Wednesday, September 4, 2013

राज्यद्वारा बेपत्ता पारिएका डा. एल.एन. झाको अवस्था अझै अज्ञात




द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाली कांग्रेसले पञ्चायती व्यवस्था विरुद्ध सत्याग्रहको तयारी गरिरहेकै बेला २०४२ अषाढ १२ गते , २० जुन १९८५ मा नारायणहिटी दरबारको मुख्यद्धार र राष्टिूय पञ्चायतको मिटिंग हलमा बम विष्फोटन गरायो । उक्त बम विष्फोटनको जिम्मेवारी भारतको पटनामा भुमिगत रहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिंहले लिएका थिए । घटना पश्चात देशका विभिन्न ठाउंबाट सयौं मानिसलाई गिरफ्तार गरियो । कतिपय छुटे तर धुनषाका डा. लक्ष्मीनारायण झा , पदम बहादुर मोक्तान , इश्वरचन्द्र लामा , सत्यनारायण साह , सूर्यनाथ राय यादव , सप्तरीका साकेत चन्द्र मिश्र , दिलिप चौधरी , संखुवासभाका महेश्वर चौलागाइ हाल सम्म बेपत्ता नै छन । ती वेपत्ताहरुको अवस्था अझ सम्म अज्ञात नै रहेको छ । पञ्चायतकालबाट मुलुकमा प्रजातन्त्र हुंदै गणतन्त्र समेत आइसक्यो तर पनि तिनीहरुको अवस्थाबारे राज्यले औपचारिक रुपमा केही पनि भन्न सकेको छैन ।


को हुन डा. एल .एन.झा ?
धनुषाको देवडिया ८ का पिता नागेश्वर झा र आमा अन्नपूर्ण देवी झाको कोखबाट २००६ साल माघ महिनामा जेठो छोराका रुपमा जन्मीएका लक्ष्मीनारायण झा नगराईन स्थीत राजेश्वर निधि माध्यमिक विद्यालयबाट एस.एल.सी परीक्षा उतीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं गए । काठमाण्डौं अमृत साइन्स क्याम्पसबाट आइएससी प्रथम श्रेणीमा उतिर्ण भएका थिए । चिकित्सन संकायमा अध्ययनका लागि झा भारतको मुम्बई प्रस्थान गरे । दश वर्ष पछि एम.बि.बि.एस. , एम.एस. गरि गाउं फर्केका डा. एल .एन झाले २०३८ सालमा गाउंमै बजरंग मेडिकल आश्रम सञ्चालन गरि रोगीहरुको निशुल्क उपचार गर्न थाले । 
झाका प्रथम कम्पाउन्डर डेवडिहा ७ कै सत्यनारायण झा भन्छन , आंखाको उपचार बाहेक उनी सबै रोगको जांच गर्दथे । यहां सम्म कि कसैको ओपरेशन गर्नु पर्दा बिना एनेस्थेसियाकै पनि सफल शल्यक्रिया गर्नु हुन्थ्यो । सडक निर्माण शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा गाउंमै विकासका लागि योगदान पुरयाउने डा . झाले खिरखिरीयामा पोष्ट ओफिस हुदां हुदैं पनि आफ्नो गाउंका मानिसको सञ्चारका लागि छुटै पोष्ट ओफिस बोक्स नम्बर १५ लिएका थिए । त्यसै वर्ष सुधारिएको पञ्चायती व्यवस्थाको नारा दिएर गराईएको गाविस चुनावमा उनले आफ्ना गाउंका वडा नम्बर ७ र ८ का तर्फबाट चुनाव वहिष्कार नै गराए । त्यसपछि उनी जनकपुर आएर क्लिनिक संचालन गर्न थाले । त्यसैबेला सुधारिएको पञ्चायती व्यवस्थाको सन्दर्भमा के हामी मधेसी नेपाली हांै , सरकारी निकायको हरेक तह तप्कामा जनसंख्याको अनुपातमा हामी मधेसीको समानुपातिक सहभागिता छ लगायतका करिब ४० वटा प्रश्नहरुको प्रश्नावली बनाइएको थियो । 
संकटमोचन विद्यालयमा पढाउने शिक्षकहरु जयकृष्ण मिश्र , वैद्यनाथ मिश्र , मिथलेश मिश्र , रामेश्वर झा , महिमाचन्द्र ठाकुर लगायतका सहयोगमा उक्त प्रश्नावली तयार गरिएको थियो । हरिदेव मंडल , एलएन झा र उनका कम्पाउन्डर लगायतले दुई पृष्ठको उत्तर तयार पारे । ति उत्तर लिएर सिरहा गएका सिरहाका एक जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरे । पक्राउ परेका उक्त विद्यार्थीले एल.एन झाले उत्तर लेखेको बताएपछि झालाई भानु चौकको क्लिनिकबाट विहान ७ बजेतिर पक्राउ गरि सिरहा लगियो । उक्त घटना २०३९ साल भदौ तिरको हो । उनलाई पक्राउ गरेर लगेपछि बयानका क्रममा झाले राजा भ्रष्ट हो र बानासुरका सन्तान हुन भनेपछि बयान लेख्ने कुरै आएन । त्यसपछि उनलाई सेनाको मेजर कहां लगियो तर पनि उनको बयान फेरिएन । सात महिना पछि उनी रिहा भए । रिहा भएर जनकपुर आएर २०४० देखि २०४२ साल सम्म आमा अन्नपूर्णको नाउंमा विद्यापति चौकमा अन्नपूर्ण आश्रम नामले क्लिनिक सञ्चालन गर्न थाल्नु भयो ।
उनी आध्यात्मीक व्यक्ति पनि थिए । उनले खुलेरै त्यति बेलानै भविष्यवाणी गरेका थिए कि राजा बिरेन्द्रको वंश नाश हुने छ । राजा विरेन्द्रको राज योग नभएपनि उनी राजा भएका कारण उनका छोरा दिपेन्द्र राजा बन्नै नसक्ने उनले ठोकुवा गरेका थिए । भनिन्छ , उनी संग राजा विरेन्द्र भारतकी प्रधानमन्त्री इन्दिरा गांधी समेतको जन्म कुण्डली थियो । उनको एउटा रोचक प्रशंग के छ भने जनकपुरका ललन चौधरीले समातेको एउटा बांदरको बच्चा झाका कम्पाउन्डर मोदानन्द झालाई दिए । उक्त बांदरको हात हेरेर डा. झाले बांदर अतिनै भाग्यशाली रहेको बताउंदै यसलाई पाल्नु पर्छ भनेर रामानन्द चोक स्थित हनुमत दरबारका बाबालाई बोलाएर  बच्चा सहितको एउटा गाई दिएर पाल्न भनेका थिए । पछि गएर उक्त बांदरको तौल विश्वमै रहेको बांदरहरु मध्ये सबैभन्दा बढि तौल भएको साबित भई गिनिज बुक अफ वल्र्ड रेकर्ड मै कृतिमान स्थापित भयो । यी दुईटा कुरालाई विचार मात्र गर्ने हो भने उनले भविष्यवाणी गरेका दुवै कुरा पछि आएर सत्य भएको पाइन्छ । यता राजा विरोधी भनेर डा. झाको लोकप्रियता बढदै गएको थियो । त्यही चर्चा सुनेर भारतमा भूमिगत भई सशस्त्र संघर्षको तयारी गरि रहेका नवजनवादी मोर्चाका संयोजक रामराजा प्रसाद सिंहले उनलाई भेट गर्नका लागि बोलाए ।
