Tuesday, March 3, 2015

तस्करसँग मिली मुद्दा छिनोफानो गर्दै वन पदाधिकारी


कमलेश मण्डल
जलेश्वर............
फितलो कानुनी व्यवस्थाका कारण बन तस्करीका अभियुक्तहरु ध्माधाम धरौटीमा छुट्न थालेका छन् । जिल्ला वन  कार्यालय महोत्तरीमा बुझाइएका तस्कर तोकिएको सजायवापत केही रकम धरौटी राखेर उम्कने पाउने कानुनी व्यवस्थाका कारण बन तस्करी नियन्त्रणमा आउन नसकेको हो ।
इलाका वन कार्यालय बाँकेले खयरमारा जंगलमा जंगल फडानी गरिरहेकै अवस्थामा खयरमारा ७ का अरुणकुमार यादवलाई पक्राउ गरी ८ क्यूफिट काठ बरामद गरेको हो । कार्यालयले एक अधिकृत तोकेर कारबाही अगाडि बढाएको जिल्ला सहायक वन  अधिकृत वैदेहीशरण लाल कर्णले बताए ।
उनका अनुसार तस्करीमा सँलग्न रहेको आरोपमा पुस २४ गते पक्राउ परेका यादव विरुद्ध वन ऐन २०४९ को दफा ४९९ङ० अनुसारको कसुर अपराध गरेको ठहर हुन आएकाले  वन कार्यालयले ४ हजार रुपैया र ६ महिनाको कैदको माग दावी गर्दै मुद्दा चलाएको छ ।
पक्राउ परेकाहरुले जंगल फडानी गरी काठ तस्करीको गरेको स्वीकार समेत गरेको थिए । यादवले सकारी बयान गरेको हुनाले  वन कार्यालयको न्यायिक अदालतले सोही ऐनको दफा ५० घ उनलाई चार हजार  जरिवाना र ६ महिनाको जेल सजायको फैसला सुनाए । तर  उनी २७ पुसमा आठ हजार पाँच सय रुपैया धरौटी राखेर उम्किसकेका छन् । मुख्य तस्कर को हुन यसको अझ सम्म खुल्न नसकेको कार्यालयले जनायो । त्यस्तै  हातीलेटको जंगल बाट ज १ त १९५६ नम्बरको ट्याक्टरमा १५ क्वीन्टल साखुको दाउरा ल्याउदै गर्दा औरही ३ मंगल महतोलाई औरही बाटै वन गस्ती टोली पक्राउ गरी वन कार्यालयमा बुझाएको छ । महतोले आफनै प्रयोजनका लागि दाउरा ल्याएको वन कार्यालयको अनुसन्धान बाट खुलेको छ ।
त्यस्तै  जंगल फडानी गरी भारत तर्फ तस्करी गरीरहेकै अवस्थामा वेलगाछी ७ का वीरेन्द्र कुमार महतो, कमलेश महतो, विजय कुमार महतोलाई वनले पक्राउ गरियो । उनीहरु सँग ७ सय ८५ क्यूफीट साखुको काठ बरामद गरेको थियो। हाल उनीहरुलाई वनले जनही १ हजार १ सय ७७ रुपैया धरौटी लिई छाडेका छन । त्यस्तै माइस्थान ३ का सूर्यमान थोका, शुभ लाल थिंग लाई  ३ दशमलव ६७ क्यूफीट काठ सहित पक्राउ  गरियो । त्यस्तै सशस्त्र प्रहरी बल सितापुर भंगहाले सिंग्याही ७ का जगदिस यादव, देवनारायण यादव, कान्छा यादवलाई २ टायरगाडामा लोड गरी भारततर्फ तस्करी गरेका साखुका काठ सहित पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई वन लाई बुझायो । पछि वनले छानविन गर्दा दोषी ठहरिएका उनीहरु २३ हजार धरौटी राखि तारेखमा रिहा भएका छन ।
त्यस्तै भारततर्फ चोरी निकाशी गरि लान लागिएको ३१ थान साखु जातको चिरान फर्निचर र टूयाक्टरसहित जिल्ला प्रहरीले पक्राउ गरेका  औरही ३ का २६ वर्षिय टूयाक्टर साहू निरंजन यादव , चालक इन्दल मण्डल र आफुलाई ठेकेदार खुट्टापिपराडी ८ का विकाश यादवलाईसमेतलाई १० दिन म्याद लिई अनुसन्धान शुरु गरेका जिल्ला  वन सहायक अधिकृत वैदेहीशरणलाल कर्णले बताए ।  रात्री गस्तिमा रहेको प्रहरीले लोहरपट्टी ४ स्थित रातु खोलाको बगरबाट शंकास्पद अवस्थामा मध्यरततिर ज १ त ५१७२ नंको टूयाक्टरलाई नियंत्रणमा लिएको थियो । तलासी लिदा साखुका चिरान फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
 वन ऐन २०४९ अन्र्तगत फितलो कानुनकै कारण बन तस्करहरु धमाधम छुटने गरेको वनका कर्मचारीहरु बताउछन । बनका कर्मचारी स्रोतका अनुसार बन तस्करहरु अनुसन्धान गर्ने  अधिकृतहरुले आर्थिक चलखेल गरी कार्यालय समयपछि छाडने गरेको बताए । पक्राउ परेका ९ जना विरुद्ध वन कार्यालयले  मुद्दा चलाई सोही आधारमा आर्थिक चलखेल गरि समान्य अहिले धरौटीमा छाडेका उनीहरु बताउछन । यो त चालु आवको सात महिनामा ९ जना समान्य धरौटीमा छुटने प्रतिनिधीमात्र हो । तीन साल यता  ८४ जना समान्य धरौटीमा बन ले छाडेका थिए । ६३ वटा बनपैदावर चोरी निकासा मुद्दामा १६ वटा अदालतमा र ४७ वटा जिल्ला वन कार्यालयको ईजलासमा विचाराधीन रहेको छ । जसमा १ सय ६४ जना पक्राउ परेका थिए । ८४ जना प्रारम्भिक सुनवाईको क्रमा समान्य तारेखमा रिहा भएका छन भने ८० जना पुर्पक्षका लागि थुनामा रहेको जिल्ला बन कार्यालय महोतरीले जनाएको छ । आर्थिक चलखेल गरी अभियुकहरुलाई बन कार्यालयबाट न्युनतमभन्दा न्युनतम सजाय सुनाउने गरिएको छ ।
जिल्ला बन कार्यालय महोतरीका प्रमुख वन सन्तमाया श्रेष्ठले यसवारे आफुलाई केही थाहा नभएको बताईन । उनका अनुसार अधिकांश मुद्दामा कार्यालय आफै जाहेरी भएको छ र यस सम्बन्धमा थप अनुसन्धान थालिने उनले बताईन ।  वन पैदावर चोरी निकासी मुद्दा अन्तरर्गत पाँच हजार रुपैया विगोसम्म भएको वन पैदावार चोरी निकासी मुद्दा जिल्ला वन कार्यालयको अधिकार क्षेत्र भित्र पर्दछ । पाँच हजार रुपैया भन्दा वढी विगो भएको वन पैदावार चोरी निकासी मुद्दाको निरुपण जिल्ला अदालतले गर्ने गर्छ । यसरी वन जंगल संरक्षण लगायत वन अपराधमा पक्राउ भई दायर भएका मुद्दाको वा अन्तिम किनारा लगाउने काम समेत जिल्ला वन कार्यालयले गर्ने गर्छ ।
वन कार्यालयमा जाने मुद्दामा वन कार्यालयका रेन्ज स्तर सम्मका कर्मचारीहरुले अनुसन्धान गर्ने, प्रमाण जुटाउने काम गर्दछन भने प्रमुख वन अधिकृतले फैसला गर्ने गर्दछन् । कानुन फितलो भएपछि माइस्थान, खयरमारा, पाटु, गौरीवास लक्ष्मीनिया गाविस क्षेत्रमा पर्ने सालको सरकारी जंगल फडानी गर्दै आएका काठ तस्करले अहिलेसम्म सयौं रुख कटान गरिसकेका छन् । सदरमुकाम जलेश्वर देखि ४० र ५० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भइरहेको जंगल फडानीको सूचना सम्बन्धित निकायले पाएको छ । सूत्र भन्छ तर भइरहेको काठ तस्करी र जंगली फडानी नियन्त्रण गरी संलग्न व्यक्ति पक्राउ गर्नु जिल्ला वन कार्यालयले कुनै प्रयास गरेको छैन ।
सो क्षेत्रमा सालको जंगल फडानी गर्ने गराउने माथि वन कार्यालयले कारवाही नगरेपछि काठ तस्करी एवं वन फडानीमा कर्मचारीको मिलोमतो र सँलग्नताको पुष्टि भएको छ ।

२०७१ फाल्गुन १७ गते आईतबार

Tuesday, February 24, 2015

अजब–गजब छ बा ! सुदर्शन सिंह


सहमतिबाट संविधान आओस भनेर चाहेका हौं । नआतिनुस न, विकास, संविधान सबै हुन्छ विस्तारे–विस्तारै !
२०७१ फाल्गुन १० गते आईतबार

