Tuesday, May 28, 2013
विकास निमार्णले छोएन जनकपुरलाई
अनिल मिश्र
छोटो समयमै अन्य नगरपालिकाहरुले फडको मारिसके पनि मुलुककै पुरानो नगरपालिका मध्येको जनकपुर नगरको ऐतिहासीकता दिनप्रतिदीन धमिलिंदै गएको छ । त्यो पनि आधुनिक विकासको कारणले नभै विनासको कारण । नगरपालिकाका कर्मचारी र राजनीतिकदलका प्रतिनिधहिरु अनियमिततामा संलग्न भएपछि नगरपालिकाको अवस्था अस्तव्यस्त बनेको हो । विगत ५ वर्षमा जनकपुर नगरपालिकामा विकास निर्माणका लागि करिव ३९ करोड रुपियाँ खर्च भएको छ ।
धार्मिक, ऐतिहासिक र पुरातात्वीक महत्वको नगरि जनकपुरधामलाइ आफ्नो रौनकता जोगाउन निकै अप्ठेरो भैरहेको छ । पछिल्लो समयमा नगर क्षेत्रमा घर निर्माणको क्रम तिब्रगतिमा बढेपनि सडक, ढल निकास तथा खानेपानी लगायतका भौतिक पुर्वाधारको अभाब देखिएको छ । जनजिवन अस्तव्यस्त र दुर्गन्धित बन्दै गएको छ । नगरभित्र रहेका पुराना सडकहरुले आफ्नो आयु पार गरीसकेका छन । अति नै जिर्ण भईसकेका पुराना ढल तथा नालाहरु पुरिएर साघुरीदै गएका छन । जसको कारण नगरका बिभिन्न भागमा पानी जमेको छ । ढल तथा बर्षाको पानीको उचित निकास हुन नसकेपछि समान्य पानी पर्दा पनि घर आंगनमा पानी पस्ने गरेको छ । जेष्ठ महिनाको सानो बर्षामै पनि बाटो घाटो र घर आंगनमा पानी पसेपछि अव हामी नै अनुमान गरौं , अषाढ, साउन र भदौको झरीमा के होला ? यस्तै चिन्ताले सताएको छ नगरबासीलाई ।
पानीको समुचित निकास हुन नसकेपछि मिल्सएरिया, देबीचोक, बंशीचोक, पिराडीचोक, भानुचोक, कदमचोक, बिद्यापतिचोक, क्याम्पसचोक, बिश्वकर्माचोक, माछाबजार, पुरानो बसस्टेन्ड, किसोरीनगर, आन्नदनगर, पुलचोक लगायतका मुख्य सडकहरुमा पानी जमेको छ । जनकपुर नगरका चोक चोैराहा, टोल र गल्लिहरु हिलाम्य बनेका छन यतिवेला । जमेको पानी र फालिएको फोहरले मितेरी लगाउन थालेपनि नगर निकै दुर्गन्धीत बनेको छ । यह‘ाको सडक र नालाको हेर्दा खेरी आफूलाई यो जनकपुर होइन यो नरकपुर हो भन्न कुनै आपत्ति नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हाको भनाई छ । सडक हिलाम्य भएर गन्हाउन थाले पनि स्थानीय वासीले नगरपालिकामाथि किन दवाव नदिएको होला सिन्हाले आश्चर्य व्यक्त गरेका छन् ।
ऐतिहासिक र धार्मिक नगरि जनकपुरको सरसफाई र भौतिक पुर्बाधार बिकासको लागि स्थानिय बिकास मन्त्रालयले बजेट उपल्बध नगराएको पनि होईन । सडक, ढल निर्माणको नाममा आर्थिक बर्ष २०६५÷०६६ मा करिब १२ करोड ४० लाख, २०६६÷०६७ मा १२ करोड ५९ लाख र चालु आर्थिक वर्षमा ५ करोड भन्दा बढि खर्च भईसकेको छ । नगरकै बिकासकालागि खर्चभएको भनिएको छ करोडौ रुपैया । तर यही हो त करोडौ रकमको उपलव्धी ? यस्तै प्रश्न उठाएकोे छ जनकपुरको अवश्थाले । बालुवामा पानी हाले सरह जस्तै भयो जनकपुरमा । विकास निर्माणको नाममा यती ठुलो रकम खर्च भइसकेपनि बटुवा र नगरबासीले बिकास निर्माणको अनुभुति गर्नु त परै जाओस उल्टोे सास्ती बेहोर्नु परेको छ । अख्तियारको दुरुपयोग गरि नगरलाई यस्तो दुर्दशामा पु–याएर ठुला ठुला महल बनाउनेहरु खुलेआम हिंडिरहेका छन । तर विडम्बना हाम्रो कानुनले अझै उनीहरुलाइ कठघरामा उभ्याउन सकेको छैन । अनियमितता गर्नेहरुलाइ कारवाही गर्नुको साटो आरोप प्रत्यारोपमै उत्रिएको छ जिम्मेवार निकाय समेत ।
स्थानीय निकाय जनप्रतिनिधी विहिन बनेको ९ बर्ष वितिसक्यो । अनि राजनीतिक अस्थीरताको मौका छोपी कर्मचारी, राजनीतिक दलका प्रतिनिधी र निर्माण व्यवसायीहरुले अनियमितता गरीरहेबका छन भन्ने सडक निर्माणको नाममा ग्राभेल मात्रै हालेर लाखौं रुपैया सिध्याएकोवाटै पुष्टि हुन्छ । नगरपालिकाले ढल र पानी निकासका लागि भन्दै नाला निर्माण कार्य शुरु ग¥यो । तर काम सम्पन्न हुने कहां हो कहां यहां त पहिल्यै विग्रिएको छ ।
