Monday, June 9, 2014

१३ घटनामा मानव अधिकार आयोगले के सिफारिस गरे ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा पतनुका गाविस(३ की रामपरी देवी (४५) लाई बोक्सीको आरोपमा स्थानीय दुखमोचन साह, राम इश्वर साह, रघुनी साह, शंकर साह र संतोष साह लगायतका व्यक्तिहरुले ९ फागुन २०५८ मा अमानवीय व्यवहार तथा कुटपिट गरी पटक पटक यातना दिएको कारण टाउकोमा चोटपटक लागेको तथा विहोस भएको समाचार विभिन्न पत्र पत्रिकामा प्रकाशित भएको थियो । सोही समाचारलाई आधार मानि राष्टिूय मानव अधिकार आयोगले आफ्नै सक्रियतामा कारवाही अगाडी वढाएको थियो । पीडित रामपरी देवी उपर पर्न गएको शारीरिक तथा मानसिक पीडालाई मध्यनजर गर्दै रु. ३० हजार क्षतिपुर्ति स्वरुप रकम उपलब्ध गराई दिने भन्दै २३ बैशाख २०६० मा आयोगले निर्णय गरि मन्त्रिपरिषदको सचिवालय मार्फत श्री ५ को सरकारलाई कार्यान्वयनका लागि पटक पटक पत्राचार गरेपछि १७ मंसिर २०६० मा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत क्षतिपुर्ति प्रदान गरियो ।
धनुषा सखुवा महेन्द्रनगर(४ बस्ने पवित्री देवी महरा चमारलाई बोक्सीको आरोप लगाई पसलबाट घर फर्कदै गरेको अवस्थामा स्थानीय राजेन्द्र महरा, निजको छोरा पुकार महरा, सेवारवि दास तथा डोमा महरा, सरसावाली, भलोबाली, महादेवपुरवाली लगायतका व्यक्तिहरुले १२ असोज २०५८ मा घाँटी तथा टाउको, पिठयूँ लगायतका शरीरका विभिन्न भागमा जुत्ता चप्पलले कुटि यातना दिएको समाचार विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको थियो । उक्त समाचारलाई आधार मानेर आयोगले आफ्नै सक्रियतामा छानविन कार्य अघि वढाई २३ बैशाख २०६० मा पीडितलाई रु. ३० हजार क्षतिपुर्ति उपलब्ध गराईदिने सम्बन्धमा मन्त्रिपरिषद सचिवालय मार्फत श्री ५ को सरकारलाई लेखि पठाउने निर्णय गरियो । १७ मंसिर २०६० मा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत पीडित महरालाई क्षतिपुर्ति स्वरुप उक्त रकम प्रदान गरियो ।
धनुषा वेंगाडावर गाविस(६ वरहरी वजारमा ८ साउन २०६१ मा राति करिब ९ः४५ बजे सोही ठाउँमा बस्ने लक्ष्मेश्वर पुर्वे (५२) र बेचन साह लहेरी (३५) को सुरक्षाकर्मीद्वारा चलाइएको गोलीबाट मृत्यु भएकोले घटनाको छानविन गरी दोषिलाई कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपुर्तिको लागि आयोगमा १५ साउन २०६१ मा उजुरी परेको थियो । दोषि सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारवाही तथा पीडित परिवारहरुलाई जनही रु. १ लाख क्षतिपुर्ति उपलब्ध गराईदिन श्री ५ को सरकारलाई लेखि पठाउने भनी २ चैत्र २०६१ मा राष्टिूय मानव अधिकार आयोगले निर्णय गरियो । उक्त निर्णय कार्यान्वयनका लागि आयोगले श्री ५ को सरकार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा पटक पटक ताकेता गरेपछि पीडितका हकदारले पाउने गरी जनही रु. १ लाख राहत रकम १० जेष्ठ २०६८ मा पाएको भएपनि दोषि सुरक्षाकर्मीलाई हालसम्म कारवाही भएको छैन ।
१५ असोज २०६१ मा राति घरमा सुतिरहेको अवस्थामा धनुषा चोरा कोइलपुर(६ का राजगिर यादव (३३), बालाबाखर मतौना टोलका रामनाथ यादव(४०) , विल्टु यादव (४०) शत्रुधन यादव (२८) , विरेन्जी यादव (२८) र रामपुकार यादव (४५) समेतलाई सुरक्षाकर्मीले पक्राउ गरी गोठकोयलपुर गाविस(९ केउटानी टोलमा लगि गोली हानी हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानविन गरी दोषि माथि कारवाही गर्न तथा पीडित परिवारलाई क्षतिपुर्ति उपलब्ध गराई दिन २१ असोज २०६१ मा आयोगमा निवेदन परेको थियो । उक्त उजुरीको आधारमा दोषि सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न तथा पीडितका परिवारलाई जनही रु. १ लाख ५० हजार क्षतिपुर्ति उपलब्ध गराई दिन श्री ५ को सरकारलाई लेखि पठाउनु भनी ३ जेष्ठ २०६२ मा आयोगले निर्णय गरेको थियो । आयोगले निर्णय कार्यान्वयनका लागि पटक पटक ताकेता गरेपछि २४ मंसिर २०६६ मा विल्टु र विरेन्जी यादवको वाहेक जनही क्षतिपुर्ति रु. १ लाख जिल्ला प्रशासन कार्यालयबाट निकासा गरिएको बताइएको छ । यद्यपि उक्त घटनामा दुई जना पीडितलाई क्षतिपुर्ति नदिइएको र दोषि सुरक्षाकर्मीहरुलाई हालसम्म कुनैपनि कारवाही नगरिएको अवस्था देखिन्छ ।
धनुषाको धनुषाधाम(७ निवासी चन्द्रदिप यादव, उत्तिम लाल यादव र देवकुमार यादवलाई चन्द्रदिप यादवको छोरा अजवलाल यादवको खोज तलासको क्रममा पक्राउ गरी प्रहरी भ्यानमा राखी लगेको केही समयपछि गोली हानी हत्या गरेको विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारको आधारमा आयोगले आफ्नै स्वविवेकमा २९ मंसिर २०५८ देखि कारवाही अगाडि वढायो । दोषि सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारवाही गर्न तथा मृतकका पीडित परिवारलाई जनही रु. २ लाख क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २० अषाढ २०६३ मा आयोगले निर्णय गरियो । २ साउन २०६३ मा आयोगका निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेपछि २२ माघ २०६६ मा देवकुमार यादव वाहेक जनही रु. १ लाख क्षतिपुर्ति स्वरुप रकम भुक्तानी गरिएको भएपनि दोषि सुरक्षाकर्मीलाई कारवाही गरिएको छैन ।
धनुषा महुवा(६ का सुखित मण्डल(४२) लाई ३१ अषाढ २०६१ मा राति घरमा सुतिरहेको अवस्थामा सादा पोशाकमा आएका सुरक्षाकर्मीहरुको टोलीले पक्राउ गरी जनकपुर नगरपालिका(१६ को कवरगाह नजिक लगेर गोली हानी हत्या गरेको भन्दै निजकी श्रीमति बुद्धिदेवी मण्डलले ३ साउन २०६१ मा घटनाको सत्य तथ्य छानविन गरी दोषिमाथि कारवाही गरी क्षतिपुर्ति समेत दिलाईदिन भनी आयोगमा उजुरी गरेको देखिन्छ । उक्त उजुरीको आधारमा दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारवाही गर्न तथा मृतकका पीडित परिवारलाई रु. १ लाख ५० हजार क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्न २० अषाढ २०६३ मा आयोगले निर्णय गरियो । २२ माघ २०६६ मा क्षतिपुर्ति स्वरुप रु. १ लाख पठाइएपनि दोषी सुरक्षाकर्मी माथि कारवाही भएको छैन ।
२६ माघ २०६२ मा हुने भनिएको नगरपालिकाको निर्वाचनमा जनकपुर नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाल सदभावना पार्टी धनुषाका अध्यक्ष विजयलाल दासलाई नेकपा माओवादी समुहले ९ माघ २०६२ मा गोली हानी हत्या गरेको भनी विभिन्न संचार माध्यममा आएको समाचारको आधारमा आयोग स्वयंको सक्रियतामा १० माघ २०६२ मा उजुरी ग्रहण गरी कारवाही अघि वढाएको थियो । मृतक उम्मेदवारको परिवारलाई अबिलम्ब उचित क्षतिपुर्तिको व्यवस्था मिलाउन, मृतकको हत्यामा संलग्न अभियुक्तको पत्ता लगाई कानुन बमोजिम कारवाही गर्न आयोगले निर्णय गरी श्री ५ को सरकारलाई सिफारिस गरेको थियो । साथै नेकपा माओवादीलाई पनि आह्वान गरेको थियो । नेकपा माओवादीले जेनेभा महासन्धी १९४९ को साझाधारा ३ तथा पटक पटक व्यक्त गरेका मानव अधिकार तथा मानविय कानुनको पुर्ण पालना गर्ने भन्ने प्रतिवद्धताको जानाजान उल्लंघन गरेको देखिदा उक्त घटनामा निर्णय गर्ने, योजना बनाउने तथा कार्यान्वयनमा संलग्न दोषीहरुलाई आदेश संरचनाको आधारमा कारवाही गरी सो को जानकारी सार्वजनिक गर्न, गराउन र भविष्यमा कुनैपनि वहानामा  यस्ता किसिमका घटना नदोहोरियाउन तथा मानविय कानुन र मानवअधिकारका सिद्धान्त व्यवहारमा पुर्ण परिपालना गर्न नेकपा माओवादीलाई आयोगले आह्वान गरेको थियो । उक्त घटनामा पीडित परिवारलाई क्षतिपुर्ति स्वरुप राहत रकम उपलब्ध गराईएपनि दोषी व्यक्तिलाई हालसम्म कारवाही गरिएको छैन ।
२१ असोज २०६० मा जनकपुर नगरपालिका(४ विश्वकर्मा चौकबाट सुरक्षाकर्मीहरुको गस्ती टोलीले दिपु भन्ने संजिव कुमार कर्ण, दुर्गेष लाभ, प्रमोद नारायण मण्डल, शैलेन्द्र यादव र जितेन्द्र झा समेतलाई पक्राउ गरी बेपत्ता पारेकोले निजहरुको स्थिति सार्वजनिक गरिपाउन आयोगमा उजुरी परेको थियो । आयोगको अनुसन्धान टोलीको प्रतिवेदन, प्रहरी प्रधान कार्यालयको प्रतिवदेन सहितको पत्रमा समेत बरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक र सैनिक अधिकृत समेतको टोलीले पक्राउ गरेको भन्ने उल्लेख भएको थियो । त्यसबेला क्षत्रिय प्रहरी इकाई कार्यालय समेतमा हाल अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक चुडा बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी उपरीक्षक कुवेर सिंह राणा, जिल्ला धनुषा धारापानी गाविस स्थित सैनिक व्यारेक (श्री नं. ९ बाहिनी फिल्ड) का तत्कालिन मेजर अनुप अधिकारी रहेको र संयुक्त सुरक्षा फौजलाई आदेश दिने र निर्देशन दिने अधिकार तत्कालिन प्रमुख जिल्ला अधिकारी रेव्तीरमण काफ्लेमा रहेको देखिन्छ । निजहरु उक्त कार्यालयहरुमा कार्यरत रहेको भन्ने आयोगको अनुसन्धान टोलीको प्रतिवेदनबाट देखियो । निजहरुले पदिय दायित्व अनुसार कानुन बमोजिम आफुलाई तोकिएको जिम्मेवारी पुरा गरी नागरिकको ज्यूज्यान सुरक्षित गर्नुपर्नेमा सो नगरी मानव अधिकार उल्लंघन कार्यमा संलग्न रहेको देखिँदा आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारवाही गर्न मानव अधिकार आयोग ऐन २०५३ को दफा १३ (१) बमोजिम नेपाल सरकारलाई लेखि पठाउने र पीडितका आश्रित परिवारको भरण पोषणका लागि जनही रु. ३ लाख क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरि पठाउने भनी आयोगले १५ माघ २०६४ मा निर्णय ग¥यो । १९ मंसिर २०६७ मा जनही रु.३ लाख क्षतिपुर्ति उपलब्ध गराइएपनि दोषी सुरक्षाकर्मीहरुलाई हालसम्म कारवाही भएको छैन ।
जनकपुर स्थित रेडियो टुडेमा कार्यरत पत्रकार उमासिंहको २७ पुष २०६५ मा भएको हत्या सम्बन्धमा विभिन्न क्षेत्र तथा निकायबाट आएको अपिललाई २८ पुष २०६५ मा उजुरीको रुपमा ग्रहण गरी आयोगले कारवाही अगाडी वढाई ६ फागुन २०६५ मा विभिन्न निर्णय गरी नेपाल सरकार र राजनीतिक दललाई निर्णय कार्यान्वयनका लागि सिफारिस गरेको थियो । घटनाका षडयन्त्र गर्ने व्य िक्त, योजनाकार, मतियार र हत्यामा सम्पुर्ण व्यक्तिहरुलाई गिरफ्तार गरी फौजदारी अभियोगमा मुलुकी ऐन, ज्यान सम्बन्धि कारवाही गरी निष्पक्ष न्यायका लागि प्रभावकारी कदम चाल्न, मृतकका परिवारलाई रु. १० लाख क्षतिपुर्ति दिन तथा प्रेस स्वतन्त्रताका रक्षा गर्नको लागि शान्ति सुरक्षा लगायत आवश्यक व्यवस्था गराउन नेपाल सरकारलाई आयोगले सिफारिस गरेको थियो । उक्त घटनामा मृतकका परिवारलाई क्षतिपुर्ति स्वरुप राहत रकम उपलब्ध गराइएको र केही अपराधिहरुलाई पक्राउ गरी अदालतले दण्ड सजाय दिईसकेको भएपनि हत्यामा संलग्न अन्य अपराधिहरु हालसम्म पनि कानुनी दायरा भित्र आउन सकेको छैन ।
धनुषा ढल्केवर ३ का विनोद यादव (२५)को इलाका प्रहरी कार्यालय ढल्केवरको हिरासतमा रहँदा मृत्यु भएको सम्बन्धमा १६ साउन २०६६ मा आयोगमा उजुरी परेको थियो । हिरासतमा राखिएका व्यक्तिको मृत्यु हुँदा त्यसको जिम्मेवारी हिरासतमा राख्ने व्यक्तिकै हुन्छ । अतः विनोद यादवको मृत्यु पश्चात परिवारको भरण पोषण र सन्तानको शिक्षा दिक्षामा समेत असर पर्ने भएकाले मृतकका परिवारलाई रु. १ लाख क्षतिपुर्ति प्रदान गर्न, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक श्याम कृष्ण केसी र घटना भएका बखत ड्युटीमा रहेका प्रहरी जवान दुर्गा घिमेरेलाई विभागिय कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने १७ कार्तिक २०६६ मा आयोगले निर्णय गरियो ।  आयोगले गरेको उक्त निर्णय २२ मंसिर २०६६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको भएपनि हालसम्म उक्त घटना विचाराधिन अवस्थामा रहेको छ ।
धनुषा मुखियापट्टी मुसहरनिया(२ का फुलधारी मुखिया (४१) लाई १९ असोज २०६८ मा प्रहरीले गोली हानी हत्या गरेको विषयमा २३ असोज २०६८ मा आयोगमा उजुरी दर्ता गरिएको थियो । निज मुखियालाई प्रहरीले पक्राउ गरी आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्नुको सट्टा गोली हानी हत्या गरेको देखिँदा घटनामा संलग्न प्रहरी चौकी मुसहरनियाका प्रहरी सहायक निरीक्षक जयनारायण यादवलाई मुलुकी ऐन ज्यान सम्बन्धि महल बमोजिम कानुनी कारवाही गर्न, प्रहरी जवान उपेन्द्र यादव र राम दिनेश यादवलाई विभागीय कारवाही गर्न, प्रहरी जवानहरु दिनेश साह र दिलिप साफीलाई सचेत गराउन, त्यस्तै आयोगको अनुसन्धान कार्यमा असहयोग गर्ने प्रहरी नायब उपरीक्षक टेक बहादुर गुरुङलाई विभागीय कारवाही गर्न तथा मृतकको परिवारलाई क्षतिपुर्ति वापत रु. ३ लाख उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनि आयोगले १ जेष्ठ २०६९ मा निर्णय गरेको थियो । अयोगले गरेको उक्त निर्णय कार्यान्वयनका लागि १६ साउन २०६९ मा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरिएको भनिएपनि हालसम्म विचाराधिन अवस्थामा रहेको छ ।
धनुषाको मखनाहा(८ मटही बस्ने मदन यादव (२७) लाई २० अषाढ २०६७ मा इलाका प्रहरी कार्यालय सबैलाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी सोही गाविसमा पर्ने बालुवाधार नदीमा लगि गोली हानी हत्या गरेको घटनाको सम्बन्धमा आयोगले आफ्नै सक्रियतामा २ साउन २०६७ मा उजुरी दर्ता गरी कारवाही अगाडी वढाएको थियो । घटनामा संलग्न सबैला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश वहादुर सिंहले गोली हान्ने आदेश दिने र निजको गैरकानुनी आदेशलाई मानि गोली हान्ने प्रहरी नायव निरीक्षक कुमार राज पौडेललाई मुलुकी ऐन ज्यानसम्बन्धि महल बमोजिम कानुनी कारवाही गर्न तथा मृतकका परिवारलाई क्षतिपुर्ति  स्वरुप रु. ३ लाख उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी आयोगले १ जेष्ठ २०६९ मा निर्णय गरियो । आयोगले गरेको उक्त निर्णय १६ साउन २०६९ मा कार्यान्वयनका लागि प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको भएपनि निर्णय हालसम्म विचाराधिन अवस्थामा छ ।
धनुषा वरमझिया(७ का दिपनारायण यादवलाई २१ साउन २०६३ मा नेकपा माओवादीका कार्यकर्ताले कब्जामा लिई हात बाँधी कुटपिट गर्दै गाउँको पुर्व तर्फ कमलाधार तर्फ लगि निजको अवस्था अज्ञात बनाएको हुनाले सार्वजनिक गराई जिवन रक्षा गराई पाऊँ भनी २२ साउन २०६३ मा आयोगमा उजुरी दर्ता भएको थियो । आयोगको अनुसन्धानबाट निज दिपनारायण यादव नेपाली कांग्रेसको साधारण कार्यकर्ता रहेको र तत्कालिन नेकपा माओवादीको जगन्नाथ तामाङ, ठकहर, दयाराम समेतले समाति निजको दुवै हात पछाडि बाँधि कुटपिट गर्दै लिएर गई कमला नदीको पानीमा डुवाई यातना दिई निजको हत्या गरी कमला नदीपारी लाश छाडी गएको भन्ने घटनाको प्रत्यक्षदर्शीको बयान समेतबाट देखियो । घटनामा संलग्न उनीहरु लगायत अन्य दोषीको समेत पहिचान गरी मुलुकी ऐन ज्यान सम्बन्धि महल बमोजिम कानुनी कारवाही गर्न र मृतकका परिवारलाई राहत स्वरुप रु. ३ लाख क्षतिपुर्ति रकम उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी ९ असोज २०६९ मा आयोगले निर्णय ग¥यो । उक्त निर्णय कार्यान्वयनको लागि २ कार्तिक २०६९ मा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरिएकोमा ६ जेष्ठ २०७० मा पीडित परिवारलाई राहत स्वरुप रु. ३ लाख क्षतिपुर्ति रकम उपलब्ध गराइएको भएपनि दोषीलाई हालसम्म कारवाही गरिएको छैन ।

