Monday, November 3, 2014

अजब–गजब छ बा ! सुदर्शन सिंह


ओहो राम राम कस्तो ढुङ्ग ढुङ्ग गनाहको यो पाखे पर्यटक, आँखै नहेरी हिडेपछि लडिहालिन्छ नि !

२०७१ कार्तिक १६ गते आईतबार

धनुषाको सीमावर्ती नाका सुन चाँदी तस्करीको प्रमुख अखाडा

अजय अनुरागी
जनकपुरधाम............
२९ असोज २०७१ का दिन करिब ५ः१५ बजे सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट नगराइनको टोलीले चेक जाँचको क्रममा धनुषाको लगमा गाढागुठी(९ का हरिशचन्द्र साहको २७ वर्षिय छोरा राजकुमार साहलाई २० किलो चाँदी सहित पक्राउ ग¥यो । सहायक प्रहरी निरीक्षक छविलाल रावतको कमाण्डमा गएको १३ जनाको प्रहरी टोलीले जनकपुर(जटही सडक खण्ड अन्तरगत नगराइन ३ भन्ने स्थानमा चेक प्वाइन्ट राखि व्यक्ति तथा सवारी साधन चेक जाँच गर्ने क्रममा कालो झोलामा २० किलो चाँदी राखि ना.३.प ७३० नम्बरको होण्डा प्यासन मोटरसाइकलमा सवार भई भारतको सिमा पार गर्न गईरहेको साहलाई सशस्त्र प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो । प्रदिप भन्ने व्यक्तिले आफुलाई उक्त सामान लिएर बोर्डर कट्न तथा बोर्डरमा एक जना व्यक्तिले सम्पर्क गर्ने र उनलाई बुझाइदिने भनि भरियाको रुपमा उनी काम गरेको सशस्त्र प्रहरीका उपरीक्षक रविन्द्र ठाकुरले बताएका छन् । पक्राउ गरिएका साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
२०७१ असोज महिना भित्र जिल्ला प्रहरी कार्यालय धनुषाले  अन्दाजी मुल्य ७७ हजार ९ सय २५ रुपैयाँ बराबरको १२ सय ग्राम चाँदी र २ लाख ४५ हजार ६ सय ६६ रुपैयाँ बराबरको सुन र चाँदी दुई लटमा पथलैया भन्सार कार्यालयमा बुझाएको छ ।
धनुषाको पोर्ताहाबाट १० किलोग्राम सुनसहित एक व्यक्तिलाई धनुषा प्रहरीले १६ साउनमा पक्राउ ग¥यो । बझाङ जिल्ला मुलबिसौनी(१ स्थायी घर भई काठमाण्डौ महानगरपालिका वडा नं. ४ चावहिलमा डेरा गरी बस्ने २१ वर्षिय खम्बिर रौल्या पक्राउ परेका थिए ।  धनुषा प्रहरीको विशेष टोलीले गोप्य सुराकीको आधारमा धनुषा लवटोली गाविस वडा नं. ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तरगत पोरताहा खण्डमा काठमाण्डौबाट धरान तर्फ जाँदै गरेको ना.४ख. ६०९८ नम्बरको न्यू कोसी सुपर यातायात धरानको बसमा सबार भई गैईरहेको रौल्यालाई खान तलासी गर्दा निजको साथबाट सुन १० पिस अन्दाजी १० किलो बरामद भएको थियो ।  पक्राउ परेका रौल्यालाई अनुमानित रु. ४ करोड ८० लाखको अन्दाजी १० किलो सुन, बरामद गरिएको रु. १० हजार र १ थान मोवाईल सहित जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको थियो । काठमाण्डौको किंग्स कलेजमा विविएमा अध्ययनरत रहेको रौल्या भरिया मात्र रहेको पत्रकार सम्मेलनमा तत्कालिन प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका थिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका उनी भरीया मात्र रहेको र इटहरीमा सुन बुझाउने उनको तयारी थियो । पक्राउ पर्नु अघि उनी दुई पटक सुन अर्को भरियालाई बुझाईसकेका थिए । प्रहरीका अनुसार उनी १ किलोग्राम सुन निश्चित ठाउँमा पु¥याइदिए बापत रु. ५ हजार पाउने गरेका थिए । उनी बसमा सबार भएको बेला केही सुनको टुक्रा जुत्तामा, केही खुट्टामा बाँधेका थिए भने केही ब्लयाकलेभेलको खोलमा राखेका थिए । उनलाई पक्राउ गर्न धनुषा प्रहरीले महोत्तरीको वर्दिवास, धनुषाको लालगढ र ढल्केवर लगायत राजमार्गका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरेका थिए । परेका रौल्यालाई थप अनुसन्धानका लागि धनुषा प्रहरीले राजश्व अनुसन्धान विभागको क्षेत्रिय कार्यालय पथलैयामा पठाएको छ । 
जनकपुरबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ७४ किलो चाँदी सहित चारजनालाई ९ साउन २०७१ मा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा जनकपुर(१६ बस्ने २८ वर्षीय उमेश यादव, धनुषाको रमदैया भवाडी गाविस (१ बस्ने ३६ वर्षीय दिलिप कुमार साह, भारत बिहार राज्यको दरभंगा बस्ने ३६ वर्र्षीय रोशन कुमार साह र सोहि स्थानका ३२ वर्षीय प्रकाश गुप्ता रहेको थियो । तत्कालिन सशस्त्र प्रहरी उपरीक्षक सुवर्णथापा मगरले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार चाँदीको सानो पोका जिउमा लुकाई छिपाई लग्दै गरेको अवस्थामा उमेश र दिलिपको साथबाट ४५ केजी तथा रोशन र प्रकाशको साथबाट २९ केजी चाँदी बरामद भएको भएको थियो । पक्राउ परेका चारैजना तथा अन्दाजी ५२ लाख ५९ हजार ५ सय ६४ मूल्य बराबरको चाँदी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो । अवैध रुपमा भारत तर्फ सुन लग्दै गरेको अवस्थामा दुई नेपाली नागरीकलाई सीमावर्ती क्षेत्र लगमा (९ र दुई भारतीय नागरीकलाई नगराईन(३ बाट  सशस्त्र प्रहरीको जटही बोर्डर आउट पोस्ट ईन्चार्ज होमराज न्यौपानेले पक्राउ गरेका थिए । साइकलमा जाँदै गरेको तिनीहरुलाई शंका लागि चेकजाँच गर्दा चाँदी बरामद भएको थियो ।
९ साउन २०७१ मा ७४ किलो चाँदी सहित पक्राउ परेका
जनकपुर–१६ बस्ने २८ वर्षीय उमेश यादव,
 धनुषाको रमदैया भवाडी गाविस (१ बस्ने ३६ वर्षीय दिलिप कुमार साह,
 भारत बिहार राज्यको दरभंगा बस्ने ३६ वर्र्षीय रोशन कुमार साह
 र सोहि स्थानका ३२ वर्षीय प्रकाश गुप्ता ।
जनकपुरको राज ज्वेलर्सका संचालक राजकुमार साहले भारत र्पुयाउनका लागि आफुहरुलाई चांदी जिम्मा दिएको पक्राउ परेका उमेश यादवले पत्रकार सम्मेलनमा  संचारकर्मीलाई बताएका थिए । ओसारपोसारका लागि प्रतिव्यक्ति पांच हजार देखी १० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरेको यादवले जानकारी गराए । यसभन्दा पहिला पनि उनीहरुले दुईपटक सुनचाँदी तस्करी गरिसकेको बताएका थिए । पक्राउ परेका तस्करहरुले ज्याकेट जस्तो लुगा लगाई त्यसभित्र चांदीको पोकाहरु लुकाएर सिमा पार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
यस अघि पनि धनुषा प्रहरीले २०७१ जेष्ठ १ गते जनकपुरको रामानन्द चौकबाट भारतको महाराष्टूका एक जना भारतीय सुन तस्कर सचिन कदमलाई १ किलोग्राम सुन सहित पक्राउ गरेको थियो । 
कुख्यात सुन तस्कर बलराम गुप्तालाई सुनचाँदी र नगदसहित प्रहरीले २६ चैत्र २०७० मा पक्राउ गरेको थियो । महानगरीय अनुसन्धान महाशाखा काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले जनकपुर(२ शिवचोकस्थित बलराम प्रसाद एण्ड ब्रदर्सबाट गुप्तासहित भारी परिमाणमा सुनचाँदी र नगद बरामद गरेको थियो । विशेष सुराकीको आधारमा खटि गएको संयुक्त टोलीले गुप्ताको पसलमा छापामारी गरेर उक्त पसलबाट ६ किलो सुन, ३ सय ९० किलो चाँदी, ३० लाख दरका इन्भेष्टमेण्ट बैंकका दुई थान चेक र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी बरामद गरेको सुनचाँदी र नगद सार्वजनिक गरेका थिए । राजश्व छली अवैध तरिकाले करोडौंको कारोबार गर्दै आएका तस्कर गुप्तामाथि राजश्व ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि वढाइएको धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले पत्रकार सम्मेलनमा बताएका थिए । 
उनी सुन तस्करीको आरोपमा  विगतमा पनि पक्राउ परिसकेका व्यक्ति हुन् । तत्कालिन प्रहरी उपरीक्षक सुवेदीले बताए अनुसार गुप्ताले चीनबाट ल्याएको सुन नेपाल हुँदै भारत तस्करी गर्दै आएको बताइन्छ । त्यसैगरी भारतबाट ल्याएको सुन नेपालको बाटो हुँदै चीनसम्म तस्करी गर्दै आएको बताइन्छ । बरामद गरिएको सुन चीनको तिब्बत नाकाबाट राजधानी हुँदै जनकपुर ल्याएको, बरामद गरिएको सुन भारत तस्करी गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सुवेदीले प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा बताएका थिए । बरामद गरिएको ६ किलो सुनको मुल्य दुई करोड ७५ लाख र तीन सय ९० किलो चाँदीको मुल्य दुई करोड ५० लाख रुपैयाँ रहेको अनुमान गरिएको थियो । यस अघि पनि गुप्ताले काठमाण्डौ पठाउन लागेको दुई किलोग्राम सुन जनकपुर विमानस्थलमा बरामद भएको थियो । त्यसैगरी विगत केही वर्ष अघि उनको घरबाट पनि प्रहरीले ५ किलोग्राम सुन बरामद गरेको थियो । स्रोतका अनुसार तिहारभन्दा एक साता अघि उनी राजश्व अनुसन्धान विभाग पथलैहियाको हिरासतबाट रिहा भएका छन् ।
माथिका उक्त घटनाहरुले के देखाउँछ भने नेपालबाट भारतमा सुन तस्करीका लागि धनुषा जिल्लाको सिमावर्ती नाकाहरु मुख्य नाकाको रुपमा तस्करीहरुले प्रयोग गर्दै आएका छन् । सुराकीको आधारमा प्रहरीले अवैध सुन चाँदी तस्करी गर्ने भरियालाई पक्राउ गर्न सफल भएपनि तस्करका सञ्जाल तथा मुख्य तस्करीहरुलाई प्रहरीले कानुनको दायरामा ल्याएर कानुनको कठघरामा उभ्याउन सकेको छैन ।  प्रारम्भीक अनुसन्धानबाट यति कुरा मात्र खुल्न सकेको र थप अनुसन्धानको लागि पथलैया पठाइएको भनेर प्रहरीले पनि आफ्नो काम सकिएको भनेर देखाउने प्रवृति पनि वढेको छ । भरियाले कहाँबाट सुन(चाँदी ल्याएको हो र कसलाई सुन(चाँदी बुझाउन खोजेको हो भन्ने कुरा पक्कै पनि प्रहरीले अनुसन्धानको क्रममा खुलाएको हुनुपर्दछ । तर, त्यसपछि फलोअप गर्ने र तस्करका सञ्जाललाई पक्राउ गर्ने र गिरोह नै समाप्त पार्ने कार्य प्रति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कसैको ध्यान गएको देखिँदैन । माथिका तस्करहरु तस्करी गर्दै पक्राउ परेका हुन् । तर, पक्राउ नपरेकाहरुले पक्कै पनि नियमित रुपमा तस्करी गरिरहेको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । किनभने तस्करीहरुले विभिन्न स्वरुपमा र विभिन्न हतकन्डा अपनाएर तस्करी गरिरहेको पक्राउ गरिएकाहरुको बयानबाटै पनि पुष्टि हुन्छ ।
२६ चैत्र २०७० मा सुन चाँदी र नगद सहित 
पक्राउ परेका बलराम प्रसाद गुप्ता ।
धनुषामा सुन चाँदीको राम्रो व्यापार हुने गरेको छ । खास गरी मिथिलामा विहेवारी हुँदा सुन चाँदीको गर गहना अनिवार्य रुपमा किनमेल हुने गरेको छ । त्यसैगरी तिहारमा धनतेरसका दिन सुन चाँदी किन्नेहरुको पनि ठुलै भिड हुन्छ ।  प्रायः जसो हरेकको घरमा केही न केही सुन चाँदीका गर गहनाहरु अनिवार्य रुपले राखिएको हुन्छ । खास गरेर महिलाहरुले विवाह गर्दा जसरी आफ्नो सिउँदोमा सिन्दुर लगाएका हुन्छन् त्यसैगरी घाँटीमा सुनको मंगलसुत्र पनि लगाएकै हुन्छन् । अहिले झन धनुषाका यूवाहरु वैदेशिक रोजगारीका क्रममा विदेश गएर स्वदेश फर्किदा सुनको विस्कुट सरहको पाता लिएर फर्किने गरेका हुन्छन् । धनुषामा करिब १ सय ५० वटा सुन चाँदीको व्यवसायी रहेकोमा १ सय १० जना व्यवसायी जनकपुर सहरमा मात्र छन् । महेन्द्र नगर, सबैला, यदुकोहा र ढल्केवर लगायतको बजारमा समेत करिब ४० जना सुन चाँदी व्यवसायी रहेको सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ता बताउँछन् । गुप्ताका अनुसार एक दिनमा औषत करिब १ देखि १.२५ किलोग्राम सुन र १५ देखि २० किलोग्राम चाँदीको विक्री हुने गरेको छ । करिब ४ देखि ५ जना थोक व्यापारी छन् जसले कमर्सियल बैंकबाट सुन चाँदी किन्ने गर्छन् । खुद्रा व्यापारीहरुले ती थोक व्यापारीबाट आवश्यक परेको सुन चाँदी किन्ने गर्छन् भने पुराना सुन चाँदी बेच्न आउने उपभोक्ताहरुबाट समेत सुन चाँदी किनेर रिफाइन गराई खुद्रा व्यापारीले सुन चाँदी विक्री गर्ने गरेको गुप्ताले बताए ।
सुन चाँदी व्यवसायीको आन्दोलन
धनुषाको सशस्त्र प्रहरी बलले २९ असोज २०७१ मा २० किलो चाँदी सहित पक्राउ गरेको राजु कुमार साहको बयानको आधारमा एक जना प्रदिप ठाकुर भन्ने सुन चाँदीको गरगहना बनाउने कालिगढको घरमा राति १० बजे छापामारी गरेको थियो । सुन चाँदी व्यवसायी संघका अध्यक्ष गुप्ताका अनुसार कालिगढको घरमा गएर प्रहरी उपरीक्षक रविन्द्र ठाकुरकै उपस्थितिमा सशस्त्र प्रहरीले छापामारी गर्नुका साथै कालिगढ प्रदिप ठाकुरलाई कुटपिट समेत गरेको थियो । सशस्त्र प्रहरीको उक्त कदमको विरोधमा सुन चाँदी व्यवसायी संघले धनुषाको सुन चाँदी व्यवसायी ३० असोजमा बन्द गरेको थियो । गुप्ताका अनुसार पछि गएर एसपीले शंकाको अधारमा छापामारी गरेको भएपनि उक्त प्रदिप भन्ने व्यक्ति नभएको र प्रहरीबाट गल्ती भएको भन्ने कुरा स्वीकार गरेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका थिए । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा भन्छन,“ धनुषामा प्रहरीहरुले कमिशनका लागि विल भएका साना व्यवसायीहरुलाई पनि समातेर मान्छे सहित पथलैया पठाउने गरेको छ । तस्करलाई समातेर कानुनको दायरामा ल्याउनै पर्छ तर, बिल डकुमेन्ट भएका मानिसलाई पनि समातेर प्रहरीले धनुषामा पदको दुरुपयोग मात्र गरेको छैन, प्रहरीले ज्यादती समेत गरेको छ । यो बन्द हुुनुपर्छ ।”
तस्करीको तीन लेयर
जब बजारमा वस्तुको माग बढी हुन्छ, त्यसपछि त्यसमा कालोबजारी सुरु हुन्छ । अहिले भएको पनि त्यही हो । भारतीय बजारमा ठूलो परिमाणमा सुनको अभाव भएपछि चिनियाँ तस्करहरूले नेपालको बाटो प्रयोग गरेका हुन् । भारत र चीनको नाकामा सुरक्षा व्यवस्था कडा भएकाले त्यहाँबाट तस्करीको कुनै सम्भावना छैन, नेपाल(भारत सीमा नाकामा सुरक्षा व्यवस्था फितलो भएकाले नेपाली बिचौलियाहरूले कम दररेटमा सुन भारत पु¥याउन थालेका हुन् । सबैभन्दा बढी वीरगन्ज नाकालाई तस्करहरूले प्रयोग गरेको पनि सुरक्षा अधिकारीहरूको दाबी छ ।
स्रोतका अनुसार तस्करहरूले खुला सिमानाको फाइदा उठाउँदै जतिबेला पनि लैजान खोज्छन् यसका लागि उनीहरूले भन्सार कर्मचारीदेखि सुरक्षा निकायका अधिकारीहरूलाई समेत सहजै प्रयोग गर्ने गरेको देखिन्छ । धनुषामा लामो समयसम्म कार्य गरि अनुसन्धान गरेका एक जना प्रहरी अधिकृतसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा के खुल्न आएको छ भने तस्करीको तीन वटा लेयर देखिएको छ । एउटा लेयर भनेको तिब्बतबाट सुन चाँदी नेपाल भित्रियाउने गिरोह, दोस्रो गिरोहले नेपालमा उक्त सुन चाँदी कन्सिल गर्ने र राजधानी काठमाण्डौसम्म पु¥याउने, तेस्रो गिरोह भनेको काठमाण्डौबाट तराईका विभिन्न जिल्लाहरुको नाका भएर भारतको बोर्डरसम्म पु¥याउने गिरोह हुन्छ । उक्त प्रहरी अधिकृतका अनुसार धेरै पुँजीपति भएका व्यक्तिहरु जो सुन चाँदीका थोक विक्रेताहरु हुन्छन्, उनीहरुले तराईको विभिन्न नाकाहरु जनकपुर, विरगञ्ज, विराटनगर, सुन्सरी, भैरहवा लगायतका नाकाहरुलाई प्रयोग गर्दै भारत कटाउने गरेका हुन्छन् । ती सुन तस्करहरुले पारिश्रमिक दिएर विभिन्न लटमा विभिन्न भरियाहरुलाई प्रयोग गर्ने गरेको हुन्छ । त्यो भरिया भनेको सुन चाँदी तस्करले व्यक्ति विशेषको आधारमा छनौट गरेको हुन्छ ।
उक्त प्रहरी अधिकृतका अनुसार नेपाली व्यवसायीहरू यसमा लगानी गर्दैनन्, तर भारत लैजान सरकारी निकायमा जहाँ मिलाउनुपर्ने ती सबै ठाउँमा मिलाउन खप्पिस हुन्छन् । त्यसकारण पनि तिब्बती तस्करले नेपालीहरूलाई भरिया बनाएका हुन् ।
अन्तर्राष्टिूय बजारमा अमेरिकी डलरको मूल्य घटेपछि सुन बजारमा आउने भएकाले विगत दुई ती वर्षदेखि ठूला मुलुकका धनाढ्यहरूले सुनको साटो डलर संकलन गरेर राख्ने सामान्य नियमले पनि सुन तस्करहरूलाई सहज भएको र त्यसको असर नेपाली मार्गमा परेको बताइन्छ । त्रिभुवन विमानस्थलबाट अवैध तरिकाले सुन भित्रियाउन कठिन भएकाले पनि तस्करहरूले तिब्बतको नाका प्रयोग गरेका हुन् ।
हाल भारतीय बजारमा सुन तोलामा नेपालको भन्दा १ हजार रुपैयाँ बढी छ । भारतीय बजारमा सुनको माग उच्च रहेकाले नेपालको भन्दा बढी मूल्य भए पनि तस्करीमा कुनै असर नगरेको नेपाली सुन व्यवसायी र सुरक्षा निकायको भनाइ छ । 
नेपालमा पहिलेदेखि नै तस्करी
नेपालमा धेरै पहिलेदेखि सुन तस्करी हुने गरेको छ । पहिले दुबई, थाइल्यान्ड र मलेसियाबाट सुन ल्याइन्थ्यो । हङकङबाट पनि धेरै पटक तस्करी भएको थियो । विमानस्थलमा सुरक्षामा केही कडाइ हुन थालेपछि चीनको तातोपानी नाकाबाट प्रयोग बढेको हो । स्रोतका अनुसार उच्च तहको मिलेमतोमा नीतिगत रूपमै सहज बनाएर र भन्सारमा ‘सेटिङ’ मिलाएर तस्करी हुँदै आएको छ । 

