Tuesday, November 15, 2016

बृहत्तरमा विवाद चर्किदै, व्यापक भ्रष्टाचारको आशंका निर्देशकद्वारा कर्मचारीलाई कारवाही, कर्मचारीको आन्दोलन यथावत

द एक्सक्लुसिभ सम्वाददाताजनकपुरधाम............

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवले लेखापाल उत्तमराज शर्मा ढकाललाई निलम्बन र प्रशासकिय अधिकृत चिरञ्जिवी राज ढुङ्गानालाई २५ कार्तिकमा स्पष्टिकरण सोधेका छन् । कार्यकारी निर्देशक यादवलाई अबिलम्ब हटाउनुपर्ने लगायतका ५ बुँदे माग  सहित ३ कार्तिक २०७३ देखि आन्दोलनमा ओर्लिएका बृहत्तरका कर्मचारीहरुलाई निर्देशक यादवले कारवाहीको डण्डा चलाएर आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेका छन् । यद्यपि आन्दोलनरत कर्मचारीले भने उनको कारवाहीलाई नमानेर आफुहरुको आन्दोलन जारी रहेको प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
जसरी पछिल्लो ३ सप्ताह भन्दा वढी देखि परिषदका कर्मचारीहरुले कार्यकारी निर्देशक यादवको कार्य अवधि चैत मसान्तसम्म मात्र  रहेको कारणले टेन्डर गरी ७० लाख जति रकमका विभिन्न ७ वटा योजनाहरुको प्रक्रिया अगाडी वढाउनुले निर्देशक यादव जाँदा जाँदै अषाढ मसान्त हुनु भन्दा अघि नै ती ठेकेदारहरु मार्फत मोटो रकम कमिशन बापत कुमल्याउने आरोप लगाउँदै आएका छन् । अर्को तर्फ कार्यकारी निर्देशक यादवको समयावधि सकिएपछि निमित्त निर्देशकको रुपमा काम गर्न पाउने आशमा प्रशासकिय अधिकृत ढुङ्गानाले आन्दोलन गर्न नेतृत्व गरेको र सम्पुर्ण कर्मचारीहरुलाई कलम बन्द गर्न दवाव दिएको निर्देशक यादवको आरोप छ । यसरी हेर्ने हो भने दुवै पक्षले एक अर्कोलाई लगाउने गरेको आरोपहरुबाट नै के पुष्टि हुन्छ भने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा कार्यरत कर्मचारीहरु र निर्देशक यादवबाट पनि व्यापक भ्रष्टाचार तथा अनियमितता भएको छ ।  यतिसम्म कि त्यहाँ काम गर्ने कर्मचारीहरुको सर्टिफिकेट पनि नक्कली रहेको, प्रक्रियाहरु नै नपुर्याई स्थायी नियूक्ति भएको, अयोग्य कर्मचारीहरुको भर्ती केन्द्र बनाइएको समेत आरोपहरु लाग्ने गरेको छ । तसर्थ सम्बन्धित मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कुराहरुको गम्भीरतापुर्वक छानविन गरी विकास निर्माणको काममा भएको भ्रष्टाचार तथा नक्कली  सर्टिफिकेट बास्तवमा हो वा होइन लगायतका कुराहरु टुङ्गो लगाई दोषिलाई कारवाही गर्नुपर्दछ ।
लेखापाल ढकाललाई निर्देशक यादवले गरेको निलम्बनका आधारहरु
तोकिएको लेखापालको जिम्मेवारी कर्तव्यलाई बोध गरी आचरण, अनुशासन र प्रशासकिय प्रमुख कार्यकारी निर्देशकले दिएको आदेशलाई सिघ्रताका साथ पुरा गर्नुपर्नेमा अटेर गरी सेवा ग्राहीलाई दुख दिने, ढिलासुस्त ीगर्ने पटक पटक आफुभन्दा माथिका कर्मचारी, पदाधिकारी प्रति उचित आदर र व्यवहार देखाउन नसकेको गुनासो पटक पटक आउँदा तपाईलाई सम्झाउँदा गल्ती स्वीकार गरी क्षमायाचना गर्दै आउनु भएको छ । ७ असोज २०७३ को च नम्बर १११ को पत्रले तपाईलाई सोधिएको स्पष्टिकरणको जवाफ १६ असोजमा प्राप्त भई जाँच बुझ गर्दा चित्त बुझ्दो तथा पेश हुन आएको सफाई सन्तोष जनक नदेखिएकोले प्रस्तावित सजाय किन नदिनुपर्ने हो ? त्यस सम्बन्धमा छुट्टै ७ दिनको म्याद सहितको स्पष्टिकरण पेश गर्ने पत्र यसै साथ दिइएको छ । परिषदको स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयनको शिलशिलामा पटक पटक बाधा अवरोध सिर्जन ागर्ने कार्य तपाईबाट भईआएको छ । तोक आदेश बमोजिम गर्नुपर्ने काममा अतोथापेर ढिलासुस्त ीगर्ने, परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य तथा परिषदको अध्यक्ष लगायत संचालक परिषद, कार्यकारिणी समिति र सरोकारबाला निकाय समेतको निर्णय कार्यान्वयनमा सघाउनुपर्ने कर्तव्य दायित्व तपाईको रहेकोमा सो निर्णयलाई तपाई समेतले चुनौति दिँदै आफु उपर कारवाही हुने भएपछि गलत लांछना लगाई ३ कार्तिक २०७३ का दिन दिउँसो साढे ४ बजेको समयमा कार्यालय समयमा कार्यालयको प्रमुख कामको शिलशिलामा बाहिर गएको अवस्थामा कार्यकारी निर्देशकलाई जथाभावी पद र प्रतिष्ठामा आँच पुर्याउने किसिमले आफु मुनिका कर्मचारीलाई आचरण, अनुशासन र आज्ञा पालनको उल्लंघन गर्न उस्काउने, लेखापालको पदको दुरुपयोग गरी धाक धम्की दिई आचरण अनुशासन भंग हुने कुनै किसिमले आफु सहित सम्मिलित भई कार्यालय प्रमुख कार्यकारी निर्देशक अबिलम्ब हटाउने जस्ता माग राखि एक्कासी आन्दोलनको नाम दिई व्यक्तिगत लाभ र परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य लापरवाहीका साथ गत कार्तिक ३ गते देखि गर्दै आउनु भएको छ । आफु सहित अन्य कर्मचारीलाई कार्यालयको कार्य नगर्न आदेश दिने, विदा नलिई अनुपस्थित रहने, परिषदको आलोचना गर्ने, कलम बन्द गरी हडतालमा उर्तिने, शारिरीक मानसिक उत्पीडन दिने, काम गर्ने कर्मचारीलाई काम नगर्न दवाव दिने, गल्ती गर्ने कर्मचारी उपर कारवाही गर्न आदेश दिँदा आज्ञापालन नगर्ने, गल्ती गर्नेलाई प्रश्रय दिने जस्ता आचरण विपरितको कार्य गर्दै आउनु भएको छ ।
 तपाई उपर लगाइएको अभियोगहरु परिषद नियमावली २०५८ को नियम ८.४ को क,ख,ग,ङ र च बमोजिमको अभियोगको जाँच बुझ गर्नुपरेको हुँदा जाँचबुझ समाप्त नहुनजेलसम्म तपाईलाई कार्यरत पदमा कार्य गर्न दिँदा झुठा सबुत प्रमाण संकलन गर्न सक्ने, आफ्नो विरुद्धको सबुत प्रमाण गायव गर्न सक्ने वा परिषदलाई हानी नोक्सानी गर्ने सम्भावना देखिएकोले परिषदको नियमावली २०५८ को नियम ८.५ बमोजिम नियम ८.२ को सजाय दिन पाउने अधिकारीको हैसियतले कार्तिक २५ गते देखि तपाईलाई निलम्बन गरिएको छ । तपाई जिम्मा रहेको नगदी, जिन्सी, श्रेष्ता, बहिकिताव सहित प्राप्त पत्र, प्रेषित गर्नुपर्ने पत्र र कार्यालयसँग सम्बन्धित सम्पुर्ण कागजात तत्काल आर्थिक प्रशासन शाखामा कार्यरत सहायक कम्प्यूटर अपरेटर दिपेन्द्र कर्णलाई बुझाउन हुन जानकारी गराईन्छ ।
त्यसअघि लेखापाल ढकाल माथि लगाइएका आरोपहरु
तपाईलाई तोकिएको जिम्मेवारी कर्तव्यलाई बोध नै नगरी आचरण अनुशासन र कर्तव्य पालनाको उल्लंघन गरी गिताञ्जली निर्माण सेवा जनकपुर १२ को नाममा रु. ३ लाख २४ हजार ७ सय ४७ को चेकमा कार्यालय प्रमुखको हस्ताक्षर नै नगराई, थाहा जानकारी विना कार्यालयको छाप लगाई छापको दुरुपयोग तथा परिषदको प्रतिष्ठामा आँच पुग्ने किसिमले चेक हस्तान्तरण गर्नु, चेक साट्न नेपाल बंग्लादेश मार्फत नेपाल राष्टू बैंक सम्म पुगेर फिर्ता आए पश्चात थाहा जानकारी दिनुले प्रचलित कानुन बमोजिम कर्तव्य र अधिकारको उल्लंघन गरी आर्थिक कारोबारको संचालन गर्नुपर्ने कारण के हो ?
तपाईले पेश गरेको स्पष्टिकरणमा भदौ २३ देखि २७ सम्म आफु विदा काजमा रहेका बखत लेखा सहायक अशोक कुमार ठाकुर मार्फत चेक हस्तान्तर हुन गएको उल्लख भएको छ । तर, बंैकमा ४ सप्टेम्बर २०१६ मा दाखिला भएको मिति देखिँदा तपाईले गरेको गल्ती लुकाउन र हुने सजायबाट उम्कन अनेक जाल प्रपंच रचेको देखिन्छ ।
प्रशासकिय अधिकृत चिरंजिबी राज ढुङ्गानालाई स्पष्टिकरण दिन सोधिएका अभियोगहरु
 तपाईलाई तोकिएको जिम्मेवारी, कर्तव्यलाई बोध नै नगरी, आचरण, अनुशासन, र कर्तव्य पालनाको उल्लंघन गरी आफु भन्दा माथिको संचालक परिषदका अध्यक्षले म्याद तोकी लिखित रुपमा तपाईको संयोजकत्वमा कार्यदल गठन गरी अहएको कार्य रंगभुमि मैदानको बर्तमान अवस्था चित्रण हुने किसिमले प्रतिवेदन पेश गर्ने कार्यलाई प्रभावित गर्नुको उद्देश्य के हो ? प्रशासकिय प्रमुख कार्यकारी निर्देशकले कार्यालय संचालन सम्बन्धि दिएको निर्देशन आदेशलाई पुरा गर्नुपर्नेमा अटेर गरी सेवाग्राहीलाई दुख दिने, ढिलासुस्ती गर्ने, पदाधिकारी प्रति उचित आदर, व्यवहार देखाउन नसकेको गुनासो पटक पटक आउँदा तपाईलाई सम्झाउँदा गल्ती स्वीकार गरी क्षमायाचना गर्दै आउनु भएको छ ।
तपाईलाई प्रशासकिय अधिकृत सहित खरिद एकाई प्रमुख, गुनासो सुन्ने, सुचना अधिकारी र प्रशासकिय अधिकृतको हैसियतले आफु मुनिको कर्मचारीहरुको सुपरिवेक्षकको जिम्मेवारी समेत रहेकोमा उक्त कार्यमा बाधा अवरोध तपाईले सिर्जना गर्दै आउनुभएकोमा सम्झाई बुझाई गर्दा क्षमायाचना गर्ने, अब उपरान्त सुचारु रुपले कर्तव्य दायित्व सम्झी कार्य गर्ने प्रतिबद्धता गर्दै आउनु भएकोमा खरिद इकाईको प्रमुखको जिम्मेवारीबाट मुक्त गरे पश्चात कार्यकारी निर्देशकलाई जथाभावि पद र प्रतिष्ठामा आँच पुर्याउने किसिमले आफु मुनिका कर्मचारीलाई आचरण अनुशासन र आज्ञापालनको उल्लंघन गर्न उस्काउने, अधिकृत पदको दुरुपयोग गरी धाक धम्की दिई आचरण अनुशासन भंग हुने किसिमले आफु सहित सम्मिलित भई आफ्नै नेतृत्वमा कार्यकारी निर्देशक अबिलम्ब हटाउने जस्ता माग राखि एक्कासी आन्दोलनको नाम दिई व्यक्तिगत लाभ र परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य जानाजानी लापरवाहीका साथ गत कार्तिक ३ गते देखि गर्दै आउनु भएको छ ।
आफु सहित अन्य कर्मचारीलाई कार्यालयको कार्य  नगर्न आदेश दिने विदा नलिई अनुपस्थित रहने, परिषदको आलोचना गर्ने, कलम बन्द गरी हडतालमा उत्रिने लगायतका कामहरु गर्न तपाईलाई कुन कानुनले छुट र हक अधिकार प्रदान गरेको छ ? तपाई उपर विभागिय कारवाही किन नगर्ने ?
कार्यसम्पादन मुल्याङ्कनलाई सुपरिवेक्षकको हैसियतमा अगाडी वढाउनुपर्नेमा के कस्ता कारण र मनसायले तोकिएको म्याद नघाई मुल्याङ्कलाई प्रभावित पार्नु भएको हो ? तपाई बृहत्तर परिषद नियमावली २०५८ को परिच्छेद ७ मा उल्लेखित आचरणको उल्लंघन एवम पदिय दायित्व, कर्तव्य जिम्मेवारी बहन गर्न इन्कार गर्नूको पछाडी अयोग्यता त होइन ? सार्वजनिक विज्ञापन सूचना विना नै प्रतियोगिता नै नगराई अनियमितता गरी स्थायी नियूक्ती अधिकृत पदमा तपाईलाई दिएको कुरा संचार माध्यममा आएकोले सो सम्बन्धमा के कस्ता प्रक्रिया अपनाई नियूक्ति दिएको हो ? यस अघि विदा सम्बन्धि विषयमा चेतावनी एक पटक र बन्द हडताल नगर्न कार्यकारी निर्देशकको हैसियतले संयूक्त रुपमा समितिका सदस्यहरुले विज्ञप्ती मार्फत आह्वान गरिसक्दा पनि अटेर गरेर बन्द हडताल जारी राख्नु भएकोमा पुनः एक पटक चेतावनी दिँदा समेत बारम्बार अनुशासन हिन काम गर्नु, आचरण सम्बन्धि नियमहरु बारम्बार उल्लंघन गर्नु तथा परिषदको उद्देश्य विपरित हुने कार्यले परिषदलाई हुन गएको हानी नोक्सानी तपाईबाट किन असुल उपर नगर्ने ? तोकिएको म्याद भित्र आफ्नो स्पष्टिकरण पेश गर्नु होला ।
कर्मचारीहरुबाट आरोप अस्वीकार
यता २६ कार्तिकमा कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गरी लेखापाल ढकालद्वारा चेक भुक्तानीका विषयमा लगाइएको आरोपहरुलाई अस्वीकार गरेको छ । नेपाल सरकार मातहतका कार्यालयहरुमा चेक भुक्तानी गर्दा कार्यालय प्रमुख र लेखा प्रमुखको संयूक्त दस्तखत भएपछि मात्र चेक भुक्तानी हुने व्यवस्था भए बमोजिम यस परिषदमा पनि सोही व्यवस्था रहेको र कार्यकारी निर्देशक यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख भएको चेक भुक्तानी प्रकरणमा लेखापाललाई मात्र दोष दिएकोमा उक्त चेक क्यान्सिल भई पुनः चेक जारी भई निजको पनि दस्तखत भए पश्चात सम्बन्धित निर्माण व्यवसायीले भुक्तानी लिई सकेकाले निर्देशकद्वारा लगाइएको आरोप निराधार रहेको विज्ञप्ती मार्फत जनाएको छ ।
कार्तिक ७ गते कर्मचारीहरु कार्यालय आईपुग्नु अघि स्थानीय प्रशासनको उपस्थितिमा निर्देशक यादवले ताला तोडेको हुँदा कार्यालयका महत्वपुर्ण कागजात हराएमा वा हिनामिना भएमा सो को जिम्मेवारी कार्यकारी निर्देशकले लिनुपर्ने, सोही मितिमा राति करिब साढे ७ बजेको समय ड्यूटीमा रहेका चौकिदारको विरोधका बावजुद प्रहरीको हस्तक्षेपमा कर्मचारीलाई दुरव्यवहार गरी महत्वपुर्ण कागजात लगेको कर्मचारीहरुले प्रेस विज्ञप्ती मार्फत लगाएका छन् । २२ कार्तिकमा सम्पुर्ण कर्मचारीलाई कारवाही गर्ने भनि कार्यकारी निर्देशकबाट धम्की आएको तथा २३ कार्तिकमा सम्पुर्ण कर्मचारीहरु धर्नामा बसेकै बखत एक्लौटी किसिमले चौकिदार स्वीपरको विज्ञापन निकालेको बताइएको छ । आफुहरु कसैको दवावमा नपरी स्वविवेकले आफ्नो हक हितको लागि आन्दोलनमा रहेको भन्दै परिषदको नीति निर्देशन विपरित परिषदको प्रतिष्ठामा आँच आउने वा अपमान हुने वा हानी नोक्सानी हुने काम कारवाही गरे गराएमा वा लिखित वा मौखिक बक्तव्य दिए वा दिलाएमा हुने कारवाही कार्यकारी निर्देशकलाई हुनुपर्ने कर्मचारीहरुले बताएका छन् ।
कार्यकारी निर्देशक काम गर्दै
 परिषदका २६ जना कर्मचारीहरु आन्दोलित रहेको भए पनि कार्यकारी निर्देशक यादवले दुई तीन जना कर्मचारीहरुको मद्दत लिएर परिषदका महत्वपुर्ण कामहरु गरि नै रहेको बताएका छन् । आन्दोलनकै क्रममा भारतका राष्टूपति प्रणव मुखर्जी जनकपुर आउँदा उहाँको स्वागतमा स्वागतद्वार, मिथिला कला संस्कृति झल्किने झाकी प्रदर्शन तथा राष्टूपति मुखर्जीलाई उपहार प्रदानको काम गरिएको थियो । त्यसैगरी जानकी मन्दिरलाई केन्द्र विन्दु मानि गढी माई, सिमरौनगढ, सलहेश फुलवारी, छिनमस्ता भगवती र बराह क्षेत्रलाई समेटिने गरी धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका धार्मिक सर्किट निर्माण गर्ने अध्ययन सर्बेक्षण गुरु योजना तयार गर्नेका लागि टिओआर समेत तयार भएको निर्देशक यादव बताउँछन् । त्यो कार्यका लागि नेपाल सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्रीको प्राथमिकताको २४ कार्यहरु मध्ये त्यो पनि एक रहेको निर्देशक यादव बताउँछन् ।
 २०६३ साल तिर भोजराज घिमिरे कार्यकारी निर्देशक रहेको बेला नै बरिष्ठ प्रशासकिय अधिकृत र सहलेखापालको पद दरबन्दी कटौती भएका कारण मानव संसाधन व्यवस्थापन, संगठनात्मक संरचनाको लागि कार्यदल गठन भई प्रतिवेदन उपर छलफलको क्रममा रहेको उनले बताए । त्यसैगरी परिषदको ऐन नियम बनाउन मन्त्रालय गम्भीर रहेको र तेस्रो पटक मस्यौदा तयार भईरहेको उनले बताए । यसका अतिरिक्त विकास निर्माणका कार्यको लागि समेत कार्यहरु अगाडी वढाइएको छ । आर्थिक बर्ष २०७३÷०७४ को विनियोजित १०÷१० लाख रकमको ७ वटा योजनाको सिलबन्दी दर भाउ पत्र समेत खोलिसकिएको र उक्त निर्माण कार्य अगाडी वढाउने प्रक्रिया समेत अघि वढिरहेको निर्देशक यादवले बताए । धनुषाको झोझी कटैयामा मन्दिर निर्माण, महोत्तरीको रौजा मजारको संरक्षण संवद्र्धन, विद्यापति गढ बनौलीको संरक्षण संवद्र्धन, जनकपुर १४ स्थित डिहवार थानको संरक्षण संवद्र्धन, जनकपुरको मध्यमासर स्थित कालमोचन हनुमान मन्दिरको संरक्षण सम्बद्र्धन लगायतका योजनाहरु अगाडी वढेको छ । त्यसैगरी अहिलेको विवाद समाधान सँगसँगै कर्मचारी आन्दोलन र टिओआरको स्वीकृति लगायतको प्रमुख ऐजेण्डाहरु राखेर २ मंसिर २०७३ मा परिषदको कार्यकारिणी समितिको वैठक समेत बोलाइएको यादवले बताए ।

