Tuesday, July 9, 2013

एमाओवादी नेता बरबरीयाको छोरा र जुवाँई पक्राउ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    धनुषा प्रहरीले धम्की दिई चन्दा मांग्ने ३ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरिएको हो । जनकपुर नगरपालिका वडा नम्बर १ स्थित मदर टेरेसा पब्लिक हाई स्कुलका प्रिन्सपल गोबिन्द चन्द्रालाई धम्कि दिई चन्दा मांगेको आरोपमा उनिहरुलाई  पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  धनुषा जिल्लाको सबैला गाविस ९ निवासी ३२ वर्षिय जिवछ यादव , चोराकोयलपुर २ निवासी १९ वर्षिय बिजय कुमार यादव तथा चक्कर गाविस २ निवासी २७ वर्षिय ईसरायल मन्सूर छन ।
    प्रहरीले उनिहरुको साथबाट  एक थान कटुवा पेस्तल, १ थान सकेट बम, ४ थान सिम सहितको मोबाईल, बा.५१ प.५२२९ नम्बरको मोटरसाईकल एक थान ,सिम १ थान र सिद्धार्थ बैंकको भीसा कार्ड सहितका अन्य कागजातहरु बरामद समेत गरेको छ । गत असार ८ गतेदेखि नै प्रिन्सपल चन्द्रालाई भारतीय नम्बरको विभिन्न सिमबाट पटक पटक चन्दा माग्दै धम्कि दिने गरिए पछि चन्द्राले प्रहरीमा उजुरी गरेपछि प्रहरीले सुराकी गर्दै जाँदा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी धनुषाका प्रहरी उपरीक्षक बसन्त पन्तले बताउनु भयो ।
उहाँले दिएको जानकारी अनुसार धम्कि दिनेहरुले गत ११ गते बिद्यालयकै एक विद्यार्थीको हातमा एउटा सकेट बम र थ्रेट लेटर दिई प्रिन्सपल कहाँ पठाएको समेत थियो । सादा पोशाकमा खटेको प्रहरीले अनुसन्धान गर्दै जाँदा असार २० गते अर्थात बिहिबार मात्रै पक्राउ गर्न सफल भएको हो । सम्मेलनमा गराईएको जानकारी अनुसार विजय कुमार यादव र जिवछ यादवलाई जनकपुरको मुजेलियाबाट र ईसरायललाई उनको निवास चक्करबाट पक्राउ गरिएको हो । विजय यादव एकिकृत नेकपा माओवादीका नेता श्रवण भन्ने योग कुमार बरबरीयाका छोरा हुन भने जिवछ यादव उनका जुवाँई हुन । पक्राउ परेकाहरुमाथि हातहतियार तथा खरखजाना अन्र्तगत मुद्दा चलाईने बताईएको छ ।
    घटनाको अनुसन्धान जारी रहेको जिप्रकाका सूचना अधिकारी गोविन्द पुरीले बताएका छन । त्यसै गरि २०६६साउन ३ गते धनुषा जिल्ला रघुनाथपुर २ बस्ने नागेन्द्र यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रमोद कापरी लाई पक्राउ गरेको छ ।
    अपहरणको आरोपमा कापरीले भारतमा ३ बर्ष अघि जेल सजाय पाइसकेका छन । कापरी माथि उल्लेखित घटनामा पनि संलग्न रहेको प्रहरीको दावी छ ।

२०७०-३-२३

एकता पछि राजन मुक्तिको आक्रामक चेतावनी प्रहरी भन्छन ‘धम्की हावादारी’


ajay anuragi

अजय अनुरागी
जनकपुरधाम............
तराई मधेशमा हतियार उठाएका सशस्त्र समुहहरु विगत केही समय देखि निष्कृय रहेपनि हालै उनीहरुबीच भएको एकताले हिंसात्मक गतिविधिलाई तिब्रता दिने भएको छ । राजन मुक्तिको नेतृत्वमा सम्पन्न एकता पछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा १५ दिन पश्चात गोडिलावार सँगै सम्पुर्ण तराई मधेसमा जनमिलिसिया नीति एवम् अत्याधुनिक हतियारले लय्स सैन्य दास्ता परिचालन गर्ने÷गराउने निर्णय गर्नुको साथै सम्पुर्ण मधेसमा नेपाल सरकारको स्थापित नेपाल पुलिस, सशस्त्र क्याम्पको वरिपरि कम्तिमा दुईसय मिटर भित्र वसेको बस्ती, टोला, मौहल्ला र घर १० दिन भित्र खाली गर्न जनसमुदायसँग आग्रह तथा आह्वान गरिएको छ । हिजोसम्म मधेसमा खुल्ला राजनीति गर्ने मधेस केन्द्रित राजनीतिक दलहरुलाई टारगेट नगरिएपनि अब आगामी दिनमा तिनीहरु विरुद्ध पनि आक्रामक कारवाही गर्ने चेतावनी विज्ञप्ती मार्फत दिइएको छ ।
तराईमा मात्र भूमिगत रूपमा सक्रिय एक दर्जन सशस्त्र संगठनबीच एकता भएको छ । गत अषाढ १ गते देखि तिन चरणमा भारत बिहारको अज्ञातस्थलमा भएको एक साता लामो छलफलपछि उनीहरूबीच एकता भएको हो । एकीकृत संगठनको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा राखिएको छ । साताव्यापी मोर्चाको अध्यक्षमा  राजन मुक्ति चुनिएका छन् । बैठकमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा पनि सहभागी थियो । बैठकमा १३ वटा समूह भए पनि एकता प्रक्रियामा भने गोइत सहभागी नभएको बताइएको छ । एकिकृत हुने समुहहरुमा भाष्कर मुक्ती नेतृत्वको तराई कम्युनिष्ट पार्टी, प्रशान्त नेतृत्वको तराई राष्टिूय मुक्ती मोर्चा, जीवन मधेशी नेतृत्वको मधेशी मुक्ती टाइगर्स, विप्लव नेतृत्वको तराई संयुक्त जनतान्त्रिक पार्टी, सञ्जय त्यागी नेतृत्वको क्रान्तिकारी मधेशी मुक्ती मोर्चा, दिवेश  नेतृत्वको तराई मधेश आर्मी, अभिनव चौधरी नेतृत्वको तराई मुक्ती मोर्चा, करण सिंह नेतृत्वको तराई मधेश जनतान्त्रिक पार्टी, भैरव मधेशी नेतृत्वको तराई मधेश बागी, भैरव थारु नेतृत्वको तराई मधेश गणतान्त्रिक सेना र रुद्र बिद्रोही नेतृत्वको मधेश रक्षा दल एकिकृत भएको अध्यक्ष राजनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा तराई केन्द्रीत दलहरु मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र सदभावना पार्टीलाई सात दिन भित्र पार्टी कार्यालय बन्द गर्न धम्की दिएकोछ ।
मंसिर ४ गते आव्हान गरिएको संबिधान सभाको चुनाव बिथोल्न सकृय भएर लाग्ने जनाउदै विज्ञप्तिमा तराइमा रहेका प्रहरी र सेनाहरुलाई १५ दिन भित्र तराई छाडन भनिएकोछ । राजन मुक्ती नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चामा थप १२ वटा समुह विलय भएको जनाइएपनि जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ती मोर्चा, ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा लगायतका संगठनहरुको कुनै प्रतिकृया सार्बजनिक भएको छैन । चुनाव बिथोल्न सशस्त्र समुहहरु एकिकृत भएपछि सुरक्षा सतर्कता उच्च बनाइएकोछ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह) यसअघि २६ पुस ०६५ मा सरकारसँग वार्तामा बसेको थियो ।
एकीकृत समूहहरूबीच ४ मंसिरका लागि घोषित दोस्रो संविधानसभाको चुनाव बिथोल्ने, तराईमा सक्रिय अन्य सशस्त्र संगठनलाई पनि एकताको आह्वान गर्ने सहमति गरेका छन् । मोर्चाले अघिल्लो संविधानसभा चुनावमा सहभागी भएर सरकारमा गएका उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवलगायतलाई मधेसको ‘गद्धार’ भन्दै उनीहरूका कार्यक्रम बहिष्कार गर्ने जनाएको छ ।
    त्यस्तै, मधेसी दलहरूले तराईमा राखेका कार्यालय तत्काल खाली गर्न पनि मोर्चाले चेतावनी दिएको छ । मोर्चाको बैठकले मधेसमा रहेका प्रहरीचौकी तथा सशस्त्र प्रहरीका शिविर १५ दिनभित्र खाली गर्नसमेत अल्टिमेटम दिएको छ । ती चौकीको दुई सय मिटरवरिपरि रहेका बस्ती १० दिनभित्र खाली गर्न पनि मोर्चाले चेतावनी दिएको छ । १५ दिनपछि तराईमा सशस्त्र गतिविधि तीब्र बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाका अध्यक्ष राजन मुक्तिले टेलिफोनमा बताए ।
    शान्तिवार्तामा नआएका सशस्त्र समूहले यसअघि संविधानसभा निर्वाचनको विरोध गर्ने तयारी गरेका थिए । आफ्नो शिथिल बनेका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूह, अखिल तराई मुक्ति मोर्चा गोइत समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा नागेन्द्र पासवान ज्वालासिंह समूह, मधेसी मुक्ति टाइगर्स राजनप्रताप सिंह समूहलगायतका संगठनले निर्वाचनको विरोध गर्ने तयारी गरेका थिए ।
तराईमा सक्रियमध्ये पाँच सशस्त्र संगठनले भने सरकारसँग वार्ता गरी हतियारसमेत बुझाएका छन् । ६ वटा संगठन भने शान्तिवार्तामा आएर सरकारसँग सहमति गरेका छन् । हतियार बुझाउने संगठनहरूमा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगत सिंह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह, संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा पवन समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्या समूह, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा विनोद चौधरी समूह छन् ।
यसैगरी वार्तामा बसेर सहमति गर्नेहरूमा खम्बुवान मुक्ति मोर्चा (संयुक्त), तराई जनतान्त्रिक पार्टी मधेस (वीरेन्द्र साह), तराई कोब्रा (शिवा समूह), माओवादी कम्युनिस्ट केन्द्र नेपाल, जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समूह), संयुक्त जातीय मुक्ति मोर्चा नेपाल छन् । केही संगठन भने वार्तामा बसे पनि सहमतिमा आएका छैनन् ।
सशस्त्र समुहको चेतावनी हावादारी ः प्रहरी
उक्त सशस्त्र समुहहरुले आक्रामक चेतावनी दिएपनि स्थानीय प्रहरी प्रशासनले त्यसलाई हावादारी भनी प्रतिकृया दिएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“भुमिगत समुहहरुले मिडियामार्फत दिएको धम्किबाट डराईहाल्नुपर्ने, आतिहाल्नुपर्ने अवस्था भने छैन । यद्यपि जनकपुरमा व्यापक प्रहरी परिचालन गर्नुका साथै तिनीहरुलाई निस्तेज गर्न सुरक्षा रणनीति बनाईसकेका छौ । भुमिगत समुहहरुमाथि प्रहरीको संयुक्त टोलीले निगरानी राख्छ, संभावित ठाउँमा चेक जाँच गर्ने , नाकाबन्दी गर्ने, काउन्टरपार्टसँग समन्वय गर्ने अभियान सञ्चालन गर्छौ ।”
    कुनै चार जना व्यक्ति मिलेर कसैलाई घरबाट जाउ भन्दा खेरी जानु पर्ने अवस्था रहदैन भन्दै पन्त थप्छन,“जनता र प्रहरी बीचको निरन्तर समन्वय र सहयोगबाट ती अपराधीहरुलाई पक्राउ गरी कानुनको कठघरामा उभियाई कारागारमा पठाउँछौं । अपराधीले अपराध गर्न सक्छ तर त्यस अघि नै हामी सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउन प्रतिवद्ध छौ ।” पन्तका अनुसार धम्कि दिने सशस्त्र समुहहरुमा कुनै दम छैन, संगठन नै शुन्य अवस्थामा छ, एक जनाको एउटा संगठन छ, यिनीहरु नितान्त अपराधीक गतिविधिमा लागेका छन कुनै समुह छैनन । ती अपराधीक समुहहरुले भारतमा वसेर एक आध घटना गराईराखेको भएपनि तिनीहरुको पहिचान नेपाल प्रहरीले गरिसकेको हुनाले काउन्टरपार्टसँगको नियमित सम्पर्क र समन्वय स्थापित भएकै कारण पनि कुनै पनि बेला तिनीहरुलाई भारतमै छिरेर भएपनि पक्राउ गर्न सफल हुने धनुषाका प्रहरी उपरीक्षक पन्तले दावी गरेका छन । त्यसैगरी महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेल भन्छन,“ ती समुहहरु भारतीय क्षेत्रमा वसेर मिडियालाई प्रयोग गरी प्रचारवाजी गरेर जनतामा खौफ पैदा गर्न चाहन्छन । एकता भएको भनिएको भुमिगत समुहहरुको सक्रियता देखिएको छैन र जनसमर्थन पनि छैन ।” राजनीतिक लक्ष्य देखाइए तापनि उनीहरु विसुद्ध रुपमा अपराधी व्यक्ति हुन, तिनीहरुलाई पक्राउ गर्नका लागि हामीले भारतीय प्रहरीसँग दिनहुँ समन्वय गरिराखेका छौ, भारतीय क्षेत्रमा लुकिछिपी बस्दै आएका ती अपराधीक समुहहरुको नेतृत्वको सेल्टर समेत लोकेट गरिसकिएको हुनाले केही दिनमै हामी तिनीहरुलाई पक्राउ गर्न सफल हुनेछौ, महोत्तरी प्रहरी प्रमुख खरेलको दावी छ ।
विभाजित तराई कम्युनिष्ट पार्टी
    १२ अषाढ २०७० मा भाष्कर मुक्तिले जारी गरेको प्रेस विज्ञप्तीमा तराईमा कम्यूनिष्ट पार्टीको पोलिट व्युरो कमिटिको आकस्मिक वैठकबाट गरिएको निर्णयमा केन्द्रित अध्यक्ष डा.मनोज मुक्ति, ‘विवेक’ लाई पोलिट व्यूरोको पूर्ण बहुमत तथा केन्द्रित कार्य समितिको पूर्ण सहमतिले सम्पुर्ण जिम्मेवारी तथा पार्टीवाट वर्खास्त गरिएको उल्लेख छ । १५ भर्दौ २०६८ मा तत्कालिन छुट्टा(छुट्टै अस्तित्वमा रहेका मधेसका विभिन्न ९ वटा संगठनहरु बीच जुन शर्तका साथ एकता गरिएको थियो त्यसलाई आंशिक रुपले पनि तत्कालिन अध्यक्षले कार्यान्वयन नगरी गैर जिम्मेवारी, असमर्थता प्रदान गरेकाले उनलाई वर्खास्त गरिएको उल्लेख छ ।
     मधेस विरोधी कु(चरित्रले ओत प्रोत एवं नेतृत्व क्षमताविहिन व्यक्ति भएको ठहर गर्दै विज्ञप्ती जारी गरिएकै मितिले भाष्कर मुक्तिलाई राष्टिूय संयोजक नियूक्त गरिनुका साथै ३० दिन भित्र पार्टीको नयाँ संगठनिक संरचना शैन्य संरचना, पार्टीको दुरगामी रणनीति तयार गर्नका लागि राष्टिूय महाधिवेशन गर्ने निर्णय गरिएको उल्लेख छ । राष्टिूय महाधिवेशनका साथै पार्टीको नयाँ कार्य दिशा, योजना निर्माणका एकलव्य मुक्तिको संयोजकत्वमा पोलिट व्यूरो सदस्यहरु अंकित, आजाद, विरु, अविरल, विशाल, विदुर, वैभव, प्रवेश सम्मिलित ९ सदस्यीय समिति गठन गरिएको भाष्कर मुक्तिद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मनोज मुक्तिको खण्डन
भाष्कर मुक्तिले तराई कम्यूनिष्ट पार्टीको अध्यक्षबाट मनोज मुक्तिलाई वर्खास्त गरेको भनेर प्रेस विज्ञप्ती जारी गरेको एक दिन पछि १३ अषाढ २०७० मा मनोज मुक्तिले विज्ञप्ती जारी गर्दै भाष्कर मुक्तिलाई नै कारवाही गरी  पार्टीको साधारण सदस्यवाट समेत निष्काशन गरेको जनाइएको छ ।
    पार्टीको संगठन, उद्देश्य, लक्ष्य जनभावना विपरित निहित स्वार्थपुर्ति ऐयासी लगायतको कुकृत्यमा ओतप्रोत भई व्यापक लुट खसोट, भ्रष्टाचार, आर्थिक अनियमितता, मनपर्दी गरेको कारण तराई कम्यूनिष्ट पार्टीको तत्कालिन केन्द्रिय सदस्य महोत्तरी साँठा(२ का नेपाल प्रहरीका भुतपुर्व असई कौशल किशोर सिंहका जेठो छोरा दीपक कुमार सिंह भाष्कर मुक्ति लाई ३० दिन अघि नै पार्टीको आन्तरिक कारवाहीमा राखिएको थियो तर उनको आचरण, व्यवहार, मनोवृति, क्रियाकलाप तथा सोचमा अलिकति पनि सुधार नभएकै कारण पार्टीको आर्थिक, सांगठनिक, वैचारिक लगायत सम्पुर्ण जिम्मेवारीबाट हटाई साधारण सदस्य समेतबाट निष्काशन गरिएको मनोज मुक्तिद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । साथै पार्टीको सबै पदाधिकारी पोलिट व्यूरो सदस्य, केन्द्रिय कमिटि सदस्य तथा सम्पुर्ण पार्टी पंक्ति यथावत रहने केन्द्रिय अध्यक्षको हैसियतमा मनोज मुक्तिले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