२०७१ कार्तिक १६ गते आईतबार

प्रजातान्त्रिक योद्धा ‘स्मृतिनारायण चौधरी’

स्मृति नारायण चौधरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२००७ साल अषाढ १२ गते नगराइन गाविस जटही गाउँमा स्मृति नारायण चौधरीको जन्म भएको थियो । जटहीको प्रावि स्कुलमा ३ पास गाउँ नजिकै रहेको सीमावर्ती भारत विहारको उमगाउँ स्थित दिनदयाल उच्च माविबाट सन् १९६८ मा उनले निमावि शिक्षा र एसएलसी उत्तीर्ण गरे । त्यसपछि आइएससी पढ्नका लागि मधुवनीको आर.के. कलेजमा भर्ना भए । त्यही बेला पञ्चायत व्यवस्थाको विरुद्ध निर्वासित भई आन्दोलन चलाईरहेका नेपाली कांग्रेसका विशेश्वर प्रसाद कोइराला सन् १९६८ मा दरभंगा आएका थिए । दरभंगाको राजेन्द्र भवनमा कांग्रेसले मिटिङ डाकेको थियो । स्मृति पनि उक्त वैठकमा सहभागी भए । त्यहाँबाट फर्किए पछि उनलाई मधुवनीमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनाइयो । आइएससी उत्तीर्ण गरी विएससी गर्न उनी सितामढीको गोयन्का कलेजमा नामाङकन गराए । सन् १९७७ मा भारतमा जयप्रकाशले इन्दिरा गान्धीको इमरजेन्सी विरुद्ध आन्दोलनको विगुल फुकेका थिए । त्यही आन्दोलनमा सहभागी हुन उनी परीक्षा छोडेर बनारस होमिए । त्यहाँ जयप्रकाशको आन्दोलनमा सक्रिय सहभागिता जनाएर उनी फर्केर राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गरे । भारत विहारको सितामढीमा उनी स्नातक गरिरहेका बेला बासु कोइराला नेपाली कांग्रेसका नेता संगठन निर्माणमा सक्रिय थिए । सन् १९७१ मा स्मृतिलाई वासु कोइरालाले कांग्रेसको साधारण सदस्य बनाइदिए । हुन त उनलाई कांग्रेस बनाउन गाउँमा तत्कालिन सेनाले गरेको दमनले पनि उत्प्रेरित गरेको थियो । प्राथमिक शिक्षा हासिल गरिरहेकै बेला उनकै गाउँका एक जना गणतन्त्रवादी विद्यार्थी नेता दुर्गानन्द झाले २०१८ सालमा राजा महेन्द्रलाई लक्षित गर्दैै बम प्रहार गरेका थिए ।  बम काण्ड भएपछि जटहीमा शाही सेनाको क्याम्प नै स्थापित गरियो । स्मृतिका हजुरबा र  गाउँका अन्य मान्छेहरुलाई  समातेर लगेका थिए तत्कालिन सेनाले । त्यसैले पनि उनलाई बाल्यकाल देखि नै कांग्रेसमा लाग्नुपर्ने माहौलले पनि उत्प्रेरित गरिरहेको थियो ।
कांग्रेसको सदस्यता लिईसकेपछि बनारस पुगी विपी कोइराला र गिरिजा प्रसाद कोइरालासँग उनको सम्पर्क बढ्न थाल्यो । त्यतिबेला नेपाली कांग्रेसले पञ्चायत व्यवस्था विरुद्ध हतियारको राजनीतिलाई अगाडी बढाईसकेको थियो । विपीले स्मृतिलाई हतियार व्यवस्थापन र तराईको धनुषा, महोत्तरी, सर्लाही सबै जिल्लाहरुमा हतियार तथा बारुद आपुर्ति गराई तत्कालिन प्रशासनका विरुद्ध एक्शन गर्न विभिन्न यूवा नेताहरुलाई जिम्मा दिइयो । र, तिनीहरुले एक्सन पनि गर्थे । त्यही दौरान कांग्रेसी नेता सरोज प्रसाद कोइरालाको भारत विहारको मधुवनीमा गोली हानी हत्या भयो । गिरिजाबाबु सरोजबाबुको हत्या पछि मधुवनीमा आउँदा तिमीले सम्हाल्नु पर्छ भनेर भनेका थिए । त्यसपछि आन्दोलनका कममा पर्चा छपाउने, वम दिने, हतियार दिने सम्पुर्ण अप्रेशनको जिम्मेवारी उनलाई दिइएको थियो । स्मृति र सरोज प्रसाद कोइराला पटक पटक हतियार किन्न, नागालैण्डका एक जना यूवक वम बनाउने र हतियार त्यही तिर गिरिजाबाबुले किन्ने गरेका थिए । सिक्सर, कटुवा, चाइनीज म्यागजीन (केही मात्रामा) किन्ने गरिन्थ्यो । गौरी शंकर सिंहलाई चाइनिज म्यागजीनले नै हत्या गरिएको थियो ।
गिरिजाबाबुले यो बम हो, यसरी पिन झिकेर, फाल्नु पर्छ भनेर सिकाउँथे । एउटा कागजको ढुङ्गा बनाई पानीमा राखेर आगो लगाइदिन्थे । अनि कोइरालाले भन्थे, पुलिस आउँदा यसरी नै एक्सन गर्नुपर्छ । बनारसमा उनलाई राइफल कसरी चलाइन्छ भन्ने त्यही बैठक स्थलभन्दा उत्तर एउटा कोठामा लगेर गोली भर्ने, हतियार चलाउने प्रशिक्षण दिएका थिए । त्यसपछि चौधरीले हतियार चलाउने प्रशिक्षण विभिन्न कार्यकर्ताहरुलाई सितामढीको उखुको खेतमा लगेर दिने गरेका थिए ।
गणेश तिवारी नेपालीलाई महोत्तरी, विमलेन्द्र निधिलाई धनुषा, हरिहर विरहीलाई सिन्धुली, अशोक खनाल, धिरेन्द्र श्रेष्ठ र रामचन्द्र रायलाई सर्लाहीमा एक्सन गर्ने जिम्मा दिइएको थियो ।  ती सबै कमाण्डरहरुलाई स्मृतिले बनारसबाट हतियार तथा बारुदहरु उपलब्ध गराउने गर्थे । २०३० पुष १ गते नेपाली कांग्रेसले कालो दिवस मनाउने क्रममा थापा उपनाम रहेको एक जना कैदी बन्दीलाई स्मृतिले सर्लाही जेलबाट भगाएका थिए । भिठ्ठामोडमा एक्सन गर्न गएका रामजीवन सिंहको हातमै बम पड्केको थियो । उनी घाइते भएपछि मटिहानीमा लगी उपचार गराइएको थियो । केशव कोइरालाले सर्लाहीको बैंक लुटने योजना वनाएको थियो । त्यसको लागि केशवलाई स्मृतिले हतियार पनि दिएका थिए । तर, त्यहाँ केशवका एक जना साथी वैंकको काउन्टरमै पक्राउ परे । बैंक म्यानेजरले मेरो जागिर नै जान्छ, नलुट्नुस भनेर भनेपछि तिनीहरु बैंक नलुटिकनै फर्किए । फर्किएर उनीहरु मटिहानी पुगे । मटिहानीमा थानामा वम प्रहार गर्दा प्रहरीको जवाफी फायरिङमा केशव कोइराला मारिए । सर्लाहीमा प्रहरी हवलदार गौरी शंकर सिंह (लखौरी निवासी) उनीहरुको कारवाहीमा मारिएका थिए । त्यसपछि गणेश नेपाली प्रहरीको वान्टेड सूचीमा परी सितामढी क्याम्प आए । त्यहाँ क्याम्प पनि अस्त व्यस्त थियो । भारतमा पनि त्यहाँको सरकार सन् १९४८को फोरेन एक्ट अनुसार कुनै पनि अपराधिहरुलाई सीमाको ५० किलोमिटर भित्र रहन नदिने निर्णय गरेका थिए । बनारस, मुझफ्फरपुर, मधुवनी सबै ठाउँका क्याम्पहरु अस्तव्यस्त भए । ” त्यसपछि स्मृति जगर्नाथ आचार्य, हरिहर विरही, रामचन्द्र तिवारी मुझफ्फरपुर क्याम्पमा वस्न थाले । त्यहाँ कहिलेकाँही वासु कोइराला पनि आउने गर्थे । त्यहाँबाट क्याम्प संञ्चालन गरिन्थ्यो । तर, भारतमा इमरजेन्सी लागु भएपछि उनीहरुलाई धेरै गाह्रो हुन थाल्यो । खान, पिउनमा समेत अप्ठयारो हुन्थ्यो । गिरिजाबाबुले प्लेन अपहरण गरिसके पछि एक जनालाई मासिक एक सय रुपैयाँ (भारु) दिनुहुन्थ्यो । त्यसैमा वस्नु पर्ने, खानु पर्ने, लाउनु पर्ने सबै व्यवस्था गर्नुपथर््यो । त्यहाँ मुझफ्फरपुरमा रामकुमार शर्मा भन्ने व्यक्तिको घर स्मृतिले भाडामा लिएकाा थिए । त्यहाँ गिरिजाबाबु आउने गर्थे । नेपाल भारत मैत्री संघ नामको कांग्रेसीहरुले त्यहाँ संगठन गर्न थाले । धेरै वलियो संगठन बन्यो । स्मृतिका अनुसार उक्त संगठन बनाउनुमा सबैभन्दा वढी देन स्मृतिको र हरिहर विरहीको थियो । हुन त रामचन्द्र तिवारी पनि संगठन निर्माण गर्न कहिले काँही आउँथे । धेरै ताकतवर संगठन बन्यो । जसमा भारतकै ५ सय जति व्यक्ति सदस्य बने । सबै जना बौद्धिक वर्गका महन्थ श्याम सुन्दर दास (एमपी भइसकेका) वकिल, प्राध्यापक लगायतका व्यक्तिहरु सदस्य बनेका थिए ।  विपी कोइरालालाई बोलाउनु पर्छ भनेर उक्त संघले निर्णय गरियो ।  साइन्स कलेजमा कार्यक्रम आयोजन भयो । विपी बनारसबाट पटना आउनु भयो । त्यो समयमा इन्दिरा गान्धी प्रधानमन्त्री र उमाशंकर दिक्षित गृह मन्त्री थिए । भारतीय प्रशासनले विपीलाई पटनामै रोक्यो । पटनाबाट प्रशासनले आउनै दिएन । त्यतिबेला भारतीय सरकार पनि कांग्रेसको विरुद्धमा थियो । स्मृति गणेश नेपाली सबैलाई थुनेको थियो । उक्त कार्यक्रममा विपी आउन नसके पछि गिरिजाबाबु आए । त्यो कार्यक्रममा नेपाल सरकारको पनि निगरानी थियो । मान्छे कार्यक्रममा जानबाट पनि डराउँथे । तर पनि धेरै मानिसहरु जम्मा भएका थिए ।
जव सरोज प्रसाद कोइरालाको हत्या भयो, गिरिजा प्रसादले आर्मस रिभोलुसन सुरु हुन्छ भनेर भनेका थिए । पुष १ गते वम हतियार कार्यक्रमहरुलाई दिने जिम्मा स्मृतिको थियो । सितामढीबाट बम बनाउन जान्ने मानिसलाई स्मृतिले लिन फर्विसगन्ज पुगे । तर गल्तीले स्मृतिले अर्कै टूेन समातेका कारण वर्धमान पुगे । राती ८ वजे फेरी सियालदह आई अर्को टूेन समाति कटिहार र कटिहारवाट अर्को टूेन समाति  पुर्णिया हुँदै पुगेका थिए । गिरिजाबाबुलाई धेरै चिन्ता भइरहेको थियो, कि स्मृति कता हराए । त्यो मानिसलाई त्यहीं छोडेर उनी रातारात सितामढी फर्के ।
ओखलढुङ्गामा एउटा घटना भयो । नेपाली कांग्रेसका धेरै भेटूान कार्यकर्ताहरु मारिए र थुनिए । स्मृतिको आत्मीय मित्र रामलक्ष्मण, पदमप्रकाश पुरी, महेश कोइराला लगायत मारिए । यज्ञ थापा पक्राउ परे । जो पछि मरे । एकातिर भारतमा भारतीय सरकारले अत्यधिक कडाई गरेको थियो, अर्को तिर नेपालमा पनि कांग्रेसी कार्यकर्ताहरु थुनामा पर्न थाले पछि विपीलाई धेरै ठुलो धक्का पुगेका थियो । अनि ए गिरिजा अब आर्मस रिभोलुसन वन्द गर भनेर भन्नु भयो । स्मृति, विरही र रामचन्द्र तिवारी तिनै जना वनारस पुगे । उनीहरु आर्मस लिएरै गएका थिए । अन्य कार्यकर्तालाई आर्मस दिलाउनका लागि हतियार साथमा लिएर उनीहरु गएका थिए । तर, विपीले अनि भन्नु भयो,( अव यो हतियारको काम हुँदैन । अव मैले अर्को पोलिसी लिएको छु । राष्टिूय मेलमिलापको नीति । देश भित्रै वसेर शान्तिपुर्ण आन्दोलन गर्ने भनेर । त्यो बेला रामराजाप्रसाद सिंह पनि आएका थिए, वनारसमा । सिंहको डेरा थियो सारनाथमा । स्मृति पनि सारनाथमा उहाँकै डेरामा वसेका थिए । रामराजाले विपीलाई रोक्दै भनेका थिए,‘ तपाई नेपालमा कहाँ गइरहनु भएको छ ? राजा त यति क्रुर छन कि टुँडीखेलमा तपाईलाई गोली मार्दिन्छ ।’ किन भने त्यो समयमा स्पेनमा फ्रेन्कोलाई फाँसी दिइएको थियो,फ्रेन्को जस्तो हाल तपाईको पनि राजाले गरिदिन्छ भनेर रामराजाले भन्दा विपीले यस्तो जवाफ दिएका थिए ।” राजाको त्यति तागत छैन, कि मलाई मार्छ ।”
