Saturday, October 17, 2015

राजीनामा दिने मन्त्रीहरुलाई अख्तियारले कस्तो आरोप लगाएको थियो ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नयाँ सरकार गठन हुने पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशील कोइरालाले दुई जना मन्त्रीको राजीनामा मागे । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिए भने उर्जा मन्त्री राधा ज्ञवालीले राजीनामा दिन आनाकानी गर्दा  उनलाई प्रधानमन्त्ती कोइरालाले बर्खास्त गरेका थिए । प्रधानमन्त्री कोइरालाले राजीनामा मागेका यी दुवै मन्त्रीलाई अख्तियारले कारबाहीका लागि सिफारीस गरेको थियो । अख्तियारले के आरोपमा यी दुई मन्त्रीलाई कारबाही गर्न सिफारीस गरेको थियो ?
उर्जा मन्त्री राधा ज्ञावली
उर्जा मन्त्री नेपाल विद्युत प्राधिकरणकी अध्यक्ष पनि हुन् । अख्तियारले पनि उर्जा मन्त्री ज्ञावलीलाई प्राधिकरण अन्तर्गतको विद्युत आयोजना निर्माण सम्बन्धी खरिदप्रक्रियामा नियमविपरित निर्णय गरेको भन्दै अख्तियारले कारबाही सिफारीस गरेको हो । उनले सोलु करिडोर प्रसारणलाईन अन्तर्गतको माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माणमा २७ करोड घाटा हुने गरि ठेक्का दिने निर्णय गरेको अख्तियारको आरोप छ । अख्तियारले मन्त्री ज्ञावली लगायत प्राधिकरणका पदाधिकारी र कर्मचारीलाई समेत कारबाही सिफारीस गरेको थियो ।
कस्तो थियो ज्ञवालीको निर्णय ?
ज्ञवाली अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले भदौ ५ गते माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माण गर्ने ठेक्का मोहन इनर्जी को(अपरेसनलाई दियो । माघको अन्तिम साता बोलपत्र आह्वान गरेकोमा ८ वटा कम्पनीले  बोलपत्र पेश गरेका थिए । जेभी जगुअर ओभरसीज लिमिटेड एण्ड बीएस लिमीटेडले  सबैभन्दा कम अर्थात अमेरिकी डलर २,०३,५४,१६७.३६ कवोल गरेको थियो । यो रकम सो आयोजनाको स्वीकृत लागत अनुमान भन्दा २६.८९५ कम भएको अख्तियारले असोज १ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ  ।
    तर प्राधिकरण सञ्चालक समितिले  दोश्रो घटी लागतको बोलपत्र पेश गर्ने कम्पनी मोहन इनर्जी कोअपरेसनलाई आयोजना निर्माणको ठेक्का स्वीकृत र्गयो ।यसले अमेरिकी डलर २,३०,७६,९५२.२९ कवोल गर्याे ।
कावेली करिडोर अन्तर्गतका आयोजना निर्माण कार्य गरिरहेको जेभी जगुअर ओभरसीज लिमिटेड एण्ड बीएस लिमीटेडलाई जनार्दन प्रसाद गौतम लगायतको बोलपत्र मूल्याङ्कन समितिले मोहन इनर्जीलाई सिफारीस गरेन । यो समितिको सिफारीस अनुसार, संचालक समितिले मोहन इनर्जी कोअपरेसनलाई नै दिने निर्णय र्गयो ।
सस्तो वोलपत्र पेश गर्ने जेभी जगुअर ओभरसीज एण्ड बीएस लिमीटेडले  को बीड सेक्युरिटि मान्य नभएको,अख्तियारीनामा रितपूर्वक नभएको,प्रत्येक पार्टनरको भूमिका स्पष्ट नखुलाएको लगायतका कारण देखाउँदै  उसको बोलपत्र  स्वीकार गरिएन । अख्तियारले अरु आयोजनामा काम गरिरहेको कम्पनीले सस्तोमा काम गर्छु भन्दा भन्दै २७ करोड बढी लागतमा काम गर्छु भन्ने कम्पनीलाई ठेक्का दिनु नियम विपरित भएको भनेको छ । समितिको निर्णयले सरकारलाई २७ करोड   घाटा हुने भन्दै अख्तियारले मन्त्रीलगायतलाई कारबाही सिफारीस गरेको हो ।
पुरूषोत्तम पौडेल
खेलकुद मन्त्री किन कारबाहीमा ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते राष्टिूय खेलकुद परिषदमा सदस्य सचिव नियुक्त गर्दा आर्थिक अनियमितता गरेको भन्दै पौडेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । खेलाडीहरुसँग पैसा लिएर विदेश पठाउने व्यक्तिलाई सदस्य सचिव बनाएको र त्यसमा आफ्नो पदीय दायित्व पूरा नगरेको भन्दै अख्तियारले आरोप लगाएको छ । मन्त्री पौडेलले पदीय मर्यादा विपरित काम गरेको भन्दै कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरेको थियो ।
    त्यस्तै उनले राष्टिूय खेलकुद प्रतियोगिता आयोजना गर्दा पनि पदीय दायित्व पूरा नगरेको  ठहर अख्तियारले गरेको थियो । पौडेलमाथि दक्षिण कोरियामा भएको एसियाडमा खेलाडी  तथा पदाधिकारी पठाउँदा निष्पक्ष काम नगरेको र आर्थिक अनियमितता  तथा राजनीतिक भागबण्डामा खेलाडी छनौट गरेको आरोप पनि लाग्दै आएको थियो  । यो एसियाडमा नेपालको   उपलब्धि  निराशाजनक भएको थियो ।
यस्तो थियो अख्तियारको निर्देशन
सन् २०१४ को सेप्टेम्वर र अक्टोवरमा दक्षिण कोरियाको ईन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा लिएर गएका ४ जना व्यक्तिलाई प्रति व्यक्ति १५ लाख लिई कोरियामै भगाएको अभियोगमा सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाईएका केशव कुमार विष्टलाई मिति २०७२ ।०३ ।१० गते खेलकुद मन्त्रीको निजी सचिवालयको लेटरप्याडमा राष्टिूय खेलकुद परिषदको सदस्य सचिव पदमा गैरकानूनीरुपमा नियुक्त गरेकोले छानबिन गरी कारबाही गरिपाउ भनि आयोग समक्ष पर्न आएको उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा १७ औ एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरू मध्ये उसु, एथलेटिक्स र सेपाक ताक्रो खेलमा सहभागी खेलाडीहरू, खेल प्रशिक्षक तथा टिम व्यवस्थापकको लापर्बाही एवं गैर जिम्मेवारीका कारण भागी पलायन भएको सन्दर्भमा संलग्न खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा सम्बन्धीत खेल संघहरूलाई कारबाहीका निमित्त माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा कार्य सम्पादन तथा व्यवस्थापन समितिको मिति २०७१ ।०७ ।०२ गते बसेको समिक्षात्मक बैठकले उक्त खेलमा सहभागी खेलाडी भगाउन खेल प्रशिक्षक र व्यवस्थापकको भूमिका निर्वाह गर्ने सेपाक ताक्रोका व्यवस्थापक केशव विष्ट समेतलाई निजहरूले सम्पादन गर्दै आईरहेको जिम्मेवारीबाट १ वर्ष सम्मको लागी विभागिय कारवाही गर्न रा ।खे ।प ।लाई सिफारिस गर्ने निर्णय भएको देखियो  । उल्लेखित निर्णय कार्यान्वयनका लागि मिति २०७१ ।०७ ।०५ गते युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्टिूय खेलकुद परिषदलाई लेखी पठाएकोमा राखे । पको मिति २०७१ ।०७ ।२० को निर्णयले टिम व्यवस्थापकहरूलाई १ वर्षको लागि निजहरूले सम्पादन गर्दै आई रहेको संघको जिम्मेवारी वाट मुक्त गर्ने गरी टिप्पणी सदर गरेको पाईयो । यसरी जिम्मेवारीबाट मुक्त भएका व्यवस्थापक लगायतका पदाधिकारी एवं सदस्यहरुलाई सोही अवधि भित्रै जिम्मेवारी दिन मिल्ने नमिल्ने सम्बन्धमा खेलकुद विकास नियमावली, २०४९ को नियम १० (क) बमोजिम बनेको राष्टिूय खेलकुद परिषद्, राष्टिूय खेल संघ कार्य सहजिकरण कार्य्विधि, २०७० को परिच्छेद १० को दफा १० ।४ अनुसार निलम्बन वा खारेजीमा भएको राष्टिूय संघ, संघका पदाधिकारी तथा सदस्यहरूले कुनै खेलकुद गतिविधि संचालन गर्न, सहभागी हुन र कुनै सरकारी सुविधा प्रयोग गर्न पाउने छैन भनी स्पष्ट किटानी व्यवस्था गरेको हुँदा १ वर्षका लागी जिम्मेवारीबाट मुक्त भई कारबाहीमा परेका व्यक्तिलाई राष्टिूय खेलकुद परिषदको सदस्य सचिव जस्तो मर्या्दित एवं गरिमामय पदमा नियुक्त गरेको देखिदा गैरकानूनी तवरबाट माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले जानी जानी आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरित अर्कै उद्देश्यले प्रयोग गरी आफ्नो तजविजी अधिकार बदनियत साथ स्वेच्छाचारी रूपमा प्रयोग गर्नुका साथै आफ्नो पदको प्रकृति अनुसार पालना गर्नुपर्ने पदिय कर्तव्य पालना नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को खण्ड (ग), (घ) र (छ) अनुसारको अनुचित कार्य गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा १२ क बमोजिम माननीय मन्त्री श्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागि सम्माननीय प्रधानमन्त्रीज्यू लाई अनुरोध गरि लेखी पठाईएको छ  । यसैगरी माननीय युवा तथा खेलकुद मन्त्रीवाट केशब कुमार विष्टलाई राष्टिूय खेलकुद परिषदको सदस्य सचिव पदमा गैर कानूनी तवरवाट नियुक्त गरेको देखिदा सो नियुक्तिका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ ख बमोजिम आवश्यक कारबाही हुन युवा तथा खेलकुद मन्त्रालयमा लेखि पठाईएको छ  ।


२०७२ आशिन १७ गते आईतबार

नेपालमा भारतको नाकाबन्दी

भारतको भिठ्ठामोड नाकामा नाकाबन्दी गरेपछि सुनसान देखिएको दृष्य ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