२०७३ कार्तिक २८ गते आईतबार

धनुषामा बाल विकास शिक्षक नियूक्तिमा अनियमितता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जिल्ला शिक्षा कार्यालय धनुषामा भ्रष्टाचार तथा अनियमितता दिनदिनै वढ्दै गएको छ । जुन जोगी आएपनि कानै चिरेको भनेझै धनुषामा जुन सुकै शिक्षा अधिकारी आएपनि भ्रष्टाचार र अनियमिततामा चुर्लुम्मै डुब्ने गरेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण हो, बाल विकास समितिको बाल शिक्षक नियूक्ति प्रकरण ।
धनुषामा बाल विकास समिति अन्तरगत कुल ६ सय ६५ वटा कोटाहरु रहेका छन् । बाल विकास समिति कोटाका फोकल पर्सन समेत रहेका स्रोत व्यक्ति धनेश्वर यादवका अनुसार धनुषामा हालसम्म ३ लटमा गरी कुल ६ सय ६५ वटा कोटाहरु वितरण गरिएको हो । पहिलो लटमा ५ सय ९९, दोस्रो लटमा ४५ र तेस्रो लटमा २१ वटा कोटाहरु वितरण गरिएको हो । यादवका अनुसार पहिलो लटमा वितरण गरिएको ५ सय ९९ कोटा मध्ये २ सय ९२ वटा कोटाहरु जिल्लाका विभिन्न विद्यालयहरुमा र बाँकी ३ सय ७ वटा कोटाहरु विभिन्न गैरसरकारी संस्थाहरु मार्फत समुदायमा वितरण गरिएको थियो । जसमध्ये नेपाल सरकारको पछिल्लो नीति अनुसार गैरसरकारी संस्था वितरण गरिएको ३ सय ७ वटा कोटाहरुलाई विद्यालयमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको छ । हो, यसरी विद्यालयमा हस्तान्तरन गरिरहेको कोटाहरुमा २८ जना बाल विकास शिक्षकको नियूक्तिमा शिक्षा कार्यालयका अदृष्य गिरोहहरुले चलखेल गरी, व्यापक आर्थिक लेनदेन गरी अनियमितता गरेको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव दावी गर्छन् ।
के हो समग्र प्रकरण ?
५ बर्ष भन्दा मुनिको बाल बालिकाहरुलाई १ कक्षामा भर्ना हुनका लागि तयारी गराउने उद्देश्यले नेपाल सरकारले विभिन्न संघसंस्था मार्फत समुदायमा बाल विकास कक्षा संचालन गरेको थियो । जसअन्तरगत धनुषामा रहेको कुल ६ सय ३० वटा कोटा जिल्लाका विभिन्न गैरसरकारी संस्थालाई वितरण गरिएको थियो । २५ वटा विद्यार्थीहरुमा एउटा सहयोगी कार्यकर्ता भनेर नियूक्त गरिएको थियो । ती सहयोगी कार्यकर्ताहरुको नियूक्ति कोटा पाएका संघसंस्थाहरुले नै गर्ने गरेका थिए । सहयोगी कार्यकर्ताहरुलाई सुरु सुरुमा ५ सय रुपैयाँ तलब दिने गरेको थियो । कुल ४ घण्टा समुदायकै बाल विकास केन्द्रमा पढाउनु पर्ने व्यवस्था अनुरुप ५ सयबाट सुरु भएको तलब ३ हजार हुँदै २०७३ साउनमा आएर ६ हजार रुपैयाँ पुगेको हो । कम्तिमा पनि ४ घण्टा ती सहयोगी कार्यकर्ताले विद्यार्थीहरुलाई पढाएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको थियो ।
शिशु कक्षामा अध्ययन गर्नका लागि तयार पार्ने उद्देश्यका साथ संघसंस्थाहरुलाई ती कोटा वितरण गरिएको भएपनि उद्देश्य अनुसार काम हुन सकिरहेको थिएन । विद्यार्थीलाई नपढाईकन सहयोगी कार्यकर्ताहरुले र कोटा पाउने गैरसरकारी संस्थाहरुले रकम हजम गरिरहेको थियो । अन्ततः नेपाल सरकारले बाल विकासको कोटा सिधा विद्यालयमा गाभिने निर्णय गर्यो । त्यसका लागि विभिन्न क्लब तथा संघसंस्थाहरुले हामीहरुसँग यति कोटा छन् भन्दै सहयोगी कार्यकर्ता सहित कोटा विद्यालयमा हस्तान्तरण गरियो । यसरी हस्तान्तरण गर्दा बाल विकास समिति मार्फत फोकल पर्सनको सिफारिसको आधारमा कोटाहरु विद्यालयहरुमा हस्तान्तरण गरिएको छ । बाल विकास समिति अन्तरगत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, गाविस सचिव, क्लब रहेको छ ।
गत बर्षसम्म ३ हजार मात्रै तलब रहेपनि अब चालु आर्थिक बर्षको साउन महिना देखि ६ हजार रुपैयाँ मासिक तलब भएपछि बाल विकास शिक्षकको नियूक्तिमा अनियमितता सुरु भएको छ । बाल विकास समितिको हस्तान्तरण निर्देशिकालाई मिच्दै विना कोटा, गैर कानुनी ढंगले कतिपय विद्यालयहरुले बाल विकास शिक्षक नियूक्त गरी खाता संचालन गरेको पाइएको छ । यतिसम्मकी जिल्लाका शिक्षा अधिकारी र शिक्षा कार्यालयका लेखापालको नक्कली हस्ताक्षर गरी विद्यालयमा कोटा हस्तान्तरण प्रक्रिया अगाडी वढाएको पाइएको छ ।
 बाल विकास समिति हस्तान्तरण निर्देशिका अनुसार हरेक विद्यालयमा कम्तिमा एउटा र वढीमा दुईवटा बाल विकास शिक्षकको कोटा नियूक्त हुने प्रावधान छ । तर, धनुषामा के देखिएको छ भने कतिपय विद्यालयमा ४ वटासम्म कोटा नियूक्त गरिएको छ । जस्तै, मावि मुजेलियामा मात्रै ४ वटा कोटा सिफारिस भएको पाइन्छ । हुनुपर्ने के हो भने बाल विकास समिति मार्फत ती कोटाहरुको पुनरनिर्धारण र पुनरवितरण गरिनुपर्ने थियो ।  प्रमुख जिल्ला अधिकारीको  अध्यक्षतामा , स्थानीय विकास अधिकारी, शिक्षक यूनियनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी र बाल विकासको फोकल पर्सन सदस्य रहेको समिति छ । उक्त समितिबाट सिफारिस हुनुपर्ने थियो । अब अहिले के भएको छ भने साउनमा निकासा सिफारिस गरिएकोमा बास्तविक कोटा भन्दा बढी जना शिक्षकको नाउँमा निकासा गरिएको छ । २८ जना नक्कली शिक्षकको नाउँमा निकासा शिक्षा कार्यालयले गरेपछि नेपाल शिक्षक संघ लगायत विभिन्न शिक्षकका संघ संस्थाहरुले विरोध गरेका थिए । चौतर्फी विरोध भएपछि जिशिअ महेन्द्र महतोले बैंकमा निकासा पठाईसकेको रकम निकासा नगरी फिर्ता गरेको छ । प्रथम चौमासिक अन्तरगत १ सय ५० जना शिक्षकको कोटा विद्यालयमा हस्तान्तरण भएको थियो । सोही अनुसार प्रथम चौमासिक निकासा पनि भएको थियो । तर, २०७३ असोजमा जिल्ला शिक्षा कार्यालयले २८ वटा कोटा थपेर निकासा गरेको थियो ।
११ असोज २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले तत्कालिन शिक्षा अधिकारी चेत कुमार पोखरेललाई औपचारिक पत्र लेखेर नै बाल विकास अन्तरगत भईरहेको हिनामिना सन्दर्भमा प्रष्ट निर्देशन दिएका थिए । जिल्ला शिक्षा कार्यालय धनुषाबाट बाल विकास कार्यक्रम तर्फ संस्थाहरुलाई समुदायमा संचालन गर्ने गरि दिइएको बाल विकास कोटा हाल संस्थाहरुद्वारा फोकल पर्सनको सिफारिसमा विद्यालयमा आवद्ध गराई समायोजन गर्ने गरी कोटा वितरण तथा खाता संचालन गरी विभिन्न बहानामा व्यापक रकम असुल उपर गरी रहेको भन्ने जनगुनासो रहेको हुँदा अब उपरान्त बाल विकासको आवश्यकता औचित्य पुष्टियाई तथा विद्यालयमा हालका जनशक्तिलाई हेरी आवश्यक पर्ने हो होइन सो समेतको विश्लेषण गरी जिल्ला बाल विकास समितिबाट निर्णय गराई मात्र विद्यालय आवद्ध समायोजन तथा खाता संचालन गर्नु भनि प्रजिअ चापागाईले जिशिअ पोखरेललाई निर्देशन दिएको थियो । असोजमा निर्देशन दिएको भएपनि जिशिअ महतोले गलत तरिकाले घुस खाएर २८ जना नक्कली बाल विकास शिक्षकको कोटा भन्दा वढी तलब निकासा गर्नुले पनि प्रजिअको निर्देशनलाई खिल्ली उडाएको देखिन्छ ।
प्रजिअको निर्देशनका बावजुद पनि किन तपाईले आफ्नो सिफारिसमा कोटा वितरण गरिरहनु भएको छ भन्ने सवालमा फोकल पर्सन धनेश्वर यादव के भन्छन् भने प्रजिअले त्यस्तो कुनै पत्राचार मार्फत निर्देशन दिएको भन्ने कुरा थाहा छैन । रहयो भ्रष्टाचार वा गल्ती शिक्षकको सिफारिस मैले गरेको छु भने त्यसको छानविन होस ।
अनियमितताको श्रृङ्खला
२०७१ सालसम्म धनुषामा कुल ६ सय १ वटा बालविकासका कक्षाहरु संचालित थिए भने जिल्ला शिक्षा कार्यालयले संस्थाहरुद्वारा संचालित बालविकासको कक्षाको अनुगमन गर्दा २ सय ७४ वटा बालविकासको कक्षाहरु संचालन नै नभई रकम भुक्तानी भईरहेको पाइएको थियो । १८ अषाढ २०७१ मा जिल्ला शिक्षा कार्यालय धनुषामा शिक्षा विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालय समेतका प्रतिनिधिहरुको संयुक्त  टोलीको बसेको बैठकले संस्थामा रहेको बालविकास संचालनमा नरहेको हुनाले ती बाल विकासलाई बदर गरी जुन विद्यालयमा एउटा पनि बाल विकासको कक्षा नरहेको विद्यालयहरुबाट सुरु गरी आवश्यकता अनुसार बालविकास समिति मार्फत बाल विकासको कोटा वितरण गर्ने निर्णय गरियो । तर, जिल्ला शिक्षा कार्यालयको बालविकास समितिको बैठकबाट कोटा वितरण नगरी तत्कालिन शिक्षा अधिकारी चेतकुमार पोखरेलले गत अषाढ मसान्तमा संस्थाको बालविकास विद्यालयमा हस्तान्तर गरेको शिक्षक नेताहरुले आरोप लगाउने गरेका छन् । कतिपय बालविकासहरुमा पढाई नै नभएको अवस्थामा जिशिअ पोखरेलले एकमुष्ठ ४२ हजार रकम निकासा गरिदिएको पाइन्छ । त्यतिबेला एउटा बालविकासमा शिक्षकलाई ३ हजार रुपैयाँको दरले प्रति महिना तलब शिक्षा कार्यालयबाट निकासा हुने गरेको थियो । शिक्षा अधिकारी पोखरेलले प्रति सहजकर्ताबाट ४० देखि ६० हजार रुपैयाँ घुस खाएर बर्षैभरी बन्द रहेको करिब १ सय भन्दा वढीको संस्थाका बाल विकासहरुलाई विद्यालयमा हस्तान्तरण गरी खाता संचालन गरी २०७३ अषाढ १ देखि अषाढ २५ सम्ममा एकमुष्ठ रकम वितरण गरेको आरोप लाग्ने गरेको छ । यति मात्र होइन जिशिअ पोखरेलले करिब ५८ जना शिक्षकहरुको जिल्लान्तर सरुवा गरी १ करोड भन्दा पनि वढी रकम घुस खाएको शिक्षक नेताहरुले आरोप लगाउने गरेका छन् । एक शिक्षक नेताका अनुसार प्रति शिक्षकबाट शिक्षा अधिकारी पोखरेलले २ देखि ३ लाख रुपैयाँ सम्म घुस लिएका छन् ।


