जनकपुरमा यौन व्यवसाय खुल्मखुल्ला फस्टाउँदै छ । जनकपुरका विभिन्न लजहरुमा यौन धन्दा भईरहेको छ । यौन व्यवसायमा स्कुल कलेज पढने विद्यार्थीहरु पनि आवद्ध छन् । पुलिसलाई मिलाएर नै त्यस्तो धन्दा चलिरहेको छ । यहाँसम्म कि पुलिस त ग्राहक नै बनेर पनि पुग्ने गरेको हुन्छ । जनकपुरमा एक जना यौन व्यवसायी शैलो देवीसँग द एक्सक्लुसिभका सम्पादकले एउटा यौन व्यवसायीको पीडा, व्यथा, अवस्था, बजार लगायत विभिन्न पक्षहरुलाई उजागर गर्नेगरी बस्तुस्थिति उजागर गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, शैलो देवीको व्यथा र विभिन्न खुलासाहरु, उनकै शव्दमा ः
मेरो नाउँ शैलो देवी हो । मेरो ससुराली धनुषाको महेन्द्र नगर हो । त्यहाँ घर छैन । त्यसकारण म त्यहाँ बस्दिनँ । मेरो दियादनीहरु(जेठानीहरु) त्यहाँ बस्छन् । म विगत १५÷२० बर्ष देखि नै जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएको छु । भाडामा बस्न धेरै कठिनाई हुन्थ्यो । भाडामा घर लिएर बस्दा के समस्या हुने गरेको छ भने महिनै पिच्छे घर खाली गर्नुपर्छ । मान्छेले कोठा पनि भाडामा दिन धेरै आनाकानी गरिरहेको हुन्छ ।
त्यसैले आफैले कमाएको पैसा र ऋण काढेर जनकपुरको कटैया चौरीमा ३ धुर घडेरी जग्गा किनें । करिब साढे २ बर्ष भईसक्यो, जग्गा किनेको । डेढ लाखको प्रति धुर गरी साढे ४ लाख रुपैयाँ तिरेर जग्गा किनेको हो । पल्टु हजाम भन्ने मान्छेबाट मैले जग्गा किनेको हो । गुठीको जमिन नभएर रजिष्टूेशन पास गराएर किनेको हो । विस्तारै फेरी कमाएर ऋण पनि चुक्ता गरें । अब सोंचे कि आफुले किनेको घडेरीमा आफ्नै घर बनाएर बसौं । मान्छेहरुले पनि के भन्थ्यो भने घडेरी जब किनेकै छौ भने आफ्नो घर किन बनाउँदैनौं ?
करिब डेढ महिना देखि म त्यो जग्गामा झोपडी बनाएर, पाल झुन्डयाएर बस्दै आएको थिएँ । सरकारी अमिनलाई बोलाएर साल सिमाना पनि क्लियर गराएँ । अमिनले पनि ४ हजार रुपैयाँ जग्गा नापी गरिदिए बापत लिएको थियो । अरु मानिसहरुसँग १ हजार रुपैयाँ लिने अमिनले मसँग ४ हजार रुपैयाँ लियो । पल्टु हजामले के भन्यो भने यो सरकारी अमिन हो, यसले नापी दिएपछि पक्का हुन्छ । चापा कल पनि किनेर गाडनका लागि ठिक पारेको छु । मोटर पनि किनिसकेको छु । अब भोली देखि घर बनाउनको लागि इट्टा खसाल्ने मनस्थिति बनाईरहेकै बेला त्यहाँका मानिसहरुले अचानक आएर के भनेका छन् भने तिमीले यहाँ घर बनाउन मिल्दैन । हामी तिमीलाई यहाँ बास बस्न दिन्नौं । घर बनायौ भने घरमा आगो लगाएर जलाई दिन्छु । तिमी दुई नम्बरको आईमाई हो, तिमी यहाँ बस्न सक्दैनौ भन्दै मलाई त्यहाँ घर बनाउन दिईरहेको छैन । हो, म एउटा पेसेवर यौन व्यवसायी हो । म यौन धन्दा गरेर आफ्नो जीवन गुजारा गर्दछु । तर, के म एक्लै आईमाई मात्र हो जो यौन व्यवसायमा लागेका छन् त ? म जहाँ घर बनाउन चाहन्छु त्यो एरिया कटैया चौरीमा अरु पनि थुप्रै आईमाईहरु यौन व्यवसायी छन् । तिनीहरु त त्यहाँ मज्जाले बसोवास गरिरहेका छन् । मलाई मात्रै समाजले किन बसोवास गर्न दिईरहेको छैन ? ति आईमाईहरुको घर बनिसकेको छ । छत सहितको पक्की घर बनाएर बसिरहेका छन् । तर मलाई बनाउन दिएको छैन ।
मेरो पहिलेको लोग्ने(श्रीमान) महोत्तरीको पिपराको थियो । मैले उनलाई छोडी दिएँ । अहिले म अर्को लोग्ने मानिससँग बस्दै छु । धनुषाको महेन्द्रनगरको हो । उसको फेरी अर्को स्वास्नी पनि छ । मेरो पनि आफ्नो ३ वटा सन्तानहरु छन् । दुई छोरी र एउटा छोरा छन् । एउटा छोरा ८ बर्षको छ भने अर्को छोरी १३ बर्षको । ३ सन्तान साथ म यहाँ बस्दै आएको छु । एउटा छोरा महेन्द्र नगरको श्रीमान तर्फको हो भने दुई वटा छोरी अर्को पक्षको पहिलेको लोग्ने तर्फको हो । जेठी छोरी १५(१६ बर्षको उमेरकी भईसकेकी छिन । अब विहे गर्ने अवस्था भईसक्यो । सोचें कि आफ्नो घर बनाईसके भने छोरीको विहे गर्न पनि सहज हुन्छ । भाडाको घरमा बसेर विहे गराउन अप्ठयारो हुने हुनाले आफन्तहरुलाई बोलाउँदा पनि समस्या हुनेछ, सोचेर नै घर बनाउन खोजेको हो । आफ्नो घर भएपछि छोरी ज्वाईलाई पनि सम्मान गर्न सकिन्छ । यहि बर्ष माघमा विहे गराई दिन्छु भनेर सोचिरहेकी छु ।
