Tuesday, May 28, 2013

धुवाँमै जीवन उडेपछि..


 जितेन्द्र झा   
     धुम्रपानको लत छोड्नुस्, चुरोट सुर्ति नखानुस्, बरु हामीले दिएको टफी खानुस् भन्दै न्यू इन्गिलिश बार्डिङ्ग स्कूल जनकपुरका विद्यार्थीहरु धुम्रपान स्वास्थ्यको लागि हानिकारक हो भन्ने सन्देश दिन खोजेका थिए । त्यस्तै केही दिनअघि सम्म दिनहुं १५ खिल्ली चुरोट खान्थे नविनकुमार राई । ४१ वसन्त पार गरेका राईले १२ वर्षको छ“दा नै बुवाआमाले फयांकेका चुरोटका ठुटो बटुलेर खानथालेछन् । धुमपान सेवनले यिनको फोक्सोमा पानी र पीप देखिएपछि अहिले मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका छन् । ताप्लेजु¨ घर भएका यिनी गाउं विकास समितिमा कार्यालय सहायकका रुपमा कार्यरत छन् । उपचार खर्च जुटाउन धौ धौ परेपछि संचयकोषमा जम्मा भएको रकम उपचारमा लगाएका छन् । 
नविन राई जस्तै कथा छ राजधानीको बौद्ध निवासी चुङछिरिङ शेर्पाको । बाहिरबाट हेर्दा यिनको शरीर ह्ष्टपुष्ट देखिन्छ तर भित्र भित्रै खोक्रो भइसकेको छ । हुन त यिनलाई पहिल्यै थाहा थियो कि धुमपान गर्नु हुन्न । तर पनि विडी, सिगरेट मात्र हैन तोङबा पनि यिनको साथी नै थियो । धुमपान गरेर सिकिस्त भइ स्वास्थ्यलाभ गरिरहेका राई र शेर्पा दुबैको रोगको कारण एउटै छ धुमपान । धुमपानले हानी गर्छ भन्नेकुरा जान्दा जान्दै पनि रोगलाई निम्त्याएका यिनीहरु प्रतिनिधि विरामी मात्र हुन् । नेपालमा यसरी नियमित धुमपान गरेर जीवनलाई धुवा“मा उडाउनेहरुको ठूलै जमात छ ।
धुमपानले हुने हानी बताउन हरेक वर्ष झैं यसवर्ष पनि विश्व धुमपान रहित दिवस विविध जनचेतनामुक कार्यक्रम गरी नेपालमा मनाइयो । मे ३१ का दिन विश्वभर यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धी भन्ने नाराका साथ यस पटक विश्व धुम्रपान रहित दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनबाट झण्डै ५० लाख मानिसको मृत्यु हुन्छ । नेपालमा वर्षेणी १६ हजारजनाको मृत्यु हुने गरेको छ धुमपान र सुर्तीजन्य पदार्थको सेवनले ।
विश्व स्वास्थ्य संगठनले धुमपान नियन्त्रण गर्न सन् २००३ मा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको थियो । सो महासन्धीलाई विश्वभरका १ सय ७२ वटा देशले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् । नेपालले पनि तीन डिसेम्बर २००३ मा सो महासन्धीमा हस्ताक्षर गरेको थियो । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन व्यवस्थापिका संसद्बाट गत चैत्र मसान्तमा पारित भएको थियो । यो लागु हुन बांकी छ । यो कानुन लागु भइसकेपछि सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न पाइने छैन । 
चुरोट, बिडी, खैनी, सुर्ती, हुक्का, चिलिम, गुटखा र अन्य सुर्तीजन्य पर्दाथको सेवन गर्नेहरु दिनानुदिन बढदैछन् । कतिपयले अर्काले खाएको देखेर कुलतमा फस्छन् । धुमपान गर्ने कारणमा अशिक्षा मात्र हैन । किनभने शिक्षित र चेतनशील भनाउंदा व्यक्तिपनि धुमपान गर्छन् । मानौं यो कुनै प्रतिष्ठाको विषय बनिसकेको छ । सूर्तिजन्य पदार्थका आकर्षक विज्ञापनले गर्दापनि सुर्तीजन्य पदार्थका अम्मली बढिरहेका छन् ।
मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डिओलोजी विभागका प्रमुख प्रा. डा. सुनिलचन्द्र झाका अनुसार धुमपानले पैतालादेखि टाउकोसम्ममा समस्या देखिन सक्छ । थोरै हिंडदा पनि थकाइलाग्ने, जीउदुख्ने जस्ता लक्षण देखा पर्छ । धुमपानले हुने रोगको सूची बनाउने हो भने ठूलै बन्छ । धुमपान सेवनका कारण समस्याको पहाड नै खडा हुन्छ । नेपाल जस्तो गरिब मुलुकमा धुमपानले हुने रोगबाट ग्रस्त भइसकेकाहरु सही उपचार पनि पाउन सक्दैनन् । धुमपानले मुटु र फोक्सोमा आक्रमण नै गर्छ । यसले तत्काल प्रभाव नदेखिएपनि उमेर बढ्दै जांदा विभिन्न खाले समस्या उत्पन्न हुने चिकित्सकहरु बताउंछन् ।
रोगको पहिचान हुंदा सम्म शरीर खोक्रो बनिसको हुन्छ । अनि मुटु र फोक्सोमा देखिने रोगको उपचार पनि मंहगो छ । यसले गर्दा रोगीसंग मृत्युवरण गर्नुको विकल्प हुन्न ।  नेपालमा सुर्तिजन्य पदार्थहरुको उत्पादनमै रोक लगाउनु पर्ने माग पनि हुने गरेको छ । विद्यालयस्तरका पाठ्यक्रममै सुर्तिजन्य पदार्थबाट हुने हानी बताउने सामग्री राखिनुपर्ने सुझाव दिन्छन् प्राध्यापक डा झा । धुमपान स्वास्थ्यका लागि हानीकारक छ भन्दा धुमपान गर्न प्रेरित गर्ने विज्ञापन शहरमा बढी देखिन्छन् । ठूला–ठूला होर्डिंग बोर्डहरुले चुरोट, खैनीको विज्ञापन गरिरहंदा यसको प्रयोगकर्ता झन बढेको बताउंछन् डा झा ।
धुमपानको अम्मली भइसकेपछि अधिकांशले भन्न गर्छन् अम्मल त्याग्न सकिन्न । तर धुमपान गरेकाहरु जब महिनौं अस्पतालको बेडमा सुत्नुपर्छ अनि उनीहरुमा अम्मल त्याग्ने विश्वास पनि पलाउंदो रहेछ ।
धुमपान छोडने बित्तिकै केही असहज महसुस भएपनि पछि सामान्य हुने चिकित्सहरु बताउंछन् । यसको उपचार भन्दा अम्मल छोडन सुझाव दिइन्छ । दृढ निश्चय गरी धुमपान छोडेनु सम्भव भएको दाबी विरामीहरु बताउंछन् । नेपालमा धुमपानसेवनले गर्दा नै मुटु र फोक्सोका रोगीहरु बढिरहेका छन् । सरकारी निकायसंग यसको सही तथ्यांक भने छैन । धुमपान गर्नेहरुका लािग एउटा सन्देश धुम्रपान बिना एक दिन बिताउनुहोस् । त्यो दिन तपाईं , तपाईंको परिवार, तपाईंका सहकर्मी सबैको लागि खुशीको दिन हुनेछ ।





मिति ः २०६8–२–२२

No comments:

Post a Comment