यसैवाट अनियमितताको गन्ध आउदैन र ? जनकपुर देवी चौकका राजेन्द्र ललनको प्रश्न छ । जनकपुरका विद्यापतिचोक, क्याम्पसचोक, पिराडीचोक, भानुचोक, बंशीचौक र कदमचोक लगायतका क्षेत्रमा निर्माण गरिएको ढल एक वर्ष नपुग्दै पुरिएर कामै नलाग्ने अवस्थामा पुगेको छ । यसको जिम्मेवारी लिनु पर्दैन नगरपालीकाले ? स्थानीय युवा सुशिल सिंहको भनाई छ ।
कमिशनकै खेलका कारण कमसल गुणस्तरको ढल निकासको नाला बनाएकाले जनकपुर नगरलाई स्वच्छ–सफा देख्ने स्थानीयवासीको सपना त्यसै तुहिने हो की भन्ने आशंका व्यापक भएको छ । ढल निर्माणमा कमसल सामान प्रयोग गरी मोटो रकम कमिशन लिएको प्रष्ट हुंदा हुंदै पनि दोषी उपर कुनै कारवाहीको छांटकांट देखिदैन । ढल र फोहोर व्यवस्थापनका लागि आउने रकममा पनि निर्माण व्यवसायीको मात्रै होइन दलका प्रतिनिधिको समेत गिद्देदृष्टि पर्ने गरेको तितो यथार्थ छ । जनकपुर नगरका जनताले अपेक्षा गरेकोे व्यवस्थित सडक, ढल र उन्नतशिल नगर आकाशको फल मात्रै बनिरहेको छ ।
मिति ः– २०६९–२–२२
Monday, May 27, 2013
प्रकाशकीय
२०६८ जेठ ८ गते आईतबारका दिन देश, समाज र विकासको सपना बोकी “द एक्सक्लुसिभ” साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित भएको थियो । र, यही २०७० जेठ ८ गते दोस्रो वार्षिकोत्सव देशको राजनीतिक उथल पुथलका कारण मनाउन न पाउँदा अत्यन्त दुःखित भएकोे छु । राजनीतिक दलहरु बीच बल्झिएको राजनितिले नयाँ संविधान जारी नै नगरी संविधानसभाको विघटन पश्चात मुलुक झन–झन भुमरीमा फस्दै गएको छ । नवगठित चुनावी मन्त्रीपरिषदको गैरदलिय सरकारले अषाढमा पनि निर्वाचन गराउन नसक्नुमा राजनीतिक दलहरु पनि त्यतिकै जिम्मेवार देखिन्छन । अब मंसिरमा निश्पक्ष र भयरहीत संविधानसभाको चुनाव गराई नयाँ संविधान जारी गराउने तर्फ वर्तमान सरकार अग्रसर हुनेछ भन्ने आशा राखेको छु ।
गैरमुनाफामुलक साप्ताहिक पत्रिका व्यवसायलाई निरन्तरता दिदैं दुई वर्षभित्र देखिएका विभिन्न आरोह अवरोहका बीच यस पत्रिकाले उपलब्धी र चुनौतिका साथै यस क्षेत्रका संचार जगतमा आफ्नो दरो उपस्थिति जनाएको हामीलाई ज्ञात भएको छ । द एक्सक्लुसिभ छोटो समयमा नै समाजका सच्चा पहरेदार र परिवर्तनका मार्गमा सदैव अडिग हुँदै संचार जगतलाई समेत आफ्नो दायित्व प्रति सचेत हुन चुनौती दिदै आएको पाठकहरुको प्रतिक्रिया छ । हामीलाई गर्व छ देश, समाज र विकासको सच्चा सिपाही भई कार्य गर्दै आएकोमा । कसै सँग सम्झौता नगरी संघर्षको बाटो अपनाई सत्य, तथ्य र समाजमा देखिएका विकृति–विसंगति, भ्रष्टाचार र विभिन्न किसिमका माफियातन्त्र विरुद्ध जोड्दार रुपमा आवाज उठाउन चुकेका छैनौं ।कुनै पनि दबाब र गलत तत्व सँग कहिल्यै सम्झौता गरेनौ र नगर्ने प्रतिबद्धता पनि दोहो¥याउन चाहन्छौं।
हामीले समाजबाद, विकास र न्यायलाई जोडदिएका छौं । हामीले आवाजबिहीनको आवाजलाई उजागर गर्ने हरसम्भव प्रयास गरेका छौं र गर्ने नै छौं । जसले गर्दा छोटो समयमा नै संचार क्षेत्रमा यो पत्रिका स्थापित हुन पुगेको छ । मलाई के पनि लाग्छ भने “द एक्सक्लुसिभ” सबै पक्षको रुचिको विषय भईसकेको हँुदा पाठक वर्गमा देखिएका आकांक्षा पुरा गर्न हामीलाई जिम्मेवारी अझै थपिएको महशुस भएको छ । त्यस जिम्मेवारीलाई पुरा गर्न हामीहरु हरसम्भव प्रयासरत रहने छौं । केही कमी कमजोरी, प्राविधिक त्रुटि र केही अंशीक त्रुटिलाई समेत अब आउने दिनमा सुधार गर्ने विश्वास व्यक्त गर्दछौं ।
द एक्सक्लुसिभ एउटा पत्रिका मात्र नभई एउटा मिशन पनि हो त्यस मिशनमा पूर्ण रुपमा साथ दिने द एक्सक्लुसिभका सम्पादन मण्डली सहितका टिम र आफ्नो उपस्थिति जनाउनु भएका सम्पुर्ण पाठक वर्ग समाजिक अभियानकर्ता, बुद्धिजिवी, राजनीतिज्ञ, युवा विद्यार्थी, व्यापारी विज्ञापनदाता , सम्पूर्ण शुभेच्छुक तथा देश विदेशबाट प्राप्त सुझाव सल्लाह लाई आत्मसात गर्दै आगामि श्रावण महिनाको सुरुवातबाट दैनिक पत्रिका ‘हल्ला बोल’ को समेत प्रकाशन गर्ने सहर्ष जानकारी गराउन चाहन्छौं।
सम्पादकीय
प्रतिबद्धता
