Saturday, December 7, 2013

राजनमुक्ति समुहका एसटीएफ कमाण्डर अजय मुक्ति पक्राउ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समुहका एसटीएफ कमाण्डर अजय मुक्ति भनिने दिपक कुमार सिंहलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 
शनिबार १७ कार्तिकमा प्रहरीले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो । संविधानसभाको निर्वाचनलाई ससक्त विथोल्ने चेतावनी दिदै आएको राजनमुक्ति समुहको अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झाको दाहिने हात मानिएको सिंहलाई पक्राउ गर्न सक्नु धनुषा प्रहरीको लागि ठुलो सफलता रहेको प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन । महोत्तरी बथनाहा ४ का २९ वर्षिय सिंहलाई प्रहरीले धनुषाको तुल्सीयाही जव्दी ७ बाट सिमावत्र्ती प्रहरी, विषेश सुचना तथा प्राविधिक सहयोगका आधारमा पक्राउ गरिएको सुवेदीले बताएका छन । प्रहरीका अनुसार सिंहले धनुषा र महोत्तरीमा थुप्रै अपराधिक घटनाहरु गराई फरार रहेको थियो । 
सिंहले ३० मंसिर २०६५ मा जनकपुर ४ का कुमार निरौला, ३ पौष २०६५ मा चितवन जगतपुर ९ वस्ने छिन्नमस्ता सशस्त्र प्रहरीगण वर्दीवास दरवन्दी भई सपही वेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवलदार मंगल हरिजनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ वस्ने कृष्ण कुमार मिश्रलाई, ३ वैशाख २०७० मा जनकपुर ४ स्थित अशोक सिन्हाको घरमा वस्ने महोत्तरी इटहर्वा ८ का उपेन्द्र ओझालाई गोली प्रहार गरी घाइते वनाएको प्रहरीले दावी गरेको छ । त्यसैगरी ५ अषाद २०७० मा महोत्तरीको मनरा ८ मा स्थानीय अजय कुमार सिंह र उनको श्रीमति सोनम सिंहलाई, १० साउन २०७० मा महोत्तरीको जलेश्वर ५ स्थित खैरा चौकमा रहेको मधेसी जनअधिकार फोरमको कार्यालय भित्र जलेश्वर ६ वस्ने उक्त पार्टीका सचिव प्रगास साहलाई र २ अषाढ २०७० मा मनरा ८ का विकास कुमार सिंह र शैलेन्द्र मण्डललाई सिंहले गोली प्रहार गरी घाइते बनाएको प्रहरीको दावी छ ।त्यसैगरी जानकी मेडिकल कलेजका संचालक अशोक सिन्हा संग पटक पटक गरी रु १ लाख ६४ हजार नगद चन्दा लिएको तथा जनकपुर तथा महोत्तरीका विभिन्न पेशामा संलग्न इन्जिनियर, उद्योगी, व्यापारी, संघ संस्था, राष्टू सेवक, शिक्षक, कर्मचारीहरु समेतबाट चन्दा असुलेको प्रहरीले बताएका छन । 
विभिन्न घटनाको क्रममा बरामद गरिएका ९ एमएमको पेस्तोल थान १, सोको गोली २ र म्याग्जीन १ संगै २ थान मोवाईल र लागु औषधिहरु समेत प्रहरीले सार्वजनिक गरेका थिए । २०६३ साल देखि राजन मुक्तिको समुहमा आवद्ध रहेका सिंह विगतमा भारतमा अपहरण तथा शरिर बन्धक मुद्दामा भारतमा पक्राउ भई १३ महिना जेल सजाय काटेको तथा १० माघ २०६७ मा जनकपुर ७ बाट हातहतियार सहित पक्राउ परी जेल पठाईएको र १२ फागुन २०६९ मा धरौटीमा छुटेको बताएका छन । 
उनीसँगै सुटरको काम गर्ने बथनाहा ४ का दिपेन्द्र ठाकुर र उक्त समुहका नाइके लक्ष्मीपुर बगेवा ५ का राजनमुक्ति फरार रहेको प्रहरीले बताएका छन । संविधानसभाको चुनावलाई लक्षित गरेर अपराधिक घटनालाई अन्जाम दिने उदेश्यले जनकपुर आउन लागेकै वेला पक्राउ पर्नु प्रहरीको लागि सफलता भएको भन्दै प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ अपराधिक गतिविधि हुन नदिन हामी सम्पुर्ण युनिट तदारुक्ताका साथ लागेका छौ ।”