हरिदेव मण्डल ( हाल एमाओवादी नेता ) , झा र उनका कम्पाउन्डर सिंहलाई भेट्न भारतको सितामढी गए । त्यहां राजाको विरुद्ध लडाई लड्न सिंहले आफूसंगै हतियार उठाउन भनेका थिए । म अहिले पनि राइफल लिएर १० किलोमिटर सम्म दौड्न सक्छु , आउं म संगै मिलेर संघर्ष गरौ भनेर सिंहले झा सामु प्रस्ताव राख्दा झाले यसो भने , हेर्नुस त्यो फलामको चक्कुमा मलाई विश्वास छैन म आध्यात्मीक मान्छे बरु तपाई पनि आफ्नो कार्यकर्ताहरुलाई हनुमान चालिसा पढ्न लगाउनुस , नैतिकवान बन्नुस र बनाउनुस । झा शान्तिपूर्ण संघर्ष चाहन्थे र उनी त्यहां बाट फर्किए । त्यसपछि सेना र प्रहरीले पनि सिंह संग भेटेर आएको खबर थाहा पाएपछि झा माथि निगरानी बढाए । त्यसैबेला २०४२ साल अषाढ १६ गते दरबारमा बम काण्ड भयो र घटनाको जिम्मेवारी सिंहले लिए । सोही घटनामा संलग्न भएको हुन सक्ने आरोपमा क्लिनिकबाटै झालाई पक्राउ गरियो । झाका बुवा नागेश्वर झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा चलाएपनि सरकारले मैले समातेकै छैन भनेर जवाफ दिएको थियो । झाका बुवा पनि समान्य मानिस थिएनन् । टंक प्रसाद आचार्यको सरकारमा उनी वन सहायक मन्त्री पनि भएका थिए । विगत ०४६ सालको आन्दोलन पछि देशमा बहुदल घोषणा भयो त्यसै क्रममा धनुषाका तत्कालिन एस .पि नारायण सिंह गुरुङ्गलाई धनुषा जिल्ला अदालतमा स्थानिय वासीले घेराउ पनि गरे तर झा अहिले कहां छन आफूलाई कुनै जानकारी नरहेको जवाफ फर्काए । झा पक्राउ परेका बेला प्रधानमन्त्री रहेका लोकेन्द्रबहादुर चन्द जनकपुर आएको बेला उनलाई पनि सोही प्रश्न गर्दा उनले पनि अनभिज्ञता प्रकट गरे । बहुदल आएपछि कृष्णप्रसाद भटराईको नेतृत्वमा सरकार बन्यो । कांग्रेसले गरेको सत्याग्रहको क्रममा समेत बेपत्ता भएकाहरु सम्बन्धि जांच गर्न गठित जनार्दन मल्लिकको आयोगले बुझाएको प्रतिवेदनमा महाराज गंज प्रहरीले डा. झालाई रिहा गरिसकेको उल्लेख गर्यो । पछि ३१ जुलाई १९९० मा  सूर्यबहादुर शाक्य संयोजक , वरिष्ठ अधिवत्ता वासुदेव ढुंगाना , डा. सच्चे कुमार पहाडी र प्रकाश काफ्ले सहित सदस्य रहेको समितिले २१ अप्रिल १९९३ मा प्रधानमन्त्री कृष्ण प्रसाद भटराईलाई बुझाएको प्रतिवेदनमा सन् १९६० ऐता २७ जना बेपत्ता भएको र बम काण्डमा पक्राउ परेका सात जना मध्ये पांच जनाको मृत्यु भईसकेको उल्लेख छ । 
बेपत्ता भएकालाई पनि शहिद सरह भट्टराई सरकारले प्रति व्यक्ति एक एक लाख रुपैंया क्षतिपूर्ति स्वरुप राहत दिने घोषणा गरेपछि झाका बुवाले पनि उक्त रकम लिएको हो भन्ने पनि भनिन्छ । यता आफ्नो छोराको अब सुख श्राद्ध गर्नु पर्यो कि भनेर भारतको विहार स्थित कलानेश्वर स्थानमा रहेका परमहंस बाबालाई झाका बुवाले सोध्न गए । त्यहां परमहंस बाबाले यसो भनेका थिए , कईसे कहि मर गेल , बा.......जीत्ते बा । कुम्हराके आबामे बिलाई के बच्चा कैसे बच गेल तेनाही भगवान ओकरो बचैले बा । त्यसपछि झाका बुवाले श्राद्ध पनि गराएनन । जेलमा रहेका बेला उनलाई सेनाहरुले निर्मम यातना दिनुका साथ साथै झुक्न भन्दा पनि उनी कहिल्यै झुकेनन । बरु आफूलाई उनी मिथिलापति हुँ , राम्रो संग व्यवहार गर भन्थे भन्ने कुरा बाग्मति अंचलका तत्कालिन सहायक अंचलाधिस बौवन ठाकुरले बताएका थिए ।
उनी आध्यात्मीक समाजवाद चिन्तनका साथ नेपाल र भारतको मिथिला क्षेत्रलाई अलग गरेर बृहत मिथिला देशनै बनाउनु पर्छ भन्ने नक्शानै कोरेका थिए । उनलाई दरबारमा राजा सामु पेश गर्दा उनी यसो भन्थे , एउटा ब्राह्मण तपस्यामा बसे तपाईको वंश नै विनाश हुने छ । जेलमा रहँदा जेलरको छोरालाई पेट दुखेको बेला उनले चक्कुलेनै ओप्रेशन गरेर उपचार गरि दिएपछि जेलरले झालाई सोधेका थिए के तपाईलाई रिहा गरि दिउँ । अनि उनी होइन भनेर जवाफ दिएका थिए । जहिले पनि धोति कुर्ता र टायरको चप्पल लगाउंने झालाई स्थानिय वासीले सोध्दा उनी भन्ने गर्थे नेपाली जनताको स्तर यो भन्दा माथिको छैन । 
झा का भाई अशोक कुमार झा भन्छन , उनी राजाको विरोधी यस कारण थिए कि देशमा जनता गरिबी र भुखमरिको शिकार थिए । त्यस्तो अवस्थामा के को राजा भन्ने गर्थे । उनलाई अहिले पनि दाई जिवितै रहेको आशा छ । त्यसैगरी झाका कम्पाउन्डर सत्यनारायण झालाई पनि उनी जिवितै रहेको विश्वास छ ।

