Saturday, October 17, 2015

जलेश्वरमा अर्धनग्न जुलुस

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

आमहड्ताल जारी राखेको संघीय मधेशी मोर्चाले शुक्रबार महोत्तरीको जलेश्वरमा अर्धनग्न जुलुस निकाली विरोध प्रर्दशन गरेका छन् । ५६ दिनदेखि महोत्तरी जिल्ला ठप्प पारेको सो पार्टीले जलेश्वरमा अर्धनग्न जुलुस  जुलुस प्रर्दशन गरी विरोध गरेको छ । जलेश्वरस्थित शंकर चोकबाट शुरु भएको नेपाल सद्भावना पार्टी सम्मीलित अर्धनग्न जुलुस जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । अर्धनग्न जुलुसमा सहभागि नेता कार्यकर्ताहरुले ‘नै देवे मधेस प्रदेश नै रहतौ नेपाल देश’ मधेसी एकता जिन्दावाद, विर सहिद अमर रहुन्, मधेसीको माग पुरा गर, नेपालको संविधान २०७२ मान्दैनौ लगायतका चर्का नारावाजी गरेका थिए । जुलुसमा नेपाल सदभावना पार्टीका महोत्तरी अध्यक्ष संजय सिंह, केन्द्रीय सदस्य  सुनिल रोहित, शुरेशप्रसाद सिंह , रमन पाण्डे लगायत सयौंको सख्ंयामा नेता कार्यकर्ताहरुको सहभागिता थियो । जुलुस जिला शिक्षा कार्यालय अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने अधिकांस वक्ता नेताले मधेसको माग तत्काल पुरा गरेर समस्याको सामाधान निकाल्नुपर्ने माग गरेका थिए । अर्धनग्न भई पार्टीका कार्यकर्ता र नेताले जलेश्वरको विभिन्न भागको परिक्रमा गरेका थिए । लामो समयदेखि जारी बन्द र १६ दिनदेखि जारी नाकाबन्दीले जनजीवन आक्रान्त बन्दै गएपनि प्रमुख तीन दलका शीर्ष नेताहरुले मधेश आन्दोलन र माग सम्बोधन गर्न अझैं अग्रसर नभएको भन्दै व्यंगात्मक रुपमा अर्धनग्न  जुलुस प्रर्दशन गरिएको मोर्चाले  जनायो । अग्रगामी संविधान बनाईएको दाबी प्रमुख तीनदलले गरेपनि मोर्चाले अन्तरीम संविधान २०६३ र विगतमा मधेससँग गरिएको सम्झौताको कार्यान्वयन नगरी विभेद कायम राखेको तथा मधेशको माग सम्बोधन नगरेको भन्दै जिल्लामा विरोधका शैली दिनेपिच्छे फेर्ने गरेको छ ।
मोर्चाले करिब दुई महिनाको अबधिमा सदरमुकाम  जलेश्वर,मटिहानी,बलवा,रामगोपालपुर,गौशाला,सम्सी लगायतमा दिनहुँ प्रर्दशन गर्दै आएको छ ।
सो मोर्चाले जलेश्वरमा दैनिक विरोधका नया नयाँ स्वरुप अपनाउँदै गरेको छ । यसअघि थाली जुलुस, सिटि जुलुस, धोती जुलुस, पुत्ला दहन, सांस्कृतिक जुलुस, कालो दिन, कुकुर जुलुस भैंसी जुलुस निकालेका थिए ।
वीरगंजमा अर्धनग्न धोती जुलुस
संघिय समावेशी मधेशी मोर्चा र संयूक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको ५६ औं दिनको बन्दी र १६ दिन देखी गर्दै आएको नाका ठप्पको कारण दैनिक उपभोग्य बस्तुको अभाव भई जनजिवन कष्टकर बन्दै गएको हो ।
शुक्रबार बिहानैदेखि बाजागाजा, झाँकी सहित गाउँगाउँबाट आएका प्रदर्शनकारीहरुले नगर परिक्रमा गर्दै दशगजा क्षेत्रको मितेरी पुल पुगेर धर्नामा सहभागि भएका छन् । पर्साको झौवागुठी, उदयपुर घुर्मी, बहुवरी, जगरनाथपुर लगायतको जुलुसमा व्यपकरुपमा सहभागीता रहेको थियो भने वीरगंज उप महानगरपालिका, नेपाल बिद्युत प्राधिकरण, जिल्ला बिकास समितिका सम्पुर्ण निजामती कर्मचारीहरुले पनि मधेश आन्दोलनमा समर्थन जनाउदै निकालिएको जुलुस नगर परिक्रमा गर्दै धर्ना स्थलमा पुगी सहभागीता जनाएका थिए । त्यसैगरी संघिय समावेशी मधेशी मोर्चाले वीरगंजमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।
वीरगंजको घण्टघरबाट निस्किएको जुलुस नगरको परिक्रमा गरी पुनः घण्टाघर चौकमा आएर कोणसभामा परिणत भएको थियो । शुक्रबार संविधान शंसोधन र सिमाँकनको विरोध गर्दै संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरु वीरगंजमा अर्धनग्न जुलुश निकालिएका छन ।


२०७२ आशिन २४ गते आईतबार

No comments:

Post a Comment