मिति ः २०७०÷७÷१७

धनुषामा ‘हाइभोल्टेज चुनाव’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

पहिलो संविधानसभाको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको प्रथम राष्टूपति दिने भुमि धनुषा अहिले पुर्णतः चुनावमय भएको छ ।फेरी दोस्रो पटक नयाँ इतिहास वनाउने क्रममा आफुलाई तयार गरिरहेको छ । धार्मिक, पौराणिक र ऐतिहासिक पृष्ठभुमि वोकेको जनकपुरको प्राचिनकाल देखि नै राजनीतिक परिचय पनि भएकाले सारा माहौल नै अहिले चुनावमय भइसकेको छ । राष्टिूय राजनीतिमा आफ्नो उचाई र कद बनाएर स्थापित भइसकेका एकिकृत नेकपा माओवादीका मधेस व्यूरो प्रमुख रामचन्द्र झा, नेपाली कांग्रेसका पुर्व महामन्त्री विमलेन्द्र निधि तमलोपाका राष्टिूय उपाध्यक्ष वृषेशचन्द्र लाल, सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय कुमार साह, एमालेका केन्द्रिय सदस्य रघुविर महासेठ र राष्टूपति रामवरण यादवका पुत्र चन्द्रमोहन यादव चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको हुनाले पनि धनुषाको यस पटकको निर्वाचन अति नै उत्साहप्रद भइरहेको छ । राजनीतिमा आफ्नो सिक्का जमाइसकेका खेलाडीहरुको विरासतको प्रतिष्ठा नै दाउमा लागेको हुनाले जो कोही पनि यस पटकको चुनावलाई जीवन मरणको लडाईका रुपमा पनि लिएको देखिन्छ । घर(घरमा चुनावको चर्चा हुन थालेको छ । उम्मेदवारले त चुनावी प्रतिस्पर्धालाई अत्यन्त रोमाञ्चक मात्र बनाएको छैन, चुनावी अङ्क गणितका ‘इन्जिनियर उम्मेदवारहरुको’ साख पनि दाउमा लागेको विश्लेषकहरु अनुभुति गर्न लागेका छन । आउने चुनावको परिणामले कतिपयको राजनीतिक करियरमा अल्पविराम वा पुर्णविराम लाग्न सक्ने देखिन्छ भने कतिपयको करियर अगाडी वढ्ने दुवै अवस्था भएका कारण धनुषामा यसपटक ‘हाइभोल्टेज चुनाव’ हुने निश्चित प्रायः छ । संविधान सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार अभियानलाई तिव्र बनाएका छन् । अहिले उम्मेदवारहरु घरदैलो र कोण सभाहरुमा व्यस्त देखिएका छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारहरु अहिले जोरतोडका साथ मतदाताहरुलाई रिझाउन दिनहुँ नयाँ नुस्का ल्याउने गरेकोे छ । अभियान तिब्र संगै चुनावी आचार संहिता उल्लंघनको क्रम पनि तिब्र बनेको छ । धनुषामा कुल ३ लाख ३७ हजार ७ सय १७ मतदाता रहेका छन् । पहिले धनुषामा ५ वटा निर्वाचन क्षेत्र मात्र रहेकोमा विगतमा भएको पहिलो संविधानसभा निर्वाचनदेखि क्षेत्रको संख्यालाई ७ बनाइएको छ । यस ७ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, नेकपा संयुक्त, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, नेपाल सदभावना पार्टी(आ.), जनमोर्चा नेपाल, दलित जनजाति पार्टी, राष्टिूय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, संघिय समाजवादी पार्टी, जन यनिटी को अपरेटिभ पार्टी, जनता दल लोकतान्त्रिक, नेपाल लेवर पार्टी, मजफो गणतान्त्रिक, दलित जनजाति पार्टी, मधेश समता पार्टी, सहकारी पार्टी नेपाल, अखण्ड नेपाल, संघीय सदभावना पार्टी, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगसं, नेपाल मजदुर किसान पार्टी, राष्टिूय जनशक्ति पार्टी सहित दर्जनौं स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
धनुषाको सदरमुकाम जनकपुरधाम सहित सात निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३ सय ३७ उम्मेदवारहरु चुनावको मैदानमा आफ्नो भाग्यको परीक्षा निर्धारण गर्ने अभियानमा होमिएको देखिएको छ ।
सबैभन्दा वढी चर्चामा ‘क्षेत्र नं. १’
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट रामचन्द्र झा (एमाओवादी), दिनेश प्रसैला (नेकाँ), लाल गोईत (एमाले), महेन्द्र प्रसाद कापडी (राप्रपा नेपाल),सुष्मा झा (स्वतन्त्र), सोनमा मुसहर (स्वतन्त्र), कलम हुसैन शेष (राप्रपा), राम हलेसियार कापड (दलित जनजाति), कृष्ण कुमार (तमलोपा), दिपेश यादव (स्वतन्त्र), बलदेव मण्डल (नेकपा माले), श्रवण यादव जीवन (स्वतन्त्र), पप्पु पजियार (स्वतन्त्र), इन्दलराइन यादव (स्वतन्त्र), रामप्रसाद मण्डल (समाजवादी पार्टी), ऋमिल यादव (नेपाल परिवार दल), विहारी यादव (स्वतन्त्र),पाण्डव यादव (स्वतन्त्र), कपिलदेव प्रसाद मुखिया (स्वतन्त्र), नरेश यादव (जन युनिटी को अपरेटिभ), अंजु देवी साह (नेपाल लेवर पार्टी), सुमित्रा कुमारी मुखिया(मधेश समता पार्टी), बाले राउ (स्वतन्त्र), श्याम कुमार भिन्वार(नेकपा माले समाजवादी), भोला गोइत(स्वतन्त्र), अरुण कुमार सिंह मंडल (फोरम नेपाल), धनिकलाल भिन्वार (स्वतन्त्र), राम गुलाम साह (स्वतन्त्र) र भोला गोइत यादव (स्वतन्त्र)ले उम्मेदवारी दिएका छन् । कुल ४६ हजार १ सय ७७ मतदाता रहेको धनुषा क्षेत्र नम्बर १ मा १८ वटा गाविसहरु रहेको छ ।
भौगोलिक दृष्टिकोणले तराईको दुर्गम ठाउँको रुपमा धनुषाको पुर्वी तथा उत्तरी भेगको क्षेत्र नं. १ लाई वर्षातको मौसममा टापु बनेको हुन्छ । २१ औं शताव्दीमा पनि त्यहाँ सडकको राम्रो व्यवस्था नभएका कारण यातायातको समुचित व्यवस्था नभए पनि कच्चि सडकमा केही वस गुडेको देख्न सकिन्छ । पछिल्लो संविधानसभाको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार रहेका रामचन्द्र झाले १७ हजार १ सय ८३ मत ल्याई एमाओवादी उम्मेदवार जोग कुमार वरबरिया यादवलाई २ हजार ५ सय ७५ मत अन्तरले पराजित गरेका थिए । तर यस पटक एमाओवादीको आधिकारीक उम्मेदवार वनेका झा र एमाओवादीको कारवाहीमा परी साधारण सदस्यबाट समेत निलम्वित भएका वरवरिया फेरी पनि मैदानमा प्रतिस्पर्धाका रुपमा छन । सदरमुकामबाट निकै टाढा रहेको भए पनि यस क्षेत्रका जनता राजनीतिक रुपले सचेत, हरेक आन्दोलन र क्रान्तिको अगुवाई गरी निर्णायक भुमिका निर्वाह गरेका, हेर्दा किसान जस्तो नपढेको देखिए पनि राजनीतिक रुपमा सामान्य कुरा प्रति पनि चासो राख्ने सचेत जनता संविधानसभाको दोस्रो चुनावका लागि चुनावका लागि अत्यन्तै उत्साहित रहेका क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका एमाओवादीका मधेस व्यूरो प्रमुख रामचन्द्र झा वताउँछन । झाले एमाले परित्याग गरि एमाओवादीबाट उम्मेदवारी दिएको र उनको दलित, जनजातीमा राम्रो पकड भएको यता क्षेत्रमा यादवको बाहुल्यता रहेको यस क्षेत्रमा एमालेको राम्रो जनाधार रहेको बताइन्छ । र अधिकांश जनताहरु एमाले र कांग्रेससंग सम्बन्धित रहेको बताइए पनि दुबै पार्टीका उम्मेदवारहरु तुलनात्मक रुपले हेर्दा झा भन्दा नयाँ भएको हुँदा केही हदसम्म फाइदा हुने कुरा देखिएको छ । यद्यपी एमाओवादीको बागि उम्मेदवार श्रवण यादवले केहि भोट काट्ने स्थिती भएकोले ठ्याक्कै परिणाम भन्न चाहि गाह्रो स्थिती नै देखिन्छ ।
क्षेत्रको १८ मध्ये १४ गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरिसक्दा विकास निर्माणमा अत्यन्तै पिछाडिएको क्षेत्र भएका कारण जनताको गुनासो हुनु स्वभाविक रहेको  भन्दै झा भन्छन,“ क्षेत्रमा थुप्रै ठुल(ठुला काम पनि भए तर स(साना काम हुन वाँकी छ । जनता दिर्घकालिन राजनीति भन्दा पनि विकासका कुरा अहिले घरदैलोको क्रममा उठाउने गरेका छन ।” यसो हेर्दा आप्mनो कोहीसँग प्रतिस्पर्धा छ जस्तो नलागेको भएपनि प्रतिद्वन्दीका क्रममा कांग्रेस निकै टाढा रहेको, त्यसपछि फोरम लोकतान्त्रिक, एमाले र काँइयो रहेको दावी गर्दै झा भन्छन,“यस क्षेत्रमा एमाओवादीको संगठनात्मक आधार वलियो रहेको, आफु पाँचौपटक निर्वाचनमा सहभागि हुँदाको अनुभव, जे(जे विकास निर्माणका कामहरु भयो, मैरै नेतृत्वमा भयो र मुख्य कुरा जनताको सुख दुःखमा जहिले पनि साथ रहेको कारण आफु विशाल मत अन्तरले विजयी हुने छु ।”
क्षेत्र नं.२मा कांग्रेस र माओवादी बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर २ मा १८ वटा गाविसमा कुल ४४ हजार ७ सय २४ मतदाता रहेका छन् । मण्डल र यादवको बाहुल्यता रहेको यस क्षेत्रमा कांग्रेस र एमाओवादीको राम्रो जनाधार रहेको बताइएकोमा नेपाली कांग्रेसका रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, एमालेका भोला साह, फोरम नेपालका शुभचन्द्र मण्डल मंजु देवी साह (नेपाल लेवर पार्टी),उपेन्द्र मिश्र (नेकपा माले समाजवादी), सुमित्रा देवी कापरी (शान्ति पाटी नेपाल), इन्द्रजीत यादव (नेपाल परिवार दल), सुनिता कुमार कर्ण (नेमकिपा), धिरेन्द्र प्रसाद यादव (राप्रपा), राजीव कुमार यादव (नेपाल सदभावना पार्टी), शुभचन्द्र यादव (फोरम नेपाल), सुन्देश्वर यादव (संघीय सदभावना पार्टी), रोशन कुमार महतो(जन युनिटी को अपरेटिभ) र स्वतन्त्रबाट क्रमशः धनेश्वर मंडल ,सोनावती देवी, रामहृदय साह, राममंजु मंडल, दिप कुमार महतो, ब्रहमदेव यादव, अमित कुमार झा, संजय कुमार सुडी, जीतेन्द्र प्रसाद साह, रामबाबु मंडल, संजीव कुमार शर्मा, नथुनी मंडल र रामकुमार मंडल ले उम्मेदवारी दिएका छन् । ९ हजार ८ सय २५ मत ल्याएर पछिल्लो संविधानसभाको चुनावमा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका थिए भने एमाओवादीका रामचन्द्र मण्डल ८ हजार २ सय १९ मत ल्याएपनि १ हजार ६ सय ६ मत का कारण दोस्रो भएका थिए । उक्त क्षेत्रमा यादवले विगतको संसदीय विकास कोषको रकमको सदुपयोग समेत नगरेको स्थानिय वासीहरु आरोप लगाउने गरेका छन । खास गरी मलाह समुदायको निरगुन सहनीले उम्मेदवारी दिएपछि कांग्रेस र माओवादी दुवैको मत काट्ने हुनाले एमालेका उम्मेदवार भोला साह पनि विजयी हुन सक्ने आँकलन गरिएको छ ।
३ मा सबैको निशानामा निधि
निर्वाचन क्षेत्र नम्बर ३ मा १७ गाविस गरी कुल ४७ हजार ८ सय ८६ मतदाता रहेका छन् ।
यस क्षेत्रमा ब्राह्मन र मुसलमानको मत निर्णायक मानिन्छ । यस क्षेत्रबाट कांग्रेसका पुर्वमहामन्त्री विमलेन्द्र निधि, एमाओवादीबाट हरिदेव मण्डल, एमालेबाट जुली महासेठ, साधु यादव (फोरम नेपाल), राजिव चौधरी (राष्टिूय मधेस समाजवादी पार्टी), जस्ता उम्मेदवार मैदानमा उत्रेका छन् । यो क्षेत्र  निधिका लागि सुरक्षित मानिए पनि कांग्रेस परित्याग गरि हाल राष्टिूय मधेस समाजवादी पार्टीबाट उम्मेदवार दिएका राजु भनेर चिनिने राजेश चौधरीले निधिको भोट मात्र काटिरहेको छैन, निधिलाई कडा टक्कर दिइरहेको छ । एमाओवादीका उम्मेदवार मण्डलको स्वच्छ छवि तथा गणतन्त्रवादी धारका कारण उनको स्थिती पनि राम्रो नै रहेको विश्वास व्यक्त गरिन्छ भनेसाथै एमालेका जुली महासेठले पनि पैसाको चलखेल गर्ने कारण ठ्याक्कै परिणाम के हुने भन्ने स्थिती पक्कै पनि छैन । रामसपाका उम्मेदवार राजु चौधरी भन्छन,“२४ वर्ष देखि उक्त क्षेत्रमा निधिजीको बन्धक बनेकै कारण विकास निर्माणमा त पछाडि प¥यो प¥यो, संविधान निर्माणका लागि समेत मधेसी जनताले विकल्पको रुपमा मधेसवादी पार्टीलाई साझा उम्मेदवारको रुपमा आफुलाई देखेको कारण आफु चुनाव जित्ने छु ।” गत चुनावमा निधि र मण्डल बीच भएको कडा प्रतिस्पर्धामा निधि १५ हजार ५ सय ८२ मत ल्याएर निर्वाचित भएका थिए भने मण्डलले ९ हजार ९ सय ३६ मत ल्याएका थिए ।
जनकपुरमा साह र यादव बीच कडा प्रतिस्पर्धा
धनुषाको एक मात्र नगरपालिका जनकपुर नगरपालिकाको १६ वडा र ५ गाविस रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा कुल ५३ हजार ९७ मतदाता रहेका छन् । व्यापारीहरु (साहुजी)को बाहुल्यता रहेको यस क्षेत्रमा पहाडी, मारबाडी र मुसलमानहरुको समीकरणले निर्वाचन परिणामलाई प्रभावित पार्ने गर्दछ । यसैको कारण २०५४ को संसदीय निर्वाचनमा राप्रपाका कृष्णप्रताप मल्लले कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिलाई हराउन सफल भएका थिए भने गत चुनावमा संजय साहले विजयी हासिल गर्न सफल भएका थिए । तसर्थ यस संविधान सभा सदस्य चुनावमापनि त्यही समिकरणलाई मध्यनजर गरी दलहरुले आ(आफ्ना उम्मेदवार छनौट गरेको देखिन्छ ।