२०६८ जेठ ८ गते ‘द एक्सक्लुसिभ’ पत्रिकाको पहिलो अंक बजारमा आएको २०७० जेठ ८ गते दुई वर्ष पुरा भएको छ । विभिन्न आरोह अवरोहका बीच हामीले दुई वर्ष कसरी पुरा गर्यौ त्यस तर्फ ध्यान नै गएन् । देश, समाज र विकास प्रति प्रतिबद्ध नारा रहेको हाम्रो पत्रिकाले नारालाई कति पुष्टी गरेको छ वा छैन त्यो पाठक वर्ग सामु प्रष्ट छ ।
जनतालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्ने अठोट लिएको द एक्सक्लुसिभले अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थय, कृषि, खेलकुद कला, संस्कृति आर्थिक सहित राजनीतिक विषयमा निर्भिकताका साथ जनसमक्ष समाचार राख्न सकेकोमा आफूलाई गौरवान्वित महशुश गर्दछ । अन्तरवार्ता, चाण्क्य निति, विश्व प्रसिद्ध व्यक्तित्व सहित नियमित प्रकाशन गरिएको छ । साथ– साथै एक्सक्लुसिभले कार्टुनको प्रयोग मार्फत समाजका विकृति विरुद्ध व्यङ्य हानेको छ ।
यसका अतिरिक्त नियमित लेख रचना दिएर एक्सक्लुसिभलाई एउटा विचारमुलक पत्रिकाको रुपमा स्थापित गराउने सम्पूर्ण लेखक ,स्तम्भकारहरुलाई धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु । गैरमुनाफामुलक व्यवसाय पत्रिका प्रकाशनमा सम्पूर्ण सहयोग प्रदान गर्ने यस पत्रिकाका प्रकाशक राजु चौधरीको भुमिका अत्यन्त महत्वपुर्ण छ । सम्पादकीय सवतन्त्रता लाई उच्च सम्मान गर्नु हुने यस पत्रिकाको प्रकाशक प्रति पनि त्यतिकै आभार व्यक्त गर्न चाहन्छु । यसका अतिरिक्त कम्प्यूटर ले–आउट सहयोग प्रदान गर्ने भाई संजय कुमार ठाकुरको भुमिका पनि त्यतिकै महत्चपूर्ण छ । जहिले पनि पत्रिकालाई आकर्षक बनाउन रचनात्मक कार्य गर्न उनी हिचकिचाएनन् ।
त्यसैगरी पाठकवर्गहरुको हात सम्म पत्रिका पु¥याउने तथा बजार ब्यवस्थापन गर्ने साथीलाई पनि व्यक्तिगत रुपमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै विज्ञापनदाता, पाठकवर्ग लगायत सम्पुर्ण शुभेच्छुकहरुले म प्रति गरेको विश्वास, स्नेह र मायालाई उच्च सम्मान गर्दै तेस्रो वर्ष पनि त्यसलाई निरन्तरता प्रदान गर्नु हुने नै छ भन्ने अपेक्षा राख्दछु । पत्रकार आचार संहितालाई दृष्टिगत गर्दै पिडीत जनताको आवाज बन्न यो पत्रिका फेरी पनि विगतको वर्ष झै यस वर्ष पनि निरन्तर कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।यसका अतिरिक्त सिमित स्रोत– साधन तथा जनशक्तिलाई व्यवस्थापन गर्दै पाठक समक्ष उपस्थित हुनु ठुलै चुनौती हामी सामु छ । यद्यपि यस अंकमा विभिन्न लेख–रचना मार्फत तथा व्यक्तिगत रुपमा आएका सम्पुर्ण सुझावहरुलाई निरन्तरता दिँदै पत्रिकालाई अझ प्रभावकारी र लोकप्रिय बनाउन हरसम्भव प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
२०६८ जेठ ८ गते ‘द एक्सक्लुसिभ’ पत्रिकाको पहिलो अंक बजारमा आएको २०७० जेठ ८ गते दुई वर्ष पुरा भएको छ । विभिन्न आरोह अवरोहका बीच हामीले दुई वर्ष कसरी पुरा गर्यौ त्यस तर्फ ध्यान नै गएन् । देश, समाज र विकास प्रति प्रतिबद्ध नारा रहेको हाम्रो पत्रिकाले नारालाई कति पुष्टी गरेको छ वा छैन त्यो पाठक वर्ग सामु प्रष्ट छ ।
जनतालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्ने अठोट लिएको द एक्सक्लुसिभले अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थय, कृषि, खेलकुद कला, संस्कृति आर्थिक सहित राजनीतिक विषयमा निर्भिकताका साथ जनसमक्ष समाचार राख्न सकेकोमा आफूलाई गौरवान्वित महशुश गर्दछ । अन्तरवार्ता, चाण्क्य निति, विश्व प्रसिद्ध व्यक्तित्व सहित नियमित प्रकाशन गरिएको छ । साथ– साथै एक्सक्लुसिभले कार्टुनको प्रयोग मार्फत समाजका विकृति विरुद्ध व्यङ्य हानेको छ ।
