Monday, November 24, 2014

डाउरी इज अ ‘सोसल करप्सन’ -धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा
अंग्रेजी शव्द ‘डाउरी’ लाई ‘दहेज’ वा तिलक वा दाइजो भन्ने गरिन्छ । दाइजोको प्रचलन सत्तयूग, त्रेतायूग र द्वापरयूगमा पनि रहेको कुरा विभिन्न हिन्दु धर्म ग्रन्थहरुले प्रमाणित गरेको छन् । दहेजको परिभाषा सत्तयूग देखि कलयूग अर्थात वैज्ञानिक यूगसम्म उस्ता उस्तै रहेपनि ‘दहेजको’ तात्विक अर्थमा भिन्नता आएको छ । वर्तमान अवस्थामा दहेजको बुझाई व्यक्ति, परिवार, समुदाय, समाज, क्षेत्र, लिङ्ग, उमेर जात र धर्म अनुसार पनि फरक फरक देखिन्छन् । सारमा “विहेको उद्देश्यले विवाहको समयमा प्रायः केटी पक्षबाट केटा पक्षलाई दुल्ही सँगै जिन्सी वा नगद दिने प्रचलनलाई दहेज वा दाइजो वा तिलक वा डाउरी भनिन्छ । दहेज दिनुपर्ने कि नदिनु पर्ने । कम दिने कि वढी दिने । केटीको नाममा दिने कि केटाको परिवारलाई दिने । नगद दिने या जिन्सी दिने । दिएको सबै दहेजको रकम खर्च गराउने कि बचाउन लगाउने । यस्ता अनेकौं तर्क वितर्क बीच ‘दहेज’ समाजमा आफ्नो अस्तित्व कायम गरेको छ । आर्य समाजमा ‘दहेज’ एउटा बहसको ‘हट केक’ नै हुन । तर विड्म्बना जति बहस गरे पनि यो एउटा इन्डलेस बहसको रुप लिई सकेको छ । वास्तवमा यो हो के त ?
दहेजको सामाजिक विश्लेषण ः
प्राचिन समाजमा स्वेच्छाले दुल्हीलाई सुन, चाँदी, कपडा लत्ता, दासी, हाथी, घोडा, गाई आदि सहित विदा गरिने चलनलाई तत्काल समाजमा दहेज भनिन्थ्यो । जसलाई कौटिल्य अर्थशास्त्रले ‘स्त्रीधन’ भन्थ्यो । यस भनाईबाट पनि दहेजको अर्थ र दहेज माथिको अधिकारलाई पुष्टि गर्दछ । प्राचिन समाजको बुझाईका आधारमा ‘दहेज’ लाई विभिन्न विद्धानहरुले भिन्ना भिन्नै शव्द दिएका छन् । कसैले यसलाई ‘सिड मनी’ त कसैले ‘फैमिली इन्सेन्टिभ’ त कसैले ‘सब्सीक्वेन्ट मनी’ भनेका छन् । जसका साझा कुरा नयाँ विवाहित जोडीको लागि नयाँ किसिमले जीवन शुभारम्भ गर्न दिइएको अर्थात सहयोग हो भन्ने बुभिन्छ । शायद त्यसैले होला यूरोप अमेरिका जस्ता महादेशहरुमा पनि यसको प्रचलन रहेको पाइन्छ । यूरोपमा ५ औं शताव्दीमा होमरकै समय देखि डाउरीको चलन थियो । शेक्सपियरको नाटक ‘किंग लियर’ मा पनि डाउरीको सन्दर्भ देखाइएको छ । ती समाजहरुमा डाउरी कुनै समस्या बनेन, किनभने त्यो स्वेच्छामा रह्यो तर नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका जस्ता एसियन देशमा डाउरी एउटा सामाजिक भ्रष्टाचारको रुपमा सामाजिक विकृति बनेको छ । भारतको एक तथ्याङ्क अनुसार १००० पुरुषमा ९३३ महिलाको जनसंख्यिक अनुपात भइसकेको छ । यो पछि एउटा ठुलो अन्तराल बन्न पुग्छ । यस्तो हुनुमा ‘दहेज’ प्रमुख कारण रहेको बताइन्छ । त्यसैले होला, भारत सरकार सन् १९६१ मा दहेजमा प्रतिबन्ध ऐन पारित गर्यो र सेक्सन ३०४ ‘बी’ तथा ४९८ ‘ए’ मा दहेज विरुद्ध कानुनी व्यवस्था गर्यो । बैज्ञानिक युगको आरम्भ सँगै बैज्ञानिक स्रोत साधन र शिक्षाको पनि प्रवेश भयो । जसले मानवको सोंच विचार रहनसहन भेष भुषा, खानपिन समाजिक स्तर, धर्म आदिमा व्यापक परिवर्तन ल्यायो । तर जुन समाजमा सामानान्तर रुपमा साइन्स अफ टेक्नोलोजीसँग सौंच विचार र संस्कृतिमा परिवर्तन ल्याउन सकेन त्यो समाजमा ‘कल्यरल लेग’ हुन गयो । र त्यसले समाजमा अनेक समस्या उत्पन्न गरायो । पश्चिमी राष्टूहरु समय सापेक्ष परिवर्तन भए आज दुनियाँमा राज गरिरहेको छ बाँकी राष्टूहरु हामीलाई थाहै छ । भ्रष्टाचारले जसरी देशका अफिसियल कामहरुलाई प्रभावित गरी राष्टूलाई नै खोकला बनाई सक्यो । त्यसैगरी ‘दहेज’ ले सामाजिक संरचनालाई चुनौती दिइरहेको छ । दहेज आफैमा समस्या होइन यसलाई समस्या बनाएर सामाजिक क्रप्सनको रुप दिइएको छ । जसले गर्दा हजारौं परिवार बर्वाद भइरहेका छन् । जसका उदाहरण सम्बन्ध विच्छेदका घटना वा घरेलु हिंसा बढोत्तरी संख्यालाई लिन सकिन्छ ।
सर्बोच्च अदालतको तथ्याङ्कले वर्तमान नेपाली समाजको अनुहारलाई चित्रित गरेको छ । दिन प्रति दिन वढ्दै गएको छ । जवकी १० वटा घटनामा मुश्किलले एउटा घटना अदालत सम्म पुग्छ । यसले अनुमान गर्न सक्छौं हामी । यो सब दहेजकै कारण होइन । बेमेल विहेको कारण हो । बेमेल विहेको सबभन्दा प्रमुख कारण ‘दहेज’ चाहीं हो । दहेजको परम्परागत उद्देश्य नयाँ जोडीलाई स्वेच्छाले दिएको सहयोगी ‘सिड मनी’ हो । न की दहेजको लोभमा बेमेल विहे वा कर लगाएर लिने रकम ।
