्दै आएको छ ।
पूर्व(पश्चिम भारतीय सीमाभन्दा औसतमा ३ किलोमिटर उत्तर रहेको ९ सय ७५ किलोमिटरको हुलाकी सडक र पूर्व(पश्चिम राजमार्गबाट दक्षिण सीमासम्म जोड्ने ३२ वटा सडकको ८ सय १७ किलोमिटर गरी तराईको कुल १ हजार ७ सय ९२ किलोमिटर सडकलाई सरकारले हुलाकी सडक आयोजनामा राखेको छ । ती सडकहरु भारतले बनाइदिने पर्खाइ छ । 
भारतले आफैं निर्माण गर्ने भएपछि दिल्लीबाटै तराईका १९ सडकलाई ६ प्याकेज बनाएर ठेक्का लगाएको थियो । तिनलाई २०७० को पुससम्म  निर्माण सक्नेगरी ३० महिनाको अवधि दिइएको थियो । सडकको गुणस्तर अनुगमन गर्ने परामर्शदाता र सबै ठेकेदार भारतीय थिए । सुरुमा २० वटा सडक भनिए पनि काममा ढिलाइ भइरहेको देखिएपछि त्यतिखेर राजनीतिक दबाबमा आफ्नै स्रोतबाट बनाउने भन्दै जितपुर(तौहलिवा सडकलाई उक्त सूचीबाट हटाइएको थियो । फरक(फरक ४ वटा भारतीय निर्माण कम्पनीले ठेक्का पाएका थिए । सडकको महत्त्वअनुसार पौने ४, साढे ५ र ७ मिटर चौडाइमा कालोपत्रे गर्ने ठेक्का थियो ।
ठेक्का लगाइएको पहिलो चरणको ६ सय ५ किलोमिटरको १९ सडकमा पूर्व(पश्चिमको हुलाकी सडकको कैलाली (६२ किमि), महोत्तरी (२८ किमि) र पर्सा (५२ किमी) गरी १४२ किलोमिटर तथा उत्तर(दक्षिण जोड्ने ४६५ किलोमिटरको १६ वटा सडक थिए । तिनका लागि भारत सरकारले १२ अर्ब ४१ करोड तथा मुआब्जा, पुल निर्माण, विद्युत र टेलिफोनको पोल सार्ने, रुख हटाउने कार्यमा नेपाल सरकारले ११ अर्ब रुपैयाँ खर्चिने तयारी थयो । भारतीय ठेकेदार आएर काम सुरु गरे । तर उनीहरुले कामलाई तीव्रता नदिई विभिन्न बहाना देखाएर ०७० को मध्यतिर छाडेर हिंँडे । निर्माणका लागि प्रयोग हुने उपकरण राजस्व छुटमा ल्याउन स्वीकृति दिन प्रक्रिया पुरा गर्दा नै ६ महिनाजति समय लागेको थियो । सडक छेउको पोल, रुख हटाउन  र बाटोको क्षेत्र खुला गर्न नेपाल पक्षले ढिलासुस्ती गरेको साथै ढुंगारगिट्टीको उपलब्धतामा समस्या देखिएको भारतीय ठेकेदारको त्यतिखेर गुनासो थियो । तराईका सडकमा काम हुनथालेपछि सडक विभागले आफू मातहत केन्द्रमा छुट्टै हुलाकी सडक आयोजनाको स्थापना गरी धनगढी, नेपालगन्ज, वीरगन्ज, जनकपुर र इटहरीमा त्यसको शाखा नै स्थापना र्गयो । तर सरकारले राष्टिूय गौरवको योजना भनेको हुलाकी सडकमा काम नबढेपछि विभागमा यो ’मृत परियोजना’ले परिचित हुनपुग्यो ।
ठेकेदार भागेपछि २ वर्ष अलपत्र रहेको सडक निर्माणका लागि स्थानीय स्तरबाट परेको जनदबाबपछि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारतीय पक्षसँग छलफल गरी भारतबाट पछि सोधभर्ना लिनेगरी निर्माण आफैं थाल्न ०७२ असारमा निर्णय लियो । त्यस अनुसार असार १ मा अर्थ मन्त्रालयले तराईका १३ वटा सडकको टेन्डर आह्वानका लागि स्वीकृति प्रदान र्गयो । 
तर भारतले पहिलो चरणमा बनाइदिने भनेका १९ मध्ये ९ वटामात्र त्यसमा परे । भारतीय सहयोगमा सडक बन्ने सुनिश्चितता नदेखेपछि तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले १९ मध्ये आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जनकपुर(जटही १२ किलोमिटरलाई त्यस योजनाबाट झिकेर नेपाल सरकारले बनाउने अर्को योजनामा लगे ।  भद्रपुर(राजगढ, जनकपुर(कप्तौल, वरियारपुर(पटेर्वा र जितपुर(तौलिहवा सडक राजनीतिक पहुँचका आधारमा थपिए ।
यस आर्थिक वर्षमा ती सडकहरुमा कम्तीमा २५ प्रतिशत काम सक्ने लक्ष्य लिएर साउन(भदौतिरै ठेक्का स्वीकृत गरियो । तर आस गरेअनुसार काम बढेन । ठेक्का स्वीकृत गरेको ४ महिनाभित्र काम थाल्नेगरी ठेकेदारसँग गर्नुपर्ने सम्झौता ७ महिनाभन्दा बढी भइसक्दा पनि हुनसकेको छैन । पहिले गर्न खोजिएको भन्दा अहिले सडकलाई थप फराकिलो बनाउनेगरी नयाँ टेन्डर गरिएको हो । जनकपुर(भिट्ठामोड चार लेन १४ मिटर पिच र नवलपुर(मलंगवा ७ मिटर पिच दुई लेनको बनाउने भनिएको छ । त्यस्तै अन्य सडकहरु ६ र साढे ५ मिटर फराकिलो पिच बनाउने योजानासाथ टेन्डर गरिएको हो ।
