Tuesday, September 18, 2018

नेपाली भूमि अतिक्रमित क्षेत्रमा पुग्यो केन्द्रीय टोली, विवादित क्षेत्रको निरीक्षण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 भारतीय पक्षले सीमा अतिक्रमण गरी एकलौटी भन्सार निर्माण गरिरहेको ठाउँमा नापी विभागबाट खटिएको नेपाल सरकारको आधिकारिक टोलीले स्थलगत निरीक्षण गरेको छ । धनुषाको नगराईन नगरपालिका(२ स्थित जटहीको सीमा क्षेत्रमा भारतीय पक्षले दसगजा समेत मिच्दै नेपालको भूभाग समेत अतिक्रमण गरेर एकतर्फी तथा बलजफ्ती भन्सार निर्माण गरिरहेको स्थलमा नापी विभागबाट खटिएका टोलीले स्थलगत नाप नक्सासहित निरीक्षण गरेको छ ।
परराष्टू मन्त्रालयको निर्देशनपछि नापी विभाग काठमाडौंबाट प्रमुख नापी अधिकृत रमेश ज्ञवाली, नापी अधिकृत निर्मल कोइराला, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत, नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डे, राष्टिूय अनुसन्धान विभागका प्रतिनिधि लगायतको उपस्थितिमा सीमा क्षेत्रमा नापनक्सा लिइएको छ ।
सीमा स्तम्भ २८४ र ३५ र २८५ नम्बरको बिचमा पर्ने क्षेत्र तथा सान्दर्भिक स्तम्भ ५१ नम्बरको छेउमा भारतीय पक्षले भन्सार निर्माण गरिरहेको थियो । सीमा स्तम्भ मुख्य, मझौला, छोटो र सान्दर्भिक गरी ४ किसिमका स्तम्भ हुन्छन् । मुख्य स्तम्भ हराएको अवस्थामा अरु स्तम्भको खोजी गर्न २०४५ सालमा दुवै देशका संयुक्त प्रतिनिधि खटिएपछि सान्दर्भिक स्तम्भ बनाइएका हुन् ।
नेपाली टोलीले सबै ठाउँमा आवश्यक नापजाँच गरेर प्रत्येक बिन्दुको ‘जीपीएस’ प्रविधिको सहायताले स्थान पहिचान र मापन गरेको छ । मापनलाई अन्तर्रा्ष्टिूय सीमा नक्सासँग भिडाएर सीमा अतिक्रमण भएको होरहोइन एकीन हुने प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले बताए ।
‘विवादित क्षेत्रमा कतिपय स्थानीयवासीलाई समेत अन्तर्रा्ष्टिूय सीमा क्षेत्रको एकीन सीमांकन नहुँदा  अन्यौलको स्थिति आएको हो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘मुख्य कुरा के हो भने त्यहाँको मुख्य सीमा स्तम्भ २८५ नम्बरको पिलर पहिलेदेखि नै गायव छ । २८४ को ३५ नम्बर पिलर अहिले पनि माटोमा छँदैछ, अवस्था पनि ठिक ठाउँमा छ । ५१ नम्बरको सान्दर्भिक स्तम्भको सहयोगले एकीन हुन्छ ।’
टोलीले ७ दिनभित्र प्रतिवेदन परराष्टू मन्त्रालयमा बुझाउने छ । आगामी नोभेम्बरमा नेपाल र भारत दुवै देशका नापी सर्वेक्षकको संयुक्त टोली खटिएर स्थिति प्रष्ट हुने ज्ञवालीले बताए । सान्दर्भिक स्तम्भको नजिक भारतीय पक्षले भन्सार बनाउन पाइने कि नपाइने भन्ने विषयमा ज्ञवालीले भने, ‘मुख्य स्तम्भ नम्बर २८५ नै गायव भएको अवस्था छ । हामीसँग भएको नापी नक्सा अनुसार रिफ्रेरेन्स पिलर मुख्य पिलरको ४१ मिटर दक्षिणमा रहेको देखिन्छ । त्यसैले त्यहाँ भारतीय पक्षले भन्सार निर्माण गर्न नपाउने अवस्था छ ।’
सीमामा दसगजा पनि मिचिएको छ । नेपाल र भारत दुवै देशको सीमामा दुवै देशले ३०÷३० फिट अर्थात् ९ दशमलव १४ मिटर ठाउँ छोड्नुपर्ने हुन्छ । दसगजामा कुनै पनि पक्षले कुनै पनि किसिमको निर्माण गर्न नपाइने अन्तर्रा्ष्टिूय कानून नै रहेकाले निर्माण उपयुक्त होइन भन्ने कुरामा भारतीय पक्ष पनि सहमत भएको ज्ञवालीले बताए ।
अनुगमनका क्रममा भारतीय भन्सार कार्यालयका प्रमुख मोहम्मद अन्सारीसहित सीमा सुरक्षा बल (एसएसबी) लगायतको उपस्थिति थियो । तत्कालका लागि भारतीय पक्षले भन्सार निर्माण कार्य रोकेको भएपनि दुवै देशको आधिकारिक नापी सर्वेक्षक टोलीले स्थलगत नापनक्सा नगर्दासम्म विवाद नै रहने भएको छ । दसगजा क्षेत्रबारे एकीन टुंगो नलागेकाले मुख्य स्तम्भको पुनस्र्थापन समेत गर्नुपर्ने छ । स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालयमा समेत सीमा क्षेत्रको नापनक्सा नहुँदा समय(समयमा विवाद हुने गरेको छ ।
विगतमा नेपाल र भारतको संयुक्त सीमा सर्वेक्षक टोली खटिएपनि धनुषामा सामान्य निरीक्षण मात्र गरेको तथा सीमा स्तम्भको मर्मत र गायव भएका स्तम्भको पुनस्र्थापना लगायतका काम गर्न बाँकी नै रहेको छ । बिहीवार नेपालको टोलीले निरीक्षण गर्न जाँदा भारतीय पक्षका भन्सार कार्यालयका प्रतिनिधि स्थानीय नक्सा लिएर आएका थिए । तर, नेपालको टोलीले त्यो नक्साले काम नहुने र अन्तर्रा्ष्टिूय नक्सा लिएर आउन भनेपछि भारतीय पक्ष सहमत भएको ज्ञवालीले बताए ।


२०७५ श्रावण १३ गते आईतबार

No comments:

Post a Comment