Tuesday, July 7, 2015

सडक आन्दोलन आवश्यक ः रोशन जनकपुरी

 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेशी राष्टिूय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष रोशन जनकपुरीले मधेशवादी दलहरुले औपचारिकता पुरा गर्नका लागि मात्रै ४ दलद्वारा जारी गरिएको संविधानको मस्यौदाको विरोध गरेको बताएका छन् । उनले यदी साच्चिकै मधेशीहरुको अधिकार, पहिचान र संघियताका लागि आन्दोलन गर्ने हो भने तत्काल संविधानसभा त्याग गरी सडक आन्दोलन गर्नुपर्ने बताएका छन् ।

बिहिबार जारी केन्द्रिय अध्यक्ष रोशन जनकपुरीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यकता र परिस्थिती अनुकुल परिवर्तनकारी शक्ति र संघीयतावादी शक्तिहरुसंग समन्वय गरी संघर्षमा जुट्नका लागि सबैमा आह्वान गर्दै तत्काल कार्यकर्तापंक्तिहरुलाई निर्देशन समेत दिएका छन् । यथास्थितीवादी र प्रगतीवादी वर्गका प्रतिनिधीहरुको दुई तिहाई बहुमत रहेको वर्तमान संविधान संविधानसभाले उत्पिडित वर्ग जाती र पहिचान पक्षधरहरुको अपेक्षा अनुरुप संघीय संविधान दिन नसक्ने स्पष्ट हुदाँ हुदैँ उपेन्द्र(राजेन्द्र( महन्थ लगायतका केहि मधेशवादी र संघीयतावादी दलहरु औपचारिक विरोधको नाममा संविधानसभा भित्र रुमल्लि रहनुले उनीहरुको अवसरवादीता र सत्ता लोलुप्ता मात्र प्रदर्शीत भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । होइन भने उनीहरु तत्काल संविधानसभा त्याग गरी संघर्षको मैदानमा उत्रिनु पर्ने सो विज्ञप्तिमा उल्लेख छ । “हामी पुर्ण समानुपातिक(समावेशी राज्य व्यवस्था र आत्मनिर्णयको अधिकार सहितको स्वायत्त शासनका पक्षधर छाँै । त्यसैले संघीय प्रदेशहरुको स्पष्ट सिमांकन र नामांकन, अधिकार र जिम्मेवारी विनाको संविधान हामीलाई मान्य हुने छैन ।” सो विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष जनकपुरीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा वर्तमान साम्प्रादयिक राज्यसत्ताको जनविरोधी षड्यन्त्रका विरुद्ध एकजुट हुन हामी सम्पूर्ण अग्रगामी परिवर्तनकारी शक्ति, संघीयतावादी शक्ति र सम्पूर्ण जनसमुदायलाई आग्रह गर्दछौँ उल्लेख गरिएको छ । 

यसले सर्वपक्षीय राजनीतिक सम्मेलनबाट जनपक्षीय संघीय गणतान्त्रिक संविधानका  अन्तरवस्तुमा सहमतीको औचित्यता तथा आवश्यकता पनि सिद्ध हुने भएकाले तत्काल सर्वपक्षीय राजनीतिक सम्मेलनको  माँग समेत गरेका छन् ।

“पर्दा पछाडीका भित्री बाहिरी प्रतिक्रियावादी शक्तिहरुको मिलिभगतमा गरिएको १६ बुन्दे सहमती र त्यसको आधारमा संघीय प्रदेशहरुको सिमांकन र नामांकन विनाको संविधान घोषणाको तयारी, प्रस्तावित संविधानमा भेदभावपूर्ण नागरिकताको प्रावधान कायमै राख्नु र राजाको ठाउमा संवैधानिक राष्टूपति राखेर पुरानै खालको संसदीय राज्य व्यवस्थाको पुनरावृत्तिले शिर्ष राजनीतिक दलहरु र वर्तमान राज्य सत्ता जनविरोधी संघीयता विरोधी र पुरानै आत्मसर्मणवादी यथास्थितीवादी प्रतिगामी राज्यको निरन्तरता भएको स्पष्ट माओवादी जनयूद्ध, जनआन्दोलन र मधेश आन्दोलनबाट उदाएका प्रगतीशील नयाँ राजनीतिक शक्तिहरु र अग्रगामी क्रान्तिकारी परिस्थिती तथा जनपक्षीय एजेण्डाहरुलाई पछाडी धकेल्ने उद्देश्यले तत्कालिन यथास्थितीवादी राज्यसत्ता र प्रतिक्रियावादी वर्गहरुद्वारा सिर्जित कथित दोश्रो संविधान सभाको षड्यन्त्रको चरम उत्कर्ष हो । यो देशको बहुसंख्यक श्रमजिवी वर्ग र उत्पिडित जाती समुदाय क्षेत्र र लिंगसंग भयानक धोका हो । यस स्थितीले हामीले भन्दै आएको झैँ एक पटक फेरी संधिवानसभाको औचित्य समाप्त भएको सावित गरेको छ । जहाँसम्म हाम्रो मोर्चाको प्रश्न छ, यस्तो भयो भने यो मधेशी जनताको संघर्ष त्याग र बलिदान प्रति विश्वासघात हुने छ ।” केन्द्रिय अध्यक्ष रोशन जनकपुरीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

२०७२ अषाढ २० गते आईतबार