Saturday, June 1, 2013

सबै सेटिङ मिलेपछि डा.निलम चौधरीले उन्मुक्ति पाउने सम्भावना वढ्दै


अजय अनुरागी


अवैध भु्रण हत्या गरेको भनेर आरोप लाग्ने गरेकी अभियूक्त डा.निलम चौधरीले उन्मुक्ति पाउने सम्भावना वढदै गएको छ । महोत्तरी सहोरवाकी चन्दा झाको गर्भमा रहेको ५ महिनाको शिशुलाई अल्टूासाउण्ड गरी गर्भपतन गरेको पिडित पक्षले सुरुमा आरोप लगाएको भएपनि केही साता पछि तिनीहरुले आफ्नो कुरा फेरे पछि डा. चौधरी ढुक्क भएकी छिन । त्यसमा पनि डा.चौधरी विरुद्ध महिला अधिकारकर्मीहरुको उजुरी समेत प्रहरीमा दर्ता नभएपछि अभियूक्त डा.चौधरी साक्षात्कार कार्यक्रम र केही एफएमहरुमा अन्तरवार्ता दिँदै आफु बेकसुर रहेको दावी गर्दै आएकी छिन ।
डा.चौधरीका अनुसार प्यासेन्ट गर्भवती भई अत्यधिक रक्तस्राव भई रहेको बेला गर्भमा रहेको शिशु आफै झरेको (थ्रेटन्ड एबोर्सन÷एक्सपेल)  दावी गरिरहेकी छिन । महिला अधिकारकर्मीहरु डा.चौधरीले गैरकानुुनी तरिकाले भु्रणको लिङ्ग पहिचान गर्न पटक(पटक अल्टूासाउण्ड गरेको, छोरी भन्दै विरामीलाई गर्भपतन गराउन सुझाव दिएको, एबोर्सन गर्दा छोरी नभएर ५ महिना भन्दा वढीको छोरा रहेको, प्यासेन्टलाई छल्न लिङ्ग काट्न लगाएको भन्दै कानुनी कारवाहीका लागि जाहेरी दर्ता गराउन प्रयासरत छन । १७ जेष्ठमा पत्रकार सम्मेलन आयोजना गरी आफुहरुको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न प्रहरीले अस्विकार गरेपछि जाहेरी जनकपुर अञ्चल प्रहरी कार्यालयमा छोडेर आएको बताएका छन ।
अधिवक्ता रेखा झा भन्छिन,“ पिडित रहेको मृत भ्रुणलाई इन्साफ दिलाई पिडक डा.निलम चौधरी र मृत भ्रुणका आमा चन्दा झालाई कारवाही गर्न प्रहरीले नमानेपछि आफुहरु तिनीहरुका विरुद्ध उजुरी दर्ता गर्न पटक(पटक प्रयास गरेपनि प्रहरीले नमानेपछि आफुहरु उपल्लो निकायको ढोका घचघच्याउने छौ । ”
अधिवक्ता सुदिप कोइराला भन्छन,“ सरकारी मुद्दा ऐनको दफा ३ सम्बन्धी घटना भएपछि सरकार अर्थात राज्य विरुद्ध गरिएको मुद्दामा प्रहरीले आफै दर्ता गर्नुपर्ने हुन्छ । उजुरी दर्ता गर्नु प्रहरीको पहिलो कर्तव्य हो ।  अपराध भएको हो वा होइन, डा.चौधरी दोषी हुन वा होइनन त्यो ठहर गर्ने निकाय प्रहरी नभएर अदालत भएको कारण मुद्दालाई अदालत सम्म पु¥याउन प्रहरीले सहयोगीको काम गर्ने हो न कि वाधकको । ” प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती भन्छन,“ प्रहरीले आफ्नो प्रतिवेदनको आधारमा सम्बन्धित पक्षहरुसँग सोध पुछ गर्दा अवैध गर्भपतन देखिएको छैन । चन्दा झाको पेट दुख्न थालेपछि उपचारका लागि डा.निलम चौधरीकोमा गएपछि बच्चा आफै झरेको भनेर चन्दा र तिनका श्रीमान अनिल झाले समेत कागज गरेको छ ।”
महिला अधिकारकर्मीहरुको उजुरी किन दर्ता नगरेको सम्बन्धमा डिएसपी उप्रेती भन्छन,“ अव कसैले महिला अधिकारकर्मीहरुकै विरुद्धमा एउटा लासको फोटो लिएर किटानी जाहेरी दिन आए भने त्यस्तो जाहेरी हामीले दर्ता गर्ने कि नगर्ने ?” महिला अधिकारकर्मीहरुले देखाउने गरेको लिङ्ग काटिएको मृत भ्रुणको फोटो चन्दा झाकै गर्भमा रहेको भ्रुणको फोटो हो वा होइन कसरी पहिचान गर्ने र त्यो पहिचान गर्ने महिला अधिकारकर्मीहरु आधिकारीक व्यक्ति त होइनन भन्दै डिएसपी श्रेष्ठ भन्छन,“ न बच्चाको लास छ न त्यसको पोष्टमार्टम गरिएको छ कसरी मुद्दा दर्ता गर्ने कुन आधारमा मुद्दा दर्ता गर्ने ?”