मेरो श्रीमानले मलाई कमाएर खुवाउँदैनन् । तिन जना छोरा छोरी छन् । घर परिवार पाल्न गाह्रो भईरहेको थियो । गरिबी र मजबुरीमा आएर पेट पाल्नकै लागि त्यो धन्दामा आउन म विवस भएकी हुँ । हुन त अर्को उपायहरु पनि छन् । तर, त्यो सहज छैन । अब तपाई नै भन्नुस अहिले मैले मेरो छोरीको विहे गराउनु छ, कसरी गराउने ? आज भोली कम रुपैयाँमा विहे पनि हुँदैन । म यौन व्यवसायी भएपनि मेरो छोरीको विहे हुनेछ र हुन्छ भन्नेमा म विश्वस्त छु । किनभने विहेका लागि प्रस्ताव लिएर केटा पक्षहरु अहिले पनि आईरहेका छन् । तर मेरो छोरीलाई नै हेर्न आउने पक्षको केटाहरु मन परिरहेको थिएन । मेरो छोरी अलि सुन्दर पनि छ र हाईफाईमा बस्छे । मेरो छोरीको भनाई के हो भने जस्तो म छु त्यस्तै केटासँग विहे गर्छु । मेरो एउटा ठुलो छोरी जसको विहे भईसकेको छ उनी आप्mनो घर ससुरालीमा बसिरहेकी छिन, इन्डियामा । उनले पनि के भनेका छन् भने हामीले पनि केटाहरु खोजिरहेका छौं । मेरो सम्धीले पनि इन्डियामा केटा खोजिदिन्छु भनेका छन् । केटा फाइनल भयो भने यो बर्षको माघ फागुनमा छोरीको विहे गराईदिन्छु ।
मसँग मेरो नेपाली नागरिकताको प्रमाणपत्र बनेको छैन । म जुन लोग्ने(पति)सँग बस्छु उनीसँग पनि नागरिकता छैन । मेरो श्रीमानसँग नागरिकता बनाईदिन्छु भनेर धेरै मानिसहरुले पैसा पनि लिए । तर, कसैले पनि बनाईदिएनन् । सबैले ठगे । मेरो माइती भनेको महोत्तरी जिल्लाको आबर गाउँमा हो । मेरो भिनाजु धेरै इमान्दार र सोझा मान्छे छन् । मैले कमाएको पैसा पनि उनलाई नै राख्न दिन्थे । किनभने मैले कमाएको जम्मै पैसा मेरो श्रीमानले लिएर भाग्ने गथर््यो । अनि मेरो भिनाजुले मैलै कमाएर राख्न दिएको पैसामा थपेर जग्गा किनि दिए । जुन मानिससँग मैले जग्गा किने, बइना गर्दा ७ हजार रुपैयाँ दिएको थिएँ । बैना गर्दा विन्धीका सन्तोष भन्ने मान्छे पनि थिए । मैले आफ्नो घरमा त्यो दिन माछा बनाएको थिएँ । त्यही दिन जग्गाबालाले रक्सी पनि खाएको थियो । घडेरीको बईना गर्दा उनीहरुलाई म यौन व्यवसायी हो भन्ने कुरा पनि राम्ररी थाहा थियो । जब घडेरी रजिष्टूेशनको कुरा आयो तव मैले आफ्नो श्रीमानकै नाउँमा गर्ने सोचेको थिएँ । तर, उनको पनि नागरिकता थिएनन् । त्यसपछि मैले आफ्नो बहिनीको नाममा गर्ने भन्दा सबैले भने कि भिनाजुकै नाममा रजिष्टूेशन गराउ । मेरो घडेरी भएकै ठाउँमा पल्टु हजामको पनि घर छ । तर, जब मेरो भिनाजुको नाउँमा जग्गा रजिष्टेूशन भईसकेको छ, मैले आफ्नो घर किन बनाउन नपाउने ? जिवछ नाम गरेको एउटा केटा, र दुई तिन जना अरु लफुवा केटाहरु आएर मलाई धम्की दिईरहेका छन् । समाजका अरु मानिसहरुले केही भनिरहेको छैन, तर टयाब्लेट खाने केही केटाहरु आएर मलाई रोकिरहेका छन् । उनीहरुले मैले जग्गा किनेको पल्टु हजामलाई पनि धम्की दिईरहेका छन् । उसलाई घर बनाउन दिनु हुँदैन भनेर ।
मेरो छोरी काठमाण्डौमा बसिरहेकी थिईन । २२ कार्तिकमा मेरो छोरीले मलाई के भन्यो भने घर बनिसकेपछि म आउँछु । यस्तो अवस्थामा खुल्ला चौरीमा कसरी आउने, भनेर प्रश्न गरिन । मैले पनि भने म त जसो तसो बाँचिरहेकी छु, एउटा जवान छोरीलाई लिएर यो झोपडीमा कसरी बस्ने ? म आफै यौन व्यवसायी हुँ । त्यसकारण यदि केही केटाहरु जोर जवरजस्ती गरेर घरमा पसेर मेरो छोरीलाई केही गरिदियो भने के हुन्छ, भन्ने डर पनि सताईरहन्छ । म यौन व्यवसायी हुँ भन्ने कुरा मेरो जेठी छोरीलाई थाहा छैन तर बाँकी सन्तानहरु छोरी छोरालाई प्रष्ट थाहा छ । छोरा छोरीहरुले पनि त्यो धन्दा छोडिदेउ भनेर भनिरहेका छन् । मेरो श्रीमानले पनि तिमीलाई जे मन लाग्छ त्यो गर भनिरहेका छन् । धन्दा गर्छौ भने गर वा नगर्ने हो भने झन राम्रो, घरमै बस । मेरो श्रीमानले मलाई यो धन्दामा लाग्न कहिल्यै भनेन । म आफै आएकी हुँ । उसको त अर्को श्रीमति पनि छ । मलाई उनले एक बर्षको लागि छोडिदिएको थियो । हो, त्यही बेला आफ्नो सन्तानको लालनपालनका लागि यो धन्दामा आएकी हुँ ।
