![]() |
अनिला मुख्य न्यायाधीवक्ता कार्यालयमा काम गर्दै । |
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेश आन्दोलन चलिरहेको बेला थुप्रै मधेशी युवाहरूले शहादत दिए । शहीदहरूको शहादतकै कारण आज प्रदेश नम्बर दुईमा मधेश केन्द्रित राजनीतिक दलहरू संघीय समाजबादी फोरम नेपाल र राष्टिूय जनता पार्टी (राजपा) नेपालको साझा सरकार छ ।
तर, ती शहीदका श्रीमती, बाल बालिकाको अबस्था भने अत्यन्तै दयनीय त छंदैछ, झस्काउने कुरा के हो भने शहीदका श्रीमती आफ्नै घरमा प्रताडित हुनु परेको अबस्था पाईएको छ ।
महोत्तरी गाउँपालिकाको महोत्तरी गाउँका रामबिबेक यादव मधेश आन्दोलनका क्रममा शहीद भए । सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर २३ भदौ, २०७२ मा यादब शहीद भएका थिए ।
स्नातक उत्तीर्ण गरेर गाउँकै एक संस्थागत बिद्यालयमा प्रिन्सिपलको रूपमा कार्यरत यादब आन्दोलनमा सहभागी हुनका लागि महोत्तरीको जलेश्वर गएका थिए । मात्रिका प्रसाद यादबले नेतृत्व गरेको तत्कालिन नेकपा माओबादी संग समेत आबद्ध रहेका यादब आन्दोलनमा सहभागी भएका बेला शहीद भएका थिए ।
ईन्दु यादब र ईन्दो देबी यादबको एक्लै छोरा रामबिबेक गुमाउनु पर्दा आमा बुबाको संसार नै सिद्धियो । त्यस भन्दा पनि ठुलो बज्रपात त ७ महिना अघि नै बिबाह गरेर घर भित्रियाएकी उनकी श्रीमती अनिला यादबलाई पर्यो । झन् जुन दिन उनले आफ्नो श्रीमान् गुमाउनु परेकी थिइन्, ६ महिनाको बच्चा उनको गर्भमै थियो । गर्भवती रहेकी अनिलालाई कति सम्म समस्या परेको होला त्यसै पनि अनुमान गर्न सकिन्छ ।
सासु, ससुरा संगै जसो तसो दिन बिताईरहेकी अनिलाले केही महिना पछि छोरा पाईन । बाँकीको जीवनको सहाराको रूपमा उनले छोरा पाएपछि जिन्दगी बिताउन सकिन्छ, सोच्दै उनी अगाडिको लागि सोच्न थालिन । छोरा नजन्मिदा सम्म अनीलालाई सासु, ससुराले पनि असाध्यै माया गरिरहेका थिए । तर, पछि बच्चा आफुलाई जिम्मा लगाएर आफ्नो माईति जान सासु ससुराले दबाब दिन थालिन् । ‘तिम्रो के भरोसा, तिमी पछि भागेर अर्को बिहे पनि गर्न सक्छौ, बच्चा हामीलाई जिम्मा लगाएर आफ्नो माईति जाउ भन्दै सासू ससुराले दबाब दिन थाले, ‘अनिलाले द एक्सक्लुसिभसँग भनिन,’तर आफुले आफ्नो जीवनको एउटी सहाराको रूपमा छोरा मात्रै रहेकाले कुनै पनि हालमा दिन नसकिने भन्दै अडान लिएँ ।’ सासू ससुराले गाली गलौज गर्नुका साथै दिनहुँ जसो यातना समेत दिने प्रयास गरे, तर म मरे मात्रै मेरो छोरा पाउन सक्नुहुन्छ भन्दै टस से मस भईनँ,अनिलाले रुँदै पीडा सुनाईन् ।