मैथिलीमा एउटा उखान छ, “जकरा लए कानु तकरा आँखिमे नोरे नै” अर्थात जसको लागि रोऊँ त्यसैको आँखामा आँशु नै छैन । ठीक त्यस्तै भएको छ, महोत्तरी सहोडवाकी चन्दा झा, तीनको श्रीमान अनिल झा र सासु चन्द्रकला देवी झाको हकका लागि जनकपुरका केही पत्रकारहरु र महिला अधिकारकर्मीहरुले आवाज त उठाए तर मृतक भु्रणका आमा बुवाले नै आफ्नो बयानबाट पल्टिए पछि संघर्ष झन चुनौतीपुर्ण हुनु स्वभाविक हो । यहाँ पिडित त मृत भ्रुण हुन । उसका आमाबुबा त पिडक नै हुन । मुद्दा चलेको खण्डमा दोषी प्रमाणित भए तिनीहरु पनि कानुनी कारवाहीको भागिदार बन्ने छन । त्यस्तो अवस्थामा ‘धन के धन गेल आ नौ हात के पगहा’ भन्ने झै बयानबाट पल्टिनु कुनै आश्च्र्य जनक घटना होइन । त्यसमा पनि वाहिर चलेको हल्ला अनुसार मुख बन्द राख्न डा.चौधरीले तिनीहरुलाई १ लाख रुपैयाँ समेत क्षतिपुर्ति स्वरुप प्रदान गरेको अवस्थामा  झुटो बयान दिनु उदेक लाग्दो हो । ओरेक नेपालकी हेमलता सिग्देल भन्छिन,“सवाल डा. निलम चौधरीको होइन, पैसा कमाउनकै लागि गैरकानुनी तरिकाले गर्भपतन गरी त्यसको ढाकछोप गर्न भु्रणको लिङ्ग काट्न लगाई गरिएको अमानविय अपराधको हो ।”
एउटा उखान छ  ‘ वर्वाद गुलिस्ता करनेको सिर्फ एक ही उल्लु काफी है, पर यहाँ हर डाल पे उल्लु बैठा है अन्जाम गुलिस्ता क्या होगा ?’ ठीक त्यस्तै जनकपुरमा झोले चिकित्सक, सामान्य प्रशिक्षण लिएका स्वास्थयकर्मी होस, वा चिकित्साशास्त्रको ठुल(ठुला प्रमाणपत्र हासिल गरेका वौद्धिक जमातले सञ्चालन गरेको नर्सिंङ होम वा क्लिनिक नै किन नहोस सबै कुनै न कुनै रुपमा अवैध गर्भपतनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएको देखिन्छ । यहाँ सम्मकी औषधि पसल सञ्चालन गर्नेहरुले पनि अवैध गर्भपतनको औषधि विक्री गरी गर्भपतन गर्न सल्लाह दिइरहेको पाइन्छ ।
एउटा उखान छ, ‘उल्टा चोर कोतवाल के डाँटे’ ठीक त्यसै भएको छ अवैध भ्रुण हत्याको अभियूक्त रहेकी डा. निलम चैधरीले विहिवार जनकपुर एफ एममा अन्तरवार्ता दिँदै भनिन,“ म दिल्ली गएको थिएँ । त्यहीँ समाचार पढे । किन हो किन केही पत्रकारहरु म सँग बायस्ड भई  विना तथ्य र आधारमा मलाई क्रिमिनल बनाइदियो । मेरो अनुमति बेगर मेरो फोटो छाप्यो । जव की मैले केही गरेकै छैन मेरो चरित्र हत्या गरी मलाई मेन्टल टर्चर दिने ती पत्रकारहरु र केही महिला अधिकारकर्मीहरुलाई के गरियोस ?” अन्तरवार्ताकार पत्रकार राजेश कर्णले पनि डा.