भारतले शुक्रबार एक प्रेस नोट जारी गरी नेपालमा आपूर्ति रोकिएको कुरा औपचारिक रूपमा स्वीकारेको छ ।  भारतीय विदेश मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटमा ’त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको बताइएको छ । ‘नेपाल(भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाहा पायौं । त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम हो’, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘हामीले पहिलेनै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं’, प्रेस नोटमा भनिएको छ ।’
समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस् । अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ । हामी आशा गर्छाैं कि स्थिति पहिले जस्तै सहज हुनेछ’ प्रेस नोटमा भनिएको छ ।  अहिले भइरहेको समस्या राजनीतिक तहबाट समाधान खोज्न भारतले आग्रह गरेको छ । 
केही दिनअघि राजविराजमा भएको आन्दोलनरत मधेसी मोर्चाको बैठकले बिहिबारदेखि सीमा नाका  र राजमार्ग केन्द्रित आन्दोलन चर्काउने निर्णय गरेसँगै भारतसँग जोडिएका विभिन्न नाका ठप्प भएका छन् । मोर्चाका नेता कार्यकर्ताले सीमा नाकामा धर्ना दिइरहेका छन् भने भारतबाट मालवाहक सवारी नेपाल  आउन सकिरहेका छैनन् ।
यसरी हेर्ने हो भने नेपालमा एक किसिमले भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भएपनि भारतको विहारमा चुनाव भएको र नेपालको सिमामा अस्थिरता, द्वन्द्व र तनाव कायम भएका कारण भारतलाई पनि त्यसको असर पर्न सक्ने भएकाले सिमामा कडाई गरिएको भारतका सिमा सुरक्षा बलका अधिकारीहरुले बताउने गरेका छन् । महोत्तरीको भिठ्ठामोड स्थित नाकामा तैनाथ भारतीय सिमा सुरक्षा बलका इन्चार्ज सब इन्सपेक्टर राजिब तिवारीले भने अनुसार आफुहरुलाई माल सामान नेपाल आपुर्ति हुन नदिन माथिबाट आदेश आएकाले कुनै पनि सवारी साधनलाई भारत न त पस्न दिएका छौं न त नेपाल नै आउन दिएका छौं । यहि अवस्था नेपालको लगभग लगभग सबै सिमा नाकाहरुमा पाइएको छ ।
हुन त नेपालमा संविधान घोषणा भए पश्चात पनि भारतको परराष्टू मन्त्रालयले विज्ञप्ती जारी गरी संविधान घोषणा भएको बारे थाहा भएको, संविधानलाई स्वागत तथा समर्थन नगरी सिमा क्षेत्रमा भईरहेका हिंसालाई समाधान गर्न भनिएको थियो । त्यसैगरी अर्को पटक आएको प्रेस नोटमा नेपालको सिमा क्षेत्रमा रहेको समस्या राजनीतिक किसिमको रहेकाले बल प्रयोग नगरी राजनीतिक तरिकाले नै हल गरिनुपर्ने तथा सिमामा रहेको तनावका कारण नेपालमा आपुर्ती गर्ने भारतीय व्यापारीहरुले असुरक्षा महसुस गरेको बताएका थिए । उक्त प्रेस नोट जारी भएको भोली पल्ट देखि नै अर्थात बुधबार देखि नेपालमा माल सामानहरु आपुर्ती हुनमा एक किसिमले प्रतिबन्ध लगाउँदै आएको पाइन्छ ।
‘अझै पनि हामी दोर्होयाउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तिमा भनिएको छ । भारतले समस्याको जड पत्ता लगाउन पनि भनेको छ । ’समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस् । अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ । हामी आशा गर्छौं कि स्थिति पहिले जस्तै सहज हुनेछ ।’
यता नेपालमा उक्त घटनाले ठुलो तरंग फैलिएको छ । नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतको नाकाबन्दीले आफुहरुलाई केही फरक नपर्ने बरु जीप चढ्नुको सट्टा साइकल चढ्ने भनेर अभिव्यक्ति दिनुका साथै भारतसँग कडा प्रतिवाद गरिने चेतावनी समेत दिन थालेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालको पारवहन अधिकार हनन् गरेर नाकाबन्दी गरेको आरोप लगाएका छन् । पारवहन अधिकार नेपालले भारतको कृपाले प्राप्त गरेको अधिकार नभएको उल्लेख गर्दै खनालले यो अन्तराष्टिूय अधिकार भएको जिकिर गरे । ‘पूर्व पश्चिमका गाडी उतै रोकिएका छन, मधेशवादी दलले भारतमा रोक्न सम्भव छैन । यसमा भारतीय पक्षको कमजोरी म देख्छु । पारवहन अधिकार भारतको कृपाको अधिकार होइन, अन्तराष्टिूय अधिकार हो’, खनालले भने । उनले नेपालमा निर्वाध रुपमा सवारी साधन आउने व्यवस्था गर्न समेत भारतलाई आग्रह गरे ।
भारतले नेपाल ढुवानी हुने पेटूोलियम पदार्थसहितका गाडी रोकेको प्रति खनाल आक्रोशित रुपमा प्रस्तुत भए । ‘म भारत सरकारलाइ भन्न चाहन्छु पारवहन हाम्रो अन्तर्राष्टिूय अधिकार हो, म बिल्कुल विनम्र आग्रह गर्न चाहन्छु ( बाधा व्यवधान भए जनताले अफ्ठेरो परे आफ्नो आफैँ लिन्छौँ’, खनालले तर्क गरे ।
उनले तराईको समस्यामा भारतले नाकाबन्दी गर्न जरुरी नभएको बताए । ‘म भारतीय राजदूतलाई भन्न चाहान्छु ( चाँडोभन्दा चाँडो नाकाबन्दी खुल्ला होस्, तपाँइले पहल गर्नुस्’, खनालले भने, ‘ नाकाबन्दी फुकुवा नभए तपाइँहरुलाई पनि अफ्ठेरो पर्न सक्छ ।’
एमाले अध्यक्ष केपी ओलीले राजनीतिक समाधान भइसकेको जवाफ फर्काएका छन् । ‘कसैकसैले राजनीतिक समाधान हुनुपर्छ भनिरहेका छन्’, राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भारतको नाम नलिई उनले भने, ‘राजनीतिक समाधान भइसकेको छ । संविधान जारी हुनु नै राजनीतिक समाधान हो ।’  लोकतान्त्रिक ढंगबाट चुनिएको लोकतान्त्रिक संविधानसभाले लोकतान्त्रिक संविधान जारी गर्दा खुसी हुनै पर्ने उनको तर्क थियो ।
 यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ती जारी गरी भारतले नेपालमा नाकाबन्दी नगरिएको भारत सरकारले र नेपाल सरकारले पनि औपचारिक रुपमा भनिरहँदा भारत विरुद्ध नकारात्मक टिप्पणी भईरहनु दुर्भाग्यपुर्ण रहेको तथा यसले उचाईमा पुगिसकेको मधेस आन्दोलनलाई दवाउन तथा बदनाम गराउन राज्य स्तरबाट षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।
संविधानमा मधेसीलाई उपेक्षा गरिएकोले अहिलेको परिस्थिति उत्पन्न भएको छ । नेपालमा बराबरी र समानताको लागि संघर्षरत मधेसीहरुको आवाजलाई ३ प्रमुख राजनीतिक दलहरुले नसुने पछि यस्तो परिस्थिति भएको हो । विगत ४२ दिन देखि मधेसी जनता सडकमा छन् । ४० जना भन्दा  वढी नागरिकहरुले आफ्नो ज्यानको आहुति दिईसकेका छन् । तर पनि मधेसलाई बाईपास गरेपछि भारतको चासो बढ्नु स्वाभाविकै हो । पुर्व राजदुत तथा राजनीति शास्त्रका उपप्राध्यापक विजय कान्त कर्ण भन्छन,“ भारत एउटा लोकतान्त्रिक मुलुक हो  र विश्वमा कुनै पनि देशमा हुने लोकतन्त्रको आन्दोलनमा समर्थन र सदभाव राख्दछ । अहिले नेपालमा आधा भन्दा वढी जनसंख्यालाई उपेक्षा गरेर संविधान घोषणा गरेपछि विभेदमा परेका मधेसी समुदायका लागि भारतले दवाव दिनु सकारात्मक हो ।” उनी के पनि भन्छन भने विगतका समय हेर्ने हो भने भारतको दिल्लीमा नेपालका राजनीतिक दलहरुका कार्यालय खोल्न नै अनुमति दिइको थियो । अहिलेका राष्टूपति डा.रामबरण यादव होस वा विशेश्वर प्रसाद कोइराला, पुष्पकमल दाहाल होस वा बाबुराम भट्टराई सबैलाई भारतले सहयोग गरेको थियो । त्यो किन भने नेपालमा लोकतन्त्र प्राप्ति  होस । तर, अहिले लोकतन्त्रको नाउमा ३ दलले तानाशाही रबैया देखाएर जसरी एकांकी संविधान जारी गरेको छ त्यसको विरुद्धमा भारत उत्रिनु स्वाभाविक रहेको कर्णको भनाई छ ।
प्रदेश सीमांकन, नागरिकता, देशका उच्च पदस्थ अधिकारीको नियुक्ति, जनसंख्याका आधारमा संसदको सिट निर्धारण हुनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व, ससदीय निर्वाचन क्षेत्रको पुनरावलोकनजस्ता मधेसका प्रमुख माग हुन् । स्रोतका अनुसार संविधानमा प्रदेश नम्बर १ मा राखिएका झापा, मोरङ र सुनसरी तथा कैलाली र कञ्चनपुरलाई नजिकको ’मधेस प्रदेश’ मा गाभिनुपर्ने माग प्रमुख रुपमा उठेको छ । तराईमा ५० प्रतिशतभन्दा बढी जनसंख्या रहेको दाबी गर्दै आन्दोलनरत पक्षले त्यसका यस क्षेत्रलाई ५० प्रतिशत सिट सुरक्षित गर्नुपर्ने विषय पनि संवैधानिक बनाउन खोजेका छन् । त्यसका लागि ‘मधेस प्रदेशमा जनसंख्या अनुपातमा सिट छुट्याइनुपर्ने’ माग अघि सारिएको छ ।
त्यस्तै, संविधानको धारा २१ मा समावेशी प्रतिधित्वको स्थानमा ’समानुपातिक समावेशी प्रतिनिधित्व’ राख्न उनीहरुको जोड छ । धारामा २८३ मा राष्टूपति, उपराष्टूपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसदको सभामुख, माथिल्लो सभाको अध्यक्ष, राज्यपाल, मुख्यमन्त्री, प्रान्तीय संसदको सभामुख, सुरक्षा अंगका प्रमुख वंशजका आधारमा नागरिकता पाएकाले पनि पाउनुपर्ने व्यवस्था मधेसी समुदायले राख्न चाहेका छन् । स्रोतका अनुसार संसदीय निर्वाचन क्षेत्रका सीमाकंन पुनावलोकन २० वर्षमा गर्ने संविधानको धारा २८१ को व्यवस्था घटाएर १० वर्षमा झार्नुपर्ने पनि उनीहरुको माग छ ।
त्यसैगरी, माथिल्लो सदनमा प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचन र तीन जना मनोनीत हुने व्यवस्थाको साटो जनसंख्याका आधारमा प्रदेशहरुबाट निर्वाचित हुने व्यवस्था राख्न उनीहरुले जोड दिइरहेका छन् ।
नाकाबन्दीले अर्बौंको राजश्व घाटा
तराईमा लगातार भइरहेको बन्द र भारतले घुमाउरो रूपमा गरेको नाकाबन्दीले भदौ सुरुदेखि यो बिहीबारसम्ममा करिब ८ अर्ब रुपैयाँ राजस्व गुमेको छ । उक्त विषय प्रधानमन्त्री सुशील कोइरालालाई अर्थ र भन्सारका अधिकारीहरूले शुक्रबार ब्रिफिङ गरेका छन् ।
भन्सार विभागका महादिर्नेशक शिशिर ढुंगानाका अनुसार भदौमा सरकारले १७ अर्ब ८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । त्यसमध्ये ११ अर्ब २० करोड रुपैयाँ मात्रै संकलन भएको छ । त्यस्तै असोजमा १५ अर्ब १० करोड रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरिएको छ । ‘बिहीबारसम्म २ अर्ब ५२ करोड रुपैयाँ मात्रै संकलन भएको छ । असोजको हालसम्मको दिनमा लक्ष्यको झन्डै ३० प्रतिशत उठ्नुपर्ने हो,’ उनले भने, ‘तर, बन्दका कारण उठ्न सकेन ।’ असोजको ७ दिनमा मात्रै लक्ष्यको झन्डै २ अर्ब रुपैयाँ राजस्व उठ्न नसकेको हो । उक्त आधारमा लगातारको बन्दका कारण ७ अर्ब ८९ करोड रुपैयाँ लक्ष्यभन्दा कम राजस्व उठेको देखिन्छ । ‘धेरै सामग्रीहरू सुख्खा बन्दरगाहमा रोकिएर बसेका छन,’ ढुंगानाले भने, ‘बन्दले छुटाउन सकिएको छैन । केही दिनदेखि भन्सारमा सामग्रीसमेत आउन छाडेका छन् ।’
तराईको लगातारको बन्द, पछिल्लो समय भारतले घुमाउरो पारामा गरेको नाकाबन्दी, वाणिज्य तथा आपूर्ति व्यवस्था, बजारमा दैनिक उपभोग्य सामग्रीको अवस्थाबारे अर्थ तथा वाणिज्य मन्त्रालयका उच्च अधिकारी र सरकारका मन्त्रीहरूले प्रधानमन्त्री कोइरालालाई जानकारी गराएका हुन् । बैठकमा अर्थमन्त्री रामशरण महत, वाणिज्य मन्त्री सुनीलबहादुर थापा, स्वास्थ्यमन्त्री खगराज अधिकारी, कानुनमन्त्री नरहरि आचार्य, वनमन्त्री महेश आचार्य, सम्बन्धित मन्त्रालयका सचिवलगायत अधिकारीहरूले आ(आफ्नो क्षेत्रबारे जानकारी गराएका थिए । ‘यसभन्दा अगाडिको बन्दको तुलनामा विगत दुई दिनदेखि भन्सारमा सामान नै आउन कम भएको छ । के कारणले यस्तो भएको हो, राजनीतिक रूपमा समस्या सामधान गर्नुपर्ने सुझाव दिएका छौं,’ राजस्व सचिव राजन खनालले भने ।
ब्रिफिङका क्रममा मन्त्रीहरू भारतले नेपालकै कारण समस्या भएको जनाए पनि औपचारिक नाकाबन्दी सुरु गरेको निष्कर्षमा पुगेका थिए । ‘४० दिनदेखिको बन्दमा सामान आयातनिर्यातमा ठूलो समस्या देखिएको थिएन,’ एक मन्त्रीले भने, ‘तर दुई दिनदेखि सामग्री नै नआएपछि हाम्रो कारणले समस्या भएको हुनै सक्दैन । भारतले अवरोध गरेको हो । यसबारे सरकारले भारतसँग औपचारिक कदम शुक्रबारबाटै चालिसकेको छ ।’ वाणिज्य मन्त्री थापा र सचिव ङइन्द्रप्रसाद उपाध्यायले वाणिज्य तथा आपूर्तिबारे जानकारी गराएका थिए । ‘बुधबार बेलुकाबाट आपूर्तिमा निकै समस्या भएको छ । बन्दका कारणले मात्रै समस्या भएको हैन भन्ने जानकारी गराइयो,’ उपाध्यायले भने, ‘नजिकिँदो चाडबाडमा दैनिक उपभोग्य सामग्रीदेखि इन्धन आयात हुन छाडेपछि समस्या हुन्छ । तत्काल समाधानका उपाय खोज्न भनिएको छ ।’ उनका अनुसार बुधबार बेलुकीबाट इन्धन र दैनिक उपभोग्य सामग्री आयात रोकिएको छ । ‘इन्धन लोड गर्नसमेत छाडेको छ । भरिएका ट्यांकरहरूसमेत रोकिएका छन,’ उनले भने, ‘रोकिने काम केही दिन जारी रहे बजारमा तत्काल समस्या देखिन सक्छ ।’
वाणिज्य तथा भन्सार संयन्त्रमार्फत भारतीय अधिकारीहरूसँग छलफल गर्दा समस्या समाधान नहुने देखेपछि सरकारले संयुक्त रूपमा छलफल गरेको हो । ‘इन्डियन आयल कर्पोरेसनले औपचारिक रूपमा तेल नदिने भनेको छैन । तर तेल आउन छाड्यो,’ उपाध्यायले भने, ‘यसबारे हाम्रो संयन्त्रसमेत क्रियाशील बनाएर छलफल गरिएको छ । समाधान भइरहेको छैन ।’ भदौमा १७ अर्ब ८ करोड रुपैयाँको लक्ष्य रहेकोमा ११ अर्ब २० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।
तराईका हिंसालाई शान्तिपुर्ण सम्वादबाट हल गर ः संयुक्त राष्टू संघ
भारतले नेपालमा नयाँ संविधान जारी भएको विषयमा विरोध जनाइरहँदा संयुक्त राष्टूसंघले पनि त्यस्तै आशयको विज्ञप्ति जारी गरेको छ । राष्टूसंघका महासचिव वान कि मुनका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपालमा नयाँ संविधान जारी गरिएको कुनै शब्द प्रयोग गरिएको छैन । मंगलबार जारी गरिएको विज्ञप्तिमा नेपालमा संविधान अनुमोदन भएकाबारे जानकार रहेको मात्र उल्लेख छ । भारतले पनि नेपालको संविधानबारे आफू जानकार रहेको मात्रै जनाएको थियो ।
तराईमा जारी हिंसात्मक घटनाप्रति गहिरो चिन्ता जनाउँदै विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मान गर्न समेत आग्रह गरिएको छ । ‘संविधान एउटा जीवन्त दस्तावेज हो । नेपालका नेताहरूले बृहत्तर राष्टिूय स्वार्थका लागि लचक र समावेशी ढंगले काम गर्नुपर्छ भन्ने मेरो आग्रह छ ।’ विज्ञप्तिमा भनिएको छ, तराईमा हालैका दिनहरुमा भइरहेका हिंसालाई शान्तिपूर्ण संवादका माध्यमबाट हल गरिनुपर्छ ।
संविधानसभाबाट ९५ प्रतिशत भन्दा बढी बहुमतले संविधान जारी हुँदा समेत विश्वकै साझा संस्था मानिएको राष्टूसंघले स्वागत नगर्नुलाई नेपाली नेताहरुले दुःखद भनेका छन् । जबकि संविधानसभा जारी गर्नुभन्दा पहिले दुई दिन मतदान प्रक्रिया स्थगित गरिँदा राष्टूसंघीय महासचिव बानले त्यसको स्वागत गरेका थिए । तर, देशमा लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी हुँदा समेत राष्टूसंघले स्वागत नगर्नुलाई नेपाली जनताले राष्टूसंघीय मिसनमा दिएको योगदान अनादार भएको एक नेताले बताए । भारत र राष्टूसंघले स्वागत नगरेपनि अमेरिका, जर्मनी, रुस, फ्रान्स, जापान, चीन र पाकिस्तान लगायतका मुलुकहरुले भने नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र समर्थन गरेका छन् ।