यसका अतिरिक्त नियमित लेख रचना दिएर एक्सक्लुसिभलाई एउटा विचारमुलक पत्रिकाको रुपमा स्थापित गराउने सम्पूर्ण लेखक ,स्तम्भकारहरुलाई धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु । गैरमुनाफामुलक व्यवसाय पत्रिका प्रकाशनमा सम्पूर्ण सहयोग प्रदान गर्ने यस पत्रिकाका प्रकाशक राजु चौधरीको भुमिका अत्यन्त महत्वपुर्ण छ । सम्पादकीय सवतन्त्रता लाई उच्च सम्मान गर्नु हुने यस पत्रिकाको प्रकाशक प्रति पनि त्यतिकै आभार व्यक्त गर्न चाहन्छु । यसका अतिरिक्त कम्प्यूटर ले–आउट सहयोग प्रदान गर्ने भाई संजय कुमार ठाकुरको भुमिका पनि त्यतिकै महत्चपूर्ण छ । जहिले पनि पत्रिकालाई आकर्षक बनाउन रचनात्मक कार्य गर्न उनी हिचकिचाएनन् ।
त्यसैगरी पाठकवर्गहरुको हात सम्म पत्रिका पु¥याउने तथा बजार ब्यवस्थापन गर्ने साथीलाई पनि व्यक्तिगत रुपमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै विज्ञापनदाता, पाठकवर्ग लगायत सम्पुर्ण शुभेच्छुकहरुले म प्रति गरेको विश्वास, स्नेह र मायालाई उच्च सम्मान गर्दै तेस्रो वर्ष पनि त्यसलाई निरन्तरता प्रदान गर्नु हुने नै छ भन्ने अपेक्षा राख्दछु । पत्रकार आचार संहितालाई दृष्टिगत गर्दै पिडीत जनताको आवाज बन्न यो पत्रिका फेरी पनि विगतको वर्ष झै यस वर्ष पनि निरन्तर कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।यसका अतिरिक्त सिमित स्रोत– साधन तथा जनशक्तिलाई व्यवस्थापन गर्दै पाठक समक्ष उपस्थित हुनु ठुलै चुनौती हामी सामु छ । यद्यपि यस अंकमा विभिन्न लेख–रचना मार्फत तथा व्यक्तिगत रुपमा आएका सम्पुर्ण सुझावहरुलाई निरन्तरता दिँदै पत्रिकालाई अझ प्रभावकारी र लोकप्रिय बनाउन हरसम्भव प्रयत्नशिल रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
तीन जना यौन व्यवसायी पक्राउ
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरका लजहरुमा अवैध देह व्यापार भैरहेको द एक्सक्लुसिभले समाचार सम्प्रेसन गरेपछि प्रहरीले देह व्यापारमा संलग्न रहेको आरोपमा सोमवार स्थानिय बजरंग चौकबाट तीन महिलालाई पक्राउ गरेको छ । बजरंग चोक स्थित एक घरबाट प्रहरी विहान करिव ११ वजे दुई केटी सहित ३ जना महिलालाई पक्राउ गरेको छ । ग्राहकका पखाईमा रहेका ति महिलाहरुलाई गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मुजेलिया प्रहरी चौकीबाट संयुतm रुपमा खटेको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । महोत्तरी निवासी शत्रुघ्न यादव भने व्यतिmले सो घर केहि महिना अघि मासिक रु.१५ हजारका दरले भाडामा लिई यौन व्यवसाय गराउदै आएको एक जना प्रहरीले बताए । विगत केहि महिना देखि जनकपुरमा यौन व्यवसाय फस्टाएको छ ।
यौन व्यवसायमा सक्रिय महिलाहरुले सडकमै ग्राहक खोज्न थालेका छन् । पक्राउ परेका महिलाहरुले घरको आर्थिक अवस्था कमजोर भएर यौन व्यवसायमा संग्लन भएको बताएका छन् । एउटा ग्राहकबाट तिन देखि पाँच सय सम्म रकम पाउने गरेको उनीहरुको भनाई छ । पक्राउ परेकी सवैला घर बताउने ति अन्दाजी १८ वर्षिया महिलाले भनिन,‘ ५÷६ वर्ष अघि नै आमा बुवाको मृत्यू भईसक्यो, घरमा कोही छैन,एउटा दाई हुनुहुन्छ, त्यो पनि ससुराली मै बस्छन्, कुनै खोजखबर गर्दैन, के गर्ने गुजारा चलाउनलाई केहि त गर्नुपर्छ ।’ अन्य पेशा गरेर पनि त गुजरा चलाउन सकिन्छ नि ? भन्ने प्रशनमा उनले भनिन,‘ अन्य पेशा भन्दा यो पेशा सजिलो छ, यहाँ आफ्नो कोही नभएकोले महिलालाई सजिलै कसैले काम दिदैन, म जस्ता अनपढ केटीलाई कसले काम दिन्छ ? हुनत मैले काम पनि न खोजेको होइन, तर कामै खोज्ने क्रममा कति जनाले मेरो अस्मिता नै लुटे । पछि कुनै मतलव राखेन ।’ त्यसकारण मलाई सजिलो यो पेशा नै लाग्यो, उनले भनिन ।
उनीसँगै पक्राउ परेकी महोत्तरीको धवौली घर बताउने ति महिलाले भनिन, ‘यो कार्य कसैले लहरले हैन करले नै गरेको हुनुपर्छ, जस्तो मलाई लाग्छ ।’ ‘मेरो श्रीमान दिन भरि रिक्सा चलाउनु हुन्छ, तर राती घर आउँदा हातमा एक रुपैया पनि हुदैन, कमाएको जति रुपैयाँ रक्सीमा उडाउँछ,’ उनले भनिन,‘ घरमा तिन जना बच्चाहरु छन्, कमाउनेवाला कोहि छैन, यौन धन्दामा म पुर्ण रुपमा सक्रिय छैन, कहिले काँही मात्र आउने गरेको छु ।‘