धनुषामा सशस्त्र द्वन्द्वको असर


२६ माघ २०७१ का दिन धनुषाको 
नौवाखोर प्रसाहीमा सहिद विष्णु देव महत्तोको 
१४ औं स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै 
नेपाली कांग्रेस धनुषाका पुर्व सभापति
 स्मृतिनारायण चौधरी । महत्तोको २०५७ माघ २६ गते 
माओवादीले हत्या गरेको थियो ।
अजय अनुरागी
जनकपुरधाम............
२६ माघ २०७१ का दिन धनुषाको नौवाखोर परसाहीमा स्थानीय कांग्रेसको कार्य समितिले सहिद विष्णुदेव महत्तोको १४ औं स्मृति दिवस मनाउँदै थिए । जिल्लाबाट पुर्व सभापति तथा पुर्व सांसद समेत रहेका स्मृतिनारायण चौधरी, क्षेत्र नं. ६ का सभापति रामकृष्ण मण्डल, जिल्लाका नेताहरु विजय शंकर साह, खटरु यादव,उमेश साह, जनकपुर नगरका सभापति धिरेन्द्र मोहन झा लगायतका नेताहरु पुगेर महत्तोको बलिदानीको गाथा गाईरहेका थिए । प्रसाही कांग्रेस सभापति रामविलास महत्तोका अनुसार २६ माघ २०५७ मा महत्तोलाई स्थानीय माओवादीका नेताहरुले गोली प्रहार गर्नुका साथै कोदालोले काटेर हत्या गरेका थिए ।
५ फागुन २०७१ मा पुर्व सांसद स्मृति नारायण चौधरी महत्तो मारिएको ठाउँमा महत्तोको शालिक निर्माणका लागि सिलान्यास गर्दै १ वर्ष भित्र सहिद महत्तोको शालिक निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी १ फागुन २०७१ मा धनुषाका माओवादी नेताहरुले जनयूद्ध दिवस मनाउँदै शहिदहरुको सपना साकार नभएको भन्दै अझै पनि लडाई बाँकी नै रहेको बताएका थिए ।
यसरी हेर्ने हो भने २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गतेसम्म देशमा सशस्त्र द्वन्द्व चल्यो । उक्त द्वन्द्वको चपेटमा नेपाली जनता पिल्सिए । स्थानीय शान्ति समिति धनुषाको तथ्याङ्क अनुसार द्वन्द्वका क्रममा धनुषामा मात्रै २ सय २६ जनाले ज्यान गुमाउनु प¥यो । ती मध्ये २ सय १० जना पुरुषहरु र १६ जना महिलाहरु रहेका छन् ।  स्थानीय शान्ति समितिको रेकर्ड अनुसार १ सय २९ जना राज्य पक्षबाट, ७७ जना विद्रोही पक्षबाट, ७ जना अज्ञात समुहबाट र ९ जना नाम नखुलेको समुहबाट मारिएको हो । उक्त द्वन्द्वको चपेटमा परेर एक जना भुतपुर्व प्रहरी सँगै कुल ९ जना प्रहरी मारिएका थिए भने ७ जना माओवादीको जनमुक्ति सेनाहरु मारिएका थिए । उक्त द्वन्द्वमा राज्य पक्ष र तत्कालिन विद्रोही पक्ष मात्र मारिएनन् । राजनीति, कृषि, कर्मचारी, मजदुर, विद्यार्थी, व्यवसायी पेशा रहेका वर्गहरु पनि मारिएका छन् । मारिएकाहरु मध्ये १ सय १५ जना धनुषाका नागरिकहरु राजनीति पेशामा रहेका थिए भने ५१ जना कृषि पेशा, २ जना कर्मचारी, ३ जना मजदुर, ४ जना विद्यार्थी, २ जना व्यवसायी, २ जना शिक्षक, २ जना नोकरीहाराहरु, १ जना पत्रकार र १४ जनाको पेशा खुल्न सकेको छैन ।
 सशस्त्र द्वन्द्व रहेको बेला धनुषामा तत्कालिन अवस्थामा १ सय १ गाविस र एउटा जनकपुर नगरपालिका रहेको थियो । त्यो द्वन्द्वको प्रभाव धनुषाको प्रायः जसो हरेक गाविस र नगरपालिकामा समेत परेको देखिन्छ । सबैभन्दा वढी धनुषाधाममा १९ वटा मानिसहरुको ज्यान गएको छ भने जनकपुर नगरपालिका भित्र मात्र १० जनाले ज्यान गुमाउनु परेको थियो । देउरी परवाहामा २ जना, हंसपुर कठपुल्लामा २ जना, मिथिलेश्वर निकासमा २ जना, तल्लो गोदारमा १ जना, लगमा गाढागुठीमा १ जना, नक्टाझिजमा २ जना, बालाबाखरमा ७ जना, बरमझियामा ८ जना मानिसको ज्यान गएको थियो । त्यसैगरी तारापट्टी सिरसियामा ३ जना, रमदैया भवाडीमा १ जना, धनुषा गोविन्दपुरमा ४ जना, सिंगयाही मडानमा १ जना, भरतपुरमा ५ जना, पटेर्वामा ६ जना, ढल्केवरमा ४ जना, भुतही पटेर्वामा ५ जना, बेंगाडावरमा १ जना, उमाप्रेमपुरमा १ जना, नउवाखोर परसाहीमा ५ जना, बेंगाशिवपुरमा १ जना, यज्ञभुमिमा १ जना, सोनिगामामा ५ जना, पचहर्वामा १ जना, खजुरी चन्हामा ३ जना, मिथिलेश्वर मौवाहीमा ३ जना, सुगा मधुकरहीमा ४ जनाको ज्यान गएको थियो । त्यसैगरी दुहवीमा २ जना, प्रकोमहुवामा १ जना, बहेडाबेलामा १ जना, विसरभोरामा ४ जना, गोपालपुरमा १ जना, रधुनाथपुरमा ५ जना, सखुवा महेन्द्रनगर, बल्हासघारा, खरिहानी, सिनुरजोरा, दिगम्बरपुर, बल्हागोठ, बसहिया, भुचक्रपुर, लक्ष्मीनिवास, धनौजी, लोहना, नगराइन, कुर्था, फुलगामा, सपही, पुष्पवलपुर, धबौली, बल्हाकठाल, अन्दुपट्टी कटरैत, ठिल्ला यदुवा, मखनाहामा क्रमशः १÷१ जनाको ज्यान गएको थियो । त्यसैगरी चौराकोयलपुरमा ६ जना, शान्तिपुरमा ४ जना, ठाढी झिझामा ५ जना, दुवरकोट हथलेटवामा ३ जना, माची झिटकैयामा २ जना, देवपुरा रुपैठामा ३ जना, पौडेश्वरमा २ जना, प्रखे महुवामा २ जनाको ज्यान गएको थियो ।
धनुषामा कुन–कुन प्रहरी मारिए ?
धनुषाको कजरा रमौल इनर्वा द्वन्द्व पीडितपरिवारहरु आत्म निर्भर बन्न २०६९ बैशाखमा 
सिलाईको तालिम लिँदै ।
हंसपुर कठपुल्ला २ का सुरत कुमार सिंह २२ भदौ २०५९ मा सिन्धुलीमा विद्रोही पक्षद्वारा मारिएका थिए । त्यसैगरी जनकपुर नगरपालिका ९ का प्रहरी नरेश पोखरेल २१ मंसिर २०६० मा, मिथिलेश्वर निकास ८ का प्रहरी भोला रजक ७ भदौ २०५७ मा सिन्धुलीमा, ठेगाना खुल्न नसकेको धनुषाका प्रहरी अभिराम ठाकुर १९ चैत्र २०५७ मा रुकुममा, तल्लो गोदार ७ का धनबहादुर गौतम ११ अषाढ २०६२ मा अर्घाखाचीमा, लगमा गाढागुठी ६ का प्रहरी सोनेलाल मण्डल २३ चैत्र २०६२ मा सर्लाहीमा र नक्टाझिज ७ का प्रहरी बीर कुमार महत्तो क्रमशः तत्कालिन विद्रोही पक्ष माओवादीबाट मारिएका थिए । त्यसैगरी ढल्केवर ४ का भुतपुर्व प्रहरी हवलदार शम्भु कुमार झा २२ पुष २०६२ मा विद्रोही पक्षद्वारा मारिएका थिए ।
स्थानीय शान्ति समिति धनुषाको अभिलेख अनुसार धनुषाका एक जना पत्रकार पनि मारिएको बताइएको छ । ढल्केवर ७ का सत्यनारायण भनिने लालबाबु झा १८ जेष्ठ २०६१ मा विद्रोही पक्षबाट मारिएको उल्लेख छ । उनको पेशामा पत्रकार उल्लेख गरिएको भएपनि तत्कालिन नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अशोक रौनियारका अनुसार उनी पत्रकार थिएनन् । द्वन्द्वकालमा धनुषामा कुनै पनि पत्रकारको हत्या नभएको रौनियार बताउँछन् ।
चर्चित राजनीतिकर्मीहरुको हत्या
राजनीतिक रुपमा द्वन्द्वकालमा धनुषामा कांग्रेस र माओवादी बीच बढी आक्रमण भएको देखिन्छ । कांग्रेसका नेताहरुका अनुसार माओवादीले आफ्नो संगठन विस्तार गर्न ग्रामिण क्षेत्रका ठुला नेताहरुलाई टारगेट गरेका थिए ।  तर, नेकपा(माओवादीका केन्द्रिय सदस्य रोशन जनकपुरीका अनुसार बर्ग संघर्ष हुँदा सिधा लडाई हाम्रो कांग्रेससँग यसकारण पर्यो किन भने कांग्रेसका नेताहरु सत्ता बचाउनको लागि प्रहरी प्रशासनसँग मिलेर सुराकीको काम गर्ने गर्थे । सुराकी वापत कांग्रेसका नेताहरुले भत्ता समेत लिने गरेको जनकपुरीको दावी छ ।
जनयूद्ध सुरु हुनु अगावै तत्कालिन माओवादीका शिर्षस्थ नेता मध्येका एक धनुषाको बरमझियाका मास्टर साहेव भनेर चिनिने रामवृक्ष यादवको हत्या माओवादीहरुको लागि ठुलो धक्का थियो । प्रचण्ड, मोहन बैद्य समेतको संगतमा रहेका मास्टर साहेव यादवको जनयूद्धको तयारीकै क्रममा २ भदौ २०५१ मा राज्य पक्षद्वारा हत्या गरिएको थियो । जुन कुरा शान्ति तथा पुर्णमन्त्रालयको द्वन्द्व प्रभावित व्यक्ति( परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उनको हत्या जनयूद्धलाई दवाउन र प्रभावशाली बन्दै गएको नेताको हत्या गरेपछि त्यसैपनि अन्य कार्यकर्ताहरु नलाग्ने आशयले हत्या गरिएको थियो । त्यसपछि उनका छोरा शेखर यादवको १४ पुष २०५८ मा हत्या गरियो । राज्यपक्षले हत्या गरेपछि तत्कालिन विद्रोही पक्षले पनि उनको हत्या गर्न सुराक दिएका कांग्रेसका नेताहरुलाई प्रतिसोध लिन र राजनीतिक कारणले पनि हत्या गरियो । बरमझियामा मात्रै द्वन्द्वकालमा ८ जनाको हत्या हुनुले पनि बरमझिया चर्चित मात्र बनेको छैन माओवादीले बरमझिया गाउँलाई अहिले पनि जनयूद्धको केन्द्र स्थलहरु मध्ये एउटा स्थलको रुपमा लिँदै आएको छ ।
तत्कालिन माओवादी खजुरी चन्हाका गाविस अध्यक्ष समेत रहेका ५० वर्षिय रामकिशोर साहलाई १६ भदौ २०६१ मा माओवादीको विद्रोही पक्षले हत्या गरेको थियो । उनी नेपाली कांग्रेसको टिकटबाट गाविस अध्यक्ष बनेका थिए भने क्षेत्रिय स्तरको कार्यकर्ता समेत रहेका थिए । काग्रेस धनुषाका सचिव कोमलकान्त झाका अनुसार रामकिशोर साहको उक्त गाउँमा बोलबाला थियो, उनी जीउँदो रहुनजेल माओवादीले आफ्नो संगठन विस्तार गर्न सकिरहेको थिएन त्यसैले तत्कालिन विद्रोही माओवादीले उनलाई हत्या गरे । त्यसैगरी बालाबाखरका रामसेवक यादवलाई १६ चैत्र २०५९ मा विद्रोही पक्षले हत्या गरेका थिए । यादव उक्त गाविसका पुर्व गाविस अध्यक्ष थिए । माओवादीका महादेव यादव, श्याम यादव लगायतका नेताहरुको गाउँ रहेका कारण उनीहरु भुमिगत रहेको भएपनि उनीहरुलाई यादवले केही चल्न नदिएपछि उनलाई तत्कालिन विद्रोही पक्ष माओवादीले हत्या गरेको कांग्रेस सचिव कोमलकान्त झाको भनाई छ । त्यसैगरी शान्तिपुरका विन्देश्वर यादव कांग्रेसको गाउँ स्तरको महत्वपुर्ण कार्यकर्ता जो पञ्चायतकालमा गाविस अध्यक्ष समेत थिए, उनको तत्कालिन विद्रोही पक्षले हत्या गरेको थियो । कांग्रेस सचिव झाका अनुसार अहिलेको राष्टूपति डा.रामबरण यादवको क्षेत्र पर्ने करिब २÷३ वटा गाविसहरुमा ठुलो पकड बनाएको अवस्थामा माओवादीले धेरै धम्की दिन थालेपछि गाउँ छाड्न पार्टीले समेत भन्दा उनी तयार नभएपछि माओवादीले उनको हत्या गरेको थियो ।
    त्यसैगरी भुतही पटेर्वाका गाविस अध्यक्ष जगत नारायण साहलाई माओवादीले हत्या गरेको थियो । उनी एमालेबाट गाविस अध्यक्ष चुनिएका थिए । नेकपा एमाले धनुषाका सह संयोजक राजकिशोर यादवका अनुसार भुतही पटेर्वामा माओवादीको सेल्टर थियो । हुन त साहको घरमा माओवादीहरुले सेल्टर पनि लिन्थे, खाना पनि खान्थे तर, जब उनलाई माओवादी बन्न उनीहरुले दवाव दिए, साहले इन्कार गर्यो । हुन त त्यसैपनि त्यो गाउँमा मण्डल र साह समुदाय बीच परम्परागत द्वन्द्व चलिआएको थियो । पालैपालो मण्डल र साह समुदायबाट गाविस अध्यक्ष हुने गथर््यो । त्यसै क्रममा माओवादीले  साहलाई हत्या गरेका थिए ।
     माओवादी द्वन्द्वको प्रभाव सबैभन्दा वढी धनुषाधाम गाविसमा परेको थियो । त्यसको दुईवटा प्रमुख कारण के थियो भने अजब लाल यादव माओवादीको राजनीतिक फ्रन्ट जो खुल्ला रुपमा काम गथर््यो, संयुक्त जनमोर्चाका केन्द्रिय सदस्य थिए । अर्को तर्फ हेमबहादुर मल्ल पञ्चायती व्यवस्थाका प्रभावशाली पञ्चहरु मध्ये एक जो शेरेधनुषाका नामले प्रसिद्ध थिए, उनको गाउँ पनि धनुषाधाम नै थियो । यादव र मल्ल बीचको संघर्ष वर्ग संघर्षको रुपमा परिणत भएपछि माओवादी तर्फबाट हेमबहादुर मल्लका छोरा मनोहर प्रताप मल्लको ३१ साउन २०५९ मा माओवादीले हत्या गरेको थियो । त्यतिबेला हेमबहादुर मल्ल राजेश्वर देवकोटा केन्द्रिय अध्यक्ष रहेको राष्टिूय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष थिए । हेमबहादुरको कान्छो छोरा मनोज मल्ल उक्त गाविसको अध्यक्ष थिए भने कुदरुस राइन उपाध्यक्ष थिए । कुदरुसको ठुलो प्रभाव थियो । माओवादीले कुदरुसलाई अपहरण गरेपछि मनोहर प्रताप मल्ल उनलाई अपहरण मुक्त गराउन सक्रिय भयो । पछि माओवादीले कुदरुसलाई लगेर म मेजर हुँ ढोका खोल भनेर भन्न लगाएपछि ढोका खोल्दा मनोहर प्रताप मल्लको हत्या गरिएको थियो । अर्को तर्फ केही दिन नवित्दै १३ भदौ २०५९ मा राज्य पक्षबाट धनुषाधाम ७ का अजवलाल यादवको हत्या गरिएको थियो । त्यसैगरी अजबलालको परिवारका सदस्य फकीचन्द यादवलाई समेत राज्य पक्षले सोही दिन हत्या गरेको थियो । यसरी हेर्ने हो भने धनुषाधाममा राज्य र विद्रोही पक्षबाट कुल १९ जनाको हत्या भएको देखिन्छ । माओवादीले धनुषाधामको चौकमा अजवलाल यादवको स्मारक पनि निर्माण गरिसकेको छ । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य रामचन्द्र मण्डलका अनुसार द्वन्द्वकालमा मात्रै धनुषामा १ सय ५ जना माओवादीका नेता तथा कार्यकर्ताहरु सहिद भएका छन् भने ११÷१२ जना द्वन्द्व पछि पनि मारिएका छन् । माओवादीका नेताहरु मध्ये मिथिलेश्वर मौवाहीका जनसरकार प्रमुख चन्देश्वर मण्डललाई १ भदौ २०६२ मा, हनुमान भनिने देवनारायण प्रतिहस्त जो जिल्ला कमिटि सदस्यका साथै मधेसी राष्टिूय मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत थिए, उनको ९ कार्तिक २०६० मा राज्य पक्षद्वारा हत्या गरिएको थियो । त्यसैगरी मनोज दत्त, गणेश जर्घा मगर, रोहित यादव, ठाकुर प्रसाद काफ्ले आदि लगायतका शिर्षस्थ नेताहरु राज्यपक्षद्वारा मारिएका थिए ।
त्यसैगरी २६ माघ २०६२ मा हुने भनिएको नगरपालिकाको निर्वाचनमा जनकपुर नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाल सदभावना पार्टी धनुषाका अध्यक्ष विजयलाल दासलाई नेकपा माओवादी समुहले ९ माघ २०६२ मा गोली हानी हत्या गरेका थिए ।
राहत मात्र वितरण
सशस्त्र द्वन्द्वकालमा धनुषामा मारिएका १ सय ८० जना घर परिवारहरुले कुल ३÷३ लाख रुपैयाँका दरले जिल्ला प्रशासन कार्यालय धनुषाबाट हालसम्म राहत लिएका छन् । त्यसैगरी ९ जना मृतकका परिवार जनले १ लाख रुपैयाँ मात्र राहत लिएको भएपनि २ लाख रुपैयाँ पाउन छुटेका छन् । जसमध्ये तल्लो गोदारका धन बहादुर गौतम, लक्ष्मीनिवास ९ का नैन बहादुर तामाङ, लगमा गाढागुढी ६ का सोनेलाल मण्डल, बहेडाबेलाका भोला यादव, मिथिलेश्वर निकास ८ का भोला रजक, बेंगाडावर ३ का गणेश बहादुर जर्घामगर, बरमझिया ६ का शेखर यादव, विन्ही ९ का अभिराम ठाकुर र दुहवी ८ का श्याम किशोर कापड साह रहेका छन् ।    
    माओवादी जनयूद्ध कालमा राज्य पक्षबाट ८ जनालाई बेपत्ता पारिएको थियो । जसमध्ये ५ जना यूवाहरुको शव उत्खन्न गरी दाह संस्कार समेत गरिसकिएको छ भने जनकपुर १० का मनोज कुमार दत्त, नगराईन १ का रामचन्द्र लाल कर्ण र वेंगाडावरका अमर विकको अवस्था अझैसम्म अज्ञात रहेको छ । स्थानीय विकास समिति धनुषाका अनुसार माओवादी जनयूद्ध कालमा मारिएका मृतकका पत्नीले पाउनु पर्ने विधवा भत्ता स्वरुप १ सय १७ जना महिलाहरुले एक मुष्ठ २५ हजार रुपैयाँ पाईसकेका छन् भने आन्तरिक रुपमा विस्थापित भएका १ सय २६ जनाहरुले परिवारको सदस्य संख्या अनुसार न्यूनतम १५ सय रुपैयाँ देखि अधिकत्म १ लाख ३१ हजार ५ सय रुपैयाँ सम्म जिल्ला प्रशासन कार्यालय धनुषाबाट राहत पाईसकेका छन् । त्यसैगरी स्थानीय शान्ति समितिले व्यक्तिगत सम्पति क्षतिपुर्ती सम्बन्धि निवेदन अनुसार धनुषामा कुल १ सय ४८ जना पीडितहरुको नाम राहतको लागि सिफारिस गरेको छ । जसमध्ये द्वन्द्वकालमा व्यक्तिगत सम्पति क्षति भएका, नजरबन्दमा परेका र अंगभंग तथा अपाङ भएका कुनै पनि पीडितले राहत तथा क्षतिपुर्ती पाएका छैनन् । तत्कालिन अवस्थामा राज्य पक्षद्वारा नजरबन्दमा पारिएका मानसिंह पट्टी ३ का महेश महरा, बरमझिया ७ का शोभित यादव, बरमझिया ८ का राधाकृष्ण यादव, बरमझिया ९ का जिवछ यादव, सबैला ४ का तेजनारायण यादव, भुतही पटेर्वा ९ का विहारी राय अमात्य, नउवाखोर परसाहीका विन्देश्वर दास तत्मा, सबैला २ का शिवजी गडेरी आदि नजरबन्द र घाइतेको रुपमा सिफारिस गरिएको छ । ती घाइतेकै रुपमा खरिहानी ६ का बुद्धिया देवीले आँखा नै गुमाउनु परेको उल्लेख गरिएको छ ।
    स्थानीय शान्ति समिति धनुषाका नायव सुब्बा विनोद रविदासका अनुसार द्वन्द्व पीडितहरु मध्ये कतिपय पीडितहरु न्याय नै पाउनु पर्छ भनेर भनिरहेका छन् भने कतिपय अव जे भयो, भयो अब विर्सौं भन्ने मानसिक्तामा पनि छन् ।
        कतिपय आँखाको सामुने भएका घटनाहरुमा पीडितहरु कुनै पनि हालतमा माफी दिन तयार छैनन भने कतिपय अवस्थामा अहिलेसम्म पीडकको पहिचान हुन नसकेका कारण पीडकको पहिचान गरी कानुनी दायरा अन्तरगत त्यसलाई कारवाही गर्नूपर्छ भन्ने पक्षमा पनि छन् । द्वन्द्वकालमा विस्थापित भएकाहरु घरमा फर्की सकेर समाजमा घुलमिल पनि भईसकेका छन् तर, यदि राजनीति सुरु हुँदा त्यहाँ फेरी पनि प्रतिसोधको भावना जाग्ने गरेको रविदास बताउँछन् । अब धेरै लामो समय पछि देशमा सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानविन गठित भईसकेपछि त्यसले टुङ्गो लगाउनेमा    पीडितहरु आशावादी छन् ।