मिति ः २०७०/०५/१६

न्याय माँग्दै बेपता पिडित परिवार



अजय अनुरागी
जनकपुरधाम............
हाम्रो सन्तान खोई ? बेपत्ता पार्ने काम बन्द गर, लास देउ की साँश देउ, बेपत्ताहरुलाई सार्वजनिक गर, हामीलाई न्याय देउ सहितका माँग राख्दै पिडित परिवारहरुले जिल्ला प्रशासन कार्यालय धनुषाको मुलद्धारमा १४ भाद्रमा धर्ना दिएका थिए । ३० औं बेपत्ता विरुद्धको अन्तराष्टिूय दिवसको अवसर पारेर १० वर्षे सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका नागरिकहरुको तर्फबाट पिडित वेपत्ता परिवारले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बाँस्तोला मार्फत मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए । आफ्नो सन्तानलाई बेपत्ता पारिएको १० वर्ष वितिसक्दा पनि अवस्था अज्ञात नै रहेको तथा हिन्दु धर्म अनुसार १२ वर्ष सम्म सन्तानको अत्तोपत्तो नहुँदा किरिया कर्म गर्नुपर्ने बाध्यता आउने भन्दै लास देउ कि त साश देउ भन्दै पिडित परिवारले ज्ञापन बुझाएका थिए ।
पिडित परिवारका अनुसार दश वर्षे शसस्त्र द्वन्दको दौरान  २०६० असोज २१ गते धनुषा जनकपुर नगर पालिका वार्ड नं. १० का संजिव कुमार कर्ण, सोही वडाका दुर्गेश लाभ जनकपुर न.पा. ४ का जितेन्द्र झा, कुर्था गाविस वार्ड नं.  का प्रमोद नारायण मण्डल र दुहवी गाविस वार्ड नं. ७ का शैलेन्द्र यादव लगायतका केही व्यक्तिहरु जनकपुर न.पा. ४ स्थित कटैया चौरीमा वसिरहेको अवस्थामा राज्यका तत्कालिन संयूक्त सुरक्षा फौजबाट गिरफ्तार गरिएको थियो । उनीहरुलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरे पश्चात केहीलाई सोही दिन रिहा गरिएको थियो भने संजिव कुमार कर्ण लगायत माथि उल्लेखित ५ जनालाई राज्यका सुरक्षा निकायले गैरकानुनी रुपमा आफ्ना नियन्त्रणमा राखी सके पश्चात हत्या गरी लास समेत वेपत्ता पारिएकोबाट पीडित परिवारले व्यापक रुपमा खोजतलास गर्दै जाँदा जिल्ला धनुषा तल्लो गोदार गाविस वडा नं. ३ स्थित कमलाको वाँध नजिक रहेको हेमकुमारी घिमिरेको नाममा दर्ता रहेको जग्गामा लास गाडिएको स्थान फेला पार्न सफल भएका थिए । धनुषा जनकपुर नगर पालिका वार्ड नं. ९ मा बस्ने मनोज दत्त र जिल्ला धनुषा नगराईन गाविस वार्ड नं. १ का रामचन्द्र लाल कर्णलाई मिति २०६०÷६÷२५ गते दिनका मनोज दत्तकै घरबाट राज्यका तत्कालिन संयूक्त सुरक्षा फौजबाट गिरफ्तार गरिएको थियो । उनीहरुलाई पनि राज्यका तत्कालिन सुरक्षाकर्मीले कुनै किसिमको पुर्जी विना गैर कानुनी रुपमा पक्राउ गरी लगेको र निजहरुको अवस्था हाल सम्म अज्ञात नै रहेको कारणले राज्यका सुरक्षा निकायबाट बेपत्ता पारिएको बताइन्छ  ।
त्यसै गरी जिल्ला धनुषा वेंगाडावर गाविस वार्ड नं. ९ का निवासी अमर विकलाई ललितपुरको टेकबाट तत्कालिन सुरक्षा फौजले ०६१÷८÷५ गते गैर कानुनी रुपमा पक्राउ गरी बेपत्ता पारिएको पिडित परिवारको दावी छ । तत्कालिन अवस्थामा देशमा चलिरहेको यूद्धका कारण ती घटना वाहिर आउन सकेन । देशमा माओवादी र सरकार बीच यूद्ध विराम भई शान्ति प्रक्रिया प्रारम्भ भएपछि ती घटनालाई राज्यको कानुनको दायरामा ल्याएर सो घटनामा संलग्न व्यक्तिहरुलाई कार्यवाहीको दायरामा ल्याउनु पर्छ भन्दै पिडित परिवार संगठित हुँदै न्याय प्राप्तिका लागि नेतृत्व गर्दै संजिव कुमार कर्णको हकमा जय किशोर लाभ र प्रमोद कुमार मण्डलको हकमा जिवछी देवी मण्डलले मिति २०६३ अषाढ २५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दरखास्त दर्ता गराएका थिए । त्यसै गरी मनोज दत्तको हकमा आमा उमा देवी दत्त र रामचन्द्र लाल कर्णको हकमा भाई प्रमोद कुमार कर्णले मिति २०६३÷७÷२ गते जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दरखास्त दर्ता गराएका छन । राज्यका सुरक्षा निकायले गैरकानुनी रुपमा पक्राउ गरी बेपत्ता पारिएका व्यक्तिका पिडित परिवारले न्याय प्राप्तिको चाहना अनुरुप आधिकारिक निकायमा जाहेरी दरखास्त दिए पछि सम्बन्धित निकायले अनुसन्धान गरी दोषी किटान भएका व्यक्तिको विरुद्धमा कार्यवाही गर्नू पर्ने थियो तर राज्यका सम्बन्धित निकायले आफ्ना जिम्मेवारी पुरा नगरी दण्डहिन्तालाई प्रशय दिएका कारणले जय किशोर लाभ र जिवछी देवी दुई जनाले सम्मानित सर्वोच्च अदालतमा सम्बत २०६३ सालको रिट नं. ०९११ नं. को परमादेश मुद्दा दायर गरेकोमा उक्त अदालतबाट “जाहेरी दरखास्तलाई विधि सम्मत रुपमा दर्ता गरी कानुन बमोजिम आवश्यक अनुसन्धान तहकिकात गर्नु भनी विपक्षीको नाममा परमादेशको आदेश जारी हुन्छ ” भन्दै मिति २०६५÷१०÷२० गते आदेश जारी भयो । त्यसै गरी पिडित परिवारका तर्फबाट उमा देवी दत्त र प्रमोद कुमार कर्णले सम्मानित पुनरावेदन अदालत जनकपुरमा दायर गरेको परमादेश मुद्दामा उक्त अदालतबाट समेत जाहेरीलाई विधिपुर्वक दर्ता गरी अविलम्ब अनुसन्धान गर्नु भनी मिति २०६६÷८÷१६ गते आदेश जारी भएको थियो । यति मात्र होइन राष्ट्रिय मानव अधिकार आयोगको पहलमा गोदारबाट ६ जनाको शव उत्खनन गरेर डिएनए परिक्षणका लागि फिनलेण्ड सहित ३ वटा फरेन्सीक ल्यावमा पठाइएको रिपोर्ट आईसकेपनि नेपाल सरकारले रिपोर्ट सार्वजनिक नगरी कानुनको कारवाही प्रक्रिया अगाडी नबढाएकोमा पिडित बेपत्ता परिवार आक्रोशित हुँदै गएका छन । 
  राज्यबाट पिडित वेपत्ता परिवारले आफ्ना न्याय पाउने अधिकारका लागि २०६३ साल देखि नै कानुनी रुपमा संघर्ष गर्दै आए पनि हाल सम्म न्याय पाएको अवस्था नरहेको तथा राज्यमा वस्ने प्रत्येक नागरिकको न्याय पाउने हक राष्टिूय तथा अन्तराष्ट्रिय कानुनीले सुरक्षित गरेको अवस्थामा  वेपत्ता परिवार यस हकबाट वंचित हुनु परेको पिडित परिवारको गुनासो छ ।
 नेपालको सन्दर्भ
नेपालमा तात्कालिन ने.क.पा. (माओवादी) ले २०५२ साल फाल्गुण १ गतेबाट राजनीतिक उद्देश्य प्राप्तिका नाममा सञ्चालन गरेको सशस्त्र संघर्षको औपचारिक विराम २०६३ साल मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता पश्चात कागजी रुपमा भएको छ । शान्ति सम्झौतामा उल्लेखित प्रावधानहरुको कार्यान्वयन त्यस सम्झौताका पक्षधरहरुले के कति पुरा गरे  भन्ने बारेमा सायदै अवगत नभएका नेपाली नागरिक पक्कै छैनन् होलान् । 
१० बर्षे सशस्त्र द्वन्दका क्रममा राज्य तथा तत्कालिन बिद्रोही पक्षबाट थुप्रै मानव अधिकार उल्लंघन र ज्यादतीका घटना हुन पुगे । सयांै ब्यक्तिहरुको गैर न्यायिक हत्या, बेपत्ता, गैर कानूनी थुना, यातना, बलात्कार, अपहरण, जवरजस्ती चन्दा असुली, बिस्थापित, सम्पत्ति कब्जा जस्ता घटनाहरु घट्न पुगे । बिद्रोही पक्षले सुराकी र जनयुद्धलाई असहयोग गरेको लगायतका आरोपमा त, राज्य पक्षले माओवादी पक्षलाई सखाप पार्ने नाममा मानव अधिकार उल्लघंन र ज्यादतीका अनगिन्ति घटनाहरु श्रृखलाबद्ध रुपमा घटाइए । ब्यक्तिको बाँच्न पाउँने अधिकार माथि नै धावा बोलिएको त्यो समयमा अन्य अधिकार हनन त सामान्य जस्तै भएको थियो । ब्यक्तिका कुनै पनि अधिकारहरु द्वन्दकालमा सुरक्षित रहेको अवस्था थिएन ।  
