Tuesday, May 28, 2013

जिल्ला क्रिकेट संघ धुनषा तथा क्षेत्र नम्बर ७ जनकपुरका क्षेत्रिय कोषाध्यक्ष शिवनारायण झा (एस.एन.झा) स“ग  एक्सक्लुसिभ सम्वाददाताले क्रिकेट सम्बन्धि विभिन्न  समसामायिक विषयमा संक्षिप्त अन्तरवार्ता लिएका छन् । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंश ः–
भर्खरै काठमाडौंमा सम्पन्न एकदिवसिय र २०÷२० प्रतियोगिता क्षेत्र नम्बर  ७ जनकपुर हारेर फर्किएको छ । केटाहरुको प्रदर्शनबाट कति सन्तुष्ट हुनु हुन्छ?
ð केटाहरुले एकदिवसिय प्रतियोगितामा हाई स्ट्याण्र्डडको खेल खेलेका थिए । तर, दुभाग्यपूर्ण तरिकाले केटाहरु फाइनलमा पुगेनन् र आन्दोलन गर्नु प¥यो । २०÷२० मा केटाहरुको कन्सन्ट्रेशन विग्रेकै कारण कमजोर प्रदर्शन भयो । सोचेको भन्दा पनि २०÷२० को प्रदर्शन तल थियो ।

क्रिकेटहरुको के गुनासो छ भने टीम काठमाण्डौबाट फर्केको दुई साता वित्न लाग्दा पनि क्षेत्रिय समितिले कुनै अन्तरक्रिया समीक्षा वा मिटिङ कल गरेको छेन ।
ð क्षेत्र नम्बर ७ को क्षेत्रिय कमिटी गठन भइसकेको भए पनि अन्यौलको अवस्था छ । क्षेत्रको गठन भए पश्चात फूल मेम्बर सहितको पूर्ण बैठक नै कहिल्यै बस्न सकेको छैन । क्षेत्रिय अध्यक्ष उत्तम कर्माचार्य आफ्नो श्रीमतिको उपचारका लागि आउट अफ नेपाल हुनु हुन्छ, उपाध्यक्ष गिरिजानन्दन मिश्रले मौखिक रुपमा मिडियावाजी गरेर राजिनामा दिइसक्नु भएको छ । सचिव नविन सिंह प्रशिक्षणमा व्यस्त रहनु हुन्छ भने म कोषाध्यक्ष एक्लैले के गर्न सक्छु । क्षेत्रको पूर्ण बैठक कसरी बसाउने हो, त्यस विषयमा क्रिकेट एशोशिएशन अफ नेपाल (क्यान) ले पनि उत्तिकै सोच्नु पर्ने कुरा हो ।

जनकपुरको क्रिकेट अहिले एस.एन झा र नबिन सिंहकै ईद–गिर्द घुमिरहेको आरोप कतिको सत्य हो ?
ð क्रिकेटमा जो केही गरेर देखाउँछु या काम गर्न भनेर आएको छ त्यसको भ्याल्यू त छदैछ, मुख्य कुरा के हो भने क्रिकेटका लागि काम गर्न कोही आउँदै–आउदैनन् । कोही आउन चाहन्छ भने बाटो खुला छ । हामीले कसैलाई साईड गरेका छैनौ ।

विना प्रैक्टिस फिटनेशकै आधारमा क्रिकेटरहरुलाई म्याच खेल्न पठाइन्छ भने पर्फमेन्स त बिग्रनु स्वभाविकै हो नि, होइन र ?

ð विना प्रैक्टिस हामी पठाउँदैनौ । मुख्य कुरा के हो भने हामी सँग पर्याप्त बैकल्पिक ग्राउण्डहरु छैनन् । जहाँ छ, त्यहाँ राष्ट्रिय स्त्तरको इन्टर स्कूल प्रतियोगिता भइरहेको थियो, त्यसैले जति अभ्यास केटाहरुले गर्नु पर्ने हो, गर्न पाएनन् । तै पनि फिटनेश तथा नेट प्रैक्टिस चाँही भएकै हो ।

हिजो विभेदका विरुद्ध जनकपुरले लडेर नयाँ क्षेत्र पायो । अहिले फेरी जनकपुर रिजनमा परेका अन्य जिल्लाहरुको खेलाडीले पनि पर्याप्त अवसर नपाउँदा उनीहरु पनि विभेद भयो भनेर आन्दोलन गर्दैनन् ?
ð हामीले खेलाडी छनौट गर्दा कुनै पूर्वाग्रह नराखी डिजर्भीङ प्लेइन्ङ एलेभेन चुन्छौं । जिल्ला–जिल्लामा कोटा नै भनेर बाँडेका छैनौं । धनुषा, महोत्तरी र सिरहा सेलेक्सनमा परेकै हो । सर्लाही सेलेक्सनमा नपर्नुको पछाडी सर्लाहीको जिल्ला क्रिकेट संघ पनि उत्तिकै जिम्मेवार हो । सर्लाहीमा क्रिकेट एक्टिभिटिज गरी क्रिकेट सुधार तर्फ अग्रसर हुनु पर्दछ । फेरी क्यानले क्षेत्र त छुट्यायो तर नयाँ क्षेत्रको विकासका निम्ति कुनै नयाँ कार्यक्रम ल्याएको छैन् । आर्थिक रुपले पनि कसरी मद्दत गर्न सकिन्छ त्यस तर्फ क्यानले ध्यान दिएको छैन् । जिल्ला–जिल्लाका लागि क्यानले अहिले सम्म कोच त दिन सकेको छैन ।

