Sunday, December 22, 2013

जानकी मेडिकल कलेजमा अख्तियारद्वारा छानविन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालका बिभिन्न मेडिकल कलेजहरुले आर्थिक अनियमितता, विद्यार्थी ठगी, पूर्वाधारको कमीलगायतका समस्याहरु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । त्यसै समस्या देखिएको जनकपुरको जानकी मेडिकल कलेजमा पनि अख्तियारले छानबिन सुरु गरेको छ । अख्तियारका विभूति कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली छानविनमा संलग्न रहेको छ । टोलीमा आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत, ल्याब र फार्मेर्सी प्राविधिक र एकजना चिकित्सक रहेका छन । चिकित्सक काठमाडौँबाट आएपनि फार्मेर्सी हेर्न वीरगन्जबाट र ल्याब हेर्न जनकपुरबाट विज्ञको रुपमा लिएको बताइएको छ ।
कोइरालाका अनुसार केही कागजपत्रहरु नियन्त्रणमा लिई अनुसन्धानको क्रम जारी छ, सबै तिरबाट अध्ययन गरिएपछि वास्तविकता थाहा हुनेछ । विद्यार्थीलाई परीक्षामा अमर्यादित क्रियाकलापका लागि विशेष व्यवस्था गरिएको, कापी बाहिर लेखाएर दिने गरिएकोलगायतका आरोप कलेज सञ्चालकमाथि लगाइएको छ ।
त्यस्तै, अध्यापन र प्रयोगात्मक व्यवस्था ठीक नरहेको आरोप लगाउँदै विद्यार्थीहरुले पटकपटक कलेज बन्द र हडताल गर्दै आएका छन । सोका कारण कलेज रहेको धनुषा जिल्लाको रमदैया भवाडी गाविसमा अवस्थित अस्पतालमा दैनिक दस जना रोगीपनि जाने नगरेको पाइएको छ ।
‘अनुसन्धान सुरु भएकोछ’ कोइरालाले भने(केहि कागजपत्रहरु नियन्त्रणमा लिएका छौ । अनुसन्धानको क्रम जारी छ उनले भने(सबै तिरबाट अध्ययन गरिएपछि वास्तविकता थाहा हुनेछ । विद्यार्थीलाई चिट चोराउन विशेष व्यवस्था गरिएको, कापी बाहिर लेखाएर दिने गरिएको लगायत थुप्रै आरोप कलेज सञ्चालकमाथि लगाइएकोछ । चरम आर्थकि संकटबाट गुज्रिरहेकोछ । कलेज सञ्चालनको जिम्मेबारी लिएको सगरमाथा कन्सलटेन्टले दुई महिनापनि सञ्चालननगरि करार तोडेको बताइएकोछ ।एक सय विद्यार्थी भर्ना स्विकृति पाएको जानकी मेडिकल कलेजमा आवश्यक भौतिक पूर्बाधार, प्राध्यापक चिकित्सकको अभाव, रोगीको कमि जस्ता समस्या समान्य बनेकोछ ।
अध्यापन र प्रयोगात्मक व्यवस्था ठिक नरहेको आरोप लगाउँर्दै विद्यार्थीहरुले पटकपटक कलेज बन्द,हडतालगर्दै आएकाछन । ‘कलेजको अस्पतालमा दक्ष चिकित्सकको व्यवस्था नभएको कारण रोगीहरु जादैनन’ एक जना विद्यार्थीले पहिचान नखुलाउने शर्तमा भने(कलेजको भौतिक र शैक्षिक अवस्था नाजुक छ । अनुगमनमा आएका त्रिविका निरीक्षकहरुलाई समेत सबै ब्यहोरा जानकारी गराएको उनले बताए । तर मेडिकल काउन्सिलले गरेको अनुगमनमा कलेजको अवस्था ठिक नदेखिएकोले स्विकृतिमा ढिलाई गरिएको बताइन्छ । हाल सञ्चालनमा रहेको ८० जना विद्यार्थीको कोटालाई त्रिविविले स्विकृत गरेको कलेज प्रशासनले जनाएकोछ । कलेज रहेको धनुषा जिल्लाको रमदैया भवाडी गाविसमा अवस्थित अस्पतालमा दैनिक दस जना रोगीपनि जाने नगरेको विद्यार्थीहरुले बताए
    उनीहरुका अनुसार निरीक्षणको क्रममा भाडामा रमदैया, सपहीबाट मानिस ल्याएर बेडमा राख्ने गरिन्छ । एक दिन बेडमा रोगी बनाएर राख्दा प्रति व्यक्ति पाँच सय नगद र खाना दिने गरिन्छ । नक्कली रोगीहरु सबैलाई निरीक्षणको बेला स्लाइन पानी चढाइएको देखाउने गरिएको र निरीक्षक कलेज परिसरबाट निस्कने बितिकै सबै बेड खाली हुने गरेकोछ । कलेजले सात सय सैययाको आफ्नो अस्पताल सञ्चालनगरि विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने प्रावधान छन । तर सञ्चालकहरुले निरीक्षणको बेला मात्र भाडामा चिकित्सक लगेर देखाउने गरेको आरोप विद्यार्थीहरुको छ । वर्षमा ४ महिनापनि नियमित रुपमा कलेज सञ्चालन नहुने गरेको उनीहरु बताउँछन । कलेजको लागि चाहिने भौतिक पूर्बाधार समेत रहेको छैन । कलेजको ओपीडी सेवा सञ्चालनमा छैन । कुनै रोगको विशेषज्ञहरुको सेवा समेत उपलब्ध छैन । मेडिकल कलेजको अस्पतालमा स्थानीय नर्सिङ होम, सरकारी अस्पताल, स्वास्थ्य चौकीहरुबाट रोगी रेफर (पठाइनुपर्ने) गर्नुपर्नेमा कतैबाट रोगी रेफर हुने गरेको छैन । पायक पर्ने सिन्धुली, सिराहा, सर्लाही, महोत्तरी जिल्ला अस्पताल लगायत जनकपुर अञ्चल अस्पतालले समेत रोगी मेडिकल कलेजलाई रेफर गर्दैन ।
स्रोतहरुका अनुसार कलेजले नेपाली विद्यार्थीहरुबाट ३६ लाख डोनेशन र भारतीय विद्यार्थीहरुबाट २४ लाख भारतीय मुद्रा९नेपाली ३८ लाख४००हजार मात्र लिनुपर्नेमा नेपाली विद्यार्थीहरुबाट ४० लाख र भारतीय विद्यार्थीहरुबाट ३५देखि ४० लाख भारतीय मुद्रा लिने गरिन्छ ।


मिति ः २०७०÷९÷७

संघर्षबाट स्थापित दलहरुको बोल्ती बन्द ! –धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा

    विश्व टूेन्डमा संघर्षबाट कतिपय समुह दलको रुप लियो कतिले दलको रुप लिनु भन्दा पहिल्यै समाप्त भयो । तर दलको प्रतिस्वरुप पाएका दलहरु प्रायः सफल नै भयो । उदाहरणको लागि असफल समुह मध्ये श्रीलंकाका ‘तामिल’ र सफल समुह मध्ये साउथ अफ्रिकाका ‘मन्डेला समुह’ अर्थात ‘निग्रो’ सफलता र असफलता समुहको नेतृत्वमा भर पर्छ । नेतृत्वकर्ताको भुमिका कस्तो छ, कतिको दुरदर्शी छ, कतिको साहासी, इमान्दार, र त्यागी छ ? यही साता भौतिक शरीर त्याग गरेका नेलसन मण्डेलाको जीवन संघर्षले विश्वकै राजनीतिक वृतमा ठुलो योगदान र मार्गदर्शन दिएको छ । त्यागको राजनीति गर्ने व्यक्ति वा समुह जहिले पनि सफल हुने गर्छ । या त्यो माहात्मा गान्धी होस या नेलसन मण्डेला, या अहिलेको जल्दा(बल्दा अनुहार अरबीन्द केजरीवाल । माहात्मा गान्धीले जीवनमा कहिल्यै कुनै पद लिएन र क्षमादानको भुर्तिकै रुपमा चिनियो । उनले यति सम्म भनेका थिए कि “मलाई कसैले हत्या गरेपनि उसलाई क्षमा गर्नु ।” त्यसैगरी मण्डेलाले एक पल्ट मात्र पदभार लिए र अर्को पल्ट अरुलाई नै राष्टूपति बनाए । आफु राष्टूपति भएको बेला आफ्ना विरोधी गोरा पुर्व राष्टूपतिलाई उपराष्टूपति र सशस्त्र संघर्षमा लागेका व्यक्तिलाई गृहमन्त्रि बनाए । यसले वहाँको दुरगामी दृष्टीको साथै त्याग इमान्दारीतालाई पुष्टि गर्छ । उनी चाहेको भए आजिवन पदमा रहन सक्थे होला तर उनले यस्तो गरेन । बरु प्रतिद्वन्दी लगायत सबैलाई समेटेर दुनियाकै मुटुमा  राज गरे ।
    भन्नुको तात्पर्य नेपालका संघर्षरत दल लगायत अन्य दलहरु पनि मण्डेला र गान्धी जस्ता महापुरुषहरुको मार्गदर्शनमा चल्नुपर्ने अवस्था छ । तर विड्म्बना अहिलेको वर्तमान चुनावको परिणामले नै नेपालको अस्थिरता झल्काई रहेको छ । एक पल्ट चुनावलाई नियाल्दा, विभिन्न वाधा अड्चनका बीच दोस्रो संविधानसभाको चुनाव ऐतिहासिक रुपमै सफल भयो । र चुनावको परिणामले नेपाली कांग्रेसलाई प्रथम स्थान, नेकपा एमालेलाई दोस्रो स्थान, एकिकृत माओवादीलाई तेस्रो स्थान, तथा मधेसवादीलाई चौथो स्थान दिए । जसले देशको राजनीति वृतमा ठुलो चहलपहल मच्चाएको छ । संविधानसभाको चुनाव, संघियता तथा गणतन्त्रको मुद्दालाई केन्द्रित गरी स्थापित भएका राजनीतिक दल ए.माओवादी र मधेसवादी पछाडि परेकाछन तर त्यस मुद्दालाई समयको माग संगै समर्थन गरेका दलहरु प्रथम र द्धितिय भएका छन । त्यसैले यो चुनावको परिणाम कांगे्रस र एमालेका लागि अग्निपरीक्षा भएको छ । किनभने यी दुवै दललाई मधेस, पहाड र हिमाल सबै क्षेत्रबाट त्यतिकै सहयोग मिलेको छ । त्यहि संघीय गणतन्त्रात्मक संविधानको आशमा । अब उनीहरु कतिको खडा उत्रन सक्छ त्यो हेर्न बाँकी छ । सबैलाई समेटन सके भने अग्निपरीक्षा पास हुन्छ सकेन भने त्यही अग्निमा स्वाहा हुने सम्भावना त्यतिकै छ । त्यसैगरी ए.माओवादी लगायत सम्पुर्ण मधेसवादी तथा संघीयता पक्षधरवादीलाई नेपाली जनताले वनवास दिएका छन । जसका विभिन्न कारणहरु छन जो हामी पछि चर्चा गर्छौं । यी दलहरुलाई जनताले सन्यम र इमान्दार हुन बन पठाएका छन । कि त्यहाँबाट हाम्रो मुद्धालाई मात्रै अर्जुन दृष्टिले हेरेर सहयोग गरोस न कि साना(तिना कुरामा अल्झोस ।
    प्रत्येक तर्फ २४० सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा कांग्रेस १०५, नेकपा एमाले ९१, एकिकृत माओवादी २६, मधेसवादी १२, राप्रपा ३,, स्वतन्त्र २ र नेमकिपा १ प्राप्त गरेका छन । जुन परिणामलाई विभिन्न अडकल बाजीका आधारमा विश्लेषण गरिदैछ । माओवादी लगायत केही मधेसवादी दलले भन्छ चुनावको मतगणना परिक्रियामा धाँधली भयो, कांग्रेस र एमालेले भन्छन जनताले देश जोगाउने अभिारा हामीलाई दियो, राप्रपाले भन्छ जनताले राजसंस्था सहितको हिन्दु राज्य चाहेको छ । यस्ता विभिन्न दलगत दलिल हुँदा हुँदै विद्धानहरुका वहस फेरी अल्लगै छ । केही कलम विलासी विद्धानहरुको तर्कमा पहिलो संविधानसभाको चुनावमा माओवादी डर(त्रास देखाएर र मधेसवादी मधेस आन्दोलनका नाममा वढी सिट जितेका थिए । तर तिनीहरु जनभावना अनुसार काम गर्न सकेन । जनतालाई स्थायी शान्ति दिन सकेन र नयाँ संविधान पनि दिएन । बरु विभिन्न साना तिना विवादमा मुद्धी रहे । त्यसैगरी मधेसवादी दलहरु सत्ता लिप्सामा लागेर पार्टी फोडा(फोर कार्यक्रम गर्दै रहे अन्ततः मुद्धा भन्दा मुद्धाका लागि विभिन्न विवादमा पर्दै रहे र एक अर्काका अस्तित्व र आदर सम्मान विर्सिदै गए । जसका परिणाम स्वरुप यी दुवै शक्तिको दुर्दसा भयो । विश्व इतिहासमै लामो समय दुवै शक्तिको दुर्दशा भयो । विश्व इतिहासमै लामो समय सम्म पदमा वस्नेलाई जनताले याद राख्दैन बरु त्याग गर्नेलाई राख्छ । राख्छ । यो कुरालाई नेपाली नेताहरुले हेक्का राख्छु पर्ने छ ।
सुक्ष्म विश्लेषण गर्दा माओवादी र मधेसवादीको शक्ति क्षयमा विदेशी कुटनितिज्ञहरुको पनि सहयोग छ । मित्र राष्टूहरुले पुनः पुरानै शक्तिहरुलाई स्थापित गर्न चाहेको कुरा विगतका केही घटना परिघटना लगायत चुनाव दरबीयानका भुमिकाले प्रस्ट गर्छ । निर्वाचन आयोगले ५७ वटा गैर सरकारी संस्थालाई चुनाव पर्यवेक्षणको जिम्मेवारी दिए पनि दातृ संस्थाहरुले धेरै जसो संस्थालाई आर्थिक सहयोग गरेन । जसले गर्दा धेरै संस्थाहरु प्रभावकारी पर्यवेक्षण गर्न सकेन र कतिपय संस्था त असमर्थ नै भए । त्यो कुराले शंका उब्जाएको छ कि कहिँ ती दातृराष्टू तथा संस्थाको मनसाय गलत त थिएन । तर जे होस यो चुनाव देखावटी रुपमा ऐतिहासिक नै भएको हो । यस चुनावको परिणामबाट कति व्यक्ति, समुदाय र पार्टी भयभित भएका छन कि कहीं संविधानसभाका मुल मर्म अपहरित त हुने होइन ! विना स्क्लेटनको संविधान त आउने होइन । किनभने संविधान सभाको मुद्धा उढाउने दलहरु यसपाली बनवास पठाइएको छ । जहाँबाट उनीहरु बोल्न त सक्छ तर गर्न केही सक्दैन ।
ए.माओवादीको वर्तमान अवस्थाका प्रमुख कारक तत्वहरु उनका आफ्नै पार्टीभित्रका अन्तरकलह, कार्यकर्ताहरुको गैरजिम्मेवारीपना, पहिलो संविधान सभाको असफलता र सत्तामा बस्दै आएको व्यक्तिहरुसँगका मिल्दा जुल्दा समुहको इष्र्या र विरोध ए.माओवादीबाट अलग भएका नेकपा माओवादी( वैद्य समुह)को असहयोग नीतिले गर्दा ठुलो घाटा भयो । वैद्य समुहका कार्यकर्ताहरुले चुनावलाई बहिष्कार मात्रै गरेन बरु ए.माओवादीका प्रमुख प्रतिद्वन्दीहरुलाई सहयोग पनि गरे । साथै उनका आफ्ना कार्यकर्ताहरु समाजमा आफ्नो पहिचान राम्रो बनाउन सकेन । सत्तामा भएका बेला व्यक्तिवादी भई काम गरे जसले गर्दा आम जनताको विश्वास र आस्था अझ टुट्यो । किनभने आम जनताको अपेक्षा ए.माओवादी माथि वढी थियो । त्यो पनि अरु दल झै भए । त्यसैगरी पहिलो संविधान सभामा जनताले माओवादीलाई पहिलो दल बनायो । तर माओवादीले जनतालाई नयाँ संविधान दिन सकेन भन्ने धारणा आम जनताको हुन गयो । र जनता दुःखी भए । अर्को मुख्य कारण माओवादीले सबै पछाडी पारिएका समुदायलाई समेटन खोज्यो जसले गर्दा सत्ताधारी समुदायका व्यक्तिहरु माओवादीका घोर विरोधी भए । विशेषगरी मधेसवादीसँगको सहकार्यता उनका लागि घातक भए किनभने मधेस आफैमा एउटा ठुलो शक्ति हो । जसलाई छायोमा पारेर सत्ताधारीहरु हुकुमत चलाई रहेका छन । तर माओवादीले मधेसवादीलाई प्रकाश दिन खोजे जसका कारण मधेस विरोधी समुदाय उनका असहयोगी भए र मधेसका विरोधमा आवाज उठाउनेहरुलाई साथ दिए ।
 वास्तवमा, दोस्रो संविधानसभाको चुनावमा जो(जो मधेसका पक्षमा वढी वकालत गर्यो त्यसलाई यस पालीको जनमतले मुख बन्द गरिदियो । समग्रमा भन्दा मधेसको पक्षमा बोल्ने बोल्ती बन्द भयो । यस्तो किनभने यो एउटा अनुसन्धानको विषय हुन सक्छ । राष्टिूय तथा अन्तराष्टिूय सौंयको तहद मधेसलाई कमजोर बनाइदै छ । चुनावमा कांग्रेस(एमालेले पनि मधेशी नेतालाई प्रतिद्वन्दी बनाई मधेसवादी नेताहरुलाई परास्त गरे । ती नेताहरु मधेसमा घोषणापत्रको म्यान्डेड भन्दा जनताले चाहेको विकास र संविधानका कुराहरुको परिकल्पना रुपी महल बाँडेर आएका छन । अब हेर्नु छ उनीहरु आफ्ना पार्टीभित्र कतिको सामना गर्छ । तर मधेसवादीका दुरदशाका प्रमुख कारणहरु दलको फुट, एक अर्काको विरोध र निषेध, जातिय राजनीति, सत्तामोह, नातावाद, कृपावाद संगै लुटतन्त्रमा लाग्नु, पहिलो संविधानसभामा प्रभावकारी भुमिका खेल्न नसक्नु, स्थानिय स्तरमा विकास गर्न नसक्नु लगायतका विभिन्न कमी(कमजोरीलाई लिन सकिन्छ । कतिपय नेता तथा दलले जनताको पक्षमा काम गरे पनि जनतालाई बुझाउन नसक्नु पनि एउटा कमजोरी बन्यो । जस्तो की रामसपाका अध्यक्ष शरत सिंह भण्डारीले मधेसी यूवालाई नेपाली सैनिकमा विशेष अधिकार दिई प्रवेश गराउनुपर्छ भन्ने विचारकै कारण रक्षामन्त्रि जस्तो पद त्याग्नु पर्यो तर दुर्भाग्य कहिले नहार्ने नेता यस पाली दुई(दुई ठाउँबाट नराम्ररी हारे । यसले के अर्थ दिन्छ भने जसले मधेसको पक्षमा बोल्छ त्यसलाई मधेशले लखेटछ । जसरी वेदानन्द झा र गजेन्द्र सिंहलाई लखेटे । त्यसैगरी यस पटक संघर्षबाट स्थापित दलको बोल्ती बन्द भएको छ ।
     दोस्रो संविधानसभाको चुनाव संविधानका मुद्दा भन्दा विकासका मुद्दाका आधारमा भयो । तर वास्तवमा चुनाव संविधानको लागि भएको हो । तसर्थ सहमतिको राजनीतिको आधारमा सर्वसहमतिबाट सारा नेपालीले स्वीकार्ने र मनपराउने संविधान जारी हुनुपर्छ । जसको प्रमुख जिम्मेवारी कांग्रेस र एमालेलाई जनमतले दिएको छ । कांग्रेस र नेकपा एमालेले माओवादी र मधेसवादीको मुद्दालाई समेटेर संविधान जारी गरे भने उनीहरु नेपालको राजनीति वृतमा नायव हुन्छ । नत्र भन्न सकिदैन । त्यसैगरी नेकपा एमाओवादी र मधेसवादीहरु मतगणना परिक्रियाको विरोध भन्दा जनमतलाई सम्मान गर्दै जनभावना अनुसारको संविधान बनाउनमा रचनात्मक भुमिका खेल्नुपर्छ । धैर्यता तथा सन्यमताका साथ पछाडि पारिएका वर्गका लागि आवाज उठाउनु पर्छ । संघीय गणतन्त्रात्मक र समावेशी राज्य बनाउन सत्ताधारी चुके भने त्यस्तो ठाउँमा अडान लिनुपर्छ र जनतामा जानुपर्छ । अनि मात्र १० वर्ष जनयूद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, थारु आन्दोलन लगायतका आन्दोलनको सम्मान हुन्छ । हजारौं शहिदहरुको सम्मानका लागि सबै सार्थक संघीयता पक्षधरहरु एकजुट हुनुपर्छ । यस पालीको चुनावले पछाडि पारिएका वर्ग, समुह र समुदायहरुको पक्षमा परिणाम दिनसकेको छैन । यस कुरालाई राप्रपाको वढ्दो सिटले पुष्टि गरिसकेको छ । तसर्थ साँच्चिकै जनभावनाको कदर गर्ने दल तथा नेताहरु साना तिना लोभ र मुद्दामा नअल्झेर दिगो, विश्वासिलो र समावेशी संविधान बनाउनमा सहयोग गर्नुपर्ने छ ।


मिति ः २०७०/९/७

पुनर्जीवनको पर्खाइमा जिर्ण ‘सार्वजनिक पुस्तकालय’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


कुनै पनि समाजको वौद्धिक स्तर कस्तो छ , चेतनाको स्तर कति माथि उठेको छ भन्ने जान्नको लागि सबै भन्दा ठुलो मापदण्ड के हो भने त्यहाँको सार्वजनिक पुस्तकालयमा कति मानिस आइरहेका छन, या पुस्तकहरुप्रति मानिसको कतिको लगाव रहेको छ भन्ने प्रश्नको उत्तरबाट खोज्न सकिन्छ । यदि पुस्तकालय प्रति मानिसहरुको लगाव तथा अभिरुचि वढीरहेको पाइन्छ भने त्यहाँको समाजको चेतनाको स्तर पनि स्वभाविक रुपमा माथि उठेको बुझ्न सकिन्छ तर यदि त्यहाँको समाज पुस्तकालय प्रति उदासिन छ र उपेक्षाको भाव राख्दछ भने उक्त समाजले आफुलाई चाहे जति सुकै बौद्धिक रहेको दावी किन नगरोस् त्यहाँ आम मानिसको चेतनाको स्तर उठेको मानिदैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । यद्यपि केही बुद्धिजीवीको त्यसलाई एउटा क्लास भन्न सकिन्छ । जनकपुरका वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले द एक्सक्लुसिभसँगको कुराकानीमा उक्त अभिव्यक्ति दिएका हुन । निश्चय पनि समाजमा चेतनाको स्तर माथि उठाउन त्यहाँका सार्वजनिक पुस्तकालयको अति नै महत्वपुर्ण योगदान रहन्छ । तर २०१२ सालमा स्थापित जनकपुरको सबैभन्दा पुरानो सार्वजनिक पुस्तकालय सम्बन्धित निकायको उपेक्षाका कारण दिन प्रतिदिन जिर्ण बन्दैगएको छ । यति सम्म कि उक्त पुस्तकालयको संचालन र संरक्षण गर्ने जिम्मेवारी लिएको जनकपुर नगरपालिकाको कार्यालयले समेत चासो राख्न छोडेपछि गत ५ वर्ष देखि बन्द रहेको थियो ।
तत्कालिन यूवाहरु कुशेश्वर लाभ, यूगेश्वर लाभ, धु्रवनारायण लाल र गौरीनारायण मल्लिक लगायतको एक जागरुक समुहले जनकपुरको बौद्धिक विकास र चेतनाको स्तर अभिवृद्धिका लागि भनेर आफ्नो नीजि लगानीमा केही पुस्तकहरु किनेर विक्रम सम्बत २०१२ सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरेका थिए । नेपालको १ सय ४ वर्षे जहानियाँ राणा शाषणको विरुद्धमा सक्रिय रहेका तत्कालिन टंकप्रसाद आचार्य नेतृत्व रहेको प्रजापरिषदका समेत सदस्य रहेका कुशेश्वर लाभ लगायतको एक समुह जनकपुरमा पनि सक्रिय थिए । इङलेन्डको व्रिटिस काउन्सिलबाट प्रकाशित हुने अखबार ‘लण्डन प्रेस सर्भिस’ जनकपुरमा आउँदा उक्त पत्रिकाको अन्तिम पृष्ठको खाली भागमा लेथो मेसिनले राणा शाषणको विरुद्ध प्रचार लेखेर पत्रिका वितरण गर्दथ्यो उक्त समुहले । २००७ सालमा नेपालमा प्रजातन्त्रको वहाली भएपछि जनकपुरका नागरिकको चेतनाको स्तर अगाडी बढाउने उद्देश्यले ती जागरुक यूवाहरुको समुहले २०१२ सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरेका थिए ।
पञ्चायतकालमा जनकपुरमा अहिलेको जस्तो त्यति ठुलो संख्यामा पत्र(पत्रिकाको प्रकाशन वा वितरण हुँदैनथ्यो । पुस्तकहरुपनि सहज रुपमा उपलब्ध हुँदैनथ्यो । विगत ३० वर्ष देखि उक्त पुस्तकालयमा काम गर्दै आएका कर्मचारी चन्द्रकिशोर लाभ भन्छन,“ पुस्तकालयमा देश विदेशबाट प्रकाशित हुने पुस्तक र पत्रिकाहरु पढन नियमित रुपमा मानिसहरु आउँथे । पुस्तकालयको सदस्यता वापत १० रुपैयाँ धरौटी लिइन्थ्यो । २ रुपैयाँ मासिक शुल्क तिरेर पाठकहरु नियमित सदस्य बनेका थिए ।”त्यस समयमा जनकपुरका ५० देखि १०० सम्मको संख्यामा जागरुक यूवाहरुको समुह नियमित पुस्तकहरु पढन आउँथे । तर अहिले उक्त संख्या १० देखि २० मा झरेको छ । विगतको भन्दा अब पुस्तकालय प्रति मान्छेको रुचि घटदै गएको छ । २०३३ साल देखि उक्त पुस्तकालयको पाठक रहेका जनकपुर(१०का निवासी विजय किशोर लाभ भन्छन,“त्यसबेला सार्वजनिक पुस्तकालयमा सोभियत भुमि, सोभियत संघ र रुसि पत्रिकाहरु पनि आउँने गथ्र्यो । विभिन्न किसिमका उपन्यासहरु, धार्मिक , साहित्यीक र राजनीतिक पुस्तकहरु थियो । अझ भारतीय राजदुतावासले भारतमा प्रकाशित भएका धार्मिक, साहित्यीक र ऐतिहासिक पुस्तकहरु दिने गथ्र्यो ।” ४ हजार भन्दा वढीको संख्यामा पुस्तकहरु रहेको उक्त पुस्तकालयमा अहिले २ सय पनि किताव नहुँदा अत्यन्तै पिडा बोध गर्दै लाभ भन्छन,“ पुस्तकालयको महत्वलाई जनकपुर नगरपालिकाले प्राथमिकतामा नराख्नु आउँदो पुस्ताको लागि दुर्भाग्यपुर्ण अवस्था हो ।”         त्यतिबेला कुनै सभा वा वैठक गर्नका लागि पनि पर्याप्त ठाउँहरु नभएको बेला पुस्तकालयलाई प्रयोग गरिन्थ्यो । उक्त पुस्तकालयमा पञ्चायत कालमा महिला दिवस मनाइरहेका स्थानियवासीहरु महाविर सिंह, ललन राय, मदन थापा, सितानन्दन राय, रामअषिश महासेठ र रामनगिना सिंहलाई तत्कालिन प्रशासनले गिरफ्तार नै गरेको लाइव्रेरियन लाभ सम्झनछन । क्रान्तिकारी विचार बोक्ने परिवर्तनकारी युवाहरु  नियमित रुपमा पुस्तकालयमा जाने ग¥थे । तर आज उक्त पुस्तकालय प्रति स्थानिय वासीको समेत उपेक्षा रहेको देखिन्छ । जनकपुरका अर्थशास्त्र विषयका प्राध्यापक डा. सुरेन्द्र लाभ भन्छन,“ जनकपुरको सार्वजनिक पुस्तकालयसँग मेरो भावनात्मक लगाव पनि छ । आफ्नै पिताले पुस्तकहरु किनेर स्थापना गर्नुभएको पुस्तकालयको दुरावस्था हेर्दा मन खिन्न भएको छ ।”
    पछिल्लो ५ वर्ष देखि बन्द रहेको उक्त पुस्तकालय पुनः संचालन गर्नका लागि २१ फागुन २०६९ मा एउटा संचालक समिति गठन गरियो । उक्त समितिको अध्यक्षमा विपति मण्डल, उपाध्यक्षमा विजय यादव, महासचिवमा डा. संजय गुप्ता, कोषाध्यक्षमा बलराम मण्डल, सदस्यहरुमा युवराज खाँति, ललन चौधरी, शंकर राय, अजय सिंह र रामपुकार राय चयन गरियो । लागु औषध सेवन गर्नेहरुको र दिसापिसाव गर्नेहरुको अखाडा बनि सकेको उक्त पुस्तकालयलाई उक्त समितिले आफ्नो प्रयासबाट पुनः संचालनमा ल्याए । अहिले उक्त पुस्तकालयमा केही राष्टिूय अखबार र स्थानिय अखबार मात्र आउने गरेको छ । पुस्तकालयमा पुस्तकहरु छैनन । गंगासागर र धनुषसागरलाई सौन्दर्यीकरण गर्न घाट निर्माण गर्न वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पुस्तकालयलाई नै गोदामको रुपमा प्रयोग गरेपछि भएका पुस्तकहरुपनि गायव भयो । पुस्तकालय परिसरमा संचालक समितिले सरसफाई तथा फुलहरु रोपे पनि बाटोमा (पोखरीको डिलमा) स्थानियवासीहरुले गर्ने दिसा पिसावका कारण उक्त क्षेत्र नै सार्वजनिक पुस्तकालयको सट्टा खुल्ला सार्वजनिक शौचालयको रुपमा प्रयोग भइरहेको छ । संचालक समितिका अध्यक्ष विपति मण्डल भन्छन,“आफ्नो नीजि लगानीमा हामीले पुस्तकालयलाई बासले घेरा लगाएका छौं । वृक्षारोपण गरेका छौ । अब नगरपालिकाले पुस्तकको संख्या बढाउन र पुस्तकालयलाई थप उपयोगी वनाउन ध्यान दिनुपर्छ ।”
    हुन त जनकपुर नगरपालिकाका इन्जिनियर विरेन्द्र यादवले पुस्तकालय प्रति गम्भीर ध्यान दिने प्रतिवद्धता गरेको भएपनि कुनै कार्य नगरेको मण्डलले गुनासो व्यक्त गरे । सन् १९४७ अघि भारतमा पुस्तकालय स्थापनाको लागि आन्दोलन नै भएको थियो । जनतामा जागरुकता नभएसम्म लोकतन्त्र पनि सफल हुन सक्दैन ।  रुसेको पुस्तकमा उल्लेख भएको ुम्झयअचबअथ ष्क तजभ mयकत उभचाभअत कथकतझ या नयखभचलmभलत दगत ष्त ष्क लयत mभबलक ायच जगmबल दभष्लनकस ष्त ष्क mभबलक ायच नयमक।ु अभिव्यक्ति दोहो¥याउँदै डा. विमल भन्छन,“परम चेतना भएमात्र देशमा लोकतन्त्र सफल हुन्छ र त्यसो नभएको अवस्थामा अर्थात जनताको चेतनाको स्तर अगाडी नवढेको अवस्थामा साम्यवाद वा लोकतन्त्र धरापमा पर्छ र एउटा ‘डिक्टेटरसिप’,‘फासिस्ट’ को जन्म हुन्छ ।” त्यसकारण समाजमा स्वाधिनता भनेको के हो, सामाजिक कुरुति, राजनीतिक विकृति वा तमाम विसंगतिका अन्य आयामहरु हटाउनका लागि समाजमा ज्ञान र बौद्धिकता प्रसार हुनु आवश्यक हुन्छ भन्दै डा. विमल भन्छन,“भारतीय मिसनले निर्माण गराएको उक्त भवन निर्माणका क्रममा मैले पनि इट्टा बोकेको छु । मकेश्वर बाबु (मकेश्वर प्रसाद सिंह) ले मलाई पनि इट्टा बोकाउनु भयो । अझ मैले कक्षा ८ का लागि लेखेको पुस्तक पनि उक्त पुस्तकालयमा राखिएको थियो ।” आफ्नो बुवाले एउटा अभियान तहत स्थापना गर्नू भएको उक्त पुस्तकालयको दुरावस्था देख्दा वा सम्बन्धित निकायको निरासा देख्दा धेरै चिन्ता भएको भन्दै विमल भन्छन,“ भारतमा पुस्तकालय स्थापनाका लागि गरिएको आन्दोलन झैं अब देशैभरी फेरी आन्दोलन वा अभियान पुस्तकालयको पुनःस्थापनाका लागि चलाउनु पर्छ र त्यसको नेतृत्व अहिलेको पुस्ताले लिनु पर्छ ।” प्राज्ञ रामभरोस कापडी भन्छन,“पुस्तक लेखकका लागि वा सन्दर्भ ग्रन्थका लागि पनि पुस्तकालयको अत्यन्त महत्व हुन्छ तर जनकपुरमा पुस्तकालयको दुरावस्था देख्दा यहाँका बौद्धिक समाज कत्तातिर गइरहेको छ भन्ने चिन्ता भएको छ ।” जिर्ण बन्दै गइरहेको पुस्तकालयलाई पुनर्जिवन प्रदान गर्नू अत्यन्त आवश्यक रहेको भन्दै बुद्धिजीवी डा. सुरेन्द्र लाभ भन्छन,“अहिले नयाँ कन्सेप्ट अनुसार ‘इ(लाइव्रेरि’ स्थापना गर्न जनकपुर नगरपालिका अग्रसर हुनुपर्छ ।”

मिति ः २०७०÷९÷७

अव्यवस्थित र कुरुप शहर ‘जनकपुर ’




अजय अनुरागी
जनकपुरधाम............

विगतका दशकहरुमा नेपालका कतिपय शहरहरुले विकास र समृद्धिको बाटोमा फडको हानिरहेको भएपनि नेपालकै प्राचीन शहरहरु मध्येका एक ‘जनकपुरधाम’ दिन प्रतिदिन अव्यवस्थित, कुरुप र फोहर शहरको रुपमा परिचय बनाइरहेको छ । विक्रम सम्बत २०१६ सालमा स्थापना भएको जनकपुर नगरपालिकाको धार्मिक, ऐतिहासिक र राजनीतिक इतिहास भएपनि विकासको नाउँमा उक्त शहर झन झन पछि परिरहेको छ । ११ सय ८० वर्ग किलोमिटर क्षेत्रफल रहेको धनुषा जिल्लाको एक मात्र शहरको रुपमा रहेको जनकपुर नगरपालिकाको हाल बेहाल भएको छ ।
कुनै पनि क्षेत्र शहर हुनका लागि न्यूनतम भौतिक, सामाजिक, प्रशासनिक र जनसांख्यिक पुर्वाधारहरु पुरा भएको हुनुपर्दछ । यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, शान्ति सुरक्षा, फोहर व्यवस्थापन, व्यवस्थित आवास प्रणाली, ढल निकास, खाद्य सुरक्षा, उपभोक्ता अधिकार आदि कुराहरुको सुनिश्चितता व्यवस्थित शहरको पहिचान हो । यस अर्थमा शहरी सेवाको व्यवस्थापन भनेको शहरका न्युनतम सेवा तथा सुविधाहरुको मान्य गुणस्तरमा व्यवस्था, प्रवाह, नियमन र अनुगमन तथा मुल्याङकन द्वारा शहरी नागरिकमा संतुष्टि प्रदान गर्ने प्रक्रिया हो । शहरी सेवाको व्यवस्थापनमा विभिन्न पात्रहरु संलग्न रहन्छन । उच्च राजनीतिक एवम प्रशासनिक नेतृत्व नीति निर्माताको रुपमा शहरी सेवा व्यवस्थापनमा हुन्छ भने आम नागरिक सेवाको मागकर्ता र उपभोक्ताको रुपमा संलग्न हुन्छन । व्यवस्थित शहरी विकासको अभावमा अव्यवस्थित र असुरक्षित आवास, सांघुरा सडक र ढल व्यवस्थापनमा समस्या देखिएको छ । दीर्घकालिन योजनाको कमिले गर्दा खानेपानी आपुर्ति र फोहर व्यवस्थापनको समस्या कहाली लाग्दो छ । विद्युत आपुर्तिमा देखिएको समस्याले उत्पादन, रोजगारी, आम्दानी, सेवा प्रवाह, उद्योगधन्दा र पेसा व्यवसाय सवै क्षेत्र घरासायी बन्दै गएका छन । सडकहरुको विस्तार हुन नसक्दा टूाफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गइरहेको छ । सडकहरुको मरम्मत सम्हार नहुँदा सडक दुर्घटना वढेका छन । वातावरण प्रदुषन रोक्न कुनै प्रयास भएको देखिँदैन । खेल मैदान, पार्क, खुल्ला स्थान, सार्वजनिक शौचालय, विश्राम स्थल, अनाथालय, वृद्धाश्रम, सभाहल, सार्वजनिक भवन आदिको यथेष्ट व्यवस्था हुन सकेको छैन । पुरातात्विक, सांस्कृतिक, धार्मिक, एवम ऐतिहासिक धरोहरहरुको रुपमा रहेको यहाँका मठ(मन्दिर, पोखरी, सरोवरहरुको संरक्षणका सट्टा विनास हुने क्रम तिव्र छ । सार्वजनिक सेवाका लागि सरकारी निकायहरुमा नागरिकहरुले सुशासनको प्रत्याभुति गर्न सकिरहेका छैनन । कालोबजारी र कृत्रिम अभावबाट उपभोक्ताहरु प्रताडित छन । खाद्य सुरक्षा र ठगी नियन्त्रणको अभाव छ । स्वास्थ्य, शिक्षा जस्ता नागरिकका मौलिक हकका रुपमा स्वीकारिएका आधारभुत सामाजिक सेवाहरुको व्यापारिकरण हुँदा तिनमा सर्वसाधारणको पहुँच स्थापित हुन सकेको छैन । बाटोमा हिडदा कहि कतै खानेपानीको व्यवस्था हुँदैन भने शौचालयको नितान्त अभाव देखिन्छ । फोहरै फोहर रहेको शहरमा हिडदा धुलाम्य सडकका कारण मान्छे दिन प्रति दिन विरामी परिरहेका छन । सवारी साधन लिएर बाटोमा हिडदा छाडा चौपाया र जिर्ण सडकका कारण दिन प्रति दिन सवारी दुर्घटना हुने खतरा देखिन्छ । वर्षातको मौसममा ढल व्यवस्थापनको अभावमा सडक जलमग्न र हिलाम्य रहन्छ । घरमा जाँदा लामखुट्टेले नागरिकलाई बस्नका लागि दिनमा पनि मच्छर जाल लगाउनु पर्ने बाध्यता छ । घर बनाउँदा सार्वजनिक बाटो च्यापने, घर भन्दा सडकको स्तर माथि हुनु, नाला निर्माण पहिले नगरी सडकमा माटो ग्राभल भर्ने तथा घरको पानी सडकमा खन्याउने, घर निर्माण गर्दा घरको उचाई उछिन्ने प्रवृति, यी सव अवस्थाहरुले जनकपुरमा शहरी सेवा व्यवस्थापन अत्यन्तै अव्यवस्थित र कमसल भएको सावित गर्दछन । जनकपुर नगरपालिकाका पुर्व कार्यकारी अधिकृत राजकिशोर साह भन्छन,“ जनकपुर शहरको दुरदशाका कारण नागरिक जनकपुर छोडेर पलायन हुने क्रम तिब्र भएको छ । शिक्षित वर्गहरु शहरमा पाउने सेवा र सुविधा नपाएपछि अन्य शहर तिर सिफ्ट हुन थालेका छन ।”
जनकपुर नगरपालिकाको सवारी साधनको दुरुपयोग ः १३ मंसिर २०७०, साँझ ५ः३० को समयमा जनकपुर–४ स्थित कृषि बजारबाट नारिवल र अन्य सामग्रीहरु ढुवानी गर्दै नगरपालिको ना.अ.प. ७५८ नम्बरको टिपरमा नगरपालिकाका चालक (बायाँ) । नीजिलाभका लागि यसरी नै नगरपालिकाका अन्य सर–सफाइका सवारी साधनहरुको चालकले दुरुपयोग गरी भाडामा लगाउने गरेका छन ।