विगतको सशस्त्र द्वन्दका क्रममा भएका मानव अधिकार उल्लंघनका घटना मध्ये बेपत्ता एक प्रमुख घटनाको रुपमा रहेको छ । देश भरिबाट कति वेपत्ता पारिए भन्ने आधिकारिक तथ्यांक सरकारद्धारा अझै ल्याउन सकेको अवस्था छैन । नेपालमा वेपत्ताको अवस्था सम्बन्धमा सत्यतथ्य आउन नसकेपनि विभिन्न संस्थाहरुद्धारा गरिएका अनुसन्धान र अभिलेखिकरणका आधारमा हेर्दा आइसीआरसी को पछिल्लो तथ्यांक अनुसार १३४८ भन्दा बढी नेपाली नागरिक द्वन्दरत पक्षद्वारा वेपत्ता पारिएको छ जसमध्ये १० प्रतिशत महिला रहेका छन् । राष्टिूय मानवअधिकार आयोगका अनुसार करिब ११६२ जना व्यक्ति वेपत्ता पारिएको छ । जसमा राज्य पक्षवाट ८०९ , तत्कालिन ने.क.पा माओवादीद्घारा कब्जामा  लिईएका मध्ये २२७ जना र अन्यवाट १२६ रहेको उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेका तथ्याँक अनुसार करिब ९३५ जना भन्दा बढी व्यक्ति वेपत्ताको अवस्थामा रहेको र सो मध्ये ११० जनालाई माओवादीले वेपत्ता पारेको छ भने देशभरीको जिल्ला प्रशासन कार्यालय मार्फत शान्ति तथा पुननिर्माण मन्त्रालयमा बेपत्ता पारिएका नागरिकको परिवारजनले राहतको लागि दिएको निवेदनको आधारमा हेर्दा नेपालमा वेपत्ताको संख्या १ हजार ६ सय भन्दा वढी रहेको छ । वेपत्ता परिवार समाजका अनुसार ५ हजार भन्दा बढी वेपत्ता भएको बताउँछन । यी तथ्यांकले के देखाउँछ भने नेपालमा व्यक्ति वेपत्ताको श्रृंखला सशस्त्र द्वन्दमा व्यापक रुपमा रहेको थियो । धनुषाको हकमा हेर्दा ८ जनालाई राज्यपक्षवाट र एक जना भन्दा वढीलाई तत्कालिन माओवादी पक्षवाट वेपत्ता पारिएको तथ्याँकले देखाउँदछ, यद्यपि यो संख्या बढ्न पनि सक्छ । 
नेपालको सन्दर्भमा हेर्दा सर्वप्रथम २१ जुन २००४ मा वेपत्ता परिवारका ३३ सदस्यहरुद्धारा तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी वेपत्ताको सन्दर्भमा आप्mना गुनासाहरु प्रत्यक्ष रुपमा राज्यका समक्ष राखेको पाईन्छ । पछि पीडित परिवारका सदस्यहरुबाट अवस्था सार्वजनिक गर्नका लागि आमरण अनसन बस्ने घोषणासँगै तात्कालिन सरकारले १ जुलाई २००४ मा पहिलो पटक वेपत्ता सम्बन्धि छानविनका लागि तात्कालिन गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद मलेगोको संयोजकत्वमा एक आयोगको गठन गरेको थियो । जसले ३६ वटा मुद्दाहरुको पहिचान गरी २४ वटामा वेपत्ता पारिएको जनाएको थियो । उक्त आयोगले कुल ८ वटा प्रतिवेदनहरु सार्वजनिक गर्दै ४७२ जना मारिएको तथ्य बाहिर ल्याएको थियो । सन् १९९८ देखि २००४ सम्मको अवधिमा  मात्र करिब २७२ जना व्यक्ति वेपत्ता भएको तथ्यांक बाहिर आएपछि नेपालमा संयुक्त राष्टूसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले भैरवनाथ गण लगायतका सेनाका व्यारेक तथा विभिन्न थुनास्थलहरुको अनुगमन , अनुसन्धान गरी सन २००६ मा नेपाल सम्बन्धि विशेष प्रतिवेदन जारी गरेको पाईन्छ । जसले नेपालमा व्यक्ति वेपत्ता पारिएको विषय गम्भिर रुपमा विश्वव्यापी रुपमा बढाएको छ । २०६२÷०६३ सालको जनआन्दोलन पश्चात बामन प्रसाद न्यौपानेको संयोजकत्वमा गठित आयोगले पनि केहि कार्य गरेको पाईन्छ । यसले विभिन्न व्यक्तिहरुको अवस्था बाहिर ल्याउँदा कतिपय छाडिएको र कतिपय दोहोरो भिडन्तमा मारिएको र ६२ जनाको अवस्था अझैपनि अज्ञात रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर उक्त आयोगलाई नेपाली सेनाले सहयोग नगरेको गुनासो बाहिर आएको पनि यस सन्दर्भमा विर्सन सकिदैन ।  एडभोकेसी फोरम धनुषाका अध्यक्ष राजकुमार महासेठ भन्छन,“यी र यस्ता तथ्यलाई हेर्दा नेपालमा वेपत्ताको अवस्था अझै अज्ञात रहेको स्वतः प्रमाणित भएको छ । यद्यपी पीडित परिवारका सदस्यलाई फर्किएर आउने पो हो कि भन्ने आशाको त्यान्द्रो बाँकी नै रहेको छ ।जसको परिणाम आज नेपालको अन्तर्राष्टिूय पहिचान मानिस बेपत्ता पार्ने मुलुकका रूपमा दर्ता गर्नका लागि तत्कालिन राज्य तथा विद्रोही पक्ष सफल हुनपुगे । यस अर्थमा हेर्दा नेपालमा भएको सशस्त्र द्वन्द हिंसात्मक र गम्भीर मानवअधिकारको उल्लंघनको द्योतकको रुपमा रहेको र व्यक्तिको बाँच्ने अधिकारको विरुद्ध अभियानको रुपमा लाग्ने रक्त पिपाशु भन्दा अतिशयोक्ति नहोला । ”महिला अधिकारकर्मी हेमलता सिग्देल भन्छन,“तथ्यांक अनुसार राज्य तथा विद्रोही दुवैपक्षद्धारा व्यक्ति वेपत्ता पार्ने कार्य गरिएको यथेष्ट प्रमाण सार्वजनिक भई सकेका छन् र ती तथ्यलाई दुवैपक्षहरुले आत्मसात् पनि गरेका छन् । एक परिवारको ब्यक्ति वेपत्ता हुँदाको कहाली लाग्दो अवस्था आफैमा संवेदनशील हो भन्ने कुरालाई नेपालका राजनीतिक दलहरुले मनन् तथा स्मरण गर्न सकेका छैनन् । यो संबेदनसिलतालाई जव सम्म उचित वातावरण तयार गरि सम्बोधन गर्न सकिदैन तवसम्म यसले हामी जस्ता अभियानकर्ता लाई झकझकाई रहन्छ ।” अझ द्धन्द्वको समयमा आफु संगैको आश्रीत परिवारको बेपत्ताको संवेदनशीलतालाई कसैले पनि नजर अन्दाज गर्न सक्दैन । तसर्थ, वेपत्ताको संवेदनशीलतालाई चासोको रुपमा मात्र होईन, यसको गंम्भिरतालाई आत्मसाथ गर्दै वास्तविकता बाहिर ल्याउनुमा रहेको चुनौंतिलाई सामना गर्नकालागि सबै द्वन्द प्रभावित तथा पीडितहरु एक भएर लाग्नुपर्ने आजको आवश्यकता हो । 
नेपालमा बेपत्ता सम्बन्धी  कानूनको  पृष्ठभूमी ः  
बिगत सशस्त्र द्धन्दको क्रममा भएका वेपत्ता पार्ने कार्य लगायतका गंभिर प्रकृतीका मानव अधिकारका उल्लंघन र मानवता बिरुद्धको अपराधको अनूसन्धान गर्ने कूरामा राजनीतिक सहमति भै वृहत शान्ति सम्झौताले सो सम्बन्धी ब्यबस्था गरेको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३(थ) मा सशस्त्र द्वन्दको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको सम्बन्धमा गठित छानविन आयोगको प्रतिवेदनको आधारमा त्यस्ता व्यक्तिहरुको पीडित परिवारहरुलाई राहत उपलव्ध गराउने भन्ने व्यवस्था गरिएको छ । यसै सन्दर्भमा नेपालको सर्बोच्च अदालतले पनि बिभिन्न मितिमा पक्राउ परि बेपत्ता पारिएका ब्यक्तिहरुका आफन्तहरुले दायर गरेका मुद्दामा अदालतकै तर्फ बाट छानबिन टोली गठन गरी त्यसले दिएको प्रतिबेदन समेतको आधारमा उक्त “समस्याको प्रभावकारी संम्वोधन गर्नको लागि” सरकारलाई बिगत सशस्त्र द्धन्दको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुकोे खोजी गर्न एक उच्च स्तरिय आयोग गठन गर्न, वेपत्ता पार्ने कार्यलाई अपराधका रुपमा परिभाषित गर्न, नयाँ कानून वनाउन, बेपत्ता पार्नेकार्यमा संलग्न ब्यक्तिहरुलाई कारबाही गरी दण्डहीनता अन्त्य गर्न तथा पिडितलाई उपचार, राहत एबं क्षतिपूर्ति दिन निर्देशन गरेको छ । साथै विभिन्न किसिमको निर्देशनात्मक आदेश समेत जारी गरेको छ । यसैको फलस्वरुप अन्तरिम राहत निर्देशिका जारी गरी सीमित भएपनि राहत वितरण गर्न सरकार वाध्य भएको छ भने अर्कातिर कानुनको निर्माण गर्नपनि बाध्य भएको छ ।   