२०७२ आशिन १० गते आईतबार

उपभोग्य सामग्री आपूर्ति गर्न चीन तयार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोका साथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामाग्रीको आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ । मधेशमा भइरहेको आन्दोलनको कारण देखाउँदै भारतले तेल सहितका उपभोग्य सामाग्रीको आपूर्ति रोकेको अवस्थामा उत्तरको छिमेकी चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्रा्ष्टिूय विभागमा नेपाल सहित दक्षिण तथा दक्षिण पूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । छन नेशनल पीपुल्स कँग्रेसको अन्तर्राष्टिूय मामिला कमिटिका उपाध्यक्ष पनि हुन् । चीनको उपविदेशमन्त्री सरहकै हैसियत राख्ने उपमन्त्री छन नेपाल मामिलामा बेइजिङमा निकै प्रभावशाली मानिन्छन् । उपमन्त्री छनसँग भएको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको परिस्थितिबारे ब्रिफिङ गर्दै दशैँ पर्व समेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सिमा व्यापार सुचारु गरिए धेरै नेपालीले सहजता महशुस गर्ने बताएका थिए । ’पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकता साथ काम शुरु गर्नेछ’, उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, ’नेपाललाई आवश्यक परेको खण्डमा उपभोग्य सामाग्रीको आपूर्ति गर्न समेत चीन तयार छ ।’ वैशाख १२ को भूकम्पपछि बन्द रहेका तातोपानी र रसुवागढी नाका अझ खुलेका छैनन् । नेपाल(चीन सिमा व्यापार बन्द हुँदा नेपाल र चीनको तिब्बत दुवैतिरको अन्तर्राष्टिूय व्यापार ठप्प छ । तिब्बतको अन्तर्राष्टिूय व्यापारको नब्बे प्रतिशत हिस्सा नेपालको नाका भएर हुन्छ । राजदूत मास्केका अनुसार छनको प्रतिवद्धता हेर्दा दशैँअघि नै नाका खोल्न चीन अग्रसर भएको छ ।
नाकाबन्दी लम्बिए नेपाललाइ चीनले सहयोग गर्ने
उपमन्त्री छनले नेपालले संविधान बनेपछि पनि अप्ठेरो परिस्थिति सामना गरिरहेकोबारे राजदूत मास्केसँग जिज्ञासा राखेका थिए । ’नेपाललाई आवश्यक परेको खण्डमा उपभोग्य सामाग्रीको आपूर्ति गर्न समेत तयार रहेको’ आश्वासन दिएर छनले भारतको अप्रत्यक्ष नाकाबन्दी जारी रहे चीनले नेपाललाई सहयोग गर्ने संकेत दिएका छन् ।
नयाँ संविधान जारी गरेर पुनर्निर्माण र आर्थिक विकासतिर अग्रसर भएकोमा नेपाललाई बधाई दिँदै छनले वार्ताद्वारा मधेशको आन्दोलनको समाधान खोज्न नेपाललाई सुझाव दिए । राजदूत मास्केले मधेशमा आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्न नेपाल सरकार गम्भीर रहेको र त्यसैकारण प्रधानमन्त्री सुशील कोइरालाले राष्टूसंघीय महासभामा सहभागी हुने कार्यक्रम समेत रद्द गरेको जनाकारी गराएका थिए ।
’नेपालले संविधानसभाका नब्बे प्रतिशत सदस्यको समर्थनमा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ संविधान जारी गरेको छ, त्यो स्वागतयोग्य उपलब्धि हो’, काठमाडौँमा संविधान जारी भए लगत्तै बेइजिङले स्वागत गरेको स्मरण गर्दै उपमन्त्री छनले भने, ‘नेपालले वार्ताबाट अहिले देखिएका समस्याको समाधान गर्न सक्छ भन्ने चीनको दृढ विश्वास छ ।’




