Wednesday, July 31, 2013

सामुदायिक विद्यालयमा पनि राम्रो प्रयोग गर्न सकिन्छ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    मान्छेले गर्न चाहे असम्भ  भन्ने केहि पनि छैन । थोरै समयमा धेरै काम गर्न सकिन्छ र थोरै श्रोत साधनमा धेरै राम्रो  र व्यवस्थित काम पनि गर्न सकिन्छ । तर सोंच र विचार साकारत्मक हुनु पर्दछ । जव सम्म साकारात्मक सोंच हुदैन, निस्वार्थको भावना हुदैन तवसम्म गाउं, समाज र देशका लागि केहि पनि गर्न सकिन्न ।  धेरै श्रोत साधन भए पनि इच्छा सक्ति नभए सानो काम पनि ठुलै र गाह्रो नै हुन्छ । यसको ज्वलन्त उदाहरण धनुषा जिल्लाको मध्य पुर्वी भागमा पर्ने श्री जनता उच्च माध्यमिक विद्यालय गिद्धा बेलापट्टीलाइ लिन सकिन्छ । हुन त हाम्रो समाजमा अहिले यूवा पुस्ता माथि त्यति धेरै विश्वास गर्ने चलन नरहे पनि यस विद्यालयमा गरिएका राम्रा कामका प्रयासहरु छर्लङ्ग देखिएको छ ।
     यो विद्यालय तीन वर्ष अगाडि जिल्ला भरिका अन्य माध्यमिक विद्यालय जस्तै रहेको थियो । तर युवा पुस्ताले विद्यालयलाइ सञ्चालन गर्ने जिम्मेवारी पाए पछि अहिले १ं०ंं२, व्यवसायिक तथा प्राविधिक शिक्षा कार्यक्रम लगायत अन्य भौतिक निर्माणका कामहरुले तिब्रता पाएका छन् ।  शैक्षिक सुधारका लागि नियमित बिद्यालय अनुगमन गर्ने गरेका छन् । विद्यालयमा शैक्षिक अवस्था सुधार गर्नका लागि बिभिन्न प्रकारका अतिक्ति क्रियाकलाप संचालन गर्ने, मासिक त्रैमासिक जस्ता परिक्षा संचालन गर्ने, समय समयमा शिक्षक कर्मचारीहरु संग बैठक संचालान गर्ने, स्थानीय तथा अभिभाबकहरु संग समय समयमा अन्तरक्रिया गर्ने गरेका शिक्षाप्रेमी एनुल हक बताउनुहुन्छ ।
बिद्यालयको सेवा क्षेत्र ठूलो भएकाले बिद्यार्थी संख्या बढनु स्वभाविकै हो । अहिले बिद्यालयमा १ हजार २ सय को हाराहारीमा बिद्यार्थीहरु अध्ययन गर्छन् । बिद्यार्थीको चापका कारण बिद्यालयले निश्चित समय भित्र नामाङ्कन गर्ने गरेका छन् । बिद्यार्थी संख्या अत्यधिक भएकाले तत्कालै सेक्शन खोल्नु पर्ने आबश्यकता देखिएको छ ।     तर कक्षा कोठा आभाबका कारण एउटा बेन्चमा ६ जना सम्म बस्नु पर्ने बाध्यता छ । बस्न नपाएर बिद्यार्थीहरु उभिएर पढने बाध्यता रहेका निमित्त प्रधानाध्यापक पवन कुमार मण्डल बताउनुहुन्छ । प्र.अ. मण्डलका अनुसार बिद्यालय ब्यवस्थापन समितिका प्रयासले गर्दा अहिले ४ कोठे भवन, प्राबिधिक तथा ब्यबसायिक शिक्षाका लागि कक्षाकोठा र प्रयोगशाला निर्माणका काम भैरहेका छन् ।
शिक्षण पेशा बिशुद्ध रुपमा सेवाको पेशा भएकाले यसमा राजनिती गर्ने काम कतै बाट हुनु हुदैन । शैक्षिक संस्थामा गलत राजनिती भए कुनै पनि हालतमा शिक्षा र शैक्षिक संस्थाको बिकास नहुने शिक्षाप्रेमी गजाधर यादव बताउनुहुन्छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सञ्जिव मण्डलको ब्यक्तिगत प्रयासबाट यो बिद्यालयको हरेक पक्षको संतुलित बिकास भएका छन् । बिद्यालयको बिकासको गती देखेर गलत सोच राख्ने केहि गैर अभिभावकका जमातले राम्रा काम लाई पनि बिरोध गरेका छन् । उहा भन्नुहुन्छ, बिद्यालयको हरेक पक्ष अहिले जिल्लाभरीको बिद्यालय भन्दा राम्रो र बिकासतिर उन्मुख भएको जिल्ला बाट खटेका बिभिन्न अनुगमन कर्ताहरु बाट सुन्ने गरेका छु । बिद्यालय हाक्ने जिम्मा एउटा युवाले पाएपछि तुलनात्मक रुपमा यो तीन बर्षमा यती धेरै उचाईमा पुरयाउनु ठुलो कुरो हो । बिद्यालय बिकासका लागी जिल्ला शिक्षा कार्यालय देखि शिक्षा बिभाग र मन्त्रालय सम्म दौडेको देख्छु ।
खाने मुखलाई जुङ्गाले छेक्दैन, यो संसारमा जुन सुकै काम गर्नुस बाधा अडचन आउछ नै । त्यसैले त्यस्ता कुराहरु माथी ध्यानै दिनु बेकार । मान्छेको इरादा राम्रो हुनु पर्दछ बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष संजिव मण्डल बताउनुहुन्छ । उहा थप्नुहुन्छ मान्छे यहि समाजमा जन्मिन्छ, यहि समाजमा मर्दछ । राम्रो काम गर्नेलाई जम्मैले सन्मिmनछ, नराम्रो काम गर्नेलाई जम्मैले गाली गर्छ ।    
     त्यसैलाई सम्मmेर आफुले इमानदारी पुर्बक आफ्नो अटल बिश्वासलाई लिएर आगाडी बढनु पर्छ र म त्यहि गरेको छु अध्यक्ष मण्डल बताउनुहुन्छ । बिद्यालय मेरो बाउ बाजेले राम्रै सोचले स्थापना गर्नुभएको थियो । आज उहाहरुको सपना साकार गर्ने सानो प्रयास मात्र गर्दै छु । दुई चार जनाले बिरोध गर्दैैमा बिद्यालयको केहि बिग्रीनेबाला छैन । मेरो दृढ संकल्प र आफु भित्र रहेको अटल बिश्वासका अगाडी दुई चार जना गैर अभिभाबकको बिरोधले केहि नराम्रो नहुने दावी गर्नूहुन्छ ।
उनी भन्छन् म आफ्नो कामबाट अमmै संतुष्ट छैन । १० कक्षामा पढने बिद्यार्थीले समान्य १८० डिग्रीको कोण बनाउन सक्दैन, पानीको अनुसुत्र भन्न सक्दैन, समान्य टूान्सलेसन गर्न सक्दैन । त्यसैले गर्दा प्रबेशिका परीक्षामा अपेक्षित नतीजा आउन सक्दैन । शिक्षक जिम्मेबार र इमानदार भईदिनुपर्छ त्यो भईदिएको छैन । अभिभावक जागरुक छैन । बिद्यालय ब्यबस्थापन समिती मात्र सक्रिय भएर बिद्यालय को सर्बाङ्गिन बिकास हुन सक्दैन । बिद्यालयको जग्गा जमिन अतिक्रमण भै रहेका छन्, बषौं देखि जमिन, पोखरी, हाट बजारका ठेकेदारहरु रकम दिई रहेका छैनन् । ती रकमहरु असुल्नु पर्ने चुनौति पुर्ण विषय हो ।
    बिद्यालयमा कक्षाकोठाको ब्यापक आभाब छन् । त्यो बनाउनु पर्ने लगायतका थुप्रै कामहरु गर्नु पर्ने मण्डलको भनाई रहेको छ ।

