Tuesday, September 18, 2018

आवश्यकता परेको बेला संविधान संशोधन हुन्छ ः प्रम ओली देखाउनका लागि पनि अब प्रदेश नं.२ को विकास गरेर छाड्ने प्रमको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सरकार तयार रहेको बताए । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने भन्दै उनले भने, ‘संविधानले कसैलाई विवाद गर्दैन । विभेद भएको छ भने भन्नुस्, संविधान संशोधन गर्न तयार छौं ।’ संविधान गतिशील दस्तावेज भएको भन्दै चाहिएको बेला संशोधन गर्न सरकार तयार रहेको बताए ।
बाबु वा आमा एउटाको नागरिकता भए सन्तानले नागरिकता पाउँछन ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बाबु वा आमा एउटाको नागरिकता भएमा उनीहरूका सन्तानले नागरिकता पाउने बताएका छन् । नेपालको हरेक नागरिकले नागरिकताको प्रमाणपत्र पाउने बताउँदै उनले नागरिकताकै लागि कुनै झण्झट बेहोर्न नपर्ने बताए ।
प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध नागरिकलाई वंशजको आधारमा नागरिकता दिन कुनै रोकावट नभएको बताए । ‘बाबु वा आमा एउटाको नागरिकता भए सन्तानको नागरिकता बन्छ । बाबु वा आमा नेपालमै जन्मिएको हुनुर्पयो’ प्रधानमन्त्री ओलीले भने, ‘भदौभित्र नागरिकता सम्बन्धी कानून लागू भइसक्छ ।’
संविधान र कानून जनताबाट निर्वा्चित प्रतिनिधिले बनाएको भन्दै उनले केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएमा परिमार्जन गर्न सकिने जनाए । ‘हामीले नै संविधान, कानून बनाएका हौं । कहीँ हेरफेर गर्नुर्पयो भने गरिन्छ । धर्मशास्त्र बनाएको होइन, समाजलाई बाटो देखाउने गतिशील कानून बनाएका हौं’ प्रधानमन्त्री ओलीले भने ।
उनले संविधान र कानूनले नागरिकता पाउनबाट बञ्चित देखिएको भए त्यो परिमार्जन गर्न सकिने बताए । ‘टर्चमा ब्याटूी सकियो भने ब्यार्ट्री फेर्नुस, टर्च फेर्दा महँगो पर्छ’ उनले भने, ‘कानूनहरू  आवश्यकता  अनुसार संशोधन हुन्छ ।’
कानून परिमार्जन गर्न सकिने भन्दै उनले कमा, फुलिस्टप फेर्दैन भन्यो भनेर सरकारविरुद्धमा प्रचार गरिएकोमा सत्यता नभएको दाबी गरे। ‘लहैलहै र बहकावका कुरा गरेर संविधान, कानूनमाथि बोलेको छैन’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीले मधेशमा दाइजोजस्तो कुप्रथा कायमै रहेको पाइएको भन्दै अन्धविश्वास र कुरीति हटाउनुपर्नेमा जोड दिए ।
प्रदेश र स्थानीय तहले केन्द्र सरकारसँग लड्न पर्दैन ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु नपर्ने बताएका छन् । संघीय संरचना नेपालका लागि नयाँ अभ्यास भएकोले केही समस्याहरू देखिनु स्वभाविक भएको भन्दै उनले प्रदेश र स्थानीय तह केन्द्र सरकारसँग लड्ने होइन सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘कहिलेकाहीँ प्रदेश सरकार तानातानमा पर्छ । कहिले तलबाट कहिले माथिबाट’ प्रधानमन्त्री ओलीले शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै भने, ‘नयाँ जुत्ता कसोकसो नमिल्या जस्तो हुन्छ, खुट्टा दुखाउँछ । तर लगाउँदै गएपछि मिल्दै जान्छ । केन्द्र सरकार विभेदकारी छैन, सहयोगी छ ।’ बीचमा रहेको प्रदेश सरकारले झन्झट मान्न नहुने उनले बताए । ‘मारामार गर्न हुन्न । अरुले हतियार बेच्छ हामी मारमा पर्छौं’ उनले भने ।
