Sunday, May 12, 2013

“नेपालको क्रिकेट र क्रिकेटरको योगदान”

कुमार प्रशुन

नेपालले अहिले २(३ वर्ष देखि क्रिकेटमा पाएको उपलब्धीहरु हेर्दा शायद हरेक नेपालीलाई गर्व लाग्छ होला । नेपालको घरेलु क्रिकेट तर्फ हेर्दा त यि उपलब्धीहरु निकै नै रोचक हुन जान्छ । जुन देशमा क्रिकेटको लागि एउटा अन्तराष्टिूय स्तरको मैदान छैन, खेलाडीलाई सुविधा छैन, खेलाडी पढौ कि खेलौ भन्ने दोधारमा छन र माथि क्रिकेट संघसाग जोडिएका पदाधिकारीहरुको क्रिकेट विकासको सोच छैन त्यहााका खेलाडीहरु दिन रात एक गरेर प्रशिक्षन गरी नेपालीलाई विश्वमा चिनाउनु निकै अविश्मरणिय छ ।
र्भखर सम्पन्न आइसिसि डिभिजन(३ प्रतियोगिता चुम्नु ले सबैकुरा स्पष्ट पार्छ । नेपाली खेलाडी आफ्ना परिश्रमले आज नेपालीलाई विश्वकप प्रतियोगिताबाट मात्र एक कदम पछाडी राखेको छ । यो उपलब्धीलार्य अझ पनि राम्ररी सोचेर चााडै भन्दा चााडै राम्रो कदम चालिएन भने शायद यो उपलब्धी व्यर्थ जान सक्छ ।
नेपालको क्रिकेटको विकास कसरी हुन्छ  त ? यो कुरा अहिलेको मुख्य विषय हो । नेपाल क्रिकेट संघले सकारात्मक सोचका मानिसहरु खोजेर यसमा पहल गर्नु पर्ने हुन्छ । यस्तै प्रतियोगिता जित्ने हो र राष्टिूय खेलकुद परिषदले ३ देखि सााढे ३ लाख रुपैयाा प्रदान गर्नाले शायद खेलाडीको हौसला नबढला कि मेरो व्यक्तिगत सोचमा जाने हो भने नेपाली खेलाडीलाई ‘नगद’ भन्दा ‘प्रोफेस्नालिज्म’ को खााचो छ । अहिले उचित समय छ यी कुराका लागि, भनिन्छ,“ ज्ष्त तजभ च्यम ध्जभल क्ष्त ष्क ज्यत ० वास्तवमा भन्ने हो भने अहिले नै यो अवसर हो । हाम्रो संघले ठुला ठुला संस्था, बैंकहरुमा गएर  हरेक संस्थामा खेलाडीको स्थायी जागिरका लागि पहल गर्नुपर्यो । एउटा संस्थाले कम्तीमा दुई वटा राष्टिूय खेलाडीलाई जागिर दिएर  रोजगारी सुनिश्चत गर्‍यो भने हाम्रा राष्टिूय खेलाडीहरु प्रोफेस्नली स्टूोङ्ग भएर अझै परिश्रम गर्न सक्छन । घरेलु क्रिकेटको कुरा गर्दा हरेक क्षेत्रमा एउटा एउटा मैदान बनाउनु पर्यो । हरेक जिल्लामा प्रत्येक वर्ष एक महिना वा पन्द्र दिने प्रशिक्षन कार्यक्रम राख्नुपर्यो । हरेक क्षेत्रिय टोलीहरुलाई भारतमा अभ्यास म्याचहरुको व्यवस्था मिलाउनु पर्यो । नेपालमा हुने राष्टिूय प्रतियोगिताको नम्बर अफ म्याचेज बढाउनु पर्यो ।  एउटा टिमले ३ वटा म्याच खेल्ने गर्छ त्यसमा एउटा खेल पानीले खान्छ भने अर्को खेलमा राष्टिूय टोलीले सुसज्जित शसस्त्र प्रहरीबलको टोलीसंग भेटनु पर्छ भने बााकी रहेको तेस्रोमा खेलाडीको किस्मत । कम से कम हामीले एउटा क्षेत्रलाई १० देखि १२ वटा म्याच दिनु पर्छ  अनि गएर खेलाडीको सहि क्वालिटी थाहा पाउन सकिन्छ । मलाई जहाा सम्म लाग्छ हाम्रा पदाधिकारीहरु डोमेस्टिक टुर्नामेन्टमा पनि पैसा जोगाएर खल्ती भर्न थाल्छन । त्यसै कारण होला खेलाडीले मार्का खेप्नु परेको । अहिले नेपाली क्रिकेटमा आम्दानी होइन लगानीको जरुरी छ । क्यानमा क्यान त पछि यहाा त जिल्लै देखि भ्रष्टाचार भएको देखिन्छ । म एउटा प्रसंग सेयर गरौ, जनकपुरमै अन्तराष्टिूय टुर्नामेन्ट हुादा खेलाडीलाई चोट लागेर स्टिच गराउनु पर्यो भने त्यो पैसा पनि स्कुलकै प्रिन्सिपलले वेहोर्नु पर्यो अझै लन्च पनि दिइएन । यो स्थितिमा कुन गारजियनले आफ्नो छोरा छोरीलाई खेल्न प्रमोट गर्छन होला त ? त्यतिबेला कहाा थिए हाम्रा जिल्ला प्रतिनिधिहरु ? मेरो कुरा नगरौ मैले आफ्ना कलिग्ससाग कुरा उचालेकै हो तर त्यसको परिणाम स्वरुप मलाई व्लेक लिस्टेड गरियो, यहि नै हो यहााको चलन । यी कुराहरु छोडौ हामी अहिले विगतलाई विर्सेर वर्तमान संगै भविष्यको वाटो राम्रो कसरी होला भनेर सोच्नु पर्ने समय आइसकेको छ । हामी सबै मिलेर अगाडी वढन सक्नु पर्दछ । क्यान प्रेसिडेन्ट इमान्दार हुनु हुन्छ तर के गर्ने वहाा क्रिकेटको दुनियााबाट वाहिरको हुनु भयो । उहाालाई सजेस्ट र रिकोमेन्ट गर्नेहरु नै मनि माइन्डेड छन । यी कुरा हटाएर हामीले खेल र खेलाडीको हितमा काम गर्ने मान्छे खोजेर जााडै नै विकास तर्फ हिडि हाल्नु पर्दछ ।
(लेखक क्षेत्र नम्बर ७ का पुर्व कप्तान हुन ।)

No comments:

Post a Comment