अनि राष्टिूय मेलमिलापको नीति अनुसार सबैभन्दा पहिले स्मृति, हरिहर विरही र रामचन्द्र तिवारी जनकपुर आए । त्यो बेलामा उनीहरुको क्याम्प दरभंगामा थियो । ३० दिसम्बर १९७६ मा टूेन समाति जयनगर हुँदै उनीहरु नेपाल आए । उनीहरुले सरेण्डर गरेनन् । पछि विरहीजी पक्राउ पर्नु भयो, तिवारीजी पनि पक्राउ पर्नु भयो ।
२०३३ मा जनकपुर आएपछि, २०३४ सालमा स्मृति पनि पक्राउ परे । विमलेन्द्र निधि र स्मृति राजाको जन्म दिन माघ १४ मा छुटे । फेरी २०३५ वैशाख ८ गते नेविसंघको स्थापना दिवसको अवसरमा पक्राउ परेपछि १० जेष्ठमा जनमत संग्रहमा घोषणा भयो । २५ गते उनीहरु छुटेका थिए ।
२०५२ सालमा स्थानीय निकायको चुनाव थियो । दामोदर उपाध्यायलाई जनकपुर नगर प्रमुखको रुपमा टिकट दिइनुपर्छ भन्ने स्मृतिको चाहना थियो । अनि विमलेन्द्र निधि दिगम्बर रायलाई टिकट दिलाउन चाहन्थे ।  तर पनि स्मृतिले गिरिजाप्रसाद कोइरालालाई जे भन्थे त्यही हुन्थ्यो । पार्टीले अन्तमा दामोदरलाई नै टिकट दियो । त्यसपछि विमलेन्द्र निधिले बजरंग साहलाई वागी उम्मेदवार खडा गरे । लिला कोइराला (मैया भाउजु) ले बजरंग साहलाई समर्थन गर्यो । दामोदर चुनावमा हा¥यो । स्मृति भन्छन, जनकपुर नगरपालिकामा कांग्रेसले मेयर पद कहिल्यै जित्न सकेको छैन । सधै बागी र स्वतन्त्र उम्मेदवारहरु नै जितिरहेका छन् । त्यसबेला धनुषामा कांग्रेसले ३७ वटा गाविसहरुमा गाविस अध्यक्ष जितेको थियो । त्यसैगरी जिविस सभापतिमा रामसरोज यादव, उपसभापतिमा दीपनारायण महत्तो र १७ वटा इलाकाहरुमध्ये ८ वटा इलाका सदस्य समेत कांग्रेसले जितेको थियो । स्मृति भन्छन,“मैले लीला कोइराला, रामवरण यादव, आनन्द ढुङ्गाना, विमलेन्द्र निधि समेतलाई पटक पटक सहयोग गरेको छु, तर मेरो लागि कसैले पनि केही सहयोग गर्न सकेको छैन ।
धनुषामा पार्टीको संगठन थिएन । २०३६ सालमा भिष्म जंग केसीलाई धनुषामा पार्टीको सभापति बनाइयो । उक्त कमिटीको जिल्ला सदस्यमा स्मृति पनि राखियो । त्यसपछि १४२ जना भुमिगत अवस्थामै क्रियाशील सदस्य बनाइएको थियो । २०४६ पछि शिवधारी यादव र आनन्द ढुङ्गाना वीच प्रतिस्पर्धा भयो ।  वृषेशचन्द्र लाल, गिरिश चन्द्रलाल शिवधारी यादवको पक्षमा थिए भने स्मृति, विमल सबै आनन्द ढुङ्गानाका पक्षमा थिए । त्यतिबेला रामसरोज यादवको कुनै पनि भुमिका थिएन । चुनावमा आनन्द प्रसाद ढुङ्गाना जिते । तर ढुङ्गानाको पहिले देखि नै विरामी परेका कारण उपचार गराउन दिल्ली गए । ढुङ्गानाले स्मृतिलाई कार्यवाहक सभापति वनाई दिल्ली गएका थिए ।
भारतीय नेता चन्द्रशेखर काठमाण्डौ आएका बेला स्मृति कार्यवाहक सभापतिको हैसियतमा सहभागी भएका थिए । त्यहाँ आनन्द ढुङ्गाना पनि दिल्लीबाट आएका थिए । त्यसपछि बहुदलको घोषणा भयो । फेरी उनलाई कार्यबाहक सभापति नै बनाइयो । त्यसपछि उनी निर्विरोध सभापति भए । त्यसपछि फेरी जिल्लामा उनी १ पटक सभापतिमा निर्वाचित भए । करिब १३ वर्ष उनी सभापति भए । २०५२ सालमा उनी धनुषाको पुर्वी(उत्तरी बेल्ट क्षेत्र नं. १ बाट सांसदमा पनि निर्वाचित भए । त्यसबेला उनी पार्टीका जिल्ला सभापति पनि थिए र उक्त क्षेत्रमा कांग्रेसको तर्फबाट कोही रुचाइरहेका थिएनन् । पहिले त त्यो क्षेत्र नक्सलाइटको क्षेत्र थियो । अनि त्यो क्षेत्रमा रामचन्द्र झाको वर्चस्व यति थियो कि शिवधारी यादवलाई हटाइदिन्थ्यो । कार्यकर्ताले भन्यो की झालाई स्मृति नारायण चौधरीले मात्र हराउन सक्छ भनेपछि पार्टीका केन्द्रिय सभापति गिरिजाप्रसाद कोइरालाले शिवधारीको नाउँ काटेर स्मृतिलाई उक्त  क्षेत्रबाट टिकट दिएका थिए ।
शहीदहरुको शालीक निर्माण गर्ने उनको ठुलो चाहना थियो । प्रधानमन्त्री देखि पार्टी सभापति गिरिजा प्रसाद कोइराला, स्वास्थ्य मन्त्री रामवरण यादव मन्त्री लिला कोइरालालाई भन्दा पनि रुपैयाँ कसैले दिएनन । दूर्गानन्द झा आफ्नो गाउँकै भएकाले (गाउँमा) र सरोजबाबु सँग धेरै काम गरेकाले उनको शालीक पिडारी चौकमा निर्माण गर्ने उनको ठुलो इच्छा कसैले सुनेन । नरपतिगन्जमा सूर्यनारायण सिंहको स्टेच्यू उनले देखेका थिए, मधुवनीबाट चुनाव लड्दा स्मृतिले सिंहलाई मद्दत समेत गरेका थिए । समाजवादी पार्टीका नेता सिंहको चौधरीमाथि ठुलो प्रभाव परेको थियो ।
त्यसैले स्मृतिनारायण चौधरीले आफ्नै पहलमा चन्दा जटाई जटहीमा शहीद दूर्गानन्द झाको शालीक सहित शहीद गेट निर्माण गरे । पिडारी चौकमा कसैले सहयोग नगरेपछि उनले सरोज कोइरालाको शालीक निर्माण गर्न सकेनन् ।
सांसद भएको बेला पनि शहीदको काम गर्नुपर्छ भनेर उनले इनरवामा शहीद कामेश्वर कुशेश्वर हल्ट निर्माण गराए । यदुकोहा सम्म वस जाँदैन्थ्यो, सडक मर्मत गराई वस पु¥याउने बाटो बनाए । धबौलीमा जिर्ण स्वास्थ्य चौकी निर्माण गरे । हुलाकी सडकको कुरा उनले नै उठाए । यदुकोहामा विद्युतको सव स्टेशन उनले पाइपलाइनमा लगे । विशेश्वर यादव, सुरेश चौधरी लगायत १०÷१५ जना डेलिगेशन लिएर गिरिजाबाबुलाई भेटेर हुलाकी सडक निर्माण गर्नुपर्छ भनेर भनेको थिए । २०५७ मा भारत सरकारसँग एग्रीमेन्ट पनि भयो तर भारतले ध्यान दिएका छैन । महेन्द्रनारायण निधिलाई उनी प्रेरणाको स्रोत मान्छन् । किनभने दुवै जना एकै गाविसका वासिन्दा हुन । चौधरी भन्छन,“ निधीजी गाउँ आउँदा मलाई बोलाउनु हुन्थ्यो र, सँगै बसेर घण्टौं कुरा गर्नुहुन्थ्यो । उहाँ डायरी पनि लेख्नुहुन्थ्यो । मलाई विश्वास छ उहाँले आफ्नो डायरीमा मेरो धेरै चर्चा गर्नु भएको होला । म सभापतिका चुनाव लड्दा मेरो विरुद्धमा उनी भोट खसाल्दैनथे त र साथीहरुले उहाँलाई वाटोमा घेरेर भोट दिलाउन लगाए ।”
जनमत संग्रह भएपछि स्मृति र स्मृतिले नै कांग्रेसको सदस्यता दिएको रामसरोज यादव खासगरी ३ नं. क्षेत्रमा धनुषामा घुमे । गाउँ गाउँमा बहुमत प्रचार प्रसार समिति गठन गरेका थिए । चौधरी भन्छन,“ हालसम्म पनि त्यही संगठनले काम गरिरहेको छ । त्यहाँबाट शिवधारीजी लगायत थुप्रै व्यक्तिहरु संगठनमा आएका थिए । कार्यकर्ता संगठनको वलमा उनी शक्तिशाली मानिन्थे ।
स्वाभीमानी मान्छे भएका कारण नेताको चाकडी नगर्नु आफ्नो ठुलो कमजोरी रहेकाले नै आफु केन्द्रमा केन्द्रिय पद पाउन नसकेको उनको गुनासो छ । अहिले आफु विमार भएपनि कसैलाई भन्न नगएको उनी बताउँछन् । अरुलाई मन्त्री बनाउन उनी सिफारिस गरिदिन्थे तर उनी आफु कहिल्यै मन्त्री बन्न सकेनन् । रामवरण यादव, लिला कोइराला, आनन्द ढुङ्गाना सबैलाई मन्त्री बनाउन गिरिजाबाबु कहाँ आफुले सिफारिस गरेको उनले बताए । धनुषामा मात्र नभएर पुर्व देखि पश्चिम सम्म आफ्नो सर्कलका मान्छेहरुको लागि सिफारिस गर्ने गरेको उनी बताउँछन् ।
जुनबेला महेन्द्रनारायण निधी महामन्त्री थिए, २०५२÷०५३ मा ५ हजार ५सय क्रियाशिल सदस्य बनाएका थिए । डायविटीज र ब्लडसुगरका प्यासेन्ट उनी छँदैथिए । राष्टिूय मेलमिलाप दिवसमा गौर उनी गएका थिए । २०६८ पुषमा उनको आमाको देहान्त भयो । खबर भएपछि उनी गाउँ आई दाहसंस्कार भयो । हिन्दु परम्परा अनुसार उनलाई नुन वार्न भनियो, विहानै जटही पुगी साँझ जनकपुर आउने गर्यो उनी । एकाएकको दिन पानी परेको थियो, उनलाई धेरै जाडोले सतायो, मान्छेहरु भोजवतेरमा लागेका थिए । उनलाई खप्न नसकेपछि उनलाई जनकपुर ल्याइयो, अस्पतालमा उपचार गराइयो । परिवारजनले थप उपचारका लागि प्लेनबाट काठमाण्डौ  पठाए । विमानस्थलबाट सिधै ओम नर्सिङ होममा लागियो । उनको खुट्टा चल्न छोडेको थियो । त्यतिबेला मात्र उनलाई महसुस भयो कि उनी प्यारेलाइज्ड भइसकेका छन् । २ दिन पछि उनको बोली बन्द भयो । अनी उनले डाक्टरलाई भने जसरी तपाईको आला महत्वपुर्ण छ त्यसरी मेरो लागि बोली नै महत्वपुर्ण छ । अव कसरी काम चल्छ ? बुवा, आवाज भान्छ, आउँछ भनेर डाक्टरले सम्झाए । ३ दिन पछि मस्तिष्कघात भएको र प्यारालाइज्ड भएको चिकित्सकले ठहर गरिसकेपछि अव यहाँ उपचार हुँदैन, कोठा जानुस भनेर चिकित्सकले भन्यो । त्यहाँ छोरी ज्वाइँको घरमा उनी वसे । फागुनमा मात्र उनी आफ्नो डेरामा आए । त्यसपछि दिल्लीमा उपचार गराए । अहिले नर्भिक अस्पतालको पंकज जालानले उनको उपचार गर्दैछ । अहिले सुगर र प्रेसर ठीक भए पनि कष्ट धेरै भइरहेको उनी बताउँछन् । चुनावमा विमलजीले तपाई सभाषद भइहाल्नु हुन्छ भनेर भन्नु भयो, अनि मैले विमलजीको लागि गाउँ गाउँमा गएर प्रचार प्रसार गरें र जिताएँ । उनले प्रचारका क्रममा एक ठाउँमा होइन धेरै ठाउँमा के भन्नु हुन्थ्यो भने म त पछि सभाषद होउँला तर स्मृतिजी सभाषद भइसक्नु भयो ।  समानुपातिकमा त पक्का पर्नुहुन्छ । देशमा प्रजातन्त्रको बहालीको लागि ४ वर्ष निर्वासित जीवन र पटक पटक गरी ६ वर्ष जेल जीवन विताईसकेका चौधरी भन्छन,“ सांसद हुन मलाई कुनै रहर छैन, म त निर्वाचित सांसद भईसकेकै हुँ । तर, अहिले सभाषद भइदिएको भए स्वास्थ्य उपचारको लागि व्यवस्था हुन सक्थ्यो । अहिलेको राजनीतिमा त सबैले बाघकै शिकार गर्छन, श्यालको शिकार कसैले गर्दैन ।”
 साढे ५ बजे उठेर ६ बजे सम्म कायाकैरण समाचार सुनेर, भक्ति धुन, ७ बजे सम्मको कान्तिपुरको समाचार सुनेर एक गिलास दुध खाई उनी शौचालय जान्छन् । त्यसपछि मुर्ली चौकमा गएर एक कफ चिया खाई एउटा कान्तिपुर पत्रिका लिई घरमा फर्किन्छन् । हिमाल, नेपाल, पुस्तकहरु पढ्छन् । अहिले उनी विजय कुमारको खुशी र प्रशान्त झाको पुस्तक पढिरहेका छन् । बेला बेलामा कार्यकर्ताहरु आउँछन्, भेट गरेर जान्छन् । काठमाण्डौमा रहेका बेला विमलजी पनि २ पटक आउनु भयो , स्मृति बताउँछन् । उनी आफै नुहाउँछन्, धोवीबाट कपडा सफा गर्न लगाउँछन् । फिजियो थेरेपी गर्छन् । उनको श्रीमति पनि विमार छन् ।