ईस्लाम धर्म अनुशार रमजान मनाउनुले जन्नत प्राप्त हुन्छ ‘कार्य व्यस्तताले रमजानको व्रतलाई फरक पार्दैन’


जिवेश झा
काठमाडौं...........
    ईस्लामिक क्यालेन्डर अनुशार रमजान (अंग्रेजीमा रमादान) नवौं महिना हो । रमादान (रमजान) मा मुस्लिम धर्माबल्मबीले एक महिना भरी ब्रत बस्छन् । सुर्य उदय पुर्व र सुर्यास्त सम्म निराहार बस्ने पावन पर्वमा ब्रत बस्नुलाई रोजा भनिन्छ ।     कार्यव्यस्तताका वावजुद पनि मुस्लिम धर्माबल्मबीहरु रमजान मनाउनका लागि समय छुट्याँउछन् । सन्नुलाह जमाली, ३२, एक ईमाम हुन जो आफ्ना कार्ययव्यस्तताका बाबजुद पनि रोजा मनाउन उत्तिकै प्रतिबद्ध रहेको बताउँछन् । उनी काठमाडौं स्थित एक ईस्लामिक बिद्यालय मदरसा ईस्लामिया दरुल कुरानका अध्यक्ष हुन् । बिद्यालयको अध्ययन–अध्यापन र व्यवस्थापन जस्तो चुनौतीपुर्ण जीम्मेवारी बहन गर्नु र रोजा पुर्ण रुपमा ईस्लामिक धर्मानुशार मनाउनुले उनको निष्ठाको दोह्रो प्रमाण प्रस्तुत गर्छ । ’ स्वस्थ युवा–युवतीले रोजाको ब्रत नबसे नर्कमा पुग्ने कुरानमा व्याख्या गरिएको छ, ’  जमालीले भने । जमालीका अनुशार नियम–निष्ठाले   रमजानको ब्रत बस्नेलाई जन्नत (स्वर्ग)  प्राप्त हुन्छ भन्ने कुरा कुरान र हदिसमा वर्णित छ । ‘ रमाजनको ब्रत बस्नेले कसैको आलोचना, झुठ बोल्नु, ब्रत अवधी भरीमा शारिरिक संबन्ध राख्नु,  र कसैको अहित सोंच्नुलाई पाप ठानिन्छ, ‘जमालीले थप्दै भने, ‘ साँझ सात बजे पछि हामी ‘ईफ्तर’ (हल्का खाना, जुस, पानी, खजुर) खाई उपवास तोड्छौं ।’ उनका अनुशार रमजान ब्रत मात्र बस्ने पर्व पनि होईन, यस पर्वमा त अनुशासन, प्रार्थना र नित्य कर्मलाई एकसमान रुपले अगाडी बढाउनुपर्छ ।  ‘अरु दिनझैं रमजानमा पनि नित्य कर्म गरिराख्नु पर्छ,‘  उनले थपे ।
    मुलधार पत्रकारितामा ठुलै ख्याति कमाएका व्यक्तित्व हुन गनी अन्सारी । पेसाले ‘रिपब्लिका’ अंग्रेजी दैनिकमा पुर्णकालिन (फुल टाईम) राजनीतिक पत्रकार भए पनि रोजा मनाउनमा र ईस्लामका अक्षर–अक्षर पालन गर्नमा उत्तिकै खप्पिस छन् । अन्शारीका अनुशार रमजानको समयमा आफ्नो कामको बोझलाई सकेसम्म कम गर्नुपर्छ ।
     ‘ईस्लाम धर्म अनुशार घरमा काम गर्ने कामदारलाई पनि कामको मात्रा घटाईदिनुपर्छ । रमजानमा सब काम छोडेर व्रत र प्रार्थनामा मात्र लाग्नुपर्छ भन्ने पनि होईन । यस अवधीमा कुरानको वाचन गर्ने, दैनिक पाँच चोटी पड्नुपर्ने नमाज बाहेक तराविह नमाज पनि पढ्नुपर्छ, ’  अन्शारीले भने ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता ईजहार मिकरानी राष्ट्रिय–अंतर्राष्ट्रिय स्तरमा ख्याती कमाई सकेका व्यक्तित्व हुन । नेपालको ‘द काठमांडु पोष्ट’, र ‘कान्तिपुर’ हुँदै बि.बि.सी. जस्तो प्रतिष्ठित सञ्चार संस्थामा पत्रकारको भुमिका निर्वाह गरिसकेका मिकरानी काठमाडौंको रोजा मनाउने आम ईस्लाम धर्माबल्म्वीमध्येका एक हुन् । उनि ‘शेहरी’ (साँझको हल्का खाना जस्तैः बिस्कुट, ग्लुकोज) खाई उपवास तोड्छन् ।’ अल्लाहले ईस्लामिक क्यालेन्डरको रमादान महिना मै  कुरानको उत्पती गरेका थिए, ‘मिकरानीले भने,  ‘त्यसैले रमादान महिनालाई असाध्यै महत्वपुर्ण महिनाको रुपमा र एक पवित्र पावन महिनाको रुपमा लिईन्छ ।’ उनका अनुशार ईस्लामको पाँच स्तम्भमध्येको एक रोजा हो ।
     ‘ईमाम (अल्लाह प्रति निष्ठावान हुनु), प्रार्थना (दिनको पाँच पटक नमाज पढ्नु), जकात (आफ्नो बार्षिक कमाईको २.५ प्रतिशत दानको रुपमा गरिव, अशहाय, तथा अशक्तलाई दिनु), रोजा (रमजान भरी ब्रत बस्नु) र हज (मक्का जानु) ईस्लामका यी पाँच स्तम्भ हुन, ’  मिकरानी भने ।
 ‘बिरामी, यात्री, रजस्वला भएकी महिला,गर्भवती महिला, प्रसुती तथा स्तनपान गराउने महिलाले रोजाको उपवास राख्न असहज भएकोले ईस्लामले उनिहरुलाई छुट दिएको छ । तर उनिहरुले रोजा बरावरकै एक महिनाको ब्रत आफूलाई सहज पर्ने समयमा बस्नुपर्छ, ’  मिकरानीले भने । उनका अनुशार रोजाले समाजमा समाजिक संबन्ध बिस्तार गर्नुको संदेश मात्र नदिई वैश्विक स्तरमै सहिष्णुताको भावना अभिवृत गराउँछ ।  ‘ समाजमा साम्प्रायिक सहिष्णुता अभिवृद्धि गराउनुका साथै वैश्विक स्तरमा शान्ती र समृद्धि पनि फल्छ रोजाको आशिर्वादले, ’   मिकरानीले प्रस्ट पारे । मुस्लमान अनुशासित हुनुपर्छ र समाजको शान्ती र स्थायित्वको लागि सदा प्रयत्नशिल हुनुपर्छ भन्ने संदेश रोजाको रहेको मिकरानीको ठम्याई छ ।
    राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीको शब्दमा बर्षको एक महिना रोजाको उपवास राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रै हो । ’ रोजाको ब्रत मेरो श्रद्धा, आस्था र अल्लाहप्रतिको निष्ठामा समर्पित रहेकोले कार्यालयको कार्य  व्यस्तताले खासै फरक पार्दैन,’  अन्शारीले भनिन । उनका अनुशार विश्वका अन्य मुस्लीम राष्ट्रहरुमा मनाईने रोजा र नेपालमा मनाईने रोजामा खासै भिन्नता पाईदैन् । ‘ ईस्लाम नेपाल र अन्य देशमा एउटै भएकोले रोजा मनाईने संस्कार र पद्धतीमा एकरुपता देख्न सकिन्छ, ’  उनि थ्पदै भन्छिन,  ‘रोजा मनाउनु हरेक मुस्लिमको ‘फर्ज’ (दायित्व) हो ।’
    रोजाको अवधीमा दिनचर्यालाई फरक नपार्ने गरी आफ्नो दैनिकी त्यसै अनुशार मिलाउनुपर्छ भन्ने मत अन्शारीको थियो ।  ‘ ईस्लामले रोजा अवधीभर कुनै पनि काम नगर भन्दैन,’  उनले भनिन,  ‘ हरेक मुस्लमानले आफ्नो दिनचर्या (दैनिक कर्म) अरु दिनझैं रोजामा पनि निरन्तर जारी राख्नुपर्छ,  ।’ उनका अनुशार समय व्यवस्थापन गर्नु चुनौतीपुर्ण भए पनि सृष्टीको सर्जकको पुजा गर्नु र उनि प्रति समर्पित हुन नियम–निष्ठा पालना गर्नैपर्छ ।
    ईरफान पोखरेल पेशाले एक सञ्चारकर्मी हुन् । उनि हिन्दुबाट मुस्लमानमा ‘कनभर्ट’ भएका हुन् । ‘ निराहार एक बुँद पानी पनि नखाई ब्रत बस्नु मात्र रोजा होईन । रोजामा त आफ्नो शरिरका अंग–प्रत्यंगलाई स्व–नियन्त्रणमा राखी सदकर्मको बाटो तर्फ बर्ष भरी लम्किने छु भन्ने प्रतिबद्धता ब्रतालुले जाहेर गर्न सक्नुपर्छ, ’  पोख्रेलले बताए, ‘ रमजानको महिनामा ब्रतालुले कुरानको पाठ गरे अन्य दिन भन्दा ७० देखि ७०० गुण्ाँ बढि फल प्राप्त हुन्छ, ।’
    यस महिनामा सैतान अल्लाहको पुर्ण नियन्त्रणमा हुन्छन भन्ने मत पोखरेलको छ ।’   रमजानको ब्रत बस्ने ब्रतालुलाई वैश्विक समृद्धीको पथमा लाग्ने स्तरको सदबुद्धी मात्र प्राप्त नहुनुका साथै जन्नत (प्याराडाईज) पनि प्राप्त हुन्छ, ’  उनले थपे ।