सरकार परिवर्तनसँगै फेरिएको अर्थ मन्त्रालयको महोलले भारतीय पक्षसँग नयाँ सम्झौता नभई बजेट दिन नसक्ने बताउन थाल्यो । जबकि कात्तिक २० मा अर्थ मन्त्रालयले ठेक्का प्रक्रिया अघि बढाउन र बजेट माग गर्न निर्देशन दिएको थियो । अर्थ सचिव सुमन शर्माको सरुवापछि आएका नयाँ सचिव लोकदर्शन रेग्मीले भारतसँग नयाँ खालको सम्झौता नभएको र पछि उसले बजेट दिन आनाकानी गरे समस्या हुने भन्दै निकासा दिन अस्वीकार गरेपछि दोस्रो प्रयास पनि तुहियो ।  
२०७२ फागुन दोस्रो साता प्रधानमन्त्री केपी ओलीले गरेको दिल्ली भ्रमणमा फेरि हुलाकी सडक नै मुद्दा बन्यो । ८ फागुन २०७२ मा त्यस सडकका विषयमा दुई देशबीच फेरि नयाँ सम्झौता भयो । १५ बुँदे नयाँ सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनबहादुर कार्की र भारतीय राजदूत रञ्जित रायले हस्ताक्षर गरेका छन् । अहिलेको सम्झौतामा सडक नेपाल आफैंले बनाउने कुरालाई स्वीकार गरिए पनि गुणस्तर लगायत अनुगमनका लागि भारतीय परामर्शदाता हुनुपर्ने, ठेकेदार नेपाली र भारतीय हुनुपर्ने, १९ मध्ये करिब(करिब निर्माण भइसकेको १ र उक्त सूचीबाट निकालिएको जनकपुर(जटही बाहेक १७ सडक निर्माणका लागि भारतले ५ अर्ब भारु (नेरु ८ अर्ब) मात्र नेपाललाई उपलब्ध गराउने र निर्माण गरिने सडकको कुल लम्बाइको ९० प्रतिशत क्षेत्रमा चौडाइका लागि लागि ३० मिटर जमिन उपलब्ध हुनपर्ने जस्ता सर्त चुनौती बनेका छन् । दोस्रो चरणको आगामी दिनमा गर्ने भनिएको बाँकी सडक निर्माणको कामका विषयमा सम्झौताले केही बोलेको छैन । भारतले पहिलो चरणमा उक्त परियोजनाका लागि छुट्याएको रकममध्ये खर्च भएर बाँकी रकममात्र दिने भनेको छ । नयाँ सम्झौता र त्यसमा राखिएका सर्तहरुले टेन्डर गरी प्रक्रिया अगडि बढाइएको सडकको निर्माण प्रक्रिया थप अनिश्चित बनेको छ । परामर्शदाता छान्ने काम अन्तिम चरणमा र्पुयाएको हुलाकी सडक आयोजनाका अगाडि त्यो पहिलो चुनौती आएको छ । ’भारतीय सर्तअनुसार अब एकदिन पनि ढिला नगरी काम बढायौं भने पनि परामर्शदाता छानेर पुरा गर्न ३ देखि ४ महिना लाग्छ,’ आयोजना प्रमुख मिश्र भन्छन्, ’सडकको निर्माण प्रारम्भ कहिलेदेखि हुने सुनिश्चित हुनसकेन । यस आर्थिक वर्षमा सुरु हुने सम्भावना छैन ।’ परामर्शदाता छान्ने सम्बन्धमा भारतीय दूतावासलाई दुई साताअघि गरिएको पत्राचारको जवाफ अझै आएको छैन ।


२०७२ चैत्र २१ गते आईतबार

सीके राउतले बुझाए आयोगलाई ज्ञापन पत्र अदालतको अवहेलना भएको दाबी


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विगत करीब डेढ़ वर्ष देखि म र मेरा समर्थकहरुमाथि नेपाल सरकारद्वारा भइराखेको दमन तथा मानवअधिकार उल्लंघनका विषयमा यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु । मधेशको स्वतन्त्रता, हकहित तथा अधिकारको निम्ति विगत ४ वर्ष देखि विभिन्न किसिमका जनचेतना मूलक बैठक, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरू हामीले गर्दै आएका छौं । हामीले सदैव शांतिपूर्ण एवं अहिंसात्मक मार्ग तथा लोकतान्त्रिक व्यवस्था माथि आस्था राख्दै नेपालको संविधानद्वारा प्रदत्त विचार तथा अभिव्यक्ति स्वतंत्रता, शांतिपूर्ण भेला हुने अधिकार र संघ(संगठन खोल्न पाउने अधिकार, तथा जनतामा निहीत रहेको सार्वभौमसत्ताको प्रयोग गर्दै नै आफ्ना गतिविधिहरु संचालन गर्दै आएका छौं । सबैको अधिकारको सम्मान गर्ने तथा कानूनी राज्यको पालना गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।
राज्यविप्लवको मुद्दा र जेल यातना ः
