Tuesday, September 18, 2018

आइएसआईको आरोप लागे पछि मन्त्री बन्न पाएनन् राईन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राष्टिूय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रदेश सांसद जयनुल राईन प्रदेश सरकारमा मन्त्री बन्ने कुरामा ढुक्क थिए । राजपा नेपालको तर्फबाट मन्त्री बन्नका लागि दलीय भागबन्डाका आधारमा पनि उनको सीट सुरक्षित थियो । तर, जब राजपाको कोटाबाट उनी मन्त्री बन्न पाएनन्, बाहिर भनियो की राज्य मन्त्री बनाईनेछ । राईनले त्यसैमा चित्त बुझाए ।
राज्यमन्त्रीका लागि राजपाको संघीय संसदका संसदीय दलका नेता समेत रहेका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई राजपा अध्यक्ष मण्डलले उनको नाम समेतको राज्यमन्त्रीका लागि सुची समेत बुझाईयो । सरकारलाई धार्मिक तथा जातीय आधारले पनि सबै समाबेशी बनाउनका लागि मुस्लिम समुदायबाट उनको प्रतिनिधित्व एक किसिमले सुनिश्चित नै थियो ।
राजपा अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीले राईनलाई फोन गरेर बधाई समेत दिइसकेका थिए । तर, जब राज्यमन्त्रीहरूको बिषयमा राजपा संयोजक ठाकुरले निर्णय गरे, फेरी पनि राईन अटाउन सकेनन् । राजपाको तर्फबाट सरकारमा न त दलित समुदाय परे, न त मुस्लिम समुदाय ।
प्रदेशमा त्यसको ब्यापक आलोचना भयो । राजपा नेपाललाई दलित र मुस्लिम समुदायको भोट मात्र चाहिने तर, सरकारमा प्रतिनिधित्व नगराउने दलको रूपमा चित्रित मात्र गरिएन, राजपालाई दलित र मुस्लिम समुदाय बिरोधि पार्टीको बिल्ला नै भिराईयो ।
राईन बिगतमा राष्टिूय मधेश समाजबादी पार्टीमा उपाध्यक्ष भएकाले स्वाभाविक रूपमा शरत सिंह भण्डारी निकट भएकाले भण्डारीको ब्यापकै आलोचना भयो । प्रदेश सरकारमा राजपामा आबद्ध पुर्बका ६ वटा पार्टीहरू मध्ये भण्डारी र राजकिशोर यादवले मात्रै कोटा पाउन सकेनन् । तर, राजकिशोर यादवले आफ्नो भागमा परेको कोटा बाट पुर्ब तमलोपाका सुरेश मण्डललाई नै राज्यमन्त्रीमा सिफारिश गरे ।
प्रदेश सरकारमा तीन वटा मन्त्री र तीन वटा राज्यमन्त्री नियुक्त भएकोमा भण्डारीको मात्रै मान्छे नपरे पछि स्वाभाविक रूपमा भण्डारीको धेरै नै आलोचना भयो । त्यसमा पनि राईन भण्डारीकै संसदीय क्षेत्रबाट निर्बा्चित भएका थिए । जस कारण उनको संसदीय क्षेत्रमा पनि भण्डारीलाई भोट ब्याङ्कमा समेत ससर पर्न सक्ने देखिन्छ ।