२०७२ आशिन १० गते आईतबार

बाबुरामको विद्रोह र मधेस मोह

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
४० बर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो । खुसि साटन चाहन्छु ।
 २००७ मा केशरजंग रायमाझीले संविधानसभाको कुरा उठाए । २०४६ सालमा हामीले उठायौँ । त्यसबेला हामी पातलो मसालमा थियौँ । मोटो मसालमा रहेका प्रचण्डले विरोध गरे । २०५२ मा ४० सुत्रीय ज्ञापन पत्र बुझाउँदा मैलो संविधानसभाको माग राखेको थिएँ । २०६० मा संविधानसभावारे लेख लेख्दा कारवाही गरियो । तर, पछि ज्ञानेन्द्रको कु पछि यो मुद्दा सही रहेछ भनेर चुङवाङ वैठकबाट पार्टीले नै नीति बनायो । त्यहिबाट १२ बुँदे, अन्तरिम संविधान हुँदै संविधानबाट संविधान जारी भयो ।
 पार्टीले मलाई यस अवधीमा संविधानसभामा संवैधानिक समितिको जिम्मेवारी दियो, त्यसका लागि म धन्यावाद दिन चाहन्छु । संविधान जारी हुनु अगाडि हामीले असन्तुष्टलाई ल्याउन खोज्यौँ, अरु मानेनन् बिजय गच्छदार रुँदै गए । संविधान जारी हुँदा सवैले दीपावली नगर्ने अबस्था आउनु दाँतमा ढुंगा लागेजस्तो भयो । खुसी लाग्दा पनि खुसी हुन सकिनँ । संविधान प्रगतिशिल भएपनि थारु, मधेशी, महिला, शासकीय स्वरुप, विशेष गरि प्रत्यक्ष कार्यकारी हुन सकेन । त्यहि भएर फरक मतसहित संविधान जारी गरेको हो । संविधान जारी गर्नु ठुलो होइन । कार्यन्वयन ठुलो हो ।
आज जनता आन्दोलनमा छन् । जसले त्याग गर्यो आन्दोलनमा छ । तर, गणतन्त्र स्वीकार नगर्ने खुसी मनाउँदै छन् । थारु र मधेशीमा हाम्रो ठुलो गल्ती भयो । यसको बहानामा दक्षिणले प्रत्यक्ष, अप्रत्यक्ष ठुलो दवाव दियो । अघोषित नाकाबन्दी गर्यो । यो स्वीकार्य छैन । म भत्र्सना गर्छु । छिमेकीले सुझाव मात्र दिने हो । निर्णय हामीले गर्ने हो । संविधानको विरोध हुन्छ भनेर सामाजिक संजालमा मैले पूर्व जानकारी दिदाँ मैलै नै गराएकोसम्म भनियो । यसले मलाई दुख लागेको छ । सूचनाको ग्याप छ । मैलै पहिला नै सीमाका जनतालाई हाम्रोपक्षमा राख्न सकिएन भने दक्षिणले खेल्नसक्छ भनेको थिएँ, अहिले त्यहि भयो । टुकी र साइकल चढने राष्टूवादको काम छैन ।
प्रगतिशिल राष्टूवाद चाहिन्छ । हामी आत्मनिर्भर बन्न सक्नुपर्छ । नेताहरुले अहिले जसरी अडान लिएका छन् म खुसी छु । अव चुनावमा दूतावासबाट पैसा माग्ने, दूतावासमा छात्रवृत्रि माग्ने, विरामी हुँदा विरामीको पैसा लिएर उपचार गराउने प्रवृति अन्त्य हुन्छ भन्नेमा म विश्वस्त छु । नेताहरुको अडानबाट खुसी छु । अव आरोप(प्रत्यारोप भन्दा आन्दोलनरत दलको जायज माग पुरा गर्नुपर्छ । नाजायज माग पुरा हुँदैनन् । मधेशले थारु बाहुल प्रदेश बनाउने र वाकी समस्या आयोगलाई दिने हो भने आजको समस्या समाधान हुन्छ । अखण्ड नेपालभित्र प्रदेश गठन गरेर विखण्डनको विउ रोक्नुपर्छ ।
संघीयताको खोल ओडेर दक्षिणले खेल्दै छ भन्ने या भारतका नाममा पाखण्डी राष्टूवाद देखाएर जनताको माग खोस्दैछौँ । बैशाख १२ को भुकम्पपछि जनता पीडामा छ । सरकारले केही गरेन । मैलै पुन निर्माण प्राधिकरणको कुरा उठाएँ । यसलाई अपांग बनाइयो । त्यो पनि अनुमोदन नगरि त्यत्तिकै गयो । संविधानपछि अव भुकम्पपीडितको लागि लाग्नुपर्छ ।
पार्टी साधन मात्र हो । अर्को युगका लागि नयाँ ढंगको पार्टी खाँचो हुन्छ । अव नयाँ युगका लागि नयाँ विचार, शैली र नेतृत्व चाहिन्छ । बाबुराम भट्टराईले एमाओवादी पार्टी त्यागे । सभासद्बाट पनि राजीनामाको घोषणा । अवकुनै पार्टीको सदस्य छैन । सवै जिम्मेवारीबाट राजीनामा । अव कसरी जाने भन्ने सोचेको छैन । संविधानसभाबाट पनि राजीनामा गरेको छु ।
यी सबै भनाईहरु एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी र संसद समेत परित्याग गरेको घोषणा गरिरहँदा बोलेका कुराहरु हुन । अब फेरि एमाओवादीमा फर्कने सम्भावना सकिएको भन्दै उनले बरू जंगल पस्ने तर नफर्कने बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भारतको हस्तक्षेप आफूहरूलाई मान्य नहुने भन्दै निन्दनीय भएको आरोप लगाएका छन् ।
यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ  । भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी  माओवादी अध्यक्ष प्रचण्डलाई गराएका छन्  ।
२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो  । त्यसयता बाबुराम प्रचण्डसँगै थिए  । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो  । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे  । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन्  । उनले पार्टी परित्याग गर्ने आंकलन धेरै अघि देखि नै गरिँदै आएको भएपनि संसदबाट समेत राजिनामा दिन सक्ने आँकलन गरिएको थिएन ।
केन्द्रिय कमिटि वैठक अघि नै विद्रोह
एकीकृत नेकपा माओवादीले नयाँ संविधान जारी भएपछि पहिलो पटक केन्द्रीय समितिको असोज १० र ११ गते बैठक बोलाएको थियो । ६ असोजमा पार्टी अध्यक्ष प्रचण्डले केन्द्रिय कमिटि वैठक बोलाउने निर्णय गरिएको थियो  । बैठकमा केन्द्रीय सल्लाहकार र केन्द्रीय परिषद्का सदस्यहरुलाई पनि बोलाइएको र पार्टी पुनर्गठनसम्वन्धी २५ बुँदे प्रस्ताव परिर्माजन गर्ने तयारी समेत थालिएको थियो । उक्त वैठकमा गएर नारायण काजी श्रेष्ठ समुहलाई साथ लिएर बहुमत केन्द्रिय कमिटि सदस्यहरुबाट अध्यक्ष प्रचण्डलाई अपदस्त गर्ने र भट्टराईलाई नेतृत्व दिने तयारी पनि भईरहेको थियो । तर, बैठक अघि नै उनले विद्रोह गरेर नेपालको राजनीतिमा एउटा नयाँ तरंग ल्याईदिएका छन् ।
भट्टराईको मधेस मोह
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनतासँग लभ परेको भनेर मधेसलाई आफु तिर आकर्षित गरेका थिए । त्यसैले मधेसी जनताले उनलाई सिरहाबाट जिताए । जब कि अहिले उनले जुन बर्गको प्रतिनिधित्व गरेका छन् त्यो वर्गको क्षेत्र काठमाण्डौले उनलाई हराए । मधेसीको मुद्दा सम्बोधन गराउलान् भनेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि प्रचण्डलाई नेता मानेर ३३ दलिय मोर्चाको संयोजक बनाए । तर, जसरी उनी मधेसी मोर्चालाई किनारा लगाउँदै कांग्रेस र एमालेसँग विजय गच्छदारलाई साथ लिएर १६ बुँदे सहमति गरे, प्रचण्डले मधेसको मुद्दालाई मात्र त्यागेनन्, मधेसलाई ठुलो धोका दिए । तर, बाबुराम भट्टराई भने मधेसको मामिलामा, थारुको मामिलामा अलि नरम देखिएका थिए ।
जुन दिन टिकापुर घटना भयो र नेपाल सरकारले उक्त क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गरे, सोही दिन बाबुराम भट्टराईले सेना परिचालनको विरोध गरेका थिए । उनले सामाजिक संजालमा ट्विट गर्दै राजनीतिक समस्याको समाधान फौजी हल हुन सक्दैन तसर्थ सेना परिचालन फिर्ता हुनुपर्छ र थारुहरुको जायज माग राजनीतिक तरिकाले हल गर्नुपर्छ भनेर सम्बोधन गरेका थिए ।
उनी गत १७ भदौ देखि नै सक्रिय देखिएका थिए । सहमतिका लागि एमाओवादी नेतृत्वलाई दवाव दिन उनले भुमिका खेल्नुका साथै आन्दोलनरत थारु र मधेसी दलका नेताहरुलाई बार्तामा ल्याउन सक्रिय पहल गरेका थिए । २२ भदौमा मधेसका माग सम्बोधन गराउन एमाओवादी भित्रका मधेसी नेताहरुलाई लिएर अध्यक्ष प्रचण्ड सम्ममा पुगेर दवाव दिलाउन लगाएका थिए । त्यसैगरी २६ भदौमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्तामा जानका लागि राखेको पुर्व शर्तका बारेमा ३ दलको बैठकमा छलफल चलाउने बताएका थिए । यति मात्र होइन आन्दोलनरत दललाई बार्तामा आउनको लागि दुई दिनको मात्र संविधानसभाको बैठक स्थगित गरेको बेला यो समय कम भएको र कम्तिमा पनि एक सप्ताहका लागि स्थगन गर्नुपर्नेमा उनले जोड दिएका थिए । र त्यो दुई दिनको अवधिमा आन्दोलनरत पक्षलाई बार्तामा ल्याउन मध्यस्तकर्ता तथा सहजकर्ताको रुपमा उनले सक्रिय भुमिका  निर्वाह  गरेका थिए ।
३ असोजमा संविधान जारी हुने र त्यसको भव्य स्वागत गर्ने एमाओवादीले निर्णय गर्दा २ असोज मै उनले अहिले संविधान आउनु आंशिक उपलब्धि भएपनि दिपावली र नाँचगान गर्ने अवस्था नआएको भन्दै ट्विट गरेका थिए । उनले दिपावली मनाएनन् पनि । यति मात्र होइन, संविधानको स्वागतका लागि काठमाण्डौको टुडिखेलमा गरिएको कार्यक्रममा समेत उनी सहभागी भएनन् ।
यता मधेसको सवालमा काठमाण्डौका नागरिक समाज र मधेसी नागरिक समाजका अगुवाहरुलाई समेत भेला गरेर मधेस आन्दोलनका जायज मागलाई पुरा गर्न विज्ञप्ती जारी गरेका थिए । त्यसपछि उनी मधेस आन्दोलनमा सहभागिता र एैक्यवद्धता जनाउन जनकपुर आउने तयारी गरेका थिए । मधेसी मोर्चाका घटक मध्येका एक उपेन्द्र यादवले विज्ञप्ती जारी गरी जान सकिने बताएपछि उनले प्रेस विज्ञप्ती नै जारी गरे । ७ असोजमा जारी गरेको विज्ञप्तीमा उनले भनेका छन, ‘हाम्रो पार्टीले संविधानसभामा दर्ज गरेको भिन्न मत र असहमतिसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकोले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु  ।’
भट्टराईले आन्दोलनमा जनधनको क्षति हनु नदिइ सार्थक वार्ताको वातावरण बनाउन तत्काल तनाव शिथिलीकरणको पहल गर्न सरकारलाई आग्रह गरेका थिए  । राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनबाट हुन नसक्ने समेत बताएका छन्  ।  साथै वार्ताको थलनी गर्न दुबै पक्षलाई आग्रह गरेका छन्  ।
संविधानलाई आवश्यकता अनुसार परिर्माजन र संशोधन गर्न सकिने भन्दै उनले भनेका छन्, सानो घाउको उपचार बेलैमा नभएमा त्यो दुःसाध्य रोग बन्न सक्छ  । आधा जनसंख्या बसोबास गर्ने तराई मधेस जलिरहँदा पहाड(हिमाल चैनले सुत्न सक्दैन र हुँदैन  ।’साथै उनले आफ्नो घरको समस्या समाधान गर्न नसकेने छिमेकीलाई तान्ने र तानिने परिस्थिति बनाउन नहुने बताएका थिए । उनले भने,‘छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त हुँदैन  । घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र  अभिभावकहरु कै हो  ।’
जनकपुरमा विरोध
एमाओवादी नेता भट्टराईको जनकपुर आउने कार्यक्रम तय भएपनि स्थानीय मधेसी मोर्चा र संयुक्त यूवा संघर्ष समितिले बाबुराम पनि खस नेता नै रहेको र आए विरोध हुने तथा कालो झण्डा देखाउने निर्णय गरेका थिए । यदि आउनु नै छ र मधेस आन्दोलनलाई समर्थन गर्नु नै छ भने पार्टीबाट  राजिनामा दिएर आए मात्रै स्वागत गरिने जनकपुरका आन्दोलनकारीहरुको भावना रहेको थियो । हुन त एमाओवादी भित्रका मधेसी नेताहरु रामचन्द्र झा, महेन्द्र पासवान, प्रभु साह, धनश्याम यादव, रामकुमार शर्मा, उपेन्द्र साह, रामरिझन यादव, कलामुदिन राइन, रमेश रञ्जन झा लगायतका नेताहरुले भट्टराईलाई पार्टीको नेतृत्व लिन दवाव दिएका थिए । ८ असोजमा उनीहरुले अलगै भेला गरी विभिन्न स्थानमा भेला गर्ने निर्णय समेत गरेका थिए ।