२०७३ कार्तिक २८ गते आईतबार

सरकारको कामकाजको सय दिने रिपोर्ट

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आज म मेरो नेतृत्वमा सरकार गठन भएको सय दिनको अवधिमा भए गरेका प्रमुख काम र उपलव्धीका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु । म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३ साल साउन १९ गते व्यवस्थापिका संसदबाट निर्वा्चित भई साउन २० गते पदबहाली गरेको थिए । पदबहाली गर्ने क्रममा मैले ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउने एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्ने गराउने, सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३ महिनाभित्रमा चिकित्सक पठाउने, गरिबका लागि सरकार अभियान सञ्चालन गर्ने,  देशभरिका दलित र कर्णालीका नवजात शिशुहरुको जन्म दर्तामा रु. १ हजार प्रोत्साहन भत्ता दिने जस्ता निर्णय मार्फत आफ्नो कार्यभार प्रारम्भ गरेको थिएँ ।
तत्पश्चात् नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीहरुलाई २८ बुँदे निर्देशन जारी गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्न, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्न, भूकम्प पश्चातको पुनर्निर्माणलाई गति दिन बजार अनुगमन गरी सुलभ रुपमा उपभोक्ताहरुलाई बस्तु र सेवा वितरण हुने व्यवस्था गर्न, उर्जा संकट क्रमशः न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई तीब्रता दिन र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तथा सदाचार कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको थिएँ । मैले २०७३ भदौ २३ गते समग्र विषय समेटी व्यवस्थापिका संसदमा गरेको संवोधनका विषयहरुको कार्ययोजना बनाई कार्यान्वयन प्रक्रियामा लगिसकिएको छ । बर्तमान सरकारको काँधमा जननिर्वा्चित संविधान सभाबाट जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी  रहेको छ । संविधान कार्यान्वयनको सिलसिलामा नेपाल सरकारले उच्च अदालत स्थापना गरेको,  भाषा आयोग गठन गरेको तथा विभिन्न कानुन निर्माण गर्न व्यवस्थापिका संसद समक्ष विधेयक पेश गरेको छ । साथै संविधान प्रति असन्तुष्ट पक्षहरुलाई वार्ता र सम्वादका माध्यमबाट सहमतिमा ल्याई राजनैतिक सहमतिद्वारा नै संविधान संशोधन गरी यसको स्वीकार्यताको दायरा फराकिलो बनाउने कार्यमा बर्तमान सरकार हर तरहले प्रयत्नशील रही  आएको छ । राज्यको पुनसंरचना गर्दै संविधान बमोजिम सरकारका स्थानीय र प्रदेश तहको निर्वाचन सम्पन्न गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा यो सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसै अनुरुप ७ माघ, २०७४ भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट आवश्यक तयारी भइरहेको छ ।
सरकारको विगत सय दिनको समग्र मूल्यांकन गर्दा आर्थिक परिसूचकहरु सकरात्मक रहेको, शान्ति सुरक्षा कायम भएको, राजनीतिक सहमतिको बातावरण बन्दै गएको, छिमेकी मुलुकहरुसँगको सम्वन्धमा सुधार आएको, विकास निर्माणका कार्यहरुले गति लिएको, आपूर्ति व्यवस्था सहज बन्दै गएको,  सेवा प्रवाह थप प्रभावकारी भएको, सदाचार प्रवर्द्धन भई मुलुकको सुशासनका समग्र सूचकहरु सकारात्मक देखिएको छ । यसबाट आम जनतामा सरकारप्रतिको भरोसा एवं विश्वास बढोत्तरी भएको छ ।  माथि उल्लिखित विषयमा विगत सय दिनमा गरेका प्रयासहरुबाट प्राप्त केही प्रमुख उपलव्धीहरुको क्षेत्रगत सारांश यहाँहरु समक्ष प्रस्तुत गरेको छु  ।
संविधान कार्यान्वयनः
नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ । संविधान कार्यान्वयनका लागि स्थानीय तह र अन्य निकायहरुको निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता भएको छ । यस अवधिमा व्यवस्थापिका(संसदबाट १४ वटा विधेयक पारित भएका, व्यवस्थापिका संसदमा ३९ वटा विधेयकहरु विचाराधिन रहेका, व्यवस्थापिका(संसदमा पेश गर्न नेपाल सरकार मन्त्रिपरिषबाट २ वटा विधेयकहरु स्वीकृति प्रदान गरिएको र ३४ वटा विधेयकहरु सैद्वान्तिक सहमती प्राप्त प्रदान छन् । नेपालको संविधान अनुरुप प्रत्येक प्रदेशहरूमा उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालय  स्थापना गरिएको छ ।
संविधान कार्यान्वयन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएअनुरुप गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न गठित आयोगलाई थप मापदण्ड उपलब्ध गराई  स्थानीय तहको पुनर्संरचना सम्बन्धी काम अन्तिम चरणमा पुगेको छ ।  नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा सहवर्ती अधिकार एवं संविधानको अन्य धाराहरुमा उल्लेखित कार्य्जिम्मेवारीहरुको विस्तृतीकरण गरी तहगत विभाजन सहितको प्रारम्भिक मस्यौदा तयार गरिएको छ ।
शान्ति प्रक्रियाः
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुसँग गहन छलफल गरेर समयमा नै कार्य सम्पन्न गर्ने तर्फ कार्य भइरहेको छ ।उपरोक्त आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । तराई मधेश आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मी समेत ५२ जनालाई सहिद घोषणा गरिएको छ । तराई मधेश र थरुहट आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरुलाई औषधि उपचार गराउन रु. द्द करोड द्धण् लाख निकासा गरिएको छ । जनयुद्धमा शहिद भएका तथा बेपत्ता पारिएका १ हजार ६ सय ५ जना ब्यक्तिका परिवारका लागि आर्थिक सहायता स्वरुप रु ३२ करोड १६ लाख १ हजार निकासा गरिएको छ ।
भूकम्प पछिको पुनर्निर्माण र नवनिर्माणः
भुकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन र पुनर्निर्माणको कार्य गर्न ४५ दिने कार्ययोजना दिइएअनुरुप भूकम्पवाट अति प्रभावित १४ जिल्लाका जम्मा ५ लाख ३३ हजार १ सय ८२ लाभग्राहीमध्ये अहिले सम्म ४ लाख ६९ हजार २ सय ४७ परिवारसँग सम्झौता भएकोमा उनीहरुलाई पहिलो किस्तावापतको अनुदान प्रदान गरिएको छ ।  राष्टिूय पुननिर्माण प्राधिकरण, विभिन्न मन्त्रालय तथा निकायहरुमा गरी ३५०० जनशक्ति परिचालन गरिएको छ । जसमध्ये २६०० इन्जिनियरलाई तालिम प्रदान गरी परिचालन  गरिएको छ । त्यस्तै भूकम्प प्रतिरोधी घर निर्माणका लागि करिव १९ हजारलाई डकर्मी तालिम प्रदान  गरिएको छ । भूकम्पबाट प्रभावित जिल्लामा नमुना वस्तीको रुपमा गोरखामा “लाप्राक एकीकृत बस्ती विकास“को कार्य सुरु भएको छ। साथै अति जोखिमयूक्त रहेका बस्तीहरु (३३८ स्थान) को अध्ययनका लागि जनशक्ति परिचालन अघि बढाइएको छ ।    
भुकम्प पीडितहरुले पाउने अनुदानको रकमलाई रु.२ लाखबाट वृद्धि गरी रु. ३ लाख पुरयाइएको छ भने पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा रु. १ लाख ५० हजार र तेस्रो किस्तामा रु. १ लाख पाउने गरी अनुदान वितरण कार्य्विधिमा संशोधनको प्रकृया अगाडी वढेको छ । मेरो धरहरा मै बनाउँछु अभियान अन्तर्गत राष्टिूय पुनर्निर्माण कोषमा १४ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ भने धरहरा पुनःनिर्माणको लागि अर्किटेक्चरल तथा स्टकचरल परामर्शको लागि परामर्शदातासंग सम्झौता भइसकेको छ । निर्माण कार्य तत्काल प्रारम्भ गरिनेछ ।  भूकम्प पीडितहरूलाई घर निर्माणका लागि २ प्रतिशत व्याजदरमा कर्जा उपलव्ध गराउने व्यवस्था अन्तर्गत २०७३ कार्तिक मसान्तसम्म रु. १५ करोड ३८ लाख कर्जा प्रवाह भएको छ ।
सरकारी वित्त क्षेत्र
पूजींगत खर्च वृद्धि गर्न वढी पुजीगत बजेट भएका १५ वटा ठूला मन्त्रालयका सचिवहरुसँग छलफल गरी बजेट कार्यान्वयनमा तिब्रता दिन निर्देशन दिइएवमोजिम र सोको नियमित अनुगमन भइरहेको छ । आ.व. द्दण्ठघरठद्ध को बार्षिक कुल राजस्व मध्ये असोज महिनासम्मको लक्ष्य रु १ खर्ब १४ अर्व ७८ करोड २३ लाख रहेकोमा रु १ खर्ब २७ अर्व घ करोड ६ठ लाख असुली भएको छ । सो सङ्कलन लक्ष्यको तुलनामा ज्ञज्ञज्ञ प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा राजस्व बृद्धि दर टड प्रतिशत रहेको छ। करको दायरा बढाई राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन आयकर तर्फ टज्ञ,ण्छठ र मुल्य अभिवृद्धि कर तर्फ द्ध,ण्ज्ञढ थप करदाताहरुलाई करको दायरामा ल्याईएको छ ।
आपुर्ति व्यवस्थापन र बजार अनुगमनः
नेपाल सरकार र जनवादी गणतन्त्र चीनविच “उपभोक्ता हित संरक्षणको विषयमा सहयोग विस्तार“ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दैनिक उपभोग्य वस्तुको कालोबजारी एवं कृत्रिम अभाव हुन नदिन उपत्यका बाहिर र भित्र गरी जम्मा ज्ञज्ञछज्ञ पटक बजार अनुगमन गरी खाद्य ऐन नियम अनुरुप प्रतिकुल खाद्य वस्तु उत्पादन तथा बिक्रि वितरण गर्ने ४३ खाद्य व्यवसायीहरुलाई मुद्दा दायर गरिएको छ । खाद्यान्न ढुवानी अनुदान कार्यक्रम अन्तर्गत दुर्गमका २२ जिल्लाहरुमा चालु आ.व.मा  छडढ७ क्वी. खाद्यान्न ढुवानी गरिसकिएको छ ।
सुशासन र सेवा प्रवाह
निजामती सेवा एन तथा नियमावली बमोजिम नेतृत्व मुल्यांकन समितिलाई क्रियाशील बनाई उच्च तहको नेतृत्वमा गतिशील, व्यवसायिक र क्षमतायुक्त नेतृत्व सुनिश्चित गर्न नेतृत्व मूल्यांकन समिति गठन गरिएको छ । हेलो सरकारमा आउने गुनासाहरु मध्ये नागरिकहरुले  ःयदष्भि ब्उउक वाट समेत पठाउन मिल्ने गरी हाल ःयदष्भि ब्उउक तयार गरि सकिएको छ । यो अबधिमा हेलो सरकारमा प्राप्त हुन आएका गुनासो संख्या ३४३९ वटा यस अवधिमा फछर्यौट गरिएको छ ।
हत्केलामा निजामती सेवाू नामक ःयदष्भि ब्उउष्अिबतष्यल को सुरुवात गरिएको छ । सुदूर पश्चिम क्षेत्रको समग्र बिकासको अवस्था तथा सामाजिक, आर्थिक, धार्मिक जानकारी सहितको ूहाम्रो सुदूरपश्चिमू मोबाइल एप निर्माण कार्य शुरुवात गर्ने चरणमा रहेको छ । यातायात व्यवस्था विभागको काम कारवाहीलाइ विकेन्द्रित गरी सेवा प्रवाहमा नागरिकको सहज पहुँच व्यवस्था गर्न काठमाण्डौ उपत्यकाका ३ वटा स्थानहरु भक्तपुरको सूर्यविनायक, काठमाण्डौको चाहविल तथा कलंकीमा नयाँ यातायात कार्यालयहरु स्थापना गरिएका छन् । नगरक्षेत्रमा नगरपालिकाद्वारा ठूला बस संचालन गर्ने कार्यक्रम अन्तर्गत नगरवस कम्पनी स्थापनाको लागि सम्भाव्यता अध्ययन, अवधारणा तयार गर्नका लागि समिति गठन भई काम अगाडी बढाइएको छ ।
राष्टिूय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाहरुको अनुगमनः
मेलम्ची खानेपानी आयोजना, सिक्टा सिंचाई आयोजना, रानी जमरा कुलरीया सिंचाई आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मध्यपहाडी लोकमार्ग र कोशी कोरिडोर लोकमार्ग लगायतका राष्टिूय गौरबका आयोजनाहरुको स्थलगत अवलोकन र अनुगमन गरी आयोजनाको काम निर्धा्रित समय अगावै सम्पन्न गर्न निर्देशन दिएको छु । निरिक्षणबाट आयोजना कार्यान्वयनमा थप प्रभावकारिता आएको छ ।
मिति २०७४ बैशाख (नव बर्ष) मा मेलम्चीको पानी काठमाण्डौमा आउने गरी काम गर्न निर्देशन दिएको छु ।यसलाइ प्रभावकारी वनाउनको लागी प्रत्येक १५ दिनमा कार्यसम्पादन प्रगति उपलब्ध गराउने व्यवस्था गरिएको छ । प्रत्येक विकास क्षेत्र अन्तर्गत संचालित ठूला र राष्टिूय प्राथमिकता प्राप्त आयोजनाहरुको निरीक्षण अनुगमन गरी तोकिएको समयमा सम्पन्न गर्न, विकास निर्माणका कार्यमा पुँजीगत खर्च अति न्यून हुने गरेकोमा यस आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ८०५ पुर्याँउने गरी कार्य सम्पादन गर्न निर्देशन दिइएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा रहेका आयोजनारकार्यक्रमहरुलाई आर्थिक स्रोतको अभाव हुन नदिने गरी स्रोतको सुनिश्चतता प्रदान गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधिः
अति दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिन आवश्यक व्यवस्थाका लागि समिति गठन गरिएको छ ।  पत्रकारहरुको समग्र सुरक्षा सम्बन्धी अवधारणाको कार्यान्वयनको लागि कार्य्विधि समेत तर्जुमा गर्न सुचना तथा संचार मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मिडियालाइ राष्टिूय सेवामुलक उधोगको मान्यता दिइ सहुलियत उपलव्ध गराउन पहल थालिएको छ ।
गरिबका लागि सरकार
गरिबका लागि सरकार ू कार्यक्रम सञ्चालनका लागि अवधारणापत्र तयार भइसकेको छ । यो कार्यक्रम तत्काल शुरु गरिनेछ । २५ जिल्लामा भएको गरिव घरपरिवार सर्भेक्षणको आधारमा १२,४०,३५० मध्ये ३,५६,४१८ घर परिवारहरू प्रारम्भिक रुपमा पहिचान गरिएको छ । जनता पेन्सन कार्यक्रमको वृहत छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलोटिङ्ग गर्ने कार्यको तयारी भइरहेको छ । यसका लागि सातवटा प्रदेशका न्यून मानव विकास सुचकांक भएका जिल्लाका गा.वि.स.हरुमा उक्त कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको ।
बैदेशिक रोजगारः
वैदेशिक रोजगारमा गई करार अवधिभित्र अंगभंग तथा मृत्यू भएका कामदार वा निजका हकवालाहरुलाई प्रदान गरिने राहत तथा क्षतिपुर्तिको रकम रु ३ लाखबाट वृद्धिगरी रु ७ लाखका दरले उपलव्ध गराउने गरी  वैदेशिक रोजगार नियमावलीमा सशोधन कार्य अगाडी वढेको छ । बैदेशिक रोजगारका क्रममा मृत्यू भएका मृतक कामदारका २०६ जना हकवालालाई आर्थिक सहायता ३ लाखका दरले प्रदान गरिएको छ । वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारहरुको शव काठमाडौदेखि सम्बन्धित जिल्लामा पुर्या उन २०० जनालाई आर्थिक सहायता प्रदान गरिएको छ । राहदानी प्रदान गर्ने व्यवस्थालाई अझ सुधार गरिएको छ । खाडी तथा मलेसिया जस्ता मुलुकहरुमा राहदानी बनाउन लाग्ने शुल्क ८० अमेरिकी डलर बाट घटाई ५० डलर बनाइएको छ ।
लामो समयदेखि कतारको हमाद अस्पतालमा कोमामा रहेका ज्ञद्ध जना नेपालीहरु मध्ये छ जनालाई नेपाल फर्काइएको छ । यसैगरी कतारमा रहेका ग्लमयअगmभलतभम नेपाली कामदारहरुलाई स्वदेश फिर्ताको लागि राजदूतावासमा एउटा छुट्टै डेस्क खडा गरी सो मार्फत आवश्यक सहयोग तथा समन्वय गरिएको र नेपाल फर्कनका लागि राजदूतावासबाट हालसम्म टडघ जनालाई सहजीकरण गरिएको छ । कतार आई विविध कारणबाट मृत्यू भएका द्धठ जना नेपालीहरुको शव प्रकृया पूरा गरी यथासीघ्र नेपाल पठाउने कार्य गरिएको तथा यस अवधिमा ज्ञछ जनाको क्षतिपूर्ति वापत कतारी रियाल तेईस लाख बाह्र सय छयासी रुपैया भराउने कार्य भएको छ ।
अन्तराष्टिूय सम्वन्धः
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ज्यूबाट २०७३ भदौ ३०देखि असोज २ सम्म छिमेकी मित्रराष्टू भारतको चार दिने राजकीय भ्रमण सम्पन्न भएको  छ । यस भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको छ । भ्रमणका समयमा सहमति भए बमोजिम नेपाल भारत सहयोगका परियोजनाहरुको कार्यान्वयन अनुगमन गर्न संयुक्त निगरानी संयन्त्र निर्माण भएको छ ।
मित्रराष्टू भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले आठौँ ब्रिक्स शिखर सम्मेलनको अवसर पारेर असोज ३०, २०७३ मा  गोवामा आयोजना गर्नु भएको  ’द्यच्क्ष्ऋक्( द्यक्ष्ःक्त्भ्ऋ इगतचभबअज क्गmmष्त’ मा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभएको छ । सोअवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट गणतन्त्र भारतका प्रधानमन्त्री,  जनवादी गणतन्त्र चीनका राष्टूपति लगायत अन्य सहभागी मुलुकहरुका अति विशिष्ट पदाधिकारीहरुसँग समेत  द्विपक्षीय भेटवार्ताहरु भएका छन् । नेपाल भारत संयुक्त आयोगको २०७३ कार्तिक १०(११ मा भारतको नयाँ दिल्लीमा सम्पन्न भएको चौथो बैठकमा नेपाली पक्षको नेतृत्व माननीय परराष्टूमन्त्री प्रकाशशरण महतज्यूले गर्नु भएको छ । यस अवसरमा नेपाल(भारत सम्बन्धका विविध पक्षहरु खासगरी राजनीति, सुरक्षा तथा सिमाना, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति जस्ता विषयहरुमा छलफल केन्द्रित भई सहमति भएका विषयमा हस्ताक्षर भएको छ ।  
यस अवधिमा पाकिस्तान, ब्राजिल, रुस, जर्मनी, इजिप्ट, बेलायत, बेल्जियम, भारत र चीनका लागि राजदूत नियुक्त गरिएको छ । यसै गरी संयुक्त राष्टू संघका लागि नेपालको स्थायी नियोग, भियनामा स्थायी प्रतिनिधि नियुक्त गर्ने कार्य पनि भएको छ । खाली रहेका अन्य राजदूत पदमा नियुक्तिका लागि गृहकार्य भइरहेको  । नेपालले २०७३ असोज ५ गते एल साल्भाडोरसँग कुटनीतिक सम्वन्ध स्थापना गरेको छ । एल साल्भाडोर नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने १४४ औं राष्टू भएको छ । भारतीय महामहिम राष्टूपति प्रणव मुखर्जीबाट २०७३ कार्तिक १७ देखि १९ सम्म नेपालको तीन दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भई यसबाट दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुगेको छ ।
सार्वजनिक संस्थान सुधार तथा पुनर्संरचनाः
निजीकरण समितिको बैठक बसी हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना, बीरगन्ज चिनी कारखाना जस्ता बन्द भएका उद्योगहरु पुर्नसञ्चालन गर्ने र रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगको सञ्चालन सुधार सम्बन्धमा प्रक्रिया अगाडि बढाइएको छ । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सञ्चालन र संस्थानहरुबाट वितरण हुने सेवा प्रवाहलाइ चुस्त दुरुस्त र थप प्रभावकारी बनाउने तथा संघीयतामा सार्वजनिक संस्थानको पुनर्संरचना सम्बन्धमा अध्ययन गरी प्रतिबेदन पेश गर्न अर्थ मन्त्रालयको संयोजकत्वमा एक कार्यदल गठन भई अध्ययन कार्य भइरहेको छ । नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न गठित अध्ययन टोलीको प्रतिवेदन अनुरुप लिमिटेड सञ्चालनको लागि प्रकृया अगाडि बढाइएको छ ।
उर्जाः
गत वर्षको भूकम्पका कारणले “माथिल्लो त्रिशुली ३ ए’ जलविद्युत आयोजनाको काम समयमा सम्पन्न हुन नसकेको र ऋण प्रदान गर्ने समय समेत समाप्त हुन लागेको अवस्था रहेकोले परियोजना निर्माण कार्यलाई नियमित गर्न सो ऋणको म्याद थप गरिएको छ । द्द मेगावाट क्षमताको झ्यारी जलविद्युत आयोजना भदौ द्दढ, द्दण्ठघ देखि सञ्चानलनमा आएको  छ । ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्गदी जलविद्युत आयोजनाको कार्य सम्पन्न भई परिक्षण प्रसारण भैरहेको छ । चमेलिया, कुलेखानी र माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाहरुको निर्माण कार्य शुरु भएको छ ।  माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता सम्पन्न भएको छ । काठमाण्डौ उपत्यका लगायतका अन्य जिल्लामा विधुत लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने सम्वन्धमा परिक्षण प्रशारण सफल भइरहेको छ। सबै वैकल्पिक उपायहरु सहित चाडै  “नो लोडसेडिङ्ग“ घोषणा गरिनेछ ।
कृषि  र पशु
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना ब्यवस्थापन इकाई, जोन र सुपरजोनमा अधिकृत कर्मचारीहरु खटाइ कार्यक्रम शुरुवात गरिएको छ ।  सबै जिल्लाका प्रत्येक गा.वि.स.मा “एक गा.वि.स.एक कृषि प्राविधिक“ अन्तर्गत यस वर्ष १ हजार प्राविधिक व्यवस्था गर्ने कार्य शुरु गरिएको ।  मुस्ताङ्गमा च्याङ्ग्रा फार्म स्थापना गर्न लोमान्थागं र चराङ्ग गा.बि.स. हरुमा १००० हे. जग्गा लिने कार्य शुरु भइसकेको छ । 
विपद्, व्यवस्थापनः
प्यूठान लगायतका अन्य जिल्लाहरुमा आएको बाढी पहिरोबाट पूर्णरुपमा घर क्षति भएका र अन्यत्र बसोवास गर्न आफ्नै घर नभएका परिवारलाई थप राहतस्वरुप प्रति परिवार १५,०००।( का दरले रकम उपलव्ध गराइएको छ । प्रकोप पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड, २०६४ मा रहेको प्रति मृतक रु. ४० हजार राहत प्रदान गरिने प्रावधानलाई संशोधन गरी रु. १ लाख पुर्याइएको छ ।
व्यापार प्रर्वद्धनः
नेपाल भारतवीचको व्यापार सन्धी र अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी सम्झौता नविकरण भएको छ । नेपाल चीनवीच पारवहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि प्रोटोकलको मस्यौदा तयार पारी अध्ययन छलफलका लागि चिनियाँ पक्षलाई उपलब्ध गराइएको छ । नेपाल र जनवादी गणतन्त्र चीन वीच भन्सार नाकाको स्तरवृद्धि तथा सञ्चालन गर्ने सहमति हुनुका साथै किमांथाका, कोराल्ला र हिल्सा नाका सञ्चालनमा ल्याउन दुवै तर्फबाट आवश्यक कार्य अगाडि बढाउने, भन्सार प्रक्रिया सरलीकरण गर्ने र नेपाली व्यापारीको लागि तिब्बत प्रवेशमा प्रवेशाज्ञा प्रकियाको सरलीकरण गर्ने जस्ता विषयहरुमा दुवै देशहरुवीच सहमति भएको छ ।
पूर्वाधार विकास
१७ शहरमा “एक शहर एक पहिचान कार्यक्रम“, रुकुमकोट, लिवाङ्गमा “स्मार्ट शहर“ , निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, वालिङ्ग, अमरगढी, कास्की (पोखरा(व्यास), सुनसरी (विराटनगर(धरान), काठमाण्डौ लगायत १३ वटा स्थानमा “मेगासिटी“, को कार्य प्रारम्भ गरिएको छ ।     नेपाल चीनवीचको सीमा नाका रसुवाको टिमुरेमा तथा सुदुपश्चिमको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाहको निर्माण कार्य प्रारम्भ गरिएको छ ।  जाजरकोट(डोल्पा सडक आयोजना अन्तर्गत हालसम्म १०५ कि.मी. टूयाक खोलिएको छ त्यस्तै कालिगण्डकी करिडोर अन्तर्गत हालसम्म ५८ कि.मी. र कर्णाली करिडोर अन्तर्गत हालसम्म ज्ञट कि.मी. टूयाक खोल्ने कार्य सम्पन्न भएको छ । प्रदेश २, ५ र ६ मा क्रमस बर्दीवास, बुटवल, र सुर्खेतमा नयाँ मेडिकल कलेज स्थापना गर्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । सात प्रदेशमा १५० वटा ऋष्mिबतभ क्mबचत ख्ष्ििबनभ स्थापना गर्ने कार्य प्रारम्भ भइसकेको छ । नेपाल भारत सीमा सर्भे गर्नको लागि चारवटा टोली गठन गरी परिचालन गरिएको छ ।
जनजीविकाका सवाल
युवा स्वरोजगार कार्यक्रमलाई ७५ जिल्लामा विस्तार गर्न र नयाँ क्षेत्र पहिचान गरी युवाहरुलाई रोजगार प्रदान गर्न थप कार्यक्रमहरु सचालन गरिएको छ । खाद्य ऐन नियम अनुरुप प्रतिकुल खाद्य वस्तु उत्पादन तथा बिक्रि वितरण गर्ने ४३ खाद्य व्यवसायीहरुलाई सय दिनको अवधिमा मुद्दा दायर गरिएको छ ।  २१ मुक्त कमैया परिवारलाई जग्गा खरिद अनुदान, १९ मुक्त कमैया परिवारलाइ घर निर्माण र काठ अनुदान, ४१ मुक्त कमैया परिवारलाइ मुक्त हलिया प्रमाणिकरण गरिएको छ ।
सडक वालवालिका मुक्त अभियान अन्तरगत पहिलो चरणमा काठमाण्डौं उपत्यकाका २७५ जना सडक बालबालिकालाई उद्धार गरी पुनर्स्थापना गरिएको छ । सामाजिक सुरक्षा भत्ता, कर्णाली अञ्चल तथा दलित बालबालिकाको जन्म दर्ता प्रोत्साहन भत्ता वितरण गर्न ७३ जि.वि.स तथा २१७ नगरपालिकाहरुलाई रु. १९ अर्ब ४ लाख ३५ हजार अख्तियारी पठाईसकिएको छ ।
स्वास्थ्य
स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरूबाट बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा बिहान १० बजेदेखि ५ बजेसम्म बहिरंग सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । रिक्त रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मेडिकल अधिकृतहरु खटाइएको छ । केन्द्रीय, क्षेत्रीय, उप(क्षेत्रीय अस्पतालहरूले २०७३ मंसीर महिनाभित्र अनिवार्यरूपमा आफ्नै स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्ने निर्णय भएकोमा हालसम्म ४० वटा अस्पतालहरूको आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालनमा आएका छन ।
युवा र खेलकुद
आगामी मंसिर महिनामा संचालन हुने सातौं राष्टिूय खेलकूद प्रतियोगिता तथा १३ औं दक्षिण एशियाली खेलकूद समेतलाई मर्यादित र सुव्यवस्थित बनाउन “ँबकत त्चबअप त्बकप ँयचअभ “ गठन गरिएको छ । सन २०१८ को मार्चमा १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालले आयोजना गर्ने निर्णय अनुरूप काठमाण्डौ उपत्यका, पोखरा तथा चितवनमा खेलकूद पुर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यहरू प्रारम्भ गरिएका छन् । खेलकूदलाई विशिष्टिकृत रूपमा विकास गर्न ’एक खेल एक एकेडेमी’को अवधारणा बमोजिम ललितपुरको सातदोबाटोमा तेक्वान्दो र कराँते खेलका एकेडेमी भवनहरू निर्माण प्रारम्भ भइसकेका छन् । धन्यबाद ! (पुष्पकमल दाहाल नेतृत्वको सरकारको सय दिन पुरा भएको अवसरमा २६ कार्तिकमा प्रधानमन्त्रीले गरेको भाषण)

