Tuesday, September 18, 2018

प्रम ओलीले सम्झाउँदा पनि मानेन महतो गरे प्रम ओलीको बिशेष सम्बोधन बहिष्कार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नम्बर दुईको प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बिशेष सम्बोधनको कार्यक्रममा उपस्थित भएका राजपा नेपालका तीन जना सांसदहरूले बहिष्कार गरेका छन् ।
सभा संचालनको घन्टी बजे लगतै सभामा सभामुख सरोज कुमार यादव र प्रम ओली उपस्थित भए पछि राष्टिूय गान बज्यो । राष्टिूय गान सके लगतै  सभामुख सरोज कुमार यादवले बैठक संचालन हुन्छ भनेका के थिए, राजपा नेपालका तीन जना सांसदहरू उठेर बोल्न थाले । सर्लाहीका सांसद उपेन्द्र महतो, सर्लाहीकै अर्का सांसद गौरी नारायण साह र सप्तरीका सांसद बिक्की यादब उठेर प्रम ओलीको सम्बोधनको बिरोध गर्न थाले ।
सभामुख यादबले आज सांसदज्युले बोल्न पाउनु हुन्न, तपाईंहरू बस्नुस् भन्दा पनि उनीहरूले मानेनन् । प्रम ओलीको बिशेष सम्बोधनको कुनै औचित्य र आबश्यकता नरहेको भन्दै बैठक प्रम ओलीको सम्बोधनको हामी बहिष्कार गर्दछौं भन्दै उनीहरू प्रदेश सभाबाट बाहिरिएका थिए ।
बैठक बहिष्कार गरेर बाहिरिएका सांसद महतोले द एक्सक्लुसिभसँग भने,‘अचानक प्रम ओलीलाई प्रदेश सभामा आएर सम्बोधन गर्ने मन भयो, उहाँ अईहाल्नु भयो । न ट उहाँको आज जन्मदिन थियो, न त कुनै बिशेष अबसर वा बिशेष परिस्थिति ।’ एका तर्फ मधेश आन्दोलनका जायज मागहरू सम्बोधन भएका छैनन्, हाम्रा निर्बाचित जनप्रतिनिधि रेशम चौधरीमाथि झूठा मुद्दा लगाएर जेलमा थुनिएका छन, सांसदको प्रमाणपत्र सम्म दिएका छैनन्, संबिधान संसोधन भएको छैन, त्यस कारण प्रम ओलीको सम्बोधन बहिष्कार गरेका छौं, महतोले भने ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका आफ्नै भतिजा समेत रहेका महतोले बिगतमा पनि मधेश आन्दोलनका समयमा ओलीले मधेश बिरोधि अभिव्यक्ति दिएर जनता मात्र होईन शहादत दिने शहीदहरूको समेत अपमान गरेका ओलीले प्रदेशमा आउनु भन्दा पूर्ब मधेशी जनता सँग माफी माग्नु पथर््यो, उनले बताए ।
बहिष्कार गर्ने सांसदहरू बिगतमा राजेन्द्र महतोले नेतृत्व गर्ने सदभावना पार्टीको पृष्ठभूमिका हुन् ।
सम्बोधन अगाबै प्रम ओलीसँग बार्ता
राजपा नेपालका केही सांसदले प्रम ओलीको सम्बोधनलाई बहिष्कार गर्न सक्ने कुरा संचार माध्यममा पहिले नै आइसकेपछि प्रदेश सभामा पुग्ने बित्तिकै प्रम ओलीले महतोलाई बोलाएर सम्झाउने प्रयास गरेका थिए । सभामुखको कार्यकक्षमा बोलाएर प्रम ओलीले बहिष्कार नगर्न भनेर महतोलाई सम्झाएका थिए ।
महतोले द एक्सक्लुसिभसँग भने, ‘प्रम ओलीले मलाई बोलाएर विश्वमा कहीं पनि प्रधानमन्त्रीले गर्ने बिशेष सम्बोधनका क्रममा कुनै पनि सांसदले बहिष्कार गर्ने चलन छैन, तपाईं पनि बहिष्कार नगर्नुस भनेर मलाई भन्नु भएको थियो ।’ तर, रेशम चौधरीको सपथ ग्रहण तथा रिहाईको कुरा प्रम ओलीसँग भन्दा कानूनको प्रकृया हो, अदालतमा चलेको कुरा हामीले हस्तक्षेप गर्न मिल्दैन, तै पनि केही प्रक्रिया अगाडी बढाएको छु भनेर उहाँले जबाफ दिनु भएको महतोले बताए ।
