Tuesday, May 28, 2013

अन्तरवार्ता- विमलेन्द्र निधि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं धनुषाका सभासद विमलेन्द्र निधि सँग ‘द एक्सक्लुसिभ’ का सम्पादक अजय अनुरागीले राष्ट्रिय राजिनीतिको विभिन्न विषय वस्तुमा टेलिफोन अन्तरवार्ता लिएका छन् । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंश 

१४ जेष्ठमा एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको ५ बँुदे सहमतिमा अहिले सम्म के कति प्रगति भएको छ ?
१४ जेष्ठमा तीन प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको ५ बुँदे सहमतिमा केही प्रगति भएको छ । सेना समायोजनको विशेष सहमतिको १९ जेष्ठको बैठकमा नेपाली कांग्रेसले अघि सारेको १० बुँदे अवधारण भित्रको १ नम्बरको बुँदाको माँग बारेमा माओवादीले निर्णय गरेको छ । विभिन्न २८ शिविरहरुमा रहेको माओवादी लडाकूहरुको अनुगमनका लागि विशेष समितिबाट कर्मचारी पठाउने निर्णय गर्नु पहिलो उपलब्धि हो । दोश्रो मोआवादी नेताहरुका लागि लडाकु र नेपाल सरकार दुवै तर्फबाट सुरक्षा प्रदान गरिदै आएकोमा सरकारले मात्र सुरक्षा प्रदान गर्ने निर्णय गरि दोहोरो सुरक्षा प्रणालीको अन्त भएको छ । तेश्रो माओवादी नेताहरुले प्रयोग गर्दै आएको गाडी (सवारी–साधनहरु) लाई कानुन सम्मत बनाउन पनि निर्णय भएको छ जसको ३÷४ दिनमा कार्यान्वयन हुन्छ ।
प्रधानमन्त्रि झलनाथ खनालले राष्ट्रिय सहमतिको विकल्प नबनुन्जेल सम्म राजिनामा नगर्ने भनेर देशवासीको नाउँमा सन्देश पनि दिईसक्नु भएको छ, नि ?
पाँच बुँदे सहमति भित्र राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीले राजिनामा गरे मार्ग प्रश्स्त गर्नु पर्ने पनि एउटा अजेण्डा त हो, तर उपयुक्त समय आएमा त्यसको मुद्दा हामीले उठाउँछौं । नेपाली कांग्रेसको लागि अहिले शान्ति र लोकतान्त्रिक संविधान नै मुख्य प्राथमिकताको विषय हो ।
यथास्थितिमा के नै परिवर्तन भयो र कांग्रेसले सहमति गरेर म्याद थप ग¥यो ?
यथास्थितिमा ४ विषयमा परिवर्तन भयो र काँग्रेसले सहमति गरेर म्याद थप ग¥यो । माओवादीले तीन महिना भित्र लडाकुको समायोजन तथा पुनःस्थापना गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने । पाँच बुँदेमा पहिलो बुँदाको रुपमा सहमति ग¥यो । कांग्रेसको १० बुँदाको कुल ७ बुँदाको अन्तरनिहित वस्तु पनि शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउनु नै थियो । दोश्रो १० बुँदेको आठौं बुँदामा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने पक्षमा माओवादी सहमत भयो । दश दुंदेको ९ नम्बरको बुँदामा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने कुरा पनि पाँच बुँदेमा समेटियो ।
त्यसो भए एमाले अध्यक्ष र माओवादी अध्यक्ष बिच ७ बुँदे सम्झौता खारेज भयो, होइन ?
एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच आलैपालो सरकरको नेतृत्व गर्ने भन्ने ७ बुँदे सम्झौता भएको भए पनि अव नेपाली कांग्रेसका सभापति सुशिल कोइराला लगायतका बीचमा ५ बुँदे सम्झौता भए पछि ७ बुँदे सम्झौता स्वतः खारेज भइसक्यो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अगाडी बढाएको माँगहरु प्रति नेपाली कांग्रेस कति सहमत छ ?
नेपाली सेनालाई समावेशीकरण गर्नुपर्ने सवालमा मधेशी समुदायबाट पनि सेनामा प्रवेश हुनुपर्छ भन्ने सवालमा नेपाली कांग्रेस सहमति गरेरै हस्ताक्षर गरेको हो । १० हजार कै नयाँ भर्ना हुनु पर्छ भन्ने सवालमा दशै हजार हुनु पर्छ भन्ने कुरा असम्भव हो ।
मोर्चाले उठाउँदै आएको समग्र मधेश स्वायत्त प्रदेशको मागमा कांग्रेस कति लचिलो भयो ?
स्वायत मधेश प्रदेश मधेशी जनताको नभएर मधेशवादी दलको मात्र माँग हो । म पनि मधेशकै मानिस हुँ । मधेशमा दुई, तिन या चार सहितको अनेक प्रदेश हुनु पर्दछ । एक मधेश प्रदेश मधेशको हितमा छैन । त्यसैले मधेशमा अनेक प्रदेश व्यक्तिगत रुपमा मेरो र कांग्रेसको पनि अवधारणा हो ।
बन्दुकको नालमा नै शक्ति हुन्छ भनेर बुझ्दै आएको माओवादीले त्यति सजिलै हतियार मोह त्याग्ला ?
बन्दुकको भरमा सत्ता प्राप्त गर्न सकिदैन, हिंसाको भरमा राजनीति गर्न सकिन्न, शान्तिले लोकतन्त्र बलियो हुन्छ, त्यो कुरालाई माओवादीले जति छिटो बुझ्छ, देश र माओवादीको लागि पनि कल्याण हुन्छ ।
दुई फरक–फरक सिद्धान्त बोकेको राजनीतिक दलहरुबीच कसरी सैद्धान्तिक सहमति हुन सक्छ ?
अजेण्डामा सहमति हुनु प¥यो । हामी सँग शान्ति र संविधान दुई प्रमुख अजेण्डा छन् । त्यसमा सहमति नभई अरु कुनै विकल्पै छैन् । शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको विषयमा राष्ट्रिय सहमति अपरिहार्य हो । विपरित सिद्धान्त भए पनि अजेण्डामा सहमति गर्न सकिन्छ । अरु विषयमा भने प्रतिस्पर्धा हुन्छ ।
कुनै दल या व्यक्ति विशेषको नाउँमा राष्ट्रिय सहमतिको सरकार बन्ने हो ?
राजनीतिमा दल र व्यक्ति विशेषका साथ–साथै नीति, कार्यदिशा, अजेण्डा सहितका विषयमा राष्ट्रिय सहमति कायम हुन्छ । सरकार कसको नेतृत्वमो हुने हो त्यो छलफलको विषय हो ।
नेपाली कांग्रेस धनुषामा कार्यसमिति पुर्णताको विषयमा विवाद देखिएको छ, के टिप्पणी गर्नु हुन्छ?
त्यस विषयमा अहिले म टिप्पणी गर्न चाहन्न् ।
अन्तमा, ‘द एक्सक्लुसिभ’ का माध्यमबाट मधेशका जनतालाई के सन्देश दिन चाहनु हुन्छ ?
‘द एक्सक्लुसिभ’ का माध्यम बाट समस्त मधेशका जनता, दाजु–भाई तथा दिदी विहिनीहरुलाई म के सन्देश दिन चाहन्छु भने मधेशी जनता एकीकृत भएर लोकतन्त्र, समावेशी, मिश्रित निर्वाचन प्रक्रिया तथा धर्मनिरपेक्षताको हकमा आवाज बुलन्द गर्नु पर्दछ । हिंसा बन्द हुनु पर्छ । लोकतन्त्रको बाटो नै सर्वोत्तम बाटो हो । त्यसलाई कांग्रेसले उठाउँदै आएको छ । सवैले साथ दिनु पर्दछ ।




मिति ः २०६९–२–२२

No comments:

Post a Comment