Tuesday, September 18, 2018

असई हत्याका फरार प्रतिवादी बने राज्यमन्त्री राज्यले पक्राउ गर्नु पर्यो नि ः प्रतिवादी राज्यमन्त्री शर्मा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य अभिराम शर्मा प्रदेश सरकारमा राज्य मन्त्री बनेका छन् । पछिल्लो पटक प्रदेश सरकारले बिस्तार गरेको मन्त्रीपरिषदमा उनी सामाजिक बिकास राज्य मन्त्री बनेका हुन् । तर, शर्मा एउटा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पनि हुन् ।
मधेश आन्दोलनका क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरमा एक जना सशत्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या हुँदा शर्मालाई पनि उक्त हत्याको प्रतिवादी भन्दै महोत्तरी प्रहरीले महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यति बेला तीन जनालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो भने बाँकी सबै प्रतिबादिहरूलाई खोज्न जाँदा पक्राउ पर्न नसकेको भन्दै फरार प्रतिबादिको रूपमा राखिएको थियो । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीको सूचीमा राज्यमन्त्री शर्मा फरार देखिन्छन्रु। उनी महोत्तरी ३ (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । जलेश्वर(१४ का ३७ वर्षीय अभिराम शर्मा गत ९ साउन २०७५ मा  पुनर्गठित मन्त्रिमण्डलमा राष्टिूय जनता पार्टी (राजपा) बाट प्रदेश २ को राज्यमन्त्री भएका छन् । प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाउन जिल्ला प्रहरी प्रमुख र प्रहरी कार्यालय आलटाल गरे पछि मृतक विकका श्रीमती शोभा गहतराजले उच्च अदालत जनकपुरमा निबेदन नै दिईन् ।
गहतराजले २८ चैत्र, २०७४ मा जिल्ला प्रहरी कार्यालय र त्यस कार्यालय प्रमुखलाई बिपक्षी बनाउदै अदालतमा परमादेशको आदेश जारी गरी पाउँ भन्दै निबेदन दिएको थियो । केही प्रतिबादीहरू महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी अन्य प्रतिबादीहरूलाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा प्रहरीले पक्राउ नगरिरहेको भन्दै उनले निबेदन दिएकी थिइन् ।
फरार प्रतिबादीहरू मध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर, अभिराम शर्मा महोत्तरी ३ (१)  बाट प्रदेश सभामा सांसदको रूपमा निर्बाचित भई सार्बजनिक पद धारण गरी सार्बजनिक स्थानहरूमा खुलेआम उपस्थित भईरहेकोमा प्रहरीले ती प्रतिबादीहरूलाई पक्राउ गरी अदालतमा बुझाउनु पर्नेमा सो नगरी प्रहरी चुपचाप बसेर निष्क्रिय भएको गहतराजले दिएको निवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा गएर पटक पटक अनुरोध गर्दा पनि हालसम्म पक्राउ नगरी कानूनको दायरामा नल्याएर आफुलाई झन् अन्याय भैरहेको भन्दै उनले उच्च अदालतमा मुद्दा दिएकी थिइन् । सोही मुद्दाको सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदनपछि जनकपुर उच्च अदालतले २९ चैत्र, २०७४ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई कारण देखाउ आदेश दिएको थियोरु। त्यस पछि  उच्च अदालत जनकपुरको कारण देखाउ आदेशको जवाफमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले रिट निवेदन खारेजीसहितको जवाफ लेखेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जवाफ नम्बर ४ मा यस मुद्दामा फरार रहेका प्रतिवादी रमेशप्रसाद साह समेतका २५ जनाको नाउमा महोत्तरी जिल्ला अदालतबाट जारी भएको बारेन्ट पुर्जी र म्यादी पुर्जी फरार प्रतिवादीको नजिकका प्रहरी एकाइमा पठाएको र प्रतिवादी पक्राउ परी दाखिला हुन नआएको उल्लेख गरेको छ ।