२०७३ कार्तिक २८ गते आईतबार

Tuesday, November 8, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरमा भव्य स्वागत

१९ कार्तिक २०७३ मा जनकपुर भ्रमणमा रहेका
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन
 समारोहमा जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप
प्रदान गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ।
अजय अनुरागी
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जीले जनकपुरको भ्रमणका क्रममा जनकपुरवासीले उनलाई भव्यताका साथ स्वागत तथा सम्मान गरेका छन् । जनकपुरको जानकी मन्दिरमा पुजा गर्न आएका मुखर्जीलाई जानकी मन्दिरले स्वागत तथा सम्मान गर्नुका साथै स्थानीय नगरवासीहरुले समेत तिरहुतिया गाछीमा भव्य नागरिक अभिनन्दन समेत गरेको छ । निलम संजिवा रेयी र ज्ञानी जेल सिंह पछि मुखर्जी जनकपुर भ्रमण गर्ने भारतको तेस्रो राष्टूपति हुन् । भारतीय राष्टूपतिको जनकपुर भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर हुनसँगै आर्थिक, ब्यापारिक र सांस्कृतिक रुपमा जनकपुरको विकास हुने अपेक्षा लिइएको छ ।
भारतीय राष्टूपति प्रणव मुखर्जीले १९ कार्तिक २०७३ मा जनकपुरको भ्रमण गरेका छन् । दिउँसो ११ बजेर ३७ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गरेका राष्टूपति मुखर्जि मध्यान्ह जानकी मन्दिर पुगे । भारतीय राष्टूपति मुखर्जिसहितको ५४ सदस्यीय टोलीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरको विमान स्थलमै पुगेर स्वागत् गरेका थिए । जानकी मन्दिरमा विशेष पूजा आराधना गरेका राष्टूपति मुखर्जीले मन्दिरहाताभित्रको शालिग्रामको दर्शन तथा अतिथि पुस्तकमा जानकी मन्दिरको बारेमा उल्लेख गर्दै नागरिक अभिनन्दनका लागि जनकपुरको ऐतिहासिक तिरहुतिया गाछी पुगेका थिए । जानकी मन्दिरमा भारतीय राष्टूपति मुखर्जीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो । मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवका अनुसार मुखर्जीका साथ साथै भ्रमण दलमा आएकाा सम्पुर्ण सदस्यहरुलाई जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो ।
भारतीय राष्टूपतिको आगमनभन्दा तीनघण्टा अघिदेखि नै जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको बाटो ब्लक गरिएको थियो । नागरिक अभिनन्दन ग्रहण गरेपछि भारतीय राष्टूपति मुखर्जीले नेपालमा शान्ती, स्थिरता र स्थायित्वको लागि भारत सदैव चिन्तित रहेको जनाउँदै नेपालले समावेशी आर्थिक विकास गर्दै आएकोमा धन्यवाद दिए ।
झण्डै १४ मिनेटसम्म मन्तब्य राखेका भारतीय राष्टूपति मुखर्जीले आफ्नो मन्तब्यको अधिकांश समय जनकपुरको वर्णनमा खर्चिदै दुई देशबीच ट्वीन सिटी एग्रीमेन्टले जनकपुरको विकास हुने विश्वास ब्यक्त गरे ।
राष्टूपति मुखर्जीले नेपाल र भारतको सीमामा ४ वटा एकीकृत चेक पोष्ट निर्माण हुने क्रममा रहेकोले चेकपोष्टले भारत नेपालबीचको समाजिक, आर्थिक र ब्यापारिक रुपमा दुबै देश लाभ लिने बताए । उनले जनकपुरको परिक्रमा पथमा दुई वटा अत्याधुनिक धर्मशाला निर्माणको घोषणा गर्न पाएको खुशी ब्यक्त गरे ।
नागरिक अभिनन्दन समारोहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्टूपतिको आगमनले सांस्कृतिक, ब्यापारिक र आर्थिक रुपमा जनकपुर समुन्नतीको बाटोमा हिंड्ने विश्वास ब्यक्त गरे । मुखर्जीलाई स्नेहको प्रतिक प्रदान गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली भूमि भारत विरोधी गतिविधिमा प्रयोग हुन नदिने जनाउँदै खुल्ला सीमाको कुनै दुरुपयोग नहुने आश्वास्त पारे ।
नेपाल र भारतको पौराणिक सम्बन्ध रहेकाले जनकपुर(लुम्बिनी र भारतको अयोध्या सहित धार्मिक स्थलहरुलाई हिन्दु(बौद्ध धार्किक पर्यटन सर्किटको रुपमा विकास गर्नु पर्ने उनले जोड दिए ।
तराई मधेसको भूमि ज्यादै उर्वर रहेकाले रेल, कलकारखाना, बाढी नियन्त्रण तथा पर्यटन उद्योग विकासको लागि भारत सरकारले चासो देखाएका आशा व्यक्त गरे । नागरिक अभिनन्दन समारोहमा झण्डै ३५ मिनेट सहभागि भएका राष्टूपति मुखर्जिसहितको टोली १ बजेर २७ मिनेटमा फर्किएका हुन् । राष्टूपति मुखर्जीको जनकपुर भ्रमणलाई लिएर पछिल्लो एकसातादेखि तिब्ररुपमा तयारीहरु हुँदै आएको थियो । भारतीय राष्टूपतिको भ्रमणलाई लिएर जनकपुरका नागरिक समाज तथा सर्वसधारण उत्साहित देखिएका छन् ।
१९ वर्षपछि जनकपुरमा भारतीय राष्टूपतिको भ्रमणले विकास निर्माणमा राज्यको ध्यानाकर्षण हुनुसँगै धार्मिक, सांस्कृतिक तथा आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । मुखर्जीलाई स्वागत गर्नका लागि स्थानीयवासीहरुले जनकपुर विमान स्थल देखि जानकी मन्दिर र तिरहुतिया गाछीसम्म स्वागतद्वार बनाई अभिनन्दन गरेको थियो भने ठाउँ ठाउँमा ब्यानर झुन्डयाई सम्मान समेत गरेको थियो । मिथिला कला संस्कृति झल्किने गरी मुखर्जीलाई स्वागत गर्न मिथिला नाट्य कला परिषदका कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए भने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले झाकी तथा मिथिला लोककलाको प्रदर्शनी गरेको थियो । यसका अतिरिक्त जनकपुरका विद्यार्थीहरुले मुखर्जीलाई सडकमा अभिनन्दन गरेको थियो । जनकपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेलले नागरिक अभिनन्दन गर्नुका साथै नगरको साँचो प्रदान गरेका थिए । नागरिक अभिनन्दनका बीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साहले मुखर्जीलाई उपहार स्वरुप जानकी मन्दिरको प्रतिमा प्रदान गरेका थिए । मुखर्जीलाई स्वागत गर्नका लागि जनकपुरका बर्तमान सांसद, पुर्व सांसद, पुर्व मन्त्रीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यूवा क्लव तथा संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, सरकारी कार्यालयका कर्मचारीहरु सहित करिब ३ हजार मानिसको अभिनन्दन कार्यक्रममा उपस्थिति रहेको थियो ।
भारतीय राष्टूपति प्रणव मुखर्जीको सम्बोधनका पुर्ण विवरण
उपप्रधान मन्त्री विमलेन्द्र निधि नेपाल गणराज्य, नेपाल प्रजातन्त्रका मन्त्री जीवन बहादुर शाही, माननीय सांसद सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, म सँगै आउनु भएका भारतका संसदको सदस्यगणहरु, भारत सरकारको मन्त्री, विशिष्ट अधिकारीहरु, महिला तथा सज्जन वृन्दहरु ।
जनकपुरको यस प्राचिण नगरीमा मानिसहरुले जुन गरम जोशीले मलाई स्वागत र सत्कार गर्नुभएको छ, त्यसबाट म अभिभुत छु । जनकपुरको यस धर्तीमा आएर मलाई प्रसन्नता भइरहेको छ । यो धर्ती देवी सिताको धर्ती हो । जुन कि नेपाल र भारत दुवै देशमा समान रुपले आदरणिय छ । यो धर्ती राजा जनकको धर्ती हो  जसले भारतको संस्कृति, ज्ञान, अन्वेषणको लागि धेरै प्रोत्साहन गरेको छ । जनकपुर हाम्रो साझा सांस्कृतिक विरासतको सबै भन्दा राम्रो उदाहरणहरु मध्येको एक हो । प्राचिण काल देखि नै जनकपुर  ज्ञानको केन्द्र रहिआएको छ । जनकपुरले विश्वमा रहेका कुना कुनाहरुबाट विद्धानहरुलाई आकृष्ट गरेको छ । जनकपुर, सबै धर्मका वुद्धिजीवीहरुको ज्ञानको संगम स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध नगरको शासक र देवी सिताको पिता जनकलाई यो कुराको श्रेय जान्छ कि उहाँले यस नगरीलाई नगरवासीका बीचमा बौद्धिकता र ज्ञानको वातावरण विकशित गरेका थिए । यस नगरको वरपरमा रहेका पुरातात्विक उत्खन्नबाट प्राप्त प्राचिण ग्रन्थहरु, पान्डुलिपी, सिक्का आदिबाट ज्ञानको प्रसिद्धीको पुष्टि हुन्छ । मलाई जानकारी प्राप्त भएको छ कि ऋिगबेदको प्रथम मण्डलको सबैभन्दा प्राचिण पान्डुलिपी जनकपुर मै खोजिएको थियो । महिला तथा सज्जन विन्दहरु,  प्राचिण कालदेखि नै यो सहर विभिन्न संस्कृति र धर्मको समागम स्थल रहेको छ । हाम्रो लोकशाहीमा अनेकौं कथाहरु र सन्दर्भहरु आउँछन् जसमध्ये भगवान बुद्धले आफ्नो आध्यात्मिक यात्राको क्रममा जनकपुरमा आएको कुरा उल्लेख भएको पाइन्छ । हिन्दुत्वको अलावा बुद्ध, जैन र इस्लामको पनि जनकपुरमा समागम स्थल पाइन्छ । यो यस्तो स्थल हो जसको स्थापना मित्रता, सत्कार र समन्वयनको जगमा भएको हो ।
महिला तथा सज्जन वृन्दहरु, नेपाल र भारत बीचको यो प्राचिण सम्बन्ध र परम्पराहरुले मजबुति प्रदान गरेको छ । जनकपुर र अयोध्या बीचको सम्बन्ध आदि काल देखि रहँदै आएको छ । यस महान नगरका निवासीहरु त्यो परम्परागत पारिवारिक सम्बन्धका उत्तराधिकारीहरु हुन । जो राजा जनक र राजा दशरथको बीचमा स्थापित भएको थियो । भारतका मानिसहरुको नजरमा त्यो अनौठो र महत्वपुर्ण सम्बन्धको परम्परा र विरासतको धेरै ठुलो स्थान रहेको छ ।
महिला तथा सज्जन वृन्दहरु, नेपालका साथ विभिन्न क्षेत्रमा आफ्नो भागिदारीलाई भारतद्वारा धेरै ठुलो महत्व दिने गरिन्छ । नेपालको मित्रता पुर्ण छिमेकीको रुपमा भारतको हमेशा यो नै इच्छा रहेको छ कि नेपालमा शान्ति स्थायित्व र सम्पन्नता होस । म मानिसहरुको  र नेपाल सरकारको प्रयासलाई सराहना गर्दछु । कि तपाईहरुले समावेशी आर्थिक विकासलाई प्राप्त गर्नु भएको छ । आफ्ना मानिसहरुका लागि एउटा शान्तिपुर्ण र खुशहाल जिवनलाई सुनिश्चित गर्नु भएको छ । नेपालका साथ विकासको भागिदारीमा आफ्नो घनिष्ठ सम्बन्ध र नेपालको जनताको उपलब्धि प्रति भारतको गर्व छ । भारतको जनता र भारतको सरकार नेपालको साथ आफ्नो घनिष्ठ सम्बन्धलाई एक अर्कोको हितमा परस्पर विश्वासको आधारमा झन थप गहिराईमा लग्न तथा विस्तार गर्नका लागि प्रतिवद्ध छ । पर्यटन क्षेत्रलाई वढावा दिनका लागि जनकपुरको आर्थिक विकास नै महत्वपुर्ण साँचो हो । अहिले मात्रै जनकपुर र अयोध्याले आफ्नो प्राचिण सम्बन्धलाई जोड्ने ट्विन सिटी एग्रिमेन्ट मार्फत फेरी पनि मजबुति प्रदान गरेको छ । लाखौं तिर्थ यात्रीहरुलाई राम्रो सुविधा प्रदान गर्नका साथ रामायण सर्किट पर्यटन क्षेत्रको विकासले मात्र रोजगारीको अवसर सिर्जना गर्दैन, बल्की हाम्रो साझा विरासतको कथालाई पनि मजबुति प्रदान गर्नेछ । जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाहरु निर्माण गर्ने सिद्धान्त हाम्रो सरकारले लिएको छ । मलाई प्रसन्ता भईरहेको छ कि यो घोषणा गर्नका लागि कि यो दुईवटा धर्मशालाहरु अवस्य नै निर्माण गर्नेछौं  जसले तिर्थयात्रीहरुलाई सुविधा दिनेछ । जनकपुर अध्यात्मिक र भौगोलिक दुवै दृष्टिकोणले भारतको समिप रहेको छ । यो अत्यन्तै आवश्यक छ कि मानिसहरुको आवागमनलाई सहज बनाउनका लागि दुवै क्षेत्रमा आधारभुत सुविधाहरु उपलब्ध गराउन सकियोस । सम्पर्क मार्गको विकासका लागि पर्याप्त ध्यान दिइयोस् । आजभोली नेपालका मानिसहरुको प्राथमिकतालाई ध्यानमा राख्दै दुवै सरकारहरुले ती मार्गहरुलाई संचार, सडक आदिको विकास गर्नुपर्छ । सिमावर्ती क्षेत्रमा रेल सम्पर्क, समुचित जाँच चौकीहरु (इन्टिग्रेटेड चेक पोस्ट) विद्युत वितरण लाइन आदिको कार्यान्वयनका लागि दुवै सरकारहरुले विशेष ध्यान दिनुपर्दछ । यी परियोजनाहरुले नेपालको सामाजिक आर्थिक र आधारभुत सुविधाहरुको कार्यान्वयनका लागि मात्र महत्वपुर्ण छैन बल्की व्यापार, व्यवसाय, लगानी, यात्रु आवागमनलाई पनि सुविधाजनक बनाउन हाम्रो सहयोगपुर्ण प्रयासहरुलाई पनि दर्शाउँदछ ।
महिला तथा सज्जन वृन्दहरु, भारत सरकारद्वारा नेपालको सिमामा ४ वटा इन्टिग्रेटेड चेक पोष्टको निर्माण गर्न सहयोग गरिँदैछ । विरगञ्ज र  विराटनगरमा एकिकृत चेक पोष्टबाट जनकपुर र यस क्षेत्रको आसपासका मानिसहरुले पनि काफी सहुलियत प्राप्त गर्नेछन् । मलाई थाहा भएको छ कि विरगञ्जको एकिकृत चेक पोष्ट धेरै चाँडै आरम्भ हुनेछ । आफ्नो आधारभुत सुविधाका लागि यो चेक पोष्टले व्यापार र पर्यटनलाई वढावा दिन र सिमाको आसपासका मानिसहरुलाई सुविधाजनक आवागमनका लागि महत्वपुर्ण सिद्ध हुनेछ । म नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई आज यहाँ उपस्थित हुनुभएकोले उहाँलाई धन्यवाद दिन चाहन्छु । म बाल्यकाल देखि जब विद्यालयमा पढ्ने गर्थे तब देखि उनको बुवा स्वर्गीय महेन्द्र नारायण निधिको कार्यक्रम देखि पुरा अवगत थिएँ । उहाँ मात्र एउटा महान नेपाली नेता थिएनन् बल्की आफ्नो जीवन र राजनीतिक दर्शनमा अत्यन्तै निष्ठाबान र गान्धीवादी पनि थिए । यस अवसरमा म उहाँलाई गान्धीवादी र गान्धीदर्शनको प्रचारमा उनको महत्वपुर्ण योगदानलाई स्मरण गर्दै उहाँको सिद्धीलाई सादर नमन गर्दछु । हामी सबैजना भारत र नेपालको सांस्कृतिक राजदुत हौं । हामी आफ्नो सम्मिलित प्रयासहरु मार्फत पुरा विश्वलाई शान्ति र प्रेमको सन्देश दिन सक्छौं । जुन कुरा हामीलाई भगवान राम, देवी सिता, भगवान बुद्ध र भगवान महाविरबाट प्राप्त भएको छ । यो हामीहरुको जिम्मेवारी हो कि हामी आफ्नो पुर्वजहरुको विरासतलाई अगाडी वढाउन सकौं । यो नै उहाँहरु प्रति हाम्रो सच्चा श्रद्धान्जली हुनेछन् । आऔं, उहाँहरुको आर्शिवादको साथ हामी सबै जना यस कार्यमा अगाडी वढौं । हाम्रो दुवै महान देशका मानिसहरुका बीच आफ्नो भाईचारा अमर रहोस् । भारत नेपाल मैत्री अमर रहसे ! धन्यवाद !
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सम्बोधनको पुर्ण विवरण
 आजको आकर्षणको केन्द्र विन्दु भारतका राष्टूपति प्रणव मुखर्जी ज्यू, उहाँसँगै आउनु भएका भारतीय भ्रमण दलका सदस्यगणहरु, सम्मानीत अगुवा अतिथिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बर्तमान सांसदहरु, पुर्व सांसदहरु, उद्योगी व्यापारी, बुद्धिजीवि, महिला सज्जन वृन्द तथा पत्रकार मित्रहरु,
सबैभन्दा पहिले नेपाल सरकार र सम्पुर्ण नेपाली जनता,यहाँ उपस्थित सम्पुर्ण जनकपुरवासी तथा सम्पुर्ण मिथिलाबासीको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि यस प्राचिण प्रसिद्ध मिथिलाको राजधानी राजा जनक र माता सिताको गृहनगर जनकपुरधाममा महामहिम राष्टूपति ज्यू तपाईलाई र तपाईसँगै आउनुभएका सम्पुर्ण भ्रमण दलका सदस्यहरुलाई स्वागत गर्दछु ।