समाजमा भ्रष्टाचारको विरोध सबैले गर्छन तर भ्रष्टाचार नगरेको व्यक्ति विरलै भेट्छन् । मात्रै फरक हुन्छ भ्रष्टाचार गर्ने तरिका  र मात्रामा । कोही हसाएर लिन्छ र कोही झुक्याएर । कोही रुवाएर लिन्छ त कोही डराएर । कोही दिन आएकोबाट लिन्छ त कोही मागेर । तर नलिने शायदै भेट्छ । कोही सयमा लिन्छ त कोही हजारमा । कोही लाख लिन्छ त कोही करोडमा । तर इक्स्टूा मनि सबैलाई चाहिएको छ । अपवाद हरेक कुरामा हुन्छ । यसरी भ्रष्टाचार व्यक्ति वा कार्यालयमा होइन सामाजिक संरचनामा छिरिसकेको छ । जसलाई हटाउनु पर्दैन सबै जना आफु हट्नुपर्छ । सबैजना अरुलाई सुधार्न खोज्छन आफुलाई कसैले सुधार्न चाहँदैन । जबकी आवश्यक छ आफुलाई सुधार्ने । आर्थिक भ्रष्टाचार जस्तै दहेज पनि समाजको टाउको दुःखाई भएको छ । सबैले यसको विरोध गर्छ । तर दिन प्रति दिन यसको चर्चा वढ्दै गएको छ । घटेको छैन । किन ? यसको एक मात्र कारण हो । सबैले विरोध गरेका छन् तर दहेज लिन कसैले छोडेका छैनन । यदि सबैले विरोधनै गरेको छ भने कसले लिने गरेको छ त ? यो एउटा ठुलो प्रश्न उठ्छ । दहेज लाई समाजले प्रतिष्ठाको रुपमा लिएको छ । जसले गर्दा यो सामाजिक भ्रष्टाचारको रुपमा लिएको छ । दहेजलाई सुदुपयोगको साटो दुरुपयोग बढी भइरहेको पाइन्छ । दहेजलाई विकृतिबाट कसरी संस्कृति बनाउने यो एउटा समाजको अगाडीमा ठुलो चुनौति बनेर आएको छ ।
आफुले गरेको भ्रष्टाचार आफैलाई थाहा हुँदैन । कुनै भेकेन्सी भर्ने सोर्स कहाँबाट लाग्छ भनेर व्यागमा पैसा लिएर खोज्न थालिन्छ । कार्यालयमा आफु भन्दा अगाडी मान्छे लाइनमा हुन्छ तर हामी १००(५० दिएर चोर बाटो जान खोज्छौं । हरेक कुरामा हामीलाई हतार हुन्छ हामीमा धैर्यता र आत्मविश्वासको कमि भएको छ । जसले गर्दा हामी जहिले पनि सजिलो बाटो खोजिरहेका हुन्छौं । यदि कसैले घुस दिँदैन भने के सम्बन्धित कर्मचारी काम गर्दैन । पक्कै पनि गर्छ । हामी घुस दिएर विगारेका छौं । दश जना दिने भए पछि नब्बे जनाको काममा उसले आलटाल गर्छ नै । तर कोही दिएन भने उसले रित पुगेका कागज वा प्रस्तावमा काम गर्छ नै । त्यसैले कसैले घुस माग्दिैन बरु हामी दिन्छौं । नहुने काम पनि घुस दिएर गराउँछौं । त्यो व्यक्ति सबभन्दा ठुलो अपराधी हुन । किनभने उसले कुनै न कुनै निर्दोषलाई नोक्सान पुरयाएको हुन्छ । त्यही भएर कर्मचारी नेता लगायतका अधिकारिक व्यक्ति सहि काम भन्दा गलत काम गर्न रुचाउँछ ।
ठीक त्यसैगरी दहेज कोइ माग्न जाँदैन, व्यक्ति स्वयम दिन जान्छन । आफ्नो कुनै कमजोरीका कारण । बरावरीमा विहे गर्यो भने दवावमा दहेज दिनु पर्दैन । आफु खुशी छोरीलाई सहयोग हुने गरी उसले पाउनुपर्ने अशंको हाराहारीमा स्वेच्छाले दिँदा पनि वढी हुन्छ । राजा जनकले सीताको विहे दहेजको आधारमा होइन । सीताको सक्षमताको आधारमा रामले स्वयं रोजे पछि गरेका थिए । तर आफु खुशी दहेज संस्कृतिको रुपमा दिएका थिए । न की सामाजिक विकृतिको रुपमा समाजको प्रकृति कस्तो भएको छ भने छोरीको विहेको बेला दहेज बोझ हुने तर छोराको विहेको बेला दहेज नभई नहुने । केटीलाई पनि एउटा जीवन साथी भन्दा स्पोन्सर साथी प्रतिष्ठा साथी बाउन्सर साथी बरानिया साथी आदि के के साथीको रुपमा श्रीमान (हस्वैन्ड) चाहिन्छ । यसरी भौतिक आधारमा खोजिएको जीवन साथी कति दिन सम्म टिक्छ त ? त्यो टिकाउन दहेजले कुनै काम गर्दैन । सम्बन्ध पैसाले होइन सम्बन्धले नै बलियो हुन्छ । समग्रमा भन्दा ‘घुस’ र ‘दहेज’ संरचना भित्र नै समावेश भइसकेको छन् र समाजका व्यक्तिहरु नै सामाजिक भ्रष्टाचारी भएका छन् । यसको निराकरण सामाजिक तवरबाट नै गर्न सकिन्छ ।
निष्कर्ष
परम्परागत सोंचका आधारमा केटी भन्दा हरेक कुरामा सुप्रिम भएको केटा खोजेर उसलाई ऋण बोक्ने गरी दहेज दिनु भन्दा छोरीलाई शिक्षित र सक्षम बनाई उसँग अलि तल माथि भएर पनि वैचारिक रुपमा मिल्ने केटासँग विहे गराई स्वेच्छाले सक्ने जति आर्थिक सहयोग गरी दहेज लाई संस्कृतिमा मात्रै सिमित गरी दहेज माथि लागेको दाग विकृति वा कुरितीलाई हटाउनु पर्छ ।