चौधरीकै बयानलाइ बल दिँदै उक्त कुरालाई गम्भीर प्रश्नको रुपमा उभ्याउँदै अन्तरवार्ता समाप्त गर्छन । अव डा.चौधरीको आँखामा तीनको कालो करतुतका विरुद्ध समाचार लेख्ने पत्रकार  र कानुनी कारवाहीको माँग गर्ने महिला अधिकारकर्मीहरु धेरै ठुलो अपराधि हुन । हो, केही पत्रकार र केही महिला अधिकारकर्मीले भएको घटना र घटनास्थलमा देखिएको मृत भ्रुण, लिङ्ग काटिएको भ्रुण, त्यसको तस्वीर र विलाप गर्दै रोई कराई पत्रकारलाई चन्दा झाकी सासु चन्द्रकला देवी झाले डा.चौधरीले कसरी भ्रुण हत्या गर्यो भन्ने तथ्य र आधारमा समाचार लेख्ने केही पत्रकारहरु डा.निलम चौधरीको आँखामा अपराधी हुनु कुनै ठुलो कुरा होइन । जनकपुरमा दर्जनौ दैनिक पत्रिका, साप्ताहिक पत्रिका, काठमाडौको पत्रिकाका सम्वाददाता, आठ वटा एफएम रेडियो संचालित छन । सम्पादकीय स्वतन्त्रताको आधारमा उक्त घटना कतिपय संचार माध्यमको प्राथमिकतामा नपर्नु, समाचार प्रकाशन तथा सम्प्रेषन नहुनु संयोग नै हुन सक्छ ।
प्रेस स्वतन्त्र छ । समाचार नलेख्नु प्रेसको स्वतन्त्रता हो । यहाँसम्म की कसैको सफाईका लागि, घटनाको खण्डनका लागि उसैको पक्षका अनुकुल अन्तरवार्ता समेत सम्प्रेषण गर्न निश्चय पनि छुट छ तर इन्साफको लागि समाचार लेख्ने पत्रकारहरुलाई उल्टै अपराधी हेर्न थालिएपछि निश्चय पनि आशंका उब्जाउँदछ । भोली ती पत्रकारहरुका विरुद्ध अदालतमा मानहानीको मुद्दा नपर्ला भन्न सकिन्न तर पनि पत्रकारले इन्साफको लागि कलमको विर्को बन्द गर्दैनन पनि र गर्नुहुन्न पनि ।
उक्त घटनामा प्रहरीको गैरजिम्मेवारीपन, पिडितहरु आफ्नो बयानबाट पल्टिएपनि कानुनी कारवाहीका लागि आफ्नो प्रयास जारी राख्ने तथा डा.चौधरीलाई पैसा, पद र पावरको भरमा कानुनी कारवाही नभएपनि समाजले समाजिक स्तरमा कारवाही गरिसकेको नागरिक समाज बताउँछन ।
आमाको गर्भमै रहेको भ्रुणको लिङ्ग पहिचान गर्नु ÷गराउनु नेपालको कानुनमा अपराध मानिन्छ । त्यसमा पनि सरकारी मान्यता प्राप्त संस्थाका सूचीकृत चिकित्सक वा स्वास्थ्यकर्मीले खास तोकिएको समय भित्र आमाको इच्छा भए मात्र गर्भपतन गर्न सक्ने कानुनले छुट प्रदान गरेको छ । नेपालको कानुनले जनकपुरमा त्यो अधिकार नेपाल परिवार नियोजन