यसरी आइयो धन्दामा
करिब ७ बर्ष अघि त्यतिबेला मेरो सानो सानो सन्तानहरु थिए । चौक चौकमा भटकिएँ । म आफ्नो श्रीमान सँगै महेन्द्रनगरमा बस्थे । मेरो श्रीमानले मलाई खुब शारिरीक यातना दिने गथर््यो । दिनहुँ जसो कुट्ने गर्थे । हात खुट्टा भाँच्ने गरी कुट्थ्यो । उसको अर्को श्रीमति पनि थियो । त्यसैले मलाई कुट्ने गर्थे । त्यसपछि मैले भाडाकुडा, लत्ताकपडा लिएर बालबच्चालाई बोकी त्यहाँबाट भागेर जनकपुर आएँ । म जातीको हलुवाई हो । र, मेरो श्रीमान चमार । मेरै घरमा भाडा लिएर बस्ने गर्थे उनी, महोत्तरीको पिपरामा । अनि मैले उनिसँग विहे गरें । जनकपुर आईसकेपछि रिक्साबालाहरुसँग यताउती भट्किने गर्थे । केही आईमाईहरु मलाई यो धन्दामा आउन भनिरहेकी थिईन । तर, म गईरहेकी थिईन । जिरोमाईलमा दुई तल्ले घर बनाएर बसिरहेकी बरहथवा बालीको घरमा म गएँ, आफ्नो श्रीमान खोज्न । उसको माछा बजारमा पनि पसल थियो । पसल मार्फत ती बरहथवाबालीले ८÷१० जना केटीहरुलाई राखेर धन्दा चलाईरहेकी थिईन । त्यहाँ म जब गएँ, त्यही बरहथवाबालीले मलाई यो धन्दामा लाग्न उक्साईन । ८÷१० जना केटी तथा आईमाईहरुलाई देखाउँदै के भनिन भने हेर त ती आईमाईहरु यो धन्दामा लागेर कति ठाटका साथ बाँचिरहेका छन् । तिमी यताउता भट्किनु भन्दा धन्दामा लाग, तिमी पनि ऐस आरामका साथ गुजारा चलाउन सक्छौ । हो, त्यही माछा पसलमा बरहथवाबालीले मलाई यौन धन्दामा लगाईन । त्यहीबाट म विग्रिएँ ।
जनकपुरमा मात्रै ५ सय भन्दा वढी पेशेवर
यो पेशामा लाग्ने म एक्ली आईमाई होइन । जनकपुरमा मात्रै ५ सय भन्दा वढी आईमाईहरु यौन व्यवसायमा लागेका छन् । ती सबै देखिने गरी, चिनिने गरी । अर्थात बजारका हरेक मानिसहरु हामी जस्तो ५ सय यौन व्यवसायीहरुलाई जनकपुरमा चिनिरहेका छन् । माछा बजारमा गंगियाको पसलमा थुप्रै आईमाईहरु बसेर धन्दा चलाउँछन् । पुरानो बस पार्कमा करिकिया भनिने आईमाईको पसलमा थुप्रै यौन व्यवसायीहरु बस्ने गरेका छन् । पिडारी चौकमा बस पार्कको आसपासमा थुप्रै आईमाईहरु धन्दा चलाउँछन् । रामानन्द चौकमा पनि तपाईले सहजै भेट्न सक्नुहुन्छ । पुल चौक त सबैभन्दा वढी प्रख्यात छ । जनक चौक देखि राम चौकसम्म हामी ८÷१० जना आईमाईहरु सँधै बस्ने गर्छौं । हामीसँग भएकाहरु मध्ये केहीले भन्नका लागि धन्दा छोडिसकेका छन् । तर, बास्तवमा भन्ने हो भने तिनीहरुले देखाउनको लागि रक्सी पसलहरु खोलेका छन् भने काम भने यौन व्यवसायलाई जारी नै राखेका छन् । रक्सी पसलमा नै धन्दा चलाईरहेका छन् । यहाँ जनक चौकमा अब ५÷६ जना मात्रै छौं । यो धन्दामा केही आईमाईहरु पुरानो खेलाडी छन् । ती खेलाडी आईमाईहरुले नै अधिकांश महिलाहरुलाई यो धन्दामा धकेलिरहेका छन् । गरिब आईमाईहरुलाई उनीहरुले विभिन्न प्रलोभन दिएर यो धन्दामा लगाईरहेकी हुन्छन् । ती खेलाडीहरुको पनि कमाई हुन्छ । एउटा ग्राहकबाट उनीहरुले २ सय देखि ३ सय रुपैयाँ सम्म कमिशन बापत लिने गर्छन् । जनकपुरमा कतिपय ठाउँमा आफ्नै घरमा बसेर पनि यो धन्दा खुलेयाम चलिरहेको छ ।
लजले लिन्छ प्रति ग्राहक ५ सय
हाम्रो कमाई भनेको कहिल्यै दिनको पाँच सय देखि एक हजार, दुई हजार सम्म पनि हुन्छ भने कहिल्यै एक पैसा पनि हुँदैन । कहिल्यै त कस्तो हुन्छ भने दिनभरी बस्छौं तर कुनै ग्राहक आउँदैनन् र रित्तो हात घर फर्किनु पर्छ । ग्राहक खोज्न हामीले दलाललाई परिचालन गरेका छैनौं । यसरी यो पोखरीको डिलमा, जनक चौकमा, राम चौकमा, बर्षातीमा हामीहरु बसिरहेका हुन्छौं, ग्राहकहरु आफै आउँछन् । कतिपय अवस्थामा ग्राहक सिधा आई हामीसँग डिल गर्छन भने कतिपय अवस्थामा हामीहरु नै ग्राहक जस्तो बुझिने मानिसहरुलाई इसारा गर्छौं । म तपाईलाई खुलेर नै भन्छु । मेरो मनमा कुनै कुरा लुकाएकी छैन । ग्राहकसँग डिल हुने वित्तिकै हामी लजमा जान्छौं । जनक चौकमा रहेको यो राजकमल लजले ५ सय रुपैयाँ लिन्छ । लजमा एउटा ग्राहकसाथ १० मिनेट बस्छौ वा एक घण्टा, ५ सय रुपैयाँ लजबालाले लिने गरेको छ । पहिले त धेरै लजहरुमा हामी जान्थ्यौं, तर बन्द भईसके । अब प्रायः जसो हामी त्यही राजकमल लज र रामानन्द चौकको संयूक्त बुकिङ काउन्टरको पछाडी रहेको लजमा जाने गर्छौं ।
लजमा फेरी अर्को समस्या पनि छ । कहिले काही के हुन्छ भने हामीसँग ग्राहकले डिल गरेर जाने त गर्छन र उनीहरुसँग ५ सय रुपैयाँ मात्रै हुन्छन् । त्यो रुपैयाँ लजबालाले लिएपछि उनीहरुसँग पैसा हुँदैनन् । त्यस्तो बेला उनीहरु कामै नगरी फर्किनु परेको हुन्छ । फर्कदा ती ग्राहकहरु हामीलाई पिट्न आउँछन् ।
पुलिसलाई मिलाएर धन्दा
बेला बेलामा पुलिसले छापामारी पनि गरिरहन्छ । त्यस्तो बेलामा हामीले पुलिसलाई मिलाएर ५ सय रुपैयाँ दिने गरेका छौं । त्यसपछि छोडदिन्छन् । कतिपय पुलिस त्यसै पनि छोडिदिन्छन् भने कतिपय पुलिस त कस्ता पनि हुन्छन् भने हामीसँग शारिरीक सम्बन्ध स्थापित गरेर पनि फर्किने गर्छन । कतिपय पुलिसले पैसा पनि लिन्छ र सम्बन्ध पनि बनाएर जान्छ । यो सबै हामीले गर्नुपर्छ । पुलिसलाई हामी मिलाएर नै काम गर्छौं ।
थरिथरीका ग्राहक
ग्राहकको कुरा गर्ने हो भने थरिथरीका ग्राहकहरु हुन्छन् । कतिपय राम्रो मान्छे( इन्सान) पनि हुन्छन् । लफुवा, गुण्डाहरु पनि ग्राहक बनि हामीसँग जान्छन् । हुन त पुलिसले कतिपय आईमाईलाई समातेको पनि छ । तर, मलाई लजमा पुलिसले कहिल्यै गिरफ्तार गरेर लगेको छैन । हो, मलाई समातेर लग्यो तर त्यो अर्को घटनामा । त्यो के भने हाम्रो धन्दामा लागेका केही आईमाईहरु रक्सी खाएर आफैमा झगडा पनि गर्छन । कुटाकुट पनि गर्छन । त्यस्तै एउटा घटनामा मलाई समातेको थियो । तिनीहरु बलिया छन् । म कमजोर छु । मलाई प्रायः जसो ती बलियो आईमाईहरुले कुट्ने गर्छन् । हामीलाई त ग्राहकहरुले पनि गाई गोरु जस्तो पिट्छन् । रक्सी खाएर गएका ग्राहकहरुले हामीसँग सम्बन्ध बनाउनुका साथै नराम्ररी कुट्पिट पनि गर्छन् ।
ललियाबालीको हत्या पछिको डर
मधेस आन्दोलनका दौरान हामीसँगै काम गर्ने एउटा ललियाबालीको हत्या भएपछि हामीहरु डराएका थियौं । केही महिना हामी आउनै छोड्यौं । के भयो भने हामीलाई पनि डर लाग्यो । हामीलाई पनि यसरी नै कसैले मारिदिने हो कि भन्ने डर लाग्यो । मलाई लाग्छ त्यो ट्याब्लेट खाने लफुवाहरुले उसको हत्या गरेको होला । हामीले केही पनि बुझ्न सकेनौं कि उसको हत्या कसले र किन गर्यो । मलाई लाग्छ ललियाबाली आफुसँग पैसा पनि बोक्थ्यो र गहनाहरु पनि लगाउथ्यो । त्यही कारण उसको हत्या भएको हुन सक्ने मेरो अनुमान छ । तर, सत्य के हो त्यो मलाई थाहा छैन ।
विद्यार्थीसम्म धन्दामा सक्रिय
जहाँसम्म धन्दाको कुरा गर्नुहुन्छ भने यो पेशामा हामी मात्र बदनाम भएका छौं । कतिपय राम्रो घरको स्कुल कलेजका केटीहरु पनि यो धन्दामा लागेको हामीहरु देखिरहेका हुन्छौं । स्कुलकै डेूसमा, कलेजको डूेसमा ती केटीहरु सुटुक्क केटा र पुरुषहरु लिएर लजमा आउँछन्, काम गर्छन र गईहाल्छन् । हामी त बाहिर जाँदैनौं । जनकपुरकै लजमा बस्छौं । हामीलाई कतिपय ग्राहकले बाहिर जान भन्छन, तिनीहरु आफ्नै कोठामा आउन पनि भन्छन तर हामी जाँदैनौं । जतिसुकै रुपैयाँ दिएपनि हामी बाहिर जाँदैनौं । हामीलाई आफ्नो ज्यानको डर पनि हुन्छ । तर, ती विद्यार्थीहरु त धेरै रुपैयाँ लिएर बाहिर बाहिर पनि जाने गरेको हामीले देखिरहेका हुन्छौं । तपाईलाई के भनौं, गाउँका आईमाईहरु जसका श्रीमान विदेशमा छन् के तिनीहरु यो धन्दामा छैनन र ? तिनीहरु पनि जनकपुरको लजमा आईरहेका हुन्छन् । अब भन्नुस हामी यौन व्यवसायी हौं भनेर हामी समाजका लागि दुई नम्बरी भयौं, नराम्रो भयौं, हामीले समाजलाई दुषित गरिरहेका छौं भने ती प्रतिष्ठत घरका महिलाहरु चाँही जो लुकिछिपी यो धन्दामा छन्, तिनीहरु चाही इज्जतदार भए ?