ओलीको चीन भ्रमणका क्रममा केरुङ(काठमाडौं विद्युतीय कार्गो रेलसम्बन्धी सम्झौता भयो । यो सम्झौतापश्चात धेरैले प्रश्न गरे( ’उताबाट ल्याउने चिज त छ, यताबाट के पठाउने ? अर्थात् के निर्यात गर्ने ?’ त्यसको केही महिनापछि प्रधानमन्त्री ओलीले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुबारे उल्लेख गरेका छन् ।
’म चीन जाँदा केरुङ(काठमाडौं रेलको कुरा गरें । रेल ल्याउने कुरा भयो । प्रश्न उठ्यो( रेलमा उताबाट ल्याउन त अनेक चिज ल्याउँला, यताबाट के राखेर पठाउने ?’ प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी हिमाली भेगबाट ट्याङ्करका ट्याङ्कर पानी पठाउन सक्छौं । हामीसँग हिमाली भेगमा प्रशस्त मिनरल वाटर छ ।’
साथै प्रधानमन्त्री ओलीले आफू भारत जाँदा वीरगञ्ज(काठमाडौं रेलमार्ग बारे पनि कुराकानी गरेको बताउनुभयो । यसैगरी पूर्वपश्चिम रेल तराईरमधेसबाटै चल्ने भन्दै उहाँले त्यसबाट प्रदेश २ ले लाभ लिनसक्ने बताए ।
क्यानडा, अमेरिका, जापानमा आँप फल्छ र ? हामीले पठाइदिए मात्र खाने हो ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ विकासका सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको छ । प्रदेश २ को प्रदेशसभा बैठकलाई शनिवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले तराईरमधेसको उर्बर भूमि सो प्रदेशको निकै ठूलो सम्पत्ति भएको बताएका छन् ।
तराईको उर्बर भूमिमा जे पनि फल्ने भन्दै प्रधानमन्त्रीले भने,‘यहाँ लिची फल्छ, आँप फल्छ, जे पनि फल्छ ।’ यहाँबाट उत्पादित आँप निर्यात गरेर नै कमाउन सकिने उनको भनाई छ ।
’क्यानडामा आँप फल्छ ? अमेरिकामा आँप फल्छ ? रसियामा आँप फल्छ ? मंगोलियामा आँप फल्छ ? जापानमा आँप फल्छ र ?’ प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने,‘आँप मीठो नलाग्ने कोही हुँदैन । तर हामीले पठाइदिनुपर्छ उहाँहरूलाई, हामीले पठाइदिए मात्र  खाने हो ।’ साथै उहाँले कृषिको आधुनिकीकरण गरेर उत्पादन  चारगुणा सम्म बढाउन  सकिने बताए ।
प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छ ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट भारतको कोलकत्तासम्म पानीजहज चलाउने योजना अघि सारेका छन् । प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना सुनाए । ‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज र्पुयाउने भनेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश २ बाटै कोलकत्तामा पनि पुग्छ ।’
उनले प्रदेश २ भाग्यमानी रहेको पनि बताए । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताए ।
सीमामा भारतले सडकका बाँध बाँध्न नपाउने भन्दै त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या हटाउनुपर्ने बताए । त्यसका लागि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको त्यसकै आधारमा समस्या समाधान गर्न काम थालिएको बताए ।
उनले वर्षमा गंगामा बग्ने ४० प्रतिशत र हिउँदमा ७० प्रतिशत पानी नेपालको भएको भन्दै नदी नियन्त्रणको काम साझेदारी र परस्परिक हितमा आधारित भएर गर्न भारतलाई आग्रह गरेको बताए ।