२०७०÷०३÷२३

Tuesday, July 2, 2013

कैदीदेखि कन्ट्याक्ट किलरसम्मका धम्की




गणेश पाण्डे

२०६९ भदौ ७ गते । ०२५(५६२३७७ नम्बरबाट दिउँसो ४ः२५ मा तारन्तार मोबाइलमा घण्टी बज्यो । ‘हेलो !’ भन्न नपाउँदै धम्कीको भाषा सुरू भइहाल्यो ।
‘तपाईँ तुरून्त मलाई भेट्न आउनुस् त ।’ फोन गर्नेले धम्की दिंदै भन्यो ।
‘तपाईँको को हो ? किन भेट्न आउने ?’ मेरो जवाफ फर्कन नपाउँदै उसले परिचय दियो, ‘म सुनसरी कारागारको बन्दी ।’
‘कपनमा मान्छे मार्ने पनि मै हो, पेप्सीकोलामा पनि मान्छे मा¥यौँ ।’ डिल्लीबजार सदरखोरमा रहेको व्यक्तिले मेरो मोबाइल नम्बर दिएको भन्दै उसले मलाई धम्क्याउँदै भेट्न सुनसरी बोलायो । म किन जान्थेँ ?
धम्क्याउन कारागारका कैदीसमेत प्रयोग भएपछि मन असह्य भयो । दौडँदै एड्भोकेसी फोरमको कार्यालय पुगेँ । फोन नम्बर सुनसरी कारागारकै रहेछ । धम्क्याउने पनि सुनसरी कारागारमै ज्यान मुद्दाको सजाय खेपिरहेका दीपक खवास रहेछ । त्यसपछि पनि उसले मलाई पटकपटक फोन गरेको थियो, मैले वास्तै गरिनँ ।
त्यसको केही दिनपछि एउटा अपरिचितले भेट्न अनामनगर बोलायो । त्यति बेला म पनि अनामनगरै थिएँ, अधिवक्ता यदु खनालको ल फर्ममा । भोलिपल्ट सर्वोच्च अदालतको पेसीबारे छलफल चल्दै थियो ।
‘तपार्इँ कहाँ हुनुहुन्छ ?’ फोन गर्नेले सोध्यो । सायद म अनामनगर गएको उसलाई पहिल्यै थाहा थियो । उसले भेट्न सिंहदरबारको पूर्वी गेटमा बोलायो । म साथी लिएर पुगेँ । उसले वरिपरि हे¥यो । साथमा डूाइभर र मेरा एक जना साथी पनि थिए । एकान्तमा बोलाएर ‘आज म तपाईँसँग केही कुरा गर्दिनँ’ भन्दै उम्कन खोज्यो ।
‘होइन, एक छिन चिसो खाएर कुरा गरौँ !’ मेरो आग्रह मानेर ऊ रेस्टुराँभित्र छि¥यो । मसँगै गएका साथी र उसका साथी बाहिरै बसे ।

म कुर्सीमा मात्रै के बसेको थिएँ, उसले कम्मरबाट पेस्तोल निकालेर टेबलमा राख्यो ।
‘हामी त पैसाका लागि जे पनि गर्ने मानिस, तपाईँ बालकृष्णको पछि किन लाग्नुहुन्छ ?’ उसले धम्कीपूर्ण भाषामा सम्झाउन खोज्यो ।
‘तपाईँले पेस्तोल देखाएर तर्साउन खोजेको होला, म तर्सिन्न’, म झनै निडर भएँ ।
‘तपाईँलाई कसले पठाएको ? बालकृष्णले धम्क्याउन पठाएको होला, म डराउन्न’, मैले हाकाहाकी भनेँ ।
‘तपाईँलाई सम्झाउनमात्रै आएको’, रूखो हुँदै भन्न थाल्यो, ‘तपाईँ बालकृष्णको पछि लाग्दा तपाईँलाई खतरा छ भनेर बुझ्नुस् ! हामी त पैसामा बिक्ने मानिस, जहाँ जे पनि गर्न सक्छौँ ।’
उसले मिनेट(मिनेटमा आफ्नो ठेगाना बदल्थ्यो । देबे्र हातमा टाटुले नाम लेखेको थियो । एक मन त सोचेँ, मेरो मर्ने दिन आजै रहेछ । मैले हिम्मत हारिनँ । झनै कठोर भएर प्रस्तुत भएपछि ऊ उठेर हिंँड्यो ।
आफूलाई तामाङ हुँ भन्थ्यो । हेर्दा मतवालीजस्तै लाग्थ्यो । मोटरसाइकल चढेर आएको त्यस केटाले पनि ‘कारागारबाटै मोबाइल नम्बर पाएको’ भन्यो ।
सुनसरी कारागारबाट धम्क्याउने व्यक्ति र अनामनगरमा भेट्ने व्यक्तिको भाषा एउटै थियो । मोबाइल नम्बर पनि दुवैले कारागारबाटै पाएको भन्नुले मलाई सताउन ठूलै गिरोह सक्रिय भएको प्रस्टै थियो । बाबुराम भट्टराई सरकारले गरेको माफीको सिफारिसपछि म रिट बोकेर सर्वोच्च जान थालेँ । त्यसपछि यसैगरी मलाई धम्कीहरू आउन थालेका थिए । एक दिन फेरि अर्कै नम्बरबाट धम्की आयो ।
‘म माओवादी बोलेको !’ गाउँकै माओवादी कार्यकर्ता रहेछ ।
‘माओवादी भनेर तर्सेर फोन काट्छ भन्ने सोच्नुभयो होला । ल भन्नुस के भन्नुछ !’ ( मैले जवाफ फर्काएँ ।
‘तपाईँलाई गाउँ जाँदा मार्छु भनेका रहेछन्, तपाईँलाई सुरक्षा म दिन्छु । हामीसँगै  गाउँ हिँडनुस्’, साखुल्ले पल्टँदै उसले भन्यो ।
‘मलाई कसैको सुरक्षा चाहिन्नँ । म आफैँ जान सक्छु ।’ मैले फोन काटिदिएँ ।
तारन्तार धम्की आउन थाल्यो । मोबाइल नम्बरै परिवर्तन गरेँ ।
म असुरक्षित छु भन्ने प्रमाण थिए ती धम्कीहरू । कहीँकतैबाट असुरक्षा छ भने बालकृष्ण ढुङ्गेलबाट मात्रै हो । उसैको नाममा अनेक सन्देशहरू आउँछन्, फोनबाट धम्क्याउँछन् । कति त भेट्नै पनि आउँछन् ।
सर्वोच्च अदालतमा रिट हालेपछि एक दिन त माओवादीका चार जना सभासद् घरमै आए ।
त्यो दिन मैले भेट्न मानिनँ । उनीहरू सिधै मेरो श्रीमान्लाई भेट्न कार्यालय पुगेछन् । उहाँ काम विशेषले बैंकमा हुनुहुन्थ्यो । त्यहाँ पनि नभेटेपछि खोज्दै बैंकमा पुगेछन् ।
‘तपाईँकी श्रीमतीलाई खतरा हुन्छ, जसरी हुन्छ यो मुद्दा भुल्नुस्, रिट फिर्ता नलिए सम्पूर्ण परिवारलाई खतरा छ’, श्रीमान्लाई धम्क्याएछन् ।
उहाँलाई चारपटक काम छ भन्दै काभ्रेमा बोलाएछन् । त्यहाँ पुगेपछि मुद्दा फिर्ता गर्न दबाब दिन्थे । तैपनि उहाँ गल्नुभएन ।
‘म यस विषयमा केही बोल्दिनँ । उसले माओवादीविरूद्ध बोलेको होइन, हत्यारालाई कारबाही गर मात्र भनेको हो ।’ श्रीमान्को जवाफ सुनेपछि माओवादी झनै कड्किए । उल्टै ललितपुरको खन्ना गार्मेन्टमा लगेर कारबाही गर्ने धम्की दिएछन्, ‘खन्ना गार्मेन्टमा लगेर कुट्नुप¥यो भने पाँच मिनेटमै मुद्दा फिर्ता हुन्छ ।’ यो कुरा श्रीमान्ले धेरै दिनपछि मात्रै खोल्नुभयो । म आत्तिन्छु भनेर उहाँ धेरै कुरा भन्नुहुन्नथ्यो । धम्क्याउने क्रम यत्तिमै सकिएन । धम्की नपाउने घरका कोही बाँकी थिएनन् ।
एक दिन फेरि अर्का एक जना माओवादी आइपुग्यो ।
‘तपाईँले कति पैसा माग्नुहुन्छ ? पार्टीले दिन्छ । यस मुद्दाले पार्टीको बेइज्जत भएको छ । मुद्दा फिर्ता लिइदिनुप¥यो ।’ उसले लोभ देखायो ।
‘म पनि करोडौँ पैसा दिन्छु । तैंले मेरो दाजुभाइ दिन सक्छस्’, म पनि कड्किएँ । चर्काचर्की प¥यो । तँ तँ( म म भयो ।
‘प्रचण्ड र बाबुरामले गोप्यरूपमा भेट्न खोजेका छन्, आफ्नो दुःख भन्नुस उहाँहरूलाई ।’ शान्त हुँदै उसले प्रचण्ड र बाबुरामलाई पनि भेट्न सुझायो । अति गरेपछि म भेट्न तयार भएँ । साङ्ग्रिला होटलमा एक साँझ प्रचण्डलाई भेट्ने निश्चित भयो ।
‘तपाईँ तयार भएर बस्नोस् !’ दुई घण्टाअघि खबर आयो ।
भेट्न जान तयार हुँदै थिएँ । उसले सर्त तेर्सायो, ‘प्रचण्डले जे भन्नुहुन्छ त्यो हुन्छ भन्नुस् है !’
मैले सर्त मानिनँ । भेट्न पनि गइनँ । त्यसपछि मेरो श्रीमानलाई सम्झाउन थाले । ‘प्रचण्डले जेजे भन्छन्, त्योत्यो सबै उसले हुन्छ भन्दै भन्दिनँ’, श्रीमान्ले जवाफ फर्काउनुभयो । त्यसपछि भने माओवादीहरू भेट्न आएका छैनन् । तर, बेलाबेला धम्कीचाहिँ आइरहन्छ ।
‘बालकृष्णको मुद्दा फिर्ता नलिए लासको एउटा टुक्रा पनि रहन्न । उज्जनकै जस्तो हालत बनाइदिन्छौँ ।’ ओखलढुङ्गाकै सुवेदी थरका माओवादी नेताले केही समयअघि यस्तै सन्देश पठाएका थिए । माओवादीका नेतादेखि कार्यकर्तासम्मले अनेक मानिस पठाएर धम्क्याइरहन्छन् ।  पहिले भाइको जाहेरी दिँदा माइला दाइ गणेशकुमारलाई पनि यसैगरी धम्क्याउँथे । दाइलाई त मारे । अहिले मलाई पनि त्यसरी नै धम्की दिन्छन् । सम्झाउने, फकाउने, थर्काउने, धम्क्याउने केही पनि बाँकी राखेका छैनन् । अहिले त एक्लै हिँड्न पनि समस्या छ । बाहिर हिँड्दै हिँड्दिनँ । हिँड्नै परे, साथी लिएर मात्रै हिँड्छु ।
२०७० को वैशाख अन्तिममा काठमाडौँको कपनमा बालकृष्ण ढुङ्गेल, केशव राईसहितको एउटा बैठक भएको खबर आयो । ‘जसरी भए पनि साबित्रीको मुख बन्द गराउनुपर्छ, मुख बन्द गर्न नसके चुनाव घोषणा भएपछि हात खुट्टा भाँच्नुपर्छ ।’ बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले त्यस बैठकमा भएको छलफलको रेकर्ड गरेर मलाई सुनाए ।
त्यो दिन मेरो मेरो मुटुको एक टुक्रा चुँडिएर गयो जब मेरो मेरो प्रिय भाइ उज्जनकुमार श्रेष्ठको हत्या भयो । ठ्याक्कै १५ वर्षअघि २०५५ साल असार १० गते ओखलढुङ्गा टारकेराबारीस्थित खहरे खोलाको दोभानमा बालकृष्ण ढुङ्गेललगायतले मेरो भाइको ज्यान लिए । ढुङ्गेल त्यतिखेर तत्कालीन शाही नेपाली सेनाबाट जागिर छाडेको एक साधारण व्यक्तिमात्र थियो । माओवादी भइसकेको थिएन । तर, नितान्त व्यक्तिगत रिसिइबीले मेरो भाइको हत्या गरेपछि ऊ माओवादीमा प्रवेश ग¥यो र सभासद्सम्म भयो ।
ढुङ्गेललाई सर्वश्वहरणसहित जन्मकैद गर्ने ओखलढुङ्गा जिल्ला अदालतको फैसला २०६६ साल पुस १९ गते सर्वोच्च अदालतले सदर ग¥यो । तर, चार वर्ष बितिसक्दा पनि त्यो फैसला कार्यान्वयन हुन सकेको छैन । मेरो सङ्घर्ष कुनै पार्टी र व्यक्तिविरुद्ध होइन । न म माओवादी विरोधी हुँ, न ढुङ्गेलको विरोधी । मेरो बिन्ती यति हो, सम्मानित अदालतले गरेको फैसला कार्यान्वयन हुनुपर्छ ।
(सावित्री श्रेष्ठद्वारा लिखित तथा पत्रकार गणेश पाण्डेबाट सम्पादित पीडाका ५००० दिन नामक कृति सोमबारबाट बजारमा आउँदैछ ।)