त्यसको मुख्य कारण के थियो भने राज्यको तर्फबाट शहीद परिवारलाई दिइएको १० लाख रुपियाँको राहत रकम थियो । जिल्ला प्रशासन कार्यालय महोत्तरीले उक्त १० लाख रुपियाँ मेरो छोराको नाममा बैंकमा खाता खोल्न लगाएर राखिएको थियो ।
पार्टीका नेताहरूले पनि अहिले उक्त रकम रामबिबेकको आमा बुवालाई पनि दिन उपयुक्त नहुने, उत्तराधिकारी श्रीमती अनिलालाई पनि दिए भोली के भरोसा, कहिकतै भागिन् भने त्यो बच्चाको भविष्य के हुने भन्ने सोचेर नै बच्चाको नाममा खाता खोलाएर १० लाख रुपियाँ राख्न लगाईएको थियो ।
बच्चा १६ बर्षको भए पछि मात्र उक्त रुपियाँ बैंक बाट निकाल्न सकिने गरी खातामा रकम राखियो ।
त्यस पछि अनिला आफ्नो माइत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया फर्किईन् । बिहे हुनु अघि नै अनिलाको आमाको निधन भईसकेको अबस्थामा अनिलाकी काकीले उनको बच्चालाई रेखदेख गर्नथाले । अनिलाको बुबा रामदुलार यादब शिक्षक भएर जागिरे रहेका कारण बुवाले अनिलालाई मुजेलियाकै एक बिद्यालयमा जागिर लगाईदिए ।
जनकपुरकै गौरी क्याम्पसबाट शिक्षा संकायमा टेन प्लस टू उत्तीर्ण गरेकी अनिलाले बाल बिकासको कोटामा २०७३ सालमा शिक्षकको रूपमा काम गर्न थालिन् । त्यसको डेढ बर्ष पछि थर्ड एलायन्स नामक एक गैर सरकारी संस्थामा उनले काम पाईन् ।
प्रदेश सरकारको स्थापना भए पछि मुख्य न्यायाधिवक्ताको कार्यालयमा १६ जेष्ठ २०७५ मा करार सेवामा रहने गरी कार्यालय सहयोगीको रूपमा उनले जागिर पाईन् । देशकै लागि मेरो श्रीमानले शहादत दिँदा प्रदेश सरकारले सरकारी जागिर दिएकोमा अनिला खुशी त छिन्, तर कार्यालय सहयोगी भन्दा पनि खरिदार पदमा कम से कम आफुलाई जागिर दिँदा राम्रो हुनेथियो, उनले भनिन् । मासिक १६ हजार २ सय ३० रुपियाँ मात्रको पारिश्रमिकले घर चलाउन गाह्रो हुने उनले सुनाईन् । करारमा जागिर दिइएको छ, प्रदेश सरकारले कम स कम स्थायी गरिदिओस्, उनले सरकारसँग अनुरोध गरिन् ।
आफ्नो छोरालाई भविष्यमा डाक्टर बनाउने उनको एक मात्र लक्ष्य रहेकाले आफ्नो छोराको पढाईको पनि सरकारले ब्यबस्था गरिदिनुपर्ने उनले भनिन् ।
बार्षिक १ प्रतिशत ब्याज दरमा १० लाख रुपियाँ बच्चाको नाममा बैंकमा राखिएको छ, अहिले त्यो पैसा लिएर कहीं कतै जग्गा किनिदिएको भए वा कहीं अन्यत्र लगानी गरिदिएको भए भविष्यको लागि राम्रो हुनेथियो, उनले भनिन् ।
बिगतमा सासू ससूरासंग सम्बन्ध राम्रो नभए पनि अब भने सम्बन्ध राम्रो भएको छ,’अब बिदा भएको बेला, पर्ब त्यौहारका बेला गाउँ गएर सासू ससुरालाई पनि भेट गर्छु, केही रकम पनि बेला बेला दिने गरेकी छु,’ अनिलाले भनिन् ।
शहीद पत्नी राउतले पनि जागिर पाउँदै