२०७१ मंसिर ०७ गते आईतबार,

आध्यात्मिक मार्गको केन्द्र ‘जनकपुरधाम’

 एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सुष्टिको अस्तित्वमा रहेका जीवन र जगतको विकासको दर्शनका दुई मार्ग छन आध्यात्मिकमार्ग एवं भौतिकमार्ग । आाध्यात्मिकमार्गले सृष्टिकर्ताको शक्तिलाई प्रधानता दिन्छ र विकासको क्रमलाई अवतारको (योनि) शृङखलामा राख्दछ भने भौतिक मार्गले जीवमा निहित अन्तरशक्तिको क्रमिक विकासलाई प्रधानता दिई जीव र जगतको विकास भएको ठान्दछ । जनकपुरको जीवन र जगतको विकासको क्रम पनि यी मान्यताबाट अलग रहन सक्दैन । यी दुई मार्गको परिवर्तनका असर एकै पुस्ताले अनुभव गर्न सत्तैन । आध्यात्मिक आधार श्रुति, स्मृति, पुराण हुन्छन भने भौतिक आधार अवशेषहरुको क्रमिक अध्ययन हुन्छन । जनकपुरजस्ता दुवै दृष्टिले महत्व भएका प्राचिन सभ्यताका भण्डारको भौतिक विश्लेषण गर्न आजसम्म अन्वेषण, उत्खनन आदि कार्य हुन नसकेकोेले प्रौराणिक रुपमा पुस्ट्याई पु¥याउने स्थिति छैन भने आध्यात्मवादको पुस्टयाई गर्ने श्रुति, स्मृति, पुराण आदि शास्त्रीय ग्रन्थले पनि यथार्थताको क्रमिकता समेटन सकेको छैन । त्यो क्रमवद्धताका आभाव नै भावी पुस्ताको लागि सोचिएको अनुसन्धानात्मक पक्ष हुनेछ । 
ती शास्त्रीय ग्रन्थलाई आधार मानेर सार खिच्दा जनकपुर नगरी तथा मिथिला नगरी जगतजननी सीताको जन्मभूमि, याज्ञवल्क्य, मैत्रेयी जस्ता विद्धान(विदुषीहरुको ज्ञान भुमि, राजा निमिले घोर तपस्या गरेको तपोवन ठुलो जङ्गल भएकोले “वृहखारण्य” सुनखानी भएकाले “सुवर्ण का बन” अर्थात “काञ्चन बन” राजा निमिको देह मन्थन गरी बालक उत्पन्न गराएकोले “मिथिला” माता(पिता विना उत्पन्न बालक भएकोले “जनक” अचेतन (देह नभएको शरीर मथेर बालक उत्पन्न गराएको हुँदा “विदेह” आदि पर्यायी आवरणले युक्त भएको नगरी बुझिन्छ । परिदृश्यले जनकपुरको आदिम सभ्यता र विकासको स्पष्ट झलक दिन खोजिएको आभास हुन्छ । 
राम मन्दिर ।
त्रेता युगका राम, सीता, जनक याज्ञवल्वय,मैत्रेयीजस्ता पौराणिक व्यक्तित्वकोे राज्य राजधानी तथा नगरको युगान्तरमा खोजी गरिने क्रम शुरु भयो । पौराणिक कालको वर्णनको आधारमा कोशी, पश्चिम, गण्डकी पुर्व, गंगा उत्तर हिमालय दक्षिणको यो भागलाई मिथिला भुमि भनिएको छ । यसको राजधानीको हकमा कमला नदी पश्चिम, जलेश्वरनाथ महादेव पुर्व, गिरिजा भवानी मन्दिर उत्तर, धनुषाधाम दक्षिण, यति किल्ला उल्लेख भएको हुँदा यही परिधिभित्र प्राचिन जनकपुर रहेको विश्वास गरी  जनकपुरको खोजी गर्दै आएका चतुर्भुज गिरीले आफ्नो आध्यात्मिक साधनाद्धारा उत्खनन् गर्दा राम पञ्चायतनको मूर्ति भेटिएको र सो मुर्ति विश्वकर्माले स्वहस्तवाट निर्माण गर्दा राजा जनकलाई दिएको भन्ने जनश्रुति छ । सोही मुर्ति भेटिएको स्थानमा हालको राम मन्दिर अवस्थित छ । मुर्ति भेटिएका स्थानमा वरको रुख (कल्पवृक्ष) रहेको छ । त्यस्तै केही कालपछि सन्त सुरकिशोर दासले जानकीजीको जन्मभुमि पनि आध्यात्मिक शक्तिबाट पत्ता लगाउनु भएको र सोही स्थानमा जानकी मन्दिरको स्थापना भएपछि जनकपुरको पुनःउत्थान ९च्भबउउभबचबलअभ० शुरु भएको भन्ने मैथिल साहित्यहरुमा उल्लेख भएको छ । 
यसरी प्राप्त मुर्तिलाई सामान्य मन्दिर बनाई पुजा(आजा हुँदै जाँदा तत्कालीन मकवानी राजा माणिकसेन, इन्दुविधाता र हेमकर्ण सेनले राममन्दिर र जनक मन्दिरको नित्य नैमितिक पूजा(पर्व(जात्रा तथा सन्तहरुको भण्डारा (भोजन) का लागि जग्गा गुठीको रुपमा (कुश विरता) प्रदान गरेका र त्यसपछि तत्कालिन प्रधान सेनापति अमरसिंह थापा र राणा प्रधानमन्त्री जनकपुर आई राममन्दिर र जनक मन्दिर निर्माण गराएको भनी उल्लेख भएको अस्पष्ट शिला लेख राम मन्दिरमा सुरक्षित छ । त्यस्तै मकवानी सेनराजाको पालामा बनेको सानो जानकी मण्डपलाई गर्भगृहमा राखी हिन्दु(मुस्लिम स्थापनाकालको सम्मिश्रण गरेर वि.सं. १९६७ मा भारत, टीकमगढकी महरानी वृषभानु कुँवरले जानकी मन्दिर निर्माण गरी दिएकोले सो मन्दिरको भव्यताले जनकपुरको विशेष मूल्य बढाएको छ । मन्दिर बनाई दिने, पुजा(आजा तथा भण्डाराको लागि जग्गा दिने क्रम वढदै जाँदा राम जानकी, हनुमान, लक्ष्मण आदिका थुप्रै स(साना मन्दिर, सन्त महन्तको लागि कुटी तथा आश्रम र धेरै पोखरी निर्माण भएको तथा ती मन्दिर सञ्चालनार्थ दाताहरुले थुप्रै जग्गा प्रदान गरेका अभिलेखबाट देखिन्छ । पोखरीको हकमा भने कसले कहिले खनाएका हुन कुनै भरपर्दो अभिलेखबाट खुलेको छैन । धेरै पोखरीहरु गुठीसँग आवद्ध देखिन्छन र तिनीहरुको परिसरमा हुने कुटी, आश्रम तथा कुञ्जहरुले पोखरीको संरक्षण तथा सदुपयोग हुँदै आएको पाइएको छ । यी मन्दिरहरुका लागि प्राप्त जग्गाको अभिलेख अनुसार गुठी संस्थानको जनकपुर शाखा अन्तर्गत मात्र पनि २३ गुठी सञ्चालन भई झण्डै ६ हजार विगाहा जग्गा गुठीको रुपमा भएको साविक लगतमा देखिन आएको छ । मिथिला महात्म्य लगायतका साहित्य एवं कृतिहरुमा मिथिला क्षेत्रको महिमा वर्णन गर्दा ७२ तलाब, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदीहरु भएको क्षेत्रको रुपमा वर्णन गरिएको छ । यी प्राचिन सम्पदाहरु युगान्तकारी परिवर्तनमा केही लोप भएका, केही अद्यापि रहेका केही उत्खननबाट मात्र प्राप्त गर्न सकिने अवस्थामा रहेका छन । प्रमाणिक आधारमा राजा जनकको राजधानी किल्ला पनि यकीन हुन बाँकी नै देखिन्छ । 