कानूनको तर्जुमा सम्बन्धमा हेर्दा २०६४ सालमा सरकारले मुलुकी ऐनमा संसोधन मार्फत वेपत्ता पार्ने विधेयक ल्याएको थियो । मुलुकी ऐनको संसोधन मार्फत प्रस्ताबित उल्लेखित बिधेयक बेपत्ता सम्बन्धि कानूनको अन्तराष्टिूय मापडण्ड, सर्बोच्च अदालतले गरेको निर्देशन र बिगतमा भएका र निरन्तर बेपत्ता संबन्धमा नेपालको दायित्व बिपरीत भएको कुरा विभिन्न मानव अधिकारकर्मी संघ संस्थाहरुको व्यापक दबाव पछि सो उपर थुप्रै संशोधन प्रस्ताव परेपछि उक्त बिधेयकलाई संसदिय समितिले फिर्ता लिन बिशेष कानून मार्फत नयाँ कानून तर्जुमा गर्न सरकारलाई निर्देशन दियो ।  सरकारले अध्यादेश मार्फत यो कानून ल्याएको र त्यसमा मानव अधिकारवादी संघ सस्थाहरुको बिरोध र संसदमा यस बिषयमा छलफल हुन नसक्दा अध्यादेश स्वतः निष्कृय भयो । फेरी सरकारले बेपत्ता बिधेयकमा केही कुरामा संशोधन गरि मन्त्रीपरिषदबाट पारित गरि संसद समक्ष पेश गरेको थियो । नेपाल सरकारद्धारा तयार गरिएको वेपत्ता आयोग गठन गर्ने सम्बन्धि विधेयक व्यवस्थापिका संसदको विधायन समितिमा दफावार छलफल भएको थियो । विधायन समितिमा विधेयकमा प्रस्तुत गरिएका संशोधनहरुका सम्बन्धमा एकमत हुन नसकेपछि उपसमितिको गठन गरी अन्तिम प्रतिवेदन तयार गर्ने जिम्मा लगार्ईयो । तर  सो उपसमितिको वैठक बस्न नसकेको हुँदा विधेयक पारित गरी आयोग गठन हुने प्रक्रिया अगाडि बढ्न नसकेको  अवस्थामा  संविधानसभाको अन्त भयो ।   अतः सशस्त्र द्वन्द्वकालमा द्वन्दरत पक्षबाट भएका बेपत्ता सम्बन्धि घटनाहरुको छानबिनका अन्तराष्टिूय मापदण्ड अनुसारको पीडितको पक्षमा न्याय हुने गरि बेपत्ता सम्बन्धि कानूनको निमार्ण गरी, सो कानून बमोजिम बेपत्ता सम्बन्धि आयोगको निमार्ण गरी आयोगको सिफारिस बमोजिम पीडकलाई कारवाही र पीडतलाई न्याय र परिपुरण  ब्यवस्था गर्न सवै सरोकारवाला पक्ष आ–आफ्नो तर्फबाट तत्कालै लाग्नु पर्ने आवश्यकता देखिन्छ । 
अन्तर्राष्ट्रिय स्तरमा  बेपत्ता दिवसको सन्दर्भ 
अन्तर्राष्ट्रिय स्तरमा  अगष्ट ३० लाई वेपत्ता दिवसको रुपमा स्मरण गरी मनाउने गरिएको छ । सर्वप्रथम ल्याटिन अमेरिकाका विभिन्न देशहरुमा भएका निरंकुशता तथा मुक्तिका आन्दोलनहरुमा राज्यद्वारा आस्थाका आधारमा विभिन्न व्यक्तिहरुको वेपत्ता पार्ने कार्यका विरुद्ध संगठित रुपमा आवाज उठाउने उद्देश्यले ल्याटिन अमेरिकनहरुले जवर्जस्ती वेपत्ता पारिएको मानिसहरुको सम्झनामा उनीहरुका परिवारहरु समेतको उपस्थितिमा विभिन्न कार्यक्रम गर्ने गरि ँभ्म्भ्ँब्ः ( ँभमभचबअष्óल ीबतष्लयबmभचष्अबलब मभ ब्कयअष्बअष्यलभक मभ ँबmष्ष्बिचभक मभ म्भतभलष्मयक(म्भकबउबचभअष्मयक) नामक संस्थाको स्थापना एक गैर सरकारी संस्थाको रुपमा सन् १९८१ मा कोस्टारिकामा गरिएको पाईन्छ । यसले ल्याटिन अमेरिकी राष्ट्रहरुमा भएका बेपत्ता सम्बन्धि कार्यहरुको विरुद्धमा आवाज उठाउने कार्य गरेको पाईन्छ । तत्पश्चात औपचारिक रुपमा वेपत्ताहरुको सन्दर्भमा विविध कार्यक्रमहरु मार्फत विभिन्न राष्ट्रहरुमा भएका आन्दोलन तथा स्वतन्त्रताका अभियानहरुमा गरिएका ज्यादतीका विरुद्धमा समेत वेपत्ता पार्नेहरुलाई जवाफदेही बनाउने उद्देश्यका साथ सगठित रुपमा नै आवाजहरु उठ्न थालेको पाईन्छ । पछि वेपत्ता पार्ने कार्य गम्भिर मानवअधिकारको उल्लंघन हो भन्ने महसुश भई एमनेष्टि इन्टरनेशनल, संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालय, रेडक्रसको अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाहरुले पनि यसलाई मानवअधिकार विरुद्धको कार्यका रुपमा आप्mना अभियानहरुमा उठाउन शुरुआत गरेको पाईन्छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्वाधानमा संयुक्त राष्टूसंघले यसको महासभाको प्रस्ताव नं. ४७÷१३३ मार्फत १८ डिसेम्बर १९९२ मा म्भअबिचबतष्यल यल तजभ एचयतभअतष्यल या बिि एभचकयलक ाचयm भ्लायचअभम म्ष्कबउउभबचबलअभ नामक एक महत्वपूर्ण दस्तावेजको रुपमा घोषणापत्र नै जारी गरेपछि अन्तर्राष्ट्रिय रुपमा नै अभियानको रुपमा वेपत्ता सम्बन्धि मुद्दामा बहसको कानुनी तथा औपचारिक प्रारम्भ भएको पाईन्छ । यसपछि संयुक्त राष्टूसंघ अन्तर्गत वेपत्ता सम्बन्धि अवस्थाको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले स्थापित समितिले ४६ हजार भन्दा बढी वेपत्ता सम्बन्धि घटनाहरुको अभिलेखिकरण गरेपछि झन वेपत्ता पार्ने कार्यका सम्बन्धमा कानुनी तथा अधिकारमुखी दृष्टिकोणबाट बृहत छलफल अगाडि बढेको पाईन्छ ।  यसै सन्दर्भमा ३० अगष्ट २००७ का दिन फिलिपिन्समा भएको एभबकबलतकु ःयखझभलत मा संलग्न भए वापत त्यहाँको सुरक्षा निकायबाट वेपत्ता पारिएका तथा मारिएका सयौ व्यक्तिहरुका आफन्त तथा अधिकारकर्मीहरुको बृहत भेला सम्पन्न भई संगठित रुपमा आवाज उठाउने अभियान अगाडि बढेको पाईन्छ । ३० अगष्ट २००८ का दिन विश्वका विभिन्न देशहरुमा भएका यस्ता घटनाहरुबाट पीडित तथा अधिकारकर्मीहरुको भेला सम्पन्न भई क्ष्लतभचलबतष्यलब िऋयबष्तिष्यल बनबष्लकत भ्लायचअभम म्ष्कबउउभबचबलअभक गठन भएको पाईन्छ । जसले संयुक्त राष्ट्रसंघद्धारा व्यक्ति वेपत्ता पार्ने सम्बन्धि कार्यका विरुद्धमा पारित क्ष्लतभचलबतष्यलब िऋयलखभलतष्यल ायच तजभ एचयतभअतष्यल या ब्िि एभचकयलक ाचयm भ्लायचअभम म्ष्कबउउभबचबलअभ लाई लागु गर्नका लागि विश्वभरी नै अभियानका रुपमा लैजाने निर्णय गरेको थियो । यसरी विश्वमा भएका विभिन्न अभियान स्वरुप आज अगस्ट ३० का दिन वेपत्ता दिवसका रुपमा पीडित परिवार तथा अधिकारकर्मीहरुद्धारा विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्मरण गर्ने गरिएको पाईन्छ । 
वर्तमान सन्दर्भमा हेर्ने हो भने रोम विधान १९९८ ले व्यक्ति वेपत्ता पार्ने कार्यलाई मानवता विरुद्धको अपराधको रुपमा राखेको छ । सयुक्त राष्टूसंघद्धारा पारित महासन्धीले जबर्जस्ती बेपत्ता नगराइने प्रत्याभूतिका लागि राज्यलाई तोकेको दायित्वहरुमा कसैलाई पनि जवरजस्ती वेपत्ता नगराईने र गोप्य थुनामा नराखिने ,जवरजस्ती वेपत्ताको कार्यलाई कानूनद्धारा फौजदारी कसूर कायम गरी दण्डनीय वनाउने, राजनीतिक कसूर नमान्ने र आरोपित व्यक्तिको उपस्थितिको सुनिश्चतिता दिलाउन, सपुर्दगीकोे व्यवस्था गर्ने, जवरजस्ती वेपत्ता सम्बन्धी कार्यको अनुसन्धान गर्ने र जिम्मेवार रहेको व्यक्तिलाई न्यायको कठघरामा उभ्याउने, जवरजस्ती वेपत्ताका पीडितहरुलाई प्रभावकारी उपचारको अधिकार प्रत्याभुत गर्ने, जवरजस्ती वेपत्ताको आरोप लगाईएको घटनाको सम्बन्धमा निष्पक्ष छानविनको सुनिश्चितता गर्ने, उजुरकर्ता, साक्षी र पीडितका आफन्तहरुको संरक्षणको व्यवस्था गर्ने कानुनी व्यवस्था गर्ने जस्ता दायित्वहरु निर्धारण गरेको छ । नेपाल यसको पक्ष राष्टू भई नसेको भएतापनि नेपाल सयुक्त राष्टूसंघको सदस्य राष्टू भएको र विभिन्न २० वटा भन्दा बढी मानवअधिकार तथा मानवीय कानुनहरुको पक्ष भएका कारण सयुक्त राष्टूसंघको वडापत्रको धारा २५ अनुसार पनि नेपालले पनि यी दायित्वहरुलाई आत्मसात गर्नुपर्ने कुरालाई वेवास्ता गर्न सक्तैन ।