महामहिम ज्यू,
यो प्राचिण सहर जनकपुर भारतको अयोध्यासँग विशेष सम्बन्धले जोडिएको छ । जनकपुर हिन्दु धर्मको अभिन्न अंगको रुपमा जोडिएको पवित्र धाम हो । महामहिम ज्यू, तपाईको यस ऐतिहासिक राजकिय भ्रमणले फेरी एक पटक यो नगरको महत्व र उचाईमा चार चांद लागेको कुरा म सगर्ब अनुभुति गरिरहेको छु । आजको यो विशेष अवसरमा म स्मरण गर्न चाहन्छु कि यस अघि भारतका दुईवटा महामहिम राष्टूपति ज्यूहरुको समेत जनकपुर भ्रमण भएको छ । स्वर्गीय निलम संजिवारेड्डी र ज्ञानी जेल सिंहज्यूको । उहाँहरुको भ्रमणको क्रममा जनकपुरको धार्मिक र सांस्कृतिक महत्व तथा दायरालाई अगाडी वढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कुरालाई कहिल्यै पनि, कुनै पनि हालतमा विर्सन सकिन्न । निश्चित रुपमा जनकपुर परापुर्वकाल देखि नै अहिलेसम्म पनि बहुसंख्यक भारतीय नागरिकको हृदय  र मस्तिष्कमा विशेष रुपले प्रेम, आगाध, सम्मान र स्थान रहेको छ । र, भविष्यमा पनि निरन्तर रहि रह्ने छ भन्ने कुराको मलाई पुरा आशा र विश्वास छ ।
महामहिम ज्यू, नेपाल र भारत बीचको परम्परा देखि धार्मिक, सांस्कृतिक, भौगोलिक सम्बन्ध छ । जसकारणले दुवै देशको बीचको सम्बन्ध अटल, मजबुत र अतुलनिय बनाएको छ । विशेष रुपले दुवै देशका बीचमा त्यो अतुलनिय सम्बन्ध  रहिआएको छ । जनकपुर र अयोध्याको बिचमा स्थापित भगिनी सहरको सम्बन्ध आजको यस अवसरमा म स्मरण गर्न चाहन्छु । मलाई पुर्ण विश्वास छ कि पवित्र यस दुवै धार्मिकधामहरुको स्थापित सम्बन्धले सम्पुर्ण हिन्दु सर्किटको विकास, विस्तार र व्यवस्थापनमा ठुलो टेवा पुग्ने छ । भारतको पर्यटन सम्बन्धि निकायले जनकपुरको यस धार्मिक स्थललाई पर्यटकिय स्थलको रुपमा सूचिकृत गरि प्रचार प्रसार गर्न सहयोग गरोस्, त्यो योगदानलाई जनकपुरले हृदय देखि स्वागत र प्रसंसा गर्नेछ । मलाई पुरा विश्वास छ कि दुवै देशका बीचमा यस सम्बन्धमा चाँडै र महत्वपुर्ण नतिजा हासिल गर्ने कुरामा अगाडी वढ्ने छ । महामहिम ज्यू नेपालको प्रजातन्त्र र विकासमा विभिन्न समयमा तपाईले महत्वपुर्ण योगदान निर्वाह गर्नुभएको छ । त्यसैले सहृदय तपाईको मुक्त कन्ठले प्रशंसा गर्दैै  धन्यवाद समेत ज्ञापन गर्न चाहन्छांै । मेरो मानस पटलमा अहिले पनि स्मरण छ, जब तपाई भारतको बित्त मन्त्री हुनुहुन्थ्यो तब नेपालको दुई पक्षिय आर्थिक सहयोग विकास, बाणिज्य र लगानीको क्षेत्रमा प्राथमिकताको साथ तपाईकै नेतृत्वमा अगाडी वढेको थियो । भारतको प्रजातान्त्रिक मुल्य मान्यता, राजनीतिक संस्कार, समावेशी विकास प्रक्रियामा तपाईको योगदान एउटा ठुलो उदाहरण रहेको छ । साथै, तपाई नेपालको लागि पनि प्रेरणाको स्रोतको रुपमा स्थापित हुनुहुन्छ । अहिलेको सताव्दी भनेको स्मार्ट सताव्दी हो । यो सताव्दी विकास र अवसरको संभावनाले भरिपुर्ण छ । तसर्थ दुवै देशको बिचमा समयको आवश्यकता अनुसार जनसम्पर्क, साझेदारी, प्रविधिगत विकास द्रुतगतिमा वृद्धि हुनु अत्यन्त आवश्यक छ । यदि स्मार्ट यूगको अवधारणा अनुसार दुवै देश मिलेर अगाडी वढ्न सके दुवै देशमा समाजिक, आर्थिक, भौतिक र प्राविधिक विकास सुनिश्चित छ भन्नेमा मलाई पुर्ण विश्वास छ । खास गरेर हिन्दु र बुद्धिष्ठ धार्मिक सर्किटहरु बीचको व्यवस्थित विकास र प्रवद्र्धन, व्यवस्थापनको अपार सम्भावनाहरु छन् । यदि ती क्षेत्रको विकास प्रभावकारी रुपमा गरियो भने आर्थिक र धार्मिक विकास सँगै दुवै देशका जनस्तरमा समेत आगाढ सम्बन्धको स्थापना हुने निश्चित छ ।
महामहिम ज्यू, नेपालको मधेस तराई क्षेत्र लगानी र विकासको लागि अति नै उपयूक्त र उर्वर भुमि रहेको छ । भारतको सरकारी र निजी क्षेत्र दुवैको लागि तराई मधेसको क्षेत्र महत्वपुर्ण र अनुकुल क्षेत्र हो । सिमावर्ती क्षेत्र भएका कारण दुवै देशको क्षेत्रमा हरेक दृष्टिकोणले सहयोग पुग्ने छ । विशेष गरी उद्योग, कृषि, यातायात, स्वास्थ्य, शिक्षा, सिचाई, विधुतिकरण आदि क्षेत्रमा लगानीको प्रचुर बातावरण रहेको छ । र, यस क्षेत्र तर्फ केन्द्रित हुनका लागि म भारत सरकारलाई आग्रह गर्न चाहन्छु । लगानीको बातावरणलाई अनुकुल बनाउनको लागि नेपाल सरकार र जनकपुरवासीको तर्फबाट आवश्यक सम्पुर्ण सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाउन चाहन्छु । नेपाल भारतको लामो सिमाक्षेत्र सँग जोडिएको छ । खास गरेर सिमावर्ती क्षेत्रका नागरिकहरुले धेरै कुराको साझा उपयोग र साझेदारी गर्छन् । जनकपुर सहित सिमावर्ती क्षेत्रको भौतिक विकास, दुवै देश बीच सडकको लागि यातायात, संचार, व्यापार, व्यवसाय तथा प्रविधिको विकास तथा प्रवद्र्धनको लागि तत्काल सम्बोधन गर्न सकिए यस क्षेत्रको कायापलट निश्चित छ । र, यस तर्फ भारत सरकारको ध्यान केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु ।
निश्चित रुपले अहिले भारत सरकारको तर्फबाट ठुलो सहयोग र प्राथमिकताको साथ विकास निर्माणमा महत्वपुर्ण योगदान भईरहेको छ । खास गरेर दर्जनौं ठुल(ठुला योजना र परियोजनाहरु भारत सरकारको लगानी र सहयोगमा द्रुतगतिमा अगाडी वढिरहेको छ । यसलाई मुर्त रुप दिन र तत्काल निष्कर्षमा पुर्याउन तथा थप प्रभावकारी बनाउन, सहकार्य गर्न र ध्यान केन्द्रित गर्नु जरुरी छ । भारत सरकारको तर्फबाट भईरहेको सहयोगका लागि नेपाल सरकार, नेपाली जनता, मिथिलावासी, जनकपुरवासी र म आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु । मलाई विश्वास छ भारत सरकारको सहयोगबाट संचालित चालु योजना परियोजनाहरु र भारत सरकारको सहमतिमा पाइपलाईनमा रहेका खास गरेर जनकपुर क्षेत्रको विकास कार्यक्रम अन्तरगत भौतिक पुर्वाधार निर्माण, विकास निर्माण, परिक्रमा सडक, हुलाकी राजमार्ग, जनकपुर अयोध्या सिधा रेल सम्पर्क जनकपुरमा विश्व स्तरको शैक्षिक संस्थाको निर्माण, जनकपुर क्षेत्रमा अवस्थित मठ मन्दिरको जिर्णोधार, मर्मत, पुरातात्विक क्षेत्रको प्रवद्र्धन लगायतका कार्यहरु सम्पन्न गराउन म अनुरोध गर्दछु । सवै कार्यहरु पुरा गरेपछि बहु आयामिक विकासमा मदत पुग्ने छ । यस क्षेत्रको जीवन स्तरको विकासमा समेत ठुलो मदत पुग्ने छ । भारत सरकारको निरन्तर सहयोग र सहकार्यको लागि अपेक्षा राख्दछु ।
महामहिम ज्यू, नेपाल सरकार र सम्पुर्ण नेपालीहरुको तर्फबाट एक पटक फेरी विश्वस्त गराउँदै के प्रतिवद्धता दोहोर्याउन चाहन्छु  भने नेपालको भुमि भारतको विरुद्धमा कहिल्यै पनि कुनै पनि हालतमा प्रयोग हुन दिन्न । म विश्वास दिलाउन चाहन्छु । यस विषयमा हामी धेरै नै सम्वेदनशिल छौं कि नेपाल र भारत बीचको महत्वपुर्ण विशेषताको रुपमा यो कुरा रहँदै आएको छ । नेपाल र भारत बीच प्रभावकारी सिमा व्यवस्थापनको सवालमा धेरै नजदीकबाट सहकार्य गर्दै आईरहेको छ । त्यसैले भारत पुर्ण रुपले विश्वस्त रहोस् कि नेपाल भारतको खुल्ला सिमाको कुनै पनि प्रकारले दुरुपयोग हुन दिँदैन । नेपाल र भारत बीच विभिन्न तहमा सम्पन्न दुईपक्षिय सम्झौता कार्यान्वयनका लागि तयार छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।
महामहिम ज्यु, अन्तयमा तपाईलाई जनकपुरमा हामीहरुलाई स्वागत गर्न अवसर प्रदान गर्नु भयो, त्यसकारण भारत सरकार र तपाईको सम्पुर्ण भ्रमण दल प्रति सादर आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आशा छ, तपाईको यस भ्रमण पछि जनकपुरको महत्व विस्तार,  प्रसार र मर्यादाको उच्च विन्दुमा पुग्नेछ । आशा छ, तपाईहरुको यो भ्रमण अविस्मरणीय यादगारको रुपमा रह्नेछ ।
भारतीय राष्टूपति मुखर्जीलाई गरिएको नागरिक अभिनन्दनको पुर्ण विवरण
जनकपुरमा मुखर्जीको प्रशस्ति( हे दुरुष्टा ! जगदम्बा सीताको धराधाम गदगद भएको छ !
‘आशायुक्त आँखाका सपनालाई आकार दिन प्रेरणा प्राप्त होस’
भारतीय राष्टूपति प्रणव मुखर्जीलाई जनकपुरनगरीमा शुक्रबार मिथिलावासीहरुले भव्य स्वागत एवं अभिनन्दन गरे । मिथिलाबासीहरुले भारतीय पाहुना राष्टूपति मुखर्जीको अभिनन्दनमा संस्कृत बाङमय एवं साहित्यिक भक्तिरस मिश्रित अभिनन्दनपत्र तयार पारेका थिए, जुन निकै कलात्मक थियो ः
विश्वशान्ति र विश्व बन्धुत्वका लागि समर्पित विश्वविख्यात नेता, लोकत्रान्त्रिक मूल्यका निष्ठावान पुरुष, उत्पीडित एवम् प्रताडीत मानवताका उन्मुक्ति नायक, समाजिक न्याय तथा कानुनी राज्यको अवधारणामा आधारित विभेदमुक्त, समतामूलक समाजका प्रखर अभियन्ता, गणतन्त्र भारतका महामहिम राष्टूपति श्री प्रणव मुखर्जीका कर(कमलमा समर्पित नागरिक अभिनन्दन पत्र ।
हाम्रा विशिष्ट पाहुना महामहिम राष्टूपति,
यहाँलाई यो पवित्र नगरी जनकपुरबासीमाझ स्वागत गर्न पाउँदा जगदम्बा सीताको यो धराधाम गदगद भएको छ । आज हामी पुनः एकपटक सीता(रामको स्वयम्भरको दृश्यलाई झल्झली सम्झिरहेका छौं । सीता स्वम्भरमा राजा दशरथलाई जनकपुरमा पाएर पाएर जनकपुर जसरी हर्ष्विभोर भएको थियो, आज फेरि सीताको पतिगृह देशका राष्टूध्यक्षलाई देखेर हामी माथिलाबासी रोमाञ्च एवम् आनन्दको भावासागरमा निमग्न भएका छौं ।
मैथिली परम्पराअनुसार हामी यहाँलाई भावाजलाभिषेक गर्दछौं, र यहाँमाथि भावसुमनको वर्षा गर्दछौं । छिमेकी मित्रराष्टूका भारतका राष्ष्टूप्रमुख, सम्पूर्ण मानवताको मंगलका लागि यहाँको जीवन समर्पित रहेको छ । सहअस्तित्वको सहभावनाले नै संसार बाँच्छ र बाँच्न योग्य रहन्छ भन्ने साश्वत सत्य यहाँको मन, बचन र कर्मद्वारा उद्घोषित भएको छ, जसको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौं ।
नेपाली जनताका घनिष्ठ मित्र महामहिम,
महाकवि वाण भट्टले लोक विधेययानि हि भवन्ति चचा सि महताम भनेझैँ यहाँले जीवनपर्यन्त आफ्ना मूल्यहरुको रक्षार्थ बिघ्नका बिन्ध्याचल लाहपतिका अर्णवहरु अभिचल, धैर्य, अटल, सहास, अचल र अथक पुरषार्थसहित पार गर्दै आउनुभएको छ, हामी यहाँको स्वागत गर्न पउँदा हामी अत्यन्तै हर्षित छौं । विद्यता र ज्ञानका प्रखर प्रतिनिधि समान्ननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यहाँलाई आफैंमा एउटा विश्व विद्यालय भन्नुभएको छ । गरिबी, अशिक्षा, समाजिक असमानता, अन्धविश्वाशस, कुरीति, समाजिक विभेदजस्ता समाजिक कुरीति हटाउने दिशामा वर्तमान विश्व यहाँको चिन्तन र आलोकतिर आशातीत दृष्टिले नियाल्दछ । वर्तमान नेपाल पनि ती चिन्तन र आलोकमा आफ्नो पथ पहिल्याउँदै समान्यायिक र सम्मुन्नत नेपालका लागि पाइला अघि बढाउँदैछ ।
हे दूरदर्शी, स्वप्नद्रष्टा एवम् कर्मठ कर्मयोगी,
सम्पूर्ण श्रृष्टिको रहस्यवीज आफ्नो छातीभित्र राख्ने जनकपुरको यो गौरवशाली ज्ञानभूमि, आर्यशक्ति सीताको लीलास्थल मात्र होइन, सम्पूर्ण भारतवर्ष आर्यवर्तको चिन्तनको केन्द्रभूमि रहेको कुरा पुराण र इतिहासबाट सिद्ध छ । सांस्कतिक एबम् एतिहासिक वैभवले सम्पन्न यो मिथिला भूमि भौतिक विकासको दृष्टिले पछि रहे पनि आध्यात्मिक सांस्कतिक र परम्पराको दृष्टिले यो जीवन्त र वैभवशाली छ ।
विज्ञान, प्रविधि, उद्योग, व्यवसाय, ज्ञान, सांसकतिक तथा आध्यात्मिक पर्यटन केन्द्रमा दृष्टिले अत्याधुनिक महानगरीय जीवनका सम्पूर्ण सुविधासम्पन्न नगरका रुपमा सीताको माइतीलाई विकसित गर्ने सपनाहरु युगौंदेखि यहाँका जनसमुदाय र नागरिकले साँच्दै आएका छन् । ती आशायुक्त आँखाका सपनाहरुलाई आकार दिन हामीले पूरा गर्नुपर्ने दायित्वबारे यहाँको विशाल ज्ञान, दीर्घ अनुभव र सुतिष्ण बृद्धिबाट प्रेरणा प्राप्त हुने विश्वास हामीले लिएका छौं ।
विश्वमंगलका लागि यहाँको अमर, आनन्दमय र कृतिमय जीवनको याचना जगन्माता सीतासँग गर्दै सम्पूर्ण मिथिलाबासीका तर्फबाट पटक(पटक यहाँको स्नेहमय आगमनका लागि हार्दिक आमन्त्रण गर्दै गणतन्त्र भारतका महामहिम राष्टूपतिको यस विशिष्ट आगमनका लागि हार्दिक अभिनन्दन गर्दछौं । हामी हौं मिथिलाबासीहरु, जनकपुरधाम नेपाल
धन्यवाद । नमस्कार ।
जानकी मन्दिरको आगन्तुक पुस्तिकामा भारतीय राष्टूपति मुखर्जीले के लेखे ?
भारतीय राष्टूपति मुखर्जीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने क्रममा मन्दिरको आगन्तुक पुस्तिकामा जनकपुरवासीहरुलाई छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन् । आगन्तुक पुस्तिकामा हरियो मसिले हिन्दी भाषामा मुखर्जीले लेखेका शुभकामना शव्दको नेपाली रुपान्तरण जस्ताको तस्तै ः
जनकपुरको यस पावन नगरीमा जानकी मन्दिरको यो दर्शन मेरो लागि यादगार छ । यस महत्वपुर्ण तिर्थस्थल भारत र नेपालको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरुको एक महत्वपुर्ण केन्द्र विन्दु हो । मलाई विश्वास छ कि जनकपुर र भारतको प्राचिण नगरी अयोध्याका बीच जुडुवा सहर सम्झौताले हाम्रो दुवै देशका बीचको घनिष्ठ सम्बन्धमा थप मजबुति प्रदान हुनेछ । यसले हाम्रो दुवै देशका बीच विशेष रुपले यस क्षेत्रमा व्यापार र पर्यटनको विकासमा मानिसहरुको आपसी सहयोगमा वृद्धि हुनेछ ।
आफ्नो राजकीय यात्राको क्रममा मलाई यो घोषणा गर्दै प्रसन्नता भएको छ कि भारत सरकारद्वारा जनकपुरधामको परिक्रमा पथमा दुईवटा धर्मशालाहरुको निर्माण गरिनेछ  जसले यस प्राचिण नगरीमा आउने तिर्थ यात्रुहरुलाई सुविधा प्रदान गर्नेछ । आज मलाई स्वागत गर्नका लागि जानकी मन्दिरका सम्पुर्ण पदाधिकारीहरु र जनकपुरका मानिसहरुलाई धन्यवाद । म उहाँहरुको गर्मजोशी र उहाँहरुको स्नेहबाट अभिभुत भएको छु । म भारत सरकार र भारतको नागरिकहरुको तर्फबाट तपाईहरुलाई छठ पर्वको शुभकामना समेत दिन्छु । र, तपाईहरुको प्रगति तथा सम्पन्नताको कामना समेत गर्दछु ।
प्रणव मुखर्जी
राष्टूपति, भारत गणराज्य ।