मधेशको हकहित तथा अधिकारको निम्ति जनचेतना फैलाउने क्रममै २०७१ साल भाद्र २८ गते शनिबार मोरंगको रंगेली नजिक आमतोलामा आदिवासी संथालहरूको सांस्कृतिक छातामेलालाई प्रमुख अतिथिको रूपमा, उनीहरुको इतिहास र संस्कृतिको विषयमा संबोधन गरेर फर्किने बेलामा राती ७ः३० बजे बाटोबाटै अपहरणकारी शैलीमा डेढ दर्जन प्रहरीद्वारा बिना पक्राऊ पूर्जी नेपाल सरकारले मलाई गिरफ्तार गर्यो ।
२०७१ साल भाद्र २८ गते नेपाल प्रहरी द्वारा हिरासतमा लिए पछि दिइएको शारिरीक तथा मानसिक यातनाको विरुद्ध तथा संविधान प्रदत्त अभिव्यक्ति स्वतंत्रता कायम गर्न प्रहरी हिरासतमै २०७१ साल असोज ५ गते देखि आमरण(अनशनमा बसें । परिणामस्वरुप २०७१ साल असोज १५ गते नेपाल सरकारसँग वार्ता भयो र अभिव्यक्ति स्वतन्त्रताको लागि सरकारद्वारा लिखित प्रतिबद्धता जाहेर गरे पछि तथा ४८ घंटा भित्र हिरासतमुक्त गर्ने आश्वासन दिएपछि अनशन तोडें  । तर सो लिखित प्रतिबद्धताको विरुद्ध गएर नेपाल सरकारले २०७१ साल असोज २२ गते बुधबार जन्मकैदको माग दाबी गर्दै विशेष अदालतमा राज्य(विप्लवको मुद्दा दायर गर्यो । सो मुद्दाको विषयमा विशेष अदालतले २०७२ साल वैशाख १० गते तथा सर्वोच्च अदालतले २०७२ साल माघ ३ गते सफाई दिइ सकेको छ । सो मुद्दाको छिनोफानो गर्ने क्रममा २०७१ साल मंसीर ८ गते सम्म काठमाडौंको डिल्लीबजार जेलमा बस्नुपर्यो, जहाँ राजनैतिक बंदीको रुपमा राखिनुको सट्टा अनेकौं शारिरीक तथा मानसिक यातनाहरु दिइए ।
दमनको बढ़दो क्रम ः
२०७१ साल मंसीर ८ गते जेलबाट बाहिर आइसके पछि पनि मलाई १० भन्दा बढी पटक गिरफ्तार गरियो । ठाउँ(ठाउँमा गर्न लागिएको धन्यवाद सभामा नेपाल प्रहरीले बल प्रयोग गरेर दमन गरे र सभालाई विथोले । सो क्रममा नेपाल प्रहरीले मेरा सैकडौं समर्थक तथा निर्दोष जनताहरुलाई गिरफ्तार गरे । २०७१ साल मंसीर १० गते काठमाडौंको खुलामंचमा घोषित आमसभा गर्ने तैयारीको क्रममा म लगायत करीब ४०० जना जति मधेशीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट रंगभेदी तरीकाले पक्राऊ गरियो । त्यसै क्रममा, २०७१ साल पुस १९ गते मोरंग विराटनगरको सभामा प्रहरी दमन हुँदा मेरो खुट्टा भाँचियो भने बायाँ हातको औंलाबाट रगत समेत बग्यो । हिरासतमा खुट्टा भाँचेर अतिपीडा हुँदा पनि मलाई मेडिकल चेकअप लैजान अस्वीकार गरियो, र राती ९स्३० बजे छोडे पछि पनि उपचारका लागि विराटनगर जान खोज्दा समेत रोक लगाइयो । पछि धरानको अस्पतालमा भर्ना भएर दाहिने खुट्टामा ब्यान्डेज गर्नु परेको थियो । विराटनगरको सभाबाट दर्जनौं समर्थकहरु गिरफ्तार भए भने कैयनमाथि झुठा सार्वजनिक मुद्दा दायर गरियो ।
त्यसैगरी २०७१ साल चैत्र २१ गते शनिबार झापाको राजगढ़को आमसभामा ममाथि सशस्त्र प्रहरीले सीधै आक्रमण गर्दा मेरो टाउको र पाखुरामा गम्भीर चोटपटक लाग्यो, भने १८ जना अन्य समर्थकहरू घाइते भए । त्यस कार्यक्रमको सिलसिलामा जम्मा ६१ जनालाई गिरफ्तार गरियो भने घाइते अवस्थामा विराटनगर ल्याई उपचार गराउने चिकित्सकहरु डा. संजय साह, डा. परमेश्वर मुर्मु लगायतलाई समेत समातेर उनीहरुमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइयो । नेपाल सरकार र प्रहरीद्वारा यस्ता प्रकृतिका दर्जनौं पटक दमन हामीमाथि गरियो र गरिदै आएको छ ।
प्रहरी दमनको विरुद्धमा फूल आंदोलन ः
नेपाल सरकार र प्रहरीको दमनको प्रत्युत्तरमा हामीले २०७१ साल पुस २५ गते देखि ‘फूल आन्दोलन’ को घोषणा गर्यौं । त्यसपछाडि हामीमाथि दमन गर्ने सरकारी अधिकारी र प्रहरीलाई फूल दिएर शांतिपूर्ण एवं अहिंसात्मक मार्गमाथि रहेको आफ्नो अडिग आस्थालाई हामीले प्रकट गर्दै आएका छौं ।
अदालतको अपहेलनाको विषयमा ः