मिति ः २०७०÷३÷१६

मधेशी नेताहरु मोर्चा बंदी गरी चुनावमा आउनु आवश्यक




पशुपतिनाथ मधेसी

संबिधानसभाको चुनाव नजिकिंदै जाँदा आज मधेशका तमाम पहिचानधर्मीहरुले मधेशबादी दलमा चुनावी एकताको आवश्यक्ता औल्याएका छन् । मधेशका राजनीतिक मांगलाई संबोधन गर्न चुनावमा मोर्चाबन्दी गरेरै अघि बढ्नुपर्ने जनमानसलाई बोध भएको छ ।
मधेशका जनता मधेशी नेताबाट नाखुस भए पनि उनिहरु एउटै आशामा छन कि ढिलोचाँडो उनका मुद्धा संबोधन आफ्नै मधेशी नेताद्धारा हुनेछन् । हिजोकै दिनमा एउटै भाषा एउटै भेष, दाउरा सुरुवाल, खस भाषा नेपाली राष्टिूय भाषालगायतका बिभेदकारी प्रावधानहरुको अंत्य मधेश आन्दोलनकै जगमा भएको हो ।
आशन्न संबिधानसभाको चुनावमा मधेशबादी दलले ३ वटा एजेन्डा बोक्नुपर्छ । प्रथमः समग्र मधेश एक स्वायत प्रदेश, दोस्रो मधेशी जनतालाई अधिकार सम्पन्न बनाउने र तेस्रो एजेन्डाको रुपमा नेपालका हरेक सरकारी निकायमा मधेशीको सम्मानजनक पहँच । यी तिन एजेन्डा तत्कालका लागि अवान्क्षनिय हुन् । अर्को तर्फ नागरिकता बिहिन मधेशीलाई नागरिकता दिलाउनका लागि आन्तरिक गृहकार्यनको पनि टडकारो आवश्यक्ता छ ।
आज उपेन्द्र यादवलगायत ८ वटा मधेशबादी दलहरु चुनावी प्रकृयाको बिरोध गर्दैछन् । उनिहरु सरकार गठन, उच्च स्तरिय राजनीतिक समिति, बाधा अडकाउ फुकाउलगायत अंतरिम संबिधानमा गरिएका परिवर्तनहरुप्रति आफ्नो आपत्ति जनाईराखेका छन् । उनको अर्को अडान केहो भने सरकार एकलौटी ढङगले चुनवाको तिथी घोषणा गर्यो । उनिहरुसँग सरकारले एक सामान्य औपचरिक परामर्श गर्न पनि उचित ठानेन । उपेन्द्र यादव मधेशका बिभिन्न मञ्चबाट खिलराज रेगमी नेतृत्वको सरकारलाई ३ ठुला दलको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् । उनका अनुशार यो सरकार ४ दलिय सिन्डिकेटभन्दा पृथक केहि छैन् । मधेशी दल अहिले यसरी बुझ्दा दुई चिरामा बिभाजित छन् । एक चुनावी प्रकृयाको बिरोध गर्ने उपेन्द्र यादव नेतृत्वको दल भने अर्को गैर उपेन्द्र यादवको दल ।
स्रोतका अनुशार उपेन्द्र यादव पनि चुनावमा भाग लिने नै छन् । उनले आफूलाई पृथक सावित गर्नका लागि मात्रै बिरोधका आवाज बुलन्द गरेका हुन । नाम नखुलाउने सर्तमा यादव नेतृत्वकै दलको एक केन्द्रीय सद्स्य भन्छन,“ हामी चुनावको आन्तरिक तयारी सुरु गरिसकेका छौं । उपेन्द्रजी चुनावको बिरोध गर्नु एक नाटक मात्रै हो । सदाझैं आफूलाई अरुभन्दा पृथक छु भन्ने जनाउनका लागि मात्रै चुनावको बिरोध गरिया हो ।” उनका अनुशार मधेशी जनअधिकार फोरम नेपाल कुनै दलसँग मोर्चा नगरेपनि आफ्नै बाहुवलमा चुनाव जित्न सक्ने हैशियत राख्दछ । पार्टी निकट एक केन्द्रीय सद्स्य श्रवण कुमार अग्रवाल भन्छन, “हामी चुनावी गृहकार्यकमा लागिसकेका छौं, बिरोध गर्नु एक प्रकारको पृथकताको नमुना मात्रै हो । हाम्रो चुनावी ‘सरगर्मी’ एक महिना पश्चात मात्रै सुरु हुनेछ ।”
मधेशवादी नेताहरुका अनुशार चुनावमा दुई मोर्चा मात्रै बन्नेछनः एक उपेन्द्र यादवको नेतृत्वमा भने दोस्रो महन्थ ठाकुरको नेतृत्वमा । नेताहरुका अनुशार बिजय गच्छेदारको फोरम लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीलगायत अनिल झा, सरिता गिरी नेतृत्वको साना दलहरु महन्थ ठाकुर नेतृत्वको मोर्चामा जाने प्रयाश थालिसकिएको छ । अर्को तर्फ उपेन्द्र यादव पनि राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, महेन्द्र राय यादवको तमलोपा नेपाल लगायतका साना दलहरु मोर्चाको नेतृत्व गर्नेछन् । यसरी हेर्दा मधेशमा दुई शक्तिले आफ्नो चुनावी सरगर्मी बढाउने निश्चित छ आशन्न निर्वाचनमा ।
मधेशी जनता पनि यिनीहरुको मोर्चाबन्दी, एकिकरण र एकताकै पक्षमा छन । हालमा मधेशका जिल्लाहरुको भ्रमण गर्दा के थाहा पाए भने मधेशी जनताहरु बिभिन्न टुक्रामा फुटेका मधेशवादी दलमा एकता चाहन्छन् । मधेशवादी दल छोडेर गैरमधेशी दलमा नेताहरु प्रवेश गर्नुलाई जनताले औचित्यहिन ठानेका छन । एक दल छोडेर अर्को दलमा जानु त्यति आपत्तिजनक नभए पनि यो अपरिपक्क राजनीतिको ‘प्लान्ड गेम’ हो भन्ने बुझ्न चुक्नु हुन्न ।
चुनावको बहिस्कार गर्ने आवाजहरु पनि सुनिन्छन् । कहिले उपेन्द्र यादव त कहिले मोहन बैद्यले यथास्तितीमा चुनाव हुन नदिने बताउँछन् । हो, यथास्तितीको त बिरोध गर्नैपर्छ तर बृहत राजनीतिक लाभका लागि नकि दलगत स्वार्थपुर्तीका लागि । बहिस्कार गर्छु भन्नेहरु अहिले मोर्चाबन्दी गरेर निर्वाचनमा भारी मतले बिजयी हुने तर्फ लागे बढि हितकार होला ।
मधेशी जनता चुनाव चाहन्छन । तर मधेशका मुद्दाहरुलाई संस्थागत गर्ने सर्तमा मात्रै । मधेशबादी दलमा एकता नहुँदा भोलीका दिनमा गैरमधेशी दललाई फायदा पुग्ने हो कि भन्ने चिन्ता यिनमा पलाएको छ । मधेशमा बढिमा दुई मोर्चा बनाएर चुनाव लड्दा मधेशवादीलाई बढि फाईदा पुग्ला र यसले गैरमधेशबादीको षड्यन्त्रमाथि पनि ठुलै प्रहार हुनेछ । आह पहाडवादी दलहरु मधेशबादी दलमा एकता नहोस भन्ने चाहन्छन । यिनमा एकता भए आफूहरुलाई घाटा हुने भन्ने डरले उनलाई सताएको छ । तर मधेशवादी दल जनचाहना अनुरुप अधिकतम दुई वटा मोर्चा बनाए चुनावमा गए ‘पोपुलर सेन्टिमेन्टस’ लाई आफ्नो तर्फ तान्न सक्ने छन् र चुनावमा ठुलै मत पाउने संभावना प्रवल हुनेछ ।





