Tuesday, September 18, 2018

राज्यमन्त्री डिम्पल झाको स्वागतमा लावालस्कर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजपा नेपालकी नेत्री तथा भौतिक पूर्वाधार बिकास मन्त्रालयकी राज्य मन्त्री डा. डिम्पल झालाई गृहजिल्लामा भव्य स्वागत र सम्मान गरिएको छ । राजपा नेपालकी प्रबक्ता समेत रहेकी झा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाकी श्रीमती हुन् ।
हिजो, मंगलबार १५ साउन,का दिन उनी प्रदेश सरकारमा राज्यमन्त्री बनेर पहिलो पटक आफ्नो गाउँ रौतहटको मत्सरी पुग्दा करीब ८० देखि ८५ वटा गाडी, जीप, बोलेरो, स्कार्पियो लगायतका सबारी साधन सहितको लाबा लस्कर उनको स्वागतमा कुदेको थियो ।
 उक्त लाबा लस्करमा रहेका जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक कुमार झाका अनुसार जनकपुर देखि रौतहटको मत्सरी पुग्न तीन घन्टा मात्र समय लाग्छ तर, उनलाई बाटोमा भव्य स्वागत र सम्मान गरिएका कारण ६ घण्टा जति लागेको थियो ।
रौतहटको चन्द्रनिगाहपुर देखि गौर सम्म उनको स्वागतमा ठाउँ ठाउँमा स्वागत द्वार समेत बनाइएको थियो । सर्लाही र रौतहटको सीमा पर्ने बागमती नदी काटे पछि मन्त्री झालाई स्वागत तथा रिसिभ गर्नका लागि जिल्लाका बिभिन्न स्थानीय तहका निर्बा्चित प्रतिनिधि र नेताहरू उनलाई रिसिभ गर्न आएका थिए । 
वडा देखि मेयर ,उपमेयर लगायतका प्रतिनिधि साथै बिभिन्न तहमा कार्यरत पार्टीका नेता तथा कार्यकर्ताहरू मध्ये अधिकांस भारतीय नम्बर प्लेट सहितका सबारी साधन लिएर पुगेका थिए । बिभिन्न ६ स्थानमा सम्बोधन समेत उनले गरेका थिए । आफ्नै गाउँ मत्सरीको दुर्गा मन्दिरमा पूजा गरे पछि रौतहटको सदरमुकाम गौरमा राजपा नेपालको पार्टी कार्यालयमा उनलाई स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो ।
उनी संगै उनका पति अनिल झा समेत उपस्थित थिए ।  अनिल झा अहिले प्रतिनिधि सभा सदस्य हुन् ।  


२०७५ श्रावण २० गते आईतबार

No comments:

Post a Comment