सम्माननीय विशेष अदालत तथा सर्वोच्च अदालतसे समेत मलाई राज्यविप्लवको मुद्दामा सफाई दिइसकेको अवस्थामा तथा ‘मधेश स्वराज’ र ‘घोषणा पत्र’ लगायतका किताब एवं पर्चा लेखिनु, छापिनु तथा त्यसको प्रचार(प्रसार गरिनु, मधेशको झंडा बनाउनु तथा मधेशको नक्सा देखाउनु, कुनै सभा(सम्मेलन वा छलफल कार्यक्रम गर्नु जस्ता कार्यहरू नेपालको संविधान तथा प्रचलित ऐनकानून अनुसार तथा विभिन्न राष्टिूय एवं अन्तर्रा्ष्टिूय नजीरहरुलाई मध्यनजर गर्दै  आफैंमा राज्यविप्लवको कार्य नभएको कुरा ठहराई सकेको अवस्थामा, तथा ती कुराहरु कुनै अदालतले अवैध भनेर समेत घोषणा नगरेको अवस्थामा सोही कुराको लागि फेरि पटक(पटक ममाथि राज्यविप्लवको मुद्दा नेपाली राज्यद्वारा दायर गर्नु वा सोही पर्चा कसैले बोकेकै भरमा, सो विचार कसैले प्रचारप्रसार गरेकै कारण कुनै आमजनतामाथि समेत राज्यविप्लवको मुद्दा दायर गर्नु आधारभूत मानवअधिकारको हनन मात्रै  नभई सम्माननीय विशेष अदालत तथा सर्वोच्च अदालतले गरेको फैसलाको अपहेलना हुनुका साथै कानूनी राज्यको उपहास हो भन्ने ठहर हाम्रो रहेको छ ।
झुठा मुद्दा एवं यातना बारे ः
पछिल्लो ६ महिनादेखि हाम्रा समर्थकहरुलाई नेपाल प्रहरी तथा स्थानीय प्रशासनले जबरजस्ती जहाँपायो त्यही समात्ने, हिरासतमा लिने, भौतिक दमन गर्ने, हिरासतमा यातना दिने, ज्यान मार्ने धम्की दिने, परिवारलाई सताउने, काम वा जागिर गर्ने ठाउँमा दबाब दिने, विभिन्न झुठा मुद्दा लगाउने क्रम बढदो छ । सोही क्रममा २ दर्जनभन्दा बढी राज्यविप्लवको मुद्दा नै दायर गरिएको छ (सूची संलग्न छ), भने हाम्रा समर्थकहरुमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत कैयन् मुद्दाहरु दर्तागरी आमजनता माझ त्रास फैलाउने कार्य भइराखेको छ । त्यही क्रममा केही समर्थकहरुमाथि हाथहथियार एवं खरखजाना ऐन अन्तर्गत झूठा मुद्दा लगाएर समेत नेपाल प्रहरीले यातना दिने कार्य गरेको छ (दुई समर्थकहरु ब्रजेश सिंह र सदाम अंसारीलाई एउटा सामान्य बैठकबाट हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले हाथहथियार एवं खरखजाना ऐन अन्तर्गत लगाइएको झूठा मुद्दामाथि सम्माननीय अदालतले सफाई दिइसकेको छ र नेपाल प्रहरीको फसाउने बदनियतपूर्ण कार्यलाई साबित गरिसकेको छ ।) । यस्ता झूठा मुद्दा लगाएर हाम्रा समर्थकहरुलाई हप्तौं सम्म प्रहरी हिरासतमा यातना भोग्नु परिरहेको छ भने, कैयनलाई पुर्पक्षका लागि महिनौं सम्म जेल समेत जानु परेको छ ।
नेपाल प्रहरीद्वारा भौतिक आक्रमणरदमन बारे ः
यदि हामीले कुनै गैरसंवैधानिक वा गैरकानूनी कार्य गरिरहेका छौं भने त्यसको लागि विधिसम्मत कानूनी प्रकिया अपनाउनु पर्दछ र अदालतले सोको फैसला तथा सजाय गर्नुपर्दछ भनेर हाम्रो मान्यता रहेको छ, र त्यसको लागि हामी सदैव स्वेच्छिक गिरफ्तारी दिनका लागि तैयार रहँदै आएका छौं, तथा प्रहरी र प्रशासनलाई सदैव सहयोग गर्दै आएका छौं । तर हामी स्वेच्छिक गिरफ्तारीको लागि तैयार हुँदाहुँदै पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा हामीमाथि लाठी(चार्ज गर्ने, ‘बूट’ तथा बन्दुकको कुंदाले हिर्काउने जस्ता भौतिक आक्रमण गरिनु गैरकानूनी रहेको हाम्रो ठहर छ । उदाहरण स्वरुप २०७१ साल पुस १९ गते मोरंग विराटनगरको आमसभामा प्रहरी दमनमा डा. सि. के. राउतको खुट्टा भाँचिनु, २०७१ साल चैत २१ गते राजगढ़को आमसभामा  डा. सि.के. राउतमाथि नै प्रहरीले सीधै ताकेर लाठीचार्ज गर्दा टाउको र पाखुरामा चोट लागेर घाइते हुनु, सप्तरीको भारदहमा २०७२ साल फाल्गुण ७ गते एउटा कोठाभित्र सामान्य बैठक गरिरहेको अवस्थामा प्रहरी आएर विना चेतावनी कोठा थुनेर अन्धाधुन लाठी चार्ज गर्दा र बूटले हिर्काउँदा २२ जना घाइते हुनु रहेको छ ।
सार्वजनिक कार्यक्रममा जान सामान्यतः रोक्ने बारे ः