जवाफमा फरार प्रतिवादी पक्राउ परी दाखिला हुन आएको बखत उनीहरूलाई कानुनबमोजिम महोत्तरी जिल्ला अदालतमा पेस गरिने जनाएको छरु। पक्राउ परेको खण्डमा अदालतमा पेस हुने हुँदा परमादेशको आदेश माग गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई विपक्षी बनाएर उच्च अदालतमा दायर भएको रिट निवेदन खारेज गर्न प्रहरी उपरीक्षक कडायतले माग गरेका थिएरु।
त्यस एता उच्च अदालत जनकपुरमा विचाराधीन रहेको उक्त मुद्दाको पेसी दुईपटक सरेको छरु।
गत असार १२ गते निवेदकका तर्फबाट अधिवक्ता भरतलाल मण्डल र विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका अधिकृत सुरेन्द्र दासले बहस गर्दा सक्कल मिसिल इजलासमा पेस गर्नु भन्दै असार २६ गते पेसी तोकिएको थियोरु। दोस्रोपटकको पेसी बहसबाट हटाएर साउन १५ गतेका लागि सारिएको छ ।
प्रहरी प्रतिवेदन अनुसार २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई विकलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर लाठी, भाटा, लात्ती, मुक्कासमेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याइ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराएका थिएरु। घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा अस्पतालका कर्मचारी र सहयोगीसहित ५ जनाको साथमा विकलाई जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा महोत्तरी(८ सनोखडास्थित एम्बुलेन्सबाट थुतेर धान खेतमा हत्या गरिएको थियोरु। हत्यामा २५ जनालाई विपक्षी बनाइएको छ ।
राज्यले पक्राउ गरोस न ः राज्यमन्त्री शर्मा
प्रहरीको सर्बा्धिक खोजीको सुचिमा फरार प्रतिवादी रहेका राज्यमन्त्री शर्माले द एक्सक्लुसिभसंग कुरा गर्दै आफु निर्दोष रहेको तथा राज्यले झुठा मुद्दा लगाएर फसाएको बताए । प्रहरीको सर्बा्धिक खोजीको सुचिमा एउटा हत्या आरोपको फरार प्रतिवादी समेत रहेको तपाईं अदालतमा किन आत्मसमर्पण गरिरहनुभएको छैन भन्ने सबालमा उनले जबाफ दिँदै भने,‘ आफूमाथि मुद्दा परेको छ भन्ने कुरा आफुलाई औपचारिक रूपमा हालसम्म जानकारी गराइएको छैन, न त प्रहरी न त अदालत मार्फत नै कुनै किसिमको समन आएको छ । मिडिया मार्फत आएको समाचारबाट मात्र उक्त कुराको जानकारी पाएको छु ।’
यदि म फरार प्रतिवादी हो भने राज्यले मलाई पक्राउ किन गरिरहेको छैन, पक्राउ गर्नुपर्यो नि, शर्माले बताए ।
प्रदेश सभाको निर्बाचनका क्रममा उम्मेद्वारी मनोनयन गर्दा मलाई छेकबार भएन । प्रदेश सभामा निर्बा्चित भए पछि मुख्य निर्बाचन अधिकृतले प्रमाणपत्र दिए, प्रदेश सभा सदस्यको रूपमा जेष्ठ सांसद लगन लाल चौधरीले प्रदेश सभाको सदस्यको रूपमा सपथ ग्रहण गराए, अहिले मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्रीको सपथ ग्रहण गराए, त्यति बेला सम्म पनि राज्यले आफुलाई पक्राउ गरेको छैन भने कसरी फरार प्रतिवादी भएन, शर्माले उल्टै प्रतिप्रश्न गरे ।
शर्मा  लगायतका फरार प्रतिबादिहरूलई किन पक्राउ गरिरहनु भएको छैन भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले लोकान्तरसंग भने, ‘राज्यमन्त्री शर्मा उक्त हत्याका फरार प्रतिवादी हुन् भनेर लेखिएको छ । तर उनलाई पक्राउ गर्नका लागि महोत्तरी जिल्ला अदालतले ७० दिने म्याद पुर्जी जारी गरेर पठाएको छ, उक्त म्याद पुर्जी तामेली भएको छैन, त्यसैले पक्राउ नगरिएको हो ।’
घटना सम्बन्धमा महोत्तरीका तत्कालिन डिएसपी रेग्मीको प्रतिवेदन
असई थमनको हत्याको सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले दिएको प्रतिवेदन अनुसार गत भदौ २५ गते अन्दाजी साढे ८ बजेको समयमा बाँके कचनापुर गाविस वडा नं । ५ घर भएका सीमा सुरक्षा कार्यालयको जलसागर महोत्तरीमा दरबन्दी भई सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई लाठी, भाँठा, लाती मुक्का समेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