  २०७१ जेष्ठ २५ गते आईतबार

सडक निर्माणका लागि धनुषाका दुई क्षेत्रमा करोडौंको लगानी विकासको नाउँमा रकमको दुरुपयोग हुने आशंका

अञ्चल प्रहरी कार्यालय अगाडी थुपारिएको ग्राभल ।
 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधिले धनुषा जिल्लाको सडक निर्माणका लागि करोडौं रुपैयाँ रकम छुट्याएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रि निधिले आफ्नो संसदीय निर्वाचन क्षेत्र नं. ३ र धनुषा निर्वाचन क्षेत्र नं. ४ का लागि रकम निकासा गरेका छन् । धनुषामा विभिन्न १२ वटा योजनाका लागि २९ करोड १० लाख रुपैयाँ रकम निकासा गरेकोमा निर्माण व्यवसायीहरुले बोल पत्र रकम रु. १७ करोड ४० लाख ७७ हजारमा स्वीकृत गरेका छन् । मन्त्रि निधिले आफ्नो संसदीय क्षेत्र नं.३ मा ८ वटा सडकको लागि र जनकपुर नगरपालिका भित्र ४ वटा पक्की सडक निर्माणका लागि योजना छुट्याएका छन् । डिभिजन सडक कार्यालय, मुजेलिया जनकपुर मार्फत उक्त योजनाहरु मन्त्रि निधिले पारेका छन् । नेपाली कांग्रेसको भागमा परेका मन्त्रालयका मन्त्रीहरुले कार्यकर्ताहरुको सिफारिसमा रकमान्तरण गरेको भन्दै सभासदहरुले संसद अबरुद्ध गर्दै आएका छन । तर, भौतिक तथा निर्माण मन्त्री बिमलेन्द्र निधीको क्षेत्रमा बिकास निर्माण कार्य तिब्ररुपमा भईरहेको छ ।  मन्त्रीको क्षेत्रमा सोचेको भन्दा द्रुतगतिमा बिकास निर्माण भईरहेपनि सोही जिल्लाका अन्य क्षेत्रका बासिन्दाले बिकास निर्माणको अनुभुति गर्न समेत पाएका छैनन । 
धनुषाको धनौजी गाविसमा अहिले जोडतोडका साथ सडक निर्माण कार्य भईरहेको छ । दोस्रो संबिधानसभाको निर्बाचनका बेला बिमलेन्द्र निधीले सब भन्दा बढि मत दिने गाविसमा एक करोड भन्दा बढि रुपैयाको बजेट उपल्बध गराउने गरेको बाँचा अनुसार धनौजीमा बिकास निर्माण भईरहेको छ । बिमलेन्द्र निधी भौतिक तथा निर्माण मन्त्री बनेको तिन महिना नपुग्दै सोचेको भन्दा अकल्पनिय रुपमा बिकास निर्माण भईरहेको गाविसका प्राबिधिक सहायक दिलिप मण्डल बताउछन ।                                     
निर्बाचनको बेला मतदाताले बिकास निर्माणका मुद्धालाई जोडतोडका साथ उठाएपछि धनुषाको निर्बाचन क्षेत्र नम्बर ३ मा अहिले ८२.३६ किलोमिटर सडक निर्माण भईरहेको छ । मन्त्रीको पहलमा आएको थप बजेट बाट   सडकमा माटो पुर्ने र ग्राभेल बिछयाउने कार्यको लागि १३ करोड २१ लाख ३७ हजार भन्दा बढि रुपैयामा ठेकका लगाईएको डिभिजन सडक कार्यालय जनकपुरले जनाएको छ । बिकास निर्माण भईरहेको स्थानमा आयोजनाको नाम, लागत स्टीमेट, निर्माण कम्पनीको नाम र आयोजनाको समयाबधि प्रष्टरुपमा सबैले देखिने स्थानमा अनिबार्य रुपमा बोर्ड राख्नुपर्ने प्राबधान रहेपनि त्यसो नगरेपछि अनियमितताको स्थानिय बासिन्दाले आंशका गरेका छन ।  
जनकपुरको अञ्चल अस्पताल अगाडी थुपारिएको ग्राभल ।
यसका अतिरिक्त जनकपुर नगर भित्र पनि सडक निर्माणको कार्य भईरहेको छ । ऐशियाली बिकास बैंकको श्रृण सहयोग र स्थानिय लगानीमा स्वीकृत भईसकेको ऐकिकृत शहरि बिकास आयोजनाको सडकमा कालोपत्रे गर्नको लागि ४ करोड १९ लाख भन्दा बढि रुपैयामा टेन्डर लगाईएको छ । बिकास निर्माणमा पछि परेको स्थानमा बिकास हुनु राम्रो संकेतको रुपमा लिनु पर्दछ । तर, राज्यका जिम्मेबार व्यक्तीले आफ्नो निहित स्वार्थ पुर्ति गर्नको लागि जिल्ला भित्रकै अन्य निर्बाचन क्षेत्रका जनता संग भेदभाब गर्नुलाई कदापि राम्रो मान्न सकिदैन ।  
सडक योजनाको विवरण
फेचहा देखि नगराइन चौक हुँदै देवडिहा(७, ८, भररिया धनौजी हुँदै इटहर्वा सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ५० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.२५ प्रतिशत मुनि रहेर २ करोड ६८ लाख ८६ हजारमा ठेक्का लिएका छन् ।
जनकपुर देखि लोहना, झोजी कटैया हुँदै भारतका सिमा नाकासम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ९० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.६५ प्रतिशत मुनि रहेर २ करोड ९१ लाख ८९ हजारमा ठेक्का लिएका छन् ।
लगमा देखि देवडिहा, बहुअर्वा हुँदा लोहनासम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड १० लाख रकममा गोल्डेन गुड शेर्पा कन्सटूक्शन, काठमाण्डौले ३७.७८ प्रतिशत मुनि रहेर १ करोड १७ लाख १५ हजारमा ठेक्का लिएका छन् ।
अड्डा टोल भररिया देखि परवाहा रेल्वे स्टेशनसम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ५० लाख रकममा गोरखा कन्सटूक्सन कम्पनी, मन्थली  रामेछापले ४९.०२ प्रतिशत मुनि रहेर ५४ लाख १४ हजारमा ठेक्का लिएका छन् । 
गंगुली देखि नवटोली, देवडिहा गाविस भवन हुँदै विर्तारोड सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ५० लाख रकममा एटलस इन्जिनियरिङ कन्सटूक्सन कम्पनी, काठमाण्डौले ४०.९२ प्रतिशत मुनि रहेर ९० लाख ५४ हजारमा ठेक्का लिएका छन् ।
जटही देखि मुखियापट्टी मुरहरनिया, बहेडावेला हुँदै मटिहानीसम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको ४ करोड ५० लाख रकममा रमन÷कमल जेभी, जनकपुरले ४०.९० प्रतिशत मुनि रहेर २ करोड ६६ लाख ८४ हजारमा ठेक्का लिएका छन् ।
रामजानकी पथ देखि धनुषा महोत्तरी सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको २ करोड २० लाख रकममा खानी जग्दम्बा जेभी, काठमाण्डौले ४४.१५ प्रतिशत मुनि रहेर १ करोड २५ लाख ४२ हजारमा ठेक्का लिएका छन् ।
बसहिया देखि बहुअर्वा सम्म माटो, ग्राभल, हयुमपाइप र कलभर्टका लागि छुट्याइएको १ करोड ७० लाख रकममा एटलस इन्जिनियरिङ कम्पनी काठमाण्डौले ३७.३४ प्रतिशत मुनि रहेर १ करोड ६ लाख ५० हजारमा ठेक्का लिएका छन् ।
जनकपुरको रेल्वे स्टेशन देखि मिल्स ऐरिया, शुभ चौक हुँदै जानकी मन्दिरसम्म माटो, ग्राभल, हयुमपाइप, कलभर्ट र कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको १ करोड ९० लाख रकममा रमन कमल जेभी,जनकपुरले ३४.४५ प्रतिशत मुनि रहेर १ करोड ११ लाख २८ हजारमा ठेक्का लिएका छन् ।
जनकपुरको थापा चौक देखि जानकी मेडिकल अस्पताल देवी चौक हुँदै जानकी मन्दिरसम्म कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको १ करोड १० लाख रकममा रमन सुगम जेभी, जनकपुरले ३८.५१ प्रतिशत मुनि रहेर ७१ लाख ९० हजारमा ठेक्का लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय देखि तिरुतिया गाछी हुँदै महाविर चौक, पुरानो वस पार्क देखि जिरोमाइलसम्म कालोपत्रे गर्नका लागि छुट्याइएको १ करोड २० लाख रकममा रमन सुगम जेभी जनकपुरले ३९.५७ प्रतिशत मुनि रहेर ७६ लाख ६९ हजारमा ठेक्का लिएका छन् ।
रामानन्द चौक देखि जानकी मन्दिर, जनक चौक, मुरली चौक हुँदै श्याम चौकसम्म माटो, ग्राभल, र कालोपत्रे पक्की सडक निर्माणका लागि छुट्याइएको २ करोड ६० लाख रकममा रोशन कन्सटूक्सन, जनकपुरले १ करोड ५९ लाख ६२ हजारमा ठेक्का लिएका छन् ।
गुणस्तरहीन काम र भ्रष्टाचारको आशंका
डिभिजन सडक कार्यालय जनकपुरद्वारा निर्माण भइरहेको उक्त सडकहरु दुई महिना भित्र सम्पन्न गर्नुपर्ने भनेर सडक कार्यालयले निर्माण व्यवसायीहरुलाई ठेक्का दिएको भएपनि सडक निर्माण कार्यमा व्यापक भ्रष्टाचार हुने आशंका गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा वर्षायाममा माटो र ग्राभलको काममा विगतका वर्षहरुमा पनि व्यापक अनियमितता हुने गथर््यो । डिभिजन सडक कार्यालय जनकपुरका इन्जिनियर दारोगा प्रसादका अनुसार कति रकमको ठेक्का दिइएको हो, ठेक्काका लागि कुन ठेकेदारलाई कति रकम भुक्तानी भयो वा भएन, मन्त्रालयले रकम निकाशा पठायो वा पठाएन त्यसको समेत हालसम्म यकिन हुन नसकेको हो । झन कतिपय योजनाका लागि निर्माण व्यवसायीहरुले टेन्डर स्वीकृत गरेपनि म्याद भित्र सम्झौत ागर्न नआउँदा ठेकेदारहरुको बोलपत्र जमानत रकम समेत झिकाइएको, अन्य निर्माण व्यवसायीहरुलाई सम्झौताका लागि आग्रह गरिएको अवस्था रहेको इन्जिनियर दारोगा प्रसादले बताए । टेन्डर जसरी पनि पार्नुपर्छ उद्देश्यले ठेकेदारहरु जति सुकै विलोमा जानुपरे भएपनि जाने गरेको तर पछि धेरै घाटा हुने डरले सम्झौता समेत गर्न नआउने प्रवृति व्यापक रहेको इन्जिनियर दारोगा प्रसादले बताए । विलोमा गई कबुल गरिएको रकममा काम गर्ने हो भने गुणस्तरहिन काम हुनु स्वभाविक रहेको निर्माण व्यवसायीहरु पनि स्वीकार गर्छन । धनुषा निर्माण व्यवसायी संघका अध्यक्ष विवेक मिश्रका अनुसार बाह्य ठेकेदारहरुको आक्रमण छ, जिल्लामा कामको अभाव भएपछि टर्नओभर देखि लिएर कार्य अनुभवको हिसावले पनि व्यवसायीहरु घाटामा जान सकिने बुझेर पनि विलोमा  ठेक्का लिनुपरेको बाध्यता छ । मिश्रका अनुसार कतिपय काम रेटमै लिएपनि गुणस्तर नहुने र कतिपय विलोमा गएपनि गुणस्तर हुनसक्ने भएकाले गुणस्तर बढ्नु र घटाउनुमा कार्यालयहरुको आर्थिक स्वार्थ महत्वपुर्ण कारकतत्व रहेको हुन्छ । कार्यालयहरुले ठेक्का सम्झौत ागर्ने बेलामा नै कमिशनको प्रतिशत (पिसी) तय गराउँछन । यदि पिसी नदिए कार्यालयले रनिङ विलको समेत झुक्तानी गर्दैनन्, अनावश्यक विवाद खडा गरी समयमा भुक्तानी नै नदिने हुनाले कमिशन दिनुपनि बाध्यता रहेको निर्माण व्यवसायीहरु बताउँछन् । आर्थिक वर्षको सुरुवातमै टेन्डर गर्नुपर्नेमा बैशाख देखि जेष्ठ महिनामा टेन्डर गरिएपछि हतार हतारमा काम गर्नुपर्ने दवाव रहेका कारण पनि गुणस्तरहिन काम हुने गरेको निर्माण व्यवसायी संघका अध्यक्ष विवेक मिश्रले बताए ।


  २०७१ जेष्ठ २५ गते आईतबार

सबारी चालक अनुमति पत्र परीक्षामा अनुत्तिर्ण प्रतिशत वढ्दो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नयाँ मापदण्ड अनुसार सबारी चालक अनुमति पत्रका लागि सुरु भएको परीक्षामा हालसम्म जनकपुरमा दिइएको परीक्षामा ८ सय ९९ जनाले मात्र मोटरसाइकल चालक अनुमति पत्र प्राप्त गर्न सकेका छन् । ६ बैशाख २०७१ देखि सुरु भएको मोटरसाइकल चालक अनुमति पत्रका लागि ५ जेष्ठसम्म ४ हजार ४ सय जनाले परीक्षा दिएको भएपनि लिखितमा कुल १ हजार ४ सय ४० जना परीक्षा उत्तीर्ण भएका थिए जसमध्ये टूायल परीक्षामा ८ सय ९९ जना मात्र पास हुन सफल भएका छन् ।
विगतका वर्षहरुमा पुरानो मापदण्ड अनुसार लिइने गरेको परीक्षामा ९० प्रतिशत भन्दा माथि उत्तिर्ण हुने गथर््यो तर अहिले नयाँ मापदण्ड अनुसार हुने गरेको परीक्षामा औषत २० प्रतिशत मात्र उत्तिर्ण भएको देखिन्छ । लिखित परीक्षामा तुलनात्मक रुपमा अलिवढी विद्यार्थी पास हुने गरेपनि टूायल परीक्षामा झन वढी फेल हुनेगरेको देखिन्छ । विगतमा विभिन्न एजेन्टहरु मार्फत यातायात कार्यालयमा पैसा बुझाइदिँदा लिखित र टूायल दुवै परीक्षामा पास गर्न सहज थियो तर, अहिले अत्यन्तै कडा भएको छ यद्यपि केही विद्यार्थीहरु पास भइरहेका छन् । परीक्षा समितिका सदस्य समेत रहेका जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजन भेटवालका अनुसार पहिले लिखित परीक्षामा सबै प्रश्नहरु अव्जेक्टिभ हुन्थ्यो तर हालआएर दुईवटा प्रश्न सवजेक्टिभ पनि हुन्छ । दुवै प्रश्नको उत्तर दिनै पर्छ । सवजेक्टिभ प्रश्नमा पास हुनको लागि ९.५ मार्क र अव्जेक्टिभ प्रश्नमा पास हुनको लागि ४०.५ मार्क ल्याउनै पर्छ । भेटवालका अनुसार लिखित परीक्षामा पासहुनको लागि सवजेक्टिभ र अवजेक्टिभ दुवैमा पास हुनुपर्छ । एउटामा पास र अर्कोमा फेल भएपछि लिखितमा फेल नै हुन्छ । पहिले लेख्न पढन नजानेका मानिसहरुपनि अवजेक्टिभ प्रश्नमा टिक लगाएर पास हुन सक्थे तर अहिले लिखित परीक्षा पास हुन सबजेक्टिभ प्रश्नको पनि उत्तर दिनुपर्ने हुनाले पढेलेखेकै हुनुपर्छ । लिखित परीक्षाको उत्तर पुस्तिका सिल गरेर राखिन्छ जसलाई कुनै पनि बेला अनुगमन गर्न सकिन्छ भन्दै टूाफिक प्रमुख भेटवाल भन्छन,“ लिखित परीक्षा र टूायल परीक्षा अत्यन्त कडा र मर्यादित बनाइएको छ । परीक्षाको अनुगमनको लागि जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक र राष्टिूय अनुसन्धान विभागबाट समेत टोली आउने गरेको छ ।”
टूायल परीक्षा पनि अत्यन्तै कडा बनाइएको छ । डन्डीमा घुम्ने, अंग्रेजी अक्षर ८ आकार बनाउने, शरीरलाई व्यालेन्स बनाउने, जेब्रा क्रश, टूाफिक लाइट, सांगुरो बाटोमा कसरी चलाउने, यूटर्न कसरी गर्ने, उकालो ओरालोमा कसरी हाक्ने लगायतका टूायल हुने गरेको कारण विद्यार्थीहरु टूायलमा पनि फेल हुने गरेको भेटवालले बताए । एक जना एजेन्टका अनुसार अहिले पनि लिखित परीक्षामा घुस नचलेपनि ट्रायल परीक्षामा पास गराउनका लागि घुस चलेको दावी गरेका छन् । ट्रायल परीक्षामा पास गराई दिन सेवाग्राहीबाट रु. ८ हजार देखि १० हजारसम्म उठाउने गरेको र जसमध्ये रु.५ हजार यातायात कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरीलाई समेत भागबन्डा गरी पठाइने गरिएको उक्त एजेन्टको दावी छ ।
 प्रत्येक लटमा ४ सय जनाको समुहले परीक्षा दिएको थियो । बैशाख ६ गते लिखित परीक्षामा १ सय ९३ जना पास भएका थिए जसमध्ये टूायलमा १ सय १० जना मात्र पास हुन सफल भएका थिए । त्यसैगरी बैशाख ९ गते लिखित परीक्षामा १ सय ५१ जना पास भएका थिए जसमध्ये टूायलमा ९० जना मात्र पास हुन सफल भएका थिए । बैशाख १२ गते लिखित परीक्षामा १ सय २७ जना पास भएका थिए जसमध्ये टूायलमा ६९ जना मात्र पास हुन सफल भएका थिए । बैशाख १५ गते लिखित परीक्षामा १ सय ४८ जना पास भएका थिए जसमध्ये टूायलमा ९३ जना मात्र पास हुन सफल भएका थिए । त्यसैगरी बैशाख १८ गते लिखित परीक्षामा १ सय १८ जना पास भएका थिए जसमध्ये टूायलमा ८४ जना मात्र पास हुन सफल भएका थिए । बैशाख २१ गते लिखित परीक्षामा १ सय २४ जना पास भएका थिए जसमध्ये टूायलमा ६६ जना मात्र पास हुन सफल भएका थिए । बैशाख २४ गते लिखित परीक्षामा ८२ जना पास भएका थिए जसमध्ये टूायलमा ४२ जना मात्र पास हुन सफल भएका थिए ।
त्यसैगरी बैशाख २७ गते लिखित परीक्षामा १ सय ५३ जना पास भएका थिए जसमध्ये टूायलमा १ सय ११ जना मात्र पास हुन सफल भएका थिए । बैशाख ३० गते लिखित परीक्षामा १ सय १३ जना पास भएका थिए जसमध्ये टूायलमा ७२ जना मात्र पास हुन सफल भएका थिए । जेष्ठ २ गते लिखित परीक्षामा १ सय ३२ जना पास भएका थिए जसमध्ये टूायलमा ७९ जना मात्र पास हुन सफल भएका थिए । जेष्ठ ५ गते लिखित परीक्षामा १ सय ३२ जना पास भएका थिए जसमध्ये टूायलमा ८३ जना मात्र पास हुन सफल भएका थिए ।


