Tuesday, May 12, 2015

बैदेशिक रोजगारीमा ठगि विदेशबाट लास फर्किने प्रबृति वढ्दो


अजय अनुरागी
जनकपुरधाम............

केही बर्षमै मोटो रकम आर्जन गरी स्वदेश फर्किने सपना बोकेर बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाहरु एका तर्फ ठगिएर फर्किने गरेका छन् भने अर्को तर्फ वाकसमा सब बनेर फिर्ता आउने प्रवृति वढ्दै गएको छ ।
कतारमा आत्महत्या गरेका धनुषाको बनिनिया ४ का किशुन दास कथबनियाको शवलाई दाह संस्कार गर्दै 
उनका छोरा र शोकमा डुबेकी उनकी पत्नि ।
नोभेम्बर २०१४ देखि अप्रिल २०१५ सम्ममा मात्र धनुषामा ४ जना र महोत्तरीमा १ जनाको शव खाडी मुलुकबाट आएको छ । साउदी अरेबियाबाट धनुषाको मखनाहा(५ का विनोद यादव (३३), कतारबाट धनुषा बनिनियाँ ४ का किसुन दास कथबनियाँ(४०), साउदी अरेबियाबाट धनुषा झोझि कटैयाका नागेन्द्र महत्तो नुनिया (२७), साउदी अरेबियाबाट धनुषा माची झिटकैया २ का पर्शुराम यादव (५१), मलेसियाबाट महोत्तरी बनौली ८ का राजेश मण्डल (२०) को शव स्वदेश फिर्ता आयो ।
सूचना तथा परामर्श केन्द्रकी सूचना तथा परामर्श कर्ता समिता तामाङ्ग भन्छिन,“ विनोद यादवको प्राकृतिक मृत्यु भयो । किसुन दासले आत्महत्या  गरे । नागेन्द्र महत्तो साउदी जानु अघि नै विरामी थिए र विमारीका कारण नै उनको मृत्यु भयो । परशुराम १०÷१५ दिन देखि सम्पर्क विहिन भएको र पछि कोठामा शव बरामद भएको थियो । उनको मृत्युलाई नेचुरल भनिए पनि संदिग्ध थियो ।”
जनकपुर उपमहानगरपालिकाको मिल्स एरिया स्थित सिता चौकमा बस्ने एक महिलाले बैदेशिक रोजगारीमा गएको श्रीमानलाई गुमाउनु परिन । २ बैशाख २०७० मा उनको श्रीमानको मलेशियामा मृत्यु भयो । क्षतिपुर्ती बापत पाउनु पर्ने ९ लाख रकम मध्ये डेढ लाख रकम मात्र उनले पाईन् । नेपाल प्रवद्र्धन बोर्ड र बिमा कम्पनीले दिनुपर्ने उक्त क्षतिपुर्तिको रकम मृतकको श्रीमतिले पाउनु पर्ने हो तर उनको देवरले रकम पाईसकेको बताइन्छ । सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रकी मनोसामाजिक कार्यकर्ता रिना कुमारी झा भन्छन,“ उनको श्रीमतिले पाउनु पर्ने रकम उनका देवरले पाईसकेको भनेर हामीले सोधखोज गर्दा थाहा पायौं । उक्त रकम बारे उनको श्रीमतिलाई केही पनि थाहा छैन । यहाँ सम्म कि ती महिलाको बिजोग नै भन्नु पर्छ, उनलाई कुनै पनि कुरा याद रहँदैन ।”
धनुषाको यदुकुहा ८ मा एक जना महिलाका श्रीमान र छोरा ४ बर्ष अघि बैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए । उनको श्रीमानको आचरण पहिले देखि पनि ठिक थिएन । त्यहाँ पुगेर पनि रक्सी खाने बानी छुटेन । जसकारण उनलाई त्यहाँको कम्पनीले निकाली दिए । ती महिलाको पहिलेको घर समेतको घडेरी ऋण चुक्ता गर्न अहिले साहु महाजन कहाँ बन्धकीमा छ । घरबार बिहिन हुने अवस्थामा आईसकेका छन् । ज्वाँई बिदेश गएका छन् भने छोरीसँग कुनै सम्पर्क तथा सम्बन्ध नराख्ने गरेपछि ती महिला अहिले अत्यन्त तनावमा छिन् । तनावका कारण रातभरी निद्रा हुँदैन व्यथा पोख्दै ती महिला भन्छिन,“ ऋण लिएर छोरीको विहे गराएँ । तर, ज्वाँईले पनि छोरीलाई धोका दियो । अहिले आएर सामी परियोजनाले आफ्नो छोरीलाई एसएलसी जाँच दिन लगाएको छ, जिउँने हौसला बढाईदिएको छ ।” ती महिला आफ्नो जीवन गुर्जान स्थानीय हाट बजारमा आईतबार र बुधबार मुरही कचरी बनाएर बेच्न थालेकी छिन् । विदेशमा रहेको छोराले पनि पैसा नपठाएपछि एक एक छोरा र छोरी सहित उनको बुहारी पनि माइतमा बस्दै आएकी छिन् ।
धनुषाको औरही कप्टौलका ५० बर्षिय राम अशिष साह ८ फेबू्रवरी २०१५ मा बैदेशिक रोजगारीका लागि कतार गए । लेखपढ समेत नगरेको साहले ७१ हजार रुपैयाँ ऋण लिएर यदुकुहाका एजेन्ट प्रदिप साह मार्फत उनी कतार पुगे । तर, कतार पुगेको भोली पल्टै काम गर्न जाँदा उनी दुर्घटनामा परे । काम गर्ने साइटमा पर्खाल ढलेर उनी छोपिए । र काम गर्ने नसक्ने अवस्थामा  उनको विचल्ली भयो । कम्पनीले मेडिकल फेसिलिटी समेत उपलब्ध गराएन । साहले त्यहाँबाट एजेन्ट प्रदिपलाई फोन गरेर उपचार र फिर्ताका लागि गुहार गर्दा एजेन्ट साहले ३ महिना जसरी पनि त्यहाँ बस नत्र तिम्रो लाश फिर्ता आउछ भनेर धम्काउँथे । स्वदेश फर्कनका लागि उनलाई तीन पल्ट टिकट लिनु पर्यो । यहाँ आईसकेपछि साहले एजेन्टबाट पैसा लिन ताकेता गरेपछि  एजेन्ट आनाकानी गर्न थाले । पछि सूचना तथा परामर्श केन्द्रमा उनले उजुरी हालेपछि केन्द्रको पहलमा एजेन्ट साहले ३२ हजार रुपैयाँ मात्र दिए । हुन त उनी विदेश गएको कानुन सम्मत प्रमाण नै नभएपछि एजेन्ट साहले रकम दिन बाध्य थिएन तर उनले नै पठाएको कारण  रकम तिर्नु पर्यो । उनलाई उपचार गर्न र स्वदेश फर्कनमा ५५ हजार जति खर्च लागेको थियो भने विदेश जाँदा ७१ हजार रुपैयाँ ऋण लिएका थिए । अहिले उनी ऋणका कारण थप समस्यामा परेका छन् ।