date : 2070-4-6

घटेन महोत्तरीमा अपराधको ग्राफ


अमरकान्त अमर
जनकपुरधाम............
    दिन प्रति दिन आपराधिक गतिविध बढ्दै गएपछि महोत्तरीका सर्वसाधारण जनता भयत्रासको जीवन बिताउन बाध्य भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त दुरस्त रहेको दावी गरे पनि महोत्तरीमा हत्या, अपहरण र लुटपाट लगायतका घटनाहरुमा कमी आउन सकेको छैन् । विगत पाँच वर्षमा अपराधिक घटनामा कमी आउनुको सट्टा वृद्धि नै भएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०६५÷०६६ सालमा हत्या १७ वटा, अपहरण ७ वटा, हाथहथियारका मुद्दा १६ वटा, लुटपाटका घटना ९ वटा, लागु औषध ६ वटा तथा अन्य गरी जम्मा २ सय ९ वटा घटना भएको छ । २०६६÷०६७ मा हत्या १७ वटा, अपहरण ५ वटा, हाथ हथियारका मुद्दा ८ वटा, लुटपाटका घटना ४ वटा, लागु औषधका २ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय २९ वटा घटना भएको थियो ।
    त्यस्तै २०६७÷०६८ हत्या १४, अपहरण ४, हाथहथियारका मुद्दा १२, लुटपाटका घटना ९, लागु औषधका १० वटा मुद्दा तथा अन्य लगायत २ सय ३२ वटा घटना भएको छ । २०६८÷०६९मा हत्या २२, अपहरण ४, हाथहथियारका मुद्दा १०, लुटपाट ६ र लागु औषधका १७ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय १७ वटा घटना घटेको छ ।
२०६९÷७०मा हत्या १८, अपहरण ६, हाथहथियार ६ लुटपाट ९ र लागु औषधका १८ वटा घटना लगायत अन्य गरी कुल २ सय ३५ वटा घटना महोत्तरीमा घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
महिना पिच्छै एक दुई हत्याका घटना घटि नै रहेको तथ्यांकले देखाएको छ । महोत्तरीमा पैसाकै कारण बढि हत्या र अपहरण हुने गरेको अनुसन्धानमा देखिएको महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले बताउनु भएको छ ।  उहाँका अनुसार पैसाकै कारण महोत्तरीमा आपराधिक गतिविधि बढि रहेको छ । अपराध नियन्त्रणको लागी प्रहरी परिचालन भएपनि खुल्ला सीमानाका कारण अपराधीहरु उम्किने गरेको उहाँले आफ्नो तर्क दिनु भएको थियो । उहाँले भन्नुभयो प्रहरीको हालको जनशक्तिले पनि समस्या भएको छ । 
    जनता र प्रहरी बीच तालमेल नहुँदा समेत अपराधीलाई पक्राउ गर्न असजिलो भएको उहाँको भनाई थियो । महोत्तरीमा हत्या, अपहरण गोली काण्ड जस्ता क्रियकलापमा सशस्त्र समूहको प्रयोग भएको भन्दै प्रहरी उपरीक्षक खरेलले प्रहरी र जनताबीच तालमेल भयो भने अपाराधीहरु उम्किन नसक्ने दावी गर्नुभयो ।
    जिल्ला प्रहरी कार्यालयका असई विजय भण्डारीका अनुसार अपराध गर्ने शैलीनै बढ्दै गएका कारण महोत्तरीमा अपाराध बढेको हो । सरकारी वकिल कार्यालयका प्रमुख गोविन्द गौलीका अनुसार कडा कानुनी कारवाहीको दायरामा अपराधि नआएपछि अपराधिक  गतिविधि बढदै गएको हो । मुद्दा लम्बिने गरिको र दोषी लाई समयमा कारवाही न भएकाले अपाराधीहरुको मनोबल बढदै गएको उहाँले भन्नु भयो । सरकारी वकिल कार्यालयका तथ्यांक अनुसार २०६८÷ ०६९ मा १ सय ९७ र २०६९÷०७०मा २ सय १८ वटा फैसलाको लागी मुद्दा दर्ता भएको छ । अधिकांश फौजदारी मुद्दा देखिएको छ । महोत्तरीमा २०६८÷०६९ मा बढी हत्या भएको तथ्यांक देखाएको छ । तात्कालिन प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे र सुरज केसीको समयमा बढी हत्या भएको छ भने २०६५÷०६६मा तात्कालिन प्रहरी उपरीक्षक कृष्ण प्रसाद गौतम, २०६६÷०६७ संजय राज शर्मा प्रहरी उपरीक्षक रहेको थियो । वर्तमानमा प्रहरी उपरीक्षक पवन प्रसाद खरेलको ९ महिनाको अवधीमा हत्या न भएपनि ४ वटा गोली काण्ड, २ अपहरण र ४ वटा लुटपाटका घटना भएको छ । उहाँ भन्दा पहिला २०६९÷७०मा नै १८ वटा हत्या भइ सकेको थियो ।
प्रहरी उपरीक्षक खरेलले सुरक्षा सर्तकता अपनाएपछि घटना भएपनि प्रहरी आपाराधिक गतिविधि गर्ने गिरोह सम्म पुगेर पक्राउ गर्न सफल रहेको बताउछन । उहाँको अनुसार वन्चौरीमा भएको लुटपाटका घटनामा प्रहरीले १ लाख ४९ हजार रुपैया सहित ६ जनालाई पक्राउ गरेको छ । सहयोगी विकास वैंकको रकम लुटने ४ जना लुटेरा सहित २ लाख ६२ हजार रुपैया बरामद गरेको छ । जेठ १० गते सुनौल वाट पोखरभिण्डा वस्ने उमेश यादव अपहरण काण्डमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । अपहरणकारीहरुले ५ लाख फिरौती तिरेर मुक्त गरेका थिए । त्यस्तै वैशाख ७ गते सोनमा तरहारीका भोला यादव अपहरण काण्डमा प्रहरीले भूमिगत समूहका हनुमान त्यागी भनिने श्याम सुन्दर यादवलाई फिरौती रकम ३ लाख २० हजार रुपैया सहित पक्राउ गरेको थियो । सुन्दरपुर मगरथानाका पंकज यादवको बखरी पुल नजिक हत्या गरिएको लाश बरामद भएपछि थालिएको अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले काठमाडौंको सुन्धरावाट महोत्तरीका कृष्ण पूर्वेलाई पक्राउ गरिएको थियो । साथै सोहि घटनामा फिरौती दिएका मध्ये प्रहरी ४ लाख ४० हजार रुपैया सिरहा वाट बरामद गर्न सफल भएको थियो ।
महोत्तरी प्रहरीले अपहरण लगायतका घटनामा उपलब्धी हासिल गरेपनि हथियारधारीको विगविगी कायमै रहेको छ । दिन दहाडै महोत्तरीका विभिन्न स्थानमा गोली काण्ड भएपनि प्रहरीले एक जनालाई पनि समात्न सकेको छैन ।     महोत्तरी प्रहरीको तथ्यांक अनुसार २०६५÷०६६मा १ सय ५५, ०६६÷०६७मा १सय४०, ०६७÷०६८मा १ सय ३१, ०६८÷०६९मा १सय ४५ र ०६९÷७०मा १ सय ६२ जना पक्राउ पडेको छ ।  अपाराध गर्ने व्यक्तिको तुलनामा पक्राउ परेका तथ्यांक कम देखिएको छ ।     महोत्तरीका इन्सेक प्रतिनिधि ईश्वरी कफ्लेका अनुसार अपराध बढ्ने क्रम न रोकिए पछि प्रहरी प्रशासन माथी जनताले विश्वास गर्न छाडेका छन् । उहाँले भन्नुभयो सुरक्षाको प्रत्याभूति नभएपछि जिउ जान जोगाउन सर्वसाधारण गाउँ छाडेर जलेश्वर र जनकपुर वस्न वाँध्य भएका छन् । जनतालाई भयत्रास वाट मुक्त गर्नको लागी कडा सुरक्षा व्यवस्था गर्नुपर्ने मांग उहाँले गर्नुभयो ।
महोत्तरी जिल्लाको दक्षिणवर्ति क्षेत्रमा शान्ति सुरक्षा कायम रहेपनि उत्तरवर्ति क्षेत्रका जनता भयत्रासको जीवन विताउन वाध्य छन ।
सोनमा वस्ने महेश राय यादवले गाउमा वस्ने वातावरण न रहेको उल्लेख गर्नु भयो । घरवाट छोरा छोरीको निस्किने अवस्था रहेको छैन । घरवाट बाहिर निस्केपछि फर्किने हो की होइन त्यो आश भने नरहेको उहाँले बताउनु भयो । यो अवस्था रहि रहने हो भने गाउँ नै सुनसान हुने उहाँको तर्क थियो ।              
 मिति ः २०७०-4-6

Tuesday, July 30, 2013

समाजमा स्थापित हँुदैछ ‘फ्लटिङ सम्बन्ध’