२०७२ आशिन १० गते आईतबार

कानुन व्यवसायीले निषेधित क्षेत्र तोड्दै संविधानको प्रतिलिपी जलाए


संविधानको प्रतिलिपी जलाउँदै जनकपुरका कानुन व्यवसायीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


नेपाल बार एशोसिएसन जनकपुरले जारी भएको नेपालको संविधान २०७२ लाई जलाएको छ । गत ७ असोजमा दिनको १ बजे स्थानीय प्रशासनद्वारा लगाइएको निषेधित क्षेत्रलाई अवज्ञा गर्दै जनकपुरका कानुन व्यवसायीहरुले संविधानको प्रतिलिपीलाई पुनरावेदन अदालतको अगाडी जलाएर संविधानलाई बहिस्कार गरेका छन् । बार एशोसिएसनका अध्यक्ष उमेश पजियारको अगुवाईमा संविधान जलाइएको थियो । त्यसअघि ६ असोजमा ५९ जना कानुन व्यवसायीहरुको उपस्थितिमा बार एशोसिएसनले ५ बुँदे निर्णय गरेको थियो ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ को संवैधानिक अंगहरुको गठन र नियूक्ती प्रक्रियाको व्यवस्था गर्दा न्यायपालिकामा न्यायाधीश नियूक्ती गर्दा साथै राज्यको हरेक अंग र निकायमा नियूक्ती गरिदा समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्या प्रतिशतको आधारमा नियूक्त गर्ने अनिवार्य व्यवस्था राखिनुपर्ने बार जनकपुरले निर्णय गरेको थियो ।
जसरी नेपाल वार एशोसिएशन केन्द्रिय बारले नेपालको संविधान २०७२ लाई स्वागत गर्ने निर्णय गरेको प्रति गम्भीर ध्यानाकर्षण भई विरोध जनाएको थियो । मधेसमा आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलित रही जलिरहेको अवस्थामा यहाँको आन्दोलनमा प्रहरी दमन गरी जनतालाई विभत्स हत्या गरिरहेको अवस्थामा यहाँको मधेस आन्दोलन र अधिकारको विषयमा पुर्णतः वेवास्ता गर्दै कफर््यू लगाई जारी गरेको संविधान मधेस विरोधी रहेकोमा त्यस्तो संविधानलाई स्वागत गर्ने बारको केन्द्रको निर्णय खेदपुर्ण रहेको भन्दै उक्त निर्णयलाई भत्र्सना गरिएको थियो । त्यसैगरी उक्त निर्णयलाई सच्चयाई मधेस विरोधी गतिविधिमा नलाग्न केन्द्रीय बारलाई नसिहत दिँदै त्यसो नभए उक्त बारमा आबद्ध नभई छुट्टै बार इकाई गठन गर्ने निर्णय गरेको थियो ।
    आन्दोलन प्रति एैक्यवद्धता प्रकट गर्दै मधेस आन्दोलन अधिकार प्राप्ति नभएसम्म शान्तिपुर्ण रुपमा जारी रहनुपर्ने र आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने विर सपुतहरुलाई राज्यले सहिद घोषणा गरी क्षतिपुर्ती दिनुपर्ने र न्यायिक छानविन आयोग गठन गरी दोषी उपर कडा कारवाही गरिनुपर्ने माग समेत गरेको थियो । त्यसैगरी जनसंख्या प्रतिशतको आधारमा निर्वाचन क्षेत्र घोषणा गरिनुपर्ने, २२ जिल्ला रहेको मधेसलाई स्वायत्त मधेस प्रदेश देखिने गरी प्रदेश गठन गर्नुपर्ने, राष्टिूय सभामा जनसंख्या प्रतिशतको आधारमा निर्वाचन क्षेत्रबाट समानुपातिक प्रतिनिधित्व गरिने व्यवस्था राखिनुपर्ने, वैवाहिक अंगिकृत महिलाको हकमा संवैधानिक निकायमा पहुँच हुने व्यवस्था राख्नुपर्ने निर्णय गरिएको बारका सचिव सुदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
 त्यसैगरी नेपाल बार एशोसिएसन महोत्तरीले पनि सोही दिन जलेश्वरमा संविधानको प्रति जलाएका छन् । नेपाल वार एशोसिएसन आवद्ध कानुन व्यवसायीहरुले मधेशको माग नसमेटिएकाले संविधानको प्रति जलाएको बताएको छ।वार एशोसिएसनको कार्यालयबाट सुरु भएको कानुन व्यवसायीको विरोर्ध यालीले जलेश्वरमा लगाईएको निषेधित क्षेत्र तोडदै जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरि मटिहानी चोकमा पुगि संविधानको प्रति जलाएको थियो ।
स्थानीय प्रशासनले महेन्द्र चोकदेखि जिल्ला प्रहरी कार्यालय, अदालत, कारागारक्षेत्र र रेडक्रसदेखि जिल्ला प्रशासन कार्यालयसम्मको ५ सय मिटर वरीपरीका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरे पनि अदालत परिसरमा रहेका नेपाल वार एशोसिएनसन महोत्तरीको कार्यालयबाट कानुन व्यवसायीहरुले विरोध प्रर्दशन गर्दै निषेधित क्षेत्र तोडेका थिए।यस अघि बार एशोसिएसन महोत्तरी सम्बद्ध कानून व्यावसायीहरुको वैठकबाट भएको निर्णयहरु सुनाउँदै वार अध्यक्ष विजय ठाकुरले नेपाल वार एशोसिएसन केन्द्रीय कार्यालय काठमाडौंले नेपालको संविधान २०७२  लाई स्वागत गरेकोमा  खेद प्रकट गरेका छन् ।
आफ्ना अधिकारका लागि मधेस आन्दोलन चलिरहँदा स्थानीय प्रशासनले क्रुर तथा कायरतापूर्ण दमन गरि निर्दोश मधेसी युवालाई गोली प्रहार गरि हत्या गरिरहेको अवस्थामा वारको केन्द्रीय समितिले नेपालको संविधान २०७२ को स्वागत गरेकोमा उक्त निर्णय प्रति खेद प्रकट रहेको अध्यक्ष ठाकुरले बताए । अधिकार प्राप्तीको लागि भईरहेको आन्दोलनको क्रममा मधेसका मागलाई पुर्णरुपमा वेवास्ता गर्दै कर्फ्यु लगाई जारि गरिएको संविधान मधेस विरोधी रहेकोले यस्तो संविधानको केन्द्रीय वारले स्वागत गर्नु भर्त्सना योग्य कार्य भएको सुनाए।साथै संविधानमा मधेस र मधेसीको अधिकारका लागि केन्द्रीय वारले आवश्यक पहल गर्ने अनुरोध गर्दै तत्काल त्यसो नगरि वार एशोसिएसन महोत्तरी केन्द्रीय वारको अधिनमा नरहने र छुट्टै वार ईकाइ गठन गर्ने चेतावनी समेत दिइएको छ ।