नीलम आफ्ना सन्तान का साथ् मुख्य न्यायाधीवक्ता कार्यालयमा । |
तेस्रो मधेश आन्दोलन सुरु भएको बेला सप्तरी भारदहका राजीब राउत भनिने राजेन्द्र राउत प्रथम शहीद भएका थिए । १ भदौ २०७२ मा राजमार्गमा सुरक्षाकर्मीले चलाएको गोली लागेर राउतको मृत्यु भएको थियो ।
बैदेशिक रोजगारीको सिलसिलामा मलेशियाबाट फर्केर गाउँमै केही ब्यापार ब्यबसाय गर्ने उनले सोच बनाएका थिए । ३५ बर्षिय राउतले गाउँका साहू महाजन बाट ५ लाख रुपियाँ जति ऋण कर्जा लिएर ५ बिघा खेतमा ब्यबसायिक केराको खेति सुरु गरेका थिए, तर, त्यही बीचमा मधेश आन्दोलन सुरु भयो । र, राउत शहीद बन्न पुगे ।
बुवा भिम राउत, आमा मधिया देबी राउत, श्रीमती नीलम देबी राउत, डेढ बर्षका जेठो छोरा आर्यन राउत र कान्छो तीन महिनाकी छोरी आरजु कुमारी राउतलाई राजीवले छोडेर संसारबाट बिदा भएका थिए ।
राजीबको निधन पछि उनकी श्रीमती, छोरा र छोरीले थुप्रै पीडा भोग्नु परेको छ । राजीबको निधन हुनु अघि देखि नै आमा बुवा र दाजु भाउजु बाट अलग भएर बस्दै आएका थिए । तर, राजिबको निधन पछि १ महिना जति सासू ससुराले संगै राख्नुभयो, त्यस पछि साथ् सहारा छोडीदिनुभयो, नीलमले द एक्सक्लुसिभलाई बताईन् ।
सरकारले दिएको १० लाख रुपियाँमध्ये ५÷५ लाख रुपियाँ दुवै छोरा छोरीको नाममा बैंकमा खाता खोलाएर राखियो । त्यो पैसा पनि हातमा आउन सकेन, छाक टार्न पनि धौ धौ पर्न थाल्यो, उनले भनिन् ।
आफ्नो आमालाई ससूरालिकै घरमा बोलाएर बस्न भने पछि आमा सँगै ससूरालिमै बस्दै आएकी छु, उनले भनिन् । जेठान इटहरीमा सरकारी कार्यालयमा अमिनको रूपमा कार्यरत हुनुहुन्छ, सासू ससुरा पनि जिबिका लिएर उहाँ संगै बस्नु हुन्छ, उनले थपिन्, ‘कहिले काहीं जेठाजुको बिराटनगर स्थित घर जानु हुन्छ, प्रायः जसो गाउँ भारदहमै उहाँहरू बस्नुहुन्छ ।’
श्रीमान बितेको तीन बर्ष भईसक्यो, तर घर परिबारका कसैले पनि रेखदेख, हेरविचार गर्नु भएको छैन, अत्यन्तै पीडा र कष्टका साथ् दिन बिताउनु पर्दा कुनै न कुनै काम गर्नुपर्यो भन्दै गाउँका नेताहरूलाई काम खोजिदिन भन्न थालें, उनले सुनाउंदै भनिन्,‘गाउँका नेता प्रदीप माझि लगायतले भारदहकै अस्पतालमा करारमा जागिर लगाईदिनु भयो ।’ बिगत ९ महिना देखि त्यही अस्पतालमा काम गरेर मासिक १० हजार रुपियाँ पाउने गरेकी छिन् । त्यो पैसाले परिबार पालन सकिएको छैन, नीलमले भनिन् ।
मुख्य न्यायाधीबक्ताको कार्यालयमा कार्यालय सहयोगीको रूपमा नीलमलाई पनि प्रदेश सरकारले जागिरको ब्यबस्था गरिरहेको छ । करार सेवामा कार्यालय सहयोगीको रूपमा उनलाई नियुक्ति आउँदो आईतवार दिने तयारी गरिएको छ ।