आज विहानै एक जनाले फोन गरेर फलानो ठाँउमा आउन भन्या थियो, काम पनि भएन, मोवाइल पनि हरायो, सव भन्दा ठुलो करा त प्रहरीले प्रक्राउ गर्दा झन बदनामी नै भयो ,यसो भनिरहँदा उनको आखामा आँशु देखिन्थयो ।
यस सम्वन्धमा प्रहरी निरिक्षक दिनेश पजियारले प्रक्राउ परेकाहरु वारे अनुसन्धान भईरहेको बताए । प्रहरीले एक ठाउँबाट केही महिलालाई पक्राउ गरेपनि जनकपुरका लजहरुमा हुने अवैध देह व्यापार रोकिएको छैन ।
‘द एक्सक्लुसिभ’ सँगको मेरो अनुभव
सन्तोष सिंह
‘द एक्सक्लुसिभ’ दुई वर्ष पुरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्षको यात्रामा केहि पाइला म पनि साथमा हिडेको छु । मेरो पत्रकारिता र एक्सक्लुसिभ यात्राको सानो अनुभव छ । शिक्षाको विद्यार्थी भएर पत्रकारिता गर्नु मेरो लागि चुनौतीहरु अझै बाँकी नै रहेको मेरो बुझाइ छ । तर पाँच वर्षे शिशु पत्रकारिताको यात्रामा महत्वपुर्ण क्षण र एक्सक्लुसिभको अनुभव पिडादायि नै छ । जनकपुरमा थालनी गरेको पत्रकारिता मेरो लागि अविस्मरणिय छ । अध्ययनका लागि गाउँबाट जनकपुर पस्न साथ मेरो लक्ष्य पत्रकारिता गर्ने बन्यो । २०६१ सालमा एसएलसी दिएर २०६२ सालमा जनकपुर बस्न थाले पछि यहाँ छापा पत्रकारिताले राम्रै स्थान पाएको थियो । कक्षा १२ पढदा यहाँ सञ्चालन भएका एफएमहरुमा पस्ने जमर्को गरें । तर म सफल हुन सकिन । पटक पटकको प्रयास सफल हुन सकेन । जनकपुरमा लगभग ८ एफएम पछि खुलेको मिथिलाञ्चल एफएमबाट पत्रकारिता शुरुवात गरें । मेरो पत्रकारिता गर्ने रहर पुरा भयो । तर उद्येश्य भने पुरा हुन सकेन । म छापा पत्रकारितामा आएँ । छापाको दुई वर्ष अनुभव भए पछि म अपराध र समाजको रिर्पोटिङ्ग गर्न चाहन्थे । जुन क्षेत्रमा सिकाउने काम यस एक्सक्लुसिभका सम्पादक तत्कालिन मिथिलाञ्चल विशेष दैनिक तथा मिथिलाञ्चल एफएमका कार्यकारी सम्पादक अजय अनुरागीले भरपुर सहयोग गर्नु भयो । साथीहरुले मलाई काम गर्न हौसाए । अपराध र समाजको रिपोर्टिङ्ग गर्ने उद्येश्यले पत्रकारिता सिकेको मिथिलाञ्चल छोडेर एक्सक्लुसिभमा आएको थिएँ । यहाँ सम्मको यात्रामा नवल सर हँुदै अजय अनुरागि र सुरेश यादव संगको मेरो सम्बन्ध प्रगाढ भयो ।
एक्सक्लुसिभमा काम गर्नु मेरो लागि सामान्य थिएन । दैनिक छापामा काम गरेको अनुभव यहाँ अपुग भयो । तर अजय सरको सल्लाहमामा लगातार काम गर्न थालें । पहिलो पृष्ठमा बाइलाइन समाचार छाप्ने रहर संगै पत्रकारिताको उद्येश्य पुरा हुन थाल्यो । शिक्षा, अपराध, समाज संगै यहाँ मलाई खेल र मनोरञ्जन समाचार लेख्न एक पेज नै छुट्याइयो । जुन पेज भर्नु भन्दा पनि पाठकलाई स्वाद दिनु मेरो लागि चुनौति थियो । तर अजय सर र अनिल दाईको सल्लाहमा अघि बढदै जाँदा प्रकाशक राजु चौधरीबाट समेत मैले माया पाएँ । यहाँ मैले लेखेको समाचारको पहिलो टारगेट युवा पुस्ता हुन्थ्यो । खेलकुदको समाचार निरन्तर लेखेकै कारण द एक्सक्लुसिभको सहयोगले खेलकुद तथा संस्कृति विकास कोषले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार पाएँ ।
एक्सक्लुसिभमा आउने खोराक एक साता अघि नै तय हुन्थो । जिम्मेबारी बाँडफाड हुन्थ्यो । यहाँ डेस्कबाट समाचर तोकेर गर्न लागउनु भन्दा पनि म बाट नै यो साता के(के गर्ने सम्पादक अनुरागी सरले सोध्नु हुन्थ्यो । मैले रोजेको विषयमा नै सहयोग पाउँथे । यहाँ काम गर्दा आज सम्म गर्व नै गरेको छु । मालिकको दवावमा आफैले लेखेको समाचारको खण्डन छाप्नु परेको छैन । न त कसै सामु झुक्नु परेको छ । त्यहि नै मेरो लागि एक्सक्लुसिभको ठुलो साथ हो । समाचारमा फलोअप गर्ने सिकाई मैले यहाँबाट नै सिकेको छु । समग्रमा भन्ने हो भने एक्सक्लुसिभले पत्रकारितामा खोज गर्न मलाई सिकायो । यहाँ काम गर्दा मैले कहिल्यै तनाव झेल्नु परेन । समयमा तलव र समयमा काम गर्ने वातावरण पाए पछि म सन्तुष्ट थिएँ । तर पत्रकारितामा लागे पछि सबैको राष्टिूय सञ्चार माध्यममा पस्ने रहर हुन्छ । जुन मौका मैले जनकपुरबाट पाउन सकिन । र, म महोत्तरी हुदै सर्लाही आएँ । तर एक्सक्लुसिभको साथ भने छोडेको छैन । विभिन्न स्थानमा रहेर पनि पनि यहाँ मैले काम गर्ने मौका पाएको छु । मौका संगै छापिएको समचारको प्रभावले मलाई खुसि बनाएको छ । एक्सक्लुसिभ सप्ताहिको दुई वर्ष पुरा भएको अवसरमा पाठकले यस पत्रिकालाई मन पराएर मेरो समाचारलाई मन पराइदिनु भएको धन्यवाद दिन चाहन्छु ।