धर्मेन्द्र कुमार झा
आधुनिकीकरण र वैज्ञानिक युगको प्रभाव संगै मानवले शब्दलाई हतियारको रुपमा प्रयोग गर्न थालेका छन् । मानव समुदायले आफ्नो व्यवहार र सोंच भन्दा एकदम फरक विचार वा भावना व्यक्त गरिरहेका हुन्छन् । भन्नुको अर्थ मान्छे जे हुन्छ, त्यो भन्दैन जे हुँदैन त्यो भनेर अरुलाई शब्दजाल’ मा फसाईरहेका हुन्छन् । यी कुरा जहाँ पनि जसमा पनि सहजै रुपमा पाईन्छ । फरक यति मात्रै हुन्छ कि कसैमा त्यो स्वभाव अलि कम हुन्छ, भने कसैमा अलि बढी ।
मानव स्वभावले नै सामाजिक प्राणी हुन् । किनभने मानव जाति जहिले पनि समुह वा समाजमा बस्न रुचाउँछन् । एक अर्कामाथी निर्भर वा आश्रित भई जीवन बिताउने मानवीय चरित्र नै हो । मानव सभ्यताको परापूर्वकालमा मानवीय जीवन पनि जनावरको जस्तै नोमेडिक (घुमन्ते) थियो । त्यो समयमा मानवसँग कुनै भाषा, धर्म, नाता कुटुम्ब, संस्कार, लाज धाक, भावनात्मक सम्बन्ध आदि इत्यादि केहि थिएन । तर, जब देखि मानव सभ्यताको शुरुवात भयो तब देखि मानव पारिवारिक वा सामुहिक जीवनमा प्रवेश गरे र मानव सँग समय परिवेश अनुसार भाषा, धर्म, संस्कृति लगायतका कुराहरु हँदै गए ।
    सभ्यता परिस्कृत गर्नमा सबभन्दा बढी महत्वपूर्ण भूमिका भाषा, (शब्द) ले गरेको देखिन्छ । आफ्नो मनको भावना (कुरा)ं अरुलाई सहज रुपमा बुझाउँदा मानव जातिले भाषाको प्रयोग गर्न थाले । वास्तवमा, मानवले १८÷१९ औ शताब्दी सम्म आफूलाई लागेको, बुझेको, सम्झेको, भएको कुराहरु नै शब्दद्वारा व्यक्त गर्थे । तर २० औ शताब्दी तिर आएर मानव समुदायले आफूलाई लागेको वा भएको भन्दा फरक गरेर शब्दहरुको प्रयोग गर्न थालेको देखिन्छ । “आधुनिकीकरण र वैज्ञानिक युगको प्रभाव संगै मानवले शब्दलाई हतियारको रुपमा प्रयोग गर्न थालेका छन् । मानव समुदायले आफ्नो व्यवहार र सोंच भन्दा एकदम फरक विचार वा भावना व्यक्त गरिरहेका हुन्छन् । भन्नुको अर्थ मान्छे जे हुन्छ, त्यो भन्दैन जे हुँदैन त्यो भनेर अरुलाई ‘शब्द–जाल’ मा फसाईरहेका हुन्छन् । यी कुरा जहाँ पनि जसमा पनि सहजै रुपमा पाईन्छ । फरक यति मात्रै हुन्छ कि कसैमा त्यो स्वभाव अलि कम हुन्छ, भने कसैमा अलि बढी ।”
केही दशक यता देखि हामी एकले अर्कालाई ईल्युजनमा पार्नलाई मात्रै शब्दहरुको प्रयोग गरिरहेका छौं । अहिलेको समयमा कसैलाई कसैमाथि विश्वास छैन । किनभने हामी सबैलाई थाहा छ कि हाम्रो सम्बन्धको आधार नै ‘फ्लटिगं सम्बन्ध’ हो । एकले अर्कालाई खुशी पार्न हामी हदै सम्मको मिठा शब्दहरु प्रयोग गर्छौ तर धोखा दिन पनि हदै सम्मको उपाय गरिरहेका हुन्छौं । फ्लटीगं सम्बन्धको प्रभाव परिवार, समाज, राजनीति कर्मचारीतन्त्र, धर्म, शिक्षा, मित्रता, प्रेम, आदिमा परेको छ । हामी अहिले वचन भन्दा लिखत्तममा विश्वास गर्ने भएका छौं । जसको मात्र कारण हो बोलाई र गराईमा फरक हुनु । त्रेता युगको एउटा भनाई प्रसिद्ध थियो, “रघुकुल रीति सदा चलि आई, प्राण जाए पर वचन ना जाई ।” यी भनाईले शब्दको महत्व स्पष्ट पारेको छ । तर अहिलेको समयमा शब्द वा बोली भएको कुरालाई दर्शाउनलाई हो की भएको कुरालाई लुकाउनलाई भन्नै गाह्रो छ । के कुरा सही हो, के कुरा गलत हो वा को सही हो, को गलत हो त्यो छुट्याउन झन गाह्रो । मान्छेले साईन्स र टेक्नोलोजीको सहायताले अझ एक अर्कालाई भुक्याउन सफल भएको छ । कुनै व्यक्ति घरमा भए बजारमा छु भन्छ, बजारमा भए खेतमा छु भन्छ । होटलमा भए अफिसमा छु भन्छ, रेष्टुरेन्टमा भए पार्टीमा छु भन्छ । अहिले आएर पारिवारिक जीवनमा पनि यसको प्रभाव त्यतिकै देखिन्छ । भाईले दाईलाई ठग्छ, दाईले भाईलाई ठग्छ, “म सँग त पैसै छैन, फलानोको ऋण छ चिलानोको सापटी छ । बैंकको किस्ता त अझै बुझाउनै पा छैन । कहाँबाट घरमा पैसा दिने” यस्ता भनाई प्रायः घरको दाई भाईको सम्बन्धमा देखिन्छ । तर भिन्न (भान्सा छुटेपछि) भएको केही दिन पछि हजारौ लाखौं को सम्पति ईक्सपोज हुन्छ ।