मिति ः २०७०÷३÷१६

सरकारले जचुकालि खारेज गर्न लाग्नु ‘दुर्भाग्यपुर्ण


अजय अनुरागी
जनकपुरधाम............
नेपाल सरकारले ऋण अवस्थामा रहेको जनकपुर चुरोट कारखाना लिमिटेड जचुकालि खारेज गर्ने भएको छ । नेपाल सरकारले अगामी आवको बजेट मार्फत् जचुकालि खारेजको घोषणा गर्ने तयारी गरेको बुझिएको छ । २०६८ फाल्गुन महिनादेखि पूर्ण अवस्थामा बन्द रहेको जचुकालिले आफ्ना ७ सय ६५ कर्मचारीलाई कामै नगरी तलब भुक्तान गर्दै आएको छ । चारदर्जनभन्दा बढी अबकास प्राप्त कर्मचारीले निबृत्त अनुदान पाउन सकेका छैनन् । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले सरकार समक्ष जचुकालि खारेजको सुझाब दिएको हो ।
कार्यरत कर्मचारीको तलब, उपदान र अन्य ऋण तथा दायित्व र अबकास प्राप्त कर्मचारीको उपदान गरी खारेज अघि सरकारले ३ अर्ब रुपैयाको जोहो गर्नुपर्ने महाशाखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । कर्मचारी यूनियनले समेत जचुकालिको सम्पूर्ण पूर्बाधार आफ्नो अधीनमा राखेर दायित्व फछर्यौट गर्न स्वीकार गरेको थियो । सोही बमोजिम अर्थ मन्त्रालयमा गत मंगलबार अर्थका सचिब, उद्योगका सचिब, कारखाना ब्यवस्थापक र यूनियनबीच सम्झौता हुन गई कारखाना खारेज गर्ने सहमति भएको हो । ३ अर्ब दायित्व रहेको बताईएपनि नेपाल बैंक लिमिटेड, बांग्लादेश बैंक लगायतहरुको गरी बैंकहरुको बक्यौता मात्रै ६५ करोडको हाराहारीमा रहेको छ । झण्डै डेढ वर्ष अघि अबकास प्राप्त गरेका ९५ जना कर्मचारीको मात्रै २६ करोड तिर्न बाँकी रहेको छ भने कच्चापदार्थ आपूर्ति गरिएका किसान तथा पार्टीहरुको ३६ करोड तिर्न बाँकी रहेको छ ।
यद्यपी जचुकालिको आफ्नै सम्पत्ती १० अर्ब भन्दा बढीको रहेको छ । जनकपुरमा मात्रै जचुकालि उद्योग रहेको क्षेत्रफल ३३ विग्घा १७ कट्ठा रहेको छ भने नेपालका अन्य भागमा गरी जचुकालिको आफ्नै जग्गा अन्य १८ स्थानमा रहेको छ ।

जचुकालिको कुल सम्पत्तीको मूल्याङ्कन १० अर्ब ५९ करोड गरिएको छ । जनकपुरको मुख्य बजार क्षेत्रमै जचुकालिको अर्बौंको ३३ विग्घा क्षेत्रफलको जग्गा रहेको छ । जचुकालिमा कार्यरत मजदूर नेता मदन ठाकुरले धुम्रपान निषेध गर्ने नीति अख्तियार गर्नुका साथै जचुकालि धान्ने अवस्था नरहेको हँदा कठोर निर्णयमा सम्झौता गर्न कर्मचारी समेत बाध्य भएको बताए । ३० वर्षको उपदान , गोल्डेन हयान्ड उपदान लगायत गरी एक कर्मचारीको हातमा एकमुष्ठ ४५ लाखको हाराहारीमा पर्न जाने जनाईएको छ । जचुकालिमा राजनीतिकरण, कमजोर ब्यवस्थापन तथा कर्मचारीहरु स्वयंको लापरवाही र हेलचक्रयाईले जचुकालि धराशायी भएको आरोप लाग्दै आएको छ ।
अर्थशास्त्रका सह(प्राध्यापक डा.भोगेन्द्र झा भन्छन,“सरकारको उक्त निर्णय दुर्भाग्यपुर्ण छ । जनकपुर लगायत समग्र देशकै अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ । कुनै पनि उद्योग स्थापना गर्नु अत्यन्तै कठीन हुन्छ तर खारेज गर्न उद्दत रेग्मी सरकारलाई रोक्न राजनीतिक दलहरुले समेत मौन समर्थन दिएको प्रष्ट हुन्छ ।” नेकपा एमालेका नेता तथा जचुकालीका पुर्व महाप्रवन्धक समेत रहेका शितल झा भन्छन,“ यो सरकारले गर्न लागेको निर्णय वडे चिन्ता जनक र दुर्भाग्य पुर्ण छ । पहिलेकै गलत नीति र अव्यवस्थापनले गर्दा सरकारसँग अर्को कुनै उपाय पनि छैन । धुम्रपान उत्पादन गर्ने संस्थालाई सरकारले नै चलाउनु हुँदैन, अन्तराष्टिूय आचार संहीताले पनि नमिलेको कारण यस्तो अवस्था आएको हो ।”
जनकपुर चुरोट कारखानाले स्थापनाकालको चार दशक भन्दा बढी समयमा विभिन्न आरोह अवरोहहरु पार गरे पनि अब सदाका लागि बन्दको संघारमा पुगेको छ । विभिन्न प्रहारहरुबाट सिकिस्त भईसकेको कारखाना पछिल्लो वर्षहरुमा आंशिक रुपले सञ्चालनमा रहे पनि अबको दिनमा उक्त कारखाना एकादेशको कथा हुने भएको छ ।
इतिहास र स्थापनाका प्रारम्भिक चरण 
झण्डै आधा शताब्दी पछाडी गयौं भने तत्कालिन सोभियत संघ सरकारले नेपाललाइ गरेको सहयोगहरु हेर्दा अहिले सहयोग गर्ने दातृ निकायहरुले पैसा मात्रै फाल्ने गरेको अनुभूति हुन्छ । दातृ निकायले पहिलाको परियोजनाहरु सञ्चालन गर्दा देशका आम सर्वसधारणले प्रत्यक्ष रोजगार बन्ने , शिक्षा तथा जनचेतनाको स्तर बढ्ने , मानव बिकासका कार्यक्रमहरु सञ्चालन लगायत सर्वसधारण आश्रित रहने प्रमुख ब्यवसायलाइ आधार बनाएर बिकास निर्माणका कार्यक्रम तथा परियोजनाहरु तयार गर्ने गर्दथे । हाल आएर नेपाल र रुसबीचको सम्बन्ध पहिलाको जस्तो सुदृढ र सुमधुर रह्न सकेको छैन । तर, २१ औं शताब्दीको सुरुका दिनमा रुसले गरेको सहयोगहरुबाट नेपालका आम नागरिकलाइ अझै फायदा भइरहेको थुप्रै उदाहरणहरु छन् हामीकहाँ ।
पूर्व पश्चिम राजमार्गमा हिंडदा दर्जनौं ठूल ठूला पुलहरु भेटिन्छन् जुन आजभन्दा ५ दशक पहिला रुस सरकारले बनाइदिएका हुन् । नेपाललाइ आर्थिक रुपमा सबल बनाउन तत्कालीन रुसी निती समेत सराहनीय थियो । अरु राष्टूहरुको अपेक्षा निकै नै सन्तोषप्रद र सर्वसधारण प्रत्यक्ष लाभान्वित हुने प्रकारको उसको परियोजनाहरु सञ्चालन हुन्थे ।
सोही लक्ष्यका साथ बिक्रम सम्वत् २०१० सालमा रुस सरकारले नेपाललाइ दुइ ठूला परियोजनाहरुमा अनुदान गर्ने निधो ग¥यो । र शर्त थियो , नेपाल कृषि प्रधान देश भएकोले देशका उत्पादित कच्चा पदार्थहरुबाट नै समान तयार गरी निर्यात तथा  भारी संख्यामा रोजगारीको अबसर समेत श्रृजना हुनु ।
बिक्रम सम्वत् २०२१ सालमा रुस र नेपालबीचको दौत्य सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ रुस सरकारले आफ्नै अनुदानमा नेपालमा २ ठूला परियोजनाहरु निर्माण गर्ने निधो ग¥यो ।  सोही निधो अनुरुप नेपालमा चिनी फ्याक्टिू र चुरोट कारखाना निर्माण गर्न सरकारले तत्परता देखायो । चिनी फ्याक्टिू बिरगंजमा सञ्चालन गर्ने भएपनि चुरोट कारखानाका लागि सिरहाको लहानमा सञ्चालन गरिने लगभग तय भइसकेको थियो । तर तात्कालीन अर्थमन्त्री समेत रहेका समाजसेवी रामनारायण मिश्रले चुरोट कारखाना जनकपुरमा स्थापना गर्ने निक्र्योल गर्दै बिक्रम सम्वत् २०१७ सालदेखि निर्माण कार्य प्रारम्भ गराएका थिए । चुरोट कारखाना लिमिटेडको स्थापनाका लागि चुक्ता पूूजी ४ करोड ८ लाख ३७ हजार रहेको थियो । कारखाना निर्माणका लागि सर्वसधारणबाट नै जग्गा खरीद गरिएको थियो । जनकपुरको मुख्य बजार मिल्स एरियामै रहेको चुरोट कारखाना लिमिटेडको हालको क्षेत्रफल ३५ विग्घा रहेको छ । तत्काल ३ सय कर्मचारीहरुलाइ भर्ना गराएर चुरोट कारखानाको सञ्चालन गरिएको थियो । चुरोट कारखाना दिनानुदिन उन्नतीको पथमा हिंडिरह्यो र उत्पादन तथा माूगमा वृद्धि हुदै गएपछि २०४४ सालमा सबैभन्दा बढी ४ हजार ७ सय कर्मचारीहरु चुरोट कारखाना लिमिटेडबाट प्रत्यक्ष रुपमा श्रम गरेर जिविकोपार्जन गर्न भ्याएका थिए । हाल आएर सो संख्या ९ सयको हाराहारीमा पुगेको छ । तर त्यस लगत्तै २०४६ सालको जनआन्दोलन पछि जचुकालि अवनतिको पथमा बिस्तारै ओरालो लाग्यो र हाल आएर बाँच्नका लागि संघर्ष गरिरहेको भएपनि अन्ततः मृत्यु हुने निश्चित छ, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि कारखाना सञ्चालनमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । सरकार परिवर्तन भए लगत्तै कारखानाको महाप्रबन्धक तथा सञ्चालक समितिका अध्यक्ष परिवर्तन गर्ने सरकारी नीतिले कारखाना धराशायी हुदै गएको कारखानामा कार्यरत श्रमिकहरुको गुनासो छ । श्रमिकहरुका अनुसार सरकारले नियुक्त गरेका अध्यक्ष तथा महाप्रबन्धकहरु लाखौं रुपैया सम्बन्धित मन्त्रीलाइ तिरेर कारखानाको नियुक्ति लिने होड चलाएपछि आफ्नो लागत् असुली गर्न ती महाप्रबन्धक तथा अध्यक्षहरु कारखानालाइ नै भ्रष्टाचारको थलोको रुपमा बिकास गरे । प्रजातन्त्र आएदेखि हालसम्म २ दर्जन जति  महाप्रबन्धक जचुकालिमा जागिर खाइसकेका छन् । महाप्रबन्धक नियुक्त हुूदा कहिले मजदूर संगठनहरुसित ग्रह नमिल्दा त कहिले सरकार परिवर्तनको बहानामा महाप्रबन्धक फेरिदै आएको हो ।
। राम्रो अवस्थामा सञ्चालन हुदा जचुकालिले ५ अर्ब २६ करोड खिल्ली सम्म चुरोट उत्पादन गरेको थियो भने हाल लाखमा समेत उत्पादन हुन नसक्ने अवस्थाबाट उद्योग गुज्रिरहेको छ । जचुकालिको अवस्था खस्किदै गएपछि ऋण काढेर जचुकालि सञ्चालनको थुप्रै प्रयासहरु भए । कर्मचारीहरु अवकास भएको वर्षौ भइसकेपनि उनीहरुले पाउने एकमुष्ठ रकम तथा बिमा रकम अझै पाउन सकेका छैनन् । पछिल्ला चारवर्ष यता यी र यस्ता परिस्थितिबाट गुज्रिरहदा सरकारले जचुकालिको काठमाडौंस्थित जग्गा बिक्रि गर्ने निधो ग¥यो । झण्डै २ अर्ब ५० करोडभन्दा बढी मूल्याड्ढन हुने जग्गा नागरिक लगानी कोषले मात्रै ७२ करोडमा किनेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित सो जग्गा कुनै नीजि क्षेत्रबाट बेचिएको भए ३ अर्बसम्म जचुकालिले पाउने आम नागरिककाृे धारणा छ । काठमाडौंको नयां बानेश्वरस्थित भवन सहितको जग्गाको मूल्याङ्कन दुइ अर्बभन्दा बढी गरिएपनि ७२ करोडमै बिक्रि गरिएपश्चात् रकम खातामा पर्दै नियुक्त भएका महाप्रबन्धक श्याम कुमार महतो पछिल्लो ६ महिनामा जम्मै रकम खर्चेर १० करोड ऋणको अवस्थामा ल्याइपुर्याएको मजदूरहरुको आरोप छ ।
प्रजातन्त्र आएको केही वर्षसम्म पनि राम्ररी सञ्चालन भएको जचुकालिले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारेको थियो । खेलकूदको क्षेत्रमा जचुकालिको फुटबल टिम विरेन्द्र कप फुटबल प्रतियोगिताको उपाधि समेत चुमेका छन् भने जचुकालिकै क्रिकेट टिमका कैयौं खिलाडीहरु राष्टिूय टिमका सदस्यहरु बन्न सफल भएका छन् । तर वर्तमानमा आएर जचुकालिबाट दक्ष एवम् ब्यवसायिक खिलाडीहरुको उत्पादन पूर्णतया ठप्प भइसकेको छ।
प्रभाव चौतर्फी नकारात्मक