‘द एक्सक्लुसिभ’ समाज प्रति जिम्मेवार मिडिया
जिवेश झा
‘द एक्सक्लुसिभ’ ले सञ्चार जगतको दुई बर्षे यात्रा तय गरेको छ । नेपाली सञ्चार क्षेत्रमा आफ्नो अमिट छाप छोडेको ‘एक्सक्लुसिभ’ ले ग्रामिण र शहरिया दुवै सुचनालाई संतुलित रुपले पसकेको कारण उ आफू समाजप्रति जिम्मेबार मिडियाको रुपमा प्रस्तुत भएको उसको पठनियताबाट प्रस्ट हुन्छ ।
‘एक्सक्लुसभ’ मा खोजमुलक समाचार हुनु यसको ठुलै सबल पक्ष हुन । जनकपुरमा कोठे पत्रकारिता बढ्दै गरेको अवस्थामा ‘स्पट जर्नालिज्म’ अर्थात संबाददाता आफै स्रोत र सुचना कहाँ पुगेर समाचार बनाउनु खुशीकै खबर हो । आफूलाई बरिष्ठ पत्रकार भन्नेहरुले जनकपुरिया पत्रकारितालाई प्रदुषित गर्नका लागि कोठे पत्रकारिता, हनुमान पत्रकारिता र सञ्जय उवाच पत्रकारिता जस्ता किसिमका पत्रकारिता गर्नमै व्यस्त छन् । सञ्जय महाभारतका एक पात्र हुन । उसँग दुव्य दृष्टी थियो । उसले एउटा कोठामै बसी आफ्नो दिव्य दृष्टीको सहयोगले प्रत्यक्ष प्रशारण गर्दथे र कुरुक्षेत्र युद्धको तमाम सुचना आफ्ना राजा ध्रितराष्ट्रलाई दिने गर्दथे । त्यो पत्रकारितामा एउटा बन्द कोठामा सुचना तयार गरिन्थ्योस संबाबददातालाई स्रोत र घटना स्थलमा पुग्नै पर्दैनथ्यो । धेरै हदसम्म यस्तै किसिमको पत्रकारिता गर्नेहरुको जमात बढिरहेको बेलामा एक्सक्लुसिभले आफ्नो मिहिनेत र उर्जा खर्चेर नविनतम समाचार पस्किनु र पाठकवर्गमा ‘पोपुलर’ हुनु गर्वकै बिषय हो । एक्सक्लुसिभले उठान गरेका बिषयहरु नविनताले भरिपुर्ण नै हुन्छन । खेलकुद, व्यापार तथा बाणिज्य, राजनीति, समाज, कला, साहित्य तथा पत्रकारिता जगतको बिबिध आयामका रिपोर्टिङहरु गरेर आफूलाई एक पुर्ण साप्ताहिक पत्रिकाको रुपमा स्थापित गर्नु चुनौतिपुर्ण नै थियो । दर्जनौं साप्ताहिक बर्षौंदेखि प्रकाशित हुने गरेको ठाँउमा नयाँ साप्ताहिकको के आवश्यक्ता ? के फरक छ र यसमा ? नाम चाँहि अंग्रेजी रहेछ ? जस्ता बिबिध प्रश्नहरुको सामना ‘द एक्सक्लुसिभ’ ले यी दुई बर्षमा नगरेका होईनन । नामझैं समाचार संप्रेशण पनि ‘एक्लुसिभ’ रुपले नै गरेको कारणले होला जनकपुरका बौद्धिक जमातमाझ आजको मितिमा एक्सक्लुसिभ निकै चर्चा पाएको पत्रिका हो । खासगरि स्थानिय पत्रिकाले स्थानिय बिषयबस्तु उठान गर्नुपर्छ भन्ने मान्यता बोकी स्थापित भएको एक्सक्लुसिभ जनकपुरिया पत्रकारिताको लागि बर्दान नै हो । उसका समाचारहरु आफ्नै पत्रकारहरुले लेख्नु, जनकपुरको लेन्सले समाचार लेख्नु र अरु सञ्चार माध्यमबाट ‘कपी’–‘पेस्ट’ नगर्ने चरित्र संस्थागत गरेकोले होला आज संपादक अजय अनुरागी जनकपुरमा निकै प्रशंसित छन् । यी पङतिकारले गत महिना बरिष्ठ पत्रकार श्यामशुन्दर शशीसँग जनकपुरको पत्रकारिताको स्थितिबारे कुरा गरेका थिए । पत्रकार शसीको अनुशार संपादक अजय अनुरागी निकै मिहिनेत गरेर एक्सक्लुसिभ पत्रिका प्रकाशित गर्ने गरेको मिहिनेती पत्रकार हुन । अर्को तर्फ नेपाल पत्रकार महासंघ, धनुषाका उपाध्यक्ष अनिल मिश्रले पनि एक्सक्लुसिभलाई एक व्यवसायिक पत्रिकाको रुपमा उल्लेख गरेका थिए । पत्रकारिता जगतमाथि सँधै आरोप लगाईन्छ कि फलानो मिडिया दलगत पत्रकारिता गर्याज छ, उ ठुला–बडा भनिनेहरुको मुखपत्र हो । समाचार स्रोतको रुपमा पनि ठुल–ठुला मान्छेलाई नै उदृत गर्छ । राजनीतिक दलको समाचार मात्र समाचार बन्छ । त्यो पत्रिका त किन प्रकाशित गरिए होला ? जस्ता गुनासाहरु समाजबाट आईरहेका हुन्छन् । यी पङतिकारले एक्सक्लुसिभको