हामी जिरो माईलमा एचआईभीको चेक जाँच पनि गराउने गरेका छौंं । प्रति महिना वा ३÷३ महिनामा जाँच गराउने गर्छौं । हामीलाई अहिलेसम्म एड्स भएको छैन । हामी त्यसका लागि अत्यन्त सचेत छौं । त्यही हामीलाई कण्डम पनि उपलब्ध गराइन्छ । हामी कण्डमको प्रयोग गर्छौं ।
मलाई न्याय चाहियो
हुन त यो धन्दा गलत हो भन्ने कुरा मलाई जहिले पनि लाग्छ । जातको म हलुवाई हो, होटेल चलाएर पनि हुन्थ्यो भन्ने सोच मलाई बेला बेला आईरहेको हुन्छ । तर, निस्कन पाईरहेको छैन । हुन त छोरालाई बोडिङ स्कुलमा पढाउन खोजेको हो । नाम पनि लेखाईदिने गरेको छु । तर, यो धन्दामा म लागेको कारण एक महिना भन्दा वढी कसैले घर भाडामा बस्न दिँदैन । सँधै कोठा खाली गरिरहनु पर्छ । यसरी आज एउटा एरिया, अर्को महिना अर्को एरिया गर्दै कोठा लिनु परेपछि छोराको पढाई पनि छुटेको छ । पैसा पनि खेर जान्छ । के गर्ने ? छोरा पनि विग्रिसके । मेरो तपाईहरुसँग प्रश्न के हो भने आखिर मैले आफ्नो जमिनमा घर बनाउन पाउने कि नपाउने ? मैले न्याय पाउनु पर्छ ।
(जनकपुरमा विगत ७ बर्ष देखि यौन व्यवसायमा सक्रिय शैलो देवीले द एक्सक्लुसिभसँग गरेको कुराकानीमा आधारित)
२०७३ कार्तिक २८ गते आईतबार
मेरो नाउँ शैलो देवी हो । मेरो ससुराली धनुषाको महेन्द्र नगर हो । त्यहाँ घर छैन । त्यसकारण म त्यहाँ बस्दिनँ । मेरो दियादनीहरु(जेठानीहरु) त्यहाँ बस्छन् । म विगत १५÷२० बर्ष देखि नै जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएको छु । भाडामा बस्न धेरै कठिनाई हुन्थ्यो । भाडामा घर लिएर बस्दा के समस्या हुने गरेको छ भने महिनै पिच्छे घर खाली गर्नुपर्छ । मान्छेले कोठा पनि भाडामा दिन धेरै आनाकानी गरिरहेको हुन्छ ।
त्यसैले आफैले कमाएको पैसा र ऋण काढेर जनकपुरको कटैया चौरीमा ३ धुर घडेरी जग्गा किनें । करिब साढे २ बर्ष भईसक्यो, जग्गा किनेको । डेढ लाखको प्रति धुर गरी साढे ४ लाख रुपैयाँ तिरेर जग्गा किनेको हो । पल्टु हजाम भन्ने मान्छेबाट मैले जग्गा किनेको हो । गुठीको जमिन नभएर रजिष्टूेशन पास गराएर किनेको हो । विस्तारै फेरी कमाएर ऋण पनि चुक्ता गरें । अब सोंचे कि आफुले किनेको घडेरीमा आफ्नै घर बनाएर बसौं । मान्छेहरुले पनि के भन्थ्यो भने घडेरी जब किनेकै छौ भने आफ्नो घर किन बनाउँदैनौं ?
करिब डेढ महिना देखि म त्यो जग्गामा झोपडी बनाएर, पाल झुन्डयाएर बस्दै आएको थिएँ । सरकारी अमिनलाई बोलाएर साल सिमाना पनि क्लियर गराएँ । अमिनले पनि ४ हजार रुपैयाँ जग्गा नापी गरिदिए बापत लिएको थियो । अरु मानिसहरुसँग १ हजार रुपैयाँ लिने अमिनले मसँग ४ हजार रुपैयाँ लियो । पल्टु हजामले के भन्यो भने यो सरकारी अमिन हो, यसले नापी दिएपछि पक्का हुन्छ । चापा कल पनि किनेर गाडनका लागि ठिक पारेको छु । मोटर पनि किनिसकेको छु । अब भोली देखि घर बनाउनको लागि इट्टा खसाल्ने मनस्थिति बनाईरहेकै बेला त्यहाँका मानिसहरुले अचानक आएर के भनेका छन् भने तिमीले यहाँ घर बनाउन मिल्दैन । हामी तिमीलाई यहाँ बास बस्न दिन्नौं । घर बनायौ भने घरमा आगो लगाएर जलाई दिन्छु । तिमी दुई नम्बरको आईमाई हो, तिमी यहाँ बस्न सक्दैनौ भन्दै मलाई त्यहाँ घर बनाउन दिईरहेको छैन । हो, म एउटा पेसेवर यौन व्यवसायी हो । म यौन धन्दा गरेर आफ्नो जीवन गुजारा गर्दछु । तर, के म एक्लै आईमाई मात्र हो जो यौन व्यवसायमा लागेका छन् त ? म जहाँ घर बनाउन चाहन्छु त्यो एरिया कटैया चौरीमा अरु पनि थुप्रै आईमाईहरु यौन व्यवसायी छन् । तिनीहरु त त्यहाँ मज्जाले बसोवास गरिरहेका छन् । मलाई मात्रै समाजले किन बसोवास गर्न दिईरहेको छैन ? ति आईमाईहरुको घर बनिसकेको छ । छत सहितको पक्की घर बनाएर बसिरहेका छन् । तर मलाई बनाउन दिएको छैन ।
जनक चौक स्थित धनुषसागरको डिलमा ग्राहकसँग डिल गर्दै जनकपुरका यौन व्यवसायीहरु । |
