Saturday, October 17, 2015

वार्तामा यत्रो झमेला किन ?

पहिलेको सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल गर्दै
तमलोपा अध्यक्ष महन्थ ठाकुर । फाइल तस्वीर ।
नविन झा
जनकपुरधाम............

मधेशमा आन्दोलन भएको दुई महिना नाघि सक्दा पनि सता पक्ष र आन्दोलनरत पक्षहरु विच ठोस रुपमा वार्ता प्रक्रिया सुरु भएको छैन । आन्दोलनरत पक्षलाई हिजो शुक्रवार फेरी एकचोटी नयां प्रधानमन्त्री खडग प्रसाद शर्मा ओलीले पत्र लेखेर वार्तामा आउन आग्रह गरेका छन् ।
    यस अघि पनि पुर्व प्रधानमन्त्री सुशिल कोईरालाले आन्दोलनरत पक्षलाइ पटक पटक वार्ताका लागी औपचारिक पत्रहरु लेखे । पछि वार्ता टोली नै गठन गरियो तर आन्दोलनरत मोर्चाको वार्ता टोली संग दुई दिन मात्रै वार्ता टेवलमा बसेको पाइयो । प्रमुख दलहरु सरकार हेरफेरको चक्करमा लागे पछि वार्ता प्रक्रिया अवरुद्ध भयो । नयां प्रधानमन्त्रीको चयनको क्रममा संसदमा बोल्ने क्रममा कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री कोईराला देखि उपसभापति रामचन्द्र पौडेल सम्मले आफुहरुले एमालेका कारण जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न नसकेको दावी गरेका थिए । एमालेले अहिले सम्म त्यसलाई खण्डन गरेको छैन । कांग्रेसीहरुले आन्दोलनरत मधेशी मोर्चाको माग अनुसार संविधान संशोधन गर्न एमाले तयार नभएको बताएका छन ।
शुक्रवार नयां प्रधानमन्त्री ओलीले आन्दोलनरत पक्षलाई लेखेको पत्रको व्योहोराले समेत उक्त कुरालाई स्पष्ट पारिरहेको मोर्चाका नेताहरु बताउँछन । मोर्चाका एक वार्ता टोली सदस्य भन्छन, प्रधानमन्त्री ओलीको वार्ता आव्हन पत्रमा जारी आन्दोलनका कारण मुलुकमा अस्थिरता फँैलिदै गएको, जनजीवन प्रभावित हुदै गएको र नागरिकहरुमा आक्रोश देखिन थालेका कारण सरकारको जारी आन्दोलन प्रति ध्यानाकर्षण भएकाले आन्दोलनरत पक्षहरुलाई आन्दोलन स्थगीत गरेर वार्तामा आउन आग्रह गरिएको उल्लेख गरिएको छ । मोर्चाका नेताहरुका अनुसार प्रधानमन्त्रीको वार्ता पत्रको  वारेमा मोर्चाका शिर्ष नेताहरु छलफल गरिरहेका छन् । हाल काठमाडौमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर मात्रै छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेश मै छन् भने तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव दिल्लीमा छन । मोर्चा स्रोत भन्छन, ‘तमलोपा अध्यक्ष ठाकुर सवै पक्षहरु संग सम्पर्क गरेर मोर्चाको बैठक नै डाक्न खोजीरहेका छन ।’ प्रधानमन्त्रीको पत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नाउँमा आएको र वोदार्थको रुपमा चार ओटै अध्यक्षहरुको नाममा सम्बोधन गरिएको छ ।
यत्रो झमेला किन ? 
जारी आन्दोलनको एक महिना नाघि सक्दा सम्म त सत्ता पक्षले वार्ताको लागी खासै चासो देखाएनन् । त्यस पछि खास गरी भारतीय पक्षवाट आएको दवावलाई सामसुम पार्न सता पक्षले केहि वार्ताका लागी देखावटी कामहरु गरेका थिए । तर पनि वार्ताको टे्वलमा मुद्दाको वारे प्रमुख दलहरु खासै गम्भिर देखिएनन् । मोर्चाका तर्फवाट प्रमुख दलहरु संग साइड टकहरुमा सहभागी नेताहरु भन्छन, अहिले पनि सता पक्ष र अर्थात प्रमुख दलहरु आन्दोलनलाई रणनितीक रुपमै तुहाउन खोजिरहेको देखिन्छ । त्यसका लागि उनीहरुले वाहिर देखावटी रुपमा वार्ताको आब्हान गरिराख्ने तर वार्ताका लागी ठोस कुनै कदमहरु चालिरहेको छैन । ती स्रोतको बुझाईमा सतापक्ष रणनीतिक रुपमा आन्दोलन अझै केहि लम्बिए जनता नै आन्दोलनरत पक्षहरु प्रति आक्रोशित भएर प्रतिकारमा उत्रन सक्छ भन्ने आँकंलनमा छ, दोस्रो उनी सता खेल परिवर्तन संगै केहि आन्दोलनरत पक्षहरुलाई फुटाउन सक्ने र सताको लोभमा केहिलाई फसाउन सके आन्दोलन वदनाम हुन सक्ने दाउमा छन्, तेस्रो सतापक्षहरु दिल्लीसंग आफनो नयां सहज व्यवस्थापनको खोजीमा छन र त्यस पछि मात्रै मधेशीहरु संग वार्ता गरे आन्दोलनरत पक्षहरुलाई गलाउन सकिन्छ भन्ने उनीहरुको बुझाई छ ।
    स्रोत भन्छन, एक पछि अर्को गरी सतापक्षका नेताहरु यहाँ वार्ता गर्नको सट्टा दिल्ली गईरहेका छन, यसले उनीहरु पहिला के खोजिरहेका छन् भन्ने त्यो प्रष्ट रहेको देखिन्छ । त्यसैले होला कतिपय मधेश राजनितीका भित्रियाहरु भन्छन, जारी आन्दोलनको व्यवस्थापन अझै केहि पर जान सक्छन् । उनीहरुको बुझाई आन्दोलनको उचाईलाई यथावत राख्नु पर्ने हुन्छ अन्यथा वार्ता प्रक्रिया थप कमजोर हुन सक्छ ।



२०७२ कार्तिक ०१ गते आईतबार

No comments:

Post a Comment