उक्त खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको समेतको टोली घटना स्थलमा खटी विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराएका थिए । घाइते बिकलाई यस अस्पतालमा उपचार हुन नसक्ने र निजको सिटी स्क्यान गर्नुपर्ने हुनाले थप उपचारको लागि अञ्चल अस्पताल जनकपुरमा जिल्ला अस्पताल जलेश्वरले रेफर गरिदिएपछि सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पताल जलेश्वरको ग्ल् ६६११२३५ नम्बरको एम्बुलेन्समा घाइते बिकलाई राखि कुरुवाको रुपमा सशस्त्र प्रहरी जवान राज कुमार झा, अस्पतालको कर्मचारी र सहयोगी समेत ५ जना भई जनकपुर तर्फ उपचारको लागि अन्दाजी ११ बजेको समयमा जलेश्वर पिपरा हुँदै जनकपुर जाने हाइवेको बाटोबाट गाडी पठाइयो । तर, उक्त बाटोमा अस्पताल आसपासबाट ९÷१० वटा मोटरसाइकलमा मान्छेहरु पछाडी गर्न थाले । जलेश्वरबाट अगाडी वढी प्रकौली पुगेपछि चौकमा अरु थप मानिसहरुले बाटोमा काठ तेर्साई बाटो बन्द गरेको देखि तथा रोक्न खोजेकोमा नरोकी बाटोको छेउबाट एम्बुलेन्स निकाली अगाडी वढाएकोमा ती मानिसहरुले एम्बुलेन्समा ढुङ्गामुढा गर्न थाल्यो । तर पनि एम्बुलेन्स नरोकी अझै अगाडी बढाउँदा ती मानिसहरुले मोटरसाइकलको साधनद्वारा पिछा गर्दै गएकोमा पिपरा नपुग्दै बाटोमा पर्ने विगही खोलाको पर्सा पुलमा अवरोध रहेकोमा पुल नजिकबाट चालकले हाइवेबाट जाँदा खतरा भयो, अगाडी पिपरामा पनि आन्दोलनकारीहरु होलान, पछाडीबाट पनि भेट्न लागिसके, मैले भ्रमरपुराबाट जनकपुर निस्कने बाटो देखेको छु, त्यही बाटो जाऔं भनि एम्बुलेन्स महोत्तरी गाविसको सनोखरा गाउँ तर्फ सहायक बाटोमा मोडी गाउँको बाटो हुँदै अगाडी वढेको थियो ।
अगाडी वढ्दै गर्दा मोटरसाइकलहरु पनि पछि पछि गईरहेकोमा गाउँबाट अगाडी भ्रमरपुरा गाउँ तर्फ जाने चौरीको बाटोमा ह्यूम पाइप हालेको बाटो आई उक्त स्थानबाट अगाडी एम्बुलेन्स जाने बाटो नरहेकोले चालकले एम्बुलेन्स रोकी चालक जलेश्वर ६ का सुशिल मिश्र, अस्पतालका कर्मचारी सियाराम पासवान, सहयोगी पप्पु साह, कुरुवाका लागि खट्ेका सशस्त्र प्रहरी जवान राजकुमार झा समेत चारै जना डराए ।
तिनीहरु आईसकेको देखि मार्छन भन्ने डरले हत्तोत्साहित भई गाडीबाट ओर्लिएर भागेको, घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक विक पनि गाडीबाट ओर्ली भाग्दै गरेकोमा पिछा गर्दै आएका मानिसहरुले आईपुगि पुलिस भाग्यो, मार्नुपर्छ भनि हो हल्ला गरी वरपर भएका तथा गाउँ घरका मानिसहरु समेत जम्मा भई ५०÷६० जना जम्मा भई निज विकलाई निर्ममता पुर्वक कुटपिट गरी धारिलो हतियार समेतले प्रहार गरी हत्या गरेको र प्रहरी जवान राजकुमार झालाई समेत आन्दोलनकारीले लखेटिरहेको अवस्थामा २ किलोमिटर पश्चिम पुग्दा एक स्थानीय व्यक्तिले निज प्रहरी झालाई आन्दोलनकारीबाट बचाई गाउँमा लगि लुकाईराखेका थिए ।
पछि लुकिछिपी महोत्तरीकै डाम्ही मडैई विद्यालयमा पुगि झाले आफ्नो कार्यालयमा सम्पर्क गरी उद्धार गरी लगेको तथा उक्त एम्बुलेन्सका चालक, अस्पतालका कर्मचारी र सहयोगी पप्पु साह पनि भागी आफ्नो कार्यालयको सम्पर्कमा आएको महोत्तरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले विश्लेषण गरेको फोन कल विवरण
महोत्तरी प्रहरीले आफ्नो अनुसन्धानको क्रममा प्रतिवादी भनिएका व्यक्तिहरुको फोन कल विवरण, लोकेशन समेतलाई पहिचान गरी विश्लेषण चार्टसँगै प्रतिवादी अनिल ठाकुरको भ्वाइस रेकर्डलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको छ ।