उनले अहिले चीन र भारतसँग अत्यन्त सुमधुर सम्बन्ध रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल दुबै देशसँग सहकार्यको वातावरण बनाउन लागेको बताए । प्रदेश २ भूमि, ज्ञान र आध्यात्मको भूमि भएको भन्दै उनले भने, ‘यहाँ असाधारण सम्भावना छ । अत्यन्त उर्बर भूमि छ । सुख्खा र र मरुभूमिकरण हुनबाट जोगाएर सिचाइको प्रवन्ध गर्ने र घट्दो पानीको सहतलाई फेरि माथि ल्याउने काममा जोड दिनुपर्छ’ उनले भने, ‘कृषिको आधुनिकीकरण गर्ने काम पनि सँगै लानुपर्छ ।’
एक टोकरी फूल अमेरिका र आँप अमेरिका, रसिया, जापान, मंगोलिया लगायतका देशमा निर्यात गर्न सकिने उनले बताए । भारतमा सिमेन्टको माग बढी रहेको भन्दै उनले ढुंगाबाटै कमाइन सकिने दाबी गरे ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए सहयोग गर्न संघीय सरकार तयार रहेको बताए । ‘कतिपयले उडाउने हिसावले कुरा गरिररहेका छन् । पूर्वपश्चिम रेल किन चाहियो भन्छन् । साँझ विहान र छाक र रातका कुरा मात्रै गर्दा देश कसरी बन्छ ?’ उनले भने,’ १९ वर्षदेखि चर्चामा मात्रै रहेको हुलाकी राजमार्ग मैले बनाउन तीव्रता दिएका हुँ । पूर्वपश्चिम रेल बनाउन जोड मैले दिएको हुँ । उत्तरदक्षिण रेलमार्ग बनाउन भारतसँग कुरा भएको छ । वीरगञ्ज(काठमाडौं रेल मार्गका लागि मोदीजीसँग कुरा गरेर काम थालेका छौं । त्यो भएपछि यहाँको उत्पादन काठमाडौं र्पुयाउन र काठमाडौंको यहाँ ल्याउन पनि सजिलो हुन्छ ।’
केरुङ काठमाडौं रेलमार्गमार्फत चीनसँग जोड्ने काम सुरु भएको भन्दै रेलमा के पठाउने भनेर चिन्ता गर्नुपर्ने बताए । ‘हाम्रो हिमाली क्षेत्रका पानी ट्यांकरका ट्यांकर पठाउन सम्भव छ । हिमालमा मिनरल नै मिनरल वाटर छ’ प्रधानमन्त्री ओलीले भने, ‘लेक लाग्दा तीब्वतमा रातो झोल खाएँ, के रहेछ यो भनेर बुझ्दा गुराँसको झोल रहेछ । हाम्रो डाँडाहरुमा ३६ प्रकारका गुराँस फुल्छन् । तर, हामी त दाउरा काटेरै सक्न लाग्यौं । अब सम्भावनालाई चिन्नुपर्छ ।’ उनले ५ वर्ष्भित्रै हुलाकी राजमार्ग पनि बनिसक्ने प्रदेशसभालाई जानकारी गराए ।
देखाउन पनि प्रदेश २ मा धेरै विकास गर्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने बताए । तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे । ‘नयाँ जुत्ता दामी नै भएपनि राम्रो नै भएपनि पुरानो जस्तो खुट्टामा मिलेको हुँदैन । पहिलो दिन त दुख्छ ।  तर, एक दुई दिन लगाएपछि मिल्छ ।’
प्रदेश सरकार केन्द्र र स्थानीय तहको तानातानमा पर्न सक्ने भन्दै उनले सम्वादबाट समाधान खोज्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेशसभामा भने, ‘झन्जट महसुस पनि हुनसक्छ तर, यसलाई समझदारीपूर्ण ढंगले टुंग्याउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेको ६ महिना भोलि पुग्ने बताए । आफ्ना १० वटा छ महिना मध्ये एउटा सकिएको भन्दै उनले बाँकी समयमा धेरै काम गर्न बाँकी रहेको बताए ।
धेरै विरोध प्रदेश २ मा भएको भन्दै ‘यो सरकार के रहेछ’ भनेर देखाउन पनि यहाँ बढी विकास गर्ने बताए । प्रदेश २ को विकासमा पूर्ण सहयोग गर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केन्द्रमा जे भन्यो त्यही मान्ने सरकार छ । विकास गरौं, गरौं । बजेट चाहियो, लिनुस् ।’


२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment