Tuesday, September 18, 2018

प्रदेशको राजधानीमा अपराधको बढ्दो ग्राफ

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर दुईको राजधानी रहेको जनकपुरधाममा अपराधको ग्राफ बर्षे पिच्छे बढ्दै गएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा धनुषा जिल्लामा कुल ९ सय ५३ थान अपराधका मुद्दाहरू दर्ता भएका छन् भने आर्थिक बर्ष २०७३÷०७४ मा उक्त संख्या ८ सय ३६ थियो भने २०७२÷०७३ मा त ५ सय ६८ मात्र थियो ।
आर्थिक बर्ष २०७४÷०७५ मा धनुषामा दर्ता भएका कुल ९ सय ५३ थान मुद्दा मध्ये सबै भन्दा बढी केही सार्बजनिक अपराधको मुद्दा ३ सय ८७ थान र त्यस पछि आत्म हत्या गर्ने को संख्या ९५ रहेको छ ।
गम्भीर प्रकृतिका अपराधमा पनि कमि आउन सकेको छैन । धनुषामा आर्थिक बर्ष २०७४÷०७५ मा कुल १९ जनाको हत्या भएको छ भने ३५ जनाको हत्या प्रयास भएको छ । १७ थान बलात्कार र १२ थान बलात्कार प्रयासका मुद्दा संगै १ थान अपहरण तथा बलात्कार प्रयासको मुद्दा समेत दर्ता भएको छ । मानब बेचबिखन ३ थान, मानब बेच बिखन तथा बलात्कारको १ थान, अपहरण तथा शरीर बन्धकको ४ थान मुद्दा दर्ता भएका छन् । त्यसै गरी  चोरीका ४८ थान,हात हतियार तथा खरखजानाका ५ थान,ठगीका ७ थान,लागु औषधका ७० थान,बम बिष्फोटका १ थान, मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएका छन् । बालबिबाहको १ थान, गर्भपतनको ३ थान, कालोबजारीको ३ थान, बोक्सीको आरोपको २ थान मुद्दा दर्ता भएका छन् । सबारी ज्यानमा ६३ थान र सबारी अंगभंगमा ६ थान मुद्दा दर्ता भएका छन् ।
आर्थिक बर्ष २०७३÷०७४ मा कुल १८  जनाको हत्या भएको थियो भने १४ जनाको हत्या प्रयास भएको थियो  । १८  थान बलात्कार र १० थान बलात्कार प्रयासका मुद्दा संगै १ थान मुद्दा  दर्ता भएको थियो  । अपहरण तथा शरीर बन्धकको १ थान मुद्दा दर्ता हुनुका साथै चोरीका ४५  थान,हात हतियार तथा खरखजानाका ८ थान,ठगीका १८ थान,लागु औषधका ३९  थान मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएका थिए  । सबारी ज्यानमा ६६  थान र आत्महत्या १ सय ७ थान मुद्दा दर्ता भएको थियो  ।
त्यसै गरी आर्थिक बर्ष २०७२÷०७३ मा कुल ५ सय ६८ थान मुद्दा दर्ता भएकोमा हत्याका १६ थान, हत्या प्रयासका १३ थान,चोरीका २६ थान,बलात्कारका २१ थान र बल्कार प्रयासका ३ थान, हात हतियार तथा खरखजानाका ६ थान मुद्दा दर्ता भएका थिए ।
त्यसै गरी लागु औषधमा २३ थान,केही सार्बजनिक अपराधमा १ सय ८८ थान,सबारी ज्यानमा ६२ थान, सबारी अंगभंगमा ५ थान,ठगीमा ५ थान, बालबिबाहमा १ थान,कालोबजारीमा ४ थान, गर्भपतनमा २ थान,चन्दामा १ थान र बम बिष्फोटमा १ थान मुद्दा दर्ता भएका थिए ।
आर्थी बर्ष २०७४÷०७५ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ठाडो उजुरी तथा निबेदन दर्ता पनि उल्लेख्य संख्यामा भएको पाईन्छ । शान्ति सुरक्षाका लागि मात्रै १ सय २० थान, झगडा बादबिबादमा ७५ थान, धाकधम्कीको ३३ थान निबेदन तथा उजुरी परेका छन् ।
त्यसै गरी जग्गा बिबादमा २ सय १२ थान, गाली गलौजमा ३६ थान, कुटपिट घाउ जांच केशका १ सय ६४ थान र सबारी दुर्घटनाका ५० थान उजुरी दर्ता भएका छन् ।
चोरी तथा मालसामान हराएको भन्दै २६ थान, बैदेशिक रोजगारीमा लेनदेन तथा ठगीका २ सय ८ थान, आबश्यक कारबाहीका लागि भन्दै ४ थान, घर खाली सम्बन्धी ८ थान र घर भाडा सम्बन्धी ७ थान उजुरी दर्ता भएको छ । यसका अतिरिक्त चारित्रिक प्रमाणपत्रका लागि १ हजार २१ थान उजुरी तथा निबेदन दर्ता भएको छ ।
अबेर राति सम्म मदिरा बिक्रि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले गत जेठमा २३ जना र असारमा ४ जना गरी कुल २७ जनालाई पक्राउ गरी कारबाही गर्नुका साथै ८ जनालाई मदिरा सहित पक्राउ गरेको जनाएको छ ।
अबैध मदिरा नियन्त्रण सम्बन्धी बिशेष अभियान संचालन गरी कुल १६ थान अबैध मदिरा भट्टी फुटाउनुका साथै तयारी मदिरा कुल २ हजार ७ सय ९० लिटर र ४ हजार ६ सय ४५ लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ ।
बिगतमा फरार रहेका अपराधीहरूलाई पक्राउ गर्न बिशेष अभियान संचालन गर्दा लागु औषध सम्बन्धी कुल ७८ जना र अन्य १५ जना गरी कुल ९३ जना फरार अपराधीलाई पक्राउ गरेको जनाएको छ ।  




२०७५ श्रावण १३ गते आईतबार

No comments:

Post a Comment