  २०७१ जेष्ठ २५ गते आईतबार

हारसरमा अभिमुखिकरण


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको हारसरमा शुक्रबारदेखि दुइ दिवसीय गाविस स्तरीय शान्ती समितिको संयोजक र महिला सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । अभिमुखिकरण कार्यक्रम स्थानीय शान्ति समिति धनुषाको आयोजनामा शुरु भएको हो ।
स्थानीय शान्ति समिति धनुषाका संयोजक प्रकाश यादवको अध्यक्षतामा शुरु भएको सो दुई दिवसीय अभिमुखिकरण कार्यक्रमको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पोखरेलले उद्घाटन गरेका छन् ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पोखरेलले १० वर्षे जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका कारण मुलुकमा ठुलो उपलब्धी हासिल भएको बताएका छन् । तर यस्ता विभिन्न आन्दोलनले समाजमा उपलब्धी सँगै क्षती समेत भएको उनले बताए । उनले यस्ता द्वन्द्वका समस्या समाधानका लागि सबैले आ(आफ्नो क्षेत्रबाट अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै उनले यस्तो अवस्थामा आ(आफ्नो ठाउँबाट समाजलाइ सकारात्मक परिवर्तनका लागि भुमिका खेल्नु समाज र ठाउँका लागि राम्रो हुने बताए ।
सो अभिमुखिरण कार्यक्रममा कानुनी शासन, मध्यस्थता सीप तथा मेलमिलाप, संक्रमणकालीन न्याय र मानव अधिकार तथा स्थानीय शान्ति समिति र गाविस स्तरीय शान्ति समितिको काम, कर्तव्य र अधिकारको विषयमा मुख्यतः सहभागिहरुलाइ प्रशिक्षण दिइने स्थानीय शान्ति समितिका निमित्त कार्यालय सचिव बिनोद महराले जानकारी दिए । निमित्त सचिव महराका अनुसार पहिलो दिनको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रहलाद पाखरेल तथा मानव अधिकारकर्मी अभिनाश कर्णले सहजीकरण गरेका छन् भने दोस्रो दिनको कार्यक्रममा राष्टिूय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक बुद्धनारायण साहनी तथा स्थानीय शान्ति समितिका संयोजक प्रकाश यादवले सहजीकरण गर्नेछन् ।