धनुषाधाम मन्दिर ।
जगतजननी माता जानकीको जन्मभुमि, प्राचिन विदेह जनकको राजधानी, आधुनिक जनकपुर हिन्दु सभ्यताको उषाकालदेखि नै हिन्दु सामाजिक सिद्धान्त र दर्शनलाई समस्त आर्यावर्तमा व्यवस्थित र विकसित गर्न योगदान पु¥याउने राजर्षि जनक, याज्ञवल्क्य , गार्गी र मैत्रेयी आदिको कर्मभुमि र अध्यात्म चिन्तनको केन्द्र रहेको छ । प्राचिनकालदेखि नै ऋषि(मुनि र विशेष गरेर वैष्णव सन्तहरुको लागि आकर्षणका केन्द्र रहेको यस स्थानमा मठ(मन्दिर र कुटीहरुका एवम् सांस्कृतिक परम्पराले गर्दा नेपालका अन्य स्थानभन्दा वढी महत्वपुर्ण यो ठाउँ धार्मिक एवम सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रसिद्ध छ । उपनिषदको जटिल बौद्धिक सिद्धान्त, इस्लामी आक्रमण, स्वतन्त्र उपासना पद्धतिमा अवरोध बौद्ध र जैनका कठिन आत्मसंयमको पृष्ठभुमिमा भक्ति मार्ग विकसित भई वैष्णव शैव, शाक्त संप्रदायका अनुयायीहरुसँग सम्वन्धित अनेकौ उपसंप्रदायहरु उत्पन्न र विकसित भए । यी संप्रदायका अनुयायीहरुले आ(आफ्ना देवी देवतासँग सम्वन्धित साहित्यहरुको रचना गर्नुका साथै ती देवी देवताहरुसँग सम्वन्धित पवित्र स्थलहरुको महत्व बुझि भ्रमण अर्थात तीर्थाटन गर्ने व्यवस्था गरे ।  वैष्णव धर्ममा राम र कृष्ण सर्वाधिक लोकप्रिय भए । सर्वप्रथम वाल्मिकिले रामको महत्व र गरिमालाई केन्द्रबिन्दु बनाएर रामायणको रचना गरेका थिए । रामको देवत्व र परमपुरुषत्वको वर्णन गर्दै अध्यात्म रामायणको रचना भयो । स्वामी रामानन्दले राम र सीताको उपासना प्रारम्भ गरे । यो उपासना पद्धति एउटा क्रान्तिकारी धार्मिक परम्परा थियो । किनभने यस उपासना पद्धतिमा जात(पात र उच(नीचजस्ता कुनै व्यवस्था थिएनन । यसमा मात्र रामानन्दले राम सम्वन्धि समस्त स्थलहरुको भ्रमण गरे । उनलाई धर्म र समाज दुवैको चिन्ता थियो । स्वामी रामानन्द हतास, श्रीमान एवम् विखण्डित हिन्दु धर्मलाई मानवतावादी धार्मिक भावनाद्धारा एकीकृत गर्न थाहन्थे । उनी हिन्दुहरुमा बिरता, त्याग र कष्ट सहने प्रवृति विकास भएको देख्न चाहन्थ्ये । यसका लागि उनले भगवान रामलाई केन्द्रविन्दु बनाए । हाल तीनै रामानन्दको नाममा रामानन्दद्धार बनाई उनको शालिक माथिल्लो भागमा राखिएको छ । आदर्श चरित्र एवम सर्वंगुण सम्पन्न श्री रामको सम्पुर्ण व्यक्तित्वलाई उदघाटित गर्नमा जनभाषामा रामचरित मानसको रचना गरेर तुलसीदासले महत्वपुर्ण योगदान पु¥याएको प्रशंग पनि स्मरणयोग्य छ । 
माता जानकीको अभिभावभुमि मिथिला (जनकपुर) नगरीको चर्चा विभिन्न हिन्दु, जैन एवम बौद्ध वाङ्मयहरुमा विस्तृतरुपमा भएको पाइन्छ । पौराणिक कालका विदेह राजा सिरध्वज जनकको दरवार दार्शनिक चिन्तनको केन्द्रको रुपमा  प्रसिद्ध भएको र राम सीताको विवाहका उपलक्ष्यमा विभिन्न देवी, देवता, ऋषिमुनिहरुको आगमनद्धारा पवित्र भएको यो स्थल धार्मिक गृहस्थ तथा संतहरु समेतका लागि प्राचिनकालदेखि नै आकर्षक रहेको छ । सीता स्वयम्वरको समयमा रामद्धारा भाँचिएको शिव धनुषको एउटा टुक्रा धनुषाधाममा रहेको जनविश्वास छ । यस पौराणिक स्थल र यस वरिपरिका अन्य धार्मिक स्थलहरुलाई पुनः प्रकाशमा ल्याउने काम महात्मा चतुर्भुज गिरि र सुर किशोर दासले गरेका थिए । यी दुवै सन्तहरुलाई विर्ताको रुपमा जग्गा प्रदान गरेपछि यो स्थान महत्वपुर्ण वैष्णव हिन्दु तीर्थस्थलको रुपमा विकसित हुँदै गयो । तीर्थाटन गर्ने क्रममा वैष्णव सम्प्रदायका अनेकौ साधु सन्तहरुले यस पवित्र स्थलको भ्रमण  गरे । जसले गर्दा उनीहरुकै सत्प्रयासले यहाँ अनेकौ कुटी मठ(मन्दिर र पोखरीहरुको निर्माण भयो । माध्यमिकी र लघु परिक्रमा जस्तो महत्वपुर्ण धार्मिक परम्पराको विकास भयो । यस परिक्रमा पथभित्र राम र सीतासँग सम्वन्धित अनकौ मठमन्दिरहरुको स्थापना भयो । पछि यहाँ विभिन्न जातिहरुका कुटीहरु स्थापना भए जुन जातिय एकताको अनुपम उदाहरण हो । यी नै केही तथ्य, केही श्रुति र केही रहस्यलाई सके यथार्थ र परमार्जित रुपमा नसके यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरण हुन सक्ने वातावरणको सृजना वर्तमानको कर्तव्य बनेर आएको छ । यथास्थितिमा राख्न मात्र पनि ठुलो चुनौति समाजले नै महसुस गरेको छ । सम्पदाको रुपमा रहेका पोखरी तथा पोखरीका डिलहरु अतिक्रमित एव लोप हुँदै गएका दाताले दिएका जग्गाहरु हिनामिना मात्र होइन अभिलेखको अभावमा यकिन सम्म पनि हुन नसकेका कुटी, आश्रम, कुप आदि लोप हुँदै गएका, मठ मन्दिरको सम्पति दुरुपयोग एवं पुजा(आजामा सनातनता हुन छाडेपछि यथास्थितिमा अरु गुम्ने खतराप्रति नागरिक समाजको चासो बढनु आबश्यक छ ।  