मेरो श्रीमानले मलाई कमाएर खुवाउँदैनन् । तिन जना छोरा छोरी छन् । घर परिवार पाल्न गाह्रो भईरहेको थियो । गरिबी र मजबुरीमा आएर पेट पाल्नकै लागि त्यो धन्दामा आउन म विवस भएकी हुँ । हुन त अर्को उपायहरु पनि छन् । तर, त्यो सहज छैन । अब तपाई नै भन्नुस अहिले मैले मेरो छोरीको विहे गराउनु छ, कसरी गराउने ? आज भोली कम रुपैयाँमा विहे पनि हुँदैन । म यौन व्यवसायी भएपनि मेरो छोरीको विहे हुनेछ र हुन्छ भन्नेमा म विश्वस्त छु । किनभने विहेका लागि प्रस्ताव लिएर केटा पक्षहरु अहिले पनि आईरहेका छन् । तर मेरो छोरीलाई नै हेर्न आउने पक्षको केटाहरु मन परिरहेको थिएन । मेरो छोरी अलि सुन्दर पनि छ र हाईफाईमा बस्छे । मेरो छोरीको भनाई के हो भने जस्तो म छु त्यस्तै केटासँग विहे गर्छु । मेरो एउटा ठुलो छोरी जसको विहे भईसकेको छ उनी आप्mनो घर ससुरालीमा बसिरहेकी छिन, इन्डियामा । उनले पनि के भनेका छन् भने हामीले पनि केटाहरु खोजिरहेका छौं । मेरो सम्धीले पनि इन्डियामा केटा खोजिदिन्छु भनेका छन् । केटा फाइनल भयो भने यो बर्षको माघ फागुनमा छोरीको विहे गराईदिन्छु ।
मसँग मेरो नेपाली नागरिकताको प्रमाणपत्र बनेको छैन । म जुन लोग्ने(पति)सँग बस्छु उनीसँग पनि नागरिकता छैन । मेरो श्रीमानसँग नागरिकता बनाईदिन्छु भनेर धेरै मानिसहरुले पैसा पनि लिए । तर, कसैले पनि बनाईदिएनन् । सबैले ठगे । मेरो माइती भनेको महोत्तरी जिल्लाको आबर गाउँमा हो । मेरो भिनाजु धेरै इमान्दार र सोझा मान्छे छन् । मैले कमाएको पैसा पनि उनलाई नै राख्न दिन्थे । किनभने मैले कमाएको जम्मै पैसा मेरो श्रीमानले लिएर भाग्ने गथर््यो । अनि मेरो भिनाजुले मैलै कमाएर राख्न दिएको पैसामा थपेर जग्गा किनि दिए । जुन मानिससँग मैले जग्गा किने, बइना गर्दा ७ हजार रुपैयाँ दिएको थिएँ । बैना गर्दा विन्धीका सन्तोष भन्ने मान्छे पनि थिए । मैले आफ्नो घरमा त्यो दिन माछा बनाएको थिएँ । त्यही दिन जग्गाबालाले रक्सी पनि खाएको थियो । घडेरीको बईना गर्दा उनीहरुलाई म यौन व्यवसायी हो भन्ने कुरा पनि राम्ररी थाहा थियो । जब घडेरी रजिष्टूेशनको कुरा आयो तव मैले आफ्नो श्रीमानकै नाउँमा गर्ने सोचेको थिएँ । तर, उनको पनि नागरिकता थिएनन् । त्यसपछि मैले आफ्नो बहिनीको नाममा गर्ने भन्दा सबैले भने कि भिनाजुकै नाममा रजिष्टूेशन गराउ । मेरो घडेरी भएकै ठाउँमा पल्टु हजामको पनि घर छ । तर, जब मेरो भिनाजुको नाउँमा जग्गा रजिष्टेूशन भईसकेको छ, मैले आफ्नो घर किन बनाउन नपाउने ? जिवछ नाम गरेको एउटा केटा, र दुई तिन जना अरु लफुवा केटाहरु आएर मलाई धम्की दिईरहेका छन् । समाजका अरु मानिसहरुले केही भनिरहेको छैन, तर टयाब्लेट खाने केही केटाहरु आएर मलाई रोकिरहेका छन् । उनीहरुले मैले जग्गा किनेको पल्टु हजामलाई पनि धम्की दिईरहेका छन् । उसलाई घर बनाउन दिनु हुँदैन भनेर ।
मेरो छोरी काठमाण्डौमा बसिरहेकी थिईन । २२ कार्तिकमा मेरो छोरीले मलाई के भन्यो भने घर बनिसकेपछि म आउँछु । यस्तो अवस्थामा खुल्ला चौरीमा कसरी आउने, भनेर प्रश्न गरिन । मैले पनि भने म त जसो तसो बाँचिरहेकी छु, एउटा जवान छोरीलाई लिएर यो झोपडीमा कसरी बस्ने ? म आफै यौन व्यवसायी हुँ । त्यसकारण यदि केही केटाहरु जोर जवरजस्ती गरेर घरमा पसेर मेरो छोरीलाई केही गरिदियो भने के हुन्छ, भन्ने डर पनि सताईरहन्छ । म यौन व्यवसायी हुँ भन्ने कुरा मेरो जेठी छोरीलाई थाहा छैन तर बाँकी सन्तानहरु छोरी छोरालाई प्रष्ट थाहा छ । छोरा छोरीहरुले पनि त्यो धन्दा छोडिदेउ भनेर भनिरहेका छन् । मेरो श्रीमानले पनि तिमीलाई जे मन लाग्छ त्यो गर भनिरहेका छन् । धन्दा गर्छौ भने गर वा नगर्ने हो भने झन राम्रो, घरमै बस । मेरो श्रीमानले मलाई यो धन्दामा लाग्न कहिल्यै भनेन । म आफै आएकी हुँ । उसको त अर्को श्रीमति पनि छ । मलाई उनले एक बर्षको लागि छोडिदिएको थियो । हो, त्यही बेला आफ्नो सन्तानको लालनपालनका लागि यो धन्दामा आएकी हुँ ।
यसरी आइयो धन्दामा