धनुषाको मिथिला नगरपालिका केमलीपुरका लुद्र खडका
 र उनकी श्रीमति तिलकुमारी । लुद्रलाई मलेशियाबाट उद्धार
 गरी स्वदेश सकुशल फर्काइएपनि ऋणका कारण तस्वीरको 
पछाडीमा रहेको घर बेच्न उनी बाध्य भएका छन् ।
मिथिला नगरपालिका वार्ड नं.४ केमलीपुरका ३८ बर्षिय लुद्र खडका बैदेशिक रोजगारीका लागि २ साउन २०७२ मा मलेशिया गएका थिए । बन्दीपुरका एजेन्ट मनोज मण्डल र सिन्धुली चकमकेका एजेन्ट कृष्णलाई डेढ लाख रुपैयाँ तिरेर रोज म्यान पावर काठमाण्डौ मार्फत उनी मलेशिया गएका थिए । १२ सय तलब प्लस खाना दिने भनिएपनि त्यहाँ पुग्दा उनलाई खाना दिइएन । लेबी १ सय ३० रिंङगेट काटिने भनिएकोमा २ सय ३० काटन थालियो । तर पनि उनी काम गर्न थाले । एक दिन उनलाई ज्वरो लाग्यो । भदौ महिनाको अन्त तिर रोग बढ्दै जाँदा उनको देब्रेपट्टीको सम्पुर्ण अंग चल्न छोड्यो । उपचार गराउन कम्पनीलाई भनिरहँदा कम्पनीले उपचार गर्नको साटो विरामी अवस्थामा नै काम गर्न दवाव दिईरहेका थिए । यता तिर लुद्रले आफ्नो श्रीमति तिल कुमारीलाई मिस कल गरेर उताबाट कुरा गर्न लगाउँथिन । भैसी पालेर दुध बेचेर गुजारा गर्दै आएकी तिल कुमारी भन्छिन,“ जहिले पनि फोन गर्दा अब म मरे, स्वदेश फर्कन सक्दैन भनेर जवाफ दिन्थे ।” उता कम्पनी मालिकले कहिले जंगलमा लगेर छोडिदिन्छु भन्दै तेरो घर भाडा समेत तिमीले तिर्नु पर्छ भनेर दवाव दिन्थे । यता श्रीमति तिल कुमारीले आफ्नो श्रीमानलाई ऋण काढेर भएपनि श्रीमानलाई फर्काउन आफन्त कहाँ हार गुहार गरिन । तर, सबै ठाउँबाट निराश भएपछि उनी जनकपुर स्थित सुरक्षित अप्रवाशन सुचना तथा परामर्श केन्द्रमा पुगिन । सबै समस्या सुनेपछि उनलाई उद्धार गर्न उक्त संस्था सफल भयो । स्वदेशबाट फर्के पछि खडका भन्छन,“त्यहाँ कम्पनीका मालिकले आज मोहम्मद डे भएकाले त बाँचिस नत्र लात हानेर यहीँ नालीमा खसाएर मारिदिन्थे र भोली तेरोे लास मात्र फर्किन्थ्यो भनेर थर्काएका थिए ।” सूचना केन्द्रका संयोजक कर्ण भन्छन,“ उनी सँग म्यान पावरसँग गरिएको कुनै पनि सम्झौताको कागजपत्र वा कुनै पनि प्रमाण नभएकाले क्षतिपुर्ति दिलाउन सकिएको छैन । उनी फर्किदा उपचार गर्दासम्म ५ लाख रुपैयाँ जतिको हाराहारीको ऋण भईसकेपछि उनको घर र घडेरी समेत बेच्नु परेको छ । १ कठ्ठा जग्गामा बनाइएको घर ४ लाख २५ हजार रुपैयाँमा बेचेर अर्को जग्गामा घर बनाएर बस्ने तयारी गर्दैछन् । अर्को तर्फ तिल कुमारीको पेटमा सानो अल्सर भएर मुटुमा असर गर्न थालेपछि त्यही सुचना केन्द्रले उनको उपचार गराएका छन् ।
धनुषाको धबौली ८ का मंजुला कुमारी मण्डलको बुवा बैदेशिक रोजगारीको गएको बेला बिदेशमा मृत्यु भयो । एउटा भाई लाटो छ भने कान्छो भाई बैदेशिक रोजगारीमा गएका छन् भने मंजुलाको आफै पनि बिहे गर्ने बेला आईसकेको छ । मंजुलाको छातीमा रहेको घाउ सुनेर क्यान्सर हुने सम्भावना वढेपछि उक्त सुचना केन्द्रले आफातकालिन कोषको साढे ४  हजार रुपैयाँ खर्चेर उनको उपचार गराए । जाँच गराईसकेपछि क्यान्सर ठहरिएन । अहिले उनी निको भएपनि आर्थिक र मानसिक तनावमा बाँचिरहेकी छिन् । यसरी हेर्ने हो भने धनुषाबाट बैदेशिक रोजगारीमा गएकाहरु एजेन्टको जालमा परेर ठगिने र जिन्दगी नै बर्वाद हुने घटनाहरु दिन प्रति दिन बढ्दै गएको छ ।
यी त उदाहरण पात्र मात्र  हुन । ठगिनेहरुको संख्या थुपैै्र छन् । १५ मंसिर २०७१ मा स्थापना भएको सुरक्षित आप्राशन सुचना तथा परामर्श केन्द्रमा अहिलेसम्म ४५ वटा उजुरीहरु दर्ता गरिएको छ । जसमध्ये उक्त केन्द्रले पाँच जनाको शव विदेशबाट झिकाएको, कतिपय व्यक्तिहरुको उद्धार गरी स्वदेश फिर्ता गराएका छन् । केन्द्रका संयोजक कर्ण भन्छन,“ ४५ मुद्दा मध्ये १७ मुद्दाको हामीहरुले छिनोफानो गरिसक्यौं, २३ वटा मुद्दाको प्रक्रियामा छौं जसमध्ये ९ वटा व्यक्तिहरुसँग बैदेशिक रोजगारीमा गएको कुनै प्रमाण नै छैन ।” एजेन्टले ठगि गर्यो, पासपोर्ट लिएको महिनौं वितिसक्दा पनि विदेश नपठाएको, पठाईदिँदा पनि भनिए अनुसार तलब तथा सुविधा नपाएको, भनेको काम अनुसार फरक काम दिइएको, बढी रकम लिएर विदेश पठाएको लगायतका समस्याहरु केन्द्रित रहेर केन्द्रमा उजुरीहरु आईरहेको संयोजक कर्ण बताउँछन् । सबैभन्दा ठुलो समस्या के देखिएको छ भने अधिकांश मानिसहरु आफ्नो आफन्त नै रहेको एजेन्टबाट ठगिएका हुन्छन तर जब समाधानका लागि पीडित र पीडक दुवै पक्षलाई राखेर बार्ता गर्दा उजुरी फिर्ता लिन समेत पीडकले पीडितलाई दवाव दिईरहेको हुन्छ । कतिपय दवावलाई थेग्न सक्दैनन् र ठगिएपनि भाग्यले साथ दिएन भन्दै चित्त बुझाएर बसिरहेका हुन्छन् ।
नेपालबाट रोजगारीका लागि विदेशिनेहरुको संख्याको अनुपातमा हेर्ने हो भने धनुषा नै पहिलो स्थानमा रहेको पाइन्छ । विगत दुई वर्ष देखि धनुषा पहिलो स्थानमा छन् भने त्यसको अघिको दुई बर्ष दोस्रो स्थानमा थियो ।
आर्थिक बर्ष २०७०÷०७१ मा नेपालबाट कुल ४ लाख ९९ हजार १ सय ३७ जना विदेशिएकोमा धनुषाबाट मात्रै २३ हजार ४ सय ७० जना (कुल जनसंख्याको ४.७ प्रतिशत), २०६९÷०७० मा कुल ३ लाख ९५ हजार ७ सय ७२ विदेशिने मध्ये १८ हजार ८ सय ९६ (कुल जनसंख्याको ४.८ प्रतिशत), २०६८÷०६९ मा २ लाख ६० हजार २७ जना विदेशिएको मध्ये धनुषाबाट ११ हजार ६ सय ४३ र २०६७÷०६८ मा देशबाट १ लाख ९६ हजार ८ सय २६ जना विदेशिएकोमा धनुषाबाट मात्रै ९ हजार ९ सय २१ जना मानिसहरु बैदेशिक रोजगारीको शिलशिलामा विदेशिएको पाइन्छ । यहाँबाट प्रायः जसो मानिसहरु खाडी मुलुकका साउदी अरेविया, दुवई, कुवेत, बहराइन, ओमान, कतार र मलेशिया तिर गन्तब्यको रुपमा रोज्ने गरेका छन् । तर, त्यहाँ पुग्ने करिब ९० प्रतिशत भन्दा वढी मानिसहरु ठगिने गरेको पाइन्छ । नेपाल सरकारले निर्धारण गरेको अधिकत्तम लागत शुल्क भन्दा एजेन्टहरुले वढी शुल्क लिएर पठाउनु सबैभन्दा ठुलो ठगिको रुपमा देखिएको छ । यहाँ सम्म कि कतार जानको लागि अधिकत्तम शुल्क २० हजार नेपाल सरकारले तोकेको भएपनि एजेन्टहरुले ७० हजार देखि १ लाख रुपैयाँ सम्म लिने गरेको पाइन्छ ।
२०४२ साल देखि श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जाने प्रक्रियाको सुरुवात भएपनि २०५०÷०५१ साल देखि विदेशिनेहरुको संख्यामा बढोत्तरी हुन थाल्यो । एक अध्ययनका अनुसार २०५० साल देखि २०७१ अषाढ सम्ममा रोजगारीको लागि विदेश जानेहरुको संख्या ३४ लाख ४७ हजार पाइयो । कति व्यक्ति फर्किएर आए त्यसको तथ्याङ नरहेपनि नेपालबाट लगभग १ हजार ५ सयको हाराहारीमा व्यक्तिहरु खाडी मुलुक तथा मलेशिया जाने गरेको पाइन्छ ।
ठगिनुको मुख्य कारण के हो भने धनुषामा करिब २ हजारको संख्यामा एजेन्टहरु सक्रिय छन् । तर, आधिकारिक एजेन्टको संख्या १० जना भन्दा वढी पाइँदैन । त्यसैगरी धनुषामा दर्जनौं अनधिकृत म्यान पावरहरु खुलेका छन् । तर, एक मात्र म्यान पावर आधिकारिक रहेको पाइएपनि उक्त म्यान पावरबाट पनि मानिसहरु दिन प्रति दिन ठगिने क्रम बढ्दो छ ।
कतिपय एजेन्टहरुले त पासपोर्ट बनाउने काम देखि नै ठगिको धन्दा सुरु गर्छन् । गाउँमा रहेका सोझा साझा नागरिकहरुको जिल्ला प्रशासन कार्यालयमा पहुँच नहुने हुँदा गाउँबाटै ती एजेन्टको फन्दामा परेर पासपोर्ट बनाउने काममा मद्दत गरिदिन्छु भन्दै पासपोर्ट बनाउन लगाएर पासपोर्ट कब्जा गर्ने र आफु खुशी रकम असुलेर बैदेशिक रोजगारीमा पठाउने गरेको पाइन्छ । म्यान पावर देखि गाउँसम्म आईपुग्दा एक गरी अर्को एजेन्टहरुको लर्को नै हुन्छ भने ती सबै जनाले आ(आफ्नो कमिशनको चक्करमा धेरै रकम कुम्लयाउने गरेको पाइन्छ । साहु महाजनबाट ऋण लिन नसक्ने गरिब मानिसहरुलाई केही एजेन्टहरुले आफै पनि तमसुक बनाएर चर्को ब्याज दरमा रकम दिएर विदेश पठाउने र विदेश पुगेपछि त्यही एजेन्टको ऋण चुक्ता गर्न बर्षौं लाग्ने गरेको समेत पाइन्छ । हुन त केही मानिसहरु बैदेशिक रोजगारीबाट मोटो रकम आर्जन गर्न सफल पनि भएका छन् । तर, ती रकम प्रायः जसो अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी समेत बढेको छ ।
    एक अध्ययन अनुसार देशैभरी ७० प्रतिशत मानिसहरु बैदेशिक रोजगारीबाट लाभान्वित भएपनि ३० प्रतिशत ठगिएकाहरुको यति पीडा र व्यथा छ जसले गर्दा उनीहरुको जीवन नै दाउमा लागेको देखिन्छ । हुन त नेपालको कुल ग्राहस्थ उत्पादनमा नेपाल विश्वकै तेस्रो स्थानमा विप्रेषण भित्रियाउने मुलुकमा पर्दछ । सन् २०१३ मा ४ अर्ब ९५ करोड अमेरिकी डलर भित्रिएको मुलुक हो नेपाल । बैदेशिक मुद्धा आर्जनको पहिलो ठुलो स्रोतको रुपमा रहेको नेपालमा ५३ प्रतिशत भन्दा वढी योगदान विप्रेषणबाट रहेको पाइन्छ भने ५६ प्रतिशत घरमा उक्त विप्रेषण बाँडिएको पाइन्छ । गरिबी न्युनिकरणको नेपाल सरकारको प्रयासलाई हेर्ने हो भने विगत १० वर्षको अवधिमा गरिबी रेखा मुनि रहेका ४२ प्रतिशतबाट २५ प्रतिशत झर्नुमा विप्रेषण नै मुख्य कारण रहेको बताइन्छ । यूवा रोजगारको ठुलो क्षेत्र ओगटेको बैदेशिक रोजगारीका कारण आर्थिक गतिविधि वढ्नुका साथै आन्तरिक रोजगारीको अवसर समेत वृद्धि भएको छ । तर, सहि सूचना र जानकारीको अभाव हुुनु, उचित सिप नहुनु, सिप लिनै नखोज्नु, अनधिकृत एजेन्ट र म्यान पावरको चलखेल अत्यधिक वढ्नु, सरकारी निकाय उदासिन हुनु  जस्ता कारणले बैदेशिक रोजगारी असुरक्षित र उपलब्धि विहिन बन्दै गएको छ ।

बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन

धनुषाका प्रमोद राउत कुर्मी परिवारको पालनपोषण गर्न मलेसिया उडेका थिए । २०५९ सालमा पहिलो पटक मलेसिया उडेका प्रमोदको मलेसिया बसाई परिवारका लागि फलिफाप सिद्ध नै थियो । तर अहिले त्यहि मलेसिया कुर्मी परिवारका लागि मनमा गढेको सुल भएको छ । हरवखत दुखिरहने नाम भएको छ ।
पहिले गाउँमै ज्याला मजदुरीमा काम गर्ने प्रमोद मलेसियामा ग्लोरी डोर नामको फर्निचर कम्पनीमा काम गर्दथे । बेगां शिवपुर १ धनुषाका ३४ वर्षे प्रमोद विदेश गएको करिब ६ वर्ष पछि एकपटक घर फर्केका थिए ।
विदा सकेर पुनः सोही कम्पनीमा काम गर्न फर्केका उनी अहिले न परिवारको सम्पर्कमा छन् न त घर नै फर्किन्छन् । यसले कुर्मी परिवारलाई अत्याएको छ । उनकी श्रीमति रामदुलारी श्रीमानको खोजखवर गरिदिन हारगुहार गर्दै हिंडिरहेकी छिन् ।
“श्रीमानसंग कुरा गर्दा करिव ३ वर्षको तलब लिन बाँकि रहेको र रकम पाउने वित्तिकै आफु नेपाल फर्किने कुरा गर्नुहुन्थ्यो । तर अहिलेसम्म न मान्छे नै फर्किनुभयो न त फोन नै आउँछ” श्रीमान प्रमोदको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपाल, सामी परियोजनाको सहयोगमा मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रमा आइपुगेकी रामदुलारीले भनिन् ।
विदामा नेपाल आएर मलेसिया फर्केपछि पनि प्रमोदले केहि रकम घरमा पठाएका थिए । उनले एकपटक ४० हजार पठाएका थिए भनें अर्कोपटक ५० हजार । त्यसपछि आफू नेपाल फर्किने कुरा गरेका प्रमोद एकाएक वेपत्ता छन् ।
प्रमोद घर फर्किने आशमा छन् उनका दुई छोरी, एक छोरा र श्रीमति । उनकी जेठी छोरी १८ बर्षकी छिन् भनें कान्छि छोरी ७ बर्षकी । छोरा १२ बर्षका छन् । पहिले प्रमोदले पैसा पठाएसम्म विद्यालयमा अध्ययन गरिरहेका उनीहरुको विद्यालय छुटेको छ । कापी कलम र पोेशाक किन्ने पैसा समेत नभएपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको रामदुलारी बताउँछिन् । कमाउने व्यक्ति नै बेपत्ता भएपछि परिवारको कन्तविजोग भएको उनको गुनासो छ ।
प्रमोद बेपत्ता भएपछि केहि समय माइतीबाट आर्थिक सहयोग पाएकी रामदुलारी हाल जनमजदुरी गरेर परिवार पालिरहेको बताँछिन् । कुर्मी परिवारको सम्पत्तीका नाममा खपडाले छाएको एउटा घर मात्र छ ।
    एकातिर श्रीमान् मलेसियामा बेपत्ता छन, अर्कातिर जेठी छोरीको विवाह गर्ने उमेर भइसकेका कारण रामदुलारी चिन्तित छिन् । अव यो अवस्थामा कसरी छोरीको विवाह गर्ने हो ? कहाँबाट रकम जुटाउने ? उनले सोही चिन्ता प्रकट गरिन् ।
प्रमोदको मलेसियाको मोवाइल नम्वरमा फोन गर्दा हाल पनि फोन जाने गरेको तर फोन नउठ्ने समस्या भएको मित्र धनुषाद्धारा सञ्चालित सुचना केन्द्रका संयोजक  रामकुमार कर्ण बताउँछन् ।
प्रमोदलाई परिवारसँग सम्पर्क गराउन सकेमा कुर्मी परिवारको मानसिक तनाव कम हुनेछ । यसरी नै समाचार प्रकाशित भएपछि हालसम्म बेपत्ता भनिएका(परिवारको सम्पर्कमा नरहेका) तीनजनाले परिवारसँग सम्पर्क गरेका छन् ।
त्यसैले प्रमोदको खोजीमा तपाईले महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । तपाई उनको खोजीमा मद्धत गर्न इच्छुक हुनुहुन्छ भनें हामी तपाईलाई उनको मलेसियाको सम्पर्क नम्वर उपलव्ध गराउने छौं । साथै यो समाचार धेरै व्यक्तिसामु पुर्याएर पनि प्रमोदको खोजीमा हातेमालो गर्न सकिन्छ ।

२०७२ बैशाख २७ गते आईतबार

योगनारायण विरुद्ध कस्सिदै कानुनी सिकन्जा

योगनारायण यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य योगनारायण यादव विरुद्ध कानुनको सिकन्जा कस्सिदै गएको छ । यादव प्रमुख अभियुक्त भई दायर भएको कतव्र्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरुलाई अदालतले थुनामा पठाएपछि यादवको संकट थप वढेको हो । ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेशले योगनारायण यादव थप संकटमा परेका हुन् । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको हो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । 
    अदालतको आदेश लगत्तै योगनारायण यादव सहित फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न धनुषा प्रहरी सक्रिय भईसकेको भन्दै प्रहरी निरीक्षक भगिरथ रेग्मी भन्छन,“ सादा पोशाकमा प्रहरी परिचालन भई तिनीहरुलाई पक्राउ गर्न प्रहरी टोली लागि परेका छन् । केही दिन भित्रै तिनीहरुलाई पक्राउ गरी अदालत सामु उभ्यिाउने छौं ।” कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।”
        अहिले थुनामा गएका प्रतिवादीहरुले १७ नम्बर बमोजिम पुनरावेदन अदालतमा गएको खण्डमा यदि पुनरावेदनले ती मध्ये कसैलाई तारेखमा वा धरौटीमा जमानत दिए भने मात्र योगनारायण लगायत अन्य प्रतिवादीले जमानत पाउने सम्भावना रहन्छ भन्दै सरकारी वकिल पाठक भन्छन,“ यदि फरार प्रतिवादीहरु अदालतमा म्याद गुजारेर उपस्थित भएपनि वा प्रहरीले पक्राउ गरेर अदालत सामु उभियाएपनि जमानतमा छुटिनैहाल्ने सम्भावना भने देखिँदैन ।”
    उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ । मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ । घाइते भई नेपाल मेडिकल कलेज शिक्षक अस्पताल काठमाण्डौको न्यूरो आइसियू कक्षको बेड नम्बर ३७५ मा उपचार गराईरहेका रामसागर साहको बयान कागज र अस्पतालको प्रतिवेदन अनुसार लठ्ठीले हानेको जस्तो देखिएको र मर्न पनि सक्ने प्रतिवेदनलाई प्रहरीले समेत ठुलो प्रमाणको रुपमा पेश गरेको देखिन्छ । त्यसैगरी रगत लागेको सिसोको लाठि, चप्पल, जुता यत्रतत्र छरिएको, रगत लागेको ढुङ्गा, काठको खम्बामा लागेको रगत आदि बरामदी प्रमाणको रुपमा पेश गरेको पाइन्छ । पक्राउ परेका प्रतिवादीहरु महेन्द्र यादव, महेश यादव र लाल विहारी यादवको फुट प्रिन्ट समेत परीक्षण गरी पठाईदिनका लागि धनुषा प्रहरीले केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौलाई पठाएको छ । यद्यपि फुटप्रिन्टको प्रतिवेदन अहिले सम्म आईसकेको छैन ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
     जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ ।
    पक्राउ प्रतिवादी महेन्द्र यादवको बयान कागज
प्रहरीले पक्राउ गरेका प्रतिवादी महेन्द्र यादवसँग जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जिल्ला न्यायाधिवक्ता पुन्य प्रसाद पाठक समक्ष गरेको बयान कागजमा अपराध स्वीकार गरेका छन् । यस्तो छ बयान ः हामी तिन दाजु भाई छौं । जेठो योगनारायण यादव, माहिलो म र कान्छो जगदीश यादव हुन । हामीहरु संगोलमै बस्दै आएका छौं ।
    जेठो दाजु योगनारायण यादव राजनीतिमा लाग्नु भएको छ । म खेती र एजेण्टको काम गर्दै आएको छु । त्यस्तै कान्छो भाई जगदीश यादव सम्पुर्ण खेतको रेखदेख गर्दै आएको छ । सँगै पक्राउ परेको लाल विहारी यादव, महेश यादव गाउँकै छिमेकी हुन । साविक जिल्ला धनुषा गा.वि.स सबैला वार्ड नं. ९ हाल जिल्ला धनुषा सबैला न.पा.वार्ड नं. ३ स्थित सबैला बजारले ओगटेको रुदेश्वरानन्द प्रधानाङ्गको करिब २(१०(०(० जग्गा साविक देखि नै पर्ति र गौचरण रही सार्वजनिक रुपमा प्रयोग हुँदै आएको थियो ।
     २०४६ साल तिर निज रुद्रेश्वरनन्द प्रधानाङ्ग गाउँ छाडी काठमाण्डौ गई त्यही बस्न लागेका थिए । त्यस पश्चात रुद्रेश्वरनन्द प्रधानाङ्ग र दाजु योगनारायण यादव सँग कुराकानी भई जग्गा दाजु योगनारायण यादवले सो जग्गा लिनु भएको हो । सो जग्गा कसको नाउँमा लिनु भयो सो कुरा मलाई थाहा भएन । २०७० साल चैत्र महिनामा सो जग्गा पलटिङ्ग गरी एक सय जति पिलर गाडिएको थियो । सो कुरा गाउँका मानिसहरुले थाहा पाई प्रतिकारको लागि स्थानीय मानिसहरुले मोर्चा बनाई एक ठाउँमा भए ।
     दाजु योगनारायण यादव  लगायत मानिसहरु अर्को गुट बनाई गठमेल भई बसेका थिए । मोर्चामा बसेका व्यक्तिहरुले पलटिङ्ग न.पा.मा विकास निर्माण लगायतमा दाजु योगनारायण यादवको पक्ष एक तर्फ र स्थानीय नागरिकहरुको मोर्चा अर्को पक्षमा रही दुई धारबाट प्रतिस्पर्धा हुँदै आएको थियो । यसै क्रममा मिति २०७१ कार्तिक महिनामा दाजुले सो जग्गाको अधिकृत वारेशनामा बनाई बिक्री गर्न खोज्नु भएकोमा सो कुरा स्थानीय मानिसहरुले थाहा पाई मोर्चाको तर्फबाट  रामबली साह, तेजनारायण यादव, कारीराम यादव, प्रदिप यादव, हरिनारायण यादव, राम सेवक गडेरी समेतले अदालतमा मुद्दा गरी जग्गा रोक्का गराई दिएको थियो । त्यस पश्चात पुनरावेदन अदालतबाट जग्गा फुकुवा भएको थियो । सो कारणहरुबाट मोर्चा पक्ष र दाजु योगनारायण पक्ष बीच आन्तरिक द्वन्द्व र बैचारिक मतभेद रहदै आएको थियो ।
    जिल्ला धनुषा सबैला न.पा. वार्ड नं.१ स्थितमा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालय सबैलामा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम साहको पदावधी करिब २ बर्ष अगाडी नै समाप्त भई सकेकोले मिति २०७१÷१२÷०८ गतेको दिन विद्यालयको प्र.अ.रामपुकार गामीले अभिभावक भेलाको आयोजना गरेको थियो । सो भेलामा पक्ष विपक्षबाट अर्थात दाजुको पक्षबाट फिरन साह, ज्ञानी साह समेतका ६÷७ जना मोर्चा पक्षबाट रामसागर साह, उमेश साह, शैलेन्द्र साह, रामदेव ठाकुर समेतका ५÷६ जना गरी १२÷१३ जना उम्मेदवार भएकोले बढी उम्मेदवार भएको कारण कुरा नमिलेकोले अध्यक्ष पक्षको उम्मेदवार रु. २५ हजार र सदस्य पक्षको उम्मेदवारले रु.१५ हजार विद्यालयको खातामा जम्मा गरेको भौचर मिति २०७१÷१२÷९ गते पेश गरेकोमा मात्र उम्मेदवारी दर्ता हुने र चुनाव मिति २०७१÷१२÷२५ गते हुने निर्णय भएको छलफल समाप्त भयो । सो छलफलमा म पनि गएको थिए । त्यस पश्चात आफ्नो तर्फबाट १÷१ जना उम्मेदवार राख्नको लागि दाजुको तर्फबाट हाम्रै घरमा र मोर्चाको तर्फबाट  रामदेव ठाकुरको घरमा बैठक बस्ने कुरा भएको सुनेको थिए ।
हाम्रो घरमा दाजु योगनारायण यादव, म, महेश यादव, राम विहारी यादव, जगदीश यादव, बुधेश्वर यादव, रामबाबु यादव, लक्ष्मण यादव, राजदेव यादव, प्रदिप यादव, सिताशरण यादव, लक्ष्मीनारायण यादव, ललाविहारी यादव, झोपे यादव, रामविलास यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, देव शरण यादव, अच्छेलाल महत्तो, पुष्पनारायण यादव र देवन यादव समेतका व्यक्तिहरुलाई दाजुले बोलाई छलफल राख्दा मोर्चा पक्षका मानिसले हाम्रो विभिन्न कामहरुमा बाधा अवरोध पु¥याउँदै आएको छ । हरेक काममा हाम्रो विरोध मात्र गर्दै आएकोले हाम्रो पक्षमा मानिसहरु घट्दै आएका छन् । पछि हामीलाई नराम्रो असर हुन्छ । त्यस कारण यिनीहरुलाई ठिक गर्नुपर्दछ भनि दाजु सो कुरा भने पछि सबै जनाले यो कुरा बास्तविक हो हामीले निजहरुलाई कुटपिट गरी घाइते बनाउनु पर्दछ भन्ने कुरा मैले भनेको थिए ।
    त्यस पश्चात आज मोर्चाको बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नु पर्दछ भनि सल्लाह भई बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नूपर्दछ भनि सल्लाह भई सोही सल्लाह र योजना मुताविक माथि उल्लेखित व्यक्तिहरु आ आफ्नो घरमा गई लाठी, चिरपट लिई आए । मैले दरबाजामा  रहेको सिसौंको लाठी लिए त्यस पश्चात सबैजना दाजुको नेतृत्वमा रामदेव ठाकुरको दरबाजामा गयौं । तिनीहरु बैठकमा बसिरहेको थिए ।
त्यस पश्चात दाजुले यिनीहरुलाई कुट भनि बचन दिई रामबली साहलाई घाँटीमा समाती भुईमा लडाई दिनु भएको र प्रदिप यादवलाई कठालो समात्नु भएको तथा म समेतले बैठकमा बसिरहेका कारी राम यादव, श्याम किशोर साह, दिनेश साह, पर्शुराम साह, रामचन्द्र साह, राम सेवक राउत, राम सागर साह, रामदेव ठाकुर समेतलाई लाठी तथा काठको चिरपटले धमाधम प्रहार गर्न लागे । त्यतिकैमा राम सेवक राउत र रामसागर साह समेतले रामबली साहलाई बचाउन खोज्दा माथि उल्लेखित सबै जनाले निज दुवै जना माथि प्रहार गर्न लागे । मैले पनि निज राम सेवक राउत र राम सागर साह माथि लाठी प्रहार गरेको हुँ । अन्य व्यक्तिहरु सो ठाउँबाट लुक्न र भाग्न सफल भएकोले निज रामसागर साह र राम सेवक राउतलाई मरणासन्न हुने गरी कुटपिट गरी अचेत बनाई हामीहरु आ आफ्नो घरमा गएका हौं । त्यस पश्चात सो कुरा  प्रहरी समेतले थाहा पाई घटनास्थलमा आई घाइतेहरुलाई उपचारको लागि घाइतेका आफन्त र स्थानीय मानिसहरुको सहयोगमा जनकपुर ल्याएकोमा जनकपुरमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौं लैजाने क्रममा राम सेवक राउतको मृत्यु भएको हो र राम सागर साहको काठमाण्डौमा उपचार भईरहेको भन्ने कुरा मैले सुनेको हुँ ।
त्यसै क्रममा सोही विषयमा म, महेश यादव र लाल विहारी यादव मिति २०७१÷१२÷१० गते दिउँसोको समयमा जिल्ला धनुषा सबैला न.पा.वार्ड नं.१ स्थितमा बसी सरसल्लाह गरिरहेको अवस्थामा प्रहरी आई हामीसँग सोधपुछ गर्न खोज्दा प्रहरीसँग बादविवाद भई हुल हुज्जत गर्दा प्रहरीले म, महेश यादव र लाल बिहारी यादव समेतलाई पक्राउ गरी ल्याएको हो । उक्त घटना दाजु योगनारायण यादव र निजका गठमेलका जाहेरी दरखास्तमा किटान भएका प्रतिवादीहरुले आफ्नो बरचश्व कायम गर्न, हैकम जमाउनु, प्रभुता देखाउन र सार्वजनिक उपभोगमा रहेको जग्गा विद्यालयमा आफ्नो बाहुल्यता कायम गर्न योजना बनाएर उक्त घटना घटाएका हुन । रामसेवक राउतको मृत्यु हामीहरुको कुटपिटको कारणबाट भएको हो र राम सागर साह घाइते भएको हो ।
तिनै जना प्रतिवादीहरुले प्रहरी समक्ष स्वीकार गरेको भएपनि अदालतमा इन्कार गरेका छन् ।