तपाईंको पार्टीको शिर्ष नेता तथा अध्यक्ष मण्डल सँग पनि मैले बार्ता र कुराकानी गरिरहेको छु, मधेशको सबै समस्या समाधान गरिदिन्छु  भनेर उहाँले त भन्नु भयो तर, आफुले चाहिं नमानेको र उहाँको बैठक बहिष्कार गरेरै छाडेको उनले बताए ।
आफु मधेशका जनताको जनप्रतिनिधि समेत रहेकाले आफुले बिरोध गर्न पाउनु पर्ने सोचेर नै बैठक बहिष्कार गरेको महतोले बताए ।
हुन त बैठक बहिष्कार नगर्न भनेर सभामुख सरोज कुमार यादव र राजपा संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनलले समेत महतोलाई भनेका थिए । महतोका अनुसारराजपा संसदीय दलका नेता तथा सरकारमा राजपाको तर्फबाट नेतृत्व समेत गरिरहेका भौतिक बिकास मन्त्री सोनलले बरु सदनमा उपस्थित नै नहुनुस्, सीधा बहिष्कार गर्नुस्, तर सदनमा उपस्थित भई सकेपछि प्रम ओलीको सम्बोधन बहिष्कार गर्न मिल्दैन, नगर्नुस् भनेर निर्देशन  नै दिएको  महतोले खुलाए ।
संसदीय दलको नेता सोनलले आफुलाई यदि स्पष्टिकरण नै सोध्छ भने त्यसको जबाफ दिन वा कारबाही भए भोग्न तयार रहेको महतोले द एक्सक्लुसिभसँग भने ।
राजपाका तर्फबाट सदनमा उपस्थित भएका अर्का मन्त्री रामनरेश राय यादवले पनि सांसदले बहिष्कार गर्न पाउने उनको स्वतन्त्रता रहेको भन्दै बचाउ गरेका छन् । प्रम ओलीको सम्बोधन बहिष्कार गरेर माननीय ज्युहरूले कुनै गल्ति गर्नु भएको छैन, त्यो उहाँहरूको अधिकार हो, कारबाही हुने कुरै आउँदैन, मन्त्री यादबले द एक्सक्लुसिभसंग भने ।
आजको बिशेष सम्बोधनमा कुल १ सय ७ जना सांसद रहेकोमा कुल २१ जना सांसदहरू अनुपस्थित रहेका थिए । राजपाका तीन जना सांसदले प्रम ओलीको बिशेष सम्बोधन बहिष्कार गरे पनि सदनमा उपस्थित भएका अन्य सांसदहरू रामनरेश राय,जयनुल राईन, जितेन्द्र सोनल,अन्जु कुमारी,जानकी शरण साह,निलम देबी भुमिहारनी, नेत्र बिक्रम साह, बाबुलाल साह कानु,बिन्देश्वर प्रसाद यादव,रमेश प्रसाद कुर्मी,बबिता कुमारी चौधरीले सदनमा  प्रम ओलीको सम्बोधन सुनेका थिए ।
आजको बैठकमा राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, मन्त्री नाबाल किशोर साह सूडी, राज्य मन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा, सुरेश कुमार मण्डल, सांसदहरू अल्का झा, नीरा कुमारी साह,मनिष कुमार सुमन, रानी कुमारी तिवारी,सुरीता कुमारी साह,रीना यादब भने अनुपस्थित भएका थिए ।
संघीय समाजबादी फोरम नेपालका सांसद राम आशिष यादबले भने, ‘सरकारको निर्देशन अनुसार सदनमा सत्ता पक्षका सांसदहरू आज सदनमा उपस्थित भए पनि प्रम ओलीको सम्बोधनका क्रममा कसैले सत्ता पक्षका कुनै पनि सांसदले थपडी बजाएनन् ।’ प्रम ओलीको सम्बोधनले सत्ता पक्षका सांसदलाई खुशी बनाउन सकिएन, यादवले भने । अहिले कुनै बिशेष परिस्थिति नै थिएन, यस्तो परिस्थिमा प्रम ओलीले बिशेष सम्बोधन गर्ने हुन्नथ्यो, उनले भने । 



२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment