Tuesday, May 28, 2013

चुरेका गाउघरमा अहिले खानेपानीको हाहाकार


एक्सक्लुसिभ सम्बाददाता
जनकपुरधाम.....................
   जलवायु परिवर्तन र चुरे क्षेत्रको बनविनाश, चरिचरण, खोरियाफडानी, ढुङ्गा, गिट्टी र वालुवा निकासीको असर तराई क्षेत्रमा  प्रत्यक्ष रुपमा देखिन थालेको छ । धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाका पुर्बपश्चिम राजमार्ग आसपासका क्षेत्रमा पर्ने चुरेका गाउँघरमा अहिले खानेपानीको हाहाकार भएको छ । पानीको मुहान नै सुकेपछि धारामा पानी आउने कुरै भएन । जमिन मूनिको पानीको सतह पनि निकै तल गएकाले गहिरा इनार समेत सुक्नथालेका छन् । धनुषा जिल्लाको ढल्केबर, बेंगाडाबर, भरतपुर, हरिहरपुर, गोदार लगायतका उत्तरवर्ती दर्जनौं गाविसका बासिन्दाले चैत्र महिना देखिनै  खानेपानीको समस्या झेल्दै आएका छन ।
सर्बसाधारणलाई शुद्ध खानेपानी प्रबन्ध गराउने उद्देश्यले जिल्ला विकास समिति , गाउ बिकास समिति, जिल्ला खानेपानी कार्यालय, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति लगायतका दर्जनौ आयोजनाहरु सञ्चालनमा छन । तर, ती आयोजनाले सर्वसाधारणको घरमा जोडिदिएको धारामा पानी आउँदैन । खनि दिएको ईनार पनि सुकिसकेको छ ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सहयोगमा इन्डिफो नेपाल नामक सस्ंथाले चार बर्षअघि धनुषाको ढल्केबरमा निर्माण गरेको खानेपानी आयोजना अहिले कामै नलाग्ने अवस्थामा पुगेको छ ।
कमसल सामानको प्रयोग, अवैज्ञानिक निर्माण प्रक्रिया, उपभोक्ता समिति र सस्ंथाका प्रतिनिधिबीच भएको लेनदेनका कारण आयोजनाको  हालत यस्तो भएको धनुषाको ढल्केवरका सुन्दर लामाको आरोप छ । 
यस बाहेक धनुषा, महोत्तरी, सर्लाही लगायत जिल्लामा निर्माण गरिएका अन्य खानेपानी आयोजनाहरु पनि छोटो समयमै कामै नलाग्ने अवस्थामा पुगेका छन् । यी  खानेपानी आयोजनाले हरेक घरका आँगनमा जोडिदिएका धारामा पानी नआएपछि  सर्वसाधारणले  खोलाको धमिलो पानी नै  प्रयोग गर्नु परेको           ढल्केवरका खुववहादुर कार्कीको भनाई छ ।
यति मात्र होईन यस क्षेत्रमा पिउने पानीदेखि लुगाफाटा धुन र बस्तुभाउलाई खुवाउने  पानीका लागि ३ घण्टासम्म हिड्नु पर्ने बाध्यता छ । चुरे क्षेत्रको बनविनासका कारण गर्मीमा पानीको समस्या उत्पन्न भएको छ भने वर्षायाममा  बाढी, पहिरो र भूक्षयले गाउबस्ती नै बगाउने  खतरा पनि उतिकै रहेको ढल्केवरकी बेचनी देवी महतोको भनाई छ ।
वर्षायाममा चुरे क्षेत्रबाट बग्ने खहरे खोलामा बाढीसं“गै  बगेर आउने बालुवाले प्रत्येक बर्ष तराइ क्षेत्रको हजारौ बिघा खेती योग्य जमिन बगरमा परिणत हुदै आएकोे छ । चुरे क्षेत्रको बन संरक्षणलाई अभियान कै रुपमा अगाडि नबढाउने हो भने वर्षेनी खानेपानीको हाहाकारस“गै बचेको उर्वरा जमिन समेत मरुभूमिमा परिणत नहोला भन्न सकिन्न ।

मिति ः २०६8–२–२२

No comments:

Post a Comment