२०७२ बैशाख २७ गते आईतबार

Tuesday, May 5, 2015

अजब–गजब छ बा ! - सुदर्शन सिंह


नझुकिनुस् हजुर । बर्षौं देखि विभिन्न बजेट खाएर  राहत पाएका हामीनै हौं । यस्तो संकटको बेलामा हामी भन्दा विश्वाशिलो कोही हुँदैन ।

 
२०७२ बैशाख २० गते आईतबार

मृत्युलाई परास्त गर्ने योद्धाहरुको कथा


महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट
 खसेर जीवित विराटनगरमा उपचार गराइरहेका 
सिरहा गोलबजारका मनिष कुमार साह
र साथमा उनको आमा ।
द एक्सक्लुसिभ सम्वाददाता 
जनकपुरधाम............ 
१२ बैशाख २०७२ शनिबारका दिन नेपालमा आएको महाभुकम्पका कारण हजारौं मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते भई जीवन रक्षाका लागि अस्पतालहरुमा संघर्ष गर्दै छन् । हजारौं घरहरु ध्वस्त भएका छन् । तर, उक्त भुकम्पमा परेर आफ्नो ज्यान जोगाउने केही साहसी यूवा यूवतीहरुको संघर्षलाई सलाम गर्नै पर्छ । मृत्यु र जीवन बीचको संघर्षमा मृत्युलाई परास्त गरी बाँच्ने केही व्यक्तिहरुको कथा प्रस्तुत छ ः


विश्वमा विरलै हुने चमत्कार भयो । नुवाकोटका १५ वर्षीय पेम्बा लामा १२० घन्टासम्म भुकम्पको भग्नावशेषमा पुरिएपनि जिवितै निकालिए । १२० घन्टासम्म पानी र उज्यालोसम्म नदेखेका लामा जिवित मात्र होइन बोल्न सक्ने अवस्थामै भेटिए । उद्वारमा गएको सशस्त्र प्रहरी बलले आज बिहान माथिबाट सवा सात बजे भग्नावशेष पल्टाउँदै गर्दा लामाले तलबाट भने( मलाई बचाउँनुहोस् । 
१२० घन्टा सम्म पनि भग्नावशेषमा थिचिएर मान्छे विरलै बाच्छन् । यति लामो समयसम्म थिचिएर पनि उद्वार टोलीलाई आफू जीवित रहेको जनाउ दिने घटना सायद कमै भएका होलान् । उनलाई जिवितै उद्वार गर्याे निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गएको सशस्त्र प्रहरी बलको टोलीले । यो चामत्कारिक उद्वार  गर्ने  पाँच जनाको टोलीका अन्य हिरोहरू हुन( निरीक्षकहरू ध्वजविक्रम शाही र सुवास पुलामी , सई शशी थापा  र प्रहरी जवान प्रेम शाही । बिहिबार बिहान गोंगबु नयाँ बसपार्क अगाडि रहेको हिल्टन गेष्ट हाउस र वरीपरीका झन्डै एक दर्जन घरहरूको भग्नावशेष हटाउन  पुगेको सशस्त्रको टोलीले भग्नावशेष भित्रबाट मानिस कराएको आवाज सुन्यो । प्रहरीले कोही जिवित हुनुहुन्छ भनेर बाहिरबाट करायो । भित्रबाट ‘याँऽऽऽऽ गरेको आवाज आयो ।