त्यसैगरी घटनास्थल महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित र अर्को घटना स्थल महोत्तरी वडा नम्बर ८ सनोखडा स्थित धानको खेतबाट बरामद भएका लाठी, फाठा बाँसको, काठको टुक्राहरु, बोतलहरु, बोतलका टुक्राहरु, अडियो र भिजुअल चक्कालाई समेत सबुत प्रमाणको रुपमा पेश गरेको छ । त्यसैगरी घटना स्थल मुचुल्का, लाश प्रकृति मुचुल्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र, मृतकका भाई प्रेम बहादुर विकको जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, साक्षीहरु सशस्त्र प्रहरी जवान राजकुमार झा, पप्पु कुमार साह, सियाराम पासवान, सुशिल मिश्र आदिले गरेको घटना विवरण कागजलाई आधार बनाएको छ ।
सशस्त्र प्रहरी असई विकको हत्या भएको ज्यान मुद्दामा महोत्तरी प्रहरीले विभिन्न प्रतिवादीहरुको फोन कल विवरण समेत प्रस्तुत गरि हत्या गर्ने कार्यमा संलग्न रहेको दावी गरेको छ । प्रतिवादी रमेश साहको मोवाइल नम्बर ९८४४०५९७७४ को विश्लेषण गर्दै घटना भएको मितिमा विहान १०ः२० देखि १५ः२६ सम्म मोवाईलमा कुनै सम्पर्क नभएको तथा मृतक थमन विकलाई फलो गरी कर्तव्य गरी मार्नमा संलग्न रहेको दावी गरेको छ । त्यसैगरी अर्का प्रतिवादी शंकर साही भन्ने रामाशंकर मिश्रको मोवाईल नम्बर ९८४४०३०३१६ को विश्लेषण गर्दै घटना मितिको ११ः०३ देखि १२ः०५ सम्मको लोकेशन ऋम्च् २७४ देखिएको हुनाले उक्त टावर लोकेशन घटना स्थलको हुनाले निजकै नेतृत्वमा घटना भएको प्रहरीले दावी गरेको छ ।
त्यसैगरी प्रतिवादी अनिल ठाकुरको मोवाइल नम्बर ९८४४०३००१८ को विश्लेषणबाट घटना मितिको ११ः१० देखि सम्पर्कमा नरही एकैचोटी १२ः२२ बजेमा भिामोडमा पुगेको हुनाले मृतकलाई फलोगरी कर्तव्य गरी मार्नमा संलग्न रहेको प्रहरीले दावी गरेको छ । त्यसैगरी प्रतिवादी सुरेश पाण्डेको मोवाइल नम्बर ९८५४०३०२४५ को विश्लेषण गर्दा घटना मितिको ११ बजे देखि १२ः१० बजेसम्म बारदात स्थलको मोवाइलको टावर लोकेशनमा रहेको र अर्का प्रतिवादी अभिराम शर्माको मोवाइल ९८५४०३०४४३ सँग पटक पटक सम्पर्क भएको दावी गरिएको छ ।
अर्को प्रतिवादी अभिराम शर्माको मोवाइल नम्बर ९८५४०३०४४३ र ९८४४१६८८८८ को विश्लेषण गर्दैै उक्त मोवाइल घटना भएको मितिको १०ः२४ देखि १२ः२९सम्म घटना स्थलकै मोवाईल टावर लोकेशनमा रहेको बताइएको छ । प्रतिवादी धर्मेन्द्र रायको मोवाइल नम्बर ९८४४०३१९७६ को विश्लेषण गर्दा घटना वारदात मिति समयमा निजको मोवाइल नम्बरको टावर लोकेशन सिडिआर २९७ पिपरा बि रहेको भन्दै अन्य प्रतिवादीहरु समेतको सिडिआरको आधारमा प्रहरीले अभियूक्त बनाएको छ ।
घटना भएको मितिको विहान अन्दाजी ८ः३० को समयमा सशस्त्र प्रहरी विकलाई कुटपिट गरेको भिजुवल रेकर्ड समेत हेर्दा संजय कुमार साह, प्रदिप साह माझी, विक्की साह, रामराजा साह, गोलु साह, हरिओम भगत, रविन्द्र राम चमार र रंजित साहको भिजुवल फोटो सनाखत भएको तथा अन्य व्यक्तिहरु सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।  त्यसैगरी प्रहरीले आफ्नो विशेष सुत्रबाट घटना भईसकेपछि प्रतिवादी मोहन ठाकुरले गरेको कुराकानीको अडियो रेकर्डलाई समेत प्रहरीले प्रमाणको रुपमा पेश गरेको छ । अनिल ठाकुरले गरेको संवादको भ्वाइस एस्पेक्टूम एनालेसिस प्रविधिद्वारा परिक्षण गराई  अडियो रेकर्ड र भिजुअल रेकर्डको भ्वाइस ६७ प्रतिशत मिलेको  भनि केन्द्रिय अनुसन्धान व्यूरोको परीक्षण प्रतिवेदनलाई पनि ठोस प्रमाणको रुपमा अगाडी वढाएको छ ।



२०७५ श्रावण १३ गते आईतबार

No comments:

Post a Comment