करिब ७ बर्ष अघि त्यतिबेला मेरो सानो सानो सन्तानहरु थिए । चौक चौकमा भटकिएँ । म आफ्नो श्रीमान सँगै महेन्द्रनगरमा बस्थे । मेरो श्रीमानले मलाई खुब शारिरीक यातना दिने गथर््यो । दिनहुँ जसो कुट्ने गर्थे । हात खुट्टा भाँच्ने गरी कुट्थ्यो । उसको अर्को श्रीमति पनि थियो । त्यसैले मलाई कुट्ने गर्थे । त्यसपछि मैले भाडाकुडा, लत्ताकपडा लिएर बालबच्चालाई बोकी त्यहाँबाट भागेर जनकपुर आएँ । म जातीको हलुवाई हो । र, मेरो श्रीमान चमार । मेरै घरमा भाडा लिएर बस्ने गर्थे उनी, महोत्तरीको पिपरामा । अनि मैले उनिसँग विहे गरें । जनकपुर आईसकेपछि रिक्साबालाहरुसँग यताउती भट्किने गर्थे । केही आईमाईहरु मलाई यो धन्दामा आउन भनिरहेकी थिईन । तर, म गईरहेकी थिईन । जिरोमाईलमा दुई तल्ले घर बनाएर बसिरहेकी बरहथवा बालीको घरमा म गएँ, आफ्नो श्रीमान खोज्न । उसको माछा बजारमा पनि पसल थियो । पसल मार्फत ती बरहथवाबालीले ८÷१० जना केटीहरुलाई राखेर धन्दा चलाईरहेकी थिईन । त्यहाँ म जब गएँ, त्यही बरहथवाबालीले मलाई यो धन्दामा लाग्न उक्साईन । ८÷१० जना केटी तथा आईमाईहरुलाई देखाउँदै के भनिन भने हेर त ती आईमाईहरु यो धन्दामा लागेर कति ठाटका साथ बाँचिरहेका छन् । तिमी यताउता भट्किनु भन्दा धन्दामा लाग, तिमी पनि ऐस आरामका साथ गुजारा चलाउन सक्छौ । हो, त्यही माछा पसलमा बरहथवाबालीले मलाई यौन धन्दामा लगाईन । त्यहीबाट म विग्रिएँ ।
जनकपुरमा मात्रै ५ सय भन्दा वढी पेशेवर
यो पेशामा लाग्ने म एक्ली आईमाई होइन । जनकपुरमा मात्रै ५ सय भन्दा वढी आईमाईहरु यौन व्यवसायमा लागेका छन् । ती सबै देखिने गरी, चिनिने गरी । अर्थात बजारका हरेक मानिसहरु हामी जस्तो ५ सय यौन व्यवसायीहरुलाई जनकपुरमा चिनिरहेका छन् । माछा बजारमा गंगियाको पसलमा थुप्रै आईमाईहरु बसेर धन्दा चलाउँछन् । पुरानो बस पार्कमा करिकिया भनिने आईमाईको पसलमा थुप्रै यौन व्यवसायीहरु बस्ने गरेका छन् । पिडारी चौकमा बस पार्कको आसपासमा थुप्रै आईमाईहरु धन्दा चलाउँछन् । रामानन्द चौकमा पनि तपाईले सहजै भेट्न सक्नुहुन्छ । पुल चौक त सबैभन्दा वढी प्रख्यात छ । जनक चौक देखि राम चौकसम्म हामी ८÷१० जना आईमाईहरु सँधै बस्ने गर्छौं । हामीसँग भएकाहरु मध्ये केहीले भन्नका लागि धन्दा छोडिसकेका छन् । तर, बास्तवमा भन्ने हो भने तिनीहरुले देखाउनको लागि रक्सी पसलहरु खोलेका छन् भने काम भने यौन व्यवसायलाई जारी नै राखेका छन् । रक्सी पसलमा नै धन्दा चलाईरहेका छन् । यहाँ जनक चौकमा अब ५÷६ जना मात्रै छौं । यो धन्दामा केही आईमाईहरु पुरानो खेलाडी छन् । ती खेलाडी आईमाईहरुले नै अधिकांश महिलाहरुलाई यो धन्दामा धकेलिरहेका छन् । गरिब आईमाईहरुलाई उनीहरुले विभिन्न प्रलोभन दिएर यो धन्दामा लगाईरहेकी हुन्छन् । ती खेलाडीहरुको पनि कमाई हुन्छ । एउटा ग्राहकबाट उनीहरुले २ सय देखि ३ सय रुपैयाँ सम्म कमिशन बापत लिने गर्छन् । जनकपुरमा कतिपय ठाउँमा आफ्नै घरमा बसेर पनि यो धन्दा खुलेयाम चलिरहेको छ ।
लजले लिन्छ प्रति ग्राहक ५ सय
जनकपुरको जनक चौक स्थित राजकमल लज यौन व्यवसायको अखाडा बनेको छ । |
लजमा फेरी अर्को समस्या पनि छ । कहिले काही के हुन्छ भने हामीसँग ग्राहकले डिल गरेर जाने त गर्छन र उनीहरुसँग ५ सय रुपैयाँ मात्रै हुन्छन् । त्यो रुपैयाँ लजबालाले लिएपछि उनीहरुसँग पैसा हुँदैनन् । त्यस्तो बेला उनीहरु कामै नगरी फर्किनु परेको हुन्छ । फर्कदा ती ग्राहकहरु हामीलाई पिट्न आउँछन् ।
पुलिसलाई मिलाएर धन्दा
बेला बेलामा पुलिसले छापामारी पनि गरिरहन्छ । त्यस्तो बेलामा हामीले पुलिसलाई मिलाएर ५ सय रुपैयाँ दिने गरेका छौं । त्यसपछि छोडदिन्छन् । कतिपय पुलिस त्यसै पनि छोडिदिन्छन् भने कतिपय पुलिस त कस्ता पनि हुन्छन् भने हामीसँग शारिरीक सम्बन्ध स्थापित गरेर पनि फर्किने गर्छन । कतिपय पुलिसले पैसा पनि लिन्छ र सम्बन्ध पनि बनाएर जान्छ । यो सबै हामीले गर्नुपर्छ । पुलिसलाई हामी मिलाएर नै काम गर्छौं ।
थरिथरीका ग्राहक