संघ, जनकपुर अञ्चल अस्पताल र मेरी स्टस्स सेन्टरलाई मात्र प्राप्त छ । त्यस वाहेक कसैले पनि गर्भपतन गरे कानुनतः अपराधि मानिन्छ । त्यस्तो अपराध भएको आशंका लाग्ने वितिकै नेपाल प्रहरीले आफ्नै प्रतिवेदनको आधारमा भए पनि अनुसन्धान प्रक्रियालाई अगाडी वढाएर उक्त अपराध विरुद्ध प्रमाणहरु जुटाई कानुनी कारवाहीका लागि अदालत सामु उपस्थित गराउनु सत्यम सेवा सुरक्षणम लेखिएको टोपी लगाउने नेपाल प्रहरीको प्रमुख दायित्व हुन्छ । जनकपुरमा अवैध गर्भपतन÷भ्रुण हत्या अव सामान्य होइन भयावह समस्या वन्दै गएको छ । खास गरी छोरी भयो की घरमा ठुलो समस्याको पहाड जन्मियो भन्ने मान्यताबाट ग्रामिण क्षेत्रमा वसोवास गर्ने अशिक्षित मानिस होउन वा सहरमा वसोवास गर्ने सहरीया शिक्षित, प्रवुद्ध नागरिक नै किन नहोस, गर्भपतन (भ्रुण हत्या) को मार्ग खोज्न थाल्छन । त्यसमा पनि वैदेशिक रोजगारमा गएका पुरुषहरुको श्रीमतीहरुले कतिपय अवस्थामा ‘वायोलोजिकल नीड’ पुरा गर्न भुलवश वा नियतवश पर(पुरुष संगको अवैध सम्बन्ध गासिन पुग्दा अनिइच्छित तरिकाले ठहरिन गएको गर्भ होस वा टिन एजमै प्रेममा परेका यूवा(यूवतीहरुको अवैध सम्बन्धका कारण कुँवारी अवस्थामा नै ठहरिएको गर्भ हटाउन÷तुहाउन ती महिलाले इज्जत जोगाउनका निम्ति आफ्नो सारा धन नै न्योछावर गर्नु परे वाध्यतावश भएपनि गर्न तयार हुन्छन । त्यसमा पनि फँस्टाउँदै गएको अवैध देह(व्यापारका कारण पनि भ्रुण हत्या गर्ने गरिन्छ ।
कतिपय अवस्थामा त के पनि देखिएको छ भने भ्रुण हत्या नगरे पनि आमाले बच्चालाई जन्म त दिन्छन तर लोकलाजका कारण कहीं कतै चौडीमा वा झाडीमा लावारिस अवस्थामा फालेर आमाको सम्पुर्ण दायित्ववाट पन्छिने गरेका पाइन्छन । जनकपुरमा सञ्चालित सन्त आलोक अनाथाश्रममा पालिइरहँदै गरेका कतिपय वालक त्यही अवस्थामा फेला परेकै छन ।
यसका अतिरिक्त छोरी भयो भने दाइजो दिनु पर्छ भन्दै छोरीलाई गर्भमै हत्या गर्ने आमाहरुको कमी छैन यहाँ । यी सम्पुर्ण अवस्थाहरु अवैध काम गर्ने क्वेक, केही परिचारिका, केही स्त्रि रोग विशेषज्ञ चिकित्सकहरुको लागि मुह मागा रकम कमाउने स्वर्णीम अवसर हुन्छ । त्यसमा पनि अवैध काम गर्ने ती स्वास्थ्य कर्मीहरुलाई प्रशासनले कानुनी कारवाही नगर्नुले पनि तिनीहरुको मनोवल बढदै गएको छ ।

No comments:

Post a Comment