२०७२ आशिन १० गते आईतबार

मधेसमा श्रद्धाञ्जली काठमाण्डौमा दिपावली


तस्वीर सामाजिक संजाल चन्द्रमोहन चौधरीको फेसबुक एकाउण्टबाट ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालको संविधान २०७२ असोज ३ गते जारी हुँदैछ । सभाषदहरुले हस्ताक्षर गरेको, सभाध्यक्ष सुभाष नेम्वाङ्गले प्रमाणीकरण गरेको बहुप्रतिक्षित संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको पहिलो राष्टूपति डा.रामबरण यादवले अनावरण गर्दै संविधान जारी गर्नेछन् । संविधान सभामा एक भव्य समारोह आयोजन गरी जारी गरिने उक्त संविधानको स्वागत गर्नका लागि नेपाल सरकारले असोज ३ र ४ गते सार्वजनिक विदा समेत घोषणा गरिसकेको छ । यति मात्र होइन, उक्त संविधानको खुशियालीमा काठमाण्डौमा दिपावली मनाउने तयारी समेत गरिएको छ र, समग्र देशवासीलाई दिपावली मनाउन नेपाल सरकारले आह्वान समेत गरेको छ ।
तर, सिंगो मधेस नै शोकमा डुबेको पृष्ठभुमिमा काठमाण्डौले मनाउने दिपावलीको के अर्थ हुन्छ ? मधेसले करिब ३ दर्जन भन्दा वढी आफ्ना नागरिकहरुको चिता जलाएर शोक मनाईरहेको बेला काठमाण्डौलाई दिपावली मनाउन देखिएको हतारोले यो राज्य सत्ता साँच्चिकै साम्प्रदायिक हो भन्ने पुष्टि हुन जान्छ ।
संविधान जारी गरिएपनि त्यो संविधान कार्यान्वयन हुनेमा शंका देखिन्छ । राज्यद्वारा हिंसा, कफर््यू, सेना लगाएर जारी गरिने उक्त संविधानलाई यो देशको आधा जनसंख्या रहेको मधेसी, दलित, जनजाती आदिवासी, मुस्लिम, थारु लगायतका विभिन्न उपेक्षित, उत्पीडित, अवसरबाट बञ्चित रहेका समुदायले यो संविधानलाई स्वीकार गरिरहेको छैन । संविधान जलाउने तथा कालो दिवसको रुपमा मनाउने भनेर उनीहरुले उदघोष गरी सशक्त आन्दोलन र संघर्ष अगाडी वढाउने कार्यक्रमहरु तय गर्नुले पनि यो देशलाई हाँक्ने खस बर्गका प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका नेताहरुले जाना जान मुलुकलाई मुठभेडमा लगेर गृह यूद्ध तर्फ होमिरहेको देखिन्छ ।
संविधान जलाईने