कुनै विवाह, व्रतबन्ध लगायतका पारिवारिक एवं सामाजिक समारोहहरू,  धार्मिक अनुष्ठानहरू, सरसफाई तथा खेलकूद लगायतका सार्वजनिक कार्यक्रमहरु, निजी भेटघाट तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरुमा समेत सामान्यतस् सहभागी हुनबाट मलाई नेपाल प्रहरी र स्थानीय प्रशासनले रोक लगाउने, बाधा र्पुयाउने, गिरफ्तार गर्ने जस्ता कार्यहरू कानूनसम्मत न भएको तथा मानवअधिकारको उल्लंघन भएको हाम्रो ठहर रहेको छ । २०७१ साल वैशाख १० गते विशेष अदालतले राज्यविप्लवको मुद्दामा सफाई दिएपछि मलाई अघोषित नजरबंद कै स्थितिमा महिनौंसम्म राखिएको थियो, र हालसम्म पनि उच्च निगरानीमा नै राखिएको छ ।
परिवारका सदस्य तथा घरबेटीलाई दिइराखिएको यातना बारे ः
प्रहरी तथा प्रशासनका मान्छेहरुद्वारा पटक(पटक सप्तरीको राजविराज र महदेवा स्थित मेरो घरमा आएर परिवारका अन्य सदस्य तथा बच्चाहरुलाई सोधपूछ गर्ने, केरकार तथा खोजबिन गर्ने, डर एवं त्रास देखाउने कार्य हुँदै आएको छ । हालै जनकपुरमा डेरा लिएर दुईवटा नाबालिग (५ वर्ष र २ वर्षका) बच्चाहरु सहित सपरिवार बसाँई सरे पछि त्यहाँ समेत प्रहरी तथा प्रशासनका मान्छेहरुद्वारा पटकपटक आएर सोधपूछ गर्ने, बच्चाहरुमा डरत्रास फैलाउने कार्य जारी नै रहेको छ । साथै जनकपुरमा प्रहरी तथा प्रशासनबाट घरबेटीलाई धम्काउने तथा डेराबाट हामीलाई निकाल्न दबाब दिइराखेको जानकारी प्राप्त हुन आएको हुँदा सो कार्यबाट ‘निवासको हक’ उल्लंघन भइराखेको हाम्रो ठहर छ ।
हिरासतमा हाल दिइराखिएको यातना बारे
हाम्रा समर्थकहरुलाई नेपाल प्रहरीले यातना दिने, त्रसित पार्ने र डराउने बदनियतले हिरासतमा लिएर विभिन्न किसिमका यातना दिने क्रम बढदो छ । हालै २०७२ साल फाल्गुन ७ गते सप्तरीको भारदहबाट जनचेतना कार्यक्रमको तैयारी गर्ने सिलसिलामा गिरफ्तार गरिएका श्याम सुन्दर मंडल, नागेश्वर शर्मा र सुरेन्द्र मंडल, तथा सो गिरफ्तारीको विरोध गरिरहेको अवस्थामा २०७२ साल फाल्गुन ९ गते सप्तरीको राजविराजबाट गिरफ्तार गरिएका सुरेन्द्र शर्मा, मो. उस्मान मियां र बुधेश्ववर मंडललाई हिरासतमा विभिन्न किसिमका शारिरीक तथा मानसिक यातना दिने काम भयो, र उनीहरुमाथि राज्यविप्लवको मुद्दा चलाइयो । त्यसैगरी यही चैत्र ६ गते नेपाल प्रहरीले नेपालगंजको महेन्द्रपार्कमा सामान्यरुपमा बसिरहेको अवस्थामा हाम्रा १७ जना समर्थकहरुलाई गिरफ्तार गरेका थिए, जसमध्ये  हरपाल सिंह, अब्दुल खान, इरफान शेख र राममनोहर यादवलाई राज्यविप्लवको अभियोगमा अझै पनि हिरासतमा राखिएको छ । उनीहरुलाई प्रहरी हिरासतमा अनेकौं यातना दिनुका साथै स्थानीय एस.पी.ले ज्यानमार्ने धम्की समेत दिँदै आएको जानकारी प्राप्त भएको छ ।
यसरी नेपाल सरकार र प्रहरीद्वारा म र मेरा समर्थकहरुमाथि दमन गर्दै नेपालको संविधानद्वारा प्रदत्त, अन्तर्रा्ष्टिूय मूल्यमान्यताद्वारा स्थापित, तथा नेपालकै सम्माननीय अदालतले समेत नजीर बनाइसकेको आधारभूत मानवअधिकार समेतको हनन भइराखेको हुँदा यस विषय ऊपर समस्त पत्रकार मित्रहरुको ध्यानाकर्षण गराउँदै मानवअधिकार रक्षाको लागि आ(आफ्नो ठाउँबाट आवाज उठाई दिनुहुन तथा उचित पहलकदमीका लागि हार्दिक अपील समेत गर्दैछौं ।
(स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउतले १८ चैत्र २०७२ मा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष समक्ष बुझाएको ज्ञापन पत्रमा आधारित)

२०७२ चैत्र २१ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह



भारतसँग सम्बन्ध गाँस्यो यो फट्हाहरुले हल्ला मात्र गर्या हो, हजुर ! लौन यो सेवकबाट सानो सौगात स्वीकार गर्नु पर्यो । विस्तारै त नेपाल नै हजुरको !

२०७२ चैत्र १४ गते आईतबार

सशस्त्र समुहलाई ध्वस्त पार्दै धनुषा प्रहरी चेतावनी दिने सैन्य कमाण्डर पक्राउ, धर्ती सिंह अझै फरार

धनुषा प्रहरीको मोस्ट वाण्टेड
 सूचिमा रहेका फरार अभियूक्त
 धर्ती सिंह भनिने चन्द्रदिप यादव ।

अजय अनुरागी
जनकपुरधाम............