किन राईनलाई मन्त्री बनाईएन भन्ने द एक्सक्लुसिभले गरेको प्रश्नको उत्तर भण्डारीले यसो दिए,‘ हामीले त राईनको नाम सिफारिस गरेर संयोजक तथा संसदीय दलका नेता महन्थ ठाकुरलाई सुची बुझाइदिएका थियौं, तर, उनको नाममा भारतले सहमति जनाएन ।’ राईन पाकिस्तानी गुप्तचर संस्था आईएसआईका एजेन्ट हुन् भन्ने आरोप लागेपछि काठमाडौं स्थित भारतीय राजदूताबासले राईनको नाममा सहमति जनाएन, भण्डारीले थपे, ‘ठाकुरजीलाई धेरै नै दबाब आयो, त्यस कारण उनको नाम मन्त्रीमा सिफारिस हुन सकेन ।’
जबकी राईनमाथि त्यो आरोप मन्त्रीको रूपमा सिफारिश गर्दा पनि लागेको थियो, तर भारतीय दूताबासबाट राईन सन्दर्भमा छानबिन समेत गर्दा उनी आईएसआईसंग आबद्ध नरहेको भन्ने क्लिन चीट समेत पाएका थिए, भण्डारीले भने, ‘राईनलाई रोक्नका लागि षड्यन्त्र गरियो । उनी आईएसआईसंग आबद्ध छैनन्, तै पनि त्यो आरोपका कारण मन्त्री बनाईएन, अब त्यसको जबाफ ठाकुरजीले नै दिनुहुनेछ ।’
एता राईन संग पनि द एक्सक्लुसिभले सोहि प्रश्न गर्दा उनी त झसंग नै भए । आइएसआईको आरोपका कारण आफुलाई मन्त्री नबनाइएको कुरा त उनले थाहा पनि पाउन सकेका थिएनन् ।
राईनले भने, ‘म बिरुद्ध पार्टीबाटै ठुलो षड्यन्त्र भएको छ । मलाई सरकारमा जानबाट रोक्नका लागि पार्टीको तहबाटै उक्त षड्यन्त्र गरिएको हो ।’ राजपा संयोजक ठाकुरजी र अध्यक्षमण्डलका सदस्य भण्डारीजी संग यस बिषयमा मेरो कुनै पनि कुरा भएको छैन, राईनले बताए । यदि आइएसआइकै आरोप लगाएर मन्त्री नबनाईएको हो भने, त्यसको म भतर््सना गर्दै खेद समेत प्रकट गर्दछु, उनले बताए ।
जब मन्त्रीको नाम सिफारिस गरिएको थियो तयस बेला पनि सोही आरोप लाग्यो, तर भारतीय राज्दूताबासले नै उक्त आरोपबारे अध्यक्ष भण्डारीलाई म्यासेज पठाएर आफु क्लिन चिट पाइसकेको अबस्थामा फेरी पनि षड्यन्त्र गरिएको राईनले बताए ।
म अब भारतीय राजदूताबासमै गएर सबै कुरा बुझ्छु, मेरो राजनीतिक करियर सिद्ध्याउनका लागि कतैबाट ठुलै षड्यन्त्र भएको छ, उनले भने ।
राष्टिूय मुस्लिम संघर्ष गठबन्धन धनुषाका प्रबक्ता मोहम्मद साजिद हुसैनले भने, ‘मुस्लिम समुदायमा एक त राजनीतिमा अगाडी बढ्न त्यसै पनि अबसर दिने गरिएको छैन, कोई अगाडी जान थाल्यो की सिधै आइएसआइको आरोप लगाइदिने गरिन्छ ।’ एक तह सम्म मुस्लिम समुदाय राजनीतिमा अगाडी जान सक्छन तर, उचाई प्राप्त गर्न थाल्यो की उक्त आरोप लागि नै हाल्छ, हुसैनले भने ।
राईनलाई गम्भीर आरोप लागेकाले राईन पनि उक्त आरोप झुठो हो भन्ने कुराको पुष्टि गर्न चाहन्छन् । महोत्तरी अध्यानपुरका राईन सुरुमा सामान्य मानिस थिए । बैदेशिक रोजगारीको  शिलशिलामा उनी कतार पुगे । त्यहाँबाट उनी काम गर्नुको साथसाथै नेपालका मानिसहरूको लागि पैसा पठाउने काम गरे बापत कमिशन लिने गर्थे । पछि उनले आफ्नै म्यानपावर एजेन्सी चलाउन थाले । म्यानपावर एजेन्सीमार्फत अकुत धन आर्जन गरे । त्यसै सिलसिलामा उनी बिगतमा खाडी मुलुकका कतिपय देशहरूमा आउने जाने गर्थे । अहिले उनको जनकपुरमै दुई ठाउँमा घर छ । काठमाडौंमै पनि कतिपय ठाउँमा घर र घडेरी रहेको बताइन्छ ।
