Saturday, October 17, 2015

नेपाल भारत बीचको व्यापारको अवस्था

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

राणाकालीन समयमा भारतसँग नेपालको व्यापार नाफामा हुने गथ्र्यो । त्यतिबेला भारतबाट आयात गरिने वस्तुभन्दा निर्यात गरिएको वस्तुहरु दोब्बर बढी हुन्थ्यो । तर, अहिले भारतसँगको व्यापार चिन्ताजनक छ । राणाकालमा भारततर्फ दुईगुना बढी वस्तुहरु निर्यात गर्ने मुलुक गणतन्त्रसम्म आइपुग्दा ९ गुना बढी आयात गर्ने बनेको छ । राणाकालदेखि गणतन्त्रसम्मको यात्रा गर्दा भारतसँगको व्यापार ठीक उल्टो भएको छ ।
आर्थिक वर्ष १९७० र ०७१ मा भारतबाट २ करोड ४ लाख ८० हजारको सामान आयात भएको थियो भने ४ करोड २४ लाख ९५ हजार रुपैयाँको सामान निर्यात भएको थियो । गत आर्थिक वर्षमा ५ खर्ब रुपैयाँको सामान आयात हुँदा ५५ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । त्यतिबेला भारतसँग २ करोड २० लाख १५ हजार रुपैयाँ व्यापार नाफा भएको देखिन्छ । तर, पछिल्लो आर्थिक वर्षमा ४ खर्ब ४४ अर्ब रुपैयाँ व्यापार घाटा सहनुपरेको छ ।
राणाकालमा नेपालबाट ठूलो परिमाणमा धान चामल भारतमा निर्यात हुन्थ्यो । व्यापार सन्तुलनको प्रमुख स्रोतका रुपमा धान चामल निर्यात थियो । आर्थिक वर्ष १९७० र ०७१ र १९७७ र ०७८ मा नेपालबाट भारततर्फ निर्यात हुनेमा सबैभन्दा बढी धान चामल रहेको देखिन्छ । राणाकालको दुई आर्थिक वर्षमा क्रमशः १ करोड ५९ लाख ३६ हजार रुपैयाँ र १ करोड ९२ लाख १४ हजार रुपैयाँको चामल निर्यात भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का वरिष्ठ अधिकृत कृष्णराज बजगाईंका अनुसार सन् १९७० को दशकसम्म नेपाल धान चामल निर्यातमा विश्वकै चौथो मुलुक रहेको थियो । तर, गएको आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको छ ।
व्यापार विज्ञहरुका अनुसार प्रजातन्त्रको उदयसँगै मुलुकको भारतसँग व्यापार हुन थालेको हो । ०४० सालसम्म चामलको निर्यात उच्च रहे पनि आयातीत वस्तुहरुको परिमाण बढ्न थालेपछि व्यापार घाटा हुन थालेको बताइन्छ । राणाकालमा भारतमा चामल निर्यात बढी हुन्थ्यो भने कपासका सामानहरु, नुन, चिनी, मरमसला लगायतका वस्तुहरुको आयात उच्च हुन्थ्यो । अहिले सवारी साधन, पेटूोलियम, फलाम तथा स्टीलजन्य वस्तुहरु, चामल, कृषि उत्पादनलगायतका वस्तुहरुको आयात उच्च रहेको छ ।
‘राणा तथा पञ्चायतकालमा गाउँमा मात्र नभई शहरमा समेत आयातीत वस्तुको प्रयोग निकै कम हुन्थ्यो, अहिले ग्रामीण क्षेत्रमा समेत आयातीत वस्तुको अधिक प्रयोग हुन थालेको छ’ पूर्वअर्थसचिव रामेश्वर खनालले भने( ‘मानिसको जीवनस्तरमा भएको परिवर्तनले आयात बढाउने काम गरेको हो ।’ राणा तथा पञ्चायतमा मानिसको जीवनस्तर र अहिलेको जीवनस्तरको तुलना गर्न मिल्दैन । त्यतिबेला शहरका मानिस पनि दाउरामा पकाएर खान्थे, अहिले गाउँका मानिस पनि ग्यासमा पकाएर खान थालेका छन् । धेरैजसो कुरामा मानिसको रुची र आवश्यकता परिवर्तन भएको छ ।