२०७३  कार्तिक २१ गते  आईतवार

Tuesday, November 1, 2016

जानकी मन्दिरका महन्थ रामतपेश्वर कसुरवार ठहर रामतपेश्वरले अब महन्थाई छोड्नुपर्छ, नयाँ नियूक्त हुनुपर्छ ः बैकुण्ठ दास वैष्णव

जानकी मन्दिरका महन्थ
रामतपेश्वर दास वैष्णव ।
अजय अनुरागी
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जी १९ कार्तिकमा जनकपुर आई जानकी मन्दिरको पूज ागर्ने कार्यक्रम तय भएको बेला उनको लागि विशेष पूजा तथा सम्मानको तयारीमा जुटेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई भने धनुषा जिल्ला अदालतले ठुलो झट्का दिएको छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवलाई तत्कालिन गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेलाई कालो मसो दलि गाली बेइज्जती गरेको कसुरमा जरिवाना तथा पीडितलाई क्षतिपुर्ती भराई दिन फैसला गरेको छ ।
११ कार्तिक २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासबाट गरिएको फैसलामा राम तपेश्वर दास वैष्णवलाई ५ हजार रुपैयाँ जरिवाना र पीडित दिपक पाण्डेलाई २५ हजार रुपैयाँ क्षतिपुर्ती भर्न फैसला गरेको हो । त्यसैगरी अन्य प्रतिवादीहरु जनकपुर उपमहानगरपालिका १० स्थित जानकी मन्दिरमा बस्ने शशीनाथ मिश्रको छोरा बर्ष ३६ का शम्भु मिश्र, जानकी मन्दिरमा बस्ने बर्ष ४१ का राजु साह, महोत्तरी पिपरा गाविसमा साविक घर भई विश्व हिन्दु संघसँग आवद्ध रामपद किडकर मिश्रको छोरा बर्ष ५८ का रामभुषण मिश्र, जनकपुर नगरपालिका उद्योग बाणिज्य संघका उपाध्यक्ष बर्ष ३८ का ललित साह, जनकपुर नगरपालिका ५ बस्ने रामबाबु साहको छोरा बर्ष ३२ का शंकर साह, जनकपुर उपमहानगरपालिका १४ रजौल बस्ने सरजु पासवानका छोरा बर्ष ५१ को राम बरण पासवान र धनुषा ठाढी झिझा साविक घर भई हाल जनकपुर १० जानकी मन्दिरमा बस्ने देवनाथ झाको छोरा बर्ष ४० को मनोज झा गरी सबै प्रतिवादीहरु माथि लगाइएको कसुरलाई समेत अदालतले ठहर गर्दै जनही ५ हजारका दरले जरिवाना र ३५ हजार रुपैयाँका दरले जनही पीडित पाण्डेलाई क्षतिपुर्तिको रुपमा भर्नका लागि फैसला गरेको छ ।
फैसला आए लगत्तै जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवका दुश्मनका रुपमा चिनिएका रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव भन्छन,“फौजदारी अभियोगमा अदालतद्वारा दण्ड सजाय पाईसकेका व्यक्तिलाई सार्वजनिक पदमा रहिरहन नेपालको कानुनले निषेध गरेको छ । त्यसैले अब जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नैतिकताका आधारमा पनि महन्थ पदबाट राजिनामा गर्नुपर्छ । नत्र भने अदालतको फैसला कार्यान्वयनका क्रममा उनको पद स्वतः पनि खोसिने छ ।”
के हो घटना र अभियोग ?
दिपक पाण्डे गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौमा घटना भएको दिनभन्दा १५ बर्ष अगावै देखि नियूक्त भई काम काज गरी आईरहेको थियो । गुठी संस्थान केन्द्रिय कार्यालयले उनलाई जनकपुरको शाखा कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो । राम तपेश्वर दास वैष्णवलाई गुठी संस्थान केन्द्रिय कार्यालयले जानकी मन्दिरको महन्थ पदमा २७ साउन २०५३ मा नियूक्त गरेको रहेछ । दिपक पाण्डेले महन्थ राम तपेश्वर विरुद्ध लगाएको अभियोग अनुसार उनी जानकी मन्दिरको महन्थ पदमा नियूक्त भएपछि जानकी मन्दिरको संरक्षण तथा संवद्र्धन गर्नुको साटो आफु खुशी मन्दिरको सम्पति हिनामिना गर्नुका साथै गुठी संस्थान केन्द्रिय कार्यालयले अराएको खटाएको काम काज पनि नगरेको पाइएको छ । यसरी एक पवित्र मन्दिरमा बसेर मन्दिरको हित विपरित विपक्षीले क्रियाकलाप गरेको हुँदा निजलाई गुठी संस्थान केन्द्रिय कार्यालयले जानकी मन्दिरको महन्थ पदबाट हटाई उक्त ठाउँमा १७ फागुन २०७० मा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने जगदीश दास वैष्णवलाई महन्थ पदमा नियूक्त गरेको हो ।
गुठी संस्थान केन्द्रिय कार्यालयले अराए, खटाएको काम गर्ने आफु एक जना सामान्य कर्मचारी भएको हुँदा गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौले कहिले कसका विरुद्धमा के के निर्णय गर्दछ सो को जानकारी आफुलाई हुँदैन भन्दै दिपक पाण्डेले उल्लेख गरेका छन् । २६ माघ २०७० का दिन म फिरादी दिपक पाण्डे आफ्नै गुठी संस्थान शाखा कार्यालय जनकपुरको भवनमा बसिरहेको अवस्थामा विपक्षी रामतपेश्वर दासले १५÷२० जनाको हुलहुज्जत लिई म बसिरहेको ठाउँमा आई मलाई जानकी मन्दिरको महन्थ पदबाट किन हटाएको भनि ठाडो भाषामा सोधेकोमा आफु गुठी संस्थानको सामान्य एक कर्मचारी हुँ, म सँग कुनै पनि मठ मन्दिरको महन्थ हटाउने र राख्ने अधिकार हुँदैन, महन्थ हटाउने वा राख्ने अधिकार त गठी संस्थान केन्द्रिय कार्यालयको संचालक समितिको बोर्डले गर्ने हो, उक्त बोर्डको म सदस्य पनि होइन, त्यसकारण तपाईलाई जानकी मन्दिरको महन्थ पदबाट हटाउने काम गुठी संस्थान केन्द्रिय कार्यालयले गरेको हो भनि शिष्ट भद्र भाषामा विनम्रतापुर्वक विपक्षीलाई भन्दा,“ तँ पहाडी हाकिम भएर यहाँ दादागिरी जमाउन खोज्दछस, सबै काम तैंले नै गरेको हो” भनि मलाई तथानाम गाली गरिसके पश्चात यसलाई गाली गरेर मात्र पुग्दैन, आज मलाई जानकी मन्दिरको महन्थ पदबाट हटाएर जसरी बेइज्जत गरेको छ, त्यसरी नै बेइज्जत गर्नुपर्छ भनि आफुसँग लगेका मैले नचिनेका अन्य १५÷२० मानिसहरुलाई अराई यसलाई मुखभरी कालो मसो दल भनि बचन दिए पश्चात निजसँग गएका अन्य निजको मानिसहरुले मेरो मुखमा कालो मसो दलि मेरो बेइज्जती गरेको हुँदा न्यायको मन्दिर समक्ष बाध्य भएर आएको छु, भन्दै दिपक पाण्डेले ३० बैशाख २०७१ मा अदालतमा दर्ता गराएको अभियोग पत्रमा उल्लेख छ ।
अतः विपक्षी रामतपेश्वर दास वैष्णवले म एक निर्दोष कर्मचारीलाई बेइज्जती गर्ने मनसायले गाली गलौज गरी कालो मसो समेत दल्ने काम पनि गरेको हुँदा विपक्षीलाई गाली र बेइज्जती ऐन २०१६ को दफा ५ बमोजिम हदैसम्म सजाय गरी म फिरादीलाई विपक्षीबाट क्षतिपुर्ति र प्रस्तुत मुद्दा दर्ता गरेको अवस्थामा लागेको सम्पुर्ण खर्च समेत दिलाई भराई पाऊ भन्दै गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा अदालतमा दर्ता गरेको थियो । त्यसैगरी जानकी मन्दिरमा बस्ने शम्भू मिश्र, राजु साह, मनोज झा, पिपराका रामभुषण मिश्र, जनकपुर उद्योग बाणिज्य संघका ललित साह, जनकपुर ५ का शंकर साह र जनकपुर १४ रजौलका रामबरण पासवान विरुद्ध पनि सोही मुद्दा दर्ता गरिएको थियो ।
जानकी मन्दिरका महन्थको प्रतिउत्तर
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले अदालतमा चढाएको प्रतिउत्तरमा दिपक पाण्डेको बादीदावी पुर्ण रुपले झुठा रहेको, गाली बेइज्जती हुने कुनै कार्य नगरेको, नगराएको तथा गलत मनसाय राखी मेरो कार्य व्यवहार एवम जिम्मेवारी प्रति गलत प्रचारबाजीको रुपमा मात्र फिराद पत्र दर्ता भएको उल्लेख छ । विपक्षी वादीले आफ्नो फिराद पत्रमा गाली बेइज्जती भयो भन्ने विषयको व्यहोरा भन्दा मेरो महन्थाई पद अनुसारको आचरण गरेनन भन्ने व्यहोरालाई प्राथमिकता दिई फिराद दायर गरेको हुनाले वादीको झुठा तथा गैरकानुनी फिराद दावीबाट उन्मुक्ति दिलाई पाऊ भनि महन्थ राम तपेश्वरले प्रतिउत्तर दिएको पाइन्छ ।
आफुले जानकी मन्दिरको कुनै सम्पति हिनामिना गरेगराएको छैन, मेरो विरुद्ध गुठीले गरेको गैरकानुनी निर्णय उपर सर्बोच्च अदालतमा मुद्दा दायर गरी अन्तरिम आदेश जारी हाल कारवाहीयूक्त आवस्थामा रहेको छ । तसर्थ मैले दायर गरेको विषय गौण गरी गलत विषयलाई जोड दिनुबाट विपक्षीको मनसाय गलत रहेको प्रष्ट हुन्छ, भनि महन्थ राम तपेश्वरले प्रतिउत्तर दिएको पाइन्छ ।
त्यतिबेला बास्तवमा भएको के थियो ?
गुठी संस्थान केन्द्रिय कार्यालयले जनकपुरको जानकी मन्दिरमा नयाँ महन्तको रुपमा जगदिश दास वैष्णवलाई नियूक्ति गरे संगै त्यसको विरोध र समर्थनमा उत्रेका जनकपुरका साधु महन्तहरुबीच टकरावको अवस्था उत्पन्न भएको थियो । गुठीका प्रसाशक तथा संस्थानका अध्यक्ष पंचलाल महर्जनले मोटो रकम लिई गुरु शिष्यको परम्पराको बरखिलाफ गैर कानुनी ढंगले नयाँ महन्त नियूक्त गरेको भन्दै विरोधमा जानकी मन्दिरका कार्यरत महन्त राम तपेश्वर दासका समर्थकहरुले संस्थानको शाखा कार्यालय जनकपुरमा अनिश्चित कालिन ताला बन्दी गरेका थिए । जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेलाई तिनका समर्थकहरुले कालो मोसो दलेर दुवर््यवहार गर्नुका साथै गुठी संस्थानको बोर्ड मिल्काएर त्यहाँ मठ मन्दिर र मुर्ति विक्री गर्ने रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास वैष्णव, संस्थानका प्रशासक पंचलाल महर्जनलाई कारवाही गर्नुपर्ने माग सहितका व्यानर झुन्ड्याएका थिए । रामतपेश्वर दासको समर्थनमा विश्व हिन्दु परिषद, विश्व हिन्दु महासंघ नेपाल, राष्टिूय तथा अन्तराष्टिूय हिन्दु जनजागरण गौ संरक्षण अभियान नेपाल, मटिहानी मठका मान महन्त जगरनाथ दास लगायत विभिन्न राजनीतिक दल, संघसंस्थाहरुको ऐक्यवद्धतामा जानकी मन्दिरको प्राङगणमा धर्ना समेत दिएका थिए ।
सर्वोच्चद्वारा अन्तरिम आदेश
महन्त नियुक्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले  अन्तरिम आदेश जारी गरे पछि  विवाद तत्कालका लागि साम्य भएको थियो ।
सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा न्यायधिश तर्क राज भट्टको एकल इजलासले गुठी संस्थानले महन्त नियुक्त गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । सर्वोच्च अदालतले अर्काे आदेश नभएसम्मका लागि पहिलैकै महन्तद्वारा पूजा पाठ सञ्चालन गर्नपनि आदेश दिएको थियो । सर्वाेच्चको अन्तरिम आदेश पछि जानकी मन्दिरमा महन्त रामतपेश्वर दास वैष्णव र उनका समर्थकहरुले एकअर्कालाई रंगअबिर लगाई खुसीयाली मनाएका थिए ।
जिल्ला प्रशासनमा ज्ञापन
नागरिक समाज, साधुसन्त तथा गौ संरक्षण अभियानकै अगुवाईमा पुगेका सर्वसाधारणहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले गुठी संस्थानले गरेको निर्णय तत्कालै फिर्ता लिनुपर्ने, संस्थानका अध्यक्ष महर्जनलाई कारबाही गर्नुपर्ने, रत्नसागरका महन्थ बैकुण्ठ दास बैष्णवलाई नागरिकता खारिज गर्नुपर्ने तथा महन्त पदबाट हटाइनु पर्ने लगायतका नाराबाजी समेत गरेका थिए ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दासले सहायक प्रमुख जिल्ला अधिकारीद्वय प्रल्हाद पोखरेल तथा हरि प्रसाद बास्तोलालाई ध्यानाकर्षण पत्र बुझाउदै २४ घण्टा भित्र माग पुरा नभए शसक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीद्वयका साथै वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, प्रहरी उपरिक्षक उत्तमराज सुवेदी, टूाफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन भेटवाल लगायतको उपस्थिति थियो ।
अर्कोतर्फ गुठी संस्थान प्रमुख पाण्डेले न्यायका लागि पहल गरिदिन स्थानिय निकायसंग माग गरेका थिए । स्थानिय नागरिक समाज तथा साधुसन्तले अभद्र व्यवहार गर्नुका साथै मानवेइज्जत गरेको भन्दै उनले न्याय दिलाउन माग गरे पछि सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला प्रहरीले घटनाबारे जानकारी लिएका थिए ।
मठमन्दिरहरुको चलन अनुसार गुठीले एक पटक नियुक्ती दिएपछि ठूला मन्दिरहरुमा महन्त फेरिएको छैन । एक पटक नियुक्ती पाएपछि उनले आफ्ना शिष्यलाई नै महन्त छान्ने र गुठीले उनलाई नियुक्ती दिने प्रावधान रहिआएकोछ । गुठी संस्थानले जानकी मन्दिरलाई बिबादमा तान्ने प्रयास गरेकोछ । जनकपुरमा बिभिन्न मठमन्दिरहरुको जग्गा बेचबिखन गर्ने काम गुठीको मिलोमतोमा हुँदै आएको र महन्तहरुबीच बिबाद गराई गुठी प्रशासकहरुले मोटो रकम कुमल्याउँदै आएकाछन् ।
जनकपुरका तीन प्रमुख मठ जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, मटिहानी स्थानका महन्त जगरनाथ दास वैष्णव र रतनसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवबीच केहि समयदेखि गंभीर बिबाद चलिरहेकोछ । जानकारहरु अनुसार मठका महन्तहरुबीचको बिबाद जग्गा बेचबिखनका लागि मात्र हो ।
महन्त नियुक्तको राजनीतिक दलद्धारा विरोध
जानकी मन्दिरको महन्त रामतपेश्वर दास ‘वैष्णव’ लाई हटाई जगदिश दास ‘वैष्णव’ लाई नियुक्त गरेको निर्णयको राजनीतिक दलहरुले पनि विरोध गरेको थियो । राजनीतिक दलहरुले  संयुक्त विज्ञप्ति जारी गरी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा चल्दै आएको गुरु शिष्यको परम्परा विपरित गुठी संस्थानले आर्थकि प्रलोभनमा परि गरेको निर्णय अविलम्ब फिर्ता लिन मांग गरेको थियो । महन्त नियुक्तको निर्णय गुठी संस्थानले फिर्ता नलिए आपूmहरु कडा संघर्षमा उत्रिने चेतावनी राजनीतिक दलले दिएका थिए । नेपाली कांग्रेसका नगर सभापति धिरेन्द्र मोहन झा, राष्टिूय मधेश समाजवादी पार्टीका महाशंकर ठाकुर, राप्रपा नेपालका रामनरेश यादव, नेकपा मालेका रामनाथ साह, राप्रपाका कमलेश मण्डल, तमलोपाका धिरेन्द्र सिंह, नेपाली जनता दलका राज कुमार साह, नेकपा माले समाजवादीका कौशलेन्द्र मिश्र, नेपाल परिवार दलका अब्दुल कैयुम शाह, समाजवादी महिला संघकी मुन्नी दास लगायतले संयुक्त विज्ञप्ति जारी गरी निर्णयप्रति विरोध जनाएका थिए ।
निर्णय फिर्ता गराउन हस्ताक्षर अभियान
जानकी मन्दिरका महन्त नियुक्त गरेको निर्णय फिर्ताको मांग गर्दै हस्ताक्षर अभियान समेत थालेको थियो । नागरिक समाजको अगुवाईमा चलाइएको हस्ताक्षर अभियानमा जानकी मन्दिरको नयाँ महन्त जगदिश दास बैष्णवको नियुक्ती फिर्ताको मांग गरिएको थियो । धार्मिक परम्परा अनुसार रहेको महन्त रामतपेश्वर दास वैष्णवलाई हटाई गुठी संस्थानले जगदिश दासलाई महन्त नियुक्त गरेपछि जनकपुरका साधु सन्त विरोध गरिरहेका छन् । बुधबार जानकी मन्दिर परिसरमा हस्ताक्षर अभियान चलाइएको थियो ।
सन्तमहन्तहरु संघर्षमा
राष्टिूय तथा अन्तराष्टिूय हिन्दू जन(जागरण गौ रक्षा अभियान नेपाल पनि जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ समर्थनमा अघि आएको थियो । जानकी मन्दिरको महन्थ राम तपेश्वर दास ‘वैष्णव’ लाई हटाएपछि स्थानीय नागरिक समाज, युवा क्लब, सन्तमहन्तहरु संघर्षमा उत्रेका थिए । राष्टिूय तथा अन्तराष्टिूय हिन्दु जन जागरण गौ रक्षा अभियान नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महन्थ नियुक्तको निर्णय फिर्ता नलिए भारतबाट हजारौको संख्यामा नागा बाबा जनकपुरमा उतार्ने चेतावनी दिएका थिए ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास ‘वैष्णव’ ले आफ्नो विरुद्ध विदेशी षडयन्त्र भएको दावी गरेका थिए । गुठीका हाकिमले मागेको ५० लाख रुपैयाँ दिन अस्विकार गरेको बताउदै उनले जग्गा विक्रि गर्न नदिनको लागि उक्त रकम मागेको दावी गरेका थिए । पंचलाल महर्जनले सो रकम मागेको आरोप महन्त रामतपेश्वर दासले लगाए । आपूm तीर्थ यात्राको क्रममा भारतमा छँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी वेद बहादुर कार्की, बलिराम साह र पंचलाल महर्जनले लाखौ रुपैया लिएर जग्गा बेचबिखन गर्न सहयोग पुर्याएको दावी उनले गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर आएको ताका आपूmले राजतन्त्र र हिन्दू राष्टू पुर्नस्थापनाको समर्थन गरेको कारण आपूmलाई महन्तबाट हटाउने निर्णय गरेको उनको भनाई थियो ।
गुठी संस्थानको निर्णयमा के थियो ?
गुठी संस्थान संचालक समितिको १७ माघ २०७० को वैठकबाट जानकी मन्दिरको रिक्त महन्त पदमा जगदिश दास वैष्णवलाई नियूक्त गरेको थियो । गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष एवम प्रशासक पंचलाल महर्जनद्वारा शाखा कार्यालय जनकपुरलाई गरिएको परिपत्र र जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान, केन्द्रिय लगत तथा अभिलेख शाखा कार्यालय र जगदिश दास वैष्णवलाई गरिएको बोदार्थमा उक्त कुरा उल्लेख गरिएको थियो ।
राज गुठीमा परिणत भएका छुट गुठीको हकमा संस्थानले त्यस्ता गुठीको दान पत्र, लिखत र परम्परा बमोजिम पर्व पुजा इत्यादी गर्नु पर्ने काम नरोकिने र धर्म लोप नहुने गरी संस्थानले आफै रेखदेख, नियन्त्रण र निर्देशनमा वढीमा पाँच वर्षको अवधि तोकि त्यस्तो गुठीको बन्दोवस्त र संचालन गर्न सुम्पन सक्ने छ  भन्ने व्यवस्था अनुसार गुठी संस्थान केन्द्रिय कार्यालयको २७ साउन २०५३ को निर्णय अनुसार जानकी मन्दिरको महन्त पदमा राम तपेश्वर दास वैष्णवलाई नियूक्त गरिएकोमा ऐनको उक्त व्यवस्था बमोजिम पाँच वर्ष अवधि समाप्त भएपछि पुनः नियुक्ती भएको वा सुम्पेको नदेखिएको भन्दै नयाँ महन्त नियुक्त गरिएको जनाइएको थियो ।
जानकी मन्दिरका यस अघिका महन्त रामतपेश्वर दास वैष्णवले गुठी जग्गा अतिक्रमण गरे गराएको, मन्दिर देखि पश्चिम तर्फको जग्गामा घर बनाउन लगाएको, गुठी संस्थानले पटक पटक रोक्न निर्देशन दिँदा समेत अटेर गरेको, नियूक्तीको सर्त बमोजिम आम्दानी खर्चको विवरण दाखिला नगरेको कारण तपेश्वर दास वैष्णवको कानुन बमोजिम अधिकार समाप्त भईसकेको निर्णयमा उल्लेख गरिएको छ । जानकी मन्दिर गुठीको रिक्त महन्त पदमा गुठीको दान पत्र, लिखत परम्परा बमोजिम पूजा आजाको व्यवस्थापन पर्ने, गुठीका गुठी तैनाथी जग्गा अतिक्रमण हुन नदिने, कसैले अतिक्रमण गरेमा तुरुन्त हटाउने, जानकी मन्दिरका सबै किसिमको आम्दानी सोही मन्दिरको नाममा खाता खोली खातामा जम्मा गर्ने, खर्च गर्नु पर्दा सोही खाताबाट गर्ने, आय व्यय सबै देखिने गरी लेखा राखी आम्दानी खर्चको मासिक विवरण गुठी संस्थान शाखा कार्यालयमा बुझाउने गरी गुठी संस्थान ऐन २०३३ को दफा १६ को उपदफा (२) दुई बमोजिम एक वर्षे परिक्षण कालमा रहने गरी जगदिश दास वैष्णवलाई जानकी मन्दिरको महन्त पदमा गुठी संस्थान संचालक समितिको वैठकबाट निर्णय भई समितिको निर्णय कार्यान्वयनका लागि गुठी संस्थान शाखा कार्यालयलाई निर्देशन दिईएको थियो ।
उक्त ऐन बमोजिम रिक्त पदमा नियूक्ती पाउ भने साविक धनुषा कुर्था ४ र हाल जनकपुर ६ वस्ने जगदिश दास वैष्णवको निवेदन र गुठी संस्थान शाखा कार्यालय जनकपुरको ८ पुष २०७० को टिप्पणी राय सहितको कारवाही फाइल अनुसार निजलाई एक वर्षे परिक्षण कालमा रहने गरी ५ वर्षका लागि नियुक्ती दिने र मन्दिरका गर गहणा, देव मुर्ति, नगदी, जिन्सी सबै प्रकारको सम्पतिको सुरक्षा हुने गरी बर बुझारथको व्यवस्था समेत गर्न संस्थानको शाखा कार्यालय जनकपुरलाई निर्देशन दिइएको थियो ।
अब के हुन्छ ?
गुठी संस्थान केन्द्रिय कार्यालयले जगदीश दास वैष्णवलाई महन्थको रुपमा नियूक्ती गरेको विषयमा सर्बोच्च अदालतले तत्काल अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि विवाद शान्त भएको थियो । तर, सर्बोच्च अदालतले गरेको अन्तिम फैसलामा प्रक्रिया पुर्याएर महन्थ जगदीश दासलाई जानकी मन्दिरको महन्थको रुपमा नियूक्ति गर्न भन्दै २०७२ साउनमा सर्बोच्च अदालतले गुठी संस्थान केन्द्रिय कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरेको थियो । रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवका अनुसार सर्बोच्चले उक्त परमादेशको आदेश जारी गरेको भएपनि पावर र पैसाको चलखेलबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गुठी संस्थानलाई आफ्नो पक्षमा पारेर अल्झाईरहेको छ । नियमले त जगदीश दास वैष्णव नै जानकी मन्दिरका आधिकारिक महन्थ हुन । तर, गुठी संस्थानले प्रक्रिया अगाडी वढाउन आलटाल गरिरहेकाले जगदीश दास वैष्णवले पुनः ३÷४ महिना अघि सर्बोच्च अदालतको परमादेशको आदेशलाई गुठी संस्थानले कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको तथा आफुलाई जानकी मन्दिरको महन्थमा नियूक्त गरी अबिलम्ब फैसलाको कार्यान्वयन होस भन्दै पुनः सर्बोच्चमा मुद्दा गरेका छन् । हुन त प्रक्रिया मिलाईरहेको र चाँडै नयाँ महन्थको जानकी मन्दिरमा जगदीश दास वैष्णवलाई नियूक्त गर्ने भनेर गुठी संस्थानले सर्बोच्च अदालतलाई जवाफ फर्काएको बैकुण्ठ दासले बताए ।
बैकुण्ठ दासका अनुसार जानकी मन्दिरमा रामतपेश्वर दास गैरकानुनी तरिकाले महन्थको रुपमा बसेका छन् । आफुहरुले बलपेली गरेर दुई दिनमा उनलाई त्यहाँबाट खाली गराउन सक्छौं,तर आफुहरु कानुनमा विश्वास गर्ने हुनाले अदालतको फैसला अनुसार गुठीले केही दिनमै उनलाई त्यहाँबाट खाली गराएर जगदीश दासलाई नयाँ महन्थको रुपमा नियूक्त गर्ने आशामा पर्खिरहेका छौं । महन्थ बैकुण्ठका अनुसार अब ढिलो चाँडो भएपनि उक्त मन्दिरमा राम तपेश्वर दास वैष्णव महन्थको रुपमा रहन नसक्ने भने ग्यारेन्टी छ ।