  २०७१ जेष्ठ २५ गते आईतबार

मोदी सरकारका अपशगुनहरु-जेबी पुनमगर


जेबी पुनमगर 

अदृश्य र आध्यात्मिक शक्तिमा विश्वास गर्ने भाजपाको बहुमतको सरकार बन्नासाथ केही ‘अपशगुन’ सुरु भएको छ, जसलाई उनका प्रतिद्वन्दीहरुले आध्यात्मिक भाषामै गिल्ला गर्दै कानेखुसी गर्न थालेका छन् । मोदी लहरमा बढारिएका भनिएका क्षेत्रीय दलहरुको गठबन्धनलाई नैतिक आधार दिन लालु यादवले तत्कालै कट्टर प्रतिद्वन्दी नितीशकुमार सरकारलाई समर्थन दिएर सत्तासीन दललाई सजिलो छैन भन्ने सन्देश दिए । लोकसभा चुनावको हारले तिल्मिलाएका तर क्षेत्रीय रुपमा अझै प्रभुत्व बनाइरहेका धुरन्धर राजनीतिक खेलाडीहरुको गठबन्धनको आक्रामकता कस्तो हुनेछ, देखिन बाँकी छ । आफ्ना विरोधीलाई पेल्न सुरु गरेका नरेन्द्र मोदीले प्रतिपक्षहरुलाई कत्तिको दबाएर राख्छन्, त्यसले पनि प्रतिपक्षी आक्रामकताको ग्राफ निर्धारण गर्नेछ । चुनाव जित्नासाथ अरविन्द केजरीवाललाई प्रहरी चौकी धाउने बनाउने मोदी स्टाइलले उनका बौद्धिक प्रतिद्वन्दीहरु समेत डराइरहेको बताइन्छ । त्यसैले मोदी विरोधमा जसरी चुनावअघि लेखिन्थे, त्यस्ता लेखाइ सेल्फ सेन्सरसिपले दबिरहेको भारतीय पत्रकार मित्रहरु सुनाउँछन् । तर ती केमा विश्वस्त छन् भने यी अस्थायी हुन् । 
साहु महाजन र मूलधारका मिडियाको बलमा बनेको आरोप लागेको मोदी सरकारलाई देशभर फैलिएको मुख्य टाउको दुखाइ ‘गरिब आदिवासीका मुक्तिदाता’ माओवादी (अधिकांश आदिवासी छापामार छन्) जसलाई भाजपाका केही नेता आतंकवादीको रुपमा परिभाषित गर्न रुचाउँछन्, लाई कसरी तह लगाउने भन्ने हो । गरिबी हटाउन (विकासका नाममा) गरिबको विस्थापन समेत मान्य ठान्ने विचारका गुरु मोदी सरकारले विकासको मोडेलमा आदिवासीहरुको जल, जमिन र जंगललाई कसरी व्यवस्थापन गर्छन् भन्ने चर्चा चलिरहेको बेला जुन ३ मा दिल्लीमा भएको कार दुर्घटनामा भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय ग्रामीण विकासमन्त्री गोपीनाथ मुन्डेको निधन भयो ।  
जम्मुबाट निर्वाचित सांसद तथा प्रधानमन्त्री कार्यालयका मन्त्री जितेन्द्र सिंहले संविधानको धारा ३७० माथि बहस गरिनुपर्छ भनी दिएको मन्तव्यले भारतीय राजनीतिमा हलचल ल्याइदिएको छ । त्यसो त चुनाव प्रचारमा उनले र नरेन्द्र मोदी स्वंयले यो प्रावधान हटाउनेसम्म भाषण गरेका थिए । किनकि भाजपाले स्थापनाकालदेखि नै यो प्रावधान हटाउनुपर्छ भन्दै आन्दोलन गर्दै आइरहेको छ । तर चुनावपछि मोदी स्वंयले भारत स्वशासित राज्य भए पनि काश्मिर लगायतका केही राज्यहरु अझै पनि छुट्टै देशसरि चलिरहेकाले त्यस्ता प्रावधानका राम्रा÷नराम्रा पक्षमाथि बहस गरिनुपर्ने भनाइ राख्दै आइरहेका छन् । भाजपाका अध्यक्ष राजनाथ सिंह पनि पार्टी लाइन ‘हटाईनुपर्ने’ को साटो मोदीकै शैलीमा ‘बहस’ गरिनुपर्ने भनिरहेका छन् । तर तिनका नरम बोलीले समेत सडकमा आगो बल्न सुरु गरेको छ ।
भारतीय राजनीतिका जानकारहरु के विश्वास गर्छन् भने जितेन्द्र सिंह र मोदी त निमित्तपात्र मात्र हुन् यो मुद्दा (धारा ३७०) लाई सतहमा ल्याउने । प्रमुख भाष्यकारहरु राष्टिूय स्वंय सेवक संघ (आरएसएस) चलाउनेहरु हुन् । भाजपा राजनीतिक दल भए पनि यो विशुद्ध धर्म (हिन्दु) र जात (ब्राम्हण) को आधारमा खडा भएको भारतको पहिलो पहिचानवादी दल हो, जसलाई आरएसएस, विश्व हिन्दू परिषद् (विहिप), बजरंग दल जस्ता आक्रामक संगठनहरुले प्रत्यक्ष÷अप्रत्यक्ष संचालन गर्छन् । मोदी आरएसएसका इमान्दार कार्यकर्ता हुन् । नेपालका केहि चिनिएका विश्लेषकले भारतमा क्षेत्रीय र पहिचानवादी दलको सफाया भयो भन्दै विश्लेषण गरिरहेका छन् । तिनले भारतीय राजनीति, इतिहास र समाजविज्ञानलाई खर्लप्प बुझेर तथ्य लुकाउन खोज्या हुन् या नबुझेका हुन् । किनकि यसपालि भाजपाको जित नै भारतीय इतिहासमा पहिचानवादीहरुको अहिलेसम्मकै ठूलो जित हो । यी विश्लेषकहरुले पत्तासाफ भएको भनी इंगित गरेका पहिचानवादीहरु (मुलायम, मायावती, लालु, नितिश) जति सबै भाजपाको साम्प्रदायिक राजनीतिका बाइप्रडक्ट अर्थात ‘काउन्टरपार्ट’ मात्र हुन् । भाजपाजस्ता दलको अस्तित्व रहँदासम्म यस्ता दलहरु कहिल्यै मर्दैनन्, झन फस्टाउँछन् । 
दुवै पक्ष सडकमा 
जितेन्द्र सिंहकोे भनाइलगत्तै जम्मु काश्मिरका मुख्यमन्त्री तथा नेशनल कान्फ्रेन्स पार्टी प्रमुख उमर अब्दुल्लाहले ट्विट गर्दै भारत र काश्मिरलाई जोड्ने कडी भनेकै धारा ३७० भएकाले यो हटाउनासाथ ‘या त काश्मिर भारतको अंग रहनेछैन या मोदी सरकार इतिहासको गर्तमा हराउनेछ र धारा ३७० यथावत रहिरहनेछ’ भनी कडा प्रतिक्रिया दिएका छन् । उनीजस्ता नेताबाट यस्तो प्रतिक्रिया आएपछि भारतीय राजनीतिमा हलचल आएको हो । यस्तो बयानबाजीपछि उनलाई अराष्टिूय तत्व भन्दै संघ कार्यकर्ता सडकमा निस्किएका छन् भने उता काश्मिरमा मोदी सरकारबिरुद्ध सडकमा राँके जुलुस निस्किएको छ । यी तिनै उमर हुन् जसले भाजपाका अटलविहारी वाजपेयी सरकार रहँदा वाजपेयीलाई समर्थन गर्दै गठबन्धनमा सामेल भएका थिए । प्रभावको हिसाबले काश्मिर राजनीतिका सबैभन्दा प्रभावशाली विरासत बोकेका उमरको दलले यो लोकसभा चुनावमा एक सिट पनि जित्न सकेको छैन तर जम्मु काश्मिरमा काग्रेंससँगको सहकार्यमा सत्ता सञ्चालन गरिरहेकाले काश्मिर मामिलामा यिनको ‘ना(नुकूर र रजाबन्दी’ ले धेरै ठूलो महत्व राख्छ । 
उमरको तत्काल प्रतिक्रियापछि आरएसएसका चर्चित नेता राम माधवले ट्विटरमै जवाफ फर्काएका छन्, ‘के जम्मु(काश्मिर भारतको अंग हुन चाहन्न ? यो राज्य उमरको बपौती हो र ? धारा ३७० रहे पनि नरहे पनि जम्मु(काश्मिर सदा भारतकै अंग थियो र रहिरहनेछ ।’ आरएससका भाष्यकारका रुपमा चिनिएका एमजी बैद्यले बिबिसी इन्डियामा ‘धारा ३७० अस्थायी रुपमा व्यवस्था गरिएको र त्यो १९५४ मै सकिएकाले यसबारे बहस गर्न कसैलाई अप्ठेरो लाग्न नहुने’ प्रतिक्रिया दिएका छन् । आरएसएसका नेताहरु बहसको मैदानमा उत्रिएपछि जम्मु(काश्मिर स्वतन्त्रताको लागि लडिरहेको जम्मु कश्मीर लिबरेसन फ्रन्टका नेता यासीन मलिकले बिबिसी हिन्दीको एक कार्यक्रममा झन चर्काे बयानबाजी गरेका छन्( ‘भाजपा राम मन्दिर, समान नागरिक संहिता र काश्मिरलाई एकीकृत गर्ने मुद्दा पूरा गर्न खोजेमा पूरै दक्षिण एसियामा भयंकर आगो लाग्नेछ, जसलाई कसैले निभाउन सक्ने छैन । त्यसैले नयाँ सरकारले सोचोस्( उसले मुद्दाको शान्तिपूर्ण हल खोज्ने हो कि पूरै दक्षिण एसियामा आगो लगाउने हो ।’
भाजपा र धारा ३७० 
विशेष राज्यको दर्जा प्राप्त जम्मु काश्मिरको निम्ति संविधानमा राखिएको प्रावधान धारा ३७० को विरोधको अन्तर्वस्तु बुझ्न चालिसको दशकको भारत र भारतीय जनता पार्टी (भाजपा) को इतिहासभित्र घोत्लिनुपर्छ । अहिलेको भाजपा तत्कालीन नाम ‘भारतीय जनसंघ’ का संस्थापक श्यामाप्रसाद मुखर्जीले धारा ३७० विरुद्ध लडाइँ लड्ने भन्दै नेहरु मन्त्रीमण्डलबाट राजिनामा दिई यो संघ बनाएका थिए । भारत अंग्रेजी सत्ताबाट स्वतन्त्र र त्यसपछि पाकिस्तान बनेपछिको उथलपुथलबीच सन १९५१ मा स्थापना भएको भारतीय जनसंघलाई सन १९८० मा नाम परिवर्तन गरी भारतीय जनता पार्टी राखिएको थियो । श्यामा यो संवैधानिक प्रावधानको कट्टर विरोधी थिए । उनलाई के लाग्थ्यो भने विभिन्न राजारजौटालाई एकसुत्रमा बाँध्न सफल भए पनि यस्तो प्रावधानले भारत अद्यापि खण्ड खण्ड ‘राष्टू’ को रुपमा रहिरहेको छ । यो प्रावधान सन्् १९४८ का जम्मु काश्मिरका प्रधानमन्त्री शेख अब्दुल्ला प्रस्तावित ‘तीन राष्टू सिद्धान्त’ ( पाकिस्तान, भारत र काश्मिर) लागू गर्ने योजनाअन्र्तगत राखिएको हो भन्ने उनलाई लाग्थ्यो । त्यतिबेला काश्मिरका महाराजा हरि सिंह थिए । उनै हरि, अब्दुल्लाह र नेहरुबीच भएको यही सम्झौता विवादास्पद मुद्दाको रुपमा रहिरहेको छ । यही ३७० प्रावधान अनुरुप जम्मु काश्मिरमा सन् १९६५ सम्म ‘सद(रे रियासत’ सरकार अन्र्तगत प्रधानमन्त्रीले शासन गर्दै आएका थिए । तर पछि अब्दुल्लाहले केन्द्रीय सरकारले काश्मिरले पाएको विशेष स्वायत्तता च्याप्दै लगेको र धोका दिएको भन्दै काश्मिर भारतको अंग होइन भनी विरोध गरेका थिए । उनले त्यतिबेला काश्मिर र भारत दुई राष्टूबीच एकीकरण प्रक्रिया सुरु भैरहेको तर विलय प्रक्रिया पूरा नभएको भन्दै अड्डी कसेका थिए । धारा ३७० को कडीले मात्र भारत र जम्मुलाई जोडिरहेको उनको भनाइ थियो, जसलाई काश्मिरमा राजनीति गर्ने भाजपाबाहेक अन्य दलले समातिरहेका छन् । प्रजा परिषद् नामक दल समेत खोलेका अब्दुल्लाहले सन् १९५३ मा चुनावमा बहुमत समेत ल्याएका थिए । पछि यिनलाई केन्द्र सरकारद्वारा समातेर थुनिएको थियो । 