अरविन्द साह (एनेकपा माओवादी),श्रीप्रसाद साह (नेकपा एमाले), संजय कुमार साह (सदभावना पार्टी), रामसरोज यादव (नेपाली काग्रेस), वृषेश चन्द्र लाल यादव (तमलोपा), रामनरेश यादव (राप्रपा नेपाल), शोभा देवी साह (स्वतन्त्र), लक्ष्मण महतो सुडी (स्वतन्त्र), मनोज कुमार मण्डल (नेकपा संयुक्त), राजदेव मिश्र (स्वतन्त्र), दरोगा प्रसाद सिंह (स्वतन्त्र), रघुनन्दन प्रसाद साह (नेपाली जनता दल), जय कालिया देवी यादव(नेपाल मजदुर किसान पार्टी), रविशंकर कुमार कण (स्वतन्त्र), शिव साह हलुवाइ (स्वतन्त्र), लाल बाबु साह (ने स पा लोहियावादी), अनरुद कुमार साह (स्वतन्त्र), देवनारायण प्रसाद साह (स्वतन्त्र), मो. जियाउदिन नदाफ (स्वतन्त्र), फूल कुमारी देवी (नेकपा माले समाजवादी), रामदयादयाल मण्डल (स्वतन्त्र), सुधाकर झा (मधेशी जनअधिकार फोरम गणतान्त्रिक), विनोद कुमार साह (राप्रपा), रामप्रवोध महतो (स्वतन्त्र), बचन देव पजियार (स्वतन्त्र), रामस्वार्थ राय(मधेशी जनअधिकार फोरम नेपाल), शुद्धोधन यादव (स्वतन्त्र), उमेश कुमार साह (स्वतन्त्र), सूर्य कुमार साह (स्वतन्त्र), सूर्य दास (दलित जनजाति पार्टी ) , रामबाबु मंडल केवट(जनयुनिटी को अपरेटिभ पार्टी), सत्यनारायण साह (स्वतन्त्र), राम पुकार राय (तराइ मधेश सदभावना पार्टी नेपाल), ज्ञानेन्द्र कुमार राउत(राष्टिूय मधेश एकता पार्टी), पवन कुमार साह (नेपाल परिवार दल), बिरेन्द्र कुमार महतो (स्वतन्त्र),मनोज कुमार चौधरी (राष्टिूय मधेश समाजवादी पार्टी), ललित कुमार बरही (स्वतन्त्र),महादेव मुखिया(मधेश समता पार्टी नेपाल), सुरेश कुमार साह (नेपाल लेवर पार्टी), राजकिशोर साह(संघीय समाजवादी पार्टी), प्रमेश्वर मण्डल खत्वे (स्वतन्त्र), फौदार धोवी (स्वतन्त्र), अरुण कुमार नायक (मधेशी जनअधिकार फोरम मधेश), कृष्ण चन्द्र प्रसाद साह (मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक), अन्जु देवी बुढाथोकी (स्वतन्त्र), दुःखी मण्डल (नेकपा माले), दिपेश कुमार साह(राष्टिूय जनता दल नेपाल), रंजीत कुमार मंडल (स्वतन्त्र), रामचन्द्र पजियार (स्वतन्त्र), अनिल पजियार (स्वतन्त्र), विनोद कुमार मण्डल (स्वतन्त्र), ललन ठाकुर मैथील (जनतान्त्रिक तराई मधेश मुक्ति टाइगसं), रामदयाल साह सुडी (स्वतन्त्र), विजय कुमार साह (स्वतन्त्र), रामपुकारी देवी ठाकुर (स्वतन्त्र), सुरेश पजियार (स्वतन्त्र) संतोष कुमार सरबरिया (स्वतन्त्र), सुजित कुमार मण्डल धानुक (स्वतन्त्र), बिरेन्द्र पासवान (स्वतन्त्र), रामनरेश प्रसाद साह(नेपाल सदभावना पार्टी), सुनिल कुमार यादव (स्वतन्त्र), दिपक कुमार झा(संघीय सदभावना पार्टी) र राज कुमार सिंह (अखण्ड नेपाल) ले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा व्यापारीहरुको मतले निर्णायक भुमिका खेल्ने भएको हुँदा प्राय सबै दलहरुले त्यही किसिमले उम्मेदवारलाई खडा गरेका छन् भने उम्मेदवारहरु पनि व्यापारीहरुको मतलाई क्यास गर्न जोरतोडकै साथ लागि परेको देखिन्छ । गत चुनावमा एमालेका रघुवीर महासेठ र तत्कालिन फोरम तथा अहिलेको सदभावनाका संजय साह बीच भएको कडा प्रतिस्पर्धामा साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने महासेठले ९ हजार २ सय ८२ मत मात्र पाएका थिए । यस चुनावमा पनि साह सदभावनाको केन्द्रीय उपाध्यक्ष भएको र राज्य मन्त्री भइसकेको हुँदा उनको तुलनात्मक रुपमा अरु उम्मेदवार भन्दा मुल्यांकन उच्च रहेको देखिन्छ । तर कांग्रेसका उम्मेदवार रामसरोज यादव पनि उनीभन्दा कम नरहेको बताईन्छ । खास गरी विभिन्न पार्टीबाट साह समुदायबाट थुप्रै उम्मेदवार रहेको हुनाले संजयको मत काटिने एक थरिको आँकलन छ भने फोरमबाट राम स्वार्थ राय यादवले पनि जातिगत आधारमा कांग्रेसको भोट काट्न सक्ने हुनाले फोरवार्ड समुदायको मत लिएर तमलोपाका वृषेश चन्द्रलाल पनि जित्न सक्ने तमलोपा कार्यकर्ताहरुको विश्लेषण छ ।
५ मा महासेठको साख दाउमा 
निर्वाचन क्षेत्र नम्बर ५ मा १५ वटा गाविस गरी कुल ४७ हजार ४ सय १० मतदाता रहेको छ । यो क्षेत्रलाई पनि यादवहरुको बहुल क्षेत्र मानिन्छ र यस क्षेत्रमा पर्ने सखुवा महेन्द्रनगर गाविसको भोटलाई निर्णायक भोट मानिन्छ । धनुषा जिल्लाको सबै भन्दा बढी मतदाता रहेको गाविस सखुवा महेन्द्रनगरमा नै हो । यस क्षेत्रबाट राष्टूपति रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादवको टक्कर तमलोपाकी अनिता यादव, एमालेका रघुवीर महासेठ र एमाओवादीका विजय यादव संग छ ।
पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसबाट विजयी हासिल गरेका डा. रामवरण यादव राष्टूपति भएपछि उपनिर्वाचनमा रघुवीर महासेठ निर्वाचित भएका थिए । ज्ञानेन्द्र कुमार यादव (फोरम नेपाल), अनिता यादव (तमलोपा), शंकर प्रधान (सदभावना पार्टी) जस्ता अपेक्षित कमजोर उम्मेदवारहरुले उम्मेदवारी दिएको हुँँदा गत चुनावमा निर्वाचित महासेठको सिंहासन डग्मगाउन सक्ने आशंका व्यक्त गरिएको छ । साथै अबको क्षेत्र नम्बर ५ मा सुरुदेखि नै कम्युनिष्टहरुको गढ मानिएको तारापट्टी, सिरसिया, अन्दुपट्टी, कटरैत, मानसिंहपट्टी लगायतका गाउँहरु परेको हुँदा एमाले र माओवादीका उम्मेदवारहरुले पनि निर्वाचन परिणामलाई समेत प्रभावित पार्न सक्ने अनुमान व्यक्त गरिएको छ । साथै कांग्रेस र एमाले पार्टी भित्रको आन्तरिक द्वन्दको कारण एमाओवादीको विजय यादवलाई चिट्ठा पर्ने सम्भावना प्रबल छ । तर उक्त क्षेत्रमा अनिता यादवको पक्षमा सहानभुति मत पर्न सक्ने हुनाले उनी पनि जित्न सक्ने बताइन्छ ।
कांग्रेसको उम्मेदवार यादवलाई क्षेत्रले सिफारिस समेत नगरेको तर केन्द्रले जबरजस्ती यादवलाई टिकट दिएको कारण पार्टीभित्र स्थानीय नेता कार्यकर्ता बीच आन्तरिक कलह चलिरहेको अवस्था छ भने एमालेमा पनि आन्तरिक कलहले गर्दा एमालेका स्थानीय पुराना नेता कार्यकर्ताहरु महासेठ देखि रुस्ट भएको स्थिती देखिएकोले एमाओवादीका उम्मेदवार विजय यादव कांग्रेस परित्याग गरि आएको र महेन्द्रनगरको स्थानीय भएको नाताले महेन्द्रनगरको भोटले नै क्षेत्र नं. ५ मा निर्णायक भुमिका खेल्ने गरेको हुँदा युवा नेता यादव प्रति रुझानले गर्दा उनलाई चिट्ठा पर्न सक्ने सम्भावना प्रबल रहेको अनुमान गरिदैंछ । 
६ मा माओवादी र कांग्रेस बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर ६ मा पनि १५ गाविस गरी ४९ हजार ७१ मतदाता रहेका छन् । यो क्षेत्र पहिलेको क्षेत्र नम्बर १ र २ को कम्युनिष्ट इलाकाका रुपमा चिनिएको क्षेत्र हो ।
यस क्षेत्रमा नेकपा एमालेका योगनारायण यादव, एकिकृत नेकपा माओवादीकी बोधमाया यादव, नेपाली कांग्रेसका प्रेमकिसोर साह,फोरम नेपालका सुजिता यादव, श्रीलाल महासेठ (नेकपा संयुक्त), मनोज ठकुरी (राप्रपा नेपाल), बलराम प्रसाद सुवेदी (स्वतन्त्र), राजदेव राय (नेपाल जनता पार्टी), हरि प्रसाद यादव (स्वतन्त्र), अरविन्द यादव (लोकतान्त्रिक पार्टी), गान्धी नारायण साह (स्वतन्त्र), भवनाथ पहाडी जैसी(नेपाल परिवार दल), शत्रुधन महरा (दलित जनता पार्टी), गीता राना (राष्टिूय जनता दल नेपाल), चन्द्रदेव चौधरी (तमलोपा), मो. इजराइल अहमद (तमलोपा नेपाल), जाहिर मिया नेपाल(मधेशी जनता दल), विजय कुमार यादव(मधेश तराइ फोरम), लक्ष्मेश्वर सहनी (मधेश समता पार्टी), सुरेन्द्र कुमार मंडल(मजफो गणतान्त्रिक), सुरेन्द्र मंडल (रामसपा), हेमनारायण साह (स्वतन्त्र), विजय महतो (नेपाल लेवर पार्टी), कृष्ण कुमारी तामाङ (संघीय समाजवादी पार्टी), संजय चौधरी (स्वतन्त्र), ओम प्रकाश नायक (स्वतन्त्र), जिवछ यादव (स्वतन्त्र), अशोक कुमार महतो (स्वतन्त्र), जागेश्वर मंडल (स्वतन्त्र), लक्ष्मण राय (स्वतन्त्र), जानकी कुमारी दाहाल (राप्रपा), राजदेव सहनी मलाह (स्वतन्त्र), रानी वती देवी (ने स पा), रामएकवाल यादव (स्वतन्त्र), विष्णु देव यादव (स्वतन्त्र), हरिषचन्द्र साह तेली (स्वतन्त्र) ले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रबाट पनि यादवहरुको र व्यापारीहरुको मतलाई निर्णायक मत मानिन्छ । तसर्थ यस क्षेत्रमा मूल प्रतिस्पर्धा एमालेका योगनारायण यादव र माओवादीका बोधमाया यादव बिच हुने देखिएपनि जातिय समिकरणले गर्दा व्यापारीहरुको राम्रो पकड रहेको व्यापारीवर्गका कांग्रेसी उम्मेदवार प्रेमकिशोर साहको पनि स्थिती खासै नराम्रो हुने स्थिती छैन । उक्त क्षेत्रबाट गत चुनावमा एमाओवादीकी रामकुमारी यादव निर्वाचित भएकी थिइन । सभासद रहँदै उनको मृत्यु भएको थियो । बोधमाया यादव उनकै पुत्री हुन । र यादवको बाबु, आमा, दाजु(भाई सबै सहिद भएको कारण उनि प्रति सहानुभुती यस क्षेत्रको जनतामा त्यसै देखिएको स्थिती छ ।
७ मा एमाले र एमाओवादी बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर ७ मा १३ गाविस गरी कुल ४९ हजार ३ सय ५२ मतदाता रहेका छन् । धनुषाको उत्तरी भेगमा रहेको यस क्षेत्रमा कोइरी र पहाडी समुदायका जनताहरुको उल्लेख्य उपस्थिती रहेको छ । यस क्षेत्रबाट रामकुमार महतो (एनेकपा माओवादी), शत्रुधन महतो नेकपा (एमाले), बासुलाल महतो (नेपाली कांग्रेस), समीर घिमिरे (स्वतन्त्र), उमेश्वर महतो(जन यनिटी को अपरेटिभ पार्टी), रामदेव महतो (स्वतन्त्र), रामचन्द्रं सिंह (स्वतन्त्र), मिनबहादुर थिंग (राप्रपा नेपाल), बालकिशोर नायकसुडी (स्वतन्त्र), कृष्ण प्रताप मल्ल (राप्रपा), इन्द्रदेव महतो (स्वतन्त्र), सूर्य प्रसाद पुडासैनी (स्वतन्त्र), शिव कुमार खडका (स्वतन्त्र), रामसोभित कुर्मी (स्वतन्त्र), राजेन्द्र महतो (नेपाल सदभावना पार्टी), केदार चन्द्र शर्मा (नेकपा संयुक्त), रामदयाल राउत(जनता दल लोकतान्त्रिक), प्रकाश कुमार दाहाल (स्वतन्त्र), जुगती रान यादव (नेपाल लेवर पार्टी), रविकान्त कुमार सिंह (स्वतन्त्र), रामजुलुम ठाकुर बरही (स्वतन्त्र), रवी महतो (स्वतन्त्र), रामप्रमेश्वर यादव संघीय (समाजवादी), रामहृदय महता (स्वतन्त्र), चन्देश्वर प्रसाद सिंह (स्वतन्त्र), राजेन्द्र प्रसाद सिंह (स्वतन्त्र), चित्र बहादुर आले मगर (नेपाल परिवार दल), पवन कुमार मंडल (सदभावना पार्टी), अमिलाल दास (स्वतन्त्र), ललित नारायण यादव(राष्टिूय जनता दल नेपाल), नन्द किशोर महतो(फोरम लोकतान्त्रिक), शिवनाथ महतो (रामसपा), सुरेश महतो (स्वतन्त्र), रामकृष्ण यादव (मजफो), गणतान्त्रिक), दुखी महतो (संघीय सदभावना), चन्देश्वर महतो(मधेशी जनअधिकार फोरम नेपाल), राजेश्वर महासेठ (तमलोपा), सुधिर साह (नेकपा माले) र रिषि लामा (स्वतन्त्र) जस्ता उम्मेदवारहरु मैदानमा उत्रेका छन् । पहाडी समुदायका मतदाताहरु कांग्रेस र एमालेसंग सम्बद्ध रहेकोले र कोइरी समुदायले जातिय हिसाबले कांग्रेस, एमाले, एमाओवादी, नेसपा, फोरमको उम्मेदवार कोइरी महतो नै भएकोले मत सबैको मत काट्ने चान्स बढी देखिएको छ भने उत्ता पहाडी समुदायका कृष्ण प्रताप मल्ल र कांग्रेसका बागी उम्मेदवार समीर घिमिरे पनि आ(आफ्नै किसिमको पकड रहेको हुँदा यस क्षेत्रमा प्रमुख दलहरु बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत चुनावमा एमालेबाट शत्रुधन महतो यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
तर यस चुनावमा समीर घिमिरे कांग्रेसको वागी उम्मेदवार भएकोले बेंगाडावर, तुलसी, पुष्पवलपुर, ढल्केवर र नक्टाझिजको केहि वडाहरुमा उनको पकड राम्रो भएको हुँदा कांग्रेसका उम्मेदवार बासलाल महतोको भोट काट्नुको साथै यी गाविसबाट शत्रुधन महतोलाई पर्ने पहाडी समुदायको भोट पनि घिमिरे काट्ने विश्लेषण गरिंदैछ । साथै यस क्षेत्रमा कांग्रेस र एमालेको ठूलो आन्तरिक द्वन्द भएको अवस्था छ । क्षेत्रबाट शत्रुधन महतो र बासुलाल महतोको सिफारिस समेत नभएको तर केन्द्रले टिकट दिएको हुँदा दुबै पार्टीका स्थानीय नेता कार्यकर्ताहरु रुष्ट भएका छन् । गत चुनावमा एमाओवादीका उम्मेदवार जागेश्वर महतो पनि अहिलेको उम्मेदवार रामकुमार महतोलाई सघाई रहेको अवस्था भएको हुँदा एमाओवादीको सम्भावना यस क्षेत्रमा पनि राम्रो नै देखिएको छ ।
गत चुनवा मधेस आन्दोलनको सेन्टिमेन्टले गर्दा सदभावाना पार्टी, मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी जस्ता मधेसवादी पार्टीको स्थिती राम्रो भएपनि सत्ता लोलुपत्ताको कारण पार्टी टुक्रा टुक्रा पार्ने काम मात्र गरेको हुँदा मधेसवादी दलहरु प्रति जनताको मोह समाप्त भएको देखिएको छ ।मधेसका जनताले यी मधेसवादी दलहरुले मधेसको नाममा राजनीति गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने काम मात्र गरेको कुरा बुझिसकेका छन् । तसर्थ यस अवस्थामा एक पटक फेरि मूल प्रवाहका राजनीतिक दलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले कै चान्स बढी रहेको दाबी राजनीतिक विश्लेषकहरुको छ ।