२०७३ कार्तिक १४ गते आईतबार

कार्यकारी निर्देशक यादवलाई हटाउनुपर्ने माग सहित परिषदका कर्मचारीहरु आन्दोलित आन्दोलनको सन्देश सकारात्मक, माग पुरा हुन्छ ः अध्यक्ष शर्मा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका आन्दोलित कर्मचारीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवलाई हटाउनु पर्ने माग राख्दै सम्पुर्ण कर्मचारीहरु आन्दोलित भएका छन् । ३ कार्तिक देखि ५ बुँदे माग राखि आन्दोलनमा ओर्लिएका सम्पुर्ण कर्मचारीहरु विगत १० दिन देखि धर्ना दिँदै आएका छन् । कर्मचारी चिरंजिवी राज ढुङ्गाना, उषा मिश्र, उत्तम राज शर्मा ढकाल , जितेन्द्र कुमार यादव, कृष्ण मुरारी सिंह, अशोक कर्माचार्य, सरोज कुमार निधि, दिपेन्द्र कुमार कर्ण, अशोक कुमार ठाकुर, संजय कुमार मण्डल, मदन कुमार चौधरी, कैलाश प्रसाद चौधरी, विजय कुमार ठाकुर, धनिराम मण्डल,विकी कुमार चौधरी, श्याम सुन्दर मण्डल, फगुनी भण्डारी पल्टन यादव, विजय कुमार मण्डल, विरेन्द्र कुमार साह तेली, सुनिल कुमार राय, नरेश चौधरी, संगिता देवी राय, नरेश मेस्तर, बेचनी मेस्तर लगायतको कर्मचारीहरुले सामुहिक रुपमा कार्यालयमा धर्ना दिँदै निर्देशक यादवको बर्खास्तको माग गरेका छन् । 

बृहत्तरमा एक जना कार्यकारी निर्देशक, २३ जना स्थायी कर्मचारी, ४ जना करारमा प्राविधिक र एक जना करारमा कार्यालय सहयोगी गरेर कुल २९ जना कर्मचारीहरु रहेकोमा निर्देशकलाई हटाउनुपर्ने माग गर्दै २५ जना भन्दा वढी कर्मचारीहरु एक साथ आन्दोलित भएका हुन । आन्दोलित कर्मचारीहरुका अनुसार कि त निर्देशक यादवले राजिनामा दिनुपर्यो नत्र भने हामी सम्पुर्ण कर्मचारीहरु एक साथ सामुहिक राजिनामा दिन समेत तयार छौं । कर्मचारीहरुका अनुसार एक बर्ष देखि इन्जिनियर र दुई बर्ष देखि सव इन्जिनियरको पद खाली छ । स्थायी कर्मचारीको रुपमा रहेका इन्जिनियर ऋषि ठाकुरले र सव इन्जिनियर परशुराम साहले राजिनामा दिएपछि उक्त पद रिक्त भएको हो । तर, कार्यकारी निर्देशक यादवले ती पदहरुमा आफ्ना भनिने अयोग्य मान्छेहरुलाई कमिशन खाने चक्करमा नियूक्त गर्दै आएको कर्मचारीहरुको आरोप छ । डूोइङ, इस्टिमेट समेत नजान्ने अयोग्य विमलेश साहलाई इन्जिनियरको रुपमा नियूक्त गरेको छ भने योग्य इन्जिनियर संतोष ठाकुरलाई चयन गरिएको छैन । कर्मचारीहरुका अनुसार संतोष ठाकुर जनकपुरकै टप ५ इन्जिनियरहरु मध्ये एक हो । उनले जनकपुरको बारह विघाको प्रोपोजल बनाएको र भारतीय दुतावासबाट स्टूक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुका साथै सिभिल इन्जिनियर समेत भएका व्यक्तिलाई चयन नगरेर कमिशनको लागि अयोग्य व्यक्तिलाई चयन गरिएको कर्मचारीहरुको आरोप छ ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष
रामकुमार शर्मा र कार्यकारी निर्देशक उमेश यादव ।
 त्यसैगरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको नियमावली अनुसार खरिद इकाई प्रमुखमा  प्रशासकिय प्रमुख चिरंजिवी राज ढुङ्गानालाई निर्देशक यादवले यसकारण हटाए की उनले गुणस्तर र लागत विधि अनुसार योग्य व्यक्तिलाई छनौट गर्नुपर्छ भन्दै उनको निर्णयमा असहमति जनाए । आन्दोलित कर्मचारीका अनुसार ७ असोज २०७३ मा निर्देशक यादवले एउटा पत्र काट्दै २०७३÷०७४ को नेपाल सरकारबाट स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति छनौट प्रक्रियामा असहमति जनाई निर्णय एवम मुल्याङ्कनमा बाधा अड्चन खडा गर्नुका साथै तपाईले पाएको जिम्मेवारीको कर्तव्य एवम दायित्व बोध गरी कार्य गर्नुपर्नेमा कार्यालयको उद्देश्य, लक्ष्य प्राप्तिमा असहयोग गर्नुभएको हुँदा खरिद इकाई प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको जनाउ पुर्जी ढुङ्गानालाई दिए । ढुङ्गानाका अनुसार आफुले योग्य व्यक्तिलाई प्राविधिकमा नियूक्ति गर्नुपर्छ, त्यसले विकास निर्माणको कार्य समेत प्रभावकारी हुने तर्क राखेपछि निर्देशक यादवले कमिशनको चक्करमा आफ्नो मान्छेलाई नियूक्त गर्न त्यो पदबाट हटाइएको हो । हुन त निर्देशक यादवले कर्मचारीहरुलाई जिम्मेवार विहिन बनाएको ढुङ्गाना मात्र होइनन् । निमित्त कार्यालय प्रमुखको रुपमा ११ महिनासम्म जिम्मेवारी वहन गरेकी नायव सुब्बा उषा मिश्र होस वा नायव सुब्बा जितेन्द्र कुमार यादव, अधिकांश कर्मचारीहरुलाई उनले कुनै जिम्मेवारी नै दिएका छैनन् । नायव सुब्बा कृष्ण मुरारी सिंह कम्प्यूटर अपरेटरको रुपमा नियूक्त भएको भएपनि उनलाई त्यो जिम्मेवारी दिइएको छैन । कर्मचारीहरुका अनुसार त्यो कार्यका लागि दिनै पिच्छे निर्देशक यादवले बाहिरका मान्छेलाई ल्याएर कम्प्यूटरको काम गराईरहेका हुन्छन् ।
विगतमा ३÷४ महिना जति ज्यालादारीका रुपमा किशुन यादवले गरेको पारिश्रमिक बापतको ज्याला उनलाई हालसम्म दिइएको छैन । त्यसैगरी नरेश मेस्तर विगतमा मदिरा सेवन गरी आईरहेको अवस्थामा गत बर्ष मंसिर १गते उनलाई निर्देशक यादवले स्पष्टीकरण सोधेर कारवाही गरेको थियो । पछि कार्यालय प्रमुखकै निर्देशनमा उनलाई सुधारगृह लगियो । उनको ठाउँमा उनका श्रीमतिले काम गर्न थाल्दा निर्देशक यादवले पर्दैन, अहिले सुधार गृहमा जानुस ठिक भएर आएपछि उनले नै काम गर्छन् भनेर भनेपनि तिनको श्रीमतिले सधै आएर नरेश मेस्तरले गर्ने काम गरेका थिए । कर्मचारीहरुका अनुसार सुधार गृहबाट उनी ठिक भएर कार्यालयमा काम गर्न आईसकेपछि उनलाई निर्देशक यादवले हाजिरी हुन दिईरहेका छैनन् । ३ महिना गायव भएको कर्मचारीको जागिर अब छैन भन्दै उनलाई हाजिरी हुन नदिएको कर्मचारीहरुको भनाई छ ।
३१ असाढ २०६५ मा परिषदका चालकका रुपमा नियूक्त रहेका कर्मचारी विजय यादवको धनुष सागरमा डुवेर मृत्यु भएको थियो । उनी मृत्यु भएपछि परिषदको कार्यकारणी समितिको ४८ औं बैठकबाट मृतक यादवको ठाउँमा निजकी पत्नी संगिता देवी रायलाई रिक्त रहेको कार्यालय सहयोगीको दरबन्दीमा नियूक्त गर्ने ९ फागुन २०६७ मा निर्णय भएको थियो । २३ फागुन २०६७ देखि कार्यालय सहयोगीको पदमा काम गर्दै आईरहेको संगिता देवी यादवलाई विगतका कार्यकारी निर्देशकहरुले म्याद थप गर्दै आएको भएपनि ३० असोज २०७३ मा म्याद सकिएपछि कार्यकारी निर्देशक यादवले उनको म्याद थप नगरिरहेको कर्मचारीहरुको गुनासो छ । म्याद थप गराउन जाँदा परिषदका कर्मचारीहरुको संगठनको संरचनाको अध्ययन हुँदैछ, तपाईको दरबन्दी खारिजी भयो भनेर यादवले जवाफ दिने गरेको कर्मचारीहरु बताउँछन् । तर, कर्मचारीहरुका अनुसार उक्त दरबन्दीमा नेपाल सरकारले अझैंसम्म पनि तलब पठाउँदै आएको छ ।
बृहत्तरमा २३ बर्ष देखि कर्मचारीहरु एउटै पदमा कार्यरत छन् । स्टोरकिपरको रुपमा खरिदार अशोक कर्माचार्य २३ बर्ष देखि, प्रशासकिय अधिकृत चिरंजिवी ढुङ्गाना, नासु उषा मिश्र, खरिदार सरोज कुमार निधि जस्तो थुप्रै कर्मचारीहरु २० बर्ष देखि एउटै पदमा कार्यरत छन् । परिषदको ऐन नियममा व्यवस्था भए अनुसार ५ बर्ष स्थायी काम गरेपछि बढुवाको लागि मापदण्ड पुग्दछ । तर, कार्यकारी निर्देशक यादवले बर्षौ देखि एउटै पदमा कार्यरत कर्मचारीहरुको वृति विकासका लागि बढुवा गर्न फाइल समेत तयार नगरेको कर्मचारीहरुको आरोप छ ।
अयोग्य प्राविधिक कर्मचारीहरुको छनौटले गर्दा आउने प्राविधिकहरु नटिक्ने, टिकेपनि समयमा काम सम्पन्न नहुने हुनाले विकास निर्माणको कार्यका लागि आउने रकम समेत कार्यसम्पन्न नभई फ्रिज हुने गरेको कर्मचारीहरुको आरोप छ । विगत २ बर्षमा मात्रै १० देखि १२ वटा प्राविधिकहरुको परिवर्तन भएको छ । गत बर्ष मात्रै १ करोड रकम फ्रिज भएको थियो । जनताको विकास निर्माणको काम पनि त्यसैकारण हुन नसकेको आन्दोलित कर्मचारीहरुको आरोप छ ।
प्लम्बर तथा इलेक्टिूसियनलाई आफ्नो काम नदिएर प्रशासनको काम दिइन्छ । चौकिदारलाई सार्वजनिक विदाको दिन काम गर्ने वापत २ सय रुपैयाँ प्रति दिन खाजा भत्ता दिने निर्णय गरिएपनि चौकिदारहरु विरेन्द्र कुमार साह, सुनिल राय र नरेश चौधरीलाई उक्त रकम दिइएको छैन । ७ मंसिर २०७२ मा जेनरल स्टोर्सका संचालक किशुन साहलाई यात्री निवास ठेक्का दिइयो । बार्षिक २१ लाख रुपैयाँमा दिइएको  उक्त ठेक्कामा निर्देशक यादवले बरबुझारथ नै नगरी ठेक्का दिइएको कर्मचारीहरुको आरोप छ । प्रायः जसो कर्मचारीहरुलाई अनावश्यक तरिकाले स्पष्टीकरण सोधेर तर्साउने र मानसिक यातना मात्र दिने गरेको निर्देशक यादवको व्यवहार कार्यालयमा एउटा तानासाह जस्तो रहने गरेको कर्मचारीहरुको आरोप छ । आन्दोलनमा बसेपछि कर्मचारीहरुलाई निलम्बन गरिदिने भनेर धम्की समेत दिने गरेको कर्मचारीहरुको आरोप छ ।
बार्तामा आउन निर्देशकको आग्रह
असहमत कर्मचारीहरुलाई आफ्ना जायज माग सम्बोधन गराउन बार्ता नै सर्बोत्तम विकल्पको रुपमा रहेकाले बार्तामा आउन कार्यकारी निर्देशक यादव, कार्यकारणी समितिद्वय पल्टु पंडित, अनिल कुमार सिंह र परिषदका कार्यवाहक अध्यक्ष कलामुदिन राईनले संयूक्त विज्ञप्ती मार्फत आह्वान गरेको छ । कर्मचारीहरुको माग पुरा गराउन समेत कार्यकारणी समितिको वैठक, संचालक परिषदको वैठक बोलाउन तथा व्यवस्थापन गर्न कर्मचारीहरुको भुमिका, कर्तव्य र दायित्व समेतलाई मध्य नजर गरी कार्यालय संचालनलाई सहज बनाउनुपर्ने आवश्यकता रहेको विज्ञप्तीमा जनाइएको छ । परिषदको सर्बोच्च निकाय संचालक परिषदको वैठक मंसिर मसान्त भित्र सम्पन्न हुने प्रतिवद्धता समेत जाहेर गरिएको छ । परिषदका प्रस्तावहरु तय गर्न, उठेका असहमति, मागहरुलाई समेत सम्बोधन गर्न कार्यकारणी समितिको वैठक छठ पर्व सम्पन्न भएको ७ दिन भित्र गर्ने गराउने तयारीका लागि अध्यक्ष रामकुमार शर्माबाट निर्देशन समेत भएको बताइएको छ । उक्त निर्देशन पालनाका लागि विधिवत वैठक बोलाउन, नियमावलीमा भएको व्यवस्था अनुरुप सात दिने सूचना पुर्व दिनुपर्ने कानुनी प्रक्रिया समेत अवलम्बन गर्न कर्मचारीहरुलाई कार्यालयको कामकाजमा फर्किन आग्रह गरेको छ ।
कर्मचारीको माग पुरा हुन्छ ः अध्यक्ष शर्मा
आन्दोलनरत कर्मचारीहरुको जायज माग पुरा गराउन आफु प्रतिबद्ध रहेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष राम कुमार शर्माले द एक्सक्लुसिभलाई बताएका छन् । कर्मचारीहरुले उठाएका मागहरु मध्ये केही माग कार्यकारी निर्देशक उमेश यादवसँग सम्बन्धित छन् भने केही मागहरु कार्यकारणी समिति र नेपाल सरकारसँग सम्बन्धित रहेको छ । कर्मचारीहरुको माग पनि परिषदलाई बलियो बनाउनेसँग सम्बन्धित रहेकाले परिषदमा ऐनमा नै संशोधन आवश्यक रहेको शर्माले बताएका छन् । निर्देशक यादव माथि कर्मचारीहरुद्वारा लगाइएको आरोपहरुलाई लिएर नै दुई बर्ष अघि मैले कार्यकरणी समिति वैठक नबोलाई स्पष्टीकरण सोधेपछि अदालतबाट आफु पराजित हुनुपरेको दृष्टान्त सुनाउँदै अध्यक्ष शर्मा भन्छन,“ कार्यकारी निर्देशकलाई स्पष्टीकरण समेत अध्यक्षले एक्लै सोध्न सक्दैन । कार्यकारणी समितिको बैठकबाट मात्र सोधिने हुनाले कर्मचारीहरुले लगाएको आरोपका विषयमा चाँडै कार्यकारणी समितिको वैठक बोलाई आरोपहरुको छानविनका लागि छानविन समिति बनाइने छ । ती आरोपहरु प्रमाण सहित पुष्टि हुन गए उनलाई स्पष्टीकरण सोध्ने देखि निलम्बन हुँदै बर्खास्त सम्म गर्ने अधिकार कार्यकारणी समितिलाई रहेको छ । त्यसकारण कार्यकारणी समितिले उक्त कुराको टुङ्गो लगाउने छ ।” कार्यकारणी समितिले गर्ने निर्णयलाई परिषदको बैठकले अनुमोदन गर्नेछ । शर्माका अनुसार अर्को बाटो भनेको नैतिकताको आधारमा निर्देशक यादवले आफै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सक्छन् । तर, त्यो बाटोमा निर्देशक नगएको देखिएकोले कार्यकारणी समितिले नै त्यसको उपयूक्त निर्णय गर्ने छ । १४ जना सदस्य रहेको कार्यकारणी समितिमा धनुषा र महोत्तरी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय विकास अधिकारीहरु, सदरमुकाम स्थित नगरपालिकाका नगर प्रमुखहरु, परिषदका निर्देशक, परिषदका अध्यक्ष र ६ जना विभिन्न राजनीतिक दलका मनोनित सदस्यहरु रहेका छन् । त्यसैगरी २४ सदस्यीय परिषद समेत रहेको छ । चैत्र मसान्तमा पदावधि सकिन लागेको निर्देशक यादवको पद भने विवादित बनेको छ ।
कार्यकारी निर्देशक यादव विरुद्ध कर्मचारीहरुले लगाएका आरोप
१. कार्यालयको दरबन्दी पुनरावलोकन सम्बन्धमा कार्यकारिणी समिति तथा परिषदबाट निर्णय भएता पनि हालसम्म कार्यान्वयन नगरेको ।
२. इन्जिनियर तथा सव इन्जिनियरको नियूक्ती गर्दा गुणस्तर र लागत विधि अपनाई योग्य व्यक्ति नियूक्त गर्नुपर्नेमा उक्त विधि नअपनाई योग्यलाई हटाइएको ।
३. निजामति सेवा ऐन, नियमावली एवम परिषद नियमावलीमा व्यवस्था भए बमोजिम प्रचलित मान्यता अनुसार सम्पुर्ण कर्मचारीहरुको पद अनुकुल काम कर्तव्य र अधिकार तोकिनुपर्नेमा नतोकिएको र सोही बमोजिम जिम्मेवारी समेत नदिइएको ।
४. यस पुर्व कर्मचारीहरुले विभिन्न माग राखि १५ चैत्र २०७२ देखि गरिएको आन्दोलन पश्चात १९ चैत्र २०७२ मा धनुषाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा कर्मचारी र कार्यकारी निर्देशक बीच भएको सम्पुर्ण सहमति पुर्ण रुपमा कार्यान्वयन नभएको ।
क. प्रशासन सँग सम्बन्धित दैनिक प्रशासन सम्बन्धि सम्पुर्ण कार्य व्यवस्थापन गर्नुपर्ने अधिकार प्रशासकिय अधिकृतलाई प्रत्यायोजन नगरेको ।
ख. मेस्तर पदमा स्थायी नियूक्ती पाई विसौं बर्ष देखि सेवारत कर्मचारी नरेश मेस्तरको प्रक्रिया अपनाई यथासिघ्र कारवाही फुकुवा नगरेको । सुधार गृहबाट पुर्ण स्वस्थ्य भई फर्किसकेका निज मेस्तरलाई कार्यकारी निर्देशकबाट सिर्जना गरिएको पुर्वाग्रही कानुनी अडचन देखाई हाजिर हुन नदिएको ।
ग. यसै परिषदमा कार्यरत चालक विजय रायको आकस्मात मृत्यु पश्चात कार्यकारणी समितिको निर्णय अनुसार का.स. पदमा नियूक्त भएकी निजकी पत्नी संगिता देवी रायलाई सहमति अनुसार म्याद थप नगरेको ।
घ. बढुवा हुन योग्यता पुगेका कर्मचारीहरुको बढुवाका लागि अबिलम्ब प्रक्रिया अगाडी नबढाएको ।
ड. कर्मचारीहरुको हक हितको संरक्षण, वृति विकास, सेवा सुविधा, तालिमका व्यवस्थापनका लागि आवश्यक पहल नगरेको र कर्मचारीहरुको समन्वयमा कार्यालय संचालन नगरेको ।
च. परिषदको नागरिक वडा पत्र जारी नगरेको ।
छ. आर्थिक बर्ष २०७२÷०७३ मा करिब १ करोड रकम फ्रिज गराएको ।
५. कार्यकारी निर्देशकको पदावधि ४ बर्ष रहेकै कारणले ऐन, नियमावलीमा व्यवस्था भएता पनि २३ बर्ष देखि कर्मचारीलाई एउटै पदमा रहन बाध्य बनाई पदोन्नती नगरेको ।
६. कर्मचारीको वृति विकास, पदोन्नती प्रति वेवास्ता गरेको ।
७. कानुनलाई आफु अनुकुल व्याख्या गरी असहमत हुनेलाई पदमुक्त गर्ने र सुधार गृहबाट सुधार भई फर्किसकेका मेस्तरलाई हाजिर गर्न नदिएको ।
८. शाखा परिवर्तन र खटाउने बहानामा कर्मचारीलाई जिम्मेवारी विहिन बनाइएको ।
९. दैनिक प्रशासन सम्बन्धी सम्बन्धित फाइलहरु र निर्णयहरु सम्बन्धित शाखा प्रमुखको जिम्मामा नदिई दैनिक कार्य संचालनमा बाधा खडा गरेको ।
१०. निजको पदावधि २०७३ चैत्र मसान्तसम्म मात्र रहेकोले निर्णय एवम लागत अनुमान विना निर्माण कार्यको सूचना प्रकाशन गरेको र सकेसम्म चाँडै आर्थिक लाभ लिन आफु अनुकुलको व्यक्तिलाई कोटेशन दिएको ।
११. कर्मचारीहरुको मनोवल गिराउन पटक पटक अनावश्यक तवरले फाँट सरुवा एवम स्पष्टिकरण सोध्ने गरेको ।
१२. यात्री निवासको जिन्सी सरसमान बरबुझारथ नगराई ठेक्केदारलाई संचालन गर्न कार्यादेश दिएको ।
आन्दोलनरत कर्मचारीको मागहरु
१. कार्यकारी निर्देशक उमेश यादवलाई अबिलम्ब हटाउनुपर्ने ।
२. हाल गरिएको प्राविधिक नियुक्तिलाई बदर गरी दक्ष प्राविधिकको नियूक्ति हुनुपर्ने ।
३. विगतमा धनुषाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा १९ चैत्र २०७२ मा भएको सहमतिको पुर्ण पालना गरिनुपर्ने ।
४. कार्यकारी निर्देशकको नियूक्ति नेपाल सरकारबाट हुनुपर्ने ।
५. परिषदको ऐन, नियमावली समय सापेक्ष संशोधन हुनुपर्ने ।