करिब दुई दशक देखि स्थानिय निकाय जनप्रतिनीधि विहिन भएका कारण कर्मचारीहरुमा कामै नगरी विकासका लागि आएको रकम भ्रष्टाचार गर्ने प्रवृतिका कारण शहरको विकास हुन नसकेको हो । पुर्वकार्यकारी अधिकृत साहको बुझाईमा यहाँका जनप्रतिनिधिहरु एक त बजेट नै तान्न नसक्ने, बजेट ल्याएपनि माटो, ग्राभल, खानेपानी, दलान इत्यादीको नाउँमा दुरुपयोग गर्ने प्रवृति पनि जनकपुर विकासको वाधक रहेको हो । राजनीतिक दल, स्थानियवासी र कर्मचारी लगायतका सरोकारबाला निकायहरुको इच्छा र रुचि नै नदेखिएपछि भ्रष्टाचारले चरम सिमा नाघिसकेको छ । जनशक्तिको नाउँमा जनकपुर नगरपालिकामा कुल स्वीकृत दरबन्दी संख्या १ सय ८३ रहेको छ तर साह भन्छन,“ नगरपालिकामा रहेका अधिकांश जनशक्तिहरु सिपविहिन र अदक्ष तथा आउट डेटेड छन । काम नलाग्ने पुराना कर्मचारीहरुलाई विदा वारी गरेर नयाँ भ्याकेन्सी आह्वान गरेर दक्ष तथा उर्जावान जनशक्ति ल्याएर विकास निर्माणका लागि अगाडि बढनु पर्छ । अन्यथा नगरपालिकाको हाल झन वेहाल हुने
२६ डिग्री ४४ मिनेट उत्तरी अक्षांस र ८५ डिग्री ५६ मिनेट पुर्वी देशान्तरमा समुद्री सतह देखि ९० मिटर उचाईमा रहेको ऐतिहासिक शहर जनकपुरको हाल बेहाल बन्दै गएको छ । राजा जनकको कर्मभूमी तथा जगत जननी जानकी माताको जन्म स्थलको रुपमा रहेको जनकपुरधामको बारेमा रामायण, वेद, पुराण, उपनिषद र मिथिला महात्मयमा धार्मिक महत्व दर्शाएको पवित्र धार्मिक तिर्थ स्थलको रुपमा व्याख्या गरिएको पाइन्छ । ऐतिहासिक, धार्मिक महत्व र आस्था बोकेको थुप्रै मठ मन्दिर र सरोबर एवम पोखरीहरु भएको कारणले प्राचिन मिथिला नगरीको राजधानीको रुपमा जनकपुरधाम देश विदेशका हिन्दु एवम श्रद्धालु भक्त जनको लागि पवित्र तिर्थस्थल रहेको छ । जानकी मन्दिर, राम मन्दिर, राजा जनकको मन्दिर, मणि(मण्डप, मठ(मन्दिर तथा कुट्टीहरु, धनुष सागर, गंगासागर, महराज सागर, अंगराजसर लगायतका दर्जनौ सरोवरहरु पनि जनकपुर नगरपालिका भित्र पर्दछ । विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, झुला, अन्तःगृह परिक्रमा, छठपर्व तथा प्रत्येक महिना लाग्ने पुर्णिमा मेलामा यहाँ देश विदेशका हजारौ श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । राष्टिूय जनगणना २०६८ अनुसार जनकपुर नगरपालिकामा कुल १७ हजार २ सय १० घर संख्या अन्तरगत कुल २२ हजार ६ सय ७९ परिवार संख्या रहेका छन । त्यसैगरी ४६ हजार ९ सय ७८ महिला र ५६ हजार १ सय ५ पुरुष गरी कुल १ लाख ३ हजार ८३ जनसंख्या रहेको जनकपुर नगरपालिकाको जनघनत्व पनि दिन प्रति दिन वढदै गएको छ । सबैभन्दा वढी १६ हजार ८८ जनसंख्या वडा नं. ४ मा छन भने १० हजार ६ सय ९६ जनसंख्या वडा नं. १ मा पर्छन भने सबै भन्दा कम जनसंख्या १ हजार ८ सय ९९ वडा नं. ३ मा छन । घर तथा भवनहरुको तथ्याङक हेर्दा सबैभन्दा वढी वडा नं. ४ मा २ हजार ८ सय ५१ र सबैभन्दा कम ३ सय ४७ वडा नंं. ३ मा पर्छ ।
सडकको हाल बेहाल

जनकपुर नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार जनकपुर नगरपालिका क्षेत्रमा ४.६ किलोमिटर राजमार्ग, ५.५ किलोमिटर परिक्रमा सडक, २०.५ किलोमिटर मुख्य सडक र ९१.४ किलोमिटर भित्री गरी १ सय २२ किलोमिटर सडक सञ्जाल रहेको छ । जसमा ३५ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । जसमध्ये ३५ प्रतिशत कालोपत्रे, १२ प्रतिशत पि.सि.सि. तथा पक्की, ५० प्रतिशत ग्राभेल र ७५ प्रतिशत धुले सडक रहेको छ । कालोपत्रे गरिएको सडकको कालोपत्रे भाग ठाउँ(ठाउँमा जिर्ण भएपनि मरम्मत तथा सम्भार गर्ने गरिएको देखिदैन । सबैभन्दा टाउको दुखाईको रुपमा रहेको जनकपुर नगरपालिकाको ढल तथा नालाको समस्या समाधान गर्ने तर्फ जनकपुर नगरपालिका कार्यालय उदासिन देखिन्छ । यस जनकपुर नगरपालिका भित्र २.६ किलोमिटर पक्की ढल (बन्द), १२.९ किलोमिटर पक्की ढल (खुल्ला) र २ किलोमिटर कच्ची ढल गरी १७.५ किलोमिटर ढल रहेको नगरपालिकाले जानकारी दिएको छ ।
विद्युत आपुर्ति
नगरपालिका अन्तरगतका ग्रामिण क्षेत्रमा तथा जनकपुर नगरपालिकाको सम्पुर्ण वडाहरुमा विजुलीको सुविधा पुगेको जनकपुर नगरपालिकाले दावी गरेको देखिन्छ । राष्टिूय ग्रीडबाट उपलब्ध भईरहेको विजुलीका ग्राहक २४ हजार ३ सय रहेको छ भने २ हजार ५ सय सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गरेको गरिवी सम्बन्धी सर्वेक्षण अनुसार विजुलीको सुविधा प्राप्त गर्ने परिवारको संख्या ८० प्रतिशत रहेको छ भने विजुली नहुने परिवारको संख्या १८ प्रतिशत रहेको छ ।
खानेपानीको माग अनुसार आपुर्ति भएन
जनकपुर नगरपालिकाको विवरण अनुसार यस क्षेत्रमा दैनिक ३२ लाख लिटर खानेपानी माग रहेको भएपनि १८ लाख लिटर खानेपानी मात्र खानेपानी संस्थानले वितरण गरिरहेको छ । २ हजार ९ सय १८ धारा जडान गरिएको छ भने ४२ वटा सार्वजनिक धारा रहेको मध्ये हाल २ हजार ६ सय ९५ धारा मात्र संचालनमा छन भने २ सय ३३ वटा धारा कट्टा गरिएको छ । कुल घरपरिवार मध्ये २५ प्रतिशत घरपरिवारले मात्र धाराको प्रयोग गरेको र बाँकी परिवारले आफ्नै प्रयासमा खानेपानीको प्रयोग गरेको देखिन्छ । यस नगरमा खानेपानी कार्यालयले वितरण गरेको धारा नभएका अधिकांश क्षेत्रमा चापाकलको प्रयोग मार्फत पानी सुविधा प्राप्त गर्दैछ ।
फोहरमैला व्यवस्थापन
५९ जना कुल स्वीपर रहेको नगरपालिकाको वडा कार्यालयमा १८ जना र जिल्ला प्रसाशन कार्यालयमा १ जना स्वीपर खटेका छन । सर(सफाईका निम्ति भनेर ९ वटा टिपर र १० वटा टूयाक्टरको प्रयोग गरिन्छ । नगरपालिकाका अनुसार प्रति दिन १७ टन फोहर उत्पादन हुने गरेको छ । जसमध्ये कुहिने ६२.५ प्रतिशत, प्लास्टिक ८ प्रतिशत, कागज ४.५ प्रतिशत, ग्लास ४.३ प्रतिशत, मेटल ०.७ प्रतिशत, कपडा २ प्रतिशत र अन्य १८ प्रतिशत फोहर प्रतिदिन उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रको सरसफाईका लागि ७ वटा रुट निर्धारण गरिएको तथा दैनिक रुपमा सहरमा दुई पटक सर(सफाई हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार नगरभित्र २२ वटा सार्वजनिक शौचालय रहेका छन । तर अधिकांश शौचालय प्रयोगमा नरहेको देखिन्छ ।
    शहरमा पर्याप्त हुने सुविधाको आकर्षण, शहरमा प्राप्त हुने रोजगारीका अवसरहरु, शहरमा केन्द्रित भएका स्वास्थ्य, सरकारी कार्यालय तथा ठुला ठुला व्यापारी केन्द्रहरु, सरकारका शहरमुखी नीतिका कारण अव्यवस्थित शहर वढदै गएको छ । नेपालमा शहरीकरणको मौजुदा स्थितिलाई हेर्ने हो भने नेपालमा ७० को दशक देखि शहरी जनसंख्या वृद्धि हुन थालेको हो । जहाँ अहिले शहरी क्षेत्रले ४६ प्रतिशत सक्रिय जनसंख्यालाई खपत गर्दछ । नेपालमा शहरीकरणको दर ६.६५ प्रतिशत रहेको र २०६८ को जनगणना अनुसार ४५ लाख २५ हजार अर्थात कुल जनसंख्याको  १७ प्रतिशत शहरमा वसोवास गर्दछन् ।नेपाल संसारको न्युन सहरीकरण भएको देश जहाँ २३ प्रतिशत शहरी जनसंख्या गरिवीको रेखा मुनि रहेपनि देशको आर्थिक विकासको मेरुदण्ड र परिवर्तनको संवाहकको रुपमा भुमिका खेलेको छ । घडेरी जग्गा किनवेच घटेपनि  आवास क्षेत्रमा लगानीको मात्रा वढेको वढयै छ । २०६० साल यता आवास निर्माण व्यापक परिवर्तन देखा परको छ । नेपालको शहरी जनसंख्या करिव १७.०७ प्रतिशत रहेको छ । १० वर्ष अघि २०५८ मा १४.२ प्रतिशत रहेको थियो । यस पटकको जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा १७ लाख ४४ हजार २ सय ४० देखिएको छ जुन १० वर्ष अघि १० लाख ८१ हजार ८ सय ४५ रहेको थियो । काठमाण्डौको जनसंख्या १० वर्षमा ६१.२३ प्रतिशतले वृद्धि भएको छ । र, सालाखाला वार्षिक वृद्धिदर ४.७८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा अनुपस्थित जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ जना रहेको देखिन्छ भने १० वर्ष अघि २०५८ मा अनुपस्थितको संख्या ७ लाख ६२ हजार १ सय ८१ थियो । महिला परिवार मुली रहेको परिवार गत २०५८ मा १४.८७ प्रतिशत रहेकोमा करिव ११ प्रतिशतले वृद्धिभई २०६८ मा २५.७३ प्रतिशत वढेको छ ।
तराईमा शहरी आवासको स्थिति दयनिय
नेपालको जीवन स्तर सर्वेक्षण २०६०÷०६१ अनुसार शहरी क्षेत्रमा आवासको स्थिति ग्रामिण क्षेत्रको तुलनामा राम्रो देखिन्छ । शहरी क्षेत्रमा करिब ७२ प्रतिशत परिवार आफ्नै घरमा, २३.५ प्रतिशत वहालमा रहेको देखिन्छ । उक्त सर्वेक्षण अनुसार तराई क्षेत्रमा आवासको स्थिति दयनिय देखिन्छ । तराईमा घरको पर्खाल ढुङगा माटोको जोडाई २१ प्रतिशत, काठ, बाँस र अन्य अस्थायी किसिमको ६२ प्रतिशत र सिमेन्टको जोडाईको केवल १७ प्रतिशत निर्माण भएको देखिन्छ । अर्थात धेरै आवास भवनहरु अस्थायी प्रकृतिको छ । यस्तै छानाको हकमा पराल खरले छाएको ३० प्रतिशत, जस्ता पाता १६ प्रतिशत, कंक्रिट १५ प्रतिशत तथा अन्य बाँकीमा टायल आदिको प्रयोग भएको देखिन्छ । घरको भुईको हकमा ८० प्रतिशत भन्दा पनि माटोको भएको पाइएको पाइन्छ । त्यसरी नै घडेरीको क्षेत्रफल १५ सय वर्गफिटको र आवास एकाईको क्षेत्रफल ५ सय वर्ग फिटको देखिन्छ । पिउने पानीको हकमा केवल २ प्रतिशत भन्दा कमले धाराबाट, ७८ प्रतिशतले इनारबाट वा कुवाबाट तथा बाँकी १० प्रतिशतले खानेपानीको व्यवस्था आफैले अन्य स्रोतबाट गरेको देखिन्छ । विद्युतको सुविधाको हकमा करिव ३० प्रतिशत परिवारले उपभोग गरेको र टेलिफोन २ प्रतिशत भन्दा कमले, तथा शौचालयको व्यवस्था २५ प्रतिशतले उपभोग गरेको देखिन्छ ।