मानिसको इच्छा आंकाक्षामा भएको परिवर्तनसँगै मुलुकमा औद्योगिक विकास हुन नसक्दा हामी आयातित वस्तुमा भर पर्नुपरेको हो । यस्तो बेलामा तेस्रो मुलुकबाट सामान आयात गर्नुभन्दा भारतबाट सामान आयात गर्दा सस्तो पर्ने हुँदा अधिकांश सामानहरु भारतबाट ल्याउन थालियो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमयदरका कारण डलरको भाउ बढ्दा पनि भारतीय समानहरु नेपाल ल्याउँदा सस्तो पर्छन् । यसले पनि भारतबाट बढी सामान आयात गरिएको हो ।
गत आर्थिक वर्षमा कुल आयातको ६३.७ प्रतिशत सामान भारतबाट आयात भएको छ । ‘तेस्रो मुलुकबाट गाडी आयात गर्दा महंगो पर्छ, भारतमा निर्मित गाडी आयात गर्दा सस्तो पर्छन्’ पूर्वसचिव खनालले भने( ‘त्यही भएर हामी तेस्रो मुलुकबाट भन्दा पनि भारतबाट सामान आयात गर्न आकषिर्त भयौं ।’
आर्थिक वर्ष २०७१र०७२ को आयात निर्यात
राणाकालमा आयात हुने सामानभन्दा निर्यात हुने सामान बढी हुन्थे । अहिले निर्यात हुनेभन्दा आयात हुने सामान बढी हुन्छन् । मुलुकमा औद्योगिक विकास हुन नसक्दा पनि भारतसँग बढी भर पर्नु परेको टीइपीसीका बरिष्ठ अधिकृत बजगाईं बताउँछन् । मुलुकमा केही उद्योगहरु खुलेपनि अधिकांश आयातीत कच्चा पदार्थमा भर पर्नुपर्छ । यी उद्योगहरुले निर्यातभन्दा पनि आयात व्यापारलाई बढाउने काम गरे । नेपालमा निर्यात गर्ने ठूला उद्योगहरु नगन्य मात्रामा रहेका छन् ।
‘बहुदलीय व्यवस्था आउनु अगाडि पञ्चायतहरुले मुलुकमा औद्योगिक विकास गर्न चाहेनन’ पूर्वसचिव खनालले भने( ‘जब २०४६ र ०४७ जनआन्दोलनपछि बहुदलीय व्यवस्था आयो, मुलुकले आर्थिक उदारीकरणको बाटो अंगाल्यो, त्यहि बेलामा माओवादी जनयुद्ध सुरु भयो र मुलुक द्धन्द्धको चपेटामा फस्यो ।’ मुलुकमा उद्योगै नखुलेका भने होइनन् । केही उद्योगहरु यस्ता छन, जसले आयात प्रतिस्थापन गर्न सफल भएका छन् । राणा तथा पञ्चायतकालमा उच्च परिमाणमा आयात हुने चिनीमा भने नेपाल करिव(करिव आत्मनिर्भर भइसकेको छ । सिमेन्टमा पनि नेपाल आत्मनिर्भरको बाटोतर्फ लम्किरहेको छ ।
राणा तथा पञ्चायतकालमा विलासी वस्तुहरुको आयात निकै कम हुन्थ्यो । पछिल्लो समय मुलुकमा विलासी वस्तुहरुको आयात बढीरहेको छ । सन् २००४ सालमा मुलुक विश्व व्यापार संगठनको सदस्य भएपछि मुलुकको व्यापार घाटा झनै उच्च भएको छ ।
    नेपालले कृषि, जडिबुटी तथा उर्जा क्षेत्रको विकास गरेर निर्यात गर्ने सम्भावना रहँदा रहँदै पनि आन्तरिक द्धन्द्धका कारण असफल भएको छ । ‘यदी अहिले नेपालले भारततर्फ विद्युत निर्यात गरेको हुन्थ्यो भने अहिले भारतले नाकाबन्दी गर्न पनि हिम्मत गर्ने थिएन’ पूर्वसचिव खनालले भने( ‘हामीले सम्भावना भएको क्षेत्रमा पनि विकास गर्न सकेनौं, बरु उल्टै आयात गरेर व्यापार घाटालाई पश्रय दिने काम गर्यौं ।’ नेपाली नदी नालाबाट ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता भएपनि अहिलेसम्म ७ सय मेगावाटको हाराहारीमा मात्र विद्युत उत्पादन भएको छ । उर्जामा पनि हामी भारतसँग निर्भर रहनु परेको तीतो यथार्थले नाकाबन्दी सम्मको अवस्था पैदा भएको जानकारहरु बताउँछन् ।


२०७२ आशिन २४ गते आईतबार

No comments:

Post a Comment