मुख्य न्यायाधीबक्ता दीपेन्द्र झाले भने, ‘आइतवार नीलम देबी राउतलाई आफ्नै कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्ति दिने तयारी गरिएको छ ।’
मेरो कार्यालयमा दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेकोमा दुवै पदमा शहीद परिबारलाई नै नियुक्ति दिने सोच बनाएकोमा एक जना अनिलाजीलाई पहिले नै नियुक्ति दिइएको र अर्को पदमा नीलम जीलाई नियुक्ति दिदैछौँ, झाले द एक्सक्लुसिभसँग भने ।
उहाँहरूलाई कार्यालय सहयोगीमा नियुक्त गरे पनि काम भने कार्यालय सहयोगीको नगराउने उनले भने । पहिले नै नियुक्त गरिएकी अनिलाजीलाई एउटा ल्यापटप दिएर डोकुमेन्टेसनको काममा लगाएको छु, नीलमजीलाई पनि अन्य काम दिनेछु, झाले बताए ।
स्थायी जागिर भए मात्र काम गर्ने तथा छोरा र छोरीको निशुल्क शिक्षाको ब्यबस्था भए मात्र मुख्य न्यायाधीवक्ताको कार्यालयमा काम गर्न सकिने नीलमले द एक्सक्लुसिभसँग खुलाईन ।
त्यहाँ, भारदहमा बोर्डिंग स्कूलमा निशुल्क पढाइ भैरहेको छ, घर सम्म बस आउछ, यहाँ पनि त्यस्तो ब्यबस्था भए मात्र काम गर्न सहज हुने उनले बताईन् ।
अनिला र नीलम दुवै जनाले अब आफ्नो श्रीमानले उपहार स्वरूप कोसेलीको रूपमा छोडेर गएको छोरा र छोरीकै पालन पोषण र उज्ज्वल भविष्य बनाउने नै लक्ष्य रहेकाले बिहे गर्ने कुरा त सपनामा पनि सोच्न नसकिने बताईन् ।
प्रदेश नम्बर दुईमा लालबाबु राउत नेतृत्वको सरकारको बसेको पहिलो मन्त्रीपरिषदको बैठकबाट नै प्रत्येक शहीद परिबारका एक जना सदस्यलाई सरकारी प्रदेश सरकारले सरकारी जागिर दिने निर्णय गरेको थियो ।
तर, हाल सम्म अनिला बाहेक अन्य शहीद परिवारलाई प्रदेश सरकारले जागिर दिन सकेको छैन ।
प्रदेश सरकारले मधेश आन्दोलन शहीद परिबार रोजगारी तथा घाइते सहायता निर्दे्शिका,२०७५ मा समेत बिशेष ब्यबस्था गरिएको छ । शहीदका परिबारले र घईतेले पढ्न चाहेको सरकारी बिद्यालयमा कक्षा १२ सम्म निशुल्क पठनपाठनको ब्यबस्था गरिने उल्लेख छ । सहीद परिबारका सदस्यहरूलाई र घाइतेहरूलाई दिइने शीपमूलक तालिममा पहिलो प्राथमिकता दिने ब्यबस्था गरिएको छ ।
त्यसै गरी प्रदेश सरकारको कुनै पनि सरकारी कार्यालयमा कुनै कर्मचारीको दरबन्दी रिक्त भएमा प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति नहुन्जेल सम्मको लागि ज्यालादारी तथा करार सेवामा लिईने पदहरूमा योग्यता र कार्यक्षमताको आधारमा शहीद परिबारका सदस्य र घाईतेहरूलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य रूपमा लागु गरिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
२०७५ भदौ १० गते आईतबार

No comments:
Post a Comment