प्रहरीले बोल्नुस, बोल्नुस् भनेपछि भित्रबाट पेम्बाले भने, ‘म जिवित छु, मलाई बचाउनुस् ।’पेम्बाले भित्रबाट प्रहरीलाई धेरै धेरै जानकारी दिए( मलाई केही भएको छैन् । म बसेको ठाउँको अगाडि मोटरसाइकल छ । पछाडि र यताउता फलामको बार छ ।  प्रहरीले उनलाई नआत्ति बस्नुहोस् हामी आउँदैछौ भने । उनीहरूले टर्च लाईटको प्रयोग गरेर इँटा भत्काउदैँ फलाम काट्न थाले । मान्छे छिर्ने प्वाल बनाएपछि उद्वार टोलीका पाँचै जना त्यही प्वालबाट भग्नावशेष भित्र छिरे । ७(८ फिट भित्र गएपछि जीवित लामासँग निरन्तर सम्पर्क हुन थाल्यो । उनीहरू फर्केर आउने ठाउँ बनाउँदै अगाडि बढे । त्यतीबेलै लामाले आफू वरिपरी भित्रपनि हलचल गर्न मिल्ने ठाउँ भएको बताए । 
त्यसपछि प्रहरीले पाइपमार्फत माथिबाट पेम्बा भएको ठाउँसम्म पानी पठाए । त्यसपछि अर्को पाइपबाट उनलाई अक्सिजन दिए । अनि खानको लागि स्लाइन् पानी पठाए । प्रहरीले पेम्बालाई नबोल्न आग्रह गरे । ‘डाक्टरले उनलाई धेरै बोल्न नदिनु भनेका थिए,’ निरीक्षक ध्वजविक्रम शाहीले भने ।
फलाम काट्दै, बाटो बनाउँदै उनीहरू ६ घण्टापछि पेम्बा भएको ठाउँमा पुगे । टोली प्रमुख लक्ष्मण बस्नेतले पेम्बालाई बोकेर उचाले । बस्नेतलाई टोलीका अन्य साथीले पेम्बालाई माथिसम्म ल्याउन भरथेग गरे । उद्धारमा खटिएका ध्वजविक्रम शाहीका अनुसार लामा १ सय २० घण्टासम्म पानी सम्म नखाइ र उज्यालो पनि नदेखि बसेका थिए । टोलीको नेतृत्व गरिरहेका बस्नेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट शनिबारको भूकम्पपपछि उद्धारका लागि काठमाडौं आएका हुन् । टोलीका अन्य सदस्य कंलकी स्यूचाटारको विपद् व्यवस्थापन बेसमा काम गर्छन् । 
यो उद्धारको सम्पूर्ण काम सशस्त्र प्रहरीको टोलीले आफ्नै स्रोत साधनमा एक्लै गरेको हो । बाहिर निकालिसकेपछि लामालाई एम्बुलेन्ससम्म स्टेचरमा राखेर ल्याइएको थियो । त्यसपछि एम्बुलेन्सबाट नेपाली सेना र इजरायली सेनाले सञ्चालन गरेको संयुक्त अस्पताल लगियो । लामालाई सशस्त्र प्रहरीको टोलीले निकालेर एम्बुलेन्समा ल्याउँदा बाहिर बसेका सयौं सर्वसाधारणले एपीएफ जिन्दावाद को नारा लगाएका थिए ।
हिल्टन गेष्ट हाउस लगायत वरिपरिका करिब  दर्जन घरहरु पूर्णरुपले क्षतिग्रस्त भएका छन् । सो गेष्ट हाउमा मात्र झण्डै १०० जना मानिस बसेका थिए । अहिलेपनि  भत्किएको सो गेष्टहाउस वरपर कैंयौं शव पुरिएको हुनसक्ने उद्धारमा संलग्न सशस्ञ प्रहरी बलको उपत्यकाको कमाण्ड सम्हालिरहेका डिआइजी दुर्गा कुँवरले बताए । सोही ठाउँबाट सशस्त्र प्रहरी लगायतको उद्धार टोलीले बुधबार १ जना महिलासहित ३ जनाको जीवितै उद्धार गरिएको थियो ।
म पनि धरहरासँगै झरेर बाँचे
 सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं. २ का १६ वर्षीय मनिषकुमार साह उच्च शिक्षाका लागि भनेर राजधानी हिँडेको आठौं दिन थियो । मिर्चैया ह्वाइट हाउस अंग्रेजी बोर्डिङ स्कुलबाट एसएलसी दिएका मनिष भविष्य खोज्न राजधानी पुगेका थिए । पेन्टागन कलेजमा प्लस टु पढ्ने लगभग निधो भइसकेको थियो । उनका ठूलाबुबाका छोरा विकेक साह त्यहीँ पढ्दै थिए । उनी गैरीगाउँस्थित दाइ विकेकको डेरामा बस्ने भए । राजधानी गएको दुई दिनमै (६ गते) तीनकुनेस्थित एबिसी इन्स्टिच्युटमा ब्रिजकोर्स (तयारी कक्षा) लिन थाले । ब्रिजकोर्सको कक्षा चलिरहेको थियो । दाइसँगै पेन्टागन पढ्ने सपना प्रचुर बन्दै थियो ।
१२ बैशाख २०७२, शनिबार बिदाको दिन भएकाले घुम्न जाने निधो गरे। घुम्न जाने टोली तयार भयो। उनीसँग घुम्न जाने साथी अरू कोही नभएर आफ्नै जिल्लाका सहकर्मी थिए । उनीसँगै एसएलसी दिएका साथीहरू(दीपक साह, सन्तोष शर्मा, र निरज यादव चार जना भएर घुम्न जाने योजना बनाए । साथीहरू गैरीगाउँ डेरामा आए । डेराबाट मनिष र उनीहरू आठ बजे निस्किए । गाडी चढ्न शान्तिनगर पुगे । त्यहाँबाट फनपार्क पुगे, केहीसमय घुमे । अनि रत्नपार्क हुँदै भृकुटीमण्डप पुगे । भृकुटीमण्डप पुग्दा साढे ११ बजिसकेको थियो ।  ‘साथीहरूले लुगा किनौं भने,’ मनिष भन्छन, ‘मैले चाहिँ केही किनिनँ ।’ तीनैजनाले लुगा र जुत्ता किने । त्यसपछि धरहरा चढ्ने निधो भयो । धरहरा पुग्दा पौने १२ बजेको थियो । धरहरा गुल्जार देखिन्थ्यो । वरिपरि मान्छेहरूको भीड बढ्दै गइरहेको थियो । कोही चढ्दै ओर्लिंदै गरेका दृश्य मनिषले मोबाइलमा कैद गरिरहेकै थिए । चारै जना टिकट काउन्टर पुगे । उनीहरूअघि १ सय ६५ जनाले टिकट काटिसकेका रहेछन् । हातमा टिकट लिएर धरहराको सिँढी उक्लिन थाले । धरहराको टुप्पोबाट राजधानी नियाल्ने रहर थियो । उसै पनि मनिष काठमाडौंका लागि नौला थिए । सानोमा एकपटक उपचारका निम्ति राजधानी गएका उनले ऐतिहासिक स्थलबाट राजधानी नियाल्न पाएका थिएनन् । बेर नलाइकन चारै जना टुप्पामा पुगे । सहर नियाले । १२ बज्न केही समय बाँकि थियो, उनीहरू तल ओर्लिन शुरु गरे । उनीहरू ८ र ९ तलामा आइपुगेका थिए । एक्कासी धरहरा थर्रर काँप्न थाल्यो । चारै जना आत्तिए । सिँढी चढ्ने र उत्रिनेको कोलाहल मच्चिन थाल्यो । कोही कता भागे, कोही कता । मनिषको मुटुले ठाउँ छोडिसकेको थियो । साथीभाई कता पुगे सोच्न भ्याएनन् । एउटा सिँढी तल झरेर धरहरामै अढेस लागे । धरहरा यता ढलुँ कि उता ढलुँ गर्दै लच्किन थाल्यो । अन्ततः धरहार गर्ल्याम्म ढल्यो ।
‘इटाका टुक्राले मेरो टाउको र माटोले शरीर ढाकेको थियो,’ शनिबारको महाभूकम्पमा धरहरासँगै ढलेर जीवितै उद्धार भएका मनिषले रोकिँदै रोकिँदै सुनाए, ‘बाँचुलाजस्तो लागेकै थिएन ।’ वरिपरि कसलाई के भयो थाहा पाएनन् । साथीहरू कता पुगे पत्तै भएन । समय त्यतिधेरै बित्न नपाउँदै प्रहरी र नेपाली सेनाको टोलीले उनलाई उद्धार गरेर वीर हस्पिटल र्पुयाए । ‘टाउको, हात र शरीर थंथिलो थियो । म ऐया .. ऐया भन्दै कराइरहेको थिएँ,’ उनले भने । उनले दाइ विवेकलाई सम्झिए । शान्तिनगर बस्ने मामा ताराकान्त साह सम्झे । गोजी छाम्दा मोबाइल भेटियो । मोबाइल पनि सकुशल रहेछ । ‘दाइको नम्बरमा डायल गरेँ,’ मनिष भन्छन, ‘मामालाई पनि गरेँ ।’ ‘म वीर हस्पिटलमा छु, यहाँ आउनू ।’ विवेक र ताराकान्त शान्तिनगरबाट वीरतिर हान्निए । सहरमा गाडी रोकिएको जाम थियो । गाडी चल्न थालेका थिएनन् । माइतीघरको बाटो हुँदै दुबैजना दौडिए । आधा घन्टाभन्दा केही बेरमा वीर हस्पिटल पुगे । वीरको आकस्मिक कक्ष कोलाहलमय थियो । दुबैजना मनिषलाई खोज्दै भित्र पसे । आकस्मिक कक्षमा मनिष छट्पटाइरहेका थिए । वीरको टूमा सेन्टर खुलिसकेको थिएन । मनिष सानो छँदै उनका बाबु जुगेश्वर बितेका थिए । आमा रेखादेवी छिन् । उपचार नपाएर धेरै छट्पटाइरहेको देखिरहेका विवेकले घरमा ठूलीआमा रेखादेवी र आफ्ना बाबु कामेश्वर सम्झिए । तुरून्तै फोन गरे । कामेश्वरले सिरहाबाट एम्बुलेन्स लिएर आउने बताए । काका कामेश्वर र आमा रेखादेवी मनिषलाई लिन एम्बुलेन्स लिएर राजधानी गए । राति साढे ८ बजे सिरहाबाट हिँडेको एम्बुलेन्स भोलिपल्ट आठ बजेमात्र आइपुग्यो । बाटोमा केही ठाउँ सडक अबरुद्ध पनि भएको रहेछ । ‘हामी मामा, बुबा सबै जना भएर मनिषलाई लिएर आयौं,’ विराटनगरस्थित न्यूरो अस्पतालमा भाइको उपचारमा सक्रिय विवेकले भने, ‘भाइसँग धरहरा चढेका सबै साथी त्यही बिते ।’
यत्रो ठूलो महाभूकम्पमा धरहराको टुप्पोबाट झरेको जीवित व्यक्ति भन्नेवित्तिकै न्युरोसर्जन डा. यमबहादुर रोका मनिषको उपचारमा जुटे । रोकालेनै बुधबार बिहान धरहराबाट खसेको व्यक्तिको उपचार भइरहेको छ भनी जानकारी दिएका थिए । ‘टाउकोभित्र रगत जमेको छ,’ मनिषको उपचारमा क्रियाशिल रोकाले भने, ‘दाहिने हातको पाखुरा भाँचिएको छ, दाहिने भागको करङ पनि भाँचिएका छन् ।’ रोकाका अनुसार मनिषको स्वास्थ्य अवस्था अहिले निकै सुधार भएको छ । बोल्न, खान सक्छन् । सहारा दिएर उठाउने, बसाउने गर्नुपर्छ । तर टाउकोको रगत निकाल्न शल्यक्रिया गर्नुपर्छ । किसान परिवारमा जन्मेका मनिषका बाबु जुगेश्वर १३ वर्षअघि ब्लड क्यान्सरका कारण बितेका थिए । बाबुको मृत्यु भएपछि रेखादेवी र मनिष काका कामेश्वरकहाँ बस्न थालेका हुन् । धरहराको टुप्पोबाट खसेको सुन्नेवित्तिकै रेखादेवीले लगभग माया मारिसकेकी थिइन् ।‘भविष्य बनोस् भनेर एक्लो छोरालाई काठमाडौं पढ्न पठाएकी थिएँ,’ आमा रेखादेवी भन्छिन, ‘धरहराको टुप्पोबाट खसेको भनेपछि एक्लो छोरो गुमाएँछुजस्तो लागिसकेको थियो । तर भगवानले मेरो सहारालाई गुम्न दिएन ।’ महाभूकम्पमा परेर बाँचेका मनिष अब राजधानी फर्किन चाहँदैनन् । सिरहामै बसेर आफ्नो भविष्य कोर्ने संकल्प गरेका छन् । साथीभाइ सबै गुमेको दुःख छँदैछ, तर यत्रो विपत्तिमा परेर बाँचेकोमा मनिष आफूलाई भाग्यमानी ठान्छन् । ‘भगवानले मलाई बचाए,’ उनी भन्छन् ।
धरहरासँगै खसेर बाँचेका एक जोडी साथी
महाभूकम्पसँगै धरहराको पुननपुग टप तलाबाट खसेर जीवित काठमाण्डौको ट्रमा सेन्टरमा उपचार गराइरहेका संजिव श्रेष्ठ र रमिला श्रेष्ठ ।