मिति ः २०७०÷७÷१७

Tuesday, October 29, 2013

राजनीतिक अधिकारमा नाम मात्रको महिला प्रतिनिधित्व


अजय अनुरागी
जनकपुरधाम............

नेपालको अन्तरिम संविधान(२०६३ ले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने उल्लेख भएको भएतापनि आउँदो मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा कुनै पनि दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाएका छैनन ।
धनुषामा कुल ७ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ परेको ३ सय ३४ जना उम्मेदवारहरु मैदानमा प्रतिस्पर्धा गर्दैछन । जसमध्ये  ३ सय ९ जना पुरुष उम्मेदवारहरु रहेका छन भने महिला उम्मेदवारको संख्या २५ मात्र रहेको पाइन्छ । प्रतिशतको आधारमा हेर्ने हो भने पुरुष उम्मेदवारहरुको प्रतिशत ९२.५२ र महिला उम्मेदवारहरुको प्रतिशत ७.४८ मात्र रहेको छ । क्षेत्र नं. १मा कुल ४० उम्मेदवार मध्ये ३६ जना पुरुष र ४ जना महिला, क्षेत्र नं. २ मा कुल ४१ उम्मेदवार मध्ये ३८ जना पुरुष र ३ जना महिला, क्षेत्र नं. ३ मा ५३ उम्मेदवार मध्ये ४८ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ४ मा कुल ६२ उम्मेदवार मध्ये ५७ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ५ मा कुल ५६ उम्मेदवार मध्ये ५४ जना पुरुष र २ जना महिला, क्षेत्र नं. ६ मा कुल ४२ जना उम्मेदवार मध्ये ३६ जना पुरुष र ६ जना महिलाले उम्मेदवारी दिएका छन । क्षेत्र नं. ७ मा कुल ४० उम्मेदवार मध्ये एउटा पनि महिलाको उम्मेदवारी परेको छैन । क्षेत्र नं. १ मा नेपाल लेवर पार्टीको तर्फबाट बल्हा सघारा(३ की अन्जु देवी साह, मधेस समता पार्टीको तर्फबाट बल्हा सघारा–७ की सुमित्रा कुमारी मुखिया, एमाओवादी नेता रामचन्द्र झा कि पत्नी समेत रहेकी माचीझिटकैया–७ कि सुमित्रा देवी झा र महिला अधिकारकर्मी समेत रहेकी खजुरी चन्हा–६ की कुमारी भारती झाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन । त्यसैगरी क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जनकपुर–८ कि सुनिता कुमारी कर्ण, शान्ति पार्टीको तर्फबाट बघचौडा कि सुमिन्त्रा देवी कापडी र औरही कि सोनाबत्ती देवीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन । क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट मिथिलेश्वर मउवाही(१ कि जुली कुमारी महत्तो, राष्टिूय जनता दलको तर्फबाट मानसिंहपट्टी–४ कि लिलादेवी यादव, तुल्सीयाही निकास–४ कि बन्दना मिश्र, देवडिहा–६ कि प्रेमकला देवी र बसहिया–९ कि प्रभाबत्ती देवीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन । त्यसैगरी क्षेत्र नं. ४मा नेकपा माले समाजवादीको तर्फबाट जनकपुर–४ कि फुलकुमारी देवी, नेपाली मजदुर किसान पार्टीको तर्फबाट जनकपुर–७ कि जयकलिया देवी यादव, जनकपुर–१३ कि अन्जु देवी बुढाथोकी, जनकपुर–१ कि रामपुकारी देवी, कनकपट्टी–४ कि सोभा देवी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छिन । क्षेत्र नं. ५ मा तमलोपाको तर्फबाट सिनुरजोडा(१ कि अनिता कुमारी यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट सखुवा महेन्द्रनगर(१ कि जिवछी चौधरी गरी दुई जना मात्र महिला उम्मेदवार छन ।  क्षेत्र नं. ६ मा संघीय समाजवादी पार्टीको तर्फबाट भरतपुर–२ कि कृष्णकुमारी तामाङ, राष्टिूय जनता दलको तर्फबाट भरतपुर–४ कि गिता कुमारी राणा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जनकपुर–१ कि जानकी कुमारी दाहाल, एकिकृत नेकपा माओवादीको तर्फबाट सिरहा–७ विशनपुर कि बोधमाया कुमारी, नेपाल सदभावना पार्टीको तर्फबाट भरतपुर–४ कि रानीबत्ती देवी, मधेसी जनअधिकार फोरम नेपालको तर्फबाट भरतपुर–३ कि सुजिता कुमारी यादवले उम्मेदवारी दिएका छन । क्षेत्र नंं ७ मा भरतपुर गाविसबाट मात्र ४ जना महिलाले उम्मेदवारी दिएकी छन । ७ वटै क्षेत्रमा १६ वटा राजनीतिक दलको तर्फबाट महिला उम्मेदवारी परेको छ भने ९ जना स्वतन्त्र उम्मेदवारी दिएका छन । १ सय ५४ जना कुल स्वतन्त्र उम्मेदवारहरु उम्मेदवारी दर्ता गराएपनि केही व्यक्तिहरु पार्टीबाट टिकट नपाएर असंतुष्ट हुँदै वागी उम्मेदवारी दिएको भएपनि अधिकांश स्वतन्त्र उम्मेदवारहरु प्रमुख राजनीतिक दलका उम्मेदवारहरुको डम्मी क्यान्डिडेटको रुपमा देखिएका छन । चुनाव प्रचारका लागि सवारी साधनको सदुपयोग गर्न सक्ने उद्देश्यले कतिपय उम्मेदवारले ५ देखि १० वटा सम्म डम्मी क्यान्डिडेट उठाएका हुन । नेपाल मजदुर किसान पार्टीमा २५ प्रतिशत, नेपाल परिवार दलमा १५.१४ प्रतिशत, एमाले १०.८३ प्रतिशत, राष्टिूय जनमोर्चा १९.६९ प्रतिशत, मधेसी जनअधिकार फोरम १७.८३ प्रतिशत, तराई(मधेस लोकतान्त्रिक पार्टीमा १७.७० प्रतिशत महिला उम्मेदवार छन् ।
३३ प्रतिशतको त के कुरा १० प्रतिशतमा नै दलहरुले महिलालाई अल्मलाएको पाइन्छ । नेपाल मजदुर किसान पार्टीले सबैभन्दा वढी महिला उम्मेदवार उठाउँदा पनि २५ प्रतिशतभन्दा माथि उक्लिन सकेन । राष्टिूय जनमोर्चाले १९.६९ प्रतिशतसम्म महिला उम्मेदवारीको व्यवस्था गरेको भएपनि ३३ प्रतिशत पु¥याउन सकेन । नेपाली कांग्रेस, एमाले, एमाओवादी लगायतका दलहरु १० प्रतिशतमै सीमित भए । बाँके जिल्लाको कुरा गर्दा जम्मा १७ जना महिला उम्मेदवार छन, सबै दलका मिलाएर । अनि कसरी पुग्छ ३३ प्रतिशत महिला सहभागिता ?
प्रत्यक्ष निर्वाचनमा देशभरि ६ हजार ३ सय ५२ जनाको उम्मेवारी दर्ता हुँदा महिला उम्मेदवारको संख्या ५ सय ५१ मात्र रहेको छ । यो भनेको १० प्रतिशतमात्र हो । समानुपातिकको ३ सय ३५ सिटमा ५० प्रतिशत महिला ल्याउने दलको नीति पनि कार्यान्वयन हुन्छ कि हुँदैन, हेर्न बाँकी नै छ । जनसंख्याको ५२ प्रतिशत हिस्सा ओगटेका महिलालाई नीति निर्माणमा १० प्रतिशतमा थन्काउनु कहाँसम्मको विभेदकारी व्यवहार हो, महिलाले बुझ्न जरुरी छ । अनि कसरी महिला नीति निर्माणमा पुगेर महिलाको पक्षमा कानुन बनाउन सक्छन ? यस अघिको संविधानसभामा १ सय ९७ जना महिलाको सहभागिता रहेकाले महिलाका पक्षमा निकै मस्यौदा बनेका छन । नागरिकताको सबाल, सम्पत्तिमा महिलाको अधिकार लगायत हरेक निकायमा महिला सहभागिताको सबालमा बनेको मस्यौदालाई समावेश गरी नयाँ संविधान बनाउन जरुरी छ । एकले थुकी सुकी सयले थुकी नदी भनेझै महिलाको संख्या कम भयो भने महिलाले राखेका सबालले स्थान नपाउन सक्छन । त्यसकारण महिलाको प्रमुख पदमा अर्थपुर्ण सहभागिता हुन जरुरी छ ।
मधेसी समाज अहिले पनि पुरुषवादी र पितृसतात्मक चिन्तन र अभ्यासबाट माथि उठन सकेको छैन । साक्षरता र शिक्षाको हिसावले पनि मधेसी महिला अरु समुदायका महिला र आफ्नै समुदायका पुरुषभन्दा धेरै पछाडी छन भन्ने कुरा विभिन्न अध्ययन र अनुसन्धानले प्रमाणित गरिसकेको छ । चुनावको बेला महिलाहरुले कतिपय अवस्थामा आफ्नो श्रीमानको निर्देशन वा इच्छा अनुरुप मत हाल्नु पर्ने स्थिति अहिले पनि छ । यस्तो अभ्यास पहाड वा हिमाली क्षेत्रको तुलनामा मधेसमा धेरै देखिन्छ । मताधिकार पछिको अर्को महत्वपुर्ण राजनीति अधिकार भनेको चुनावी प्रतिस्पर्धामा सम्मिलित हुन पाउनु हो ।
वि.सं. २०४८ को निर्वाचन समयमा महोत्तरीको पर्सादेवाड र गैढाभेटपुर गाविसका महिला मतदाताले निर्वाचनमा भाग लिन नपाउने स्थानिय निर्णयको समाचार सञ्चार माध्यममा आयो । यसलाई निदान गर्न महिला अधिकारकर्मी त्यस ठाउँमा पुगें । महिला अधिकारकर्मीहरुले संचालन गरेको मतदाता शिक्षा संचालन कार्यक्रम गरेपछि त्यसठाउँका महिलाले मतदान गर्ने हिम्मत जुटाए । तर पनि त्यसबेला केबल १२ जना महिलाले मात्र मतदान गर्ने हिम्मत गरेका थिए । जसमध्ये चुनौति लिनु बसन्ती झा २०६४ सालको संविधानसभाको निर्वाचनमा तमलोपाको तर्फबाट समानुपातिक तर्फ सभासद नै भईन । २०६४ सालको संविधानसभा निर्वाचनमा पनि ५८ जना महिलाले मात्र गैढाभेटपुरमा मत खसालेका थिए । यो त उदाहरण मात्र हो । मधेसका ग्रामिण क्षेत्रमा अहिले पनि इज्जत प्रतिष्ठा, मान मर्यादा तथा असुरक्षाको कारण देखाउँदै अधिकांश महिलाहरु आफ्नो मत दिन मतदान केन्द्र सम्म पुग्ने गरेको छैन । उनीहरुको अनुपस्थितिमा पुरुषहरुले नै महिलाहरुको मत खसाल्ने गरेको प्रवृति हालसम्म कायम रहेको पाइन्छ ।
तर शिक्षा, सचेतना र परम्परागत विभेदले ग्रसित ग्रामीण क्षेत्रका महिलाहरु एकातिर आफुले चाहेको चुनाव चिन्हमा मतदान गर्न पाउने अधिकारबाट बञ्चित छन भने अर्को तिर जनप्रतिनिधि मुलक निकायमा पनि उनीहरुको उपस्थिति जनसंख्याको अनुपात अनुसारको देखिँदैन । संविधानसभा निर्वाचन २०६४ को तथ्याङकलाई विश्लेषण गर्ने हो भने प्रत्यक्ष र समानुपातिक दुवै तर्फ महिलाको उम्मेदवारी पुरुषको तुलनामा कम रहेको देखिन्छ । उक्त निर्वाचनमा सबैभन्दा वढी महिलाको उम्मेदवारी नेकपा माओवादी (१७.५ प्रतिशत) ले दिएको थियो । त्यसपछि धेरै उम्मेदवारी दिने दल नेपाल सदभावना पार्टी (आनन्दी देवी ) थियो । मधेसवादी दलको रुपमा चिनिएको यो दलले १२.५ प्रतिशत महिला उम्मेदवारहरुलाई निर्वाचनमा प्रतिस्पर्धा गराएको थियो । सो पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि महिला उम्मेदवारले सफलता प्राप्त नगरेपनि महिलाको राजनीतिक अधिकार सुनिश्चित गर्न धेरै उम्मेदवार उठाएर जुन सकारात्मक पहल ग¥यो त्यसको प्रशंसा गर्नै पर्ने हुन्छ । मधेसी दलहरुमा सबैभन्दा कम उम्मेदवारी मधेसी जनअधिकार फोरम नेपालले दिएको थियो । यो दलले कुल उम्मेदवार मध्ये जम्मा २.९१ प्रतिशत महिला उम्मेदवारलाई उठाएको थियो । पिछिडिएको समुदाय र मधेसीको समावेशीकरणको वकालत गरेको फोरमले नै महिलाको राजनीतिक अधिकारको प्रमुख पक्ष बनेको यो विषयलाई नजरअंदाज गरेको थियो । यद्यपि प्रत्यक्ष निर्वाचनमा यस दलले जम्मा ३ उम्मेदवारलाई उठाएपनि यो दलका २ जना उम्मेदवारले विजय हासिल गरेका थिए, सप्तरी ४ बाट रेणु यादव र पर्सा १ बाट करिमा बेगम । अर्को प्रमुख मधेसी दल तराई मधेस लोकतान्त्रिक पार्टीबाट ४ जना (४.२५ प्रतिशत) महिलाले प्रत्यक्ष तर्फ प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । त्यसमध्ये सर्लाही ३ बाट सुमित्रा देवी राय यादवले विजय हासिल गरेकी थिईन । पछिल्लो निर्वाचनमा एकिकृत नेकपा माओवादीको तर्फबाट क्षेत्र नं. ५ मा रामकुमारी यादव निर्वाचित भएकी थिईन । मधेस आन्दोलनमा मधेसका महिलाहरुले पनि अहम योगदान निर्वाह मात्र गरेनन, आफ्नो ज्यानको नै पर्वाह नगरी घर घरबाट नारा जुलुस तथा प्रदर्शनमा सहभागी भएकी थिईन । स्थानिय प्रशासनले लगाएको कफ्र्यूलाई समेत अवज्ञा गर्दै झाडु, कुचो, थाल, व्यानर, झण्डा बोकी उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । प्रहरीको लाठि चार्जको सिकार ति महिलाहरु पनि भएका थिए । भनिन्छ अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन । त्यसैले अधिकार माग्दै जाँदा मधेसी महिलाले आफ्नो क्षमता, शिक्षास्तर, बौद्धिक र राजनीतिक क्षमता पनि बढाउँदै लैजानु जरुरी छ । राजनीतिक दलहरु विशेष गरी मधेसवादी दलहरुले मधेसी महिलाको राजनीतिक अधिकार सुनिश्चित होस् भन्ने चाहने हो भने तिनीहरुले यसलाई व्यवहारमा देखाउनु जरुरी छ ।