मिति ः २०७०÷९÷७
निश्चित छ ।”

Monday, December 16, 2013

क्रिकेट खेलाडी अनिल मण्डललाई सम्मान


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालको टिमले क्रिकेट विश्वकप खेल्न सक्छ भन्ने कुरा नेपाली क्रिकेट प्रेमीहरुको लागि एउटा सपना नै थियो । त्यसमा पनि विश्वकप छनौट हुने र उक्त छनौटमा जनकपुरका क्रिकेटरको पनि महत्वपुर्ण योगदान हुन सक्ने जनकपुरबासीले यस अघि कहिल्यै नसोचेको भएपनि जनकपुरका क्रिकेटर अनिल मण्डलले जनकपुरबासीको उक्त सपना पुरा गरिदिएका छन ।
    विश्वमा क्रिकेट अत्यन्त लोकप्रिय खेल बन्दै गएको अवस्थामा जनकपुरका मण्डल विश्वकप खेल्ने भएका छन । टी(ट्वान्टी विश्वकप छनौट खेलका लागि जनकपुरका मण्डलले क्रिकेट मैदानमा अह्म योगदान निर्वाह गरेका छन । त्यसैले जनकपुरको गौरवका रुपमा रहेका इतिहास रच्ने नेपाली क्रिकेट टोलीको अहंम सदस्य धनुषाका अनिल मण्डललाई २६ मंसिर बुधबार जनकपुरमा जनकपुरवासीले भव्य स्वागत गरेको छ ।
    महाबीर युवा कमिटी जनकपुरले खेलाडी मण्डललाई विशेष कार्यक्रम आयोजनगरि भव्य स्वागत र सम्मान गरेको हो । विश्व कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सहभागि हुने महत्वपूर्ण अवसर प्राप्त गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीहरु मध्ये मण्डल चर्चति नाम नाम हो । प्रशिक्षणको क्रममा रहेका खेलाडी मण्डल दुई दिने विदाको क्रममा मातापिता भेटन पैतृक गाउँ धनुषाको मिथिलेश्वर मौवाही आएका थिए । कुनै बेला क्रिकेट टोली बनाएर प्रतियोगिताहरुमा सहभागिता जनाउने महाबीर युवा कमिटीले युवा क्रिकेटर मण्डललाई सम्मान गरेकोछ ।कमिटीका अध्यक्ष विश्वनाथ साहको अध्यक्षतामा भएको सम्मान समारोहमा बिभिन्न खेलका प्रशिक्षक, खेलाडी, क्लवका वर्तमान,पूर्ब पदाधिकारीहरुको सहभागिता थियो ।
    कार्यक्रममा जनकपुर क्रिकेट एशोसिएशनका अध्यक्ष हिरा भगतले ११ हजार नगद र क्षेत्रिय क्रिकेट समिति क्षेत्र नम्बर ७ ले २१ हजार नगद दिने घोषणा गरे । खेलाडी मण्डललाई नगर परिक्रमापनि गराइएको थियो ।नेपाली क्रिकेट क्षेत्रमा जनकपुरको नाम अग्रस्थानमा रहँदै आएकोछ । जनकपुरका उत्तम कर्माचार्यदेखि अनिल मण्डल सम्मले यस भेगको गौरवपूर्ण प्रदर्शन गरेकाछन । राष्टिूय क्रिकेट टोलीमा जनकपुरका कयौं खेलाडीहरु परेका थिए ।तर राज्य पक्षबाट खेलाडीहरुलाई गर्नुपर्ने भरणपोषण हुन नसक्दा अत्यन्त क्षमतावान खेलाडीहरु विस्थापित भएका छन् ।

    युएइमा १५ वर्ष मुनि उमेर समुहको एलाइट कप प्रतियागितामा नेपालको तर्फवाट सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि उचालेका जनकपुरका क्रिकेटर मण्डलले अन्तराष्टिूय क्रिकेटको पिचमा मण्डलले शतक समेत लगाइसकेका बल्लेबाज हुन । डिभिजन थ्रीमा अनिल मण्डलको शतकको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । म्यान अफ दि म्याच मण्डलले १ सय ३४ बलमा ४ छक्का र ८ चौकाको मदतले १ सय १३ रन बनाए ।  काठमाण्डौमा सम्पन्न डिभिजन(५ को प्रतियोगिताका लागि नेपाली टोलीमा उनी छनौट त गरिए तर प्रतियोगिताको अन्तिम खेलमा अमेरिका विरुद्ध खेल्ने मौका मात्र पाए । उक्त प्रतियोगितामा पनि मण्डलले ३२ रनको  योगदान गरेका थिए । प्रतिभा हृुदाँ हुदै सेलेक्सन कमिटीको विभेद, प्रशिक्षक, कप्तानको विभेदपुर्ण सोचका शिकार बन्न पुगेका मण्डलले डेढ वर्ष अघि भारतको मुम्बईमा खेलिएको अभ्यास म्याचमा शतक लगाएर प्रशिक्षक पुबुदु दासनायकेको विश्वास जित्न सफल भएका थिए ।
    टी–टवेन्टी क्वालिफायर खेलमा सुरुको खेलमा उनले ब्रेक पाएन तर अफगानिस्तान बिरुद्ध उनलाई टीममा खेल्ने मौका प्रदान गरेपछि उनले अर्धशतक लगाएर टीमको विश्वास जीतेका थिए । नेपालको तर्फबाट आक्रामक बल्लेवाजको रुपमा खेल्ने गरेका मण्डललाई, उनीसँगै खेल्ने जनकपुरका क्रिकेटरहरु त्यारले अनिल मेण्डुलकर भन्ने गर्छन । क्रिकेटकै दुनियामा महान भारतीय खेलाडी सचिन तेन्दुलकरले मैदानमा लगाउने शटहरु जस्तै मण्डलको सट्स हुन्छन, उनी जस्तै कुल टेम्परामेन्ट हुनु, अनुशासित खेलाडी भएका कारण पनि उनलाई सवैले मेण्डुलकर भन्ने गर्छन् । मेण्डुलकरले आगामी दिनमा यसरी शतक, अर्धशतक लगाई नेपाली टोलीलाई डिभिजन(३,–२ हुदै विश्वकप सम्मको यात्रा पुरा गराउन सफल रहोस भनेर जनकपुरवासी शुभकामना समेत दिन चाहन्छन् ।
नेपालको क्रिकेट र क्रिकेटरको योगदान
नेपालले अहिले २(३ वर्ष देखि क्रिकेटमा पाएको उपलब्धीहरु हेर्दा शायद हरेक नेपालीलाई गर्व लाग्छ होला । नेपालको घरेलु क्रिकेट तर्फ हेर्दा त यि उपलब्धीहरु निकै नै रोचक हुन जान्छ । जुन देशमा क्रिकेटको लागि एउटा अन्तराष्टिूय स्तरको मैदान छैन, खेलाडीलाई सुविधा छैन, खेलाडी पढांै कि खेलौं भन्ने दोधारमा छन र माथि क्रिकेट संघसँग जोडिएका पदाधिकारीहरुको क्रिकेट विकासको सोच छैन त्यहाँका खेलाडीहरु दिन रात एक गरेर प्रशिक्षन गरी नेपालीलाई विश्वमा चिनाउनु निकै अविश्मरणिय छ । नेपाली खेलाडी आफ्ना परिश्रमले आज नेपालीलाई ट्वान्टी(ट्वान्टी विश्वकप प्रतियोगितामा पु¥याएको छ भने एक दिवसिय विश्वकप प्रतियोगिताबाट मात्र एक पाइला पछाडी छ ।
नेपालको क्रिकेटको विकास कसरी हुन्छ  त ? यो कुरा अहिलेको मुख्य विषय हो । नेपाल क्रिकेट संघले सकारात्मक सोचका मानिसहरु खोजेर यसमा पहल गर्नु पर्ने हुन्छ । जनकपुरका पुर्व कप्तान कुमार प्रसुन भन्छन,“नेपाली खेलाडीलाई ‘नगद’ भन्दा ‘प्रोफेस्नालिज्म’ को खाँचो छ । हाम्रो संघले ठुला ठुला संस्था, बैंकहरुमा गएर  हरेक संस्थामा खेलाडीको स्थायी जागिरका लागि पहल गर्नुपर्यो । एउटा संस्थाले कम्तीमा दुई वटा राष्टिूय खेलाडीलाई जागिर दिएर  रोजगारी सुनिश्चत ग¥यो भने हाम्रा राष्टिूय खेलाडीहरु प्रोफेस्नली स्टूोङ्ग भएर अझै परिश्रम गर्न सक्छन । ”
    घरेलु क्रिकेटको कुरा गर्दा हरेक क्षेत्रमा एउटा एउटा मैदान बनाउनु पर्यो । हरेक जिल्लामा प्रत्येक वर्ष एक महिना वा पन्द्र दिने प्रशिक्षन कार्यक्रम राख्नुपर्यो । हरेक क्षेत्रिय टोलीहरुलाई भारतमा अभ्यास म्याचहरुको व्यवस्था मिलाउनु पर्यो । नेपालमा हुने राष्टिूय प्रतियोगिताको नम्बर अफ म्याचेज बढाउनु पर्यो । पुर्व कप्तान प्रसुन भन्छन,“ एउटा टिमले ३ वटा म्याच खेल्ने गर्छ त्यसमा एउटा खेल पानीले खान्छ भने अर्को खेलमा राष्टिूय टोलीले सुसज्जित शसस्त्र प्रहरीबलको टोलीसंग भेटनु पर्छ भने बाँकी रहेको तेस्रोमा खेलाडीको किस्मत । कम से कम हामीले एउटा क्षेत्रलाई १० देखि १२ वटा म्याच दिनु पर्छ  अनि गएर खेलाडीको सहि क्वालिटी थाहा पाउन सकिन्छ ।
    जनकपुरका अनिल मण्डलको क्रिकेट करियर सुनिश्चित हुँदै गएपछि अब जनकपुरका जुनियर खेलाडीहरुपनि क्रिकेट प्रति सचेत भएका छन । क्षेत्र नं.७ जनकपुरका जुनियर क्रिकेटर कैलाश मण्डल भन्छन,“हिजो क्रिकेट खेल्न जाँदा घरमा अभिभावकहरुले कुट्नु हुन्थ्यो तर आज अब क्रिकेट खेलेर पनि नेपालमा स्थापित हुन सकिन्छ र त्यो काम जनकपुरका अनिल दाईले बखुवि देखाइसकेपछि मेरो आमा बुबा पनि मलाई नेपालको क्रिकेटर भएको सपना मात्र हेर्न लागेका छैनन, क्रिकेटका लागि सहयोग पनि गरिराखेका छन ।”
    अनिल मण्डलका प्रशिक्षक नविन सिंह भन्छन,“ नविन आज विश्वकप टिमका सदस्य त्यसै भएका होइनन । १५, १७, १९ वर्ष मुनिको उमेर समुहका प्रतियोगिताहरु खेल्दै राष्टिूय टिममा छनौट भएको हो । त्यसकोलागि उसले कडा मिहिनेत गरेका छन ।”
जनकपुरका क्रिकेटरहरुको पलायन
जनकपुरका विगतका स्टार क्रिकेटरहरु क्रिकेटमा आफ्नो भविष्य सुनिश्चित नदेखेपछि खेल क्षेत्रबाट पलायन भएर जीविकोपार्जनका लागि अन्य क्षेत्र रोज्न बाध्य पनि नभएका होईन । जनकपुरका राष्टिूय खेलाडीहरु सँजय लामा जिविकोपार्जनको लागि बुद्ध एयरमा धाएका छन भने विकास कर्ण र विमल भट्टराई काठमाडौँमा अन्य पेशामा काम गरिरहेका छन् । रितेश बराल क्रिकेट त्यागेर विराटनगरमा हार्डवेयर पसल सञ्चालन गरिरहेका छन् । डिजर्भ गर्ने खेलाडीले समयमा अवसर नपाउँदा क्रिकेटमा आर्य(आर्जन गर्न नसकिने भएकाले गार्जीयनहरुबाट दबाब पर्न थालेपछि अन्य पेशा रोज्न बाध्य भएको जनकपुरका सिनियर राष्टिूय क्रिकेटर राज मोहम्दको भनाई छ । यसअघि नेपालका प्रभावशाली तिब्र गतिका गेन्दवाजका रुपमा ख्याति कमाएका संजोग कर्ण बैदेशिक रोजगारीमा केही वर्ष कतारमा काम गरेर फर्केपछि फेरी पनि कमव्याक गरेर क्यानको ध्यान आकर्षण गर्न सफल भएका छन ।
    विगतमा जनकपुर चुरोट कारखानाले इनडोर, आउटडोर, फुटबल, क्रिकेट, हकी, टेबल टेनिस, ब्याडमिन्टन सहितका खेलाडीहरुलाई जागिर प्रदान गरेर भविष्य सुनिश्चित गरेकै कारण राष्टिूय तथा अन्तराष्टिूय खेलकुदमा जनकपुरको अब्बल स्थान थियो ।  तर मुलुकमा बहुदल आएपश्चात वि.स. २०५२ पछि कारखाना पनि घाटामा जान लागेपछि करार भएपछि पदमा कार्यरत खेलाडी कर्मचारीहरुलाई हटाउन थालेपछि जनकपुरमा खेलकुदको विकास हुन नसकेको सिनियर क्रिकेटर प्रदिप शर्माको तर्क छ ।
वि.स. २०५३ मा जचुकालिबाट राजिनामा गरेर जिल्ला खेलकुद विकास समिति धनुषामा सचिव पदमा कार्यरत शर्मा भन्छन, “पहिले पहिले हामी विहान ४ बजे जनकपुरको बाह्रविग्हा मैदानमा फिल्ड पै्रक्टीस, फिटनेश प्रैक्टीश गथर््यौ, १० बजे कारखाना पुगेर हाजिरी बनाएर फेरी मध्यान्ह १ बजे ग्राउण्ड फर्किएर खेलको अभ्यासमा लाग्थ्यौँ । खेल सामग्रीको पनि कुनै अभाव हूँदैनथ्यो, नेपाल भरि मध्ये सबैभन्दा आधुनिक सामग्रीहरु कारखानाले प्रदान गर्दथ्यो ।” तर अहिले क्रिकेट खेल्नका लागि मैदानको अभाव, आवश्यक इक्विपेन्ट कैचिङ्ग ब्याट, रयाकेट , बल, कोन, नेट सहितका अभ्यास सामग्रीको अभाव रहेको प्रशिक्षक नविन सिंहको भनाई छ ।
जनकपुरमा क्रिकेट क्रेज
करिब एक दशक अन्तराल पछि गत वर्ष जनकपुरमा पुर्व दिवङगत क्रिकेटर दिपक गुप्ताको स्मरणमा  भएको राष्टिूय स्तरको क्रिकेटको टुर्नामेन्ट आयोजनामा स्थानिय क्रिकेटप्रेमीहरुको उल्लेखीय सहभागीताले पनि जनकपुरमा क्रिकेटको क्रेज कुन हद सम्मको  छ, सावित गरिसकेको छ । पहिलो र दोस्रो दिनको खेलमा तिन देखि चार हजार सम्मको संख्यामा दर्शकको उपस्थितिले जनकपुरवासीको क्रिकेट प्रति क्रेजलाई सहजै दर्शाउँछ । क्रिकेट म्याच चलिरहेको बेला प्रति चौक्का, प्रति छक्का, अर्धशतक, शतक , ह्याटिूक सबैमा व्यक्ति व्यक्तिले उपहारको घोषणा गर्नुले पनि क्रिकेट प्रतिको स्थानिय वासीको लगावलाई थप पुष्टि गर्छ ।
     प्रतियोगिताको विजेता टिमको लागि चौधरीको कन्स्टूक्सनका दिपेन्द्र ठाकुरद्धारा ४१ हजार नगद र ५ हजारको टूफी , उपविजेता टिमको लागि २१ हजार नगद र तिन हजारको टूफी जिल्ला क्रिकेट संघका धनुषाका उपाध्यक्ष राजु चौधरीद्धारा प्रायोजन गर्नु , म्यान अफ दि सिरिजका लागि ५ हजार १ सय नगद र ७ म्याचका म्यान अफ दि म्याचका लागि १ हजार १ रुपैयाँ नगद नेपाल बंग्लादेश बैकले प्रायोजन गर्नुले जनकपुरमा क्रिकेट टुर्नामेन्टका लागि प्रायोजकको अभाव नरहेको पुष्टि हुन्छ ।
     क्रिकेटको विकासको लागि प्रतियोगिता हुनु सवैभन्दा वढी आवश्यक हुन्छ । र त्यसका लागि हुने पर्ने तत्व मध्ये खेलाडी र मैदान हुनु आवश्यक छ । प्रशिक्षक नविन सिंह भन्छन, अब अण्डर –१५, अण्डर–१९ टीमलाई स्टूोन्ग बनाउँदै सिनियर टीम पनि स्टूङ बनाउन लाग्नु पर्छ । त्यसको लागि जनकपुरमा मैदानको अभाव छ । मैदान अभावमा क्रिकेटरलाई अभ्यास गराउन पनि गाह्रो भइरहेको छ ।”