२०७१ फाल्गुन १० गते आईतबार

Wednesday, February 18, 2015

गुठी संस्थान र झुला घरमा रहेको विद्यालय बीच टकराव

राजर्षी जनक बाल राप्रावि झुला घर जनकपुरको 
 कक्षा ३ मा २५ जना विद्यार्थीहरु नामांकन गराएको 
अभिलेख रहेपनि द एक्सक्लुसिभ पुग्दा ४ छात्राहरु 
र १ छात्र गरी ५ जना विद्यार्थीहरुलाई पढाउँदै शिक्षक ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

गुठी संस्थान शाखा कार्यालय जनकपुर र राजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय जनकपुर बीच अहिले टकराव उत्पन्न भएको छ । गुठी संस्थानको मातहतमा रहेको जग्गामा निर्मित उक्त विद्यालयलाई खाली गर्न गुठी संस्थानले विद्यालयको नाउँमा पत्राचार गरेको छ भने अर्को तर्फ विद्यालय भवन खाली नगर्ने विद्यालयले अडान लिएपछि ती दुवै संस्था बीच अहिले टकरावको स्थिति पैदा भएको हो ।
११ माघमा गुठी संस्थानले औपचारिक रुपमै झुला घर खाली गर्न भनेर विद्यालयलाई पत्राचार गरिसकेको छ । राम मन्दिरको बार्षिक रुपमा सम्पन्न गर्नुपर्ने विभिन्न धार्मिक कृत्यहरु मध्ये भगवानको झुला कार्य समेत त्यही झुला घरबाट सम्पन्न गर्नुपर्ने तर, उक्त झुला घरमा श्रीराजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय संचालन भएकोले र धार्मिक कार्यमा व्यवधान रहेको भन्ने राम मन्दिरका महन्थ तथा अन्य भक्तजनले समेत पटक पटक गुनासो गरेको हुँदा उक्त विद्यालयलाई अन्यत्र सारी धार्मिक कृत्य हुने झुला घर खाली गरिदिन भन्ने व्यहोराका साथ विद्यालयलाई पत्राचार गरिएको छ । गुठी संस्थानका कार्यालय प्रमुख राजबाबु पाण्डेद्वारा हस्ताक्षरित उक्त पत्रको व्यहोरा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा कार्यालय धनुषा र गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौलाई समेत बोदार्थ गरिएको छ ।
गुठीका प्रमुख राजबाबु पाण्डेले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै उक्त विद्यालयमा २५(३० जना विद्यार्थी र १८ जना शिक्षक कार्यरत रहेको हुनाले त्यहाँ पढाई लेखाई पनि नहुने र झुला कार्य समेत प्रभावित हुने गरेकोले जन गुनासो आएपछि विद्यालय अन्यत्र सार्न पत्राचार गरेको  यति दिन वितिसक्दा पनि खाली भएको छैन, कानुनी सल्लाह अनुसार हामी अन्य विकल्पको बाटोमा अघि वढ्ने जानकारी दिएका छन् ।
यता उक्त विद्यालयका प्रधानअध्यापक योगनारायण झाले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै कुनै पनि हालतमा अहिले विद्यालय खाली नगर्ने बताएका छन् । गरिबका विद्यार्थीहरु यहाँ पढिरहेका छन् र आफुले विभिन्न सहयोग मार्फत यस विद्यालयको भवन निर्माण गरेको हुनाले विद्यालय नसार्ने र कानुनी सल्लाह समेत लिई रहेको बताएका छन् । ७ माघ २०५५ सालमा विद्यालयले भवन मर्मत सम्हारका लागि गुठी संस्थानबाट अनुमति लिएका थिए । झुला घर निर्माण एवम मर्मत सम्हार गर्दा पुरातात्विक महत्वको विषय र बनोटलाई यथावत राखि प्रतिकुल असर नपर्ने गरी विद्यालयको नाउँमा मर्मत सम्हार गर्नको लागि गुठीले विद्यालयलाई अनुमति दिएको थियो । २०२९ साल देखि उक्त विद्यालय त्यहाँ संचालित रहेको अवस्थामा २०५५ सालमा अमेरिकाका नागरिक विल सेन सोनपिस कार्प भोलेन्टियर नामक संस्थाले ७ लाख ३८ हजार रुपैयाँ भवन निर्माणमा सहयोग गरेको थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालय धनुषाले रु. ५० हजार, तत्कालिन सांसद कृष्ण प्रताम मल्लले रु. २५ हजार, सर्लाही धनकौल २ का सियाराम रायले रु. १५ हजार, जिल्ला विकास समिति धनुषाले रु. १४ हजार, जनकपुर ११ का लक्ष्मण साह सोनारले रु. १३ हजार, महोत्तरी एकडरा ४ का राजनारायण पाठकले रु. ११ हजार १ सय ११ लगायत २३ जनाले आर्थिक सहयोग प्रदान गरेको थियो । १६ धुर जग्गामा ८ कोठा सहित निर्मित भवनमा ११ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रअ झा बताउँछन् । २० माघ २०५६ मा अमेरिकी राजदुत राफ फ्रेन्कले उक्त विद्यालय भवनको उदघाटन गरेका थिए ।
विद्यालयको वर्तमान अवस्था
२०४५ साल देखि उक्त विद्यालयका प्रअ. रहेका योग्यनारायण झा लगायत ७ जना शिक्षकहरु दरबन्दीमा ४ जना शिक्षकहरु राहतमा, १ जना शिक्षक पिसिएफ र १ जना शिक्षक बालविकासका रहेका छन् । अन्जु तिवारी, रामकरण दास, रेणु देवी पाठक, दिनवन्धु झा, केवल कुमार राय, अनिता ठाकुर दरबन्दीका शिक्षक छन् भने नवनिता मण्डल, अन्त कुमार झा, कल्पना देवी झा, श्रवण माझी राहत कोटामा कार्यरत छन् । बमबम पाठक पिसिएफ कोटामा शिक्षक छन् भने सविता सिंह बालविकास कोटाबाट शिक्षिका छन् । पाँच कक्षासम्म पढाई हुने उक्त विद्यालयमा १३ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । र एक जना शिक्षिका शिला कुमारी यादव मावि महुलियाबाट काजमा खटेकी छिन । कुल १५ जना शिक्षकहरुको मासिक तलब २ लाख ८२ हजार ५ सय २० रुपैयाँ खर्च हुने गरेको छ । विगत ४ वर्ष देखि उक्त विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
कक्षा १ मा २७ जना, कक्षा २ मा ३२ जना, कक्षा ३ मा, २५ जना, कक्षा ४ मा ३० जना, र कक्षा ५ मा २८ जना र बाल विकास कक्षामा २६ जना गरी कुल १ सय ४२ जना विद्यार्थीहरु भर्ना भएको हाजिरी पुस्तिकामा अभिलेख पाइयो ।  त्यसैगरी कक्षा १ मा १५ जना, कक्षा २ मा ७ जना, कक्षा ३ मा १२ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा १२ जना दलित विद्यार्थीहरु गरी कुल ५६ जना दलित विद्यार्थीहरुलाई ४ सयका दरले कुल २२ हजार ४ सय रुपैयाँ दलित छात्रवृति रकम प्रदान गरिएको छ । त्यसैगरी कक्षा १ मा ५ जना, कक्षा २ मा १५ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा ७ जना गरी कुल ४३ जना छात्राहरुलाई ४ सय रुपैयाँका दरले १७ हजार २ सय रुपैयाँ छात्रालाई छात्रवृति प्रदान गरिन्छ । द एक्सक्लुसिभले उक्त विद्यालयमा स्थलगत रिपोर्टिङ गर्न जाँदा प्रअ झाले छात्रवृति रकम प्रदान गर्न चाँजोपाँजो मिलाई रहेको पाइयो । त्यसैगरी विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्युन पाइयो । पुरुष शिक्षकको तुलनामा महिला शिक्षिकाहरुको संख्या अत्यधिक पाइयो ।
अब विद्यालयले भवन खाली नगर्ने अडान राखिरहेको बेला गुठी संस्थानले कस्तो पाइला चाल्ने हो र विद्यालयले कस्तो रणनीति अख्तियार गर्ने हो त्यो हेर्न भने बाँकी छ ।  श्रावण महिनामा दुतिया देखि पुर्णिमा सम्म १३ दिन त्यहाँ राम मन्दिरबाट र जानकी मन्दिरबाट भगवानको मुर्ति निकाली झुला झुलाइने गरिन्छ । उक्त झुला हेर्न दिनहुँ हजारौंको संख्यामा भक्तजनहरु त्यहाँ पुग्ने गर्छन । उक्त झुला यस क्षेत्रको प्रसिद्ध सांस्कृतिक पर्व मध्ये एक मानिन्छ ।

२०७१ फाल्गुन ०३ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह


खुब फुर्ती लगाउथ्यो बज्या, आब हाम्रो पनि ताल पर्या छ, हाम्रा पनि साहुले कामै नगराईकन महिनौ महिनासम्म लुकाएर आराम दे को छ !


२०७१ फाल्गुन ०३ गते आईतबार

धनुषाको राजनीतिमा यादव समुदायको आधिपत्य

नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा सुरक्षा दिँदै नेपाल प्रहरीका जवान ।
 माघ ५ गते देखि सत्ता साझेदार दलहरुको 
पार्टी कार्यालयमा सुरक्षाकर्मीले 
२४ सै घण्टा सुरक्षा प्रदान गरिरहेका छन् ।
अजय अनुरागी
जनकपुरधाम............