अत्यन्तै आक्रामक र खतरनाक देखिन खोजिएको चन्द्रदिप यादवले नेतृत्व गरेको सशस्त्र समुहका प्रमुख सुटर सहित सैन्य कमाण्डर र कार्यकर्ताहरुलाई धनुषा प्रहरीले एक पछि अर्को गरी निरन्तर पक्राउ गरेर उक्त समुहको संजाल नै ध्वस्त पारिदिएको छ । पछिल्लो समयमा जारी मधेस आन्दोलनमा अचानक सतहमा आएर जुर्मुराउन खोजेको उक्त समुहबाट सुरुमा धनुषा प्रहरी अत्यन्तै सचेत देखिए पनि उसका प्रायः जसो मुख्य मानिसहरुलाई धनुषा प्रहरीले कानुनको पासोमा अल्झाएर उक्त समुहको गतिविधि लगभग निस्तेज पार्न सफल भएको छ ।
पक्राउ गर्न चेतावनी दिएको ७ दिन नवित्दै धनुषा प्रहरीले सशस्त्र समुहका एक जना सैन्य प्रमुख सहित दुई जनालाई पक्राउ गरी सशस्त्र समुहले दिएको चुनौतीलाई स्वीकार गरेको देखिन्छ । धनुषा प्रहरीले धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा जनतान्त्रिक टाइगर जनशक्ति पार्टी नामको भुमिगत संगठनका सैन्य प्रमुख पृथ्वी सिंह भनिने कैलाश ठाकुरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ६ का ठाकुरलाई धनुषा प्रहरीले ९ चैत्रमा पक्राउ गरेको हो ।
मधेसी जनतामाथि खस पहाडी शासकले गुलामी गर्दै आएकाले मधेसका यूवाहरुले हतियार उठाउन बाध्य भएको तथा स्थानीय प्रशासनले मधेसमा मानव अधिकारको गम्भीर उल्लंघन गरिरहेको बताउँदै उक्त पार्टीका सेना कमाण्डर भनिने कथित पृथ्वी सिंहले आफुहरुको टाईगर सेनालाई समातेर देखाउन स्थानीय प्रशासनलाई चुनौति दिएको थियो । उक्त पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंह समेतले चेतावनी सहित जारी गरिएको अपिलमा टाईगर सेनालाई स्थानीय प्रशासनले समातेर देखाओस अनि मात्र थाहा लाग्ने छ कि मधेसी बीरहरु कति क्रान्तिकारी योद्धा हुन देखाईदिने अपिलमा चेतावनी दिइएको थियो ।
गत पुष २८ गते सिरहाको सिरहा स्थित गोपाल पेटूोल पम्पमा बम विस्फोटन गराएको, गत माघ २२ गते धनुषाको बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको, गत माघ २३ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजारका नसिम राइन र पोर्ताहामा रामशोगारथ महत्तोलाई गोली हानी घाइते बनाई विभिन्न घटनाहरुका साथ संचार माध्यमहरुमा फोन गरी उक्त घटनाहरुको जिम्मा लिएको तथा विभिन्न व्यक्तिहरुलाई धाक धम्की दिई अवैध चन्दा तथा फिरौती असुली गर्ने गरेको धनुषा प्रहरीले ११ चैत्र २०७२ मा पत्रकार सम्मेलन गरी पक्राउ परेका ठाकुरसँगै उनका अपराधका अभियोगहरु सार्वजनिक गरेका थिए ।
धनुषा प्रहरीका अनुसार पक्राउ परेका ठाकुर धनुुषाको राजेन्द्र यादवलाई गोली हानी हत्या गर्ने तथा विरेन्द्र बजारका नसिम राइन समेतलाई गोली हानी घाइते बनाउने घटनाहरुमा प्रमुख सुटरको भुमिका निर्वाह गरेका छन् । उक्त संगठनका तत्कालिन सैन्य प्रमुख अजय भनिने रामरिझन यादव गत फागुन ६ गते पक्राउ परेपछि पृथ्वी सिंह भनिने कैलाश ठाकुरले सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको थियो । उनी  पक्राउ पर्दा उनीसँग एक थान पिस्तोल, सो को म्याजिन एक थान र सात राउण्ड गोली समेत बरामद गरेको थियो । त्यसैगरी सोही समुहका सिरहा भेडिया गाविस वडा नम्बर ३ का ३० बर्षिय विनोद यादव भनिने कारी यादवलाई समेत धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनी जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका कार्यकर्ता तथा आवश्यक हात हतियार ओसार पोसार गर्ने भुमिका निर्वाह गर्ने गरेको प्रहरीको दावी छ । गोली हानी हत्या गर्ने तथा बम विस्फोट गराउने लगायतका घटनामा आवश्यक पर्ने हात हतियार तथा गोला बारुदहरु ओसार पोसार गर्ने, अवैध चन्दा तथा फिरौती संकलन गर्ने लगायतका कार्यमा संलग्न रहेको प्रहरीको दावी छ । यस अघि धनुषा प्रहरीले उक्त समुहका सैन्य प्रमुख अजय सिंह भनिने सिरहा राजपुर १ का २४ बर्षिय रामरिझन यादव लाई फागुन ९ गते, सोही मितिमा उक्त समुहका कार्यकर्ता सिरहा मिर्चैयाका २९ बर्षिय बेचन पासवान, सिरहा राजपुरका जसलाल यादव, गणेशमान चारनाथ २ का २४ बर्षिय दिलिप भनिने शुभनारायण यादव र नागे साहलाई फागुन २ गते, माघ २८ गते अनिल डाक्टर भनिने जोगिन्द्र महत्तो र धनुषाधामका प्रमोद कुमार पुर्वेलाई पक्राउ गरी कानुनको दायरामा ल्याई संगठित अपराध लगायतका मुद्दाहरुमा अनुसन्धान चलाईरहेको छ ।