रमिला श्रेष्ठ अहिले वीर अस्पातल टूमा सेन्टरको पाचौँ तलामा छिन् । उनको टाउकोमा पट्टी बाँधिएको छ । कालो कम्बलभित्र लुटपुटिएकी रामेछापकी यी १७ वर्षीयाको आँखा, नाक र दरफरिएको गाला मात्रै देखिन्छ । दाहिने आँखा बढी सुनिएको छ । ‘धरहराबाट खसेर पनि ऊ बाँची,’ आडैमा बसेकी उनकी सानिमाले भनिन, ‘भाग्यमानी रै’छ ।’ रमिला मुख छोपेको सुन्तला रंङको रूमाल खोलेर थोरै मुस्कुराइन् । रामेछापको सालु पोखरी घर भएकी उनी गाउँबाट घुम्न भनेर दुईमहिना अघि काठमाडौँ आएकी हुन्। किर्तिपुरमा काम गर्ने आफ्ना बाबुसँगै बस्छिन् । शनिबार भने उनी साथिसँग घुम्न निस्किएकी थिइन् ।
उनी र उनका साथी संजिव श्रेष्ठ धरहरा चढ्न गए । ‘धरहरामाथि संगै गएका साथी कँहा हुनुहुन्छ, थाहा छ ?’ उनले हातको इसाराले वार्डको अर्कोपट्टी देखाइन् । संजिव त्यहीँ थिए । रमिलाको दाँया खुट्टा भाँचिएको छ, संजिवको दायाँ हात ! त्यहीबेला, उनका ’ड्याडी’सँगै उनको शरीरको जाँच गर्न अस्पतालका कर्मचारीहरू आए ।
भग्वनाशेषमा पुरिएको १२० घण्टा पछि नुवाकोटका १५ वर्षीय
 पेम्बा लामालाई प्रहरीको टोलीले जिवितै उद्दार गरेका छन् ।
स्कुल पढ्दा रमिलाले धरहराबाट पूरै काठमाडौँ देखिन्छ भन्ने सुनेकि थिइन् । नौ कक्षा पछि उनी पढ्न छोडिन् । तर धरहरा चढ्ने धोको भने छुटेन । धरहरा देख्न रामेछापको सालुपोखरेबाट काठमाडौँमै आउनुपर्ने ! उनका बाबु दीपक श्रेष्ठ किर्तिपूरको एउटा भाँडा पसलमा काम गर्छन्। बाबुको साथी पनि हुने, आफ्नो धरहरा चढ्ने र काठमान्डौं घुम्ने धोको पनि पूरा हुने। दुई महिनाअघि रमिला काठमाडौँ आइन् । उनी यो बीचमा स्वयम्भू, चिडियाखाना, भृकुटीमण्डप जस्ता अनेक ठाँउ घुम्न गइन् । तर, पुरै काठमाडौँ एकैपटक हेर्न त धरहरा नै चढ्नुपर्थ्यो । शनिबार बिहान खाना पकाएर छिटोछिटो ’ड्याडी’ लाई खुवाइन् । खाना खादै गर्दा आफू साथीसँग घुम्न जाने जनाऊ दिइन् । १० बजे ड्याडी निस्के। उनी पनि किर्तिपुरबाट बसन्तपुर हानिइन् । संजिव वसन्तपुरतिरै बस्थे । उनीहरूको शनिबार फिल्म हेर्न जाने ’प्लान’ थियो, ग्वार्कोको गुण सिनेमा हलमा । ‘कुन फिल्म हेर्न जाने भनेका थियौँ विर्सेँ, तर पहिले धरहरा जाने जाने कुरा भयो,’ रमिलाले भनिन् । सुन्धारा पुगेर संजिव र रमिलाले धरहरा चढ्ने टिकेट किने । धरहरा चढ्दाको अनुभव उनले सुनाइन,’टुप्पोमा पुग्दासम्म मैले दुवै टिकेट हातमै समातेकी थिएँ । मोबाइल पनि हातमै थियो ।’ निकै माथि पुगेपछि गोलो झ्यालबाट उनले बाहिर हेरेकी थिइन् । त्यो बेला उनलाई डर लागेको थियो । संजिव भन्दा अघिअघि हिँडिरहेकी थिइन् । धरहराको बरण्डाबाट काठमाडौँ हेर्ने हुट्हुटी पनि उनैलाईनै ज्यादा थियो । ढोकाबाट निस्केर रेलिङ निर पुगिन् । मधुरो घाम लागेको थियो । संजिव श्रेष्ठ यसअघि पनि धरहरा चढेका थिए । धरहराको बरण्डाबाट घुमिघुमि काठमाडौँको चारैतिर देख्न पाउँदा खुब रमाइलो लागेको थियो । रामेछाप भीरपोखरीका संजिव आफ्नी भाउजुसँग बसन्तपुरमा बस्छन् । कृष्ण गल्लीको न्यु तन्दुरी फाष्टफूडमा काम गर्छन् ।
उनी शनिबार बिहान दिदीको घरमा गए । दिदिले पकाएको खाना पनि नखाइ १० बजेतिर हतार गर्दै निस्कीए । दिउँसो आफ्नी साथी रमिलासँग फिल्म हेर्न जाने ‘प्लान’ थियो । उनले रमिलालाई बसन्तपुरमा भेटे । त्यसपछि उनीहरु धरहरा गए । काउन्टरमै झोला राख्नुपर्ने रहेछ । झोला छोडेर धरहरा उक्लिए । ति झोला अझै कतै धरहराकै भग्नावशेसमा पुरिएका छन् । संजिवले भने,‘धरहराको ढोकाबाट बरण्डा झर्ने खुट्कीलोमा झर्दै गर्दा सर्रर हावा चले जस्तो भयो ।’ पहिलो पटक यहाँ आउँदा पनि उनलाई यस्तै लागेको थियो, हावा चलेजस्तो । घाम लागेको बेला सर्रर हावा आउँदा मन शितल भयो । रमाइलो लाग्यो । ‘धरहरा त हल्लेको पो रैछ !’ अहिले संजिवले सम्झिए । रमिलाले बारमा च्याप्प समातिन् । उनको हातमा अझै पनि टिकेट र मोबाइल थियो । धरहराबाट देखिने काठमाडौँ एक झल्को मात्रै हेर्न पाएकी थिइन् । उनको यति लामो धोको एक झल्को मात्र पूरा भएको थियो । मान्छेहरु चिच्याउन थाले (भूइँचालो गयो । कोही भित्र जाउँ भन्दै थिए । संजिव थुचुक्क बसेको रमिला सम्झिन्छिन् । ‘के भैरहेको थियो मलाई थाहै थिएन,’ संजिवले भने । संजिवलाई लाग्छ धरहरा ढल्क्यो र खस्यो ! रमिलालाई भने धरहरा सिधा खस्यो, रोकियो र फेरि बेपत्ता खस्यो जस्तो लाग्छ रे । उनी त्यो बेला न चिच्याउन सकिन, न रुन नै! मुटु ढक्क फुल्यो, बस ! धरहरा भुइँमा ड्याम्म बजारियो ।
भग्नावशेषमा ८४ घण्टासम्म पुरिएपछि आफ्नै पिसाव खाएर बाँचेका ऋषि खनाल ।
 उनलाई प्रहरीले जिवित्तै उद्दार गर्न सफल भएको छ ।
रेलिङमा च्याप्प समातेकी रमिला उछिट्टीइन् । ’बिउझिँदा म इँटामाथि थिएँ, त्यसपछिको एकछिन फेरि मलाई थाहा छैन,’ उनले भनिन, ’एकछिन पछि होस आउँदा साथि संजिवलाई अलिपर इटामाथि नै देखेँ, तर बोलाउन सकिन ।’ उनले केही बेर अघिसम्म समातेको रेलिङले एक आमा(छोरीलाई थिचेको थियो । ‘नउछिट्टएको भए त म पनि त्यँही पर्नेरैछु जस्तो लाग्यो,’ उनले भनिन, ‘उठ्न खोज्दा खुट्टा दुख्यो । मामु र ड्याडीको याद आयो अनि रोएँ ।’ केहीबेरमै गाढा निलो रंङको लुगा लगाउने प्रहरीले आएर रमिलालाई उठाए । संजिव त्यहीँ थिए । संजिवले भने धरहरासँगै भुइँमा खसेपछि त्यहीँ उभिएको एकजना मान्छेलाई सोधे रे ‘यो के भएको ?’ ‘भुइँचालो गएको ।’ त्यसपछिको उनलाई केही थाहा छैन ।  होस आउँदा रगतले आँखा ढाकेको थियो । उनले नजिकैको मानिससँग पानी मागे र आफ्नो आँखा पुछेपछि थाहा पाए(उनी वीरअस्पताल अगाडिको बिच बाटामा  थिए । धेरै पछि मात्रै उनलाई स्टूेचरमा राखेर टूमा सेन्टर लगियो । बुधबार टूमासेन्टरको पाँचौँ तलाको वार्डमा सारिएका छन् संजिव ।
‘हामीसँगै धरहरा चढेका कति मान्छे त्यही पुरिए वा कहाँ पुगे हामीलाई थाहा छैन, तर हामी त टूमा सेन्टरको पाँच तल्लामा दुवै आइपुगेका छौ, भाग्यले भन्नुर्पयो,’ उनी मुस्कुराए ।
देहरादुनबाट हामफालेका बाले सीमामा आएपछि थाहा पाए(छोरो जिवित रहेछ
 उनी १५ दिन अघिमात्रै भारतको देहरादुन गएका थिए । देहरादुनको भारतीय सैनिक क्याम्पको मजदुरी नै ढाकावाङ( ६ अर्घाखाँचीका ५७ वर्षे थानेश्वर खनालको रोजीरोटीको माध्यम थियो । २७ वर्षदेखि मजदुरी गरेर उनले ४ भाइ छोराहरू हुर्काए । २ छोराको विहे गरे, २ जनाको बाँकि छ । हातगोडा चलेसम्म गर्दै आएको मजदुरी किन छोड्नु भनेर उनी १५ दिनअघि देहरादुन हिँडेका थिए । उनले नेपालमा भुकम्प गएको शनिबार दिउँसो टिभी हेरेर थाहा पाए । भूकम्पले भारतभन्दा नेपालमा बढी क्षति गरेको थाहा पाएपछि नेपालका परिवारलाई फोन डायल गरे । घरमा फोन लाग्यो । खासै क्षति भएको रहेनछ । तर, दुबई जान भनेर काठमाडौं आएको माइला छोरा ऋषि खनालसँग सम्पर्क हुन सकेन । निरन्तर प्रयास गर्दा आइतबार बिहान फोनको घण्टी त गयो तर उठेन् । उनको मनमा चिसो पस्यो । काठमाडौंमा भएका आफन्तले पनि ऋषिको पत्तो नलागेको बताएपछि उनी नेपाल आउन बस चढे । ‘लास भेटियो भने काजकिरिया गर्नुपर्ला भन्ने सोचेर हिँडेको थिएँ’ शिक्षण अस्पताल महाराजगञ्जको शैयामा छोराको कुरूवा बसेको खनालले भने, ‘बाटोभरी केही सोच्नै सकिनँ । न आँखामा निद थियो, न पेटमा भोक ।’
यता सयपत्री गेष्ट हाउस भत्किएर पुरिएका ऋषिलाई मंगलबार राति ११ बजे उद्धारकर्ताले जीवितै उद्धार गर्न सफल भए । खुट्टा च्यापिएर भत्किएको घरभित्र अड्किएका ऋषि ८४ घण्टासम्म पुरिएका थिए । उनको उद्धार गरिएको खबर मिडियामा छायो । थानेश्वरले बुधबार बिहान महेन्द्रनगर पुगेपछि थाहा पाए, उनको माइलो छोरा बाँचेकै रहेछ । छोराको लास खोज्न हिँडेका उनीसँग त्यो खबरले दिएको खुसी वर्णन गर्ने उपयुक्त शब्द छैनन् । मुस्कुराउँदै हिन्दी लवजमा भने, ‘धरती र आशमान् उडेजस्तो लाग्यो ।’
त्यसपछि घरबाट उनले कान्छा छोरालाई बोलाए । गोरूसिँगेमा बाबु छोराको भेट भयो । त्यहीँबाट काठमाडौं आए । बिहिबार बिहान शिक्षण अस्पतालको बेड नं ७०८ मा पल्टिएको छोरो देख्दा उनले आँसु थाम्न सकेनन् । बाबु देख्दा घाइते छोराको अनुहार उज्यालो भयो । छोराको उज्यालो अनुहार देखेपछि थानेश्वर आँखा छोपेर रून थाले । वरिपरि भएकाले सोधे( के भयो, किन रोएको ? ‘छोरालाई देखेर मेरा आँखाबाट नदी बग्न थाल्यो’, उनले भने । माइला छोरालाई उनी अरू छोराभन्दा बढी नै माया गर्छन् । सानैदेखि ऋषीलाई रगत जम्ने समस्या थियो । बुवाले उनलाई देहरादुनमा आफैंसँग राखेर उपचार गराए । ‘बिरामी भएकाले उसको अलि बढी नै माया लाग्थ्यो’, थानेश्वरले भने ।
बिहेपछि पनि आमाबुवासँगै बसेका ऋषिको अस्ति सोमबार दुबईको फ्लाइट थियो । भर्खर ६ महिना पुगेको आफ्नो छोरोको भबिष्य बनाउन र आफूलाई धेरै माया गर्ने बुवाको सपना पूरा गर्न ऋषि केएफसी कम्पनीमा काम गर्न दुवई जान लागेका थिए । ‘मलाई केही नगरेपनि कमाएर छोराले आफ्नो भविष्य त बनाउला भन्ने लागेको थियो’, थानेश्वरले भने ‘ब्रतबन्ध, विहेबारी गरिदिएँ । यत्ति भएपछि बाबुको कर्तव्य लगभग सकियो भन्ने लागेको थियो ।’ ऋषि ८४ घण्टासम्म घरमुनि बस्दा बेहोस भएनन् । उनको बायाँ खुट्टा थिचिएको थियो । वरिपरि अँध्यारो थियो । उनी घरिघरि हात यताउती चलाउँथे । त्यतिबेला उनको हातसँग अर्को मान्छेको हात ठोकिन्थ्यो । चिसो त्यो हात लासकै हो भन्ने उनलाई थाहा थियो । लाससँगै पुरिदाँ उनलाई डर लागेन । बाँच्छु र फेरि संसार देख्छु भन्ने पनि लागेकै थिएन । तर श्वास रहून्झेल बाँच्न प्रयास सबैले गर्छन । उनले पनि गरे । रूमालमा पिसाब फेरे अनि त्यही रुमाल निचोरेर खाए । पिसाबको साहारामा पनि उनको मुटु धड्किरह्यो । ८४ घण्टापछि बाहिरी संसार देख्दा उनलाई लाग्यो(आखिर पानी नखाएर पनि ८४ घण्टासम्म पनि बाँचिदो रै’छ !
आफ्नै पिसाब खाएर पनि उनी बाँचे । तर थिचिएको बाँया खुट्टा बचाउन सकेनन् । डाक्टरले घुँडाभन्दा तल काटिदिएका छन् । उनलाई बाँच्न संघर्ष गरेको त्यो ८४ घण्टाभन्दा एक खुट्टाको भरमा बाच्नु पर्ने अबका दिन कस्ता होलान् भन्ने पीरले सताइरहेको छ । ‘२७ वर्षकै उमेरमा एक खुट्टा छैन, पढे लेखेको छैन, काम गरेर कसरी परिवार चलाउने होला भन्ने पीर लाग्छ’, उनले भने । सामान्य हुँदा दुबई गएर पैसा कमाई घर व्यवहार चलाउने उनले बुनेको सपना शनिबारको भूकम्पसँगै भत्किएपछि उनले नयाँ जिन्दगीको नयाँ सपना पहिल्याउन सकेका छैनन् ।
उता छोरो विदेश गएर जीवन धान्ने भयो भन्ने सोचेका थानेश्वरलाई छोराको बाँया खुट्टा देखेपछि लागेको छ( छोराप्रतिको मेरो कर्तव्य अझ थपिएर पो आयो ! विपद्ले थपेको बाबुको कर्तव्य कसरी पूरा गर्ने ? उनले सोचिसकेका छैनन् । हामीतिर पुलुक्क हेरेर उनले सोधे( कसैले हामीलाई सहयोग गर्छ र ? ३ दिनपछि जिवितै उद्धार भएका खनालले भने ’बाँच्नका लागि आफ्नै पिशाव पिएँ’  नेपालमा शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएको ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले गोंगबुबाट ऋषि खनाललाई जिवितै उद्धार गरेको थियो । उद्दार पछि खनालले आफू बाँच्नका लागि पिशाव खाएको बताएका छन् । उनले भने, ‘वरिपरी शव थिए, बाँच्नका लागि आफ्नै पिशाव पिएँ ।’ उनले उद्धारका लागि सानो सानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए ।
भूकम्पपछि पुरिएका एक युवकको ८२ घण्टापछि जिवितै उद्दार गरिएको हो । अर्घाखाचीका २८ वर्षीय ऋषि खनालको राति ११ बजे उद्दार भएका थिए । अन्य दुई जना साथीसँग काठमाडौं आएका उनी गोंगाबु बसपार्क्स्थित सयपत्री गेष्ट हाउसमा बसेका थिए । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ ।
(सौजन्य ः सेतोपाटी डट कम )