मिति ः २०७०÷७÷१०

Tuesday, October 22, 2013

अ स्टोरी अफ मधेश - धर्मेन्द्र कुमार झा



 धर्मेन्द्र कुमार झा

कथा,
एकटा गाउँमा एउटी बुढी आमा थिईन । उनका चारजना छोरा थिए । उनीसँग केही जग्गा र एउटा आँपको फुलबारी थियो । चारै दाजु(भाईको इच्छा त्यो जमिन र फुलबारीको बराबर हुने गरी बाँड(फाँड गर्नु थियो । किनभने चारै जना सँगै भएर आवश्यकता अनुसार हेरचाह गर्न सकिरहेको थिएन । एक अर्का बीच मनमुटाव बढ्दै गयो । एक पल्ट आँप फलेको घटना हो । सबै दाजु भाई बाँड्न चाहेको थियो । किनभने कसैले कसैलाई टिप्न दिरहेको थिएन । अनि सबै छोरा आमालाई त्यो फुलबारी बाँडिदिन आग्रह ग¥यो । त्यसै बखत आमाले छोराहरुलाई एउटा प्रस्ताव सुनायो कि ‘म केही दिनको लागि तिर्थ यात्रामा जाँदै छु । तिमीहरु म नआउन्जेल सम्म फुलबारीको रेखदेख गर्नु कोही कसैसँग बेइमानी नगर्नु । म आएपछि तिमीहरुलाई बाँड दिन्छु ।“ सबै छोराहरु मन्जुर भए र आमाले भने अनुरुप फुलवारीको चारै तर्फबाट चारै छोराहरु पहरा दिन थाले । एक साता भयो दुई साता भयो चार साता सम्म बुढी आमा आईन । आँप पाक्न थालेको थियो तर कसैले फुलवारी भित्र छिर्न सम्म दिइरहेको थिएन । एक दिन फुलवारीको छेउभएर एउटा बैलगाडी गइरहेको थियो । उक्त बैलगाडीबाट एउटा(दुईटा आँप खसिरहेको थियो । एउटा भाईले हेरेछ । ऊ बैलगाडीको पछाडी(पछाडी आँप टिप्दै फुलबारी भन्दा धेरै परसम्म पुगेछ । त्यसैगरी अन्य तीन भाई पनि अर्को(अर्को बैलगाडीबाट आँप टिप्दा फुलवारीको आँप टिपेर टूकमा राखी भागेछ । चारै भाई एक दुई बोरा आँप बाटोबाट टिपेर ल्याएकोमा मख्ख थिए । तर भोली विहान फुलबारीमा जाँदा फुलबारीको बोटमा पात बाहेक एउटा पनि आँप नरहेको अवस्था थियो । चारै भाई त्यही मुर्छित भए । त्यो बाहेक वास्तवमा कुनै अर्को बाटो पनि थिएन । विगत यो कथाले विगतको संविधानसभामा मधेशवादी दलहरुको चरित्रलाई चित्रण गरेको छ । फुलवारी रुपी संविधानलाई मधेशवादी दल लगायत अन्य संधियताको पक्षधर पार्टीहरु ती चार दाजु भाई जस्तो साना तिना लोभमा फसेर पुरै बगैचा गुमाए झै नयाँ संविधान गुमाए । धैर्यता साहस र बृद्वि विवेक तथा इमान्दारीता भएको भए ती चार दाजु भाई चोरहरुको जालमा फँस्ने थिएन होला । ती दाजु भाईहरुको आपसी मनमुटाव र लोभीपनाको भरमुग्घ फाइदा ती चोरहरु बैलगाडीबाट एउटा दुइटा आँप खसाउँदै ठगे । त्यसैगरी विगतका नेपाली राजनीतिक इतिहास हेर्ने हो भने जति मधेशका साथै पछाडी पारिएका समुदायका प्रतिनिधिहरु सरकारमा गए सबै आ(आफ्नै तुना सुल्झाउनमा लागे र मधेश जहिको त्यही रहीरह्यो । कहिले दल फुटाउनु त कहिले पासपोर्ट बेच्नु त कहिले सशस्त्र पार्टीको आडमा हिंसा गराउनु त कहिले टेन्डरको बाहानामा विकासको काममा बाधा पुरयाउनु यस्ता अदुरगामी सोचले गर्दा जनताबाट पाउनु पर्ने आदरसत्कार र विकास सबै गुमाएका छन नेताजीहरु ।
बास्तवमा जसरी कुकुरहरुलाई सिनो दिदा आफुमै लडेर बस्छ । त्यसैगरी हाम्रा नेताजीहरुलाई भनाउँदा ठुला दल र सहयोगी राष्टूहरु साना तीना लोभमा  फसाएर ठुला मिशनलाई ओझेलमा पारिदिएका छन । यस्ता भुमरीबाट बाहिर निस्कन अति आवश्यक छ नत्र भने भावी पुस्ताले धिकार्ने छ । सिद्धान्त नमिलेर पार्टी फुट्नु लाजमर्दो कुरा हो । सिद्धान्तवस पार्टी फुटे मिशन कमजोर हुँदैन तर स्वार्थवश पार्टी फुटे मिशननै लथालिंग हुन्छ । देशमा जति पार्टी भए पनि देशलाई कुनै घाटा छैन तर जनचाहना अनुरुपको मिशनमा कार्यगत एकता हुनु जरुरी छ ।
बर्तमान
दोस्रो आसन्न संविधानसभा २०७० को चुनावी परिवेश हेर्दा अनौठो लाग्छ । मेरो चार(पाँच जिल्लाको गहनतम भ्रमणले नौलो राजनीतिक अनुभव दिएको छ । प्रायः क्षेत्रहरुमा पुराना नेताजीहरुलाई गाह्रो पर्ने सम्भावना देखिएको छ । नव प्रवेशी अर्थात चुनावी होडको नयाँ अनुहारहरुको बोलबाला देखिएको छ । नयाँ अनुहारहरु धेरै राम्राभएर चर्चामा रहेको छैनन पुराना नेताहरु कर्महिन भएर भएका हुन । पुराना अनुहारहरु जनताका फ्रस्टूेशनका सिकार हुने सम्भावना वढेको छ । हुन त जनताहरु संविधानसभाको चुनावका लागि भित्रबाट धेरै उत्साहित छैनन । तर पनि उनीहरु यो आशामा छन की जसरी भए पनि चुनाव भइहाल्यो भने नयाँ संविधान बन्छ र देशले वैकासिक गति लिन्छ । आशा सँगै निराशा पनि उत्तिकै छ, किनभने चुनाव भएपनि नभए पनि बोलवाला त्यही पुराना अनुहारकै हुन्छ र फेरी त्यही खिचलो शुरु हुन्छ ।
जनताले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनन । जुन कुरा राजनीतिक दलका नोमिनेशन दिनमा देखियो । प्रायः जिल्लाको सदरमुकामहरुमा नोमिनेशनका दिन ऐतिहासिक जनभेला ‘कुम्भ मेला’ जस्तै भएको थियो । कतिपय जिल्लाका मान्छेहरु त भनेका थिए “यस्तो मान्छेको भिड यस सदरमुकाममा पहिलोपल्ट हो” तथापि ती भिडहरुको अनुहारमा आशा र निराशा दुवै घाम(छाया झै झल्किरहेको थियो । त्यही दिन देखि राजनैतिक तामझाम शुभभइसकेको छ । कोही कार्यकर्ता भित्रयाउनमा व्यस्त छन् त कोही पैसा बाँडन त कोही देखावटी विकासमा त कोही प्रचारप्रसारमा त कोही चाणक्य रणनीतिमा । चुनावको मुखमा आएर गरिने सबै गविविधि मगरमछको आँसु जस्तो हो । यसबाट आमजनतालाई सावधान हुनु जरुरी छ । जसरी हामी माछा मार्नलाई हुकमा पिठो हाल्छौ चुनावको समयमा  पिठो हाल्न आउँछन ।
निश्कर्ष
विगत र वर्तमान दुवैलाई हेर्दा नेता भन्दा अझ जिम्मेवार हामी जनतालाई हुनु आवश्यक छ । किनभने तिनीहरु कर्महिन भइसकेका छन । र हामी पनि गैर जिम्मेवार हुँदै गइरहेका छौं । हामीले आफ्नो जिम्मेवारी बोघ गर्ने बेला आइसकेको छ । नत्र भने यस्ता समय बार(बार आउँदैन ।
जुनीमा एक पल्ट आउने हो । पछाडी पारिएका सम्पुर्ण वर्ग समुदाय एक मात्र कुरामा के अठोट गर्नू पर्छ भने “यस पल्टको संविधानसभाको चुनावमा संघियता तथा मातृभाषा पक्षधर दलहरुलाई जिताउनु पर्छ ।” आत्मनिर्णय र मातृभाषा सहितको संघियता विना कुनै परिवर्तन हुनेबाला छैन । त्यसैले हामी आफ्ना भावी जेनेरेशनको भविष्य सुनिश्चितताका लागि नयाँ संविधान ल्याउनु पर्छ । साथै चुनावको समयमा जाति(पाति, वर्ग, क्षेत्र, लिंग जस्ता अन्य ‘वाद’ तथा आर्थिक प्रलोभनबाट टाढा रहनु त्यत्तिकै आवश्यक देखिन्छ । सकभर वढी खर्च गर्ने नेताहरुलाई बहिष्कार गर्नु पर्छ । किनभने जसले जति खर्च गर्छ त्यसले त्यति बेइमानी गर्छ । जति पुँजी लगायो त्यति असुली गर्नु स्वभाविकै हो । “मधेशी, पहाडी, महिला, पुरुष, दलित, जनजाति वा कोही होस जसले हाम्रो नारा बोक्छ त्यसलाई हामी बोक्छौं” यही प्रण गरौं ।