क्षेत्रमा परेका जिल्लाहरुको क्रिकेट बारे क्षेत्रले खोजखवर लिने गरेको छ कि छैन ?
ð जनकपुर रिजनमा परेका  ४ जिल्लाहरु मध्ये सिरहामा क्रिकेटको एक्टिभिटिज हुँदा क्षेत्रलाई कल गर्ने गरेका छन्, र क्षेत्रले पनि आफ्नो मेम्बर पठाउने नै गरेको छ । महोत्तरीमा त सचिव नै छ । सर्लाहीमा कुनै गतिविधि भइरहेको छैन् ।

टिम सेलेक्सन प्रक्रियामा कप्तानलाई राखिदैन रे हो ?

विगतमा टीम छनौट हुँदा छनौट प्रक्रियामा टीमका    कप्तानलाई समावेश गराईदैनथ्यो तर अहिले पछिल्लो     खेलमा कप्तानलाई समावेश गराइएको थियो ।

सिन्धुली र उदयपुरलाई अहिले सम्म पनि क्षेत्रमा किन नसमेटिएको हो ?

ð त्यो जिम्मेवारी त क्यानको हो नि ! क्यानले क्षेत्रलाई परिपत्र गर्नु पर्दछ । सिन्धुलीलाई छिट्टै समेट्ने छौं, उदयपुरको विषयमा त्यस्तो अहिले कुनै सम्बाद भएको छैन् ।

धनुषामा क्रिकेटको विकासका लागि के गर्दै हुनु हुन्छ ?
ð अहिले अब दशै–तिहार सम्म क्रिकेटको टुर्नामेन्ट हुने           सिजन छैन् । ग्राउन्ड र वातावरण अनुकुल भयो भने इन्टरस्कूल, इन्टरकलेज तथा क्लबहरुबीच प्रतियोगिता आयोजना गर्ने सोच बनाएका छौं ।

नयाँ खेलाडीले टीममा कसरी प्रवेश पाउन सक्छ ?
ð नयाँ खेलाडीहरु प्रतिस्पर्धामा आउनु प¥यो । सेलेक्सन गेमका लािग नोटिस हुँदा क्लव, स्कूल, कलेज केही थ्रु भए पनि आउनु प¥यो ।

खेलिरहेको क्रिकेटरलाई पनि जिल्ला क्रिकेट संघको सदस्य बनाइनु उपयुक्त हो ?
ð क्रिकेटको विद्यानमा कहिं पनि वर्तमान खेलाडीलाई संघमा राख्नु हुन्न भनेर उल्लेख गरिएको छैन् । र पनि अव हामी भुतपूर्व खेलाडी, सिनियर खेलाडीलाई राख्ने कुरामा एकमत भएका छौं ।

राजर्षी जनक क्याम्पसको तपाई प्रिन्सिपल पनि हुनु हुन्छ । राजर्षिका क्रिकेटर नै किन टीममा पर्दछन् ? अरु कलेजका क्रिकेटर अयोग्य त छैन होला ?
ð राजर्षी जनक क्याम्पसले क्षेत्र तथा जिल्लामा खेल्दै आएका क्रिकेटरहरुलाई छात्रवृति दिएको हो । राजर्षिको क्रिकेटर होइन कि क्रिकेटरलाई राजर्षिले छात्रवृति दिएको हो ।  अरु कलेजका क्रिकेटर पनि योग्य होलान । तिनीहरु पनि प्रतिस्पर्धामा आउनु प¥यो ।

अन्तमा, जिल्ला र क्षेत्रको क्रिकेटका सुधारका लािग के गर्नु पर्ला ?
ð जिल्लामा खेलकुदको पूर्वाधार तयार गर्नु पर्छ । ग्राउण्डको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन स्थनिय निकायले मद्दत गर्नु पर्छ । यथास्थितिमा यस भन्दा हाई स्टैण्डर्डको क्रिकेटको अपेक्षा गर्न सकिदैन् । क्षेत्रको मिटिङ रेगुलर बस्नु प¥यो । कार्यालय सञ्चालन हुनु पर्यो । आय श्रोत कसरी बढाउन सकिन्छ भन्ने तर्फ क्थानले पनि सोच्नु पर्यो । खेलाडीले राजनीति भन्दा खेलमा बढी ध्यान दिनु पर्यो । सेलेक्सन गेममा खेलाडी चुक्नु भएन र क्लोज क्याम्प सम्म पुग्नु प¥यो ।





मिति ः २०६8–२–२२

No comments:

Post a Comment