२०७३ कार्तिक १४ गते आईतबार

मुखर्जीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जीलाई जनकपुरमा भव्य स्वागत गर्न तयारी तिव्र पारिएको छ । अहिले जनपकुरमा सरसफाईसंगै सडक मर्ममत र मञ्च निर्माणको  काम धमाधम भइरहेको छ । आगामी कार्तिक १९ गते हुने हुने भ्रमणको क्रममा राष्टूपति मुखर्जीले जनकपुरको जानकी मन्दिरमा २० मिनेट दर्शन र पूजाआजाको कार्यक्रम तय गरिएको हो । त्यस पश्चात जनकपुरको तिरहुतियागाछीमा राष्टूपति मुखर्जीको भव्य समारोहबीच नागरिक अभिन्नदनको कार्यक्रम समेत तय भएको जनकपुर उपमहानगरपालिका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेलले जानकारी दिएका छन् ।
नगरप्रमुख लुईटेलका अनुसार जनकपुर विमानस्थलामा अवतरण पश्चात राष्टूपति मुखर्जीको सिधा जानकी मन्दिरको दर्शन एवं पूजाआजाको कार्यक्रम रहेकोले विमानस्थलदेखि  जानकी मन्दिरसम्म प्रत्येक ७५ मिटरको दुरीमा स्वागतद्वार बनाईदैछ ।  प्रत्येक गेटलाई राम्ररी सजाएर नेपाल भारतको झण्डा समेत लगाईने छ ।
जानकी मन्दिरमा दर्शन र पूजा गरिसके पश्चात तिरहुतियागाछीमा २५ मिनेट जति राष्टूपति मुखर्जीको भव्य समारोहबीच नागरिक अभिनन्दको कार्यक्रम रहेको छ । तिरहुतिया गाछीमा मञ्च निर्माण र स्वागतद्वार निर्माणको कार्य जारी रहेको छ । यस अघि जानकी मन्दिरकै प्रांगणमा राष्टूपति मुखर्जीको नागरिक अभिनन्दको कार्यक्रम हुने सरकारी निकायले तय गरेको थियो । तर, नेपाल र भारतका सूरक्षा निकायको बैठले अभिनन्दनको कार्यक्रम तिरहुतियागाछी नै उचित स्थल भएको भन्दै निर्णय गरेपछि तिरहुतियागाछी मैदानमा अभिनन्दको कार्यक्रम तय भएको कार्यकारी प्रमुख लुईटेलले बताएका छन् । हुन त यस अघि पनि भारतका राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जैल सिंह नेपाल भ्रमणको क्रममा जनकपुरको जानकी मन्दिरमा जानकीको दर्शन गर्ने बेलामा उहाँहरुलाई जानकी मन्दिरमै नागरिक अभिनन्दन गरिएको थियो ।
तर, पछिल्लो समयमा दुई बर्ष अघि राम जानकी विवाह पञ्चमी महोत्सवका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भनिएपछि सरकारले उनको पनि नागरिक अभिनन्दन जनकपुरको जानकी मन्दिरमै गर्ने तय गरेपछि स्थानीय नागरिकहरुले त्यसको विरोध गरेको थियो । भारतका प्रधानमन्त्री मोदी जस्तो व्यक्तित्व जनकपुर आउँदा जानकी मन्दिरको सिमित घेरा भित्र केही विशिष्ट व्यक्तिहरुको मात्र प्रवेश हुने र आम सर्वसाधारणहरुले उनको अभिनन्दन कार्यक्रममा सहभागी हुन नपाउने भन्दै उनको नागरिक अभिनन्दन जनकपुरको ऐतिहासिक रंगभुमि मैदान बारह विघामा हुनुपर्ने अडान राखेपछि सरकारले उनको नागरिक अभिनन्दनका लागि पछि गएर बारह विघा मैदानमा मञ्च निर्माणको कार्य सुरु गरेको थियो । तर, पछि विभिन्न कारणहरु देखाउँदै मोदीको जनकपुर भ्रमण रद्द गरिएको थियो । सायद, त्यो कुरालाई पनि ख्याल राख्दै नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसपटक मुखर्जीको नागरिक अभिनन्दन जिल्ला प्रहरी कार्यालय धनुषाको सामुन्नेमै रहेको तिरहुतिया गाछीलाई रोजेको हुनसक्ने स्थानीयवासीहरु बताउँछन् । मोदी भ्रमण हुने बेला सवारी मन्त्रीको रुपमा जनकपुरवासी समेत रहेका तत्कालिन भौतिक पुर्वाधार योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिलाई जिम्मेवारी नेपाल सरकारले दिएको थियो । पछि गएर तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नै निधिको स्वागतका लागि जनकपुर आउने भनिएको भएपनि अन्ततः मोदीको भ्रमण रद्द भएको थियो । तिरहुतिया गाछीमा भारतीय राष्टूपति मुखर्जीको नागरिक अभिनन्दन हुने कार्यक्रम तय भएपछि स्थानीय नगरवासी पनि अत्यधिक खुशि भएका छन् । जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत लुईटेलका अुनसार उक्त नागरिक अभिनन्दनमा सहभागिताका लागि जनकपुरका सम्पुर्ण सांसदहरु, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, धनुषाका जिल्ला स्तरीय र नगर स्तरीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यूवा क्लव तथा संघ संस्थाका प्रतिनिधिहरु र बुद्धिजिवी, समाजसेवी र नागरिक समाजलाई समेत उपमहानगरपालिकाको कार्यालयले आमन्त्रणा पत्र पठाएको छ । लुईटेलका अनुसार तिरहुतिया गाछीमा भिआईपीका अतिरिक्त सर्वसाधारणहरुलाई समेत प्रवेश दिइनेछ । राष्टूपति मुखर्जीको सवारी मन्त्रीको रुपमा नेपाल सरकारको पर्यटन मन्त्री जनकपुर आउने छन् ।
उनलाई नागरिक अभिनन्दनको रुपमा प्रदान गरिने अभिनन्दन पत्र नेपाली र मैथिली भाषामा लेखिएको छ । जनकपुरका बरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले तयार पारेको उक्त अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, राम र जानकी बिचको वैवाहिक सम्बन्ध, मिथिला र अवध बीचको सम्बन्ध, दुवै देशको भाषा संस्कृति लगायत नेपाल र भारत बीचको सम्बन्धलाई समेत बर्णन गरिएको लुईटेलले बताएका छन् । अभिनन्दन गर्दा काठमाण्डौमा काठमाण्डौ महानगरपालिकाले गर्ने झैं जनकपुरमा पनि उनलाई नगरको साँचो प्रदान गरिने कार्यक्रम तय भएको उनले बताए ।
जानकी मन्दिरमासमेत सरसफाई र मर्मत सम्भारको साथै रंगरोगन र सजाबटको कार्य भइरहेको जानकी मन्दिरका महन्थ रामतपेश्वरदास बैष्णवले बताएका छन् । तर जानकी मन्दिरलाई फुलले सजाइने हुँदा त्यो कार्य १७ र १८ गते विशेष रुपले हुने महन्थ बैष्णवको भनाई छ ।
तयारीको सरकारी अवलोकन
भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणको औपचारिक घोषणा भए लगत्तै स्थानीय स्तरमा भएको तयारीको अवस्थालाई अवलोकन तथा निरीक्षण गर्नका लागि नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा उच्च स्तरीय सरकारी टोली  १३ कार्तिकमा जनकपुर आई अवलोकन गरेको छ । हेलिकप्टरबाट आएको उक्त टोलीमा स्थानीय विकास मन्त्री हितराज शर्मा, मुख्य सचिव सोमलाल सुवेदी, नेपाली सेनाका रथी बलदेवराज महत, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्र कान्त अर्याल लगायतले जानकी मन्दिर र तिरहुतिया गाछीमा पुगेर निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा जनकपुरवासी समेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संचारकर्मीहरुसँग कुराकानी गर्दै भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले नेपाल र भारत बीच रहेको सांस्कृतिक, भौगोलिक, भाषिक, धार्मिक आदिको जनस्तरको सम्बन्धलाई समेत बल पुग्ने हुनाले मिथिला संस्कृतिमा अतिथि देवो भवः भनिए झैं भारतीय राष्टूपति मुखर्जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुपर्ने बताएका छन् ।
सहिदपथको सिलान्यास नहुने
भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आउँदा हुलाकी सडक अन्तरगतको शिवपथ मार्गको सिलान्यासको कार्यक्रम समेत तय भएको नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बताएका थिए । तर, अहिले अन्तिम चरणमा आएर उक्त कार्यक्रम रद्द गरिएको छ । जनकपुर देखि यदुकुहा सडक खण्डको निर्माण कार्यका लागि जनकपुरका पुल चौक स्थित सडकको मुखर्जीले सिलान्यास गर्ने भनिएपछि उक्त क्षेत्रको जिर्ण सडकलाई समेत स्थानीय प्रशासनले मर्मत तथा संभार गर्न लगाएका थिए । तर, त्यसतर्फ जाँदा सडकको अवस्था राम्रो नरहेको र सुरक्षालाई पनि ध्यान राख्दै सडक सिलान्यासको कार्यक्रम स्थगित गरिएको सुत्रको दावी छ ।
गुणस्तरहीन विकास निर्माण कार्य हुँदै
भारतीय राष्टूपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको नाममा धमाधम हुन लागेको विकास निर्माणको काम गुणस्तरहीन भइरहेको छ । आगामी कातिक १९ गते राष्टूपति मुखर्जी जनकपुर आउन लागेकोमा उनलाई भव्य स्वागत गर्न  सरकारी निकायबाट जनकपुरको सडक नाला निर्माण एवं मर्मतको काम हुन लागेको हो । तर उनको आगमनको नाममा हुन लागेको तिव्र विकास निर्माणको काममा कमसल सामग्रीको प्रयोग भइरहेको सर्वसाधारणहरुको गुनासो छ । जनकपुरको मुरली चोक हुँदै राम चोक(जनक चोक(जानकी मन्दिर सडकखण्ड र तिरुहुतीया गाछि सडक खण्डमा धमाधम टालटुलको रुपमा निर्माण शुरु गरिएको  हो । जीर्ण सडक तथा नालाका कारण विकासको गतिमा ज्यादै न्यून देखिएको जनकपुरमा भारतीय राष्टूपति मुखर्जी आउन लागेपछि सम्बन्धित पक्षले सडकमा मर्मत गुणस्तरहीन र कमसल सामग्रको प्रयोग भएको  स्थानीय राजकुमार मुखियाले गुनासो गरे । यसरी मौकामा चौका हान्ने दाउमा स्थानीय अधिकारीहरु भ्रष्टाचार गर्ने मौका खोजिरहने गरेको स्थानीयवासीहरु आरोप लगाउँछन् ।

 २०७३ कार्तिक १४ गते आईतबार