२०७१ मंसिर ०७ गते आईतबार,

वढ्दो सवारी दुर्घटना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको नक्टाझिज ८ स्थित एउटा वसले ट्याक्टरलाई ठक्कर दिँदा नक्टाझिज ८ निवासी २३ वर्षिय गोपाल महत्तोको मृत्यु हुनुका साथै ११ जना दुर्घटनामा परि घाइते भएका थिए । जसमध्ये ९ जना सख्त घाइते भएका थिए । पुर्वबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ३४४ नम्बरको बसले विपरित दिशा तर्फबाट आइरहेको ज १ त ४५८३ नम्बरको ट्याक्टरलाई गत शनिवार अवेर साँझ ठक्कर दिँदा दुर्घटना भएको थियो । तिव्र गतिका कारण बस र ट्याक्टर पुर्णतः क्षतिग्रस्त भएको थियो ।
सवारी ज्यानमा फरक फरक सजाय
सवारी दुर्घटनाले धनुषामा विकराल समस्याको रुप लिँदैछ । पछिल्लो ३ वर्षमा  र ४ महिनामा मात्रै सवारी दुर्घटनामा परेर धनुषामा १ सय ४५ जनाले ज्यान गुमाउनु परेको छ भने ३ सय १५ जना गम्भीर घाइते भई अंगभंग समेत हुनु परेको छ । ३ सय ७ वटा सवारी दुर्घटना हुनुले पनि अब यो समस्या झनै भयावह हुँदै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा ५२ जना, २०६९÷०७० मा ४५ जना, २०७०÷०७१ मा ३० जना र चालु आ.ब. २०७१÷०७२ को कार्तिक मसान्तसम्म मात्र १८ जना गरी १ सय ४५ जनाले सवारी दुर्घटनामा परि अकालमै ज्यान गुमाउनु परेको छ । यस आर्थिक वर्षमा मात्रै ४ वटा यात्रुबाहक बस नै पल्टियो ।
सवारी साधनको बढ्दो उच्च चाप, सडक विभागले राजमार्गमा सडक रेखा विभाजन नगर्नु, राती अँध्यारोमा सवारी चालक निदाउनु मादक पदार्थ सेवन गरी चालकद्वारा सवारी साधन चलाइनु, क्षमता भन्दा अधिक यात्रु सवारी साधनमा चढाउनु, सडकको अवस्था जीर्ण हुनु आदि सवारी दुर्घटनाका प्रमुख कारण रहेको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोको भनाई छ ।
२१ जेष्ठ २०७१ मा जनकपुर ७ स्थित माछा बजार सडक खण्डमा ना. २ ख. ११९५९ नं. को टूकले किच्दा भईमा लडेकी ३० वर्षिया रेणु देवी झाको मृत्यु भएको थियो । टूकको पछाडी चक्काले किची टाउको समेत कचाककुचुक भईसकेको अवस्थामा उनको मृत्यु भएको थियो । 
प्रहरीले टूकको चेकजाँच गर्दा चालक बसेको सीट मुनि औफिसर्स च्वाइस लेखिएको सिसाको बोतल १, रोयल स्टाग ७५० एम एल सिसाको बोतल १ बरामद भएको थियो । सर्लाही सिसौटका रामदयाल महरा चालक रहेको थियो । किरिया खर्च वापत रु. २५ हजार मृतकका पति डा.विवेकानन्द झालाई उपलब्ध गराए पनि क्षतिपुर्ति रकम उपलब्ध गराईएको छैन ।
१८ अषाढ २०७१ मा धनुषा जिल्ला अदालतले चालक महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने २४ कार्तिक २०७१ मा न्यायाधिश कृष्ण बहादुर थापाको इजलासले २ वर्षको कैद सजाय तथा मृतकका परिवारलाई क्षतिपुर्ति समेत उपलब्ध गराउन आदेश गरेको छ । अदालतले गरेको फैसलाबाट आफु संतुष्ट नरहेको पीडित डा.विवेकानन्द झाले द एक्सक्लुसिभ सामु गुनासो व्यक्त गरे । अभियोग दावी गरिए अनुसार दुई वर्ष देखि दश वर्ष सम्म कैद सजाय माग दावी गरिएको थियो । पहिलो चक्का हातमा र त्यसपछि दायाँ काटेर टाउकोमा टूकको चक्काले किचेको थियो । त्यसकारण अधिकत्तम सजाय नगरी न्यूनत्तम सजाय गर्नुले आफुलाई न्याय नमिलेको पीडित झाले बताए ।
२० असोज २०७१ मा कजरा रमौलका भोला यादव अन्दाजी १० बजेको समयमा आफ्नो घरबाट निस्की आफ्नो साइड भई किराना पसलमा सामान खरिद गर्न गइरहेको थियो सार्वजनिक सडकमा विपरित दिशा तर्फबाट धनुषाको हरिहर ७ बस्ने नरेन्द्र पासवानले ज १ त ६७०८ नम्बरको ट्याक्टरमा बालुवा र सिमेन्ट लोड गरी लापरवाही पुर्वक चलाउँदै गरेको अवस्थामा ट्याक्टरले भोलालाई किच्दा आन्द्रा समेत निस्किए पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा यादवको मृत्यु भएको थियो ।
ट्याक्टर लिएर गईरहेको बेलामा पछाडी तर्फबाट अचानक गाई भैसी दौड्दै आउँदा भोला यादव अस्तिएर एक्कासी दौडेर बाटो काट्न खोज्दा ट्याक्टरको दायाँ पट्टीको चक्का लागेर मृत्यु भएको चालक पासवानले प्रहरी समक्ष बयान गरेका थिए । किचिए पछि गाउँलेले लखेटेर कुट्ने डरले आफु ट्याक्टर घटनास्थलमै छोडी   फरार भएको उनले बताए ।
धनुषा जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलाइए पछि सवारी धनीको तर्फबाट मृतक यादवका हकदार महन्थी यादवलाई किरिया खर्च र क्षतिपुर्ति वापत जिल्ला प्रशासन कार्यालय धनुषाको मार्फत रु. ५ लाख प्रदान गरियो । 
१६ कार्तिक २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालको इजलासले पासवानलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी जरिवाना र कैद सजाय काटी अहिले रिहा भइसकेका छन् । 
१४ जेष्ठ २०७१ मा महोत्तरीको गौरीवाण २ बस्ने सोम बहादुर विकको सवारी दुर्घटनामा परि मृत्यु भयो । चियापसलबाट चिया खाई निजले काम गरिरहेको स्थान निर्मानाधिन स्लाइन पानी फैक्टूी तर्फ आफ्नो साइडमा गइरहेको अवस्थामा ज ५ प ३२२० नम्बरको मोटरसाइकलले अचानक ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीबाट घर फर्कि आउने क्रममा विपरित दिशाबाट एकिन नम्बर नाम थाहा नखुलेको गाडीको लाइट आँखामा पर्दा आँखा अचानक बन्द भई देखिएन  र सोही समयमा अचानक विक आएपछि मोटरसाइकल अनियन्त्रित भई ठक्कर लागि विकको मृत्यु भएको र आफु पनि घाइते भई बेहोस भएको प्रहरी समक्ष महोत्तरी सिंगयाही १ का मोटरसाइकल चालकले बयान दिए ।
१५ जेष्ठ २०७१ मा मृतकका भाई रामबहादुर विकले किरिया खर्च वापत रु. २५ हजार, २६  जेष्ठमा क्षतिपुर्ति वापत मोटरसाइकल धनीको तर्फबाट रु. ४ लाख ७५ हजार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मृतककी श्रीमति चन्द्रकला कामीलाई दिइएको थियो । धनुषामा जिल्ला अदालतको न्यायाधिश भरत लम्सालको इजलासले ५ दिन कैद र ५ सय जरिवाना आदेश गरेको थियो । उक्त सजाय काटेर अहिले चौधरी रिहा भइसकेको छन् । यसरी हेर्दा कसैलाई वढी र कसैलाई कम सजाय किन भएको हो भन्ने सवालमा धनुषा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद श्रेष्ठ भन्छन,“ सवारी तथा यातायात व्यवस्था ऐन अनुसार लापरवाही पुर्वक जानी जानी सवारी चालकले दुर्घटना गराएको छ र कसैको मृत्यु भएको छ भने जन्मकैद, मनसाय जानी जानी नभएपनि लापरवाही पुर्वक चलाइएको छ भने दुई देखि दश वर्षसम्म कैद र यदि लापरवाही पनि छैन र मनसाय पनि छैन र पनि कसैको मृत्यु भएको छ भने एक महिनासम्म कैद र २ हजार सम्मको जरिवाना गरिने प्रावधान छ ।” अदालतमा आउने मुद्दाहरुमा अभियोग दावी, अपराधको प्रकृति, चालकको उमेर, नियत लगायतका कुराहरुलाई आधार बनाई न्यायाधिशहरुले स्वविवेकको आधारमा दण्ड र सजाय दिने गरिएको श्रेष्तेदार श्रेष्ठले बताए ।
हुन त जिल्ला प्रहरी कार्यालय धनुषामा सवारी ज्यान मुद्दा अन्तरगत आर्थिक बर्ष २०६८ मा ५५, २०६९ मा ४७, २०७० मा ४८ र चालु आर्थिक वर्षको कार्तिक सम्म १६ थान मुद्दा दर्ता भएको छ । त्यसैगरी अंगभंगमा विगत ३ वर्षमा ७ वटा मुद्दा मात्र दर्ता भएको छ । सवारी ज्यान मुद्दाको अनुसन्धान प्रहरीले राम्रो ढंगले सम्पन्न गर्दै गर्दैनन्, सवारी अंगभंगको मुद्दा त प्रहरीले बाटोमै रफ्फा दफ्फा गरिदिने प्रवृति  रहेको वताउँछन, अधिवक्ता विमल कुमार मिश्र । अधिवक्ता मिश्र भन्छन,“ हुन त धनुषामा कुनै पनि मुद्दामा प्रहरीले विज्ञान सम्मत र बस्तु परक अनुसन्धान गरेको पाइदैन । सवारी ज्यान मुद्दामा सवारी धनीबाट प्रलोभनमा पर्ने गुन्जाइस हुनाले पनि सवारी ज्यान मुद्दाको दुर्घटना जाँच प्रतिवेदन तथा अनुसन्धान खुकुलो हुने गरेको छ । यसका अतिरिक्त सवारी अंगभंगको मुद्दा नै प्रायः दर्ता हुँदैन । किनभने ती मुद्दा बाटो मै प्रहरीले मिलापत्र गराई रफादफा गरिदिने गरेका छन् ।” हुन त सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जे जस्तो प्रयास गरेपनि दुर्घटना न्यूनिकरण हुन सकेको छैन ।