मिति ः २०७०÷७÷३

हाम्रो क्षेत्रका युवा म संगै छ ः राजु चौधरी,उम्मेदवार धनुषा क्षेत्र नम्बर ३



राजु चौधरीलाई नै मत किन दिनु पर्यो ?
राजु चौधरी एउटा सोचका साथ परिवर्तनकालागि र सवैको सामूहिक उम्मेदवारको रुपमा रहेका कारणले मलाई मत आम जनताले दिनेमा म विश्वस्त छु । म एउटा जिम्मेवार युवा को हौसियले राम्रो सोचका साथ चुनावी मैदानमा आउदैछु र संविधानसभाको चुनाव हो त्यसकालागि यो अधिकार स्थापित गर्न, म आफ्नो स्तरवाट मधेशी जनता र युवाकोको अधिकारकालागि हर सम्भव लडाई लडि रहनेछु । युवा परिवर्तनको सम्वाहक भएकाले हाम्रो क्षेत्रका युवाहरु त्यहा रह्न्छ जहा परिवर्तनको अभास हुन्छ र हाम्रो क्षेत्रका युवा म संगै छ ।
धेरै ठूल ठूला उम्मेदवारहरु छन् क्षेत्र नम्वर तीनमा तपाई कस्तो महसुस गर्नु भएकोे छ ?
प्रतिस्पर्धा जति ठूलो हुन्छ नतिजा त्यतिकै मजेदार हुन्छ । ठुलो सानो भन्दा उहा विगतका राजनीतिक विरासतवाट चुनाव जित्दै आएका छन् । यस क्षेत्रमा २४ बर्ष देखि बुवा जिते छोरा जित्दै आएका छन् तर विकास निर्माण भने शुन्य देखिएको छ । र एक सामन्तवाद परिवारवाट हुर्केकाहरु अर्का सामन्तवादका विकल्प हुन्नै सक्दैन् । त्यसर्थ यो संविधानसभामा हक अधिकार सुनिश्चत गर्न क्षेत्र नम्वर ३ का सर्वसाधारण जनतालाई मेरो विकल्पनै छैन् । यसमा पनि कारण दिन चाहन्छु कि विगतमा यहाका जनताले जसलाई जिताएर पठाए उनले तीनीहरुकोलागि के गर्यो ? उनले ती जनता जसलाई खान र लाउन सिवाय अरु केहि मतलवनै हुदैन त्यसलाई उनीहरु चुनावी हतकन्डाको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । ती जनताले उनीहरुलाई रुचाउने कुरै आएन् र म आफुलाई उनीहरुको प्रतिस्पर्धामा आउँदा धेरै राम्रो महसुस गर्दै छु ।
जनता तपाईलाई बुझ्ला ?
पक्कै बुझ्ला दलिय दलालहरु बाहेक । कि भने उहाहरुको साझा उम्मेदवारको रुपमा क्षेत्र नम्वर ३ मा मेरो उम्मेदवारी छ । किन भने उम्मेदवार बन्नु भन्दा पहिला म प्रत्येक गाविस घुम्दा उहा हरुको भावना बुझि र क्षेत्रको विकास र त्यहा बसोबास गर्ने युवाहरु तथा बृद्धवृद्धाहरुको अवस्था र समस्या हेर्दा केहि कुराहरुलाई गहरा रुपमा म लिएको छु र म हार जित भन्दा पनि म हर सम्भव प्रयास गर्नेछु कि ती समस्या समाधान होस ।
राजनीतिको बच्चा बुझ्छ त विपक्षीहरुले तपाईलाई ?
हो, उहाहरुको हैसियतमा तुलना गर्दा म बच्चानै हो । तर, मैले राजनीति विरासतमा पाएको होइन् । त्यो भएर पनि उहाहरुको नजरमा म बच्चानै होला । तर, म प्रश्न गर्न चाहन्छु उहाहरु संग, तपाईहरु क्षेत्र र त्यहाका जनताकोलागि के गर्नु भयो ? सधै ठूला पदमा बस्ने । पार्टीमा पनि । सरकारमा पटक पटक मन्त्री बन्ने तर गाउँमा एउटा राम्रो अस्पताल छैन् घर सम्म जाने बाटो छैन् अनि आफुलार्ई राष्टूको नै ठुला बडा नेता भनाउन लाज लाग्नु पर्ने हो । उहाहरुलाई बुझनुपर्नेहो कि मुलुकको आधा भन्दा बढी जनसंख्या म जस्तै बच्चाको नै हो र आजको बच्चा भोलीको कर्णाधार हो भनेर उहाहरुलाई नविर्सन आग्रह गर्दछु । र त्यस्ता हृणाकस्यपी प्रवृति भएका नेताहरुकोलागि म बालक प्रह्लाद हुँ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा तपाई कति नम्वरमा हुनुहुन्छ ?
कति नम्वरमा छु ठयाक्कै भन्ने अवस्था अरु जस्तो छैन् । तर, राजनीतिय गणितमा अरु भन्दा मजवुत अवस्थामा रहेको जानकारहरुको विश्लेषण छ । त्यसको उदाहरण स्वरुप मेरो जटही गाउँमा पार्टी प्रवेशको दिनवाट पनि लिन सकिन्छ । र म एउटा विचारको र युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास र परिवर्तनकालागि आज त्यस क्षेत्रमा मजवुत अवस्थामा आफुलाई पाएको छु ।
० विमलेन्द्र निधि, हरिदेव मण्डल, जुली महासेठ जस्ता मजवुत नेताहरुको विचमा आफुलाई मजवुत स्थितिमा रहेको दावी गर्नु कतिको उचित हुन्छ ।
अतिनै राम्रो प्रश्न गर्नु भयो । सर्वप्रथम म हरिदेव मास्टरसाहेवलाई सम्मान नै गर्दै आएको छु । साथै निधि जी र जुली जी संग म स्वच्छ प्रतिस्पर्धामै बस्न चाहन्छु । स्वभाविक रुपमा उहाँहरु मेरो अग्रज नै हुनुहुन्छ । त्यो नाताले पनि म उहाहरुलाई पनि सम्मान नै गर्न चाहन्छु । तर, सवाल परिवर्तन र मुक्तिको हो । त्यस माइनेमा निधि जी र जुली जी दुवै सामन्तवादनै हुन । र मेरो त्यो सामन्तवादहरु संगको लडाई हो । एउटा विरासतमा पाएको राजनीतिलाई भजाउदै आएका छन् भने अर्का पैसाको बलमा राजनीति गर्न चाहन्छ यस्तो अवस्थामा मुक्तिकामी जनता कसरी न्याय पाउन सक्छ । म क्षेत्रका प’रै गाविस घुम्दा निधिजी प्रतिको आक्रोस व्यापकै रहेको महसुस गरेको छ’ । त्यसर्थ निधिजी हरिदेव मास्टरसाहेव भन्दा पनि तल्लो स्थानमा चित बुझाउनु पर्ने अवस्था यस पालि छ । र जुली जीको उम्म्ेदवारी आफैमा एउटा हास्यास्पद पनि हो । हुन त प्रजानतन्त्रमा सवैको मौलिक अधिकार हो नेपालको कुनै क्षेत्रवाट चुनाव लड्ने । तर, लड्नु भन्दा पहिला सोच्नु चाहि पर्छ आफुले लड्ने क्षेत्रको माइण्डेड के हो ? आफु त्यो क्षेत्रमा कतिको सटिक हुन्छ । र त्यो क्षेत्रमा घरवारनै नभएको महासेठलाई कसरी जनताले विश्वास गर्ला त ? ती सवलाई बुद्धिविवेक पुर्याएर लड्दा राम्रो हुनेथियो । तर, एउटै जिल्लावाट पति क्षेत्र नम्वर ५ र श्रीमति क्षेत्र नम्वर ३ वाट उम्मेदवारी दिदा हेमबहादुर मल्ल र सारदा मल्लको स्मरण गराउछ ।
तपाईको पार्टी पनि नयां तपाई पनि नया यो नाया नयाललाई जनताले मत दिने हो कि जसलाई चिन्हे जानेका छन् त्यसलाई मत दिन्छ ? यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ?
नया पुरानो भन्दा पनि विचार र सिद्धान्तको कुरो आउँछ पहिला । र हाम्रा पार्टी र म पनि नया नै हो । तर, हाम्रो विचार र सिद्धान्त स्पष्ट छ । यो संविधानसभाको चुनाव हो र यहा हक अधिकारलाई सुनिश्चित गर्नलाई यो एउटा पार्टी मात्रै नभई मोर्चा पनि हो । र पुरानै नेता र पार्टीहरु केनै गरिदिया छ र ? एउटा कुरा तपाई पष्ट बुझ्नुस जहा विभेद हुन्छ त्यहा विद्रोह हुन्छ । र जहा विद्रोह हुन्छ त्यहा राष्टिूय मधेश समाजवादी पर्टीको जन्म हुन्छ । र म एउटा सिपाहीको रुपमा र मधेश र युवाको हक अधिकार सुनिश्चित गर्नकालागि म यो अभियानमा जुटदा अतिनै खुशी महसुस गर्दछु । राम्रै प्रश्न गर्नु भो यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ? पक्कै पनि कुनै मधेशवादी दललाई । यो संसदीय चुनाव नभई संविधान निर्माणकालागि यो चुनाव हुदैछ् । हामी संग प्रसस्त मधेशी दलहरु भएकाले अपसन रोज्न पनि सजिलै हुन्छ ।
राजु चौधरीलाई मत दिनुपर्ने ५ वटा कारण ?
राजु चौधरीलाई मत दिनु पर्ने ५ वटा कारण हैन धेरै छन् । तर तपाईले ५ वटा कारण मात्रै सोध्नु भएछ भने म सानले भन्छु कि म राष्टूवादी मधेशी हो । मधेशकोलागि काम गर्न चाहन्छु । अर्का, ती क्षेत्रमा स्थानीय स्वरोजगारकोलागि विभिन्न प्रकारको योजनाहरु साथ आएकाले । तेस्रो विकास जस्तै १७ औं गाविसको आ आफ्ना विकासक एजेण्डाहरु छन् र तीनलाई कार्यान्वयन गराउनकालागि । चौथो जटहीमा दुर्गानन्द झाजीको नाममा प्रसुतिगृह सञ्चालनकालागि । पाचौ ती क्षेत्रमा नीधिको शासन नभई विधिको शासन लागु गर्नकोलागि ।
तपाईको क्षेत्रमा निर्वाचन आचार संहिता कतिको पालना हुदैछ ?
म वाट निर्वाचन आचार संहिता पालना हुन्छ किन भने म कानुनी राज्यलाई मान्ने एक अनुसाशित नागरिक हुँ । र अहिलेनै व्यपाक उल्लंघन भई रहेछ त्यसलाई हेर्ने निकायनै कमजोर रहेको महसुस गर्दै छु । खास गरी दुई सामन्तवादवाट बढी नै मात्रामा आचारसंहिता उल्लंघन भई रहेको छ र त्यसको जानकारी तपाईकै पत्रिका मार्फत पनि सम्वन्धित निकायलाई जानकारी गराउन चाहन्छौं । (सौजन्य ः तहलका खबर डट कम)