धनुषामा राजनीति गर्ने प्रायः जसो दलहरुको नेतृत्व यादव समुदायले गरेको पाइन्छ । जनकपुर सहर भित्र साह समुदायको वाहुल्य रहेको भएपनि जिल्ला स्तरिय राजनीतिको नेतृत्व यादव समुदायकै नेताहरुले गरेको पाइन्छ । नेपाली कांग्रेसको नेतृत्व रामसरोज यादव, एमालेको नेतृत्व योगनारायण यादव, एमाओवादीको नेतृत्व झल्खु यादव, फोरम नेपालको नेतृत्व शेषनारायण यादव, फोरम लोकतान्त्रिकको नेतृत्व उमाशंकर अरगरिया यादव, फोरम गणतान्त्रिकको नेतृत्व प्रमोद यादव, संघीय समाजवादी पार्टीको नेतृत्व रामरत्न यादव, नेकपा(माओवादीको नेतृत्व श्याम यादव, मातृका समुहको माओवादीको नेतृत्व गुलाब यादव, राप्रपाको नेतृत्व रामचन्द्र यादवले गरेका छन् । यसरी हेर्ने हो भने धनुषाको ९ वटा राजनीतिक दलहरुको अगुवाई यादव समुदायले नै गरेको तथ्य देखिन्छ । त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा परमेश्वर साह, सदभावनामा संजय सिंह, संघीय सदभावनामा रमन सिंह, राष्टिूय मधेस समाजवादी पार्टीमा देव कृष्ण मण्डल, तराई मधेस सदभावना पार्टीमा रुपनारायण मण्डल, नेकपा मालेमा संतोष साह, माले समाजवादीमा कौशलेन्द्र झा, दलित जनजाति पार्टीमा रामेश्वर महरा, परिवार दलमा अब्दुल कैयुम साह, नेकपा संयुक्तमा श्रीलाल महासेठ, राप्रपा नेपालमा रितेश सिंह र नेपाल मजदुर किसान पार्टीमा राजेश्वर साहले नेतृत्व गरेको देखिन्छ । यसरी हेर्ने हो भने राजपुत समुदायबाट तीन वटा पार्टी, मण्डल समुदायबाट २ वटा पार्टी, साह समुदायबाट ४ वटा पार्टीले नेतृत्व गरेको पाइन्छ । मुस्लिम, दलित र ब्राह्मण समुदायबाट एउटा एउटा पार्टीको नेतृत्व गरेको पाइन्छ ।
कुन दल कति समावेशी ?
२०६२÷०६३ को मधेस जनविद्रोहले समावेशी, समानुपातिक र संघीयताको मुद्दालाई प्रमुखतः अगाडी सारेर यो मुलुकको राजनीतिलाई अग्रगमन तर्फ डो¥याउन बाध्य मात्र गरेन, अन्तरिम संविधानमै ती कुराहरुलाई समावेश गराई सदियौं देखि पिछडिएका समुदायहरुलाई पहुँच र अवसर दिलाउनेमा जनता सुनिश्चित भएका थिए । त्यसै सेरोफेरोमा रहेर मधेसका राजनीतिक दलहरुको सांगठनिक अवस्था, समावेशी स्वरुप, आम्दानीको स्रोत, खर्चको विवरण, कार्यसंचालन पद्धति लगायतको विषयमा द एक्सक्लुसिभ साप्ताहिकले गरेको अनुसन्धानबाट अहिले पनि पार्टी कार्यालयहरु व्यवस्थित ढंगले संचालन भएको पाइएन ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस धनुषाको सबैभन्दा पुरानो पार्टी रहेको छ । रामसरोज यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । उपसभापति विजय कुमार साह, सचिवमा कोमल कान्त झा र  संतोष यादव, सह सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा हरिनारायण साह रहेका छन् । ५० जना सदस्यहरुमा २४ जना सदस्यहरु यादव समुदायबाटै प्रतिनिधित्व गरेका छन् । ९ जना साह समुदायबाट प्रतिनिधित्व गरेका छन् भने मुस्लिम समुदायबाट १ जना मात्र मोहोम्द साहजाद लहेरीले प्रतिनिधित्व गरेको पाइन्छ । दलित तर्फ रामदेव महरा गरी १ जना मात्र दलित समुदायबाट प्रतिनिधित्व गराइएको छ । महिला तर्फ निलम साह, सुनिता सिंह, उर्मिला यादव, अनिता श्रीवास्तव, प्रर्मिला यादव, द्रोपति देवी यादव, दिलकुमारी सिवाली गरी ७ जनाको प्रतिनिधित्व भएको देखिन्छ । त्यसैगरी छेदी राउत, मदनदिप लामा, लक्ष्मीनारायण मण्डल, राजकुमार मण्डल गरी ४ जना जनजाति र ब्राह्मण तर्फ प्रेम चन्द्र झा, अर्जुन चौधरी, कोमलकान्त झा, गणेश झा र भोगेन्द्र मिश्र गरी ५ जना रहेका छन् । पार्टीको जिल्ला कमिटीमा प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिला सहित ५ जना सदस्य र सभापतिले मनोनित गर्ने प्रत्येक निर्वाचन क्षेत्रबाट वढीमा दुई जना गरी १४ जना सदस्यहरु मनोनित हुने गर्छन जसमध्ये दलित, जनजाति, मधेसी, पिछडावर्गबाट समावेश गरिनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा दुई जना महिला, १ जना दलित, १ जना जनजाति , १ जना मुस्लिम गरी ११ जना गरी ७ वटै निर्वाचन क्षेत्रबाट कुल ७७ जना चुनिएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय शहिद स्मृति भवनमा संचालित छन् । गुठी संस्थानबाट मनखपमा भोगचलन गर्ने गरी ६ कठ्ठा १० धुर जग्गामा ४ वटा रुम, शौचालय, कम्पाउण्ड वाल बनाएका छन् ।
विगतमा विभिन्न ठाउँमा भाडाको कोठामा संचालित रहेको उक्त कार्यालय अहिले आफ्नै भवनमा संचालनमा रहेको छ । विगतको संविधानसभामा चुनिएका सभाषदहरु रामसरोज यादव, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, मिनाक्षी झा, सरस्वती चौधरी, कृष्णा ठाकुर लगायतले संसदीय विकास कोषका लागि आएको बजेटबाट भवन निर्माणमा कुल १९ लाख सहयोग गरेका थिए । दोस्रो संविधानसभामा समेत सभाषद बनेका मिनाक्षी झाले ५ लाख र महेन्द्र यादवले १ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गरेको हो । यसरी हेर्ने हो भने पार्टी कार्यालयको भवन निर्माण सम्ममा कुल ४० लाख ६० हजार ४ सय ३ रुपैयाँ जति खर्च भएपनि अन्य सामग्रीहरु चन्दा सहयोगबाट उपलब्ध भएको भवन निर्माण समितिका संयोजक राजकुमार साहको भनाई छ । पार्टी कार्यालयको सम्पतिमा दुई वटा कम्प्युटर, टेलिफोन, फ्याक्स, इन्र्भटर, दराज आदि रहेका छन् ।
पार्टीको आम्दानीको स्रोत
नेपाली कांग्रेसका सचिव कोमलकान्त झाका अनुसार धनुषामा धेरै लामो समय देखि १० हजार २ सय ७१ जना क्रियाशिल सदस्य रहेका छन् । अहिले हुने महाधिवेशनलाई केन्द्रित गरेर ५० प्रतिशत थप हुने सम्भावना रहेको उनी बताउँछन् । पार्टीको आय स्रोत भनेको क्रियाशिल सदस्यहरुबाट नविकरण शुल्क वापत रु. १ सय लिने गरिएको छ । जसमध्ये २० प्रतिशत गाउँ इकाई कमिटिले, ४० प्रतिशत जिल्ला कमिटिले, २० प्रतिशत क्षेत्रिय कमिटिले र २० प्रतिशत केन्द्रिय कमिटिले लिने गरेको छ । यसका अतिरिक्त पछिल्लो संविधानसभाको चुनावबाट चुनिएका सभासदहरुले ३ हजार रुपैयाँ मासिक दिने गरेको भएपनि दोस्रो संविधानसभाबाट कुनै सभाषदले दिएको छैन । आय अन्तरगत विभिन्न सुभेक्षुकहरुबाट चन्दा समेत रहेको सचिव झाको भनाई छ । पार्टी कार्यालय संचालन गर्नका लागि एक जना कार्यालय सचिवको रुपमा मिथिला प्रसाद ठाकुरलाई मासिक ३ हजार रुपैयाँ र कार्यालय सहयोग मनोज मेस्तरलाई रु. २ हजार मासिक दिने गरिएको छ । यसका अतिरिक्त टेलिफोन, विजुली बिल लगायत गरी कुल १५ हजार रुपैयाँ जति मासिक खर्च हुने गरेको छ ।
नेकपा एमाले
नेकपा एमाले धनुषाको पार्टी कार्यालय आफ्नै नीजि भवन मिथिला भवनमा संचालित रहेको पाइन्छ । २०५४ सालमा मन्त्रीपरिषदको निर्णयबाट  गुठी संस्थानको ६ कठ्ठा जग्गा एमालेको पार्टी कार्यालयको नाउँमा पास भएको थियो । एमाले नेता रत्नेश्वर गोइतका अनुसार उक्त जग्गाका लागि ४ लाख ४० हजार रुपैयाँ गुठी संस्थानलाई दिइएको थियो । त्यसैगरी २०५९ सालमा ५ कोठा सहित एकतल्ले भवन करिब ९ लाखमा निर्माण भई उद्घाटन भएको थियो ।
योगनारायण यादव संयोजक रहेको एमालेको जिल्ला कमिटि अहिले १ सय १ सदस्यीय भएको छ । सह संयोजकमा राजकिशोर यादव र हरिनारायण महत्तो रहेपनि अन्य पदाधिकारीहरु रिक्त रहेका छन् । मुल निर्णय गर्नका लागि बनाइएको सचिवालयमा माथिका ३ जना पदाधिकारीसँगै जिवछ महत्तो, लक्ष्मीनारायण यादव, पल्टु पण्डित, राजकिशोर चौधरी, सिताशरण यादव, रामचन्द्र मण्डल र हरिशचन्द्र कामत गरी ९ सदस्यीय रहेका छन् । यसका अतिरिक्त पार्टीको सम्पतिको रुपमा यदुकोहा, कचुरी र औरहीमा समेत पार्टीको नाउँमा जग्गा रहेको छ । एउटा कम्प्युटर, टेलिफोन, कुर्सी टेबुल दराज आदि सम्पतिको रुपमा रहेको छ । एक वर्षमा ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको तथा कुनै विशेष कार्यक्रम वा सभा सम्मेलन गर्नुपरे बढ्ने गरेको सचिवालय सदस्य लक्ष्मीनारायण यादवको भनाई छ । एमाले धनुषामा संगठित सदस्य २ हजार ६ सय रहेका छन् । लामो समय देखि संगठित सदस्यता वितरण हुन सकेको छैन । प्रत्येक सदस्यबाट १५ रुपैयाँ प्रति महिना सदस्यता शुल्क बापत लिने गरिएको छ । जसमध्ये २० प्रतिशत क्षेत्रले, २० प्रतिशत अञ्चल कमिटिले, २० प्रतिशत केन्द्रिय कमिटिले लिने गरेको हुनाले ४० प्रतिशत रकम मात्र जिल्ला कार्यसमितिमा आउने गरेको यादव बताउँछन् । पहिलो संविधान सभाको चुनावबाट सभाषद बनेका रामचन्द्र झा, रघुविर महासेठ, शत्रुधन महत्तोबाट रु. २ हजार र समानुपातिक तर्फका सभाषदहरु जुली महत्तो, उर्मिला साह र शारदा झाबाट रु. ३ हजार मासिक लेबी जिल्ला कमिटिले लिने गरेको थियो । तर, दोस्रो चुनावमा सभाषदहरु अहिले दिईरहेका छैनन् । सचिवालय सदस्य लक्ष्मीनारायण यादवका अनुसार पार्टीमा हरेक तहमा दलितलाई समावेशी गर्दै महिलालाई अनिवार्य रुपमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरी पार्टीलाई पुर्णतः समावेशी बनाइएको छ । पार्टी कार्यालय प्रत्येक दिन खुल्ने गर्छ र कार्यालय संचालन कार्यालय सचिवको रुपमा समेत सह संयोजक राजकिशोर यादवले नै गर्ने गरेको छ । उक्त कार्य बापत उनले कुनै ज्याला लिदैनन् । यसका अतिरिक्त आवश्यक खर्च जुटाउन उक्त पार्टी पनि चन्दामै भर पर्नुपर्छ । यहि आउँदो २३ देखि २५ फागुनमा एमाले धनुषाको जिल्ला अधिवेशनको लागि मिति तोकिएको छ ।
एकिकृत नेकपा माओवादी
एकिकृत नेकपा माओवादी धनुषामा पनि तेस्रो ठुलो दलको रुपमा स्थापित भएको देखिन्छ । रामचन्द्र मण्डल केन्द्रिय सदस्यमा चयन भएपछि दोहोरो भुमिकामा रहन नपाउने व्यवस्थाका कारण उनी धनुषाको अध्यक्ष पदबाट राजीनामा दिनु परेको हो । उक्त पार्टीको बागडोर अहिले झल्खु यादवको नेतृत्वमा रहेको छ । उनी कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरिरहेका छन् । त्यसैगरी सचिवमा गोपाल मुखिया र सह सचिवमा रोशन यादव रहेपनि कोषाध्यक्ष तारा महत्तो अहिले कारवाहीमा परेका छन् । ५१ सदस्यीय जिल्ला कार्य समिति रहेको एमाओवादीमा ४ हजार जतिको संख्यामा क्रियाशिल सदस्य रहेको बताईन्छ । दोस्रो संविधानसभाको निर्वाचन अघि भएको सदस्यता नविकरणमा त्यति संख्या रहेको यादव बताउँछन् । पार्टी भित्र दलित, महिला, मुस्लिम लगायत अन्य पिछडा वर्गहरुलाई समेत समावेश गरी पार्टीलाई समावेशी वनाइएको कार्यवाहक अध्यक्ष यादवको दावी छ । कांग्रेस र एमालेले धनुषामा आफ्नै जग्गामा भवन बनाइसकेको जस्तै एमाओवादी पनि धनुषामा गुठी संस्थानबाट जनकपुरको स्वर्गद्वारी पछाडी ३ कठ्ठा जग्गा ३ लाख रुपैयाँमा लिजमा लिएको यादव बताउँछन् । उक्त जग्गामा भवन निर्माणको लागि केन्द्रिय सदस्य रामचन्द्र मण्डलको अध्यक्षतामा भवन निर्माण समिति समेत बनाइएको छ । एमाओवादीका केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भवन निर्माणका लागि शिलान्यास समेत गरिसकेका छन् । पार्टी कार्यालय  अहिले भाडाकै घरमा संचालन भईरहेको छ । यादवका अनुसार महिनामा १० हजार रुपैयाँ जति पार्टी कार्यालय संचालनमा खर्च हुने गरेको छ । क्रियाशिल सदस्यता शुल्क बापत १५ रुपैयाँ प्रति महिना लिइन्छ । त्यो नै पार्टीको लागि आय स्रोत रहेको र अन्य आवश्यक रकमहरु सुभेक्छुकहरुबाट सहयोगबाट पुरा हुने गरेको उनी बताउँछन् ।
तमलोपा
२०६३ को दोस्रो मधेस आन्दोलन हुनु अघि तराई मधेस लोकतान्त्रिक पार्टीको गठन भएको थियो । मधेसी जनअधिकार फोरम नेपाल, सदभावना पार्टी र तमलोपा सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको दोस्रो मधेस आन्दोलन पछि २०६४ साल फागुन १६ गते राज्यले गरेको ८ बुँदे सम्झौता पश्चात भएको सविधान सभा निर्वाचनमा तमलोपा चौथो ठुलो शक्तिको रुपमा उदय भएको थियो । तमलोपा धनुषामा अहिले परमेश्वर साहको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा कृष्ण कुमार मरवैता, सचिवमा धिरेन्द्र बहादुर सिंह, सह सचिवमा रेणु झा र कोषाध्यक्षमा रामविनोद चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रिता झा, इन्द्रनारायण मण्डल, संजय कुमार साह, जयनाथ नायक, राजकुमार मण्डल, महेन्द्र यादव, बज्रकिशोर सिंह, धिरेन्द्र मिश्रा, रामजी राय, उमेश कुमार मण्डल, विभाष कुमार लाभ, पुनम झा, चन्द्रनारायण मण्डल, दिलिप कुमार मिश्र, अवधेष ठाकुर, सुधा झा, वसन्त ठाकुर, जयकृष्ण मिश्रा, मकेश्वर यादव, चन्द्रमोहन यादव, रामेश्वर पुर्वे, रविशंकर कुमार कर्ण, रामपदारथ गुप्ता, विकाउ प्रसाद साह र हुकुम सिंह दनुवार रहेका छन् । केन्द्रिय कार्य समिति देखिनै उच्च जात भनिने कथित फोरवार्ड जातिहरुको पार्टी तमलोपा रहेको आरोप लाग्ने गरेको छ । धनुषाको कार्य समितिमा अन्य पार्टीहरु झै यादव समुदायको बाहुल्य देखिँदैन । ३१ सदस्यीय कार्य समिति रहेको उक्त पार्टीमा ५ जना मात्र यादव समुदायबाट प्रतिनिधित्व गर्छन भने ४ जना महिला त्यो पनि ब्राह्मण समुदायबाट मात्र प्रतिनिधित्व गरेको पाइन्छ । साह समुदायबाट ४ जना, राजपुतबाट २ जना, क्यास्थबाट २ जना प्रतिनिधित्व गरेका छन् । भुमिहार, मण्डल, दनुवार लगायतको समुदायबाट प्रतिनिधित्व रहेपनि मुस्लिम र दलित समुदायबाट उक्त पार्टीमा प्रतिनिधित्व रहेको देखिँदैन ।
तमलोपा धनुषाका सचिव धिरेन्द्र बहादुर सिंहका अनुसार उक्त पार्टीमा ५ हजार ७ सय जना क्रियाशिल सदस्य रहेका छन् । प्रत्येक सदस्यहरुलाई सदस्यता नविकरण गर्नका लागि १ सय रुपैयाँ प्रतिवर्ष लाग्ने गर्छ । यसका अतिरिक्त जिल्ला कार्य समिति सदस्यहरुबाट १ सय रुपैयाँ, केन्द्रिय सदस्यहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म, सभाषदहरुबाट ३ हजार रुपैयाँ र जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्यसम्पादन समितिबाट रु.२(२ हजार रुपैयाँ प्रति महिना जिल्लाले आर्थिक सहयोग लिने गरेको छ । यसका अतिरिक्त साधारण सदस्यता शुल्क बापत रु. १० लिने गरेको छ ।
सचिव सिंहका अनुसार पहिले पिडरिया माई स्थान निर रहेको पार्टी कार्यालयको भाडा १५ हजार रुपैयाँ प्रति महिना लाग्ने गथर््यो जुन रकम तत्कालिन सभाषद कविन्द्र नाथ ठाकुरले तिर्ने गर्थे । पछि आएर डा.विजय सिंहले तिर्ने गरेको भाडा अहिले नयाँ कार्यालयमा समेत ७ हजार ५ सय रुपैयाँ प्रति महिना सभाषद डा.विजय सिंहले नै तिर्ने गरेका छन् । उनका अनुसार पार्टी कार्यालय संचालन गर्न १ वर्षमा ७ देखि ८ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ ।
सदभावना
धनुषामा क्षेत्र नं. ४ बाट संजय कुमार साह निर्वाचित भएपछि सदभावना पार्टीले एउटा ठुलो हैसियत पाएको देखिन्छ । तर, साह अहिले जेलमा रहेको कारण पार्टीको क्रियाशिलतामा कमि आएपनि विपक्षमा रहेका ३० दलिय गठबन्धनको विभिन्न विरोध तथा संघर्षका कार्यक्रमहरुको धनुषामा सदभावनाले नै संयोजकको भुमिका पाएपछि, सदभावना अहिले वढी क्रियाशिल रहेको देखिन्छ । संजय सिंहको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा जगदीश महासेठ, उपाध्यक्षमा डा.रामचन्द्र चौधरी, सचिवमा लट्टु भनिने नरेश यादव, सह सचिवमा अभिनन्दन ठाकुर र बविता पुर्वे, प्रचार सचिवमा जगदीश महरा र कोषाध्यक्षमा रामचन्द्र साह रहेका छन् । तुलनात्मक रुपले उक्त पार्टी अलि समावेशी देखिने गरेको भएपनि पार्टी भित्र साह समुदाय हावी रहेको देखिन्छ भने फोरवार्ड भनिने जातिहरुको प्रतिनिधित्व न्यून देखिन्छ । १ हजार जति सक्रिय सदस्य रहेको उक्त पार्टीमा ३ सय जना महाधिवेशन प्रतिनिधि रहेका छन् । उक्त पार्टीको आफ्नो जग्गा तथा भवन नरहेका कारण भाडामै संचालित छन् । कार्यालय सचिव देखि कार्यालय सहयोगी सम्मको काम पदाधिकारीहरु आफैले गर्ने गरेको भएपनि कार्यालय संचालन बापत मासिक ११ हजार रुपैयाँ खर्च हुने गरेको अध्यक्ष सिंहको भनाई छ । आय स्रोत अन्तरगत साधारण सदस्यता शुल्क बापत ५ रुपैयाँ बार्षिक र सदस्यता नविकरण वापत ५१ रुपैयाँ लिइने गरिन्छ । जसमध्ये २५ प्रतिशत केन्द्रलाई जाने गर्दछ भने ७५ प्रतिशत जिल्लामा रहने गरेको छ । अन्य आवश्यक रकम सुभेक्छुकहरुबाट सहयोग बापत लिइने गरिएको उनी बताउँछन् । दुई वर्ष अघिसम्म केन्द्रले नै घर भाडा तिर्ने गरेको थियो भने अव आएर जिल्लाले नै भाडा तिर्ने गरेको उनी बताउँछन् ।
फोरम नेपाल
मधेस आन्दोलन पछि मधेसी जनअधिकार फोरम नेपाल ठुलो हैसियतका साथ धनुषामा देखापरेको थियो । पहिलो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ४बाट एउटा सिट पनि जित्न सफल भएको थियो । तर, दोस्रो निर्वाचन सम्म आईपुग्दा फोरम धनुषामा अत्यन्तै कमजोर अवस्थामा देखा परेको छ । शेषनारायण यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा चन्देश्वर महत्तो, सचिवमा पशुपति यादव, सह सचिवमा विजय कुमार मण्डल, कोषाध्यक्षमा लालजी शरण यादव रहेको छ । केन्द्र देखि जिल्ला सम्म पार्टी समावेशी चरित्रको नरहेको आरोप लाग्ने गरेको छ । खास गरी यादव समुदायकै बाहुल्यता रहेको उक्त पार्टीमा अन्य समुदायबाट नाम मात्रको समावेशी गरिएको देखिन्छ । समावेशीको नारा लगाउने उक्त पार्टी समावेशी हुन नसक्दा जिल्ला र गाउँ समेतमा वढी प्रभावकारी देखिएको छैन । ३ सय ५० जना क्रियाशिल सदस्य रहेको उक्त पार्टीमा महिनामा करिब १० हजार रुपैयाँ खर्च हुने गरेको फोरमका कोषाध्यक्ष लालजी शरण यादव बताउँछन् । भाडाको घरमा कार्यालय संचालनमा रहेको छ । ४ हजार रुपैयाँ मासिक भाडा तिर्नु परेको यादव बताउँछन् । आय स्रोत तर्फ साधारण सदस्यता शुल्क बापत ५ रुपैयाँ र सदस्यता नविकरण वापत ५० रुपैयाँ लिने गरिएको तथा अन्य स्वेच्छाले सहयोग समेत लिने गरिएको यादव बताउँछन् । यसका अतिरिक्त धनुषामा केही कार्यालयहरु संचालनमा रहेपनि धेरै पार्टीका कार्यालयहरु अध्यक्षको झोलामै सिमित रहेको पनि पाइन्छ ।