ग्राहकको कुरा गर्ने हो भने थरिथरीका ग्राहकहरु हुन्छन् । कतिपय राम्रो मान्छे( इन्सान) पनि हुन्छन् । लफुवा, गुण्डाहरु पनि ग्राहक बनि हामीसँग जान्छन् । हुन त पुलिसले कतिपय आईमाईलाई समातेको पनि छ । तर, मलाई लजमा पुलिसले कहिल्यै गिरफ्तार गरेर लगेको छैन । हो, मलाई समातेर लग्यो तर त्यो अर्को घटनामा । त्यो के भने हाम्रो धन्दामा लागेका केही आईमाईहरु रक्सी खाएर आफैमा झगडा पनि गर्छन । कुटाकुट पनि गर्छन । त्यस्तै एउटा घटनामा मलाई समातेको थियो । तिनीहरु बलिया छन् । म कमजोर छु । मलाई प्रायः जसो ती बलियो आईमाईहरुले कुट्ने गर्छन् । हामीलाई त ग्राहकहरुले पनि गाई गोरु जस्तो पिट्छन् । रक्सी खाएर गएका ग्राहकहरुले हामीसँग सम्बन्ध बनाउनुका साथै नराम्ररी कुट्पिट पनि गर्छन् ।
ललियाबालीको हत्या पछिको डर
मधेस आन्दोलनका दौरान हामीसँगै काम गर्ने एउटा ललियाबालीको हत्या भएपछि हामीहरु डराएका थियौं । केही महिना हामी आउनै छोड्यौं । के भयो भने हामीलाई पनि डर लाग्यो । हामीलाई पनि यसरी नै कसैले मारिदिने हो कि भन्ने डर लाग्यो । मलाई लाग्छ त्यो ट्याब्लेट खाने लफुवाहरुले उसको हत्या गरेको होला । हामीले केही पनि बुझ्न सकेनौं कि उसको हत्या कसले र किन गर्यो । मलाई लाग्छ ललियाबाली आफुसँग पैसा पनि बोक्थ्यो र गहनाहरु पनि लगाउथ्यो । त्यही कारण उसको हत्या भएको हुन सक्ने मेरो अनुमान छ । तर, सत्य के हो त्यो मलाई थाहा छैन ।
विद्यार्थीसम्म धन्दामा सक्रिय
जहाँसम्म धन्दाको कुरा गर्नुहुन्छ भने यो पेशामा हामी मात्र बदनाम भएका छौं । कतिपय राम्रो घरको स्कुल कलेजका केटीहरु पनि यो धन्दामा लागेको हामीहरु देखिरहेका हुन्छौं । स्कुलकै डेूसमा, कलेजको डूेसमा ती केटीहरु सुटुक्क केटा र पुरुषहरु लिएर लजमा आउँछन्, काम गर्छन र गईहाल्छन् । हामी त बाहिर जाँदैनौं । जनकपुरकै लजमा बस्छौं । हामीलाई कतिपय ग्राहकले बाहिर जान भन्छन, तिनीहरु आफ्नै कोठामा आउन पनि भन्छन तर हामी जाँदैनौं । जतिसुकै रुपैयाँ दिएपनि हामी बाहिर जाँदैनौं । हामीलाई आफ्नो ज्यानको डर पनि हुन्छ । तर, ती विद्यार्थीहरु त धेरै रुपैयाँ लिएर बाहिर बाहिर पनि जाने गरेको हामीले देखिरहेका हुन्छौं । तपाईलाई के भनौं, गाउँका आईमाईहरु जसका श्रीमान विदेशमा छन् के तिनीहरु यो धन्दामा छैनन र ? तिनीहरु पनि जनकपुरको लजमा आईरहेका हुन्छन् । अब भन्नुस हामी यौन व्यवसायी हौं भनेर हामी समाजका लागि दुई नम्बरी भयौं, नराम्रो भयौं, हामीले समाजलाई दुषित गरिरहेका छौं भने ती प्रतिष्ठत घरका महिलाहरु चाँही जो लुकिछिपी यो धन्दामा छन्, तिनीहरु चाही इज्जतदार भए ?
हामी जिरो माईलमा एचआईभीको चेक जाँच पनि गराउने गरेका छौंं । प्रति महिना वा ३÷३ महिनामा जाँच गराउने गर्छौं । हामीलाई अहिलेसम्म एड्स भएको छैन । हामी त्यसका लागि अत्यन्त सचेत छौं । त्यही हामीलाई कण्डम पनि उपलब्ध गराइन्छ । हामी कण्डमको प्रयोग गर्छौं ।
मलाई न्याय चाहियो
हुन त यो धन्दा गलत हो भन्ने कुरा मलाई जहिले पनि लाग्छ । जातको म हलुवाई हो, होटेल चलाएर पनि हुन्थ्यो भन्ने सोच मलाई बेला बेला आईरहेको हुन्छ । तर, निस्कन पाईरहेको छैन । हुन त छोरालाई बोडिङ स्कुलमा पढाउन खोजेको हो । नाम पनि लेखाईदिने गरेको छु । तर, यो धन्दामा म लागेको कारण एक महिना भन्दा वढी कसैले घर भाडामा बस्न दिँदैन । सँधै कोठा खाली गरिरहनु पर्छ । यसरी आज एउटा एरिया, अर्को महिना अर्को एरिया गर्दै कोठा लिनु परेपछि छोराको पढाई पनि छुटेको छ । पैसा पनि खेर जान्छ । के गर्ने ? छोरा पनि विग्रिसके । मेरो तपाईहरुसँग प्रश्न के हो भने आखिर मैले आफ्नो जमिनमा घर बनाउन पाउने कि नपाउने ? मैले न्याय पाउनु पर्छ ।
(जनकपुरमा विगत ७ बर्ष देखि यौन व्यवसायमा सक्रिय शैलो देवीले द एक्सक्लुसिभसँग गरेको कुराकानीमा आधारित)
२०७३ कार्तिक २८ गते आईतबार
is it really or jocking if it real then we will help her & check out others
ReplyDeleteI think we have to help those women who sufferring from this kinds of problem..
ReplyDeleteक्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्
ReplyDeleteclinton.loanfinance@yahoo.com
clintonimmanuel9@gmail.com
हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।
टीम सादर
क्लिनिक लोन फर्म
तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा
ReplyDelete