२०७२ बैशाख २० गते आईतबार

Tuesday, April 28, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


ऊँ जय जगदीश हरे, प्रभु धन, रोजगार, संविधान, शान्ति, नदे पनि लोडसेडिङ नभएको बेलामा कृपा गरेर प्रभु बत्ती दे !

२०७२ बैशाख १३ गते आईतबार

महाभुकम्पले ल्याएको महाविनाश


भुकम्पका कारण जानकी मन्दिरको दक्षिणतर्फको बाँया पट्टीको गजुर भाँचिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शनिबार आएको पटक पटकको भुकम्पको झट्काले देशैभरी ठुलो धनजनको क्षति भएको छ । गोरखाको पारपाक र लम्जुङलाई केन्द्र बिन्दु बनाएर आएको पटक पटकको झटका मध्ये दिनको ११ बजेर ५६ मिनेटमा सबैभन्दा ठुलो भुकम्पको झट्का ७.६ रेक्टर स्केल र १२ बजेर ३० मिनेटमा ६.६ रेक्टर स्केल मापन गरिएको छ भने ५रेक्टर स्केल भन्दा माथिको करिब १४÷१५ पटक भुकम्पको झटका महसुस गरिएको छ ।
भुकम्पका कारण घाइते भई जनकपुर अञ्चल
 अस्पतालमा भर्ना भएका व्यक्तिहरुको तस्विर ।
भुकम्पका कारण काठमाण्डौमा ७१ जना, भक्तपुरमा ४३ जना, सिन्धुलीमा २ जना, दोलखामा २ जना, रामेछापमा २ जना धादिङमा ११ जना, धनुषामा १ जनाको मृत्यु भएको गृहप्रशासनले ३ बजेसम्म जानकारी प्रदान गरेको छ ।  भुकम्पका कारण काठमाण्डौको धरहरा खसेको र उक्त धरहरामा पुरिएर थुप्रै मानिसहरुको मृत्यु हुनसक्ने अनुमान लगाइएको छ ।
जिल्ला प्रहरी धनुषाले दिएको जानकारी अनुसार धनुषाको देवडिहा २ बस्ने रामचन्द्र राउतको छोरा बर्ष २२ को इनरजित राउतको मृत्यु भएको छ । ट्वाइलेट गरी सौच गर्न पोखरीमा जाँदा भुईचालो आएपछि पोखरीमा डुबेर राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी धनुषामा थुप्रै मानिसहरु घाईते भएको प्रहरीले जनाएको छ । भुकम्पका कारण लक्ष्मीपुर बगेवाका राम सोगारथ यादवकी छोरी वर्ष १६ कि इन्दु कुमारी यादवको दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन् । रोडबाट भाग्ने क्रममा घरको पर्खाल भत्केर उनी घाइते भएकी हुन ।
त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं.१ बस्ने उपेन्द्र साहकी पत्नी बर्ष १६ कि सविता साह आफै अल्झिएर बेहोस भईन । महेन्द्रनगर ६ बस्ने संजय साहको श्रीमति बर्ष १९ कि पुनम कुमारी देवी घरको वाल भत्किएर दाहिने खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रंजित साहकी श्रीमति २२ बर्षिय कल्पना देवी घरको झ्यालबाट हाम फाल्दा दुईवटै खुट्टा फ्याक्चर भई घाइते भएकी छिन । प्रहरी चौकी इनर्वा, यदुकुहा र चिसापानीको प्रहरी चौकीमा ठाउँ ठाउँमा चर्किएको बताइएको छ । जनकपुरको प्रसिद्ध मन्दिर जानकी मन्दिरको भवनमा ६ ठाउँमा चर्किएको छ भने एउटा ठुलो गजुर र तिनवटा सानो गजुर खसेको छ ।
भुकम्पका कारण विजुलीको सप्लाई काटिएको छ भने संचारका साधनहरु व्यस्त देखिएका छन् । जनकपुरमा इन्टरनेटको लाइन काटिएको छ भने मानिसहरु भुकम्पका कारण त्रसित भएका छन् । त्यसैगरी
जनकपुरको गंगासागर पोखरीको डिलमा
 रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु
 भएको छ । विगत ३ महिना देखि बन्द
 रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु
 भएको छ भने उक्त बोडिङबाट दुषित
 पानी निस्किरहेको छ ।
महेन्द्रनगरकी पुनम कुमारी साह, लक्ष्मीपुर बगेवाकी इन्दु कुमारी यादव, लखौरीकी सरस्वती महासेठ, झोझी कटैयाका जिवछ मुखिया, जनकपुर ७ जिरोमाइलकी कल्पना साह, जनकपुर ८ कि रंजिता यादव, अलिपट्टीकी रोशनी खातुन, बटेश्वरका मिलन कुमारी, जनकपुर ४ की राजकी झा, जनकपुर ६ कि रितिका राज घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराईरहेका छन् । घाईतेहरु मध्ये कसैको हात भाचिएको छ भने कतिपयको खुट्टा भाचिएको छ । भुकम्पका कारण जनकपुरका पत्रकार घनश्याम मिश्रको खुट्टाको औला भाचिएको छ भने धेरै मानिसहरु भुकम्पका कारण भयभित मनोविज्ञानले बाचिरहेका छन् । धनुषामा उद्धारका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक गणेश बहादुर थापाले बताएका छन् ।
जनकपुरको गंगासागर पोखरीको डिलमा रहेको उक्त बोडिङ भुकम्पका कारण सुचारु भएको छ । विगत ३ महिना देखि बन्द रहेको उक्त बोडिङ भुकम्प आएपछि सुचारु भएको छ भने उक्त बोडिङबाट दुषित पानी निस्किरहेको छ ।