जनादेशको आधारमा कुन दलको हैसियत कति ?
२०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा आएको मत परिणामको आधारमा भन्ने हो भने निर्वाचनमा सहभागी भएका कुल १ सय ८ वटा राजनीतिक दलहरु मध्ये ५ वटा सिटमाथि नेपाली कांग्रेसले कब्जा जमाएर पहिलो ठुलो दलको रुपमा धनुषामा फेरी उदय भयो । एउटा सिटमा सदभावना र एउटा सिटमा नेकपा एमालेले जित हात पारेको देखिन्छ । धनुषाको ७ वटै निर्वाचन क्षेत्रहरुको मत परिणाम अनुसार निर्वाचनमा खसेको कुल सदर मत २ लाख ४७ हजार ५ सय ८१ मत मध्ये नेपाली कांग्रेसले नै सर्वाधिक ७२ हजार ५ सय ८४ मत हासिल गरेर पहिलो स्थान ओगटन सफल भएको हो । ५१ हजार ३ सय ५७ मत प्राप्त गरी एमाले दोस्रो र २८ हजार ३ सय ७ मत हासिल गरी एकिकृत नेकपा माओवादी तेस्रो ठुलो द लबनेको भएपनि प्रत्यक्ष तर्फ कुनै पनि सिट हासिल गर्न सकेन ।  १५ हजार ५ सय २१ मतका साथ सदभावना चौथो ठुलो दलको रुपमा उदाएको देखिन्छ । त्यसैगरी १३ हजार ९ सय ८३ मत पाएर तराई मधेस लोकतान्त्रिक पार्टी पाँचौं, १० हजार ७ सय ८२ मत प्राप्त गरी राष्टिूय प्रजातन्त्र पार्टी नेपाल छैठौं स्थानमा आएको हो । पहिलो संविधान सभाको चुनावमा धनुषामा एउटा सिट समेत जित्न सफल भएको मधेसी जनअधिकार फोरम नेपालको कुल ५ हजार ६ सय १४ मत मात्र हुनुले पनि फोरमको धनुषामा अस्तित्व संकटमा परेको प्रष्ट देखिन्छ । फोरमलाई त फोरम लोकतान्त्रिकले ८ हजार ४ सय ५१ मत ल्याएर उछिनेको हो । समानुपातिक तर्फको धनुषामा मत परिणाम हेर्ने हो भने २ लाख ६९ हजार १ सय ३७ मत खसेकोमा ९ हजार २ सय ४४ मत बदर भएपछि कुल २ लाख ५९ हजार ८ सय ९३ मत सदर भएको हो । जसमध्ये २३.७१ मत प्रतिशतका साथ कुल ६१ हजार ६ सय २० मत ल्याएर समानुपातिक तर्फ पनि नेपाली कांग्रेस नै अग्रस्थानमा रहेको पाइन्छ । १८.११ प्रतिशतका साथ ४७ हजार ५५ मत ल्याएर एमाले दोस्रो, १०.३३ प्रतिशतका साथ २६ हजार ८ सय ४२ मतका साथ एमाओवादी तेस्रो, ६.१४ मत प्रतिशतका साथ १५ हजार ९ सय ४६ मत ल्याएर तमलोपा चौथो, ५.३३ प्रतिशतका साथ १३ हजार ८ सय ५१ मत ल्याएर सदभावना पाँचौं र ४.४१ प्रतिशतका साथ ११ हजार ४ सय ६५ मत ल्याएर फोरम नेपाल छैठौं स्थान ल्याएको पाइन्छ । बरु समानुपातिक तर्फ जातिको आधारमा मलाह (माझी) समुदायहरुले गठन गरेको मधेस समता पार्टी नेपालले समानुपातिक तर्फ २.१६ मत प्रतिशतका साथ ५ हजार ६ सय १४ मत ल्याएर दशौं स्थान हासिल गरेकोले पनि जातिय हिसावमा  समेत पार्टीले आफ्नो स्थान तथा हैसियत बनाउन सक्छ भन्ने समेत पुष्टि भएको देखिन्छ ।


२०७१ फाल्गुन ०३ गते आईतबार

Tuesday, February 17, 2015

जलेश्वर कारागारबाट पृथ्वी भनिने श्याम यादव लेख्छन– विश्व समाजवादी आन्दोलन अहिले रक्षात्मक अवस्थाबाट गज्रिरहेछ अहिले संसारभरी नै कम्युनिष्टहरु रक्षात्मक अवस्थामा छन् ।

श्याम यादव
‘पृथ्वी’


पदार्थबाट नै ब्रम्हाण्डको उत्पतिको आरम्भ भएको र यसकै विकसित रुप जीव हो । पदार्थलाई चित्रण गर्दा बाद प्रतिवाद र संवादको सुृत्रमा विकसित भएको देखिन्छ । यसलाई हामी अझ प्रष्ट रुपमा बुझ्दा यस ब्रम्हाण्डको कुनै पनि वस्तु वा जीव जस्तै तोरीको वीउ, जो छर्ने बेलामा वादको रुपमा हुन्छ भन्ने वीउ माटोमा परि टुर्सा उभ्रिएको अवस्थामा प्रतिक्रिया भएर प्रतिवादको रुपमा हुन्छ भन्ने बाली लाग्नु र त्यसमा फेरी वीउ उम्रनु संवादको रुपमा चित्रीत भै उत्पति क्रम विकसित मै लाखौं करोडौं वर्षपछि मानिसको रुपमा आएको छन भन्ने डर्विनको सर्वमान्य सिद्धान्तलाई अहिले सम्म कसैले चुनौती दिएको छैन । यसै सिद्धान्तलाई कार्ल माक्र्सले अझ परिमार्जीत गर्दा पदार्थको सवभन्दा सुक्ष्म इकाई अणु र परमाणु द्वन्द्वकाल रहेछन् र पदार्थ भौतिकताका आधारमा विकसित भएको ठान्छन् ।
यसरी अणु र परमाणुको विकसित रुपमा जीव जो मानिसको स्वरुपमा हजारौं वर्ष पछि समाजको रुप ग्रहण गरेको छन् । यसलाई माक्र्सवादको प्रवक्ता कार्लमाक्र्सले चार अवस्थामा वर्णन गरेको रहेछन् । १) आदीम समाजवादी युग २) दास तथा सामन्ती यूग ३) पुँजीवादको युग ४) अन्तमा सर्वहारा वर्गको अधिनायतत्वमा विकसित समाजवादको परिकल्पना गरेको छन् ।
आदीम समाजमा मानिसहरुको जीवनशैली बरावरीको सिद्धान्तका आधारमा थियो । कविलामा रहेका व्यक्तिहरुले आफ्नो आहार खोजेर ल्याउँदा बराबरको आधारमा बाँडेर खाने गर्दथे । जवकि त्यसबेलाको मानिसहरुमा चेतना तथा भाषाको विकास पनि राम्ररी भएको थिएन । समाज द्वन्द्व विहिन थियो । अहिले हामीले खोजेका बरावरीको सिद्धान्त त्यसबेलाका  कविलाहरुमा झतकेको देखिन्छ । त्यसपछिका समयमा मानिसहरुमा जसरी चेतनाको विकास हुँदै गयो र खेतीपाती हुन थाल्यो, त्यसबेला देखि मानिसहरुले अन्नको भण्डारण व्यक्तिगत वा परिवारगत रुपमा गर्न थाल्यो । खेतीको लागि जमिन हडपन्ने क्रम बदन थाल्यो । मानिसहरुमा लोभ, मोह तथा तेरो मेरोको भावना जाग्न थाल्यो । मानिसहरुले मसल्स (बल) को प्रयोग गर्न थाल्यो । बलिया मानिसले कमजोरलाई दवाई उपभोगका समानहरु व्यक्तिगत रुपमा संचय गर्न थाल्यो । यही समय पछि समाजमा राज्यको अवधारणा आयो जहाँ समाजको लागि कोही कानुनहरु अगाडी ल्याइयो । ति कानुनले बलियालाई मालिक र कमजोरलाई दासको रुपमा चित्रण ग¥यो । यसरी सामन्ती तथा दास युगमा मानिसले मानिसलाई गाई गोरु झै व्यवहार गर्न थाल्यो । जानवरलाई पैसा (दाम) मा बेच्न थाल्यो । जमिनदार सामन्तीहरु समाजमा कायम भयो जसले मानिसहरुलाई सेवक बनाएर समाजलाई दास तथा अफ्रिकी मुलुकमा अझ बढी थियो । यी दास कमैया हलिया प्रथाको विरुद्धमा अब्राहम लिंकन र पछि नेलसन मंडेलाको धेरै ठुलो योग दान रहेछन । मानवबाट मानव हेपिने, बेच विकन गर्ने दास बनाएर राख्ने आदी मानव मुक्तिका संघर्षमा बहाँहरुको धेरै ठुलो योगदान छन् । त्यसपछि कलकारखाना उद्योग धन्दाको विकास हुँदै गयो । मानिसहरुले आफ्नो जमीन तथा सम्पतिलाई नगद पँुजीमा रुपान्तरण गर्दै मिल मालिक उद्योग पति तथा पँुजीपतिमा परिणत हुँदै गयो । जसले कानुनको आड लिई श्रम शोषण गरेर एकातर्फ पूँजीपतिहरुको संख्या वढ्दै गयो भन्ने अर्को तर्फ श्रमिक मजदुर सर्वहाराहरुको जिन्दगी वेहाल हुँदै गयो । मील मालिकहरुले अतिरिक्त मुल्य मार्फत दिन दुगुना रात चौगुणा नाफा गर्न थाल्यो । अतिरिक्त मुल्य भन्नाले कलकारखानाबाट उत्पादीत भएको समान जो उपभोक्ता सम्म पुग्दा समान उत्पादनमा लागेको खर्च र उपभोक्ताले तिर्ने मुल्य विचको बाँकी अंश भन्ने बुझिन्छ । यी  अतिरिक्त मुल्यमा श्रमिकको अधिकार हुँदैन । पुर्ण अधिकार मिल मालिकले राखेको हुन्छ । यसरी मिल मालिकहरु केही दिनमै अरबपति भइन्छ । जहाँ श्रमिकको श्रम शोषणमा परेको देखिन्छ । समाजवादमा ति मिल कल कारखानाहरु राष्टिूयकरण नहुन्जेलसम्म अतिरिक्त मुल्यको वाँडफाँड मालिक र श्रमिक बीच मिलेर गर्नुपर्दछ । यसको लागि मजदुरहरुमा एकता हुनु जरुरी हुन्छ । आज पुँजीपतिहरुको दौरमा विल गेड्स, अनिल अम्वानी, मुकेश अम्वानी, टाटा, बिरला जस्ता हजारौं व्यक्ति छन् । जसको दावा छन् एक सलाईको वट्टामा चावल एक रुपैयाँको  एक वट्टा किन्नु प¥यो भन्ने पनि म दुनियालाई वर्षौं सम्म पालन सक्धु तर व्यवहारिक रुपमा श्रमिकहरुको रगत चुस्न यिनीहरुले कुनै कसर छोडदैन । यी पुँजीवादी युगका विशेषता तथा कहानी हुन ।
तर यो प्रकृति यहाँका हावा पानी धरती आकाश चन्द्र, सुर्य, घाम छायाँ कुनै व्यक्तिलाई न अधिक हुन्छ न कम नै हुन्छ । यस ब्रम्हाण्डमा प्रत्येक व्यक्तिको अधिकार समान हुन्छ । प्रकृतिले पनि समान रुपमै सबैलाई माया गरि रहेको हुन्छन् । कार्ल माक्र्सले कल्पना गरेको यही चौथो यूग हुन । जहाँ पूँजीपतिहरुको अन्त भै सर्वहाराहरुको अधिनायुकत्वमा राष्टिूयकरण भई विकसित समाजवाद स्थापना हुनेछन् । अहिले मानव मानव बीच गैर बरावरीको यस्तो परर्वाल कोरिएको छ जो मानव सभ्यताकै लागि घातक स्थिति श्रृजना भएको छन् । विकसित समाजवादमा यस्तो स्थिति श्रृजना हुँदैन । गरिब निमुदा किसान, मजदुर तथा श्रमजिवीहरुको श्रम शोषण हुँदैन । यी नै गैर बरावरी तोड्नको लागि एउटा क्रान्तिकारी संगठनको आवश्यकता छन् जहाँ सम्पुर्ण जनताले संगठित हुन पाउने मौका पायोस । आजको आवश्यकता भनेको सर्वहारा वर्ग र उसको अधिनायकत्वमा विकसित समाजवादको परिकल्पना गर्नूको तर हालसम्म नेपालमा नै तिकवान र नियत स्पष्ट भएको कुनै व्यक्ति जन्मन सकेन जसले समाजवादका खाका कोर्न सकुन । सर्वहाराको अधिनायकत्वमा त्यस्तो नेतृत्वको विकास हुन सकेन ।
नेपालमा सर्वहारा तथा समाजवादको नाउमा धेरै आन्दोलन र संगठनहरु खोलेका छन् । वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको जन्म दिएर २००७ सालको प्रजातान्त्रिक आन्दोलन २०१५ सालको प्रथम आय निर्वाचन, २०१७ साल पौष १ मा महेन्द्रद्वारा संसदीय सरकार विघटन पछिको आन्दोलन २०२८ सालको झापा विद्रोह, २०३६ सालको छात्र आन्दोलनले जनमत संग्रहको घोषणा, २०४७ सालको जनआन्दोलन, २०५१ साल देखि माओवादीले शुरु गरेको जनयूद्ध, २०६२÷०६३ को १९ दिने जन विद्रोह तथा २०६२÷०६३ कै मधेसको २३ दिने महान मधेस आन्दोलनमा जनताहरुले खुलेर रगत पसिना बगाएका थिए तर नेता र नेतृत्वमको इच्छा शान्तिको अभावका कारण कुनै पनि क्रान्ति सफल र सार्थक निष्कर्षमा पुग्न सकेन । कुनै पनि कम्युनिष्ट पार्टी र तिनका नेतृत्व वर्गले कार्ल माक्र्स, एगोत्स चेगोभारा, किम इल सुङ्गको प्रतिविम्ब बन्न सकेन । सबै केशर जंग रायमाझी र गोर्भाचोक जस्ता संसोधन तथा प्रतिक्रियावादी बन्न पुगेन । जो अन्ततः राजसंस्था र सि.आई.ए. का एजेन्टको रुपमा देखा प¥यो । त्यसैले पारस कङ्गमाङ्ग राईले नागरिक दैनिक मार्फत नेपालमा हालसम्म कोही कम्यूनिष्ट बन्न सकेन भनी उल्लेख गरेका छन् । कम्युनिष्टहरुका मुख्य सर्वहाराहरु नै हुन । तर नेपालमा मध्यम वर्गीयहरु कम्युनिष्ट पार्टीका नेतृत्व सम्हाली रहेका छन्, जो मुलतः पार्टीका लागि सहायक समिति हुन । कम्युनिष्ट शव्दलाई प्रयोग गरेर सत्ता तथा कुर्सी पाउने लक्ष्य मात्रै रहेका हुन । समाजलाई रुपान्तरण र समाजवाद स्थापना गराउने नारा मात्रै दिईरहेका छन् । अतः नेपालमा हालसम्म क्रान्ति असफल हुनका प्रमुख कारणहरु मध्ये सर्वहारा, श्रमजिवि, मजदुर किसानको हाथमा नेतृत्व नभएर त्यही हुने खाने मध्यम वर्ग वा कोही पढेलेखेका शहरिया वर्गको हाथमा नेतृत्व गएका हुन जो मुलतः धनी व्यक्तिहरु छन् । त्यसैले वास्तविक क्रान्ति सफल हुन सकेन ।  सर्वहाराहरुको अधिनायकत्व स्थापित हुन सकेन । अहिलेसम्ममा नेतृत्वमा पुगेका व्यक्तिहरु क्रान्ति प्रति पुर्ण समर्पित हुन सकेन । संसदीय व्यवस्थालाई अंगाल्दा राज्यको राजकोष गोजीमा पर्ने वित्तिकै सिद्धान्तलाई पाखाँ लगाउँदै गए । फलस्वरुप तिनीहरुमध्ये वर्गबाट पँुजीपति वर्गमा परिवर्तित हुँदै गयो । समाजवादलाई छोडी सकेपछि तिनीहरु समाजवादी रहेन । यस मानेमा नेपालमा अहिलेसम्ममा कोही पनि कम्युनिष्ट हुन सकेन । न त कम्युनिष्ट पार्टी नै गठन हुन सक्यो । जव कि नेपालमा अहिले सम्म ५६ वटा कम्युनिष्ट नाम धारी पार्टीहरु छन् । अहिले सम्मका समाजवादी आन्दोलन ती धनाडय व्यक्तिहरुको हाथमा गयो चाहे ती पुष्पलाल श्रेष्ठ हुन या मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, मदन भण्डारी, सि.पी. मैनाली, झलनाथ खनाल, माधव नेपाल, केपि ओली, बामदेव गौतम, इश्वर पोखरेल, प्रदिप नेपाल, रोहित मानन्धर विजुक्झे, चित्र बहादुर केसि, मोहन विक्रम सिंह, मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, नारायण काजी श्रेष्ठ या पुष्प कमल दहाल नै किन नहुन । यिनीहरु कोही पनि वास्तविक कम्युनिष्ट हुन सकेन । यिनीहरुको चिन्तन तथा सोंच नै गैर बराबरी जस्तो देखियोे  । कम्युनिष्ट शव्दलाई हतियार बनाएर रहरले राज मिति गर्ने इच्छा मात्रै देखाएका हुन । जो मुलतः पुँजीवादीहरुको लागि कुर्सीको लडाई हो । क.प्रचण्डद्वारा आदम्य साहस देखाएर क्रान्तिलाई उचाईसम्म पु¥याएर पनि आफ्ना ति अद्धितिय आदर्श पुरुषहरुको प्रतिविम्व बन्न सकेन । कुर्सिको लोभमा फँसेर प्रवर्तकको अस्तित्वलाई नै खतरामा पारी सकेका रहेछन् । वहाँले आफ्नो विचारधारा (पथ) लाई मात्रै हेर्न वादको रुपमा विकसित भैरहेको अस्तित्वलाई समाप्त पारि पुष्पकमल दहाल बन्नमा रुचायो । सदाका लागि व्यागिएको जनेउ फेरी काँधमा राखेर खंकाउन थाल्यो । समाजको एउटा प्रवर्तक नभई एउटा ब्राम्हन बन्नमा नै रुचि देखायो । यो वहाँको यस जन्मको लागि वढो दुखद र दुर्भाग्यको कुरो रहेछन् । हामी यस मानेमा यो उक्ती उल्लेख गरेकाले कि यस भुमिकामा हजारौं वर्गको इतिहासमा क्रान्ति यति उचाई सम्म पुग्न सकेका थिएन । जसको नेतृत्व वहाँले सम्हाली राख्नु भएको थियो । वहाँको अस्तित्वको अगाडी प्रधानमन्त्री÷राष्टूपतिको पद तुक्झ थियो ।
पोर्लियामेन्टलाई परिवर्तन गर्न गएकोमा पार्लियामेन्टलाई होइन वरु पार्लियामेन्टले नै हामीलाई परिवर्तन गरिदिएको भन्दै फर्केर लेनिनले फेरी अर्को बाटो रोज्यो । तर हाम्रा लेनिन भनाउने नेताहरुमा ति अडान रहेन । शिर्ष नेताहरुको आचरण तथा जीवन शैली शुखभाजी देखेर आम जनता तथा कार्यकर्ताहरु विद्रोह गर्नबाट डराई रहेका छन् । क्रान्ति तथा नेतृत्व पंक्ति प्रति घृणा र तिसकार भै रहेको छन् ।