२०७१ मंसिर ०७ गते आईतबार

धुमधामका साथ विवाह पञ्चमी मनाईदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजभोलि कर्णप्रिय गितहरु सुन्न पाइन्छ । विवाह, स्वागत र मङ्गल गान सहितका गितहरु अहिले घर घरमा गुन्जयमान छन् । कारण के हो भने रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुन्जयमान भएको छ ।
  मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौ भक्तजन र तीर्थालुहरु जनकपुरधाम आउने गर्दछन् । राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसंग सीताको विबाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासंग स्वमवयर गर्नु आदि स्मृतिमा सिताराम विबाह महोत्सब मनाईने चलन परापूर्वकाल देखि नै जनकपुरधाममा चलिआएको छ । सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन् । विवाहपञ्चमीमा देबीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा  उपस्थित भएकाहरु जन्तीको आगमनदेखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताएका छन्  । 
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु भई, स्वयमवरसम्मको आयोजनापछि देवी बिवाह महोत्सवका रुपमा रुपान्तरण  हुंँदैआएको छ । विवाह महोत्सवका अवसरमा जानकी मन्दिर , राम मन्दिर ,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौ मठ मन्दिरहरुबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी हुने गर्छन् । अयोध्या नरेश दशरथ पुत्र भगवान राम र मिथिलाका राजा जनक पुत्रि जानकीको स्वयमवरको अबसरमा जनकपुरको ऐतिहासिक रगंभुमि बाह्रबिघा मैदानमा प्रत्येक बर्ष लाखौं श्रद्धालुहरु सहभागि हुदै आएको छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि नदेखाउनु दुःखदायी रहेको राम मन्दिरका महन्थ राम गिरीको भनाई छ । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धनकै लागि भनेर खोलिएका संस्थाहरु पनि मौन बसेको पाइन्छ  । तिर्थाटनमा आउने श्रद्धालु भक्तजनहरुका लागि सरसफाई, विजुली, पानी, पण्डाल र बासस्थानको समस्या नै हुने गरेको छ ।   
यसवर्ष पनि भारतको अयोध्याबाट श्रीराम विवाह जयन्ती धेरै धुमधामका साथ जनकपुरधामको लागि प्रस्थान गरिसकेको छ । १ मंसिरबाट निस्केको जयन्ती मंसिर ९ गते जनकपुर आईपुग्ने छन् । मंगलबार तिलक उत्सव, बुधबार मटकोर, विहिबार विवाह महोत्सव, शुक्रबार राम कलेवा हुँदै शनिबार उक्त ज्यन्तीहरु भारत फर्किने छन् ।

२०७१ मंसिर ०७ गते आईतबार

जनकपुर दोस्रो पटक ‘च्याम्पियन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
क्षेत्र नं ७ जनकपुरले यो बर्षको वाइवाइ यू–१९ महिला क्रिकेटको उपाधि जितेर जनकपुरलाई पुनः गौरवान्वित गर्न सफल भएको छ । जनकपुरले डिफेन्डिङ च्याम्पियन क्षेत्र नं १ बिराटनगरलाई २७ रनले पराजित गर्दै तीन बर्षमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा त्रिबि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको ५५ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनायो । उनले ५० बलमा ८ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ४ चौकाको मद्दतले ३३ तथा सरस्वती चौधरीले १३ बलमा ३ चौकाको मद्दतले आक्रामक पारी खेल्दै अबिजित २३ रन बनाइन् ।
जनकपुरको सुरुवातमै दुई बलमा सवनम राईको बलमा शान्ति चौधरी खाता पनि खोल्न नपाई एलबिडवलुको शिकार भएपछि जनकपुरका लागि दुर्भाग्यपुर्ण रह्यो । शुन्य रनको स्कोरमा जनकपुरले १ विकेट गुमाईसकेको थियो । तर, अनुराधा चौधरीले पारीलाई सम्हाल्दै ममता चौधरीसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि जनकपुरको प्रदर्शन सम्हलेको थियो । त्यसपछि अनुराधा चौधरी पनि सन्झना बुढाथोकीको बलमा रोमा थापाले अनुराधालाई क्याच आउट गरिन । त्यसपछि कप्तान सरस्वती चौधरी र ममताका बीच पनि १९ रनको मात्र साझेदारी हुन सक्यो । सवनम राईकै बलमा ममता ५५ रनको निजी स्कोरमा सन्झनालाई क्याच थमाएर पवेलियन फर्केकी थिइन । अन्तिम ओभरमा खेल्न आएकी रितु भण्डारीले खेल्ने मौका पनि पाएनन् ।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन् । १३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन मात्र बनायो । बिराटनगरका लागि रोमा थापाले अबिजित २४ तथा संगिता राईले ३२ रन बनाए पनि हार टार्न सकेनन् । संगिता राइले ४० बलको सामना गर्दै २ चौकाका मद्दतले ३२ रन बनाएकी थिइन भने रोमाले ३० बलमा एक मात्र चौका प्रहार गरि २४ रन बनाई आउट भएकी थिइन । यसका अतिरिक्त विराटनगरकी काजल श्रेष्ठले ११ बलमा ४ रन, रोशना राईले ६ बलमा शुन्य रन, सन्झना बुढाथोकीले ८ बलमा ५ रन, गिता प्रसाईले ११ बलमा ५ रन बनाई आउट भएकी थिइन । त्यसैगरी सवनम राई ९ बलमा ७ रन र सोनुकला खेतीलाई ४ बलमा २ रनको स्कोरमा क्रमशः सृजना र रितुले रन आउट गरेकी थिइन । त्यसैगरी रोमा थापा २४ रन र सुजाता क्षेत्री ३ रन बनाई नट आउट रहेकी थिइन ।
जनकपुरकी आरति चौधरीले २ विकेट, सरस्वती चौधरी, अनुराधा चौधरी र ममता चौधरीले क्रमशः १÷१ विकेट हात पारिन् । सरस्वतीले ४ ओभरमा १ मेडेन सहित ८ रन दिई १ विकेट लिएकी थिइन् । अनुराधा चौधरीले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट, ममता चौधरीले ४ ओभरमा २२ रन दिएर १ विकेट, आरती चौधरीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएकी थिइन् ।  त्यसैगरी शान्ति चौधरीले दुई ओभरमा १२ रन र गिता कार्कीले २ ओभरमा २७ रन खर्चिए पनि कुनै पनि सफलता हात पार्न सकिनन् ।
जनकपुरको आक्रामक बलिङका कारण विराटनगरको कुनै पनि प्लेयर क्रिजमा टिक्नै सकेनन् । विराटनगरको दुई रनको स्कोरमा पहिलो विकेट, १० रनको स्कोरमा दोस्रो विकेट, २० रनको स्कोरमा तेस्रो विकेट, ४२ रनको स्कोरमा चौथो विकेट, ६८ रनको स्कोरमा पाँचौ विकेट, ८८ रनको स्कोरमा छठौ विकेट, ९२ रनको स्कोरमा सातौ विकेटको पतन भएको थियो । यसरी जनकपुरले निरन्तर अन्तरालमा विकेट लिएका कारण विराटनगर लक्ष्य सामु पुग्नै सकेनन् ।
 उपाधिसँगै पुरस्कार वापत जनकपुरले २५ हजार र बिराटनगरले १५ हजार रुपैयाँ पाए ।
जकपुरकी ममता चौधरी प्लेअर अफ दि टुर्नामेन्ट भइन् । उनले १० हजार नगद पुरस्कार समेत पाइन् । त्यसैगरी जनकपुरकी ममता चौधरी प्लेयर अफ दि फाइनल घोषित भईन् । उनले नगद पाँच हजार पुरस्कार पाइन् । त्यसैगरी पाँच हजार नगद पुरस्कार सहित बैतडीकी विन्दु रावल व्याट्स ओमेन अफ दि टुर्नामेन्ट र नेपालगञ्जकी रेखा विसी रु. ५ हजार नगद पुरस्कार सहित बेस्ट बलर अफ दि टुर्नामेन्ट चुनिइन् ।

२०७१ मंसिर ०७ गते आईतबार

Sunday, November 16, 2014

अजब–गजब छ बा ! सुदर्शन सिंह


जनकपुरवासी सँग–सँगै हामीले पनि आफ्नो विकास गर्नुपर्छ साथी हो, मोदीको स्वागतमा ।

२०७१ कार्तिक ३० गते आईतबार

मातवर हत्या प्रकरण पण्डितलाई सर्वस्व सहित जन्म कैद, एकलाई जन्मकैद र चारलाई १० वर्षको कैद

