जनकपुरधाम............
पछिल्ला वर्षहरुमा धनुषामा आतङ्क मच्चाउने सशस्त्र समुहका नाइकेहरु एकपछि अर्को पक्राउ पर्न थालेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आउने जिल्लावासीमा आशा पलाएको छ । ६ वर्ष अघि दिन दहाडै मान्छेको हत्या, अपहरण, बम विस्फोट, चन्दा आतङक, धाक धम्की लगायतका आपराधिक गतिविधि सामान्य बनेको थियो । उद्योगी, व्यवसायी, कर्मचारी र सर्वसाधारण त्रसित थिए । सशस्त्र समुहका नाइकेहरुले टेलिफोन मार्फत चन्दा माँग्ने, चन्दा नदिँदा ज्यानै मारिदिने धम्की मात्र होइन, हत्या समेत गर्न पछि नपर्ने सशस्त्र समुहहरुका कारण धनुषामा शान्ति सुरक्षाको अवस्था अत्यन्तै दयनिय बनेको थियो । एक वर्ष अघि मात्र राष्टिूय मानव अधिकार आयोगका केन्द्रिय अध्यक्ष केदारनाथ उपाध्यायले द एक्सक्लुसिभ सँगको अन्तरवार्तामा ‘नेपालमा सबैभन्दा वढी मानव अधिकारको दयनिय अवस्था तराईमा रहेको र तराईमा पनि सबैभन्दा वढी दयनिय अवस्था धनुषामा रहेको बताएका थिए ।’ उपाध्यायको उक्त भनाईले पनि धनुषामा मान्छेको बाँच्न पाउने अधिकार कतिसम्म कुण्ठित भएको थियो, पुष्टि हुन्छ । जनताको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीका जिम्मेवार प्रहरी अधिकृतहरु आफ्नो दायित्व वहन गर्नुभन्दा अवैध तरिकाले पैसा कमाएर जाने प्रवृतिका कारण धनुषाको शान्ति सुरक्षाको अवस्था वदहाली बनेको थियो ।
वढ्दो अपराधको ग्राफ
२०६३ साल देखि २०७० पौष सम्म कुल ८ वर्षमा जिल्ला प्रहरी कार्यालय धनुषामा कुल ३ हजार १५ थान मुद्दा दर्ता भएका छन् । जस मध्ये १ सय ८० जनाको हत्या, ८७ जनाको हत्या प्रयास, २ सय १७ थान हातहतियार तथा खरखजाना, १ सय ४३ थान चोरी, ६६ थान डाँका, ७ थान खुनडाँका, ६ सय २९ थान केही सार्वजनिक अपराधका मुद्दा, १ सय ७० थान लागु औषधका मुद्दा, ३७ थान अपहरण तथा शरीर बन्धक, ११ थान अपहरण तथा शरीर बन्धक उद्योग, ४० थान जवरजस्ती करनी, ७ थान जवरजस्ती करनी उद्योग, ९ थान विस्फोटक पदार्थ, २ सय ५७ थान सवारी ज्यानका मुद्दा दर्ता भएको पाइन्छ । २०६३ देखि क्रमशः हालसम्म २०,२४,३८,२३,२४,२२,१७ र १२ गरी कुल १सय ८० जनाको हत्या भईसकेको छ । सवैभन्दा वढी २०६५ सालमा ३८ जनाको हत्या भएको देखिन्छ । हातहतियार तथा खरखजाना मुद्दामा २०६३ देखि क्रमशः हालसम्म १६,४२,५६,४२,२२,१७,१४ र ८ गरी कुल २ सय १७ थान मुद्दा दर्ता भएको देखिन्छ । २०६४ साल देखि २०६६ साल सम्म हातहतियार मुद्दा वढे पनि त्यसयत्ता घटेको देखिन्छ । आर्थिक वर्ष २०६३ मा धनुषामा कुल २ सय ७० थान मुद्दा दर्ता भएका थिए । त्यसपछिका वर्षहरुमा अपराधिक घटनाहरुमा वृद्धि हुँदै गयो । आर्थिक वर्ष २०६४ मा ३ सय ८ थान, २०६५ सालमा ३ सय ७९ थान, २०६६ सालमा ४ सय २१ थान, २०६७ सालमा ४ सय ४४ थान, २०६८ सालमा ४ सय ७५ थान र २०६९ सालमा ४ सय ७६ थान मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको देखिन्छ । वर्षै पिछे अपराध वढनुको कारण अपराध गरेका व्यक्ति पक्राउ नपर्दा फरार भई भारतमा लुकिछिपि वसि थुप्र्र्रै अपराध गर्दै गए । तर, प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका थुप्रै कुख्यात अपराधीहरु पक्राउ परेका कारण अबको दिनमा आपराधिक गतिविधिमा समेत कमि आउने धनुषा प्रहरीको आँकलन छ ।
सशस्त्र समुहको गठन सँगै अपराधमा वृद्धि

धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी । |

![]() |
जिल्ला प्रहरी कार्यालय धनुषा । |
माओवादीको सशस्त्र द्वन्दकालमा जनयूद्धको उतराद्र्धमा तराईमा पनि प्रभावहरु देखा पर्ने थालेका थिए । जनयूद्धका सर्वोच्च कमाण्डर प्रचण्डले मधेसलाई आफ्नो आन्दोलनको रणनीतिक महत्वको क्षेत्र बताउँथे । २०५८ भदौ ५ देखि ८ मा सर्लाहीको वरहथवामा भएको मधेसी राष्टिूय मुक्ति मोर्चाको प्रथम सम्मेलन उदघाटन गर्न आफैं जानुको कारण पनि त्यही थियो, जुन अर्धखुला कार्यक्रममा उनको पहिलो उपस्थिति थियो । मात्रिका यादव पक्राउ पर्नु भन्दा केही अघि २०६० अषाढमा मधेसी मोर्चाको दोस्रो सम्मेलनले जयकृष्ण गोइतलाई हटाएर मात्रिकालाई अध्यक्ष छान्यो । माओवादी नेतृत्वले रणनीतिक महत्वको मधेस कमाण्ड सम्हाल्ने जिम्मा एमालेबाट माले हुँदै २०५४ सालमा मात्र पार्टीमा आएका गोइत भन्दा पुराना विश्वासिला पोलिट व्यूरो सदस्य मात्रिकालाई दिनु भरपर्दो हुने ठान्यो । आफुलाई कार्यकारी पदबाट हटाएर मोर्चाको केन्द्रिय सल्लाहकारमा सिमित गरिएपछि गोइतले केही समर्थक सहित विद्रोह गरे र २०६१ साउन ११ मा ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ नामको छुट्टै समुह बनाए । माओवादीबाट छुट्टिएपछि उनको उग्रता वढ्दै गयो । अन्ततः उनले नेपालबाटै अलग्गिएर छुट्टै ‘मधेस राष्टू’ खडा गर्ने पृथकतावादी लक्ष्य अगाडी सारे । त्यसपछि माओवादी छाड्ेका वा त्यहाँ कारवाहीमा परेका कार्यकर्ता या त सोझै गोइतको सशस्त्र समुहमा पुग्न थाले, या नेपाली वा भारतीय सुरक्षा निकायको शरणमा । तर गोइत पनि आफ्नो वरिपरि अराजक दस्ता राख्न चाँहदैन थिए । जव उनले जथाभावी चन्दा संकलन नियन्त्रण गर्न खोजे, उनकै समुहमा फुट आयो । गोइतलाई चुनौती दिँदै उनका पुर्वी क्षेत्र कमाण्डर नागेन्द्र पासवान ‘ज्वाला सिंह’ले २०६३ साउनमा छुट्टै समुह बनाए । सिरहामा केही समय पत्रकारिता समेत गरेका ज्वाला सिंह २०५२ सालमै भुमिगत भएर जनयूद्धमा लागेका थिए । गोइत भन्दा पहिले देखि माओवादी राजनीतिमा लागेका उनले पनि पृथकतावादी नारा नै दिए । ज्वाला सिंहको समुहमा पनि २०६४ अषाढमा फुट आयो र विस्फोट सिंहको नेतृत्वमा अर्को गुट जन्मियो । सोही क्रममा ज्वाला सिंह सँगै चन्दा लिने पार्टीको काम कारवाही सम्बन्धमा कुरा नमिलेपछि पार्टीबाट विद्रोह गरी ७ फागुन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुह नामक छुट्टै समुह गठन गरी राजन मुक्तिले संयोजकको रुपमा पहिलो प्रेस विज्ञप्ती जारी गरेका थिए । एवं रीतले अरु थुप्रै स(साना समुह मधेसमा मौलाए । ती मध्ये अधिकांशले राजनीतिक नारा दिएपनि अपहरण, लुट, हत्या, हिंसा, रकम असुली लगायतका बहुरङ्गी आपराधिक कृयाकलापमा संलग्न रहे । प्रहरी प्रशासन अस्तव्यस्त रहेको संक्रमणकालीन अस्थिरताबाट तीनले फाइदा उठाएका थिए । उनीहरुले कतिपय मधेसी दल र तीनका नेताहरुबाट संरक्षण पाएको कुरा पनि बेला बेलामा नउठेको भने होइन । ती मध्ये धेरै जसोले सीमापारी भारतीय भु(भागमा वसेर गतिविधि चलाउने छुट पाएका थिए । जसको असर धनुषामा पनि परेको थियो । तर अहिले उत्तम राज सुवेदी प्रहरी प्रमुख भएको बेला तीनै सशस्त्र समुहका कतिपय नाइकेहरु नै पक्राउ परेपछि अहिले सर्वसाधारणले राहत महसुस गर्न थालेका छन् । जसमध्ये चन्दा दिनु परेको व्यापारी, उद्यमी र कर्मचारीहरु भने अत्यन्त खुसी भएका छन् ।
मिति ः २०७०/१०/०५
मिति ः २०७०/१०/०५