मिति ः २०७०/०५/१६

Tuesday, August 27, 2013


                अजब–गजब छ बा !  -- सुदर्शन सिंह  

म पहाडीया बाहुनको छोरा त हो नै तर यस पाली मधेसको छोरा भएर मधेसकै लागि लड्न पो खोजेको हो !

समाजिक सुरक्षा भत्ताको लाखौं रकम लिएर गाविस सचिव फरार





द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गाविस सचिबहरुले समाजिक सुरक्षा भत्ताको रकम व्यक्तिगत प्रयोजनमा खर्चिदै आएको आरोप लाग्दै आए पनि धनुषाका एक गाविस सचिवले समाजिक सुरक्षा भत्ताको लाखौ रुपैया लिएर नै फरार भएको खुलासा भएको छ । जेष्ठ नागरिक र एकल महिलाहरु समाजिक सुरक्षा भताको लागि गाविस सचिब खोज्दै जिविसको कार्यालय आएपछि खोजबिन गर्दा यस्तो खुलासा भएको हो । 
    धनुषा सखुवा महेन्द्रनगरका तत्कालिन गाविस सचिब र जिविसका खरिदार धिरेन्द्र झा समाजिक सुरक्षा भताको रकम अनियमितता गरेको आरोपमा बिशेष अदालतमा मुद्दा खेपिरहेको खटना सेलाउन नपाउदै धनुषाकै एक सचिब लाखौ रुपैया लिएर फरार भएको घटनाले अहिले निकै चर्चा पाएको छ । धनुषाको उतरबर्ती क्षेत्र उमाप्रेमपुर र लवटोली गाविसका सचिब लाखौ रुपैया लिएर फरार भईदिएपछि जेष्ठ नागरिक, एकल महिला र अशक्तहरु बिचल्लीमा परेका छन । 
    दुबै गाविसको संयुक्त कार्यभार सम्हाल्दै आएका गाविस सचिब रामसुन्दर यादब ९ सय  २२ जना जेष्ठ नागरिक, एकल महिला, अशक्त र दलित बालबालिकाको नाममा समाजिक सुरक्षा भता बितरणको लागि लगेको करिब ४० लाख रुपैया लिएर नै फरार भएका छन ।
     जिल्ला विकास समितिबाट बितरणको लागि लगेको आठ महिनाको रकम लिएर नै फरार भएपछि स्थानिय प्रशासनले पक्राउ पुर्जि नै जारि गर्नु परेको छ  ।
जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको हो । धनुषाका विभिन्न गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ताको नाममा जिविसबाट लगेको रकम आप्mनो निजी कामकाजमा खर्चिएकै कारण हरहिसाब मिल्न नसकेपछि २८ करोड भन्दा बढी रकम फछ्र्याैट हुन बाुकी रहेको छ ।
    वृद्धवृद्धा, अपाङ्ग र असहायको नाममा आएको भत्ता अनियमितता गर्ने गाविस सचिव र कर्मचारीबाट रकम असुल उपर गरि कारबाही गर्नु जरुरी छ । धनुषामा वषोै देखि गाविस सचिवहरु गाविसमा नबसेर सदरमुकाम मै डेरा जमाई बस्दै आएका छन । कतिपय गाविस सचिवहरु आफ्नो कार्यालयमा फर्के पनि कति पय जनकपुरमा कोठा भाडा लिएर काम गरिराखेको अवस्थामा सेवा ग्राहीलाई मार्का पर्ने गरेको छ । स्थानीय विकास अधिकारीले गाउँमा फर्कन निर्देशन दिएपनि गाविस सचिवहरुले उक्त निर्देशनलाई अटेरी गर्दै आएका छन ।

मिति ः २०७०÷०५÷०९

छात्रालाई पेट्रोल छर्केर जलाइयो




द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

प्रेम प्रस्ताव स्वीकार नगर्दा धनुषा मुखियापट्टी मुसरनियाँकी एक किशोरीले शारिरक यातनाको शिकार बन्नुपरेको छ । किशोरी सँगै पढ्ने एक केटाले ‘मसँग प्रेम गरेनौ भने बच्न पनि नदिने ’ भन्दै जिउँदै जलाउने प्रयास गरेको छ । मुसरनियाँकी १८ वर्षीया एक छात्रालाई ४ भाद्र दिनको साढे ११ बजेको समयमा नजिकै रहेको भारत विहारको रामपुर गाउँबाट कोचिङग पढेर फर्कने क्रममा बाटोमा तुल्सीयाही गाविसमा बस्दै आएका १८ वर्षिय सन्तोष कुमार महत्तोले एक्कासी आएर पेटूोल छर्केर जिउँदै जलाउने दुष्प्रयास गरिएको पिडित परिवारजनले बताएका छन् ।
    जनकपुर अञ्चल अस्पतालको ओछयानमा जीवन र मृत्युसँग जुधिरहेकी उक्त छात्राको बाँया पट्टी कम्मर भन्दा माथि अनुहारसम्मको भाग जलेर सिकिस्त घाइते भएपछि थप उपचारका लागि ६ भाद्रमा धरान रेफर गरिएको छ । पिडक भारत विहार मधुवनी जिल्लाका पिगौना बस्ने सन्तोष महतो हुन् । उनि हाल धनुषा तुल्सियाही ७ स्थित मामा घरमा बस्दै आएका थिए । पिडक महतो भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको मटिहानी श्रीराम माविमा पढिरहँदादेखि पछि लागेका सन्तोषसँग बच्न अभिभावकले उक्त छात्रालाई भारत बिहारको मधवापुर विद्यालयमा भर्ना गरि गरेका थिए । तर त्यहाँ पनि एकतर्फी परिरहेको प्रेमको दबाव सहन नसकेर घर फर्किन । आइएस्सी पढ्ने उक्त छात्रालाई पछि लागेका सन्तोषले गाउँमै पुगेर प्रस्ताव गरेपनि नमानेकी छोरीलाई जिउँदै जलाउने प्रयास गरिएको पिडितका बुवाले बताए । उनका अनुसार कोचिङग पढेर फर्किरहेकी छोरीलाई मंगलबार बिहान ११ बजे बाटोमा एक्लो पाएको अवस्थामा जीउमा पेटूोल खन्याएर आगो बालिदिएको थियो । प्रायः सुनसान देखिने बाटो भएकोले कोही बचाउने सक्ने व्यक्ति नदेखेर  ती छात्रा एक्लैले धानको खेतमा आफैलाई लछारपछार गरी आगो निभाएकी थिइन् । उनको अनुहार, टाउको र हात लगायत शरिरको अन्य भागमा छाला डढेको छ । तीन दिनदेखि जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ मालतीको स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारको लागि धरान लग्न सुझाए पछि धरान रेफर गरिएको हो ।
    घटना लगत्तै जानकारी पाएको मुखियापट्टी प्रहरी चौकीले घटना स्थलबाट बरामद गरेको सलाई र साइकलको आधारमा घटनामा सन्तोषको संलग्नता पहिचान भएको प्रहरीले जनाएको छ । उनलाई सम्पर्कमा ल्याउन दबाव स्वरुप तुल्सियाही (७ बस्ने सन्तोषका नाना(हजुरबुवा) लक्ष्मी महतोलाई प्रहरीले पक्राउ गरे पनि कांग्रेसको स्थानीय नेताको दबावमा छोडेको आफन्तले आरोप लगाएको छ । यता,प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले घटनाको अनुसन्धान भईरहेको बताए । अपराधिको पहिचान भईसकेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलकी प्रमुख सुभद्रा आलेले भने,‘ अपराधि भारत तिर फरार भएकोले केहि समस्या भईरहेको छ तर अपराधीको आमालाई पक्राउ गरी अपराधी समात्न प्रयत्न गरिने छ ।’


मिति ः २०७०/०५/०९

धनुषामा थपिए २ हजार ५ सय ५४ मतदाता


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोस्रो पटकको लागि भाद्र १ देखि ७ गते सम्म थपेको म्यादभित्र जनकपुरमा २ हजार ५ सय ५४ जनाले फोटो सहितको मतदाता परिचय पत्र बनाएका छन् । सर्बसाधारणले जनकपुर स्थित जिल्ला निर्बाचन कार्यालय धनुषामा उपस्थीत भई फोटो सहितको मतदाता परिचय पत्र बनाएका हुन् । राजनीतिक सहमतिको आधारमा थपिएकोसमय भित्र जनकपुरमा क्रमशः भाद्र १ गते ५० जना, २ गते १ सय ९० जना, ३ गते ४ सय २४ जना, ४ गते ४ सय १७ जना, ५ गते ९१ जना, ६ गते ५ सय २७ जना र ७ गते ८ सय ५५ जना गरि कुल २ हजार ५ सय ५४ जना नागरिकहरुले मतदाता परिचय पत्रको लागि निर्बाचन कार्यालय पुगि फोटो खिचाएका छन् । उक्त संख्या मध्ये १ हजार ८ सय ४० जना मात्र धनुषाका मतदाता हुन भने बाँकी ७ सय १४ जना अन्यत्र जिल्लाका मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख निर्वाचन अधिकृत जानकी कर्ण भन्छन,“
गाउँ गाउँबाट छुटेका मतदाताहरुलाई जनकपुर ल्याउन राजनीतिक दलहरुले उत्साह पुर्वक सक्र्रिय सहभागिता देखाएको भए उक्त संख्या अझै बढने थियो । तर दलहरुले उक्त कार्यलाई प्राथमिकतामा राखेको देखिएन ।” सरकारले थपेको समय एक साता भित्र फोटो सहितको मतदाता परिचय पत्र बनाउन नागरिकहरुको घुईचो नै लागेको थियो । सवैभन्दा वढी अन्तिम दिन मान्छेको भिड लागेको थियो । नगर भित्रका बासिन्दाले मतदाता नामबलीमा आफ्नो नाम दर्ता गराएपनि ग्रामिण क्षेत्रका हजारौ नागरिक अझै बन्चीत रहेको अनुमान गरिएको छ । मतदाता परिचय पत्रको लागि यस अघि नै धनुषाका ३ लाख ४१ हजार ८८ जना नागरिकले फोटो खिचाईसकेको निर्बाचन कार्यालयले जनाएको छ । जस अन्तरगत क्षेत्र नं. १ मा ४६ हजार ७ सय २८, क्षेत्र नं. २ मा ४५ हजार २ सय ३१, क्षेत्र नं. ३ मा ४८ हजार ५ सय १८, क्षेत्र नंं ४ मा ५२ हजार ९ सय ४६, क्षेत्र नंं ५ मा ४८ हजार ३, क्षेत्र नं. ६ मा ४९ हजार ६ सय ९५ र क्षेत्र नं. ७ मा ४९ हजार ९ सय ६७ जनाले मतदाता परिचय पत्र बनाएका थिए । ती संख्या मध्ये १ हजार ४ सय १९ जना बाहिरको जिल्लाका मतदाता थिए । अब सम्पुर्ण क्षेत्रमा कति मतदाता भए त्यसको हिसाव गर्न बाँकी रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी महोत्तरीमा थप गरिएको म्याद भित्र १ हजार ६८ जना नागरिकले मात्र मतदाता परिचय पत्र बनाएका छन ।