२०७१ कार्तिक १६ गते आईतबार

मधेस ः मोदी भ्रमण, एमाओवादी–मधेसवादी मोर्चा -किरण कर्ण

किरण कर्ण
वाक् तथा स्वतन्त्रताको हनन गर्दै आएको राज्यले मधेसलाई स्वीकार्न नसकिरहेको बेला मोदीको भ्रमणले नेपाली राजनीतिको कोसेढुंगा दाउपेचसंगै अघि बढेको छ । चरम संक्रमणकालको शिकार भएको नेपाल जस्तो मुलुकमा संविधान निर्माण हुनेमा शंका अबल रुपमा कायमै रहेको छ । संविधान निर्माण पहिलो संविधानसभाले गर्न नसकेको भन्दै दोश्रो पटक पुनः निर्वाचन गरी संविधान निर्माण गर्न अब मात्र ३ महिना बाकी रहेको छ ।   
यता संक्रमणकालिन मुलुकमा भने विभिन्न तरहका अन्तर्राष्टिूय कार्यहरु तथा चलखेलहरु हुने क्रम पनि त्यतिकै रुपमा जारी रहेको छ । संघीयता, राज्य पुनःर्संरचना, निर्वाचन प्रणाली तथा पहिचान सहितका अन्य मुद्दाहरु भने यसपालीको दोश्रो संविधान सभाका सभासदहरुले समेत यी विषयमा कुनै किसिमका निर्विवाद रुपमा समाधान गरी निर्णय लिन सक्ने अवस्था देखिदैन । 
एकातरी मुलुकमा संविधानको समस्या रहि रहेकै बेला बेलाबखतमा विभिन्न किसिमका वैदेशिक तथा घरेलु अड्चनहरु दिनानुदिन बढ्दो रुपमा देखिएको छ । नेपालको तरल राजनीतिकका कुटिल खेलाडीका रुपमा मानिएका दुई छिमेकी मुलुकले देश नेपाललाई आफ्नो प्रत्यक्ष वा परोक्ष रुपमा नियन्त्रणमा राख्ने ति दुई देशका वा अमेरिका लगायत शक्तिशाली देशको चाहना नै रहेको जस्तो देखिन्छ । किनभने हाम्रो जस्तो मुलुकलाई समाजिक संजालकै रुपमा पनि ति देशहरुले बहुत सहज ढंगले प्रयोग गरेको इतिहास साक्षी नै छ । संविधान निर्मांणका क्रममा विभिन्न जातिय समुदाय तथा पिछडिएकाहरुले आफ्नो पहिचान सहितका अधिकार खोज्नु जायज नै हो । अब बन्ने संघीयता सहितको संविधानमा लिपिबद्धका लागि र अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु पनि अधिकार नै हो । तर सो आन्दोलनको क्रममा राज्यले संकिर्ण मानसिकताबाट काम गरेमा अधिकारका लागि आन्दोलन गर्ने आन्दोलनकारीहरुलाई नै आतंकवादी देखिनु स्वाभाविकै हो । त्यसैले कांग्रेस(एमाले नेतृत्वको सरकारले चन्द्रकिशोर राउतलाई पक्राउ गरी यस नेपाल देशमा मधेस नै नरहेको पुष्टि गर्न खोजेको छ । 
मुलुकमा राजतन्त्र देखि अहिले गणतन्त्र सम्म आउदाँ समेत कांग्रेस(एमालेको द्वैध चरित्र तथा द्वैध रवैयाकै कारणले यी दलहरुले कहिले राजालाई त कहिले कार्यकर्ता तथा आफ्नै पार्टीलाई समेत झुक्याउदैँ आएका छन् । समग्रमा भन्नु पर्दा कांग्रेस(एमालेको दलाली चरित्रकै कारणले गर्दा यस देशले परिवर्तनको कोल्टो फेर्न सकेको छैन । 
अहिले संक्रमणकालिन अवस्थाको लाभका लागि कांग्रेस(एमाले तथा एकीकृत माओवादी(मधेसवादी दलहरुको अलग अलग झुण्ड आ(आफ्नै राग अलापि रहेका छन् । जसले गर्दा यी दलहरु संविधान निर्माण प्रक्रियालाई पुनः असफल पार्ने रणनीति स्वरुप सत्ता र सरकारको खेलमा लागि परेको छ । कांग्रेस(एमाले सहितका सत्ताधारी दलहरुले पहिचान सहितको संघीयता तथा राज्य पुनःसंरचनाको सवालमा आनाकानी गरिरहेको छ । त्यसैगरी एमाओवादी(मधेसवादी दलहरु बदलाको भावनाकै कारण अदुर्दर्शी रुपमा सत्ताकै लागि हानथाप गरेको देखिन्छ । सत्ताको लुछाचुडीले संविधान नआउने करिब पक्का पक्की जस्तै छ । 
तर कांग्रेस(एमालेले भने मधेस विनाको देशको कल्पना गर्न खोजे ठुलै गल्ती गर्ने छ र यिनीहरुको लागि दुर्भाग्य हुने छ भन्नेमा कुनै दुई मत छैन । तथापी यि सबै राजनीतिक दलहरुको ध्यान मोदी भ्रमणमा केन्द्रित हुन थालेकाले संविधान निर्माणमा पक्कै पनि मजबुत सहयोगको अपेक्षा यि दलहरुले गरेको आभाष हुन्छ । 
अहिले नेपालमा सार्क सम्मेलनलाई लिएर विशेष गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै महत्वका हेरिएको छ । उनको यसपालीको भ्रमणले स्थानीय स्तर देखि राष्टिूय तथा अन्तर्राष्टिूय स्तरमै भारतीय प्रधानमन्त्री मोदीलाई नियाली रहेको छ । उनको जनकपुरधाम भ्रमण तथा लुम्बिनी भ्रमणले स्थानीयवासीले समेत निकै आशाका साथ उनी माथि नजर लगाएर प्रतिक्षारत्त रहेको छ । जनकपुरमा धार्मिक मठ मन्दिर तथा नगरका मुख्य सडकहरु समेत मर्मत सम्भार गर्ने क्रम जारी छ । उनको यात्रा पूर्व नै मुलुकको राजनीति घटनाक्रममा मोदीको आगमनको प्रभाव देखिन थालेको छ । 
नेपाली शासकले मधेस माथि विभेद र हस्तक्षेपकारी नीति लिई विभिन्न खाले दमन गरी रहेको बखतमा मोदी भ्रमणलाई मधेसीहरुले निकै चासो दिएको छ । हुन त भारत सरकारले धनुषा, महोत्तरी सहितका अन्य जिल्लाहरुमा संचालन गरेके प्रोजेक्टहरु पटक पटक असफल भईसकेका छन् । तर पनि भारतले आँखा चिम्लेर केहि सिमित भरौटे(ठेकेदारहरु माथि लगानी गरेको कांग्रेस ईतरका दलहरुले आरोप लगाउने गरेको छ । 
सार्क सम्मेलनको तयारीमा जुटेको नेपाल सरकार संविधान निर्माणमा कुनै किसिमको जोखिम नलिई कनै आफु अनुकुल संघीयताको प्रारुप तयार गरी पुनः नयाँ किसिमको विभेद लाद्ने दाउँ देखिएको छ । सत्ता मोहमा फसेकाले संविधान सभामा रहेका दलहरु पनि सत्ताको लागि जस्तो सुकै जोखिम लिन सक्ने मानसिकतामा रहेको छ । 
नेपालको पहिलो पटकको भ्रमणको बेला भारतीय प्रधानमन्त्री मोदीले दिएको मन्तव्यमा समेत उनले मधेस शब्दलाई कुनै वास्ता गरेको देखिएन । जसका कारणले मधेसवादी दलहरु पनि हैरान नै भए । मधेसी दलहरुसंगको भेटघाट पश्चात मात्रै मधेसी दलहरु केहि मात्रामा भए पनि खुसी जस्तै देखिएका थिए । हुन त यसपाली मोदीको भ्रमण मधेस केन्द्रित छ । यसले पक्कै पनि मोदीको प्रभाव उनको आगमन देखि नै उनको प्रभाव उनी गइैसके पछि पनि रहि रहने छ । उनको आगमनले नेपाली राजनीतिमा छाएको अन्यौलताले केहि रुपमा क्रमभंगता गर्ने निश्चित देखिन्छ । विशेष गरी मधेसवादी दल तथा “सिके प्रकरण”ले राहत पाउने आशा लिएको छ । र उनको मधेस भ्रमणले अबको मधेसी दलको बाटो समेत निर्धारण हुन सक्ने छ । तर सोको लागि आगामी दिनमा कांग्रेस(एमाले सरकारको रवैयामा पनि भर पर्ने छ । समानताका लागि मधेसलाई देश नै बनाउनु पर्ने तर्क गर्दै आएका चन्द्रकिशोर राउतलाई बोलेकै आधारमा राज्यले गिरफ्तार गरे । गिरफ्तार पश्चात देश भरि नै पुनः संघीयता सहितको आत्मनिर्णयको अधिकारको विषयको बहस भयो । तर मधेसवादी दलहरुले भने अहिले पनि यस मुद्दालाई बेवास्ता गरेको छ । जबकी यी मधेसवादी दलहरु नै पहिलो संविधानसभामा एक मधेस एक प्रदेशका लागि मधेस आन्दोलन भएको पुष्टि गर्दै आई रहेको थियो । तर मधेसवादी दलहरुले मधेसीहरुको अधिकारको लागि संघीयतामा आत्मनिर्णयको अधिकार खोज्नै पर्ने हुन्छ । अन्यथा संघीयतामा अन्य कुनै प्रदेश वा मधेसमा बन्ने प्रदेशमा पुनः मधेसी झैँ विभेद, दमन, अत्याचार तथा अन्याय हुदैन भन्ने के ग्यारेन्टी छ ? कांग्रेस(एमाले सरकारले महेन्द्र नीतिलाई आत्मसात्  गरी महेन्द्र पथमै अग्रसर  छ ।   तसर्थ यदी एमाओवादी(मधेसवादी दलहरु आफुलाई परिवर्तनकामी तथा मुक्तिकामी पार्टीको रुपमा अग्रसर भएमा मात्रै मुलुक र यी दलहरुको कल्याण हुनेछ । सोको लागि एमाओवादी तथा मधेसवादी दलहरुले संविधानसभा त्याग गर्न समेत तम्तयार हुनु पर्दछ । अनि मात्र नेपाली जनताले चाहेको संविधान ढिलो चाँडा बन्ने सम्भावना छ । 

