Saturday, October 17, 2015

कानुन व्यवसायीले निषेधित क्षेत्र तोड्दै संविधानको प्रतिलिपी जलाए


संविधानको प्रतिलिपी जलाउँदै जनकपुरका कानुन व्यवसायीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


नेपाल बार एशोसिएसन जनकपुरले जारी भएको नेपालको संविधान २०७२ लाई जलाएको छ । गत ७ असोजमा दिनको १ बजे स्थानीय प्रशासनद्वारा लगाइएको निषेधित क्षेत्रलाई अवज्ञा गर्दै जनकपुरका कानुन व्यवसायीहरुले संविधानको प्रतिलिपीलाई पुनरावेदन अदालतको अगाडी जलाएर संविधानलाई बहिस्कार गरेका छन् । बार एशोसिएसनका अध्यक्ष उमेश पजियारको अगुवाईमा संविधान जलाइएको थियो । त्यसअघि ६ असोजमा ५९ जना कानुन व्यवसायीहरुको उपस्थितिमा बार एशोसिएसनले ५ बुँदे निर्णय गरेको थियो ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ को संवैधानिक अंगहरुको गठन र नियूक्ती प्रक्रियाको व्यवस्था गर्दा न्यायपालिकामा न्यायाधीश नियूक्ती गर्दा साथै राज्यको हरेक अंग र निकायमा नियूक्ती गरिदा समानुपातिक समावेशी सिद्धान्त अनुसार जनसंख्या प्रतिशतको आधारमा नियूक्त गर्ने अनिवार्य व्यवस्था राखिनुपर्ने बार जनकपुरले निर्णय गरेको थियो ।
जसरी नेपाल वार एशोसिएशन केन्द्रिय बारले नेपालको संविधान २०७२ लाई स्वागत गर्ने निर्णय गरेको प्रति गम्भीर ध्यानाकर्षण भई विरोध जनाएको थियो । मधेसमा आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलित रही जलिरहेको अवस्थामा यहाँको आन्दोलनमा प्रहरी दमन गरी जनतालाई विभत्स हत्या गरिरहेको अवस्थामा यहाँको मधेस आन्दोलन र अधिकारको विषयमा पुर्णतः वेवास्ता गर्दै कफर््यू लगाई जारी गरेको संविधान मधेस विरोधी रहेकोमा त्यस्तो संविधानलाई स्वागत गर्ने बारको केन्द्रको निर्णय खेदपुर्ण रहेको भन्दै उक्त निर्णयलाई भत्र्सना गरिएको थियो । त्यसैगरी उक्त निर्णयलाई सच्चयाई मधेस विरोधी गतिविधिमा नलाग्न केन्द्रीय बारलाई नसिहत दिँदै त्यसो नभए उक्त बारमा आबद्ध नभई छुट्टै बार इकाई गठन गर्ने निर्णय गरेको थियो ।
    आन्दोलन प्रति एैक्यवद्धता प्रकट गर्दै मधेस आन्दोलन अधिकार प्राप्ति नभएसम्म शान्तिपुर्ण रुपमा जारी रहनुपर्ने र आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने विर सपुतहरुलाई राज्यले सहिद घोषणा गरी क्षतिपुर्ती दिनुपर्ने र न्यायिक छानविन आयोग गठन गरी दोषी उपर कडा कारवाही गरिनुपर्ने माग समेत गरेको थियो । त्यसैगरी जनसंख्या प्रतिशतको आधारमा निर्वाचन क्षेत्र घोषणा गरिनुपर्ने, २२ जिल्ला रहेको मधेसलाई स्वायत्त मधेस प्रदेश देखिने गरी प्रदेश गठन गर्नुपर्ने, राष्टिूय सभामा जनसंख्या प्रतिशतको आधारमा निर्वाचन क्षेत्रबाट समानुपातिक प्रतिनिधित्व गरिने व्यवस्था राखिनुपर्ने, वैवाहिक अंगिकृत महिलाको हकमा संवैधानिक निकायमा पहुँच हुने व्यवस्था राख्नुपर्ने निर्णय गरिएको बारका सचिव सुदिप कुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
 त्यसैगरी नेपाल बार एशोसिएसन महोत्तरीले पनि सोही दिन जलेश्वरमा संविधानको प्रति जलाएका छन् । नेपाल वार एशोसिएसन आवद्ध कानुन व्यवसायीहरुले मधेशको माग नसमेटिएकाले संविधानको प्रति जलाएको बताएको छ।वार एशोसिएसनको कार्यालयबाट सुरु भएको कानुन व्यवसायीको विरोर्ध यालीले जलेश्वरमा लगाईएको निषेधित क्षेत्र तोडदै जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरि मटिहानी चोकमा पुगि संविधानको प्रति जलाएको थियो ।
स्थानीय प्रशासनले महेन्द्र चोकदेखि जिल्ला प्रहरी कार्यालय, अदालत, कारागारक्षेत्र र रेडक्रसदेखि जिल्ला प्रशासन कार्यालयसम्मको ५ सय मिटर वरीपरीका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरे पनि अदालत परिसरमा रहेका नेपाल वार एशोसिएनसन महोत्तरीको कार्यालयबाट कानुन व्यवसायीहरुले विरोध प्रर्दशन गर्दै निषेधित क्षेत्र तोडेका थिए।यस अघि बार एशोसिएसन महोत्तरी सम्बद्ध कानून व्यावसायीहरुको वैठकबाट भएको निर्णयहरु सुनाउँदै वार अध्यक्ष विजय ठाकुरले नेपाल वार एशोसिएसन केन्द्रीय कार्यालय काठमाडौंले नेपालको संविधान २०७२  लाई स्वागत गरेकोमा  खेद प्रकट गरेका छन् ।
आफ्ना अधिकारका लागि मधेस आन्दोलन चलिरहँदा स्थानीय प्रशासनले क्रुर तथा कायरतापूर्ण दमन गरि निर्दोश मधेसी युवालाई गोली प्रहार गरि हत्या गरिरहेको अवस्थामा वारको केन्द्रीय समितिले नेपालको संविधान २०७२ को स्वागत गरेकोमा उक्त निर्णय प्रति खेद प्रकट रहेको अध्यक्ष ठाकुरले बताए । अधिकार प्राप्तीको लागि भईरहेको आन्दोलनको क्रममा मधेसका मागलाई पुर्णरुपमा वेवास्ता गर्दै कर्फ्यु लगाई जारि गरिएको संविधान मधेस विरोधी रहेकोले यस्तो संविधानको केन्द्रीय वारले स्वागत गर्नु भर्त्सना योग्य कार्य भएको सुनाए।साथै संविधानमा मधेस र मधेसीको अधिकारका लागि केन्द्रीय वारले आवश्यक पहल गर्ने अनुरोध गर्दै तत्काल त्यसो नगरि वार एशोसिएसन महोत्तरी केन्द्रीय वारको अधिनमा नरहने र छुट्टै वार ईकाइ गठन गर्ने चेतावनी समेत दिइएको छ ।



२०७२ आशिन १० गते आईतबार

No comments:

Post a Comment