वैवाहिक सम्बन्ध र प्रेमात्मक सम्बन्ध जुन विश्वास र समर्पणको आधारमा टिक्ने सम्बन्ध हो । यस्ता सम्बन्धमा पनि फ्लटीगं रिलेशनरुपी भाईरसले प्रवेश गरिसकेको छ । जसको प्रभाव डिभोर्स, हत्या, धोखा, अनैतिक सम्बन्ध जस्ता घट्नाहरुमा देखिन्छन । विवाहित होस वा अविवाहित पुरुष वा महिला आ–आफ्नो जीवन साथी वा प्रेमी प्रेमिकालाई शब्दजालमा बाधेर विश्वासघात गरिरहेको विभिन्न घट्नाहरुबाट प्रष्ट हुन्छ । एउटा पुरुष वा महिलाले अर्को विपरित लिंगीय साथीलाई झुठा विश्वास र आस्थाको डोरीले बाँधीरहेका हुन्छन् ।
     “म त तिमी विना बाँच्नै सक्दिन, के गर्ने जुन बेला पनि तिमी नै याद आईरहेको हुन्छौ । जहिले पनि सपनामा तिमीलाई नै देख्छु । तिमि सँग कुरा नगरुन्जेल वा तिमिलाई नदेखुनजेल मनै लाग्दैन । म तिम्रो लागि जे पनि गर्न सक्छु, यहाँ सम्म की ज्यान पनि दिन सक्छु ।” यस्ता यावत कुराले एकले अर्कालाई मोहजालमा अल्झाई रहेको देखिन्छ । तर वास्तविकता केही निहित स्वार्थमा नजर अडकेको हुन्छ । प्रायः व्यक्तिले यस्तै भन्छन, तर सबैकुरा आफुले सोंचे कै जस्तो होस भन्ने चाहन्छन् । जसको परिणाम स्वरुप पति पत्निमा अविश्वास भई सम्बन्ध विग्रेको र ब्वाईफ्रेन्ड, गर्लफ्रेन्डमा धोखाधरी भई झगडा भएको टन्नै उदाहरण भेटिन्छन् । अहिलेको वैज्ञानिक युगमा एउटा पुरुष वा महिला अर्कासँग डेटिङमा हुन्छन् तर आफ्ना पति वा पत्निको अगाडि पुरुषोत्तम रामचन्द्र र सति सावित्रि भएको ढोगं गरिरहेका हुन्छन् ।
    हामी वास्तवमा नाटकका पात्रहरु जस्तै भएका छौं । जसमा केही सत्यता हुँदैन तर भुमिका पाए अनुसार वास्तविकता झल्कने गरी एक्टीगं गरिरहेका हुन्छौ । त्यसैगरी अब हाम्रो सम्बन्धमा पनि केही सत्यता छैन हामी आप्mनो फाईदा अनुकुल केही स्वार्थवस एक्टीगं गरिरहेका हुन्छौं । सामुनेमा एक थरीका कुरा गर्छौ र परोक्षमा अर्को थरिका । जसले गर्दा कसैले कसैमाथि विश्वास गर्नै गाह्रो भएको छ ।
    कार्यकर्ताले नेताको अगाडि झुठा प्रशंसा गर्छन भने एउटा भनाउदा विद्वानले अर्को विद्वानका अगाडिं एउटा सन्त वा पण्डितले भगवानको नाममा श्रद्धालु भक्तजन वा जजमानलाई ठग्छन् भने व्यापारीले ग्राहकलाई । समाजमा मर्यादित पदमा रहेका शिक्षकले विदार्थीलाई गुमराह गर्न बाट पछि परेका छैनन् भने पत्रकार र वकिलले सहिलाई गलत र गलतलाई सहि बनाउन लागेको देखिन्छ ।
यस्ता धेरै घटना–परिघटनाहरु हामी दिनहँु हेर्न, सुन्न र भोग्न पाईरहेका हुन्छौं । जसले गर्दा वर्तमान सामाजिक सम्बन्ध अति नै कमजोर हुँदै गएको छ । जुन अति नै डरलाग्दो कुरा हो ।
    मान्छेको हाति झै, देखाउने र खाने दाँत फरक–फरक भए झै व्यवहार र बोली फरक भएको देखिन्छ । एउटा व्यक्ति अर्को व्यक्तिलाई हेरेर मुसुक्क हाँस्ने, गरेको सत्कार गरेको देखिन्छ तर भित्रबाट रिसाएको वा घृणा गरिरहेको हुन्छ । हाम्रो घरमा अतिथि (पाहुना) आएमा खुब कृतज्ञता वा प्रशंन्नता व्यक्त गरिरहेका हुन्छौं तर भित्रबाट श्रापी रहेका हुन्छौं । अहिले एक्काईशौं शताब्दीमा आएर एक अर्कालाई मूर्ख बनाउने संस्कृति नै स्थापना भईरहेको छ । फ्लटीगं (देखावटी) सम्बन्ध समाजमा स्थापित हुँदै गएपछि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।
    तसर्थ, सामाजिक सम्बन्धलाई बलियो र दिर्घकालिन बनाउन फ्लटिगं सम्बन्धमा पूर्णविराम लगाउने आवश्यकता देखिन्छ ।