२०७१ कार्तिक १६ गते आईतबार

छठ पूजा र वैश्विकरण- जिवेश झा



जिवेश झा
दिवालीको ठ्याक्कै छ दिन पछि मनाईने महापर्व छठको हिंदू धर्ममा विशेष महत्व छ । कार्तिक महिनाको शुक्ल पक्षको पञ्चमी तिथि (खरना) को  दिन,  दिन भरी व्रत रहि राती छठी माताको अराधना गरि  शंकल्प लिईन्छ र भोली पल्ट षस्टीका दिन पुनः ब्रत बसी छठी मातालाई बेलुकीको अध्र्य दिइन्छ । (
अथर्ववेदमा पनि  यो पर्वको उल्लेख गरिएको छ । यो पर्व वैज्ञानिक दृष्टिकोणबाट पनि  लाभकारी मानिएको छ । साँचो र सफा मनले माँगिने तमाम मनोकामनाहरु छठी माताले पुर्ती गर्छन भन्ने विश्वास धर्माबल्मबीहरुमा हुन्छ । ब्रत बस्ने महिलाहरु धन(धान्य, पति(पुत्र तथा सुख(समृद्धिबाट परिपूर्णता पाँउछन् भन्ने विश्वास गरिन्छ । छठ पूजाको इतिहासलाई केलाउने हो भने यसको प्रारंभ महाभारत कालमा कुँती द्वारा सूर्यको आराधना पुत्र कर्ण जन्मेको बेला गरिएको थियो । छठ देवी सूर्य देवको बहीनी हुन भन्ने मत हिन्दु दर्शनहरुमा भेटिन्छ । छठी देवीलाई प्रशन्न गर्न जलाशयको छेउमा गई सुर्यदेवलाई पुजा(आजा गरिन्छ । प्राचीन कालमा यो पर्ब नेपालको मधेश, बिहार, र  उत्तर प्रदेशमा मात्रै मनाईन्थ्यो । तर आजको दिनमा राजधानी काठमाडौंमा मात्रै सीमित नभएर बेलायतमा बस्ने मधेशी समुदाय लगायत उत्तर भारतियहरुले पनि छठ पर्व मनाउने गरेका छन् । छठ पर्वले वैश्विक मान्यता प्राप्त गरि सकेको छ र यसमा वैश्वीकरणको पनि राम्रै प्रभाव परेको छ । अतिताका दिनमा छठको शुभकामना आदान( प्रदान चिठी द्वारा गरिन्थ्यो भने आज मोबाईलबाट एस.एम.एस. गरेर शुभकामना व्यक्त गरिन्छ । छठको भुमन्डलिकरण यतिमा मात्रै सीमित छैन, फेशबुक लगायत बिभिन्न सामाजिक सञ्जालमार्फत पनि शुभकामना आदान(प्रदान गरिन्छ । छठका भिडियोहरु हामीले युट्युब नामक सामाजिक सञ्जालमा सजिलै हेर्न पाँउछौं । यस्ता प्रयासले छठलाइ ‘इन्टरनेट फ्रेन्डली’ बनाई दिएको छ । आजको यस ‘डिजिटल एज’
मा छठ ‘डिजिटलाईज’ हुनु हिन्दुहरुको लागि गर्वकै बिषय हो । यी पंक्तिकारले छठमा भुमन्डलिकरणको प्रभाव भन्ने शिर्षकमा एक वैयक्तिक अध्ययन नै गरेका थिए र उक्त शोधपत्र काठमाडौं विश्वविद्यालय, मिडिया अध्ययन भन्ने शंकायको ‘ग्लोबल मिडिया’ भन्ने बिषयको लागि तयार पारिएको थियो, जसमा प्राध्यापक
हेमराज काफ्लेको निरन्तर सहयोग यीनले पाएका थिए ।  श्रद्धा र भक्तिले मनाईने छठको महत्वबारे तमाम हिन्दु समाज परिचित छ भन्ने अबस्था आई सके ।
यो अबस्था अनायाशै आएको होइन, वैश्वीकरणको ज्वरो मुख्य कारक हुन । छठको व्रत बडो नियम ( निष्ठाले बसिन्छ । यो पर्वमा तीन दिनको कठोर उपवास (ब्रत) को विधान छ । पञ्चमीका दिन नुन रहित भोजन एक छाक ग्रहण गरि ब्रत
बसिन्छ, भने  षष्ठीको दिन निर्जल (पानी पनि नखाई) उपबासमा बस्छन । षष्ठीका दिन  अस्ताँउदो  सूर्यलाई  विधिपूर्वक पूजा गरि अघ्र्य दिने चलन छ। सप्तमीका  दिन प्रातस्काल नदी वा जलशयमा गई स्नान गरिन्छ र  उदाउँदो सुर्यलाई अघ्र्य दिएर जल ग्रहण गरेर व्रत तोड्ने चलन छ । अध्र्य छठी मातालाई चढाईने फल, र प्रसाद द्वारा नै दिईन्छ । भगवान सूर्यको यस पावन व्रतमा शक्ति र ब्रह्म दुबैको उपासना गरिने भएकोले  फल एकै साथ प्राप्त हुन्छ भन्ने बिश्वास गरिन्छ । त्यसैले यो पर्व
‘सूर्यषष्ठी’ को नामले  विख्यात छ । ब्रतालुले भुईमै सुत्ने गर्छन । 
पर्वको पहिलो दिन  ‘नहाय(खाय’ को दिन  पूजामा चढाईने तमाम सामान तयार गरिन्छ । दोस्रो दिन खरणा, जसमा दिन भरी उपवाशमा बस्छन ब्रतालुले, र राती भगवानलाई भेली, दुध र चामलबाट तयार पारिएको खिर प्रसाद स्वरु ग्रहण गरिन्छ। तेस्रो दिन ठकुवा, भुसवा पकाइन्छ र बेलुकी अस्ताउँदो सुर्यलाई
अध्र्य दिईन्छ जसलाई सौझका अध्र्य भनिन्छ । चौथो दिन उदाउँदो सुर्यलाई अध्र्य दिईन्छ र अध्र्य दिई सके पछि प्रसाद ग्रहण गरि खाना खाईन्छ जुन प्रक्रियालाई पारण भनिन्छ । भगवानलाई  मौसमी फल, केराको घरी, उँखु, , यो पर्वमा खास रुपले पकाईने  पकवान ठेकुआ, नारियल, मूला, सुथनी, अखरोट,
बदाम, नरिवल, रातो(पहेलो कपडा, , कलश जसको वरिपरी उखु उभ्याईएको हुन्छ, आदि गरि ६० जति प्रकारका बस्तुहरुको प्रयोग छठमा हुन्छ ।
बाँसको टोकरीमा तमाम पकवान जलाशयको किनारामा राखिन्छ । पुरूष, महिला, बच्चाहरुको टोलीले  यस प्रकारको सोहर गाँउछन ः 
काँचही बांस के बहिंगीया, बहाँगी  लचकत जाय
बाटही पुछ ए बटोहिया, ई भार किनकर जाय
अमरुख छ हि रे बटोहिया ई भार छठी माई के जाय
छठी मातालाई कोशी नदी बहुतै प्यारो छ, जसको बर्णन यो मुक्तकमा पाईन्छः
 रात छठि मईया गवनै अईली
 आज छठिया मईया कहवा बिलम्बली
 बिलम्बली ( बिलम्बली कवन राम के अंगना
 जोड़ा कोशियवा भरत रहे जहवां जोड़ा नारियल धईल रहे जहंवा  उंखिया के खम्बवा गड़ल रहे तहवां
छठ माताको एक लोकप्रिय गीत ः
केरा जे फरे घौद से ओई पर सुगा मँडराय
मारबौ रे सुगवा धनुष से, सुगा खसे मुरझाय
 उ जे खबरी जनइबो अदिक से सुगा देले जुठियाए
 उ जे मरबो रे सुगवा धनुक से सुगा गिरे मुरझाय
 उ जे सुगनी जे रोवे ले वियोग से आदित होइ ना सहाय
परनाको व्रतीले  व्रत तोड्छन, आसेपासे तथा कुटुम्ब, परिवारमा प्रसाद बावड्छन ।  वैज्ञानिक दृष्टिले पनि  सूर्यको पूजा गरिनु वा उनलाई  जल चढाउनु लाभदायक मानिन्छ । मिथिलामा हुन त प्रत्येक दिन सुर्यलाइ जल चढाईन्छ तर यस दिन खास रुपले सुर्यको पुजा गरिन्छ । छठ कहिले आँउछ त्यो बुझ्न यो शुक्ति हेरौंस जीतिया दसे दशमी, दशमी पाँचे कोजाग्रत, कोजाग्रत
पन्ूहे शुकराती (दिवाली), शुकराती छवे छैठ। यसै गरि अर्काे शुक्तिबाट पनि शाक्षात्कार होऔंस सुख शुकराती दियाबाती तकरे छवे छैठ ।

२०७१ कार्तिक १६ गते आईतबार

Sunday, October 26, 2014

नामको धेरै, कामको थोरै ‘यूवा क्लव’