जचुकालि बाँच्नको लागि संघर्ष गरिरहदा यसको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष रुपमा हरेक क्षेत्रमा परेको देखिन्छ । सरकारले वार्षिक कम्तिमा पनि करोडौं रकम राजश्वको रुपमा जचुकालिबाट पाउने गरेको थियो । जचुकालि राम्रो अवस्थामा सञ्चालन हुूदा सरकारलाइ सबैभन्दा बढी बिक्रम सम्वत् २०४६÷०४७ मा राजश्व बुझाएको थियो । सो वर्ष मात्रै जचुकालिले ४७ करोड ७ लाख ६९ हजार ९ सय ५५ रुपैया ४२ पैसा राजश्व बुझाएको थियो । सरकारी राजश्वमा कमी आउनुका साथै त्यसको प्रभाव हरेक क्षेत्रमा परेको बताइन्छ । जचुकालिमा कार्यरत कर्मचारीहरुले उठाएको मासिक तलबबाट नै कम्तिमा एक करोड भन्दा बढी रकम जनकपुर क्षेत्रकै बजारमा चलयमान हुने गरेको र त्यसबाट जनकपुरका ब्यवसायी लगायत अन्य क्षेत्र समेत प्रत्यक्ष लाभान्वित भएको बताउूछन् उद्दोग वाणिज्य संघ जनकपुरका अध्यक्ष श्याम प्रसाद साह ।
निकाशका तीन विकल्प ः
एक वर्षदेखि कारखाना डुब्न लागे पनि अल्पकालमा केही मुनाफा तथा दीर्घकालमा पुर्ववत अवस्थामा फर्काउन सकिने सम्भावना छ । कुनै पनि हालतमा कारखानालाई चलाई राख्नु जनकपुर र राष्टूकै अर्थतन्त्रको समृद्धिका लागि नितान्त आवश्यक  रहेको  देखिन्छ ।
(१) सक्षम महा(प्रबन्धकको नियुक्ती ः
महाप्रबन्धक तथा सञ्चालक समितिको अध्यक्ष देखि सदस्यहरु समेतको नियूक्तिमा राजनीतिक व्यक्तिलाई नपठाई योग्य , सक्षम र अनुभवी व्यक्तिलाई नियूक्ति हुनु पर्दछ । त्यसका लागि कारखानामा लामो अवधी सम्म सेवा गरी अवकाश पाएका कर्मचारीहरु मध्येबाट कार्यरत रहेको अवस्थामा कार्य सम्पादन तथा मूल्यांकनको आधारमा व्यक्तिको छनौट गर्नु प्रथम विकल्प हो ।  नत्र भने उद्योग मन्त्रालयकै सह सचिव तथा प्रशासकको मातहतमा कारखानाका मजदुरहरुको विश्वास जिती उत्प्रेरित गरी नाफा तिर डोरयाउन सकिन्छ । डिभिजन प्रमुखहरु अधिकांश समय कारखानाका अन्य शाखा , डिपो तथा क्षेत्रीय कार्यालयहरुमा रहने गरेकाले लाइन नै कमजोर भएको छ । मजदुर संगठन पनि त्यक्तिकै हावी भएका छन । तसर्थ सब डिभिजन समेतको जानकार भएका व्यक्ति महाप्रबन्धक हुंदा राम्रो हुन सक्दछ । राजनीतिक नियुक्ति हुंदा आफ्नो पद जोगाउनमै महाप्रबन्धकहरु केन्द्रित हुने भएकाले मजदुरहरुले समेत गरेको गल्तिलाई कारवाही गर्न नसक्दा कर्मचारीहरु पनि मजदुर संगठनको आडमा अराजक र अनुशासन हिन भएपछि काराखनाको अस्तित्व संकटमा परेकोले अब कडा प्रशासक नियूक्त गरी कारखानालाई बचाउँन सकिन्छ ।
(२) पब्लिक प्राइभेट पार्टनरशिपः
सरकारको स्वामित्वमा रहेको कारखानाको निश्चित प्रतिशत शेयर सरकार आफैले राखेर बांकी प्रतिशत शेयर स्थानिय व्यापारीहरुलाई वितरण गरी कारखाना सञ्चालन गर्न सकिन्छ ।
(३) पे अफ गरी निजीकरण ः
कारखानालाई सरकारले पे अफ गरी रु् एक अर्व ऋण सहितको सम्पूर्ण दायित्व चुक्ता गरी निजी क्षेत्रलाई विक्रि गर्नु तेस्रो विकल्प हो । करिब रु. ३ देखि ३.५० अर्ब रुपैंयाको मूल्यांकनमा कारखाना निजी क्षेत्रलाई विक्रि गर्न सकिन्छ । कारखानाको ३५ विग्हा जग्गा मध्ये २ विग्हा जग्गामा चुरोट कारखाना सञ्चालन गरी बांकी जग्गामा अन्य कारखानाहरु समेत सञ्चालन गर्न सकिन्छ । चाख लाग्दो कुरा के हो भने ख्याति प्राप्त कारखाना किन्न  धेरै खरिददारहरुले समय(समयमा इच्छा ब्यक्त गर्दै आएका छन् ।
तर यी सबै विकल्पहरु हुँदा हुँदै सरकारले कारखाना खारेजी नै गर्नु दुःखद हो ।

मिति ः २०७०÷३÷१६

Wednesday, June 26, 2013

मधेसवाद कुनै सिद्धान्त नै होइन – उपेन्द्र यादव

हामी तत्कालिन, क्षनिक, स्वार्थी र अवसरवादी एकताको पक्षमा छैनौं । हामी सैद्धान्तिक, वैचारिक र दृष्टिकोणको रुपले एकरुपता भएको खण्डमा मात्र दीगो एकता हुने भन्ने मान्यता राख्दछौ । अव जुन मधेसी दलहरुले वढी एकताको कुरा गरिरहेका छन, तिनीहरुमा त एकता छँदैछन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मैले निर्माण गर्दा, त्यसका मेनिफेस्टो  तयार गर्दा सबैको शुत्रधार त मै हुँ । त्यो सबै बनाइदिएर मैले जिम्मा लगाईदिएकै छु, त्यै आधारमा उनीहरु चुनाव लडे हुन्छ नि । किन अरु खोजिरहेको छ त, भन्दा खेरी यसको एक आपसमा त के आफैमा विश्वास छैन तिनीहरुको के कुरा गर्ने ? मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ । 


मधेसमा अहिले सबै नेताहरु गाउँ–गाउँमा घुमिरहेका छन । त्यही क्रममा तपाई पनि धनुषाको विभिन्न गाउँहरु घुम्नु भयो । के चाहन्छन मधेसका जनता ?
मधेसका जनताहरु आन्तरिक उपनिवेशवाट मुक्ति चाहन्छ । उनीहरु सवायतता, अधिकार, पहिचान चाहन्छन । उनीहरुको वालबच्चाहरु रोजी रोटीमा अवसर चाहन्छन, विकास र निर्माण चाहन्छन, शान्ति र समृद्धि चाहन्छन ।
जनताका यी सबै चाहनाहरु मधेस आन्दोलन ताका पनि थिए । ६ वर्ष वित्दा पनि मधेसी जनताको ती चाहनाहरु किन पुरा हुन सकेन ?
एकै दिनमा दुनियाँ बन्दैन । समय लाग्छ धेरै कुराका प्रक्रियाहरु आरम्भ भएका छन । आरक्षण भएको छ । मधेसको एउटा पहिचान कायम भएको छ । अवसरहरु खुलेका छन । तर जति हुनु पर्ने हो, त्यति भएका छैनन । त्यसको लागि अझ वढी समय लाग्छ संघर्ष गर्नु पर्छ । एकै दिनमा भइहाल्ने चिज होइन ।
काठमाण्डौका छापामाध्यमहरुमा मधेसको राजनीतिले फ्रन्ट पेज पाउन थालेका छन । ती छापामाध्यमका अनुसार मधेसमा राजनीति गर्ने दलहरु बीच एउटै पार्टी वा चुनावी गठबन्धनको कुराहरुले वढी नै प्राथमिकता पाएको देखिन्छ । कसरी लिनु भएको छ तपाईले यो कुरालाई ?
यो चिन्ता त मधेसका राजनीतिक दलहरुलाई हुनु पर्ने हो, नेतालाई हुनु पर्ने हो । काठमाण्डौका छापावालाहरु कहिले देखि हुन थाले मधेसका शुभचिन्तक ? मधेसका समाचारलाई शुद्ध ठाउँ दिँदैन । मधेसका समाचारलाई तिनीहरुले आधा प्रतिशत पनि ठाउँ दिँदैन । ती छापाहरुलाई मधेस प्रति हमदर्दी कहाँबाट जागेको हो, यो बुझ्नै नसक्ने कुरा हो । यो वहाँहरुको सरोकारको विषय नै होइन । जहाँ सम्म एउटा पार्टी बनाउने विषय छ, त्यो छापामा छापेर बन्ने कुरा पनि होइन । त्यसका लागि नीति मिल्नु पर्यो, विचार, सिद्धान्त मिल्नु पर्यो । लक्ष्य समान हुनु पर्यो । जहाँ सैद्धान्तिक आधारलाई परित्याग गरेर, लक्ष्यलाई परित्याग गरेर निर्माण गरेको पार्टीलाई कुनै अर्थ राख्दैन त्यसले गर्दा समान नीति भएकाहरुको बीचमा नीतिगत एकता हुन सक्छ । अनुहारहरु मिल्दैमा एकता हुँदैन । नीति, विचार र कार्यक्रमको आधारमा एकता, मोर्चा, सहकार्य जे पनि हुन सक्छ ।
त्यो कहिले सम्मको लागि होला ?
अब त्यसको कुनै हद म्याद लाग्दैन । एकताको आवश्यकता, परिस्थिति निर्माण हुँदै जान्छ, दलहरुको बीचमा अन्तरसम्वादहरु हुँदै जान्छ । आवश्यकता परेको खण्डमा जे पनि हुने हो । तर त्यसका लागि दुइटा आकांङ्क्षाहरु देखिएको छ । एउटा अवसरवादी आकांङ्क्षा, हामी मिल्र्यौ भनेर चुनावमा जनतालाई झुक्याउनका लागि गरिने एउटा प्रयास, अर्को के हो भने जनताको मुक्तिका लागि, मुलुकको शान्ति र समृद्धिको लागि एउटा दीर्घ लक्ष्य लिएर गरिने एकता हो । हामी तत्कालिन, क्षनिक, स्वार्थी र अवसरवादी एकताको पक्षमा छैनौं । हामी सैद्धान्तिक, वैचारिक र दृष्टिकोणको रुपले एकरुपता भएको खण्डमा मात्र दीगो एकता हुने भन्ने मान्यता राख्दछौ । अव जुन मधेसी दलहरुले वढी एकताको कुरा गरिरहेका छन, तिनीहरुमा त एकता छँदैछन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मैले निर्माण गर्दा, त्यसका मेनिफेस्टो  तयार गर्दा सबैको शुत्रधार त मै हुँ । त्यो सबै बनाइदिएर मैले जिम्मा लगाईदिएकै छु, त्यै आधारमा उनीहरु चुनाव लडे हुन्छ नि । किन अरु खोजिरहेको छ त, भन्दा खेरी यसको एक आपसमा त के आफैमा विश्वास छैन तिनीहरुको के कुरा गर्ने ?
मोर्चा तपाईले जिम्मा लगाएको हो कि, तपाईलाई नै दरकिनार गरिएको हो ?
दरकिनार किन, हामीले त जिम्मै लगाएर हिंडेका छौ नि किनकि लक्ष्य के थियो भने मधेसी जनताको लोकतान्त्रिक मोर्चा बनाउँदा खेरीको एउटा लक्ष्य के थियो भने मधेसी जनताको अधिकारको लागि संघर्ष गर्ने भन्ने कुरा त्यसको घोषणापत्रमा स्पष्ट लेखिएको छ । तर भईदियो के भने सत्ता सँग वार्गेनिङ गर्ने र माँगी खाने भाँडो बनाइयो । दलाली गर्र्नेलाई हामीले छोडेर संघर्षको वाटोमा लागेका छौं ।
मधेसको दलहरु चुनावी उपयोगिता र देशको प्रतिगमनका लागि मात्र एकता वा गठबन्धन को कुरा गरिरहेका छन भनेर म सँग भएको कुराकानीमा जेपी गुप्ताले आरोप लगाउनु भयो । के भन्नु हुन्छ ?
पहिलो कुरा त जेपी गुप्ता जस्ताको कुरै नल्याउनुस यहाँ । अरु कसैले भनेको छ भने ल्याउनुस ।
किन ? वहाँ त्यो पात्रको लायक पनि हुनु हुन्न र ?
कम से कम जेपी गुप्ताको कुनै पनि कुरा लिएर म निर नआउनु होला ।
मधेस आन्दोलन भन्दा अगाडी जसरी एउटा लुज फोरम थियो नि,
बिचमै प्रश्न पुरा नहुँदै....