 मिति ः २०७०÷४÷१३

फोरम नेतामाथि दिनदहाडै गोलि प्रहार


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेशी जनअधिकार फोरम नेपाल महोत्तरीका कार्यालय सचिव समेत रहेका जिल्ला सदस्यमाथि बिहिबार मध्यान्ह गोली प्रहार गरिएकोछ ।
पार्टी कार्यालयमा बसिरहेको बखत सदस्य प्रगाश साहमाथि गोली प्रहार गरिएको फोरम महोत्तरीले जनाएकोछ ।सदरमुकाम जलेश्वरको खैरा चोकमा रहेको पार्टी कार्यालयमा साहमाथि गोली प्रहारगर्दा उनको बा ? या पाखुरामा गोली लागेकोछ । जलेश्वर(६ घर भएका साह फोरम नेपालको खैरा चौक स्थित पार्टी कार्यालयमा वसेको बखत करिब १२ः४० वजे दुई जनाको संख्यामा रहेका हतियारधारीहरुले उनी माथि एक राउड गोली प्रहार गरेको थियो ।
उनको उपचार जलेश्वर अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  
बी आर ८२६३ नम्वरको रातो रंगको टिभीएस मोटर साईकलचढि आएका ती हतियारधारीहरुले पार्टी कार्यालय अगाडी मोटरसाइकल रोकेर गोली प्रहार गरेको घाइते साहले जनाए ।
गोली प्रहार गरे लगतै उनीहरु त्यही मोटरसाईकलमा चढि स्थानियहरु माथि पेस्तोल ते¥सयाउँदै भारतीय नाका भिट्टामोड तर्फ गएको प्रत्यक्षदर्शीहरुले जनाएकाछन ।
घटनाको जिम्मेबारी जनतान्त्रिक तराइ मुक्ती मोर्चाका अध्यक्ष राजन मुक्तीले लिएकाछन । घटना भए लगतै सञ्चारकर्मीहरुलाई टेलिफोनगर्दै पूर्ब चेतावनीलाइ अस्विकार गरेको कारण पार्टी कार्यालयमा गोली प्रहार गरिएको दाबी गरे ।
उनले खिलराज रेग्मीको सरकारलाई चुनाव गराउने हैसियत नभएको भन्दै तराई केन्द्रित दलहरुलाई चुनाव बहिष्कार गर्न र तराईमा रहेको पार्टी कार्यालयहरु बन्द गर्न केहि दिन पूर्ब धम्की दिएका थिए ।
मुक्तीले दलहरुले अटेर गरे कार्वाही जारी राख्ने उल्लेखगर्दै घोषित चुनावलाई सशक्त रुपमा बिथोल्ने दाबी गरेकाछन । घटनाको फोरम नेपाल घनुषाका अध्यक्ष शेषनारायण यादवले भत्सर्नागर्दै दोषीहरुलाई पक्राउगरि कार्वाहीको माग गरेकाछन । बिहिबार जारी गरेको विज्ञप्तिमा दिनदहाडै गोली प्रहारगर्नेलाई पक्राउ गर्न नसक्ने गृहमन्त्रालयले चुनावको सुरक्षा दिने हास्याष्पद दाबी गरेको उनले आरोप लगाएकाछन ।
    यसैगरि निर्माण व्यवसायी संघ महोत्तरीका अध्यक्ष मुनेश्वर चौधरीले पनि घटनाको भत्सर्ना गरेकाछन । यता, मधेशी युवा फोरम, नेपाल धनुषाले घटनको भत्रसना गरेको छ । जिल्ला अध्यक्ष मुकेश यादवले बिहीबार एक विज्ञप्ति जारी गरी दिनदहाडै गरिएको गोली प्रहारले प्रहरी प्रशासनको कामकाजप्रति प्रश्नचिन्ह खडा गरेको बताएका छन् । साहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मांग समेत गरेको छ । 