पृथ्वी सिंह सबैभन्दा खतरनाक
 पृथ्वी सिंह भनिने कैलाश ठाकुर पक्राउ गर्न सफल भएपछि धनुषा प्रहरीको मनोवल बढेको देखिन्छ । हुन त ठाकुर जातीले बरही समुदायका भएका कारण फर्निचरमा काम गर्थे । करिब ५ बर्ष अघि एमाओवादीमा लागेका तत्कालिन सिरहाका वाइसिएल इन्चार्ज श्रवण यादवलाई मिर्चैयाको प्रहरी चौकी नजिकै गोली प्रहार गरेर उनले आफ्नो अपराध कर्मको आगाज गरेका थिए । लगतै सिरहा प्रहरीले उनलाई पक्राउ गरी अदालतमा उभियाउँदा १५ बर्षको नाबालक भएका कारण रिहा भएका थिए । उनी त्यसपछि हतियार प्रति झन् आकर्षित हुँदै गए ।
भारतको खजौलीमा एक जनासँग उनले हतियार चलाउने सामान्य प्रशिक्षण लिएको भएपनि वियरको बोतलहरु राखेर हतियारले निशाना लगाउने निरन्तर अभ्यास गरेपछि उनी हतियार चलाउने कार्यमा पोख्त भए । माओवादीको दवदवा रहेको सिरहाका माओवादी नेता श्रवण यादवलाई गोली चलाएको व्यक्तिको पहिचान भएपछि धर्ती सिंह भनिने चन्द्रदिप यादवको आँखा कैलाश तर्फ पुगेको पाइन्छ । त्यसपछि चन्द्रदिपले आफ्नो मान्छे लगाएर उनलाई निगेटिभ मनोबल बढाउने काम गरेको बताइन्छ । धनुषा प्रहरीले गरेको अनुसन्धानबाट के देखिएको छ भने काम चाहिन्छ भनेर कैलाश चन्द्रदिपकोमा नगएर चन्द्रदिप नै आफै कैलाशलाई मोटिभेट गरेर आपराधिक क्रियाकलापमा लगाएको देखिन्छ । टिन एजर भएका कारण हतियार चलाउन जान्ने भएपछि ती आपराधिक समुहहरुमा पनि छुट्टै इम्प्रेशन र आकर्षणको केन्द्र विन्दु बन्न पुगे कैलाश ।
पछिल्ला घटनाहरुमा पनि कैलाश नै सुटर भई काम गरेको र कसैलाई पनि गोली हान्न नहिचकिचाउने आँटका कारण उक्त समुहमा उनी सबैभन्दा बढी खतरनाक रहेको प्रहरीले अनुसन्धानमा पाएको छ । कैलाश जहिले पनि बाटोमा हिड्दा सकभर दुईवटा पेस्तोल बोक्ने नभए एउटा पेस्तोल बोक्ने बानी नै थियो । कैलाश र रामरिझन दुई जना उक्त समुहका लागि सबैभन्दा महत्वपुर्ण र खतरनाक व्यक्ति थिए । तँ त खतरा छस्, क्या निशाना छ तिम्रो, तैले गर्न सक्छस भन्दै चन्द्रदिपले कैलाशलाई मोटिभेट गर्दै विभिन्न पटाखा तथा साना बमहरु पड्काउन उक्साएपछि कैलाश पनि ती कामहरुमा नड्राईकन लाग्न थालेको हो । प्रहरी अनुसन्धानबाट के पनि खुलेको छ भने चन्द्रदिप यादव आफै पनि दुवर््यसनी हुन । पक्राउ परेकाहरुसँग प्रहरीले गरेको अन्तरक्रियाबाट खुलेको कुरा के हो भने चन्द्रदिपलाई एक दिनमा कम्तिमा पनि ५ वटा करेक्स चाहिन्छ । अनि अरु केटाहरुलाई पनि करेक्स र ट्याब खुवाउन लगाउने र विभिन्न आपराधिक क्रियाकलापहरुमा परिचालन गर्ने गरेका छन् । विगतमा माओवादीका मुद्दाहरु समेत फिर्ता भएकाले आफु राजनीतिमा समेत लागी नेता भएका कारण सबै मुद्दाहरु फिर्ता हुने नै छन् त्यसकारण तिमीहरु नडराईकन गतिविधीमा लाग भनेर यूवाहरुलाई उनले गुमराह गर्ने गरेको धनुषा प्रहरीको विश्लेषण छ । अब आफुहरुले यत्रो घटनाहरु घटाएका छौं, सशस्त्र समुह पनि खोलेका छौं, अब गोइत र ज्वाला सिंह सँग पनि सहकार्य गर्नु पर्छ र चाँडै बैठक समेत हुनेछ भनेर आफ्ना कार्यकर्ताहरुलाई चन्द्रदिपले भन्ने गरेको कैलाश ठाकुरले प्रहरीलाई बताएका छन् । चन्द्रदिप यादव आफै मास्टर माइन्ड नभई म र रामरिझनले भने अनुसार नै विभिन्न घटनाहरु बारे योजना बनाउने गरेका थियौं, कैलाशले प्रहरीलाई बताएका छन् । चन्द्रदिप अब शक्तिशाली नरहेको तथा धेरै मानिसहरु पक्राउ परिसकेकाले अब उनी धेरै कमजोर भईसकेको समेत प्रहरीलाई बताएका छन् ।