 पहिले तपाई आफ्नो इन्फोर्मेशन करेक्शन गर्नुस । लुज फोरम भन्ने कुरा हटाउनुस । मधेसी जनअधिकार फोरम पहिले एउटा राजनीतिक पार्टी नभएर राजनीतिक संगठन थियो । मधेस आन्दोलन पछि राजनीतिक पार्टीको रुपमा रुपान्तरित भएर आएको हो । लुज फोरम भनेको त वाटोमा, मेलामा मान्छेहरु ल हिंड भन्या जस्तो हो । लुज फोरमले आन्दोलन गर्न सक्दैन ।
के थियो त ?
एउटा पार्टीको रुपमा नभए पनि सशक्त राजनीतिक संगठन थियो । जसले भुमिगत रहेर, अर्धभुमिगत रहेर र खुल्ला रहेर मधेस आन्दोलनको तयारी गर्यो । आन्दोलनको विगुल फुक्यो र मधेसमा एउटा भीषण लडाई लड्यो । हाट बजारमा बनेको लुज फोरमले त्यत्रो आन्दोलन गर्छ र शहादत दिन्छ ?
होइन भनिन्छ नि, त्यै लुज फोरमको नेतृत्व गरेर उपेन्द्र यादव रातारात हिरो बने भनेर ?
भन्ने मान्छेले गर्नु नि, आजै राती । कहाँ छ त्यो मान्छे ? तपाई पनि हो एउटा, हो भने गर्नुस । वडा दुःख लाग्छ । रातारात हुँदैन कुनै तयारी । यसको लागि निकै लामो पृष्ठभुमि छ । ०६४ सालमा आन्दोलन भयो । ०५४ सालमा तयारी सुरु भयो । दश वर्ष तयारी गर्न लाग्यो । के दश वर्षको एक रात हुन्छ ? हाम्रो ग्रहमा त हुँदैन । अर्को ग्रहमा सय वर्ष, दुई सय वर्षको पनि रात हुन्छ तर हाम्रो ग्रहमा प्रायः १२ घण्टा र  कहिले काहिँ १३ घण्टाको रात हुन्छ ।
होइन, तपाईले नै पटक पटक भन्नु भयो तेस्रो मधेस आन्दोलन पनि गर्छु तर सक्नु भएन नि ? दुई पटक आन्दोलन  गर्न तपाईलाई दश वर्ष लाग्यो, अब तेस्रो आन्दोलन गर्न तपाईलाई कति समय लाग्छ ?
मैले अघि नै भने, आन्दोलन, क्रान्ति, परिवर्तन इन्चि टेपले नापेर हुँदैन । त्यसको लागि भौतिक परिस्थिति र मनोगत परिस्थिति आत्मगत परिस्थितिहरु तयार हुन्छ । र, त्यो तयारीको दिशा तर्फ हामी अगाडी बढदैछौं ।
अघि मैले के भन्न खोजेको थिएँ, जसरी फोरममा विभिन्न पार्टी र विचारधारा भएका मानिसहरु आए, पछि तपाईको पार्टी फुटदै जाँदा गलत तत्वलाई पनि पार्टीमा प्रवेश गराउनु ठुलो गल्ती भएको तपाईले नै पटक पटक भन्दै आउन भएको छ । अहिले फेरी प्रवेश र वहिगर्मनको लहर चलेको अवस्थामा फोरममा सबैलाई प्रवेश गराउँदै जाँदा त्यो गल्ती नदोहोरिएला भन्ने के सुनिश्चितता छ ? त्यो दुवै अवस्थालाई तुलना गर्दा के फरक पाउनु हुन्छ ?
हिजो निर्वाचन ताका थोरै समय हामीले पाएका थियौं र धेरै मानिसले प्रवेश गरे । धेरै राम्रा मानिसहरु प्रवेश गरे र यद्यपि पनि अहिले लक्ष्य प्राप्तिका लागि परेकै छन । एकआध गलत तत्वहरु पनि आएका थिए जो बाहिरिए । यो फिल्टे«शन हुने काम सुद्धिकरण र सुदृढिकरण गर्र्ने काम नै अहिले फोरममा चलिरहेका छन । त्यसकारण कस्ता मानिसलाई पार्टीमा प्रवेश गराउने, प्रवेश गराउँदा कस्ता भुमिका पार्टीमा दिने कुरामा अहिले हाम्रो पार्टी सचेत छ ।
फेरी पश्चाताप गर्ने वा त्यो अवस्था नआउँला विगतकै गल्ती फेरी पनि दोहो¥याइरहनु भएको छैन भन्नेमा कसरी विश्वस्त हुनु हुन्छ ?
मानिसलाई राजनीति गर्न अवसर दिनु भनेको गल्ती हो । भुमिका निर्वाह नगर्नु पो गल्ती हो । त्यसकारण राजनीति गर्न चाहने, फोरमको लक्ष्य प्राप्ति गर्न चाहने व्यक्तिहरु फोरममा आउन सक्छ । यसरी फोरममा आउँदा कसरी सङ्गठन गर्ने, कुन भुमिका दिने भन्नेमा विचार पु¥याउनु पर्छ ।
अरु पार्टीमा अवसर नपाएर परित्याग गर्दै अवसरकै लागि पनि त फोरममा प्रवेश गर्नेहरु पनि होलान नि त ?
जो आए पनि अवसरकै लागि आउने, सबै मान्छे खराव छन, म मात्रै राम्रो छु भन्न खोज्या हो कि क्या हो । त्यो होइन केही न केही गर्रौ भन्नका लागि पनि आएका हुन्छन । केही यो आन्दोलनलाई अगाडी बढाउन पनि आएका हुन्छन । सबै थरिका मानिसहरु सबै राजनीतिक दलमा आउने जाने क्रम रहन्छ । अनि आएका जति सबै खराव, नआएका जति सबै ठीक यस्तो पनि काँहि हुन्छ ।
संविधानसभाको चुनाव पश्चात सत्ता र विपक्ष दुवैको भुमिकामा तपाई रहनु भयो । तपाई आफैले मुल्याङ्कन गर्दा के पाउनु हुन्छ ?
आफ्नो भुमिकाको मुल्याङकन आफैले गर्नू नै गलत हो । मुल्याङकन गर्ने जनताले हो । चाहे सरकारमा रहुँ, सडकमा, सदनमा वा लडाइको मैदानमा चाहे जहाँ रहुँ, आफ्ना लक्ष्य प्राप्तिका लागि हामीले सक्दो प्रयास गर्दै आएका छौ, त्यो अहिले पनि चलिरहको छ ।
मधेसवादी पार्टीको एउटै मोर्चा वा पार्टीको सवालमा नेतृत्व कसले गर्ने भन्नेमा विवाद छ । तिनजना, एउटा तपाई, दोस्रो विजय गच्छदार र तेस्रो महन्थ ठाकुरको नाउँ चर्चामा छ रे । यो हल्ला हो कि साँच्चै दावी पनि हो ।
दावी गर्नेमा मेरो नाम सुन्नु भएको छ ? छैन नि । जसले नाम अगाडी सारेको छ तिनैलाई गएर सोध्नुस । दोस्रो कुरा, व्यक्ति महत्वपुर्ण होइन । विचार महत्वपुर्ण हो । संगठन महत्वपुर्ण होइन, लक्ष्य महत्वपुर्ण हो । लक्ष्य र विचार मिल्यो भने व्यक्ति सामान्य कुरा हो ।
मधेसमा राजनीति गर्ने सबै दलहरुको लक्ष्य र विचार त एउटै हो नि, होइन र ?
सबै पार्टीको एउटै लक्ष्य भैदिएको भए बहुदलिय लोकतन्त्र नै रहने थिएन यो दुनियाँमा ।
सबैले मधेसको मुक्तिको लागि राजनीति गर्दैछौ भनेर भनिरहेकै छन ।
बुझ पचाएर भनिरहेका छन । सबैको फरक फरक लक्ष्य हो ।
जय मधेस र जय मातृभुमि भने पनि सिद्धान्त मधेसवाद नै हो भन्छन ।
राजनीतिक पार्टीमा न सबैको लक्ष्य एउटै छ, न उद्देश्य एउटै छ । चोर डाँका र भद्र मान्छे दुवैले भेटघाट गर्दा नमस्कार त भन्छ नि, के दुवैको लक्ष्य एउटै हो ? मधेसवादी पनि हुन्छन र, कुनै बहुलाले भन्यो भने त्यसलाई सिद्धान्त मान्ने हो । मधेसवाद हुन्छ भने जनकपुरवाद हुँदैन, जनकपुरबाद भयो भने मिल्स एरियावाद हुँदैन । अनि गाउँवाद, टोलवाद हुँदैन । वाद कुनै पोलिटिकल थ्योरी हो ?कुनै फिलोसोफी हो ? मधेस कुनै फिलोसफी होइन । मधेस भूमि हो । भूमिको फिलोसोफी हुन्छ  यसको एउटा फिलोसफी छ । आइडियोलोजी हो ।
अहिले मधेसको राजनीतिमा एक पार्टीबाट अर्को पार्टीमा जाने आउने क्रमको जुन हलचल मच्चेको छ नि त्यसलाई कुन रुपमा लिनु भएको छ ?
अहिले हलचलै आएको छैन । हामी त ठुलो आँधी तुफान आउनु पर्छ र ल्याउनु पर्छ भन्ने पक्षमा छौ । जस्तो दुनियाँमा अक्टुवर रिभोलुसन्स रसियामा भएको थियो । स्वायतता संग्राम अमेरिकामा भएको थियो, यहाँ पनि ०६३÷०६४ को विद्रोह भएको थियो, विभिन्न मुलुकहरुमा यूगान्तकारी परिवर्तन भएको थियो, क्रान्तिहरु भएका छन, त्यो नेपालमा पनि शोषित पिडितको मुक्तिका लागि आँधी र तुफान, एउटा क्रान्तिकारी उथल–पुथल हुनु जरुरी छ । अहिले त त्यो भाकै छैन । शोषक र शाषकहरुलाई त शान्त छ अहिले ।
तपाईको पार्टीको के वाद त ?
हामी डेम्रोक्रयाटिक सोसलीष्ट वा सोसल डेमोक्राट्स छौं । सामाजिक लोकतान्त्रिक व्यवस्था प्रणाली हाम्रो लक्ष्य हो ।
नेपाली कांग्रेस भन्दा के फरक भयो त ?
नेपाली कांग्रेसको विपी कोइराला सँगै प्रजातान्त्रिक समाजवाद सिद्धियो । कांग्रेसको अव लुटवाद, खसोटवाद, ठगवाद, छलवाद नै हो मूल सिद्धान्त ।
रामचन्द्र झा का अनुसार तपाइहरु क्रान्तिकारी भूमि सुधारको पक्षमा हुनु हुन्न, सामन्त र जमिन्दारकै संरक्षण गर्न चाहनु हुन्छ नि ?
हाम्रो कुरा रामचन्द्र झाले भन्ने कि हामीले भन्ने । रामचन्द्र झाको कुरा मलाई सोधेर हुन्छ, हुँदैन नि । हामी कृषिलाई बैज्ञानिकरण आधुनिकरण, व्यवसायीकरण र औद्योगिकरण गरेर त्यसलाई उद्योगको रुपमा डेभलोप गरेर मुलुकको अर्थतन्त्रलाई दरो बनाउनु पर्छ भन्ने पक्षमा छौ । यो कुरा रामचन्द्र झालाई गएर सुनाईदिनु होला ।
समग्र मधेस एक प्रदेशको मुद्दामा तपाईको पार्टी कति अडिग छ ? कि फ्लेक्जिबुल हुँदै गइरहनु भएको छ ?
त्यसमा कुनै फ्लेक्जिवल हुनु वा टाइट हुने कुरै छैन । मधेस स्वायत्त प्रदेश भनेको, मधेस एक प्रदेश भनेको, समग्र मधेस एक प्रदेश भनेको एउटै हो । विगतको आन्दोलनमा सम्झौता भएकै छ । अहिलेको संविधानमै लेखेको छ, मधेसमा स्वायत्त मधेस प्रदेश हुने भनेर । यसलाई प्रादेशिक सवायत्तता सहित अलग प्रान्त, प्रदेशको दर्जा दिने हो भन्ने कुरालाई अव व्यवहारमा लागु गर्नु पर्छ । त्यसमा कुनै सम्झौता हुँदैन ।
मधेसवादी दलहरु जातीय संगठनको नेतृत्व गरिरहेको आरोप लागिरहेको छ ? कसरी खण्डन गर्नु हुन्छ ?
राजनीति गर्नेहरुको कुनै जाति हुँदैन । मात्र लक्ष्य हुन्छ । एउटै जात भनेको सिद्धान्त हुन्छ । मान्छेको जात मान्छे मात्रै हुन्छ । २१ औं शाताब्दीमा जात पातको कुनै अर्थ हुँदैन ।
मधेसमा त, प्रदेशका लागि मिथिला आन्दोलन थारु आन्दोलन पनि भएका छन नि ।
मधेस भित्र मिथिला, भोजपुरा, अवध सबै ठाउँ हो । भाषा हो । मिथिला भनेको मैथिली भाषी क्षेत्र हो ।
मिथिला राज्यको लागि ५ जनाले त शहादत नै दिइसकेका छन नि ।
त्यो हाम्रो अजेण्डा होइन । हाम्रो अजेण्डा के हो भने मिथिलाको भविष्य पनि मधेसमै छ । अलग भएर कुनै भविष्य छैन ।
त्यसको लागि तपाईले उनीहरुलाई कन्भिन्समा लिने वा उनीहरुले तपाईहरुलाई कन्भिन्स गर्ने वा भनौं विश्वासमा लिने सम्वन्धमा सम्वाद भएको छ कि छैन ?
जव मधेसको इस्यु अगाडी बढछ, जुन बेला राज्यको पुनः संरचनाको सवालमा  मधेस प्रदेश कुरा चल्न थाल्छ त्यति बेला कसैले मिथिला, थरुहट त भोजपुराको कुरा उठाउँछन, उठाउन लगाइन्छ । फेरी त्यो मुद्दा ओझेलमा पर्न लागे पछि स्वतः सिद्धिन्छ ।
त्यसो हो भने जनकपुरमा ५ जनाको निरर्थकमै ज्यान गयो हैन ?
निरर्थक वा सार्थक म भन्दिनँ । तर त्यो घटना ज्यादै दुःखदपुर्ण भयो । घटना गराउनेहरुलाई राज्यले अहिले सम्म कानुनको दायरामा ल्याउन नसक्नु ठुलो रहस्यपुर्ण र षड्यन्त्र मुलक रहेछ भन्ने कुरा देखिन्छ । राज्यले आफै घटना गराएको हो कि जस्तो पनि लाग्छ ।