बायाँ देखि क्रमशः श्रीचन मुखिया, धर्मनाथ खत्वे र
 मुकेश कुमार पण्डित । फाइल फोटो
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मातवर मुखियाको हत्या गर्ने कसुरमा सर्लाही मलंगवा नगरपालिका १० मा वस्ने कामेश्वर पण्डितको छोरा मुकेश पण्डित भन्ने मुकेश कुमार पण्डितलाई धनुषा जिल्ला अदालतले सर्वश्व सहित जन्मकैदको सजाय तोकेको छ । धनुषा जिल्ला अदालतका न्यायाधिश लोकजंग शाहको इजलासले २७ कार्तिक २०७१ मा सो आदेश गरेको हो । पण्डित मुखियालाई गोली प्रहार गर्ने व्यक्ति हुन् ।
त्यसैगरी उक्त हत्यामा संलग्न रहेका मातवरकै छिमेकी समेत रहेका जनकपुर नगरपालिका १२, कुवा रामपुर टोलमा बस्ने गुलावचन खत्वेको छोरा धर्मनाथ खत्वेलाई जन्मकैदको सजाय तोकिएको छ । खत्वेले सुराकी दिने, पण्डितलाई हतियार उपलब्ध गराई गोली हानी मार भनि बचन आदेश दिने व्यक्ति हुन् । त्यसैगरी उक्त हत्यामा संलग्न रहेका अन्य ४ जना व्यक्तिहरुलाई १० वर्ष कैदको सजाय तोकिएको छ । धनुषाको अन्दुपट्टी कटरैत ८ मा घर भई धनुषाको विन्धी २ मा बस्ने राजदेव मुखियाको छोरा श्रीचन मुखिया भन्ने श्रीचन्द मुखिया, धनुषाको लक्ष्मीपुर बगेवा ३ मा वस्ने सत्यनारायण यादवको छोरा पृथ्वी सिंह भनिने श्याम यादव, जनकपुर नगरपालिका ३ मा वस्ने हाल जनकपुर नगरपालिका २ मा वस्दै आएका अशोक साहका छोरा विनय कुमार शिवहरे भन्ने राजकपुर साह र जनकपुर नगरपालिका १२ वस्ने सुकदेव महत्तो कोइरीको छोरा रामबाबु महत्तो कोइरीलाई जनही १० वर्षको कैद सजाय गरिएको हो ।
२३ साउन २०६८ का दिन विहान अन्दाजी ११ बजेको समयमा कुवारामपुरबाट जनकपुर आउनको लागि घरबाट निस्की सडकमा रहेको मोटरसाइकल स्टार्ट गर्न पुगेको बेलामा मातवर मुखियालाई धर्मनाथ खत्वेको आदेशमा मुकेश पण्डितले ताकि गोली हानी हत्या गरेको थियो । पण्डितले प्रहार गरेको गोली मातवरको छातिमा लागी रक्तपिच्छ भई सडकमा लडेका थिए । घटना हुने वित्तिकै वरपरका मानिसहरुले पण्डितलाई लखेटदा पण्डितले अर्को गोली फायर समेत गरेको थियो ।
मुकेश कुमार पण्डितको रिसइवी
सर्लाही मलंगवा नगरपालिका १० वस्ने मुकेश कुमार पण्डितले २३ साउन २०६८ मा जनकपुर नगरपालिका १२ स्थित कुवा रामपुर गाउँमा माथवर मुखियालाई गोली प्रहार गरी हत्या गरेको थियो । पण्डितले गरेको गोली प्रहारबाट तत्कालै उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि पठाइए पनि उपचारकै क्रममा मुखियाको मृत्यु भएको थियो । उता गोली प्रहार गरेको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक हरि खतिवडाको कमाण्डमा गएको टोलीले पण्डितलाई धेरा हालि पक्राउ गरेको थियो । उता गोली प्रहारको आवाज सुन्ने वित्तिकै गाउँका स्थानीयवासीहरुले पण्डितलाई पक्राउ गर्न लखेटन थाले पछि पण्डितले गाउँलेहरुलाई तर्साउनका लागि एक राउण्ड फायर पनि गरेको थियो । त्यतिकैमा प्रहरीले पण्डितलाई पक्राउ गरेको थियो ।
प्रतिशोधको कारण
जतिबेला मुकेश कुमार पण्डितले मुखियाको गोली प्रहार गरी हत्या गरेको थियो, त्यतिबेला उनको उमेर २२ वर्ष मात्र थियो । सर्लाही क्याम्पस, मलंगवामा वि.वि.एस. दोस्रो वर्षमा अध्ययनरत पण्डितले मुखियाको हत्याको कारण व्यक्तिगत रिसइवि नै रहेको प्रहरी र अदालतमा पनि उनले वयान दिएका थिए । घटना हुनु २ वर्ष अगाडी मोडेल क्याम्पस, जनकपुरमा मुकेश अध्ययनरत रहेको बेला माथवर मुखियाले कुटपिट गरेका कारण रिसइवी भएको बताएका छन् । हुन त, मुकेश पहिले पनि आकाश त्यागी भनिने राम यादवको नेतृत्वमा रहेको तराई राष्टिूय मुक्ति सेनामा आवद्ध थिए । आकाश त्यागी प्रहरी इनकाउन्टरमा मारिए पछि उक्त समुह त्यागी आकाश त्यागीकै दाजु पृथ्वी सिंह भनिने श्याम यादव आवद्ध रहेको अखिल तराई मुक्ति मोर्चा, गोइत समुहमा पृथ्वीसिंह सँगै काम गर्न थाले ।
भारतको उभगाँवमा बनेको योजना अनुसार मातवरको हतियार गर्ने उद्देश्यले २३ साउन २०६८ का दिन विहान ९ बजे विन्धी स्थित श्रीचन मुखियाको घरमा पुगेर वारदातलाई अन्जाम दिने विषयमा कुराकानी गरी श्रीचनकै मोटरसाईकलमा चढेर धर्मनाथ खत्वेको कुवा रामपुर पुगे । यता मातवरलाई हत्या गर्ने र मुकेशलाई भगाउन तयार रहने अवस्थामा रा.रा.ब. क्याम्पस नजिक सडक खण्डमा मोटरसाईकल स्ट्याण्डबाट राख्न श्रीचन तयार भएर वस्ने कुरा भयो ।
उत्ता धर्मनाथको घरमा विहान ९÷१० बजे तिर आउने र धर्मनाथले आफ्नो घरमा रहेको हतियार कटुवा पेस्तोल र २ राउण्ड गोली ठीक पार्नुका साथै मातवरको सुराक पता लगाएर राख्ने कार्यको जिम्मा धर्मनाथलाई दिइएको थियो । २२ साउनमा राति मुकेश, लक्ष्मण अखाडा स्थित आफ्नो साथी सन्तोष घरमा बसेका थिए । यस हत्या भन्दा अघि मुकेश हातहतियार तथा खरखजाना मुद्दामा ३१ भदौ २०६५ मा पक्राउ परी ६ महिना कारागार शाखा जलेश्वरको थुनामा रही पछि रु. १ लाख जरिवाना तिरी रिहा भएका थिए ।
मुकेशले मातवरलाई हत्या गर्न प्रयोग गरिएको कटुवा पेस्तोल र गोली भारतको खजौली भन्ने ठाउँबाट किनेका थिए । पेस्तोल चलाउने तालिम उसले घटना हुनु २ वर्ष अघि मलंगवामै एक जना प्रहरीबाट लिएका थिए ।
धर्मनाथ खत्वेको कनेक्सन
जनकपुर नगरपालिका १२ कुवा रामपुरमा वस्ने २३ वर्षिय धर्मनाथ खत्वे कतारबाट वैदेशिक रोजगारी गरि १ महिना अघि मात्र घर फर्केको थियो । आर्थिक अवस्था न्यून भएका उनको घर र ८ कठ्ठा जग्गा छ । कक्षा १० सम्म पढेका उनको परिवारको घरमा बुवा, आमा, श्रीमति, हजुरआमा, १ भाई समेतको परिवार छ ।
तराईको भुमिगत समुहमा रहेको जनकपुर ३ मा घरमै वडा नं. २ मा बस्ने विनय कुमार साह शिवहरे भन्ने राज कपुर साहले हतियारहरु राख्न उनलाई दिएको थियो । उक्त हतियारहरु राख्न दिएकोमा धर्मनाथले एउटा पिस्टल (पेस्तोल) माथवर मुखियाले लिएको फिर्ता मागेपछि बाँकी सबै हतियार उनले फिर्ता गरे । एउटा हतियार माथवर मुखियासँग छ भनेर भन्दा मागेर ल्याउ राजकपुरले भनेपछि धर्मनाथ माथवरले धर्मनाथलाई हतियार फिर्ता गर्नुको साटो उल्टै उनलाई कुटपिट गरेपछि उक्त घटना पृथ्वी सिंह भन्ने श्याम यादव र राजकपुरलाई उनले सुनाए । माथवर मुखियाले धेरै अत्यामार गर्छ निजलाई मार्नु पर्छ भन्ने उनले प्रस्ताव  राख्दा मुकेश पण्डितले यो काम गर्छ भनेर श्याम यादवले धर्मनाथलाई आश्वस्त पार्यो । श्यामले मुकेशलाई धर्मनाथको मोवाइल नम्बर दिई दुवै बीच फोन मार्फत सम्पर्क हुन थाल्यो । घटना हुनुभन्दा १ दिन अगाडी श्याम यादवले धर्मनाथलाई फोन गरी भारतको मधुवनीको उमगाँव स्थित महादेव मन्दिरमा भेट्न बोलायो । श्रीचन मुखियालाई पनि उक्त ठाउँमा भेट गर्न भन्दा श्रीचन मानेनन् । त्यसपछि धर्मनाथ आफ्नो साथी जनकपुर १२ बस्ने रामबाबु महत्तो कोइरीको स्पलेन्डर प्रो मोटरसाइकलमा चढी उमगाँवको महादेव मन्दिर पुगे । त्यहाँ श्याम यादव (पृथ्वी सिंह) , विनय कुमार साह शिवहरे भन्ने राजकपुर साह र मुकेश कुमार पण्डित थियो । त्यहाँ सवै जनाले मिलेर माथवर मुखियाको हत्या गर्ने योजना बनायो । अनुकुल समय मिलाएर मुकेश कुमार पण्डितलाई श्रीचन मुखियाले धर्मनाथको घरमा पु¥याइने र मुकेशले माथवरलाई गोली हान्ने योजना बनाइयो । योजना अनुसार माथवर मुखियालाई गोली प्रहार गरिसकेपछि मुकेश कुमार पण्डितलाई खर्चको लागि धर्मनाथले रु. २० हजार दिने कुरा भएको थियो ।
श्रीचन मुखियाको कनेक्सन
श्रीचन मुखिया भन्ने श्रीचन्द मुखियाको वास्तविक घर अन्नुपट्टि कटरैत हो । धनुषाको विन्धी २ मा उनी घर बनाई बसेको थिए । आर्थिक अवस्था भन्ने हो उनको नाउमा घर र २ कठ्ठा जमिन छ । राराब क्याम्पसबाट एम.ए. उत्तिर्ण गरेका उनी भुमिगत कालदेखि नेकपा माओवादीमा आवद्ध थिए । ६ जेष्ठ २०६७ मा उनले नेकपा क्रान्तिकारी माओवादी गठन गरी उक्त पार्टीको महासचिव थिए । धनुषाको लक्ष्मीपुर बगेवा ३ बस्ने पृथ्वी सिंह भनिने श्याम कुमार यादवसँग उनको पहिले देखि नै चिनजान थियो । एमाओवादी पार्टी छोडे पछि पृथ्वी सिंहले श्रीचनलाई फोन गरी उनको समुहमा काम गर्न प्रस्ताव गरेको थियो । माथवरको हत्या हुनु २०÷२५ दिन अघि पृथ्वी सिंहले फोन गरी मुकेश पंडित जनकपुरमा कारवाही गर्न जाँदैछ, उसलाई सहयोग गर्नु भनि श्रीचनलाई भन्दा, उनले अस्वीकार गरे । त्यसपछि पनि पृथ्वीले श्रीचनलाई ३÷४ पटक फोन गरे । घटना हुनु २ दिन अघि मुकेश पण्डितले श्रीचनलाई फोन गरेर भेट्नु छ, कहाँ हुनु हुन्छ, पृथ्वी सिंहले भनेको कारवाही गर्नुछ भनेर भन्दा श्रीचनले आफुलाई फुर्सत नरहेको भनी इन्कार गरेका थिए ।