अपराधलाई ढाकछोप गर्न राजनीतिक आवरण
नेपाली कांग्रेसको धनुषा अधिवेशन भईरहेकै बेला कांग्रेसका कार्यकर्ताहरु माथि गोली प्रहार गरी आफ्नो समुहको उपस्थिति देखाउन खोजेपनि ती घटनाहरुको उद्देश्य भने राजनीतिक नभएर विशुद्ध आपराधिक रहेको भन्दै धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशी भन्छन,“ ती समुहले सुरुमा मधेस आन्दोलनको मौका छोपी आपराधिक क्रियाकलापलाई सशस्त्र समुहको आवरण दिई राज्यलाई गुमराह गर्न खोेजेको देखिन्छ । तर, बास्तवमा भन्ने हो भने ती समुह भनेको कुनै पनि राजनीतिक उद्देश्यका लागि नभएर विशुद्ध आपराधिक गतिविधि गर्ने, जनमानसमा भय त्रास उत्पन्न गराई धाक धम्की मार्फत अवैध चन्दा तथा फिरौति असुली गर्ने आपराधिक समुह नै हो । त्यसैले तिनीहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याईएको हो ।”
कुनै पनि घटना हुँदा मान्छेमा कौतुहलता र जिज्ञासा हुन्छ, अनुसन्धान बास्तवमा भन्ने हो भने निरन्तर चलिरहने प्रक्रिया हो, लामो समय पनि लिन सक्छ भन्दै जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाह भन्छन,“ अपराध र अपराधि हमेशा समाजमा छिपेर रह्न सक्दैन, केही क्षणको लागि छिप्न सकेपनि अन्ततः एक्सपोज हुनै पर्छ र हुन्छ पनि । अन्ततः अपराध कर्मको फल सँधै तितो हुन्छ । दुष्कर्मको परिणती जसमा तिनीहरु संलग्न हुन्छन् उसले बेहोर्नै पर्छ । धनुषामा पनि ती समुहहरुले विभिन्न आपराधिक क्रियाकलाप गरी समाजमा आतंक मचाईरहेका थिए । तर, अन्ततः प्रहरीको अनुसन्धान टिमको अथक प्रयास स्वरुप आज ती अभियूक्तहरुलाई कानुनको कटघरामा ल्याउन नेपाल प्रहरी सफल भएको छ । बाँकी अपराधिहरु पनि छिट्टै कानुनको कठघरामा हुनेछन् ।”
को हुन चन्द्रदिप यादव ?
धनुषाको भरतपुर गाविस ८ तथा हाल गणेशमान चारनाथ नगरपालिका(२ राधापुरका बासिन्दा हुन  चन्द्रदिप यादव । उनी अहिले सशस्त्र समुह जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष हुन । प्रहरीको मोस्ट वाण्टेड सूचिमा उनी छन् । सुरुमा उनी मधेस केन्द्रित राजनीतिक दलमा आवद्ध थिए । २०६२÷०६३ साल तिर प्रथम मधेस आन्दोलन हुँदा मधेसी जनअधिकार फोरम नेपालमा धनुषा जिल्ला सदस्य थिए । पछि फोरम लोकतान्त्रिकमा उनी जिल्ला सदस्य भए । तर, संजय साहले छुट्टै मधेस क्रान्ति फोरम गठन गरेपछि उनी फोरम लोकतान्त्रिकमै रहि जिल्ला उपाध्यक्षको भुमिका पाएका थिए । उनी पार्टी भित्र जे जस्तो भुमिकामा रहेपनि संजय साहको अत्यन्तै विश्वाशिलो पात्र मानिन्थे । पार्टी भित्र उनी दवंग छविका रुपमा चिनिन्थे । उदाहरण स्वरुप मधेसी फोरमको भातृसंगठन यूवा संघ धनुषाको जिल्ला अधिवेशन हुँदा उनी आफ्नै नेतृत्वमा उमाशंकर अरगरिया खेमाका कार्यकर्ताहरुलाई कुटपिट गरेका थिए । फोरम लोकतान्त्रिकमै रहेका अर्का सदस्य पवन मण्डल काठ तस्करी गर्ने कार्यमा उनको साझेदार रहेको के बाट पनि पुष्टि हुन्छ भने जिल्ला बन कार्यालय धनुषाले अवैध काठ तस्करी गरेको आरोपमा चन्द्रदिपका दुई पटक काठ सहित टूयाक्टर समातेका थिए । यसका अतिरिक्त राजनीतिमा हुँदै उनी जग्गा कारोवारी समेत बनेका थिए । खासगरेर राजमार्ग तर्फ जग्गा किनबेच गर्ने काम गर्थे । तर, जब संचार उद्यमि अरुण सिंघानिया हत्याको अभियोगमा घटनाको जिम्मेवारी लिने अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परे तब देखि उनी फरार रहेको प्रहरी बताउँछन् ।

धनुषा प्रहरीको मोस्ट वाण्टेड
 सूचिमा रहेका फरार अभियूक्त
 धर्ती सिंह भनिने चन्द्रदिप यादव ।
सैन्य प्रमुख तथा प्रमुख सुटर पृथ्वी सिंह भनिने कैलाश ठाकुर प्रहरी हिरासतमा ।

२०७२ चैत्र १४ गते आईतबार