Saturday, October 17, 2015

उपभोग्य सामग्री आपूर्ति गर्न चीन तयार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोका साथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामाग्रीको आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ । मधेशमा भइरहेको आन्दोलनको कारण देखाउँदै भारतले तेल सहितका उपभोग्य सामाग्रीको आपूर्ति रोकेको अवस्थामा उत्तरको छिमेकी चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्रा्ष्टिूय विभागमा नेपाल सहित दक्षिण तथा दक्षिण पूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । छन नेशनल पीपुल्स कँग्रेसको अन्तर्राष्टिूय मामिला कमिटिका उपाध्यक्ष पनि हुन् । चीनको उपविदेशमन्त्री सरहकै हैसियत राख्ने उपमन्त्री छन नेपाल मामिलामा बेइजिङमा निकै प्रभावशाली मानिन्छन् । उपमन्त्री छनसँग भएको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको परिस्थितिबारे ब्रिफिङ गर्दै दशैँ पर्व समेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सिमा व्यापार सुचारु गरिए धेरै नेपालीले सहजता महशुस गर्ने बताएका थिए । ’पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकता साथ काम शुरु गर्नेछ’, उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, ’नेपाललाई आवश्यक परेको खण्डमा उपभोग्य सामाग्रीको आपूर्ति गर्न समेत चीन तयार छ ।’ वैशाख १२ को भूकम्पपछि बन्द रहेका तातोपानी र रसुवागढी नाका अझ खुलेका छैनन् । नेपाल(चीन सिमा व्यापार बन्द हुँदा नेपाल र चीनको तिब्बत दुवैतिरको अन्तर्राष्टिूय व्यापार ठप्प छ । तिब्बतको अन्तर्राष्टिूय व्यापारको नब्बे प्रतिशत हिस्सा नेपालको नाका भएर हुन्छ । राजदूत मास्केका अनुसार छनको प्रतिवद्धता हेर्दा दशैँअघि नै नाका खोल्न चीन अग्रसर भएको छ ।
नाकाबन्दी लम्बिए नेपाललाइ चीनले सहयोग गर्ने
उपमन्त्री छनले नेपालले संविधान बनेपछि पनि अप्ठेरो परिस्थिति सामना गरिरहेकोबारे राजदूत मास्केसँग जिज्ञासा राखेका थिए । ’नेपाललाई आवश्यक परेको खण्डमा उपभोग्य सामाग्रीको आपूर्ति गर्न समेत तयार रहेको’ आश्वासन दिएर छनले भारतको अप्रत्यक्ष नाकाबन्दी जारी रहे चीनले नेपाललाई सहयोग गर्ने संकेत दिएका छन् ।
नयाँ संविधान जारी गरेर पुनर्निर्माण र आर्थिक विकासतिर अग्रसर भएकोमा नेपाललाई बधाई दिँदै छनले वार्ताद्वारा मधेशको आन्दोलनको समाधान खोज्न नेपाललाई सुझाव दिए । राजदूत मास्केले मधेशमा आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्न नेपाल सरकार गम्भीर रहेको र त्यसैकारण प्रधानमन्त्री सुशील कोइरालाले राष्टूसंघीय महासभामा सहभागी हुने कार्यक्रम समेत रद्द गरेको जनाकारी गराएका थिए ।
’नेपालले संविधानसभाका नब्बे प्रतिशत सदस्यको समर्थनमा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ संविधान जारी गरेको छ, त्यो स्वागतयोग्य उपलब्धि हो’, काठमाडौँमा संविधान जारी भए लगत्तै बेइजिङले स्वागत गरेको स्मरण गर्दै उपमन्त्री छनले भने, ‘नेपालले वार्ताबाट अहिले देखिएका समस्याको समाधान गर्न सक्छ भन्ने चीनको दृढ विश्वास छ ।’




२०७२ आशिन १० गते आईतबार

No comments:

Post a Comment