मिति ः २०७०÷७÷३

स्वार्थपूर्ण सम्झौता र अनिश्चित गन्तव्य –उमेशलाल कर्ण



उमेशलाल कर्ण
बिश्वको भूगोलमा नेपालको अवस्थिति प्रष्ट रुपले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बिबिधतै बिबिधताले सजिएका प्राकृतिक सौन्दर्यताको उत्तम उदाहरण बन्न सफल भएका साना राष्टूको श्रेणीमा रहेको छ । राष्टू एउटा बृहत्त अवधारणा हो, जसमा यसको भौगोलिक सीमाङ्कन भित्र रहेका सबै सरोकारपक्षहरुलाई समेटिएको छ । राष्टूको अस्तित्व रक्षाका लागि बृहत्त मापदण्डलाई आधार बनाएर गर्नु पर्ने निर्णय हुुनु पर्नेमा एउटा सीमित सरकारले मात्र निर्णय गर्ने अधिकार राख्ने अभ्यास भयो भने यसले ठूलो दुर्भाग्य नै निम्तयाउने अवस्थाको सिर्जना हुन लागेको अनुमान सहजै किशिमले गर्न सकिन्छ । अहिलेको राजनीतिक परिदृश्यले यस्ता केही नकारात्मक अभ्यासहरु हुँदै गरेको संकेत भएको जस्तो छ ।
सर्वसाधारण जनताका अभिमत मात्र के रहेको छ भने सामान्य रुपले जीबनयापन गरी बाँच्न पाउँ र यसका लागि राष्टू जिम्मेबार रुपले अगाडी सर्नु पर्दछ, राज्यको धर्म जनताले राष्टूलाई तिरेका कर राजश्व लगात अन्य शुल्कहरुको आधारमा एउटा शान्तिपूर्ण सुरक्षित वातावरण कायम गर्न सक्नु पर्यो । राष्टूको भूमिकालाई जनताप्रति उत्तरदायी बनाई राख्नु पर्ने मूल आधार भनेको दिगो संविधान हो । दिगो संविधानको व्याख्या गर्दा यसमा भएका मूल प्राबधान भनेको सबैलाई दीर्घकालीन रुपले अनुकुल भई सर्बसाधारण जनताको अनुहारमा खुशीका रेखाहरु देख्न सक्ने खालका कार्यक्रमहरु सञ्चालन र त्यसमा सबैको सहज पहुँच पनि सुश्चित हुने अवस्थाको निर्माण हुनु आवश्यक भएको छ । एउटा सम्वृद्ध राष्टूको नामले विश्वको धरातलमा नेपाल आफुलाई उभ्याउन सफल हुुन अभ्यासहरु गर्नै बाँकि छ । वर्तमान अवस्थामा राष्टूलाई सबै क्षेत्रहरु ( आन्तरिक उत्पादन, बैदेशिक व्यापार, पर्यटन, कुटनीतिक सम्बन्ध, आन्तरिक सुसम्बन्ध ) मा क्षतीहरु भएका प्रशस्त उदाहरणहरु छन् । अनावश्यक आर्थिक भारका कारण उत्पादनका क्षेत्र पूर्णतः संकुचित भएका सूचकहरु सार्बजनिक भई रहेको छ । वर्तमान परिवेशमा बिद्वतवर्गहरुबीच छलफल भएर विभिन्न नतिजाहरुको अनुमान पनि गर्न थालिएको छ । यस्ता विश्लेषणहरुसँग सर्बसाधारणहरुलाई कुनै चासो रहदैन उनीहरु आप्mना व्यवहारमा आई परेका समस्याहरु प्रति मात्र चिन्तित भई रहेको अवस्था मात्र रहेको हुन्छ । विगत एक दशकको सम्झौता सहकार्य गर्दा कतिपय अवस्थामा अनुपम उदाहरणहरु प्रस्तुत भएका छन् ।
सम्झौतामूलक कार्यहरु सम्पन्न गर्नमा श्रेय जाने राजनीतिक संगठनहरुको योगदानलाई बिर्सन सकिदैन । राष्टू पुनर्निर्माण एवम् शान्ति निर्माण कार्यसँग सामानन्तर रुपमा संविधान लेख्ने कार्य पनि गर्दै जाने कार्यलाई सुनिश्चित गर्न धेरै सम्झौताहरु भएका छन् । राजनीतिक सम्झौतामा भएका मूल बिषयवस्तु जे भए पनि त्यसका बुँदाहरुको संख्या मात्र बाहिर आउने सँस्कृतिको विकास भएको छ । अहिलेको अभ्यासमा १२ बुँदेको कुराको चर्चा परिचर्चा भई रहेको छ ।
विगतका एक दशकलाई हेर्दा कार्यहरु धेरै सम्पन्न भयो तर त्यसमा उपलब्धि हुँदै नभएको भन्न सकिन्न तर यसमा सकारात्मकता कम र नकारात्मकता बढी भए जस्तो छ । राजनीतिक संगठनहरु कुनै न कुनै दर्शनलाई आधार मानेर सर्वसाधारण जनताका सर्मथन जुटाएर शासन शैलीको प्रयोग गर्न बहुमत जुटाउन विभिन्न अभ्यासहरु गर्न विभिन्न संगठनहरु अगाडी सरेका छन् । सांगठनिक कार्यहरुको अवस्थाले आ आप्mना संगठन निर्माण र त्यसको परिचालन कार्यमा व्यस्त रहेका देखिन्छन् । यस्ता अभ्यासले नेपालमा दीर्घकालीन संविधान बन्ने सम्भावना अmन् ओझेलमा पर्न सक्ने अवस्थाको निर्माण हुने सम्भावना प्रबल छ । संविधान कुनै खास राजनैतिक संगठनका मूल्य मान्यता बोकेर आएको हुँदैन, आउनु पनि हुँदैन संविधान त राष्टूका सर्वव्यापक विविध मूल्य मान्यताहरु बोकेका साझा मूल्यहरु बोकेको हुनु पर्दछ । यदि एकल मूल्यले प्रभावित भएका अवधारणमा केन्द्रित भएर हाम्रो भविष्यमा गर्नु पर्ने कार्य सफल गर्न अभ्यास भई रहेको छ भने दीगो संविधान बन्ने सुनिश्चितता अन्योलमा पर्ने पुनः निश्चित छ ।
अहिलेको निकाश भनेको बृहत्तर सम्झौताहरु गर्नमा हाम्रा राजनीतिक संगठनहरु सफल भएका देखिन्छन् । अधिकांश सम्झौताहरु गर्दा राष्टूस्वार्थमा केन्द्रित रहेर गर्नु पर्नेमा त्यो नभएर सांगठनिक स्वार्थमा केन्द्रित रहेर भएको छ, यसले कुनै अवस्थामा राष्टूका सबै क्षेत्र भागलाई समानुपातिक रुपले सबैलाई सम्बोधन गर्ने खालको संविधान दिन सक्ने अवस्था छैन । यस अवस्थामा सबै पक्षहरुको ध्यान आकर्षण हुनु पर्ने आवश्यक छ । बृहत्त अवधारणा, मूल्य, सँस्कृतिहरुलाई बिर्सेर कार्य गर्दा प्रभावकारी नहुने अवस्था प्रष्ट छ ।
अब पछिका दिनमा विभिन्न संगठनहरुमा अस्वस्थ भागबण्डा हुने कार्यले अधिकांश सम्बन्धित पक्षहरु बञ्चित हुने अवस्था प्रष्ट छ, जसलाई कुनै हालतमा सकारात्मक प्रयासको रुपमा बुभ्mन सकिन्न । अस्तित्वमा रहेका राजनीतिक संगठनहरु छुटृाछुटृै रुपमा राज्य सञ्चालन प्रक्रियाको बारेमा निर्देशिका तयार गरी कुनै निश्चित समयका लागि सम्झौता गरेर शासन व्यवस्थामा स्वार्थपूर्ण किशिमले संलग्न हुने परिपाटीको विकास हुँदा त्यसले असल प्रभाव दिन असफल हुने निश्चित छ ।  सर्बसाधारणका अधिकारहरु विधि शुन्यताले गर्दा प्रत्याभूति हुनु सक्दैन ।
नेपालमा शासन सत्ताको बाँडफाड भएको सन्दर्भमा रहेर पालै पालो लाभको उपभोग गर्न अवसर तालिका निर्माण गर्ने कार्यले राष्टूलाई सही मार्गदर्शन दिन सक्ने अवस्था आउनै कठिन छ । राष्टूका समग्र क्षेत्र, भाग, लिङ्ग, भाषाभाषीहरुको संयुक्त संयोजन गरेर कुशल नेतृत्व गर्ने प्रतिनिधि पात्रको आवश्यकता छ । राष्टूलाई एउटै प्रबाहमा ल्याई सबैको सरोकारलाई सम्बोधन गर्न विभिन्न तयारीका साथ व्यवहारिक किशिमले देश विकासको खाका प्रस्तुत गरी सर्बसाधारणका अपेक्षा बुझी सञ्चालन रणनीतिहरु पारदर्शी किशिमले सार्वजनिक गर्ने बेला भएको छ । प्रतिक्रिया सुझाबका लागि ः इमेल ठेगाना :etcumesh@yahoo.com