       जारी मधेस आन्दोलनका दौरान प्रहरीको गोली लागेर 
          सहादत प्राप्त गरेका धनुषाका संजय कुमार चौधरी, 
                निकु यादव र दिलिप यादवको शव यात्रामा 
जनकपुरमा ओर्लिएको मानव सागर ।
नयाँ संविधान जारी हुने दिन असोज ३ गतेलाई कालो दिनको संज्ञा दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ  । ३१ भदौमा बसेको मोर्चाको बैठकले आन्दोलन जारी रहे पनि सरकारसँग वार्ताको ढोका खुल्ला राखेको जानकारी दिएको छ  ।
असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने र सोही दिन बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको छ  । त्यसैगरी असोज ४ गते जिल्ला सदरमुकाममा संविधान जलाउने निर्णय पनि गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ  । साथै जारी हुन लागेको संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय पनि मोर्चाले गरेको छ  । आन्दोलनका क्रममा बिभिन्न जिल्लामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दै मोर्चाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ  ।
नयाँ मोर्चाको तयारीमा महतो
 संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नयाँ मोर्चा बनाउने तयारीमा जुटेका छन् । संबिधानसभाबाट राजीनामा गरेर आन्दोलन चर्काउन मधेश झरेका नेता महतो बर्तमान मोर्चाबाट असन्तुष्ट रहँदै आएका छन् । तीनदलले बलजफ्ती संविधान घोषणा गरेपछि नयाँ किसिमले मोर्चा बन्ने बताउदै कठोर आन्दोलनको महतोले चेतावनी दिएका छन् ।
भदौ ३१ गते अर्को नयाँ मोर्चा बनाउनका लागि नेकपा माओबादीका मातृका यादव, तराई मधेश जागरण अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता र महतोबिच शुक्रबार करिब चार घण्टा गोप्य बैठक चलेको थियो । ‘मधेशउपर राज्यको ब्यवहारको हामीले बिवेचना गर्यौं, मधेश आन्दोलन कसरी अगाडि बढाइने भन्ने सन्दर्भमा गहन छलफल केन्द्रित भयो,’ बैठकपछि गुप्ताले भने, ‘आन्दोलनलाई नयाँ किसिमले अगाडि बढाउनु पर्ने कुरामा भने एउटै मत रह्यो । मधेशी मोचाभित्र सबैलाई एकै ठाउँमा समेट्नु पर्ने कुरामा समेत छलफल भएको उनले बताए ।
बैठकपछि माअ‍ेबादी नेता मात्रिका यादवले सहकार्यका लागि शर्तहरुमा छलफल भएको बताए । ‘समग्र मधेश एक प्रदेश, पूर्ण रूपमा समानुपातिक समावेसी ब्यवस्था, स्वराज्य आत्मनिर्णयको अधिकार र शिक्षा तथा स्वास्थ्यको अधिकारको कुरालाई मुद्दा बनाए सहकार्य हुने कुरा मैले राखेको हो,’ नेता यादवले भने, ‘शनिबारको अर्को बैठकपछि धेरै कुरा प्रष्टिन्छ ।’ नयाँ मोर्चामा संबिधानसभा बहिस्कार गरेका एकीकृत माओबादीबाट आएका नेता प्रभु साह र रामकुमार शर्मालाई समेल गरिने पनि छलफल बढेको बताइएको छ ।
संविधानविरुद्ध मोहन वैद्य र उपेन्द्र यादवको मोर्चाबन्दी
उपेन्द्र यादवसहितको संघीय गठबन्धन र मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा फेरि एक ठाउँमा उभिएका छन्  । संघीय गठबन्धन, ३३ दलीय मोर्चा, राष्टिूय दलित मुक्ति आन्दोलन र समृद्ध मधेस नागरिक अभियानले कार्यगत एकता गर्दै आन्दोलनको घोषणा गरेका छन्  । उनीहरुले नयाँ संविधान घोषणा हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरेका छन्  । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले कालो झण्डासहित विरोध प्रदर्शन र आम हडतालसमेत गर्ने तथा असोज ४ गते देशव्यापी संविधान जलाउने निर्णय गरेको छ  ।
“विप्लव” नेतृत्वको माओवादीले असोज ३ गते नेपाल बन्द गर्ने
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा माओवादीेले असोज ३ गते नेपाल बन्दको आह्वान गरेको छ  । असोज ३ गते संविधानसभाले जारी गर्न लागेको संविधानको विरोधमा नेपाल बन्द आह्वान गरेको नेकपा माओवादीेले बताएको छ  । उक्त पार्टीले संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको थियो  । नेकपा माओवादीेले असोज ३ गते जारी हुन लागेको संविधान जनहित र जनचाहनाविपरीत भएको भन्दै आफूले जनताको पक्षमा सडकबाटै संविधान घोषणा गर्ने दाबी गरेको छ  ।
उक्त पार्टीले सत्तारुढ दल नेपाली कांग्रेस र एमालेसँगै प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादी र फरक मतसहित संविधान निर्माण प्रक्रियामा सहभागी भएको राप्रपा नेपालले एकलौटि ढंगले जारी गरेको संविधान आफूलाई मान्य नहुने बताएको छ  । नेकपा माओवादीेले असोज ३ गते जारी हुन लागेको संविधान जनहित र जनचाहनाविपरीत भएको भन्दै आफूले जनताको पक्षमा सडकबाटै संविधान घोषणा गर्ने दाबी गरेको छ  ।
गच्छदारको मोर्चा पनि अन्योलमा
यसैबीच संविधानसभा प्रक्रियामा बुधबार फर्कने भन्ठानिएको विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा आफ्नो योजनाबाट पछि हटेको छ  । संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट १६ बुँदेको साझेदार फोरम लोकतान्त्रिक नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले संविधानसभा फर्कन चार पूर्वसर्त अघि सारेको थियो  । तर मुख्य तीन दलले गच्छदारका सर्त तत्काल पूरा गर्न असमर्थ रहेको जनाउ दिएपछि गच्छदार अलमलमा परेका हुन्  ।
सीमांकनमा फेरबदल गरी थारू बहुल क्षेत्रलाई राज्यका रूपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविधानका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाइनुपर्ने गरी चार पूर्वसर्त अघि सारिएको फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले बताए  । मंगलबार साँझ र बुधबार बिहान फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा विशेष समिति संयोजक बाबुराम भट्टराईले टेलिफोनमा कुरा गरी प्रक्रियामा फर्कन आग्रह गरेसँगै गच्छदारले ती सर्तहरू राखेका थिए  । गच्छदारलाई उद्धृत गर्दै चौधरीले भने, ‘यी सर्त मान्न राजी भए हामी संविधानसभा फर्कन्छांै  । तपाईंहरूले विधेयक संशोधन गरी हाम्रा आवाजहरू समेट्न तयार हुनुहोस्  ।’
तीन ठूला दलले गच्छदार प्रस्तावमाथि कुनै ठोस निर्णय नदिँदा फोरम लोकतान्त्रिक, रामसपा र फोरम गणतान्त्रिक सम्बद्ध मोर्चा संविधानसभा नफर्केको हो  । बुधबार बस्ने भनिएको मोर्चा बैठक गच्छदारको आग्रहमा अर्को दिन बस्ने गरी स्थगित भएको फोरम लोकतान्त्रिकले जानकारी दियो  ।
१६ बुँदे सहमतिका एक सूत्रधार मानिएका गच्छदार ६ प्रदेशको सीमांकनमा हेरफेर गरी सातौं प्रदेश निर्माण भएयता संविधान निर्माण प्रक्रियाबाट बाहिर छन्  । संविधानसभामा १४ सभासद सिट रहेका उनले आफ्नो नेतृत्वमा तीन सभासद भएको रामसपा र एक सभासद भएको फोरम गणतान्त्रिकलाई मिलाएर दुई साताअघि संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन्  ।
१६ बुँदेको वातावरण बनाएर संविधान निर्माणमा कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारलाई संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि प्रक्रियाबाट बाहिर जाने इच्छा थिएन ।’तीन दलको संकीर्णताका कारण इच्छा नहुँदानहुँदै पनि प्रक्रियाबाट बाहिरिनुर्पयो,’ गच्छदारले अन्नपूर्ण पोस्टसँग शुक्रबार भने, ‘अनेक आरोप र आशंका सहेर पनि संविधान ल्याउनुपर्छ भनेर सुरुदेखि लाग्ने मानिस म हुँ तर आज संविधान निर्माणमा बाहिर बस्नुपर्दा दुःख लागेको छ, बाहिर बस्न बाध्य पार्ने काम तीन दलले गरेका छन् ।’ गच्छदारले भावुक हुँदै भने, ‘मैले १६ बुँदे गराएर जग हालें तर घर बन्ने भएपछि तीन दलले मलाई पनि बाहिर पठाएर ढोका बन्द गरे ।’ ‘तराई(मधेस’ शब्द राख्न तीन दलले नमानेपछि भइसकेको सहमति बिथोलिएको  गच्छदारले बताए ।
तीन दलसँगको वार्तामा तराई(मधेसलगायत देशका विभिन्न भूभागमा सीमांकनलगायतका सन्दर्भमा भइरहेको अन्दोलनलाई सम्बोधन गर्न संसद्बाट संविधान संशोधन गर्ने सहमति लगभग भइसकेको थियो । ‘तर अन्तिम क्षणमा आएर कांग्रेस(एमालेका केही नेताहरूले तराई(मधेस भन्ने शब्द राख्नै नहुने अडान लिएपछि सहमति भाँडियो, तराई(मधेस शब्द राख्दा देश नै टुक्रिन्छ जस्तो गर्नुभयो उहाँहरूले,’ गच्छदारले भने । बिहीबार रातिसम्मको प्रयास निष्कर्षमा नपुगेपछि शुक्रबार बिहान पनि गच्छदारलाई मनाउन प्रयास भएका थिए ।संविधानसभा भवन नयाँबानेश्वरमा नयाँ संविधानमा हस्ताक्षर गर्ने क्रम सकिएपछि पनि गच्छदार आउने आसमा प्रमाणीकरण केही ढिलो गरिएको थियो ।
पारित संविधान जारी हुने खुशियालीमा काठमाण्डौमा दिपावली मनाउँदै संविधानको स्वागत गरिँदै ।
गच्छदारसँग सहमति भए उनीहरूको पनि हस्ताक्षर समेट्ने चाहना सभामुख सुवास नेम्बाङको थियो । ‘मैले बिहान पनि नेताहरूसँग भेटेर वा टेलिफोनमा वार्ता गरें तर अन्तिम क्षणमा पनि संविधानसभा जाने वातावरण उहाँहरूले गर्नुभएन,’ गच्छदारले भने । गच्छदारका अनुसार तीन दलसँगको वार्तामा सुरुमा सुनसरी, झापा र कैलाली, कञ्चनपुर पनि सम्झौतामा उल्लेख गर्नेबारे छलफल भएको थियो । तर सहमतिका लागि लचिलो भएर आफूले जिल्लाको अडान छोडेर अन्तिममा ‘तराई(मधेस’ शब्द राखौं भन्दा तीन दलले नमानेको उनले बताए  ।
गच्छदारले तीनतिर फर्केका तीन पार्टी र नेताहरूलाई आफूले एक ठाउँमा ल्याएर १६ बुँदे गराएको स्मरण गराउँदै भने, ‘मैले धेरै जोखिम मोलेर १६ बुँदे गराएको थिएँ । मेरो पार्टी झन्डै विभाजित भएको थियो । कतिले पार्टी नै छोड्न लागेका थिए । मैले विभिन्न आक्षेप र अपमान पनि सहनुपर्थ्यो । म सबै सहन तयार भएर संविधानको यात्रामा होमिएँ, तर मलाई आज तीन दलले त्यो यात्रामा टिक्ने स्पेस दिएनन् ।’
सिंगो तराई(मधेसलाई बाहिर राखेर संविधान जारी गर्ने अवस्था सुखद नरहेको उल्लेख गर्दै उनले भने, ‘जसरी पनि पेलेर जानुपर्छ भन्ने तीन दलका नेताहरूको खराब नियतका कारण यस्तो अवस्था आएको छ ।तराई(मधेसलाई बाहिर राखेर संविधान जारी गर्दा त्यसको परिणाम सुखद हुँदैन ।’
तराई(मधेस तथा थारू आदिवासीको मुद्दा सम्बोधन नगर्दासम्म नयाँ संविधान कार्यान्वयन सहज नहुने उल्लेख गर्दै गच्छदारले भने, ‘तीन दलले ऐतिहासिक भूल गरेका छन, उनीहरू धेरै पछुताउनु पर्नेछ ।’ उनले समाधानको सूत्र अझै आफूसँग सुरक्षित रहेको दाबी गरे । ‘विजय कहिल्यै समस्या बन्दैन, समाधान सूत्र पहिल्याउँछ । मसँग अझै समाधानको सूत्र छ,’ गच्छदारले भने । तर त्यो सूत्र खुलाएनन् ।
१६ बुँदे सहमतिमै अडिएर दलहरू अघि बढेको भए नयाँ संविधानको यात्रा धेरै सहज र सुखद हुने तर दलहरूले त्यसमा जबरजस्ती फेरबदल गरेर समस्या निम्त्याएको उनले बताए । १६ बुँदेमा संघीय संरचनामा आठ प्रदेश हुने र सीमांकन पछि तय गर्ने उल्लेख भए पनि तीन दलहरूले सीमांकनसहित पहिले छ प्रदेशमा र पछि सच्याएर सात प्रदेशको अर्को सहमति गरेका थिए । ‘सीमांकन पछि गर्ने गरी भएको आठ प्रदेशको सहमति भत्काएर तीन दल आफैं खाडलमा फसे ।
प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एमाओवादी नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता सहभागी शुक्रबार बिहानको वार्तामा तीनबुँदे सहमतिको दस्ताबेज तयार पारिए पनि सहमति हुन सकेन । उक्त दस्ताबेजमा निर्वाचन क्षेत्र अन्तरिम संविधानमा व्यवस्था भएको मापदण्ड (भूगोल र जनसंख्या) कै आधारमा निर्धारण गर्ने, समानुपातिक समावेशीकरणलाई संविधानको मूल मर्म मान्ने र सीमांकनका विषयमा देखिएको विवाद राजनीतिक तहबाट समाधान गर्ने उल्लेख थिए ।
तेस्रो नम्बरको बुँदामा ‘तराई र मधेसमा देखिएको सीमांकनको विवाद’ भन्ने शब्द राख्न तीन दलका नेता तयार नभएपछि सहमति तुहिएको हो । ‘सबै बुँदामा सहमति भयो, अब त्यसलाई लिपिबद्ध गरौं भन्दा केपी ओली र शेरबहादुर देउवा कुनै हालतमा मान्न तयार हुनुभएन,’ फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने ।
फोरमले सीमांकनमा देखिएको विवाद पहाडमा सकिएको र तराईमा मात्रै बाँकी रहेकाले उक्त शब्द सहमतिमा राख्नुपर्ने अडान राखेको थियो । ‘तराई(मधेस नलेख्ने भए झापादेखि कञ्चनपुरसम्म सीमांकनमा देखिएको विवाद लेखौं पनि भन्यौं,’ चौधरीले भने, ‘त्यसमा पनि उहाँहरू मान्नु भएन । यसले उहाँहरूको नियत स्पष्ट भएकाले हामी बालुवाटारबाट बाहिरियौं ।’
फोरमले तीन दलसँग सहमति हुन नसकेपछि जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । आन्दोलनका विषयमा रणनीति बनाउन शनिबार बैठकसमेत डाकिएको छ । ‘हामी अहिले पनि आन्दोलनमा छौं । अब बैठक बसेर नयाँ रणनीति तयार गर्छौं’, चौधरीले भने, ‘अब तराई र मधेस भन्ने शब्दसँग समेत घृणा भएका तीन दलका नेताहरूसँग वार्ताको ढोका बन्द भएको छ ।’ वार्तामा प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू देउवा, कृष्णप्रसाद सिटौलासहित फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार, उपाध्यक्ष जितेन्द्र देव र महासचिव चौधरी सहभागी थिए ।
मधेसी नेताहरु माथि धरपकड र मुद्दा दर्ता
मधेस केन्द्रित दलका नेताहरुले आन्दोलनलाई अझ चर्काएर सशक्त बनाउँदै लैजाने रणनीति अख्तियार गरिरहँदा राज्यले पनि आन्दोलन दवाउन नेतृत्वहरुलाई पक्राउ गरी मुद्दा लगाउने क्रमलाई अगाडी वढाउने रणनीति अख्तियार गरेको पाइन्छ । सवारी साधनमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका तमलोपाका महामन्त्री जितेन्द्र सोनल विरुद्ध बारा प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ  । २९ भदौंमा पक्राउ परेका सोनल र बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरेको हो  । ३० भदौमा मुद्दा दता गर्दै प्रहरीले अनुसन्धान गर्न १५ दिन हिरासतमा राख्न अनुमति समेत लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए  ।
सोनल र सिंहलाई इलाका प्रहरी कार्यालय सिमरामै राखिएको छ  । बाराको लिपनीमाल(९ चैनपुर मेनरोडमा पार्किङ गरी राखिएको टूकमा तोडफोड तथा आगजनि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको थियो  ।
महोत्तरीका नेताहरु सिमापारी विस्थापित
महोत्तरीको जलेश्वरमा आन्दोलनका क्रममा एक जना सशस्त्र प्रहरी असईको हत्या भएपछि जिल्लाका स्थानीय अगुवा नेताहरु सिमापारी पलायन भएका छन् । मोर्चाका नेताहरु भारतको सिमावर्ती इलाका मधवापुरमा शरणार्थी बनेको बताइन्छ । उक्त असईको हत्या मुद्दामा फसाउन सकिने वा आन्दोलनलाई दवाउन पक्राउ गरेर कुनै झुठो मुद्दा प्रहरी प्रशासनले लगाउन सक्ने डरले नेताहरु पलायन भएको बताइएको छ ।
सदभावनाका क्षेत्रीय अध्यक्ष माथि सांघातिक आक्रमण
कपिलवस्तु क्षेत्र नम्बर ४ का सदभावना पार्टी अध्यक्ष सुवासचन्द्र चौधरी माथि सांघातिक आक्रमण भएको छ  । कपिलवस्तु थुन्हिया ८ सडवामा चौधरीकै घरमा आक्रमण भएको हो  । ५ वटा मोटरसाइकल चढेर आएका युवाहरुले घरेलु हतियारसहित आक्रमण गरेका थिए  । आक्रमणबाट चौधरीको हातमा चोट लागेको छ  । आक्रमणमा संलग्नमध्ये कपिलवस्तु थन्हिया ८ सडवा निवासी ३० वर्षीय सन्तु विकलाई स्थानीयले धारिलो हतियारसहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्  । आक्रमणकारीले प्रयोग गरेको लु ७ प ७८५९, लु १६ प ७७८६ र लु १९ प ९१९७ नम्बरको मोटरसाइकल पनि गाउँलेले नियन्त्रणमा लिएका छन्  ।
प्रहरी नियनत्रणमा रहेका सन्तु विकका अनुसार शिवराज नगरपालिका ३ का २२ वर्षीय सागर पन्थ, २६ वर्षीय सतिश पाण्डे, २८ वर्षीय विनोद वि.क बढई, २२ वर्षीय विष्णु नेपालीलगातयले चौधरी माथि आक्रमण गरेका थिए  । आक्रमणको कारण भने खुलेको छैन  ।
‘हाइअलर्ट’मा सुरक्षानिकाय, दंगाग्रस्त क्षेत्रमा कमान्डो टोली
 गृह मन्त्रालयले नयाँ संविधान घोषणा भएपछि मुलुकको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न सुरक्षाकर्मीलाई ’हाई अलर्ट’ अवस्थामा राखेको छ  । धार्मिक, जातीय, क्षेत्रीय समूह र केही राजनीतिक दलले संविधान घोषणालगत्तै शान्ति सुरक्षामा खलल र्पुयाउन सक्ने विश्लेषण गर्दै गृहले विशेष सतर्कता अपनाउन लागेको हो  ।गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले संविधानविरोधी शक्तिले मुलुकको अमनचयनमा खलल र्पुयाउन सक्ने भन्दै तिनीहरूलाई नियन्त्रण गर्न सबै सुरक्षा निकायलाई ’हाई अलर्ट’ अवस्थामा राखिएको जानकारी दिए  । त्यसका लागि एकीकृत सुरक्षा रणनीति बनाएको भन्दै उनले त्यसलाई दंगाग्रस्त क्षेत्रमा लागू गरिसकेको समेत बताए  । प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धान विभागलाई परिचालन गरिएको उनले बताए  ।
सुरक्षा निकायहरू आवश्यक पर्दा जुनसुकै स्थानमा पनि कडा सुरक्षा दिन तयार रहेको बताउँदै उनले केही स्थानलाई अति संवेदनशिल क्षेत्रमा राखिएको बताए  । तर, ती क्षेत्रको नाम भने उनले खुलाएनन्  । ’नयाँ संविधान घोषणालगत्तै केही शक्तिले अप्रिय घटाउन सक्ने सूचना प्राप्त भएको छ, तिनीहरू हाम्रो निगरानीमा छन्,’ उनले भने, ’सशस्त्र समूहलाई समेत विशेष निगरानीमा राखेका छौं  ।’ सुरक्षा संवेदनशीलताको अवस्था हेरेर प्रहरीको ’कमान्डो’ टोली परिचालन गरिने उनले जानकारी दिए  । नेपाली सेनाको हेलिकप्टरबाट कमान्डो टोलीलाई दंगाग्रस्त क्षेत्रमा तत्काल र्पुयाइने उनले बताए  ।विमानस्थल, कारागार, राष्टिूय महत्त्वका आयोजनामा खटिएका प्रहरीलाई दंगाग्रस्त क्षेत्रमा खटाइने र तिनीहरूको स्थानमा नेपाली सेनालाई पठाइने उनले बताए  । ’सेना परिचालन र्गयो भन्ने भ्रम सिर्जना भएको छ, त्यसकारण विमानस्थलमा खटाएका प्रहरी झिकाएर ढंगाग्रस्त क्षेत्रमा पठाउँछौं,’ उनले भने, ’तिनीहरूको स्थानमा सेना खटाउने तयारी गरेका छौं  ।’ दंगाग्रस्त क्षेत्रमा खटिएको सेनालाई तत्काल फिर्ता नबोलाइने पनि उनले बताए  । सरकारले सेना परिचालन नगरेको दाबी गर्र्दै उनले पेटूोलिङ (गस्ती) का लागि मात्र ४ जिल्लामा परिचालन गरेको बताए  । राजमार्ग र मालवाहक गाडीको सुरक्षाका लागि पनि सेना परिचालन गरिने उनले बताए  । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले राजमार्ग र मालवाहक गाडीको एस्कर्टिङ लागि सेना परिचालन गर्ने निर्णय गरेको उनले बताए  । ’अमनचयन कायम भएपछि गस्तीको सेना फिर्ता बोलाइन्छ,’ उनले भने  । केही राजनीतिक दलका नेताको सुरक्षा लागि प्रहरी खटाइने उनले बताए  । ’संविधान निर्माण प्रक्रियामा बढी सक्रिय नेताहरूलाई सुरक्षा थे्रट हुनसक्छ, तिनीहरूको सुरक्षा लागि प्रहरी खटाउँछौं,’ उनले भने, ’सुरक्षा माग गरे जुनसुकै नेता तथा सभासदलाई सुरक्षा दिन्छौं  ।’ गृह स्रोतका अनुसार मोहन वैद्य नेतृत्वको नेकपा(माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको गतिविधिलाई सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ  । 
 