 मिति ः २०७०÷४÷१३

स्तनपान र नेपाली महिला


रामसागर पण्डित
आमाको दूधलाई अमृतको संज्ञा दिएको हुनाले सो भन्दा पोसिलो बच्चाको लागि अर्को आहार छैन । केही आमाहरु पछौटेपनले गर्दा यस्ता दूधबाट बच्चा लाई बंचित गरेको देखिन्छ भन्ने अर्को तिर केही तयारथित विकसित कहलाउने ठूला घरानियाँ भित्रका आमाहरुको जीउमा नकरात्मक प्रभाव पर्न बाट जोगिन बच्चालाई बोतलको दूध खुवाउने गरेको पाईन्छ । यस्ता कामलाई तुरुन्त रोकी बच्चाको अधिकार लाई सुरक्षित गर्नु पर्दछ ।

    आमाले आफुले जन्मदिएका सन्तानलाई आफ्नो दूध खुवाउनु भनेको नै स्नतना हो । सामान्य भाषामा आमालो आफ्नो स्तन बच्चाबाट चुसाउन लगाउनुलाई नै स्तनपान भनिन्छ । यस्ता दूध खुवाउने प्रक्रिया प्रत्येक स्तनधारी जीवहरुमा निरन्तर चलिरहेको हुन्छ । यस्तो महिलाले मात्र गर्न सक्छे । प्रकृतिले यस्तो सौभाग्य आमालाई नै प्रदान गरेको छ । महिलाहरुको स्तनको  थैलो भित्र सेतो रंगको पोसिलो तरल पदार्थलाई स्तनको मुन्टोलाई बच्चाबाट खुवाउने गर्दछ । यसले भर्खरै जीवित जन्म पाएको नवजात शिशुलाई आमाको पेटबाट बाहिर आएपछिको वातावरण संग जुध्नका लागि विशेष किसिमको शक्ति प्रदान गर्दछ। शिशु जन्मिने वितिकै आमाको स्तनबाट आउने बाक्लो, पहेलो, च्यापच्याप लाग्ने विगौते दूधमा पानीको मात्रा  कम र पोषणयुक्त पदार्थको मात्रा बढी हुन्छ, जसले बच्चालाई तागत बढाई विभिन्न किसिमका रोगहरुसँग लड्ने शक्ति प्रदान गर्दछ । यसबाट महिलाहरुलाई शरीरको चमक बढाउने र यौन आनन्द प्रदान गर्ने जस्ता काम गर्दछ । लामो समयसम्म आमाले बच्चालाई दूध खुवाइ रहँदा प्राकृतिक रुपमै जन्म नियन्त्रण गर्न सहयोग पुगि रहेको हुन्छ ।
स्तनपानका यति महत्व रहँदा रहँदै पनि केही आधुनिक महिलाहरुले स्तनपान गराउन छाडी आफ्ना सन्तानहरुलाई विभिन्न किसिमका तयारी खाधबस्तुहरुका अतिरिक्त शीशीको दूध खुवाउने गर्दछन् भन्ने अर्कोतिर ग्रामीण समाजमा अहिले पनि बच्चालाई अस्वस्थ बनाउँछ भने भ्रममा परेर यस्ता पोसिलो दूधलाई निचोरेर फालि दिनाले बच्चालाई अति पोषणयुक्त भोजनबाट बँचित गरेको पाईन्छ । यस्ता आमाले बच्चालाई कमजोर मात्र बनाउँदैन अन्य रोगहरुसँग लड्ने क्षमता समेत खत्म गरिदिन्छ । यस सम्बन्धमा एउटा अति सानो सर्वेक्षण गरी स्तनपानको स्थिति पत्ता लगाउने प्रयास गरिएको छ । धनुषा जिल्लाहरुको अन्तर्गत गिद्धा गाउँ समितिबाट लिएको ४० जना महिलाहरुको सर्भे परिणामले पनि संतोषजनक नतिजा देखाउँदैन । ४० जना महिलालाई १०० प्रतिशत मान्दा ४७.५ प्रतिशत अर्थात १९ जना महिलाले मात्र विगौती दूध खुवाएको पाईयो भने ५२.५ प्रतिशत अर्थात २१ जना महिलाले आफ्नो विगौति दूधलाई निचोरेर फालि गाई, भैंसी, बाख्री मध्ये बच्चालाई बाख्रीका दूध खुवाएको पाईयो ।
    यी महिलाहरुलाई प्रसव गराउँदा १५ जना अर्थात ३७.५ प्रतिशत महिलालाई गाउँको सार्किनी (चमैन) ले गराईएको पाईयो भने २५ जना अर्थात ६२.५० प्रतिशत महिला तालिम प्राप्त सुडेनाको सहयोगमा बच्चा जन्माएको देखियो । यसरी ग्रामीण ईलाकाका हालसम्म लगभग शतप्रशित महिलाहरु विगौति दूधको अर्थ बुझेको पाईदैन जस्तो देखिन्छ । अर्कोतिर छिटो गर्भ धारण तथा कामको व्यस्तताको कारणले २१ वर्षसम्म बच्चालाई दूध चुसाउनु पर्नेमा औसत १.५ वर्ष चुसाएको पाईयो । यसबाट बच्चाहरुले पाउनु पर्ने पौष्टिक भोजन आमाबाट प्राप्त गर्न नसकेर विभिन्न रोगको सिकार हुन जान्छ ।
स्तनपानको महत्वलाई हेर्ने हो भने शिशु १८(२४ महिलाको नहुँदासम्म स्तनपान सबैभन्दा उत्तम खानाको रुपमा मानिन्छ । प्रकृतिले जन्मेको बच्चालाई के खुवाउने झंझटबाट मुक्त गरेर सितैमा सवोत्कृष्ट तयारी भोजनको रुपमा आमाको दूधलाई साथै पठाएको हुनाले सहर्ष स्वीकार गरी प्रयोग गर्न हिचकिचाउनु हँदैन् । यसबाट शिशुको उच्चतम् बृद्धिको रक्षा भई श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा झाडापखाला जस्ता खतरनाक रोगबाट समयमै रक्षा गर्दछ । यसको स्वच्छतामा शंकाको ठाउँ हुँदैन् । यो चौविसै घण्टा उपलब्ध भएको हुनाले तयारी गर्नु पर्दैन । बच्चाको लागि आमाको दूध सुपच्य हुन्छ र साथै सित्तैमा पाईने हुनाले पैसा लिएर किन्नु पर्दैनन् । यसबाट आमा र शिशुको सम्बन्ध कायम गरी एउटा प्राकृतिक आनन्दको अनुभव हुन्छ । बच्चालाई आमाले दूध चुसाई रहँदा छिटो गर्भधारण नभएर जन्मान्तर राख्न मद्दत भेट्छ । यसले शिशु मृत्युदरलाई घटाएर प्राकृतिक गर्भ निरोधकको काम गरेको हुन्छ ।
    केही विशेष अवस्थामा शिशुलाई स्तनपान गराउनु हुँदैन् । जुन आमालाई क्षयरोग, कुष्टरोग, रक्तक्यान्स, रक्तअलपता, स्तनमा घाउ वा पिलो, स्तन सुन्निएको आदि रोग मध्ये कुनै रोग लागेमा स्तनपान गराउनु हँुदैन् । कतिपय आमाको दूधलाई उनकै पतिबाट चुस्ने काम समेत देखिएकोले पति पत्नि क्षणिक आनन्दको लागि आफैले जन्म दिएको शिशुलाई कमजोर बनाई विभिन्न रोगको शिकार बनाउनु हुँदैन् । त्यति मात्र होईन पहाड तिर विहानै जंगलतिर वा खेतमा काम गर्न जानु परेको हुँदा नवजात शिशुलाई अफीम, जाँड वा अन्य लागु पदार्थ बच्चालाई चटाई छोड्छ र बच्चा लठ्ठ परी दिनभर निकै घण्टासम्म सुतेको सुतै रहन्छ । तराईतिर कतिपय बच्चालाई सानै उमेर देखि तार र खजुरको तारी पौष्टिक भोजनसम्झेर दूधमा मिलाई खुवाउने गरिन्छ । यस्ता बच्चाहरु पोषित हुनु भन्दा कुपोषणको सिकार हुन जान्छ । यस्ता बच्चाहरुमा उच्च शिशु तथा बाल मृत्यूदर रहेको पाईन्छ ।
    बालकलाई पोषणको रुपमा ०–५ महिनासम्म पूर्ण रुपले आमाको दूघ मात्र खुवाउनु पर्दछ । त्यसपछि ५–६ महिना सम्म आमाको दूधको संगै संगै लिटो र मिचेको तरकारी र ६–९ महिनाको बच्चालाई सो खानाको साथ साथै नरम फलफुल समेत दिनुपर्दछ । ९(१२ महिनाको बच्चालाई आमाको दूध, लिटो, नरम दाल, भात, तरकारी र फलफुल र १(२ वर्षको बच्चालाई आमाको दूघको साथ साथै पूर्ण सन्तुलित भोजन दिनु पर्दछ । यस्ता बच्चामा कुपोषणको सम्भावना कम रहन्छ । हाम्रो जस्तो देशमा अधिकांश आमाहरु अशिक्षित हुनुका साथ साथै विभिन्न ग्रामीण अन्ध विश्वासले गर्दा सन्तुलित आहारको सम्बन्धमा जानकारी छैन, भने अर्कोतिर आफ्नै खेतबारीमा उपलब्ध हरिया सागसब्जी समेत प्रयोग गरेको पाईदैन । हुन त हिजो भन्दा आजको अवस्था फरक छ । आज यस्ता कुरा सुधारोन्मुख अवस्थामा रहेपनि विकासिल देशहरुको तुलनामा निकै पछाडि रहेको हुनाले समयमै सोच्नै पर्ने हुन्छ अन्यथा ईच्छाउको सुधार र विकास पाउन कठिन छ ।