नेपालको एक लाख सैतालिस हजार एक सय एकासी वर्ग कि..मि. (१४७१८१) मा अन्तराष्टिूय स्तरको एक मात्रै समाजवादी नेता जन्मेका थिए ती हुन क.रामवृक्ष यादव । जो धनुषा बरमझियाका थिए । तर प्रकृतिले पनि वहाँलाई साथ थिएन । दुश्मनद्वारा निर्भय हत्या भई वहाँ सहादत दिनुभयो । त्यस पछिका युवा इमान्दार नेतामा मधेसी मुलका क मात्रिका प्रसाद यादव हुनु हुन्छ भन्ने नेपाली मुलका क.नेत्रविक्रम चन्द्र (विल्लब) हुनु हुन्छ । तर दुर्भाग्य यी दुई नेताहरु नेतृत्व पंक्तिमा आउन नसकि व्यक्ति कै रुपमा स्थापित भएका छन्. । वहाँहरु पार्टी पंंक्तिबाट अलग भएका छन् तर अहिले गाउँ घरको झोपडीबाट टायरको चप्पल लगाएर विद्रोह शुरु गरेका हरेक माओवादी नेता तथा कार्यकर्ताहरुको शहरमा दुई तिन तल्ले घर भईसकेका छन भन्ने के तिनीहरु सर्वहाराको लागि वर्गिय लडाई लडलान । ?
वर्गिय समाजमा संचारकर्मीहरु पनि वर्गमा विभक्त भएका छन् अध्यात्मिक संचार जसले रामा रामा कृष्णा कृष्णाको रटान लगाई ठुला देखि बच्चाहरुको मनस्थितिलाई विगाडी भगवान रहेछ भन्ने मनोबैज्ञानिक असर परिरहेको हुन्छ । जो समाजको लागि सबभन्दा घातक हो । उदाहरणको लागि निर्मल बाबा, आशाबापु, नारायण साँई, संस्कार चैनल जस्तालाई लिन सक्छ त्यस्तै पुँजीवादी संचार तथा पुँजीवादी मनस्थितिका संचारकर्मी साथीहरुले हमेशा आम्दानीको आड लिई रहेको हुन्छन । नाङ्गो हिरो हिरोइनको प्रचारमा व्यस्त रहन्छन् । समाजका राम कृष्ण विपी महत्मा गान्धी जस्ता व्यक्तिको गुण गाण गाई रहेको हुन्छन् । जो मुल तह पुँजीपति वर्गका पृष्टिपोसक हुन जसकहाँ समाज वदल्ने कुनै तथ्य परक तर्क तथा प्रमाण छैन । आज पन्ध्र जना धनि क्रिकेटरको अरबौं खरब डलरमा संचार कभरेज गरेर प्रचार बाँजी गरिरहेको छन् । सवा करोड जनसंख्या भएको भारत र लगायत वरपरको देशहरुमा क्रिकेटको दैनिक प्रसारणले बच्चा तथा बुजुर्गहरु काम धन्दा खान पिन छोडेर घन्टोसम्म देखि रहेको छन् । जसले श्रम तथा बच्चाको भविष्य विगाडनुको सिवा अरु केही छैन । दश पन्ध्र जना क्रिकेटर धनि भएर मानव समाजलाई हानि र्पुयाईरहेको पनि पुँजीवादी संचारले स्थान दिईरहेका छन् । अन्तमा अग्रगामी संचार तथा संचारकर्मी रहेछन् । जो हमेशा विचारबाट लैस हुन्छन् । वहाँहरु हमेशा अग्रता मुलुक संचार तथा विचारलाई कैभरेज गर्छन । भगत सिंह, सुभाष चन्द्र बोसको अहिले सम्म इतिहास राम्ररी बन्न पाए छैन । इतिहास विद संचारकर्मीहरुले कन्जुसाई गरेर वहाँहरुको इतिहास तथा गाथालाई कम मुल्याङ्कन गरेका छन् भन्ने महात्मा गान्धी जवाहरलाल नेहरु जस्तालाई भगवान बनाई दिएका छन् । ठिक त्यस्तै नेपालमा पनि संचारकर्मीहरुले वि.पी.लाई सफल समाजवादीको रुपमा प्रचारवाजी गरिरहेछन् । विपी कोइरालाको भनाई अनुसार कार्ल माक्र्स र अरु धेरै समाजवादीको ध्यान गरिबीको कारण र त्यसबाट मुक्तिको उपाय खोज्न भन्दा धनी हुनको कारण र तिनको धन खोस्ने उपायमा वढी केन्द्रित हुन्छन् । तर मेरो ध्यान भने गरिबलाई सम्मानपुर्ण जीवन यापन गर्न सक्षम बनाउनेमा केन्द्रित छन् । गरिबले कसरी खान लाउन पाउने बस्न घर, केटा केटीलाई पढन तथा पौष्टिक खाना खान दुध भात र औरवती मुलो गर्न सकिनछ भन्नेमा मेरो विचार केन्द्रित छन् । अब यहाँ प्रश्न उठछ गरिबले दिनभरी श्रम गरेर पनि कम ज्यालामा कसरी सम्मान पुर्वक जीवन यापन गर्न सक्छन ? कसरी ती सम्पुर्ण ६८ गरिब समुदायले आफ्नो बच्चालाई इन्जिनियर, डाक्टर, प्रोफेसर, वकिल वा ठुलो हाकिम बनाउन सक्क्षम हुन सक्छ ? जवकि वि.पी.का समाजवादले श्रमिकको एक दिनको ज्यालाले एक दिनलाई नै खान लाउन पुग्छ । अनि लाखौंको खर्च गरेर कसरी आफ्नो बच्चालाई उच्च शिक्षा हासिल गराउन सक्छन ? सुकुमवासीहरुले कसरी गाई गोरु किनी आफ्नो बच्चालाई दुध भात खुवाउन सक्छन ? जबकि बस्नलाई तिनीहरुको घरबार छैन । आज हरेक व्यापार प्रोफेसनल भै सकेछन । यस्तो स्थितिमा गरिबले कसरी उपचार तथा औषधि मुलो गर्न सक्छन् । एउटा नर्सिंङ्गहोम र डाक्टर कहाँ उपचार गराउने खर्चमा बर्षौंसम्म आफ्नो बालबच्चालाई पालन सक्छ । ती मुहको आहार छिनेर कसरी उपचार गराउन सक्छन ? गरिबले वि.पी.को समाजवाद अनुसार मर्नु बाहेक अरु केही उपाय नै छैन । विपीले कहिल्यै सोचेका छन् धनि हुनेलाई कसरी धन भएका छन् ? टायरको चप्पल लाउनेले कसरी राता रात धनी हुन जान्छन । गरिबीबाट मुक्तिका अरु के के उपायहरु खोजेका छन् वहाँले । आज देशको ६८ प्रतिशत भन्दा वढी व्यक्ति गरिबी रेखा मुनिछन् । जसले कठिन परिश्रम गरेर पनि विहान बेलुका खान पाउँदैन । शिक्षा स्वास्थ्य, विजुली, पानी, चर्पी संचार आदी भौतिक सुविधाबाट गरिबहरु बञ्चित छन् । यावत समस्याहरुको लागि के उपाय छन् विपी जीको समाजवादमा ? वहाँको समाजवादी फर्मुलाले नेपालका कति जना बालबच्चाहरु दुधभात खान पाएका छन् ? कति जनाको छोराछोरी पढनलाई ऋण लिनु परे छैन ? औषधिमुलो गर्नलाई कतिले ऋण उठाउनु परे छैन । राजनीति भाषामा वहाँको शव्द र फर्मुलालाई समाजवाद भन्ने हो भनी मानव समाजको लागि यस भन्दा वढी दुर्भाग्य अरु केही हुँदैन । वहाँको चिन्तन आम विरोधी, नैतिक हिम रहेको प्रष्ट देखिन्छ । जो कोही सिमित पुँजीपति वर्गलाई फायदा मात्रै पु¥याउन सक्छन् । आम जनताको लागि विचार नै हुन सक्दैन । यसलाई सुधारवादी आदर्शवादी वा दक्षिण पन्थी धार भन्न सक्छौं । यसमानेमा वहाँ समाजवादी नै छैन । समाजमा यी बनिएका वर्गलाई न्यूनिकरण वा उत्मुलन गर्न द्वन्द्व विहिन समाजो कल्पना गर्नु पर्ने हुन्छ । वर्गको मुक्ति विना समाजवाद कहिल्यै आउन सक्दैन । यो बैज्ञानिक आकाटय सिद्धान्त हो । अग्रगामी संचार माध्यम तथा कर्मीहरुले यस्तै अग्रगामी विचारलाई स्थान दिने गर्दछन । यसरी बराबरी र द्वन्द्व विहिन समाजमा सम्पुर्ण मानव जातिको कल्याण हुनेमा अग्रगामी संचारकर्मीहरु पुर्ण विश्वस्त छन् ।
हाम्रो समाजवाद र लोकतन्त्र विश्वमै नमुनाको रुपमा छन् भन्ने विपीले भन्ने झै जनताले उपचार खर्च वेहोन नसकि, खर्चको अभावमा स्वर्गलोक जानु बाहेक अर्को विकल्प छैन । तर तिनै लोकतन्त्रका आधार स्तम्भ भएका जनताले चुनाव गरेर पढाएका सांसद मन्त्री प्रधानमन्त्री तथा राष्टूपतिको उपचार खर्च करोडौंमा हुन्छ । जो जनताको राजकोष (ढुकुटी) बाट बेहोर्नु पर्ने हुन्छ । रुघाखोकी तथा पेट दुख्ने वित्तिकै यिनीहरु विदेशमा गएर उपचार गराउछन भन्ने जनताले एउटा जीवनजलको पाकेट नपाई मर्न बाध्य हुन्छन् । यो कस्तो हाम्रो लोकतन्त्र हो ? यस्तै लोकतन्त्र भएको संविधान हामीले निर्माण गर्ने त ? हाम्रै ढुकुटी सित्याउने नेता तथा सभासदको हामीले घाँटी सम्म पनि समाउन सक्दैनौं । यस्तै खेल र रबैया आज २५ वर्ष देखि २० वटा सरकारमा हामीले देखि सक्यौं । राष्टूको ढुकुटी ब्रम्हलुट गरे झै लुटिरहेछन् । जनता त्राहिमानमा छन् । जनताले अहिले सम्म कुनै विकल्प पाईरहेछैन । जबकी सन् १९५९ मा आजाद भएको क्यूवामा अहिले सम्म भौतिक सुख सुविधाका साधनहरुमा एक रुपता छन् । भरखरै कार किन्ने इजाजत पाएका छन् त्यहाँका नागरिकहरुले । इकवेडरमा  प्रकृति तथा बोट विरुवा बनसपति संरक्षणको लागि पनि कठोर कानुन बनाएछ । एउटा पनि रुख काट्न पाउँदैन । भरखरै चीनको रेल मन्त्रीलाई भ्रष्टाचारको अभियोगमा फाँसि दिइयो । समाजवादी देशहरुमा अहिले पनि यति सजग छन्  त्यहाँका जनप्रतिनिधिहरु । हाम्रो समाज र हामीले अपनाई रहेको संस्कृतिमा नियत र नैतिकताको यति भिखारी छौं जसको वर्णन गर्न धेरै कठिनाई छन् । साक्षेप धर्म तथा इश्वर माथि विश्वास गरिरहेका छौं । अध्यात्मतिर गईरहेछौं । कर्मलाई छोडेर पूजा पाठमै वढी विश्वास गर्दछौं । तर पश्चिमी देशहरुले भौतिकबाद माथि पाइला टेकेर क्रमवद्ध विकासले विकसित देशमा नामांकित भएका छन् । त्यसैले त्यहाँ जन्मेका बच्चाहरु चाटर्स डारविन, जेम्सवाद ग्यालिलियो, न्युटन, निकोलस कोपर, बेन्जामिन फ्रान्कलिन, रोबर्ट इपेरी माथिउ हनसन, लियोटेस्टाइन, अलवर्ट आन्सटाइन जस्ता दुनियालाई वदवने भौतिकवादी बच्चा पैदा हुन्छन । समाज द्वन्द्वमय भएको प्रमाणित गर्ने भौतिकवादी बच्चा कार्लमाक्र्स, एगोल्स लेनिन, स्टालिन माओ जस्ता पैदा हुन्छ भन्ने हाम्रो समाज संस्कृति रितिरिवाजले राम कृष्ण, महादेव, वुद्ध, पैगम्बर, शंकराचार्य, आसाराम बापु, नारायण साई, गोविन्दाचार्य, विवेकानन्द, कृपालु महराज, निर्मलबाब जस्ता अध्यात्मवादमा विश्वास राख्ने बच्चा पैदा हुन्छन् । जसले समाजलाई अन्धविश्वासी, भगवानको मुर्तरुप, दैविशक्ति माथि विश्वास गर्ने जनधारणा जगाई रहेका छन् । विज्ञान अध्ययन गर्नु भन्दा रामायण गिता, कुरान, हनुमान चलिसा, गायत्री चलिसाहरु पढेर संसारीक प्राणी सुखमय हुनेमा विश्वास गर्दछन । यी सापेक्ष संस्कारले हामी धेरै पछाडी परिसकेका छौं । भारतवर्षको ३८,८७,५९० वर्ग कि.मि. र सवा अरब जनसंख्यामा समाजलाई रुपान्तरण गर्ने विकसित  भारतको कल्पना गर्ने एउटै भौतिकवादी व्यक्ति जन्मेका थिए । जो नक्सलवादीका महामानव ‘चारुमजुमदार’ थिए । तर वहाँ आफ्नो प्रतिभा नदेखाउँदै राज्य पक्षबाट हत्या गरियो । माओको क्रान्तिले आज चिनको ढेड अरब जनसंख्या सुखको जिन्दगी विताइरहेछन् भन्ने भारतमा सवा अरब जनसंख्या मध्ये ८० प्रतिशत जनता भोका नाङ्गा, अशिक्षित, गरिबीको चपेटमा छन् । त्यहाँ पनि चारुमजुमदार पछिका क्रान्तिको नाउँमा सुरजीत सिंह वरनाला, सिताराम येचुरी, ब्रिन्दा करात, प्रकाश करात, ज्योति बसु, नम्बोद्रीपाद, हर्षवर्धन, सोमनाथ चटर्जी, विनोद झा, दिपांकर भट्टाचार्य र अजय घोस जस्ता ७ कोसला तथा आलु कम्युनिष्ट जन्मे । जो संसोधनवादी तथा दक्षिणपन्थी धारमा परिणत हुँदै गए । समाज रुपान्तरण गर्ने क्रममा कमोवेश भारतीय माओवादीहरुले अग्रता लिई रहेका छन् ।
कम्युनिष्ट आन्दोलन श्रमिक जनताको मुक्तिको अभियान हो । पुँजीवादीले जतिसुकै विकास गरे पनि त्यहाँ मालिक र मजदुरको सम्बन्ध जीवित रहन्छ । तर कम्युनिष्ट आन्दोलनले विकास गर्दै जादा त्यहाँ मालिक लोप भएर जान्छ र श्रमिकको पुर्ण स्वामित्व तथा मुक्ति हुन्छ । जहाँ मानिसले आफ्नै जाति एक मानिसबाट अर्को मानिस हेपिने शोषित हुने, दमन गरिने अवस्थाबाट पुर्ण तह मुक्ति पाउने बाटो हो । यही बिचारका प्रवर्तक विश्व समाजवादी आन्दोलनका महापुरुष सहस्राब्दीका महामानव कार्ल माक्र्स र वहाँका नङ्गा मासु जस्तै राजनीति सहयोगी एंगोल्सउको अथक प्रयासबाट सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र व्याइयो । जसमा मुलतः बैज्ञानिक समाजवादका लागि चार पक्ष अघि सारेका छन् ।
(१) राजनीतिमा सर्वहाराहरुको शासनको अनिवार्यता ।
(२) समाजमा वर्ग संघर्षको सिद्धान्त ।
