Tuesday, September 18, 2018

प्रम ओलीका लागि खाना तयार गरेका मण्डल भन्छन्,–मेरो लागि गर्वको कुरा हो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार प्रदेश नम्बर दुईमा भब्य स्वागत गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत आफैं र उनका मन्त्रीहरू जनकपुर बिमानस्थलमा पुगेर प्रम ओलीलाई स्वागत गर्दै प्रदेश सभा सम्म ल्याएका थिए ।
प्रदेश सभामा पुग्ने बित्तिकै सभामुख सरोज कुमार यादवले प्रम ओलीलाई स्वागत गर्दै आफ्नो कार्यकक्षमा लगेका थिए । करीब ४० मिनेट जतिको कुराकानी र बिभिन्न सांसदहरू संगको भेटघाट र कुराकानी सकिए पछि प्रम ओली सदनमा उपस्थित भएका थिए, करीब ८५ मिनेट लामो सम्बोधन गरे पछि प्रम ओलीलाई खाना खुवाउनका लागि सभामुख यादवले आफ्नो निवासमा लागेका थिए । प्रम ओलीलाई मिथिला भोजन सहितको परिकार खुवाईएको थियो ।
प्रम ओलीलाई खानामा प्लेन चामल,रहरिको दाल, सुख्खा रोटी,हरियो साग, मिक्स भेजिटेबल, पर्बल फ्राई,नेपाली गेडागुडीको अचार,कुखुराको मासु, खसीको मासु, माछा फ्राई,पापड,दही, लालमोहन र रसभरी सहितको मिठाई पस्किएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४, कदम चोक उत्तिमपुर निबासी ४० बर्षिय बिष्णु देब मण्डलले प्रम ओलीका लागि खाना तयार पारेका थिए । प्रधानमन्त्री ओलिजीको लागि खाना पकाउन पाएकोमा आफुलाई धेरै नै खुशी भएको छ,भन्दै मण्डलले द एक्सक्लुसिभसँग भने,‘यो मेरो लागि गर्वको कुरा हो की मैले प्रधानमन्त्री ओलिज्युलाई खाना पकाएर खुवाउने अवसर प्राप्त गरेको छु ।’
हुन त उनी बिगत २२ बर्ष देखि कूकको काम गरिरहेका छन् । तर प्रधानमन्त्रीका लागि खाना पकाउन पहिलो पटक अबसर पाएका रहेछन् ।
उसो त २०४६ सालको आन्दोलन पछि जनकपुरमा प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला जनकपुर एउटा कार्यक्रममा आउँदा उनले प्रम कोईरालालाई चिया र बिस्कुट पस्किएका रहेछन । महिला संघको कार्यक्रममा भाग लिन आएका तत्कालिन प्रधानमन्त्री कोइरालाले चिया त मिठो बनाउछौ भनेर प्रशंसा गरेको मण्डल स्मरण गर्छन् ।
प्रम ओलीका लागि के खाना पकाउने भनेर सोचिरहेको थिएँ, के कुरा खानुहुन्छ भन्ने आफुलाई थाहै थिएन, तर प्रधानमन्त्रीको कार्यालयबाट सबै कुरा खानुहुन्छ भन्ने जानकारी प्रदेश सभामा आएको रहेछ, मण्डलले सुनाए,’प्रदेश सभाले नै प्रम ओलीको लागि खानेकुराको मेनु दिइयो, सोहि अनुसार आफुले खाना तयार गरेको थिएँ ।’
प्रदेश सभाले प्रम ओलीलाई तयार पारेको खानको मेनु नै सबै सांसदका लागि पनि तयार पारेको थियो । प्रम ओली आउने भएकाले प्रदेशका सबै सांसदका लागि पनि खाना तयार पारिएको थियो । बिहान ८ बजे देखि १२ बजे सम्म ४ घण्टामा खाना तयार बहेको थियो । करीब ४ सय जनाको खाना पकाउन भनिए पनि प्रधानमन्त्री संगै प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्रीहरू र सांसद समेतको लागि खाना पकाउन अबसर पाएकोमा मण्डल अत्यन्तै खुशी अनुभूति गरेका थिए ।



२०७५ भदौ ०३ गते आईतबार
 

No comments:

Post a Comment