स्थानीयहरुले ६५ वर्षे अन्तरालमा केन्द्रीय सरकारले ३७० ले प्रत्याभूत गरेको स्वायत्तताको मर्म कमजोर पार्दै लगेको आरोप लगाइरहेका छन् भने संघ परिवार तथा भाजपाले यसले एउटा राज्यलाई विशेष अधिकार दिई शक्तिशाली बनाएकाले खारेज गर्नुपर्ने तर्क गरिरहेका छन् । श्यामाप्रसादले धारा ३७० को चर्काे विरोध गर्दागर्दै ज्यान दिनु परेको थियो । मुखर्जी १९५३ मा काश्मिर जान खोज्दा उनलाई धारा ३७० बमोजिम रोकियो । अन्य प्रदेशका भारतीय जम्मु काश्मिरमा बस्न पाउने थिएनन् । तिनले साथमा आफ्नो परिचयपत्र बोक्नुपथ्र्याे । श्यामाले यस्तो कानुन विरुद्ध भोक हड्ताल गरेका थिए । उनी काश्मिरमै गई यसको विरोध गर्न चाहन्थे तर उनलाई प्रवेशाज्ञा दिइएन । गिरफ्तार गरियो । २३ जुन १९५३ को दिन हिरासतमै उनको मृत्यु भयो । पछि परिचयपत्र राख्नुपर्ने व्यवस्था हटाइयो ।
संघीयताको अधिकतम छुट
सन १९४७ मा अंग्रेजले भारत छाडेपछि बेलायती राजकै सहयोगमा विभिन्न राजारजौटामा विभक्त राज्यहरुलाई विशाल भारतको छातामुनी ल्याउन सुरु गरिएको थियो । ती राजाहरु बेलायतले छाडेर गएपछि संघमा बस्नुभन्दा पहिलेकै अवस्था अर्थात आफ्नै राज्यमा फर्कन चाहन्थे । नेपालमा गणतन्त्र आइसकेपछि केही समुदायले पृथ्वीनारायण शाहको विरासत सकिएकाले आफूहरु पहिलेकै बाइसे(चौबीसे राज्यमा फर्कनु पाउनुपर्छ भन्ने माग राखेजस्तै । अंग्रेजको शासनमा समेत यी राजाहरुको राजशी सम्मान र ताजपोशी खोसिएको थिएन । स्वतन्त्र भारतको झण्डामुनी आउँदा त्यो ‘राजपाट’ खोसिने डर थियो, तिनलाई । त्यसैले ती पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको टिमलाई भन्दा बेलायती शासकलाई बढी विश्वास गर्दथे । काश्मिर, राजस्थान, हैदरावादजस्ता कयौं यस्ता बलिया राज्यहरु थिए, जसलाई लडेर जित्न समेत सकिँदैन थियो । त्यहाँका शासक पाकिस्तानसँग मिल्न जानेसम्मका धम्की दिइरहेका थिए । ती नेहरुभन्दा मुसलमान पृथक देश पाकिस्तानका प्रमुख जिन्नाको बढी नजिक देखिन्थे । 
त्यसैले यस्ता राज्यहरुलाई इस्लामिक राष्टूमा समाहित हुनबाट रोकी हिन्दुस्तानमा गाभ्न तत्कालीन अंग्रेज शासकहरुको सहयोगमा नेहरु र त्यसपछिका प्रधानमन्त्रीले विभिन्न सहमति र सम्झौता गरेका थिए । त्यसो त बृहत भारत एकीकरण अंग्रेजले गरेका थिए तर स्वतन्त्र भारतमा पुनः त्यस्तो एकीकरण थालिएको थियो, जुन एकीकरण प्रक्रिया अझै सकिएको छैन । सन् १९४९ को अक्टोबरमा जम्मु(काश्मिर सम्बन्धमा संविधानमा विशेष ब्यवस्था गरिएको धारा ३७० त्यही बाध्यताको उपज थियो । धारा ३७० ले जम्मु काश्मिर भारत स्वशासित राज्य भए पनि त्यहाँ अन्य राज्यमा जस्तो केन्द्रीय सत्ताको सिधा हस्तक्षेप चल्न दिँदैन । रक्षा, परराष्टू, मुद्रा र सञ्चारबाहेक अन्य अधिकार स्थानीय सरकारलाई दिइएको यस प्रावधान अनुसार, अन्य राज्यका भारतीयहरुले त्यहाँ जग्गा खरिद गर्न पाउँदैनन् । त्यहाँ जान समेत सहज अनुमति छैन । यस्तो विशेष ब्यवस्था अन्डमान र निकोवार, अरुणाचल, मेघालयलगायतका केही राज्यहरुमा पनि छन् ।  
सन १९४८ मा काश्मिर भूमि अधिकारलाई लिएर भारत पाकिस्तानबीच चलेको युद्धपछि संयुक्त राष्टूसंघको मध्यस्थतामा पाकिस्तान पक्षको माग बमोजिम भारत स्वशासित काश्मिर र पाकिस्तान स्वशासित काश्मिरमा न यताकाले न उताकाले जग्गा जमिन खरिद बिक्री गर्न नपाउने प्रावधान राखिएको थियो। केही विश्लेषक के विश्वास गर्छन् भने यदि त्यस्तो व्यवस्था नगरिएको भए भारत स्वशासित काश्मिरमा भारत सरकारले हिन्दु बसोबास बसाई मुसलमानलाई अल्पसंख्यक बनाई जनमत संग्रह गराउन सक्थ्यो र फैसला आफ्नो पक्षमा पार्न सक्थ्यो । तर धारा ३७० ले त्यस्तो अधिकार बन्देज गरेकाले भारत सरकारले चाहेर पनि जनमत संग्रह गराउन सक्ने हैसियतमा छैन किनकि उसलाई के थाहा छ भने यदि आत्मनिर्णयको अधिकार सहितको जनमत सग्रंह गर्ने हो भने जम्मु(काश्मिरका बहुसंख्यक जनता हिन्दुस्तानमा बस्ने छैनन् । त्यसैले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अलइन्डिया रेडियो मार्फत जनमत संग्रह गराउने घोषणा गरे पनि त्यो कहिल्यै गरिएन । धारा ३७० को विशेषाधिकार हटाउनुपर्ने अति हिन्दुत्व राष्टूवादी दल भाजपाको मागका पछाडि त्यहाँ रहेको विशेषाधिकार हटाई हिन्दु जनसंख्या बढाउने अभिष्ट लुकेको आरोप लगाउने गरिन्छ । 
मोदीको मजबुरी 
धारा ३७० को मोदीले विरोध गर्नाको कारण छ । उनी आरएसएस, विहिप र भाजपाको लाइन यताउति हुनेगरी काम गर्न सक्ने हैसियतमा छैनन् । विधानसभा चुनावलाई लक्षित गरी स्पष्ट बहुमत पाएको बखत पनि यति हल्लाखल्ला नगर्ने हो भने भाजपाको ‘साम्प्रदायिक’ राजनीति टिक्दा पनि टिक्दैन । त्यसैले घोषणापत्रमै उल्लेख गरिएका कतिपय मुद्दा( धर्म निरपेक्षता (हिन्दु राज्य), अयोध्यामा राममन्दिर निर्माण, आरक्षण विरोधी, विशेष स्वायत्त प्राप्त काश्मिर, लद्दाख र नर्थ इष्टका राज्यहरुका निम्ति बनाइएका संवैधानिक प्रावधानमा छेडखानी गर्न खोज्नु तिनको बाध्यता नै हो । तर त्यसलाई मुर्तरुप दिन मोदी सरकारलाई सहज छैन । यी सबै यस्ता मुद्दा हुन् जुन स्वाभिमान, भावनात्मक, धर्म, भाषा र पहिचानसँग प्रत्यक्ष जोडिएको छ ।  
पहिचानको राजनीति गर्दै लामो यात्रा तय गरेर यहाँ आइपुगेको भाजपा र त्यसका भाष्यकारहरुलाई पहिचानको संवेदनशीलता कस्तो हुन्छ, राम्ररी थाहा छ । हो, गोधराकाण्ड जस्तो साम्प्रदायिक हिंसाको प्रयोगशालाबाट उदाएका र विकासका निम्ति चीनको जस्तो अधिनायकत्व समेत अख्तियारी गरिनुपर्छ भन्ने मान्यता राखी गुजरात मोडल पेस गर्ने मोदीले साम्प्रदायिक आगो लगाएर त्यसको तापबाट कथित विकासवादको शंखनाद नगर्लान् भन्न सकिँदैन । तर त्यस्तो आगोले काश्मिर जस्ता राज्य जोड्ने विशेष ब्यवस्था गरिएको भारतको संवैधानिक प्रावधान र त्यसको तन्तु विच्छेद गर्ने हुँदा त्यस्तो आगोले मोदी ब्राण्डकै भष्म गराउने डर रहेकाले त्यति ठूलो खतरा मोल्न उनका भाष्यकारहरुको अनुमति मोदीले पाउने छैनन् । 
भाजपाले हरेक चुनावमा काश्मिरको यो प्रावधान विरुद्ध चर्का नारा लगाउने गरेको छ तर उसले यसअघि सन १९९८ देखि १९९९ र १९९९ देखि २००४ मा सत्ता सम्हाल्दा यस विषयमा मौनता साँध्नुले उसको यो मुद्दालाई राजनीतिक हत्कण्डाको रुपमा मात्र हेर्न थालिएको छ । त्यसैले यसपालि भाजपाको बहुमत भए पनि रक्तपात निम्तिनसक्ने यो मुद्दामा राजनीतिक स्टंट बाहेक बढी केही गर्नसक्ने देखिँदैन । यसको अर्थ के हो भने उसले अन्य साम्प्रदायिक मुद्दामा पनि केही गर्नुअगाडि सय चोटी सोच्नुपर्ने बाध्यता छ । यसअघिका सत्ता संचालनका अनुभवबाट भाजपाका भाष्यकारहरुले भारतीय समाजको बहुसांस्कृतिक जटिलता बुझेकाले पनि त्यो गर्न मिल्दैन भन्ने बुझिसकेका छन् । 