समाचार सामाग्रीहरुलाई बडो नजिकबाट नियाल्दै आएका हुन् । यिनले राजनीतिक दलको समाचारले मात्र प्राथमिक्ता पाएको, समाचार स्रोतको रुपमा ठुल–ठालुलाई मात्र प्रयोग गरिएको र व्यवशायिक्ता गुमाएको पत्रिकाको रुपमा एक्सक्लुसिभलाई पाएनन् । एक पत्रकारको हैशियतले मैले एक्सक्लुसिभलाई यसरी नियालिरहेको बेलामा पाठकले कसरी यो पत्रिकालाई लिन्छन भन्ने बुझ्न दीपनारायण जीको पत्रिका पसलमा पुगे । मंगलवारको दिन थियो । बिहानको ११ बजिरहेको थियो । मैले दीपनारायण जीलाई ‘द एक्सक्लुसिभ’ दिनुस न भने, तर उनको उत्तर थियो ‘लि जिये लास्ट कपी है’ । उनको यो जबाफबाट पनि एक्सक्लुसिभ कति पठनिय छ भन्ने प्रमाणित हुन्छ । दुई बर्षे पत्रकारिता यात्राको क्रममा आलोचक कम प्रशंसक बढि जन्माएको यस पत्रिकामा केहि कमी–कमजोरीहरु पनि अवश्य रह्यो । उदाहरणको लागि आठौं पृष्ठमा पाश्चात्य जगतका बिद्वानहरुको ‘प्रोफाईल’ लेख्नु अलि अनुचित नै हो जस्तो पत्रकार जितेन्द्र झाको ठम्याई थियो । जनकपुरसँग कुनै संबन्ध नै नभएका नेताहरुको अन्तरवार्ता प्रकाशित गरियो । जनकपुरका महिलाहरुबारे समाचार संप्रेशण भएनन् । महिलाहरुको अवस्था कस्तो छ ? उनिहरु घर–परिवारमा निर्णायक भुमिका निर्वाह गर्ने हैशियतमा छन त भन्ने जस्ता मुद्दाहरु समाचारको बिषयबस्तु बनेनन् । मेरो अध्ययन र विवेकले नियाल्न सक्ने कमजोरी यिनिहरु नै हुन ।
अबको बाटोः
मेरो बिचारमा एक्सक्लुसिभले समाचार सामाग्रीलाई समावेशी बनाउँदा बढि पठनिय होला । महिला, दलित, मुसलिम र तमाम सीमान्तकृत समुदायका मुद्दाहरु उठान गरेर ‘पोपुलर सेन्टिमेन्ट्स’ कमाउन आग्रह गर्दछु । साथै राजनीतिभन्दा पनि जनकपुरको बिग्रदो शिक्षा क्षेत्रलाई नैतिक बनाउन समाचार संप्रेशणको माध्यमबाट पहल गरे थप रोचक होला । शहरियामुखी पत्रिकाभन्दा पनि ग्रामिण परिवेशमा रहेर ग्रामिण बिषयबस्तु पनि उठान गरे आलोचना खेप्नु पर्ने स्थिती आउने संभावना अलि न्युन नै रहन्छ । ? जनकपुरको सुचना जनकपुरवासीकै लागि ? भन्ने नारालाई संस्थागत गर्दै पत्रकारिता यात्रा जारी रहोस भन्ने कामना गर्न चाहन्छु । जनकपुरको कमी–कमजोरीलाई मात्र होईन राम्रा पक्षलाई पनि उतिक्कै प्राथमिक्ताकासाथ उठान गरि ? भ्रस्टाचारका मुद्दादेखि संघर्ष र सफलताका मुद्दालाई पनि उतिक्कै महत्वका साथ कभरेज दिईने छ भोलीका दिनमा भन्ने आशा छ । खोज पत्रकार तथा हाम्रा संपादक अजय अनुरागी भोलीका दिनमा थप रोचक तथा अनुसन्धानमुलक सामाग्री हामी माझ ल्याउने उर्जा उनमा बढोस । हामीलाई हाम्रा पाठकवर्गले रुचाईदिएकोमा धन्यबाद ! समाजिक मुद्दाहरुलाई उठान गर्नेनै छौं भन्ने प्रतिबद्धताका साथ कलमलाई यहि बिराम दिई २ बर्षे प्रशंसनिय पत्रकारिता यात्रा तय गरेको एक्सक्लुसिभलाई धन्यबाद दिदै आफ्ना पाठकलाई सहृदयी रुपले सम्झिन चाहन्छु ।
‘द एक्सक्लुसिभ’ एक सामाजिक अभियन्ता
रोशनकुमार झा
सञ्चार समाजको ऐना हो भन्ने कुरा पत्रकारिताको पहिलो कक्षा देखि लिएर पत्रकारहरुले जिवन पर्यन्तसम्म घोक्ने गर्छन र समाजले पनि त्यहिरुपमा ग्रहण गरेको हुन्छ । तर कतिपय पत्रपत्रकारिता समाजको ऐनामात्र नभई समाजको सकारात्मक परिवर्तनको रेखाङ्कनसमेत गर्दछ । ऐनाले त मात्र प्रतिविम्ब दिने हो तर जसले परिवर्तनको रेखाङ्कन गर्ने गर्दछ त्यो वास्तवमा जनउत्तरदायी र जिम्मेवारीपुर्ण पत्रकारिता हो खास गरेर त्यस्तो समाजमा जहाँ अद्यावधि विकास कसले, कहिले, कहाँ र कुन स्वरुपमा गर्ने भन्ने कुराको चर्चा पनि भएको छैन । पत्रकारिता समाजको ऐना भन्ने सिद्धान्त विकसित समाजको लागि महत्वपुर्ण होला तर जनकपुरजस्तो समाजको लागि त्यहाँसम्म पुग्न कम्तीमा पनि दुई युग लाग्ने छ । दुई वर्ष अगाडी जनकपुरमा एउटा पत्रिकाको जन्म हुन्छ, पत्रिकाको जिम्मेवारी भर्खर पत्रकारिता सिक्दै गरेका एक हुल युवाले लिन्छन् । ३ दर्जन साप्ताहिक पत्रिका जहाँ बजारको आँखानै नदेखिकन विलाउँछ, त्यहाँ त्यहि थुप्रोमाथि एउटा अझ ‘झुत्रो’ थुप्रिने सबैले अडकल काटेको हुन्छ । तर आश्चर्य ! पत्रिकाले पहिलो अंकबाटै प्रभाव जमाउन सफल हुन्छ । त्यहि पत्रिका हो ‘द एक्सक्लुसिभ ।’ पहिला केहि अंक त धेरै पत्रिकाहरुले प्रभावशालीनै निकाल्ने गर्छन तर पछि त्यहि प्रभावलाई कायम राख्न सक्नु सबैको लागि चुनौती हो । यहि चुनौती समाना गर्न नसकेर धेरै पत्रिकाको मृत्यु भैसकेको छ । तर ‘द एक्सक्लुसिभ’ले त्यो चुनौतीलाई सामना ग¥यो, प्रभावशाली हिसाबलेनै सामना ग¥यो र पछिल्लो दुई वर्षको सानो उमेरमानै यो पत्रिका पाठकको आवश्यक्ताकोरुपमा स्थापित भैसकेको छ । पाठकलाई ‘द एक्सक्लुसिभ’को वानि लागिसकेको छ । यहाँ पत्रिकाका सम्पादक अजय अनुरागी, एउटा सफल नेतृत्वकोरुपमा स्थापित भैसकेका छन । पत्रिकाले समाजको प्रतिविम्ब निर्माण गर्ने गर्दछ, समाजको विचारलाई प्रतिध्वनित गर्दछ, विचारको निर्माण गर्दछ, विचारको प्रवाह र संश्लेशन गर्दछ, समाज विकासको रेखाङ्कन गर्दछ, आलोचना र समालोचना गर्दछ, समाजलाई दिशानिर्देश गर्दछ अर्थात एउटा समाजिक अभियन्ताकोरुपमा समाजलाई स्थापित गर्न, कुसंस्कारलाई प्रतिस्थापित गर्न र अग्रगमणतिर समाजलाई उत्पे्ररित गर्न प्रयास गर्दछ, जनकपुरका कति पत्रिका यस कुरामा सफल छन भन्ने कुरा अनुसन्धान र खोजविनकै विषय हुन तर ‘द एक्सक्लुसिभ’ले यि सबैकुरामा सदैव प्रयत्नशील रहेको मैले पाएको छु ।
दोस्रो कुरा ‘द एक्सक्लुसिभ’ले एउटा सम्पुर्ण ‘प्याकेज’ दिन्छ । पत्रिकामा राजनीतिक, सामाजिक, साँस्कृतिक, खेलकुद, मनोरञ्जन, विचारका साथै व्यङ्ग्यको बडो राम्रो समिश्रण छ जोकि एउटा पुर्ण ‘सचार’ हो । पाठकले बडो सुरुचिपुर्वक सबै परिकारको रसस्वादन गर्ने गर्दछ । खोजखबर र विश्लेशनात्मक सामाचार अझ पत्रिकाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । यसले पाठकलाई पत्रिकाप्रति आकृष्ट गर्छ र समाजले परिवर्तनको दिशाबोध गर्छ । भाषाशैली एकदमै सहज, स्पष्ट र प्रभावशाली छ ।
पत्रिकाको कमजोर पक्ष केलाउनु एकदमै गाहूो काम हो । किनकि राम्राको भिडमा नराम्रो कुरा खोज्नु भुसमा सियो खोज्नु जतिकै कठिन छ । त्यसैले म नराम्रो भन्दा पनि कम राम्रो भन्ने कुराहरुप्रति ध्यानाकृष्ट गराउन चाहन्छु ।
‘द एक्सक्लुसिभ’का रिपोर्टहरु एकदमै लामा लामा हुन्छन् । एउटै रिपोर्ट दुई पेजसम्मको हुन्छ । पाठक त्यति लामा रिपोर्टहरु पढ्न झर्को मान्छन । ‘न्युज रिपोर्ट’ कम शब्दमा तर प्रभावकारी तवरले लेख्दा राम्रो । रिपोर्ट लामा हुँदा एउटै कुरा दोहूो¥याएर आउँछ । विविसी लगायत विश्वका ठुला मेडियाहरुले ५०० शब्दसम्ममा राम्रा, प्रभावकारी र विश्वस्तरिय समाचारहरु सम्प्रेशन गर्ने गरेको छ । ‘द एक्सक्लुसिभ’संग पनि त्यस्तै अपेक्षा गरेको छु । अर्को कुरा सेटिङ्गको हो जोकि विशुद्ध टेक्निकल कुरा हो । पत्रिकाको सेटिङ्ग एउटा साप्ताहिक पत्रिकाजस्तो भएन । पत्रिकालाई उसको सेटिङ्गले आकर्षकस्वरुप प्रदान गर्ने गर्दछ, जसले पाठकलाई अकर्षित गर्छ । प्रथम कुरा पाठकले हेर्दानै पढुँ पढुँ महसुस गर्ने कुरा हो, जसले उसलाई हातमा पत्रिका लिन मजबुर गरेको हुन्छ । पछि मात्र पत्रिकाको विषयले पाठकलाई बाँध्ने गर्दछ । तेस्रो कुरा हो, पठनीय सामग्रीको कमी । पत्रिकाले बढी विषयको उठान गर्दैन । पत्रिकामा साप्ताह भरिमा जिल्ला, क्षेत्र, समाज वा राष्टूमा भएका महत्वपुर्ण घटनालाई पनि एक पेज प्रदान गरेको भए सुनमा सुगन्ध हुन्थ्यो । अन्तमा, म फेरी दोहो¥याउन चाहन्छु, जहाँ राम्रा हुन्छन, त्यहिँ कम राम्रा कुरा पनि हुन्छन । पत्रिकाले अगामी दिनमा ती सारा कम राम्रा कुरालाई एकदमै राम्रो स्तरमा पु¥याउनेछन भन्ने विश्वास लिएको छु । पत्रिकाले सफलतापुर्वक दुई वर्ष सम्पन्न गरेको अवसरमा पत्रिका परिवारलाई बधाई र तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना ।
Subscribe to:
Posts (Atom)