मिति ः २०७०÷८÷३०

कहिल्यै खुल्दैनन सहरी स्वास्थ्य क्लिनिक

जनकपुर–१५, रामपुर स्थित सहरी स्वास्थ्य क्लिनिक कहिल्यै खुलेको छैन ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


जनकपुर नगरपालिका १५ स्थित रामपुर गाउँमा ग्रामिण वासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको सहरी स्वास्थ्य क्लिनिक संचालनमा नआउँदा स्थानियवासीहरु मर्कामा परेका छन् । जनकपुर नगरपालिका १५ का वडा सचिव सुरेन्द्रलाल कर्ण भन्छन,“स्थापना भएको १५दिनसम्म स्वास्थ्यकर्मीहरु उपस्थित भए तर त्यसभन्दा यता कहिल्यै क्लिनिक खुलेको छैन । उक्त समस्याबारे यसभन्दा अगाडीका जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत बद्री कृष्ण शंखदेव र हालका अधिकृत जगन्नाथ लामिछानेलाई मैले पटक पटक अवगत गराईसकेको छु ।” उक्त वडाका भुतपुर्व वडा अध्यक्ष रामचन्द्र साह भन्छन,“सरकारको तलब खाने ती कर्मचारीहरुले यस वडामा १ दिन पनि काम गरेका छैनन् । नगरपालिका कार्यालयमा हामी स्थानियवासीहरु पटक पटक डेलिगेशन गईसक्यौ, तर नगरपालिकाले कुनै सुनवाई गरेको छैन ।” उक्त गाउँका सामाजिक परिचालक गुरु दयाल दास भन्छन,“ स्वास्थ्य सेवा वाट वञ्चित भएका स्थानियवासीहरु सामान्य देखि गम्भीर किसिमको विरामी भए नीजि क्लिनिक र अस्पताल नै धाउनु परेको र उक्त गाउँमा यातायातको नाउँमा एउटा रिक्सा पनि उपलब्ध नहुने गरेको अवस्थामा सरकारद्वारा संचालित सहरी स्वास्थ्य क्लिनिकमा कहिल्यै नआउने कर्मचारीहरुलाई कारवाही गरिनुपर्दछ ।” त्यसैगरी जनकपुर १२ मा संचालित सहरी स्वास्थ्य क्लिनिकमा ४ जना कर्मचारी कार्यरत रहेपनि महिला कर्मचारी कहिल्यै देखा नपर्ने त्यहाँका सामाजिक परिचालिका सुनिता श्रेष्ठ बताउँछन ।
स्वास्थ्य सेवालाई मौलिक अधिकारका रूपमा व्याख्या गरे पनि जनकपुरवासीले सरकारले प्रदान गर्दै आएको न्यूनतम स्वास्थ्य सुविधासमेत उपभोग गर्न पाएका छैनन् । गाविस क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमार्फत सेवा दिइए पनि नगर क्षेत्रका बासिन्दा त्यस तहको सुविधाबाट वञ्चित छन् । सरकारी कार्यक्रममध्ये अधिकांश ग्रामीणक्षेत्र लक्षित हुनाले सहरवासीले सुविधा नपाएको जनकपुरका स्थानीय वासीहरु गुनासो गर्छन । रोगीहरुको सामान्य उपचार, खोपसम्बन्धि जानकारी, गर्भवत्ती महिलालाई कहाँ र कसरी सुत्केरी गराउने भन्ने जानकारी सरसफाई सम्बन्धि जानकारी तथा स्वास्थ्य शिक्षा सम्बन्धि जानकारी दिनुपर्ने सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरुले कामै नगरेका कारण प्रभावकारी हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगत पनि स्वीकार्छन ।
२८ जेष्ठ २०६९ देखि जनकपुर नगरपालिका अन्तरगत वडा नं. १२,१४,१५ र १६ गरी कुल ४ वटा वडामा १५ जना स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले करारमा नियूक्ति गरेको हो । उक्त ४ वटै सहरी स्वास्थ्य क्लिनिकमा कर्मचारीहरु कामै नगरी तलब खाने गरेको स्थानियवासीहरु गुनासो गर्छन । यद्यपि जनस्वास्थ्य कार्यालयले जनकपुरमा दुई वटा क्लिनिक मात्र संचालन गर्ने निर्णय गरेको भएपनि ती कामदारहरुले आफ्नो जागिरलाई बचाउन र वैधता पाउने योजनाका साथ ४ वटा क्लिनिक संचालन गराइएको एक जना कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । जनकपुर १२ मा प्रमोद कुमार साह, राजकुमार साह, निलम कुमारी यादव र अमर साह, जनकपुर १४ मा विजय कुमार नायक, नन्दकिशोर साह, चन्दाकुमारी पाठक र अम्बिका पाठक, जनकपुर १५ मा संजय कुमार यादव, प्रेमकला कुमारी साह र ललन लाल कर्ण, जनकपुर १६मा अक्षय कुमार यादव, संतोष कुमार यादव, पिंकी कुमारी चौधरी र रामप्रसाद साह गरी कुल १५ जना कर्मचारी नियूक्त भएका छन । कार्यालय सहयोगी लाई रु. ८ हजार, अहेबलाई रु.१० हजार र एचएलाई रु. १२ हजार प्रति महिना तलब दिने करारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले नियूक्ती दिएपनि तलब जनकपुर नगरपालिका कार्यालयले प्रदान गर्दै आएको छ । जनकपुर नगरपालिकाका लेखा अधिकृत जयचन्द्र मिश्रका अनुसार जिल्ला जनस्वास्थ्यले पठाएको रु. १ लाख ४५ हजारको हाराहारीमा ती १५ कर्मचारीहरुको मासिक तलब हामीले वितरण गर्छौं ।
जनकपुर–१२ कुवामा रहेको स्वास्थ्य क्लिनिक खुल्नेगरे पनि कर्मचारी प्रायः अनुपस्थित रहन्छन ।