२०७२ आशिन ०३ गते आईतबार

गृहयूद्धमा फस्दै मुलुक


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संविधानसभाको प्रभावकारिता सभामा कस्ता व्यक्तिले भाग लिन्छन्, सभाले बनाउने प्रावधानहरु कस्ता छन्, तथा सभाद्वारा पारित निर्णयहरु कार्यान्वयन गरिन्छन वा गरिँदैनन्, भन्ने कुरामा निर्भर रहन्छ । विश्व इतिहासमा विशेष गरी जनक्रान्ति, स्वतन्त्रता तथा उपनिवेशबाट मुक्त भएका धेरै देशहरुले संविधानसभालाई सफलता पुर्वक प्रयोग गरेका छन् । भारत, आयरलेन्ड, इटाली तथा नर्बे जस्ता देशहरुले संविधानसभाको प्रयोगबाट नयाँ संविधान निर्माण गरी धेरै हदसम्मको स्थिर प्रजातन्त्र स्थापना गरेका छन् । तर, ठुलो आन्दोलन पछि पनि र संविधान सभा गठन गरिएतापनि पाकिस्तान, फ्रान्स र रसिया जस्ता देशहरु असफल रहे । सन् १९४७ मा पाकिस्तानमा गठित संविधानसभाबाट दशकौं सम्म सैनिक तानाशाही तथा सामन्ती प्रजातान्त्रिक सरकारको प्रादुर्भाव हुन गयो ।
त्यसैगरी सन् १७८९ मा फ्रान्समा गठित संविधानसभाले लामो गृह यूद्ध रोक्न असफल रह्यो जुन तत्कालित राजाको फाँसीमा टुङ्गिन पुग्यो । त्यसपछि गठित अस्थिर तथा हिंसात्मक सरकारहरुलाई अन्ततः अपदस्थ गरी नेपोलियन बोनापार्ट सत्तामा आए ।
रसियामा लेनिनका बोल्सेभिक क्रान्तिकारीहरुले संविधानसभालाई समर्थन गरेका थिए । तर, रसियन राजालाई अपदस्थ गरेपछि गठित उक्त सभालाई नियन्त्रण गर्न सकेनन् । प्रजातन्त्रवादीहरु बीच अल्पमतमा परेका लेनिन संविधान सभाको विरुद्धमा उभिए र भने,‘ साम्यवादी गणतन्त्र सामान्य भन्दा उच्च स्तरको प्रजातन्त्र हो ।’ तत्पश्चात, लेनिनको सैन्यले संविधानसभालाई हतियारको प्रयोगबाट बन्द गरेपछि रसिया रक्तपुर्ण लामो गृह यूद्धमा होमियो । तसर्थ, संविधानसभाले या त शान्ति र प्रजातन्त्र ल्याउन सक्दछ वा यसले तानाशाही अथवा गृह यूद्धलाई पनि निम्तियाउन सक्छ ।
 हो, नेपालमा पनि शदियौं देखिको नेपाली जनताको संविधानसभाबाट नयाँ संविधानको सपना असोज ३ गते साँझ ५ बजे साकार हुन गईरहेको छ । तर, जारी हुने नयाँ संविधानले उत्पीडित, उपेक्षित, बञ्चित वर्ग आदिको भावनालाई सम्बोधन नगरेको हुनाले नेपालमा अहिले पनि खस शासकहरु तानाशाहका रुपमा अगाडी देखा परेका छन् भने नेपालमा एक खाले गृह यूद्धको लक्षणहरु देखा पर्न थालेका छन् ।
गणितको आधारमा संविधान गृह यूद्धको एक कारण
अमेरिकाका पुर्व राष्टूपति जिमी कार्टरले भनेका छन्,‘ जब देशका जनताका अवाज सुन्न सकिन्न ठिक त्यसैबेला हामी गल्ती गर्दछौं ।’ यो कुरा उनले राज्य संचालन गर्नका लागि सरकारले ध्यान दिनुपर्ने कुराको सवालमा भनेका हुन । तर, नेपालमा नेपाली जनताको भाग्य भविष्यको निर्धारण गरिने संविधानसभाबाट संविधान निर्माण हुन गईरहेको अवस्थामा पनि करिब ४० दिन देखि लाखौं जनता सडकमा उभिएर, आफ्नो ज्यानको आहुति दिएर संवैधानिक अधिकारको माग गरिरहँदा मधेसीको मागलाई पुरा पुरी वेवास्ता गरी जसरी संविधान जारी गर्न लागिएको छ त्यसले मधेसमा शान्ति होइन थप हिंसा भड्किने र मुलुकमा गृह यूद्ध चर्किने संम्भावना प्रवल हुँदै गएको छ ।
दुई तिहाई भन्दा बढी मतको आधारमा संविधानसभाबाट संविधान जारी हुनुले कानुनी वैधता प्राप्त गर्न सकेपनि देशको आधा भन्दा वढी जनसंख्याले संविधानलाई आत्मसाथ नगरी जलाईरहने परिस्थिति निर्माण हुनुले पनि यो संविधानको औचित्यता माथि प्रश्न चिन्ह खडा गरेको छ ।
महात्मा गान्धीले भनेका छन्,‘मेरो बुझाईको लोकतन्त्र, सर्बाधिक कमजोरले पनि सर्बाधिक ताकतवर जतिकै समान अवसर पाउनु हो ।’ तर, नेपालमा अहिले जारी भईरहेको संविधानमा कमजोर वर्गको अधिकार सुनिश्चित हुन गईरहेको छैन । सदियौं देखि वर्चस्व जमाई ताकतवर बनेका एउटा खास खस समुदायलाई नै झन् झन् ताकतवर बनाउने र उपेक्षित, उत्पीडित वर्ग समुदायलाई झन् झ्न कमजोर बनाउने काम नयाँ संविधानबाट गईरहेको छ ।
संविधानसभामा हाल कायम ५९८ सभासदहरुमध्ये ५३७ जनाले हस्ताक्षर गरेका छन् भने हस्ताक्षर नगर्नेमा अधिकांश तराई मधेस केन्द्रीत दलबाट प्रतिनिधित्व गरेका सभासद् छन् । भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी रहेकोमा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गरेक थिए ।
मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण संख्या बढेको हो । सो मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) ले पनि संविधानको प्रतिमा हस्ताक्षर गरे । हस्ताक्षर कार्य समाप्तिपछि सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायत सभासद्को उपस्थितिमा नेपालको संविधान २०७२ मा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए । सभाध्यक्ष नेम्वाङ आफूले प्रमाणीकरण गरेको प्रति संविधानसभा भवनस्थित ल्होत्से हलमा उपस्थित राजनीतिक दलका शीर्ष नेता, सभासद् एवम् सञ्चारकर्मीसामु सार्वजनिक गरेका थिए । सो अवसरमा तालीको गड्गडाहट करिब पाँच मिनेटसम्म गुञ्जिएको थियो  । हलको माथिल्लो मञ्चमा रहेका शीर्ष नेताहरुले तालीको गड्गडाहटका बीचमा संयुक्त रुपमा हात हल्लाई सबैलाई अभिवादन गरेका थिए । प्रमाणीकरण गर्ने सङ्क्षिप्त कार्यक्रमपछि सभाध्यक्ष नेम्वाङसहित शीर्ष नेतासित तस्बिर खिंचाउन सभासद्को भीड लागेको थियो  ।


२०७२ आशिन ०३ गते आईतबार