मिति ः २०७०/०५/०९

जनता र राजनैतिक दलहरु बीचको सम्बन्ध - एन.के. झा


एन.के. झा
nkjha_123@yahoo.com
मिथिला विहारी स्थान, कचुरी २

  राज्य संचालन व्यवस्थाका लागि आफ्नो प्रतिनिधि चयन गर्न निर्वाचनमा मतदान गर्न पाउने वर्तमान नेपालको सार्वभौम अखण्डता भित्र बसोवास गर्ने व्यक्ति नै ‘‘जनता’’ हो । राष्ट्रको दृष्टिमा सबै जनता समान स्वतन्त्र हुनुपर्छ । जनतालाई राष्ट्रले राजनैतिक, आर्थिक, न्यायिक, सामाजिक, संस्कृतिक समान स्वतन्त्रता दिनु पर्छ । १ एक व्यक्ति १ एक मत हुने राजनैतिक समानता राज्यले दिए जस्तै आर्थिक समानता दिएको छैन । आर्थिक समानता नभए न्यायिक समानता हुनै सक्दैन । देशको जनताको मुुुुख्य तीन रुप हुन्छ । जनता कही सरकारको रुपमा छ, कहि कर्मचारीको रुपमा त कहि राजनैतिक दलको रुपमा । यी तीनै वाहेकको अर्को रुप ‘‘मतदाता(जनता’’ हो, जुन निर्वाचनमा मतदान मात्र गर्छ, जसलाई राजनैतिक दलले ‘ख्यतभ द्यबलप’ को रुपमा प्रयोग मात्र गर्दछ । सरकार, कर्मचारी, राजनैतिक दलहरु ख्यतभच माथि शासन गर्दछ । मतदाता ‘‘जनता’’ मध्ये कोही उद्योगी, व्यापारी, कृषक, श्रमिक, सेवा, पेशा, कर्मि र सामान्य नागरिकको रुपमा हुन् । जुन शासक वर्ग सरकार, कर्मचारी, राजनैतिक दलबाट शासित छन । 

नागरिकको मुल कर्तव्य ः
१.    राष्ट्रलाई सबै समस्याबाट निकास दिलाउन ध्यान केन्द्रित गर्ने ।
२.    सार्वभौम शक्तिको प्रयोगको माध्यम जनमत संग्रह, निर्वाचन र शान्तिपुर्ण आन्दोलन÷प्रर्दशन÷सभा             सम्मेलनमा भाग लिई आफ्नो चाहना र भावना अभिव्यक्त गर्ने । 
३.    सार्वभौम अखण्डताको सुरक्षा र सम्मान गर्ने ।
४.    राष्ट्रियगान, राष्ट्रिय झण्डा प्रति सद्धा र सम्मान गर्ने ।
५.    नेपाली भाषालाई राष्ट्रिय एकताको भाषको रुपमा अपनाउने ।
६.    भाषिक, धार्मिक, भोगोलिक, जातिय, सांस्सकृतिक एकता र अनेकतामा एकता कायम राख्न                   ”हिन्दु, बौद्ध, मुस्लीम, सिख, ईसाई ( ई सबै हुन भाई भाई र हिमाल पहाड तराई कोई छैन   पराई“    राष्ट्रिय एकताको नारा आत्म साथ गर्ने ।
७.    जननिर्वाचित संविधान सभावाट बनाईएको संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान                   लागु  गर्न जन अनुमति दिने ।
८.    सार्वभौम अखण्ड राष्ट्र सबै नेपालीको साझा घर, साझा भुगोल हो भनी स्वीकार गर्ने ।
९.    प्राकृतिक वातावरणको सम्र्वद्धन, प्राचिन गौरवसाली संस्कृति परम्पराको रक्षा गर्ने ।
१०.    सार्वजनीक सम्पतीको रक्षा र उपयोग गर्नमा नागरीक समान अधिकार प्रयोग गर्ने । प्राणीमाथी दया करुणाभाव राखी मानव धर्म र भाई चाराको सम्बन्ध कायम राख्ने ।  बहुराष्ट्रिय लोकतान्त्रीक समतामुलक समाजको निमार्ण गर्ने ।
११.    आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारमा बाधा नपु¥आउने । सार्वभौम अखण्डता  भित्र भ्रमण बसोबास, जिकोर्पान, स्थीर सम्पती खरिद विक्रि, उद्योग धन्दा व्यपार व्यवसाय संचालनमा नागरिकको समान सवतन्त्रता प्रति अटल श्रद्धा सम्मान राख्ने ।