२०७२ बैशाख १३ गते आईतबार

धनुषामा बढ्दो बलात्कार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मंगलबार हुन त सबैको लागि मंगलमय हुन्छ । तर, ८ बैशाख २०७२ को मंगलबार मेरो जिन्दगीमा ठुलो अमंगल बनेर आयो । मेरो छोरीको अस्मिता नै लुटियो । अब के गर्ने ? ए हजुर मेरो ८ बर्षिया छोरीले उसको के विगार गरेको थियो । उसलाई त दाई भन्थिन । उससँग त होमवर्क गराउन गएकी थिईन । तर, होमवर्क गराएर फर्किनुको सट्टा जिन्दगी नै लुटाएर आइन । अब मेरो छोरीको भविष्य के हुने हो ? मेरो छोरीसँग विहे कसले गर्ला ? उसको मानसिक अवस्था अब कस्तो रहला ? यी सबै प्रश्नहरु एक पिताको हो ।
११ बैशाख २०७२ का दिन जनकपुर अञ्चल अस्पतालबाट आफ्नो छोरीलाई डिस्चार्ज गर्ने तरखरमा अस्पतालको सैयामा रुँदै(कराउँदै एक पिता द एक्सक्लुसिभ सम्वाददाता सामु आफ्नो छोरीको इन्साफ र भविष्यका लागि गुहार लगाउँदै थिए । किन लगाए त उनले गुहार ?
जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासंग भाडामा बस्दै आएकी ८ वर्षिय एक बालिका पुजा (परिवर्तित नाम)लाई लक्ष्मेश्वरकै छोरा २० वर्षिय दिपेन्द्र तिवारीले बलात्कार गरेको थियो ।
बलात्कृत भएकी ८ वर्षिय बालिका  जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै । 
कक्षा ३ मा पढ्दै गरेकी पुजा मंगलबार सांझ विद्यालयबाट घर फर्किइन । करिब ५ बजे तिर खाजा खाईसकेपछि पुजाकी बुवाले पुजालाई होमवर्क बनाउन भने । अनि पुजाले पापा दिपेन्द्र दाई माथि हुनुहुन्छ, उहाँसँगै होमवर्क बनाएर आउछु भनेर भनिन । अनि उनको बुबाले पनि ल जाउ, छिट्टै होमवर्क बनाएर फर्किनु भनेर उनले अनुमति दिए । संजोग कस्तो रहेछ भने त्यो बेला दिपेन्द्रको दाई, आमा, बुवा सबै घरबाट बाहिर कुनै कामले गएका थिए ।
सोही मौका छोपी करिब साबा ५ बजेतिर दिपेन्द्रले पुजालाई कोठा भित्र थुनेर जवरजस्ती बलात्कार गरेका थिए । दिपेन्द्रका बुवा आमा घरमा नरहेको बेला उनले धेरैबेर पुजालाई आफ्नो कोठामै थुनेर पटक पटक बलात्कार गरेका थिए । १ घण्टा पछि आमा नास्ता गरिरहेको र बुवा काम गरिरहेको अवस्थामा माथिबाट पुजा तल ओर्लिदा उनको सम्बेदनशिल अंगबाट रगत बगिरहेको थियो । मम्मि मम्मि मेरो जिउबाट रगत बगिरहेको छ  डराउँदै पुजाले भनेपछि आमा बुवा दौडिदै पुजातर्फ भागे । अवस्था देखेपछि पुजाकी आमाले घरको छिमेकमै बसोवास गर्ने एकजना नर्सलाई बोलाएर पुजालाई हेर्न लगाए । जब ती नर्सले पुजासँग बलात्कार भएको बताएपछि पुजाका आमा बुवाको होस नै उड्यो । ती नर्सले छिट्टै अञ्चल अस्पताल लग्नुस बताएपछि पुजालाई अञ्चल अस्पताल पु¥याइयो । त्यतिबेला अञ्चल अस्पतालमा कार्यरत प्रहरीले बस्तुस्थिति अवलोकन गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेपछि प्रहरी उपरीक्षक गणेश बहादुर थापा आफै आएर मेडिकल जाँच गर्न लगाए । घटना लगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढायो । सुरुमा दिपेन्द्रले इन्कार गरेपनि जब दिपेन्द्रको बुवाले दिपेन्द्रलाई कुटपिट गरे अनि दिपेन्द्रले घटना गरेको स्वीकार गरेको पीडितका बुवाले बताएका छन् । सोही दिन प्रहरीले दिपेन्द्रलाई गिरफ्तार गरे भने पीडित पक्षबाट पुजाका बुवाले किटानी जाहेरी समेत दर्ता गरे । पुजाको उपचारमा संलग्न चिकित्सक डा.विजय कुमार सिंहका अनुसार पुजालाई जुनदिन अस्पताल ल्याइयो इमर्जेन्सी कक्षमा भर्ना गरियो त्यो दिन पुजाको थुप्रै ब्लिडिङ भईरहेको थियो । प्रिनियल टियर भएको थियो । एनसको तल देखि पाठेघरको मुख सर्भिक्ससम्म करिब ४ इन्चसम्म टियर थियो । धेरै रगत बगेको अवस्थामा ल्याइएको थियो । हामीले त्यो घाउलाई रिपेयर गरेर १२ गते औषधिहरु लेखेर डिस्चार्ज गरिसकेका छौं । करिब १ सप्ताहसम्म औषधि खायो भने उनी निको हुनेछिन् ।
बलात्कारका अभियुक्त दिपेन्द्र तिवारी प्रहरी हिरासतमा ।
 पीडितका बुवाका अनुसार दिपेन्द्रले पुजालाई बलात्कार गरेपछि कसैलाई भन्यो भने ज्यानले मारिदिन्छु भनेर थर्काएका समेत थिए । घरमै रहेको पाइप देखाउँदै पुजालाई डराएर दिपेन्द्रले बलात्कार गरेको भन्दै पीडित पुजाका बुवा भन्छन,“मेरो छोरीले इन्साफ पाउनु पर्छ । पीडक दिपेन्द्रलाई हदैसम्मको कारवाही हुनुपर्छ । इन्साफको लागि जस्तो सुकै संघर्ष गर्नुपरे पनि आफु पछाडी हटदिन ।” शारिरीक रुपले पोलियोको शिकार भएर विगत ८ बर्ष देखि अपाङ्गताको शिकार भएपछि व्हील चेयर चढ्ने पीडित पुजाका बुवा आफ्नो जीवन यापनका लागि सोही ठाउँमा विगत १७ वर्ष देखि तिवारीको घर भाडा लिएर बसोबास गर्दै आएका थिए । जिविको पार्जनका लागि उक्त घरको तल एउटा सटरमा सिलाई बुनाईको काम गर्दै आएका पुजाका बुवा भन्छन,“ विगत १७÷१८ वर्ष देखि म त्यो कोठामा भाडा लिएर बस्दै आएको छु ।
    घर बेटी तिवारीसँग पारिवारिक सम्बन्ध बनिसकेको थियो । मेरै अगाडी जन्मिएको दिपेन्द्रले मेरो छोरीको जिन्दगी यसरी समाप्त पार्ने छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । अब मेरो छोरीको जिवन कसरी अगाडी वढ्ने हो ? मेरो छोरीले इन्साफ पाउनै पर्छ ।” २५÷२६ बर्ष देखि रामानन्द चौकको त्यही मोहल्लामा बसेका कारण भिडका भिड मानिसहरु अस्पतालमा पुगेर सोधी खोजी गर्न थालेपछि अब आफुलाई अझै यातना भईरहेको पीडित पुजाका बुबाले बताए । ११ बैशाखमा डिस्चार्ज गराई उनले पुजालाई आफन्तको घरमा लगेका छन् ।
पीडित बालिकाका बुवा शारिरीक रुपले अपाङ्ग छन् । 
उनी व्हील चेयर प्रयोगकर्ता हुन । जनकपुर अञ्चल
 अस्पतालमा राखिएको उनको व्हील चेयर ।
यता, बुधबार विहानै देखि युवा तथा नागरिक समाजका अगुवाहरुले बलात्कारीलाई कडा कार्वाहीको मांग गर्दै प्रर्दशन गरिरहेका छन् । बालिका बलात्कार गर्नेलाई सार्वजनिक रुपमा सजाय दिनुपर्ने र उनको सम्पत्तिबाट आधि सम्पत्ति पिडित बालिकालाई दिलाउनुपर्ने मांग गर्दै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन समेत बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डेलिगेशन लिएर पुगेका युवाहरुलाई धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले बलात्कारीलाई हदैसम्म कार्वाहीका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको डेलिगेसनमा सहभागि सरोज कुमार मिश्रले बताएका छन् ।
    धनुषामा बलात्कारका घटनाहरु दिन प्रति दिन वढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७१÷०७२ को चैत्र महिनासम्मको तथ्याङक हेर्ने हो भने विगत १० महिनामा धनुषामा जम्मा १४ वटा बलात्कारका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमध्ये १३ वटा घटनाको फर्छौट भईसकेको छ भने १४ जना प्रतिवादीहरु पक्राउ परेका छन् । र, ६ जना प्रतिवादीहरु फरार रहेका छन् । त्यसैगरी विगत १० महिनामा बलात्कारको प्रयास अर्थात जवर्जस्ती करणी उद्योग अन्तरगत कुल ७ वटा मुद्दा दर्ता भएकोमा ७ प्रतिवादीहरुमध्ये ६ जना पक्राउ परिसकेका छन् भने १ जना फरार रहेका छन् ।

२०७२ बैशाख १३ गते आईतबार