२०६३ सालको मधेश आन्दोलन पछि भएको पहिलो संबिधान सभाको निर्बाचनका क्रममा उनी स्वतन्त्र उम्मेदवारको रूपमा चुनाब लडेका थिए र झिनो मतान्तरले पराजित भएका थिए । त्यस पछि भण्डारीले स्थापना गरेको राष्टिूय मधेश समाजबादी पार्टीमा आबद्ध भए । दोस्रो संबिधान सभाको चुनावमा पनि रामसपाबाट चुनाव लडे तर फेरी पनि पराजित भए ।
भण्डारीले उनलाई पार्टीको केन्द्रीय उपाध्यक्ष समेत बनाइदिए । राजपा गठन भए पछि उनी पनि  केन्द्रीय उपाध्यक्ष बने । प्रदेश सभामा उनी महोत्तरीको संसदीय निर्बाचन क्षेत्रको २ को (१) बाट प्रदेश सभामा निर्बाचित भए । उक्त क्षेत्रबाट भण्डारी पनि प्रतिनिधि सभा सदस्यको रूपमा निर्बाचित भएका छन् ।
स्रोतका अनुसार भारतीय पक्षले अहिले पनि राईनको बिषयमा आन्तरिक छानबिन गरिरहेको छ । एता प्रदेश सरकारको मन्त्री नबनाउदा मुस्लिम समुदाय राजपाबाट हच्किए पछि उनलाई प्रदेश सभाको कुनै संसदीय समितिको सभापति बनाउने तयारी गरेको छ ।
राईनले भने, ‘राजपाको संसदीय दलका नेता जितेन्द्र सोनलले मलाई फोन गरेर कुनै संसदीय समितिको सभापति बनाई दिन्छु भनेर भनेका छन्, तर आफुले त्यस बारे कुनै खाशै प्रतिक्रिया दिएको छैन ।’ मन्त्री बन्ने मान्छे, मन्त्री पनि बनिएन, हुँदा हुदै राज्य मन्त्री समेत बन्न दिएनन, अब संसदीय समितिको सभापति बनाईदिन्छु भनेर भनिरहेका छन्, त्यो सभापति बनेर के काम भन्दै उनले पार्टी प्रति आक्रोश व्यक्त गरे ।
चुनाव लड्दा आइएसआईको आरोप लगाए , पार्टीले आर्थिक सहयोग पनि गर्यो तर, जितेर सांसद भईसके पछि मन्त्री बन्ने बेलामा षड्यन्त्र गरी आएईएसआईको एजेन्ट भन्ने आरोप लगाएर राजनीति सिध्याउने खेल भएको छ, पहिले त्यस बारे पार्टीको औपचारिक धारणा बाहिर आउनु पर्छ, राईनले भने ।
हुन त प्रदेश नम्बर दुईको मुख्यमन्त्रीमा संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोहम्मद लाल बाबु राउत गद्दीको नाउँ सिफारिस गर्दा पनि भारतीय पक्षले असहमति जनाएको थियो, तर उपेन्द्र यादवले अडान लिए पछि मात्रै राउत पनि मुख्यमन्त्री बन्न पाए भन्दै राष्टिूय मुस्लिम संघर्ष गठबन्धन धनुषाका प्रबक्ता साजिद हुसैन भन्छन्,‘राईनजीको हकमा पनि यदि भारतीय पक्षले रोकेको हुन सक्छ तर, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अडान लिनु पथर््यो, उनले अडान नलिएकै कारण राईन मन्त्री बन्नबाट बन्चित हुन पुगे ।’



२०७५ श्रावण २७ गते आईतबार

No comments:

Post a Comment