चुनाव अघि मधेसमा नेताहरु ‘झिझिरकोना–झिझिरकोना’ खेल्दै

अजय अनुरागी

मिथिलामा बालबालिकाहरुले खेल्ने खेलहरु मध्ये ‘झिझिरकोना(झिझिरकोना’ एक अत्यन्त लोकप्रिय खेल हो । मिथिलाञ्चल क्षेत्रमा यसरी खेलिन्छ ‘झिझिरकोना(झिझिरकोना’ । यस खेलमा ४ वटा कुनामा ४ जना उभिएका हुन्छन र केन्द्रमा एक जना चोर हुन्छ । केन्द्रमा रहेका बालकले कुनामा रहेका बालकसँग ‘झिझिरकोना(झिझिरकोना कोन कोना जाऊ ?’सोध्छन । उत्तरमा ‘बेल तर मारलक बबुर तर जाऊ’ भनिन्छ । अनि अर्को कुनामा गएर त्यही प्रश्न गर्ने क्रममा चार कुनामा रहेका व्यक्तिले कुना परिवर्तन गर्न खोज्दछ र त्यही क्रममा चोरले कसैलाई बाटो मै छोएको व्यक्ति नयाँ चोर हुन्छ र उही प्रक्रिया दोहोरिन्छ । खास गरेर गाउँमा खेलिने उक्त खेल अहिले लोप हुँदै गइरहेको अवस्थामा सहरको महँगो बोर्डिङ स्कुलहरुमा पढ्ने बालबालिकाले उक्त खेल खेल्ने कुरै आएन । तर अत्यन्तै मनोरञ्जन प्राप्त गर्न सकिने उक्त खेललाई अहिलेको पुस्ताका बालबालिकाले जिवन्तता प्रदान नगरेपनि मधेसमा नेताहरुले उक्त बाल खेल अधवैसे अवस्थामा भएपनि खेलेर संरक्षण तथा सम्बद्र्धनको जिम्मेवारीलाई इमान्दारी पुर्वक निर्वाह गरेको देखिन्छ । एउटा पार्टीबाट विभिन्न पार्टीमा प्रवेश तथा बहिर्गमनको गति बढनुले उक्त खेल झन रोमाञ्चक बनेको छ ।
 
पावर सेन्टर ‘मधेस’   

चुनाव हुने भन्ने कुरा यस अघि नै तय भैसकेको कारण मधेसमा मधेसलाई आधार बनाएर राजनीतिक गर्ने राजनीतिक दलहरु बीच अहिले कार्यकर्ता तथा नेताहरुको विभिन्न पार्टी प्रवेश र बहिर्गमनको गति झन झन तिव्र हुदै गएको छ । पहिलो संविधानसभामा चौथो शक्तिको रुपमा उदाएका मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी सत्तामा गएपछि टुक्रा टुक्रा हुँदै शक्ति विहिन भएका छन । यी तिनै घटक सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेर ८ बुँदे सम्झौता गर्न तत्कालिन सरकारलाई घुँडा मात्र टेकाएनन, हतार हतारमा विना तयारी संविधानसभाको चुनावमा जाने फैसला गरेका ती मोर्चाले जव चुनावमा एक अर्काकै प्रतिस्पर्धि भएर आए जनता पनि विभाजित हुनु स्वभाविकै थियो । दुई दुई पटकको मधेस आन्दोलनमा सक्रिय सहभागि भएका मधेसी जनताले यस अघिको चुनावहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, सदभावना र राप्रपा नेपाललाई दिँदै आएका मत मधेसवादी दलहरुको पोल्टामा पारेर तेस्रो शक्ति बनाए । न त गठबन्धन बनाए न एउटै पार्टी बनेर चुनावमा आए मधेसवादी दलहरु । त्यसकै परिणाम हो मधेसका जनताले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई पनि मत दिएका थिए । अहिले फेरी दोस्रो चुनावमा  नम्बर एक पार्टी बन्न तथा दुई तिहाई बहुमत हासिल गर्न मधेसको मत अनिवार्य हुन्छ । त्यसमा पनि हिजोसम्म आधार इलाका रहेको मधेस कांग्रेसको लागि आज कमजोर त भएकै छ,  तर ग्राफ भने माइनसमै गइनसकेको अवस्था भने पक्कै हो । कारण मधेसका जनताले कांग्रेसको नेतृत्वमा प्रजातन्त्र प्राप्तिका लागि हरेक आन्दोलनमा अग्रणी भागमा रहेर सहादत सम्म दिनेहरुको लामो फेहरिस्त छ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला धनुषामा पार्टी प्रवेश कार्यक्रममा उत्साहित भएर कांग्रेसबाट गएकाहरु फिर्ता आउने लहर देख्दै सर्वसाधारणको पनि कांग्रेस तीर आकर्षण बढेको ठम्याउनु भ्रम पनि हुन सक्छ । तर शशांककै अनुसार मधेसको एउटा युवाले,‘ डाक्टरसाब! भोली तपाईले धनुषाबाट टिकट पाउनुभयो भने जित्नु पनि हुन्छ । तर, एउटा मधेसीले अहिलेसम्म पहाडबाट टिकट पाएको छ ? जित्दैन नि ?’ भनेर गरेको प्रश्नका सम्बन्धमा मधेसमा पहाडि समुदायलाई स्वीकारेपनि पहाडमा पहाडी समुदायले मधेसीलाई स्वीकार्दैनन भन्ने सबालमा उनको पनि स्वीकारोक्तिले सबाल भने उभ्याएकै हो । मधेस प्रति एकीकृत माओवादीको पनि आँखा गडेको छ । जसको पछिल्लो उदाहरण हो एमालेका अति नै प्रभावशाली नेता रामचन्द्र झालाई आफ्नो पार्टीमा प्रवेश गराई रिक्त रहेको मात्रिका यादवको स्थानलाई पुर्ती गर्न तथा मधेसवाटै चुनाव लडने प्रचण्डको घोषणा । मधेस सँग लव परेको बताउने प्रचण्डले धनुषा वा सिरहा कुनै एक ठाउँबाट चुनाव लडन सक्ने जनाउ दिई सकेका छन । पहिलो संविधानसभा चुनाव अघि रौतहटको गौरमा मधेसी जनतासँग भिडेका माओवादीले अहिले दोस्रो चुनावको मुखमा मधेससँग लव परेको भन्नुले पनि अर्थ राख्दछ । कुनै बेला नेपाली कांग्रेसका नेता विपी कोइरालाले मधेसका नेतालाई पहाडमा र पहाडका नेतालाई मधेसमा जिताउनु पर्छ भनेकोमा मधेसबाट पहाडका नेताले जिताउँदै मात्र आएनन प्रधानमन्त्री सम्म बनाए तर पहाडबाट कुनै मधेसी नेताले अहिलेसम्म जित्न त के पार्टीले टिकट समेत दिन सकेको छैन । त्यसैले होला आज एमाओवादीले अहिले दोस्रो चुनावमा ‘भाइसभर्सा’ उम्मेदवार खडा मात्र नगर्ने जिताउँने समेत दावी गर्दै हिडेका छन । प्रचण्डको कथनि र करणीमा कति सम्म फरक छ भने अहिले माओवादी सम्वद्ध मधेसी नेताहरुले नेतृत्व  लगायत सांगठनिक संरचणामा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने सुरुदेखि नै उठाउँदै आएको सवालमा आश्वासन बाँडनमा सकारात्मक भएपनि व्यवहारिक रुपमा त्यसो देखिएको छैन । नत्र भने एक जना रामचन्द्र झालाई मात्र स्थाई कमिटीमा लग्ने प्रयास गरेको देखाएपनि अन्य योग्य मधेसी नेतृत्वहरुको सवालमा नेतृत्व पक्ष मौन रहनुले पनि प्रचण्डको मधेस प्रतिको लव ‘डेन्जरस इश्क’ मा पनि परिणत नहोला भन्न सकिन्न । यता एमाले पनि झाको बहिर्गमन पश्चात रत्नेश्वरलाल गोइत लगायतका नेताहरुलाई पुनः पार्टीमा फर्काएर मधेसमा हुने भनिएको ‘ड्यामेज कन्टूोल’ गर्ने प्रयास गरिरहेको देखिन्छ ।
पुर्व राजा ज्ञानेन्द्रको मधेस भ्रमण