सहरी क्षेत्रमा आर्थिक अवस्था न्यून भएकाको संख्या बढे पनि सरकारको ध्यान पुग्न सकेको छैन । सहरी क्षेत्रमा आर्थिक रूपमा सम्पन्न मानिस मात्र बस्छन भन्ने मान्यताका कारण न्यून आर्थिक अवस्थाका स्वास्थ्य सेवाबाट वञ्चित छन । ज्याला मजदुरी गरी निर्वाह गर्ने पनि निजीमा उपचार गराउनु वा उपचारै नगर्नुको विकल्प नभएको नगरमा बसोवास गर्ने सर्वहारा वर्गहरु बताउँछन । महँगा क्लिनिकले सहरी क्षेत्रको सीमित वर्गबाहेक अन्यलाई सेवा दिन सकेको देखिँदैन । नगरपालिकाले चारओटा वडामा मात्र सहरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको छ ।
सरकारले सन २०१७ सम्ममा सबैको पहुँचमा स्वास्थ्य सेवा र्पुयाउने कार्ययोजना बनाएको छ । बत्तीमुनि अँध्यारो भनेजस्तै सुविधासम्पन्न सहरमा बसेर पनि स्वास्थ्यमा पहुँच नपुगेका विपन्न नागरिकका लागि राज्यले गत वर्षदेखि सहरी स्वास्थ्य केन्द्र (क्लििनिक) खोलेर निःशुल्क सेवा थालेको छ । विपन्नताका कारण गास, बास जुटाउन विपन्नहरू पैसा तिरेर उपचार गर्न निजी अस्पतालहरूमा जान नसक्दा स्वास्थ्य सेवा दिनबाटै वञ्चित भएकालाई लक्षित गरी केन्द्र चलाइएको हो ।
गाउँमा जस्तो निःशुल्क स्वास्थ्य संस्थामार्फत औषधि र उपचार सेवा नपाएकै कारण सहरी गरिबको पहुँच स्वास्थ्य सेवामा नपुगेपछि निःशुल्क स्वास्थ्य औषधोपचार गर्न थालेको जिल्ला जनस्वास्थ्य धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगतले बताए । जसमा स्थानीय निकायले पूर्वाधार बनाइदिने र जिल्ला जनस्वास्थ्यले प्राविधिक सहयोग गर्ने व्यवस्था छ ।
स्वास्थ्यचौकीको संरचनामा चलाइएको सहरी स्वास्थ्य केन्द्रले अस्पतालमा आउने बिरामीलाई निःशुल्क उपचार र ३२ प्रकारका औषधि निःशुल्क रूपमा दिने गरेका छन । त्यस क्षेत्रमा राज्यद्वारा सञ्चालित खोप सञ्चालन गर्ने र स्वास्थ्य स्वयंसेविकाहरूलाई नियमित तालिम र परामर्श गर्ने जिम्मेवारी पनि केन्द्रलाई छ ।
म्याद थप्न भन्दै कार्यकारी अधिकृत माथि आक्रमण
कामै नगरी तलब खान पल्केका १५ जना कर्मचारीहरुको टोलीले जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलाई २५ मंसिर मंगलबार साँझ कुटपिट गरेका छन । बैठकबाट बाहिरिने क्रममा केहि कर्मचारीहरुले उनको आफ्नै कार्यकक्षमा थुनेर हातपातगरि जबरजस्ती सहीछाप गराएको बताइएकोछ  । सहरी स्वास्थ्य सेवा तर्फ कार्यरत्त करार कर्मचारीहरुको म्याद थप गर्न अस्विकार गरेपछि कर्मचारीहरुले जबरजस्ती सहीछाप गराई म्याद थप गराउने प्रयास गरेको अधिकृत लामिछानेले जनाए । उनले कार्यालय कोठा थुनेर केहि बेर नियन्त्रणमा लिएको र दुईवटा कागजमा तोकआदेश गराएको जनाए । बैठकबाट बाहिरिन लागेका अधिकृत लामिछानेलाई तत्काल नियन्त्रणमा लिएर कोठामा थुनिए लगतै होहल्ला भएको प्रत्यक्षदर्शीहरुले जनाएकाछन । अधिकृत थुनिएपछि तत्कालै प्रहरी र कर्मचारीहरुले ढोका खोल्न लगाएर उनको उद्धार गरेका थिए । प्रहरीका अनुसार रंजित कुमार शर्मा, सञ्जय कुमार यादव, प्रमोद कुमार साह, अक्षय कुमार यादव, सन्तोष यादव, नन्दकिसोर साह, विजय कुमार नायक, अमर साह र राममिलन यादवलाई पक्राउ गरिएकोछ । पक्राउ परेका ९ वटै व्यक्तिमाथि सार्वजनिक अपराधको मुद्दा चलाईएको प्रहरीले बताएका छन । घटना पश्चात नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति जनकपुर नगरपालिकाले नगरपालिकाका कर्मचारीहरुलाई सहरी स्वास्थ्य क्लिनिकका कर्मचारी विजय कुमार नायकको नेतृत्वमा आएका टोलीले हातपात, हुलहुज्जत एवम कार्यालयमा तोडफोड गरी शान्ति भंग गरेको कार्यलाई भत्र्सना गरेको छ । इकाई समिति जनकपुरका अध्यक्ष कृष्ण कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्यालय प्रमुख लामिछाने लगायत केही कर्मचारीलाई कुटपिट गर्ने अपराधिहरुलाई कानुनी कारवाही गरी हदैसम्मको सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका थिए । घटनाको विरोधमा आकस्मिक सेवा बाहेक २६ मंसिरमा सम्पुर्ण कामकाज ठप्प पारेका थिए । उक्त घटनाको सन्दर्भमा एसोसिएशनले दुईवटा विज्ञप्ती जारी गरेको थियो । पहिलो कृष्ण कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनस्वास्थ्य कार्यालयका करार सेवाका कर्मचारीहरु र नगरपालिकाका कर्मचारी सुनिता कुमारी यादवको नेतृत्वमा वाहिरबाट अपराधिहरु मगाई कार्यालय समयमै कार्यालय प्रमुख लामिछाने माथि हातपात गरेको र गराएको उल्लेख छ ।
जनस्वास्थ्य र नगरपालिका बीच द्वन्द
जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेका अनुसार जनस्वास्थ्यमा नियूक्ती पाई गत वर्ष देखि कार्यरत रहेका सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरुको म्याद कार्तिक मसान्तसम्म मात्र रहेको थियो ।  म्याद थप गर्ने काम जनस्वास्थ्यको हो तर नगरपालिकामा जवर्जस्ती म्याद थप गराउने प्रयत्न गरिएको मात्र छैन आफुलाई कोठामा थुनेर घेराउ गरी कुटपिट गर्नुका साथै जवर्जस्ती हस्ताक्षर समेत गर्न लगाईएको लामिछानेले बताए । उनीहरु नगरपालिकाको कर्मचारी हुँदै होइन, नियूक्ती र दरबन्दी पनि यहाँ छैन सबै फाइल जनस्वास्थ्यमा रहेको उनले बताए । दुईवटा क्लिनिकको बजेट मात्र आउने गरेको छ त्यसमा पनि वढी कर्मचारी नियूक्ति गरिएको कारण तलब अपुग हुने गरेको लामिछानेले बताए । यता जनस्वास्थ्य प्रमुख भगत भन्छन,“ केन्द्रबाटै तलब कटौति गरेको हो,हामीले नगरपालिकालाई तलब दिन बाध्य पार्न सक्दैनौं । हामीले स्वास्थ्य मन्त्रालयसँग पैसा माग गरेका छौ तर निकासा नभइराखेको अवस्थामा अन्तिममा काम गर्ने ती सम्पुर्ण कर्मचारीलाई धन्यवाद दिएर विदाई गर्ने हो ।” आवेशमा आएर उनीहरुले नगरपालिकाका अधिकृत लामिछानेलाई कुटपिट गर्नु अत्यन्त दुखद रहेको भगतले बताए ।
यस अघि पनि ती कर्मचारीहरुको म्याद सकिएपछि प्रभावमा लिएर अहिलेको घटना जस्तै जोरजवर्जस्ती गरी नगरपालिकामा वैठक चलिरहेको तत्कालिन जनस्वास्थ्य प्रमुख हरिशचन्द्र साहलाई समेत हातपात गरेपछि  पुर्वकार्यकारी अधिकृत वद्रीकृष्ण शंखदेवले ४ महिनाको लागि म्याद थप गरेको स्रोतको दावी छ । नगरपालिकाका एक जना कर्मचारीका अनुसार विगतकै आधारमा यसपटक पनि ती कर्मचारीहरु म्याद थप गर्न लगाई नगरपालिकाको कर्मचारी बन्न चाहेको उनीहरुको दाउ थियो । यहाँसम्म की ती कर्मचारीहरुलाई नगरपालिकाकै कर्मचारी रहेको भनेर एक जना अधिकृत गणेश यादवले कर्मचारी परिचय पत्र समेत बनाईदिएको थियो । उनीहरुको म्याद थप गर्न यस क्षेत्रका सभासदहरुको पनि टेलिफोन आउने गरेको ती कर्मचारीले बताए । जनस्वास्थ्यका ती कामदारहरुले पटक पटक यस्तो दुशसाहस गर्नु पछाडि नगरपालिकाका उच्च पदस्थ केही कर्मचारीहरुकै योजना अनुसार नै आक्रमण गराइएको कार्यकारी अधिकृत लामिछानेले बताएका छन । लामिछाने पिटिएपछि डरले सरुवा गराउने र त्यहाँ प्रमुखलाई पनि आक्रमण हुन्छ भन्ने डरले काठमाण्डौबाट अन्य अधिकृत सरुवा गराइ आउन नचाहने अवस्था बनाउन तथा नगरपालिकाको निमित्त प्रमुख भएर काम गर्ने दाउमा केही उच्च पदस्थ कर्मचारीहरुले समेत त्यस्ता कार्यलाई मुर्त रुप दिन पर्दा पछाडिबाट भुमिका निर्वाह गर्दै आएको एक जना कर्मचारीले बताए ।
सहरमा निःशुल्क स्वास्थ्य सेवाको जिम्मा स्थानीय निकायलाई
सरकारले नगर क्षेत्रमा रहेका विपन्न, महिला तथा सीमान्तकृत नागरिकको प्राथमिक स्वास्थ्य सेवाका लागि स्थानीय निकायको रुपमा रहेको नगरपालिकालाई क्रियाशील गराउने उद्देश्यले जिम्मेवारी थपेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको सहरी स्वास्थ्य नीति(२०६९ अनुसार नगर क्षेत्रमा रहेका विपन्न तथा सीमान्तकृत नागरिकको प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय निकाय क्रियाशील रूपमा सहभागी हुनुपर्ने उल्लेख छ ।  स्थानीय स्वायत्त शासन ऐन(०५५ र नियमावली(०५६ अनुसार स्थानीय विकास मन्त्रालयलाई अपनत्व हुने गरी मुख्य जिम्मेवारी नगरपालिकालाई दिईएको हो । नगरपालिकाका लागि स्थानीय विकास मन्त्रालयबाट जाने कुल बजेटको झन्डै १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा र्पुयाउनुपर्ने समेत उल्लेख गरिएको छ ।
राष्टिूय स्वास्थ्य नीति(०४८ ले ग्रामीण क्षेत्रलाई मात्रै समेटेको भन्दै सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्यका लागि नगरपालिकाले छुट्टै स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने र त्यसको अपनत्व स्थानीय निकायले लिनुपर्ने उल्लेख छ । नगर क्षेत्रमा रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्न सरकारले दुई वर्षयता देशका ५८ नगरपालिकामा एक सय २९ वटा नगर स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ । तर, ती केन्द्रको सञ्चालन तथा समन्वयको मुख्य जिम्मा अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र प्रसाद भगतका अनुसार सहरमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने नागरिकको प्राथमिक स्वास्थ्यप्रति लक्षित गरी सरकारले ल्याएको नयाँ नीति अनुसार ग्रामीण क्षेत्रका विपन्न नागरिकले गाविसमा रहेका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमार्फत निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य सेवा पाएका छन । तर, नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरूले सो सेवा पाएका थिएनन, त्यसैले सरकारले सीमान्तकृत जनताको प्राथमिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न खोजेको हो ।
उनले विगत दुई वर्षदेखि सञ्चालनमा आएका स्वास्थ्य केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहरी स्वास्थ्य नीति ल्याइएको जानकारी दिए । ‘गाँउका उपस्वास्थ्यमा निःशुल्क सिटामोल पाइन्छ । तर, नगरपालिकामा बसेको गरिबले सामान्य ज्वरो आए पनि मेडिकल वा अस्पताल नै धाउनुपर्छ । त्यसैले हामीले नयाँ नीतिमार्फत उपचारलाई व्यवस्थित गर्न खोजेका हौँ,’ उनले भने ।
    राष्टिूय जनगणना ०६८ अनुसार नेपालको कुल जनसंख्याको झन्डै १७ प्रतिशत जनसंख्या ५८ वटा नगरपालिका बस्ने गर्छन । तर, झन्डै ८१ प्रतिशत नगरपालिकाहरूमा स्वास्थ्यसम्बन्धी छुट्टै निकाय छैनन । नगरपालिकाहरूले जनताको स्वास्थ्यका लागि अहिले पनि कुल बजेटको एक प्रतिशतभन्दा कम छुट्याउने गरेका छन । राष्टिूय जनगणना ०६८ अनुसार जनकपुर नगरपालिकामा कुल १७ हजार २ सय १० घर संख्या अन्तरगत कुल २२ हजार ६ सय ७९ परिवार संख्या रहेकोमा कुल ४६ हजार ९ सय ७८ महिला र कुल ५६ हजार १ सय ५ पुरुष गरी कुल १ लाख ३ हजार ८३ जनसंख्या रहेको छ ।
    उक्त नीति अनुसार अब हरेक नगरपालिकाले कुल बजेटको कम्तीमा १० प्रतिशत रकम स्वास्थ्य सेवाका लागि छुट्याउनुपर्ने उल्लेख छ । त्यसैगरी, आवश्यक सहयोग सरोकारवाला मन्त्रालय तथा निकायबाट एकीकृत गरी प्रयोग गर्ने बताइएको छ । सहरमा रहेका गरिबको अवस्था ग्रामीण क्षेत्रका भन्दा पनि विकराल छ । नगरपालिकाभित्र स्थायी र अस्थायी रूपमा बसोबास गर्नेका लागि प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी देखिएको छैन ।  नगर स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मासमेत स्थानीय विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलेर गर्ने प्रावधान छ ।



मिति ः २०७०÷८÷३०

घटेन धनुषामा महिला हिंसा


अजय अनुरागी
जनकपुरधाम............

अधिकांश पिडित महिलाको अध्ययनबाट उनीहरु घरैभित्र वा आफन्तबाट नै हिंसाको सिकार भएका छन र ज्यानै समेत गुमाउनु परेको यथार्थ छ । २६ मंसिर २०७० मा धनुषाको वटेश्वर(८ कोइरी टोल स्थित जोगेन्द्र यादवको छोरा विश्वनाथ यादव (२२) ले आफ्नो श्रीमति वविता देवी यादवलाई घरमा रहेको बञ्चरोले टाउको र घाँटीमा प्रहार गरी विभत्स हत्या गरे । विगतमा पनि ती दुई दम्पत्ति विच पटक पटक झै झगडा भैरहने तथा यादवले श्रीमति बविता माथि घरेलु हिंसा गर्ने गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन । अचम्म त के छ भने श्रीमतिको हत्या गरेपनि घरमा पेस्तोल सहित मुखमा पट्टी बाँधेर आएका १०÷१२ जनाको डाँकाको समुहले लुटपाट गर्नुका साथै श्रीमतिको हत्या गरेर भागेको बताई यादवले अपराध लुकाउन कोशिस गरेपनि प्रहरीले सत्य तथ्य पत्ता लगाई छाडे । प्रहरी उपरीक्षक सुवेदी भन्छन,“ घटनालाई विभिन्न एन्गलबाट अनुसन्धान नगरेको भए हामी कथित फरार डाँकाहरुको खोजिमै रहन्थ्यौं होला । तर घटना स्थलमा डाँका गरेको कुनै प्रमाण नदेखिएपछि मृतकका श्रीमान यादव माथि अनुसन्धान गर्दै जाँदा निजको पाइन्टको गोजिमा रुमालमा प्याक गरेर राखेको मंगलसुत्र बरामद भएपछि घटनाको तथ्य पत्ता लाग्यो ।” श्रीमान र श्रीमति बीच भएको विवादका कारण श्रीमानले श्रीमतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखा परेको प्रहरीले बताएपनि प्रहरी स्रोतकै अनुसार सम्भोग गर्न श्रीमतिले नदिएपछि आवेशमा आएर श्रीमानले श्रीमतिको हत्या गरेको बताइएको छ । जे कारण भएपनि महिलाको हत्या भएको छ र त्यो महिला हिंसा हो । अझ विगतमा पनि श्रीमतिलाई कुटपिट गरी श्रीमानले घरेलु हिंसा गर्दै आएको प्रहरीले बताएकै छ । पुरुषद्वारा महिलाको हत्या धनुषामा नौलो होइन । आर्थिक वर्ष २०६७÷०६८ देखि २०६९÷०७० सम्म क्रमशः ३ वर्षमा धनुषामा ८, ७ र ८ गरी कुल २३ जना महिलाको हत्या नै भइसकेको छ भने ५ जना महिलालाई हत्या गर्ने प्रयास गरिएको छ ।
६ वर्ष देखि एक बालिका बलात्कृत हुदै