अजय अनुरागी
जनकपुरधाम............
जिल्ला प्रशासन कार्यालय धनुषामा २ हजार १ सय भन्दा वढी संघ संस्थाहरु दर्ता भएका छन् । प्रत्येक दिन जसो मानिसहरु संघ संस्थाहरु दर्ता तथा दर्ता नविकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । द एक्सक्लुसिभले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने संघ संस्थाहरुमध्ये सामाजिक कार्य गर्ने उद्देश्यले यूवा क्लबहरुको दर्ता हुने क्रम वढी पाइएको छ । २ हजार १ सय ६ संघ संस्थाहरुमध्ये करिब १ हजार भन्दा वढी यूवा क्लबहरु नै दर्ता भएको पाइन्छ । जनकपुर सहरमा मात्रै ३ सय भन्दा वढी यूवा क्लबहरु दर्ता भएका छन् । एउटा गाउँमा पनि १० वटासम्म यूवा क्लबहरु दर्ता रहेको पाइन्छ । यति मात्र होइन् वार्ड पिछै र टोल पिछै पनि यूवा क्लवहरु दर्ता भएका छन् । जनकपुर सहर भित्र त चौक चौकमै यूवा क्लवहरु छन् । जनकपुरमा रहेका यूवा क्लवहरु विजया दशमी देखि छठ पर्वसम्म मात्र सक्रिय देखिन्छन् । अन्यथा केही क्लवहरु स्थापना दिवसको अवसरमा वार्षिक उत्सव मनाउने र साता व्यापी कार्यक्रम गरेर आफ्नो क्लवको अस्तित्वलाई पुष्टि गर्न खोजेको देखिन्छ । समाजसेवा गर्ने उद्देश्यले स्थापना भएपनि अहिले देखिएका यूवा क्लवहरु उद्देश्य भन्दा विमुख रहेको पाइन्छ । सामाजिक विकृति, कुप्रथा, कुसंस्कार, कुरिती, सरकारी निकायहरुमा हुने भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको विकृति विरुद्ध कुनै पनि क्लवहरुले अभियान अगाडी वढाएको  देखिँदैन । समाजमा रहेका व्यक्तिहरु पनि दशैं पर्व वा अध्यात्मिक कार्यहरु बाहेक यूवा क्लवहरुले कुनै पनि रुपान्तरणको कार्यमा सकृय भएको अनुभुति गर्न सकेका छैनन् ।
जेठो क्लब ‘हिमाल क्लव’
जनकपुरको राम चौकमा गणेश यूवा कमिटी र
राम यूवा कमिटीले दशैं देखि छठसम्म
आय आर्जनका लागि चिठ्ठा काट्ने गरेका छन् ।
धनुषामा सबैभन्दा पहिले चित्रगुप्त सेवा समिति संस्थाको नाउँमा दर्ता भएको पाइन्छ । १८ पुष २०३४ मा दर्ता भएको उक्त संस्था धनुषाको पहिलो दर्ता भएको संस्था हो । त्यसै गरी १४ भदौ २०३६ मा धनुषामा सबै भन्दा पहिलो यूवा क्लबको रुपमा हिमाल क्लब जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको अभिलेखले देखाउँदछ । राष्टूका समस्त यूवा वर्गको सृजनात्मकता प्रति भलाई तथा हितका साथै साहित्य, सांस्कृतिक, गौरवमय राष्टिूय परम्परा कायम राखिराख्न, स्वस्थ चरित्र एवं अनुशासित यूवा वर्ग निर्माणको लागि उक्त क्लबको स्थापना गरिएको प्रशासन कार्यालयको दर्ता गरिएको दर्ता कितावको उद्देश्य महलमा उक्त कुरा उल्लेख गरिएको छ । जनकपुर नगर पञ्चायत वडा नं. २ किशोरी नगर स्थित उक्त क्लबको पदाधिकारीमा वसन्त कुमार ढुङ्गाना, सचिवमा शिवहरी गौतम, सदस्यहरुमा चिरंजिवी हमाल, पुरुषोत्तम ढुङ्गेल, जंगबहादुर सुनुवार, सुनिल घिमिरे, विष्णु प्रसाद दाहाल, गोपाल उपाध्याय, शेखर कार्की गरी कुल १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । दर्ता भएपछि उक्त क्लबले जनकपुरको खेलकुदको विकासमा धेरै ठुलो योगदान पु¥याएको देखिन्छ । उक्त क्लबले खेलकुदको चार विधा फुटबल, वडीविल्डिङ, भलिवल र कवड्डीका खेलाडीहरु उत्पादन गर्न सफल भएको देखिन्छ । त्यसबेला दर्ता नै नगरिएको राष्टूबादी स्वतन्त्र विद्यार्थी मण्डलले मुनाल क्लब खोलेका थिए । हिमाल क्लब प्रजातन्त्र पक्षधर यूवाहरुको क्लब थियो भने  राज संस्था तथा पञ्चायती व्यवस्था समर्थक यूवाहरुको क्लबको रुपमा मुनाल क्लब संचालित थियो । दुवै क्लबहरु जिल्ला र अञ्चल स्तरिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै फाइनल सम्मको यात्रा तय गथर््यो । मुनाल क्लबका तत्कालिन सदस्य अशोक कुमार रौनियार (हाल नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्ष) का अनुसार त्यतिबेलाका लोकप्रिय खेल फुटबलको जिल्ला स्तरिय र अञ्चल स्तरिय फुटबल प्रतियोगितामा दुवै फाइनल सम्म पुग्थ्यो । निर्धारित समय भित्र कुनै टिमले गोल गर्न सक्दैन्थ्यो । तर, मुनाल टिमका गोल रक्षक उत्तम प्रताप मल्ल (हेमबहादुर मल्लका भतिजो) राम्रो भएका कारण पेनाल्टी सुटआउटमा हिमाल क्लब हाथर््यो । यद्यपि मुनाल भन्दा हिमालका खेलाडीहरु तगडा मानिन्थ्यो । खास गरी स्टूाइकरहरु हिमालकै राम्रो थियो ।
जनकपुरका पुर्व उपमेयर किशोरी साहका अनुसार त्यतिबेला राष्टूवादी स्वतन्त्र विद्यार्थी मण्डलका विद्यार्थीहरु तत्कालिन प्रशासक अञ्चलाधिश र सिडिओबाट प्रोत्साहित हुने गर्थे । साहकै भनाई अनुसार विना तलब र ज्यालाको राष्टूवादी मण्डलका विद्यार्थीहरु तत्कालिन सत्ता संरक्षकका वफादार सिपाही थिए । जसलाई तत्कालिन प्रशासनले केही रकम फन्डिङ गरेर परिचालन गर्थे । हुन त जनकपुरमा त्यसबेला यूवाहरुको जमघट हुने ठाउँ भनेको भानुचौक, रामचौक र जानकी चौक मात्र थियो । पञ्चायत कालमा विद्यार्थी संगठनहरुको ठुलो प्रभाव थियो । डेमोक्रेट विचारधारा बोकेका विद्यार्थीहरुको यूवा क्लब दर्ता नै गर्दैनथ्यो, प्रशासकले ।
दोस्रो क्लबको रुपमा १२ साउन २०४१ मा एभरेष्ट क्लब दर्ता भएको थियो । तर, जब संस्थाहरु दर्ता हुने क्रम सुरु भयो, धनुषामा पनि यूवा क्लबहरु खास गरी ४७ साल पछि धमाधम दर्ता हुन थाल्यो । 
समाज सेवामा समर्पित ‘मिथिला समाज सेवा समिति’
त्यसैगरी मिथिला समाज सेवा समितिले पनि
जानकी चौकमा चिठ्ठा काट्ने गरेको छ ।
 यूवा क्लवहरुले आफ्नो आम्दानीको लागि
चिठ्ठा काट्ने प्रवृति दिन प्रति दिन वढ्दै गएको छ ।
समाज सेवाको उद्देश्यले २०४१ सालमा स्थापना भएको मिथिला समाज सेवा समिति १४ बैशाख २०५२ मा मात्र दर्ता भयो । भोला प्रसाद साहको अध्यक्षतामा रामेश्वर ठाकुर उपाध्यक्ष, विजय लाल दास सचिव लगायतको यूवाहरुले राजनीतिका सबै दलहरुलाई समेटदै समावेशी सर्वपक्षिय समिति गठन गरेको थियो । उक्त समिति गठन भएपछि सबै भन्दा पहिले उद्देश्य भनेको समाज सेवा गर्ने भएपनि कसरी गर्ने भन्ने अन्यौलता उत्पन्न भएको थियो । अनि संस्कृतिलाई पहिलो प्राथमिकतामा राखि संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने उद्देश्यका साथ अरगज्जा पोखरीमा छठ पर्वमा रात भरी अर्घ पोखरीमै राख्न लगाउने परम्पराको सुरुवात ग¥यो । त्यसैको देखासिकी गरेर सहरका अन्य क्लब र गाउँ गाउँमा समेत छठ पर्वमा घाटलाई सौन्दर्यीकरण गर्ने र रातभरी अर्घलाई घाटमै राख्ने परम्परा फैलिन थाल्यो । त्यस अघिसम्म मानिसहरुले साँझमा अस्ताउँदो सूर्य देवतालाई अर्घ देखाएर अर्घ घर लग्ने र विहान फेरी उदाउँदो सूर्यलाई अर्घ देखाउन ल्याउने गरिन्थ्यो ।
२०४५ सालमा वेवारिसे लाशलाई दाह संस्कार
गर्न तयारी गर्दै मिथिला समाज सेवा समितिका
तत्कालिन पदाधिकारीहरु ।
२३ भदौ २०४१ मा स्थापना भएको
उक्त समिति १४ वैशाख २०५२ मा दर्ता भएको हो ।
मिथिला समाज सेवा समितिले अर्को महत्वपुर्ण कार्य वेवारिसे लासको व्यवस्थापन गर्ने कार्यको सुरुवात ग¥यो ।  सहरमा बाहिरबाट आएका तिर्थालु वा अन्य व्यक्तिको बेवारिस अवस्थामा मृत्यु भएपछि लावारिस लासको दाह संस्कार गर्ने कार्यको सुरुवात ग¥यो । उक्त समितिले बेवारिसे लाशलाई लासको धर्म अनुसार हिन्दु, मुस्लिम जुन सुकै धर्मको भएपनि मृतकको धर्म पहिचान गरी धर्म अनुसार दाह संस्कार गर्ने काम थाल्यो । यति मात्र होइन काठ र टिनको शव बाहन बनाएर जनकपुर अञ्चल अस्पताललाई पनि उपलब्ध गरायो । मिथिला समाज सेवा समितिका बर्तमान अध्यक्ष मुक्तिलाल साहका अनुसार जनकपुर अञ्चल अस्पताललाई तीन पटक काठको शव वाहन दिइएको थियो । तर, अस्पतालले त्यसको व्यवस्थापन र संरक्षण गर्न सकेन । साह भन्छन,“अहिले हामीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिलाई समेत संस्थाको लागि एउटा शववाहन उपलब्ध गराइदिन आग्रह गरेका छौं ।” त्यसैगरी जनकपुरको विभिन्न वडाहरुमा गएर कुनै पनि छोरीको विवाह हुँदा स्वयम सेवकको रुपमा गएर जन्तीलाई स्वागत गर्ने तथा स्वागत र सत्कार कार्यका लागि रातभरी खट्ने कार्य गर्न थाले । महत्वपुर्ण कुरा के थियो भने उक्त समितिबाट खट्ने स्वयम सेवकहरु त्यहाँ एक छाक खाना पनि खाँदैनथे, बरु सके आर्थिक सहयोग पनि छोरीको बुवालाई उपलब्ध गराउने गर्थे । त्यसपछि जनकपुरमा मानव सागर ओर्लिने विवाह पञ्चमी, राम नवमी, परिक्रमा जस्ता धार्मिक उत्सवहरुमा स्वास्थ्य सिविर, स्वक्ष खानेपानी उपलब्ध गराउने र स्वयम सेवक परिचालन गर्ने कार्यको सुरुवात भयो । उक्त समितिकै नेतृत्वमा पहिलो पटक यूवाहरु भक्तजनहरुको सेवाका लागि स्वयम सेवकको रुपमा खटेको उक्त समितिका आजिवन सल्लाहकार किशोरी साह बताउँछन् । धेरै भिडभाड भएको हुनाले उक्त मेला महोत्सवहरुमा पकेटमारहरु पनि ठुलो संख्यामा सकृय हुने गथर््यो । नेपाल तथा भारतबाट आउने भक्तजनहरुको रुपैयाँ पकेटमारहरुले चोरी गर्दा भक्तजनहरु विचल्लीमा पर्थे । अनि उक्त समितिले पकेटमारको सिकार बनेका दुरदराजका यात्रीहरुलाई आफ्नो गनत्वय सम्म पुग्नको लागि बस वा टूेनको टिकट कटाईदिने र घरसम्म पुग्नका लागि बाटो खर्च समेत उपलब्ध गराउने गथर््यो । यति मात्र होइन गरिब तथा सिकिस्त विरामीहरुको उपचारको लागि उपचार खर्च तथा औषधि खर्च समेत समितिले उपलब्ध गराउने गथर््यो । प्राकृतिक प्रकोप खासगरी बाढी र अग्नी पीडितहरुलाई जनकपुरमा महिनौ दिन सम्म समितिका सदस्यहरुले दुवै छाक खाना नास्ता बनाई महिनौ दिनसम्म राहत उपलब्ध गराउने गथर््यो । उक्त समितिले मिथिला हेल्थ यूनिट संचालन गरी वडिविल्डिङको काममा यूवाहरुलाई आकर्षित गरेको थियो । मिथिलाको लोक नाच झिझिया महोत्सव आयोजन गर्नु खेलकुदमा बुद्धिचाल प्रतियोगिता आयोजन गर्नुका साथै जनकपुरमा सबैभन्दा पहिले टेन्ट हाउस खोलेर गरिबहरुलाई निःशुल्क सामग्री उपलब्ध गराउने गरेको छ ।
ऐतिहासिक क्लव ‘रामानन्द यूवा क्लब’
जनकपुरको रामानन्द चौक स्थित रामानन्द यूवा क्लव ।