(३) राजनीतिक अर्थशास्त्रको क्षेत्रमा बैज्ञानिक समाजवाद (आर्थिक समानता) तथा
(४) दर्शनको क्षेत्रमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादको प्रतिपादन गरेका हुन । जसले गर्दा बहाँकै नामबाट युगान्तकारी युग माक्र्सवादको युगमा नामांकित भएका छन् ।
यसरी विश्वमा समाजवादीहरुको लहरका आधार स्तम्भ सन् १८४८ को कम्युनिष्ट घोषणा पत्र आए देखि भएको देखिन्छ । मालिक र मजदुर बीचको भिन्नता एक मानवबाट अर्को मानव शोषित हुने, हेपिने, दमन गरिने अवस्थाबाट मुक्ति पाउने उपायको रुपमा अक्षारान्स प्रोटोकल आई सके पछि सैदान्तीक वस गर्न धेरै सहज भैसकेको छन् । यसै विचारलाई आधार स्तम्भ मानेर समयका साथ अझ श्रृजणशिल र परिमार्जीत गर्दै लेनिन, माओ, किम इल सुङ्ग, हो चो मिन्ह किडेल क्याटूो, चेगोआराले आ आफ्नो कर्म क्षेत्रमा समाजवादको झण्डा लहराउन सफल भएका हुन । पृथ्वीको कुल क्षेत्रफल १४,९०,००००० वर्ग कि.मि.मा अटारटिका महादेश (बरफै बरफले ढाकेको भु भाग) बाहेक झण्डै आधा भु भाग र आधी अवादीमा समाजवादीहरुले आफ्नो झण्डा लहराउन सफल भएका रहेछन् ।
विश्व परिवेशमा उपनिवेशवादी तथा सम्राज्यवादीहरुको होड मचि रहदा विभिन्न समयमा ६ करोड भन्दा वढी समाजवादी अग्रदास्ताहरुले आफ्नो ज्यान गुमाउनु परेको रहेछन् । आफ्नो दादागिरी कायम राख्न उपनिवेशवादीहरु तथा सम्राज्यवादीहरुले सन् १९१४ मा प्रथम विश्व युद्ध गरायो । जसको प्रत्यक्ष प्रभाव रुसर्मा  पनि त्यहाँका सर्वहारा मजदुरहरुले सन् १९१७ अक्टुवर ४ का दिन क्रान्तिका  नायक भ्लादिभीर इलिच लेनिनको नेतृत्वमा समाजवादी व्यवस्था लागु गर्नमा सफल रहयो । केही दिन पछि पुँजीवादीहरुले जाल विछाई सन् १९१८ मा तब्बु तप्सा भने एक महिला द्वारा लेनिनलाई सदनमै गोली हान्न लगायो । उपचार पछि मृत्युको मुखबाट बाँच्न सफल भयो । तर लामो समय सम्म बाँच्न सकेन । सन् १९२४ जनवरी २१ का दिन सदाका लागि वहाँ शहादत हुनु भयो । आज सम्म वहाँको पारथिक शरीरलाई केमिकलमा संजोगेर राखिएका छन् । जसले गर्दा अहिले पनि नयाँ पीडिलाई जोश जागर रहेछन् । आज पनि वहाँ संसारको शोषित पिडीत सर्वहारा वर्गको लागि मसिहाको रुपमा प्रतिविम्बीत छन् । सन् ९० को दशकमा प्रतिक्रियावादी ऋक्ष्ब् का एजेन्ट मिखाइल गोर्भाचोभ द्वारा सन् १९९०÷०९१ मा सोभियत संघलाई विखण्डन गरी १७ वटा राज्यमा विभक्त गराईदियो । हाल त्यहाँ संसोधनवादी कम्युनिष्ट व्यवस्था छन् । तर रुसका वर्तमान राष्टूपति भ्लादिमीर पुटिनको बाजे लेनिनको भान्सेको जिम्मेवारी सम्हालेर समाजवादी विचारबाट ओतपोत भएकोले वर्तमान राष्टूपति पुटिन पनि पछुतो गरेर पुनः समाजवादी व्यवस्था पुर्णरुपले लागु गराउनमा अभ्यासरत छन् । त्यस्तै सन् १९४९ मा माओत्सेतुङ्गको नेतृत्वमा चीनमा समाजवादी व्यवस्था त्याई जनवादी चीनको स्थापना भयो । त्यस्तै सन् १९०५ देखि जपानको अधिनमा रहेका कोरियाले जपानी सेना सन् १९३९ देखि १९४५ सम्ममा भएको भिषण दोश्रो विश्व यूद्धमा सन् १९४५ अगस्त ७ मा हिरोसिमामा र अगस्त ९ मा नागासाकिमा अमेरिकाले परमाणु बम खसाले पछि जपानले पराजित कोरियाबाट आफ्नो सेना फिर्ता गर्यो । दुवै ठाउँगरी बमको प्रभावले चार लाख भन्दा वढी मानिसको ज्यान गएको थियो । त्यसपछि सन् १९४५ अगस्त १५ का दिन कोरिया स्वतन्त्र घोषित भएका थिए । तर कोरियाको उत्तर तर्फ सोभियत संघका सेना र दक्षिण तर्फ अमेरिकी सेना उपस्थित भए पछि एकिकृत कोरिया उत्तर र दक्षिण कोरियामा विभाजान हुनु पुग्यो । सोभियत संघको उपस्थिति रहेका उत्तर कोरिया समाजवादी व्यवस्थामा रुपान्तरित हुँदै गयो । यही द्वन्द्वमा सन् १९५० देखि ५३ सम्म अमेरिकी सेना सँग युद्ध लडदा लडदै सहादत दिनु भयो । उत्तर कोरिया भौतिक रुपले पुर्ण ध्वस्त भैसकेका थिए । यता अमेरिकी सेना पनि घुटना टेकन बाध्य भयो । त्यस पछि उत्तर कोरियामा किम इल सुङ्ग द्वारा नेतृत्व लिई आफु द्वारा प्रतिपादित ‘जुचे’ सिद्धान्तलाई लागु गरेका छन् । हाल त्यहाँका प्रमुख मुद्दा भनेको सन् १९५४ देखि विभाजित कोरियालाई एकिकरण गर्नु नै हो । त्यस्तै अमेरिकाको नाकै मुनि रहेर आफ्नो सर्वभौमताको रक्षा गर्दै सन् १९५९ फ्रेबरी १६ का दिन अमेरिकी सेनालाई परास्त गर्दै आफ्नो मातृभुमि क्युवामा समाजवादी व्यवस्था लागु गरेका छन् । लाखौं जनताको प्यारा नेता फिडेल क्याटूो यसै सुनौलो दिनमा प्रधानमन्त्री भई पछि राष्टूपति भएर चार दशक सम्म लामो शासनको बागडोर सम्हालेका थिए । केही वर्ष यता विरामी भै क्रान्तिका सहयोद्धा आफ्नै सहोदर भाई राउल कयाटूोलाई अहिले सत्ता सुम्पेका छन् । अहिले राउल क्याटूो क्युवाका राष्टूपति हुनु हुन्छ । त्यस्तै ३ सेप्टेम्बर १९४५ मा भियतनामका लागि स्वमीण दिन थियो । यसै दिनमा भियतनाम स्वतन्त्रको घोषणा पत्र क्रान्तिका महानायक हो..यो मिन्हद्वारा पढेर सुनाइयो । आफ्ना प्यारा नेताको घोषणापत्र सुन्न र विजय जुलुसमा सहभागी हुन लाखौंको जनसागर ओर्लेको थियो । घोषणा पत्र सुनाई रहदा वहाँ टायरको चप्पल र फाँटेको जिन्स पेन्ट लगएको थियो । तिक्षण संसारकै समाजवादीहरुको लागि यादास्त तथा गौरबको समय थियो । समाजवादी व्यवस्थाको राष्टू प्रमुख भएर अनेकौ चोरी अमेरिकी संग लड्नु परेको थियो । ३ सेप्टेम्बर १९६९ मा वहाँको देहवसान भयो । तर पनि भियतनाम पुर्ण रुपमा अमेरिकी चंगुरबाट सन् १९७६ जुलाई २ मा छुटकारा पायो । यसरी टुक्रिएको भियतनाम एकिकरण भई अहिले समाजवादी गणतन्त्र भियतनामको रुपमा विश्वमान चित्रमा अवस्थित छन् । सन् १९१७ को अक्टुवर क्रान्ति पछि रुसमा भएको व्यवस्था परिवर्तन देखि लिएर अहिले सम्म संसार भरमा समाजवादमा समय समयमा परिणत भएका देशहरुको क्षेत्रफल तथा लगभग जनसंख्या यस प्रकार छन् ।
माथि उल्लेखित देशहरुको अर्थव्यवस्था तथा प्रति व्यक्ति बार्षिक आम्दानी दर पुँजीवादी देशहरु भन्दा धेरै वढी छन् । यी देशहरुमा अहिले पनि श्रम शान्ति तागत छन् । विश्वको एक चौथाई जनसंख्यालाई अहिले पनि चीनको समाजवादी व्यवस्थाले खुसशाल जीन्दगी दिएछन् भन्ने भारतमा अहिले पनि ८० प्रतिशत जनता गरिबी रेखामुनि दुखतालको जीवन जीउन बाध्य छन् । भरखरै सार्वजनिक भएको प्रतिवेदन अनुसार सार्क देशहरुमा प्रति व्यक्ति प्रति वर्ष १९ हजार भन्दा तल आम्दानी हुनेलाई गरिब मापन गरेछन् । जस अनुसार सार्कका आठ देशहरुको औषत गरिबी दर ४४ प्रतिशत बताइएको छन् तर गरिबी मापन गर्ने यो फरमुला पुँजीवादीहरुको रहेछन् । वास्तविक गरिव भन्नेको गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्यका साथै अचेल भौतिक सुविधाहरु मध्ये चर्पी, विजुली, टेलिफोन र एउटा सधारण करेशावारी नभएको व्यक्ति पनि गरिबी रेखामुनि पर्दछ । अझ नैतिकताको पराकाष्टता पार गरेर वर्तमान भारतका राष्टूपति प्रणम मुखर्जी तत्कालिन अर्थमन्त्री हुँदा खेरी गाउँमा २६ रुपैयाँ र शहरमा ३२ रुपैयाँ प्रतिदिन कमाउने व्यक्तिलाई धनि भन्नेर मापन गरेको थियो । यो कस्तो विडम्बना र निरलजताको स्थिति रहेछन् । पुँजीवादीहरुले गरिबलाई यसरी खिल्ली उडाउदै रहेछन् । अतः यस अर्थमा महात्मा गान्धी, जवाहरलाल नेहरु, राम मनोहर लोहियाको समाजवादी प्रणालीलाई अंगाली यिनीहरुलाई भगवान मान्नु भन्दा हजारौं गुणा ठुला मानव किर्ती गरेका माओलाई यो संसारकै भगवान भन्नु उचित हुन्छ ।
यस्तै नेपाल र भारतको पश्चिम बंगाल तथा केरलमा लामै समय सम्म समाजवादीहरुको नाउमा कार्यकारणी प्रमुख भएर सत्ता संचालन गरेका रहेछन् । जसको जनसंख्या करिवन १७ करोड सम्म रहेछ । यसरी माथिको तथ्याङ्क हेर्दा खेरी संसारको आधी भु भाग र लगभग आधी जनसंख्याको बीचमा समाजवादीहरुले विभिन्न समयमा आफ्नो झण्डा लहराई रहेका इतिहास हाम्रो सामुने प्रष्ट छन् । तर एकाइसौं सताव्दीको शुरुवातमा युद्ध तथा द्वन्द्वको तिन अवस्था (१) रक्षात्मक (२)संतुलन (३) आक्रमण मध्ये अहिले समाजवादी योद्धाहरु विश्वभनी नै रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छन् । पुँजीवादीहरुले चारैतर्फबाट यस्तो सिकंजा कसेको छन् । जो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नव तथा अर्ध उपनिवेश लाधेर विश्वमै राज्य गर्न खोजी रहेछन् ।
समाजवादीहरु रक्षात्मक अवस्थामा पुग्नुको प्रधान कारणहरु ः
माओको युद्ध तथा समाज रुपान्तरण सम्बन्धी तीन जादुगरी हतियार (क) विचार (ख) संगठन (ग) निति प्रष्ट हुँदा हुँदै पनि नेतृत्व कर्ताको नियतमा खोट भए पछि सफलता पाउन सक्दैन । क्रान्ति प्रति पुर्ण समर्पित नभए पछि कमजोर भइन्छ । अहिले नेताहरु वर्नस्टिन र काटूस्कि प्रवृतिको संसोधनवादी तथा दक्षिण पन्थी धारमा परिणत भई संदनलाई छनौट गरेका रहेछन् । भ्रष्टाचार गरेर राष्टूको ढुकुटी रित्याउनमा पल्केकोले यिनीहरु व्यवस्था परिवर्तन गर्न नै चाहँदैन । त्यसैले इमान्दार नेतृत्व अगाडी नआएसम्म क्रान्ति दिशा विहिन हुनजान्छ ।
उपाय (१) ः वास्तविक क्रान्ति गर्नका लागि साझा उत्पादन तथा साझा वितरण प्रणाली अनिवार्य रुपमा अपनाउनु पर्छ । संगठन निर्माणकै क्रम देखि जीवनशैलीलाई साझा गर्नु पर्छ । अनि मात्रै ती गरिब निमुखा निरही जनताले पत्याउने छन् ।
(२) देशको राजश्वलाई साझा वितरण तथा सामुहिक विकासको अवधारणा अन्तरगत त्याउनुपर्छ । सत्तामा आउने वित्तिकै सवभन्दा पहिलो निर्णयले देशको राजश्वलाई साझा गर्नुपर्छ ।
आफ्नो इमानदारी नैतिक बल र अस्तित्वको मर्म सम्झेर लेनिन, माओ, हो चो मिन्ह, फिडेल क्याटूो किमइल सुङ्ग, चेगोभाराले आफ्नो अथक संघर्ष पछि आ आप्mनो कर्मक्षेत्रमा समाजवादी व्यवस्था लागु गर्नमा सफल भएका छन् । तर संसोधनवादी कितामा गएका नेतृत्वले सत्ताको सुख त पायो तर आफ्नो अस्तित्वलाई जोगाउन सकेन । न त जनतालाई नै सुख दिन सक्यो । सताव्दीका महापुरुष कार्ल माक्र्सको भविष्यवाणी अनुसार आउने दुई सय वर्ष पछि सम्पुर्ण संसार नै कम्युनिष्टमय हुने छन् । यस भनाईलाई आधार भन्दा अब आउने सन् २०५० को दशक धेरै दिन छैन । संसारभरी नै पुँजीवादीहरुको राक्षस प्रवृतिले गर्दा जनता तंग भै सकेछन् । तसर्थ आउने समय समाजवादीहरुको लागि आशाको किरण झै हामीले देखि रहेछौं । यसको सुरुवात आउने ५ देखि १० वर्षमा नेपालबाटै शुरु हुने छन् । जसको नेतृत्व हामीहरुले गर्ने सुनौलो मौका पाएका छौं । अखिल तराई मुक्ति मोर्चाको नेतृत्वमा मधेस मात्रै हैन नेपाल नै कम्युनिष्टमय हुनेछन् । अतः हामी सबैले साझा जीवन शैली साझा उत्पादन र साझा वितरणलाई मुलमन्त्र ठानेर आ आफ्नो ठाउँबाट सार्थक भुमिका खेल्ने बेला आएको छ । धन्यवाद ।

२०७१ फाल्गुन ०३ गते आईतबार