महिलामाथि हुने गरिएको हिंसाको विरुद्धमा चारै तिर आवाज उठिरहेको अवस्थामा धनुषामा एक १२ वर्षयि बालिका करिब ६ वर्ष देखि आफनै गाउका एक ठालुको बलात्करको सिकार बन्दै आएका छन । गरिबीका कारणले धनुषाको ढल्केवर एरियामा साहुको घरमा काम गरेर बस्दै आएकी ति बालिकालाई तिन जनाले ६ वर्ष देखि बलात्कार गर्दै आएको रहस्य सार्वजनिक भएको छ । घटना सार्वजनिक भए पछि इलाका प्रहरी कार्यालय ढल्केवरले तिनै जानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका छन । जस मध्ये एक जना ६० वर्ष उमेरका समेत रहेका छन । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक मिलन केसीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा पुष्पवलपुर ८ का चन्द्रबहादुर हेमजन,सोही गाविसका गोविन्द बल र ज्ञानबहादुर घिसिंग रहेका छन । उनीहरुको विषयमा अदालतमा मुद्दा दायर भईसकेको केसीले जानकारी दिनु भयो । गरिबी र विपन्नताको कारणले गर्दा महिलामाथि बलात्कार जस्तो घटनाहरु दिनप्रतिदिनबढदो रहेको छ । कस्तो अचम्म मुलुकमा जमिन्दारी प्रथा अन्त भइसक्यो तर काम गर्ने बालिका कामदार माथि यौन शोषण र बलात्कार त्यो पनि ६ वर्ष उमेरकी एक गरिवकी छोरीलाई लगातार ६ वर्षसम्म बलात्कार गर्ने राक्षसहरु समाजमा हावी भइरहेको अवस्था छ । धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा ४ जना, २०६८÷०६९ मा ६ जना र २०६९÷०७० मा ६ जना गरी तीन वर्षमा कुल १६ जना महिलालाई बलात्कार गरेको प्रहरीमा मुद्दा दर्ता भएको छ । यस वर्ष २०७० को  श्रावण देखि मंसिरसम्म कुल ६ वटा बलात्कारको मुद्दा दर्ता भइसकेको छ । बलात्कारको अभियोगमा पिडित महिलाले उजुरी गरेपनि अदालतमा गएर बलात्कार पुष्टि हुन नसक्दा अभियुक्त छुट्ने गरेका छन ।
पितृसत्तात्मक सामाजिक संरचना, सोच, व्यवहार, परम्परागत मुल्यमान्यताको कारणले महिला र पुरुष विच रहेको असंतुलित शक्ति सम्बन्ध छ । सामाजिक क्षेत्र महिलाको न्युन स्थान, राज्यद्वारा नै निर्मित भेदभाव पुर्ण कानुन, विभेदकारी रीतिरिवाज र वैवाहिक परम्परा, अशिक्षा र कम शिक्षाका कारणले महिला भएकै कारणले लैङ्गिक हिंसा हुने वढी खतरा देखिएको छ । लिङगमा आधारित महिला विरुद्धको हिंसा लैङ्गिक भेदभावको प्रमुख एउटा रुप हो । लैङ्गिक हिंसा भन्नाले कुनै पनि व्यक्ति उपर उसको लिङगको आधारमा भेदभाव गरी गरिने सम्पुर्ण व्यवहार र कामहरु हुन, जसले उक्त व्यक्तिलाई पिडा हुन्छ । शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना आदि जस्ता पिडा पु¥याउने काम र व्यवहारहरु हिंसा भित्र पर्दछन । साथै अन्य प्रकारका दुरव्यवहार, शारीरिक चोटपटक, धाक धम्कीको प्रयोग, भय, त्रास र डर देखाउनु, बल प्रयोग गर्नु, जवरजस्ती गर्नु, अपहरण गर्नु, सताउनु, वा कुनै पनि प्रकारबाट दुःख दिनु, चाहे त्यो बोलेर होस् वा जिस्काएर अपमानित गरिन्छ भने त्यो हिंसाको दायरा भित्र पर्दछ ।
    धनुषामा आर्थिक वर्ष २०६७÷०६८ मा १ सय ३८, २०६८÷०६९ मा २ सय ३ र २०६९÷०७० मा २ सय ८९ थान महिला हिंसाको मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालय सम्म पुगेको तथ्याङक मात्र त्यति हो । कतिपय घटनाहरु लोकलाज र प्रतिष्ठाका कारण प्रहरीसम्म पुग्दैन । समाजमै घटनालाई दवाइन्छ । आर्थिक वर्ष २०७०÷०७१ को श्रावण देखि मंसिर मसान्त सम्मका  घरेलु हिंसाको १ सय ५३ थान मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको छ । आर्थिक वर्ष सकिएपछि उजुरी विगतको वर्षभन्दा दुई गुणा वढी हुन सक्ने देखिन्छ । घरेलु हिंसाकै कारण समाजमा महिलाहरुले प्रतिवाद गर्नुको सट्टा शोषण सहन नसकेर आत्म हत्या गरी आफ्नो जीवन नै उत्सर्ग गर्ने प्रवृति धनुषामा व्यापक देखिन्छ । महिला विरुद्ध हिंसा हुने र उक्त हिंसा गर्ने विरुद्ध कारवाही नहुँदा महिलाहरुको आत्महत्या गर्ने डर दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । आर्थिक वर्ष २०६७÷०६८ मा विष सेवन गरेर २३, झुण्डीएर १० र डुवेर १ गरी कुल ३४ जना महिलाले धनुषामा आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा झुण्डीएर १५ जना र २०६९÷०७० मा ६ जना महिलाले आत्महत्या गरेको देखिन्छ ।
देशै भरी महिला हिंसाविरुद्ध उजुरी बढ्दै, पाँच वर्षमा दोब्बर

महिलाहरूमा आफूमाथि भइरहेको हिंसाविरुद्ध आवाज उठाउँदै              न्यायका लागि सरोकारवाला निकायको ढोका ढक्ढक्याउने क्षमता विगतभन्दा बढेको छ । विभिन्न सरोकारवाला निकायमा महिलाले दायर गरेका उजुरीको बढ्दो संख्याले यस्तो स्थिति देखाएको हो । खासगरी नेपाल प्रहरी, जिल्ला अदालत र राष्टिूय महिला आयोगमा पाँच वर्षयता दर्ता भएका उजुरी र मुद्दा झन्डै दोब्बर बढ्नुले महिलाहरूमा न्याय खोज्ने क्षमता वृद्धि भएको देखिन्छ ।
महिला प्रहरी केन्द्रीय विभाग नक्सालमा पाँच वर्षयता उजुरी संख्या दोब्बर पुगेको छ । आर्थिक वर्ष २०६४ र ०६५ मा घरेलु हिंसासम्बन्धी ८ सय ८१ उजुरी परेकामा २०६९ र ०७० मा १ हजार ८ सय पुगेको विभागले जनाएको छ । विभागकै रेकर्डअनुसार पाँच वर्षअघि ३ सय ९ वटा बलात्कारका उजुरी परेका थिए । अहिले यो दोब्बर अर्थात ६ सय ७७ पुगेको छ । यसैगरी बहुविवाहको उजुरी १ सय २२ बाट बढेर ३ सय ५० पुगेको छ । कालिमाटीस्थित महिला तथा बालबालिका सेलका प्रमुख सुशीला प्रधान पछिल्लो समय हिंसापीडित महिलाहरूमा उजुरी गर्ने आत्मबल बढेको बताउँछिन । घरेलु हिंसाका धेरै घटना हामीकहाँ आउने गरेका छन, उनले  भनिन, ‘श्रीमानले रक्सी सेवन गरी कुटपिट गरेको, अर्की महिलासँग अवैधानिक सम्बन्ध राखेको, खान(लाउन नदिएको जस्ता घटनामा बढी उजुरी परेका छन ।’
    प्रधानका अनुसार महिला हिंसाविरुद्ध चेतना विकास हुँदै गएकाले उजुरी आउने क्रम बढेको हो । महिलासम्बन्धी मुद्दामा सञ्चालित गैरसरकारी संघ(संस्थाका अभियान, न्याय सम्पादनमा आएको गतिशिलता लगायत कारणले पनि जागरुकता बढेको उनले बताइन्। महिला प्रहरी सेलको संख्या वृद्धिलाई उनी अर्काे मुख्य कारण मान्छिन । जिल्ला अदालत काठमाडौंमा तीन वर्षयता परेका मुद्दाको संख्याले पनि महिलामा उजुरी गर्ने क्षमता बढ्दै गएको देखिन्छ । अदालतमा २०६७र६८ मा ९ सय ७८ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका थिए ।
    २०६८ र ०६९ मा यो संख्या बढेर १ हजार ७ सय ४५ पुगेको थियो । त्यसको एक वर्षपछि २०६८र६९ मा १ हजार ८ सय २४ पुग्यो। घरेलु हिंसातर्फ २०६७र६८ मा १४ वटा मुद्दा परेकामा २०६८ र ०६९ मा १७ हुँदै २०६९ र ०७० मा २० पुगेको छ ।
राष्टिूय महिला आयोगले पनि हिंसापीडित महिला न्यायका लागि उजुरी गर्न आउने चलन बढ्दै गएको जनाएको छ । आयोगमा आर्थिक वर्ष २०६८ र ०६९ मा ४ सय ३० वटा महिला हिंसाका उजुरी परेका थिए । त्यसको अर्काे वर्ष ३ सय ६९ वटा परे । आयोगको पछिल्लो तथ्यांक अर्थात सन २०१३ मा मात्र १ सय ४३ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेका छन । महिलामाथि हुने विभिन्न हिंसामध्ये घरेलु हिंसाका घटना बढी भेटिएका छन । विभिन्न सरोकारवाला निकायमा परेका उजुरी हेर्दा घरेलु हिंसा सबभन्दा बढी देखिन्छ । हालै कृपा तथा युसिएल नामक अन्तर्राष्टिूय गैरसरकारी संस्थाले गरेको अध्ययनले घरेलु हिंसाको उजुरी बढी आउने गरेको देखाएको थियो । राष्टिूय महिला आयोगकी सदस्य महना अन्सारी महिलामा हिंसा सहने धैर्य कम हुँदै गएकाले हिंसाविरुद्ध उजुरी गर्ने चलन बढेको बताउँछिन । हिंसा सहने क्षमतामा परिवर्तन आउँदैछ,्ु उनले भनिन, ‘पहिलेजस्तो अहिलेका महिला आफूमाथि हिंसा हुँदा पनि टुलुटुलु हेरेर बस्दैनन्। न्यायको निम्ति लड्न सक्षम छन ।’ उनका अनुसार महिलामा बढ्दै गएको अधिकारप्रति सचेतना, मोबाइल, टेलिभिजन, पत्रपत्रिकाजस्ता सूचनाका माध्यम, एकै ठाउँ भेला भएर छलफल गर्ने संस्कृतिको विकासजस्ता पक्षले हिंसाविरुद्ध उजुरी गर्ने चेतना बढेको हो । २०६२ र ०६३ को जनआन्दोलनपछि महिलामा अधिकार चेतना तीव्र भएको अन्सारीको ठम्याइ छ । महिलाहरूमा दमित भएर बस्ने धैर्य कम हुँदै गएको छ,्ु उनले भने, ‘महिलाहरूमा बढ्दो आत्मनिर्भरता, जनचेतनाजस्ता पक्षले उजुरी गर्ने चलन बढेको छ । तर, उजुरीको संख्या बढे पनि न्याय पाउनमा खासै सुधार हुन नसकेको सरोकारवालाहरूको अनुभव छ ।’
    गाविस तथा इलाका प्रहरीले महिला हिंसाका घटनालाई सामान्य रूपमा लिने प्रवृत्तिले उचित न्याय पाउनमा समस्या खडा गरेको आयोग सदस्य अन्सारी बताउँछिन । ‘घरेलु हिंसासम्बन्धी कडा कानुन अभावमा यस्ता घटनाले प्रश्रय पाउने गरेको छ’ उनले भनिन, ‘गाविस तथा प्रहरीले घरभित्रकै झगडा भन्दै पठाउने गर्छन, घर पुगेपछि फेरि श्रीमानले कुटपिट गर्न थाल्छ ।’ घरेलु हिंसासम्बन्धी कानुन कडा बनाउन सके यस्ता घटना कम हुँदै जाने उनको ठहर छ । महिला सेल प्रमुख प्रधान पनि घरेलु हिंसासम्बन्धी कानुन पर्याप्त नभएकैले उचित कारबाही हुन नसकेको बताउँछिन ।
    ‘पीडित महिला पीडकलाई थुनेर कारबाही अघि बढाइयोस भन्ने आशा राख्छन तर ऐनमा थुनेर कारबाही गर्ने व्यवस्था नै छैन, उनले भनिन । समाजशास्त्री नीति अर्याल उजुरी बढ्नुलाई महिलामा विकास हुँदै गएको सचेतना मान्छिन । सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी तवरबाट यस क्षेत्रमा भएका गतिविधिको प्रभावले महिला चेतना बढेको उनको विश्लेषण छ । उजुरी बढे पनि पीडितले पूर्ण न्याय पाउन नसकेको कुरा भुल्न नहुने उनी तर्क गर्छिन । कारबाहीमा हुने ढिलाइ, कानुनी प्रक्रियामै हुने ढिलाइजस्ता पक्षले उचित न्याय पाउन नसकेको स्थिति छ, अर्यालले भनिन, ‘प्रहरीको मानसिकताले पनि पीडित महिलाले न्याय पाउन सकेका छैनन ।’उनका अनुसार घरेलु हिंसालाई घरभित्रकै समस्याका रूपमा लिने पुरानै प्रवृत्ति अहिले पनि कायम छ । ‘
    सबै घटना एउटै तह र प्रकृतिका हुँदैनन, तर प्रहरीको हेर्ने नजर एउटै हुन्छ,्ु उनले थपिन, सम्बन्ध धेरै नै बिगे्रपछि उजुरी गर्न पुगेकालाई प्रहरीले मिलेमतो गरेर पठाइदिन्छ । यसरी जबर्जस्ती मिलाएर पठाउँदा थप हिंसा र अपराध बढेर जाने उनले बताइन । यौनजन्य हिंसामा समाज तथा अन्य निकायले उल्टै महिलालाई दोषी ठर्हयाउने प्रवृत्ति कायम रहनुले पनि महिलाले उचित न्याय पाउन नसकेको अर्यालको तर्क छ ।

मिति ः २०७०÷८÷३०