रामानन्द चौक वरिपरीका ११ जना यूवाहरुले २०३६ सालमा विना नामको एउटा संगठन बनाएको थियो । अमर चन्द्र अनिल, राजेन्द्र थापा, सुरेन्द्र शर्मा, रामबाबु  राय, परमेश्वर राय, धु्रवमनि बाँस्कोटा, दिपक घिमिरे, विश्वनाथ पाठक, भेषराज बराल लगायतका ११ जना यूवाहरुको समुहले रामानन्द चौकमा झुला व्यवस्थापनका निम्ति संगठित भएका थिए । रामानन्द चौक देखि अग्नी कुण्डसम्म त्यतिबेला थुप्रै मन्दिरहरु थिए । प्रत्येक मन्दिरहरुमा झुला हुन्थ्यो । तर, अन्य एरियाबाट गएका यूवाहरुले झुला महोत्सवमा उदण्ड तथा उच्छृङखल कृयाकलापहरु गर्ने हुनाले ती यूवाहरु स्वयम सेवकको रुपमा परिचालन हुने गरेको अमर चन्द्र अनिल बताउँछन् । २०३८ सालमा एउटा ठुलो यज्ञ भएको थियो । जसको उदघाटन तत्कालिन राजा विरेन्द्रद्वारा गरिएको थियो । रत्नसागर स्थानमा (अहिले जहाँ आँखा अस्पताल छ) खेलकुदको व्यवस्था गरिएको थियो । अर्को तर्फ खाली जग्गामा (जहाँ अहिले थुप्रै घरहरु बनिसकेका छन्) यज्ञका लागि थुप्रै मण्डपहरु बनेका थिए । उक्त यज्ञमा समेत ती यूवाहरु स्वयम सेवकको रुपमा परिचालित भएका थिए । यता अमर चन्द्र अनिल हिमाल क्लबको वडिविल्डिङका अध्यक्ष भएका कारण उनले वडिविल्डिङ तथा वेट लिफ्टिङ क्लब खोलेका थिए । उक्त क्लबमा यूवाहरु आएर वेट लिफ्टिङ, जिम्नाष्टिक, बक्सिङ तथा रोपिङ लगायतका खेलहरु सिकाउन थालियो । अमरचन्द्र अनिलका अनुसार उक्त क्लबमा यूवाहरु अवधेश पोखरेल, दिपेन्द्र उपाध्याय, देबेन्द्र यादव, रविन्द्र यादव, अनिल मिश्र लगायतका यूवाहरु निरन्तर वेट लिफ्टिङ सिक्न आउन थालेपछि जनकपुरमा वेट लिफ्टिङको एउटा राम्रो टिम बन्यो । पछि राम आयलको एउटा कोठा मासिक १ सय ५० रुपैयाँमा भाडामा लिएर सांस्कृतिक कार्यक्रमका लागि गाना बजानाको कामहरु सुरु ग¥यो । अमरचन्द्र अनिल बेन्जो बजाउँथे भने भारतको मुझफ्फरपुरबाट रु. ३ सयमा कन्गो किनेर ल्याएका थिए । विभिन्न मन्दिरहरुबाट एम्पिलीफायर माइक मागेर ल्याउथे, ढोलक र हारमुनियम आफ्नै हुन्थ्यो । यसरी उनीहरुले गीत गाउने र संगित सिक्ने कामको सुरुवात ग¥यो । आभाष लाभ, सुनिल ठाकुर, शिवशंकर जस्ता यूवाहरु आएर गीत सिक्न थाले । गायक र वादकहरु उत्पादन हुन थाले । रामानन्द संस्कृति क्लब हुँदै प्रवुद्ध पुस्तकालय र पछि मात्र २०४२ सालमा रामानन्द यूवा क्लबको नामाकरण भएको हो । उक्त क्लबले रामानन्द चौकमा सार्वजनिक शौचालय र भ्रमरपुरा चौकमा मुत्रालयको निर्माण गर्नुको साथै भ्रमरपुरा चौक, रामजानकी सिनेमा हलको अगाडी, आँखा अस्पताल र जनकपुर अञ्चल अस्पतालमा प्रतिक्षालय निर्माण गरेका छन् । ५ वर्ष अघि उक्त क्लबबाट २ सय ५७ जनाले रक्तदान गरी सबैभन्दा वढी रक्तदान गर्ने क्लवको रुपमा रहेको छ । उक्त क्लवले मैथिली भाषा साहित्यका पुस्तकहरुको प्रकाशन गर्नुका साथै विवाह पञ्चमी महोत्सवमा स्वास्थ्य, विश्राम शिविरहरु लगाउने गरेका छन् । रामानन्द यूवा क्लवका वर्तमान अध्यक्ष प्रकाश मिश्र भन्छन,“ म अध्यक्ष भएको ४ महिना मात्र भएको छ । निर्वाचित भएको १० दिन पछि रामानन्दद्वारको रंगरोगन, सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरें । २ महिनाको तयारी गरी भव्यताका साथ रामानन्द चौकमा दुर्गा पूजा गरें ।” पुष ५ गते क्लवको बार्षिक उत्सवलाई दृष्टिगत गर्दै साता व्यापी कार्यक्रम गर्ने तय गरिएको छ । जसका लागि नेपाल र भारत दुवै देशका मिथिलाञ्चलका कालाकारहरु(वादक र गायक) लाई ल्याएर एउटै मञ्चमा उभ्याएर सम्मान गर्ने, कुष्ठरोगी, अनाथ आश्रम र वृद्धा आश्रममा कपडा तथा फलफुल वितरण गर्ने र रक्तदान कार्यक्रम आयोजन गर्ने अध्यक्ष मिश्रले बताए । त्यसैगरी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै विवाह पञ्चमी पुर्व तथा पछि सर सफाईको कार्यक्रम गर्ने, विवाह पञ्चमीका दौरान पर्यटकहरुका लागि शिविर लगाउने र विवाह पञ्चमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएकाले उनको स्वागतका लागि रामानन्द चौकमा एउटा स्वागतद्वार निर्माण गर्ने मिश्रले बताए ।
जनकपुरको रामानन्द चौकमा संचालित रामानन्द यूवा क्लवले स्थापना काल देखि नै खेलकुद, कलासंस्कृति, रंगमञ्च, पुस्तक प्रकाशन जस्ता महत्वपुर्ण कार्यलाई निरन्तरता दिँदै आएको छ । जनकपुरको यो क्लव नै यस्तो क्लव हो जसमा सामान्य मजदुर देखि विभिन्न विधामा दख्खल राख्ने विज्ञहरु समेत यसका सदस्य छन् । वरिष्ठ साहित्यकार, प्राध्यापक तथा वुद्धिजिवी डा.राजेन्द्र विमल, अर्थ शास्त्री डा.सुरेन्द्र लाभ, त्रिभुवन विश्व विद्यालयको मैथिली विभागका केन्द्रिय प्रमुख परमेश्वर कापडी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राज्ञ तथा नाटककार रमेश रञ्जन झा, नेकपा एमालेका नेता तथा सभाषद सितल झा, नाटककार अवधेश पोखरेल, साहित्यकार अशोक दत्त, गायक आभाष लाभ, पत्रकार श्याम सुन्दर शशि धनुषा क्रिकेटका प्रशिक्षक नविन सिंह, भारोतोलन खेलाडी अनिल मिश्र, चिकित्सक डा.रामनरेश पंडित, गायक नविन मिश्र, हास्य कलाकार वि.एन.पटेल लगायतका व्यक्तिहरु उक्त क्लबका सदस्य हुन । विज्ञानराज शर्मा धनुषामा एसपी भएर आउँदा उक्त क्लवका सदस्य बनेका थिए । यसरी हेर्ने हो भने उक्त क्लव जनकपुरको बौद्धिक क्लव र प्रतिभावान सदस्यहरु रहेको क्लव हो । उक्त क्लवले अन्तराष्टिूय मैथिली नाट्य महोत्सव समेत आयोजन गरेको थियो । तर पछिल्लो समयमा उक्त क्लवले गर्नुपर्ने रंगमञ्च र खेलकुद तर्फको कामलाई निरन्तरता दिन सकेको छैन । यति मात्र होइन क्लवले प्रकाशित गर्ने मैथिली भाषाको साप्ताहिक पत्रिका विद्यापति टाइम्स समेत बन्द गरेको छ । क्लवका पुर्व अध्यक्ष अशोक दत्त भन्छन,“ कला क्षेत्रको कार्यहरु निरुत्साहित हुनुमा संस्थासँग जोडिएका व्यक्तिहरु नविन मिश्र, वि.एन.पटेल लगायतले पैसा कमाउनको लागि छुट्टा छुट्टै टिम खडा गर्नु हो । त्यसैगरी क्लवले कुन कार्यलाई निरन्तरता दिने वा कुन नयाँ कार्य थप्ने त्यो कुरा नेतृत्व माथि पनि निर्भर गर्दछ । पछिल्लो समयमा दिपेन्द्र ठाकुर र नविन मिश्रले नेतृत्व गर्दा क्लवको गति कम भएपनि प्रकाश मिश्रको कार्यकालमा गति लिने छ ।” उक्त क्लवले अब पुस्तकालय पनि विधिवत रुपमा संचालन गर्ने छ ।
दशैं व्यवस्थापन गर्ने क्लव ‘राम यूवा कमिटी’
 राम चौकमा राम यूवा कमिटीले 
निर्माण गरिरहेको श्री राम टावर ।
२०४६ सालको जनआन्दोलन पश्चात नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएर प्रजातन्त्रको वहाली भयो । प्रजातन्त्र प्रति आस्था राख्ने यूवाहरु संगठित हुन नपाइरहेको, पञ्चायतकालमा कुनै पनि संघ संस्था दर्ता गर्नु परे त्यो संस्था राजावादी हुनु पथर््यो । राजाको जन्म दिन मनाउनु पर्ने, मरन दिन मनाउनु पर्ने, तत्कालिन व्यवस्था विरुद्ध जान नसक्ने स्थितिका कारण प्रजातन्त्र माथि विश्वास गर्ने संगठन तथा संस्थाहरु प्रतिवन्धित थिए । प्रजातन्त्रको पुनर्वहाली भए पश्चात कानुन विधि व्यवस्था तथा प्रहरी प्रशासनको शुन्यता स्थिति भयो । प्रहरी प्रशासन मौन बसेपछि कहिं आतङ्क त सिर्जना हुँदैन । र, हरेक समयमा के देखिन्छ भने पराजित भएका शक्ति विभिन्न उपद्रवहरु गर्ने गर्थे । दरवार पक्षले नै फेरी खुकुरी दल वा कुनै दल गठन गर्ने हो कि, जनधन को रक्षा हुुन पाउँछ की पाउँदैन, त्यो परिस्थितिबाट समाजलाई कसरी जोगाउने भनेर यूवाहरुको चिन्ताले जनकपुरका केही यूवाहरु संगठित भए । त्यो बेला धेरै यूवाहरु संगठित भई समाजमा जनधनको सुरक्षाका लागि राति राति पहरेदारी दिने काम सुरु भयो । पहरेदारीको क्रम सुरु भए सँगै रामचौकका यूवाहरुले चिन्तन मनन गरेर श्री राम यूवा कमिटिको नाउँमा यूवाहरुलाई संगठित गर्ने काम सुरु भयो । रामबाबु साहको अध्यक्षतामा २०४७ साल भाद्र १८ गते श्री राम यूवा कमिटिको स्थापना भयो । कमिटिको स्थापना भए लगत्तै असोज कार्तिकमा विजयादशमीको बन्दोवस्ती कसरी गर्ने भन्ने प्रथम प्राथमिक विषय बन्यो । महापर्वको रुपमा मनाइने गरेको पर्व विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजा आजा तथा बोकाको बली कार्यलाई कसरी सहज तथा सरल ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा उक्त कमिटिले प्रस्ताव अगाडी ल्यायो । हजारौं भक्तजन आउँदा भीड अनियमितता हुन गए प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसके एउटा ठुलो दुर्घटना पनि हुन सक्ने सम्भावना थियो । 
पञ्चायतकालमा ५ सय, ६ सय बोका काटन साँझ ५ बजे देखि विहान २÷३ बजे सम्म काटिने गरिन्थ्यो । त्यो अनियन्यित र अव्यवस्थित देखिए पछि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने यूवाहरुले विचार गरे, तर्कहरु राखे । प्रशासनिक निकाय र गुठी संस्थानका कर्मचारीहरुले बोकाको कानमा स्टीच लगाईदिनुपर्छ त कसैले खुट्टामा चिनो लगाउनु पर्छ भनै आफै तर्क राख्ने र आफैले राखेको तर्कलाई खण्डन पनि गरिरहेका थिए । तर, यूवाले १ देखि १ सय सम्मको रसिद वालालाई गेटसम्म आउन दिने प्रस्ताव राख्दा यदि ९ सय रसिद संख्या भएको पहिलो आइदिने र १ सय नम्बर भित्रको बोका गंगासागरको डिलमा राखेको अवस्थामा त्यसलाई कसरी ल्याउने भनेपछि त्यो कुरा पनि असफल भयो । राम यूवा कमिटीका संस्थापक महासचिव प्रमोद चौधरीका अनुसार अन्तिममा यूवाहरुले पहिले देखि नै गृहकार्य गरी ल्याएको योजना प्रस्तुत गर्दा तत्कालिन डिएसपी थापा दङ्ग परी अब हाम्रो कामै छैन, हामीले यूवाहरुको योजना अनुसार प्रहरीले व्याक सपोर्ट मात्र गरे पुग्छ भनी समर्थन गरे । पुलिसले दिमाग लगाउनै पर्दैन, यूवाक्लबहरुको नक्सा एक दम सराहनिय छ, हामीले सहयोग गरे व्यवस्थित हुन्छ भन्दै तत्कालिन डिएसपीले थपे । अनि तत्कालिन इन्सपेक्टर मुरली मनोहर पाण्डेको कमाण्डमा यूवा क्लबका योजना अनुसार व्याक सपोर्ट गर्न भन्यो । त्यो बेला खाका अहिले सम्म चलिरहेकोछ । २५ वर्ष अघिको प्लान, कहाँबाट बोकाको लाइन लगाउने, कति बोका कसरी कहाँ छोड्ने भनी २५जना यो चौरमा, २५ जना अर्को चौरमा राख्ने, प्राङ्गणमा २५ जना जान दिने परम्परा त्यतिबेला जसरी ती दुवै यूवा क्लबले बसाले, त्यसबाट एक इन्च पनि हालसम्म परिवर्तन भएको छैन । त्यो बेला ती दुवै क्लबले के विवेक पु¥याएको थियो भने, जनकपुरमा जति पनि व्यानरका यूवा क्लबहरु छन् ती सबैको सम्मान हुनु पर्छ, एकै दुई जना भएपनि सांकेतिक रुपमा भए पनि सहभागी गराउनु पर्छ भनेर निर्णय गरियो । राजदेवी मन्दिरको कार्यक्रममा हाम्रो पनि स्वामित्व र सहभागी छ भनेर सबे क्लबहरुको आत्म सम्मान हुने फाइदा थियो भने अर्को तर्फ कुनै पनि एरियाबाट यदि त्यसबेला प्रहार गरियो वा बलि प्रथालाई विथोल्ने काम भयो भने ती एरियाका मान्छेलाई विश्वासमा लिएर समाधान गर्न सकिने दुईवटा उद्देश्य थियो । त्यही परम्परा अहिले पनि कायमै छ । अष्टमीको दिन एउटा संयूक्त यूवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा राम र महावीर यूवा कमिटी हुन्छ । नवमीका दिन महावीर यूवा कमिटीको व्यानर राखिन्छ । त्यो कसरी भयो भने पहिला राम यूवा कमिटीले हेथर््यो तर राजदेवी अमरखाना वौधी मन्दिर गरी ३ वटा मन्दिरको व्यवस्थापन राम यूवा कमिटीले नै गथर््यो । मान्छेको चाप वढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी वाँडफाँड गरियो । वाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजा पाठ देखि सबै कार्यक्रम हेर्ने, अनि रामयूवाले अमरखाना अन्नपुर्णाको सबै काम हेर्ने तर अष्टमीको चाँही सम्पुर्ण जिम्मेवारी रामयूवा कमिटीको काँधमा हुने गर्छ ।
पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा यूवाहरुको कुनै पनि योगदान रहँदैन्थ्यो । संस्थापक महासचिव चौधरी भन्छन,“ वरु हामीले के सुनेका थियौं भने ग्रामिण क्षेत्रका मानिसहरुले परिक्रमा यात्रुहरुको बस्ने ठाउँमा ओछयान  विछयाई सुत्ने र महिलाहरुसँग अभद्र व्यवहार गर्ने गथर््यो भनेर हामीले सुनेका थियौं । हामीले जनकपुरमा यूवाहरुले व्याच लगाएर जुन दशैंमा सेवा प्रदान गरिरहेका थियौं  र त्यसको प्रचार प्रसार र गाउँ गाउँबाट आउने यूवाहरु समेत प्रभावित र उत्प्रेरित भई उनीहरुलाई पनि हामीले केही गर्नुपर्छ भन्ने अवस्था जाग्यो । अनि अहिले १५ दिने परिक्रमामा गाउँ गाउँमा यूवाहरु परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरुलाई विजुली बत्तीको प्रवन्ध मिलाईदिने, निर्वाह गरिदिने व्यवस्था भएको हो ।” पटना पछि जनकपुरकै छठ राम्रो र मनोरम मानिन्छ । त्यसमा पनि हाम्रो नै भुमिका महत्वपुर्ण छ । लाखौं रुपैयाँ हामी खर्च गछौं । छठको बेलामा जसरी पोखरी र घाटको सौन्दर्यीकरण गर्न थाल्यौं, त्यसको देखासिकी गरेर प्रत्येक गाउँमा टेन्ट लगाउने राति पोखरीको घाटमै वस्ने कार्य सुरु भएको छ । यूवाहरुकै डिएटूक्टिभ माइन्डलाई कन्भर्ट गरी कन्स्टूक्टिभ वनाउन यसले ठुलो सन्देश दियो । यूवाहरु धार्मिक आस्था प्रति ओत प्रोत भए । सामाजिक क्षेत्रमा सघाए ।