    राष्ट्रप्रति सबै जनताको समान दायित्व र जिम्मेवारी हुन्छ  । राष्ट्रले सबै जनतालाई आ(आफ्नो कार्य जिम्मेवारी पूरा गर्न स्वतन्त्रता दिनु पर्छ । एकले अर्का माथि अंकुश दिनु हुँदैन । विना कारण, प्रमाण वेगर एकले अर्का माथि दोष आरोपन गर्नु हुँदैन । आपसी सम्बन्ध, विश्वास, भाइचाराको परस्वपारिक सहयोगात्मक भावपुर्ण सम्बन्ध हुनुपर्छ । एकले अर्काको भावना नबुझने, अस्तित्व नस्विकार्ने, आदर कदर नगर्ने, खुट्टा तान्ने प्रवृति हटाउनु पर्छ ।  वर्तमान गतिरोध अन्त गर्न राष्ट्र निर्माणमा सबैले आ–आफ्नो स्तरबाट साझा सहयोगात्मक भुमिका निर्वाह गर्ने स्वतन्त्र हुनुपर्छ ।
    यो देश जनताको हो । जनाता नै देश हो । जनता विनाको देश, देश विना जनता हुनै सक्दैन । जनता देशको मालिक हो । जब देशमा संकटको स्थितिमा हुन्छ तब जनताले बोल्नु पर्छ । जनताले देशलाई संकटबाट बचाउनु पर्छ । देशमा संकट परेको बेला जनता चुप लागेर बस्नु हुँदैन । आवश्यकता परे आ–आफ्नो सर्वस्व सम्पर्ण गर्न सक्नुपर्छ । मतदाता जनताले निर्वाचनमा मतदान गरि राष्टूप्रतिको कर्तव्य पुरा गरेको ठान्नु हुदैन । सवै जनताले जनजवाफदेहिता बुझ्नु पर्छ । विघटीत संविधान साभाबाट सहमती हुन नसकेका राष्टूका विवादित प्रमुख मुद्दाहरुमा जनताले नै निर्णय दिन आवश्यक छ ।
जनता राष्टूको सर्वोच्च शक्ति हो । जनताले आफ्नो भावना र चाहना अनुसार राज्य संचालन गर्न पहरेदारी दिने, पहरेदार ‘सिपाही’ पनि हो । राष्टूलाई संकटको घडीबाट पार लगाउने जनता नै अन्तरीम शक्ति श्रोत को साध्य हो । जनताले आफुलाई मन पर्ने कुनै १ राजनैतिक दल बीचार सिद्धान्तमा आवद्ध रहनु पर्छ । बन्दुकको गोली भन्दा जनताको मत शक्तिशाली हुन्छ । जनताको गलत मत प्रयोगले राष्ट्र समाप्त पर्न सक्छ । राष्टूले ५०% भन्दा बढी अनविज्ञ जनतालाई संविधान र संविधानसभा के हो ? त्यसको महत्व बारे मतदाता जागरण अभियान सरकारले चलाउनु पर्छ । तसर्थ पैसा जात, वर्ग, क्षेत्र नाता सम्बन्धको आधारमा मतदान नगर्ने संकल्प लिनु पर्छ । संविधानले दिएको कार्य अधिकार भित्र रही संवैधानिक सर्वाेच्चता, कानुनी राज्यको अवधारणा र न्यायलयको निर्णय फैसलालाई सवै जनताले मान्नु पर्छ ।
    मतदानमा भाग लिने अथवा नलिने जनताको स्वतन्त्र अधीकार हो । जर्वदस्ती निर्वाचनमा मतदान गराउने अथवा मतदान गर्न चाहने जनतालाई कुनै अवरोध गर्ने, बुथ क्याप्चर गर्ने, मत पत्र छाप्ने, मत पेटीका खोस्ने वा लुटने, स्वतन्त्रको वतावरण विगारने कार्य जनताले गर्नु र गर्न दिनु लोकतन्त्र स्थापना विरुद्धको कार्य हो । जनताले आफुलाई मन पर्ने कुनै एक राजनैतिक विचार सिद्धान्तलाई अपनाउनु पर्छ र त्यसलाईनै मतदान गर्ने निर्णय मान्नु पर्छ । जनताले कुरा एक थरी काम अर्को थरी गर्नु हुदैन । एउटा राजनैतिक विचर सिद्धान्तमा अडिक भएर रहनु पर्छ । एउटा जनतामा एक भन्दा बढी राजनैतिक विचार सिद्धान्त रहेको, एउटै विचार धारामा उभिन नसकेका कारण देश अनिर्णायक घेराको बन्दी भित्र फसेको छ । बन्दीबाट मुक्तीहुन देशले मागेको कुरा जनताले दिनु पर्छ अनि मात्र जनताले मागेका कुरा देशले दिन सक्छ ।
    राज्य संचालन व्यवस्था गर्न एउटा निश्चित राजनैतिक सिद्धान्त उद्देश्य प्राप्तिका लागि समान, इच्छा, चाहना, भावना भएका जनता मिली विधिवत स्थापित भै राष्टिूय मान्यता प्राप्त राजनैतिक संस्था नै राजनैतिक दल÷पार्टी हो । जनताको केही अंश राजनैतिक दलको रुपमा पनि हुन्छ । आफुलाई मन पर्ने राजनैतिक सिद्धान्त बोकेको राजनैतिक दलमा आवद्ध हुने तथा त्यस दललाई मतदान गर्ने पुर्ण स्वतन्त्रता जनतालाई हुनुपर्छ । जनताले कुनै राजनैतिक दलको सदस्यता लिनु पुर्व तथा मतदान गर्नु पुर्व त्यस दलको राजनैतिक उद्देश्य सिद्धान्त निती तथा कार्यक्रम, राजनैतिक घोषणा तदअनुसार सभ्य राजनैतिक कार्य संस्कारलाई राम्ररी बुझ्न आवश्यक छ । राजनैतिक दलहरुले आफ्नो दलगत राजनैतिक उद्देश्य सिद्धान्त घोषणा निति तथा कार्यक्रम अनुसारको कार्य व्यवहारवाट जनताको मत प्राप्त गर्नुपर्छ । गुण्डा पालन र परिचालन, संरक्षण गर्नु हुदैन । जात, धर्म, क्षेत्र, वर्ग, पैसा प्रलोभन, डर, त्रासको आधारमा मत माग्नु हुदैन । राजनैतिक दलहरु सत्तामा बस्दा एउटा कुरा, सत्ता बाहिरीएपछि अर्को कुरा गर्नु हुदैन । राजनैतिक सिद्धान्त जनमतको कदर गर्न जननिर्वाचित सांसदले स्वेच्छाले दल बदल्नु हुदैन । लोकतन्त्रको स्थापना मर्यादा र रक्षाका लागि जनताबाट निर्वाचित संसदले आफ्नो क्षेत्र निरन्तर भ्रमण गरी जन भावना सँग सम्बन्ध कायम राख्न सक्नु पर्छ । वर्तमान अवस्थामा राष्ट्रको राजनैतिक र सवैधानिक समस्या समाधान गर्नमा राजनैतिक दलहरु असफल भइसकेको छ । राजनैतिक दलको सफलताको लागि पुनः नयाँ संविधानसभाको निर्वाचन गराउनु पुर्व राजनैतिक सहमति कै आवश्यकता छ । कर्मचारीतन्त्रको सफलता नै राजनैतिकतन्त्रको सफलता हो भने बुझ्न नसकेका राजनैतिकतन्त्रको सरकार असफलताको सिकार बन्दै आएका छन् । राजनैतिक र संवैधानिक समस्या समाधानको आधार वेगर नयाँ संविधानसभाको निर्वाचन गराउने प्रमुख ४ दलको र विघटित संविधानसभाको विवादित विषयमा राजनैतिक सहमति वेगर निर्वाचनमा भाग नलिने एवं निर्वाचनको तिथि तोक्न र शासन सत्ता प्राप्त गर्न हत्तार गर्ने दलहरु तथा  वर्तमान चारदलीय सहमतीय सरकारको विपक्षी निर्वाचन वहिस्कार गर्ने ३३ दलको बीच सहमति हुन आवश्यक छ । सर्वदलिय सहमति पछि नयाँ संविधानसभा निर्वाचनको तिथि तोक्दा उपयुक्त हुने जन विश्वास छ ।
    लोकतान्त्रिक संविधानको जन्म संविधानसभाबाट हुने भएको हुँदा जनताबाट निर्वाचित नयाँ संविधानसभाले संविधान बनाउने कार्य बाहेक संसदिय परम्परा व्यवस्था अनुसार सरकार गठन गरि सरकार चलाउने काम दिए÷लगाए पुनः पुरानै स्थिति दोहरीन सक्छ, सरकार गठन÷विघटनको घृनित खेल फेरि सुरु हुन सक्छ । संसदहरु संविधान बनाउने कार्य छोडेर सत्ता÷भता प्राप्तीको कार्यमा बढी समय खर्चिने छ । जनताले जुन कामको लागि मतदान गरेको छ, संविधानसभाले त्यही काम पूरा गर्नु पर्छ तसर्थ लोकसभा व्यवस्थापिका शांसदले संसदीय परम्परा अनुसार सरकार बनाउने कार्य जस्तो संविधानसभालाई सरकार बनाउने कार्य नदिने दलगत सहमति हुनुपर्छ । संविधान निर्माण पछि संवैधानिक व्यवस्थाअनुसार संघ र राज्यको दुवै सदनको निर्वाचन गराउने कार्य वर्तमान सरकारले नै गर्न सक्ने सर्वदलिय सहमति गर्नुपर्छ । त्यस पश्चात मात्र राजनैतिक अस्थायी सरकार आउनु पर्छ । जुन विधि अनुसार पाँच पाँच वर्षमा फेरिन्छ ।
    साझा सहमतीको माध्यमबाट परिमाण मुखी संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान निमार्ण गर्ने उद्देश्य प्राप्तीको लागि दोश्रो संविधान साभाको निर्वाचन हुनु पर्छ । परिमाण मुखी संविधान साभाको निर्वाचनको वतावरण, सर्वदलीय बैठक र सहमतीको ढोका खोल्नु पर्छ । जनताले संविधान सभाको सांसद निर्वाचनमा मतदान गर्ने तर काम चाही लोकसभाको व्यवस्थापीका संसदको गराउने कार्यबाट जनता भयवित छ । संविधानसाभाको जननिर्वाचित संसदले पुनः संविधान निमार्णको कार्य छोडेर, सरकार बनाउने र गिराउने कार्यको प्रथमिक्ता दिई सरकार गठन÷विघटनको घृणित खेलमा फेरी बढी समय खर्चिने छ, जसबाट संविधान पूनः बन्न सक्दैन भन्ने जनचर्चित छ । राजनतिक दलहरु जनतालाई चुनावको आवश्यकता, अनिर्वायता, आ(आफ्नो राजनैतिक नेतृत्वको निति तथा कार्यक्रम राजनैतिक सिद्धान्त जनतालई राम्ररी बुझाउन सक्नु पर्छ । जनताले कस्तो परिवर्तन व्यवस्था चाहेको छ, त्यो रानैतिक दलहरुले पनि बुझन आवश्यक छ ।  राजनैतिक नेतृत्वले आफ्नो विचार सिद्धान्त अनुसार मतदाता जनतालाई सहमत र सतुष्ट गराई निर्चाचनमा मत माग्नु पर्छ । जनतालाई आफ्नो दलमा जन ईच्छा विरुद्ध पार्टीमा प्रवेश गराउने, वल जर्वजस्ती मत खसाउन लगाउने वा अन्य कुनै अनुचित कार्य  गर्नु र प्रभाव पार्नु हुदैन । जनताको विचार भावना तथा अधिकारको सम्वाहक रानैतिक दलको जनउत्तरदायी, जननिर्वाचित सांसद हो । जनता र रानैतिक दलविच नंग र मासुको सम्बन्ध हुनु पर्छ । एक सिक्काको दुई पटा जस्तो यसको अभिन्न सम्बन्ध कायम राख्नु पर्छ । जुन लोक कल्याणकारी राज्य संचालन व्यवस्था संग सम्बन्धीत हुन्छ ।
   

मिति ः २०७०/०५/०९