अयोध्यामा राममन्दिर बनाउन नसकी यताउति भैरहेको नेतृत्वले देशलाई नै धर्मसापेक्ष बनाउने भनेको अहिलेको सन्दर्भमा दिवास्वप्न जस्तै ठान्छन्, केही विश्लेषक हो, भारतका अति हिन्दु राष्टूवादीहरु ‘हिन्दुस्तान’ लाई एउटा संघ ठान्छन् र राजनीतिक रुपले दक्षिण एशिया नै त्यो संघभित्र अटाउनुपर्छ भन्ने मान्यता राख्छन्। तर भन्नु र गर्नुको फरक बुझ्न भारतीय संविधानलाई हेरे पुग्छ । काश्मिर मात्र होईन भारत स्वशासित कयौं यस्ता राज्य छन्, जुन भारतमा गाभीकन पनि पूर्णरुपेण भारतको केन्द्रीय सरकारको नियन्त्रणमा छैन। भारतीय संविधानले नै तिनलाई जम्मुलाई जस्तै विशेषाधिकार सहितको स्वायत्तता दिएको छ । काश्मिरमा जस्तो विशेष स्वायत्त दिइएको धारा ३७० जस्ता धारा भारतीय संविधानमा अरु पनि छन् । धारा ३७१ मा नागाल्याण्ड, आसाम, मणिपुर, अरुणान्चल प्रदेश, सिक्किम, मिजोरम, गोवालाई कमोवेश काश्मिरलाई जस्तै विशेष ब्यवस्था दिइएको छ । लद्दाखलाई पनि यस्तै राज्यको रुपमा हेरिन्छ । यी बाहेक नर्थइस्टका राज्यहरुका लागि छैठौ अनुसूचीअनुसार ‘स्थानीय स्वतन्त्रता’ सहितको ब्यवस्था उपभोग गर्न पाउने छुट छ भने अन्य जनजाति क्षेत्रमा राज्यले पाँचौ अनुसूची बमोजिम तिनको अधिकार र स्वतन्त्रता उपभोगको ब्यवस्था गरिदिएको छ । इण्डिया टुडे इनमा सुिप्रमकोर्टका वकिल राजिव धवन लेख्छन्, ‘यी प्रावधान परिवर्तन गर्न खोज्नु खतरनाक हुनसक्छ ।’ धेरै भारतीय ज्ञाताहरु के मान्छन् भने यस्तो स्वायत्तता नदिइएको भए भारतको एकता र लोकतन्त्र न बलियो हुन संभव थियो न संघ राज्य चल्न । किनकी भारत जस्तो विविधतायुक्त समाजमा संघीयताले मात्र तिनलाई जोड्न सकेको छ । नेपालका अति बुझक्कडहरु भारतलाई बनिबनाउ अखण्ड राष्टूको रुपमा परिभाषित गरि नेपाली राजनीतिको ब्याख्या विश्लेषण गर्न खोज्छन् तर त्यो खोटपूर्ण छ, भारत यस्तो राष्टू हो जसलाई संघीय ब्यवस्थाको केही विशेष तत्वले जोडिरहेको छ । त्यसमाथि स(साना राजा रजौटाहरु मिलेर बनाइएको देश हो भारत( गोर्खाका पृथ्वीनारायण शाहले जोडेजस्तै । बेलाबखत तिनका महत्वाकांक्षा विभिन्न रुपमा प्रकट भैरहन्छन् । यो लेख तयार पार्दापार्दै २९औं राज्यको रुपमा ७०० वर्षदेखि स्वायत्तताको लागि लडिरहेको तेलगांना राज्य विधिवत छुट्टिईसकेको छ । केही राजनीतिशास्त्रीहरु के विश्वास राख्छन् भने आउँदो एक दुई दशकमा भारतको संघमा पचासौं राज्य उदाउन पनि सक्छन् र त्यसले कमजोर हैन, भारतीय लोकतन्त्रलाई नै बलियो बनाउनेछ ।  
हाम्रो सामाजिक संरचनासँग धेरै मिल्ने र संघीयताले बलियो र समृद्धशाली भएकोे त्यस्तो देशका प्रधानमन्त्री मोदीले नेपालमा संघीयता विरुद्ध कुन मुखले बोल्लान्, सोचिएको छैन । तर हामी ‘दास’हरु मोदी आउँछन् र संघीयता बिनाको हिन्दु गणतान्त्रिक संविधान बनाइदिनेछन् भन्दै मुख बाएर बसिरहेका छौं । 
बाछिटा आउँछ, जान्छ चर्काे साम्प्रदायिक शक्ति सत्तामा आउनासाथ सामाजिक(सांस्कृतिक समान रहेको हामी जस्ता छिमेकमा त्यसको असर र प्रभाव सबैभन्दा बढी पर्ने नै भयो । त्यसमाथि नेपाली समाज पहिचान केन्द्रित ध्रुवीकरण भएको बखत छिमेकमा पहिचानवादी दलकै सत्तारोहण हुनुले ब्यापक अर्थ राख्दछ । त्यसैले हिन्दुत्व र त्यहाँका तथाकथित उच्च जातिले जितेकोले नेपालमा पनि आफ्नो परम्परागत सत्ता कायम रहिरहने भो, राज्य फेरि विधिवत हिन्दु धर्म सापेक्ष हुने भो, संघीयता फासफुस हुने भो भन्दै खुशीमनाइ गरिएको छ । नेपाली बौद्धिक र मिडिया यसमा आँखा चिम्लन्छन् तर मोदीको जितमा हर्षबढाइँ गर्नेहरुको उन्माद नेपालमा बढेको पहिचानको राजनीतिको त्यस्तो ज्वरो हो जुन मोदीको सत्तारोहणपछि काठमाण्डुमा प्रष्ट महसुस हुनेगरी देखिन्छ ।  
यदि नीतिश कुमार, लालु यादव, मुलायमसिंह, मायावती, शिबु शोरेन, भाकपा (माक्र्सवादी) जस्ता राजनीतिज्ञ र तिनका दल केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्न सक्ने हैसियतमा पुगेकाभए नेपालका दलित, जनजातिहरुको मनोबल उच्च हुने थियो र तिनको चुरीफुरी बढ्ने थियो । तर जनजाति र दलित आन्दोलनकारीले उच्चारण गर्ने ‘शासक, सामन्त, उच्च जाति, उत्पिडक जाति, धर्म र वर्ग’ ले जितेकोले स्वाभाविक रुपमा नेपालका शासक वर्ग र परम्परागत शक्तिको हौसला बुलन्द भएको छ भने आन्दोलनकारीहरुको मनोवल टुटेको छ । नेपालमा दोस्रो संविधानसभामा आफू सम्बद्ध पहिचानवादी दलभन्दा सत्तापक्ष पहिचानवादी दल (राप्रपा नेपाल) बलियो भएपछि तिनको नुर खसेको थियो । त्यो चोटबाट नउकासिँदै भारतीय लोकसभा चुनावमा सत्तापक्षधर पहिचानवादी दलले जितेपछि जनजाति, मधेस र दलित लगभग भावशून्य अवस्थामा पुगेका तिनका शून्य सक्रियताले देखाउँछ । जनजाति महासंघको छ कि छैन भन्ने निष्क्रियता र जनजाति दलहरुको मौनताले त्यसो भन्न बल पुग्छ । 
यदि मोदीको विकास मोडल मात्र अगाडि बढ्ने हो भने नेपाली डराउनुपर्ने कारण छैन । त्यसले फाइदा नै गर्नेछ । तर सत्तारोहण गर्नासाथ काश्मिर काण्ड जस्ता विवादमा फँस्न थालेको मोदी सरकारको रणनीति हाम्रो सन्दर्भमा पनि त्यसरी नै बढ्न थाल्ने हो भने त्यो जति घातक अरु केही नहुन सक्छ । ‘भारतखण्डे जम्बुद्धिपे’ भन्ने मूल हिन्दु राष्टूवादी सिद्धान्त बोकेको आरएसएसको अभिष्ट नबुझेका÷बुझेका कच्चा र भावुक राजनीतिज्ञले मोदीबाट ‘धेरै’ अपेक्षा गरेका छन् । जसरी जम्मु काश्मिरमा विशेष स्वायत्त प्रदेशमाथि हस्तक्षेप गर्ने गरी मोदी सरकार अगाडी बढ्न खोजेको देखिन्छ, त्यसैगरी आरएसएस र त्यसको भ्रातृसंगठन भाजपाले सिद्धान्ततः बुझ्ने हिमवतखण्ड सम्मको जम्बुद्धिपे भारतखण्ड (जसमा नेपाल पनि पर्दछ) लाई आफ्नो विशाल हिन्दुस्थानको छातामुनी समेट्ने कार्यनीति सफल तुल्याउने रणनीतिमा मोदी सरकार लागोस् भन्नेहरु पनि छन् । त्यस्तो बेला मोदी र भाजपा हैन ‘हिन्दु नेता सत्तामा आँउदा’ भोज खाने नेपालका माथि उल्लेख गरिएकाहरु नै हाम्रा निम्ति खतरनाक हुनसक्छन् । सामरिक रुपले चीनबाट आईपर्ने खतरा टाल्न सन १९७५ मा ‘र’ को कसरतमा भारतमा गाभिएको देश सिक्किम हाम्रा निम्ति नजिकको दृष्टान्टको रुपमा लिन सकिन्छ । तर नेपालको हकमा त्यस्तो दुस्साहस भारतकै निम्ति पनि प्रत्युत्पादक हुनेछ भने त्यसले नेपाली समाजलाई समेत तहसनहस पार्नेछ भन्ने कुरा मोदी माइन्डले बुझेको छैन भनी अवमूल्यन गर्न हतार हुनेछ । किनकि भाजपाका उपाध्यक्षले गत साता नेपाल आई धर्मनिरपेक्षता जस्ता विषयमा स्वयं नेपालीले निर्णय लिनुपर्ने त्यसमा आफूहरुको केही भूमिका नहुने बताएर यस्तो लफडामा नफँस्ने संकेत दिइसकेका छन् । 
उनलाई के थाहा छ भने नेपालका प्रमुख दल लगायत पहिचानवादी दल र बहुसंख्यक जनता हिन्दु राज्य फर्काएर बखेडा खडा गर्ने मुडमा छैनन् । जनजाति, मधेसी, दलित आन्दोलन सुषुप्त भएको हो, असन्तुष्टि र त्यसको ज्वलनशीलता मरेको छैन बरु उकुसमुकुस भैरहेको अवस्था छ । त्यसलाई ‘टिूगर’ दिने काम गरिनु हुँदैन । त्यो हामी सबैका निम्ति भयावह त्रासदी हुनसक्छ भन्ने ज्ञान तिनलाई नभएको होइन । सबैभन्दा महत्वपूर्ण तथ्य के हो भने शतप्रतिशत हिन्दु बस्ने भारतलाई स्पष्ट बहुमतको भाजपा सरकारले के हिन्दु राष्टू घोषणा गर्नसक्दछ ? यदि सक्दैन भने उसले सार्वभौम छिमेकी राष्टूको संविधानमा कसरी हिन्दु अधिराज्य लेख्न दबाब दिनसक्छ, हामी लालबुझक्कडहरु यति पनि बुझ्दैनौँ । यदि दिइहालेछ भने त्यसरी ‘आ बैल मुझे मार’ भन्ने कस्ता राष्टूवादी हौं हामी ? 
तथापि मोदी भारतरुपी सत्ता महासागरमा यसरी अल्मलिन सुरु गरिसकेका छन् कि तिनलाई त्यसबाट तैरँदै अगाडि बढ्न कम चुनौतीपूर्ण छैन । संविधानको एउटा धारामाथि बोल्दा भारतीय राजनीतिको आधारस्तम्भ हल्लिने आन्तरिक राजनीतिको चुनौतीबाट मोदीलाई निस्कन सहज पनि छैन । कुरा काश्मिरको मात्र होइन । त्यसमाथि चर्चा चल्नासाथ त्यस्तै विशेष स्वायत्त राज्यहरु र तिनले प्राप्त गरिरहेका विशेषाधिकारमाथि पनि परिचर्चा चल्न थालिहाल्छ । त्यसपछि मौकाको ताकमा रहेका र संगठित हुन थालेका प्रतिपक्षहरुको आक्रामकतालाई छिचोल्दै अघि बढ्न उनलाई सहज हुनेछैन । सडक आन्दोलनको नेतृत्व गरिरहेका भाजपाका बरिष्ठ नेता तथा पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हा लगायतका पचास जना भाजपा कार्यकर्तालाई झारखण्ड हजारीवागमा पक्राउ गरि १४ दिनको हिरासतमा पठाइनु संयोगमात्र नहुनसक्छ । सत्तामा गैसकेपछि सुरु हुने यस्ता भद्रगोल ब्यवस्थापन गर्नुपर्ने थप उनको चुनौती हुनेछ । काश्मिर जोड्ने स्टंट गरिरहेको भाजपा सत्तामा जानासाथ तेलगांना नामक नयाँ राज्य निस्किएको छ । अन्य फ्लोरमा छन् । यस्ता चुनौतीका बीच सत्तामा गएका मोदीले नेपालमा हिन्दु अधिराज्य कायम गरिदेलान् र संघीयता तुहाईदेलान् भनी आकाशको फल हेरिरहेकाहरुले मोदीको मुख ताक्नुको साटो घरभित्रकै दाजुभाइ मिलि टुङग्याउन बाँकी रहेका विषय ( शासकीय स्वरुप र संघीयताका आधार र प्रदेश) मा मगजमारी गरी देश पुनसंर्रचना गर्न थाले त्यसले सुखद र समुन्नत नेपालको भविष्य ग्यारेन्टी हुन सक्थ्यो । त्यसले समाज टुक्र्याउने संभावित द्वन्द स्वतः किनारा लाग्ने थियो । दोस्रो संविधानसभा चुनाव र भारतीय लोकसभा चुनावले गलेर लखतरान भएका आन्दोलनकारीहरुको माग कमजोर भएको यत्तिको उपर्युक्त समय पुनः नआउन पनि सक्छ ।