मधेसमा यतिबेला हपहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको टन्टलापुर घाममा सक्रिय छन् । आखिर यस्तो गर्मीका बेला ज्ञानेन्द्र किन डुलिरहेका छन् मधेस ? यहीबेला मधेसका मठ मन्दिरमा डुल्नैपर्ने त्यस्तो के पर्यो पूर्वराजालाई ?
पूर्वराजाको मधेस भ्रमणका क्रममा मन्दिरमा पूजा आजामात्रै चलिरहेको छैन, राजतन्त्रको पक्षमा नारा लगाउने र विरोध गर्नेहरुवीच चर्को राजनीतिक पनि भइरहेको छ । ज्ञानेन्द्रको विरुद्धमा र समर्थनमा दुबैथरि मानिसहरु देखा परेका छन् । बारादेखि सप्तरीसम्म ज्ञानेन्द्रको समर्थनमा पनि जनमत देखिएको छ । घटनाक्रमबाटै प्रष्ट हुन्छ कि यो गर्मीमा पूर्वराजा ज्ञानेन्द्र पूजागर्न मात्रै मधेस झरेका हैनन् ।
नेपालमा गणतन्त्र ल्याउन बाह्रबुँदे सम्झौतादेखि नै भारत र नेपालका नेतावीच दूतको भुमिका निभाउँदै आएका चर्चित राजनीतिक खेलाडी अमरेश नारायण सिंहले जनकपुरको एक कार्यक्रममा पुर्व राजाको भ्रमण प्रति इङ्गित गर्दै भने, ‘ पूर्वराजा त्यस्तो गर्मीको पनि कुनै प्रवाह नगरी घुमिरहेका छन्, उनी पूजा गर्नमात्रै मधेस आएका हैनन् । मधेसी जनताको माया लागेर मधेसी जनतालाई मद्दत गर्न पनि उनी आएका हैनन ।’ सिंहका अनुसार आगामी मंसिरमा चुनाव नहोस् र त्यसपछि शीतल निवास खाली गराउन पाइयोस् भनेर एकथरिले षड्यन्त्र गरिरहेका छन्, त्यसैलाई सफल पार्न ज्ञानेन्द्रले यो अभियान थालेका हुन् ।’
विभाजित मधेसी शक्ति
मधेसको राजनीतिक भविष्य के हुने हो त्यसको फैसला आउँदो संविधानसभाको चुनावले गर्ने छ । यद्यपि मन्त्री बन्नकै लागि पार्टीसम्म फुटाएका मधेसका नेताहरु पनि जनतामा कसरी जाने चिन्तामा डुवेका छन । आन्दोलन पश्चात मधेसको जनादेशलाई पटक्कै विर्सेर सत्ता लिप्सामै लिप्त रहेका मधेसी नेताहरु चुनाव भन्दा अगाडी जनतासामु कुन मुख लिएर जाने सवाल एका तिर छ भने अर्को तर्फ मन्त्री बन्नकै लागि पार्टी फुटाएर कमजोर बनेकाहरुको जनआधार नहुँदा अस्तित्व नै संकटमा परेपछि एउटै पार्टी, एउटै झण्डा, एउटै चुनाव चिन्हको नारा उचालिएपनि त्यसमा कुनै ठोस प्रगति हुन सकेको छैन । भन्नका लागि विभिन्न नेताहरु बीच विभिन्न विकल्पमा संवाद भएपनि निश्कर्ष निस्किएको छैन । संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झा भन्छन,“भोली एक भएर वा चुनावी गठबन्धन गरेर नगए हाम्रो कुनै सिट नआउला तर मधेसको जनताको माँग भने त्यही नै हो । त्यसका लागि मैले पटक पटक प्रयास गरेपनि राजेन्द्र महत्तोले खुलेरै विरोध गर्नुले पनि उक्त प्रक्रियाले मुर्त रुप लिन नसकेको हो ।”
पार्टी एकताका लागि नीति मिल्नु पर्यो, विचार, सिद्धान्त मिल्नु पर्यो, लक्ष्य समान हुनु पर्यो भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन,“ जहाँ सैद्धान्तिक आधारलाई परित्याग गरेर, लक्ष्यलाई परित्याग गरेर निर्माण गरेको पार्टीलाई कुनै अर्थ राख्दैन । त्यसले गर्दा समान नीति भएकाहरुको बीचमा नीतिगत एकता हुन सक्छ । अनुहारहरु मिल्दैमा एकता हुँदैन । नीति, विचार र कार्यक्रमको आधारमा एकता, मोर्चा, सहकार्य जे पनि हुन सक्छ ।”
बर्तमानमा मुलुकको राजनीतिक एजेण्डा अग्रगमन सँग सम्बन्धीत छैन, प्रतिगमनको दिशामा ओरालो लागेको अवस्था छ । विगत डेढ दुई वर्ष भित्रमा संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाले अथवा यसका नेताहरुले जे जति समझदारी गरेका छन, यी सबै सम्झदारीहरुले भावी संविधानसभामा  असर पु¥याउने छन, मधेसीको प्रतिनिधित्व कमजोर बनाउने निश्चित छ भन्दै तराईमा अभियान थालेका जयप्रकाश गुप्ता भन्छन,“ पहिलो मतदाता नामावली संकलनमा कम्तीमा पनि मधेसवाट ४० लाख मतदाता घटने छन । दोस्रो प्रतिनिधित्व घटेपछि संविधानसभाको संख्या घटाउने कुरामा समेत यिनीहरु सहमत भए । १ सय १० जना समानुपातिक प्रतिनिधित्व कम हुने छन जसवाट मधेस नाकारात्मक रुपमा प्रभावित हुनेछन । अन्तरिम संविधानको २५–२५ पटक संशोधन हुँदा पनि मोर्चाले निर्वाचन क्षेत्र पुनर्निधारणको विषयलाई ध्यान दिएन । संवैधानिक व्यवस्थाबाटै निर्वाचन क्षेत्रको निर्धारण गर्दा मधेसको जनताले चाहेर पनि निर्वाचन क्षेत्र बढदैन । यो मधेसको प्रतिनिधित्वसँग सम्बन्धित गम्भिर विषय हुन । यसमा मोर्चाले ध्यान दिएन । मेरो विचारमा मोर्चा प्रतिगमन तिर जाने देशको राजनीतिमा सहयोगी भएको छ । ” तसर्थ आज कुनै चुनावी मोर्चा बनाउनु भन्दा पहिला यी विषयमा गम्भिर हुनु आवश्यक ठान्दै खाली उपयोगका लागि चुनावी मोर्चाको पक्षमा नरहेका गुप्ता भन्छन,“ मधेसी पार्टीहरु यी सवालमा सहमति हुनु आवश्यक छ । आफ्नो मुद्दामा अज्ञानता, अर्को जातिय आधारमा मधेसी जनता पनि मधेसी पार्टीको पक्षमा लाग्नु, तेस्रो मधेसी पार्टीमा क्रान्तिकारी विचारको क्षयीकरण हुनु, मधेसी नागरिक समाज यी सब विषयमा अचेत हुनुको कारण मधेसी नेता र मधेसी मोर्चा चुनावी अश्वमेघका घोडा भएका छन । तिनले ठान्दछन, तिनी उपर कसैको नियन्त्रण छैन । मधेसी जनताले बाध्यताको मतदात गर्नेछन । यी परिस्थितिले गर्दा मधेसी पार्टीहरु एक प्रकारले स्वेच्छाचारी भएका छन । ” स्वेच्छाचारीको दोष म माथि पनि जान सक्दछ तर एक चोटी मेरा विगतका सबै स्टेटमेन्टहरु हेर्ने हो भने मैले मधेसी मोर्चालाई कता लान खोजेको थिएँ र मेरो जेल यात्रा पछि मोर्चा कहाँ पुग्यो यी कुरालाई विचार गर्ने हो भने सबैको नेताको भुमिका कस्तो रहयो बुझ्न सकिने गुप्ताको तर्क छ ।  चुनावबाट शक्तिशाली हुनको लागि मधेसी पार्टीले एक पार्टी, एक झण्डा र एक चुनाव चिन्हको चाहना ल्याएका हुन, मधेसी जनताले यी पार्टीको मुल्याङकन नगरी साथ दिन्छन भन्नेमा यी पार्टीहरु विस्वस्त छन । त्यसकारण यी पार्र्टीहरु मुल विषयमा नगईकन चुनावी एकताको नारा दिएर नाकारात्मक दिशा तर्फ राजनीतिलाई लाने कुरा गरिरहेका छन भन्दै गुप्ता भन्छन,“ अहिलेको एकता समग्रमा मधेसी शक्तिको एउटा जातिलाई अर्को जाति सँग गठबन्धनको दिशामा उन्मुख गराउन खोजेका छन । एउटाले एउटा जातिको संगठन अर्कोले अर्को जातिको संगठन बनाई नकारात्मक दिशा तर्फ अग्रसर गराउन खोजेका छन । अपितु यस विषयमा खुला बहस गर्नु पर्दछ र गलतलाई गलत तथा सहिलाई सही भन्ने कामको थालनी हुनुपर्दछ ।”
“मधेसमा देखिएको वर्तमान राजनीतिक अवस्थाको दुईवटा पाटो छ । मधेसमा संविधानसभाको पहिलो निर्वाचनको बेला मधेसी दल, मधेसी मुद्दा र मधेसी जनता एउटै रेखामा थिए तर अहिले दोस्रो चुनाव हुन लाग्दा मधेसी मुद्दा र मधेसी जनता एउटै रेखामा रहेपनि मधेसी दल अर्काे रेखामा छन । ”  विश्लेषक चन्द्रकिशोर झा भन्छन,“ मधेस केन्द्रित राजनीति गर्ने कुनै पनि दलको पक्षमा लहर नरहेको अवस्थामा उनीहरुको स्थिति अत्यन्त कमजोर रहेको भन्ने कुरा तिनीहरुले पनि बुझिसकेका छन । टुक्रा टुक्रामा विभाजित रहेका ति मधेसवादीदलहरुलाई मुद्दाको आधारमा पनि एक ठाउँमा आउन जनताबाट दवाव आएकै कारण मधेसी दलभित्र मोर्चा बन्दी, बिलय हुने क्रमको सुरुवात भएको छ । त्यसकारण एउटै डुङ्गामा वढी भन्दा वढी सवार हुनका लागि सबै दलले आ(आफ्नो रणनीति बनाई नेता नेता विच वार्ता पनि भईरहेका छन । ” त्यसको परिणामले कुन आकार लेला अहिले स्पष्ट नभएपनि मधेसमा कुनै पनि दलले एक्लै चुनाव नलडने भने निश्चित छ । आउँदो केही महिनामा प्रष्ट हुने छ । चुनाव जति पर गईरहेको छ ।
 गाउँमा १५ वर्ष देखि निवर्तमान गाविस अध्यक्षको भुमिकामा रहेका गाउँका मुखियालाई मधेसवादी दलहरुका लागि पाल्न गाह्रो भइरहेको छ । मंसिरमै तोकिएको मितिमा चुनाव भए त सस्तो नै छ अन्यथा चुनाव महगो हुने भापिसकेका मधेसवादी दलहरुलाई जातिय समिकरण, चुनावी समिकरण मिलाउन ठुलै अर्थ समिकरणको जोहो गर्न पनि कम कठिन काम होइन भन्दै झा भन्छन,“ खास गरेर संविधानसभाका पुर्व निर्वाचित वा मनोनित समानुपातिक सभासदहरुलाई आफ्नो पार्टीमा  प्रवेश गराउन सके यदि एलाइन्समै चुनावमा जानु पर्दा वढी भन्दा वढी सिट दावी गर्न सकिने दाउमा रहेका नेताहरुको खरिद विक्री पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।” पार्टी फुटाउन सभासद खरिद विक्रीमा व्यापक रकमको चलखेल हुने गरेको यस अघि नै सार्वजनिक रुपमै वयान दिने नेताहरुले समानुपातिक कोटामा राख्न पनि रकम लिएको कुरा छर्लङग भईसकेको अवस्थामा फेरी पनि उक्त सम्पुर्ण कुराहरुको दोस्रो भागमा मञ्चन हुने निश्चित छ ।
आय आर्जनको अवसर ‘चुनाव’
चुनाव हुने भएपछि गाउँ देखि सहरसम्म आय आर्जन गर्ने अवसर आएकोमा धेरै पक्ष खुशी भएका छन भने कतिपय पक्षलाई व्यय गर्नुपर्ने भन्दै चिन्ताले सताएको छ । गाउँमा पकड बनाएका युवा क्लवहरु, स्थानिय नेताहरु र गाउँका मुखिया तथा अगुवालाई चुनाव कमाई खाने भाँडोको रुपमा ठुलो अवसर प्राप्त भएको छ । राजनीतिक दल रहेपनि गाउँमा संगठन नै नभएको कतिपय मधेस केन्द्रित राजनीतिक दलहरुबाट ठुलो रकम चुनावकै लागि असुल गर्न सकिने दाउमा गुण्डा, ठेकेदार तथा तटस्थ देखिने स्थानिय नेताहरुमा उत्साहको संचार भएको छ । जाति, समुदाय तथा विभिन्न वर्गको नेतृत्व गर्ने तिनका अगुवाहरुलाई चुनाव नहुँदा सम्म वार्गेनिङ गर्ने अवसर मिलेको छ । यसका अतिरिक्त सहरमा त झन केही बुद्धिजिवि, नागरिक समाज, पत्रकार, शिक्षक,युवा क्लवलाई तुलनात्मक रुपमा गाउँका भन्दा वढी दाम मिल्ने निश्चित छ । यति मात्र होइन चुनावमा धाँधली गर्न तथा गराउन सिमावत्र्ती भारतमा रहेका पेसेवर अपराधी तथा गुण्डाले समेत राम्र्रै कमाई गर्ने अवसर आएको हुनुपर्दछ । यी सम्पुर्ण आयको जोहो गर्नका निम्ति चन्दा दिने चन्दा दाताको लागि भने टाउको दुखाईको विषय बनेको छ चुनाव । निजी विद्यालय, क्याम्पस, उद्योगपति, व्यापारी, चिकित्सक, निर्माण व्यवसायी लगायतका फाइनेन्सरहरुको लागि बाध्यात्मक अवस्था भएपनि चुनाव खर्चका लागि चन्दा दिनै पर्ने हुँदा अहिले देखि नै तिनीहरु त्यसका लागि चिन्तित देखिएका छन ।
३० जेष्ठमा बहुपतिक्षित रहेको संविधानसभाको दोस्रो चुनावको मिति अन्ततः खिलराज रेग्मी नेतृत्वको सरकारले घोषणा गरेको छ । मंसिर ४ गते चुनावको लागि बर्तमान सरकारले साइत जुराउन र घोषणा गर्न पनि सफल भयो । संविधान जारी नै नगरी संविधानसभाको विघटन गरेका यस अघिका बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि मंसिर ७ गते नयाँ चुनाव गराउने घोषणा गरे पनि चुनाव गराउन विफल मात्र भएनन न्यायपालिकाको प्रमुख रहेका रेग्मीलाई देशको कार्यकारी प्रमुखको जिम्मेवारी हस्तान्तरण गरें । विभिन्न राजनीतिक दलहरुले विरोध गरिरहँदा पनि रेग्मी सरकारले तोकेकै मितिमा चुनाव गराउलान वा नगराउलान, भविष्यको कुरा रहेपनि जनतामा एउटा सकारात्मक आश भने पलाएकै छ । अनिर्णयको बन्दीमा फसेको मुलुकको निकास पनि दोस्रो संविधानसभाबाट जारी हुने लिखित संविधान नै हो । तसर्थ चुनावको प्रतिक्षामा समग्र देश काठमाडौको बालुवाटारको मुख ताकेर बसिरहेको थियो । यहि मौकामै ‘आजो माजो समाजो’ भन्दै नेता तानातानमा व्यस्त नेताहरु भोली फेरी पद, भुमिका, जिम्मेवारी तथा मन्त्री खानकै लागि अवसर नपाउँदा पुनः टुक्रा टुक्रामा विभाजित नहोला पनि भन्न सकिन्न । हेक्का रहोस !