मिति ः २०७०÷७÷३

Monday, October 21, 2013

धनुषामा ‘नोट फोर भोट’को राजनीति



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

सिद्धान्त, मुल्य, मान्यता, मुद्दा, नारालाई प्राथमिकतामा नराखि धनुषाका कतिपय उम्मेदवारहरु आसन्न संविधानसभाको निर्वाचनमा ‘नोट फोर भोट’ को राजनीतिलाई प्राथमिकतामा राखि प्रचार प्रसार गर्न गाउँ गाउँमा पसेका छन । उम्मेदवारहरु खुल्ला रुपले मत किन्न प्रस्ताव राख्ने गरेपछि मतदाताहरु पनि संविधानसभाको चुनावलाई आय(आर्जनको ठुलो अवसरको रुपमा लिएका देखिन्छन ।चुनावको सरगर्मी वढे पछि गाउँ देखि सहरसम्म आय आर्जन गर्ने अवसर आएकोमा धेरै पक्ष खुशी भएका छन भने कतिपय पक्षलाई व्यय गर्नुपर्ने भन्दै चिन्ताले सताएको छ । गाउँमा पकड बनाएका युवा क्लवहरु, स्थानिय नेताहरु र गाउँका मुखिया तथा अगुवालाई चुनाव कमाई खाने भाँडोको रुपमा ठुलो अवसर प्राप्त भएको छ । राजनीतिक दल रहेपनि गाउँमा संगठन नै नभएको कतिपय मधेस केन्द्रित राजनीतिक दलहरुबाट ठुलो रकम चुनावकै लागि असुल गर्न सकिने दाउमा स्थानिय गुण्डा, ठेकेदार तथा तटस्थ देखिने स्थानिय नेताहरुमा उत्साहको संचार भएको छ । जाति, समुदाय तथा विभिन्न वर्गको नेतृत्व गर्ने तिनका अगुवाहरुलाई मतदान नहुँदा सम्म अर्थात मंसिर ४ सम्म वार्गेनिङ गर्ने अवसर मिलेको छ । यसका अतिरिक्त सहरमा त झन केही बुद्धिजिवि, नागरिक समाज, पत्रकार, शिक्षक,युवा क्लवलाई तुलनात्मक रुपमा गाउँका भन्दा वढी दाम दिएर मतको सौदेवाजी गर्ने क्रम वढेको छ ।  यति मात्र होइन चुनावमा धाँधली गर्न तथा गराउन सिमावत्र्ती भारतमा रहेका पेसेवर अपराधी तथा गुण्डाले समेत राम्र्रै कमाई गर्ने अवसर आएको हुनुपर्दछ । यी सम्पुर्ण आयको जोहो गर्नका निम्ति चन्दा दिने चन्दा दाताको लागि भने टाउको दुखाईको विषय बनेको छ चुनाव । निजी विद्यालय, क्याम्पस, उद्योगपति, व्यापारी, चिकित्सक, निर्माण व्यवसायी लगायतका फाइनेन्सरहरुको लागि बाध्यात्मक अवस्था भएपनि चुनाव खर्चका लागि चन्दा दिनै पर्ने हुँदा तिनीहरु त्यसका लागि चिन्तित देखिएका छन । 
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि धनुषाका सात निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ ।उम्मेदवारहरू अहिले आ(आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरूले पनि चियापसल, भेटघाट एवम् चौतारोमा कुराकानी गर्दा निर्वाचनका बारेमै टीकाटिप्पणी गर्न थालेका छन् । मंसिर ४ गते हुने सविधानसभाको निर्वाचनका लागि धनुषा चुनावी माहौलले तातेको छ । मनोनयनपत्र दर्तासंगै राजनीतिक दलका नेता(कार्यकर्ताहरु मतदाता रिझाउन गाउँ(गाउँमा जानथाले पछि धनुषामा चुनावी सरगर्मी बढेको हो । संविधानसभा निर्वाचनको मिति नजिकिदै गएपछि धनुषाका मतदाता रिझाउन उम्मेदवारहरु गाँउ पस्न थालेका छन । राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले गाँउ घरको समस्या, बिकास निर्माणको अबस्थाका बारेमा रायसुझाब संकलन, छलफल,  सभा सम्मेलन र मतदातासंगको भेटघाटलाई  प्राथमिकता दिएका छन । दोस्रो सबिधानसभा निर्बाचनका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा  तीन सय ६५ जनाले उम्मेदबारी दिएका छन् । ती उम्मेदवार मध्ये  युवाको सख्ंया यसपटक बढेको छ ।   उम्मेदवारहरु ग्रामिण क्षेत्रका मतदातालाई रिझाउन सांस्कृतिक लगायतका मनोरञ्जनात्मक कार्यक्रम लिएर गाँउ घर पुगेका छन् । टिकट वितरणका बेला सानाठुला सबै राजनीतिक दलमा देखिएको कमीकमजोरीका कारण अधिकांश दलमा आन्तरिक कलह समेत बढेको छ ।  एक राजनीतिक दलको आन्तरिक कलहलाई अर्को दलले राजनीतिक मसला बनाउने गरेको छ । 
संविधानसभा निर्वाचन एउटा ऐतिहासिक राष्टिूय पर्व हो । यसलाई सार्थक र मर्यादित बनाउन  पार्टी र व्यक्ति भन्दा एजेण्डा वा मुद्दामा जोड दिऊँ , व्यक्ति भन्दा पार्टीलाई जोड दिऊँ, व्यक्तिहरुमध्ये सबैभन्दा सक्षम र इमान्दार व्यक्ति रोजौं, चुनाव प्रचार गर्दा अरुका नराम्रा कुरा भन्दा आफ्ना राम्रा कुरामा जोड दिऊँ, एउटा औंला अरुतिर तेसर््याउँदा चारवटा औंला आफैतिर फर्कन्छ भन्ने नबिर्सौं, भ्रष्टाचार गर्ने र गराउने दुवै अपराधी हुन् भन्ने नबिर्सौं, कम खर्चालु चुनावी शैली अपनाऊँ, संविधान विना देश चल्दैन र संविधानसभाबाट संविधान बनाउने भन्दा राम्रो विकल्प अर्को हुन सक्दैन भन्ने बुझेर आसन्न संविधानसभा निर्वाचनमा सबैै सक्रिय सहभागी बनौं । आगामी निर्वाचन खचिर्लो हुने संकेत देखिदैछ । खचिर्लो चुनावले भ्रष्टाचार जन्माउँछ । भ्रष्टाचारले राजनीति धमिल्याउँछ । राजनीति धमिलिए सबै धमिलिन्छ ।त्यसैले सच्चा लोकतन्त्र संस्थागत गर्न चुनावी प्रक्रिया सुधार्नै पर्छ । निश्चित मापदण्डका आधारमा चुनावी खर्च राज्यले बेहोर्नु पर्छ । भ्रष्टाचारमा दण्डितलाई सधैका लागि चुनावबाट वंचित गर्नुपर्छ । भ्रष्टाचारीलाई कुनै दलले उम्मेदवार बनाउनुहुन्न र जनताले पनि त्यस्तालाई भोट हाल्नु हुन्न । समग्रमा, राजनीति व्यवसाय होइन स्वेच्छिक सेवा हो भन्ने मान्यता स्थापित गर्नुपर्छ । तर बिरालोको घाँटीमा पहिले घण्टी कस्ले झुण्ड्याउने ? यी अभिव्यक्तिहरु एकिकृत नेकपा माओवादीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो फेसबुक स्टेट्सबाट सार्वजनिक गरेका हुन । 
धनुषामा पछिल्लो चुनावको फ्ल्यासब्याक
२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा धनुषा यस कारण पनि चर्चामा रहयो कि क्षेत्र नं. ५ वाट निर्वाचित डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति चुनिनु भयो । नेपाली कांग्रेसका तत्कालिन महामन्त्र यादवले १० हजार ३ सय ९२ मत ल्याई आफ्ना निकटतम प्रतिद्धन्दी तमलोपाका प्रत्यासी श्रीकृष्ण यादवलाई ४ सय ८८ मतको अन्तरले पराजित गर्नु भएको थियो । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी माओवादीका प्रत्यासी जोगकुमार बरबरिया यादवले ९ हजार ६ सय ८ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रत्यासी रामकृष्ण यादवले ९ हजार ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने माओवादीका प्रत्यासी रामचन्द्र मण्डलले ८ हजार २ सय १९ मत ल्याएर पराजय हुनु परेको थियो । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अर्को दिग्गज नेता विमलेन्द्र निधिले जिल्लामै सबै भन्दा वढी मत १५ हजार ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा(एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत मात्र हासिल गर्न सकेका थिए । क्षेत्र नं. ४ मा मधेसी जनअधिकार फोरम नेपालका प्रत्यासी संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रत्यासी रघुविर महासेठ ९ हजार २ सय ८२ मत ल्याएर हारको मुख हेर्नु परेको थियो । क्षेत्र नं. ६ मा माओवादी की प्रत्यासी रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याएर विजयी भएकी थिईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रत्यासी प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३ मत प्राप्त गरेका थिए । क्षेत्र नं. ७ मा  एमालेका शत्रुघन महत्तोले ११ हजार ६ सय २० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रत्यासी आनन्द प्रसाद ढुङगाना ७ हजार ४ सय ६९ मत ल्याएका थिए । क्षेत्र नं. ५ भएको संविधानसभाको उपचुनावमा नेकपा एमालेका रघुविर महासेठले १३ हजार २ सय २२ मत ल्याएर विजय भएका थिए भने तमलोपाका श्रीकृष्ण यादवले ११ हजार ९ सय ८१ मत ल्याएका थिए ।
समानुपातिक मतको अवस्था
पछिल्लो चुनावमा धनुषा जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ भएको मतदानको मतगणना अनुसार नेपाली कांग्रेसले ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान हासिल गरेको थियो भने नेकपा एमाले ले ५७ हजार ८ सय ४१ मत हासिल गरि दोस्रो भएको थियो । ३८ हजार ५ सय ३६ मत ल्याई फोरम तेस्रो, ३७ हजार ८ सय १ मत ल्याएर माओवादी चौथो, २९ हजार ८ सय ६१ मत ल्याई तमलोपा पाँचौ र ७ हजार ७ सय २ मत ल्याई सद्भावना छैठौ स्थान हासिल गरेको थियो ।
अवको चुनावमा के हुने ?
विभिन्न नेताहरुले विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेका कारण  यस पटक चुनावी नतिजाको अंक गणितमा हेरफेर हुने निश्चित देखिन्छ । क्षेत्र नं. १ बाट विगतको चुनावमा निर्वाचित रामचन्द्र झा एमाले परित्याग गरी एमाओवादीबाट टिकट पाएका छन । एमाओवादीकै विद्रोही उम्मेदवार श्रवण वरबरिया, नेपाली कांग्रेसबाट दिनेश प्रशैला, एमालेबाट रत्नेश्वरलाल गोइत र फोरम लोकतान्त्रिकबाट उमाशंकर अरगरिया बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं.२ मा  एमाओवादीका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका रामकृष्ण यादव, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावनाका राजीव झा बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका बिमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो, एमाओवादीका हरिदेव मण्डल बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नं. ४ मा सदभावना पार्टीका संजय साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमाओवादीका अरबिन्द साह,एमालेका श्रीप्रसाद साह र राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं.५ मा एमालेका रघुबिर महासेठ, तमलोपाका अनिता यादव,नेपाली कांग्रेसका चन्द्रमोहन यादव, एमाओवादीका बिजय यादव,फोरमका ज्ञानेन्द्र यादव बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ६ मा एमाओवादीका बोधमाया यादव, नेपाली कांग्रेसका प्रेमकिशोर प्रसाद साह, एमालेका योगनारायण यादव बीच प्रतिस्पर्धा देखिएको छ । 
नमुना मतदान
धनुषा प्रहरीले आशन्न संबिधानसभाको तिथी नजिकिदै गएपछि भयरहित बाताबरणमा मतदान सम्मपन  गराउनको लागि  सुरक्षाकर्मीलाई बिशेष प्रशिक्षण दिने कार्य सुरु गरेको छ ।प्रहरीले  जनकपुरको तिरुहुतिया गाछिमा नमुना मतदान केन्द्र बनाएर सुरक्षाकर्मीहरुलाई चरणबद्धरुपमा बिशेष प्रशिक्षण दिने कार्य सुरुगरेको हो ।   मतदान केन्द्रको सुरक्षा र व्यबस्थापन, मतपेटिका र कर्मचारीहरुको सुरक्षा, असहायहरुलाई सहजरुपमा मत खसाल्न पाउने बिशेष व्यबस्था, निर्बाचन बिथोलिने तत्वहरुको नियन्त्रण लगायतका बिषय बस्तुमा प्रशिक्षण केन्द्रित रहेको बताईएको छ । मतदानको क्रममा उत्पन्न हुन सक्ने सम्भाबित खतराहरुको सामना गर्नको लागि यो बिशेष अभियान थालिएको प्रहरी निरिक्षक गोबिन्द पुरीले जानकारी दिनु भयो । प्रशिक्षणको  पहिलो दिन १ सय २० जना प्रहरीको सहभागिता रहेको थियो । सर्बसाधारण्लाई शान्तिपुर्ण बाताबरण्मा सहज रुपमा मत खसाल्न पाउने अधिकारको सुनिश्चीतताका लागि धनुषाको सात वटा निर्बाचन क्षेत्रमा यस पटक ५ सय ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । 

मिति ः २०७०÷७÷३