सौजन्यः सेतोपाटी  डट कम

  २०७१ जेष्ठ २५ गते आईतबार

माछामासु व्यवसायलाई व्यवस्थित पारिने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

अव्यवस्थित रुपमा जनकपुरमा संचालन हुँदै आएको माछामासु व्यवसायलाई व्यवस्थित पार्ने उद्देश्यले जनकपुरमा पहिलो पटक माछामासु व्यवसायी संघ गठन भएको छ । हकिम राइनको संयोजकत्वमा ११ सदस्यीय जिल्ला माछामासु व्यवसायी संघ धनुषा गठन भएको हो । संघका उपाध्यक्षमा जहुर खान, सचिवमा हुसेन कवाडी, सह–सचिवमा मंसुर नदाफ, कोषाध्यक्षमा सफिक चुरिहार, सदस्यहरुमा लक्ष्मण प्रधान, सलामत साफी, फागु साह चुरिहार, शम्भु मण्डल, सुलेमान साफी र मोहम्मद इसराइल रहेका छन् । त्यसैगरी दुई जना सल्लाहकारमा मोहम्मद साजिद हुसैन र मोहम्मद हकिम राइन रहेका छन् । धनुषामा खसिको मासुको नाउँमा बाख्राको मासु बेच्ने, उपभोक्तालाई सहि तौल भन्दा कम माछा मासु दिने गरी उपभोक्ताहरुलाई माछामासु व्यवसायीहरुले ठगी गर्दै आएको थियो । सोही क्रममा खसीको मासुको नाउँमा बाख्राको मासु मिसावट गरी बेचि रहेका हकिम राइनलाई जिल्ल पशु कार्यालय धनुषाबाट अनुगमन गर्न आएका टोलीले ५ जेष्ठमा पक्राउ गरी रु. ५ हजार जरिवाना गरी आइन्दा त्यसो ठगीको धन्दा नगर्ने करार नामा गराई छाडेका थिए । माछामासु व्यवसायी संघका सल्लाहकार मोहम्मद साजिद हुसैन पनि कतिपय व्यवसायीले मापदण्ड विपरित जनकपुरका उपभोक्ताहरुलाई ठगीरहेको स्वीकार गर्दै अब मापदण्ड अनुसार नै विक्री गर्नका लागि आफुहरु संगठित भएको बताउँछन् । जनकपुर नगरपालिका भित्र मात्र करिव १ सय भन्दा वढी माछामासु व्यवसायीहरु छन् । जनकपुरमा व्यवस्थित वधशाला समेत नहुँदा उपभोक्ताहरु अस्वस्थ्य तथा गुणस्तरहिन माछामासु खान बाध्य छन् । माछामासु व्यवसायीहरुको कारण जनकपुरमा दिन प्रति दिन फोहर समेत वढ्दै गएको छ । सडक मै वा ढलमै माछामासुबाट निस्केका फोहरहरु फालिदिने प्रवृति व्याप्त छ । 
माछामासु व्यवसायी संघका सल्लाहकार साजिद हुसैनका अनुसार उनीहरुका व्यवसायीबाट उत्पादन हुने फोहरमैलालाई व्यवस्थापन गर्न तथा कुनै एउटा खास ठाउँमा मात्र विसर्जन वा थुपार्नका लागि चाँडै जनकपुरनगरपालिकाको कार्यालयबाट समन्वय गरी सामाधान खोजिने छ । 
जनकपुरमा थुप्रै व्यवासयीहरु आधिकारिक रुपमा दर्ता नै नगराई पसल खोलेका छन् । त्यसलाई पनि नियन्त्रण गर्नका लागि संघले चाँडै पहल थाल्ने, अनधिकृत विक्रेताहरुलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न लगाई व्यवसायलाई मर्यादित बनाउने साजिद हुसैनले बताए । जतिबेला, जुनसुकै बेला नापतौल तथा गुणस्तर कार्यालयबाट अनुगमनका लागि आउने टोलीले दण्डी तराजु लग्ने गरेको हुनाले गलत गर्नेलाई कारवाही गर्नु ठिक हो तर, पैसा खानको लागि मात्र माछामासु व्यवसायीलाई यसरी दुख दिनु गलत रहेको र त्यसका विरुद्ध आफुहरु संगठित रहेको उनले बताए । माछाामासु व्यवसायलाई कसरी व्यवस्थित पार्ने त्यसको लागि जिम्मेवार रहेको जिल्ला पशु सेवा कार्यालय धनुषा कहिल्यै गम्भीर नरहेको आरोप लगाउँदै हुसैनले अब आफुहरु संगठित भएका कारण त्यसका लागि चाँडै एक डेलिगेशन जाने बताए । माछामासु व्यवसायीलाई तालिम दिइनुपर्दछ भन्दै हुसैनले पशु कार्यालयमा त्यसका लागि व्यापक बजेट आउने गरेको भएपनि कार्यालयका कर्मचारीहरुले आफुहरुलाई तालिम नदिई उक्त रकम भ्रष्टाचार गर्ने गरेको समेत आरोप लगाए । अन्य ठाउँहरुमा माछामासु व्यवसायीहरुलाई व्यवस्थित पार्नका लागि फ्रिज, हिटर इत्यादीमा ४० प्रतिशत पशु कार्यालयले अनुदान स्वरुप लगानी गर्ने गरेको भएपनि धनुषामा त्यस्तो नपाइएको उनले बताए । 
धनुषामा भारतबाट अबैध रुपमा अनधिकृत तरिकाले गुणस्तरहिन माछा र कुखुरा भित्रिरहेकोले त्यसलाई नियन्त्रण गर्न यहाँका स्थानिय प्रशासन गम्भीर बन्नुपर्ने उनले जिकिर गरे । भारतीय कुखुरा १ सय ६० रुपैयाँ प्रतिकिलो किन्न सकिन्छ र नेपाली कुखुराको मुल्य रु २ सय प्रतिकिलो पर्ने गरेका कारण मुनाफाका लागि केही व्यवसायीहरु भारतीय कुखुरा किन्ने गरेको उनले बताए ।

  २०७१ जेष्ठ २५ गते आईतबार

Tuesday, June 3, 2014

एडिबी परियोजनामा करोडौं खर्च कर्मचारीद्वारा व्यापक भ्रष्टाचारकोे आशंका

एकीकृत शहरी विकास आयोजनाको इकाई कार्यालय जनकपुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