 यूवा क्लबहरु जनकपुरको मामिलामा धेरै सकारात्मक काम गरेको पाइएको छ । मठ मन्दिरका वावाजीहरुले गर्नुपर्ने काम यूवाहरुले नै गर्ने, प्रशासनले, राजनीतिकर्मीले गर्नुपर्ने काम यूवा क्लबहरुले नै गर्ने गरेको छ । अझ  त विकास निर्माणको काम पनि यूवाहरुले आफ्नै सक्रियता र लगानीमा गर्नु परिरहेको अवस्था छ । चौधरी भन्छन,“उदाहरणको लागि जनकपुरको रामचौकमा रामयूवा कमिटीले करिब ३० लाख रुपैयाँको लागतमा श्रीराम टावर बनाइराखेको छ । यो रामयूवा कमिटीको काम होइन । जनकपुर नगरपालिकाको कार्यालय नगर विकास कोष, जिल्ला विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जस्तो सरकारी निकायहरुले गर्नु पर्ने काम हो । तर ती निकायहरु मौन वसेका छन् । यो त धन्यवाद दिनु पर्छ यूवा क्लबहरुलाई कि धार्मिक, सांस्कृतिक पहिचान र धरोहरुलाई विरासतहरुलाई जोगाएर राखेको छ । परिवर्तनशील यूग छ । स्वाभाविक रुपले यूवाहरुको काँधमा जिम्मेवारी पनि थपिदै जाने हो ।” 
संस्थापक महासचिव चौधरीका अनुसार बोकावली चढाउने मान्छेहरु धेरै गरिव हुन्थे । चुरा, नुन बोकेर आउथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा बस्नु पथर््यो । त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले एकजना दाता विश्वनाथ साहलाई आग्रह गर्यौैं, आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस । अनि वहाँले भन्नु भयो, ठीक छ कति जना मान्छेको लागि खानाको व्यवस्था गर्नुपर्छ ? अनि हामीले भन्यौं कम से कम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस । पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन, अष्टमीको दिन राम यूवा कमिटीको प्राङ्गणमा बोका सँगै आएका सबै मनिसहरुलाई गराउने गर्छाैं । एउटा बोका बरावर एक व्यक्ति नभएर, बोका बोकेर आउने सबै मानिसहरुलाई उक्त दिन निःशुल्क भोजन गराउँछौं । गुठीमा तिनीहरुलाई कुपन दिएका हुन्छौं र उनीहरुले भोजन गर्छन ।
हामीले अर्को महत्वपुर्ण निर्णयहरु पनि गरायौं । बोकाको टाऊको हामीले नराख्ने भन्यौं तर गुठीका कर्मचारीहरुले इन्कार गरिरहेका थिए । त्यतिबेला टाउको प्रशासनिक निकायमा बाँडने गरिन्थ्यो । तर, हाम्रो भनाई के थियो भने कुनै मानिसले ३÷४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जना सम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न उनीहरुलाई गाह्रो भइरहेको हुन्छ । फेरी यहाँ राजदेवी मन्दिरमा बोकाको् मार हान्ने मान्छेले घाँटी समेतलाई मार हानिदिने खुट्टा समेत निकालिदिने गरे पछि बलि चढाउन आउने मान्छेले एक दमै कम मासु लिएर घर फर्किनु पथर््यो । मतलब अवस्था यस्तो थियो कि मासु लुटालुट हुन्थ्यो । अनि हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण ग¥यौं र टाउको पनि फिर्ता गर्ने निर्णय ग¥यौं । त्यही बेला देखि हामीले टाउको फिर्ता गर्न थाल्यौं । सौभाग्यवस ४ जना बालकले पनि बोकाको बलि प्रदान गराउन भ्याए । पहिले बोका भित्र छिराउन पहलवानहरु जाने गथर््यो । तर, उक्त व्यवस्था गरेपछि एक जना ९ वर्षको बालकले पनि बोकाको बली प्रदान गराउन सक्षम भए ।  २०४७ सालमा लगभग १२ सय बोकाको बली चढाइएको थियो । साँझ साढे ५ बजे सुरु गरेर साढे ८ बजेसम्म सकिएको थियो । पञ्चायत कालमा ३ सय ४सय बोका काट्न करिब १२ घण्टासम्म लाग्ने गथर््यो । हुन त त्यति सजिलो पनि थिएन । त्यसपछि बोकाको संख्या वढ्दै जाँदा दुई वटा ठेहाको व्यवस्था गर्नु प¥यो । किनभने बली प्रदान अष्टमी मै सम्पन्न गर्नुपर्ने बाध्यता थियो । हुन त बीचमा ३ वटा ठेहा पनि व्यवस्था गरिएको थियो तर, दुर्भाग्यवस एउटा के दुर्घटना भयो भने एक जना स्वयमसेवकको औंला नै काटियो । त्यसपछि हामीलाई लाग्यो कि हामीबाट केही गल्ती भयो । त्यसपछि फेरी दुई वटा ठेहा हालसम्म पनि रहेको छ । हामीलाई पनि थुप्रै अप्ठयाराहरुको सामना गर्नुपरेको थियो । लाईन लगाउँदा लाईन तोडेर घुसपैठ गर्ने गथर््यो अनि हामीले घुसपैठ गर्नेहरुलाई लाईनबाट हटाएर सबैभन्दा पछाडी लाईन लगाईदिन्थ्यौं । यसरी दुई तीन वर्ष सम्म हामीले रोलेक्सहरु बाँधेर लाईनको व्यवस्थापन ग¥यौं । लक्ष्मी साह अध्यक्ष भएपछि टेन्टहरुको बन्दोवस्ती र सौन्दर्यीकरणको कार्य पनि थालनी भयो । आज आएर यस्तो पहिचान बनिसकेको छ कि नेपालमै विजयादशमी यतिको भव्यताका साथ कहि पनि मनाईदैन । देशका विभिन्न ठाउँहरुबाट दशंै हेर्न जनकपुर पर्यटकहरु आउने गर्छन । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीहरुले समेत जनकपुरको दशैंको प्रचार प्रसार गर्न थालेपछि पर्यटकहरु झन झन आकर्षित हुँदै गएका छन् । 
समाज सेवामा ‘महाविर यूवा कमिटी’को योगदान
महाविर यूवा कमिटीको कार्यालयमा सजाइएको 
सिल्ड तथा वडिविल्डिङका उपकरण ।
 अहिले उक्त क्लवले खेलकुदलाई पनि गौण गर्दै आएको छ ।
महाविर चौकका केही यूवाहरु आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिलाई संकटमोचन विद्यालयमा भेटन गएका थिए । तर, नेता निधिले कुनै समुह वा संस्था मार्फत आउन भनेपछि अरुण कुमार साह, ठाकुर प्रसाद साह, संतोष साह, प्रमोद कुमार साह, सुरेन्द्र ठाकुर, उपेन्द्र ठाकुर, गोपाल गुरुङ लगायत ५०÷६० जना यूवाहरु मिलेर २०४७ सालमा महाविर यूवा कमिटिको स्थापना गरेका थिए । उनीहरुले क्लव मार्फत महाविर चौकमै महाविर मन्दिरको स्थापना गर्नुका साथै अग्नि पीडित र वाढी पीडितहरुलाई गाउँ गाउँमा पुगेर राहत सामग्री उपलब्ध गराउथे । उक्त क्लवका संस्थापक अध्यक्ष अरुण कुमार साहका अनुसार त्यतिबेला महोत्तरीको मटिहानी, नैनिही, गम्रौरा लगायतका गाउँमा अग्नि पीडितहरुलाई खाद्यान्न तथा लत्ता कपडा गाउँमै गएर वितरण गरेका थिए । जनकपुरमा सहयोग संकलन गरी नगरपालिकाले उपलब्ध गराएको टयाक्टरमा लगेर हरेक अग्नि पीडितको घर घरमा पुगेर वितरण गरेका थिए । त्यसैगरी २०५३ साल तिर जनकपुरमा कानको चिकित्सकको अभावमा कानको रोगीहरु उपचारबाट वञ्चित थिए । अनि उक्त क्लवले कान शिविर संचालन गरी धनुषा वरिपरिका जिल्ला र जनकपुर सहरको व्यक्तिहरुलाई निःशुल्क कानको उपचारका साथै इयर क्याम्प, निःशुल्क अपरेशन गराएका थिए । करिब २ सय जना व्यक्तिले उक्त शिविरबाट लाभ लिएका थिए । त्यसैगरी विजया दशमीका अवसरमा राजदेवी मन्दिरमा हुने बली प्रदान र पुजामा व्यवस्थापनका लागि महाविर यूवा कमिटी राम यूवा कमिटीको सहयोगमा सक्रिय रहँदै आएको छ । महाविर यूवा क्लवले महाविर यूवा क्रिकेट टिम पनि संचालन गरेको छ । उक्त टिमले जिल्ला र विहारको कतिपय जिल्लाहरुमा गएर उपाधि समेत जितेको छ । राष्टिूय तथा अन्तराष्टिूय स्तरका खेलाडी क्रिकेटर अनिल मण्डल उक्त क्लवका खेलाडी हुन । तर, पछिल्लो समयमा उक्त कमिटीले दशैं पर्व बाहेक अन्य कुनै पनि किसिमको सामाजिक कार्यमा योगदान गर्न नसकेको केही महिना अघि मात्र निर्वाचित भएका अध्यक्ष धर्मेन्द्र साह पनि स्वीकार गर्छन् । पहिलेको तुलनामा अहिलेको पिढीका यूवाहरुमा समाज सेवाको भावनामा पनि कमि आएकोले उल्लेख्य कार्य हुन नसकेको भन्दै अध्यक्ष धर्मेन्द्र साह भन्छन,“हिजोसम्म पुजामा मात्र सिमित रहेको क्लवको भुमिकालाई नयाँ ढंगले सामाजिक क्रियाकलापहरुसँग जोड्ने कार्यका लागि अगाडी वढेका छौं । निकट भविष्यमै महाविर चौकमा वृद्धा आश्रम संचालन गर्ने, विभिन्न रोगीहरुका लागि नर्भिक अस्पतालको टिमसँग समन्वय गरी स्वास्थ्य शिविर संचालन गर्ने लगायतका कार्यहरु गर्ने छौं ।” उक्त क्लवमा ३ सय ५० जना सदस्य रहेका छन् भने २ सय ५२ रुपैयाँ सदस्यता शुल्क बार्षिक लिने गरेका छन् ।  उक्त क्लवले बार्षिक ८ देखि १० लाखसम्मको आर्थिक कारोबार गर्ने गरेको छ । करिब साढे ५ लाख रुपैयाँको लागतमा उक्त क्लवले २०५० सालमा महाविर मन्दिर समेत निर्माण गरेका छन् । त्यसैगरी २०६० सालमा भारतीय दुतावासको सहयोगमा एम्बुलेन्स क्लवले संचालन गरेपनि १ वर्ष नवित्दै दुर्घटनामा पर्दा एम्बुलेन्स हालसम्म विग्रेको छ । राम यूवा कमिटी र महाविर यूवा कमिटीका अधिकांश सदस्यहरु व्यापारी छन् ।
गाउँमा सक्रिय क्लव ‘हिमालय यूवा क्लब, नक्टाझिज’
हिमालय यूवा क्लव नक्टाझिजको कार्यालय ।
धनुषाका १ सय १ गाविस मध्ये प्रायः हरेक गाविसमा यूवा क्लवहरु दर्ता भएका छन् ।  तर, ती क्लवहरुको सक्रियता नगन्य मात्र हुन्छन् । गाउँमा दर्ता गरिएका कतिपय क्लवहरु त नविकरण समेत गरेको पाइदैन । तर, नक्टाझिजमा संचालित हिमालय यूवा क्लवको योगदान महत्वपुर्ण छ । कवडी खेलकुदलाई प्रोत्साहन दिनका लागि भरतलाल महत्तोको अध्यक्षतामा २०४५ सालमा स्थापना भएको भएपनि जिल्ला प्रशासन कार्यालयमा २०५२ सालमा दर्ता भएको पाइन्छ । उक्त क्लवले स्थानिय, जिल्ला स्तरिय, क्षेत्रिय र राष्टिूय अन्तराष्टिूय स्तरका कवड्डी खेलाडीहरु उत्पादन गरेका छन् । उक्त क्लवका कवड्डी खेलाडी मोतिलाल महत्तो अन्तराष्टिूय स्तरका कवड्डी खेलाडी हुन । उनले नेपालको राष्टिूय टोलीको सदस्य भएर अन्तराष्टिूय प्रतियोगिताहरु खेलिसकेका छन् । उक्त क्लवले ४ वर्ष अघि गाउँ क्षेत्रका रोगीहरुलाई अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्स सेवा सुचारु गरेको छ । २०५७ सालमा क्लवले बचत तथा ऋण लगानी सहकारी संस्था खोलेर संचालनमा ल्याएका छन् । बचतलाई वृद्धि गरी साना किसानहरुलाई लगानी गर्नका लागि खोलिएको उक्त सहकारीमा ४ सय ८० जना सेयर होल्डरहरु छन् । उक्त सहकारीको बार्षिक कारोबार ७६ लाख रुपैयाँको हाराहारिमा रहेको क्लवका अध्यक्ष अरुण कुमार महत्तो बताउँछन् । त्यसैगरी उक्त क्लवले क्रिकेट क्लव समेत चलाएका छन् । क्रिकेट क्लव जिल्ला र वरिपरीका जिल्लाहरुमा संचालित टुर्नामेन्टमा प्रतिस्पर्धा मात्र गर्दैनन्, उपाधि समेत जितेर ल्याउने गर्छन । उक्त क्लवले गाउँका यूवाहरुलाई रोजगारी सृजनाको लागि सिप मुलक तालिम समेत दिलाउने गर्छ । सिकर्मी, डकर्मी, कपाल काट्ने, सिलाई बुनाई, हाउस वाइरिङ, मोटरसाईकल मर्मत लगायतका सिप मुलक तालिम दिलाएर करिब १ सय भन्दा वढी यूवाहरुले रोजगारी पाएको उक्त क्लवका अध्यक्ष महत्तोको भनाई छ । त्यसैगरी धर्म संस्कृतिलाई संरक्षण तथा समवद्र्धन गर्न जितिया महोत्सव, छठ पर्वमा सास्कृतिक कार्यक्रम समेत गर्ने गर्छ । उक्त क्लवले प्रत्येक वर्ष रक्तदान आयोजन गर्ने गर्छ । पाँच वर्ष अघि नक्टाझिजको विश्वकर्मा चौकमा विश्वकर्मा मन्दिर समेत निर्माण गरेको छ । 

२०७१ कार्तिक ०९ गते आईतबार

जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएका यूवा क्लवहरुको विवरण ः





नोट ः २०५७ साल देखि २०६५ सालसम्मको क्लवहरुको विवरण समावेश गरिएको छैन ।

२०७१ कार्तिक ०९ गते आईतबार