श्रीमति र बच्चाका साथ मातवर मुखिया ।
फाइल फोटो 
को हुन मातवर मुखिया ?

जनकपुर नगरपालिका वडा नं. १२ स्थित कुवा रामपुर टोलमा बस्ने मातवर मुखिया जनकपुरका चर्चित कथित डन मध्येका एक थिए । धनुषाको वभनगामा विद्यालयमा पढन गएपनि उनी साक्षर मात्र हुन सके । तर, कराँते खेल राम्रो खेल्ने खेलाडी समेत भएका उनी कराँतेमा व्लयाक बेल्ट हासिल गरेका थिए । 
जनकपुरको मिल्स एरियामा गएर सधै कराँते खेल्ने र खेलाउने गर्दा उनी यूवाहरुका माझ लोकप्रिय हुँदै गए । त्यसपछि उनलाई तत्कालिन नेता पुन्यप्रताप मल्ल र प्रकाश राणाहरुले प्रयोग गरे । अहिले सदभावनाबाट धनुषाको निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सभाषद समेत रहेका र हाल सिरहा कारागारमा ज्यान मुद्दाका अभियुक्त भई थुनामा रहेका संजय साह समेत उनको चेला नै थिए । वास्तवमा संजय साहलाई ‘टकला’ भनेर नामाकरण गर्ने व्यक्ति पनि मातवर मुखिया नै थिए । मातवर जहिले पनि यूवाहरुका बीचमा वस्ने र यूवाहरुको लागि जहिले पनि उभिने उनको चरित्र थियो । यूवाहरु माझ यति लोकप्रिय र ताकतवर बन्दै गए कि जहाँ गएपनि मातवर भनेको व्यक्ति तपाई नै हो भनेर यूवाहरुले उत्साहका साथ सम्मान गर्थे । विस्तारै उनी कथित डन भनेर समेत चिनिन थाले । 

मातवरको हत्या भएका बेला शोकमा 
उनको श्रीमति तथा बच्चा ।
मातवरलाई चिन्ने व्यक्तिहरुका अनुसार नेपालकै डनहरु पनि मातवरलाई एक उच्च दर्जाको डनको रुपमा लिन्थे । तर, उनी वढी शिक्षित नभएका कारण र रुपैयाँ कमाउन नसकेका कारण उनी राजनीतिक दलहरु र तिनका नेताहरुको प्यादा वा गोटी बनेर सिमित बनाइएका थिए । तर, हत्या हुनु केही वर्ष अघि देखि उनी लागु औषधको कुलतमा फसी दुवर््यशनी बनेका थिए । हत्या हुनु अघि उनी नेकपा एमालेको यूवा संगठन यूथ फोर्सका नगर इन्चार्ज थिए ।  उनी एमाले नेता रघुविर महासेठका निकट थिए । 
अदालतले गरेको फैसलालाई सम्मान गर्दै मातवरका साथी समेत रहेका रामदुलार साह भन्छन,“सत्यको एक दिन जित अवश्य नै हुन्छ । अदालतले गरेको फैसलाले मातवरलाई न्याय मिलेको भएपनि तत्कालिन प्रहरीले मातवरको हत्यामा संलग्न हुन सक्ने ठुला माछालाई कानुनको दायरामा नल्याई साना माछालाई मात्र समात्नुले मातवरलाई पुर्णतः न्याय भने हुन सकेको छैन ।” समाजमा मातवरलाई हेर्ने आ आफ्नो दृष्टिकोण हुन सक्ला तर मातवरले कसैको घरमा गएर कुनै पनि किसिमको अपराध नगरेको साहको भनाई छ । कसैलाई पिटेको झोकमा मात्रै कसैले मातवर जस्ता व्यक्तिको हत्या गर्न सक्छ भन्ने कुरा पत्याउन सकिन्न ।




२०७१ कार्तिक ३० गते आईतबार