 मिति ः २०७०÷४÷१३

मिथिलामा मधुश्रावणी मनाइँदै


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया,सीताके संग सहेलिया.........
  ..... यी स्वरका धुन तथा लयले यतिखेर जनकपुर सहित मिथिलाञ्चल गुञ्जयमान छन् । नव बस्त्र तथा आभुषणले सृङ्गारिएकी नव दुल्हीहरु आफ्नी सहेली संग फुल लोड़ही अर्थात फुलपात टिपिरहेको मनमोहक दृष्य र माथि उल्लेखित यी र यस्ता कर्ण प्रिय गीत र सम्वादले यतिखेर सवैको नजर  केन्द्रित गरेको छ ।
    मिथिलाञ्चलमा विवाहित महिलाहरूले प्रत्येक वर्ष साउन कष्ण पञ्चमीको दिनदेखि पन्ध्रदिनसम्म परम्परागत मधुश्रवाणी व्रत लिन्छन् । मैथिली भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोडिएको उक्त पर्व नवविवाहिता महिलाका लागि मूलतः विशिष्ट र महत्वपूर्ण रहिआएको छ । उक्त व्रतमा संलग्न महिलाले गौरीपूजा, कलशपूजा, विषहराको पूजा, बैरसीकरजा, चनाइ नाग पूजा, कुसमावती पूजा, पिङगला पूजा, लिली नागपूजा, शतमगिनिसहित गोसाउनी, नाग पूजा र साठिक पूजा गर्ने गर्छन् । व्रत बस्ने महिलाले यो व्रत लिँदा निष्ठापूर्वक नित्यकर्म गरी पूजा सामग्रीसहित पूजामा बसेका बेला तीनदिनसम्म अनिवार्य रूपमा मौनापञ्चमी, बिहुला र मनसा, मंगला(गौरीको पृथ्वीजन्म सती, दन्त्यकथामा आधारित महादेवको पारिवारिक कथा, गंगाको कथा, गौरी तपस्याको कथा, गौरी विवाह र जन्तीको कथा, मैनाको मोहको कथा, भगवान कात्र्तिक जन्मको कथा, सन्ध्याको विवाह र लिलीको जन्मको कथा, पतिव्रता सुकन्याको कथा, बाल(वसन्तको कथा, गोसाउनीको कथा, राजा श्रीपुरको कथा श्रवण गरी पूजा अर्चना गर्ने परम्परा छ ।
    नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणी शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ । १५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् ।    
यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ । श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
    विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन ।
    यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्निपरिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ ।
 मिति ः २०७०÷४÷१३
        त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन्  । हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देव जातिका नवविवाहिता महिलाहरुले मनाउने गर्छन् ।  श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो । यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् ।  पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईत गएर मनाउने प्रचलन रहे केहि समय यता पर्व ससुरालमा समेत मनाउन थालिएको छ ।