एकीकृत सहरी विकास आयोजनाको कामले परिणाम नदेखाएपनि हालसम्म दुई आर्थिक वर्षमा कुल २ करोड ७२ लाख ८४ हजार ५ सय ८ रुपैयाँ खर्च गरिसकेको छ । आयोजना कार्यान्वयन निकाय जनकपुरले आर्थिक वर्ष २०६९÷०७० को २०६९ साउन देखि २०७० को अषाढ सम्म रु. ३६ लाख ६२ हजार ७ सय २४ खर्च गरेको थियो भने आर्थिक वर्ष २०७०÷०७१ को बैशाख मसान्तसम्म रु. २ करोड ३६ लाख २१ हजार ७ सय ८४ खर्च गरिसकेको छ ।
उक्त रकम मध्ये दुई वर्षमा चालुगत खर्च तर्फ रु. ५० लाख ८ सय ७ र पुँजिगत खर्च तर्फ रु. २ करोड २२ लाख ८३ हजार ७ सय १ खर्च गरिसकेका छन् । पुँजीगत खर्च तर्फ आर्थिक वर्ष २०७०÷०७१ को बैशाख मसान्त सम्म सबारी साधन खरिद वापत रु. ४० लाख २३ हजार ९ सय ९६, मेसिनरी औजार वापत रु. ७८ हजार ३ सय ३४, डिएससी मोविलाइजेशन, मोटर र कार्यक्रम सहित गरी रु. १ करोड ३६ लाख ९ हजार ८ सय ४२ र एनजिओ कार्यक्रम वापत रु. ३२ लाख ४६ हजार ५ सय २ आयोजना कार्यान्वयन ईकाई जनकपुरले खर्च गरिसकेका छन् ।
    त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा पुँजीगत तर्फ फर्निचर फिक्चर्स वापत रु. २ लाख ४० हजार ५ सय १७ र मेसिनरी औजार वापत रु. १० लाख ८४ हजार ५ सय १० खर्च गरेका छन् । चालुगत खर्च तर्फ आर्थिक वर्ष २०६९÷०७० मा कर्मचारी तलब वापत रु. १२ लाख २९ हजार ३ सय ७८, कर्मचारी पोसाक भत्ता वापत रु. ४५ हजार, संचार महसुल सेवा वापत रु. ७४ हजार ३ सय ६१, कार्यालय सम्बन्धि खर्च वापत रु. ४लाख १७ हजार ९ सय २४, भाडा वापत रु. १० हजार, मर्मत तथा सम्भार वापत रु. २ लाख ४ हजार २ सय ७५, इन्धन सवारी वापत रु. २१ हजार ९ सय २५, सुचना प्रकाशन वापत रु. १ लाख १५ हजार ७ सय ५४, विविध खर्च वापत रु. २० हजार ६ सय ९० र कार्यक्रम भ्रमण खर्च वापत रु. १ लाख ९८ हजार ३ सय ९० खर्च गरेका छन् ।
त्यसैगरी चालु आर्थिक वर्षको बैशाख महिनासम्म कर्मचारी तलब बापत रु. १५ लाख ४५ हजार ६ सय १२, कर्मचारी प्रोत्साहन भत्ता वापत रु. ८३ हजार १७, कर्मचारी विमा वापत ९ हजार ८ सय, संचार महसुल वापत रु. १५ हजार ६ सय ९२, कार्यालय संचालन सम्बन्धि खर्च वापत रु. ३ लाख १८ हजार ६ सय ६४, भाडा वापत रु. १६ हजार, मर्मत तथा सम्भार वापत रु. ९३ हजार ५ सय ९६, इन्धन सवारी वापत रु. १ लाख ९३ हजार २ सय ९७, परामर्श तथा अन्य सेवा शुल्क वापत रु. १० हजार, विज्ञापन तथा सुचना प्रकाशन वापत रु. ५० हजार ३ सय ४१, विविध खर्च वापत रु. ६९ हजार २ सय ६५ र कार्यक्रम भ्रमण खर्च वापत रु. २ लाख ५७ हजार ८ सय २५ खर्च गरेका छन् ।
 यसरी नेपाल सरकार, एसियाली विकास बैंकको ऋण र अनुदान, जनकपुर नगरपालिकाको ऋण र योगदानबाट संचालन हुने भनिएको उक्त आयोजनाले मुर्त रुप लिन नसकेपनि करोडौं रुपैयाँ खर्च भइसकेको छ । यद्यपि उक्त आयोजना साकार हुने हो वा होइन भन्ने अन्यौल यथावत नै रहेको अवस्थामा चरम राजनीतिकरणले जनकपुरको विकास अझै पनि अन्धयारोमै रहेको प्रष्ट देखिन्छ । 
जनकपुर नगरपालिकाका कर्मचारीहरु इन्जिनियर विरेन्द्र यादव (आयोजनाका सहायक व्यवस्थापक), लेखा अधिकृत जयचन्द्र मिश्र, गणेश यादव, राकेश कुमार यादव र नसिम धोवीले आयोजनावाटै तलब भत्ता खाइरहेका छन् । यसका अतिरिक्त आयोजना व्यवस्थापकका रुपमा पछिल्लो आर्थिक वर्षमा दिगम्बर ठाकुर र हाल गंगाप्रसाद यादवले तलब भत्ता खाइरहेका छन् । यस आर्थिक वर्षमा नगरपालिकाको बारुण यन्त्रका चालक कृष्ण वहादुर राणा मगर र स्वीपर इन्दीरा मेस्तरनीलाई समेत तलब भत्ता खुवाउने गरिएको छ ।
    रोचक कुरा के हो भने आयोजनाका व्यवस्थापकले आफुले चढ्ने सवारी रु. ४० लाखमा किनेका छन् भने कन्सल्टेन्टलाई पनि रु. ४० लाखमा किनेर चढ्न दिएका छन् । यति मात्र होइन आयोजना अन्तरगत किनिएका ७ वटा मोटरसाइकलहरु मध्ये ३ वटा एनजिओलाई, १ वटा कन्सलटेन्टलाई दिएका छन् भने ३ वटा मोटरसाइकल आयोजनाका कर्मचारीहरुले चढ्ने गरेका छन् । सडक, ढल र ल्यान्ड फिल साइटको डिजाइन इस्टीमेट गर्नका लागि रु. ६ करोड ५८ लाखमा ठेक्का दिइएको छ भने हालसम्म उक्त कन्सलटेन्टलाई रु. १ करोड ३६ लाख ९ हजार ८ सय ४२ रुपैयाँ भुक्तानी समेत गरिसकिएको अवस्था छ । यति महँगो कन्सलटेन्टलाई ठेक्का दिनुमा व्यापक कमिशनको खेल भएको र उक्त कमिशनबाट आयोजनाका कर्मचारीहरु मालामाल भएको स्रोतको दावी छ । आयोजनाले दुई वर्ष भित्र गरिएको ती सम्पुर्ण खर्चको शिर्षकमा समेत कर्मचारीहरुले व्यापक हिनामिना तथा भ्रष्टाचार गरेको नगरवासीहरुको आरोप छ ।
    जनकपुरको दुरावस्थालाई अन्तय गरी कायापलट गर्ने उद्देश्य लिई जनकपुर भरीको २६ किलोमिटर सडक र सोही दुरीमा ढल र व्यवस्थित ल्यान्ड फिल साइटको  निर्माण गर्न जानकी मन्दिरलाई केन्द्र विन्दु मानि त्यहाँबाट विस्तारित र अन्य ढल सहितको सडक संजाल र फोहरलाई उचित तथा बैज्ञानिक तवरले व्यवस्थापन गरिने उद्देश्य लिई एकीकृत सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंक, नेपाल सरकार र जनकपुर नगरपालिका विच त्रिपक्षिय सम्झौता भएको हो ।
    सन् ८ मई २०१२ मा जनकपुर नगरपालिका , एसियाली विकास बैंक र नगरविकास कोषबीच जनकपुर नगरपालिकाको विकासका लागि सडक निर्माण , नगरको सौन्दर्यीकरण सहितका लागि एसियाली विकास बैंकले १९.०४ अमेरिकी डलर अनुदान दिने त्रिपक्षिय सम्झौता भएको थियो । एडिबीका तर्फबाट नेपालमा रहेका कन्टूी डाइरेक्टर तथा आवासिय मिसन प्रतिनिधी केनिची योडोयामा , नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक सुशिल ज्ञवाली र जनकपुर नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले सम्झौतामा हस्ताक्षर गरेका छन् । एक अमेरिकन डलर बराबर नेपाली रुपैयाँ ८५.१५ मानि पुरा परियोजनामा रु. १ अर्ब ६२ करोड १२ लाख ५६ हजार अनुमानित लागत लाग्ने अनुमान गरिएको छ । सडक , नाला र समुदायमा आधारित शीपमुलक तालिमका लागि उक्त रकम लगाइनेछ ।
कसरी गरिएको छ बजेटको बाँडफाँड ?
सडक, ढल निर्माण र फोहर मैला व्यवस्थापनका लागि छुटियाइएको रकममा २५ प्रतिशत नेपाल सरकारले लगानी गर्ने, ५५ प्रतिशत एडिबीले ऋण दिने, १५ प्रतिशत जनकपुर नगरपालिकाले ऋण दिने र म्याचिङ फन्ड वापत जनकपुर नगरपालिकाले ५ प्रतिशत योगदान गर्ने हो ।
     त्यसैगरी कन्सलटेन्टका लागि नेपाल सरकारले २० प्रतिशत लगानी गर्ने र ८० प्रतिशत एडिबीले अनुदान दिने हो । सामुदायिक विकासका लागि १२ प्रतिशत नेपाल सरकारले, ६८ प्रतिशत एडिबीले अनुदान दिने र २० प्रतिशत म्याचिङ फन्ड वापत जनकपुर नगरपालिकाले लगानी गर्नुपर्ने छ । जग्गा अधिग्रहण तथा पुर्नस्थापनका लागि नेपाल सरकारले ८० प्रतिशत रकम र जनकपुर नगरपालिकाले २० प्रतिशत खर्च गर्नुपर्ने छ ।
 त्यसैगरी नगरपालिका अन्तरगत चालु खर्चका लागि नेपाल सरकारले १९ प्रतिशत, एडिबीले ५१ प्रतिशत अनुदान र जनकपुर नगरपालिकाले ३० प्रतिशत रकम खर्च गर्नुपर्ने हुन्छ । फोहर मैला व्यवस्थापन अन्तरगत सेनिटरी ल्यान्ड फिल साइटका लागि ११.६ हेक्टर जग्गा अधिग्रहण तथा ग्याँस उत्पादनका लागि रु. २७ करोड ५८ लाख ८६ हजार लाग्ने अनुमान गरिएको छ । २६ किलोमिटर सडक निर्माणका लागि रु. १ अर्ब ३ करोड ७१ लाख २७ हजार लागत छुट्याइएको छ । जनकपुर नगरपालिका भित्र भएका १६.५ किलोमिटर सडक सुधारका लागि, बस पार्कलाई व्यवस्थापन र पार्कहरुको व्यवस्थापनका लागि रु. २८ करोड ८६ लाख ५८ हजार ५ सय बजेट छुट्याइएको छ ।
त्यसैगरी भएका २६ किलोमिटर ढललाई विस्तार, सुधार तथा सर(सफाई तथा मर्मतका लागि र १८.६ किलोमिटर नयाँ ढल निर्माण गर्नको लागि रु. ४४ करोड १९ लाख २८ हजार ५ सय बजेट छुट्याइएको छ । सामुदायिक पुर्वाधारहरुको लागि रु. २ करोड ९८ लाख २ हजार ५ सय रकम छुट्याइएको छ । सामुदायिक विकास कार्यक्रम संचालन गर्न तथा लैङ्गिक समानता र समाजिक समावेशीकरणमा अभिवृद्धि गर्न गैर सरकारी संस्थाहरु मार्फत गरिने जनचेतना मुलक कार्यक्रमहरुका लागि रु. २५ लाख ५४ हजार ५ सय छुट्याइएको छ ।
     डिजाइन र सुपरिवेक्षणका लागि कन्सलटेन्टका लागि रु. ८ करोड ५१ लाख ५० हजार र गैर सरकारी सेवाहरुको कन्सलटेन्टका लागि रु. ४ करोड ३४ लाख २६ हजार ५ सय गरी कुल १२ करोड ८५ लाख ७६ हजार ५ सय रकम छुट्याइएको छ । कर भुक्तानी वापत रु. २२ करोड ९९ लाख ५ हजार , संचालन लागतका लागि रु. ५ करोड १९ लाख ४१ हजार ५ सय छुट्याइएको छ । कन्टिन्जेन्सी वापत रु. १७ करोड ११ लाख ५१ हजार ५ सय छुट्याइएको छ । यसरी उक्त परियोजना अन्तरगत कुल १ अर्ब ६२ करोड १२ लाख ५६ हजार बजेट छुटयाइएको हो ।
कहाँ कहाँ हुन्छ सडक निर्माण ?
सडक निर्माण अन्तगत १९.७ किलोमिटर दुरी सर्बे गरिसकिएको छ । परिक्रमा सडक अन्तरगत ७.८ किलोमिटर, मुरली चौक देखि भैरव चौक, जनक चौक हुँदै शिवचौक सम्म १ किलोमिटर, मुजेलिया प्रहरी चौकी देखि ५ सय मिटर दक्षिण राजमार्ग देखि कभर्ड हलसम्म ०.८ किलोमिटर, मुजेलिया प्रहरी चौकी देखि दिपा आयल स्टोर्स हुँदै मनि मण्डपसम्म १.१ किलोमिटर, थापा चौक रजौल हुँदै मुजेलिया प्रहरी चौकीसम्म १.३ किलोमिटर, जानकी मन्दिर देखि जनकपुर अञ्चल अस्पताल, बारहविघा, रामानन्द चौक, वडा नं. ८ को कार्यालय हुँदै सत्यनारायण चौक नजिक परिक्रमा सडकसम्म २.१ किलोमिटर, जानकी मन्दिर देखि हनुमान मन्दिर हुँदै शुभ चौक सम्म १ किलोमिटर, जानकी मन्दिर देखि महाविर चौक, पुरानो वस पार्क, परिक्रमा रोडको जिरोमाइल चौकसम्म १.१ किलोमिटर, पुरानो वस पार्क देखि परिक्रमा सडकको माछा बजार चौक, मोडर्न बोडिङ् स्कुल हुँदै बसहियाको नगरपालिका सिमा सम्म १.१ किलोमिटर, पुरानो वस पार्क देखि पेठिया हुँदै रंगभुमि मैदानसम्म १ किलोमिटर र राममन्दिर देखि कदम चौक हुँदै कपिलेश्वरको प्रहरी चौकीसम्म १.५ किलोमिटर गरी कुल ११ वटा योजना अन्तरगत कुल १९.८ किलोमिटर सडकको निर्माणका लागि सर्बेक्षण कार्य पुरा भइसकेको छ ।
    त्यसैगरी कुल ८.६ किलोमिटर सडक निर्माणका ७ वटा छुट्टा छुट्टै सडक खण्डको सर्वेक्षण कार्य अहिले वाँकी छ । सिता कुण्ड देखि दुधमती सडक (याज्ञवल्कय संस्कृत विद्यालय हुँदै सिताकुण्ड, ग्यालेक्सी बोडिङ स्कुल दशरथ मन्दिर सम्म) १.४ किलोमिटर, विवाह मण्डप देखि देवी चौक सम्म ०.६ किलोमिटर, मुरली चौक देखि हनुमान मन्दिर सम्म १.८ किलोमिटर, शिव चौक देखि कदम चौक सम्म ०.५ किलोमिटर, जिरोमाइल १ देखि जिरोमाइल २ सम्म ०.३ किलोमिटर, शिव चौक देखि भानुचौक, रेल्वे स्टेशन, जलाद खोला सम्म १.२ किलोमिटर र ल्याण्ड फिल साइट सम्मको सडक २.८ किलोमिटर गरी कुल ८.६ किलोमिटर सडक निर्माण गरिनेछ ।
कहाँ कहाँ हुन्छ ढल निर्माण ?
उक्त परियोजनाबाट जनकपुर नगर भित्रका विभिन्न सडक खण्डका कुल १६.६ किलोमिटर ढल समेत निर्माण गरिने भएको हो । जनकपुर अञ्चल अस्पताल देखि संकटमोचन मन्दिर हुँदै थापा चौक नजिकको परिक्रमा सडक सम्म १ किलोमिटर, किडिकन्भेन्ट बोडिङ स्कुल धनुषापथ देखि गोदावरी स्कुल, सरस्वती स्कुल, जानकी मेडिकल कलेज ब्रहमपुरी हुँदै थापा चौकसम्म १ किलोमिटर, नगरपालिकाको उत्तरी सिमा देखि राजमार्गको जिरोमाइल चौकसम्म ६.६ किलोमिटर, मुरली चौक देखि क्याम्पस चौक, राराब क्याम्पस हुँदै जलाद खोलासम्म १.४ किलोमिटर, विसहरा पोखरी देखि मालपोत कार्यालय हुँदै जलाद खोला सम्म ०.९ किलोमिटर, विसहरा चौक देखि मिट क्याम्पस हुँदै क्याम्पस चौकसम्म ०.४ किलोमिटर, विसहरा चौक देखि पिररिया माई थान हुँदै राराब क्याम्पस सम्म ०.५ किलोमिटर, विसहरा टोल देखि सिद्धि गणेश मन्दिर हुँदै मालपोत कार्यालय सम्म ०.५ किलोमिटर, मोनास्टिक बोडिङ स्कुल देखि जलाद खोलासम्म ०.५ किलोमिटर, शिवचौक देखि नगरपालिकाको कार्यालय देखि परिक्रमा सडक सम्म ०.६ किलोमिटर, शिव चौक देखि भानु चौक हुँदै रेल्वे स्टेशन जलाद खोलासम्म १.२ किलोमिटर, उद्योग बाणिज्य संघ देखि देवान पोखरी हुँदै स्टाफ नर्स कलेज, शुभ चौक सम्म ०.८ किलोमिटर, शुभ चौक देखि रेल्वे स्टेशन सम्म ०.६ किलोमिटर, मिल्स एरिया देखि जलाद खोलासम्म ०.६ किलोमिटर गरी कुल १४ वटा सडक खण्डमा नयाँ   ढल निर्माण गरिने हो ।



२०७१ जेष्ठ १८ गते आईतबार